Tag: कर्पोरेट प्रेस

  • ‘लुटो लुटो अफर’ : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा

    ‘लुटो लुटो अफर’ : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा

    काठमाडौं । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपीले ‘लुटो लुटो अफर, स्क्र्याच र तुरुन्त छुट जित्नुहोस्’ नामक अभियान सञ्चालन गरेका छन्।

    तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

    कम्पनिका अनुसार ‘हरेक स्क्र्याचले तुरुन्तै छुट जित्छ!’ भन्ने अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले एलजी, सीजी, सीजी माइडिया, टीसीएल, बेको, ब्ल्याकं डेके, गोदरेज, सेन्सेई, बर्ली, मिडिया, केन्ट, एलिका, क्रम्प्टन र मोटोरोला जस्ता ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीले पुराना उपकरण साट्ने र जीरो प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको र साथै सीजी एक्स-एलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत ‘अन-द-स्पट ईएमआई’ सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

     

  • तिहारमा याङ्गो राइडले पार्टनर ड्राइभरहरूका लागि बनायो दोब्बर बोनस

    तिहारमा याङ्गो राइडले पार्टनर ड्राइभरहरूका लागि बनायो दोब्बर बोनस

    काठमाडौं । तिहार पर्वको उल्लासमय माहोलमा, विश्वव्यापी टेक कम्पनी Yango Group अन्तर्गतको Yango Ride  ले आफ्ना पार्टनर ड्राइभरहरूलाई सहयोग र सम्मान स्वरूप विशेष समयसीमित अभियान सुरु गरेको छ ।

    तिहार जस्तो व्यस्त समयमा ड्राइभर पार्टनरहरूलाई थप आम्दानीका अवसरहरू प्रदान गर्नु र कम दबाबमा बढी कमाउन सहयोग पुर्याउने उद्देश्यका साथ उक्त अभियान सञ्चालन गरिएको हो ।

    यो अभियान तिहार पर्वको अवसरमा एक सातासम्म सञ्चालन हुनेछ । जसमा सोमबार, २० अक्टोबरदेखि थप बोनसहरू उपलब्ध हुनेछन् । यस अवधिमा सबै वर्गमा बोनस दरहरू सामान्य भन्दा २ गुणासम्म बढाइएका छन् । अब पार्टनर ड्राइभरहरूले कार सेवामा प्रति दिन अधिकतम ६ हजार २ सयसम्म र बाइक सेवामा प्रति दिन बोनसको रूपमा ४ हजार १ सयसम्म कमाउन सक्नेछन् । थप रूपमा, पार्टनर ड्राइभरहरूले आफ्नो सामान्य दैनिक लक्ष्यहरू नै पछ्याउनु पर्नेछ, कुनै अतिरिक्त लक्ष्य राख्न वा पूरा गर्नुपर्ने आवश्यकता हुनेछैन ।

    “पार्टनर ड्राइभरहरू नै याङ्गोको मुटु हुन् । यो विशेष बोनस अभियान हाम्रो तर्फबाट एउटा सानो प्रयास हो जसले तिनीहरूलाई उत्सवको समयमा आफ्नो परिवारसँगको समय त्यागेर सेवामा जुटेको सम्मान गर्दछ । हामी आफ्ना पार्टनर ड्राइभरहरूप्रति आभार प्रकट गर्न चाहन्छौं — उनीहरूलाई सजिलै र बढी आम्दानी गर्न सक्षम बनाउँदै,” याङ्गो राइड नेपालका एक वरिष्ठ प्रतिनिधिले बताए ।

    याङ्गोले काठमाडौंमा चलायमान सेवाको पहुँच विस्तार गर्न र दैनिकी यात्राका लागि भरपर्दो विकल्प उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । यसका साथसाथै, कम्पनीले स्थानीय साझेदार र यातायात सेवाप्रदायकहरूलाई आफ्नो मोबाइल एपमार्फत सेवा प्रदान गर्न सशक्त बनाउँदै आएको छ । याङ्गोको मुख्य लक्ष्यमध्ये एक भनेको स्थानीय अर्थतन्त्रलाई सहयोग पुर्याउने र नेपाली साझेदारहरूका लागि व्यवसायिक कार्य प्रणालीको डिजिटल रूपान्तरणलाई प्रोत्साहन गर्ने हो ।

    याङ्गोले सबै पार्टनर ड्राइभरहरूलाई यस विशेष अवसरको फाइदा उठाउन र उत्सवको समयमा बढी कमाई गर्दै तिहार मनाउन आग्रह गरेको छ । अभियानमा सहभागी हुन र थप जानकारीका लागि, ड्राइभरहरूलाई Yango Driver App हेर्न र आगामी अपडेटहरूमा ध्यान दिन सिफारिस गरिएको छ।

  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित 

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार अमेरिकामा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

    विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

    यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो ।  बैंकका अध्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएका छन् ।

    ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो  ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

    ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको छ ।

    यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४को अवार्ड प्राप्त गरेको थियो ।

    यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

     

  • गोल्याण ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर

    गोल्याण ग्रुप र शहीद परिवारबीच शैक्षिकवृत्ति समझदारीपत्रमा हस्ताक्षर

    काठमाडौं । अग्रणी औद्योगिक घराना गोल्याण ग्रुप र जेन–जी आन्दोलनका शहीद परिवारबीच शुक्रबार ‘शैक्षिक–वृत्ति योजना’ को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको शहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा उक्त समझदारी गरेको हो ।

    पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । गोल्याणको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरुका अभिभावकले हस्ताक्षर गरेका छन् ।

    समझदारीअनुसार गोल्याण ग्रुपले शहीद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ ।

    ‘छात्रवृत्ति स्वरुप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,’ समझदारीपत्रमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्याण ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधिनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ ।’ शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ ।

    अभिभावकहरुले दिएको जानकारीका आधारमा यूरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैह्रेले जानकारी दिइन् । ‘हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाइँहरु एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौं भन्ने भावनाले सहयोगको हात बढाएका हौं,’ उनले भनिन्, ‘शहीदका बालबालिकासँग उनीहरुको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौं ।’

    गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेन–जी आन्दोलनका शहीद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन् । उनका अनुसार शहीद परिवारका घरमै गएर उनीहरुको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य शहीदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौं, उहाँहरुको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौं,’ उनले भनिन् ।

    समझदारीपत्र हस्ताक्षरको अवसरमा शहीद परिवारका सदस्य वसन्तकिशोर श्रेष्ठले गोल्याण ग्रुपले बालबालिकाको भविष्यलाई उच्च महत्व दिएर शहीदका सपनाको सम्मान गरेको बताए । ‘गोल्याण ग्रुपले शहीदका बालबच्चाको शिक्षाको दायित्व व्यहोरेर हामीलाई ठूलो गुन लगाएको छ,’ उनले भने, ‘मेरो घरमा यो दायित्व बोकेको छोरो सहिद भएर गयो, अब गोल्याण ग्रुप मेरो नातिको अभिभावक बनेको छ ।’ वसन्तकिशोर सहिद सौरनकिशोर श्रेष्ठका बुवा हुन् । सौरनका ५ वर्षीय छोरा छन् । उनको १२ कक्षासम्मको दायित्व गोल्याण ग्रुपले लिएको छ ।

    आन्दोलनमा आमा गुमेपछि दुई भाइ–बहिनीको जिम्मेवारी सम्हालिरहेकी काठमाडौं, सानो भ¥याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् ।

    समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आएकी मन्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्याण ग्रुपप्रति आभार व्यक्त गरिन् । मन्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरुको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याण ग्रुपले लिएको छ ।

    गोल्याण ग्रुपले स्वास्थ्य बीमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका शहीद परिवारका बुवा र आमाका लागि बीमार्माफत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।

  • एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

    एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

    काठमाडौं ।  एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति यही कार्तिक १५ देखि लागू हुनेछ ।

    नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् ।

    दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका उल्लेखनीय रेकर्डहरु रहेका छन् ।

    एनसेलमा आवद्ध हुनु अघि, फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि, उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।

    उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुऱ्याए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए ।

    फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको

    अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसए (WARU DRC SA)का अध्यक्षका रूपमा कार्यरत छन् ।

    नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, “काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड (AI Powered) र सामाजिक सञ्जालको युगमा, दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं। हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले, राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ ।”

    एनसेलको सञ्चालक समितीले फोलेको नेतृत्वमा गहिरो विश्वास व्यक्त गर्दै भन्यो, “हामी यस महत्वपूर्ण नेतृत्व भूमिकामा फोलेलाई एनसेलमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं । उनको विस्तृत अनुभव र रणनीतिक दृष्टिकोण, एनसेलको रूपान्तरणलाई मार्गदर्शन गर्न र हाम्रा समुदायहरूलाई निरन्तर सेवा गर्ने प्रतिबद्धतालाई बलियो बनाउन महत्वपूर्ण हुनेछन् ।”

    फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीड (INSEAD)बाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्स (Global Management and Governance)मा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुबैको नागरिक हुन् ।

     

     

  • नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

    नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

    काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३४औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ । कठिन आर्थिक परिस्थितिसहितका चुनौतीपूर्ण अवस्थामाझ पनि कम्पनीले शेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको छ ।

    निरन्तर उत्कृष्ट प्रदर्शनका कारण नेपाल ल्यूब आयल लिमिटेड आज एक सफल र विश्वसनीय संस्थाको रूपमा स्थापित भएको छ । कम्पनीको निरन्तर विकास, शेयरधनीप्रतिको दायित्व र पारदर्शी व्यवस्थापनको शेयरधनीहरूले सभामा प्रशंसा गरेका छन्।

    सभामा अध्यक्ष श्री अरुण कुमार चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री करण चौधरी, सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापन समूहका सदस्यहरू तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ८४.८६ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्री अरुण कुमार चौधरीले भने,“विभिन्न चुनौतीपूर्ण परिस्थितिहरूबीच पनि कम्पनी आफ्नो लक्ष्यप्रति दृढतापूर्वक अघि बढिरहेको छ । गत वर्षको तुलनामा सकारात्मक वृद्धि हासिल गर्दै कम्पनीले शेयरधनीहरूलाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको छ । यस सफलताको श्रेय कम्पनीका समर्पित कर्मचारी, व्यवस्थापन टोली, सञ्चालक समिति तथा शेयरधनीहरूको विश्वास र सहकार्यलाई जान्छ। भविष्यमा पनि कम्पनी यही समर्पण र विश्वासका साथ अघि बढ्नेछ ।”

    गत वर्षजस्तै, यस वर्ष पनि कम्पनीको सशक्त प्रगति र सकारात्मक कार्यसम्पादनबाट शेयरधनीहरू उत्साहित देखिएका छन् ।

