Category: भिडियो

  • २३ सय विद्यालयमा एकैसाथ आईसीटी ल्याब स्थापना गर्ने निर्णय (भिडिओ)

    २३ सय विद्यालयमा एकैसाथ आईसीटी ल्याब स्थापना गर्ने निर्णय (भिडिओ)

    काठमाडौं । सरकारले दुई हजार ३ सय विद्यालयहरुमा ‘आईसीटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि ति विद्यालयहरुमा आईसीटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिए ।

    शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे । मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको बताए ।

    उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिए । पौडेलले भने, ‘२३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ । सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ ।’

    मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताए ।

  • त्रिविमा लगाइएको तालाबन्दीविरुद्ध प्रगतिशील प्राध्यापकहरूको प्रदर्शन (तस्बिर/भिडिओ)

    त्रिविमा लगाइएको तालाबन्दीविरुद्ध प्रगतिशील प्राध्यापकहरूको प्रदर्शन (तस्बिर/भिडिओ)

    काठमाडौं । नेपाल प्रगतिशील प्रध्यापक संगठनले लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा लगाइएको तालाबन्दीविरुद्ध मौन प्रदर्शन गरेको छ ।

    नेपाल विद्यार्थी संघ त्रिवि ईकाई समितिले लगाएको तालाबन्दी खोली कार्यालय सुचारु गर्न माग गर्दै प्राध्यापकहरुले उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्राध्यापकहरूले तालाबन्दीबाट समाधान नहुने भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रदर्शनमा सहभागी प्राध्यापकहरूले लामो समयदेखि त्रिवि कार्यालयमा तालाबन्दी हुँदा कार्यसम्पादनमा समस्या भएको भन्दै तालाबन्दी खोल्नुको विकल्प नरहेको बताएका छन् ।

    नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले भने त्रिविमा भएको भ्रष्टाचारविरुद्ध थालिएको आन्दोलन यथास्थितिमा फिर्ता नहुने बताए ।

    तस्बिरहरू : उमेश कार्की ।

  • पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    पास-फेल जे भएपनि संसदले एमसीसी टुंगो लगाउनैपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पास फेल जे भएपनि एमसीसीबारे संसदले टुंगो लगाउने बताएका छन् ।

    कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बालुवाटारमा विमोचन गर्दै प्रधानन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् । उनले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।

    ‘हामी एमसीसीको पक्षमा छौं । हाम्रो पार्टीको कार्यसम्पादन समिति र संसदीय दलले निर्णय गरिसकेको छ । अब पास फेल जे हुन्छ संसदले टुंग्याउनुपर्छ’, देउवाले भने ।

    एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदान नेपालको हितमा रहेको दाबी गरे । ‘एमसीसी देशको हितमा छ । कांग्रेसले एमसीसीको पक्ष लिन डराउनुपर्ने केही छैन’, देउवाले भने ।

    उनले एमसीसीबारे सत्तारुढ गठबन्धनमा साझा धारणा बनाउन पहल भइरहेको समेत जानकारी दिए ।

  • शिवरात्रीअघि नै पशुपतिका पर्खाल शिवजीमय हुँदै, मन्त्री आलेले भन्छन्- अब मुहार फेरिन्छ (भिडिओ)

    शिवरात्रीअघि नै पशुपतिका पर्खाल शिवजीमय हुँदै, मन्त्री आलेले भन्छन्- अब मुहार फेरिन्छ (भिडिओ)

    काठमाडौं । बुधवार साँझ अचानक पशुपतिनाथको मूलद्धारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले अचानक पुग्दा पञ्चायतकालकी चर्चित माननीय नानीमैया दाहालसँग जम्काभेट भयो ।

    मन्त्रीको ध्यान भने नानीमैयातिर भन्दा पनि पशुपतिनाथको स्वरुप फेर्नेतिर थियो । नानीमैयाले ‘लौ गरे तिमीले नै गर्ने हो, नत्र यो पशुपतिनाथको विकास कसैले गर्दैनन्’ भनेर हिडिन् ।

    पशुपति भ्रमण गरेर फर्किदै गर्दा वरिष्ठ नायक शिव श्रेष्ठ भेटिए । उनले अहिलेका चर्चित मन्त्री आलेसँग फोटो खिच्दै पशुपति मन्दिर परिसरका भित्ताहरु फेरिन थालेकामा मन्त्रीको प्रशंसा गरे ।

    मन्त्री आलेले दुई साताअघि पशुपति भ्रमणका क्रममा अव्यवस्थित टहर, पसलहरु हटाउन र भित्तामा शिवजी लगायत देवी देवताको चित्र पेन्टिङ गर्न निर्देशन दिएका थिए ।

    बुधवार उनी पुग्दा पशुपतिका भित्तामा शिवजीका चित्र व्यवसायिक कलाकारहरुबाट कोरिदै थिए । उनले शिवरात्रीअघि नै मुख्य पर्खालका शिवजीका चित्रले भित्ता रंगाउन ताकेता गरे ।

    विकास कोषका सदस्य सचिव मिलन कुमार थापाले मन्त्रीको निर्देशनपछि व्यवसायिक कलाकारहरु लगाएर भित्तामा कलात्मक तस्विर चित्रण गर्ने काम भइरहेको बताए ।

    मन्त्रीले करीव डेढ घण्टा पशुपति परिसरमा भ्रमण गरेर सरसफाइन, जिर्णोद्दार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गरेका थिए ।

    उनले पछिल्लो छलफलका आधारमा अव्यवस्थित फूल पसलेहरुलाई पशुपति परिसरमै रहेको भवनमा सार्न र आवश्यक थप संरचना निर्माण अघि बढाउन निर्देशन दिए ।

    देश विदेशबाट आउने लाखौंं भक्तजनहरुको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताए । उनले निर्देशन पालना भए नभएको आफूले अनुगमन गर्ने समेत बताए ।

  • डोटीका जेष्ठ नागरिक र एकल महिलाका लागि ३ हजार थान कम्बल हस्तान्तरण (भिडिओ)

    डोटीका जेष्ठ नागरिक र एकल महिलाका लागि ३ हजार थान कम्बल हस्तान्तरण (भिडिओ)

    काठमाडौं । ताइवानमा हेडक्वार्टर रहेको चु जी फाउन्डेशनले डोटी जिल्लाका दुर्गम भेगका जेष्ठ नागरिक र एकल महिलालाई जोडोबाट जोगाउन ३ हजार थान स्तरीय कम्बल प्रदान गरेको छ ।

    चुजीको तर्फबाट नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले डोटीबाट निर्वाचित सांसद समेत रहेका पर्यटन मन्त्री प्रेम आलेलाई १ सय थान कम्बल, १० हजार मास्क र सेनिटाजर हस्तान्तरण गरेका हुन् ।

    फाउन्डेशनको तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा ३ हजार थान सुदूरपश्चिमको डोटीमा पठाउन लागिएको तुलाधरले बताए । बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको छ ।

    सो अवसरमा मन्त्री आलेले डोटीका जनताका लागि न्यानो कम्बल वितरण गरेकोमा धन्यवाद दिए । उनले ती सामग्री जिल्लामा तत्कालै पठाइने बताए । जिल्लाको बडिकेदार,जोरायल लगायतका विकट गाउँपालिकामा सामग्री पठाइने स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

    हस्तान्तरण गरिएको एउटा कम्बलको बजारमूल्य करीव ३ हजार रुपैया पर्छ ।

  • सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ)

    सधैँ चम्किरहनेछन् साहित्यका तारा (भिडिओ)

    काठमाडौं । ‘घनघस्याको उकालो काट्दा’ निबन्धका सर्जक तारानाथ शर्माले परलोकको उकालो काटे ८७ वर्षको उमेरमा । कक्षा १० को नेपाली पुस्तकको यही निबन्धमार्फत् साहित्यप्रेमी, भाषाअनुरागीबीच परिचित बनेका शर्मा अब भने सम्झनाहरूमा मात्रै बाँच्नेछन् । हामीसँग उनैका संजनाहरूमार्फत् मात्रै संवाद गर्नेछन् ।

    मंगलबार पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

    यही बीचमा मुकारुङले सम्झिए, ०४९/५० सालतिर पहिलो भेट भएको थियो शर्मासँग । शर्माले नै मुकारुङको पहिलो कविताकृति ‘देश खोज्दै जाँदा’मा भूमिका लेखिदिएका थिए, त्यो पनि हस्तलिखित भूमिका । त्यही भूमिका लिएर मुकारुङ बागबजारको टाइपराइटिङको अफिस पुगेका थिए र शर्माको भूमिका छापिएको थियो ।

