Category: भिडियो

  • ‘टेक एण्ड पे’बारे प्रधानमन्त्रीको जवाफ- राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्लाजस्तो लागेर हटाइयो (भिडिओ)

    ‘टेक एण्ड पे’बारे प्रधानमन्त्रीको जवाफ- राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्लाजस्तो लागेर हटाइयो (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्न भनेर ल्याएपछि नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसद अमनलाल मोदीले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

    उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’
    टेक एण्ड पे’ नहटाए कांग्रेसले बजेट पास गर्न नदिने अडान लिएपछि हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर हटाउने निर्णय गरेको थियो ।

  • कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव (भिडिओ)

    कांग्रेस-एमाले गठबन्धनको औचित्य सकियो, समर्थन फिर्ता लिन्छौं : उपेन्द्र यादव (भिडिओ)

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेकोप्रति अहिले पछुताउनुपरेको बताएका छन् ।

    रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै आफूहरूले बाहिर बसेर समर्थन गरेको भएपनि असफल भएको निष्कर्ष निकालेको बताए ।

    उनले भने, ‘पार्टीले संसदीय दललाई हिजै मात्रै समर्थन फिर्ता लिन निर्देशन गरेको छ। समर्थनबारे पुनर्विचार गर्नको लागि, अब सरकार त्यता अघि बढ्छ ।’

    उनले कांग्रेस–एमालेको सहकार्य नै असफल भइसकेको दाबी गरे । कांग्रेसका नेताहरूले नै गठबन्धन नै असफल भएको भन्दै देशलाई पनि अहित भएको भन्दै जनताको समस्या समाधान गर्न नसक्ने बताए । यो गठबन्धनको औचित्य नै सकिसकेको भन्दै सम्बन्ध विच्छेदको अवस्थामा पुगिसकेको दाबी गरे ।

     

  • रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु (भिडिओ)

    रामहरिलाई प्रधानमन्त्रीको जवाफ- सबै जिल्ला सदरमुकाममा पक्की बाटो पुर्‍याउँछु (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ७७ जिल्ला सदरमुकामको सडक कालोपत्रे गर्न सरकारको ध्यान गएको बताएका छन् ।

    सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सबै जिल्ला सदरमुकाममा कहिलेदेखि पक्की बाटो पुग्छ भन्ने प्रश्न गरेपछि त्यसको जवाफ दिएका हुन् ।

    प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै यो योजना ल्याएका थिए, बीचमा राजनीतिक अस्थिरता भयो । कता कता ध्यान गयो, त्यस बाटोमा अहिलेको सरकार लागेको छ। यो अगाडि बढ्छ ।’

    उनले अहिलेको सरकार विकास निर्माणमा केन्द्रित रहेको बताए ।

  • आफूमाथिको गाली सहन्छु, तर संविधान र प्रणालीको अपमान सैह्य छैन : प्रधानमन्त्री (भिडिओ)

    आफूमाथिको गाली सहन्छु, तर संविधान र प्रणालीको अपमान सैह्य छैन : प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनको टिप्पणी छ ।

    आज संसद वैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्ने गरी संविधान संसोधन गर्न सकिने बताए । तर, संविधानको अपमान हुने गरी टिकाटिप्पणी नगर्न उनले आग्रह गरे ।

    उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरुले बोल्दा यी कुराहरुमा संयम अपनाएर बोलौं ।’

    कुनै पनि कुरालाई संसदले हल्का ढंगले लिनु नहुने ओलीले बताए ।

    उनले थपे, ‘संसद भनेको प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँमा हो । यहाँ बलिदानको धज्जी उडाउने र यसलाई मजाक बनाउने कुरा नगरौं ।’

  • बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य गर्दैनौं : डा. बाबुराम भट्टराई (भिडिओ)

    बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य गर्दैनौं : डा. बाबुराम भट्टराई (भिडिओ)

    पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य नहुने बताएका छन् ।

    मंगलबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा डा. भट्टराईले आफूहरुको मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य हुन सक्ने बताए ।

    ‘हामी जनताको मुद्दा लिएर सहकार्य गर्छाैं । त्यसका निम्ति यी मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य गर्न सक्छौं । मुख्य रुपमा जो बेइमान छन्, गन्हएका छन् । तीसँग त हामी सहकार्य गर्दैनौं’, उनले भने, ‘जो नयाँ, वैकल्पिक, स्वच्छ छविका छन् । त्यस्ता जुनैसँग पनि सहकार्य गर्न सक्छौं ।’

    सहकार्यका लागि वार्ता समिति बनाएर अघि बढेको पूर्वप्रधानमन्त्री भट्टराईले उल्लेख गरे । उनले भने, ‘यो मुद्दामा मिल्ने जो पनि हुन सक्छ । हामीले वार्ता समिति बनाएका छौं । र वार्ता समितिले विभिन्न विभिन्न पक्षहरुसँग कुराकानी गरिरहेको छ । छिट्टै तपाईंले देख्न सक्नुहुनेछ ।’

    भ्रष्टाचारीको लर्काेमा आफुलाई नजोड्न उनले आग्रह गरे । ‘भ्रष्टाचारीहरुको यहाँ जुन लर्काे लागेको छ । त्यसमा बाबुराम भट्टराईलाई जोड्न प्रयत्न नगरिदिनुहोला । कसैले पत्याउँदैनन् । त्यो सत्य पनि होइन’, भट्टराईले भने ।

  • प्रचण्डले भने- रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु (भिडिओ)

    प्रचण्डले भने- रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा आफूहरूले माग गरेअनुसार नै छानबिन समिति बनेको बताएका छन् ।

    माधव नेपालसहित नेकपा एसका नेताहरूसँग भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपालाई अन्याय नहोस् भनेर आफू अझै लागिरहेको बताए ।

    समितिमा रास्वपाको असहमतिबारे उनले भने, ‘यसमा अहिले पनि उहाँहरूलाई धेरै भन्न चाहन्न। रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर मैले अन्तिम समयसम्म प्रयास गरेको, अझै गर्दैछु। रास्वपाका साथीहरूले एकदिन बुझ्नुहुन्छ ।’

    उनले माधव नेपालसँग समाजवादी मोर्चा र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको बताए।

     

  • माओवादीको चेतावनी- जनभावनाअनुसार भिजिट भिसा प्रकरण छानबिन नभए समितिको प्रतिवेदन मान्दैनौं (भिडिओ)

