Category: नेकपा एस

  • एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

    एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

    काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो ।

    अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

    अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ।

    नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम(लोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।

     

  • नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

    नवनियुक्त मन्त्रीले लिए सपथ, आजै पदभार सम्हाल्ने

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

    शीतल निवासमा आयोजित समारोहमा जीवनराम श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीले सहरी विकास मन्त्री, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा हिरा केसीले स्वास्थ्य राज्यमन्त्रीको सपथ लिएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदलीय गठबन्धन सरकारको मुख्य घटक नेकपा एसको सिफारिसका आधारमा आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् ।

  • माधव नेपालसँगको सम्बन्ध उधिन्दै योगेशले भने- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुस्

    माधव नेपालसँगको सम्बन्ध उधिन्दै योगेशले भने- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुस्

    कैलाली । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिताएका पलहरूको स्मरण गरेका छन् ।

    पञ्चायतकालदेखि नेपाललाई चिनेको भन्दै उनले नेपालसँग सहज तथा असहज परिस्थितिलाई उधिनेका हुन् । काठमाडौंबाट धनगढी आउने क्रममा भट्टराईले माधव नेपालसँगका पलहरू ११ बुँदामा उतारेका छन् ।

    उनले भनेका छन्, ‘माफ गर्नुहोला तपाईँहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुने गरी म भन्न चाहन्छु ‘कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ।’

    केही दिनअघि ‘१० भाइ’ लाई नेपालले दास भनेर गरेको टिप्पणी र नेकपा एसनिकट युवाहरूको आफूलक्षित भनाइप्रति जवाफ दिँदै भट्टराईले लामो स्टाटस लेखेका हुन् ।

    पञ्चायतकाल मा कमरेड रन्जनको उपनामले नेपाललाई चिनेको भन्दै त्यतिबेला थुप्रै प्रशिक्षण लिएको योगेशले बताएका छन् । त्यस्तै एमालेको पाँचौँ महाधिवेशन ( २०४९ ) नेपाल अन्तिमतिर जनताको बहुदलीय जनवादका पक्षमा खुलेको, आफ्नो समर्थन नहुँदा पनि छैठौं महाधिवेशनमा नेपाल पार्टीको महासचिव भएको, सातौँ महाधिवेशनबाट पुन: महासचिव भएको र त्यो बेला आफ्नो समर्थन रहेको उनले प्रष्ट्याएका छन् ।

    प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न दबाब दिएको र आफूले नगरेको भन्दै भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य नभएको, नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र रहेको आफ्नो बुझाइ रहेको र साथ नदिएको बताएका छन् ।

    उनले अन्तिममा भनेका छन्, म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र, मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्धसमर्थक र अन्धविरोधी होइन । ’

    भट्टराईको ११ बुँदे स्मरण जस्ताको तस्तै :

    कमरेड माधव नेपाल र म !
    कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !”
    कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा
    १. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।
    २. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।
    ३. नेकपा एमालेको पाँचौ महाधिवेशन ( २०४९ ) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।
    ४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।
    ५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।
    ६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।
    ७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।
    ८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।
    ९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिन । त्यसमा मलाई पछुतो छैन ।
    १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।
    ११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ ।
    गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्द्छु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होईन ।
    पुनश्च: कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होईन ।
    २०७९ असार १३ गते बिहान काठमान्डौ- धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।
  • नरोइकन बिदा भए किसान श्रेष्ठ, भने- मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु (भिडिओ)

    नरोइकन बिदा भए किसान श्रेष्ठ, भने- मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु (भिडिओ)

    काठमाडौं । पदबाट हात धोएका दुई मन्त्रीले हिजै बिदाई कार्यक्रममा पत्रकारहरूलाई बोलाएर आ-आफ्नो तरिकाले पीडा पोखे । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रुवाबासी नै गरिन् ।

    बहिर्गमनमा परेका अर्का मन्त्री किसान श्रेष्ठले भने आफूहरू बाहिरिँदा पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका थिए । हिजो संसदबाट बाहिरिँदै गर्दा पत्रकारसँग उनले भनेका थिए- नयाँ मन्त्री नियुक्त भएपछि हामी स्वत हट्छौं, किन राजीनामा दिनुपर्‍यो ? किन पत्रकार सम्मेलन गर्नुपर्‍यो ?

    तर, मन्त्री श्रेष्ठले हिजो आफैँले दिएको गफविपरीत आज पत्रकार सम्मेलन गरेर बिदा भए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर सम्मान गरेका थिए ।

    यस विषयमा प्रष्टीकरण दिँदै श्रेष्ठले मन्त्रालयको आग्रहमा बिदाई कार्यक्रममा आएको बताए ।

    ‘मैले त नगरौँ भनेको थिएँ, तर सचिवज्यूले कसरी हुन्छ मन्त्रीज्यू भनेर आग्रह गर्नुभएपछि आज आएको हुँ,’ उनले भने ।

    बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन् । बरु उनी ठट्यौलो रूपमा पेस भएका थिए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।

    उनले भने, ‘मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’

    उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए । आफूपछि आउने मन्त्रीलाई सहयोग गर्न कर्मचारीलाई उनले आग्रह गरे ।

    ‘अब आउने पनि हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ, उहाँलाई पनि मलाई जस्तै सहयोग गर्नुहोला,’ श्रेष्ठले भने, ‘यदि मसित कसैको चित्त दुखेको भए आजदेखि सबै भुलिदिनुहोला ।’

  • नेकपा एसको केन्द्रीय परिषद् बैठक बस्दै

    नेकपा एसको केन्द्रीय परिषद् बैठक बस्दै

    काठमाडौं । नेकपा एसको केन्द्रीय परिषद् बैठक आज बस्दैछ ।

    कमलादीस्थित प्रज्ञा भवनमा बस्ने पहिलो बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय निर्वाचनको समीक्षा, आसन्न प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचनको रणनीति, समसामयिक राजनीति मुख्य एजेण्डा छन् ।

    देशभरबाट झण्डै १५ सय सहभागी हुने परिषद् बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरिने साथै त्यसको आधारमा पार्टीको आगामी कार्यदिशा तय गरिने एक नेताले बताए ।

    परिषद् बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गर्नेछन् ।

  • नयाँ क्याबिनेटमा दुई मन्त्रीसहित दाङलाई ‘बोनस’, को हुन् मेटमणि र हिराचन्द्र ?

    नयाँ क्याबिनेटमा दुई मन्त्रीसहित दाङलाई ‘बोनस’, को हुन् मेटमणि र हिराचन्द्र ?

    रुपन्देही । नेकपा एसले मन्त्री हेरफेर गर्दा दाङका दुईजनाले अवसर पाएका छन् । नेकपा एसका पोलिब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरी सहरी विकास मन्त्री बनेका छन् भने केन्द्रीय सदस्य हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बने । नयाँ मन्त्रीहरूको सपथ आज हुँदैछ ।

    चौधरी दाङको क्षेत्र नं १ बाट र केसी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    भर्खर सकिएको स्थानीय निर्वाचनमा जिल्लाका १० पालिका र १ सय वडामध्ये एक वडाअध्यक्ष र एक सदस्यमात्रै जितेको नेकपा एसलाई नयाँ यी दुई मन्त्रीका कारण आगामी चुनावी रणनीतिमा सहयोग पुग्ने सो पार्टीका स्थानीय नेता-कार्यकर्ताले आशा जनाएका छन् ।

    को हुन् मेटमणि ?

    एमालेभित्र अन्तरसंघर्ष चलिरहँदा अध्यक्ष केपी ओलीका कडा आलोचकका रूपमा चिनिएका दङ्गाली नेता हुन् मेटमणि चौधरी । नेकपा एसको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष रहेका उनी यसअघि नै मन्त्री बन्ने करिब निश्चित भएपनि अन्तिम समयमा फालिएका थिए ।

    दाङको गढवा गाउँमा भगवतीप्रसाद चौधरी र शिवरात्रिदेवी चौधरी दम्पतीबाट २०२९ चैत १० गते जन्मेका मेटमणिको राजनीतिक इतिहास संघर्षमय छ । २०५८ सालमा खुमाकुमारी चौधरीसँग प्रेम विवाह गरेका उनीहरू दुवै राजनीतिमै क्रियाशील छन् । राजनीतिक परिवारमा जन्मकाले उनको सानै उमेदेखि राजनीतिप्रति चासो रहेको थियो । बुबा पनि राजनीति लागेकोले सानैदेखि राजनीतिमा रुचि भएको उनले बताउँदै आएका छन् ।

    मेटमणिको बुबा २०५१ सालको चुनावमा उम्मेदवार बनेका थिए । उनकी ठूलो दिदी दाङको गढवा गाउँपालिका निवर्तमान उपाध्यक्ष हुन् । अर्की दिदी पार्टीको शिक्षक सङ्गठनमा छन् । राजनीतिक र सामान्य परिवारमा हुर्केको उनको राजनीति यात्रा भने विद्यार्थी राजनीतिबाट २०४६ सालपछि मात्रै सुरू भएको हो । मेटमणि दाङ देउखुरीका स्थायी बासिन्दा हुन् । उनले अनेरास्ववियू छैटौँबाट राजनीति सुरू गरेपनि पछि प्रवेश गरे ।

    अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष, राप्ती अञ्चल कमिटीको सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्य बनेर उनले विद्यार्थी राजनीतिमा काम गरेका थिए । पार्टी राजनीतिमा नेकपा एमाले दाङ क्षेत्रीय कमिटी १ को सचिवको जिम्मेवारीबाट सुरू गरेका उनी क्षेत्रीय कमिटी सचिव, अध्यक्ष हुँदै २०५५ सालमा दाङ जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पार्टीको नवौं महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्लाको इन्चार्ज बनेका थिए । राजनीति यात्राकै क्रममा उनी २०५९ सालमा पक्राउ परेका थिए ।

    नेपालमा रहेका तत्कालीन दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएर बनेको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर मेटमणिले काम गरे । सानैदेखि खरो स्वभावका उनी नेकपा विभाजनपश्चात एमालेमै रहेका थिए । तर, माधवकुमार नेपालले एमाले विभाजनपछि बनाएको नयाँ पार्टी नेकपा एसमा उनी रहे ।

    २०७४ सालमा दाङ १ बाट करिब १४ हजार मतान्तरले प्रतिनिधिसभामा चौधरी निर्वाचित भएका हुन् ।

    मानव अधिकार जागरण मञ्च दाङको संयोजक, कमैया मुक्ति समाजको केन्द्रीय सदस्य, थारु विद्यार्थी समितिको केन्द्रीय कोषाध्यक्ष, थारू कल्याणकारी संघको केन्द्रीय सदस्यलगायत जिल्लामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत संलग्न रहेर उनले काम गरेका छन् ।

    अर्थशास्त्र र राजनीति शास्त्रमा एमए गरेका चौधरीले अहिले त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दैरहेको उनको सचिवालयले जनाएको छ । चौधरीका १ श्रीमती १ छोरी र १ छोरा छन् ।

    हिराचन्द्र केसीबारे संक्षिप्त जानकारी

    नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका हिराचन्द्र केसी पनि दङ्गाली नै हुन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले पनि यो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

