Category: नेकपा एस

  • नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

    नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आज पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । आज दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको हो ।

    नेकपा एसले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिनको सम्झनामा भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    पुनर्गठन दिवसको अवसरमा पार्टी अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नेछ । नेकपा एमालेसँग विद्रोह गरेर माधव नेपालले गत भदौमा नयाँ पार्टी दर्ता गराएका थिए ।

  • माओवादीसँग मिले पनि चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं : माधव नेपाल (भिडिओ)

    माओवादीसँग मिले पनि चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ लड्ने प्रष्ट्याएका छन् ।

    मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताए ।

    ‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ’, नेता नेपालले भने ।

    हिजो मात्र प्रचण्ड-माधव बसेर दुई दलबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संयुक्त घोषणापत्र लिएर जाने समझदारी बनेको छ । त्यस्तै पार्टी एकताका लागि राजनीतिक, वैचारिक काम गर्न पार्टी एकता संयोजन समिति गठन गर्ने सहमति पनि भएको छ ।

  • तानसेनका पूर्वमेयर-उपमेयरसहित २० एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

    तानसेनका पूर्वमेयर-उपमेयरसहित २० एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

    रुपन्देही । पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाहीसहित एमालेका केही नेता-कार्यकर्ता नेकपा एस प्रवेश गरेका छन् । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित २० जना लिएर नेकपा एसमा प्रवेश गरेको शाहीले नेपाल प्रेसलाई बताए ।

    ‘पार्टी स्थापित मूल्य र मान्यतामा चल्न सकेन, पटक-पटकका गल्तीको समीक्षासमेत भएन’, शाहीले भने ।

    वैशाख ३० को स्थानीय चुनावमा दाबी गरेका शाही टिकट नपाएपछि असन्तुष्ट थिए । उनले ५४ र ७४ को चुनावमा मेयर जितेका थिए । योपटक एमालेले धनेन्द्र घिमिरेलाई उठाएपनि घिमिरे पराजित भएका थिए ।

    शाहीले नेकपा एस प्रवेश गरेका नेताहरू भनेर अशोककुमार शाही, लक्ष्मीदेवी पाठकसहित भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक, उमेश घिमिरेको सूची सार्वजनिक गरेका छन् ।

    नेकपा एमाले तानसेन नगर अध्यक्ष गुराँस आत्रेय स्थानीय तहको निर्वाचनमा शाहीले एमाले उम्मेदवारले गरेको असहयोग गरेको वडाहरूबाट आएको रिपोर्टका आधारमा स्पष्टीकरण सोधिएपनि पत्र नै नबुझेको, टिकट नपाएपछि असन्तुष्ट भएको र अहिले सार्वजनिक भएका नामहरूमध्ये तीनजनाले आफूहरूले एमाले नछोडेको बताउँछन् ।

    नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको गृहनगर भएकाले पनि चुनावको मुखमा शाहीको टोलीले एमाले छाड्दा आसन्न चुनावमा एमाले उम्मेदवारलाई चुनौती थपिएको छ ।

  • झलनाथ भन्छन्- एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ

    झलनाथ भन्छन्- एक्ले ढेडु भएर चुनाव जितिन्न, गठबन्धन अनिवार्य छ

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटक संसदीय चुनाव लड्न लागेको बताएका छन् ।

    आइतबार बिहान भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खनालले इलामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट चुनाव लड्ने बताए । राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने- ‘जनतासँगको माया पिरती टुटेको छैन, ४८ सालदेखि चुनाव लड्दै आएको छु, अब एकपटक लड्छु ।’

    पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने र जित निश्चित भएको दाबी गर्दै खनालले भने, ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ । एकतामै बल हुन्छ, एक्लो ढेडुको असफलता अनिवार्य छ ।’

    अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले पछिसम्म जान्छ या जाँदैन भने भन्न नसकिने बताए ।

    उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सृजना भएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए ।

    नेता खनालले अहिले आफूहरू नेकपा माओवादी केन्द्रसँग निकटतामा रहेको बताए ।

    ‘मुलुकका लागि वृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ’ उनले भने ।

    पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । ‘वामदेवजी हामीसँगै हुनुहुन्छ, चुनाव चिन्ह कुनै सिद्धान्त होइन’ उनले भने ‘हामीसँगै छौं ।’

  • नेकपा एसको काठमाडौं जिल्ला अध्यक्षमा श्रेष्ठ र सचिवमा न्यौपाने चयन

    नेकपा एसको काठमाडौं जिल्ला अध्यक्षमा श्रेष्ठ र सचिवमा न्यौपाने चयन

    काठमाडौं। नेकपा एकीकृत समाजवादीको काठमाडौं जिल्ला नेतृत्व परिवर्तन भएको छ । जिल्ला अध्यक्ष कुसुम कार्की केन्द्रीय सदस्य मनोनित भएपछि नेतृत्व परिवर्तन भएको हो ।

    शनिबार बसेको जिल्ला कमिटी बैठकले काठमाडौं जिल्ला अध्यक्षमा एलपी श्रेष्ठलाई चयन गरेको छ । उनी शंखरापुर नगरपालिकाको मेयरमा गठबन्धनबाट उठेर पराजित भएका थिए ।

    त्यस्तै श्रेष्ठ अध्यक्ष भएपछि रिक्त रहेको सचिव पदमा धुर्बराज न्यौपाने चयन भएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका युवा नेता न्यौपाने यसअघि उपसचिव थिए ।

     

  • नेपाललाई रावलको जवाफ- १० बुँदेमा नअडिएको भए देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ

    नेपाललाई रावलको जवाफ- १० बुँदेमा नअडिएको भए देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको १० भाइलक्षित अभिव्यक्तिप्रति एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् ।

    शनिबार युवाहरूको कार्यक्रममा नेपालले एमालेमै बसेको भए १० भाइको जस्तै हरिबिजोग हुने रहेछ भनी टिप्पणी गरेका थिए ।

    पार्टी विभाजनमा नेपाललाई साथ नदिई एमालेमै बसेका १० जनामध्येका एक नेता रावलले सामाजिक सञ्जालमार्फत् १० बुँदेप्रति आफूहरू अडिग नभएको भए देशको हरिबिजोग हेरेर बस्नुपर्ने रहेछ भनेर जवाफ दिएका छन् ।

    ‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने, देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागबण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछु,’ रावलले लेखेका छन् ।

  • मकवानपुर क्षेत्र नम्बर २ बाट बिरोध खतिवडाको नाम सिफारिस

    मकवानपुर क्षेत्र नम्बर २ बाट बिरोध खतिवडाको नाम सिफारिस

    हेटौँडा । नेकपा एकीकृत (समाजवादी) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

    शनिवार भएको क्षेत्रीय कमिटी बैठकले वर्तमान सांसद समेत रहेका खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने सिफारिस गरेको एकीकृत समाजवादी मकवानपुरका जिल्ला सचिव विष्णु दाहालले बताए ।

    बैठकले क्षेत्र नम्बर २ को ‘क’ बाट रामचन्द्र बल तथा ‘ख’ बाट भूमिनन्द अर्याललाई  उम्मेदवार सिफारिस गरेको दाहालले बताए । बैठकले प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ केदार न्यौपाने, मुनु सिग्देल, राजाराम स्याङ्तान तथा राष्ट्रिय सभाको लागि ललित बस्नेतको नाम सिफारिस गरेको हो ।

    खतिवडा मकवानपुरबाट सर्वाधिक सांसद बनेका नेता हुन् । उनी २०४८,२०५१,२०५६ र २०७४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

  • ओलीप्रति माधव नेपालको टिप्पणी- मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ? (भिडिओ)

    ओलीप्रति माधव नेपालको टिप्पणी- मैले भात खुवाएर पैसा समेत दिएर पठाएको मान्छेले फुर्ति गर्ने ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीको एकीकरण तथा निर्माणमा केपी ओलीको कुनै योगदान नरहेको दावी गरेका छन् । पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले पार्टी बनाएको १२ वर्षपछि ओली जोडिएको बताए ।

    नेपालले भने– को अर्डिनेशन केन्द्र बनाउँदा २०३२ सालमा हामी ७ जना थियौं । दुईजना पलायन भए । ३ जना हामी नेकपा एकीकृत समाजवादीमा छौं,एकजना एमालेमा छन् । केपी ओली त त्यसबेला जेलमा थिए, १२ वर्षपछि हामीले केन्द्रीय कमिटीमा ल्याएका हौं, अहिले फुर्ति लाएर हुन्छ ?