    माओवादीको चेतावनी- जनभावनाअनुसार भिजिट भिसा प्रकरण छानबिन नभए समितिको प्रतिवेदन मान्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ ।

    सो दलका तर्फबाट प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै पार्टी उपमहासचिव वर्षमान पुनले प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आफूहरुको निगरानी र खबरदारी जारी रहने बताए ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागी नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिनका लागि ‘उच्चस्तीय अध्यन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।

    उनले भने, ‘भिजिट भिसा र अध्यागमनमा देखिएका समस्याहरु वितदेखि नै कहाँनेर हुन् र कसरी हुन् ? कहाँनेर ‘ग्रे एरिया’ छ जसले गर्दा विभिन्न अपराध वा यस्ता घटनाहरु हुने गरेका छन् । मितिले सत्यतथ्य छानबिन गरोस् र जनताको भावनाअनुसार प्रतिवेदन र सुझावहरु प्रस्तुत गरोस् भन्ने हाम्रो अपेक्षा छ । तथ्यसंगत ढंगले छानबिन भएन, अविश्वासहरु पैदा भए भने जनताका तर्फबाट निगरानी र खबरदारी हुनेछन् । हामी स्वयं प्रमुख प्रतिपाक्षीको तर्फबाट निगरानी र खबरदारी गरिराख्नेछौं ।’

    लोकतन्त्र वा गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्थामध्ये एक भएको चर्चा गर्दै उनले सीमा र कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताए ।

    उनले थपे, ‘नेपालमा लोकतान्त्रिक÷गणतान्त्रिक व्यवस्थाछ । लोकतान्त्रका पनि आफ्ना सीमा हुन्छन् । हामी लोकतन्त्रलाई सुदृढ र दिगो बनाउने तथा जनताको उच्च भावनायुक्त व्यवस्था बनाउने एउटै माध्यम वा विधि भनेको यसमा देखिएका समस्याहरुलाई बेलाबेलामा सच्याउने, सर्भिसिङ गर्ने र अझ उत्कृष्ट बनाउने हो । लोकतन्त्र र गणतन्त्रप्रति नै विश्वास नहुनेहरुले यो आँट गर्न र हिम्मत गर्न सक्दैनन् । हामी आफूलाई लोकतन्त्रवादी भन्नेहरुले जहिले पनि करेक्सन गर्न, सुधार गर्न, व्यवस्था र प्रणालीहरुमा देखिने समस्याहरुलाई निरन्तर जनताका आलोचना वा भावनाअनुसार करेक्सन गर्दै, परिमार्जन गर्दै जानुपर्छ भन्ने कुरामा विश्वास गर्दछौं ।’

    पुनले भिजिट भिसा प्रकरणबारे संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै त्यस्तो छानबिन निष्पक्ष, पारदर्शी तथा प्रमाण र तथ्यसंगत होस् भन्ने आग्रह गरे ।

    अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर पनि भिजिट भिसा प्रकरणसँग जोडिएका ट्राभल एजेन्सी, मेनपावर, एयरलाइन्स कम्पनी र नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका व्यक्तिहरु समेत मुछिएको भन्ने समाचार सञ्चार माध्यममा आएकाले ती विषयको छानबिन उच्चस्तरीय समितिले गर्नुपर्ने माग उनको छ ।

  • अवैध कारोबार रोक्न सुनमा विलासिता कर लगाइयो, व्यवसायीले होइन उपभोक्ताले तिर्ने हो : अर्थमन्त्री पौडेल (भिडिओ)

    अवैध कारोबार रोक्न सुनमा विलासिता कर लगाइयो, व्यवसायीले होइन उपभोक्ताले तिर्ने हो : अर्थमन्त्री पौडेल (भिडिओ)

    काठमाडौं । अवैध सुनको कारोबार रोक्नका लागि सरकारले सुनमा कर लगाएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । आज संसदमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अर्थ मन्त्री पौडेलले भने, ‘सुनको अवैध कारोबार रोक्नका लागि बिलासितको कार लागिइएको हो । यो कर सुन व्यवसायीले तिर्नु पर्ने कर होइन । विलासिताको कार उपभोक्ताले तिर्ने हो । व्यवसायीलाई केही असहज भएमा त्यो समस्यामा हामीले सुन्ने छौँ । नयाँ बजेटले सुनका कर वृद्धि गरिएको होइन । सुनमा रहेको थे्रसहोल्ड हटाएको हो । करको दायरा वृद्धि गरेको हो । व्यवसायीको कारोबारमा पनि यसले पारदर्शिता ल्याउने छ ।’

    सुनमा लगाएको विलासी कर नीति लागू गर्न सरकारले सहजीकरण गर्ने समेत उनले बताए ।

    सुन व्यवसायीले सरकारले कर वृद्धि गरेको भनेर आन्दोलन र सुन पसलमा कालो व्यानर राखेर विरोध गरिरहेका छन् ।

  • अर्थमन्त्रीको विश्वास : बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ (भिडिओ)

    अर्थमन्त्रीको विश्वास : बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ (भिडिओ)

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् । बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुने दृढता उनले व्यक्त गरे ।

    आज संसद वैठकमा बजेटका सम्वन्धमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सिथिलतामा रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दावी गरे ।

    उनले भने, ‘हामीले शिथिलतामा रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसुचकहरुमा सकारात्मक सुधार भएको छ । बजेटमा स्रोतको व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरकरुपले गरिएको छ । त्यसैले बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ भन्नेमा म विश्वस्त छु । यो असम्भव छैन । हाम्रो सामथ्र्यको सीमाभित्र छ ।’

    अर्थमन्त्री पौडेलले यसपटक अर्थतन्त्रको सामथ्र्यका दृष्टिकोणले सहज नरहेको उनले बताए । तथापि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूँजिगत खर्च १७ प्रतिशत बढी गरिएको उनले स्मरण गराए । साधारण खर्च घट्ने र पूँजिगत खर्च बढ्ने सिलसिलालाई ब्रैक लगाउनैपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

  • रास्वपा र राप्रपाले अस्वीकार गरेको छानबिन समितिको ९ बुँदे कार्यादेशमा के के छन् ? (भिडिओ)

    रास्वपा र राप्रपाले अस्वीकार गरेको छानबिन समितिको ९ बुँदे कार्यादेशमा के के छन् ? (भिडिओ)

