Category: भिडियो

  • पूर्वराजा ज्ञानेन्द्र ७९ औँ वर्षमा, जन्मदिनको शुभकामना दिन निर्मल निवासमा बिहानैदेखि भिड (तस्बिरहरू/भिडिओ)

    पूर्वराजा ज्ञानेन्द्र ७९ औँ वर्षमा, जन्मदिनको शुभकामना दिन निर्मल निवासमा बिहानैदेखि भिड (तस्बिरहरू/भिडिओ)

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । आज निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने राजावादीहरूको तयारी छ । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।

    पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए ।

    वि.सं. २००७ को दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो र राजा त्रिभुवन नेपाल फर्केर पुनः राजगद्दी सम्हाले । यसरी, ज्ञानेन्द्रको पहिलो शासन छोटो समय (वि.सं. २००७ कात्तिक २२ देखि फागुन ७ सम्म) का लागि मात्र रह्यो ।

    दोस्रो पटकको गद्दी आरोहण झनै अप्रत्याशित थियो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि ज्ञानेन्द्रले नै गद्दी सम्हाल्नुपर्‍यो । सुरुमा युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो, तर उनको मृत्यु भएपछि ज्ञानेन्द्र राजा बने ।

    २०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हाले, जसले व्यापक विरोध निम्त्यायो । त्यही कदमले उनलाई विवादास्पद बनायो । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो । राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् ।

    शाह अहिले जनआन्दोलनको बलमा तेस्रो पटक राजा बन्न प्रयासरत छन् । केही अगाडिदेखि उनी आफ्नो गतिविधिहरू बढाइरहेका छन् । उनले आफूलाई साथ दिन सार्वजनिक अपिल समेत गरेका थिए । त्यसपश्चात् राजावादी शक्तिहरू एकजुट भएर आन्दोलनमा उत्रिए पनि त्यो सफल हुन सकेन ।

    पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए । राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।

  • पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)

    पारिश्रमिक स्टन्ट : माग्नेबुढालाई ३५ लाख दिएर ६१ लाखको हल्ला (भिडिओ)

    काठमाडौ‌ । अभिनेता तथा हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ ले नयाँ चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएको चर्चाले सिने नगरी खुबै गर्मायो । उनले नेपालकै महंगा कलाकारको ट्यागसमेत पाए ।

    चलचित्रका निर्देशक ऋषि लामिछानेले एक सार्वजनिक कार्यक्रमम माग्ने बुढालाई ६१ लाख दिएको दावी गरेका थिए । ५१ लाख हातमै हालिसकेको र बाँकी १० लाख फिल्म चलेपछि दिइने उनको भनाइ थियो । लामिछानेले त यतिसम्म भने कि माग्ने बूढालाई दिएको पारिश्रमिक कम हो र उनी एक करोड डिजर्भ गर्छन् ।

    तर, यो सबै ‘स्टन्ट’ सावित भएको छ । माग्ने बुढा स्वयम्ले अहिले आएर आफूलाई ६१ लाख रुपैयाँ दिएको हल्ला असत्य भएको बताएका छन् ।

    नेपाल प्रेससँगको अन्तर्वार्तामा उनले भने, ‘त्यति धेरै पारिश्रमिक लिनु ठिक होइन, त्यो पारिश्रमिकलाई लिएर चर्चा गर्नु पनि ठिक होइन । यी दुवै कुरा खारेजयोग्य छन् ।’ उनले पटक–पटक दोहोर्याए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै छैन ।’

    ‘माग्ने राजा’ का निर्माता मुनाल घिमिरे दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष हुन् । यसअघि उनले दुईवटा चलचित्र निर्देशन गरेका थिए तर खासै चल्न सकेनन् । पछिल्लो समय फिल्मबाट टाढा रहेर राजनीतिमा लागेका थिए । उनी गत स्थानीय चुनावमा एमालेबाट विजयी भएका हुन् । ‘माग्ने राजा’ को निर्देशन अभिभारा भने उनले ऋषी लामिछानेलाई सुम्पिएका छन् । घिमिरे र लामिछानेको सल्लाहमा नै धेरै पारिश्रमिकको हल्ला पिटिएको हो ।

    माग्नेबुढा भन्छन्, ‘जेजसो गरेर भए पनि चलचित्रले हाइप लिनुपर्यो भाइ भनेर निर्माताले भन्नुभयो । मान्छेलाई भदौ ६ गते चलचित्र आउँछ भनेर थाहा हुनुपर्यो भन्ने थियो ।’

    तर, पारिश्रमिकको समाचार आएपछि माग्ने बुढालाई ‘ब्याकफायर’ भयो । सानो बजार भएको चलचित्र क्षेत्रमा निर्मातालाई डुबाउने गरी चर्को पारिश्रमिक लिएको भनेर सामाजिक सञ्जालमा आलोचना गरियो । त्यही भएर माग्नेबुढा अहिले यो हल्ला चिर्न लागिपरेका छन् ।

    उनले पुनः स्पष्टिकरण दिए, ‘मैले ६१ लाख पारिश्रमिक लिएकै होइन । हाम्रो आपसी समझदारीमा मैले पारिश्रमिक लिएको छु ।’

    आपसी समझदारीको रकम चाहिँ उनले खुलाउन चाहेनन् । तर, निर्माण स्रोतले गोप्य रुपमा नेपाल प्रेसलाई दिएको जानकारी अनुसार माग्ने बुढाले ३५ लाख रुपैयाँमा यो चलचित्र खेलेका हुन् । यदि चलचित्रले उच्च मुनाफा कमाएको खण्डमा निश्चित प्रतिशत ‘इन्सेन्टिभ’ दिन पनि निर्माण पक्ष सहमत रहेको बुझिएको छ ।

    ‘माग्ने राजा’ मा माग्नेबुढाको पारिश्रमिकबारे गत वर्ष पनि चर्चा चलेको थियो, जतिबेला उनले फिल्म साइन गरेका थिए । त्यसबखत उनले ५० लाखभन्दा बढी रकममा साइन गरेको बताइएको थियो र माग्ने बुढाले पनि घुमाउरो स्वीकारोक्ति गरेका थिए ।

    ५० लाखभन्दा धेरै पारिश्रमिक लिन थाल्नुभएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा गत वर्ष मंसिरमा उनले जवाफ दिएका थिए, ‘मैले कहिल्यै यतिउति भनेर मागिनँ । राम्रो कथा आए बाहिरको ब्रान्डमा काम गर्छु भन्ने थियो । स्क्रिप्टहरु सुन्दा मनप¥यो । काम गर्छु भन्ने कुरा भएपछि निर्माताहरु आफैंले माया गरेर यति दिन्छु भन्नुभयो । मैले पनि हुन्छ भनें । त्यति हो ।’

    माग्ने राजा भन्दा अगाडि ‘कँगारु’ नाम चलचित्रमा पनि माग्ने बुढाले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा चलाइएको थियो । माग्नेबुढा र स्वस्तिमा खड्कालाई लिएर बनाउने भनिएको चलचित्र भने घोषणामै सिमित रह्यो । माग्नेबुढा अहिले ‘माग्ने राजा’ बाहेक थप दुई चलचित्र ‘माइतीघर’ र ‘जेरी अन टप’ मा काम गरिरहेका छन् । माइतीघरका निर्माता रोहित अधिकारीले माग्नेबुढालाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएको दावी गरेका थिए । तर, अहिले आएर उनको त्यो दावीमा पनि आशंका उत्पन्न भएको छ ।

    ‘छक्का पन्जा’ टिमभन्दा बाहिर माग्ने बूढाले अभिनय गरेका चलचित्रमध्ये दोस्रो चलचित्रको रुपमा ‘माग्ने राजा’ प्रदर्शन हुँदैछ । यसअघि उनले पूजा शर्माले निर्माण गरेको चलचित्र ‘रामकहानी’ मा अभिनय गरेका थिए । सो चलचित्र फ्लप भएको थियो ।

    आफूले ‘माग्ने राजा’ मा अत्यन्त मिहेनत गरेको माग्ने बुढाले बताए । दर्शकहरु निराश नहुनुपर्ने उनको भनाइ छ ।

    घिमिरेले भने, ‘यो बीचमा धेरै स्क्रिप्टहरु आएका थिए । त्यसमध्ये छानेर चलचित्र छनोट गरेँ । मैले काम गरेन भनेर कतिपय साथीहरु रिसाउनुभएको पनि होला । म उहाँहरुलाई नरिसाउनु होला भन्न चाहन्छु । मलाई हतारहतारमा पाए जति सबै चलचित्र खेल्न मन थिएन ।’

    माग्ने राजाको टिजर केही दिनअघि युट्यूवमा सार्वजनिक भएको थियो । टिजरले सुखद प्रतिक्रिया पाइरहेको छ ।

  • ०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्, सिरानीमुनी पूर्जा राखेर सुत्न पाउने निर्वाचनको वाचा पूरा हुन्छ: उपप्रधानमन्त्री पौडेल (भिडिओ)

    ०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन्, सिरानीमुनी पूर्जा राखेर सुत्न पाउने निर्वाचनको वाचा पूरा हुन्छ: उपप्रधानमन्त्री पौडेल (भिडिओ)

    रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपूर्जा दिलाउने गरी काम गरेको जनाएका छन् ।

    आइतबार रुपन्देहीको कन्चन गाउँपालिका वडा नं ५ गरेका ४५१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै उनले यसमा ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

    ‘यो सरकारको अठोट हो, यसलाई जसरी पनि पूरा गरेर अघि बढ्छौँ, अब कन्चनको मात्रै होइन, रुपन्देहीको मात्रै होइन देशभर रहेका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउने छौँ, हामीले त्यसलाई ०८४ अघि नै पूरा गर्ने संकल्पका साथ काम गरेका छौँ ।’

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यसमा स्पष्ट निर्देशन दिइरहनुभएको छ, जो भूमिहीन, बेघरबार छन् यसको स्थायी समाधानको लागि दृढ संकल्पसाथ काम भएको छ, यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’

    उपप्रधानमन्त्री पौडेलले आफूहरूले निर्वाचनको बेला भूमिहीनसँग गरेको वाचाअनुसार कामलाई अघि बढाएको जनाए । ‘हामीले निर्वाचनको बेला भनेका थियौँ सिरानीमुनि लालपूर्जा राखेर सुत्न पाउनुहुन्छ भनेर भनेका थियौँ त्यो बेला भावनात्मक रूपमा भनियो कि भन्ने डर पनि थियो तर अहिले त्यसैका आधारमा काम भइरहेको छ । त्यसको उदाहरणका रूपमा देशैभर काम भइरहेको छ । धेरैले बीचबीचमा सोधिरहनु भएको छ, जसले पाउनुभयो अब नपाएकाहरुको सबै प्रक्रियामा छन्’ उनले भने ।

    मन्त्री पौडेलले यसका लागि बनेको भूमि समस्या समाधान आयोगले द्रूतरुपमा काम गरेको र यसको परिणाम सुरु भइरहेको जनाए ।

    ‘केन्द्रमा आयोगले द्रूतरुपमा काम गरेको छ । जिल्लामा आयोगले त्यसैअनुसार काम गरेको छ । प्रदेश र स्थानीय सरकारहरूले पनि त्यसै गरेर समन्वय गरेका छन्’ उनले भने–‘यो समस्या समाधान गर्न हामी दृढ छौँ, अब चिन्ता गरेर बस्ने होइन स्थायी समाधानका लागि अघि काम बढाएको छौँ । आयोगलाई कुनै आर्थिक स्रोत कमी नहुने गरी स्रोत बनेको छ । जनशक्ति, स्रोतसाधनको व्यवस्था भएको छ, त्यसैले आयोगले पनि त्यही अनुसार काम गरेको छ ।’

    मन्त्री पौडेलले अहिलेको गठबन्धनको आयु ०८४ सम्म भएको दोहोराएका छन् । ‘अब एउटा मात्रै समस्या होइन देशका सबै समस्या समाधान गर्ने अठोट लिएर अघि बढेका हौं, ०७९ को निर्वाचनबाट आएका परिणाम अनुसार कसैको बहुमत आएन, संसदमा धेरै अभ्यास भयो तर अरू गठबन्धन काम नलागेर निकासका लागि अहिलेको सरकार बनेको हो, यसैलाई ०८४ सम्म स्थायी रूपमा यो गठबन्धनले काम गर्नेछ यो स्थायित्वका लागि गरिएको हो ।’