    मुकारुङ झण्डै तीन दशकअघिको शर्मासँगको त्यो भेट यसरी सम्झन्छन्, ‘युवापुस्तालाई असाध्यै उत्प्रेरित गर्ने, अभिभावकजस्तो भूमिका निर्वाह गर्ने स्वभावको हुनुहुन्थ्यो उहाँ । मैले पहिलो भेटमै एउटा अभिभाकत्व महसुस गरेको थिएँ उहाँबाट ।’

    शर्मा उनै हुन्, जसले नेपाली साहित्यमा मौलिक भाषाको प्रयोगको अर्थ खोजे । ०१३ सालमा बालकृष्ण पोखरेल, कोषराज पन्त, बल्लभमनि दाहालले सुरू गरेको झर्रोवादी आन्दोलन नेपाली साहित्यमा भएका प्रमुख आन्दोलनमध्ये एउटा आन्दोलनको रूपमा स्थापित छ । जनताले बुझ्ने, जनताले बोल्ने र उनीहरूको जीवनसँग नजिक रहेको भाषालाई साहित्यमा प्रयोग गर्नुपर्छ भनेर सुरू भएको आन्दोलन अहिले पनि चर्चाको विषय बन्ने गर्छ ।

    पछिल्लो समय नेपाल फिरेर सरस्वतीनगरस्थित आफ्नै निवासमा बसिरहेका शर्मा मंगलबार आठ बजेर २० मिनेट जाँदा बिते ।

    बेलायत-अमेरिका-नेपाल बसेका शर्मा अमेरिकाबाट फिरेपछि भने नेपालमै बस्दै आएका थिए । सात महिना मात्रै भएको थियो, नेपाल एकेडेमीले उनलाई आजीवन सदस्या बनाएको थियो ।

    एकेडेमीका कूलपति गंगाप्रसाद उप्रेतीका अनुसार शर्मालाई पाँच वर्षअघि नै आजीवन सदस्य बनाउनेबारे छलफल भएको थियो, तर शर्माको अमेरिका बसाइका कारण यत्तिकै रोकिएको थियो । र, शर्मा नेपाल आएपछि भने आजीवन सदस्यता दिइएको थियो ।

    पशुपति आर्यघाटमा शर्माको शरीर अचल थियो । त्यही शरीरमा फुलका गुच्छाहरू बर्साइरहेका थिए कवि श्रवण मुकारुङ, कूलपति गंगाप्रसाद उप्रेती, कवि सोझो गाउँलेहरू । आर्यघाट पुगेका सबै स्तब्ध थिए । शर्मासँगका स्मृतिहरू स्मरण गरिरहेका थिए । शर्माको लेखनी, योगदान र स्वभावको चर्चा गरिरहेका थिए ।

    बुड्यौली र स्वास्थ्यका कारण शर्मा अलि विरामी भइरहन्थे । विस्मृतिको रोगबाट ग्रस्त थिए । रोगसँग जुधिरहँदाखेरि नै शर्माले देहत्याग गरे । तर, शर्मा नरहे पनि शर्माको सृजना र योगदानले नेपाली साहित्य र भाषालाई उँचो बनाइरहने र नेपाली भाषा रहेसम्म सम्झिरहनुपर्ने वृहत् व्यक्तित्व भएको मुकारुङको भनाइ छ ।

    भाषाविद्, नियात्राकार, निबन्धकार र समालोचकको परिचय बनाएका शर्मा विशेषतः नियात्राकारको रूपमा सुपरिचित थिए । उनकै नियात्रा संग्रह ‘बेलायततिर बरालिँदा’ले ०२६ सालको मदन पुरस्कार पनि जितेको थियो । शर्माको लेखनीमा प्रयोग हुने मिहीन र मिठासपूर्ण भाषा शैली मात्रै नभएर उनले डिजाइन गरेका पाठ्यपुस्तकहरू पनि उत्तिकै समय सान्दर्भिक रहेको साहित्यकारहरूले बताउने गरेका छन् ।

    मुकारुङ भन्छन्, ‘उहाँ समालोचना र निबन्धको क्षेत्रमा एउटा कालखण्ड नै नेतृत्व गरेको लेखक हो । आज हामीले चर्चा गर्ने रिमाल, मैनाली जस्ता प्रतीभालाई नेपाली साहित्यमा परिचित गराउने समालोचक हो उहाँ ।’

    कुलपति उप्रेतीका अनुसार नेपाली साहित्यको मात्रै नभएर नेपाली भाषाको पनि विशिष्ट प्रतीभा हुन् शर्मा । भन्छन्, ‘उहाँ नेपाली भाषाको आधिकारिक भाषाविद् हो । झर्रोवादी आन्दोलनमा विदेशी भाषाले हाम्रो नेपाली भाषा बिगार्छ भनेर उहाँहरू लाग्नुभएको थियो ।’

    प्राडा. गोविन्द पोखरेल थप्छन्, ‘०१७ सालसम्म उहाँका प्रगतिवादी सृजना थिए । त्यसपछि पंचायतकालको जटिल परिवेशसँगै अलिकति वैचारिक हिसाबले पलायन हुनुभयो । तर, उहाँको लेखनी भने निरन्तर नै रह्यो । र, उत्कृष्ट नियात्रा, निबन्ध, समालाोचना हामीलाई दिनुभयो ।’

    शर्माका ‘उहाँका नमस्ते’ निबन्धसंग्रह, ‘घोत्ल्याइँहरू’ समालोचना संग्रह, ‘बेलायततिर बँरालिँदा’ नियात्रा संग्रह लगायत दर्जनौँ पुस्तक प्रकाशित छन् । आख्यान, कविता, संस्मरण, समालोचना र नियात्रा लगायत थुप्रो विधामा कलम चलाएका शर्मा इलाममा जन्मिएका थिए । उनका पत्नी शान्ता र दुई छोरा छन् ।

    भौतिक शरीर नष्ट भएपनि आफ्ना कालजयी सिर्जनामार्फत नेपाली साहित्य आकाशमा सधैँ तारा झैं चम्किरहने छन् तारानाथ शर्मा ।

  • कुनै सांसदले एमसीसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल (भिडिओ)

    कुनै सांसदले एमसीसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् ।

    आजको संसद बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै रावलले भने, ‘एमसीसका थुप्रै प्रावधान राष्ट्रघाती छन् । कुनै पनि संसदको सदस्यले एसीसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन ।’

    रावलले एमसीसी सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानून समेत मान्नुर्ने प्रावधान रहेको दाबी गरे ।

    ‘सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानून मान्नुपर्ने लेखिएको छ,’ रावलले भने, ‘अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा बाहेकका कुनै पनि काम गर्न नपाइने भनिएको छ।’

  • माओवादी नेता कार्कीको प्रस्ताव- शान्ति क्षेत्र प्रस्ताव फेरि ब्युँताउँ, एमसीसी आफैं संशोधन हुन्छ (भिडिओ)

    माओवादी नेता कार्कीको प्रस्ताव- शान्ति क्षेत्र प्रस्ताव फेरि ब्युँताउँ, एमसीसी आफैं संशोधन हुन्छ (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल शान्ति क्षेत्र प्रस्तावलाई फेरि ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन् ।

    बुधबार संसद बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा कार्कीले यो प्रस्ताव अघि सार्दै एमसीसीका असमान बुँदा संशोधन हुने समेत दावी गरे ।

    ‘शान्ति क्षेत्रको प्रस्तावलाई फेरि ल्याउनुपर्छ,’ उनले भने, ‘यो पहिले पनि आएको थियो । यो प्रस्तावलाई हामीले फेरि ‘मुभ’ गर्नुपर्छ । यो प्रस्ताव ल्याउना साथ एमसीसीमा जहाँ–जहाँ हाम्रो आपत्ति छ भनेका थियौं, त्यसलाई हटाएर एमसीसी पास गरिन्छ ।’

    तत्कालीन राजा वीरेन्द्रले नेपाल विश्व शितयुद्धमा कसैको पनि पक्षमा नलाग्ने भन्दै शान्ति क्षेत्र प्रस्ताव ल्याएका थिए । तर, धेरै जसो राष्ट्रहरुले यसमा सर्मथन जनाउँदा पनि भारतको असहयोगका कारण यो असफल भएको थियो।

    कार्कीले एमसीसीकै कारण नेपाल र अमेरिकाबीचको ७० वर्षको सम्बन्ध नबिग्रिने समेत दावी गरे । ‘अमेरिका ७० वर्षको सम्बन्ध यही एमसीसीका कारण विग्रने भन्ने हुँदैन,’ कार्कीले भने, ‘एउटै हिउँदले जाडो जाँदैन । नेपालसँगको सम्बन्ध हाम्रो लागि अमेरिकासँगको सम्बन्ध जति प्यारो छ, अमेरिकाका लागि पनि त्यति नै महत्वपूर्ण छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’

