Tag: कर्पोरेट प्रेस

  • एयरमार्क प्रणालीलाई स्वचालित बनाउन नबिल बैंक र नेपाल बीमा प्राधिकरणबीच सम्झौता

    एयरमार्क प्रणालीलाई स्वचालित बनाउन नबिल बैंक र नेपाल बीमा प्राधिकरणबीच सम्झौता

    काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच सम्झौता भएको छ । एयरमार्क प्रणालीलाई स्वचालित (अटोमेसन) बनाउनका लागि मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको हो ।

    सम्झौता पत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे ।

    कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई पूर्ण रूपमा अटोमेसनमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले बीमकहरूका लगानी सम्बन्धी प्रक्रियालाई छिटो, छरितो र त्रुटिरहित बनाई बीमा नियमन तथा निरीक्षण कार्यलाई थप दक्ष र पारदर्शी बनाउन समेत यसबाट सहयोग पुग्ने बताए ।

    एपीआई इन्टिग्रेशन अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधि मार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ ।

    यस इन्टिग्रेशनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ । जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ । यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्नेछ ।

    यो सम्झौता नेपाल बीमा प्राधिकरणको डिजिटल ट्रान्सफर्मेशन र प्रविधिमैत्री नियमनको दिशामा अर्को महत्त्वपूर्ण कदम हो । जसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले जानकारी दिए ।

     

  • गोदरेजको एआई-पावर्ड ‘इओन रेगालिस’ वाशिंग मेशीन बजारमा

    गोदरेजको एआई-पावर्ड ‘इओन रेगालिस’ वाशिंग मेशीन बजारमा

    काठमाडौं । गोदरेज एप्लायन्सेसले, आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सको साझेदारीमा, नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस किलोग्राम फ्रन्ट लोड वाशिंग मेशीनको सुरुवात गरेको घोषणा गर्यो। एआई-पावर्ड टर्बिडिटी सेन्सरले सुसज्जित यो नयाँ मोडेलले उत्कृष्ट धुलाइ गुणस्तर, श्रेष्ठ कपडा हेरचाह, र अतुलनीय सुविधा प्रदान गर्न डिजाइन गरिएको छ, जसले गर्दा यो नेपाली घरधुरीका लागि चुनौतीपूर्ण जाडोको मौसममा आदर्श लन्ड्री समाधान बनेको छ।

    इओन रेगालिस जाडोको लुगा धुलाइको अद्वितीय चुनौतीहरू, जस्तै गह्रौं मैलो लुगाहरू देखि चिसो, आद्र अवस्थामा स्वच्छताको लागि हाइजेनिक सफाइ र छिटो सुक्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी निर्माण गरिएको छ।

    नेपाली घरका लागि गोदरेज इओन रेगालिसका प्रमुख विशेषताहरू:

    • एआई-पावर्ड बुद्धिमत्ता: उन्नत ऑटो टर्बिडिटी सेन्सर र एआई टेकले पानीमा लुगाको मैलो स्तर स्वचालित रूपमा पत्ता लगाउँछ र त्यसै अनुसार धुलाइ प्रक्रिया समायोजन गर्छ। यसले बुद्धिमतापूर्वक पानीको प्रयोग अनुकूलन गर्छ, आवश्यकता अनुसार थप रिन्स चक्र थप्दछ, र लुगाहरू स्वच्छताको दृष्टिले सफा र संवेदनशील छालाका लागि सुरक्षित हुन्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।
    • शक्तिशाली ९५ °C हट वाश इनबिल्ट हिटरसहित: हिटर + एनटीसी + टर्बिडिटी प्रणालीले सुसज्जित यो मशीनले ९५°C को धुलाइ तापक्रम प्रदान गर्दछ, जसले जिद्दी दाग र कीटाणुहरू हटाउँदै अस्पताल-स्तरको सफाइ दिन्छ र जाडोमा स्वच्छता कायम राख्न आदर्श छ।
    • व्यापक धुलाइ कार्यक्रम कपडा हेरचाह: १२ विशेष धुलाइ कार्यक्रमहरू, जसमा मिक्स फ्याब्रिक, कटन, वाइट्स, जेन्टल वाश, बेबी केयर, स्पोर्ट्स शू, वुलन्स, बल्की, क्विक १५’ समावेश छन्, का साथ इओन रेगालिसले हरेक प्रकारको कपडाको लागि सेवा प्रदान गर्दछ। फ्याब्रिसेफ ड्रम डिजाइन र सुपर ड्राइङ फिचरले गर्दा जाडोमा लगाइने स्वेटर, दौरा जस्ता गह्रौं लुगाहरू पनि अझ सफा र सुकेको अवस्थामा निस्कन्छन्।
    • ऊर्जा दक्षता मजबूत प्रदर्शन: डिजिटल इन्भर्टर बिएलडीसी मोटर (१४०० आरपीएम) ले शान्त, स्थिर, र ऊर्जा-कुशल धुलाइ सुनिश्चित गर्दछ भने मोटरको आयु पनि बढाउँछ। मोटरको १० वर्षसम्पूर्ण उत्पादनको वर्षको वारेन्टीले ग्राहकहरूलाई अतिरिक्त मनको शान्ति प्रदान गर्दछ।
    • सुविधा स्मार्ट डिजाइन: इओन रेगालिसमा प्रयोगकर्ताको सुविधाका लागि क्विक १५-मिनेट वाश, डिले स्टार्ट, चाइल्ड लक, ऑटो रिस्टार्ट, एड क्लोथ्स, मेमोरी इन्टरअप्सन जस्ता विशेषताहरू छन्। यसको टच-कन्ट्रोल एलसीडी प्यानल, प्रिमियम एलईडी नब, र मेटालिक-ब्ल्याक फिनिसले आधुनिक घरको सुन्दरतालाई थप बढाउँछ।

    गोदरेज इओन रेगालिस एआई फ्रन्ट लोड वाशिंग मशीन अहिले सीजी इलेक्ट्रोनिक्सका शोरूमहरू नेपालभरिका अधिकृत खुद्रा साझेदारहरूमा उपलब्ध छ, जसलाई सीजीको विश्वसनीय After-Sales सेवा नेटवर्कले सहयोग गरेको छ।

  • केई र्‍याली : ग्राहकहरूसँगको रमाइलो नगरकोट यात्रा

    केई र्‍याली : ग्राहकहरूसँगको रमाइलो नगरकोट यात्रा

    काठमाडौँ । जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी, केई नेपालका आधिकारिक आयातकर्ताले केई ग्राहक भेट र्‍याली आयोजना गरे। यस कार्यक्रममा केई प्रयोगकर्ताहरूले थापाथलीबाट क्लब हिमालय, नगर्कोटसम्मको रमाइलो र अर्थपूर्ण यात्रा गरे।

    र्‍यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरूसहित) सहभागी थिए। यस कार्यक्रमको उद्देश्य ग्राहकहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनु र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्नु थियो। सहभागीहरूले ड्राइभसँगै प्रकृति, रमाइला खेल र समूहगत क्रियाकलापहरूको आनन्द लिए।

    क्लब हिमालय पुग्नेबित्तिकै सहभागीहरूलाई स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो। कार्यक्रमको मुख्य आकर्षणमध्ये एक सीपीआर (Cardiopulmonary Resuscitation) सम्बन्धी सचेतना र तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाए।

    यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति जागरूकता बढायो। कार्यक्रमको अन्त्य मनोरञ्जन र समूहगत गतिविधिहरू साथ सम्पन्न भयो । यस पहलमार्फत केईले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रतिको आफ्नो प्रतिबद्धता झल्कायो। सबैको निरन्तर साथ र विश्वासका साथ, केईले आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना गरेको छ ।

  • ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना– क्यूआर भुक्तानीसँगै बचत, सजिलै वित्तीय व्यवस्थापन

    ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना– क्यूआर भुक्तानीसँगै बचत, सजिलै वित्तीय व्यवस्थापन

    काठमाडौं । ग्लोबल आइएमई बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सञ्चालन गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

    यो योजनामा ग्राहकहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् । यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्ष सम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।

    ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति ब्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् । यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरूको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

    मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन् । उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।

    यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरू रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरूप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् । साथै विकल्पहरू पनि आवश्यकता अनुरूप परिवर्तन गर्न सक्नेछन् । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

    फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

    प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको  क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ । उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

    यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत सिधै बचत गर्न सक्नेछन् । साथै उक्त योजना आबद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नुहुनेछ । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङ्गबाट सञ्चालन गर्न सकिनेछ ।

  • सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक,डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने

    सिटीटेकको ‘फिनपस मिनी’ सार्वजनिक,डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने

    काठमाडौं । सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न NAS-IT एक्स्पो २०२५ को अवसरमा नेपालकै सबैभन्दा पर्खाइ गरिएको सानो तथा सजिलो फिनपस मिनी (finPOS Mini) पस औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    फिनपस मिनी एक क्रान्तिकारी डिजिटल भुक्तानी साधन हो, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्ने सहजता प्रदान गर्छ। यस डिभाइसले भिसा (Visa), मास्टरकार्ड (Mastercard), युपिआइ (UPI), र नेपालपे (NepalPay) लगायतका कार्ड योजनाहरू तथा नेपालपे क्युआर (NepalPay QR), फोनपे (Fonepay) र स्मार्टक्युआर (SmartQR) जस्ता क्युआर योजनाहरूलाई समर्थन गर्दछ।

    साना आकारको, आकर्षक डिजाइन र प्रयोग गर्न सजिलो यो उपकरणले ग्राहक तथा व्यवसायी दुवैका लागि द्रुत, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको सानो तर विशेष स्वरूपले डेलिभरी सेवा, यातायात व्यवसायी तथा साना-ठूला सबै प्रकारका व्यवसायीहरू का लागि डिजिटल भुक्तानीलाई अझै सुलभ बनाएको छ।

    कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक (Global IME Bank), माछापुच्छ्रे बैंक (Machhapuchhre Bank), नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (Nepal Investment Mega Bank) र सिद्धार्थ बैंक (Siddhartha Bank) ले Letter of Intent (LOI) हस्ताक्षर गरी फिनपस मिनी लाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छाशक्ति प्रकट गरे।

    सिटीटेकको चर्चित ब्राण्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा POS सेवा प्रदान गर्दै १०,००० भन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। फिनपस मिनी को शुभारम्भले बैंकहरूका लागि अझ प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती अक्वायरिङ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु गरेको छ।

    सिटीटेकका प्रमुख कार्यकारी आधिकृत सजन शर्माले भने, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्‍याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं।”

  • सिटिजन्स बैंकका ग्राहकहरुलाई केल्मी शोरूममा विशेष छुट दिइने

    सिटिजन्स बैंकका ग्राहकहरुलाई केल्मी शोरूममा विशेष छुट दिइने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुर स्थित केल्मी शोरूम बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • विद्यार्थी लक्षित नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’

    विद्यार्थी लक्षित नेपाल टेलिकमले ल्यायो ‘एनटी फाइबर विद्यार्थी अफर’

    काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीवर्गहरुलाई लक्षित गरेर इन्टरनेट सेवाको नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

    आइतबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद दिए।

    उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशनसमेत दिए।

    कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्।

    आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, जसमा साविक बमोजिमको जडान शुल्क ५०० थप लाग्ने बताईएको छ। अफरको साथमा विद्यार्थीले १ थान ड्यूल ब्याण्ड सीपीई (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर  निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

    अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन्।

    यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि (Validit) समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनोट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन्। यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज भ्यालिडिटी समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सीपीई भने फिर्ता गर्नुपर्नेछ। 

    अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ विद्यार्थी परिचय पत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र (Birth Certificate/ Citizenship) को प्रतिलिपि तथा नाबालिगको हकमा अभिभावकको Citizenship/License/Passport को प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्ने कम्पनीका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए।

  • इनड्राइभले गर्‍यो ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ क्याम्पेन सुरु

    इनड्राइभले गर्‍यो ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ क्याम्पेन सुरु

    काठमाण्डौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ ।

    इनड्राइभको यो अभियानले यसको पियर–टु–पियर (P2P) मोडललाई आत्मसात गर्दछ, जसले यसलाई विश्वकै सबैभन्दा पारदर्र्शी राइड–हेलिङ प्लेटफर्मको रूपमा चिनाउँछ । अरु प्लेटफर्महरू भन्दा भिन्न रहेर इनड्राइभले यात्रु र चालक दुवैलाई समान सशक्तिकरण प्रदान गर्दै आपसी सहमतिमा भाडा तय गर्ने स्वतन्त्रता प्रदान गर्दछ । यस मोडलअन्तर्गत यात्रुहरुले आफ्नै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारीको मोडल, चालकको रेटिङ, र आउन लाग्ने समयका आधारमा उपलब्ध प्रस्तावहरू मध्ये रोजेर राइड लिन सक्छन् ।

    यसले दुवै पक्षका लागि पूर्ण पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ । यस दृष्टिकोणले समानता, सम्मान, र आपसी निर्णय प्रक्रियालाई सुदृढ बनाउँदै प्रत्येक यात्राको केन्द्रमा ‘रोजाइको स्वतन्त्रता’ लाई राखेको छ। इनड्राइभको सिद्धान्त नै प्रयोगकर्ताहरुलाई आफ्नो यात्रामाथि अधिकार र नियन्त्रण दिनु हो ।

    अभियानको मुख्य भूमिकामा चर्चित कलाकार स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । यसमार्फत इनड्राइभले स्वतन्त्रता, मौलिकता र सशक्तिकरणलाई प्राथमिकता दिने नेपाली युवापुस्तासँग अझ गहिरो सम्बन्ध कायम गरेकोे छ ।

    “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” भन्ने सन्देशले इनड्राइभको “पिपुल फस्र्ट” दृष्टिकोणलाई पुनः पुष्टि गर्छ, जहाँ निष्पक्षता र स्वतन्त्रता चाहने बलियो समुदायको निर्माणमा जोड दिइएको छ ।

    इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटीभ रीता पोखरेल भनिन्, “हाम्रो क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” ले इनड्राइभको प्रमुख मूल्य मान्यताहरु “स्वतन्त्रता, समानता र समुदाय” लाई प्रतिबिम्बित गर्छ ।

    प्रत्येक यात्रा सशक्तिकरण र पारदर्शिताबाट सुरु हुनुपर्छ, जहाँ चालक र यात्रु दुवैको समान अधिकार हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ । इनड्राइभ सधैं समुदायलाई वास्तविक रोजाइको स्वतन्त्रता दिएर सशक्त बनाउने पक्षमा रहँदै आएको छ । यस क्याम्पेनमार्फत हामी निष्पक्ष मोबिलिटी र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ गर्न चाहन्छौं । नेपालका प्रत्येक चालक र यात्रुहरुले उनीहरूको रोजाइ साँच्चै महत्वपूर्ण छ भन्ने महसुस गरुन भन्ने हामी चाहन्छौं ।”