    देशमा आन्दोलनको नेतृत्व गरेका, इतिहास भएका पार्टीले निकासका लागि यसो गरेका हुन् । त्यसमा ढुक्क हुन आग्रह छ ।’ उनले अब नकारात्मक सोचका साथले होइन सकारात्मक सोचले अघि सबैलाई आग्रह गर्दै भने ‘यसमा जनताको साथ चाहिन्छ सिंगो देशकै विकासको अभियानलाई लिएर हामी अघि बढेका छौँ ।’

    कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरे, पूर्वसांसद भरत शाह, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललगायतले सम्बोधन गरेका थिए ।

  • मलेसियाका लगानीकर्ताले नेपालमा देखेको सम्भावना- श्रमिक होइन, वस्तु निर्यात गर्ने देश बनाउन सकिन्छ (भिडिओ)

    मलेसियाका लगानीकर्ताले नेपालमा देखेको सम्भावना- श्रमिक होइन, वस्तु निर्यात गर्ने देश बनाउन सकिन्छ (भिडिओ)

    काठमाडौं । नेपालमा सम्भावित लगानी अवसरहरूको अध्ययन गर्न मलेसियाबाट लगानीकर्ताको टोली केही दिनयता काठमाडौंमा छ । उनीहरू नेपालमा लगानीको वातावरणबारे बुझ्ने प्रयास गरिरहेका छन् । नेपालमा लगानी ल्याउने सम्भावना र सहजताबारे उनीहरूले अध्ययन गरिरहेका छन् ।

    टोलीले पर्यटन, प्लास्टिक रिसाइक्लिङ प्लान्ट, टेक्नोलोजी पार्क, आईटी उद्योग र पूर्वाधार क्षेत्रमा लगानी गर्ने सम्भावनाबारे नेपालका निजी क्षेत्रदेखि अर्थमन्त्री, प्रधानमन्त्रीसँग छलफल गरिरहेको छ । नेपालमा लगानी गर्न तयार रहेकाले व्यावसायिक वातावरण बनाइदिन उनीहरूले आग्रह गरिरहेका छन् ।

    नेपालमा लगानीको सम्भावना उच्च रहेकाले आफूहरू लगानी गर्न आकर्षित भएको लगानीकर्ताहरूको नेतृत्व गरिरहेका मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदीपकुमार कुकरेजा बताउँछन् । उनै प्रदीपकुमार कुकरेजासँग नेपालमा लगानी गर्न खोजिएका क्षेत्र र उनीहरूले देखेका सम्भावनाबारे नेपालप्रेसकर्मी विराट अनुपमरिता राउतले कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

    – लगभग १०० पटक नेपाल भ्रमण गरिसकेको मलेसियाली उद्यमी तथा व्यवसायी फेरि काठमाडौं आउनुभएको छ । पछिल्लो पटक नेपाल आउँदा कस्तो लागिरहेको छ ?

    काठमाडौं मेरो मन पर्ने सहर हो र म यहाँ विगत ३५ वर्षदेखि यात्रा गरिरहेको छु- हरेक वर्ष, दुई वा तीन पटक । नेपालमा मेरो यात्रा हुँदा मलेसिया र नेपालबीचको आवतजावत त्यति धेरै थिएन । त्यतिबेला मलेसियामा करिब ३० हजार नेपाली कामदार थिए, तर त्यतिबेला मैले नेपाल एयरलाइन्ससँग वार्ता गरेको थिएँ । उनीहरूसँग मलेसियामा उडान ल्याउन वार्ता गरेँ ।

    सुरुमा उनीहरू धेरै हिचकिचाए । उनीहरूले भनेका थिए- होइन, हामीसँग यात्रुको चाप छैन, तपाईंलाई थाहै छ । मानिसहरू बसबाट सिंगापुर जान सक्छन् र सिंगापुरबाट यात्रा गर्न सक्छन् ।

    तर मैले उनीहरूलाई एक प्रकारको आश्वासन दिएँ कि यदि कुनै आर्थिक असर पर्छ भने हामी ग्यारेन्टी बस्न तयार छौँ । त्यो बैठकपछि नेपाल एयरलाइन्सले लगभग २५ वर्षअघि मलेसियामा उडान भर्ने निर्णय गर्‍यो । मैले उद्घाटन उडानको आयोजना गर्ने र म उनीहरूको जनरल सेल्स एजेन्ट बन्ने तय भयो । लगभग १५ वर्षसम्म मलेसियामा उनीहरूको सञ्चालन सम्हाल्ने सौभाग्य पाएँ । त्यस समयदेखि व्यापार क्षेत्रमा हाम्रो सम्बन्ध यस्तो रहँदै आएको छ ।

    – तपाईंलाई नेपालसँग योस्तरसम्म जोड्ने कारक के थियो ?

    यहाँ धेरै भावनात्मक र सांस्कृतिक सम्बन्ध छ । यो देश बहुसंख्यक हिन्दू भएको तथ्य र यति धेरै राम्रा मन्दिरहरू, असल मानिसहरू र समग्रमा संस्कृतिले मलाई सधैँ यहाँ आकर्षित गरेको छ । त्यो सांस्कृतिक र भावनात्मक सम्बन्धबाट व्यापार विकासमा परिणत भयो । त्यसपछि त्यो विस्तारै एउटा नयाँ प्रकारको उद्देश्यमा विकसित भयो । मैले नेपाललाई परिवर्तन गर्नसक्छु, यहाँ व्यापार साझेदारहरू बनाउन मद्दत गर्नसक्छु भन्ने लाग्यो ।

    लगभग १५ वर्षअघि मैले मलेसिया नेपाल बिजनेस काउन्सिल स्थापना गरेँ । आज हामी यही संस्थासँग छौँ- मलेसिया नेपाल बिजनेस काउन्सिल । यो १५ वर्षअघि विशुद्ध रूपमा हामीले मलेसियालाई नेपालसँग कसरी अझ सक्रिय रूपमा जोड्न सक्छौँ भनेर हेर्न स्थापना गरेका थियौं । किनभने मलेसियामा त्यस्तो कुनै निकाय वा संस्था थिएन, जसले नेपालको व्यापारिक समुदायसँग व्यवस्थित तरिकाले संलग्न भइरहेको होस् । त्यसैले मैले सोचेँ, सायद यो एउटा सानो मञ्च बन्नसक्छ । हामीले विगत १५ वर्षमा राम्रै गरेका छौँ । हामीले आठ वटा व्यापारिक प्रतिनिधिमण्डल नेपालमा ल्याइसकेका छौँ ।

    आज हामी फेरि अर्को व्यापारिक प्रतिनिधिमण्डल लिएर यहाँ छौँ । यसले व्यापारिक अवसरहरू बढ्नेछन् । हामीले धेरै नेपाली व्यवसायीहरूलाई मलेसियाली व्यवसायीहरूसँग जोड्न सक्छौँ । नेपालबाट थप निर्यात र मलेसियाबाट थप आयातलाई प्रोत्साहन गर्न सक्छौँ । मूलतः हाम्रो आफ्नै सानो तरिकाले नेपालको अर्थतन्त्रमा योगदान गर्न सक्छौँ ।

    – नेपालले दीर्घकालमा मलेसियाबाट के सिक्न सक्छ ?

    मलेसिया आसियान क्षेत्रमा छ । सिंगापुरपछि मलेसिया वा भियतनाम होला शीर्ष एक, दुई वा तीन निर्यात गर्ने देशहरूमा, तर आज मलेसिया विश्वको २०औँ ठूलो निर्यातकर्ता देशको रूपमा उभिएको छ । विश्वमा धेरै निर्मित उत्पादनहरू निर्यात गर्छ । ४० वर्षअघि मलेसियाको नेतृत्वमा प्रधानमन्त्री महाथिर थिए जस्तो लाग्छ । उहाँले मलेसियालाई औद्योगीकरण गर्न चाहनुहुन्थ्यो । त्यसैले उहाँले मलेसियाको औद्योगीकरणको एजेन्डालाई धेरै आक्रामक र व्यवस्थित तरिकाले अगाडि बढाउनुभयो ।

    आज नेपाल त्यही स्थितिमा छ । मैले पछिल्लो १० वर्षमा धेरै परिवर्तन देखेको छु । यति धेरै वृद्धि, राम्रो सडक र धेरै भवन बनिरहेका छन् । सायद पूर्वाधार क्षेत्रमा अझै पनि कमी छ । हामीले मलेसियाबाट के सिक्न सक्छौँ भने नेतृत्वले ठूलो फरक पार्छ । शीर्षमा बसेको कसैले नेतृत्वसँग अब हामी नेपाललाई कृषिमा आधारित देशबाट औद्योगिक देश, उत्पादनमूलक देशमा रूपान्तरण गर्न चाहन्छौँ भन्ने दूरदृष्टि हुनुपर्छ । यसलाई विशुद्ध पर्यटकीय देश बनाउन सकिन्छ । यो नेतृत्वले के चाहन्छ र जनताले के चाहन्छन् भन्ने कुरामा निर्भर गर्छ ।

    तर यदि नेपालले दिगो अर्थतन्त्र निर्माण गर्न चाहन्छ भने उनीहरूलाई उद्योग चाहिन्छ । कुनै पनि देश उद्योगविना बाँच्न सक्दैन । त्यसैले उद्योग निर्माण गर्न कार्ययोजना चाहिन्छ । सरकार आफ्नो दृष्टिकोणमा धेरै स्पष्ट हुनुपर्छ । उद्योगहरू कहाँ अवस्थित हुनेछन्, उनीहरूले कुन उद्योगहरूलाई लक्षित गर्न चाहन्छन् र त्यसपछि विश्वभरि गएर नेपालमा उद्योगहरू आकर्षित गर्न सरकारको तर्फबाट ठूलो पहल हुनुपर्छ ।

    केही उद्योगहरू आइरहेको देख्छु, तर मैले यो पनि देखिरहेको छु कि नेपालमा उद्योगहरू आकर्षित गर्न विश्वभर जाने जस्तो कुनै योजना छैन । जब लगानीकर्ताहरू आउँछन्, जुन प्रायः निजी क्षेत्रको पहल हो । आज हामी निजी क्षेत्रबाट यहाँ आएका छौँ । हामी हाम्रा समकक्षीहरूसँग भेटिरहेका छौँ, जस्तै सीएनआई, एफएनसीसीआई, फीन र चेम्बर यी सबै मानिससँग हाम्रो बैठक भयो । यो लगभग सबै निजी क्षेत्रको पहल हो ।

    त्यसैले यदि सरकारले आफ्नो मानसिकतालाई अलिकति परिवर्तन गरेर अझ बढी व्यापारमैत्री बनायो भने उनीहरू वास्तवमा विश्वभर विभिन्न देशहरूमा लक्षित परियोजनाहरू, लक्षित क्षेत्रहरू लिएर जान सक्छन् र लगानीकर्ताहरूलाई आउन निम्तो दिन सक्छन् । यो मलेसियाले ४० वर्ष पहिलेदेखि गरेको हो र उनीहरूले आज पनि यो गरिरहेका छन् । आज पनि लगानीकर्ताहरू, एफडीआईहरू र निर्माताहरूलाई भित्र्याउन सरकारद्वारा सधैँ व्यापारिक मिसनहरू जान्छन् । सायद अब नेपाल सरकार र प्रशासनले अलि बढी आक्रामक रूपमा काम गर्ने समय आएको छ ।

    – तपाईं मलेसियाको औद्योगिक नेता हुनुहुन्छ । तपाईँको विचारमा नेपालको व्यापार क्षेत्रमा के-के बाधा अड्चनहरू छन् ?