    काठमाडौं । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा प्रकरणको छानबिन गर्न शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गर्‍यो । माओवादी केन्द्रसहित विपक्षी दलसँग भएको दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन गरेको गृहमन्त्री रमेश लेखकले आज प्रनिनिधिसभाको बैठकमा जानकारी गराए ।

    उनका अनुसार समितिमा कानून न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन् ।

    तर गृहमन्त्री नै संलग्न रहेको प्रकरणमा गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समिति रास्वपा र राप्रपाले भने अस्वीकार गरेर सदन बहिष्कार गरेका छन् । यो प्रकरणलाई फासफुस पारेर दोषीलाई उन्मुक्ति दिन खोजिएको उनीहरुको आशंका छ ।

    रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्न सहकारीकै मोडलमा वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । यसमा राप्रपाको पनि साथ छ ।

    रास्वपा र राप्रपाले अस्वीकार गरेको छानबिन समितिको ९ बुँदे कार्यादेश पनि आज गृहमन्त्रीले सदनमा जानकारी गराए ।

    यस्ता छन् कार्यादेश

    • अध्यागमन व्यवस्थापन भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानूनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने ।
    • अध्यागमन व्यवस्थापन भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रने यात्रुलाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि मापदण्डलगायत नीतिगत र कानूनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए सोको मस्यौदासहितको सुझाव पेस गर्ने ।
    • अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने ।
    • अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावत समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरूबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्थाबारेमा सुझाव पेस गर्ने ।
    • अध्यागमन व्यवस्थापन र नागरिकको यात्रा सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यास गरी नेपालको परिवेश अनुकूल कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने ।
    • भिजिट भिसा, श्रम भिसालगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरू समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गरी अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने ।
    • अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज, छिटोछरितो बनाइ सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने ।
    • विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने ।
    • अध्यागमन आवतजावतको अभिलेख सुरक्षित र चुस्त दुरुस्त राख्न अपनाउनुपर्ने उपायहरूका बारेमा सुझाव दिने ।
  • सरकारसँग रास्वपाको प्रस्ताव- सहकारीकै मोडलमा संसदीय छानबिन समिति गठन गरौँ (भिडिओ)

    सरकारसँग रास्वपाको प्रस्ताव- सहकारीकै मोडलमा संसदीय छानबिन समिति गठन गरौँ (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको छानबिन गर्नको सहकारीकै मोडल वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन हुनुपर्ने बताएका छन्।

    संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै शंकरदास वैरागी नेतृत्वको छानबिन समितिलाई टालटुलेको संज्ञा दिए।

    उनले भने, ‘नीतिगत र प्रणालीगत मोडलमा ध्यान दिने हो भने सहकारीकै मोडेलमा, संसदीय छानबिन समिति गठन गर्नुपर्छ। अख्तियारले भ्रष्टाचार र लुटको विषय मात्रै हेर्ने हो। अन्य विषयमा हेर्नको लागि अख्तियार प्रवेश गर्नेवाला छैन। नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्नुपर्छ ।’

    उनले आफूहरूले यसबारे जेठ १३ गतेबाट आन्दोलन गरेपनि २५ गतेसम्म सेटिङको प्रमाण आफूहरूसँग रहेको पनि बताए। उनले रास्वपा नयाँ भएपनि बेवकुफ नभएको बताए।

  • रास्वपा र राप्रपाबारे एमाले- संसदलाई बन्धक बनाएर अराजकतालाई मलजल गर्न खोज्दैछन् (भिडिओ)

    रास्वपा र राप्रपाबारे एमाले- संसदलाई बन्धक बनाएर अराजकतालाई मलजल गर्न खोज्दैछन् (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले रास्वपा र राप्रपाले सांसदलाई बन्धक बनाएर अराजकतालाई मलजल गरिरहेको आरोप लगाएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा सबैको ध्यानाकर्षण भइसकेको बताए। उनले भने, ‘नेपालीहरू ठगिएको र सास्ती पाएको कुरा आएको छ। यसमा दोषीलाई कारबाही होस् र निर्दोष लाञ्छित हुने अवस्था नआओस् भन्ने चाहन्छौँ।’

    गृहमन्त्रीले अख्तियारले गरिरहेको छानबिनलाई कुनै अवरोध नगर्ने गरी सरकारले सघाउने बताएको बताए।

    उनले गृहमन्त्रीले भनेको कुरा रास्वपा र राप्रपाले नबुझेको उनको बुझाइ छ। छानबिन समितिले विगतदेखि अहिलेसम्मको समस्याको उजागर गर्ने र समस्याको समाधान गर्ने विश्वास व्यक्त गरे।

  • दुई बुँदे सहमति अनुसार छानबिन समिति गठन गरेकोमा माओवादीले दियो सरकारलाई धन्यवाद (भिडिओ)

    दुई बुँदे सहमति अनुसार छानबिन समिति गठन गरेकोमा माओवादीले दियो सरकारलाई धन्यवाद (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यावाद दिएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले सरकारलाई धन्यवाद दिएका हुन्।

    हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको थियो।

    उनले भने, ‘यसबारे छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियारले गरिरहेको छ। निष्पक्ष रूपले होस् भन्ने हाम्रो अपेक्षा छ। यसको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू छन्। जनताको विषयमा पनि कुरा उठेको छ। त्यसबारे समितिले अध्ययन गर्नेछ।’

    उनले विगतदेखि नै हुँदा आएको समस्या तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास व्यक्त गरे।

    उनले आफूहरूले निरन्तर निगरानी गरिराख्नेभन्दै समितिले टिओआरअनुसार काम गर्ने आशा राखे। तर यो समिति रास्वपा र राप्रपाले अस्वीकार गरेको छ।

  • रास्वपा-राप्रपालाई कांग्रेसले भन्यो: यसरी कति दिन चल्छ ? सरकारलाई शंकाको सुविधा त दिनुस् (भिडिओ)

    रास्वपा-राप्रपालाई कांग्रेसले भन्यो: यसरी कति दिन चल्छ ? सरकारलाई शंकाको सुविधा त दिनुस् (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ ।

    कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आज संसद बैठकमा बोल्दै यो समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह गरे ।

    गृहमन्त्री रमेश लेखक इतिहास निर्माण गरेको स्वच्छ चरित्रको व्यक्ति भन्दै उनले प्रशंसा गरेका थिए ।