    यस अभियानसँगै इनड्राइभले नेपालमा अर्बन कम्युनिटीलाई पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ जहाँ स्वतन्त्रता, निष्पक्षता र समुदाय प्रत्येक यात्राको सार बन्नेछ ।

     

  • सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत छुट

    सिद्घार्थ बैंकका ग्राहकहरुलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत छुट

    काठमाडौं । सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

    सम्झौता अनुसार गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

     

  • अपि पावर कम्पनीले नयाँ बानेश्वरमा आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने

    अपि पावर कम्पनीले नयाँ बानेश्वरमा आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने

    काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा विगत २२ वर्षदेखि काम गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले आफ्नै कर्पोरेट कार्यालय निर्माण गर्ने भएको छ ।

    कम्पनीले आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्नको लागि काठमाडौंको नयाँ बानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माण गर्न थालेको हो । कम्पनीले उक्त भवन अपि टावर नामकरण गरी आफ्नै लगानीमा बनाउने जनाएको छ ।

    यस कम्पनीका अध्यक्ष सिर्जना खड्काले कम्पनीका सम्पूर्ण सञ्चालकहरूको उपस्थितिमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेकी छिन् । कम्पनीको केन्द्रीय कार्यालय भवनको निर्माण कार्य २ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

    अपि पावर कम्पनीले नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको पहिचान, रणनीतिक विकास, समयमै परियोजना सम्पन्नता, जलविद्युत र सौर्य सम्पत्तिहरूको विविधीकरण र निरन्तर पारदर्शी वित्तीय कार्यसम्पादन गर्दै आएको छ ।

     

  • एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

    एनपीएल सिजन २: युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

    काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको तिब्र चर्चा चल्दै गर्दा, यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान)सँगको आफ्नो ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ । नेपाली क्रिकेटसँगको यो आवद्धताले स्थानिय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र प्यानहरुलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिईएको छ ।

    क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित एनसेलले सहकार्य गरेको छ । यही मंसिर १ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गतवर्षपनि एनसेल ‘पावर्ड बाई’ साझेदार रहेको थियो ।

    यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन्। एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धलाई उजागर गर्दछ । नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।

    एनपीएलसँगको सहकार्यबारे आफ्नो उत्साह व्यक्त गर्दै, एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । आज क्रिकेट राष्ट्रको सबैभन्दा ठूलो आशा मात्र नभई, हामी सबैलाई एकतावद्ध राख्ने खेल पनि हो । त्यसैले क्रिकेटको यो भव्य महाउत्सवमा ‘युनाईटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित ‘पावर्ड बाई’ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । फ्यानहरूलाई घर, बाटो, अफिस, काम, कार्यालय, देश वा विदेश जहाँ भए पनि एनसेलको कनेक्टिभिटीमार्फत उनीहरूलाई यस संस्करणको हरेक क्षणसँग जोडिरहनेछौं ।”

    एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवद्र्धन गर्नका लागि मात्र सिमित नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । एनसेलले आफ्ना ग्राहककालागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेलहरु ऋाफू जहाँ भएपनि हेर्न सकिने सुविधा पनि प्रदान गर्नेछ ।

    “क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई’ पार्टनरका रुपमा एनसेललाई पाउँदा हामी धेरै खुसी छौं । यो खेलले सबैलाई जोड्छ त्यसैले हामी उत्साहित छौं र तयारी पनि अन्तिम चरणमा पुगिसकेको छ । यस्तै सहकार्य र खेलहरुले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित बनाउन ठूलो महत्व राख्दछ । खेलकुदको विकास र प्रवर्धनमा एनसेलको यो सहयोगका लागि नेपाल क्रिकेट संघ आभारी रहेको छ,” क्यानका सचिव पारस खड्काले भने ।

    एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

  • सर्वाधिक नाफा कमाउनेको ‘टप ५’ मा कुमारी बैंक, कमायो १ अर्ब ५ करोड रुपैयाँ

    सर्वाधिक नाफा कमाउनेको ‘टप ५’ मा कुमारी बैंक, कमायो १ अर्ब ५ करोड रुपैयाँ

    काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउनेको ‘टप ५’ मा कुमारी बैंक परेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस बैंकले एक अर्ब माथि नाफा कमाएर अर्ब क्लबमा पुगेको हो ।

    कुमारी बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुमारी बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २.०१ प्रतिशत कम हो । गत आवको सोही अवधिमा यस बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    चालू आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी गत आवको सोही अवधिमा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

    चालू आवको असोज मसान्तसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने प्रतिशेयर आम्दानी १६ रुपैयाँ ११ पैसा रहेको छ ।

    बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

  • करिब २३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंककाे खुद नाफा

    करिब २३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंककाे खुद नाफा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ ।

    यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ ।

    बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

  • एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् ।

    नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ ।

    दुई प्याकेजहरूमा पहिलोमा कर सहित ९९ रुपैँया को प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटा, दुई लाख बराबरको म्यादी जीवन बीमा र दुई लाख बराबरको घातक रोग बीमा पाइन्छ । यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

    दोस्रोमा ३९ को प्याक रहेको छ । यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा ५० हजार बराबरको म्यादी जीवन बीमा र ५० हजार बराबरको घातक रोग बीमा पाउँछन् । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

    ग्राहकहरूले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन्। यी प्याकहरु *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकहरुको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने बितिकै तुरुन्तै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ ।

    यो साझेदारीले एनसेल प्रयोगकर्ताहरूका लागि बीमा पहुँच सहज बनाउने लक्ष्य राखेको छ । विशेषतः लामो समयदेखि यस्तो सेवाबाट बन्चित विकट दुरदराजका समुदायहरुलाई यसले ठूलो महत्व राख्दछ । सुलभ शुल्क, पूर्ण डिजिटल प्रक्रिया, र प्रभावकारी बीमा सुविधासहितको “डाटासँगै जीवन बीमा” योजनाले नेपालको वित्तीय समावेशिता र सामाजिक सुरक्षातर्फको यात्रामा महत्वपूर्ण यात्रा सुरु गरेको छ ।

    “मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूका लागि बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं । यो सहकार्यले नेपाली समुदायको तल्लो स्तरसम्म पुगेर ठूलो समूहलाई बीमा पहुँच विस्तार गर्ने सामाजिक प्रतिबद्धता पनि बोकेको छ । आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

    मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भन्नुभयो, “मेटलाइफ नेपालमा हामी सुरक्षा सबैको अधिकार हो, सुविधा होइन, भन्ने विश्वास गर्छौं । यो साझेदारीको उद्देश्य पहिलोपटक, सानो र छोटो अवधिको डेटा खरिदबाट तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति प्राप्त गराई सुरक्षित राख्नु हो ।”

    एनसेलको बारेमा

    एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । प्रत्येक नेपालीलाई आफ्ना सेवाहरुमार्फत जोड्दै कनेक्टिभीका लाभहरु प्रदान गर्ने लक्ष्यका साथ कम्पनीले निरन्तर काम गर्दै आईरहेको छ ।

    स्पेक्ट्रलाइट यूके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्ताहरूलाई नविनतम र उत्कृष्ट सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको छ, जसले डिजिटल नेपालका आकांक्षाहरू हासिल गर्न योगदान पुर्‍याउनेछ । एनसेल आफ्नो दृढ प्रतिबद्धता र क्षमतासहित डिजिटल सेवा, नवप्रवर्तन, लगानी तथा जीवन सहज र समृद्धि बनाउने उदेश्यसहित सेवाहरूको विविधीकरणतर्फ अग्रसर छ, जसले आम नेपालीहरूको जीवनलाई अझ समृद्ध बनाउनेछ ।