    विश्व बैंकको ‘इज अफ डुइङ बिजनेस’ (व्यापार गर्न सहजता) प्रतिवेदनले नेपाल कहाँ छ भनेर बताउनेछ । मौरिसस जस्तो सानो देश व्यापार गर्न सहजताको लागि विश्वको शीर्ष १० मा पर्छ । मलेसिया आज व्यापार गर्न सहजताको लागि विश्वको शीर्ष २० मा छ जस्तो लाग्छ । सिंगापुर विश्व बैंकको प्रतिवेदनमा सधैँ नम्बर एक, नम्बर दुईमा हुन्छ । न्युजिल्यान्ड पनि नम्बर एक, नम्बर दुई हो । नेपाल लगभग १३०-१४० को हाराहारीमा छ ।

    व्यवसाय दर्ता गर्ने कर्मचारीतन्त्र, बैंक खाता खोल्ने कर्मचारीतन्त्र, लाइसेन्स दिने कर्मचारीतन्त्र, साइनबोर्ड स्वीकृत गराउने कर्मचारीतन्त्र । यी सबै कर्मचारीतन्त्रका झन्झटहरू हुन् । सरकारले विश्व बैंकको इज अफ डुइङ बिजनेस प्रतिवेदनमात्र हेर्छ भने उनीहरूले सुधार गर्नुपर्ने मापदण्डहरू के-के हुन् भनेर त्यहाँ भेट्टाउनेछन् । हामीले भेटेका केही मानिसहरूसँग पनि यसबारे कुरा गर्‍यौं । सरकारले यो पहल गर्छ भने नेपाल जस्तो देशको लागि जुन व्यवस्थापन गर्न धेरै गाह्रो छैन । यो प्रशासन व्यवस्थापन गर्न अपेक्षाकृत सजिलो छ । आउने दुई-तीन वर्षमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

    यदि कुनै लगानीकर्ता यहाँ आउँछ भने एक दिनभित्र उसले आफ्नो कम्पनी दर्ता गर्न सकोस्, एक दिनमा बैंक खाता खोल्न सकोस्, एक दिनमा लाइसेन्स स्वीकृत गराउन सकोस् र एक हप्ता वा १० दिनमा व्यवसाय सुरु गर्न सकोस् । यसले तपाईंलाई व्यापार गर्न सहजता कति महत्त्वपूर्ण छ भन्नेबारे फराकिलो दृष्टिकोण दिन्छ ।

    – तपाईंले नेपालका निजी क्षेत्रदेखि अर्थमन्त्रीसम्मलाई भेट्नुभयो । उहाँहरूसँगको बैठकपछि कतिको आशावादी हुनुहुन्छ ?

    हाम्रो धेरै राम्रो बैठक भयो । हामीले उहाँसँग केही क्षेत्रहरूबारे कुरा गर्‍यौँ । जहाँ हामी आएर लगानी गर्न तयार छौँ । यो प्रतिनिधिमण्डलमा नै हामीसँग केही यस्ता व्यक्तिहरू छन्, जो यहाँ लगानी गर्न चाहन्छन् । उनीहरूले नेपालको वृद्धि देखिरहेका छन् र उनीहरूले यो पनि देखिरहेका छन् कि नेपाल अहिले एउटा यस्तो मोडमा छ, जहाँ वृद्धि निकै तीव्र हुनसक्छ ।

    नेपालको पूर्वाधार क्षेत्रमा राम्रो भएको छ, धेरै मानिसहरू मध्यम वर्ग भएका छन्, धेरै मानिसहरू शिक्षित छन् । बैंकहरू हामीसँग कुरा गरिरहेका छन्, उनीहरू धेरै सकारात्मक छन् लगानी र अन्य कुरामा । हामीले अर्थमन्त्रीसँग कुरा गर्‍यौं । उहाँले यो पूरै पहलको प्रशंसा गर्नुभएको छ । हामीले उहाँलाई यो पनि भन्यौँ कि नेपाल पक्षले लगानीकर्ताहरूलाई आमन्त्रण गर्न अलि बढी सक्रिय हुन जरुरी छ ।

    अहिलेको अवस्था यस्तो छ कि लगानीकर्ताहरू उनीहरूकहाँ आइरहेका छन्, अर्थमन्त्रीकहाँ गएर भनिरहेका छन्, ‘हामी यो गर्न चाहन्छौँ ।’

    – मलेसियाबाट आएका लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चाहेका क्षेत्रहरू कुन-कुन हुन् ?

    हामीले केही क्षेत्रहरूलाई साँघुरो बनाएका छौँ र त्यसमा काम गरिरहेका छौँ । ललितपुरका मेयरलाई भेट्यौँ र उहाँसँग पनि कुरा ग¥यौं । एउटा क्षेत्र जहाँ हामी पहिल्यै आइसकेका छौँ- त्यो खुद्रा क्षेत्र हो । खुद्रा क्षेत्रमा केके मार्ट अहिले यहाँ छ । केके मार्टका १९ वटा आउटलेट छन् र तिनीहरू बढिरहेका छन् । त्यस क्षेत्रमा हामीले केही चुनौती सामना गर्‍यौं, तर अब यो स्थिर भएको छ र सही दिशामा अघि बढिरहेको छ ।

    त्यसपछि अर्को क्षेत्र, जहाँ हामी धेरै सक्रिय रूपमा हेरिरहेका छौँ- त्यो हो प्लास्टिक रिसाइक्लिङ प्लान्ट । हाम्रो एक जना प्रतिनिधिले मलेसियामा एउटा प्लान्ट राख्नुभएको छ र उहाँले यहाँको वातावरण हेर्नुभएको छ । लगभग ३० प्रतिशतभन्दा बढी प्रयोग गरिएको प्लास्टिक ल्यान्डफिलमा फोहोरको रूपमा गइरहेको छ । यदि उनीहरूले त्यो मात्राको प्लास्टिक उपयोग गर्नसके भने धेरै रिसाइक्लिङ गर्न सकिन्छ र त्यसपछि यो उत्पादन विश्वमा बेच्न धेरै मूल्यवान बन्नसक्छ ।

    त्यसपछि हामीसँग एक जना हुनुहुन्छ, जो टेक उद्योग, आईटी उद्योगमा धेरै बलियो हुनुहुन्छ । उहाँ देशको सबैभन्दा ठूलो ई-कमर्स प्लेटफर्ममध्ये एक हुनुहुन्छ, जहाँ उनीहरूले व्यापारी र व्यवसायीहरूका लागि इकोसिस्टम प्रदान गर्छन् । त्यसैले उनीहरूले यहाँको ई-कमर्स क्षेत्र पनि हेरिरहेका छन् । उनीहरूले अहिले यसलाई धेरै फराकिलो रूपमा हेरिरहेका छन् कि उनीहरूले यहाँ टेक्नोलोजी पार्क स्थापना गर्न सक्छन् कि सक्दैनन् ?

    आज नेपाललाई टेक्नोलोजी पार्क चाहिन्छ । टेक्नोलोजी पार्कले नेपाललाई धेरै फाइदा पुर्‍याउँछ भने हाम्रा प्रतिनिधि सदस्य जस्ता मानिसहरू त्यो परियोजनामा भाग लिन तयार छन् । त्यस्ता केही कुराहरू विकास भइरहेका छन् । हामी आशा गर्छौँ कि ती साकार हुनेछन् । यसबारे हामीले निजी क्षेत्रसँग पनि कुरा गरेका छौँ । हामी उनीहरूलाई मलेसियामा आफ्नो सामान निर्यात गर्न कसरी मद्दत गर्न सक्छौँ भनेर हेर्न सक्रिय भूमिका खेल्न चाहन्छौँ ।

    त्यसैले हामीले मलेसियामा गोदाम सुविधा स्थापना गर्नेबारे छलफल गरिरहेका छौँ । जहाँ उनीहरूको सामान आउनसक्छ र त्यसपछि उनीहरूले आफ्ना सामानहरू मलेसियाका सबै खुद्रा विक्रेता वा थोक विक्रेताहरूलाई वितरण गर्न सक्छन् ।

    – नेपालबाट विशेषगरी मलेसियाली उपभोक्ताहरूका लागि प्रमुख निर्यात वस्तु के हुनसक्छ ?

    मैले देखेअनुसार नेपालसँग अहिले धेरै कृषि उत्पादन छन् । त्यसबाहेक हस्तकलाका सामान, जुत्तालगायत धेरै उत्पादन छन् । हामीले यसलाई राम्ररी हेर्‍यौं । तीमध्ये धेरै उत्पादन निर्यात गर्न सक्षम छन्, तर हामीलाई योजना चाहिन्छ, यसलाई अगाडि बढाउने तरिका चाहिन्छ ।

    त्यसैले हामीले मलेसियामा गोदाम सुविधाबारे छलफल गर्‍यौं, जो आफ्नो उत्पादन निर्यात गर्न चाहन्छन्, उनीहरूले यो गोदाममा पठाउन सक्छन् । त्यसपछि गोदामले उत्पादनहरू बेच्न सहयोग गर्ने, भुक्तानी सङ्कलन गर्ने र उनीहरूलाई फिर्ता पठाउने काम गर्नेछ ।

    – श्रम निर्यात गर्ने देशको पहिचानबाट मलेसियामा वस्तु वा सेवा निर्यात गर्ने देशको पहिचानमा जान नेपाली व्यापारिक नेताहरू र सरकारलाई तपाईंको सुझाव के छ ?

    यो मेरो लागि धेरै रोचक विषय हो । मैले यो कुरा केही समयदेखि भन्दै आएको छु । मूलतः सबैले नेपाललाई श्रम निर्यातकर्ताको रूपमा हेर्छन् । यो राम्रो ब्रान्डिङ होइन । उद्योगका मानिसहरूलाई पनि कहिलेकाहीँ लाग्छ कि हामीलाई यस्तो देशबाट आएको भनेर हेरिन्छ, जहाँ हामीलाई केवल श्रमिक निर्यात गर्नमात्र आउँछ ।

    सबैभन्दा पहिले यसलाई हेर्ने दुई वटा तरिका छन् । पहिलो- नेपालमा अहिले सानोस्तरमा भए पनि पर्याप्त उत्पादन बनिरहेका छन् । जसलाई अझ आक्रामक रूपमा निर्यात गर्न सकिन्छ । नेपालका उत्पादनहरूलाई अझ आक्रामक रूपमा निर्यात गर्न सकिन्छ र निश्चित रूपमा तपाईंले बजार पाउनुहुनेछ । सुरुमा यो ठूलो नहुनसक्छ, तर तपाईंले कतैबाट सुरु गर्नुपर्छ । केही उत्पादन केवल अमेरिका, क्यानडा, बेलायत जस्ता ठाउँहरूमा मात्र निर्यात गरिरहेका छन् । भारत र चीनबाहेक धेरै कम एसियाली देशहरू छन्, जहाँ निर्यात भइरहेका छन् ।

    त्यसैले हामीले छलफल गरेको एउटा कुरा यही हो कि तपाईंहरूले निर्यातको लागि मलेसियालाई किन नहेर्ने ? सिंगापुरलाई हेर्नुहोस्, इन्डोनेसियालाई हेर्नुहोस् । धेरै ठूलो बजार र आसियान बजार ७० करोड मानिसहरूको छ । यो विशाल बजार हो, तर तपाईँले आएर ती देशहरूमध्ये एकमा आधार स्थापना गर्नुपर्छ र त्यहाँबाट निर्यात गर्नुपर्छ । हामीले यसबारे राम्रो छलफल गरेका छौँ र यो चाँडै सफल हुनेछ ।

    दीर्घकालीन पक्षमा हामीसँग एउटा योजना छ । हामी सोच्छौँ कि उद्योग, निजी क्षेत्र र सरकार यदि यसमा संलग्न भए भने उनीहरूले नेपाललाई आगामी १० देखि १५ वर्षमा श्रम निर्यात गर्ने बजारबाट प्रतिभा निर्यात गर्ने बजारमा रूपान्तरण गर्न सक्छन् ।

    हाम्रो मलेसियामा धेरै ठूलो परियोजना छ । पछिल्लो पाँच वर्षमा हामीले मलेसियामा ३० भन्दा बढी केन्द्र स्थापना गरेका छौँ, यसले धेरै राम्रोसँग काम गरिरहेको छ । हामीले यो पहल नेपालमा ६ महिना अघि यहाँको स्थानीय फाउन्डेसन, बज्रयोगिनी फाउन्डेसन र अर्को विष्णु शाश्वती फाउन्डेसनलाई साझेदार बनाएर सुरु गर्‍यौं । यी दुई फाउन्डेसनले हामीसँग काम गरिरहेका छन् ।