    घिमिरेले भने, ‘उहाँ पटक-पटक मन्त्री भएको बेदाग चरित्र हो । उहाँले भित्रैबाट सदाशयताका साथ काम गर्ने विश्वास गर्न सकिने पर्याप्त आधारहरू छन् ।’

    रास्वपा र राप्रपालाई संसद बहिष्कार नगर्न उनले आग्रह गरे । सरकारलाई शंकाको सुविधा दिएर यो समितिको काम हेर्न उनको सुझाव थियो ।

    ‘बहिष्कार गरेर यसरी कति दिन चल्छ रु सरकारमाथि विश्वासै नगर्ने हो भने कसरी संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ? यो समितिलाई साथ दिन म हार्दिक निवेदन गर्छु समितिलाई साथ दिऊँ । शंकाको सुविधा दिएर हेर्नुस् । के परिणाम आउँछ भन्ने त हेरौँ ।’ घिमिरेले भने ।

  • राप्रपाको आरोप- अपराधलाई ढाकछोप गर्ने उद्देश्यले छानबिन समिति बनाइयो (भिडिओ)

    राप्रपाको आरोप- अपराधलाई ढाकछोप गर्ने उद्देश्यले छानबिन समिति बनाइयो (भिडिओ)

    काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिटिज भिसा प्रकरणमा दोषीलाई उन्मुक्ति दिने उद्देश्यले छानबिन समिति गठन गरेको आरोप लगाएका छन् । हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

    त्यसबारे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अपराधलाई ढाकछोप गर्ने, यो प्रकरणमा मुछिएका १४ गृहमन्त्रीलाई उन्मुक्ति दिने भन्ने उद्देश्यले नयाँ षड्यन्त्र गरिएको जिकिर गरे ।

    उनले भने, ‘यो छानबिन समितिले न्याय दिन सक्दैन । त्यसले हामी सडक र सदनमा एकजुट हुन्छौं ।’

    सांसद शाहीले सङ्ख्याको आधारमा यो मुद्दालाई निस्तेज नपार्न चेतावनी दिए ।

  • शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)

    शंकरदास वैरागी आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र हुन् : स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक नै सन्देहको घेरामा रहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति अस्वीकार गर्ने बताए।

    उनले यो प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको भएको भन्दै लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको कुरा रहेको बताए।

    उनले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र रहेको बताए।

    उनले भने, उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने ? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ।

  • युवा संघलाई ओलीकाे निर्देशन- गुण्डा नहुनू, कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर पनि नबस्नू (भिडिओ)

    युवा संघलाई ओलीकाे निर्देशन- गुण्डा नहुनू, कसैले गालामा पिट्न आएमा ओम शान्ति भनेर पनि नबस्नू (भिडिओ)

    लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन्।

    राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए।

    उनले भने, ‘अहिले युवा सङ्घको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । सङ्घको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् । यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रुपमा उभ्याओस् ।’

    वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना बनाउने निर्देशन दिए। विपक्षीहरुले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गर्दै सही बाटोका पछि लाग्न निर्देश गरे।

    अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरे।

    उनले भने, ‘कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रने बाटोमा जान्छ । हाम्रा युवाहरु दम्भी, घमण्डी हुनेछैनन् । क्षमतावान विनयी र शालिन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति… भनेर चाँही बस्दैनन् । त्यसकारण युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’

  • पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने प्रक्रिया सुरु भएको छ : स्वास्थ्यमन्त्री पौडेल (भिडिओ)

    पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने प्रक्रिया सुरु भएको छ : स्वास्थ्यमन्त्री पौडेल (भिडिओ)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरे ।

    बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए ।

    पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको उनले जानकारी दिए ।

    उनले निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने जिकिर गरे ।

    मन्त्री पौडेलले निर्माणाधीन आधारभूत अस्पतालको सम्पन्नता र निर्माण सुरु नभएका स्थानिय तहमा सुरुवात गर्न रणनैतिक स्थानको म्यापिङ्ग कार्य भैरहेको जानकारी समेत दिए ।

    स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उनले प्रविधिमा स्तरोन्नति तथा सबै किसिमका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम एकिकृत ढङ्गबाट बीमा मार्फत सञ्चालन गरिने बताए ।

  • अमरेशलाई कानुनमन्त्रीको चुनौती- मेरोविरुद्धमा प्रमाण भए पेस गरे हुन्छ (भिडिओ)

    अमरेशलाई कानुनमन्त्रीको चुनौती- मेरोविरुद्धमा प्रमाण भए पेस गरे हुन्छ (भिडिओ)

    काठमाडौं । कानुनमन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानभन्दा बाहिर गएर न्यायाधीश नियुक्ति नभएको बताए ।

    सांसद सिंहले न्याय प्रभावित पार्न कानूनमन्त्री न्यायाधीशलाई फोन गर्ने गरेको दाबी गर्दै कल डिटेल गर्न माग गरेका थिए। आफूले लगाएको आरोप पुष्टि जनाए सांसद पद त्याग गर्ने चुनौती दिएका थिए ।

    त्यसको जवाफ दिँदै उनले भने, ‘उहाँले ममाथि आरोप लगाउनुभएको छ । म राजनीतिक जीवनमा नैतिकता र चरित्र बोकेको व्यक्ति हुँ । त्यस्तो आरोप लगाउँदा कहाँ प्रमाण पाउनुभयो । मेरो विरुद्धमा त्यस्तो प्रमाण भए पेस गरे हुन्छ । मेरो मात्रै होइन उहाँको पनि कल डिटेल चेक गर्न सकिन्छ । यो निराधार, काल्पनिक र असत्य आरोप लगाउनुहुँदैन संसदमा ।’

    उनले कुनै सांसदले बोल्दै गर्दा त्यो कुरा सत्य हो कि होइन भन्ने कुरा ख्याल गर्नुपर्ने बताए ।

  • मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो, लाजसरम नमानी विनामुद्दा १४ वर्ष थुनियो: प्रधानमन्त्री ओली (भिडिओ)

    मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो, लाजसरम नमानी विनामुद्दा १४ वर्ष थुनियो: प्रधानमन्त्री ओली (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परिवर्तनको पक्षमा सम्झौता नगरी आफू यहाँसम्म आइपुगेको दाबी गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रकालमा गणतन्त्र उच्चारण गर्दासमेत गोली हान्ने अवस्था रहँदा पनि आफूले परिवर्तनको झन्डा नछाडेको बताए ।