    गत निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दीपक गिरीलाई पराजित गरेपछि उनी चर्चामा आएका थिए । ६ हजार ५ सय बढी मतान्तरले उनी विजयी भएका थिए । केसी एमालेको जिल्ला सचिवसमेत भए ।

    युवा संघबाट राजनीतिमा आएका उनी दुई दशकयता निरन्तर एमालेमा रहेपनि एमाले विभाजनपछि नेकपा एसमा लागे । नेकपाभित्र विवाद बढ्दै जाँदा नेपाल पक्षमा रहेपनि उनले अन्तिम समयसम्म पार्टीभित्रै अन्तरसंघर्ष गर्नुपर्ने बताउँदै आएका थिए ।

    दाङको तुल्सीपुर उपमहानगरपालिकाका ५ स्थायी बासिन्दा केसी प्ररायुसंघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य, एमाले जिल्ला कमिटी सदस्य हुँदै विभाजनअघि जिल्ला सचिव बनेका हुन् । उनी तुलसीपुरका सुन व्यवसायीसमेत हुन् ।

    क्षेत्र नं ३ मा नेतृत्वको खडेरी भएको बेला एमाले नेता शंकर पोखरेलले उनलाई ठाउँ दिएका थिए । केसी एमालेको जिल्ला सचिव हुँदा अध्यक्ष रहेका टिकाराम खड्का बल्ल तुल्सीपुरको मेयर बनेका छन् तर केसी संघीय संसद हुँदै मन्त्री बनेर फड्को मारेका छन् ।

  • नयाँ मन्त्रीहरूको सपथ आज

    नयाँ मन्त्रीहरूको सपथ आज

    काठमाडौं । गठबन्धन घटक नेकपा एकीकृत समाजवादीबाट थपिएका नयाँ मन्त्रीहरूको सपथग्रहण आज हुँदैछ ।

    शीतल निवासमा आयोजित विशेष समारोहबीच आज राष्ट्रमन्त्री विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने बताइएको छ ।

    आफूहरूलाई बिहान ११ बजे सपथका लागि बोलाइएको नयाँ एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

  • १० महिनामा झाँक्रीका घाम छाया : दृढ कदम, उन्मुक्त हाँसो र विरक्त आँशु

    १० महिनामा झाँक्रीका घाम छाया : दृढ कदम, उन्मुक्त हाँसो र विरक्त आँशु

    काठमाडौं । नेकपा एमालेको विभाजनका बेला एउटा तस्बिर आइकोनिक बनेको थियो । युवा नेतृ रामकुमारी झाँक्रीले वरिष्ठ नेता माधवकुमार नेपाललाई हातमै समातेर पार्टी दर्ताका लागि निर्वाचन आयोगतर्फ डोर्याएको दृष्य फोटोग्राफरले कैद गरेका थिए ।

    उक्त तस्बिरको विभिन्न ढंगले व्याख्याहरू भए । झाँक्रीलाई समग्र युवापुस्ताको प्रतिनिधि मानियो, जसले हिम्मतसाथ पुरानो पुस्ताको नेतालाई दिशानिर्देश गरिरहेकी थिइन् ।

    आलोचकहरूले चाहिँ नेपाललाई भड्खालोमा हाल्न रामकुमारीले प्रमुख भूमिका खेलेको अर्थमा उक्त तस्बिरलाई व्याख्या गरे । जे भए पनि यो दृश्यमा झाँक्रीको बोल्ड चरित्र नै झल्किएको थियो ।

    झाँक्री तत्कालीन एमालेको तेस्रो पुस्ताकी नेता थिइन् । पार्टीमा उनीभन्दा सिनियर कयौँ नेताहरू छन् । तर, दोस्रो पुस्ताको अधिकांश नेताहरूले नेता नेपाललाई विभाजनमा साथ नदिएपछि झाँक्री फ्रन्टलाइनमा आइन् । उनी नेकपा एसको ‘कि फिगर’ बनिन् । पुरस्कार स्वरूप नेपालले पहिले पार्टीमा सचिव बनाए भने पछि मन्त्रीमा सिफारिस गरे ।

    गत असोज २ गते शहरी विकासमन्त्री नियुक्त हुँदा औधी उत्साहित थिइन् झाँक्री । पदभार ग्रहण गर्दै गर्दा उनको अनुहारमा अनवरत हाँसो छाएको थियो । पहिलोपल्ट मन्त्री पदमा पुगेको खुसी र केही गरेर देखाउने अठोट देखिएको थियो, उनको अनुहारमा ।

    शहरी विकास मन्त्रालयमा मन्त्री झाँक्रीको कार्यसम्पादन सन्तोषजनक नै थियो । पछिल्लोसमय काठमाडौंको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र साहसँग सहकार्य गरेर उनले आफ्नो लोकप्रियता बढाएकी थिइन् । तर, यहीबीचमा पदबाट हात धुनुपर्दा उनी मर्माहत बनेकी छन् ।

    आज मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको अर्को भावुक रूप देखियो । माधवकुमार नेपाललाई डोहोर्याएर पार्टी फुटाउने ‘साहसी’ झाँक्री आज निकै निर्बल र विक्षिप्त अवस्थामा प्रस्तुत भइन् ।

    कार्यक्रममा सुरुदेखि उदास देखिएकी उनी आँशु लुकाउन सकिरहेकी थिइनन् । मन्तव्यका क्रममा त उनी बर्बरी आँशु खसालेर रोइन् । उनले पत्रकारको प्रश्नको राम्ररी जवाफसमेत दिन सकिनन् ।

    मन्त्री पद आफैँमा एउटा शक्ति मात्र नभएर अवसर पनि हो । कुनै पनि राजनीतिज्ञको जीवनको अभीष्ट हो । मन्त्रीको कुर्सीमा पुगिसकेपछि कोही पनि हत्पत्ति ओर्लिन चाहँदैन । तर, यो पद कसैले पनि सँधैका लागि ओगट्न सक्दैन । मन्त्री झाँक्रीले यो यथार्थ नबुझेकी पक्कै होइनन् । तर, आफूले ‘राम्रो काम गर्दागर्दै अपमानजनक तरिकाले हटाइएको’ मा उनको चित्त दुखाइ देखिन्छ । त्योभन्दा पनि बढी जुन नेतालाई हातमा समातेर उनले पार्टी निर्माणमा डोर्‍याइन उनले नै आफूलाई मन्त्रीमा निरन्तरता दिन नचाहेकोमा झाँक्री प्रताडित बनेकी हुन सक्छिन् ।

    मात्रै १० महिनाको अवधिमा रामकुमारी झाँक्रीको मनोदशामा आएको परिवर्तन तीन तस्बिरहरूले वर्णन गर्छन् । अघिल्लो तस्बिरमा उनी दृढ छिन् । फोकस्ड छिन् । दोस्रोमा उनी कमजोर छिन् । पिन्चे छिन् । विक्षिप्त छिन् ।

    पत्रकार सम्मेलनमा झाँक्रीले एउटा प्रश्नको मात्रै खुलेर जवाफ दिन सकिन् । नेपाल प्रेसका संवाददाता केशव भुलले सोधेका थिए, ‘पार्टीले फिर्ता बोलाउँदा हस्ताक्षर अभियान चलाउनुभयो । आज के साइत आएर पत्रकार सम्मेलन गरेर राजीनामा दिनुपर्ने अवस्था आयो ?’

    ‘सम्हालिने प्रश्न गर्नुभयो’ भन्दै झाँक्रीले यस्तो जवाफ दिइन् ।

    ‘हामी पार्टीबाट निर्णय भएरै आएका थियौँ । साथीभाइहरूले ५–६ महिनाको काउन्ट डाउन सुरु गरेको थाहा भएपछि अध्यक्षलाई भेटेर मिडियाबाट थाहा पाउनुपर्‍यो भने रमाइलो हुँदैन, हामीलाई जानकारी गराए आफै वातावरण बनाएर छोड्छौँ भनेका थियौँ । चैततिरैको कुरा हो ।

    एमसीसी फेल भए गठबन्धन के हुन्छ भन्ने स्ट्रेस थियो । केही मन्त्री बनाउने र बन्ने साथीहरूले शपथ खाएको कहिले हो रे भन्दै फोन गरे । असोज/कात्तिकतिर भनेपछि असोज कति गते भनेर सोधियो । २२ गते भन्नुपर्‍यो । अनि असोज, कात्तिक, मंसिर भनेर गनेको थाहा भएपछि काउन्ट डाउन सुरु गरेछन् भन्ने लाग्यो ।

    यसबिचमा स्थानीय चुनाव भयो र बजेट आयो । अनि मेरो पार्टीले निर्वाचनको समीक्षा गर्न बैठक बोलाएको भनेर मिडियामा पढियो । तर, मन्त्री फेर्ने निर्णय भएछ । हामीलाई थाहै भएन । तर पनि बजेटमा आफ्नो कार्यक्रमको डिफेन्स गरेर छोड्छौँ भनेर आयौँ । त्यो कुरा प्रधानमन्त्रीलाई पनि भन्यौँ । बजेटसम्म डिफेन्स गर्न पाउने वा छाड्ने भन्दा प्रधानमन्त्रीले बजेटसम्म काम गर्नुस् भन्नुभयो । मुख्य सचिवलाई पनि वातावरण बनाउन निर्देशन दिनुभयो । त्यसपछि हामी काममा लाग्यौँ ।

    मलाई अलिक धेरै रहर थियो आफूले गरेको कामको बारेमा व्याख्या गर्न संसद्मा । त्यसैले समय मागिएको हो । यो बीचमा अनेक अड्कलबाजीहरू भए । आज राष्ट्रियसभामा जवाफ दिएपछि साथीहरूलाई धन्यवाद भनेर हिँड्न चाहन्थेँ । त्यसैले प्रेसमिट आयोजना गरेका हौँ । भरे–भोलि मन्त्रीमण्डल पुनर्गठन होला । हामीले राजीनामा दिनुपर्दैन भन्नुभयो प्रधानमन्त्रीले ।’

    राजनीतिको घामछायाँ यस्तै रहेछ रामकुमारी झाँक्री जी ।

  • नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

    नेकपा एसका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सिफारिस बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरू हेरफेर गरेका छन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन् ।

    थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैन्दा तल छ ।

    जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् ।
    त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

    थपिएका नेकपा एसका सबै मन्त्रीहरुको वरियता सबैन्दा तल छ । जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थय राज्यमन्त्री नियुक्त भएका छन् ।

  • बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको उदासी, पटक-पटक आँशु पुछिन् (तस्बिरहरू)

    बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीको उदासी, पटक-पटक आँशु पुछिन् (तस्बिरहरू)

    काठमाडौं । पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छिन् ।

    बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उनी पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।

    मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिइन् । उनको अनुहारमा पूर्ण रूपमा उदासी छाएको थियो भने मुस्कान हराएको थियो ।

    उनी लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राएकी थिइन् । पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो । आँखामा गाजल लतपतिएको थियो ।

    मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए । साथै बुद्धमूर्ति उपहार दिए ।
    मन्त्री झाँक्रीले कार्यक्रममा सम्बोधन गरिनन् । उनले आफू बोल्न सक्ने हालतमा नभएको बताइन् ।

    हेर्नुस्,मन्त्री झाँक्रीका केही तस्विरः

    तस्बिरहरु : उमेश कार्की

  • काम गर्ने क्रममा बोल्न नजानेको भए नियत नठान्नु : प्रेम आले

    काम गर्ने क्रममा बोल्न नजानेको भए नियत नठान्नु : प्रेम आले

    काठमाडौं । पर्यटन मन्त्रीबाट राजीनामा दिएका प्रेम आलेले आफू जनजातिको छोरो भएकाले सिधा कुरा गर्ने बताएका छन् । काम गर्ने क्रममा बोल्न नजानेको भए त्यसलाई गलत रूपमा नलिन उनले आग्रह गरे ।

    आज मन्त्रालयमा बिदाइका क्रममा आयोजित पत्रकार सम्मेलनमा आलेले भने, ‘मैले कहिले पनि दुई थर कुरा गरेको छैन । जहिले पनि एउटै कुरा गरेँ । यदि मैले बोल्न नजानेको भए मेरो नियत थियो भन्ने नठान्नुहोला । मबाट केही त्रुटि भएको भए त्यसलाई रियलाइज गर्ने नै छु ।’

    आज संसदमा एक सांसदले आलेमाथि उनले हालै एक कर्मचारीलाई तुच्छ गाली गरेको बारे प्रश्न गरेकी थिइन् । उक्त प्रश्नमा आलेले कुनै जवाफ दिएका थिएनन् । यस विषयमा पत्रकारले प्रश्न गर्दा आलेले आज त्यस्तो प्रश्न सोध्नै नमिल्ने तर्क दिए ।

    ‘आज यो विषय कार्यसूचीमा नै थिएन । यो घटना भएको १२/१५ दिन भइसक्यो । आजका दिनसम्म माननीय सांसदले किन कानमा तेल हालेर बस्नु भयो ? पहिल्यै सोधेको भए जवाफ दिन तयार थिएँ,’ आलेले भने ।

    उनले यस घटनाबारे सचिवालयले प्रस्टीकरण दिइसकेको भन्दै थप बोलेनन् ।

  • राजीनामापछि प्रेम आले : ९ महिना बितेको पत्तो नै पाइनँ, ९० प्रतिशत सफल भएँ

    राजीनामापछि प्रेम आले : ९ महिना बितेको पत्तो नै पाइनँ, ९० प्रतिशत सफल भएँ

    काठमाडौं । पदबाट राजीनामा दिएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको उनको भनाइ छ ।

    राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।

    उनले भने, ‘मैले प्रक्रियामा भन्दा परिणामलाई प्राथमिकतामा राखेँ । यदि मलाई कुनै पत्रकारले आफ्नो कामबाट कति सन्तुष्ट हुनुभयो भनेर सोधेमा मेरो उत्तर हुन्छ–९० प्रतिशत सफल भएको छु । बाँकी जनताले नै मूल्यांकन गर्नेछन् ।’

    आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गजरे ।

    उनले थपे, ‘असोज २२ गते यसै हलमा आयोजित स्वागत समारोहमा भनेको थिएँ– मेरो अघिपछि लागेर मलाई खुसी पार्न नखोज्नु । नभन्दै त्यस्तै अनुभव भयो । जो कागजमा मात्रै काम गर्थे, तिनीहरू सधैँ प्रेम आलेको निगरानीमा परे । मैले पीँधमा भन्दा टाकुरामा निगरानी गरेँ ।

    आलेले मन्त्रीबाट हटिसकेपछि त्रिभुवन विमानस्थलमा श्रम बजारमा जाने आम नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र दोस्रो विमानस्थल परियोजना सधैँ सम्झिने बताए ।

  • दिक्दार छन् हुनेवाला मन्त्री : हट्नेवालासँग आँखा जुध्छ, बोलचाल हुँदैन

    दिक्दार छन् हुनेवाला मन्त्री : हट्नेवालासँग आँखा जुध्छ, बोलचाल हुँदैन

    काठमाडौं । जब बिहान हुन्छ, तब हुनेवाला मन्त्रीका कार्यकर्ता, आफन्त र शुभचिन्तकले एउटै कुरा सोधिरहन्छन्, शपथ कति बजे हो ? २१ दिन भयो, मन्त्री नियुक्त हुने भनिएका नेकपा (एकीकृत समाजवादी) का चार नेताले यस्तो तनावपूर्ण समय बिताइरहेको ।

    उक्त पार्टीले २२ जेठमा बहालवाला मन्त्रीलाई फिर्ता बोलाई तीन नयाँ र एक राज्यमन्त्रीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । एक जनालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ ।

    पार्टीले भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीबाट फुल मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम, मेटमणि चौधरी सहरी र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री हुने गरी सिफारिस गरेको थियो ।

    राज्यमन्त्री बनाउने गरी पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई नाम बुझाउँदा हिराचन्द्र केसी दाङमा थिए ।

    मन्त्री बन्ने खबर पाएको भोलिपल्टै काठमाडौं छिरेका उनी आज २१ दिनसम्म ‘अहिले होला’, ‘भरे होला’ भन्दै शपथ पर्खिरहेका छन् । त्यसो त मन्त्रीमा नाम सिफारिस नभए पनि सदन चलिरहेको कारण उनी काठमाडौं आउँथे नै, तर मन्त्री बनिहाल्ने कुराले जुन हतारोसाथ काठमाडौं छिरे, आएपछि तनावबाहेक केही पाएका छैनन् ।

    फागुन २० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि आगामी संसदीय निर्वाचनको तयारीका लागि शेरबहादुर कुँवर प्रायः जिल्लामै हुन्थे । तर, स्थानीय निर्वाचन लगत्तै जिल्लामा बढी आयोजना र बजेट पार्ने लविङका लागि उनी काठमाडौं आइपुगेका थिए ।

    अपेक्षा गरिएजति योजना र बजेट नपरेका कारण उनी निराश भएर अछाम फर्किने तयारी गर्दै थिए । तर, पार्टीको सचिवालय बैठकले मन्त्रीका रूपमा सिफारिस गरेपछि जहाजको टिकट बुक गरेका कुँवरले टिकट रद्द गरे ।

    उता, कुँवर धनगढी ओर्लिएपछि अछाम जाने व्यवस्था मिलाउँदै थिए, स्वकीय सचिव विनोद धामी । तर, कुरा उल्टो भइदियो । स्वकीय सचिव भोलिपल्टै काठमाडौं आइपुगे, कुँवर यतै रहे । २१ दिन भयो, ‘अहिले’, ‘भरे’, ‘भोलि’ भन्दै तनावपूर्ण दिन बितेको ।

    पर्यटन मन्त्रीमा सिफारिस भएका जीवनराम श्रेष्ठ अहिलेको तनावपूर्ण परिस्थितिलाई सामना गर्नुबाहेक अर्को विकल्प नभएको बताउँछन् । तर, यो घटनाले मान्छेहरू चिनाएको र कतिपयको अनुहार छर्लङ्ग भएको उनले बताए । ‘साथीहरू कस्ता रहेछन् भन्ने पनि चिन्न पाइयो’, उनले भने, ‘ठिकै छ, अब भरे, भोलि त भइहाल्ला (शपथ) ।’

    नेपालको संसदीय इतिहासमा थुप्रै पटक अहिलेकोजस्तो साझेदारी सरकार बनेको, तर अहिलेजस्तो एउटा दलले फिर्ता बोलाएका आफ्ना मन्त्री फिर्ता नहुने र सिफारिस गरिएका नयाँ मन्त्रीको शपथ नगराउने घटना पहिलो भएको उनी बताउँछन् । ‘संसदीय व्यवस्था र गठबन्धन संस्कृतिको जुन मर्यादा एवं संस्कार हुनुपर्थ्यो, त्यस्तो भएन’, शपथ ढिला भएकोबारे उनले भने, ‘अरूलाई के भन्नु, हाम्रै साथीहरू (बहालवाला मन्त्री) का कुरा बुझ्न सकिएन ।’

    ‘आँखा जुध्यो, बोलचाल भएन’

    बहालवाला सहरी विकास मन्त्री रामकुमारी झाँक्री र त्यही मन्त्रालयका हुनेवाला मन्त्री मेटमणि चौधरीबीच पार्टीको पोलिट्व्युरो बैठकमा भेट भयो । उनीहरूको आँखा जुध्यो, तर कुरा भएन ।

    ‘म के छ कमरेड भन्न खोज्दै थिएँ, उहाँले त वास्तै गर्नुभएन’, चौधरीले भने, ‘बोलेर के बिग्रिन्थ्यो र, आखिर हामी पार्टीले जे निर्णय गर्छ, त्यहीअनुसार चल्ने न हो ।’

    रमाइलो छ, आलोक नगर

    १० असारदेखि पार्टी केन्द्रीय कार्यालयमा चलेको स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीका बैठकमा बहालवाला र हुनेवाला मन्त्रीबीच प्रशस्तै जम्काभेट भए । तर, एकापसमा राम्रो बोलचाल छैन ।

    खासमा दुवै पक्ष तनावमा छन् । बहालवाला मन्त्रीहरू छाड्नुपर्ने कारण तनावमा छन् भने हुनेवाला मन्त्री कहिले हुने भन्ने तनावमा छन् । छाड्नुपर्नेहरु छाड्न नपरोस् भनेर दौडधुप गर्दैछन्, हुने भनी सिफारिस भएकाहरू पार्टी निर्णय कार्यान्वयन नभएकोमा आक्रोशित छन् ।

    बहालवाला श्रम मन्त्री किसान श्रेष्ठसँग पार्टीको केन्द्रीय कमिटी बैठकमा भेट हुने अपेक्षा थियो, शेरबहादुर कुँवरको । तर, मन्त्री श्रेष्ठ उक्त बैठकमा गएनन् । ‘आउनुभएको भए भेट होला भन्ने लागेको थियो, तर नदेखेपछि मैले पनि सोधखोज गरिरहने कुरा भएन’, कुँवरले भने ।

    हुनेवाला सबै मन्त्रीका सचिवालयहरू करिब करिब तयार भइसकेको छ । सबैका पुरानै स्वकीय सचिवहरू छन् । अहिले ती स्वकीय सचिवहरू नेताको फोनमा शपथबारे सोधिने जवाफ दिएर हैरान छन् ।

    ‘कुनै नयाँ नम्बरबाट फोन आयो कि राष्ट्रपति कार्यालयबाट पो हो कि भन्ने भइसक्यो’, पार्टी केन्द्रीय सचिवसमेत रहेका जीवनराम श्रेष्ठको सचिवालय सम्हालेका पूर्व पत्रकार भीमसेन राजवाहक भन्छन्, ‘फोन गर्नेलाई हुने निश्चित हो, कहिले भनेर नसोध्नुस् भन्ने गरेको छु ।’

    हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङसँग अहिलेकै स्वकीय सचिव भक्त खड्का, मेटमणिका गौरव महरा, हिराचन्द्रका सन्तोष ओली, शेरबहादुरका विनोद धामीहरूको पीडा पनि उस्तै हो ।