    पछिल्लो ६ महिनामा हामीले यहाँ ६ वटा केन्द्र स्थापना गरिसकेका छौँ । हामीसँग सयौँ बालबालिका विद्यालयपछि हाम्रो कक्षामा आइरहेका छन् । उनीहरू विद्यालय छुट्टी भएपछि हामीकहाँ आउँछन् । हामी उनीहरूलाई अतिरिक्त ट्युसन दिन्छौँ । जुन अहिले केवल मध्यम वर्ग, उच्च मध्यम वर्गका परिवारका बालबालिकाले मात्र धान्न सक्छन् ।

    उनीहरूले ट्युसन धान्न सक्दैनन् । त्यसैले उनीहरू सम्भावित मजदुर हुन् । हामी उनीहरूलाई विद्यालयपछि यो अतिरिक्त कोचिङ प्रदान गरिरहेका छौँ र हामी आशा गर्छौँ कि यी बालबालिका, जो सम्भावित मजदुर हुन्, १० वर्षमा सम्भावित स्नातक बन्नेछन् ।

    नेपाललाई रूपान्तरण गर्न दीर्घकालीन योजना हुनुपर्छ । अवश्य पनि धेरै कुराहरू गर्न सकिन्छ । यो हामीले निजी क्षेत्रको रूपमा, उद्यमीहरूको रूपमा, समाजलाई मद्दत गर्नसक्ने सानो कुरामध्ये एक हो । म प्रधानमन्त्रीलाई सुझाव दिन चाहन्छु कि उहाँको मन्त्रालयअन्तर्गत एउटा टोली हुनुपर्छ जुन देशमा एफडीआई भित्र्याउन विश्वभरि जान्छ । त्यो सक्रिय दृष्टिकोण धेरै महत्त्वपूर्ण छ ।

    पछिल्लो केही दिनयता हामीले धेरै छलफल गर्‍यौं । हामीले पत्ता लगाएको एउटा कुरा के हो भने पर्यटन नेपालका लागि धेरै महत्त्वपूर्ण छ । यति धेरै होटेल र पर्यटनसँग सम्बन्धित विभिन्न चिज आइरहेका छन् । हरेक वर्ष १८ हजारको हाराहारी मानिस मलेसियाबाट नेपाल आउँछन् । मलेसिया जस्तो ठूलो अर्थतन्त्रबाट यो धेरै सानो सङ्ख्या हो । ठूलो अर्थतन्त्र एउटा कुरा हो । त्यसबाहेक हामी केवल साढे चार घण्टाको दूरीमा छौँ । हाम्रो सीधा उडान छ । सीधा उडान त्यो पनि दिनमा तीन-चार वटा छ ।

    त्यसो भए किन केवल यति पर्यटकमात्र आइरहेका छन् ? वास्तवमा मलेसियाका मानिसहरूलाई नेपालको बारेमा केही पनि थाहा छैन । मलेसियामा नेपालको बारेमा कुनै प्रचारप्रसार गरिएको छैन । सिंगापुरमा, इन्डोनेसियामा कुनै प्रचारप्रसार गरिएको छैन ।

    यदि कुनै प्रचारप्रसार भएको भए त्यहाँबाट आउने अधिकांश पर्यटक ब्याकप्याकर र बजेट यात्रु हुन्छन् । मलेसिया, सिंगापुर, इन्डोनेसियाबाट आउने मानिसहरू सबै चार तारे, पाँच तारे पर्यटक हुनेछन्, तर हामीले पर्याप्त ध्यान दिइरहेका छैनौँ । त्यसैले प्रचार गर्ने फरक तरिका हुनुपर्छ । यहाँको पर्यटन बोर्ड त्यहाँ जान्छ, रोड शोहरू गर्छ, तर त्यो प्रचार गर्ने पुरानो तरिका हो, पुरानो शैली हो ।

    डिजिटल प्लेटफर्म यति शक्तिशाली छ, तपाईं आफ्नो कार्यालयबाट बाहिर नगई संसारमा पुग्न सक्नुहुन्छ । त्यसैले हामीले अब मलेसियाली जनसङ्ख्यासम्म नयाँ तरिकाले पुग्नुपर्छ । मेरो पछिल्लो ४५ वर्षदेखि पर्यटन पृष्ठभूमि छ । यदि यो कुरा राम्ररी गरियो भने एक वर्षमा मलेसियाबाट पर्यटक आगमन ४०० देखि ५०० प्रतिशतले बढ्नसक्छ । १८ हजारबाट तपाईंले १ लाख मानिस आउनसक्ने बनाउन सक्नुहुन्छ । त्यसको लागि उचित रणनीति चाहिन्छ । त्यो रणनीति अहिले हराइरहेको छ ।

    – अहिलेसम्म नेपालमा तपाईंको व्यावसायिक उद्यमहरू के-के छन् ?

    नेपालप्रति म धेरै सकारात्मक छु । मैले यहाँ धेरै व्यवसायी ल्याएको छु । हामीले एक समयमा जडीबुटी प्रशोधन प्लान्टमा पनि लगानी गर्‍यौं । हामी पर्यटन पक्षमा पनि धेरै सक्रिय छौँ । हामीले नै यहाँ केके मार्ट ब्रान्ड ल्याएका हौँ । जसले अहिले राम्रो गरिरहेको छ । यो बढ्दै जानेछ । मलाई लाग्छ, नेपालमा धेरै अवसर छन् । यसमा अलिकति व्यापार गर्न सहजताको पक्ष आउनुपर्छ । नेपालमा विकासको अवसर अहिले अपार छ । चाहे त्यो आईटी क्षेत्र होस्, उत्पादन क्षेत्र होस्, पर्यटन क्षेत्र होस्, पूर्वाधार क्षेत्र होस्, सबैतिर हामीले चासो देखिरहेका छौँ ।

    सरकारको पहलले यो धेरै चाँडै हुनसक्छ । त्यो व्यापारिक पक्षमा भयो । त्यसपछि गैरव्यापारिक, व्यक्तिगत, मानवीय पक्षमा, मैले भने जस्तै हामी नेपाली गरिब बालबालिकाका लागि प्रारम्भिक शिक्षा कार्यक्रममा धेरै संलग्न छौँ । हामीले यो पछिल्लो ६ महिनामा मैले उल्लेख गरेका दुई फाउन्डेसनसँग सुरु गर्‍यौं । यो राम्रोसँग चलिरहेको छ ।

    मलेसियाका लगानीकर्ताहरूलाई यहाँ आएर लगानी गर्न, धेरै पैसा खर्च गर्न लगाउनुपर्छ । त्यसको लागि सरकारले भूमिका खेल्नुपर्छ । पर्यटन बोर्डले भूमिका खेल्नुपर्छ । उनीहरू सक्रिय हुनुपर्छ ।

  • गिरिजाबाबुबारे देउवा- उहाँले मलाई पार्टीबाट निकाल्दिनुभो, मैले अर्को पार्टी खोलेँ (भिडिओ)

    गिरिजाबाबुबारे देउवा- उहाँले मलाई पार्टीबाट निकाल्दिनुभो, मैले अर्को पार्टी खोलेँ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्नमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

    जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले आँट नगरेको भए सम्भव पनि नहुने सुनाए ।

    कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले कोइरालासँगको रोचक किस्सा पनि सुनाए ।

    उनले भने, ‘उहाँ र मेरोबीच झगडा पनि भइरहन्थ्यो । उहाँले मलाई पार्टीबाट निकाल्दिनुभयो । मैले फेरि अर्को पार्टी खोलेँ ।’

    सभापति देउवाले राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पद खोसेपछि त्यति बेला आफूले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको पनि स्मरण गरे ।

    उनले भने, ‘एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भने क्या मैले । त्यस्तो हाम्रो सम्बन्ध हो, तर पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ । पछि छुटिहालेँ म, त्यसपछि उहाँले मिल्नुपर्छ भन्नुभयो ।’

  • भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो: शेखर कोइराला (भिडिओ)

    भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो: शेखर कोइराला (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा गर्न पुग्नुको कारण बताए ।

     

    त्यसबारे उनले भने, ‘गिरिजाप्रसाद कोइराला मोरङको जिल्ला सभापति हुनुहुन्थ्यो । बीपी कोइरालाले उहाँलाई एक पटक सभापतिमा नउठ भन्नुभयो । उहाँले हुन्छ भन्नुभयो, उहाँले बीपीलाई आदर गर्नुहुन्थ्यो । जसलाई बनाउनु थियो, उहाँले गएर बीपीलाई गिरिजाबाबु पनि उठ्नुपर्‍यो, म पनि उठ्ने र गिरिजाबाबु हार्दिनुपर्‍यो भन्नुभयो । त्यो उहाँले मान्नुभएन । त्यसपछि आफ्नो साथी मनहरि बराललाई लिएर भुटान जानुभयो, भुटान गएर अहिले भुटान पिपुल्स पार्टी उहाँले खडा गर्नुभयो । त्यो आत्मबल र सकारात्मक सोच राखेरै गर्नुभएको हो ।’

    नेता कोइरालाले युवालाई आशावादी हुन आग्रह गर्दै केही गर्छु भन्ने सोच राख्न आह्वान गरे ।

    सय जना भेट्दा ९० मा सकारात्मक सोच नभएको आफूले पाएको उनले बताए ।

  • प्रचण्डको निर्देशन- २०८४ को चुनावको तयारीमा लाग्नू, नेपाली क्रान्तिलाई नयाँ चरणमा प्रवेश गराउनुछ (भिडिओ)

    प्रचण्डको निर्देशन- २०८४ को चुनावको तयारीमा लाग्नू, नेपाली क्रान्तिलाई नयाँ चरणमा प्रवेश गराउनुछ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई २०८४ को चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

    पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउने निर्वाचनको लडाइँ लड्नुपर्ने बताए ।

    प्रचण्डले भने, ‘हामी निर्वाचनको लडाइँ अब लड्दैछौं । त्यो निर्वाचनमा पार्टी प्रवेश गरेकाहरूको भूमिका निर्णायक हुन्छ । हामी युवाहरूमा नयाँ उत्साह र उमङ्ग भर्नेछौँ । आउने २०८४ को चुनावलाई हामीले नेपाली क्रान्तिको नयाँ चरणमा प्रवेश गराउँनेछौं ।’

    उनले विगतमा महिला, दलित, आदिवासी, उत्पीडितको निम्ति क्रान्तिको झन्डा उठाएको पनि स्मरण गरे ।

  • कलाकार बाबा पाख्रिनलाई स्वागत गर्दै प्रचण्डले भने- अब उहाँ हाम्रो पार्टीको नयाँ फूल हुनुभयो (भिडिओ)

    कलाकार बाबा पाख्रिनलाई स्वागत गर्दै प्रचण्डले भने- अब उहाँ हाम्रो पार्टीको नयाँ फूल हुनुभयो (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार बाबा पाख्रिनलाई पार्टीमा भित्र्याएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पाख्रिनसहित सयौँ जनालाई पार्टीमा स्वागत गरेका हुन् ।

    उदीयमान कलाकार पाख्रिन प्रवेश गरेकाले आजको कार्यक्रम भिन्न रहेको उनले बताए ।

    प्रचण्डले भने, ‘मैले स्थानीय तहको निर्वाचन भइसकेपछि केही स्वतन्त्र, केही सङ्गीतकार, गायकहरू राजनीतिमा प्रवेश गर्नुभयो, उनीहरूलाई लोकतन्त्रका नयाँ फूलका रूपमा स्वतन्त्रलाई संसद्को रोष्ट्रमबाट भनेको थिएँ, आज नयाँ फूल पाख्रिन हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ ।’

    उनले यो पार्टी प्रवेश कार्यक्रमपछि पर्सामा आफ्नो जितको सुरुवात भएको बताए ।

  • डिपीले सुनाए रविको सन्देश- भ्रष्टाचार अन्त्य गर्न खोज्दा कारागार पुगेँ, त्यसको हिसाबकिताब समयले गर्छ (भिडिओ)

    डिपीले सुनाए रविको सन्देश- भ्रष्टाचार अन्त्य गर्न खोज्दा कारागार पुगेँ, त्यसको हिसाबकिताब समयले गर्छ (भिडिओ)

    काठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्।

    पार्टीको नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए।

    उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाउनुभएको छ। उहाँले आफूले कुनै गलत काम गर्दा पनि कारागारमा बस्नुपरेको सन्देश पठाउनुभएको छ। यो देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि राजनीतिमा आए, म राजनीतिमा आएको कसैलाई पच्न सकेन त्यसैले म कारागारमा छु, त्यसको हिसाबकिताब समयमा गर्नेछु।’

    उनले रवि लामिछाने कुनै व्यक्ति र पार्टीको नेता मात्रै होइन यो एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

  • शीतल निवास पुगेर प्रचण्डले भने- जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ (भिडिओ)

    शीतल निवास पुगेर प्रचण्डले भने- जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा स्व. गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै उनको सपना पूरा गर्ने तर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

    स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले गरेका गतिविधि, संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँग गरेको कबुल विपरीत भइरहेको बताए ।

    विस्तृत शान्ति सम्झौताको भावना अनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए । उनले भने, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त?’