    डिसेम्बर १, २०२३ मा बेलायतस्थित स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटा ग्रुप बरहादअन्तर्गत रहेको आजियाटा यूकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ ।

    एनसेल नेपालका सबैभन्दा ठूला करदातामध्ये एक हो । आफ्नो स्थापना पश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ । यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा एनसेल फाउन्डेसनमार्फत शिक्षा, वातावरण, स्वास्थ्य, कला र संस्कृतिको संरक्षण जस्ता क्षेत्रहरूमा विविध सामाजिक परियोजनाहरू कार्यान्वयन गर्दै २ अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । यी पहलहरूले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सरकारी प्रयासलाई सहयोग पुर्‍याई रहेका छन् ।

  • दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ कार्तिक २४ गते राति ८ बजेदेखि प्रारम्भ हुने

    दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ कार्तिक २४ गते राति ८ बजेदेखि प्रारम्भ हुने

    काठमाडौँ । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर” को आयोजना गर्ने घोषणा गरेको छ । “फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ । करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नु हुनेछ ।

    यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११ / १११ / १,१११ / ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नु हुनेछ । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नुहुनेछ । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।

    मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनुहुनेछ । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।

    नोभेम्बर १०को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नु हुनेछ । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनु हुनेछ ।

    यस वर्षको मेगा डिलमा सेताफिल, ¥होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेकाछन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

    अपग्रेडेड दराजमल

    ११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ । यस अन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरुबाट मात्र वस्तुहरु उपलब्ध गराइने तयारी रहेको छ । नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मको क्याशब्याक ग्यारेन्टी (सर्तहरु लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।

    छानिएका बैंकहरु मार्फत प्रिपेमेन्ट अफरहरू

    ११.११ मार्फत उपभोक्ताहरुलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रीपेमेंट छुटहरुको घोषणा गरेको छ । यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सक्नुहुनेछ ।

    • क्रेडिट कार्ड प्रयोगकर्ताका लागिः २०% छुट (रु.२,००० सम्म)
    • डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५% छुट (रु.१,५०० सम्म)

    यस अफरमा सहभागी बैंकहरूमा नविल बैंक, हिमालयन बैंक, माछापुच्छ«े बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन् ।

    “आजको दिन सम्म आईपुग्दा दराज ११.११ अहिले नेपालकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव बनिसकेको छ । यो अवसरमा ग्राहक, विक्रेता र साझेदारहरु सबै एकैसाथ वृद्धि र सफलताको उत्सव मनाउनु हुन्छ । प्रत्येक वर्ष बढ्दो संख्यामा नेपाली ग्राहकहरू अनलाइन किनमेलमा विश्वास गर्दै अघि बढिरहेका छन्”, बर्षकै सर्वाधिक बृहत्त सेलका बारेमा बोल्दै दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, “यसले ई–कमर्सलाई अझ सरल, छरितो र फलदायी बनाउन हाम्रो उद्देश्यलाई अझ सशक्त बनाएको छ । यस वर्षको ’फर द शोस्टप ईन यू’ थीम हाम्रा आदर्णिय ग्राहकहरू प्रति समर्पित छ, किनकि उहाँहरू नै हाम्रा वास्तविक स्टार हुन् ।”

    दराज ११.११ ’फर द शोस्टप ईन यू’ मार्फत देशभरका लाखौँ ग्राहकहरूका लागि अनलाइन किनमेलको नयाँ अनुभव प्रदान गर्दै नयाँ परिभाषा नै स्थापित गर्ने उद्देश्य दराजले लिएको छ । मेगासेलबारे थप जानकारीका लागि दराज ११.११ क्याम्पेन पेज र दराज नेपालको फेसबुक पेज हेर्न दराज नेपालले अनुरोध गरेको छ ।

    वर्षकै सबैभन्दा ठूलो सेलको काउन्टडाउन सुरु भइसकेको छ !

  • ग्लोबल बैंक र नास-आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

    ग्लोबल बैंक र नास-आईटीबिच अन्तरक्रिया कार्यक्रम, डिजिटल बैंकिङ्ग सेवा, कर्जा तथा व्यवसाय विस्तारसम्बन्धी छलफल

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ्ग सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ्ग सेवा, डिजिटल÷नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।

    कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए ।

    साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत संचालन गरिरहेको जानकारी दिए ।

    बैंक र नास–आईटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

    ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवाको विस्तार

    चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवाको विस्तार

    काठमाडौं । नेपाल टेलिकमले मकवानपुर जिल्लाको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर (FTTH) सेवाको विस्तार गरेको छ । थाहा नगरपालिका-९ मा रहेको श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा २०८२ कार्तिक १८ गते टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै उक्त क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

    ग्राहकवर्गको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ । हाल Radio Backhaul बाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै Fiber Backhaul बाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

  • नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक

    नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक

    काठमाडौं ।  हप्तौँदेखि जारी टीजर र झलकहरूपछि, हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य भा.रु. ७.९० लाख (एक्स-शोरुम) राखिएको छ। नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ।

    बाहिरी रूपमै हेर्दा, २०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक LED हेडलाइट, नयाँ DRL, LED टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन एलोय ह्विल, र टेलगेटमा बोल्ड “Venue” लेखिएको कनेक्टेड LED लाइट बारले अझ आधुनिक बनाएको छ। यो SUV Hazel Blue, Mystic Sapphire, Atlas White, Titan Grey, Dragon Red, Abyss Black, र दुई डुअल-टोन विकल्पहरूमा उपलब्ध छ — Hazel Blue/Black रूफ र Atlas White/Black रूफ।

    भेन्युको क्याबिन अब नयाँ स्तरमा पुगेको छ, जहाँ नयाँ ड्यासबोर्ड लेआउटमा दुईवटा १२.३-इन्चका कर्भ्ड स्क्रिनहरू राखिएको छ। नयाँ सेन्टर कन्सोल डिजाइन, तीन-स्पोक स्टीयरिङ ह्विल, र भेन्टिलेटेड फ्रन्ट सिटहरूले क्याबिनलाई थप आरामदायी र आधुनिक बनाएका छन्। टेक-प्रेमी प्रयोगकर्ताहरूका लागि Level 2 ADAS, BlueLink कनेक्टिभिटी, OTA अपडेटहरू, र वायरलेस Apple CarPlay तथा Android Auto जस्ता सुविधाहरू उपलब्ध छन्। अन्य प्रमुख फिचरहरूमा ड्राइभ र ट्र्याक्सन मोड, छवटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, ब्लाइन्ड-स्पट मोनिटर, र इलेक्ट्रिक सनरूफ पनि समावेश छन्। नयाँ भेन्यु आठ भेरियन्टहरूमा उपलब्ध छ — HX2, HX4, HX5, HX6, HX6T, HX7, HX8, र HX10।

    ह्युन्दाईले आफ्नो भरपर्दो इन्जिन विकल्पहरू कायम राखेको छ, जसमा अब नयाँ ६-स्पीड टर्क कनभर्टर अटोमेटिक विकल्प पनि थपिएको छ। पावरट्रेन विकल्पहरू यस प्रकार छन्:

    • १.२-लिटर NA पेट्रोल (८२ bhp / ११४ Nm) – ५-स्पीड म्यानुअल
    • १.०-लिटर टर्बो पेट्रोल (११८ bhp / १७२ Nm) – ६-स्पीड म्यानुअल वा ७-स्पीड DCT
    • १.५-लिटर डिजेल (११४ bhp / २५० Nm) – ६-स्पीड म्यानुअल वा अटोमेटिक