    उनले भने, ‘गणतन्त्र भन्नु निरंकुश राजतन्त्रकालको कालरात्रिमा, निर्दलीय प्रणाली बसेको ठाउँमा, त्यति बेला गणतन्त्र र लोकतन्त्रको झन्डा बोक्न सहज थिएन । तत्काल हाम्रो ५ जना सार्थीलाई जेलबाट निकालेर जंगलको छेउमा लगेर गोली हानेर मारियो । अरू साथीहरूलाई जहाँ भेट्यो, त्यही मार्‍यो । विभिन्न ढङ्गले हत्या गरियो, जोखिमपूर्ण बाटो थियो ।’

    अध्यक्ष ओलीले आफूलाई ५३ वर्ष जेल सजाय तोकेको स्मरण गरे ।

    उनले थपे, ‘मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो । त्यो घट्दै घट्दै हामीले १० वर्षमा ल्यायौँ । १० वर्षमा मुद्दा सिध्याएपछि पनि लाजसरम नमानी विनामुद्दा ४ वर्ष राख्यो, छोड्दैन के गर्ने ? १४ वर्ष मलाई थुन्यो । अबको आन्दोलन त्यो जोखिमपूर्ण छैन ।’

  • सुनचाँदीको कर खारेजीका लागि संसदीय समितिमा व्यवसायीको गुहार (भिडिओ)

    सुनचाँदीको कर खारेजीका लागि संसदीय समितिमा व्यवसायीको गुहार (भिडिओ)

    काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरुले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरुले सुनचाँदीलाई विलासिताका रुपमा नभइ संस्कार, संस्कृतिका रुपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

    बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धरासायी हुने बताए । उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले बिलासिताको रुपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे ।

    त्यस्तै नेपाल सुन चाँदी व्यवसायी तथा कालीगढ सङ्घर्ष समितिका विपेन्द्र रामुदामुले सुनचाँदी व्यवसायलाई मर्यादित तुल्याउन सहजरूपमा कच्चापदार्थ उपलव्ध हुनुपर्ने र सुनको कोटा प्रणाली खारेज हुनुपर्ने बताए । उनले कला संस्कृतिको बिषयमा विलासिता कर लगाउनु उचित नभएको उल्लेख गरे ।

    आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले निवेदन दिएपछि समितिले यसबिषयमा छलफल गरेको हो । छलफलमा समिति सदस्यहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण यसले व्यवसायी र उपभोक्तामाथि परेको असरमा सरकार गम्भीर हुनुपर्ने धारणा राखेका थिए ।

  • काठमाडौंमा शिवपुरीबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोक्यो : मन्त्री यादव (भिडिओ)

    काठमाडौंमा शिवपुरीबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोक्यो : मन्त्री यादव (भिडिओ)

    काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुराउने सरकारको योजना रहेको बताएका हुन् ।

    खानेपानीको क्षेत्रमा बिनियोजित बजेटमा बिभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सवै स्थानमा स्वच्छ खानेपानी उपलव्ध गराउने गरि मन्त्रालय अघि बढेको जिकिर गरे ।

    संघीयताको मर्मअनुसार तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रुपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रुपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे ।

    त्यस्तै, मन्त्री यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलव्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमति खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजि क्षेत्रलाई भने विना रोकतोक पाइप राख्न दिएको भन्दै उहाले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।

    मन्त्री यादवले बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको दाबी गरे ।

  • इरानमा १६ नेपाली, ५ जना जेलमा : परराष्ट्रमन्त्री राणा (भिडिओ)

    इरानमा १६ नेपाली, ५ जना जेलमा : परराष्ट्रमन्त्री राणा (भिडिओ)

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ५ जना गैरकानूनीरूपमा गएकाले इरानको जेलमा रहेको सूचना आएको बताइन् ।

    उनले भनिन्, ‘इरानमा १६ जना हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर उहाँहरूको नागरिकसँग ११ जनालाई ल्याउने वातावरण मिलाएका छौँ । उहाँहरू मसाद भन्ने ठाउँमा हुनुहुन्छ। भोलिसम्म भारत आइपुग्नुहुन्छ ।’

    उनले गैरकानूनीरूपमा गएर इरानको जेलमा रहेका ५ जनालाई पनि ल्याउन सकिन्छ कि भनेर आफूहरूले प्रयत्न गरिरहेको बताइन् ।

  • इरानले हर्मुज जलमार्ग बन्द गरेमा नेपालमा सबै चिजको भाउ बढ्छ: परराष्ट्रमन्त्री राणा (भिडिओ)

    इरानले हर्मुज जलमार्ग बन्द गरेमा नेपालमा सबै चिजको भाउ बढ्छ: परराष्ट्रमन्त्री राणा (भिडिओ)

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानले हर्मुज जलमार्ग बन्द गरेमा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने बताएकी छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा इरान, अमेरिका र इजरायलको युद्धका बारेमा जानकारी दिँदै हर्मुज जलमार्ग बन्द नहोस् भन्नेमा सबैको पहल रहेको बताइन् ।

    मन्त्री राणाले ८० प्रतिशत इन्धन हर्मुजबाट आउने भएकाले यसको असर भारत र चीनमा पनि पर्ने बताइन् ।

    चीनले समेत हर्मुज बन्द नहोस् भन्नेमा पहल गरिरहेको भन्दै राणाले कच्चा तेलको भाउ बढ्दा नेपालमा सबै सामानको मूल्यवृद्धि हुने चिन्ता व्यक्त गरिन् ।

    मन्त्री राणाले भनिन्–इराले स्टेट अफ हर्मुज बन्द गरेमा ८० प्रतिशत तेल त्यहि मार्गबाट आउने रहेछ । हामी भारतबाट प्रशोधित तेल लिनुपर्ने भएकाले त्यसको प्रभाव त पर्छ नै । यदि हर्मुज बन्द भएमा तेलको भाउ बढ्ने र सबै चिजको भाउ बढ्नेछ भन्ने चिन्ता छ । तर अहिले नै त्यो अवस्था आइसकेको छैन ।

    मन्त्री राणाले यसपटक अमेरिकाले इरानमाथिको आक्रमण मध्यपूर्वमा रहेका आर्मी बेसबाट नगरी सिधै गरेका कारण यो युद्ध नफैलिने आशा रहेको बताइन् ।