    गिरिजाप्रसाद कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

    उनले भने, ’अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ ?’

    गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोक मार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गरे ।

    उनले भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ ।’

    कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए। उनले भने, ‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ यो सबै गम्भीर समीक्षा आवश्यक छ ।’

     

  • बौरिँदै रोशी किनार- यसरी जोगाइँदैछ बस्ती (तस्बिरहरू / भिडिओ)

    बौरिँदै रोशी किनार- यसरी जोगाइँदैछ बस्ती (तस्बिरहरू / भिडिओ)

    काठमाडौं । काभ्रेको रोशी खोला किनारको मुख्य बस्ती जोगाउन अहिले धमाधम तटबन्ध बनाइँदैछ । पनौती नगरपालिका-१२ मा पर्ने यस क्षेत्र गत असोजको बाढीले तहसतहस पारेको थियो । यो वर्ष जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध निर्माणको काम थालिएको हो ।

    पनौती नगरपालिका-१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण र आसपासका बस्ती सुरक्षित गर्न खोला गहिर्‍याएर तटबन्ध बनाउने कार्य भइरहेको छ ।

    ‘हामीले सुरूमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याउने काम गरेका थियौं,’ उनले नेपाल प्रेससँग भने, ‘खास-खास जोखिमयुक्त स्थानमा प्राथमिकता दिएर तटबन्ध बनाइँदैछ ।’

    बाढीको क्षतिपछि नगरसभाबाट पुरानो बजेटलाई विस्थापन गर्दै नयाँ बजेट विनियोजन गरिएको छ । बाढीपहिरोबाट बढी प्रभावित वडाका लागि छुट्टै रकम विनियोजन गरिएको केसीले बताए ।

    १०/१० लाखका ३ योजनासँगै तटबन्ध निर्माणका लागि १ करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । तर, आर्थिक वर्ष सकिन लागेको र बर्खा याम भएकाले काममा अवरोध आएको बताइउको छ ।

    वडाध्यक्ष केसीले आगामी वर्षदेखि ‘रोशी करिडोर’ निर्माणको योजना पनि अघि सारिएको बताए ।

  • सुदूरपश्चिममा नाउपाले लियो समर्थन फिर्ता, सरकारको जोडघटाउमा असर नपर्ने (भिडिओ)

    सुदूरपश्चिममा नाउपाले लियो समर्थन फिर्ता, सरकारको जोडघटाउमा असर नपर्ने (भिडिओ)

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी केन्द्रको पत्र आएपछि समर्थन फिर्ताको निर्णय लिएको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

    ‘हामीले समर्थन फिर्ता लिने निर्णय गरिसकेका छौँ’ उनले भने ‘अब हामी प्रतिपक्षमा बस्छौँ ।’

    मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले चिढिएको थियो । त्यसको भोलिपल्टै नाउपाले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

    दलको बैठकमा घनश्याम चौधरीसहित टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी उपस्थित थिए । सांसद कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी र खुशीराम डगौरा थारू भने दलको बैठकमा अनुपस्थित थिए । प्रदेशसभामा चौथो ठूलो दल नागरिक उन्मुक्तिका सात सांसद छन्।

    आर्थिक लेनदेनसँग जोडिएको विवादित अडिओ संवाद सार्वजनिक भएपछि तत्कालीन मन्त्री लक्ष्मण किशोर चौधरीले गत फागुनमा पदबाट राजीनामा दिन बाध्य भएका थिए । रामेश्वर चौधरी ४ जेठमा मन्त्री नियुक्त भएका हुन् ।

    त्यसको करिब एक महिनापछि महत्त्वपूर्ण नियुक्तिमा समन्वय नगरेको र अख्तियारले पनि छानबिन गरिहरेको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई गत ३ असारमै राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले मुख्यमन्त्रीलाई उल्टै सके हटाउन चुनौती दिएपछि बिहीबार मुख्यमन्त्रीले पदमुक्त गरेका हुन् ।

    नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि सरकार प्रस्ट बहुमतमा छ । हाल ५२ सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सहित सरकारसँग २९ सांसदको समर्थन छ ।

    सरकार गठन गर्दा नाउपाको हस्ताक्षर नभएको हुँदा नाउपाले समर्थन फिर्ता लिँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिनु नपर्ने देखिएको छ ।

  • वर्षाले ल्याउने जोखिम न्यूनीकरण गर्न चितवनमा कसरी हुँदैछ तयारी ? (भिडिओ)

    वर्षाले ल्याउने जोखिम न्यूनीकरण गर्न चितवनमा कसरी हुँदैछ तयारी ? (भिडिओ)

    चितवन । नेपालभर वर्षा भइरहँदा विभिन्न नदीहरुमा पानीको बहाब बढ्न जाने जल तथा मौसम विज्ञान विभागले बुलेटिन मार्फत सचेत गराएको छ ।

    देशभरका अन्य ठूला नदीहरुसँगै चितवन भएर बग्ने नारायणी नदीको पनि विभिन्न ठाउँमा उल्लेख्य रुपमा पानीको बहाब बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    चितवनमा पहाड तथा समथर भुभाग दुबै भएको कारण बाढीको जोखिमसँगै पहिरोको पनि जोखिममा रहेको जिल्ला हो चितवन । पूर्व पश्चिम मुख्य राजमार्गको ९० किलोमिटर क्षेत्र यस जिल्लामा पर्ने भएकोले यहाँको सडक भएर गुड्ने सवारी साधनहरु समेत पहिरो तथा बाढीको जोखिममा रहेका छन् ।

    अघिल्लो वर्ष पनि वर्षाको भेलले बगाएर नारायणगढ मुग्लिन सडकखण्डको सिमतलताबाट दुईवटा यात्रुबाहक वर्ष त्रिशुली नदीमा खसेर बेपत्ता भएको थियो । भने नारायणी नदीमा उर्लिएको भेलबाढीले पूर्वी तथा पश्चिम चितवनका खोला, नदी किनाराका बासिन्दा प्रभावित भएका थिए ।

    त्यसैले अघिल्लो वर्षको जस्तो विपत्को अवस्था नआओस् भनेर जिल्लाका सुरक्षा संयन्त्रले विपत् अगाडिदेखि नै चनाखो भएर पूर्वतयारीका साथ बसेको जनाएको छ । विशेष गरि विपतमा तत्कालीन उद्दार तथा विपत् न्यूनीकरणको लागि तयारी अवस्थामा बसेको चितवन प्रहरीले जनाएको छ ।

    चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले नेपाल प्रहरीको जिल्लामा रहेका ७४ वटा युनिट र जिल्ला प्रहरी कार्यालयमै पनि उद्दारका लागि आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहेको बताएका छन् ।
    भरतपुर महानगरपालिका लगायत स्थानीय तहहरुले उद्दारका लागि आवश्यक पर्ने सामग्रीहरु प्रहरीलाई हस्तान्तरण पनि गरेका छन् । उनले प्रहरीले अत्यावश्यक उद्दार सामग्रीसहित प्रहरीहरुलाई पनि तत्कालै प्रभावित स्थलमा पुग्नसक्ने गरि तयारी अवस्थामा राखेको बताएका छन् ।

    एसपी पुरी भन्छन्, ‘हामीले स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश र केन्द्रीय विपत व्यवस्थापन कार्यालयसँग समन्वय गरेर चितवन जोखिमयुक्त ठाउँ पहिचान गरेर तत्काल उद्दार गर्न सक्नेगरि तयारी गरेका छौँ ।

    झरी वर्षा भइरहँदा गाडी रोक्ने, नागरिकहरुलाई सुसूचित गर्ने काम पनि गरिरहेको उनले जानकारी दिए । एसपी पुरीले जोखिमयुक्त ठाउँमा प्रहरीहरुलाई उद्दारका समग्रीसहित प्रहरीहरु एलर्ट अवस्थामा राखिएको पनि उनले जानकारी दिएका छन् ।

    चितवनमा नारायणी, त्रिशुली वरिपरिको क्षेत्र, देवघाट क्षेत्र, रामनगरदेखि मौवाखोलासम्मको हाइवे, पूर्वी चितवनको बछौली, पूर्वी चितवनको राप्ती किनार आसपासलाई डुबान, बाढीपहिरोको जोखिममा रहेको पहिचान गरिएको उनले जनाएका छन् ।

    प्रहरीले गरेको थप तयारीबारे नेपालप्रेससँग एसपी पुरीले भिडियोमा कुराकानी गरेका छन् ।

  • एमालेबारे माधव नेपाल- अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन (भिडिओ)

    एमालेबारे माधव नेपाल- अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले सङ्कटग्रस्त अवस्थामा रहेको दाबी गरेका छन् ।

    पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गदै एमालेभित्र अन्तरसंघर्ष चर्किरहेको बताए ।

    उनले भने, ‘अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन । कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्ति बोकेकाहरूलाई परास्त गर्नुपर्छ ।’

    उनले सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए । उनले थपे, ‘सरकारले जनचाहनालाई सम्बोधन गर्न सकेको छैन । त्यसैले यो सरकारले जनताको विश्वास जित्न सक्दैन, कुनै परिणाम दिन पनि सक्दैन। त्यसैले यो सरकार जनविरोधी हो, यो सरकारलाई साथ दिन सकिँदैन । यो सरकारको पतन आवश्यक छ ।’

     

     

  • हाम्रो पार्टीको भविष्य छैन भन्छन्, अन्तर्घात गर्नेलाई चिन्नुपर्छ : माधव नेपाल (भिडिओ)

    हाम्रो पार्टीको भविष्य छैन भन्छन्, अन्तर्घात गर्नेलाई चिन्नुपर्छ : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गरेका छन् । पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै हिम्मत हाराहरूको कुनै काम नभएको टिप्पणी गरे ।

    उनले भने, ‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्, सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन ।’

     

    उनले पार्टीभित्र अन्तर्घात गर्नेहरूलाई सबैले चिन्नुपर्ने बताए ।

    उनले भने, ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नुपर्छ, त्यसलाई साथ दिनेहरू कोको छन् पत्ता लगाउनुपर्छ। हाम्रो पार्टी क्रान्तिकारी हो, विद्रोहबाट आएको पार्टी हो ।’

     

  • अनेरास्ववियूका अध्यक्ष श्रेष्ठको झाँक्रीलक्षित टिप्पणी- पार्टीमा बसेर पार्टीकै खोइरो खन्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)

    अनेरास्ववियूका अध्यक्ष श्रेष्ठको झाँक्रीलक्षित टिप्पणी- पार्टीमा बसेर पार्टीकै खोइरो खन्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । अनेरास्वयूका अध्यक्ष महेश श्रेष्ठले पार्टी र संगठनभित्र बसेर विरोध गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।

    पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री र सङ्गठनमा समानान्तर कमिटी घोषणा गरेका नरेश न्यौपानेलाई लक्षित गर्दै कारबाही गर्ने बताए।

    उनले भने, ‘पार्टी र सङ्गठनलाई अनिर्णयको बन्दी बनाउने, पार्टी र सङ्गठनभित्र पनि अनि पार्टीकै खोइरो खन्ने ? अनि आफू पपुलिस्ट हुने नाममा अन्टसन्ट बोल्ने नेता कार्यकर्तामाथि पार्टीले शुद्धीकरण अभियान चलाउनुपर्छ।’

    उनले अनेरास्ववियूको छुट्टै विधि र विधान भए पनि पार्टीसँग पनि सँगै जोडिएर हिँड्नुपर्ने बताए।

  • माधवलाई सुदेशको ढाडस- ओलीको षड्यन्त्रको सामना हामी गर्छौं, तपाईँ खुट्टा नकमाउनुस् (भिडिओ)