    ‘बधाई दिनेहरूले दिइसके, अब शपथ लिएर बहाली हुन मात्रै बाँकी छ’, पार्टी कार्यालयमा भेटिएका एक जना हुनेवाला मन्त्रीले भने ‘मन्त्रालय, विभाग र विभिन्न निकायका कर्मचारीले बिहानैदेखि घर घेर्न थालिसके, तर शपथको अझै टुङ्गो भएन ।’

  • सिंहदरबारमा पत्रकार बोलाएर मन्त्री झाँक्री राजीनामा बुझाउन सुटुक्क बालुवाटार

    सिंहदरबारमा पत्रकार बोलाएर मन्त्री झाँक्री राजीनामा बुझाउन सुटुक्क बालुवाटार

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन बालुवाटार लागेकी छन् ।

    सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेकी झाँक्री पत्रकारलाई मुख नदेखाई राजीनामा बोकेर बालुवाटार हिँडेकी हुन् ।

    मन्त्री झाँक्रीको सचिवालयले पौने पाँच बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरिने बताएको थियो ।

    आजै मन्त्रालयका कर्मचारीहरू उनलाई बिदाइ गर्न स्ट्यान्डबाइ छन् । तर, पत्रकारहरूलाई मन्त्रालयमै पर्खाएर झाँक्री सुटुक्क सिंहदरबार लागेकी हुन् ।

    उनले राजीनामा बुझाइ सकेर पत्रकार सम्मेलनमा उपस्थित हुने बुझिएको छ ।

  • एमाले विभाजन सम्झिँदै नेपालले भने- विद्रोह गर्न कति गाह्रो भएको थियो

    एमाले विभाजन सम्झिँदै नेपालले भने- विद्रोह गर्न कति गाह्रो भएको थियो

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रो गर्दा आफूहरूले निकै दु:खकष्ट गरेको बताएका छन् । अनेकन तरिका लगाएर बल्लबल्ल विभाजनका लागि आवश्यक संख्या पुर्‍याएको उनले सम्झिए ।

    पार्टीनिकट महिला संगठनको कार्यक्रममा बोल्दै नेपालले आफूहरूसँग तीन विकल्प रहेकोमा विद्रोह रोजेको बताए ।

    उनले भने, ‘हामीसँग केपी ओलीको दास बनेर बस्ने, गेरु वस्त्र लगाएर राजनीतिबाट सन्‍न्यास लिने र विद्रोह गर्ने तीन विकल्प थिए । हामीले विद्रोह रोज्यौँ । तर, विद्रोह गर्न कम्ती गाह्रो भएको थियो ।’

    नेपालले सम्झिए, ‘भदौ २ गते हामीले होटल अर्यालबाट साथीहरूलाई बसमा राखेर चन्द्रागिरीमा लगेर दुई दिन राख्यौँ । केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौंला भन्ने सोचेका थिए । तर, उनको सबै योजना फेल गरायौँ । कति कष्ट गरेर बल्लतल्ल संख्या पुर्‍यायौँ ।’

    उनले सधैँ सोझो पाराले नहुने भन्दै कहिलेकाहीँ उद्देश्य र बाटो फरक हुने बताए ।

    ‘उद्देश्य एउटा हुन्छ, तरिका अर्को हुन्छ । कहिले पूर्व गएजस्तो, कहिले पश्चिम गएजस्तो । तर गन्तव्य एउटै,’ नेपालले भने, ‘पछिल्लो कालमा विद्रोह गर्ने बेलामा हाम्रो पक्षमा अलिकति अनुकूलता भयो र सफल भयौँ ’, नेपालले भने ।

    उनले १० भाइलाइ दौडधुप गर्न लगाएर जेठ २ अगाडिको अवस्थामा फर्काउने नक्कली सर्त राखिएको बताए ।

    ‘तर अहिलेसम्म पनि जेठ २ गतेको अवस्थामा फर्किएको छैन । ती १० भाइले न्याय पाएनन् । जे हामीलाई लागेको थियो, त्यही भयो,’ नेपालले भने ।

  • पार्टीका महिलासँग माधव नेपालको गुनासो- यत्रो महिला हिंसाको इस्यू आउँदा किन सडकमा उत्रिनुभएन ?

    पार्टीका महिलासँग माधव नेपालको गुनासो- यत्रो महिला हिंसाको इस्यू आउँदा किन सडकमा उत्रिनुभएन ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महिला हिंसाका चर्चित मुद्दाहरूमा आफ्नो पार्टीको महिला संगठनले सक्रियता देखाउन नसकेको गुनासो गरेका छन् । उनले यस्ता मुद्दा आउनासाथ पत्रकार सम्मेलन गर्नेदेखि रत्नपार्कमा जुलुस निकाल्नेसम्मका गतिविधि गर्न महिला नेतृहरूलाई सुझाव दिए ।

    पार्टीनिकट महिला संगठनको कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, ‘यत्रो महिला हिंसाको इस्यूमा तपाईँहरू सडकमा कतै देखिनुभएन । तपाईँहरू व्यानर लिएर सडकमा उत्रिनुपर्थ्यो । मन्त्रीकहाँ डेलिगेसन जानुपर्थ्यो । पत्रकार सम्मेलन गर्नुपर्थ्यो । मण्डला र रत्नपार्कमा जुलुस निकाल्नुपर्थ्यो । तर, तपाईँहरूले केही गर्नुभएन ।’

    नेपालले भित्रभित्र भावना उम्लिए पनि त्यसलाई बाहिर नपोख्दासम्म अर्थ नहुने बताए ।

    ‘कोही महिलामाथि हिंसा हुँदा आफूमाथि भएको सम्झेर विरोध गर्नुपर्छ । न्यायको आवाज उठाउनुपर्छ परिवारका सदस्यलाई भेटेर सान्त्वना र साथ दिनुपर्छ,’ नेपालले सिकाउँदै भने ।

  • नेकपा एसको निर्णय- मन्त्रीको शपथ तत्काल नगराए हाम्रो अपमान सम्झनेछौँ (भिडिओ)

    नेकपा एसको निर्णय- मन्त्रीको शपथ तत्काल नगराए हाम्रो अपमान सम्झनेछौँ (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

    शनिवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले अब प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खिन नसकिने बताए ।

    खतिवडाले अब शपथग्रहण गराउन ढिला भए नेकपा एसलाई गरिएको अपमानका रूपमा बुझिने भन्दै कांग्रेस र माओवादीभित्रको विवाद मिलाउन नेकपा एसभित्र नखेल्न चेतावनी दिइएको बताए ।

    खतिवडाले नेकपा एसले पठाएका मन्त्रीहरूको सूची हेरफेर नहुने भन्दै मन्त्रीहरूले बुझाएको फरक नामको अर्थ नहुने प्रस्ट पारे ।

    नेकपा एसको बैठकले गठबन्धनलाई नै जोड दिँदै पाँच दलबाहिरका दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

  • एमालेलाई पराजित नगरेसम्म हाम्रो विद्रोहको जित हुन्न, गठबन्धनबाटै हराउने हो : नेपाल

    एमालेलाई पराजित नगरेसम्म हाम्रो विद्रोहको जित हुन्न, गठबन्धनबाटै हराउने हो : नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आउँने संसदीय चुनावमा एमालेलाई सम्पूर्णरुपले पराजित नगरेसम्म आफूहरुले गरेको विद्रोह र संघर्षको जित नहुने बताएका छन् ।

    पार्टीको केन्द्रीय कमिटी बैठकमा समापन भाषण गर्दै अध्यक्ष नेपालले नेकपा एसले एमालेसँग एकता र सहकार्य गर्ने भनेर कतिपयले प्रचार गरिरहेको भन्दै त्यो सम्भावना नरहेको प्रष्ट पारेका हुन् ।

    नेपालले एमालेलाई पराजित नगरेसम्म संघर्षको जित नहुने प्रष्ट पारे । उनले स्थानीय तह निर्वाचनबाट पाठ सिकेर गठबन्धनलाई अझ मजबुत बनाउँनुपर्ने बताए । उनले गठबन्धनमात्र भनेर भर परेर नबस्न र आफ्नो शक्ति बढाउँन पनि नेताहरुलाई आग्रह गरे ।

    नेपालले आउँने चुनावमा पनि गठबन्धन गर्ने भनेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले भनिसकेको र गठबन्धनबाटै एमालेलाई परास्त गर्न सकिने प्रष्ट पारे ।

    बैठकमा नेपालले भने– हामी गठबन्धनमा भएका पार्टीहरुसँग छुट्टाछुट्टै छलफल गर्ने छौ , र उहाँहरुको नजरमा हाम्रो भुमिका कस्तो छ थाहा हुन्छ , त्यसपछि हामी परिस्थिति हेरेर माग गर्ने छौ, आफ्नो कुरा राख्ने छौ, त्यस्तो हुँदा हामीले धोका खादैँनौ ।

    नेपालले स्थानीय तह चुनावमा नेकपा एसले ९ लाख मत पाएको दाबी गर्दै आफूहरुसँग २० लाख भन्दा बढी मत रहेको बताए । अध्यक्ष नेपालले मन्त्रिपरिषद हेरफेरको निर्णय कार्यन्वयन गर्न प्रधामन्त्रीलाई पटकपटक भनिएको भन्दै कांग्रेस र माओवादीभित्रको अप्ठेरोका कारण पनि ढिला भएको बताए ।

  • हट्न लागेका मन्त्रीले बुझाए नेकपा एसमा नयाँ मन्त्रीको सूची

    हट्न लागेका मन्त्रीले बुझाए नेकपा एसमा नयाँ मन्त्रीको सूची

    काठमाडौं । मन्त्री हेरफेरसम्बन्धी पार्टी निर्णयको विपक्षमा संसदीय दलको बैठक माग गर्दै दिएको निवेदनबाट हस्ताक्षर फिर्ता लिएका पर्यटन मन्त्री प्रेम आलेले नयाँ मन्त्रीहरूको सूची समावेशी नभएको भन्दै पार्टीमा अलग नाम पेस गरेका छन् ।

    उनले गैर सांसद र गैर समावेशी टिमको विपक्षमा सांसदहरूको समावेशी टिमको नाम सिफारिस गरेको बताइएको छ ।

    स्रोतका अनुसार हट्ने मन्त्रीहरूको तर्फबाट सिफारिस गरिएको नाममा सांसद कृष्णलाल महर्जन, निरा जैरु, धनबहादुर बुढा र हिराचन्द्र केसी छन् । त्यस्तै मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

    हट्ने भनिएका अन्य मन्त्रीले भने सो सूची आलेको एकल भएको भन्दै आफूहरू हस्ताक्षरमा कायमै रहेको बताएका छन् ।

    पार्टीले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर कुँवर र हिराचन्द्र केसीको नाम सिफारिस गरेको छ ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

    बैठक काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बस्न लागेको हो ।

    आजको बैठकमा राजनीति प्रतिवेदन पेश गर्ने, मन्त्रीको विषयमा केन्द्रिय सदस्यको कुरा सुन्ने, पार्टी अध्यक्ष माधव नेपालले आफ्नो भनाइ राख्ने र
    अब आउने चुनावी तयारीको बारे छलफल गर्ने लगायतको ऐजण्डा रहेको पार्टी प्रचारप्रसार प्रमुख जगन्नाथ खतिवडाले बताए ।