    ओलीलाई आफूले २०३० सालमा रौतहटमा भेटेको र आश्रय दिएको भन्दै नेपालले मोरङमा आफूले २ महिनासम्म भात खुवाएर पालेको टिप्पणी समेत गरे । नेपालले भात खुवाएरमात्र नभई पैसा दिएर पठाएको नेपालले बताए ।

    उनले नेकपा एमालेबाट आफूहरुले गरेको विद्रोह सही भएको भन्दै नत्र अहिले एमालेमा रहेका १० भाइको जस्तो हरिबिजोग हुने बताए ।

  • नेकपा एसका १३ नेता- गठबन्धन मापदण्डको भर, जनमतको डर (वडाको मतसहित)

    नेकपा एसका १३ नेता- गठबन्धन मापदण्डको भर, जनमतको डर (वडाको मतसहित)

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलका बीचमा तालमेल हुँदाको एउटा प्रमुख मापदण्ड थियो- जो जहाँ पहिले जितेको छ, उसैलाई दिने । देशभरका जुन-जुन जिल्लामा गठबन्धन भयो, त्यहाँ यही मापदण्डलाई मानेर तालमेल भएको थियो ।

    यसैबीच मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन गइरहेको छ । उक्त निर्वाचनमा पनि सत्तारूढ पाँचदलीय गठबन्धन दलबीचमा तालमेल गर्ने औपचारिक निर्णय भइसकेको छ । निर्णयअनुसार सीट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल पनि गठन भएको छ । जसको संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रहेका छन् ।

    समितिले सीट बाँडफाँटको मापदण्ड तय गर्ला ? यो प्रश्न अनुत्तरित नै छ । किनभने जुनसुकै मापदण्ड बनाए पनि विवादरहित हुने अवस्था छैन । तैपनि समितिले केही मानक बनाएर बाँडफाँटलाई सहज बनाउने कोसिस भने पक्कै गर्नेछ । मापदण्डहरू प्रस्ताव गर्ने अधिकार पनि कार्यदलका संयोजक सिटौलालाई दिइएको छ ।

    स्थानीय तह निर्वाचनमा तालमेल गर्दा लागू भएको ‘जो जहाँ जितेको छ, उसैलाई छाड्ने’ मापदण्ड अहिले ज्यादा चर्चामा छ । यसमा मुख्यतः माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जोड छ । उनीहरूले जो जहाँ जितेको छ, त्यहाँ उसैको सुरक्षित गर्ने र एमालेले जितेका सीटमा भागबन्डा गर्ने प्रस्ताव गरिरहेका छन् ।

    तर, कांग्रेस भने पूर्णतः यही प्रस्ताव मानेर जाने अवस्थामा देखिँदैन । कांग्रेस एकाधबाहेक अधिकांश सीटमा यही मापदण्ड लागू गर्न सहमत भने देखिन्छ । कांग्रेसको जोड स्थानीय चुनावको परिणामलाई मूल आधार मान्ने देखिए पनि माओवादी र एसले भने स्थानीय चुनावको मतलाई आधार मान्न नसकिने बताएका छन् । माओवादी केन्द्र र नेकपा एस हरहालतमा यही कुरा मनाउन लागिपरेका छन् । यही मान्ने हो भने माओवादी केन्द्रका ३६ र नेकपा एसका १३ सीट चुनाव लड्न सुरक्षित हुनेछन् ।

    तर, तिनीहरूले यसरी मागिरहेका ती सीटमा स्थानीय तह निर्वाचनको समीकरण हेर्दा भने अधिकांस क्षेत्रमा स्थिति दयनीय छ । दुई दलमध्ये नेकपा एसको अवस्था त झन् दयनीय छ । यस्तोमा ती सीटमा कांग्रेसका शीर्ष तथा प्रभावशाली नेताको दाबी रहँदा सीट बाँडफाँट पेचिलो बनेको छ ।

    यस सामग्रीमा नेकपा एसले यो मापदण्डका आधारमा पाउनसक्ने सीट र जितेका नेताहरूका बारेमा संक्षिप्तमा विश्लेषण गरिएको छ ।

    नेकपा एमाले विभाजन हुँदा २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ जितेका १३ जना सांसद नेकपा एसमा छन् । ती नै १३ जनालाई नेकपा एसको तर्फबाट प्रत्यक्ष जीतको मानक बनाइएको छ ।

    काठमाडौंबाट सुरक्षित अवतरण खोज्दै माधव

    पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल २०७४ को निर्वाचनमा काठमाडौं- २ बाट विजयी भएका हुन् । वाम गठबन्धनबाट एमाले उम्मेदवार रहेका नेपालले २७ हजार ३६६ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत पाएका थिए ।

    नेपाल त्यसअघि २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट भिडेका थिए । यस्तै यी दुई निर्वाचनमा उनी रौतहट- १ बाट पनि उम्मेदवार बनेका थिए । २०६४ मा दुइटै निर्वाचन क्षेत्रमा पराजित हुँदा २०७० मा भने दुइटै क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ मा एउटा व्यक्ति एउटामात्र निर्वाचन क्षेत्रमा लड्न पाउने व्यवस्था गरिएपछि उनले काठमाडौं- २ रोजेका थिए ।

    वैशाख ३० को स्थानीय तह निर्वाचन परिणामले काठमाडौं- २ नेपालका लागि असुरक्षित देखाएको छ । उनको पार्टी नेकपा एसका वडाध्यक्षका उम्मेदवारहरूले यहाँ ७ हजार ९११ मतमात्रै पाएका छन् । उनले छाडेको पार्टी एमाले १७ हजार ३२८ मतसहित पहिलो स्थानमा छ ।

    दोस्रो स्थानमा रहेको कांग्रेसको १४ हजार १२८ मत छ । तेस्रोमा नेकपा एस रहेको छ । चौथो स्थानमा रहेको राप्रपाको ७ हजार २०० र पाँचौं स्थानमा रहेको माओवादी केन्द्रको ३ हजार १३१ मत छन् ।

    गठबन्धनबाट सुरक्षित यस क्षेत्रमा अध्यक्ष नेपाल मत परिणामले डेन्जर जोनमा देखिन्छन् । त्यसैले उनले गठबन्धन र मतका हिसाबले सुरक्षित रौतहट- १ मा फर्कन लागेको चर्चा छ ।

    रौतहट १ मा नेकपा एसबाट लड्दा उनी एक्लै सुरक्षित देखिन्छन् । त्यहाँ नेकपा एस १९ हजार ६९८ मतसहित पहिलो स्थानमा छ । कांग्रेस १६ हजार ९२८ मतसहित दोस्रो, लोसपा १२ हजार ६२ मतसहित तेस्रो, जसपा ८ हजार २४१ मतसहित चौथो, माओवादी केन्द्र ८ हजार १९१ मतसहित पाँचौं र एमाले ७ हजार ३८५ मतसहित छैटौं स्थानमा छन् ।

    झलनाथ : गठबन्धनमा मात्रै ‘सुरक्षित’

    नेकपा एसका सम्मानित नेता झलनाथ खनालको सीट गठबन्धन हुँदा सुरक्षित नै देखिन्छ । प्रधानमन्त्री भइसकेका र राष्ट्रिय राजनीतिका शीर्ष व्यक्तित्व भएकाले गठबन्धन दलको भागबन्डामा उनको सीट निश्चित नै छ ।

    उनी २०७४ को निर्वाचनमा ३६ हजार ८०५ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत पाएका थिए ।

    अहिले नेकपा एसबाट एक्लै लड्दा भने उनी निकै कमजोर हुनेछ । स्थानीय तहमा उनको दलका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत जम्मा ९ हजार ४८१ छ । यद्यपि यो मत २६ हजार २३३ मतसहित पहिलो रहेको एमालेको मतको तुलनामा २५ हजार ७७२ मतसहित दोस्रो रहेको कांग्रेसको मतसँग जोड्दा भने निर्णायक छ । जसमा सत्तारूढ गठबन्धनमै रहेका जसपाको १ हजार ८२९ र माओवादी केन्द्रको १ हजार २३५ मत जोडिँदा उनको जीत सुनिश्चित देखापर्छ ।

    राप्रपासँग रहेको १ हजार १६९ मत एमालेतिरै गए पनि खनाललाई माथ खुवाउन पर्याप्त देखिँदैन ।