  • ऊर्जामन्त्रीको जवाफ- उद्योगीको बक्यौता नियमसंगत ढंगले सरकारले उठाउँछ (भिडिओ)

    ऊर्जामन्त्रीको जवाफ- उद्योगीको बक्यौता नियमसंगत ढंगले सरकारले उठाउँछ (भिडिओ)

    काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले उद्योगीहरूसँगको बक्यौता प्रक्रियागत ढङ्गले उठाउने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बक्यौता नियमसंगत ढङ्गले संकलन हुने उनले बताए ।

    भारतसँग विद्युत आदान प्रदान गरेर लोडसेडिङ अन्त्य गरिरहेको उनले सुनाए ।

     

    खड्काले भने, ‘भारतमा हामीले विद्युत बिक्री पनि गर्छौँ । बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ, किन्ने बेच्न भइरहेको छ । हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने गरिरहेका छौँ । विद्युत नभई लोडसेडिङ अन्त्य हुँदैन । त्यसै व्यक्तिले गरेर हुँदैन । आदान प्रदान भएर लोडसेडिङको अन्त्य गरिरहेको हो ।’

    उनले बजेट पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरे ।

  • रास्वपाको आशंका- मानव तस्करीको विषयमा सरकार मौन बस्यो, गिरोहसँग साँठगाँठ हुनसक्छ (भिडिओ)

    रास्वपाको आशंका- मानव तस्करीको विषयमा सरकार मौन बस्यो, गिरोहसँग साँठगाँठ हुनसक्छ (भिडिओ)

    काठमाडौं । रास्वपाका सांसद शिव नेपालीले भिजिट भिसाको आवरणमा मानव तस्करी गर्नेहरूलाई जोगाउन सरकार नै लागिपरेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राज्यकै संरक्षणमा विगतदेखि नै मानव तस्करी भइरहेको बताए।

    उनले भने, ‘संलग्नहरूलाई कारबाहीको सट्टा राज्यले बचाउन खोजिरहेको छ। यस्तो गम्भीर विषयमा पनि प्रमुख दुई ठुला दलको सरकार किन मौन छ ? यो सरकारको आपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ? कि यो तपाईँहरूको लाचारीपनको सङ्केत हो।’

    उनले आफूहरू कुनै दल वा नेताको विरोधमा नभई जनताको पक्षमा बोलेको बताए। उनले नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउन खोजिएको भन्दै उच्चस्तरीय वा संसदीय छानबिन समिति नबनाई आफूहरूले आन्दोलन नछाड्ने अडान सुनाए।

    उनले गृहमन्त्रीले विगतमा आफैँले भन्दै आएको नैतिकता नदेखाएको टिप्पणी गरे। उनले सङ्ख्याको बल सत्ता टिकाउन सफल भए पनि जनताको आवाजलाई दबाउन खोजे आफूहरू चुप नबस्ने बताए।

  • नन्दन भन्छन्ः अन्तिम बल छक्का हुन्थ्यो होला, हात ठिक नहुँदा अलि पावर लगाउन सकिन (भिडिओ)

    नन्दन भन्छन्ः अन्तिम बल छक्का हुन्थ्यो होला, हात ठिक नहुँदा अलि पावर लगाउन सकिन (भिडिओ)

    काठमाडौं। अन्तिम बलमा चौका हानेर नेदरल्याण्ड्सविरुद्ध नेपाललाई सुपर ओभरमा पुर्‍याएका नन्दन यादवले आफूहरु अनलक्की हुँदा सुपर ओभरमा हार्नुपरेको बताएका छन् ।

    आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका त्रिभुवन विमानस्थलमा हात ठिक नहुँदा अन्तिम बलमा छक्का हानेर नेपाललाई जिताउन नसकेको बताए ।

    ‘सायद छक्का गएको भए जित्थ्यौं होला । मेरो हात त्यस्तो राम्रो थिएन । अलि पावर लगाउन सकिन त्यो बलमा । नत्र छक्का हुन्थ्यो होला,’ उनले भने ।

    उनले अन्तिम बलमा चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्‍याएका थिए । उनले ४ अन्तिम ४ बलमा १२ रन प्रहार गरे । उक्त खेलमा तेस्रो सुपर ओभरमा नेपाल नेदरल्याण्ड्स पराजित भएको थियो ।

    आफ्नो प्रदर्शनभन्दा पनि टिमलाई कसरी जिताउने भन्ने प्रेसर हुने नन्दनले सुनाए । उनले भने, ‘टिमलाई जिताउनुपर्ने प्रेसर थियो । आफ्नो प्रदर्शन कस्तो हुन्छ भन्दा पनि कसरी टिमलाई जिताउने भन्ने प्रेसरमा थिए ।’

    नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

  • स्कटल्यान्डबाट फर्कियो नेपाली टिम, के भन्छन् कप्तान पौडेल ? (भिडिओ)

    स्कटल्यान्डबाट फर्कियो नेपाली टिम, के भन्छन् कप्तान पौडेल ? (भिडिओ)

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले स्कटल्याण्ड सिरिजमा टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेलेको बताएका छन् । आइसीसी लिग–२ र टी–२०आई खेलेर स्वदेश फर्किएका कप्तान रोहितले युकेमा गरेको तयारीले सिरिजको प्रर्दशनमा सहयोग पुगेको बताए ।

    ‘स्कटल्याण्ड कन्डिसन त्यति सजिलो थिएन । टिमको रुपमा एकदमै राम्रो क्रिकेट खेल्यौं,’ उनले भने, ‘जुन हिसाबले हाम्रो तयारी थियो १० दिनअघि युकेमा गएर । त्यसले पनि एकदमै सहयोग गर्‍याे । सबै खेलाडीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुभयो ।’

    नयाँ प्रशिक्षक आएपछि वातावरण एकदमै पोजेटिभ भएको रोहितले सुनाए । उनले बलियो टोलीसँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकाल्दा आगामी खेलका लागि कन्फिडेन्स बढेको बताए ।

    ‘त्यो कन्डिसनमा गएर ३ जित निकाल्नु सजिलो थिएन हाम्रो लागि । यो कन्फिडेन्स आएको छ टिममा । नेदरल्याण्ड्स र स्कटल्याण्ड टप टिम हुन् । उहाँहरुलाई हराउँदा ग्रुपलाई धेरै कन्फिडेन्स आउँछ । आउने खेल तथा सिरिजमा त्यसले सहयोग गर्छ,’ उनले भने ।