    माधवलाई सुदेशको ढाडस- ओलीको षड्यन्त्रको सामना हामी गर्छौं, तपाईँ खुट्टा नकमाउनुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै डटेर सामना गर्ने बताएका छन् ।

    पार्टी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने बताए ।

    उनले भने, ‘कानूनको चौघेराभित्र न्याय हरायो भने त्यसको आक्रोश ठूलो हुन्छ । यो पार्टीलाई सत्ताको दुरुपयोग गरेर विघटन गर्न चाहिरहेका थिए, तर माधव नेपाल हेर्दा कोमल हुनुहुन्छ, विचार र सिद्धान्तमा दृढ भएकाले उहाँको आँटले यो पार्टी यहाँसम्म आएको छ । अब तपाईँले खुट्टा कमाउने होइन, हिम्मत हार्ने होइन ।’

    माधव नेपालसँग सिङ्गो पार्टी पंक्ति रहेको भन्दै सुदेशले प्रधानमन्त्री ओलीले अख्तियारको दुरुपयोग गरेको भन्दै त्यसको हिसाबकिताब गर्ने बताए ।

  • उपचुनावमा होमियो राप्रपा, प्रधानको नेतृत्वमा परिचालन समिति गठन (भिडिओ)

    उपचुनावमा होमियो राप्रपा, प्रधानको नेतृत्वमा परिचालन समिति गठन (भिडिओ)

    काठमाडौं । राप्रपाले रुपन्देहीको क्षेत्र नं. ३ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला समितिलाई आवश्यक प्रक्रिया र तयारी गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ । उक्त क्षेत्रमा उठ्नका लागि सम्भावित उम्मेदवारको नाम पठाउन निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै, बैठकले वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा निरञ्जन थापा, प्रदीप उदय, ताहिर अली सदस्य रहेका छन् ।

    बैठकले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, भिजिट भिसा प्रकरण र निजामती सेवा विधेयकका पनि टिप्पणी गरेको छ ।

     

  • झाँक्रीको चेतावनी- मेराविरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्छु (भिडिओ)

    झाँक्रीको चेतावनी- मेराविरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्छु (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्ना विरुद्ध बोल्ने पार्टीका नेताहरूसँग व्यक्तिगत हिसाबले लडाइँ लड्ने चेतावनी दिएकी छन्।

    अध्यक्ष माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डेलगायत नेताहरूले कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।

    त्यसबारे पार्टी सचिवालय बैठकमा जवाफ दिन पुगेकी झाँक्रीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भनिन्, ‘पार्टीका धेरै ठुला नेताहरू, शक्तिशाली नेताहरू मिडिया, सोसल मिडियामामा गएर विविध कुरा बोलिराख्नुभएको छ, त्यो बोलेका विषयप्रति चाहिँ म व्यक्तिगत हिसाबले लडाइँ त लड्छु नै। राजनीतिक हिसाबले पनि प्रतिवाद गर्छु, तर मैले भनेको कुराको स्पष्टीकरण बैठकमै राख्छु।’

    उनले पार्टीको निर्देशनपछि आफूले कुनै प्रतिक्रिया नदिएको भए पनि नेताहरूले आफ्ना विरुद्ध अनेकन् अभिव्यक्ति दिएको बताइन्।

  • सानेपामा उकुसमुकुस पाेखिँदैछ, अब ओली सरकार धेरै टिक्दैन : माओवादी (भिडिओ)

    सानेपामा उकुसमुकुस पाेखिँदैछ, अब ओली सरकार धेरै टिक्दैन : माओवादी (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू सरकार ढाल्ने खेलमा रहेको दोहोर्याएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो सरकार सबै कोणबाट असफल भइसकेको बताए ।

    उनले भने, ‘हामी त यही सरकार नै चलिरहोस् भन्नेमा छौँ। सरकार ढाल्न हामी लागेका छैनौँ, जनताप्रति नै छौँ। तर सानेपामा पनि गरमागरम बहस चलिरहेको छ। त्यहाँ पनि उकुसमुकुस चलिरहेको छ। सत्तापक्षका सांसदहरूको अभिव्यक्ति तपाईँहरूले नै देखिराख्नुभएको छ। कांग्रेसमा ठुलो अन्तर्विरोध छ, कांग्रेसको नेतृत्वले पनि पार्टीभित्रको आक्रोशलाई थाप्न सक्दैन। म मिति त किटान गर्दिनँ, तर यो सरकार धेरै दिन टिक्दैन ।’

    उनले कांग्रेस र एमालेभित्रको अन्तर्विरोधको सूचना आफूहरूलाई आइरहेको बताए । उनले एमालेभित्र पनि आन्तरिक लोकतन्त्र समाप्त भइसकेकाले विस्फोटनको चरणमा पुगिसकेको बताए ।

     

  • कार्यवाहक प्रधानमन्त्री सिंहले भने- निजामती विधेयक तलमाथि गर्ने जो भए पनि कारबाही हुन्छ (भिडिओ)

    कार्यवाहक प्रधानमन्त्री सिंहले भने- निजामती विधेयक तलमाथि गर्ने जो भए पनि कारबाही हुन्छ (भिडिओ)

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा कुलिङ पिरियडबारे छेडखानी गर्नेलाई कारबाही हुने बताएका छन् ।

    कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले निजामती विधेयकमा तलमाथि भएको कुरामा छानबिन हुने बताए ।

    उनले भने, ‘विधेयकमा नै तलमाथि भएको छ । त्यसबारेमा छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही गछौँ । गलत काम गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछन् ।’

    कार्यबाहक प्रधानमन्त्री सिंहले सरकार संविधानलाई सुरक्षित राख्दै संस्थागत गरेर यसकै आधारमा जनताको चाहनाअनुसार अघि बढ्ने बताए ।

    उनले अहिले आफूहरूले राजनीतिक स्थायित्व चाहेको पनि बताए ।

  • कांग्रेसको प्रस्टीकरण- कुलिङ पिरियडको पक्षमा छौँ, पदको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)

    कांग्रेसको प्रस्टीकरण- कुलिङ पिरियडको पक्षमा छौँ, पदको दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको टिप्पणी गरेको छ ।

    जारी केन्द्रीय समितिको बैठक स्थल सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियड राख्नुपर्छ भन्ने नै पार्टीको धारणा भएको बताए ।

    उनले भने, ‘सर्वसम्मत समितिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो, त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरूले बुँदागत रूपमा दफावार पढ्नुभएन । विश्वासघात भयो ।’

    उनले पदको दुरुपयोग गर्नेहरूलाई छानबिनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए ।

    प्रवक्ता महतले थपे, ‘तत्काल कुलिङ पिरियड हटाएर प्रस्तावित भएको छ, भोलि संशोधन ल्याएर संशोधन गर्नुपर्छ, दोषीलाई छानबिन गरी कारबाही गर्नुपर्छ । माथिल्लो सदनमा बाँकी छ रोकिहाल्छ । पहिले जे सहमति थियो, त्यही कार्यान्वयन हुनुपर्छ ।’

  • ‘कुलिङ पिरियड’मा सांसदहरूको पनि गल्ती छ, जसले हटाए पनि यो अपराध क्षम्य हुँदैन: शेखर कोइराला (भिडिओ)

    ‘कुलिङ पिरियड’मा सांसदहरूको पनि गल्ती छ, जसले हटाए पनि यो अपराध क्षम्य हुँदैन: शेखर कोइराला (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती विधेयकमा छेडखानी गर्नु अपराध भएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधेयकमा कुलिङ पिरियड हटाउने कुरा जसले गरेको भए पनि क्षम्य नहुने बताए ।

    उनले थपे, ‘संसदीय समितिबाट एउटा कुरा पास हुन्छ, पास भइसकेपछि त्यसलाई तोडेर अगाडि लाने ? जसले गरेको भए पनि त्यो क्षम्य हुन सक्दैन । हामी सांसदहरूको पनि कमीकमजोरी छ, हामीले पनि पढ्नुपर्थ्यो । पढ्ने बानी त हाम्रो पनि छैन । पहिल्यै थियो कि लास्टमा बाँड्ने क्रममा थपिएको हो कि ?’

    नेता कोइरालाले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्था ठीक नभएको बताए ।

    उनले थपे, ‘राजनीतिज्ञहरू नै अहिले ठीक छैनन्, मेरो मान्छे हो भने त्यसलाई कारबाही हुँदैन, तर तपाईंहरूको मान्छे त्यही कारणले फसेको छ भने कारबाही हुन्छ । दण्डहीनता बढ्दो छ । भ्रष्टाचारको सीमा नाघिसक्यो ।’

    नेता कोइरालाले बागमती, मधेश र गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको पनि चर्को आलोचना गरे ।

  • शेखरलाई विनोद चौधरीको प्रतिप्रश्न- गुटको नाममा हामीजस्तालाई छेक्ने, अन्तर्घातीलाई बोक्ने ? (भिडिओ)

    शेखरलाई विनोद चौधरीको प्रतिप्रश्न- गुटको नाममा हामीजस्तालाई छेक्ने, अन्तर्घातीलाई बोक्ने ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नोबारेमा गरेको टिप्पणीको प्रतिवाद गरेका छन् ।

    सोमबारको बैठकमा शेखरले विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न उठाएका थिए । उनले अनुशासन समितिले लुम्बिनी कांग्रेसका महामन्त्री विक्रम खनालमाथि कारबाही अघि बढाएकोमा पनि प्रश्न उठाएका थिए ।

    मंगलबारको बैठकमा बोल्दै चौधरीले कांग्रेसको नेतृत्व गर्छु भन्ने व्यक्तिले विश्वले चिनेको निजी क्षेत्रको अगुवा व्यक्तिलाई पार्टीमा रोकेर अन्तर्घातीलाई बोकेको आरोप लगाए ।

    चौधरीले भने- कांग्रेसमा निजी क्षेत्रका हामीजस्ता मान्छेको भूमिका के हो ? सम्पन्न नेपाल बनाउने एजेण्डा दुनियाको अगाडि पस्किने क्रममा यस्ता व्यक्तिहरुलाई भित्र्याउने हो कि रोक्ने हो ? गुटको राजनीतिका नाममा हामीजस्ता मान्छेलाई छेक्ने, हृदयेश त्रिपाठीको लागि बुथबुथमा मान्छे राखेर कांग्रेसका शीर्ष नेतालाई तथानामा गाली गरेर हराउन हरप्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्री विक्रम खनाल जस्तालाई बोक्ने नेताले भोलिको कांग्रेसको नेतृत्व कसरी गर्छ ?