    गठबन्धनले सुरक्षित जीवनराम

    प्रतिनिधिसभा निर्वाचन २०७४ मा वाम गठबन्धनबाट एमालेको कोटामा जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९४३ मत पाएका थिए ।

    एमाले विभाजनपछि नेकपा एसमा आवद्ध उनी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् ।

    आगामी निर्वाचनमा सत्ता गठबन्धनमा सीट बाँडफाँट हुँदा उनको सीट सुरक्षित जस्तै छ । यद्यपि त्यसका लागि कांग्रेसकै भर पर्नुपर्नेछ ।

    यो सीटमा अघिल्लोपटक कांग्रेसबाट लडेका नेता जोशीको निधन भइसकेको छ । यसकारण श्रेष्ठलाई कांग्रेसका स्थापित नेताबाट ‘डिस्टर्ब’ हुने देखिँदैन ।

    अर्काेतर्फ स्थानीय तहको निर्वाचनमा पनि कमै मत पाए पनि नेकपा एसले निर्णायक मत बटुलेको छ । यहाँ वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार कांग्रेस १० हजार ८७२ मतसहित पहिलो, एमाले ९ हजार २५३ मतसहित दोस्रो र नेकपा एस ५ हजार १४२ मतसहित तेस्रो छ । चौथो बनेको राप्रपाको ३ हजार १६० मत छ । एमाले र राप्रपाको गठबन्धन हुँदा यहाँ कांग्रेसका लागि नेकपा एस नै निर्णायक बन्नेछ । त्यसैले श्रेष्ठका लागि यो सीट सुरक्षित नै मान्नुपर्छ । माओवादी केन्द्रको यहाँ १८९ मतमात्रै छ ।

    कांग्रेसका ‘प्रभावशाली’ को मिचाइमा किसान र प्रेम

    २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा कांग्रेसका ‘ठूला’ र ‘प्रभावशाली’ नेता हराएका कृष्णकुमार श्रेष्ठ (किसान) र प्रेमबहादुर आलेको सीट अहिले विवादमा छ ।

    श्रेष्ठले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई र आलेले कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरलाई हराएका थिए ।

    तनहुँ- १ मा श्रेष्ठले एमालेबाट ३४ हजार ४९२ मतसहित विजयी हुँदा पौडेलले २७ हजार ६९० मत पाएका थिए । डोटीमा आलेले ३२ हजार ५१० मतसहित विजयी हुँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए ।

    अहिले फेरि कांग्रेसबाट वरिष्ठ नेता पौडेल र प्रदेश सभापति बलायर आफ्नो पुरानै क्षेत्रमा लड्ने उद्घोषसहित चुनावी तयारीमा लागेका छन् । जसले गर्दा आले र श्रेष्ठ मिचाइमा पर्ने खतरा बढेको छ ।

    तर, उनीहरुले ‘जो जहाँबाट जितेको हो, त्यो पाउने’ भन्ने मापदण्डमै जोड दिइरहेका छन् । जसले आफ्नो स्थान सुरक्षित होस् । यसबाहेक आफूहरूले ‘अन्तिम समयमा एमालेबाट ८ जना सांसद ल्याएर वर्तमान सरकार र गठबन्धन बनाएको’ हुनाले आफूहरुको वर्तमान सीट सुनिश्चित हुनुपर्ने उनीहरुको जिकिर रहँदै आएको छ ।

    तर, ती निर्वाचन क्षेत्रमा नेकपा एसले स्थानीय तह निर्वाचनमा कमजोर उपस्थिति देखाएको छ । यही कारण उनीहरूको भविष्य कांग्रेसमा निर्भर हुने देखिएको छ । दुइटै क्षेत्रमा कांग्रेसले एक्लै जित्ने गरी स्थानीय तह निर्वाचनमा मत बटुलेको पनि छ ।

    तनहुँ- १ मा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको विद्रोहका बाबजुद कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३३ हजार १०६ मत बटुलेका छन् । एमालेका उम्मेदवारहरूले २२ हजार २१०, माओवादी केन्द्रका उम्मेदवारहरूले ८ हजार ४७४ र राप्रपाका उम्मेदवारहरूले १ हजार ७७५ मत पाएका छन् । श्रेष्ठको पार्टी नेकपा एसका उम्मेदवारहरूले ८९२ मतमात्रै बटुलेका छन् ।

    यस्तै डोटीमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३४ हजार ४७ मत बटुलेका छन् । दोस्रोमा रहेको एमालेको २४ हजार ९१६ र तेस्रोमा रहेको माओवादी केन्द्रको ७ हजार ७८९ मत छ । आलेको पार्टी नेकपा एसले ३ हजार २०५ मतमात्रै पाएको छ ।

    के कांग्रेस दाङका ३ वटै क्षेत्र छाड्न होला तयार ?

    गठबन्धन दलबीच सीट बाँडफाँटमा सबैभन्दा पेचिलो प्रश्न यही तेर्सिने स्थिति छ । २०६४ को संविधानसभा निर्वाचनमा दाङका ४ वटै सीटमा एकीकृत नेकपा माओवादीले जितेको थियो । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले क्लिनस्वीप गरेको थियो ।

    २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने वाम गठबन्धनले नयाँ कायम भएका तीनवटै सीटमा कांग्रेसलाई सफाया गरेको थियो । मंसिर ४ को निर्वाचनमा कांग्रेसका लागि दाङमा आफ्नो अस्तित्व पुनर्जागरणको अवसर छ । तर, उसको लागि ‘जो जहाँ पहिले जितेको छ, उसैलाई दिने’ मापदण्ड ‘घाँडो’ बन्ने देखिन्छ । किनभने २०७४ मा तीनवटै क्षेत्र जितेका नेताहरू अहिले सत्ता गठबन्धनमा छन् ।

    क्षेत्र नम्बर- १ मा जितेका मेटमणि चौधरी र क्षेत्र नम्बर- ३ मा विजयी हीराचन्द्र केसी नेकपा एसमा छन् । क्षेत्र नम्बर- २ जितेका पूर्वसभामुख कृष्णबहादुर महरा माओवादी केन्द्रमा उपाध्यक्ष छन् ।

    यसमा पूर्वसभामुख महरा राष्ट्रिय राजनीतिको ‘ओज’ र माओवादी केन्द्रको निर्णायक मतका कारण सुरक्षित नै देखिन्छन् । तर, गठबन्धनको पहिलो दल कांग्रेसले छाड्ने अवस्था आए नेकपा एसका चौधरी र केसी डेन्जर जोनमा पुग्नेछन् ।

    चौधरी अहिले शहरी विकासमन्त्री रहेका छन् । चौधरीको दाङ क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतअनुसार कांग्रेस पहिलो बनेको छ । कांग्रेसले यहाँ २९ हजार ७५७, एमालेले २७ हजार २५, माओवादी केन्द्रले १९ हजार २७६ र राप्रपा २ हजार ३५० मत बटुलेका छन् । नेकपा एसको जम्मा २३४१ मतमात्रै छ । जसपाले ८०७ मत बटुलेको छ ।

    त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केसीको निर्वाचन क्षेत्रमा पनि नेकपा एसका वडाध्यक्षले पाएको मत न्यून छ । जहाँ ३८ हजार ६५८ मतसहित एमालेको फराकिलो अग्रता छ । कांग्रेस ३० हजार ९८९ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्र १२ हजार ८८० मतसहित तेस्रो स्थानमा छ ।

    नेकपा एसको १ हजार ९३८ मतमात्रै छ । राप्रपाले १ हजार ४४४ र जसपा १८२ मत बटुलेका छन् ।

    विरोधको सीटमा कांग्रेसको बाध्यता

    कांग्रेसबाट प्रत्यक्ष लड्ने कम महिला नेतृमध्ये एक हुन् महालक्ष्मी उपाध्याय (डिना) । उनी अहिले पार्टीकी सहमहामन्त्री छिन् । उनको निर्वाचन क्षेत्र मकवानपुर- २ हो ।

    जहाँ उपाध्यायसँग अघिल्लो पटक वाम गठबन्धनबाट विरोध खतिवडाले निर्वाचन जितेका थिए । उनी अहिले नेकपा एसका प्रभावशाली नेता एवं सचिव छन् । पछिल्लो समय स्वास्थ्यमन्त्री भएका थिए ।

    अहिले यही क्षेत्र गठबन्धनको सीट बाँडफाँटमा पेचिलो बन्ने खतरा बढेको छ । यहाँ विरोधलाई छाड्न कांग्रेसलाई हम्मेहम्मे पर्ने देखिन्छ ।

    यो क्षेत्रमा स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्षका उम्मेदवारहरूको मत हेर्दा नेकपा एस कमजोर देखिन्छ । यहाँ ३६ हजार ८६६ मतसहित एमाले पहिलो छ । कांग्रेस ३४ हजार २४० मतसहित दोस्रो रहँदा माओवादी केन्द्रसँग निर्णायक मत छ । ऊसँग २२ हजार ६०७ छ भने नेकपा एससँग २ हजार ७१९ मतमात्रै देखिन्छ । मकवानपुरका अन्य क्षेत्रमा राम्रो मत देखिएको राप्रपासँग यहाँ १ हजार ५३६ मतमात्रै छ ।

    बम र बुढाको के होला ?