    नेपाल ल्यूब आयल लिमिटेडले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष प्राविधिक सहयोग र निगरानीमा नेपालमै गल्फ ब्रान्डका लुब्रिकेन्ट उत्पादन, बिक्री तथा वितरण गर्दै आएको छ । गल्फ ब्रान्ड विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो, जसका उत्पादनहरू नेपालमा अत्यन्तै रुचाइएका छन्। विभिन्न अटोमोबाइल र मेसिनरीका आवश्यकतालाई समेट्ने उत्पादन विविधताका कारण गल्फ ब्रान्ड नेपाली बजारमा प्रतिष्ठित र विश्वसनीय नामको रूपमा स्थापित भएको छ ।

  • सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्स्‌मा १० प्रतिशतसम्मको छुट

    सिद्धार्थ बैंकका ग्राहकहरुलाई जर्मन होम्स्‌मा १० प्रतिशतसम्मको छुट

    काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स्प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछ ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र,सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ् सम्पर्क गर्न सक्नेछ ।

  • बिवाइडीले गर्‍यो एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने गाडीको मालिक

    बिवाइडीले गर्‍यो एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने गाडीको मालिक

    काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको थियो ।

    बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

    समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरू, साथै द्यथ्म् का अध्यक्ष तथा ऋभ्इ वाङ छुआनफुको पनि उपस्थिति थियो ।

    समारोहमा राष्ट्रपति लुला ले भने, “चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौं”, उनले थपे, “ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ ।”

    बिवाइडीका अध्यक्ष वाङ छुआनफुले भने, “हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं । आज यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी  ग्राहकहरू छन् र दुई वर्षदेखि हामी यहाँको बिवाइडी बजारको अग्रणी बिक्रेता रहेका छौं ।”

    बिवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय भनेको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

    हालसम्म बिवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् । ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बिवाइडीले जनाएको छ ।

  • तिहारलाई झिलीमिली पार्दै सिजी एलईडि

    तिहारलाई झिलीमिली पार्दै सिजी एलईडि

    काठमाडौं । देशभरका उपभोक्ता माझ विश्वसनीय ब्रान्डका रूपमा परिचित सीजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा आफ्नो नयाँ अभियान उज्यालो भनेकै सि जी एल.ई.डि हरु सार्वजनिक गरेको छ।

    यो अभियानको उद्देश्य नेपाली घर–घरमा उज्यालो, ऊर्जा–सक्षम र दीर्घकालीन समाधान पुर्‍याउनु हो। सीजी एल.ई.डि लाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले हाम्रो घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ।

    २४ महिनाको वारेन्टी सहित बजारमा उपलब्ध सीजी एल.ई.डि बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले नेपाली उपभोक्तालाई गुणस्तरीय प्रकाश समाधान प्रदान गर्दै आएको छ।

    चाडपर्वको माहोलमा परिवारका साथ घर–परिवार उज्यालो बनाउने सन्देशसहित यो अभियान सुरु गरिएको हो। आधुनिक डिजाइन, ऊर्जा बचत र लामो आयुका कारण सीजी एल.ई.डि उत्पादहरूले बजारमा बलियो स्थान बनाउन सफल भएका छन्।

    सीजी इइलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालले भने, ‘सि जी एल.ई.डि ले केवल उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुशी र ताजगी पनि ल्याउँछ। हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौं।’

    सीजी एल.ई.डि उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन्।

  • सांग्रिला डेभलपमेन्ट बैंकको ‘एससीटी–युनियन पे’ कार्ड सञ्चालनमा

    सांग्रिला डेभलपमेन्ट बैंकको ‘एससीटी–युनियन पे’ कार्ड सञ्चालनमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको ‘एससीटी–युनियन पे’ कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।

    यहि असोज २९, २०८२ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै ‘एससीटी–युनियन पे’ कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत ‘एससीटी–युनियन पे’ कार्ड जारी गर्दै आइरहेको छ । एससीटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत ‘एससीटी–युनियन पे’ कार्ड र भिसा कार्ड जारी गर्ने तथा VISA, RuPay, + MasterCard तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

    विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुक्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

  • नेपाल टेलिकमले ल्यायो ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’, यस्तो छ सुविधा

    नेपाल टेलिकमले ल्यायो ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’, यस्तो छ सुविधा

    काठमाडौं । नेपाल टेलिकमले ग्राहक महानुभावहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज  सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी प्याकेजहरु सञ्चालनमा ल्याएको हो।

    साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज रिन्यू  हुने व्यवस्था लागु गरिएको छ।

    रिकरिङ सजिलो अनलिमिटेड प्याकेज लिने तरिका :

    Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ । थप जानकारीका लागि नेपाल टेलिकमको नम्बरबाट १४९८ मा कल गर्नुहुन अनुरोध छ ।

    अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दा उपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।

    ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमा वा साबिकका Normal SMS र Data प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र Active हुनेछ ।

    अन्य Normal प्याकेज लिएको हकमा भने Validity कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा deactivate गर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300) subscribe गरी Recurring सेवा बन्द गर्न सक्नेछन् ।

  • सिटिजन्स् बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा उपचार सेवामा विशेष छुट

    सिटिजन्स् बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा उपचार सेवामा विशेष छुट

    काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं, सिनामगंल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने सम्झौता भएको छ ।

    उक्त समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौं मेडिकल कलेज प्रा.ली मा १५ प्रतिशतम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ ।

    यसैगरी नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • शाओमीले ल्यायो क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’, यस्तो छ मूल्य