    चौधरीले अर्थतन्त्र बुझेको व्यक्तिले अर्थ मन्त्रालय चलाउँछु भन्दा स्वार्थको द्वन्द्व हुने हो भने प्रतिष्ठित र अनुभवी व्यक्तिहरूलाई कांग्रेस प्रवेशमा रोक्नुपर्ने बताए । उनले दोहोरो मापदण्ड त्याग्नुपर्ने भन्दै स्वार्थका द्वन्द्वका नाममा आफूहरूजस्ता व्यक्तिलाई रोक्न खोजिएकोमा दुःख व्यक्त गरे ।

    चौधरीले जेलनेल खाएका बाहेक अन्य पेशामा प्रतिष्ठा कमाएका व्यक्तिको आवश्यकता छैन भनेर कांग्रेसले निर्णय गर्न चुनौतीसमेत दिए । उनले नवनियुक्त कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई कुर्सीमा बस्दा अपमान गर्ने र साथमा बस्दा अछुतो हुन्छु भन्ने मानसिकता समेत नेतामा देखिएको आरोप लगाए ।

    चौधरीले त्यही उमेश श्रेष्ठसँग चन्दा माग्न जाँदा, सहयोग माग्न जाँदा सानो नहुने तर कोषाध्यक्ष मान्न लाज हुने अवस्थाले कांग्रेसलाई लज्जित बनाएको बताए ।

  • ‘व्यवस्थापिकामाथि कार्यपालिका हाबी भयो, छानबिन नभएसम्म कुनै विधेयक अघि बढ्न दिँदैनौँ’ (भिडिओ)

    ‘व्यवस्थापिकामाथि कार्यपालिका हाबी भयो, छानबिन नभएसम्म कुनै विधेयक अघि बढ्न दिँदैनौँ’ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्न भएकाहरूलाई कारबाही गर्न माग गरेका छन्।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो विषय टुङ्गोमा नपुगेसम्म अब समितिको बैठक बस्न नसक्ने बताए।

    उनले भने, ‘यसमा संलग्नलाई कारबाही गरिएन भने राज्य व्यवस्था समितिको बैठक पनि बस्दैनौँ। अब कुनै विधेयक पास पनि हुँदैनन्। प्रहरीकोसहित अन्य थुप्रै महत्त्वपूर्ण विधेयकहरू छन्। पास पनि हुँदैन। हामी मात्रै होइन, अरू संसदीय समितिका सदस्यहरूले पनि पास गर्ने एउटा, निर्णय गरेर आउने अर्को, संसद्मा लैजाने अर्को हुने भएपनि अविश्वासको स्थिति सिर्जना भयो। सांसदहरूको अपमान भयो।’

    व्यवस्थापिकामाथि कार्यपालिका हाबी भएको भन्दै सिङ्गो व्यवस्थामाथि नै हानी गर्ने बताए।

  • रामहरि भन्छन्- म दोषी देखिए कारबाही भोग्न तयार छु (भिडिओ)

    रामहरि भन्छन्- म दोषी देखिए कारबाही भोग्न तयार छु (भिडिओ)

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले कसको गल्तीबाट भएको बाहेक शब्द थपिएको छ त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

    आजै कानुन र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई आमन्त्रण गरेको भए पनि नआएको बताए।

    उनले भने, ‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ हुँदैन। त्यसमा हामी छानबिन गर्ने पक्षमा छौँ।’

    उनले छानबिनमा आफू पनि संलग्न भेटिए कारबाही भोग्न तयार रहेको बताए। उनले अब छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए।

    राजीनामाबारे उनले भने, ‘पहिला छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।’

  • निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना (भिडिओ)

    निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना (भिडिओ)

    काठमाडौं । रास्वपाकी सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीबारे राज्यव्यवस्था समितिका सांसदहरूले थाहा थिएन भन्न नमिल्ने तर्क गरेकी छन् ।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय व्यवस्थामाथि नै प्रकार भयो भन्ने पुष्टि गर्ने आधार आफूले नभेटेको बताइन् ।

    उनले भनिन्, ‘कुलिङ पिरियडमा बाहेक शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ । त्यो मूल विधेयकमा छ, जब मूल विधेयकमा बाहेक शब्द हटाइन्न, त्यति बेलासम्म त त्यो कायम रहन्छ । त्यस कारणले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किनको लागि सार्वभौमतामाथि आक्रमण भयो भनियो। त्यो मलाई गलत लाग्छ ।’

    उनले यसमा भएको गल्तीलाई स्विकारेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ ।

     

  • माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा (भिडिओ)

    माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ संसदमाथिको गम्भीर अपराध भएकाले सामान्य रूपमा लिन नसकिने बताएका छन्।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसमा जानाजानी राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पनि संलग्न भए किर्ते जालसाजी भएको टिप्पणी गरे।

    उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’

    समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने बताए ।

  • ‘कुलिङ पिरियड’ को हेराफेरीबारे माओवादी- षड्यन्त्रका साथ नीच काम गरियो, छानबिन गरी कारबाही होस् (भिडिओ)

    ‘कुलिङ पिरियड’ को हेराफेरीबारे माओवादी- षड्यन्त्रका साथ नीच काम गरियो, छानबिन गरी कारबाही होस् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले निजामती सेवा विधेयकमा कुलिङ पिरियडबारे गरिएको हेराफेरी गम्भिर अपराध भन्दै छानबिन गरी संलग्नलाई कारबाहीको माग गरेका छन् ।

    सभामुखसमक्ष आफूले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएर सच्याउन ध्यानाकर्षण गराएको उनले बताए ।

    ‘कुलिङ पिरियडको विवाद नियतवश समितिले पास गरेको विषयभन्दा बाहिर गएको भन्दै समिति सदस्यहरूको भनाइ छ । सभापतिले पनि आफ्नो जानकारीबिना भयो भन्नुभयो । संसदको उपहास र सार्वभौममाथि हस्तक्षेप गर्ने गरी षड्यन्त्र र नीच काम गरियो, यो सरासरी बदमासी हो । पहिले छानबिन हुनुपर्छ । यसको जिम्मेवारी सचिव सभापति वा समिति कसले लिने ? लिनुपर्छ ।’

    उनले कानून निर्माणमा यस्ता छलछाम गरी हेराफेरि हुने अवस्था ले जनताले व्यवस्थापिका र कानूनमाथि कसरी विश्वास गर्ने भन्ने गम्भिर प्रश्न उठेको बताए ।

    ‘हामीप्रति प्रश्न उठेको छ । छानबिन गरी कारबाही प्रक्रिया अघि बढाएरमा सच्याउने कुरा अघि बढ्नुपर्छ । यो गम्भिर प्रकृतिको अपराध हो । सभामुखले छानबिनका लागि कस्तो प्रक्रिया अपनाउनुहुन्छ । उहाँको कार्यक्षेत्रभित्र पर्ने कुरा हो’, शर्माले भने ।

    सभामुखले विधेयकमा भएको हेराफेरीबारे समितिका सभापति, सदस्यलगायतसँग छलफल गरेका छन् ।

  • पदम गिरीको चेतावनी- निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, स्वीकार्य हुँदैन (भिडिओ)

    पदम गिरीको चेतावनी- निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, स्वीकार्य हुँदैन (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सांसद पदम गिरीले निजामती विधेयकमा गरिएको ‘छेडखानी’ बारे स्वीकार्य नहुने बताएका छन् ।

    सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडबारे भएको छेडखानीले सिङ्गो संसदीय प्रक्रियालाई नै बदनाम गर्ने काम भएको भन्दै स्वीकार्य नहुने बताए ।

    उनले भने, ‘हामीले लामो छलफलपछि कुलिङ पिरियड राख्ने सहमति गरेको थियौँ । तर, मुख्यसचिव, सचिव, सहसचिवहरूको हकमा लागू नहुने प्रकारको विधेयक सांसदबाट पारित भयो। यो गम्भीर षड्यन्त्र हो, सांसदमाथिको उपहास हो । सार्वभौम संसद् र समितिलाई धूलिसात बनाउनेका काम भयो ।’

    ऐनमा ‘बाहेक’ शब्द कहाँबाट थप्ने काम भएको त्यसको अनुसन्धान गरी निर्मम कारबाही गर्नुपर्ने बताए ।

    समितिमा भएको सहमति संसदमा गएर पारित हुनुपर्ने भएपनि षड्यन्त्र गरिएको बताए । यसको निष्कक्ष छानबिन नभएसम्म समितिको बैठक बस्न नसक्ने भन्दै षड्यन्त्र गर्नेहरुले कारवाही भोग्नुपर्ने र नैतिकताको आधारमा जिम्मेवारी पनि छाड्नुपर्ने बताए ।

  • बैठकबाट निस्किए देउवा, शिक्षामन्त्री पन्तसँग छलफल गर्दै (भिडिओ)

    बैठकबाट निस्किए देउवा, शिक्षामन्त्री पन्तसँग छलफल गर्दै (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति जारी पार्टीको केन्द्रीय समिति बैठकबाट निस्किएर शिक्षामन्त्री रघुजी पन्तसँग छलफल गरिरहेका छन् ।

    संसदमा शिक्षा विधेयक पेश गर्ने सम्बन्धमा सहमति नभएर रोकिएपछि त्यसबारे छलफल गर्न शिक्षामन्त्री पन्त कांग्रेस पार्टी कार्यालय पुगेका थिए ।

    उनीहरुबीच छुट्टै छलफल भइहरको छ । छलफलमा कांग्रेसका श्याम घिमिरे पनि सहभागी छन् ।

  • पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश (भिडिओ)

    पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश (भिडिओ)

    काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाेड्ने आदेश भएकाे छ ।

    विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर काेइरालाकाे इजलासले बस्नेतविरुद्ध उक्त धराैटी मागकाे आदेश दिएका हुन् ।

    टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे थियाे । त्यसकाे थुनछेक बहसपछिकाे आदेशमा धराैटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेकाे हाे ।

    टेरामक्स खरिद प्रकरणको अर्बौं हिनामिनामा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न  विशेष अदालतले आदेश दिएको हाे ।

    दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारी, अच्युतानन्द मिश्र, विजयकुमार राय, पुरुषोत्तमप्रसाद खनाल, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, तेजप्रसाद खरेल, दिलिप कुमार गुरूङ्गसहित १६ जना र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

    आदेश

     

  • एसईईपछि कसरी अघि बढ्ने ? यस्ता छन् मनोविदका ५ सुझाव (भिडिओ)

    एसईईपछि कसरी अघि बढ्ने ? यस्ता छन् मनोविदका ५ सुझाव (भिडिओ)

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आइसकेको छ । उच्च शिक्षाको द्वार खोल्ने परीक्षाको रुपमा रहेको एसईई पछि शैक्षिक मात्रै नभएर पेशागत जीवनको आधार पनि तयार गर्ने बेला हो । नतिजा अपेक्षाअनुसार भए त विद्यार्थीहरुमा मनोबल उच्च भएको पाइन्छ । जसले आगामी दिनको छनोट राम्रो बनाउन भूमिका खेल्छ । तर सोचेको भन्दा फरक किसिमको नतिजाले विद्यार्थीहरुमा नैराश्यता, पश्चाताप, दुःखी तुल्याउन सक्छ ।

    त्यस्तै, अब कुन विषय, कहाँ कुन कलेज पढ्ने भन्ने अन्यौलतामा पनि उनीहरुमा हुन्छ । जसका लागि सही गाइडेन्स र अभिभावकको सकारात्मक भूमिका आवश्यक हुन्छ ।

    यी दुवै अवस्थामा उनीहरुलाई अभिभावकले बडो प्रेमले स्वीकार्ने र नयाँ गोरेटो चुन्न सहयोग गर्नुपर्ने मनोविदहरु बताउँछन् ।

    ‘यो बेलामा सही निर्देशन, साथ सहयोग र करियरमा अगाडि बढ्न हौसला चाहिन्छ’, मनोविद डा. नरेन्द्र सिंह ठगुन्ना भन्छन्, ‘त्यसैले नतिजापछि अब के गर्ने भनेर सही परामर्श लिन आवश्यक छ । अन्यथा नम्बर बढी आएकै आधारमा विषय वा करियर छनोट गर्दा सोचेअनुरुपको परिणाम आउन नसक्ने पनि हुन्छ ।’

    विद्यार्थी आफैंले पनि आफूलाई आनन्द आउने, खुशी लाग्ने, र रुचि हुने विषयमा ज्ञान लिनुपर्ने उनको भनाइ छ ।

    भिडिओ

    उनका अनुसार विद्यार्थीहरुले आगामी विषय छनोटमा ध्यान दिन आवश्यक छ । अबको बाँकी समय, शक्ति र जीवन त्यतै जाने भएकाले पनि करियर छनोट महत्वपूर्ण हुने उनको भनाइ छ ।

    त्यस्तै, अर्का मनोविद पदम जोशीका अनुसार एसईईलाई आवश्यकताभन्दा बढी प्राथमिकता दिइनुले सकारात्मकभन्दा नकारात्मक असर गर्ने बताउँछन् । ‘एसईई नै सबैथोक हो भनेजसरी प्रचार गरिनुले त्यहँ नम्बर कम आएको अवस्थामा विद्यार्थीमा स्वभाविकरुपमा म केही गर्न सक्दिनँ कि जीवनमा सफल हुन्न कि जस्तो महुसस गराउँछ जुन आफैंमा तनावपूर्ण स्थिति हो ।’

    अब विद्यार्थीहरुले कसरी कदम चाल्ने त ?