    नेकपा एसमा प्रत्यक्ष निर्वाचित दुई सांसद कर्णाली प्रदेशका छन् । ती हुन् मुगु र डोल्पाबाट निर्वाचित गोपालबहादुर बम र धनबहादुर बुढा ।

    तर, वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दुइटै जिल्लामा नेकपा एसको हैसियत निकै कमजोर देखिएको छ । मुगुमा एमाले पहिलो दल बन्दा डोल्पामा माओवादी केन्द्र पहिलो दल बनेको छ । दुइटै जिल्लामा माओवादी केन्द्र र कांग्रेस निर्णायक छन् ।

    सांसद बमको क्षेत्र मुगुमा वडाध्यक्षका उम्मेदवारहरूको मतअनुसार एमालेको ९ हजार ८९४, कांग्रेसले ८ हजार ९४९, माओवादी केन्द्रले ३ हजार ८७६ र नेकपा एसको १ हजार ४८५ मत रहेको छ ।

    त्यस्तै बुढाको निर्वाचन क्षेत्र डोल्पामा माओवादी केन्द्रको ४ हजार ८५५, एमालेको ४ हजार ५४५, कांग्रेसको ३ हजार ६९ र एसको १ हजार ३३४ मत छ ।

    यी दुइटै निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रले पहिला सीट बाँडफाँटमा उदारता र पछि मतदानमा ठूलै सहायता गरेपछि मात्रै नेकपा एस तथा बम र बुढाको पुनः प्रतिनिधिसभा यात्रा सुनिश्चित हुने देखिन्छ ।

    भवानी र कृष्णलाललाई छाड्ला त कांग्रेस ?

    संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको निर्वाचन क्षेत्र तेह्रथुम हो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्यहीँबाट प्रत्यक्ष निर्वाचित उनी अहिले नेकपा एसमा छन् ।

    यही कारण तेह्रथुममा पनि नेकपा एसको दाबी छ । तर, स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत हेर्दा उनको सीट सुरक्षित देखापर्दैन । यहाँ ठूलो मत एमाले र कांग्रेससँगै होल्ड देखिन्छ । एमाले २२ हजार ३१२ मतसहित पहिलो र कांग्रेस २१ हजार ९११ मतसहित दोस्रो छ ।

    माओवादी केन्द्रसँग ६८६ र नेकपा एससँग ५४६ मतमात्रै छ । एमाले र गठबन्धनबीच ‘हेड टु हेड’मा गठबन्धन झिनो मतले अगाडि देखिन्छ । त्यसैले हजार मत पनि नभएको नेकपा एसलाई कांग्रेसले यहाँ सीट छाड्ला त ? प्रश्न गम्भीर छ ।

    यस्तै स्थिति कृष्णलाल महर्जनको निर्वाचन क्षेत्रमा पनि छ । उनी वाम गठबन्धनबाट ललितपुर- २ का निर्वाचित सांसद हुन् । अहिले नेकपा एसमा छन् ।

    गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार यहाँ कांग्रेस एक्लै बलियो अवस्थामा छ । कांग्रेसको २१ हजार ८१ मत रहेको यस क्षेत्रमा एमालेको १७ हजार ७१२, माओवादी केन्द्रको ५ हजार २५४ र राप्रपाको ३ हजार ५९३ मत छ । महर्जनको पार्टी नेकपा एसले ३ हजार १९२ मतमात्रै ल्याएको छ ।

    यस्तोमा उनलाई यो सीट छाड्न कांग्रेसलाई निकै सकस पर्ने देखिन्छ । यस्तोमा सत्ता गठबन्धन दलको कार्यदलले ‘जो जहाँ पहिले जितेको छ, उसैलाई दिने’ मापदण्डलाई कडा रुपमा पालना गर्ने भनेमात्रै महर्जनको सीट सुरक्षित हुनेछ । जुन मापदण्डले मुगुका बम र डोल्पाका बुढाले समेत ‘जीवन बुटी’ पाउने देखिएको छ ।

    पाँच सय मत नकटेका पाण्डेलाई सीट जोगाउनै हम्मे

    पार्टी विभाजनका वेला सनाखतमा ढिलो गरी पुगेका कारण सांसद सोमप्रसाद पाण्डे आधिकारिक रुपमा नेकपा एसका सांसद छैनन् । एमालेकै सांसद सूचीमा उनको नाम छ । सर्वोच्च अदालतको फैसलाले एमालेलाई कारबाही गर्न नमिल्ने भनेका कारण उनको सांसद पद जोगिएको छ ।

    तर, राजनीतिक आवद्धता भने नेकपा एससँगै छ । उनी नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष छन् । उनी पार्टी अध्यक्ष नेपालका सम्धी पनि हुन् । उनी २०७४ को निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनले ३४ हजार ८९९ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत पाएका थिए ।

    यही निर्वाचन क्षेत्रबाट पाण्डे २०५१, २०५६, २०६४ र २०७० मा पनि लडेका थिए । जसमध्ये २०६४ सालबाहेक सबै निर्वाचन जितेका थिए । अहिले भने उनलाई आफ्नो निर्वाचन क्षेत्र जोगाउनै हम्मेहम्मे परिरहेको छ । त्यसको कारण भनेको गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हो । जहाँ उनको पार्टीले निकै कम मत हासिल गरेको छ । उनको निर्वाचन क्षेत्रमा वडाध्यक्षका उम्मेदवारहरूको मतका आधारमा नेकपा एसको जम्मा ४३३ मतमात्रै छ ।

    यहाँ एमालेले ३० हजार ५६६ मत, कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३, र राप्रपाले ३३६ मत पाएको छ । यसरी २९ हजार मत पाएको कांग्रेसले ४३३ मत पाएको नेकपा एसलाई सीट छाडेर जिताउन नसकिने भन्दै दबाब बढाइरहेको छ । यहाँ कांग्रेसबाट गत निर्वाचनमा पराजित नेपालसहित लुम्बिनी प्रदेशका ऊर्जा तथा सिञ्चाइमन्त्री वीरबहादुर राना र नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा। चिरञ्जीवी नेपालले पनि दाबी गरेका छन् ।

  • नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

    नेकपा एसको निर्णयलाई स्वागत गर्दै प्रचण्डले भने- क्रान्ति पूरा गर्न वाम एकता आवश्यक (भिडिओ)

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् । रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्न वामपन्थीको बिचमा एकता आवश्यकता रहेको बताएका हुन् ।

    ‘पुरानो ढंगले अगाडी बढेर अबको आवश्यकता वा क्रान्ति पुरा हुन सक्दैन ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्ने सच्चा वामपन्थीको बिचमा एकता होस् भन्ने हाम्रो प्रयास छ ।’

    पछिल्लो समय केही सकारात्मक पहलहरू भएको समेत उनले बताए । ‘केही समाचार सकारात्मक भएको तपाइ हामीले पनि महसुस गरेका छौँ । चाहे हँसिया हतौडा चुनाव लड्ने साथीहरूको स्थिति होस् चाहे पार्टी एकता संयोजन समिति बनाएर भएपनि कम्युनिस्ट आन्दोलनलाई एक बनाउने कुरा होस्’ उनले भने।

    नेकपा एकीकृत समाजवादीले पनि यस बिषयमा छलफल सुरु गरेको बताउँदै प्रचण्डले यो सकारात्मक रहेको टिप्पणी गरेका हुन् ।उनले भने, ‘हामीले पहिले बाट प्रयास गरिरहेका छौँ । हिजो मात्रै पनि समाजवादी पार्टीले पनि त्यो निर्णय गरेको कुरा आइरहेको छ। यतिले मात्र पुग्दैन । अझै धेरै मेहनत गर्नु छ । हाम्रो पार्टीको ध्यान त्यसैमा छ ।’