    शाओमीले ल्यायो क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’, यस्तो छ मूल्य

    काठमाडौं । स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।”

    शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् — ५० मेगापिक्सेलको मुख्य क्यामरा (२३एमएम), ५० मेगापिक्सेलको टेलिफोटो क्यामरा २x अप्टिकल जुमसहित (४६एमएम) र १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा (१५ एमएम)। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ।

    फोनको डिजाइन पातलो र आकर्षक छ। यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ। यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ।

    फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२ जीबी एलपीडीडीआर५एक्स र्‍याम र ५१२ जीबी यूएफएस ४.१ स्टोरेज दिइएको छ। यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ (हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुनेछ)। साथै, यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ।

    फ्रन्टतर्फको ३२ मेगापिक्सेल क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्ने कम्पनीले जनाएको छ।

    शाओमी १५टीमा ५५०० एमएएच ब्याट्री र ६७ डब्लु हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ (चार्जरसहित)। यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन्।

    नेपालमा शाओमी १५टी (१२ जीबी+५१२ जीबी) मोडेलको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ।

  • नेपाल बैंकका ग्राहकहरुलाई घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा लिफ प्लसले विशेष छुट दिने

    नेपाल बैंकका ग्राहकहरुलाई घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा लिफ प्लसले विशेष छुट दिने

    काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा.लि.बीच घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा छुट उपलब्ध गराउने सन्दर्भमा सम्झौता भएको छ।

    नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लसद्वारा उत्पादन तथा बिक्री गरिएका सुपारीको पातबाट बनेका प्राकृतिक घरायसी सामानहरू जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा विशेष छुट पाउने सम्झौतामा उल्लेख गरेको छ ।

    ग्राहकहरूले लिफ प्लसको वेबसाइट (www.leafplusnepal.com) वा सम्पर्क नम्बर ९८०१८७०२०८ र ९८०२३४४१७८ मार्फत सामान खरिद गरी नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

    उक्त सम्झौता नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफ प्लसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।

    सम्झौताबाट नेपाल बैंकका ग्राहक र कर्मचारीहरूले स्वदेशमै निर्मित पर्यावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्दै सजिलै र छुटसहित खरिद गर्न सक्ने अवसर पाउने भएका छन् ।

  • ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने 

    ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने 

    काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

    बैंकको साधारण सभा आगामी कात्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । बैंकको यो १९ औँ वार्षिक साधारण सभा हो । सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

    साधारण सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ ।

     

  • एन आई सी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट दिइने

    एन आई सी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट दिइने

    काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नवलपुरमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    उक्त बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

    सो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

    नेपालमा प्रोटोनको उपस्थिति विस्तार, बुटवलमा खुल्यो नयाँ शोरुम

    बुटवल । ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । यो उद्घाटनले कम्पनीको तीव्र गतिमा भइरहेको देशव्यापी विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ ।

    उद्घाटन अवसरमा ब्रान्डले १५ वटा प्रोटन इमास सवारीसाधनहरू ग्राहकलाई हस्तान्तरण गरेको छ, जसमा दशैंअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएका छन् । यसले सो क्षेत्रमा ग्राहकहरूको बढ्दो विश्वास र उत्साहलाई स्पष्ट रूपमा देखाएको छ ।

    भव्य उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउनेछन् । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ ।

    शोरुमको उद्घाटन मुख्य अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आर्यालले गरेका थिए । कार्यक्रममा अन्य प्रतिष्ठित व्यक्तिहरू र सञ्चार माध्यमका प्रतिनिधिहरू पनि उपस्थित थिए, जसले प्रोटन इमस ७ प्रति आफ्नो रुचि व्यक्त गरेका थिए ।

    अघिल्लो साँझ आयोजित प्रि-उद्घाटन वितरण समारोहमा ग्राहकहरूको अत्यधिक उत्साह देखिएको थियो । सो अवसरमा कैयौं इमास ७ का मालिकहरुले आफ्ना अनुभवहरू साझा गरेका थिए, जसले त्यहीँ अवसरमा नयाँ बुकिङहरूलाई उत्प्रेरित गरेको थियो ।

    यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने- ‘हाम्रो बुटवल शोरुमको उद्घाटनले प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन गरेको प्रतिबद्धतालाई झल्काउँछ । हामीलाई बुटवलका मानिसहरूले हाम्रो सफा र स्मार्ट गतिशील भविष्यको दृष्टिकोणलाई अंगिकार गरेकोमा गर्व छ ।’

    यस विस्तारसँगै, प्रोटन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिशन अघि बढाइरहेको छ ।

  • दसैँ-तिहारमा ब्ल्याक पल्स डेकरको उपहार योजना, जित्नुहोस् बाइकदेखि भेतनाम ट्रिपसम्म

    दसैँ-तिहारमा ब्ल्याक पल्स डेकरको उपहार योजना, जित्नुहोस् बाइकदेखि भेतनाम ट्रिपसम्म

    काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा स्थापित घरेलु उपकरण ब्रान्ड Black+Decker ले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थिति थप सशक्त बनाउँदै दशैं–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत Black+Decker का उपकरण खरिद गर्ने ग्राहकहरूले Hero Splendor+ बाइक, Vietnam ट्रिप, तथा CG Safari ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन्।

    नेपालमा Black+Decker का उत्पादनहरू CG Electronics द्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर CG Digital आउटलेटहरू, LG Shoppe’s आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू मा उपलब्ध छन्।