    कार्कीले विश्वमा अहिले शितयुद्ध सुरु भइसकेको बताउँदै त्यो नेपालकै दुई छिमेकीबीच हुने भएकाले नेपाल तथस्ट रहनुपर्नेमा जोड दिए । ‘अहिले शितयुद्ध सुरु भइसकेको छ, नेपाल न्युट्रल रहनुपर्छ,’ उनको भनाइ छ, ‘यसमा अमेरिकाले भारतलाई आफ्नो रणनीतिक साझेदार बनाउन खोजिरहेको छ । अमेरिका र चीनको बीचमा यो शितयुद्ध हुँदैछ ।’

  • जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

    जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौता संशोधन नगरी पास गर्नु हुँदैन : खनाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहायता परियोजना (एमसीसी) जनतालाई गुमराहमा राखेर गरिएको सम्झौता भएको बताएका छन् ।

    संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले नेपालको हितलाई सर्वोपरि राखेर एमसीसी सम्झौता नभएको बताए । सम्झौताका बारेमा जनतालाई थाहा नदिएरै अगाडि बढाइएको र अध्ययन समेत गर्न नदिएको खनालको भनाइ छ ।

    उनले भने, ‘एमसीसी केही गिजोलिएको छैन् । नेपालको हितलाई सर्वोपरि राखेर यो एमसीसी सम्झौता सुरुमै भएन । नेपाली जनतालाई थाहा नै नदिनकन, राम्ररी अध्ययन नै गर्न नदिइकन, के गर्दा राष्ट्रको हित हुन्छ भन्ने कुरा बुझ्दा पनि नबुझिकन नेपाली जनतालाई गुमराहमा राखिएर यो सम्झौता गरिएको हो ।’

    खनालले एमसीसी राष्ट्रको हितविपरीत भएको भन्दै त्यो संशोधन नगरि स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो सम्झौता भित्र गम्भीर राष्ट्रिय हितविपरितका कुरा छन् । ती कुरामा सुधार नभइकन यो एमसीसी पास हुन सक्दैन । नमिलेका कुरा जबरजस्त ठेल्न खोज्नु हुँदैन । असहमतिको विषयमा धाक धम्की दिएर हुन्छ ?’

  • एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

    एमसीसी ६ गते टेबल हुन्छ, सहमतिको प्रयास गर्छौं : कानूनमन्त्री बडू (भिडिओ)

    काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना (एमसीसी )संसदमा टेबल गर्नुपर्ने बताएका छन् । बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि संवाददाताहरुसँग कुरा गर्दै मन्त्री बडूले विवादबारे बहस गर्न पनि संसदमै लैजानुपर्नेमा जोड दिए।

    ‘यो संसदमा टेबल हुनुपर्छ,’ उनले भने, ‘संसद सार्वभौम संस्था हो । बाहिरको बहस टुंग्याउनका लागि पनि सदनमै जानुपर्छ ।’ बडूले थप छलफलका लागि शुक्रबारसम्म बैठक स्थगन गरेको र त्यतिबेलासम्म सहमतिको प्रयास गर्ने बताए।

    ‘छलफलका लागि अरु समय चाहिन्छ भने पछि हामीले थप एक दिनको समय दियौं’ , उनले भने, ‘६ गतेको बैठकमा टेबल हुन्छ । यसका लागि हामी प्रयास गर्छौं ।’

  • एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय (भिडिओ)

    एमसीसी जबरजस्ती टेबल गरिए सरकारमा नरहने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनमा एमसीसी जबरजस्ती टेबल गरे सरकारमा नरहने बताएको छ ।

    संसदीय दलको भर्खरै बसेको बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

    ‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले सञ्चारकर्मीसँग भने ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिएकोबारे पत्रकारको जिज्ञासामा गुरुङले भने ‘सरकारमा रहेका दलहरूबीचमा सहमति नभइ पेस गर्ने कुरा गठबन्धन तोडेर गर्ने कुरा हो । त्यस्तो भयो भने सरकारमा रहने कुरा हुँदैन ।’

    गुरुङले थपे, ‘पाँच दलको निर्णयबिना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयबिना सरकार वा कुनै घटकले अगाडि बढायो भने गठबन्धन तोडियो भन्ने हुन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट स्वत: अलग हुने कुरा हो ।’

  • सुजाताले भनिन्- एमसीसी सबै दलले अगाडि बढाएको हो (भिडिओ)

    सुजाताले भनिन्- एमसीसी सबै दलले अगाडि बढाएको हो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाललाई कसैले कब्जा गर्न नसक्ने बताएकी छिन् । संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले कुनै सम्झौता गरेकै भरमा नेपाललाई कसैले कब्जा गर्न नसक्ने दाबी गरेकी हुन् ।

    ‘नेपालले आजसम्म धेरै देशबाट सहयोग लिएको छ । कसैले कब्जा गरेको त छैन नि । नेपाललाई कसैले कब्जा गर्न सक्दैन । हामी गर्न पनि दिदैनौ । त्यसैले एमसीसीबारे गलत प्रचार नगरौं । आँट गरेर एमसीसी पास गर्नुपर्छ’, कोइरालाले भनिन् ।

    नेपालमा एमसीसीको विरुद्धको कुनैपनि दल नरहेको कोइरालाको दावी छ । ‘कांग्रेस, एमाले, माओवादी सबै पार्टी सरकारमा हुँदा एमसीसी अगाडि बढाएका हुन् । एमसीसीको पक्षमा सबै दल रहेका छन् । अहिले क्षणिक लाभ हेरेर कोही पछि हट्न मिल्दैन । सबै दल मिलेर एमसीसी पास गर्नुपर्छ’, कोइरालाले भनिन् ।

    उनले नेपालमा ठूला परियोजना सफल हुन नदिन संगठित समूह सक्रिय रहेको भन्दै दलहरूले त्यसको प्रतिवाद गर्नुपर्ने बताइन् ।

  • सर्वोच्चको आदेश बोकेर नागरिक उड्डयन प्राधिकरण पुगेका क्षेत्रीले हाजिर गर्न पाएनन् (भिडिओ)

    सर्वोच्चको आदेश बोकेर नागरिक उड्डयन प्राधिकरण पुगेका क्षेत्रीले हाजिर गर्न पाएनन् (भिडिओ)

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर कार्यालय पुगेका छन् । सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेका उनी हाजिर भने गर्न नपाइ फर्किए ।

    सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न हिजो अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर क्षेत्री प्राधिकरण पुगेका थिए । प्राधिकरणका कानून अधिकृतले महान्यायाधिवक्ताको कार्यालयबाट थप व्याख्या हुनुपर्ने भन्दै हाजिर गर्न नदिएको क्षेत्रीको भनाइ छ ।

    आज हाजिर गर्न नपाए पनि वकिलहरूसँग छलफल गरेर मंगलबार कार्यालयमा हाजिर गर्न आउने उनले बताए ।

    क्षेत्रीले भने, ‘मन्त्रिपरिषद्‍बाट निर्णय गरेर गत कात्तिक ८ गते नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएको थिए । तर, ५८ वर्षको उमेर हद लगाएर पुस २३ गते प्राधिकरणबाट अनिवार्य अवकाश दिइयो । हाम्रो ऐनमा प्रष्ट व्यवस्था छ चार वर्षको लागि मैले चार वर्ष नै कार्यकाल कायम गरी पाऊँ भनेर मैले सर्वोच्च अदालतमा मुद्दा हाले र सर्वोच्च अदालतले नहटाउन आदेश दियो । आदेश दिएता पनि मन्त्रालयले मलाई हाजिर गराएनन् ।’

    उनले अदालतको आदेश सबैले स्वीकार्नुपर्ने बताए । ‘म वकिलहरुसँग सल्लाह गरेर भोली हाजिर गर्न आउँछु । सर्वोच्चले आदेश दिएपछि पनि मन्त्रालयले केही कुरा घुमाइ दिएको हो की भन्ने भएको छ’, क्षेत्रीले भने ।

  • जनतालाई न्याय दिन महाअभियोग, एमालेले काउन्टर दिन मिल्दैन : कांग्रेस नेता पौडेल (भिडिओ)

    जनतालाई न्याय दिन महाअभियोग, एमालेले काउन्टर दिन मिल्दैन : कांग्रेस नेता पौडेल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

    कांग्रेस वरिष्ठ नेता पौडेलले एमालेले संसद विघटनको मुद्धामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरित महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गरेका हुन् ।

    सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौति दिनेगरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए ।

    वरिष्ठ नेता पौडेलले सो प्रस्ताव एमालेले ल्याए सभामुख अग्नीप्रसाद सापकोटाले संसदबाट अस्विकार गरिदिने दावी समेत गरे । संसद विघटनको मुद्धामा आफू हार्ने अनि सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग लगाउने कुरा सरासर गलत हुने उनको भनाई थियो ।

    वरिष्ठ नेता पौडेलले जनतालाई न्याय दिन सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याएको दावी गरे । उनले यो प्रस्तावसँगै अब सर्वोच्च अदालतमा विद्यमान गतिरोध हट्ने र नेपाली जनताले न्याय पाउने विश्वास समेत व्यक्त गरे ।

    वरिष्ठ नेता पौडेलले संवैधानिक बाटोबाटै आफू हट्ने प्रधानन्यायाधीश जबराको आकांक्षालाई पनि सत्तारुढ दलहरुले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावले सघाउ पु¥याएको बताए ।

    उनले भने, ‘अहिले ढिलै भएपनि संसदका नेताहरुले अहिलेसम्म आँट गर्न सकेका थिएनन् । मलाई लाग्छ– प्रधानन्यायाधीशले पनि म त छोडदिन् । म त बसेबसे । कि मलाई संवैधानिक प्रक्रियाबाट हटाऊ । म हट्ने हो भने देखित महाअभियोग ल्याऊ । उहाँको सधैंको सन्देश त्यही पनि थियो । अब उहाँकै आकांक्षालाई पूरा गर्नका लागि यो प्रस्ताव आएको जस्तो लाग्छ मलाई । यसबाट सर्वोच्च अदालतको गतिरोध हटनुपर्छ । र, यो गतिरोध हटाएर सर्वोच्च अदालतले जनतालाई न्याय दिने अदालत यसरी ठप्प भएर बस्दा नेपाली जनताको न्याय हराएको थियो । अव त्यो न्याय जनताले पाउँछन भन्ने मैले विश्वास लिएको छु ।’

    वरिष्ठ नेता पौडेलले आफूले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटकपटक सुझाएको पनि स्मरण गराए ।

  • सभामुखको आह्वानमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

    सभामुखको आह्वानमा सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिष्कार

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद सचिवालय सिंहदरबारमा सुरू भएको छ ।

    सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाएपछि सभामुखले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

    प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत बैठकमा सहभागी छन् ।

    बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बहिष्कार गरेको छ ।

    महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको एमालेको भनाइ छ ।

    एमालेले सभामुखले बोलाएका अधिकांश बैठक बहिस्कार गर्ने गरेको छ । एमाले विभाजनमा सहयोगी भएको भन्दै एमालेले विरोध जनाइरहेको छ ।

     

     

  • एमाले संसदीय दलको बैठक जारी (तस्बिर/भिडिओ)

    एमाले संसदीय दलको बैठक जारी (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक संसद भवन बानेश्वरमा सुरू भएको छ ।

    सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरूपमा संसदीय दलको बैठक बोलाएको हो ।

    महाअभियोगको कसरी सामना गर्ने भन्नेबारे एमालेले दलको बैठकबाट निर्णय लिनेछ ।

    यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले सचिवालयको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    तस्बिरहरू : उमेश कार्की ।

  • एमसीसीको विरोधमा नेकपा एसका भ्रातृ संस्थाहरुको प्रदर्शन (तस्बिर/भिडिओ)

    एमसीसीको विरोधमा नेकपा एसका भ्रातृ संस्थाहरुको प्रदर्शन (तस्बिर/भिडिओ)

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी (एस) निकट भ्रातृ संगठनहरुले प्रदर्शन गरेका छन् ।

    माइतीघर मण्डलामा भेला भएर सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।

    नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।

    एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन् ।

    तस्बिरहरु : उमेश कार्की

  • एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा हामी छैनौं : माधव नेपाल (भिडिओ)

    एमसीसीका कारण नेपाललाई रणभूमि बनाउने पक्षमा हामी छैनौं : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका छन् ।

    नेपाललाई एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका हुन् ।

    उनले भने, ‘जनताको भावनामा ठेस नपुग्नेगरी, देशको हितमा कुठाराघात नहुनेगरी र सबै मित्रराष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम हुनेगरी हाम्रो समस्यालाई हाम्रो आफ्नै किसिमको परिवेशलाई अरुले पनि बुझिदिउन् भन्ने चाहाना राख्नेगरी हामी अगाडी बढ्न चाहिरहेका छौँ ।’

    अध्यक्ष नेपालले कुनैपनि देशसँग आफूहरुको कटुतापूर्ण सम्बन्ध होस भन्ने नचाहेको उल्लेख गर्दै नेता नेपालले सबैसँग मित्रता भाव राखेर अगाडि बढ्न चाहेको उनले बताए । नेपाल असंलग्न परराष्ट्र नीतिलाई अवलम्वन गर्दै अघि बढ्न चाहेको पनि उनले बताए ।

    अध्यक्ष नेपालले एमसीसीबारे फैलिएका आशंकाबारे अझै बुझ्नुपर्ने आवश्यक्ता रहेको दोहोर्‍याएका छन् ।

  • प्रचण्डको प्रष्टोक्ति: मैले संसद बैठक सार्न आदेश दिएको होइन, एमसीसी र गठबन्धनको सम्बन्ध छैन (भिडिओ)

    प्रचण्डको प्रष्टोक्ति: मैले संसद बैठक सार्न आदेश दिएको होइन, एमसीसी र गठबन्धनको सम्बन्ध छैन (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कारण नभइ प्रधानमन्त्रीको आग्रहमा बैठक सारिएको बताए।

    ‘अग्नि सापकोटा सभामुख होइन, प्रचण्डको आदेशमा संसद बैठक सारियो भन्ने कुप्रचार के गरियो,’ उनले भने, ‘यो के विचित्र हो ? प्रधानमन्त्री आफैंले आग्रह गरेर संसद १० दिन सारेको हो । तर, मिडियामा प्रचण्डलाई के गरी बदनाम गर्न सकिन्छ भनेर प्रचार गरियो ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले नै गलत प्रचार भयो, बाहिर भनिदिनुहोस् भनेकाले पनि आफूले यो कुरा प्रष्ट्याएको उनले बताए। ‘हिजो प्रधानमन्त्रीले नै भन्नुभयो यो कुरा साँचो होइन, जनतालाई भनिदिनुहोस्,’ उनले भने।

    प्रचण्डले केन्द्र र सबै प्रदेश सरकारलाई ‘जनयुद्ध दिवस’ मनाउन पनि आग्रह गरेका छन् । मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको र आफू प्रमुख अतिथि भएर जान लागेको बताउँदै प्रचण्डले अन्य सरकारले पनि मनाउनुपर्ने बताए।

    ‘अब सबै केन्द्र सरकार र प्रदेश सरकारले पनि जनयुद्ध दिवस मनाउन म अपिल गर्न चाहान्छु,’ उनले भने, ‘म हाम्रा मुख्यमन्त्री भएका सरकार र अरु कोही मुख्यमन्त्रीलाई पनि मनाउन आग्रह गर्छु । छिट्टै केन्द्रबाट पनि त्यो होस् र हुने छ भन्ने पनि म विश्वास गर्न चाहन्छु ।’

    मधेस सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेर साहासिक निर्णय लिएको पनि प्रचण्डको भनाइ छ। ‘म मधेस सरकारलाई विशेष धन्यावाद भन्न चाहान्छु,’ उनको भनाइ छ, ‘यो साहासिक निर्णय उहाँहरुले गर्नु भएको छ। पछि सबैले यसलाई पच्छ्याउने छन् भनेर म विश्वास गर्न पनि चाहान्छु ।’

    उनले अर्को एक प्रसङ्मा एमसीसी र सत्तागठबन्धनबीच सम्बन्ध नभएको पनि बताए ।

  • एमसीसीलाई सस्तो लोकप्रियताका लागि अनावश्यक विवादमा पारियो : महन्थ ठाकुर (भिडिओ)

    एमसीसीलाई सस्तो लोकप्रियताका लागि अनावश्यक विवादमा पारियो : महन्थ ठाकुर (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

    जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताए ।

    उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताए ।

    अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।

    अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताए ।

    उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए ।

  • पर्ल बन्यो नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुर ! (भिडिओसहित)

    पर्ल बन्यो नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुर ! (भिडिओसहित)

    पोखरा । धेरैको रुचि हुन्छ प्याराग्लाइडिङ गर्दै हावामा कावा खाने । कतिपय चाहिँ हावामा बत्तिन डराउँछन् पनि । तर, पोखराको एक कुकुरले चाहिँ प्याराग्लाइडिङ गर्दै चर्चा बटुलेको छ ।