    उनले नयाँ वातावरण बनाएर समाजवादीको संघर्ष विकसित गर्न सकिने र त्यसले मात्र वर्ग सङ्घर्षको नयाँ आधार तयार गर्न गर्न सक्ने दाबी गरे ।

     

  • नेकपा एसले खोल्यो माओवादीसँग एकताको ढोका, संयोजन समिति गठन गर्ने निर्णय (भिडिओ)

    नेकपा एसले खोल्यो माओवादीसँग एकताको ढोका, संयोजन समिति गठन गर्ने निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ ।

    पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्विकृत दिने निर्णय गरेको पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले नेपाल प्रेसलाई जानकारी दिए ।

    दुई दिनअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा.बाबुराम भट्टराई र बामदेव गौतमलाई आफ्नै पार्टीको निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताएका थिए ।

    बाबुराम भट्टराई र बामदेव गौतम पनि पार्टी एकता गर्ने आन्तरिक तयारीका साथमा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्न तयार भएका हुन् । उनीहरुले निर्वाचन आयोगमा समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने क्रममा एउटै निर्वाचन चिन्हमा निर्वाचन लड्ने गरी दल दर्ता गराइसकेका छन् ।

  • गठबन्धन कार्यदलको बैठकअघि नेकपा एसको सचिवालय बस्दै

    गठबन्धन कार्यदलको बैठकअघि नेकपा एसको सचिवालय बस्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । गठबन्धन कार्यदलको बैठक बस्नुअघि समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

    बैठकमा उम्मेदवारका पापदण्ड, गठबन्धनमा सीट दाबीलगायतका विषयमाथि छलफल भइरहेको एक नेताले बताए ।

    हाल रहेका सांसदको सीट सुनिश्चित गर्दै २०७४ मा एमालेले जितेका ठाउँमा नेकपा एसको दाबी छ । गठबन्धनले पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी २०७४ मा नरहेकाले उसको हकमा विशिष्ट रूपमा राखेर मापदण्ड बनाइने बताइसकेको छ ।

  • माधव नेपाल कोभिडमुक्त

    माधव नेपाल कोभिडमुक्त

    काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोभिडमुक्त भएका छन् ।

    मंगलबारको पिसिआर रिपोर्ट नेगेटिभ देखिएपछि उनी कोभिडमुक्त भएको समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले बताए ।

    तर, उनको शारीरिक तन्दुरुस्तीमा उल्लेख्य सुधार नभएका कारण सबैखाले भेटघाट बन्द गरिएको सुवेदीले बताए ।नेपाल कोटेश्वरस्थित घरमै आराम गरिरहेका छन् ।

    स्वास्थ्यमा समस्या आएपछि २५ भदौमा उनको पिसिआर परीक्षण गरिएको थियो । रिपोर्ट पोजिटिभ आएलगत्तै उनी स्वास्थ्य सतर्कता अपनाउदै घरमै बसेका थिए ।

  • झलनाथको आह्वान- नागरिकता नीतिमा राष्ट्रिय सहमति गरौँ, जनसांख्यिक अतिक्रमण रोकौँ

    झलनाथको आह्वान- नागरिकता नीतिमा राष्ट्रिय सहमति गरौँ, जनसांख्यिक अतिक्रमण रोकौँ

    काठमाडौं । सत्तारूढ गठबन्धनले आज राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फेरि पारित गर्ने निर्णय लिएको छ । तर, गठबन्धन दलभित्रका एक वरिष्ठ नेता झलनाथ खनालले भने यस सन्दर्भमा फरक राय प्रस्तुत गरेका छन् ।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले यसअघि आफ्नै पार्टीभित्र भएको आन्तरिक बैठकमा अहिले ल्याइएको विधेयक त्रुटिपूर्ण रहेको भन्दै नोट अफ डिसेन्ट नै लेखेका थिए । तर, उनको विचारलाई थाँती राखेर नेकपा एसले विधेयकको पक्षमा निर्णय लिए ।

    अहिले राष्ट्रपतिबाट फिर्ता भएर आएपछि विधेयकलाई आवश्यकता अनुसार सच्याउन सकिने अवसर प्राप्त भएको छ । तर, गठबन्धनले फेरि पनि जस्ताको तस्तै विधेयक पारित गर्ने निर्णय लिएपछि खनाल असन्तुष्ट देखिएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै खनालले गठबन्धनले गरेको निर्णयबारे आफूसँग परामर्श नगरिएको बताए । ‘गठबन्धनले आज जस्ताको तस्तै जे छ त्यही पारित गर्ने भनेर निर्णय गरेकोजस्तो बुझेको छु मैले,’ खनालले भने, ‘तर, मसँग चाहिँ केही पनि छलफल भएको छैन ।’

    आफूले यसअघि गठबन्धनको बैठकमा पनि नागरिकता कानूनका सन्दर्भमा राष्ट्रिय सहमति कायम जानुपर्ने अडान लिएको उनले सम्झिए ।

    ‘यति संवेदनशील विधेयक हतारमा पारित गर्नु हुँदैन भनेको थिएँ,’ खनालले भने, ‘अब राष्ट्रपतिबाट फिर्ता आएपछि फेरि पनि मेरो अडान त्यही नै छ । त्यसो त राष्ट्रपतिबाट सुझावका रूपमा आएका बुँदाहरूप्रति पनि खनाल पूर्ण सहमत छैनन् । उनी भन्छन्, ‘राष्ट्रपतिबाट आएका बुँदाहरू पनि त्यति परिपक्व मैले पाएको छैन । तर, संविधानमा र हाम्रो देशमा केही आधारभूत समस्याहरू छन् । नागरिकताको विषयमा एकदमै गम्भीरतापूर्वक देशले सोच्नुपर्छ ।’

    उनले नेपालजस्तो देशमा जनसांख्यिक अतिक्रमणको खतरा औँल्याए ।

    ‘हाम्रोजस्तो भूराजनीतिक अवस्थिति भएको देश जनसांख्यिक अतिक्रमणबाट बच्नु अत्यन्त आवश्यक छ । यदि जनसांख्यिक अतिक्रमणबाट बचाउने हो भने नागरिकताको बारेमा राष्ट्रिय सहमतिका साथ कडा अडान लिनुपर्छ ।’

    अहिलेको विधेयकले राष्ट्रियताको यो भावनालाई राम्रोसँग नबोकेको उनको विश्लेषण छ । नागरिकता विधेयकलाई पारित गर्ने प्रक्रियामा पनि खनाल सन्तुष्ट छैनन् । समितिमा छलफल गर्नुपर्ने प्रक्रियालाई छलेर छोटो बाटोबाट हतारमा विधेयक पारित गरिनु नहुनेमा उनले जोड दिए ।

  • मेटमणि भन्छन्- कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो

    मेटमणि भन्छन्- कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयो

    काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन् ।

    एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘कम्युनिष्ट पार्टीको दुईतिहाइ नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरीत संसदको दुई-दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई किन भोट हाल्ने भनेर प्रश्न गर्न थालेका छन् ।’

    एमाले अध्यक्ष केपी ओलीले जनताले पहिलो पटक बनाएको नयाँ संविधान कोल्याप्स गर्न खोजेको बताउदै मन्त्री चौधरीले थपे, ‘ठुलो पार्टी, तेत्रा सांसद हुँदा पनि आज एमालेसँग भोट माग्ने नैतिक हैसियत छैन । अब उसलाई किन भोट हाल्ने ? अब उसलाई किन ठूलो पार्टी बनाउने ? जनता प्रश्न गरिरहेका छन् ।’

    कम्युनिष्टहरू शान्ति, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुनुपर्ने बताउँदै चौधरीले एकीकृत समाजवादी वृहत कम्युनिष्ट एकताको पक्षमा रहेको बताए ।

  • माधव नेपाललाई कोरोना संक्रमण

    माधव नेपाललाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा एसका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

    नेपालको निजी सचिवालयका अनुसार आज गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

    अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले बताएको छ ।

    नेपाल आज बिहान पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

  • पद र पैसाका लागि पार्टीमा स्वार्थ देखिन थालेको माधव नेपालको गुनासो (भिडिओ)