    योजनाको उद्देश्य

    नेपालमा चाडपर्वको सन्दर्भमा ल्याइएको यो उपहार योजनाले ग्राहकको अनुभवलाई अझ मूल्यवान् बनाउने उद्देश्य राखेको छ। ब्रान्डको “Make Life Easier” भन्ने मूलमन्त्रसँग मेल खाने गरी, उपकरणको खरिदसँगै उत्साहजनक उपहार जित्ने अवसर प्रदान गरिएको छ।

    प्रमुख पुरस्कारहरू

    • बम्पर पुरस्कार

    अभियानको अन्त्यमा भाग लिने भाग्यशाली विजेताले पाउनेछन्:

      • अविस्मरणीय Vietnam Trip
      •  Hero Splendor+ मोटरसाइकल

    Lucky Draw पुरस्कार

    • CG Safari ट्रिप दुई जनालाई

    सहभागिता प्रक्रिया

    यस योजनामा सहभागी हुन ग्राहकहरूले Black+Decker को कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ  र QR कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

    उपलब्धता र सञ्चालन अवधि

    यो योजना  भदौ २० गतेदेखि देशभरिका CG Digital आउटलेटहरू, LG Shoppe’s आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरू मा Black+Decker का उत्पादनहरू उपलब्ध छन् र यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

    ब्रान्डको प्रतिबद्धता र सेवा

    Black+Decker ले सन् १९१० देखि विश्वव्यापी रूपमा नवप्रवर्तन, दक्षता, र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको छ। ११५ वर्षभन्दा लामो इतिहास बोकेको यो ब्रान्डले विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ। Black+Decker ले प्रयोगकर्ता-मैत्री डिजाइन, ऊर्जा दक्षता, र दीर्घकालीन टिकाउपनामा विश्वास राख्दछ। नेपालमा उपलब्ध सबै उत्पादनहरू २४ महिना वारेन्टी, CG Electronics को देशव्यापी सर्भिस नेटवर्क, र ग्राहक सन्तुष्टि केन्द्रित सेवासँगै उपलब्ध छन्। Top of FormBottom of Form

  • एन आई सी एशिया बैंकका ग्राहकलाई मक्योर होटेलमा १५ प्रतिशतसम्म छुट दिइने

    एन आई सी एशिया बैंकका ग्राहकलाई मक्योर होटेलमा १५ प्रतिशतसम्म छुट दिइने

    काठमाडौं । काठमाडौंस्थित सुकेधारामा रहेको मक्योर होटेलमा एन आई सी एशिया बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    ग्राहकहरुले यस होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ भने खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

    यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा माबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

  • फोर्थिङले गर्‍यो ‘फोर्थिङ तिहार भाइव’ अभियान सुरु

    फोर्थिङले गर्‍यो ‘फोर्थिङ तिहार भाइव’ अभियान सुरु

    काठमाडौं लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा. लि., नेपालमा फोर्थिङ (Forthing) ब्रान्डको नेपालका लाहि अधिकृत वितरकले तिहारको अवसरमा विशेष अफर “Forthing Tihar Vibe” घोषणा गरेको छ।

    यो विशेष अफर असोज २७ देखि कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी “Forthing Friday” अनुभव गर्न सक्नेछन्।

    यो सीमित समयको अफरमा, ग्राहकहरूले थुप्रै रोमाञ्चक सुविधा र उपहारहरू प्राप्त गर्न सक्नेछन्:

    • बुकिङमा आइफोन १७ प्रो (iPhone 17 Pro) प्राप्त गर्ने अवसर
    • आकर्षक नगद छुट
    • ८ वर्षको वारेन्टी
    • ६ वर्षसम्म निःशुल्क सर्भिसिङ
    • ७ kW होम चार्जर
    • स्पेयर टायर
    • १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क

    फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ।

    सहरका सडकहरूदेखि सप्ताहन्तका यात्रासम्मका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले WLTP मापदण्ड अनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ। यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोर्ट्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ।

    अभियानबारे बोल्दै लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले भने:

    “‘Forthing Tihar Vibe’ हाम्रो लागि केवल एउटा अफर होइन – यो तिहारको उत्सवलाई हाम्रा सम्मानित ग्राहकहरूसँग साझा गर्ने विशेष अवसर हो। हामी सफा, स्मार्ट अत्याधुनिक मोबिलिटीको यात्रातर्फ अघि बढ्दैछौं चाहन्छौं कि हाम्रा ग्राहकहरूले Forthing Friday चलाउँदा केवल प्रविधि होइन, भावनात्मक अनुभव पनि गर्न सकून्। तिहार उज्यालोपना, सम्बन्ध उत्सवको पर्व हो — र Forthing Friday सँग हरेक कदम पनि त्यही रमाइलो अनुभव झल्किन्छ।”

    ग्राहकहरूलाई थापाथली र नमसालस्थित Forthing Showroom मा आमन्त्रण गरिएको छ, जहाँ सबैले Forthing Friday को आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सक्नेछन्। अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछ।

    ‘Forthing Tihar Vibe’ अभियानले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फको यात्रा रोमाञ्चक र फाइदाजनक बनाउने अवसर प्रदान गर्दछ।

     

  • पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला

    पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ कार्यक्रम सार्वजनिक, प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला

    काठमाडौं । मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

    संवेदनशील परिस्थितिका कारण केही समय स्थगित गरिएको यस योजना पुनः सुरु गर्दै कम्पनीले ग्राहकलाई विशेष उपहारसहित आकर्षक अफर ल्याएको हो। यस अन्तर्गत टाटा जेन्युइन पार्ट्सको हरेक खरिदमा ग्यारेन्टीसहित १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ। साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि उपलब्ध हुनेछ।

    लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरू:

    – १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि (बम्पर उपहार)
    – ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर (१२५ सिसि)
    – २५,००० माथिको खरिदमा  स्मार्ट टिभी
    – ५,००० माथिको खरिदमा स्मार्टफोन

    साथै, हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

    सक्कली पार्ट्सको प्रयोगले गाडीको इन्जिन, ब्रेक, क्लचजस्ता महत्त्वपूर्ण अङ्गलाई दीर्घकालीन संरक्षण मात्र गर्दैन, मर्मत खर्चमा बचत गर्दै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीको दाबी छ। नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।

     

  • तिहार लक्षित सिप्रदी ट्रेडिङले ल्यायो ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम

    तिहार लक्षित सिप्रदी ट्रेडिङले ल्यायो ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम

    काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव” कार्यक्रम शुभारम्भ गरेको छ।

    हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ “सुनको असर्फी” बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन् ।

    टाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनिले जनाएको छ। यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो.ईभी, पंच.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी — का साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

    यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

    यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले “सुनको असर्फी ” भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

  • शाओमी महा फेस्टिवल : रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट

    शाओमी महा फेस्टिवल : रेड्मी नोट १४ स्मार्ट फोनमा भारी छुट

    काठमाडौं । शाओमी नेपालले ‘शाओमी महा फेस्टिवल’ अवसरमा आफ्नो लोकप्रिय रेड्मी नोट १४ सिरिजको मूल्यमा भारी छुट दिएको घोषणा गरेको छ। यस अवसरले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्टफोनमा अपग्रेड गर्न थप आकर्षक मौका प्रदान गरेको छ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार, रेड्मी नोट १४ सिरिजले नेपाली ग्राहकहरूको मनमा विशेष स्थान बनाएको छ।

    नयाँ मूल्यले सबैलाई सहज मूल्यमा अत्याधुनिक प्रविधिको अनुभव दिलाउनेछ। अब अझ धेरै प्रयोगकर्ताले कुनै सम्झौता नगरी फ्ल्यागशिप स्तरको डिजाइन र प्रदर्शनको आनन्द लिन सक्नेछन्।

    रेड्मी नोट १४ सिरिजको संशोधित मूल्य २०७८ असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको छ र नेपालभरका सबै शाओमी अधिकृत बिक्रेता तथा प्रमुख स्मार्टफोन स्टोरहरूमा उपलब्ध छ।

    रेड्मी नोट १४ सिरिजको नयाँ मूल्य ;

    रेड्मी नोट १४

    – 6GB + 128GB: रु. २४,९९९ → रु. २३,९९९
    – 8GB + 256GB: रु. २७,९९९ → रु. २६,९९९

    रेड्मी नोट १४ (5G)
    – 8GB + 256GB: रु. ३०,९९९ → रु. २९,९९९
    -12GB + 512GB: रु. ३५,९९९ → रु. ३४,९९९

     

  • ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’– बचतको नयाँ तरिका, राउण्डअप सेभिङ्गको सुविधा  

    ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’– बचतको नयाँ तरिका, राउण्डअप सेभिङ्गको सुविधा  

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एक नयाँ योजना सञ्चालन गरिरहेको छ । बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना ल्याएको हो ।

    यस योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।

    यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिना देखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

    ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

    यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

    मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन् ।

    उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्युआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।

    यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन् ।

    नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

    फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

    प्रतिशत विकल्प छनौट गर्दा हरेक क्युआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको  क्युआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ । उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

    यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् । साथै उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नेछन् । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सकिनेछ ।

    आफ्नो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत हेर्न सक्ने सुविधा समेत रहेको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रूपमा सम्मानित बैंक हो ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

     

     

     

  • दशैं–तिहार विशेषमा सीजि इलेक्ट्रोनिक्सले गर्‍यो ‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक

    दशैं–तिहार विशेषमा सीजि इलेक्ट्रोनिक्सले गर्‍यो ‘बाई एण्ड उइन जुम’ योजना सार्वजनिक

    काठमाडौं– सीजि इलेक्ट्रोनिक्सले माइडियाको तर्फबाट दशैं–तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एण्ड उइन जुम’ योजना सार्वजनिक गरेको छ ।

    एक विज्ञप्ती जारी सीजीले ‘माइडिया बाई एण्ड उइन जुम’ योजना सार्वजनिक गरेको हो। जसअन्तर्गत, उपभोक्ताहरूले माइडीयाका होम अप्लायन्स खरिद गर्दा विभिन्न अफर तथा पुरस्कार जित्ने अवसर पाउने भएका छन्।

    योजनाको मुख्य आकर्षणका रूपमा बम्पर लक्की ड्रस् हिरो जुम १२५ सीसी मल्टी डोर : Multi Door फ्रिजमा नि:शुल्क इन्डक्सन लुगा धुने मेसिन, वासिङ मेसिनमा निस्शुल्क एरियल ६ किलोग्राम लगायत अन्य सुविधा रहेको सीजीले जनाएको छ ।

    सीजीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।

     

  • टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’ – गाडीमा विशेष छुट र सुविधा

    टाटा मोटर्सको ‘शानदार दशैं तिहार अफर’ – गाडीमा विशेष छुट र सुविधा

    काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय ईलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ।