    पर्ल नामक उक्त कुकुरले आफ्नो मालिक सन्तोष गुरुङसँगै प्याराग्लाइडिङ गरेको हो । गुरुङले पर्ललाई आफूसँगै आकाशमा उडाएको तस्बिर सार्वजनिक भएको छ ।

    आफ्नो मालिकसँग साहसिक उडान भर्दै पर्लले नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुरको कीर्तिमान समेत राखेको छ । तस्बिरमा सन्तोष र उनको कुकुरले इन्जोय गरेको देख्न सकिन्छ ।

    मोहन पुनले तीन महिनासम्म तालिम दिएपछि मात्र पर्लले प्याराग्लाइडिङ गर्न सकेको हो । पलको उमेर ७ महिना भयो । एक महिना छँदा सन्तोषले पर्ललाई १ लाख १० हजार रुपैयाँमा किनेका थिए । पर्ललाई स्याहार सुसारमा मात्र सन्तोषले ५० हजार खर्च खर्चन्छन् ।

    तीन महिनाअघि फ्रान्सको कोल डु ग्यालिबायरमा एक कुकुरले प्याराग्लाइडिङ गरेको भिडिओ सार्वजनिक भएको थियो जसलाई पहिलोपटक विश्वमा कुकुरले प्याराग्लाइडिङ गरेको बताइन्छ ।

    पोखराबाट आशिष पुरीको सहयोगमा

     

  • तीन तहको निर्वाचन सम्पन्न नहुँदासम्म गठबन्धन कायमै रहन्छ : शिक्षामन्त्री पौडेल (भिडिओ)

    तीन तहको निर्वाचन सम्पन्न नहुँदासम्म गठबन्धन कायमै रहन्छ : शिक्षामन्त्री पौडेल (भिडिओ)

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् ।

    मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए ।

    शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए र

    उनले भने, ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्ल्पिटगर्छ । स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीयसरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ । संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ । यो एक वर्ष निर्वाचनको वर्ष हुनेछ । हाम्रो पार्टी सकेसम्म गठबन्धनकै रुपमा निर्वाचनको प्रतिस्पर्धामा जानेछ ।’

    मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शिर्ष नेताहरुबीच पनि सोही सहमती भएको बताए । उनले एमसीसी सम्झौंता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढने बताए । उनले त्यसका लागि सत्तारुढ दलहरुले कार्य दल बनाएर छलफल अघि बढाएको र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि निरन्तर छलफल अघि बढाइएको बताए ।
    मन्त्री पौडेलले आफूले सार्वजनिक शिक्षालाई सवलीकरण गरेर अघि बढाउन जोड दिएको बताए ।

  • ईश्वर पोखरेलको आरोप : प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरे (भिडिओ)

    ईश्वर पोखरेलको आरोप : प्रचण्डले एमसीसीबारे झिल्केमिल्के कुरा गरे (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् ।

    पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउन अध्यक्ष दाहाल लागिपरेको बताएका हुन् ।

    शनिबार काठमाडौं महानगरपालिका– ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर प्रचण्डले फट्याइँ गरिरहेको आरोप लगाए ।

    पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हितविपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्नेतर्फ पनि सचेत गराएका छन् ।

  • ‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

    ‘ए मेरो हजुर ४’ शीर्ष गीत लन्च : अनमोल र सुहाना देखिए रोमान्टिक (भिडिओ)

    काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत ‘फूलको थुङ्गा’ रिलिज भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लन्च गरिएको गीतमा अनमोल केसी र सुहाना थापा आकर्षण बने ।

    कल्याण सिंहद्वारा संगीतबद्ध गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर समावेश छ । उदितनारायण झाको स्वरमा रहेको फिल्मकै दशकौं पुरानो हिट गीतलाई रिमिक्स गरिएको रोमान्टिक गीतमा अनमोल र सुहाना फिचर्ड छन् ।

    गीतमा उनीहरु रोमान्टिक देखिएका छन् ।

    गीतलाई डोल्पास्थित चर्चित पर्यटकीय थलो से फोक्सुन्डोमा छायांकन गरिएको छ । गीत सार्वजनिक समारोहमा से फोक्सुन्डो गाउँपालिकाका अध्यक्षसहितका पदाधिकारी पनि सहभागी थिए । कार्यक्रममा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।

    बैशाख १ गते रिलिज हुने फिल्मलाई लिएर दर्शकमाझ औधी पर्खाइ छ । कोरोनाभाइरस महामारीले थलिएको घरेलु फिल्म उद्योगलाई लयमा फर्काउन फिल्म सहायक हुने आशा निर्माताले लिएका छन् । निर्देशक तथा अभिनेत्री झरना थापाले नेपाली फिल्मको विकास र अस्तित्वको लागि सबैजना एकजुट हुनुपर्ने बताइन् ।

    कसले के भने ?

    निर्देशक थापाले कोरोना महामारीको कठिन परिस्थितीमा एकअर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा मिलेर अघि बढ्नुपर्ने बताइन् । उनले नेपाली फिल्मको अस्तित्वकै लागि पनि सबैजना एकजुट हुनुपर्ने खाँचो औंल्याइन् ।

    झरनाको यो अभिव्यक्ति बैशाख १ गते रिलिज हुने तयारीमा रहेका विदेशी फिल्मका वितरकप्रति लक्षित थियो भन्ने बुझ्न कठिन छैन । सोही मितिमा ए मेरो हजुर ४ सँगै आमिर खानको लालसिंह चड्डा र केजीएफ च्याप्टर २ रिलिज तयारीमा छन् । बक्सअफिसमा यी तीन फिल्मको भीडन्त कडा हुने अनुमान गरिएको छ ।

    अभिनेत्री सुहाना थापाले पनि आमा तथा निर्देशक झरनाकै कुरामा जोड दिइन् । कोरोनाले प्रभावित फिल्म उद्योगलाई उकास्न फिल्मलाई सघाउन उनको आग्रह थियो भने अर्कोतर्फ उनले से-फोक्सुन्डोजस्ता थलोको पर्यटनमा सघाउन समेत अपिल गरिन् ।

    अभिनेता अनमोल केसीले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्मको रिमेकमा काम गर्न पाउँदा खुशि लागेको बताए । उनले श्रीकृष्णको निधनको एकदिनअघि आफूले सपनामा उनलाई देखेको र ‘किप इट अप’ अर्थात हौसलालाई जारी राख भनेको स्मरण गरे ।

    निर्माता आग्रह गरे आफू जतिसुकै बेला पनि फिल्म छायांकनलाई तयार रहेको उनले बताए ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अहिले बोर्डले फिल्म रिलिज र सेयर बाँडफाँटलाई लिएर एउटा ड्राफ्ट तयार गरिरहेको र चाँडै सार्वजनिक हुने जनाए ।

    फिल्म निर्माता सुनिल कुमार थापाले ए मेरो हजुरका सबै सिरिजमा आफूले नेपालका लोकेसनमार्फत पर्यटन प्रवद्र्धन गरिरहेको र यसमा पनि से फोक्सुन्डोलाई चित्रण गरेको बताए । आगामी सिरिजमा पनि अन्य लोकेसनलाई एक्सपोज गर्ने उनले जनाए ।

    ए मेरो हजुर ४ आगामी बैशाख १ गते प्रदर्शन हुने जनाइएको छ ।

     

  • त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय (भिडिओ)

    त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय (भिडिओ)

    काठमाडौं । कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईँ आज–भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ । त्यहाँ काठमाडौ‌ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ ।

    उक्त शौचालयको उद्घाटन आज गर्दै काठमाडौ‌ं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भीडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

    ‘यदि तपाईँहरु त्रिपुरेश्वरको बाटो हुँदै ओहोरदोहोर गर्दै हुनुहुन्छ र शौचको आवश्यक पर्र्यो भने अव तपाईँले स्वचालित प्रविधिमा आधारित सुविधा भएको शौचालयको प्रयोग ढुक्कसँग गर्नुसक्नुहुनेछ,’ प्रमुख शाक्यले भने, ‘हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ ।’

    प्रमुख शाक्यले आज उद्घाटन गरेको शौचालय मात्रै होइन महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको बताए । उनले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुने दाबी गरे ।