    पद र पैसाका लागि पार्टीमा स्वार्थ देखिन थालेको माधव नेपालको गुनासो (भिडिओ)

    काठमाडौं । नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पद र पैसाका निम्ति आफ्नो पार्टीभित्र पनि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताएका छन् ।

    बिहीबार पार्टी कार्यालय आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका निम्ती जे पनि गर्ने प्रवृत्ति आफ्नो पार्टीका साथै नेपालको कम्युनिष्ट आन्दोलनभित्र देखिएको बताए ।

    ‘मबाट सुरू गर्ने प्रवृति व्याप्त छ ।  ‘म’ ले पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गरेरै छाड्नुपर्छ । सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना राख्नुपर्छ र ‘म’ भन्दा भिन्न सोच राख्ने कुरामा अघि बढ्नुपर्छ ।’

    अध्यक्ष नेपालले जनताका समस्याहरूलाई बुझ्ने गरी पार्टीको असल कार्यकर्ता भएर भूमिका निर्वाह गर्न निर्देशन पनि दिए ।

  • मकवानपुर : संघमा इन्द्र र विरोधको चर्चा, माओवादीलाई प्रदेशमा मनाउने प्रयास

    मकवानपुर : संघमा इन्द्र र विरोधको चर्चा, माओवादीलाई प्रदेशमा मनाउने प्रयास

    हेटौँडा । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीसँगै मकवानपुरमा सम्भावित उम्मेदवारको चर्चा सुरू भएको छ ।

    दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा हाल क्षेत्र नम्बर १ मा नेकपा एमालेका कृष्णप्रसाद दाहाल र २ मा नेकपा एसका विरोध खतिवडा सांसद छन् ।

    सीट बाँडफाँट हुँदा नेपाली कांग्रेसका वागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ र समाजवादीको तर्फबाट पूर्वस्वास्थ्यमन्त्री समेत रहेका विरोध खतिवडाले टिकट पाउने चर्चा गठबन्धनभित्र छ । बानियाँको १ र खतिवडाको हालकै क्षेत्रमा दाबी रहेको एक नेता बताउँछन् । यसो हुँदा नेकपा माओवादी केन्द्रलाई भने प्रदेशसभाको सीट छुट्याइने गरी छलफल भइरहेको छ ।

    कांग्रेसले बानियाँलाई प्रत्यक्ष उठाएर सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई समानुपातिक सूचीमा राख्ने तयारी भैरहेको कांग्रेसका एक नेताले बताए । यसो गर्दा प्रदेशतर्फ माओवादी र कांग्रेसले २-२ सीट लिने गरी भागबण्डा हुनेछ । केन्द्रको टिकट नपाउँदा माओवादीले प्रदेशको ३ सीट दाबी गरेको छ । तर, लेनादेना गर्दा २-२ सीटमा कुरा मिल्नुपर्ने कांग्रेसका एक नेता बताउँछन् ।

    गत स्थानीय तहको निर्वाचनमा मकवानपुरमा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो भएका छन् । त्यसैलाई टेकेर कांग्रेसले एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभामा दाबी गरेको हो । प्रतिनिसधसभामा बानियाँ र खतिवडालाई टिकट दिएर सन्तुलन मिलाउने प्रयासमा सत्ता गठबन्धन लागेको छ ।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमै १ बाट उम्मेदवार बन्ने तयारी गरेका बानियाँ अन्तिम क्षणमा कमल थापालाई आफ्नो क्षेत्र सुम्पेर क्षेत्र नम्बर २ को ‘क’ बाट लडेका थिए ।

    क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा माओवादीका प्रेमबहादुर पुलामीको सम्भावना छ । ‘ख’ मा कांग्रेसबाट आनन्दराम पराजुलीको चर्चा छ । स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदका दाबेदार रहेका पराजुली सत्ता गठवन्धनको भागवण्डाको कारण मेयर बन्न पाएका थिएनन् । त्यसकारण पनि उनी यो पटक प्रदेशसभाका स्वत: दाबेदार बताइएकव छ ।

    समाजवादीका नेता खतिवडा उम्मेद्वार बन्दा २ को ‘क’ मा नेपाली कांग्रेसले दाबी गर्ने देखिन्छ भने ‘ख’मा माओवादी केन्द्रका नेता प्रदेशसभा सदस्यका उम्मेद्वार बन्नेछन् ।

    कांग्रेसले ‘क’ बाट कसलाई अघि सार्ने भनेर चर्चा नगरेपनि हाल कांग्रेस मकवानपुरका सभापति रहेका बुद्ध लामा उम्मेद्वार बन्ने चर्चा चलेको छ भने ख बाट माओवादी नेता एवं प्रदेश सामजिक विकास मन्त्री कुमारी मोक्तानको चर्चा छ ।

  • संसदीय समितिमा सदस्यको हेरफेरः रामकुमारी झाँक्री अर्थ र किसान श्रेष्ठ राज्य व्यवस्थामा

    संसदीय समितिमा सदस्यको हेरफेरः रामकुमारी झाँक्री अर्थ र किसान श्रेष्ठ राज्य व्यवस्थामा

    काठमााडैं । प्रतिनिधिसभाअन्तर्गत रहेको संसदीय समितिमा सदस्यको हेरफेर भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले यसबारे जानकारी गराएका हुन् ।

    जसअनुसार पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्री अर्थ समितिमा, पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा सार्वजनिक लेखा समितिमा परेका छन् ।

    यस्तै सांसद धनबहादुर बुढालाई सार्वजनिक लेखा समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सारिएको छ ।

  • नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न सांसद जैरुको माग (भिडिओ)

    नागरिकतामा ‘कुकुर’, ‘कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न सांसद जैरुको माग (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले दलित समुदायको नागरिकतामा नाम बिगार्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधानमा दलितलाई अग्रस्थानमा राख्ने लेखिएकाले राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै सभामुखसँग ‘रुलिङ’ गर्नसमेत माग गरेकी छन् ।

    उनले भनिन्, ‘६० लाख दलितको भोटले निर्वाचित हुने हामी सांसदलाई लज्जित बनाएको छ । नागरिकतामा ‘कुकुर’ र ‘कुकुर्नी’ लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस्’ ।

    सोमबारमात्रै गृह मन्त्रालयले नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

  • रामकुमारी झाँक्रीको आकस्मिक प्रेसमिट: राजनीतिक प्रश्नबाट टक्टकिइन्

    रामकुमारी झाँक्रीको आकस्मिक प्रेसमिट: राजनीतिक प्रश्नबाट टक्टकिइन्

    काठमाडौं । पछिल्लो समय आफ्नै पार्टीको नेतृत्वसँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आज आकस्मिक पत्रकार सम्मेलन डाकिन् । धेरैले आशंका गरे, कतै पार्टी सचिवको पदबाट राजीनामा घोषणा गर्न लागेकी त होइनन् ?

    यसअघि मन्त्रीबाट राजीनामा दिँदा धुरुधुरु रोएर भाइरल भएकी थिइन् झाँक्री । हाल उनी आफूलाई शहरी विकासमन्त्रीमा प्रतिस्थापन गरेका मेटमणि चौधरीसँग वाकयुद्धमा छिन् ।

    पत्रकार सम्मेलन डाक्नुअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् र पार्टी अध्यक्ष माधवकुमार नेपालले रौतहटमा शिलान्यास गरेका आयोजनाहरुमाथि आफूले उठाएको प्रश्नमा अडान लिएकी थिइन् । कुनै पनि प्रक्रिया पूरा नगरिकन अध्यक्षबाट हतारमा योजना शिलान्यास गराइएको उनको आरोप छ ।

    तर, आज आयोजित पत्रकार सम्मेलनमा भने नेतृ झाँक्रीबाट पत्रकारले कुनै ‘मसला’ पाउन सकेनन् । उनी राजनीतिक प्रश्नबाट पूरै तर्किइन् । पत्रकार सम्मेलनको सुरुमै उनले आफूलाई राजनीतिक प्रश्न नसोध्न आग्रह गरेकी थिइन् । अनि, बीच-बीचमा आफूलाई विवादित नबनाइदिन पनि उनको अनुरोध थियो ।