    यस्तै १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।

  • माधव नेपाल नेता हुन् नेता ! अपमान सहन जन्मिएका होइनन्

    माधव नेपाल नेता हुन् नेता ! अपमान सहन जन्मिएका होइनन्

    काठमाडौं । असार २९ गते सर्वोच्च अदालतको परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त शेरबहादुर देउवाले साउन ३ मै संसदबाट विश्वासको मत लिने सूचना चुहिएपछि तत्कालीन नेकपा एमालेमा समानान्तर कमिटी चलाइरहेका माधव नेपाल पक्षधर नेताहरु झस्किए ।

    पार्टी एकताका लागि १० बुँदे सहमति गरेर बसेका भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु ३ गते बिहानै माधव नेपालको घरमा पुगेर ‘के गर्न लागेको ?’ भन्दै जिज्ञासा राखे । उनीहरु देउवाले विश्वासको मत लिन हतार गरेकोमा सशंकित थिए ।

    आफूहरुसँग सल्लाह नगरी माधव नेपालले देउवालाई विश्वासको मत दिन लागेको संकेत पाएका नेताहरुले त्यसो गर्दा संसदीय मर्यादाविपरीत हुने र नेकपा एमाले विभाजन हुने भन्दै नेपाललाई रोक्न खोजे । तर, नेपाल रोकिने मुडमा थिएनन् । उनले त्यतिञ्जेल देउवा र प्रचण्डबाट एमालेकै केपी ओली पक्षधर आधा दर्जन बढी सांसदको भर्पाइ गराइसकेका थिए । नेपाललाई त्यसवेला नेताहरु होइन सांसदहरु चाहिएको थियो ।

    माधव नेपालको जुगाड

    ‘तपाईंहरु जे गर्नुहुन्छ गर्नुस्, म देउवालाई विश्वासको मत दिन्छु’ भन्दै नेपाल टक्टकिएपछि भीम रावललगायतका नेताहरु माधव नेपालजस्ता डरपोक नेताको शक्तिको स्रोत खोज्न लागे । आफूसँग देउवा सरकार जोगाउन पुग्ने सांसद जुगाड भइसकेको नेपालले बताएका थिए । हुन त योगेश भट्टराईलगायतले जसको भरमा पार्टी फुटाउँदै हुनुहुन्छ तिनीहरु राजनीतिक मान्छे होइनन्, तपाई पश्चातापमा पर्नुहुन्छ भनेका थिए । तर, त्यसबेला माधव नेपाल जसले भने पनि पछि नहट्ने ठाउँमा पुगिसकेका थिए ।

    नभन्दै साउन ३ गते साँझ देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा माधव नेपाललाई निरन्तर साथ दिँदै आएका १० भाइ सांसद मतदान प्रक्रियामा भाग नलिई संसदबाट बाहिरिए । तर, ओलीलाई साथ दिँदै आएका प्रेम आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, पार्वती बिसुंखे, वीना बुढाथोकी, समिना हुसेनलगायतले देउवालाई विश्वासको मत दिए ।

    जसले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति भवनदेखि सर्वोच्च अदालतसम्म हस्ताक्षर लिएर गए, उनीहरुले विश्वासको मत दिएनन् । त्यही दिनबाट माधव नेपाल र उनले भरोसा गरेका र दुनियाँले पत्याएका दोस्रो तहका नेताहरुबीचको बाटो अलग भयो । माधव नेपाल कुनै हालतमा एमाले विभाजन गर्ने पक्षमा उभिए भने १० बुँदे सहमति गरेका नेताहरु कुनै हालतमा पार्टी नफुटाउने पक्षमा उभिए ।

    करिब एक महिनापछि देउवा सरकारले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य भए पुग्ने अध्यादेश ल्याइदियो । त्यो अध्यादेश माधव नेपालका लागि एमाले विभाजन गर्न ल्याइएको थियो । नेपालसँग २० प्रतिशत पनि सांसद नपुग्ने अवस्था थियो ।

    पद, पैसा र स्कुटर

    मन्त्री बन्नकै लागि केही सांसदले ओली छाडेर माधव नेपाललाई साथ दिए । कतिपयले त्यतिबेला नगद बुझे । एमाले विभाजनका लागि माधव नेपाललाई निर्णायक बेलामा साथ दिएका एकजना मन्त्रीका अनुसार समानुपातिकतर्फका केही सांसदलाई पैसा र स्कुटर किनेर दिइयो । केहीलाई ठेक्का र केहीलाई अर्कोपटक मन्त्रीको आश्वासन दिइयो ।

    राजनीतिमा लागेर अब केही पाइने आशा नभएका तीनजना सांसदले जनही ५० लाख बुझेको चर्चा मन्त्रीहरुको निवासमा अझै चल्ने गरेको छ । विधि पद्धतिको पक्षमा एमालेभित्र लडेको र त्यो नभएपछि विद्रोह गरेको भन्ने गरेका माधव नेपाल आज त्यही भूमरीमा फसकेका छन् ।

    पूर्वसहमतिअनुसार ४ जना मन्त्रीले पदत्याग गर्न मानेनन् । बरु उनीहरुले शेरबहादुर देउवा र प्रचण्डलाई सामूहिक र एक्लाएक्लै भेटेर यदि माधव नेपालको निर्णय लागू भएमा पार्टी फुटाउने र सरकार अल्पमतमा पर्नसक्नेसम्मको चेतावनी दिए । बजेट नै पारित नभएर सरकार अल्पमतमा पर्ने खतरा देखिएपछि देउवाले नै नेकपा एसको निर्णय कार्यान्वयन गरेनन् ।

    यो कुरा नेकपा एसका नेता तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले मुख खोलेरै भनिसके । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले नेकपा एसको निर्णयको वैधता र यस पार्टीको सार्वभौमिकतामाथि धावा बोलेको चौधरीको भनाइमा दम भए पनि नेकपा एस आफैंमा स्वतन्त्र पार्टी होइन भन्ने घटनाक्रमहरु बुझ्नुपर्छ ।

    विधि पद्धति र परिबन्द

    सबैभन्दा बढी विधि र पद्धतिको वकालत गर्ने माधव नेपालले एमाले विभाजन गर्दा दुवै पदावली पछ्याएनन् । विधिको हिसाबले उनले नेकपा एमाले विभाजन गर्नु वा उनको भाषामा विद्रोह गर्नुको औचित्यमाथि आज पनि प्रश्न कायमै छन् ।

    न एमालेको विधानअनुसार न त मुलुकको कानूनअनुसार नेकपा एस गठन भएको हो । विधिको हिसाबले तत्कालीन नेकपामा केपी ओली सरकारले ल्याएको ४० प्रतिशतवाला अध्यादेशको विरोध गरेर फिर्ता गराउने माधव नेपाल नै एमाले विभाजन गर्न आफूलाई पायक पर्नेगरी २० प्रतिशतको अध्यादेश ल्याउने र त्यसको सहारामा नयाँ दल बनाउने नेतामा दरिए ।

    माधव नेपाल कुन परिबन्दमा थिए ? जसले गर्दा उनलाई एमाले विभाजन नगरी नहुने अवस्था आयो ? यसको जवाफ सम्भवतः केही वर्षमा नेपालले नै दिनेछन् । तर, विधि पद्धति, राजनीतिक, सांगठनिक कुनै पनि हिसाबले नेकपा एसको गठनको औचित्य स्थापित गर्न नपाउँदै यो पार्टी विघटनको दिशामा गएको छ ।

    जसले नेकपा एस गठनका लागि २० प्रतिशत पुर्याउन सांसदको योगदान गरे उनीहरु नै आफूहरुलाई मन्त्रीबाट हटाइएमा जे पनि हुन सक्ने चेतावनी दिँदैछन् । यदि नेकपा एसले गरेको निर्णय कार्यान्वयन भए देउवा अल्पमतमा पर्ने र कार्यान्वयन नभए माधव नेपाल संकटमा पर्ने अवस्था अहिले देखिएको छ ।

    आजभोलिमै नेकपा एसको निर्णय कार्यान्वयन होला, मन्त्रीहरु पनि हेरफेर होलान् । तर, नेकपा एसले दलको आकार लिन भने कठिन छ । मन्त्रिपरिषद् हेरफेरसँगै नेकपा एसमा पनि धेरै हेरफेर हुनसक्छ । उसै पनि मतदाताको तहसम्म पुगिनसकेको पार्टी मन्त्री पदका कारण विघटनतर्फ गइरहेको छ । आज नेकपा एसमा रहेका २४ मध्ये सबै सांसदहरु आउने चुनावसम्म सोही पार्टीमा रहने देखिन्न ।

    माधव नेपाल नेतृत्वको पार्टी मुलुकको र कम्युनिष्ट आन्दोलनको आवश्यकताका लागि नभएर सत्ताका लागि आवश्यक थियो । त्यसैले गैरकानूनी बाटोमार्फत नेकपा एसलाई जन्म दिइएको थियो । सभामुख र प्रधानमन्त्री मिलेर बनाइएको पार्टीका वैधानिकता अदालत परीक्षण भइरहेको बेला प्रधानन्यायाधीशले सहयोग गर्ने ग्यारेन्टी नभएपछि महाअभियोग लगाएर अहिलेसम्म पेण्डुलम बनाइएको यथार्थलाई लुकाउन मिल्दैन । यसले पनि नेकपा एकीकृत समाजवादी लामो समय कायम राख्न बनाइएको दल नै होइन भन्ने पुष्टि गर्छ ।

    इगो, कुण्ठा र बिगो

    वास्तवमा माधव नेपालको एमालेबाट विद्रोह भनौं वा पलायन, त्यो कुनै सैद्धान्तिक कारणले नभएर इगो, कुण्ठा र अदृश्य शक्तिसँग गरिएको वाचाको कारण थियो । उनलाई साथ दिनेहरुहरु पनि कि एकबारको जुनीमा मन्त्री बन्ने अतृप्त आत्माहरु थिए कि त उनीजस्तै कुण्ठा, अपमान र इगोबाट ग्रसित थिए । अनि धेरैजसो राजनीतिमा आउडेटेडहरु थिए । उनको पार्टीमा दुनियाँलाई देखाउने राष्ट्रिय फिगरहरु नै रहेनन् ।

    पार्टी बनाउँदा र सरकारमा पठाउँदा ६/६ महिनामा मन्त्रीहरु फेरिने र सबैले भाग पाउने भनिएको थियो । तर, ९ महिनामा फेर्न खोज्दा पनि मन्त्रीहरुले किन बगावत गरे ? पार्टीको निर्णय किन मानेनन् ? यसले के देखाउँछ भने माधव नेपालको पार्टीले पार्टीको स्वरुप लिएकै रहेनछ । जो मान्छेहरु (सांसदहरु) लागे उनीहरुले माधव नेपालको दल बनाइदिएबापत भाग खोज्ने नै भए ।