    ‘काठमाडौं महानगरपालिकाले जति पनि सार्वजनिक पार्क निर्माण गरेको छ, ती सबै ठाउँमा अनिवार्य शौचालय निर्माण गरेको छ,’ शाक्यले भने, ‘हरियालीको आनन्द लिदैँ पार्क घुम्न आउने हरेक नागरिकले शौचालयका लागि घर फर्किनु पर्ने वा नजिकका घरमा छिर्नुपर्ने बाध्यता नहोस् भनेर हामीले निर्माण गरेका हरेक पार्कमा पनि सेवाका लागि शौचालयको अनिवार्य व्यवस्था गरेका हौँ ।’

    प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार नै यस अघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिए ।

    महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा सार्वजनिक शौचालय बनाउँदैछ ।

  • सरकारको निर्णय लत्याउँदै व्यापारीले आफूखुसी बढाए दूधको मूल्य (भिडिओ)

    सरकारको निर्णय लत्याउँदै व्यापारीले आफूखुसी बढाए दूधको मूल्य (भिडिओ)

    काठमाडौं । सरकारले प्रतिलिटर ६ रुपैयाँ दूधको मूल्यवृद्धि गर्ने निर्णय गरेको केही दिनपछि आज नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।

    दूग्ध विकास संस्थानले केही दिन अघिमात्रै दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो । तर, आज नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले पत्रकार सम्मेलन गरेर दूधको प्रतिलिटर मूल्य १० रूपैयाँले बढाउने बताएको हो । उनीहरूको निर्णय अनुसार दूधको मूल्य प्रतिलिटर ८६ पुगेको छ ।

    सरकारले तोकेको नयाँ मूल्य मान्य नभएर नयाँ मूल्य तोकेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।

  • २४ लाख डोज कोरोना खोपबारे स्वास्थ्यमन्त्रीको प्रष्टोक्ति- हराएको छैन, फागुन २ सम्ममा सार्वजनिक हुन्छ (भिडिओ)

    २४ लाख डोज कोरोना खोपबारे स्वास्थ्यमन्त्रीको प्रष्टोक्ति- हराएको छैन, फागुन २ सम्ममा सार्वजनिक हुन्छ (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको २४ लाख डोज खोप नहराएको प्रष्ट्याएका छन् ।

    मन्त्रालय सम्हालेयताका १०० दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै उनले खेर गएको र गाउँगाउँमा लगाइएको खोपको विवरण नआउँदा केही समस्या देखिएको बताए ।

    ‘टोल-टोलमा स्वास्थ्यकर्मीहरू खोप बोकेर जानुभएको छ । त्यसको रेर्कड संस्थागतरूपमा माथिसम्म आइपुगेको छैन । यहाँ बाटोमा रहेको ग्यापको कुराहरु रहयो’, मन्त्री खतिवडाले भने, ‘खेर गएको खोपको रेकर्ड आइपुगेको छैन । १० वटा खोपको प्याकेटमा त्योभन्दा कम लगाए बाँकी खेर जान्छ । अनि प्रत्येक ठाउँमा प्रत्येक दिन यस्ता खेर गएकाहरूको संख्याको तथ्यांक आउन बाँकी छ ।’

    छानबिन समितिले फागुन २ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

    हराएको खोप छानबिनका लागि मन्त्रालयले डा. गुणराज लोहनीको संयोजकत्वमा परिवार कल्याण महाशाखा निर्देशक विवेककुमार लाल मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रासहितको ५ सदस्यीय समिति बनाएको थियो ।

    मन्त्री खतिवडाले भने,‘समितिबाट आएको प्रतिवेदन जानकारी गराउछौं । त्यसमा हामीलाई प्राप्त यहाँबाट कहाँ-कहाँ कति पठाइयो र कति खेर गयो सबै सूचना हुनेछ ।’

  • फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने सरकारको निर्णय (भिडिओ)

    फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने सरकारको निर्णय (भिडिओ)

    काठमाडौं । सरकारले फागुन १ गतेदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताए ।

    पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागुन १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।’

    मन्त्रालयले बिहिबार दुबै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । बुस्टरको रुपमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयको भनाई छ ।

    साथै मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयलाई खोप उपलब्धताको आधारमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ।

    मन्त्रालयले बुस्टर डोजमा फ्रन्टलाइनर, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र सामाजिक जनसांख्यिक रुपमा पछाडि पारिएका व्यक्तिहरुलाई प्राथिमकता दिइने जनाएको छ । तर, संक्रमणमुक्त भएको एक महिनापछि कोरोनाविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने जनाएको छ।

     

  • बालकुमारी मन्दिरको मूर्ति १९ दिनपछि भेटियो, सुनाकोठीबासीले बाजागाजासहित लगे (तस्बिर/भिडिओ)

    बालकुमारी मन्दिरको मूर्ति १९ दिनपछि भेटियो, सुनाकोठीबासीले बाजागाजासहित लगे (तस्बिर/भिडिओ)

    ललितपुर । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट चोरिएको मूर्ति १९ दिनपछि भेटिएको छ ।

    महानगरपालिका-१५ गैह्रिगाउँ, हात्तिबनस्थित करुणा मन्दिरमा मूर्ती भेटिएको हो । मन्दिरको बाहिर बोरामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    स्थानीयको दबाबपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले एसपी कृष्ण पंगेनीको संयोजकत्वमा अनुसन्धान समिति नै बनाएको थियो ।

    ‘चोरले निकै सोधखोज भएपछि मूर्ति मन्दिरको बाहिर लगेर राखेको हुन सक्छ’, ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले भने ।

    जावलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको मूर्ति लिन खोकनाबासी बाजागाजासहित आइपुगेका थिए । ५/६ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति भेटिएपछि स्थानीयले नाचगान गरेर खुसी बाँडेका छन् ।

    ऊर्जामन्त्री पम्फा भुसाल, ललितपुरका मेयर चिरीबाबु महर्जनलगायतको, प्रमुख जिल्ला अधिकारी, ललितपुर महानगरपालिकाका मेयर, सांसदलगायतको उपस्थितिमा मुर्ती हस्तान्तरण गरिएको थियो ।

    पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको मूर्ति माघ ९ गते गुठी घरबाट हराएको थियो ।

    ९ वटा ताला काटेर र चार ढोका फोडेर मूर्ति चोरिएको थियो ।

     

    तस्बिरहरू : उमेश कार्की । 

  • प्रत्येक विद्यालयमा एक दलित शिक्षक राख्न दलित आयोगको सरकारलाई निर्देशन (भिडिओ)

    प्रत्येक विद्यालयमा एक दलित शिक्षक राख्न दलित आयोगको सरकारलाई निर्देशन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय दलित आयोगले ‘एक विद्यालय, एक दलित शिक्षक’ नीति ल्याएर कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममै त्यस्तो व्यवस्था गरी कार्यान्वयन गर्न भनेको हो ।

    दलित समुदायलाई पेशा व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण, परम्परागत पेशाको संरक्षण एवं शैक्षिक विकासका लागि ‘एक विद्यालय, एक दलित शिक्षक’ लगायत विषय नीति तथा कार्यक्रममा समेट्न सिफारिस गरेको आयोगका सदस्य एवम प्रवक्ता सुन्दर पुर्कुटीले जानकारी दिए । आयोगले एक वर्षको अवधिमा दलित समुदायको हकहित संरक्षणको लागि विभिन्न नीतिगत, संरक्षणात्मक, प्रवर्द्धनात्मक एवं अन्य विभिन्न काम गरेको आज आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।

    राजनीतिक दलमा दलित समुदायको प्रतिनिधित्व न्यून भएको भन्दै आयोगले संविधानको धारा ४० को उपधारा १८ तथा धारा २ सय ६९ को उपधारा ४ (ग) बमोजिम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पनि सरकारलाई सिफारिस गरेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार आयोगले राष्ट्रिय जनगणना २०७८ को विवरण सार्वजनिक गर्दा ‘कामी’ शब्दको सट्टा ‘विश्वकर्मा’, ‘दमाई’ तथा ‘ढोली’को सट्टा ‘परियार’ र ‘सार्की’को सट्टा ‘मिजार’ शब्दको प्रयोग गर्न केन्द्रिय तथ्याङ्क विभागलाई सिफारिस गरेको छ ।

    दलित समुदायका मुद्दा–मामिला सम्बोधन गर्न सामाजिक सहायताको व्यवस्थाका लागि पनि आयोगले गृह मन्त्राललाई भनेको छ । पत्रकार एलबी विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका सदस्य सुन्दर पुर्कुटीको संयोजकत्वमा अनुगमन समिति गठन गरेर अध्ययन गरिरहेको आयोगले जनाएको छ ।