    २०२५ हुन्डाई भेन्यु ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्दै, अब किया सोनेट, मारुति ब्रेज्जा, टाटा नेक्सन, स्कोडा काइल्याक, रेनो काइगर, निसान म्याग्नाइट, र महिन्द्रा XUV 3XO जस्ता मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा दिन आएको छ।

  • सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

    सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ। यस आ.व. २०८१/८२ मा आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो। पहिलो तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

    कार्तिक १४ गते, भैरहवास्थित टाइगर प्यालेस बाइ सोल्टीमा सम्पन्न उक्त कार्यक्रममा देशका विभिन्न शाखाबाट आएका अभिकर्ता, शाखा प्रबन्धक तथा कर्मचारी गरी कुल २२५ जना सहभागी रहेका थिए। कार्यक्रममा कम्पनीका प्रशिक्षण विभागका प्रमुख कुबेर पाठकले प्रशिक्षण सञ्चालन गरेका थिए।

    तालिममार्फत AML/CFT सम्बन्धी कानूनी प्रावधानहरू, बीमा क्षेत्रमा यसको प्रभाव, व्यवहारमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै, गैरकानुनी कमाइ तथा आतंककारी क्रियाकलापबाट संकलित रकमलाई बीमाको माध्यमबाट सेतो धन बनाउने प्रयासलाई कसरी नियन्त्रण गर्ने, त्यसका प्रक्रिया र रिपोर्टिङ प्रणालीबारे समेत व्यावहारिक सन्दर्भ सहित चर्चा गरिएको थियो।

    कम्पनीका अनुसार, यस तालिमको उद्देश्य अभिकर्ता, शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई आर्थिक अपराध नियन्त्रण, आतंकवाद वित्तीयकरण रोकथाम र पारदर्शी कारोवार संस्कृतिको प्रवद्र्धनमा थप सचेत र सक्षम बनाउनु रहेको छ।

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ता तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै ग्राहक तथा नियामक निकायप्रति जिम्मेवार र विश्वासिलो बीमा सेवा प्रवाह गर्ने दायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

    आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

    काठमाडौं । विश्वव्यापी प्रविधि लिडर LG Electronics ले नवप्रवर्तन, डिजाइन र स्मार्ट जीवनशैलीका क्षेत्रमा आफ्नो अग्रता पुनः प्रमाणित गर्दै IFA 2025 मा उत्कृष्ट सफलता हासिल गरेको छ।

    विश्वकै प्रतिष्ठित उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनीमध्ये एक मानिने IFA 2025 मा, LG Home Appliance Solutions ले कुल १३ वटा पुरस्कार प्राप्त गर्दै घरायसी प्रविधिलाई अझ सहज, स्मार्ट र दिगो बनाउने आफ्नो प्रतिबद्धता पुनः बलियो बनाएको छ।

    विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान

    LG को नवप्रवर्तन र प्रयोगकर्ता–केन्द्रित सोचलाई विभिन्न श्रेणीहरूमा उच्च सम्मान प्रदान गरिएको छ-  मोबिलिटी, पहुँचयोग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टताका क्षेत्रहरूमा।

    उत्कृष्ट पुरस्कार (Best Awards)

    • Best in Mobility: LG Spielraum
    • Best in Accessibility Focused Product: LG Comfort Kit
    • Best in Home Appliances: AI Sense Clean DishwasherMicroplastic Filter

    सम्माननीय पुरस्कार (Honoree Awards)

    • Best in Design: LG Washer & Tumble Dryer Pair, LG TrueSteam Dishwasher, Next LG Massage Recliner, LG Styler Mini
    • Best in Home Appliances: LG WashTower, LG Washer & Dryer with Heat Pump, LG Robot Vacuum with Built-in Station, LG Wet and Dry Stick Vacuum Cleaner
    • Best in Smart Home: LG Robot Vacuum with Objet Station

    नवप्रवर्तन जसले प्रेरणा दिन्छ

    IFA Innovation Awards ले डिजाइन र इन्जिनियरिङ्गमा असाधारण उपलब्धिहरूलाई सम्मान गर्छ। यस वर्ष, LG ले home appliance technology लाई नयाँ दृष्टिकोणबाट परिभाषित गर्ने आफ्नो दूरदर्शी दृष्टिकोणका कारण विश्वका अग्रणी ब्रान्डहरूबीच विशेष स्थान प्राप्त गर्‍यो।

    स्वतन्त्र विज्ञहरूको जूरीले LG को AI मा आधारित प्रविधि (AI), मानवकेन्द्रित डिजाइन, र दिगोपनमा जोड दिने प्रयासलाई अत्यधिक सराहना गरेको छ। यी प्रविधिहरूले भोलिको घरलाई अझ स्मार्ट, सफा र सस्टेनेबल बनाउने दिशामा स्पष्ट दृष्टि प्रस्तुत गर्छन्।

    LG Nepal बारे

    LG Nepal ले पछिल्ला दशकदेखि नेपाली घर–परिवारसँग एक विश्वसनीय साथीको रूपमा साथ दिएको छ । घरायसी उपकरणदेखि अत्याधुनिक इलेक्ट्रोनिक्ससम्मका क्षेत्रहरूमा नवप्रवर्तनशील प्रविधि र भरपर्दो समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

    “Life’s Good” भन्ने दर्शनबाट प्रेरित, LG दैनिक जीवनलाई अझ स्मार्ट, सहज रमाइलो बनाउन निरन्तर अग्रसर छ।

    चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

  • बजाज चेतक ईभी– धिरेन श्रेष्ठको लोमान्थाङ यात्राको प्रत्यक्ष अनुभव

    बजाज चेतक ईभी– धिरेन श्रेष्ठको लोमान्थाङ यात्राको प्रत्यक्ष अनुभव

    काठमाडौं । विद्युतीय सवारी साधनका पारखी धिरेन मानश्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा (४,६६० मिटर) सम्म यात्रा गरे । यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको छ।

    “मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एउटा इलेक्ट्रिक स्कूटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ,” धिरेन मान श्रेष्ठले भने । “काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओरालीमार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन गयो ।यसको स्मूथ पावर डेलिभरी, प्रभावशाली रेंज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र हाेइन आनन्ददायी पनि बनायो ।”

    श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो, जसले देखाउँछ कि ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् ।“यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीकालागितयार छ भन्ने प्रमाणित गर्छ”, उनले थपे ।

    बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौतान गरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।

     

  • ११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा, ३ गुणासम्म क्याशब्याक ग्यारेन्टी

    ११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा, ३ गुणासम्म क्याशब्याक ग्यारेन्टी

    काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराज मल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई विश्वसनिय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ ।

    दराज मल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो । यसले हाल १५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्डहरूआफ्नो प्लेटफर्म मार्फत उपलब्ध गराउँदै लाखौं ग्राहकहरूलाई सहज शपिंग अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा फेशन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन् ।

    दराज मलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाईक र एडिडास लगायत रहेका छन् । नयाँ दराजमलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ । यसले ब्रान्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन, र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरेको छ ।

    “दराज मलले हाम्रो समग्र व्यवसायिक रणनीतिमा केन्द्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । यसमार्फत स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम भएका छन् । आजका अनलाइन ग्राहकहरूले सबैभन्दा बढी चाहने कुरा भनेको नै विश्वसनीयता हो । यही भरोसालाई अथेन्टिसिटी ग्यारेन्टी मार्फत अझ सुदृढ बनाउँने उद्देश्य हामीले लिएका छौँ, दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी, बेन यीले भने ।