    नेपालले लिग–२ अन्तर्गतको सिरिजमा ३ खेलमा जित र एक खेलमा हार बेहोरेको थियो । यस्तै टी–२०आई सिरिजमा दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो ।

  • ०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन प्रस्ताव पार्टीबाट पारित गर्नुपर्छ : गगन थापा (भिडिओ)

    ०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन प्रस्ताव पार्टीबाट पारित गर्नुपर्छ : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शक्तिशाली छानबिन आयोग बनाएर २०४६ को जनआन्दोलनपछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्ने बताएका छन् ।

    नेपाल विद्यार्थी संघ दोलखा काठमाडौं सम्पर्क समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले देशले विश्वास गरेको व्यक्तिको नेतृत्वमा शक्तिशाली छानविन आयोग बनाएर २०४६ पछि विभिन्न तहमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी दिनुपर्ने बताए ।

    छानबिन गर्दा जो–जो परेपनि त्यसलाई स्वीकार गछौं भनेर कांग्रेसले भन्न सके मात्रै अहिलेको पुस्ताले कांग्रेसलाई विश्वास गर्ने उनले बताए । थापाले अहिलेका पुस्ताहरुको गुनासोलाई सम्बोधन नगरेसम्म उनीहरुकोबीचमा जान नसक्ने धारणा राखे ।

    उनले जुनसुकै कुरामा चित्त नबुझेपनि अब उपरान्त विश्वविद्यालयमा तालावन्दी नगर्ने, कालोमोसो नदल्ने, तोडफोड नगर्ने संकल्प नेविसंघले गर्नुपर्ने उल्लेख गरे ।

    थापाले नयाँ पुस्ताले मुलुकको नेतृत्वमा नयाँ मान्छे र नयाँ दृष्टिकोण खोजिरहेको बताए । अबको निर्वाचनमा नयाँ पुस्ता नै निर्णायक शक्ति रहेकाले उनीहरुको भावनालाई बुझ्दै पार्टी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

     

  • अमरेशले नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा (भिडिओ)

    अमरेशले नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा (भिडिओ)

    काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको छ ।

    बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा सिंहले बजेट नजाने जिल्ला नेपालमा किन राख्ने ? प्रश्न गर्दै ७२ जिल्ला चीन, अमेरिका भारतलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

    नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।

    ‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।

    सत्ताधारी सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुखले सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए ।

  • संसद विवेक र नैतिकताले चल्नुपर्छ : सांसद साह (भिडिओ)

    संसद विवेक र नैतिकताले चल्नुपर्छ : सांसद साह (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले संसद विवेक र नैतिकताले चल्नुपर्ने बताएका छन् ।

    एक महिनादेखि संसदमा राजनीतिक नाटक मात्र देखिएको उल्लेख गर्दै उनले युवाहरू रोजगारीको खोजीमा मरुभूमिमा पसिना बगाइरहेको बताए । उनले भने, ‘यो उनीहरूको रहर होइन, यो देश हाँक्नेहरूको असफलताले जन्माएको राष्ट्रिय विवशता हो।’

    यही विवशताको जगमा देशमा लुटको संगठित सिन्डिकेट खडा भएको आरोप उनले लगाए । उनले भने, कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ । कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ ।’

    उनले भिजिट भिसा काण्डमा सरकारले चासो नदेखाएकोप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘सरकार मूकदर्शक बनेर बस्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’

  • सही छानबिन गर्ने हो भने पूर्व प्रधानमन्त्रीहरुलाई डिल्लीबजार जेलमै भेट्न पाउँछौंः राजेन्द्र पाण्डे (भिडिओ)

    सही छानबिन गर्ने हो भने पूर्व प्रधानमन्त्रीहरुलाई डिल्लीबजार जेलमै भेट्न पाउँछौंः राजेन्द्र पाण्डे (भिडिओ)

    पोखरा । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउने बताएका छन् ।

    पोखरामा समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पाण्डेले सहि तरिकाले छानबिन गरेमा विगतमा प्रधानमन्त्री, अर्थमन्त्री कारबाहीमा पर्ने बताएका हुन् ।

    ‘आशा गरौँ वाइडबडीमा पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस् । यसको लर्को छ । यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पुर्‍याउने सक्यौं भने हामीले विगतमा प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाउँछौं । पाउरोटी लिएरै जान पाउँछौं,’ उनले भने ।

    अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि लगाइएको आरोप पूर्वाग्रही पूर्ण रहेको वरिष्ठ उपाध्यक्ष पाण्डेले दाबी गरे । उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको उनको जिकिर छ ।

    ‘ललिता निवास प्रकरणमा के निर्णय गरिएको पाइयो भने यो नीतिगत निर्णय हो । सरकारले नीतिगत निर्णय गर्न पाउँछ । नीतिगत निर्णय गर्दा अख्तियारको कार्यक्षेत्रभित्र पर्दैन । त्यसकारण हामीले केही गर्न पर्दैन । गर्नुपर्ने भए सरकारले गर्नु भनेर निर्णय गरेको छ,’ उनले भने, ‘त्यस्तै खालको कुरामा एउटामा नीतिगत निर्णय हुने र अर्कोमा नीतिगत निर्णय नहुने जुन कुरा छ । यसलाई पूर्वाग्रही पूर्ण छ भनेर हामीले भनेका छौं ।’

  • विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टीम’ बनाऔंः बराल (भिडिओ)

    विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टीम’ बनाऔंः बराल (भिडिओ)

    काठमाडौं । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई आपतकालीन अवस्थामा उद्धारका लागि ‘र्‍यापिड एक्सन टीम’ बनाउन जरुरी देखिएको बताएकी छन् ।

    प्रतिनिधिसभाको शनिबारको बैठकमा बरालले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटमाथिको छलफलमा सहभागी हुँदै परराष्ट्र मन्त्रालयमा त्यससम्बन्धी छुट्टै डेस्क स्थापना गर्न सुझाव दिइन् ।

    आमनागरिकको सीधै पहुँच विदेशस्थित नेपाली नियोगहरुसँग नहुने भएकाले मन्त्रालयमै स्थायी संरचना बनाउनुपर्ने उनको भनाइ थियो ।