    आयोगले यस अवधिमा नै गोदावरी नगरपालिका १ मा दलित पुजारीमा लक्ष्मण रम्तेल नियूक्ती गरेकोमा बाचन प्राचार्य पण्डित दिनबन्धु पोखरेल र सगोरा नेपाल अभियान सस्थापन संरक्षक अर्जुन रानालाई सम्मान पनि गरेको छ । २३ जिल्लामा अनुगमन संवैधानिक जिम्मेवारी बमोजिम आयोगले संरक्षणात्मक कार्य अन्तर्गत जातीय छुवाछूत तथा विभेद सम्बन्धी विभिन्न घटनाको अनुगमन गरी सम्बन्धित निकायलाई कार्वाहीको लागि सिफारिस गरेको छ ।

    एक वर्षको अवधिमा आयोगले बाँके, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, दाङ, रोल्पा, प्यूठान, चितवन, धादिङ, मकवानपुर, सिन्धुली, सर्लाही, झापा, भोजपुर, ओखलढुंगा, गोरखा, लमजुङ, बाग्लुङ, म्याग्दी, तनहुँ, कास्की, पर्वत जिल्लामा दलित हक अधिकार तथा जातीय विभेदका विभिन्न घटनाको अनुगमन गरेको हो । आयोगले विभिन्न माध्यमबाट प्राप्त भएका ४३ वटा उजुरीमाथी आवश्यक छानविन तथा कार्वाहीका लागि सम्वन्धित निकायमा पत्राचार गरेको छ ।

    विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मिडिया, निवेदन, संघ–सस्था जस्ता निकायबाट जानकारी प्राप्त भएपछि आयोगले सम्बन्धित निकायलाई कारवाहीका लागि पत्राचार गरेको हो । विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमासमेत दलितको अवस्थाका बारेमा अनुगमन तथा छलफल गरेको छ ।

    आयोगले दलित समुदायका जाति तथा थरको सूचीकरणको लागि थर सूचीकरण मापदण्ड, २०७८ तयार गरी काम अघि बढाएको छ । जनचेतनामूलक र प्रवद्र्धनात्मक कार्य अन्तर्गत जातीय छुवाछूत तथा विभेदको घटनाको अन्त्यका लागि महोत्तरी, तनहुँ, सुर्खेत, कैलाली, झापा लगायतका जिल्लामा दलित जनप्रतिनीधिको क्षमता अभिवृद्धि तथा अन्तरक्रियात्मक कार्य सञ्चालन गरेको छ ।

    रणनीतिक योजना तयारीका काम सुरु दलित समुदायको संविधान प्रदत्त हकहित संरक्षण र सम्बद्र्धनका लागि आयोगका अध्यक्ष देवराज विश्वकर्माको संयोजकत्वमा रणनीतिक योजना तयारी कार्य अघि बढेको छ । अनुगमन कार्यलाई व्यवस्थित गर्नका लागि अनुगमन कार्यविधि मस्यौदा तयारी समिति पनि आयोगले गठन गरेको छ ।

    आयोगको नियमावली निर्माण गर्न नियमावली मस्यौदा समितिसमेत गठन गरी मस्यौदा तयारीको काम भइरहेको छ । गत चैतमा दलित हक अधिकारको सुनिश्चितता हुन व्यवस्था मिलाउन सम्मानीत सर्वोच्च अदालतबाट जारी आदेशलाई आयोगले स्वागत गर्दै आदेशको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबैपक्षको सक्रिय सहयोग हुने अपेक्षा गरेको जनाएको छ ।

    कपिलवस्तु जिल्लामा रहेका नेटुवा समुदायले भोगीरहेका समस्या समाधानका लागि आयोग, राष्ट्रिय मानव अधिकार आयोग र जुरी नेपालले संयुक्त अनुगमनमा उक्त समुदायले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गरिबि, छुवाछुत तथा विभेद र वञ्चितिकरणको शिकार बनेका दलित समूदायलाई राज्यको मुल प्रवाहमा ल्याउन, समान पहुँच स्थापित गर्न र दलितको मानव अधिकारको संरक्षण गर्दै आत्मसम्मान जागृत गर्न आयोग निरन्तर लागी रहने आयोगका अध्यक्ष विश्वकर्माले पत्रकार सम्मेलनमा प्रतिवद्धता जनाए ।

    दलित समुदायबाट शाखा अधिकृतमा सिफारिस भएका १८ जनालाई सम्मान

    यसैविच आयोगले भर्खरै मात्र लोक सेवा आयोगबाट सिफारिस भएका १८ जना दलित समुदायका राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृत सरहका कर्मचारीलाई सम्मान गरेको छ । आयोगले बिहीबार सम्मान कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।

    आयोगका अध्यक्ष देवराज विश्वकर्माले शाखा अधिकृतमा दलित समुदायबाट सिफारिस भएका १८ जनालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनिहरुको सफल कार्यकालको शूभकामना दिएका छन् । शाखा अधिकृतमा सिफारिस भएका सबैलाई मेहनत र लगनशिल भएर नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवसम्म पुग्न पनि अध्यक्ष विश्वकर्माले शुभकामना दिए ।

    सम्मानित हुनेमध्ये १८ जनाको प्रतिनिधित्व गर्दै सम्मानित शाखा अधिकृत राजबहादुर सार्कीले आयोगले सम्मान गरेर आफुहरुको हौसला बढेको बताए । आयोगको सम्मानले सिफारिस भएका शाखा अधिकृतलाई थप उर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्तै खालका उर्जा दिने कामलाई निरन्तरता दिने उनले आयोगसँग आग्रह गरे ।

    केहि दिन अघि मात्र सार्वजनिक भएको लोक सेवा आयोगबाटनेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल ेखापरीक्षण सेवा, नेपाल व्यवस्थापिका संसद सेवा र नेपाल न्याय सेवातर्फबाट राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा ४ सय ८८ जना सिफारिस भएका थिए । जसमा सबै सेवातर्फ दलित समुदायबाट १८ जना सिफारिस हुदाँ १५ जना समावेशीतर्फ दलितबाट र तीन जना खुलातर्फबाट सिफारिस भएका थिए ।

  • चोरी भएका २८ वटा मोटरसाइकल ट्राफिकद्वारा धनिलाई हस्तान्तरण (भिडिओ)

    चोरी भएका २८ वटा मोटरसाइकल ट्राफिकद्वारा धनिलाई हस्तान्तरण (भिडिओ)

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २८ वटा मोटरसाइकल भेटेर बिहीबार सम्बन्धित धनिलाई हस्तान्तरण गरेको छ।

    विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनिलाई बोलाएर जिम्मा लगाइएको ट्राफिक महाशाखाले जनाएको छ। महाशाखा प्रमुख उमेशराज जोशीले मोटरसाइकल हस्तान्तरणपछि बोल्दै सवारी चालक आफै चनाखो हुनुपर्ने बताए।

    महाशाखाका अनुसार चालु आर्थिक वर्षमा मोटरसाइकल हराएकोबारे ८ सय ३१ वटा निवेदन परेका छन् भने ३ सय ९ वटा मोटरसाइकल फेला परेको छ। तीमध्ये २ सय ४४ मोटरसाइकल सम्बन्धित धनिलाई जिम्मा लगाइएको र चोरीमा संलग्न ३८ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

  • एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजिँदैछ : अध्यक्ष केसी (भिडिओ)

    एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजिँदैछ : अध्यक्ष केसी (भिडिओ)

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

    बुधवार माईतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका आठ राजनैतिक संगठनहरुले आयोजना गरेको अमेरिकी सहयोग परियोजना एमसीसीबिरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

    अध्यक्ष केसीले अमेरिकाले दिएर पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने उल्लेख गर्दै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए ।

    उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भित्रभित्रै एमसीसी पास गराउन खोजेको आरोप लगाए । अध्यक्ष केसीले विदेशी शक्तिहरुले पार्टीका प्रमुख व्यक्तिहरुलाई आफ्नो स्वार्थसिद्धिका लागि किन्ने गरेको बताए ।

    केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताएका छन् ।

    उनले गठबन्धन नेपाली काँग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भनेपनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पारे ।

    अध्यक्ष केसीले दुई वर्ष यता मधेशमा सरकारले महंगो रकम हालेर ल्याएको रेल सञ्चालन नगरेर नेपाली जनताको बेइज्जत गरेको बताए । उनले सरकारको यस्तो कामले नेपाली जनताको अपमान भएको समेत बताए ।

    उनले भने, ‘दुई वर्ष तीन वर्षदेखि मधेशमा एउटा रेल ल्याएर उभ्याएका छन् । त्यसलाई कात्रो हालेर ढाकेर राखेका छन् । आजभोलि के भन्छन्, फागुन १ गते कात्रो फालेर नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले चलाउने रे । तर अरु प्यासेन्जर बस्न नहुने । हामीलाइृ कति बेकुफ बनाएका छन्, डेढ वर्षसम्म त्यो कात्रो ओढाएर त्यति महंगो राष्ट्रको पैसा हालेर रेललाई ल्याएर कात्रो ओढाएर राख्ने ? हाम्रो अपमान होइन त्यो ? नेपाली जनताको बेइज्जत होइन त्यो ? त्यसैले नेपाल आज विदेशीहरुको लुटको अखडा भइरहेको छ ।’