    प्रचण्डले बेला–बेलामा भन्छन्, ‘निकै ठूलो मेहनत र लगानीबाट माधव नेपालको पार्टी बनाइएको हो ।’ त्यसैले उनले माधव नेपालको पार्टीका निर्णय रोक्ने हैसियत पनि राख्छन् । भन्नलाई त माधव नेपालको विद्रोहका कारण देउवा प्रधामन्त्री बनेको र माओवादीको सक्किएको साख जोगिएको भन्छन् नेकपा एसका नेताहरु । यथार्थ के हो १० जनाले देखाइदिए ।

    खासमा माधव नेपालको अहिलेसम्मको उपलब्धि भनेको एमालेको सरकार ढालेर पार्टी विभाजन गर्नु र केही थान लोभीपापीलाई मन्त्री बनाउनुबाहेक अरु केही देखिएन । विधि पद्धतिको व्याख्याता माधव नेपाल आज आफ्नै निर्णय कार्यान्वयन गराउन नसक्ने निरीह हालतमा पुगेका छन् ।

    गठबन्धनका दलहरुले उनीभन्दा बलिया उनका मन्त्री र सांसदहरुलाई देखिसके । नेकपा एसको हैसियत स्थानीय तह निर्वाचनमा देखिइसक्यो । गठबन्धनको बलमा २० वटा पालिका प्रमुख जितेको नेकपा एसले एक्लै लडेर जितेको भनेको तीमध्ये ५ वटा पालिका हुन् मधेसका । जहाँ गठबन्धन भएन, त्यहाँ नेकपा एसले कुनै पनि पालिकामा एक्लै ५०० मत कटाउन सकेको छैन ।

    ‘म नेता हुँ नेता’ भन्ने माधव नेपालले बितेका वर्षहरुमा सबैभन्दा बढी बोलेको शब्द हो अपमान..। उनी अपमान सहन नसक्ने नेता हुन् । ओलीले अपमान गरेकै कारण प्रचण्डसँग लाग्नुपरेको बताइसकेका छन् । तर, गठबन्धनभित्र स्थानीय चुनावबाट सुरु भएको अपमान आउने प्रदेश र संघीय चुनावमा अझ बढ्ने निश्चित छ ।

    आफ्नै मन्त्री र सांसदले अपमान गरेर ध्यानाकर्षणपत्र बुझाइसकेका छन् । नेपालले जति प्रयास गरे पनि नेकपा एमाले विभाजनको औचित्य साबित गर्न त सक्ने छैनन् नै, गठबन्धनको औचित्य पनि उनका लागि कमजोर बन्दैछ ।

    आफ्नै सांगठनिक र जनाधार नभएको र एकथान मन्त्रीबाहेक अरु केही होइन भन्ने समूह बोकेर हिँडेको नेताले सामना गर्ने भनेको दुर्घटना नै हो र अपमान नै हो । किनकि माधव नेपालको पार्टीमा लागेका ९९ प्रतिशत मान्छेहरुलाई यो पार्टीले गरिखान्छ भन्ने आत्मविश्वास नै छैन । इगोमा बनेको पार्टीले व्यहोर्ने यस्तै बिगो नै हो ।

    अहिलेका घटनाक्रमबाट जोगिए पनि माधव नेपालको पार्टी एकल अस्तित्वमा टिक्न सक्दैन । बढीमा आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म गठबन्धनमा देउवाले उदारता देखाउँदासम्म यो दल टिक्ने हो । माधव नेपालको सन्दर्भमा प्रचण्डभन्दा देउवा बढी उदार छन् र उनले स्थानीय तह चुनावका बेलासमेत माधव नेपाललाई सडकमा फाल्न नसक्ने बताएका थिए ।

    नेकपा एसलाई माओवादीले पनि मौका पाउँदा अपमान गरेको तीतो अनुभव माधव नेपालले जति कसले भोगेको होला र ? लोभीपापी र आउटडेटेडहरुलाई बोकेर कुनै गन्तव्यमा पुगिन्न भन्ने पनि उनले बुझेका छन् । मात्र यो भारी कहाँ लगेर बिसाउने भन्नेमात्र हो ।

    स्थानीय चुनावको बेला सीट बाँडफाँटमा गठबन्धनबाट हेपिएपछि माधव नेपालले भनेका थिए, ‘हामी अपमान सहन जन्मिएका होइनौं ।’ तर, त्यसपछि लगातार अपमानबाहेक उनको भागमा केही परेको छैन । झलनाथ खनालले समेत आफूहरु कांग्रेस र माओवादीको भोटरमात्र बन्नु परेको र अपमान सहनुपरेको बताए ।

    त्यसो भए ओलीको अपमानभन्दा धेरै तल्लो तहबाट अपमान झेल्न माधव नेपाल अभिशप्त हुन् ? अबका केही दिनमा अरु परिदृश्यहरु खुल्नेछन् ।

    एउटा के कुरामा प्रष्ट हुनुपर्छ भने, माधव नेपाल १० प्रतिशत संख्या पनि नपुगेर देउवालाई विश्वासको मत पुर्‍याउन सक्ने संख्यासमेत नभएर बसेको बेला ओलीलाई छाडेर उनलाई साथ दिन गएकाहरू समाजवादी क्रान्तिका लागि गएका थिएनन् । माधव नेपालको मायाले वा केपी ओलीको पेलानमा पनि थिएनन् । एकमात्र उद्देश्य थियो मन्त्री हुने र खाने । जुन प्रयोजनका लागि माधवलाई साथ दिएका थिए त्यो गुमाएपछि उनीहरू त्यो पार्टीमा बस्नुको कुनै अर्थ थिएन र छैन ।

    कानूनीरूपमा दल विभाजन गर्न नमिले पनि राजनीतिक रूपमा अझै केही छिद्रहरू सत्ता राजनीतिमा बाँकी नै छन् । यही बुझेर देउवाले माधव नेपालको अपमान गरेर भए पनि अहिलेका मन्त्रीहरूलाई चलाएका छैनन् । हुन त देउवा र प्रचण्डले पनि त्यो दिनसम्म माधव नेपाललाई प्रयोग गर्छन् जुन दिनसम्म आवश्यक हुन्छ । एमालेलाई पराजित गर्नका लागि माधव नेपाल निर्णायक शक्ति रहेनन्, सहायकमात्र रहे । त्यसैले यो सत्ता राजनीतिको खेलमेलोसँगै माधव नेपालले अझ धेरै अपमानका सिलसिलाहरू झेल्नुपर्नेछ । त्यतिबेला अवसरवादीहरु तितरबितर भइसकेका हुनेछन् ।

  • पोलिटब्यूरो बैठकमा आलेले भने- १२ घण्टाभित्र पार्टीको निर्णय लागू गराउँछु

    पोलिटब्यूरो बैठकमा आलेले भने- १२ घण्टाभित्र पार्टीको निर्णय लागू गराउँछु

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मन्त्री हेरफेरसम्बन्धी पार्टीको निर्णय १२ घण्टाभित्र कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने बताएका छन् ।

    नेकपा एसको पोलिटब्यूरो बैठकमा बोल्दै मन्त्री आलेले पार्टीको निर्णय मान्न आफू बाधक नभएको प्रष्टीकरण दिएका हुन् ।

    आलेको भनाइ उदृत गर्दै एक सदस्यले भने, ‘म पार्टीको निर्णय मान्न तयार छु । मैले पहिले नै भनेको हुँ । अब १२ घण्टाभित्र यो निर्णय कार्यान्वयन गर्नका लागि मेरो भूमिका हुन्छ, म पार्टीको पद्दति मान्छु ।’

  • कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छः नेपाल

    कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छः नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्व दिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्तैन । विदेशीको इशारामा नाच्दैन’, उनले भने, ‘विदेशीको स्वार्थमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट हितको रक्षा राष्ट्रको मर्यादा नाघ्दैन ।’

    यस्तै पार्टी संगठन मजबुत बनाएमात्र पार्टी बलियो हुने र देश बनाउन सकिने अध्यक्ष नेपालले बताए ।

  • झाँक्रीलाई अखिल अध्यक्ष सुदेशको कटाक्ष- मुखमा टेप टाँसेर गरेको भाषण त स्टन्टमात्र रहेछ

    झाँक्रीलाई अखिल अध्यक्ष सुदेशको कटाक्ष- मुखमा टेप टाँसेर गरेको भाषण त स्टन्टमात्र रहेछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले पार्टीले मन्त्रीबाट फिर्ता बोलाउँन खोज्दा अवज्ञा गरेको भन्दै आफ्नै संगठनकी पूर्व अध्यक्ष समेत रहेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीमाथि प्रश्नै प्रश्न उठाएका छन् ।

    पराजुलीले केपी ओलीविरुद्धको आन्दोलनमा झाँक्रीले मुखमा टेप लगाएर गरेको भाषण खोक्रो आदर्श र स्टन्टमात्र रहेछ भन्दै मन्त्री बन्नेबाहेक अन्य कुनै उद्देश्य नरहेको आरोप समेत लगाएका छन् ।

    सामाजिक सन्जालबाट झाँक्रीको नाम नलिई पराजुलीले मन्त्री भएपछि माफिया दलालको सेटिङमा काम गर्ने र कमाउने बाहेक केही उद्देश्य नभएकाबाट समाजवादको अपेक्षा गर्नु नै गलत भएको टिप्पणी गरेका छन् ।

    पराजुलीले भनेका छन्–हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केबल खोक्रो आदर्श बोहक के हुन सक्छ त कमरेड । मन्त्री बाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईंले हिजो बोकेको मुल्य मान्यता रहे बाँचेमा कति हो कति धेरैपटक मन्त्री त यो भन्दा माथि प्रधानमन्त्री बन्न अवसर नै आउँछ ।

    नेकपा एसका मन्त्रीले सरकारबाट फर्किन आनाकानी गरिरहेका बेला झाँक्रीले फिलिपिन्समा जस्तै महिलाहरुको अलग्गै पार्टी बनाउँने राय सुझाव मागेर स्टाटस लेखेपछि पराजुलीले यस्तो प्रहार गरेका हुन् ।

  • सरकारी सञ्चारमाध्यमलाई कांग्रेसीकरण गरिएको नेकपा एसनिकट पत्रकार संगठनको आरोप

    सरकारी सञ्चारमाध्यमलाई कांग्रेसीकरण गरिएको नेकपा एसनिकट पत्रकार संगठनको आरोप

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनले सरकारी सञ्चारमाध्यमलाई कांग्रेसीकरण गरिएकोआरोप लगाएको छ ।

    समाजवादी प्रेस संगठनले सरकारी सञ्चारमाध्यममा भएका नियुक्ति एवं बाँडफाँडमा अधिकांश ठाउँमा सत्तासाझेदार दलमध्ये नेपाली कांग्रेसका कार्यकर्ताहरु मात्र नियुक्ति गरेर कांग्रेसीकरण गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

    सरकारी संचारमाध्यममानियुक्ति र अवसरहरुको वितरणका सन्दर्भमा समाजवादी प्रेस संगठन नेपाललाई निरन्तर उपेक्षा गरिँदै आएको बताउँदै विभेद गरिरहे प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।