    चाडपर्वको रमाइलो माहोलमा ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउनेछ । त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको छ।

    इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइनेछ। यससँगै निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन्। साथै लक्की ड्रमार्फत भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन्।

    त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन्। टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्।

    सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको छ ।

  • यसपालिको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

    यसपालिको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

    काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ।

    यो योजना २०८२ असोज ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुनेछ। उक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्।

    ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनकोQR कोड स्क्यान गरीIMEI नम्बर सहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ। यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्।

    त्यसैगरी ४ जनाले रियलमी 14T स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमीC75 स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्।

    उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ।

    यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

  • वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर बिच जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

    वित्तीय संस्थाहरु र दुधकोशी हाइड्रोपावर बिच जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

    काठमाडौं । लक्ष्मी सन्राईज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बिच सो कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित दुधकोशी नदीमा निर्माण गर्ने ७० मे.वा. क्षमताको अर्धजलासय दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. १५ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्नेछ ।

    दुधकोशी—२ (जलेश्वर) जलविद्युत आयोजनाले असोज ७, २०७७ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा आयु मलुन हाइड्रोपावर लि, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।

    सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । सहवित्तियकरणमा एभरेष्ट बैंक सह–अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रुपमा रहेका छन् भने कूल प्रोजेक्ट फाइनान्स रु. १० अर्ब ५० करोड रहने छ ।

    सो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र उर्जा उत्पादकको मध्यको रुपमा रहने छ ।

  • यस्ता छन् माग्ने बूढाको दशैं टिप्स !

    यस्ता छन् माग्ने बूढाको दशैं टिप्स !

    काठमाडौं । अभिनेता केदार घिमिरे माग्ने बूढाले आउन लागेको विजय दशमीको शुभकामना दिँदै केही सुझाव पनि दिएका छन्। उनको पहिलो सुझाव छ, ‘दशैं भन्नसाथ बस चढेर घर जाने, आउने हुन्छ । यसरी बसमा यात्रा गर्दा आफ्नो सुरक्षाको पनि ख्याल गर्नुहोला । बसहरुले पनि हुटमा राखेर यात्रुहरुलाई ओहोरदोहोर गराउँदा ख्याल गर्नुहोला ।’

    माग्ने बूढाले दुर्घटना हुने जोखिम भएकाले छतमा बसेर चंगा उडाउने नानीबाबुहरुलाई होसियार रहेर चंगा उडाउन सुझाव दिएका छन् । त्यस्तै आफ्ना बालबच्चाको होसियारीका साथ ख्याल गर्न सुझाव पनि दिएका छन् । उनले थप भनेका छन्, ‘चाडबाड भन्नसाथ देखासिखी गरेर धेरे खर्च नगर्नु होला । आफ्नो खल्ती कति छ भन्ने ख्याल गरेर आफ्नो क्षमता अनुसार खर्च गर्नुहुन अनुरोध गर्छु ।’

    अन्तिममा भनेका छन्, ‘चाडबाडको बेला लंगुर बुर्जा खेल्ने, तास खेल्ने, रक्सी खाने, झैं झगडा गर्ने लगायत अनेक घटना हुने गरेको हुँदा हजुरहरु आफैंले आफैंलाई कन्ट्रोलमा राख्नुहोला ।’

    यसपटकको दशैंको टिका १५ गते छ । १३ गते फुलपातिबाट माग्ने बूढाको चलचित्र ‘माइतीघर’ प्रदर्शन हुँदैछ ।

  • चाडपर्वलाई लक्षित गरि सीजीले ल्यायो ‘साना घरायसी उपकरण’ अभियान, उपहारमा भियतनाम ट्रिप र हिरो स्पलेन्डर बाइक

    चाडपर्वलाई लक्षित गरि सीजीले ल्यायो ‘साना घरायसी उपकरण’ अभियान, उपहारमा भियतनाम ट्रिप र हिरो स्पलेन्डर बाइक

    काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्निचर सिरिज अन्तरर्गत साना घरायसी उपकरण मा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ।

    ‘भित्र्याऔँ खुशी र समृद्धि’ भन्ने मुल सन्देशका साथ सीजीले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दै आएको छ ।

    सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउँदै आएको छ। चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुशी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको हो। यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको समिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउनेछ।

    अभियानमा सहभागी हुने ग्राहकहरुले अन्तमा बम्पर उपहार स्वरुप भयतनाम ट्रिप र हिरो स्पलेन्डर बाइक पाउने छन् ।

    योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउनेछन्, जसले उपभोक्तामा थप उत्साह जाग्नेछ। यस योजनामा सहभागी हुन ग्राहकहरूले सीजी मेरिडिया सिग्निचर सिरिज अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।

    यो योजना भदौ २० गतेदेखि देशभरिका सीजी डिजिटल आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आएको छ।

    नेपालकै सबैभन्दा ठूलो र विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्डको रूपमा, सीजीले सधैं उच्च गुणस्तरका उत्पादनहरू ल्याउने मात्र नभई ग्राहकसँगको विश्वास र सम्बन्धलाई पनि सबैभन्दा प्राथमिकतामा राखेको छ। आधुनिक प्रविधि र नवप्रवर्तनमा निरन्तर अग्रसर रहँदै, सीजीले यस योजनामार्फत नयाँ वर्षलाई अझ विशेष र प्रेरणादायी बनाउन योगदान गरेको छ।

     