    केसीले नेपालमा राजनीति देश लुट्नका लागि गरेको आरोपसमेत लगाए । उनले नेपाल जस्तो कृषिप्रदान देशमा अहिले वार्षिक ५० अर्ब भन्दा बढी खाद्यान्न आयात भइरहेको तर निर्यातका नाममा भने मानिसहरु मात्र पलायन भएको बताए । उनले नेपाली शासकहरुले आफ्नो देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा छ कि छैन भनेर एमसीसीलाई सोध्नु लज्जास्पद भएको समेत बताए ।

    उनले अहिले सरकारमा भागवण्डाको काम मात्रै भइरहेको बताउँदै देशक र जनताको रक्षा गर्ने जिम्मेवारी माफिया र तस्कहरुको हातमा सुम्पिएको बताए ।

    नेपालमा चुनाव माफिया र दलालीहरुको मात्रै भएको आरोपसमेत लगाउँदै केसीले अमेरिकाले सहयोग गर्ने बहानामा नेपाली जनताबाट पैसा लुट्ने षड्यन्त्र बनाएको बताए ।

    उनले भने, ‘कस्ता कस्ता मान्छे सरकारमा सामेल छन् हेर्नु त प्रदेशतिर । सात मन्त्रालयको ठाउँमा १२ भएको छ । मन्त्री मण्डलमा चोर होस् की, डाका होस् की मूर्ति चोर होस् कि, अपराधी होस् केही फरक परेन । चुाव त तस्करहरुको हो । चुनाव त मेडिकल भ्रष्टाचारीहरुको हो । चुनाव सहकारीका माफियाहरुको हो । एमसीसी भित्र अमेरिकाको नीति पालना गर्नुपर्छ हामीले । उसको नीति भनेको उदारीकरण, बजारीकरण, शिक्षा, नीति बजारलाई दिने, बोर्डिङ खोल्न लगाउने र जनतासँग लुट्ने । त्यहाँ अंग्रेजी सिक्छ नेपाली सिक्दैन ।’

    अध्यक्ष केसीले देश अहिले गम्भीर शंकटोन्मुख रहेको भन्दै त्यसलाई जनताले सडकमा आएर जोगाउनु पर्ने बताए । उनले नेपाल पनि अहिले अफगानिस्तान र पाकिस्तानको स्तरमा गइसकेको बताए । उनले संसदमा रहेका सांसदहरुलाई एमसीसी अस्वीकार गरेर देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतालाई जोगाउनु पर्ने बेला आएको उल्लेख गरे ।

    अध्यक्ष कसीले अमेरिकी साम्राज्यवादले जबरजस्ती एमसीसी बोकाएर नेपालमा आफ्नो रोटी सेक्ने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए ।

  • कमल थापाका लागि पार्टीको ढोका सँधै खुला रहन्छ : राजेन्द्र लिङदेन (भिडिओ)

    कमल थापाका लागि पार्टीको ढोका सँधै खुला रहन्छ : राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाका लागि पार्टीको ढोका सँधै खुल्ला रहने बताएका छन् ।

    थापालाई निर्णयमा पुनर्विचार गर्न उनले पुनः आग्रह गरे ।

    उनले भने, ‘हामीले औपचारिक रुपमै भनेका छौँ, यो निर्णयबाट हामी दु:खित छौँ । यो निर्णय सच्याउन, पुर्नविचार गर्न आग्रह गर्छौ । उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’

    यद्यपि, थापाको बहिर्गमनले राप्रपालाई कमजोर नबनाउने लिङदेनले दावी गरे । राप्रपा अझै दृढ, संगठित र सशक्तरुपले अगाडि बढ्ने उनको भनाइ छ ।

    थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुने उनले नेता कार्यकर्तालाई आग्रह गरे ।

    उनले भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनाएको छ । यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने चासोको विषय भएपनि हाम्रो आगामी गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’

    पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्ने उनले विश्वास व्यक्त गरे ।

    ‘हामीले सबै साथीहरुलाई आव्हान पनि गरेका छौँ । मलाई के विश्वास छ भने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नुहुने छैन,’ लिङदेनले भने ।

    थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको बताए । छलफलका क्रममा सँगै काम गर्ने समझदारी थापासँग बनेको उनको भनाइ छ ।

    ‘हामीले सकारात्मक रुपमा कुराकानी गरेका थियौँ । बिचमा जुन प्रकारको ग्याप भएपनि हामीले भेटघाट, कुराकानी गरेपछि एउटा समझदारी बन्यो कि हामी अब सँगै काम गर्ने, त्यसका लागि फेस सेभिङका केही उपायहरु निकाल्ने भनेर हामी टुंगोमा पुगेर त्यसको अन्तिम चरणमा थियौँ । र पदाधिकारी बैठकसमेत बोलाइसकेका थियौँ ।’

    ‘भोली पदाधिकारी बैठक छ, त्यसले निर्णय गरेर हामी अगाडी जान्छौं भनेर सूचनासमेत उहाँलाई हामीले दिइसकेका थियौँ । हाम्रो उपाध्यक्ष बुद्धिमान तामाङले उहाँलाई बिहान त्यस विषयमा जानकारी पनि गराउनुभएको थियो । तर उहाँले जुन अप्रत्याशित यो निर्णय लिनुभयो हामी आफैँ अचम्भित छौँ ।’

    राप्रपा छोड्ने थापाको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताए ।

  • कांग्रेसका उम्मेदवारलाई जिताउन गीत-संगीतसहित चुनावी अभियान थालिने (भिडिओ)

    कांग्रेसका उम्मेदवारलाई जिताउन गीत-संगीतसहित चुनावी अभियान थालिने (भिडिओ)

    काठमाडौं । आउँदै गरेको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार-प्रसारको जिम्मेवारी लिने भएको छ ।

    बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो घोषणा गरेको हो । संघका सभापति तीर्थबहादुर थापाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउनका लागि स्रष्टा र संस्कृतिकर्मीहरूलाई सक्रीय र सशक्तरूपमा परिचालन गरिने बताए ।

    कांग्रेसले हालसम्म गरेका र भविष्यमा गर्ने कामहरूको सम्बन्धमा गीत, संगीत, कविता, नाटक, प्रहसन, नृत्यको माध्यमबाट जनतासम्म पुर्‍याउने थापाले बताए ।

    निर्वाचन प्रयोजनका लागि फागुन मसान्तसम्म सातवटै प्रदेशमा संगठन सुदृढीकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत मसान्तभित्र देशका ७५३ वटै स्थानीय तहमा संगठन निर्माण गरी निर्वाचनमा सक्रिय सहभागिता जनाउने उनको भनाइ छ ।

    नेपाल सांस्कृतिक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

  • पेट्रोलियम पदार्थको भाउ बढाएकोबारे छानविन गर्न संसदीय समिति गठन (भिडिओ)

    पेट्रोलियम पदार्थको भाउ बढाएकोबारे छानविन गर्न संसदीय समिति गठन (भिडिओ)

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिबारे संसदीय समितिले छानविन गर्ने भएको छ ।

    संघीय संसद अन्तरगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानवीन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरु खेम लोहनी र लक्ष्मी परियार सदस्य रहनु भएको ३ सदस्यीय उपसमिति गठन गरेकाे हाे । साेही समितिले छानविन गर्ने भएकाे छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको बैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।

    बैठकमा समितिका सदस्यहरुले आयातित पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका छन् ।

    एमाले नेता एवम् सांसद भिम रावलले नेपाल भित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराए । उनले दैलेख र दाङमा पेट्रोल उत्खनन् गर्ने भनिएपछि त्यो कामलाई सरकारले अघि नबढाएको भन्दै आपत्ति जनाए ।

    कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले घाटामा गएको नेपाल आयल निगमलाई अघि बढाउन त्यसको मूल्यवृद्धि गर्नु बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै त्यसको चुहावट नियन्त्रणलगायतका कामलाई प्रभावकारी बनाउन छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए ।

    नेकपा (माओवादी केन्द्र)का नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गरे । उनले त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत कामहरु गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

    यता, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा विक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको स्पष्टिकरण समितिमा दिएका थिए । उनले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए ।

    निगमले सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गरिरहनु परेको जनाएको छ ।