    बिहीबार एक विज्ञप्ति जारी गर्दै एकलौटी ढंगबाट अवसर वितरण र नियक्तिहरु गरिएकोभन्दै सरकारले सत्ता गठबन्धनको महत्वपूर्ण दल र त्यससँग सम्बद्ध संगठनसँग निरन्तर गर्दै आएको अपमानजनक व्यवहार निन्दनीय भएको बताएको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गोरखापत्र संस्थान, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिसहितका संस्थामा रिक्त भएका विभिन्न पदमा नियुक्ति गरिँदा समाजवादी प्रेस संगठन नेपाल वा यस संगठनसम्बद्ध दल नेकपा (एकीकृत समाजवादी)सँग कुनै किमिसको परामर्श वा समन्वय हुने गरेको छैन ।हालसम्मका सरकारी नियुक्ति र अवसरको बाँडफाँडमा भएका विभेदपूर्ण क्रियाकलाप सच्याउनका निम्ति पहल गर्न अनुरोध गर्दछौँ ।’

  • नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

    नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ ।

    बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

    आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटिको बैठकमा केके एजेन्डा उठाउने भन्ने बारेमा छलफल हुनेछ  ।

    यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।

  • गौरका निवर्तमान मेयर एमाले प्रवेश गर्दै, माधव नेपालसँग संसदीय चुनाव लड्ने

    गौरका निवर्तमान मेयर एमाले प्रवेश गर्दै, माधव नेपालसँग संसदीय चुनाव लड्ने

    रौतहट । गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

    मेयरको दोस्रो कार्यकालको प्रतिस्पर्धामा नेकपा एसका शम्भु साहसँग पराजित भएका गुप्ता आगामी संसदीय चुनावमा रौतहट १ बाट लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

    गुप्ताको एमाले प्रवेश तय भएको र अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने रौतहट एमालेले जनाएको छ । रौतहट क्षेत्र नम्बर १ बाट यसपटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल चुनाव लड्ने तयारीमा छन् ।

    गौरसहित सो क्षेत्रमा पर्ने नगरपालिका नेकपा एसले जितेको र गठबन्धनका दलहरूको समेत समर्थन हुने भएकाले नेपालका लागि यसपटक रौतहट सहज देखिएको छ ।

    एमालेले माधव नेपालविरुद्ध अजय गुप्तालाई अघि सार्ने तयारीस्वरूप पार्टी प्रवेश गराउन लागेको हो ।

  • मन्त्री हेरफेरबारे नेकपा एस भन्छ- सर्तको अर्थ हुन्न, केही घण्टाभित्र निर्णय कार्यान्वयन (भिडिओ)

    मन्त्री हेरफेरबारे नेकपा एस भन्छ- सर्तको अर्थ हुन्न, केही घण्टाभित्र निर्णय कार्यान्वयन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ ।

    सचिवालयको मंगलबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागू हुनुपर्ने बताए ।

    खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम सर्त हुने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’

    नेकपा एसका मन्त्रीहरूले आफूहरू हट्नका लागी पाँचवटा सर्त माधव नेपाल समक्ष राखेकोमा खतिवडाले सर्तको अर्थ नहुने बताए ।

  • नेकपा एसको सचिवालय बैठक जारी

    नेकपा एसको सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।

    आलोकनगरस्थित पार्टी मुख्यालयमा हिजोदेखिको बैठक आज पनि बसिरहेको हो ।

    बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संगठन र सदस्यता वितरण, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, सत्ता गठबन्धनलगायतको विषयमा छलफल हुनेछ ।

    मन्त्री हेरफेरसम्बन्धी विषय पार्टीभित्र पेचिलो बनिरहेको बेला यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

  • बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

    बाहिरियो तीनदलीय लिखत, इन्द्र बानियाँ बन्न पाउलान् वागमतीको मुख्यमन्त्री ?

    हेटौंडा । सत्तारुढ गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमति बाहिरिएको छ ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि कांग्रेसका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने उल्लेख छ ।

    २०७८ साल कात्तिक ११ गते नेकपा एसका पाण्डे वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिनापछि कांग्रेसले नेतृत्व पाउने सहमति भएको चर्चा भएपनि दलहरूले लिखित सहमति गोप्य राखेका थिए । नेपाल प्रेसलाई प्राप्त लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख छ ।

    ‘वागमती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता, प्रदेशसभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेशसभाको बाँकी अवधीमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने’, कांग्रेस, नेकपा एस र नेकपा माओवादीबीच भएको त्रिपक्षीय सम्झौतामा उल्लेख छ । सम्झौतामा कांग्रेसबाट बानियाँ, नेकपा एसबाट पाण्डे र माओवादीबाट शालिकराम जम्कट्टेलले हस्ताक्षर गरेका छन् ।

    पाण्डे मुख्यमन्त्री भएको आठ महिना पुगिसकेको छ । संघीय सरकारले मंसिरमै आमनिर्वाचन गराउने तयारी थालेको छ । त्यसो हँुदा प्रदेशसभाको कार्यकाल अब ५ महिनामात्रै बाँकी छ । सरकारको नेतृत्व हस्तान्तरण गर्न कांग्रेसले गठबनधन दलहरुलाई आग्रह गर्दै आएपनि कार्यान्वयन हुन सकेको छैन ।

  • सरकारबाट हट्न नेकपा एसका चार मन्त्रीले माधव नेपालसमक्ष राखे पाँच सर्त

    सरकारबाट हट्न नेकपा एसका चार मन्त्रीले माधव नेपालसमक्ष राखे पाँच सर्त

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिन ५ बुँदे सर्त राखेका छन् । अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भएपनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएका हुन् ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटी ५ बुँदे सर्त राखेका हुन् । उनीहरूले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको आरोपसमेत लगाएका छन् । सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको जिकिर गर्दै उनीहरूले मन्त्री फेर्ने हल्ला चलाएर कर्मचारीसामु निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको भन्दै आलोचना समेत गरेका छन् ।

    छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो । मन्त्रीहरूले अध्यक्ष नेपाल र नेता झलनाथ खनालको भूमिकाको आलोचना गरेका थिए ।

    छलफलमा अध्यक्ष नेपालले पार्टीले मन्त्री हेरफेरको निर्णय गरिसकेकोले निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए । मन्त्रीहरूले भने नयाँ मन्त्रीको सूची समावेशी नदेखिएको, महिला नपरेको, दाङबाट मात्रै २ जनाको नाम परेको, गैरसांसदलाई पनि सिफासिरस गरिएको लगायतका विषयमा असहमति राखेका छन् । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गर्ने निर्णयमा पनि उनीहरूको असुन्तुष्टि थियो ।

    छलफलका क्रममा अध्यक्ष नेपाल र मन्त्रीहरूबीच चर्काचर्कीसमेत परेको थियो । मन्त्रीहरूले अध्यक्ष नेपाल र नेता झलनाथ खनालको भूमिकाको आलोचना गरेका थिए ।

    बैठकमा सहभागी एक मन्त्रीले पार्टीको निर्णय अपरिपक्व भएको र सम्मानित नेता खनालले मिडियाबाजी गराएर आफूहरूको अपमान गराएको बताए । ‘हाम्रो अपमान गरिएको छ । मन्त्री पद छाड्नु ठूलो कुरा होइन तर माधव र झलनाथ कमरेडले जसरी निर्णय लिनुभयो त्यो गलत छ । पार्टीको निर्णय मान्छौं तर हाम्रा सर्तहरू यथावत छन्’, ती मन्त्रीले नेपाल प्रेससँग भने ।

    मन्त्रीहरूले राष्ट्रियसभामा विनियोजन विधेयकबारे मन्त्रीका रूपमा जवाफ दिन बाँकी नै रहेकोले बजेट पूर्ण रूपले पारित भएपछि मात्रै निर्णय कार्यान्वयन हुनसक्ने बताएका थिए ।

    बैठकमा चारमन्त्रीले अध्यक्ष नेपालसँग राखेका सर्तहरू–

    १. नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने

    २. गैरसांसदलाई मन्त्री बनाउन नहुने

    ३. एकै जिल्लाका २ जना मन्त्री बनाउन नहुने

    ४. राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने

    ५. राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खने

  • मन्त्री फेर्न माधव नेपाल सक्रिय, देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

    मन्त्री फेर्न माधव नेपाल सक्रिय, देउवा र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर गराउनका लागि सक्रिय भएका छन् ।

    नेकपा एसले सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यान्वयन नगरेपनि अध्यक्ष नेपालले दौडधुप बढाएका हुन् ।

    नेपालले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कोटेश्वरस्थित निवासमा आएका माओवादी अध्यक्ष प्रचण्डसँग अध्यक्ष नेपालले मन्त्रिपरिषद पुनर्गठन हुनुपर्ने बताएका छन् ।

    प्रचण्डसँगको भेटपछि नेपालले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरो छन् । प्रधानमन्त्रीसँगको भेटमा पनि अध्यक्षले नेपालले आफ्नो पार्टीका मन्त्रीहरु फेर्न दवाव दिएको बताइन्छ ।

    बुधबार गठबन्धनको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषय प्रवेश गरेपनि प्रधानमन्त्री देउवाले पछि छुट्टै कुरा गरौंला भनेका थिए । बजेट पारित भएपछि मन्त्रीहरु फेर्ने वचन प्रधानमन्त्री देउवाले अध्यक्ष नेपाललाई दिएका थिए । सोही वचन कार्यान्वयन गर्न अध्यक्ष नेपालले दवाव बढाएका हुन् ।

  • झलनाथको दाबी – हामीसँग २० लाखभन्दा बढी मत छ (भिडिओ)

    झलनाथको दाबी – हामीसँग २० लाखभन्दा बढी मत छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे ।

    तर त्यो मत गठबन्धनमा अपमान हुँदा प्राप्त गर्न नसकेको आरोप लगाए ।

    नेकपा एसद्वारा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताए । त्यसको समिक्षा गरिरहेको उनले बताए ।

    ‘हामीले देशव्यापी रुपमा खुल्ला मनस्थिती लिएर राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन सकेको भए, ऐले अब नौ लाख आयो,’ उनले भने, ‘नौ लाख होइन २० लाखभन्दा बढी मत छ हाम्रो हेर्नुस ।’

    त्यो मत नआउनुका पछाडि केही आफ्ना कमजोरी भएपनि गठबन्धन दलकै अपमानले बढी काम गरेको बताए ।

    ‘त्यो गठबन्धनले त हामीलाई बिलकुलै अपमान ग¥यो, त्यो अपमानजनक व्यवहार गरेकै हुनाले हामीले जति मत प्राप्त गर्नुपर्ने थियो, त्यतिपनि प्राप्त गर्न सकेनौं,’ उनले भने ।

  • नेकपा एसले बोलायो केन्द्रीय परिषद्‌देखि पोलिटब्यूरोसम्मको बैठक

    नेकपा एसले बोलायो केन्द्रीय परिषद्‌देखि पोलिटब्यूरोसम्मको बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ ।

    पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो ।

    बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठले बताए । एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिँदै सिटको भागबण्डा पनि असारभित्रै टुंग्याउन दबाब दिँदै आएको छ ।