    उनीहरुका अनुसार अब एसईई रिजल्ट आएका विद्यार्थी एवम् अभिभावकले निम्न पाँच कार्य गर्न सक्छन् ।

    १. नतिजाको मूल्यांकनः

    नतिजालाई आफूले गहिरो तवरले मूल्यांकन गर्नुपर्छ । जसले गर्दा आफ्नो रुचि भए नभएको विषयमा स्पष्ट बन्न सकिन्छ । र त्यहीअनुरुप आफ्नो भविष्यको योजना बनाउन सकिन्छ । नतिजा मूल्यांकन गर्दा आफ्नो सबल र दुर्बल विषयहरु थाहा हुन्छ । जहाँ आफूमा दख्खलता छ जस्तो लाग्छ त्यस्तै विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।

    २. के विषय पढ्नेबारे विश्लेषण गर्ने

    निर्णय लिने विषयमा चुनौतीपूर्ण हुन्छ । अझ एसईई पछिको विषय छनोट झनै पेचिलो हो । किनकी यसले कसैको जीवनमा पूर्णरुपमा रुपान्तरण ल्याउँछ । तसर्थ यस विषयमा सचेत हुनुपर्छ नै । सामान्यतया नम्बरका आधारमा कठिन विषयहरु छनोट गर्ने परिपाटी छ । तर नम्बर भन्दा आवश्यकताको विषय भनेको आफ्नो इच्छा र रुचि हुन् । यदि आफू त्यस विषयमा आनन्दित हुन सकिन्छ भने नम्बर तुलनात्मक रुपमा कम आएपनि उक्त क्षेत्रमा राम्रो प्रदर्शन गर्न सकिन्छ । त्यसैले विषय छनौट आफ्नो रुचिमा निर्भर भएर गर्नुस् । जसमा विज्ञान, कानून, विजनेस आदि हुन सक्छन् ।

    हिजोका दिनमा नम्बर बढी आएको आधारमा कलेजमा कुन विषय पढ्ने निर्धारण गरिन्थ्यो । तर त्यसो गर्दा विदार्थीको रुचि एकातिर र विषय अर्कोतिर हुने हुँदा परिणाम फरक पर्ने मात्रै हाेइन उनीहरुमा असन्तुष्टी हुने गर्थे । मुल कुरा मानिसले आफ्नो छनौटमा रमाउनु हो । जसका लागि आफ्ना चाहना भएका विषयमा राम्रो गर्न सक्ने सम्भावना बढी हुने मनोविदहरुको तर्क छ ।

    अहिले पहिले जस्तो परम्परागत पेशाका विषयमा मात्रै निर्भर गर्ने अवस्था छैन । नेपाल सरकारले जेन जी र अल्फालाई ध्यानमा राखेर विभिन्न कार्यक्रमहरु समावेश गरेको छ । जसमा डिजिटल विषयहरु छन् । त्यस्तै, विश्वले नै अहिले कन्टेन्ट क्रियटरका कोर्स तथा युनिभर्सिटीमा क्लास नै हुने अवस्था आइसकेको छ । जसमा अहिलेको डिजिटल कन्टेन्ट क्रियटर जस्ता विषय छन् । अहिले विश्वले समेत अब कन्टेन्ट क्रियटरलाई छुट्टै पेशागत क्याटागोरीमा राखेको छ ।

    ३. करियर काउन्सिलिङ गर्ने

    सबैकुरा आफूले जानेको भन्ने हुँदैन । अनि आफ्नो आकर्षण हो वा साँच्चै लक्ष्य हो भन्नेमा पनि विद्यार्थीहरु अन्यौल भइरहेका हुनछन् । त्यस्तो अवस्थमा उनीहरुलाई उचित करियर परामर्श आवशयक हुन्छ । जसले आजको समयमा कस्ता रुचि भएका मानिसहरुलाई कस्ता किसिमका विषय सुहाउँदो र परिणाममुखी हुन्छ भनेर विश्लेषण गरेर छनौटका विकल्प प्रदान गरिन्छ । त्यस्तै, विभिन्न साइकोलोजिकल ट्रेनिङ तथा मेन्टोरिङ गरेर विषय छान्नुपर्छ । यो बेला उल्लेखित पक्षलाई ध्यान दिन किन पनि महत्वपूर्ण छ भने अबको बाँकी जीवन, आफ्नो पेशागत जीवन त्यतैतर्फ उन्मुख हुँदैछ ।

    एसईईको नतिजापछि करियर काउन्सेलर वा आफ्ना अभिभावक, शिक्षक आदिसँग स्वस्थ किसिमको परामर्श लिनुस् । के गर्ने र नगर्ने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्दा आफ्ना रुचि, आवश्यकता, उक्त काेर्सका लागि चाहिने आर्थिक लगानी, त्यसबाट हुने प्रतिफल लगायतका बारे केलाएर निर्णय लिने हाे ।

    ४. कलेजको छनौटः

    कहाँ कुन कलेजमा पढ्ने भन्ने विषय आफ्नो रुचि, चाहना र विषयको छनौटले निर्धारण गर्छ । तर अबको १० वर्षमा आफूलाई कहाँ के र कुन रुपमा देख्न चाहने हाे त्यही किमिसले विषयको छनौट गर्नुपर्छ ।

    ५. भविष्यप्रति आशावादी र सकारात्मक सोच राख्ने

    जीवनको नयाँ सुरुवात हुँदै गर्दा मनमा विभिन्न किसिमका अन्योलता र दुविधाहरु आउने गर्छन् । यो स्वभाविक हो । यसलाई सहज रुपमा स्वीकार्दै भविष्यप्रति आशावादी भएर अगाडि बढ्ने प्रण गर्नुपर्छ । त्यस्तै, सकारात्मक सोच राख्ने । जेजे भएपनि राम्रो भयो भन्ने भावनालाई प्रबल बनाउनुपर्छ । यो जीवनको एउटा चरण हो । अन्य चरणहरुमा पुग्न यसले सिँढीको काम गर्छ भन्ने भावनाले अगाडि बढ्ने । उल्लेखित विधिहरु अपनाउँदा तपाईंको विषय छनौट पनि सफल भएर जानेछ ।

    ननग्रेडेडले के गर्ने ?

    विद्यार्थीले आफूले सोच्ने पहिलो विचार यो हुनुपर्छ कि एसईई नै सारा संसार होइन बलकी जीवनको एउटा भाग भयो । तर सोचे जस्तो भएन भने यो एसईई रिजल्ट बिग्रेको हो जिन्दगी होइन भन्ने विचार मनमा ल्याउनु पर्छ र बाँकी यात्रा तय गर्नुपर्छ । तसर्थ मौका परीक्षाका लागि विशेष तयार गर्दै छिट्टै सकारात्मक सोचको विकास गर्ने । कुनै सीपमुलक तालिम सिक्नतर्फ प्रेरित हुने । जस्तै, कन्टेन्ट क्रियटर, भिडिओ इडिटर, फोटोग्राफी जस्ता तुलनात्मकरुपमा कम आर्थिक भार पर्ने तर प्रतिफल धेरै दिने खालका सीपहरु सिक्न अग्रसर हुनुपर्छ । अन्ततः जीवनलाई अगाडि बढाउने हतियार भनेकै आफूसँग भएको सीप हो ।

     

  • अतिरिक्त सचिवको सेवा अवधि र कार्यक्षेत्र तोकेर मात्रै निजामती विधेयक पारित गरौं : रेखा शर्मा (भिडिओ)

    अतिरिक्त सचिवको सेवा अवधि र कार्यक्षेत्र तोकेर मात्रै निजामती विधेयक पारित गरौं : रेखा शर्मा (भिडिओ)

    काठमाडौ । संघीय निजामती विधेयमा आएको अतिरिक्त सचिवको सेवा अवधि र कार्यक्षेत्र तोकेर मात्रै पारित गर्न पूर्वमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले जोड दिएकी छन् ।

    प्रतिनिधि सभाको आइतबारको बैठका निजामती सेवा विधेयकमाथिको छलफलमा भाग लिदैँ उनले सरकार प्रस्ताव नगरे पनि संसदीय समितिबाट छलफलपछि राखिएको अतिरिक्त सचिवको सेवा अवधि र कार्यक्षेत्र तोक्नुपर्नेमा जोड दिएकी हुन् ।

    उनले भनिन्, ‘अहिले नयाँ व्यवस्थाको रुपमा निजामती सेवा ऐनमा अतिरिक्त सचिवको व्यवस्था राखियो । तर, अतिरिक्त सचिवको व्यवस्था राखिरहँदाखेरिमा उनीहरुको अवधि कति हुने ? सचिवको अवधि तोकियो, अतिरिक्त सचिवको अवधि तोकिएन । त्यसै गरेर उनीहरुलाई कहाँ हो ? उनीहरुको कार्यक्षेत्र कहाँ हो ? प्रदेश मन्त्रालय हो, विभाग हो या सँगसँगै सचिवसँग मन्त्रालयमा बस्ने हो ? त्यो विषयको पनि स्पष्ट किटान हुनुपथ्र्यो । त्यो गरियोस् भन्न चाहन्छु र माननीय मन्त्रीज्यूलाई यस विषयमा विशेष ध्यानाकर्षण गर्न चाहन्छु ।’

    पूर्वमन्त्री शर्माले स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र प्रदेशका मन्त्रालयको सचिव १० वर्षसम्म संघीय सरकारले खटाउने व्यवस्था राखिएकोमा त्यसलाई सच्याएर सम्बन्धित तहमा व्यवस्था नभएसम्मका लागि मात्रै भनेर राख्नुपर्नेमा जोड दिइन् ।

    यदि त्यस्तो गर्न नसकेको अवस्थामा १० वर्षपछि मात्रै संघीयता लागू हुन्छ भन्ने अर्थ लाग्ने शर्माको भनाई छ । उनले भनिन्, ‘अर्को कुरा हामीले धेरै लामो छलफलपछि अहिले हामी संघीयताको लागि मूल मर्म समात्ने हो भने प्रदेशको सचिव प्रदेशकै हुने र प्रशासकीय अधिकृत पनि स्थानीय सेवाको हुने तर त्यो स्थानीय सेवा प्रदेशले बनाउने भन्ने व्यवस्था छ ।

    तर हामीले विधेयकमा के लेख्यौं भने १० वर्षसम्म माथिबाटै जाने, तल त्यो गर्न नपाउने भन्ने विधेयकमा व्यवस्था लेख्यौं । यसले संघीयताको मूल मर्म समात्न सकेन । मलाई के लाग्छ भने सबै प्रदेशले एकैपटक दसैं वर्ष लाग्दैन, सचिव, सहसचिव स्तरमा त्यहाँको कर्मचारी आइपुग्न सबैलाई १० वर्ष लाग्दैन ।

    त्यसकारण त्यो प्रदेशमा व्यवस्था नभएसम्मका लागि अथवा बढीमा १० वर्ष भनेर यसमा व्यवस्था गरिनुपथ्र्यो । यो १० वर्ष भनेर जुन एउटा सीमा तोकियो, यसले गर्दाखेरिमा संघीयता कार्यान्वयन १० वर्षपछि हुने भयो भन्ने खालको अर्थ लाग्ने भयो । यसमा अलिकति सच्याइयोस् भन्ने चाहन्छु ।’

     

  • नेपाल प्रहरीसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाऔं : गृहमन्त्री लेखक (भिडिओ)

    नेपाल प्रहरीसम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाऔं : गृहमन्त्री लेखक (भिडिओ)

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संसदको चालू अधिवेशनबाटै पारित गर्ने गरी अघि बढाउन आग्रह गरेका छन् ।

    आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलका क्रममा मन्त्री लेखकले प्रहरीसम्बन्धी कानून निकै पुरानो भइसकेको अवस्थामा नयाँ कानून बनाउन संसदको यसै अधिवेशनबाटै पारित हुने गरी अघि बढाउनुपर्नेमा जोड दिए ।

    प्रहरी संगठनमा रहेको कार्यालय सहयोगी, जवान, हवल्दारलाई तल्लो तहको कर्मचारीको रुपमा बुझ्दै आएकोमा अब शव्द परिवर्तन गरी आधारभूत तह भन्ने प्रस्ताव गरिएको लेखकले बताए । प्रहरी संगठनको आधारभूत शक्ति उनीहरू नै भएकाले आधारभूत तह भन्न खोजिएको उनको भनाइ थियो ।

    गृहमन्त्री लेखकले आधारभूत तहमा रहने प्रहरीहरूको सेवा सुविधालाई पनि विशेष केन्द्रमा राखेर ऐन ल्याइएको बताए ।

    बैठकमा संशोधनकर्ता सांसदहरूले प्रहरी सेवालाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने, सरुवा बढुवालाई प्रक्रियागत ढंगले अघि बढाउनुपर्ने, मनोबल उच्च हुने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए । उक्त विधेयकमाथि सांसदहरुले ६ सय ४८ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।