    ‘विभिन्न देशमा हरेका नेपाली श्रमिकहरुलाई आपत परेका बेला उद्धार गर्न परराष्ट्र मन्त्रालयमै र्‍यापिड एक्सन टीम बनाउन जरुरी छ’, बरालले भनिन्, ‘एउटा सामान्य नागरिकका लागि नेपाल बाहिरका नियोगहरुमा सीधै सम्पर्क गर्ने कुरा पनि असम्भव छ । ‘र्‍यापिड एक्सन टीम’ बनाउने र त्यसले असहजताको अवस्थामा नेपालीलाई सहजीकरण गरेर उद्धार गर्ने कुरामा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    छिमेकी मित्रराष्ट्रसहित विभिन्न मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन संस्थागत मेमोरी राख्ने प्रणालीको विकास जरुरी रहेको उनले बताइन् । ‘मन्त्री वा सरकार फेरिँदैपिच्छे संस्थागत मेमेरो नष्ट हुने कुराले विदेश सम्बन्धलाई प्रभावित गर्छ’, उनले भनिन्, ‘इन्टिच्युशनल मेमोरी’ मुलुकका लागि अत्यन्तै जरुरी छ ।’

    बरालले विदेशी डायस्पोराका नेपालीसँगको सहकार्यलाई परराष्ट्र मन्त्रालयले ध्यान नदिएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत नेपालीका संघसंस्थासँगको सम्बन्ध जीवन्त बनाउनुपर्नेमा जोड दिइन् ।

    उनले आगामी वर्षबाट नेपाल अतिकम विकसिम मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि हाल विभिन्न क्षेत्रमा आइरहेका वैदेशिक सहायता रोकिने भएकाले नेपालमै स्रोतको व्यवस्थापन खोज्न अहिल्यैदेखि काम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले नेपालको विदेश नीति असंलग्नताको सिद्धान्त र ‘सफ्ट पावर डिप्लोमेसी’ को मान्यताका आधारमा अघि बढेकाले ‘कल्चरल’ र ‘टुरिजम’ कूटनीतिमा जोड दिनुपर्ने उल्लेख गरिन् ।

  • ‘४० हजार जनप्रतिनिधि देशले धान्दैन, वडा सदस्यदेखि पूर्वराष्ट्रपतिलाई विदेशीसँग ऋण लिएर पाल्न सकिँदैन’ (भिडिओ)

    ‘४० हजार जनप्रतिनिधि देशले धान्दैन, वडा सदस्यदेखि पूर्वराष्ट्रपतिलाई विदेशीसँग ऋण लिएर पाल्न सकिँदैन’ (भिडिओ)

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भइरहेको जनप्रतिनिधि देशले धान्न नसक्ने बताएका छन् ।

    विद्यार्थीसँग विचार विमर्श कार्यक्रममा बोल्दै उनले झन्डै ४० हजार जनप्रतिनिधि देशमा रहेको भन्दै धान्न नसक्ने बताए ।

    उनले भने, ‘तीन तहको संरचना छ, भारतको एउटा प्रान्त जस्तो जनसङ्ख्या छैन । यति धेरै जनप्रतिनिधिको सङ्ख्या छ । वडा सदस्यदेखि लिएर राष्ट्रपति, उपराष्ट्रपतिमात्रै होइन, पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई समेत जनताको कर र विदेशीसँग ऋण लिएर तलबभत्ता खुवाएर पाल्नुपरेको छ । यस्तो व्यवस्थालाई देशको अर्थतन्त्रले धान्न सक्दैन ।’

    उनले राज्य संरचना, निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए । देशमा भ्रष्टाचार भए पनि अख्तियार, अदालत सबैतिर पार्टीको कार्यकर्ता भर्ती केन्द्र भएकै कारणले रोक्न नसक्ने उनको भनाइ छ ।

    अध्यक्ष लिङदेनले भने, ‘अख्तियारमा नेताले नियुक्ति गरेका मान्छे हुन्छन्, न्यायाधीश पनि नेताहरूले भागबन्डा गर्छन्, जिल्लाको न्यायाधीशको अगाडि राम्रो बहस गर्न जानेको हुँदैन, एउटा पार्टी पक्रेर सर्वोच्चको न्यायाधीश भइदिन्छ । अनि त्यो न्यायाधीशले आफूलाई नियुक्ति गर्नसक्दैन । त्यसैले नेता र व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।’

  • ‘रविजीको सन्देश लिएर देशभर जान्छौँ, हाम्रो आन्दोलन २०८४ मा देशको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन’ (भिडिओ)

    ‘रविजीको सन्देश लिएर देशभर जान्छौँ, हाम्रो आन्दोलन २०८४ मा देशको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन’ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले कारागारबाट दिएको सन्देश लिएर देशव्यापी रूपमा आफूहरू जाने बताएका छन् ।

    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी सभापतिलाई दुःख दिए पनि पार्टीको गतिविधिमा सुस्तता नआएको दाबी गरे ।

    उनले भने, ‘सदनको आन्दोलन विस्तारै अब सडकमा उतारेका छौँ । अब यो आन्दोलन रोकिनेवाला छैन । मैले अस्ति पनि भनेँ हाम्रो सङ्घर्ष अनन्त छ । अनन्तकालीन सङ्घर्षको शंखनाद नै हामीले गरेका हौँ । यसका स्वरूपहरू फरक हुन्छन् । कहिले नीलो रिबन लगाएर उभियौंला, कहिले पलेँटी कसेर बसौँला, कहिले बहिष्कार नै गरौँला ! कहिले सडकमै उत्रिएर यसरी लल्कारौंला ।’

    उपसभापति वाग्लेले जिल्ला जिल्ला, पालिका–पालिका र टोलटोलमा पनि जाने भन्दै आफूहरूको अभियान नरोकिने बताए ।

    उनले भने, ‘यो अभियान २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको मूलधारे राजनीतिको निर्णायक शक्ति नबनेसम्म रोकिँदैन । अब हामी उल्लासबाट संघर्षको मोड र मुडमा छौँ । दुःख पर्दाको ऊर्जालाई सशक्त राजनीतिक पुँजी बनाउँछौँ । हामी एक ढिक्का भएर अघि बढे कसैले रोक्न सक्दैन । रवि लामिछानेजीले न्याय पाउन पनि हामी राजनीतिक रूपमा बलियो हुनुपर्नेछ ।’