  • गठबन्धनप्रति नेकपा एस रुष्ट, ‘वेटिङ मिनिस्टर’ हरू अन्योलमा

    गठबन्धनप्रति नेकपा एस रुष्ट, ‘वेटिङ मिनिस्टर’ हरू अन्योलमा

    कैलाली । जेठ २१ गते नेकपा एकीकृत समाजवादीले आफ्ना पाँच मन्त्री फिर्ता बोलाउने निर्णय गर्‍यो । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समाजवादीबाट सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र कानुन मन्त्री गोविन्द बन्दी लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले फिर्ता बोलाउने मन्त्रीको नाम र सरकारमा सहभागी हुने नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए । तर, देउवाले चासो दिएनन् । पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने सचिवालयको निर्णयलाई असार १ गते बसेको स्थायी कमिटिको बैठकले पनि पारित गरिसकेको छ । तर, त्यसपछि पनि प्रधानमन्त्रीले नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीलाई नियुक्त गरेका छैनन् ।

    नेकपा एकीकृत समाजवादीले स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको थियो । त्यस्तै सहरी विकासमा मेटमणि चौधरी, पर्यटनमा जीवनराम श्रेष्ठ, श्रममा गैरसांसद शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । पार्टीले निर्णय गरिसकेपछि मन्त्री बन्ने पक्का भएकाहरू अहिले अन्योलमा छन् । गठबन्धन सरकारले नेकपा एकीकृत समाजवादीको निर्णयलाई प्राथमिकता नदिएको उनीहरू बताउँछन् ।

    आइतबार गठबन्धनको बैठकपछि फेरि प्रस्तावित मन्त्रीहरू उत्साहित भएका छन् ।

    ‘हिजो नेताहरू भेट्न जानु भएको थियो । एक-दुई दिनमा निर्णय कार्यान्वयन हुन्छ भन्ने सुनेका छौँ’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिसमा परेका शेरबहादुर कुँवरले भने, ‘गठबन्धनको संस्कारमा पार्टीको निर्णय नै प्रधान हुन्छ । निर्णय कार्यान्वयन नहुनु राम्रो होइन ।’

    निर्णय कार्यान्वयन गराउनु नसक्नु नेतृत्वको पनि कमजोरी रहेको उनको बुझाइ छ । ‘हामी व्यक्ति भनेको प्रतिनिधि पात्र हो । पार्टीले पठाउने हामी जाने कुरा हो’ उनले भने , ‘निर्णय कार्यान्वयन गराउन नसकेको कुराले त नेतृत्वमा आँच आउँछ नि ।’ आफूहरूले अहिले पनि आश्वासन पाइरहेको बताउने कुवर केही दिनमा मन्त्री बन्न पाइनेमा विश्वस्त छन् ।

    उनी भन्छन् , ‘निर्णय कार्यान्वयन हुन्छ भन्ने छ । तर, कहिले हुने भन्नेमा तिथि मिति खुलाइएको छैन । अस्ति बजेट पास भएपछि हुन्छ भन्ने हामीले खबर पाएका थियौँ । व्यक्तिगत रूपमा चियो चर्चो गरिएको छैन ।’

    प्रधानमन्त्रीलाई समाजवादीका तर्फबाट मन्त्री भएकाहरूले नै अहिले सरकारबाट नहटाउन दबाब दिएका कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको धेरैको बुझाइ छ । तर, कुँवर भने पार्टीभित्र निर्णयको विरुद्धमा कोही नभएको दाबी गर्छन् ।

    ‘पार्टीभित्र निर्णयको विरुद्धका कोही बोलेका छैनन् । प्रधानमन्त्रीलाई देखिने गरी लबिङ कसैले गरेको छैन । अदृश्य कुरा त हामीलाई थाहा भएन’ उनले नेपाल प्रेसलाई भने ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा जान लागेका नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेको प्रमुख सचेतक जीवनराम श्रेष्ठ पार्टीको निर्णय सरकारले कार्यान्वयन नगर्नु गलत रहेको बताउँछन् । यसले गठबन्धन प्रति असन्तुष्टि बढिरहेको उनको भनाइ छ ।
    ‘पार्टीले निर्णय गरिसकेपछि कार्यान्वयन गर्नु पर्ने हो । ढिलासुस्ती नगर्नु पर्ने हो’ उनले भने , ‘स्थायी कमिटी र सचिवालयले निर्णय गरेर पठाइसकेको विषयलाई गठबन्धनको नेतृत्वले कार्यान्वयन नगर्ने, ढिला सुस्ती गर्ने कुराले असन्तुष्टि बढिरहेको छ । ’

    उनी पनि मन्त्रीहरू हेरफेर गर्ने पार्टीको निर्णय केही दिनमा कार्यान्वयन हुनेमा विश्वस्त छन् । आफ्नै पार्टीका मन्त्रीले लबिङ गरेका कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएको कुरामा उनी विश्वस्त छैनन् । तर, भन्छन् ‘संसदीय व्यवस्थामा कुनै मन्त्रीको लबिङले पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो भने त्यो गलत हो ।’

    ‘निरीह’ नेपाल

    जेठ २१ गते मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गर्नुभन्दा अघि नै अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री फेरबदल गर्नु पर्ने कुरा सुनाएका थिए । सुरूमा आनाकानी गरेका देउवा पछि नेपालको निर्णयमा सहमत भएका थिए ।

    ‘सुरूमा अहिले हतार नगर्नुहोस् पनि भन्नु भएको थियो पछि नेपालले निर्णय गर्नै पर्ने अवस्था आएको बताएपछि गर्नुहोस् भन्नुभयो’ नेपाल निकट स्रोतले भन्यो ‘देउवाको ग्रीनसिंलन पछि नेपालले सचिवालयबाट निर्णय गराउनु भएको हो ।’

    देउवाकै सल्लाहमा पुराना मन्त्री फिर्ता बोलाउने र नयाँ मन्त्री नियुक्त गर्ने निर्णयमा पुगेमा नेपालले अहिले देउवाले नै उक्त निर्णय कार्यान्वयनमा चासो नदेखाए पनि रुष्ट बनेका छन् । आफ्नै मन्त्रीहरूको दबाबमा आएर पार्टीको निर्णय कार्यान्वयन नगरेको नेपालको बुझाइ छ ।

    आइतबार सम्पादक तथा पत्रकारहरूसँग भएको छलफलमा पनि नेपालले मन्त्रीहरूको विषयमा टिप्पणी गर्न आनाकानी गरे । ‘सन्तुष्ट छु भनौँ, त्यो पनि समस्या । सन्तुष्ट छैन भनौँ भोलिको समाचार त्यही बन्छ ’, उनको भनाइ थियो ।

    किन भइरहेको छ ढिलाइ ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको सचिवालय र स्थायी कमिटी बैठकको निर्णयलाई कार्यान्वयनमा नलैजानुमा धेरै कारणहरू रहेको नेकपा एकीकृत समाजवादीका नेताहरू बताउँछन् । पार्टीको निर्णय सरकारले कार्यान्वयन नगरेको विषय पार्टीका नेताहरूले पनि गम्भीर रूपले लिएका छन् ।

    ‘निर्णय हामीले गरेका हौँ । कार्यान्वयन गर्ने तह अर्को हो । कार्यान्वयन गर्ने तहबाट भइरहेको ढिलाइ क्षम्य होइन’ पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले भने, ‘हामीले यसलाई गम्भीर रूपले लिएका छौँ ।’ ‘तपाइहरूले फिर्ता बोलाएका मध्ये केही मन्त्रीले प्रधानमन्त्रीलाई लबिङ गरेका कारण पार्टीको निर्णय कार्यान्वयनमा ढिलाइ भएको चर्चा छ नि ?’ उनले भने , ‘प्रमाण नभए सम्म त्यो भन्न मिलेन । तर, तपाईँले सुनेको कुरा मैले पनि सुनेको छु । त्यति प्रेसर थाम्न नसक्ने प्रधानमन्त्री अहिले हुनुहुन्न जस्तो लाग्दैन । ’ गठबन्धनले देउवालाई सबै भन्दा बलियो प्रधानमन्त्री बनाएको उनले दाबी छ ।

    उनले भने, ‘दुई-चार जना मन्त्री थर्काउँदैमा वा प्रेसर दिँदैमा उहाँ गल्नुपर्ने जस्तो धेरै कमजोर धरातलमा हुनुहुन्छ जस्तो लाग्दैन ।’ सुरूमा ६ महिनाका लागि भन्दै सरकारमा पठाएको बताए पनि ८ महिनापछि फिर्ता बोलाउँदा पनि निर्णय कार्यान्वयन नहुनुमा पार्टीबाटै केही कमजोरी भएको उनी स्वीकार गर्छन् । सरकारमा रहेका मन्त्रीहरूले बजेट सम्म कुर्न आग्रह गरे पनि पार्टीले उनीहरूलाई फिर्ता बोलाउन केही हतार गरेको उनको बुझाइ छ ।

    ‘बजेटसम्म कुरिदिन उनीहरूले मसँग पनि आग्रह गरेका थिए । मन्त्रालयको बजेटमा जवाफ दिएर हामीलाई फिर्ता बोलाएको भए राम्रो हुने थियो । उनीहरूले पनि भनेका थिए’ तुलाधरले सुनाए ‘त्यो मानवीय कोणबाट हेर्दा त्यो जायज पनि छ ।’ पार्टीले त्यो विषयमा छलफल नगरेको उनी बताउँछन् ।

    ‘हिजो ६ महिनाको लागि बनाएका मन्त्रीहरू दुई महिना थप बितिसक्दा तपाइहरू फर्किनुहोस् भन्दा त्यो आपत्ति आउँला जस्तो लागेको थिएन। तर, हामीले थप छलफल गरेको भएर राम्रो हुनेथ्यो भन्ने देखियो’, तुलाधरले थपे । उनका अनुसार अहिले निर्णय कार्यान्वयन हुनुमा आफ्नो मात्रै कारण रहेको कुरा उनी स्वीकार गर्दैनन् ।

    कांग्रेसभित्रैको समस्याले आफूहरूको निर्णय कार्यान्वयन हुन नसकेको उनको ठहर छ ।

    ‘मन्त्री हुन जानेहरू र मन्त्री भएर फर्किनेहरूको अन्तर विरोध नेपाली कांग्रेसमा तीब्र छ तर, त्यो बाहिर देखिँदैन । त्यो भन्दा चर्को माओवादीमा छ । त्यस्तै जसपामा छ’, उनले भने, ‘यी सबै कारणले हाम्रो निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेको हो ।’ ६ महिनामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएको उनले बताए ।

    ‘सहमतिमा ६ महिनामा सबै पार्टीले मन्त्री फेरबदल गर्ने सहमति भएको हो अरू पार्टीमा विवाद छ । सबै एकैपटक नियुक्त गर्ने भन्ने विषय ढिलाइ भएको हो ’ उनले भने । पार्टीको निर्णय कार्यान्वयन गर्न सरकारले चासो नदेखाएकोमा सरकारप्रति असन्तुष्टि रहेको उनको भनाइ छ ।