    दराज मलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकहरूका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा, र प्रतिक्रियाशील ग्राहक समर्थन लगायत सुविधाहरु उपलब्ध रहेका छन् । यसले दराजमललाई विश्वसनीय अनलाइन ब्रान्ड गन्तव्यका रूपमा स्थापित हुन उल्लेखनिय भूमिका निर्वाह गरेको छ ।

    आउँदै गरेको ११.११ मार्फत दराज मलले १ करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरू सहित ग्राहकहरूका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ । ३ गुणासम्मको क्याशब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी , फ्री डेलिभरीसुविधा सहित विशेष ब्रान्ड अफरहरू जस्तै स् ६०५ सम्म छुट हुने फ्ल्यास भाउचरहरू, २ दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधा पनि उपलब्ध हुनेछ ।

    “विगतका तीन वर्षमा नेपालमा सेटाफिल ब्रान्डले दस गुणा वृद्धिदर हासिल गरेको छ । यो सफलताका लागि दराजमलको बलियो ग्राहक अनुभव र देशव्यापी पहुँचले पनि उल्लेखनिय भूमिका खेलेको छ । प्लेटिनम पार्टनरका रूपमा, हामी आउँदै गरेको ११.११ मा १००५ मौलिक उत्पादनहरू उत्कृष्ट मूल्यमा प्रत्येक नेपाली घरसम्म पुर्‍याउन प्रतिबद्ध छौं”, सेटाफिलका अन्तर्राष्ट्रिय बजारका वरिष्ठ ब्रान्ड तथा उत्पादन प्रबन्धक आकाश सिंह चौहानले भने ।

    “दराज मलले अल्टिमालाई नेपालकै अग्रणी अडियो तथा स्मार्टवाच ब्रान्डको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले हाम्रो ब्रान्डको विश्वसनीयता, बिक्री प्रदर्शन र ग्राहक संलग्नता लगायत अधिकांश क्षेत्रमा सकारात्मक योगदान पु¥याएको छ। आउँदै गरेको ११.११ मा पनि हामी उपभोक्ताहरूका लागि नवीनतम प्रविधिहरु विशेष तथा आकर्षक मूल्य अफर उपलब्ध गराउने तयारी गरिरहेका छौँ ”, अल्टिमा नेपालका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले भने ।

    दराज मलमा केवल प्रमाणित तथा आधिकारिक ब्रान्डहरू मात्र संलग्न गरिन्छ । यसले गर्दा, अन्य अनधिकृत विक्रेताहरुका तुलनामा दराज मलले उपभोक्ताहरुका लागिस्वभाविकरुपमा अधिक विश्वसनीयता प्रदान गर्छ । ब्रान्डहरूका लागि दराज मलले नेपालका ३० लाखभन्दा बढी ग्राहकहरू, वार्षिक क्याम्पेन क्यालेन्डर, सुपर ब्राण्ड डेलगायत विशेष बिक्री कार्यक्रम तथा एकीकृत लजिस्टिक नेटवर्कको पहुँच प्रदान गर्दै आइरहेको छ।

    यसका साथै, दराज मलले ब्रान्डहरुको विकास तथा प्रबद्र्धनार्थ भ्यालु एडेड सर्भिस सुइट मार्फत ट्राफिक एक्सिलिरेशन, कन्भर्जन बुस्टिंग टूल्स, प्रिसिजियन मार्केटिंग, ईन्फ्लुएन्सर रिचका साथै प्रोफेशनल ब्राण्ड सपोर्ट लगायत सेवा तथा सुविधापनि उपलब्ध गराउँदै आइरहेको छ । यिनका सहयोगले गर्दा साधारण बिजनेस पिरियदका साथै ११।११ जस्ता मेगा क्याम्पेन्सहरुमा ब्राण्डहरुलाई उल्लेख्य सहयोग प्राप्त हुन्छ ।

    अर्लि बर्ड र फ्ल्याश सेल कार्यक्रमहरूले ब्राण्डहरुलाई नयाँ उत्पादनहरुको प्रबद्र्धन गर्न तथा सिमित अवधिका लागि उपलब्ध हुने डिल्सहरुका लागि अत्यावश्यक एक्स्पोजर उपलब्ध गरी २००५ सम्म बढी भिजिविलिटीका साथै बिक्रि लक्ष्य हात पार्न सहयोग गर्छ ।

    खरिद सहजता र दोहोरिने ग्राहकहरुको प्रोत्साहनका लागि दराजमलले फ्रि शिपिंग भाउचर र भाउचर म्याक्स सुविधाहरु पनि प्रदान गर्दै आइरहेको छ । यसले खरिद प्रक्रियाका दौरान उपभोक्तामा देखिने दुविधा निवारणमा सहयोग पुग्नुका साथै, औषत अर्डर भ्यालुमा बृद्धि समेत हुने गरेको छ ।

    दराज मार्केटिंग सोल्यूशन्स (डीएमएस)ले एआईमा आधारित, लक्षित विज्ञापन र इन्फ्लुएन्सर पहुँच प्रदान गर्दै न्यून खर्चमै ट्राफिक ईफिसियन्सी प्राप्त गर्न सघाउँछ । त्यसैगरी एफिलियट प्रोग्रामले ब्राण्डहरुलाई फराकिलो ईन्फ्लुएन्सर रिचको उपयोग गर्दै अथेन्टिक ट्राफिक पाउन सघाउँछ ।

    त्यसैगरी दराज बिजनेस सोल्युशन्स (डीबीएस)ले एन्ड टू एन्ड ई–कमर्स व्यवस्थापन सुविधा प्रदान गरी विक्रि प्रबद्र्धनमा सघाउँदै ब्रान्ड विस्तारसम्म सम्पूर्ण सहयोग प्रदान गर्दै आइरहेको छ ।

    “हामी ब्रान्डहरूलाई भिजिबिलिटी, मार्केटिङ, र वितरण कार्यमा सहयोग गर्दै दक्षिण एसियाली उपभोक्ताहरूका लागि विश्वसनीय, उत्कृष्ट अनलाइन खरिद अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ”, बेनले थपे ।

    दराज एप वा वेबसाइटको होमपेजमा रहेको दराजमल च्यानलमार्फत ग्राहकहरूले दराजमल सम्म सहजै पहुँच बनाउन सक्नु हुन्छ। मल ब्याड्ज भएका उत्पादनहरू आधिकारिक ब्रान्ड पार्टनरबाट मात्र उपलब्ध हुने भएकाले ग्राहकहरूले मौलिकता र सेवा दुवैमा पूर्ण भरोसा तथा विश्वसनियताको प्रत्याभूती पाउन सक्नुहुनेछ । यसका साथै हरेक खरिदमा उपभोक्ताले ग्यारेन्टिड अथेन्टिसिटीका साथै विश्वसनीय तथा भरपर्दो सेवाको सुनिश्चितता पनि पाउन सक्ने कम्पनीको भनाइ छ ।

  • सीजीले दियो दशैं टीकाको फोटो पठाएर विजेता सीतालाई सीजी मेरिडियाको टीभी

    सीजीले दियो दशैं टीकाको फोटो पठाएर विजेता सीतालाई सीजी मेरिडियाको टीभी

    काठमाडौं। सीजी ब्रान्डले ‘Dashai Tika Photo Share & Win Contest’ का विजेता बुढानिलकण्ठकी सीता खनाल सापकोटालाई नयाँ CG Meridia 43GTVU5 43” AI 4K Ultra HD टेलिभिजन प्रदान गरेको छ।

    यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो, जसमा AI फिचर र उच्च गुणस्तरीय 4K दृश्य अनुभव उपलब्ध छ।

    विजेता सापकोटाले भनिन्, “म साँच्चै खुशी छु कि म CG को दशैं टिका ‘Photo Share and Win’ प्रतियोगितामा विजेता बनेँ। CG Meridia 43” 4K टेलिभिजन जित्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु।”

    उक्त प्रतियोगिताले दशैंको पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो। देशभरिबाट आएका टीका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मीयता र एकताको सुन्दर झल्को प्रस्तुत गरेका थिए।

    विजेतालाई टेलिभिजन सीजी ब्रान्ड होम एप्लायन्सका प्रतिनिधि श्री भरत प्रसाद साह र श्री सज्ञान ढकालले हस्तान्तरण गरेका हुन्।

    ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

    देशभरका २० आधुनिक शोरुम र ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको कम्पनीले आफ्नो आधिकारिक वेबसाइट cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ।

  • दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक

    दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक

    काठमाडौं । दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

    सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो ।

    यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उहाँहरूलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ ।

    बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो ।

    कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट DEX स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ ।

    यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पुर्‍याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित DEX ले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ ।

    यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणका रुपमा DEX लाई प्राप्त ४.६/५ ग्राहक मूल्याङ्कन लाई लिन सकिन्छ ।

    हालसम्म DEX ले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।

    यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’ को प्रतिबद्धता झल्काउँछ ।

    DEX ले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्याशफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको छ । यस अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ ।

    यसले उहाँहरूलाई तत्काल पुनः लगानी गर्ने सहज वातावरणको सुनिश्चितता प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर DEX ले व्यवसायीहरुको जोखिम घटाउँदै बढी आम्दानी गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

    “DEXले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,” दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने, “ठूला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होऊन् वा तिव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरु, DEX ले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ ।

    हाम्रो उद्देश्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्र्नु हो।”

    यस समाधानमार्फत DEX ले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

    व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने उद्देश्यलाई अझ सबल बनाएको छ ।

  • बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’ – उत्कृष्ट तीन खेलाडीलाई पल्सर मोटरसाइकल दिइने

    बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’ – उत्कृष्ट तीन खेलाडीलाई पल्सर मोटरसाइकल दिइने

    काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।

    आज बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा ग्रुप र नेपाल क्रिकेट संघ(क्यान)बीच सम्झौता भएको हो। गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यानका सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

    एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल (N160) पुरस्कारस्वरूप प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ। सर्वाधिक रन बनाउने ब्याट्सम्यान, सर्वाधिक विकेट लिने बलर र उत्कृष्ट उदीयमान (इमर्जिङ) खेलाडीले उक्त मोटरसाइकल प्राप्त गर्नेछन्।

    गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्दै भने- ‘पल्सर मोटरसाइकल सधैँ खेलकुद र युवा उर्जासँग जोडिएको ब्रान्ड हो, एनपीएलमार्फत नेपाली क्रिकेटलाई थप उर्जा र प्रेरणा मिल्ने विश्वास छ।’

    नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले पल्सरसँग सहकार्य गर्नु नेपाली क्रिकेटका लागि सकारात्मक कदम भएको बताए । उनले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनभित्रै पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी सार्वजनिक गर्ने धारणा राखे।

    नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सञ्चालन हुनेछ।

     

  • ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’- लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

    ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’- लक्की ड्रको ग्राण्ड रिभिल नोभेम्बर ७ मा

    काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रा.लि. ले “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” अन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१ गते) मा गर्ने भएको छ।

    नोभेम्बर ६ (कार्तिक २० गते) सम्म यो योजनामा सहभागी भएर ग्राहकहरूले विभिन्न आकर्षक लाभ उठाउन सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) द्वारा सार्वजनिक गरिने सिप्रदी अटोपार्ट्सले जनाएको छ।

    यस अफरअन्तर्गत सहभागी ग्राहकहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ। प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ, जससँगै टिभिएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी र स्मार्टफोन पनि उपहारमा प्रदान गरिनेछ। साथै हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्न सकिनेछ।

    दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको यो अफरले टाटा सवारीसाधनका प्रयोगकर्ताहरूबीच उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। अफर नोभेम्बर ६ (कार्तिक २० गते) सम्म मात्र मान्य रहने भएकाले, सिप्रदीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ।

    सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूलाई दीर्घायु बनाउँछन् र गाडीको गति अझ उत्कृष्ट बनाउँछन्। यी पार्ट्स उच्च गुणस्तरका र पूर्ण रूपमा टाटाद्वारा प्रमाणित भएकाले, नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पार्ट्सलाई सबैभन्दा भरपर्दो विश्वसनीय विकल्पको रूपमा रोज्दै आएका छन्।

    नेपालका लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. ले देशभरका ग्राहकहरूलाई सधैं सक्कली पार्ट्स र गुणवत्तापूर्ण सेवामार्फत विश्वासको यात्रा निरन्तरता दिइरहेको छ।

     

  • एनसेलले थप २० नयाँ टावर सञ्चालनमा ल्यायो 

    एनसेलले थप २० नयाँ टावर सञ्चालनमा ल्यायो 

    काठमाडौं । एनसेलले देशका विभिन्न स्थानहरूमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका हुन् ।

    आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरूका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरूलाई तीव्रता दिँदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरू सञ्चालनमा ल्याएको हो ।

    नयाँ टावरहरूको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरू सञ्चालनमा ल्याएको छ र ती स्थानहरू बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।

    कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र  गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ ।

    एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने प्रतिबद्धताको अनुरूप फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेको जानकारी दिए । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको उनले बताए ।

    नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरूका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढी नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो ।

    फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरू जडानका लागि काम गरिरहेको छ । यी टावरको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुढृड बनाउने एनसेलले जनाएको छ ।

    आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढी जनतामाझ यो सेवा पुगेको छ ।

  • नेपाल टेलिकमद्वारा विमानस्थलहरूमा निशुल्क वाईफाई सेवा सञ्चालन

    नेपाल टेलिकमद्वारा विमानस्थलहरूमा निशुल्क वाईफाई सेवा सञ्चालन

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा यात्रुहरूका लागि निशुल्क (Free) Wi-Fi इन्टरनेट सेवा सुरु गरेको छ।

    उक्त सेवा मिति २०८२ कार्तिक ११ गते बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेवाको शुभारम्भ गरे ।

    पहिलो चरणमा सुरु गरिएको यो निशुल्क Wi-Fi सेवा विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षा कक्ष लगायतका क्षेत्रहरूमा उपलब्ध रहेको छ।

    नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) बीच भएको सम्झौताअनुसार देशभरका ३ अन्तर्राष्ट्रिय र ३४ आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुहरूका लागि निशुल्क इन्टरनेट सेवा विस्तार गर्ने योजना अन्तर्गत यो पहल सुरु गरिएको हो।

    सेवा उपलब्ध स्थानहरूमा SSID “NT-CAAN Free WiFi” नामको Wi-Fi नेटवर्कमा Connect गरी दिइएका निर्देशन पूरा गरेपछि यात्रुहरूले सहज रूपमा नि:शुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन्।

  • डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

    डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो । सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१/८२ को असार मसान्त सम्ममा कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ ।

    कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो । कम्पनीले करिब ९४% लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२% प्रतिफल प्रदान गरेको छ । आ.व. २०८०/८१ मा कम्पनीले रू. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल रहेको थियो। नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ ।

    जीवन बीमा क्षेत्रको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ । यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ ।

    कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्‍याएको छ । साथै, आ.व.२०८१/८२ को असार मसान्त सम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ । त्यस्तै  कम्पनीको २३३ अर्ब भन्दा माथिको जीवन बीमा कोष र २४० अर्ब भन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ ।

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे । साथै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताए ।

    प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा सहयोग गर्ने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।

  • डिशहोम र ‘डल्ले’ बीच साझेदारी : काठमाडौं उपत्यका भित्रका सम्पूर्ण डल्लेका आउटलेटमा विशेष छुट

    डिशहोम र ‘डल्ले’ बीच साझेदारी : काठमाडौं उपत्यका भित्रका सम्पूर्ण डल्लेका आउटलेटमा विशेष छुट

    काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

    यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

    विशेष सुविधा:

    यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्:

    • डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १०% छुट

    यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

    भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:

    1. माइ डिशहोम एप Google Play Store बाट डाउनलोड गर्नुहोस्।
    2. दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
    3. होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
    4. डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

    यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन, डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    डल्ले’ – नेपाली स्वादको आधुनिक व्याख्या

    ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।

    डिशहोमको जीवनशैली सेवातर्फको यात्रा

    यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ।

     

  • इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनको विजेता घोषणा

    इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनको विजेता घोषणा

    काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “राइड मोर, विन मोर” अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ। यो अभियान आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्ताहरूलाई पुरस्कृत गर्न सन्चालन गरिएको थियो, जसमा प्रयोगकर्ताहरूले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गरेका थिए ।

    इनड्राइभको वृद्धि हुँदै गैरहेको समुदाय र कम्पनिप्रतिको बलियो विश्वास र संलग्नतालाई प्रतिबिम्बित गर्दै काठमाडौंका अत्यधिक प्रयोगकर्ताहरू क्याम्पेनमा सहभागी थिए । इनड्राइभमार्फत कम्तिमा ३ राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गरेका थिए, जसले उनीहरूलाई विशेष पुरस्कारहरू जित्ने र इनड्राइभसँग आफ्नो दैनिक यात्रा मनाउने असीमित अवसरहरू प्रदान गरेको थियो ।

    क्याम्पेनको मुख्य आकर्षणमा १० जना भाग्यशाली विजेताहरूले ब्रान्ड-न्यू याडिया ई८एस प्रो (Yadea E8S PRO) इलेक्ट्रिक स्कुटर जित्न सफल भएका थिए भने , र ३० जना  विजेताहरूले अल्टिमा वाच सर्कल स्मार्टवाच जितेका थिए ।

    इनड्राइभकी नेपाल रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्: “यो क्याम्पेनमा हाम्रा प्रयोगकर्ताहरूको अत्यधिक सहभागिता देखेर हामी खुसी छौं। हाम्रा वफादार यात्रुहरूलाई हरेक दिन इनड्राइभ छनोट गरेकोमा धन्यवाद दिन ‘राइड मोर, विन मोर’ क्याम्पेन संचालन गरेका थियौँ । इनड्राइभ रोजाइको स्वतन्त्रता र निष्पक्षतामार्फत मानिसहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ । हाम्रो अद्वितीय पियर-टु-पियर मूल्य निर्धारण मोडेलले गर्दा यात्रु र चालकहरू प्रत्यक्ष रूपमा उचित मूल्यमा सहमत हुन सक्छन,  र यसले नै यात्रालाई पारदर्शी, लचिलो र समुदाय-संचालित बनाउँछ। हामी निष्पक्ष र पारदर्शी सेवामार्फत समुदायलाई सशक्त बनाउन जारी राख्ने थप पहलहरूका लागि तत्पर छौं।”

    यस क्याम्पेनको साथ इनड्राइभले स्थानीय नेपाली समुदायसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउने कार्य जारी राखेको छ । यसको पियर-टु-पियर मूल्य निर्धारण मोडेल मार्फत यात्रु र चालक दुवैलाई निर्णय गर्ने स्वतन्त्रता दिन्छ र प्रत्यक राइडमा  पारस्परिक सम्मान र निष्पक्षता प्रतिबिम्बित होस् भनेर सुनिश्चित गर्दछ।

  • कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    कुमारी बैंकद्वारा ‘कुमारी’ तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति रकम जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ ।

    बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्ष देखि हरेक वर्ष रु. एक लाखको दरले छात्रवृत्ति स्वरुप एक कोष खडा गरि सो रकम जम्मा गराउँदै आएको छ । यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पु¥याउनु हो ।
    सोही परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रकम रु.७,३८,८११.९५ छात्रवृत्ति स्वरुप निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षण जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

     

  • एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

    काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपाल पा.लि. द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    उक्त समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

    यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

     

  • एन आई सी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्री पोर्टल सार्वजनिक

    एन आई सी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्री पोर्टल सार्वजनिक

    काठमाडौं । एन आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् । एन आई सी एशिया बैंक लिमिटेडको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिएकाे छ ।

    बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने छ ।

    यसरी ग्राहकहरूले बैंकले लिलाम बिक्रीमा राखिएको सम्पत्तिको सम्बन्धमा खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा खरिद गर्न इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै बिक्री हुने सम्पत्तिहरुको विस्तृत विवरणहरू सहितको जानकारी लिई लाभ लिन सक्नुहुने बैंकले विश्वास लिएको छ ।

  • जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक : शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन

    जेडटिईको नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक : शक्ति र प्रदर्शनको उत्कृष्ट संयोजन

    काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटिईले नुबिया नियो ३ जीटि फाइभ जी नेपालमा सार्वजनिक गरेको छ । विशेषगरी गेमिङका पारखीहरुलाइ शक्ति, गति र शैली एकैसाथ प्रदान गर्ने उद्धेश्यले यस स्मार्टफोनको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

    नयाँ जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीमा अत्याधुनिक डिजाइनसँगै उत्कृष्ट प्रदर्शन रहेको छ। १२ जिबि RAM र २५६ जिबि स्टोरेज सहितको यो गेमिङ पावरहाउसको मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । अहिले जगदम्बा मोबाइल्समार्फत शुन्य प्रतिशत ब्याजमा मासिक किस्ताबन्दी सुविधासहित उपलब्ध छ। यो संगै प्रयोगकर्ताहरूले अब जेडटिई नुबिया नियो ३ जीटि फाइभ जी केवल  १४ हजार ८ सय डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन्।

    गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्याउने यस गेमिंग स्मार्टफोनमा ६.७८ इन्चको ओएलईडी गेमिङ डिस्प्ले रहेको छ, जसले जीवन्त र स्मूथ भिजुअल प्रदान गर्छ। ४०८३mm² भीसी लिक्विड कुलिङ सिस्टमले लामो समय गेम खेल्दा पनि स्थिर प्रदर्शन सुनिश्चित गर्छ, र शोल्डर ट्रिगर्सले नियन्त्रणमा थप सटीकता र सहजता प्रदान गर्छ। २.७ गिगाहर्जको शक्तिशाली युनिसक T9100 प्रोसेसर, ६०००mAh ब्याट्री र ८०W फास्ट चार्जिङले निरन्तर गेमिङ प्रदर्शन र न्यूनतम डाउनटाइम सुनिश्चित गर्छ।

    आकर्षक डिजाइन, शक्तिशाली ब्याट्री र उचित मूल्यको सन्तुलन रहेको यस जेडटिई नुबिया नियो ३ जीटि फाइभ जीले नेपाली गेमरहरुको अनुभवलाई नयाँ परिभाषा दिने विश्वास कम्पनीले लिएको छ ।