  • पब्जी मोबाईल नेपाल सिरिज २०२५ को ग्राण्ड फिनाले शुरू

    पब्जी मोबाईल नेपाल सिरिज २०२५ को ग्राण्ड फिनाले शुरू

    काठमाडौं । नेपालमा अत्याधिक रुचाइएको ई–स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ।

    प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो। कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्ज मा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।

    प्रतियोगिताको संरचना र अवधारणा

    स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ।
    साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ।

    प्रतियोगीहरूको क्षमता, रणनीति र टोलीगत समन्वयलाई परिक्षण गर्न प्रतियोगिता विभिन्न चरणमा विभाजित गरिएको छः

    ओपन क्वालिफायरः अगष्ट २६–३१
    राउण्ड अफ १२८ः सेप्टेम्बर ३–४
    राउण्ड अफः सेप्टेम्बर ५–६
    प्ले अफः सेप्टेम्बर १९–२१
    ग्राण्ड फिनालेः सेप्टेम्बर २२–२४

    समावेशिताको पहलः गर्ल्स ओन्ली शो–म्याच

    समावेशिताप्रति ऐतिहासिक कदम चाल्दै पब्जी मोबाईलले यसपटकको फाइनलमा नेपालमै पहिलोपटक गर्ल्स ओन्ली शो–म्याच आयोजना गरेको छ। यस विशेष प्रदर्शनीमा १६ वटा महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूले रु। २५,००० नगद पुरस्कार पाउनेछन्।

    यस कदमले ई–स्पोर्ट्स प्रतिभामा लैंगिक विभेद नहुने सन्देश दिनुका साथै नेपालमा बढ्दो गेमिङ समुदायभित्र अझ व्यापक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य बोकेको छ।

    नेपालको ई–स्पोर्ट्स भविष्यका लागि प्लेटफर्म

    २०२५ पब्जी मोबाईल नेपाल सिरिज केवल एउटा प्रतियोगिता मात्र नभएर नेपाली गेमरहरूको उत्साह, ऊर्जाशीलता र विश्वस्तरमा खेल्ने सम्भावनाको उत्सव हो।

    प्रतियोगिता अघि बढ्दै जाँदा दर्शकहरूले उच्चस्तरीय प्रतिस्पर्धा, रोचक प्रतिद्वन्द्विता र नेपाललाई विश्वकै प्रतिष्ठित ई–स्पोर्ट्स प्रतियोगितामा प्रतिनिधित्व गर्न सक्नेछन्। यस प्रतियोगिताले स्थानीय प्रतिभाको विकास, सामुदायिक संलग्नता र ई–स्पोर्ट्सलाई समावेशी तथा एकताबद्ध गर्ने माध्यमका रूपमा प्रोत्साहन गर्ने पब्जी मोबाईलको प्रतिबद्धता पुनः स्थापित गरेको छ।

     

  • गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

    गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

    काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।

    मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

    बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन।”

    राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ। “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु ।” उनले भने।

    सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राखे। देशको विषम परिस्थितिमा आ–आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास समेत व्यक्त गरे।

    “हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

     

  • दशैँको अवसरमा सामसङ नेपालले सुलभ मुल्यमा ल्यायो फोल्डेबल फोन

    दशैँको अवसरमा सामसङ नेपालले सुलभ मुल्यमा ल्यायो फोल्डेबल फोन

    काठमाडौं । नेपाली हिन्दुहरुको महान चाँड दशैँको अवसरमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू सुलभ मुल्यमा उपलब्ध गराइरहेको छ।

    सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपलब्ध गराएको छ।

    सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार ‘सामसङमा, हामी मान्छौं कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ। यस दशैंमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौँ । हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्ती गर्दछौँ । यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसद्वारा तपाईंले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सक्नुहुन्छ।’

    ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन समेत पाउन सक्नेछन् ।

    यस्तो छ मुल्य-

    नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू शुन्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिनेछ ।

     

  • एनआईसी एशिया बैंकका ग्राहकले लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने

    एनआईसी एशिया बैंकका ग्राहकले लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट पाउने भएका छन् । ग्राहकलाई छुट दिनेबारे रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

    उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिए ।

  • सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न

    सानिमा रिलायन्स लाईफको क्लब अचिभर्स इभेन्ट २०८२ भव्यताका साथ सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ ।

    लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा कम्पनीको अध्यक्ष रतन लाल केडिया , प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत उच्च व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स प्रति देखाउनु भएको अगाढ विश्वास र कम्पनीको व्यवसाय वृद्धिमा पुर्‍याएको अतुलनीय योगदान आभार प्रकट गरे ।

    यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा सल्लाहकारहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरू भविष्यमा पनि ल्याउने बताए भने कम्पनीका डेपुटी सिईओ निराजन कंडेलले सफल बीमा सल्लाहकार बन्नको लागि आवश्यक सीपहरु लगायतका विषयहरुलाई जोड दिए ।

    कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नी क्लब , आकाश क्लब र ग्यालेक्सी क्लबका योजनाहरु प्रस्तुत गरेको छ। । क्लबमा सहभागी हुन वैयक्तिक कोड र टिम व्यवसायमा संकलन गर्नुपर्ने न्यूनतम बिमाशुल्कको लक्ष्य तोकिएको हुन्छ । तोकिएको लक्ष्य हासिल गर्न सफल बीमा सल्लाहकारहरू क्लबमाको सदस्यता प्राप्त गरी कार्यक्रममा सहभागी हुन्छन्। सबै क्लबका सहभागीहरूलाई कम्पनीले सम्मान प्रदान गरेको थियो ।