    प्रेस मिट सुरु हुनुअघि उनी ठट्यौलो मुद्रामा पत्रकारसँग पेश भएकी थिइन् ।

    पत्रकारहरुले तेर्स्याएको माइक मिलाउँदै उनले भनिन्, ‘राजनीति नगरेको भए यही मिलाइरहेको हुन्थेँ होला । ट्राइपोड बोक्न रमाइलो लाग्थ्यो ।’

    त्यसपछि आफ्नै कपाल भुत्ल्याउँदै भनिन्, ‘म त मेकअप पनि आधी गरेर हिँडेको छु, हतार भएर ।’

    खासमा आजको पत्रकार सम्मेलन नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको थियो । छोटो सूचनामा पनि पत्रकारहरु उल्लेख्य संख्यामा उपस्थित भएका थिए । झाँक्रीले बोल्नुपुर्व पत्रकार समाजका व्यक्तिले पत्रकार सम्मेलनको उद्देश्य प्रष्ट्याए ।

    उनले मन्त्री झाँक्रीले आफ्नो कार्याकालमा गज्जबको काम गरेको सन्दर्भ कोट्याउँदै ७०.१३  प्रतिशत सफलता हासिल भएको सुनाए । त्यसपछि झाँक्रीले सम्बोधन सुरु गरिन् ।

    आफ्नो सम्बोधनको सुरुमा झाँक्रीले सञ्चारमाध्यममा राजनीतिक समाचारहरु प्रशस्तै फलोअप हुने गरेको तर पूर्वाधारसँग सम्बन्धित समाचारहरुको फलोअप राम्रो नहुने गरेको गुनासो गरिन् । आफू मन्त्री बन्दा सुरु गरेका कामहरुको फलोअप गरिदिनुपर्यो भन्ने उनको मुख्य आशय देखियो ।

    ‘पूर्वाधारका इस्यूहरु एकदमै कम फलोअप भएको देखिन्छ । शहरी पूर्वाधारभित्र यति धेरै इस्यूहरु छन् । तर, फलोअप भएको छैन’, उनले भनिन् ।

    पत्रकार सम्मेलनभरि उनले शहरी पूर्वाधारसँग सम्बन्धित सैद्धान्तिक विषयहरुमा कुराकानी गरिन् । पूर्वाधार विकासका कामहरुलाई कसरी प्रभावकारी तुल्याउन सकिन्छ भन्ने आफ्नो अवधारणा उनले प्रस्तुत गरिन् । आयोजनाको छनोट, तयारी तथा प्रक्रियागत कुराहरुमा राम्रो ध्यान नदिइनाले धेरै आयोजनाहरु विफल हुने गरेको झाँक्रीको टिप्पणी थियो ।

  • गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

    गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ ।

    प्रधानमन्त्री निवास बालुवारमा बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग अनौपचारिक छलफल समेत गरेका छन् । कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०/४० को प्रस्ताव राख्ने भएको छ ।

    प्रधानमन्त्रीसँगको भेटपछि एक पदाधिकारीले भने–कांग्रेस एक्लै लड्दा पनि ८० सिट जित्ने आँकलन छ । गठबन्धन गर्दा त्यो भन्दा बढी नजित्ने हो भने किन गर्ने रु त्यसैले ६० प्रतिशत कांग्रेसले राख्ने र ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिने हाम्रो औपचारिक प्रस्ताव हुन्छ ।

    कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ । त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुको छ ।

    कांग्रेस नेता अर्जुन नरसिंह केसीले ६० प्रतिशत सिटमा चुनाव नलड्ने हो भने कांग्रेसले गठबन्धन गर्नुको औचित्य नहुने र पार्टीमा ठूलो विद्रोह हुनसक्ने बताए । केही सिट तलमाथि भए पनि ६०-४० लाई आधार बनाइनुपर्ने उनको भनाइ छ ।

    तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

    कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको नेकपा एसका सम्मानित झलनाथ खनालले बताए ।

    खनालले भने–कांग्रेसले ६० प्रतिशतको दावी गर्नु उसको कुरा हो,गठबन्धन बैठकमा सबैका आ आफ्ना प्रस्ताव हुन्छन् । हाम्रो पनि हुन्छ । तर सहमतिमै टुंगो लाग्छ । कसले कति पाउने भन्दा पनि विगतमा कसले कहाँ जितेका छन् ती कायम राखेर बाँकी ठाउँ जनमत,व्यक्तित्व हेरेर सम्मानजनक ढंगले टुंगो लगाइनुपर्छ ।

    आजको गठबन्धन बैठकले सबै आधार र मापदण्डका आधारमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने र कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेतृत्वले टुंगो लगाउने खनालले बताए ।

  • माधव नेपालको दाबी– चुनावमा गठबन्धन कायमै रहने घोषणा भोलि गर्छौं, तेस्रो मोर्चा पनि बन्छ (भिडिओ)

    माधव नेपालको दाबी– चुनावमा गठबन्धन कायमै रहने घोषणा भोलि गर्छौं, तेस्रो मोर्चा पनि बन्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घोषित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्ता गठबन्धन कायमै रहने घोषणा भोलि नै हुने बताएका छन् ।

    चुनावको मिति घोषणालगत्तै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने– गठबन्धन रहन्छ भनेर भोलि घोषणा गर्दैछौं । गठबन्धन कायम हुन्छ र गठबन्धनभित्रै अर्को मोर्चा पनि बन्छ तेस्रो शक्ति । तेस्रो शक्तिमा नेकपा एस, माओवादी केन्द्र, जसपा र राजमो एक ठाउँमा गोलबन्द हुन जरुरी छ । कांग्रेसलाई के परेको हुनसक्छ भने हामी नै सबैथोक हौं,त्यसैले पनि जरुरी छ ।

    अध्यक्ष नेपालले गठबन्धनको मात्र भर पर्न नहुने भन्दै भोलि रोएर बस्नुपर्ने अवस्था आउन नदिन आफ्नो शक्तिमा चुनाव लड्ने तयारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

    उनले एमालेको नाम नलिई जसले अर्काको अस्तित्व स्वीकार गर्दैन उसँग वाम गठबन्धन गरिदेऊ भनेर नजाने बताए ।

  • धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

    धादिङमा नेकपा एस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश

    धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

    नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

    यसैगरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल एमालेसहित एमालेमा प्रवेश गरेका हुन् ।

    आज धादिङबेशीमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनीले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

  • पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहन्छ : माधव नेपाल

    पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहन्छ : माधव नेपाल

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचन सम्म रहने बताएका छन् ।

    एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न डोटी पुगेका नेपालले सिलगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्म रहने बताएका हुन् ।

    उनले अहिले गठबन्धनको अवक्तव्यता रहेको समेत जिकिर गरे । नेपालले गठबन्धन कायम राख्ने विषयमा गठबन्धनमा रहेका दलहरू एक मत रहेको समेत प्रस्ट पारे ।

    ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्,’ उनले भने, यो गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म जान्छ ।’

    फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौ,’उनले भने ।

  • समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो

    समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो

    काठमाडौं । तत्कालीन नेकपाका ५ जना सचिवालय सदस्य दुईपटक सामुहिक छलफलमा बसेर फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एकजनाले टिप्पणी गरे- अब सायद यिनीहरूले बहुमतबाट केपी ओलीलाई एमालेको अध्यक्षबाट हटाउने निर्णय गर्‍यौँ भन्ने होलान् ।

    इतिहासको गर्तमा पुगिसकेको नेकपाका पाँच सचिवालय सदस्यको बैठकमा नेकपाकालीन संरचना ब्युँताउने प्रस्ताव वामदेवले राखेका थिए । पछि गएर यो समूहमा बाबुराम भट्टराईसमेत मिसिएपछि समाजवादी केन्द्र बनाउने चर्चा सुरू भयो । जुन केन्द्रमा उपेन्द्र यादवसमेत समेटेर कांग्रेस र एमालेलाई काउन्टर दिने कुरा पनि चल्यो ।

    नेपाली राजनीतिमा पछिल्लो समय तीब्र रूपमा समाजवादी केन्द्रको बहस चुनावी स्टन्टमात्र हो कि, साँच्चिकै तेस्रो धारको निर्माण भन्ने प्रष्ट भइसकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अगुवाइ गरेको यो कसरतमा सत्ता गठबन्धनबाहेकका दलसमेत मिसिएका छन् ।

    सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

    यसमा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, जसपाबाट भर्खरै छुट्टिएर नयाँ पार्टीमा जुटेका बाबुराम भट्टराईको समूह र जसपा सामेल गर्न खोजिएको छ । केही दिनअघि जनकपुर पुगेका प्रचण्डले उपेन्द्र यादव पनि समाजवादी केन्द्रमा आउने बताएका थिए । तर, उपेन्द्रले त्यो सम्भावना खारेज गरेका छन् ।

    चुनावलक्षित केन्द्र निर्माणको होमवर्कमा जुटेका नेताहरू एकता गरेर नयाँ पार्टी बनाउनेसम्मको रणनीतिमा छन् । तत्काल त्यो सम्भव नभए संयन्त्र बनाइने र संयुक्त घोषणापत्र बनाएर एउटै चिन्हका साथ चुनाव लड्ने विषयमा छलफल भइरहेको माओवादी नेता हरिबोल गजुरेल बताउँछन् ।

    बिहीबार स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भइरहेका पहल र अहिलेसम्मका उपलब्धिबारे जानकारी गराएको उनको भनाइ छ ।

    ‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’, गजुरेलले नेपाल प्रेससँग भने ।

    संयुक्त घोषणापत्र र एउटै चुनाव चिन्ह भने पहिले एकताको टुंगो लागेपछि हुने उनले बताए ।

    सत्ता गठबन्धन कायमै राखेर अर्को मोर्चाबन्दी हुन्छ त ? भन्ने जिज्ञासामा उनले यसले गठबन्धनलाई कुनै असर नपार्ने उल्टै बल पुग्ने दाबी गरे । तर, एमालेसँगको च्याप्टर भने क्लोज भइसकेको गजुरेलको प्रष्टीकरण थियो ।

    नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच यसअघि दुई चरण छलफल भएर यस एजेण्डाको उठान गरेका हुन् । सचिवालय ब्युँताउने र एकता संयोजन संयन्त्र बनाउने वामदेवको प्रस्ताव र संयोजनमा नेताहरू जुटेका थिए । वामदेवले नेकपा एकता संयोजन संयन्त्र बनाउने र यसमा एमाले अध्यक्ष ओलीलाई पनि मनाउन सकिने बताएका छन् ।

    तर, ओलीले पार्टीको प्रशिक्षण कार्यक्रममा फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको प्रतिक्रिया दिएका थिए । ‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि सुरू भएको छ । यो त्यति सफल हुँदैन,’ उनको भनाइ थियो ।

    शक्ति आर्जनको दाउ

    यसअघि नेकपा एमाले र माओवादी एकतापछि बनेको नेकपा दुई तिहाइनजिक पुगेर ५ वर्षपनि नटिकेको दृष्टान्त हामीमाझ छ । आन्तरिक किचलोबाट नेकपा फुटपछि माधव नेपालको समूह एमालेबाट चोइटिएको छ ।

    टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

    ‘कांग्रेसको यही अहमता रहने हो भने उसैसँग मात्र तालमेल गर्नुपर्छ भन्ने छैन । अहिले अध्यक्षका लागि आन्तरिक र बाह्य राजनीतिक सहज बनेको छ । यही बुझेर उहाँ वामपन्थी एकजुट गराउन लाग्नुभएको हो । यो आवश्यकता पनि छ’, प्रचण्डनिकट एक नेताले भने ।

    ‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’- हरिबोल गजुरेल

    कांग्रेसभित्रै पनि गठबन्धनमा मतऐक्यता नभएको साथै एमालेसँगको तालमेल पनि असम्भव देखेका प्रचण्डले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेका छन् । र, माधव-झलनाथ र वामदेवको आड-भरोसाले हौसिएका पनि छन् ।

    एमाले फुटाएर जन्मिएको नेकपा एसलाई पनि स्थानीय तह निर्वाचनको परिणामले सन्तोष दिएको छैन । त्यसैले पार्टीको वास्तविक परीक्षा आउँदो संसदीय चुनावमा हुने भएकाले उसले पनि शक्ति आर्जनका लागि यो मोर्चाबन्दीलाई हतियार बनाउन खोज्दैछ । गठबन्धनको तेस्रो ठूलो घटक भएको भन्दै माधवकुमार नेपालले नेकपा एसको शक्तिलाई कम नआँक्न कांग्रेस र माओवादीलाई सचेत गराउँदै आएका छन् ।

    एमाले नेतृत्वकै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन आफूसहितका नेताको राजनीतिक भविष्य दाउमा राखेको मूल्यस्वरूप चुनावपछि छोटो समयकै लागि भए पनि प्रधानमन्त्री बन्न चाहन्छन् ।

    कांग्रेसमाथि दबाब !

    स्थानीय चुनावमा एमालेविरोधी तालमेलबाट हौसिएको पाँचदलीय गठबन्धन आगामी संसदीय चुनावसम्म जान प्रतिबद्ध भइसकेको छ । गठबन्धनका लागि सबैको भरोसा बनेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमै एमालेलाई कम नआँक्न भन्दै ओली छाडेर आएका प्रचण्ड-माधवलाई अलपत्र पार्न नसकिने बताउँदै आएका छन् ।

    साउनको सुरूवातीमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आफ्नै पार्टीलाई बहुमतको ग्यारेण्टी हुनेगरी गठबन्धनलाई कायम राख्ने निर्णय गरिसकेको छ । र, आफ्नै नेतृत्वमा ५ वर्ष स्थायी सरकार बनाउने रणनीतिमा कांग्रेस लागेको छ ।

    उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संयन्त्रको रिपोर्टिङका आधारमा देशभरको अवस्था ब्रिफिङ गर्दै माओवादी गठबन्धनविना चुनावमा नजाने सुनाएका थिए । एक्ला-एक्लै चुनाव लड्का कांग्रेसको पनि राम्रो नतिजा नआउने साथै माओवादीले ८ सिटभन्दा नजित्ने खाणको प्रक्षेपण थियो । उसलाई एमालेतिर जानबाट रोक्नुपर्ने कांग्रेसको बाध्यता भने गृहमन्त्रीले सुनाएका थिए ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

    नेकपा एसले रौटहटमा एक सीट जित्ने र मधेसवादी दलहरूले १५/१६ सीट जित्नसक्ने रिपोर्ट गृहमन्त्रीको छ । उनको अनुमानमा कांग्रेस एक्लै लड्दा ८० सिटसम्म जित्न सक्ने तर एमाले पनि सोही हाराहारीमा आउने अवस्था छ ।

    स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये १२८ जनाले गठबन्धनको बलमा जितेको पार्टीको आधिकारिक प्रतिवेदनमै उल्लेख छ ।

    चुनावसम्म गठबन्धन गरेर जाने कांग्रेसको निर्णयले माओवादी र नेकपा एसलाई राहत त मिलेको छ नै । तर, आफ्नै बहुमत सुनिश्चित गर्ने गरी मात्र सर्त राखेर गरिएको निर्णयमा उनीहरू झस्किएका छन् । र, कांग्रेसको यही निर्णयपछि समाजवादी केन्द्रको बहस एकाएक तातेको छ ।

    हुन त प्रचण्डले पटकपटक समाजवादी केन्द्रको निर्माणले गठबन्धनमा असर नपार्ने बताइरहेका छन् । पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पनि उनले कांग्रेसको विकल्प सोच्न आवश्यक नरहेको बताएका छन् ।

    कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरूको समाजवादी मोर्चा बनाउन सकिनेबारे छलफल भइरहेको प्रचण्डले ब्रिफिङ गरेका थिए ।

    गठबन्धनमा अबको चुनावको सीट बाँडफाँटको विषय पेचिलो छ । आफ्नो बहुमत सुनिश्चित गर्ने बताइसकेको कांग्रेसले कम्तीमा ९० सीट जित्नुपर्छ । १६५ मध्ये ९० सीटभन्दा तल झर्न नसकिने कांग्रेस नेताहरू बताइरहेका छन् ।

    तर, प्रचण्ड भोलि आफू निर्णायक शक्ति हुनेगरी मात्र सीट बाँडफाँट हुनुपर्छ भन्नेमा सचेत छन् । कांग्रेसलाई प्रष्ट बहुमत ल्याउन नदिनेगरी दाबी गर्ने ध्याउन्नमा रहेका उनले जसपा, लोसपा, नेकपा एससँगै मिलेर सरकार बनाउने अवस्थामा आफू बाइपास हुनसक्ने जोखिम राम्ररी बुझेका छन् ।

    माओवादीका एक नेताका अनुसार सीट बाँडफाँटका लागि कांग्रेसलाई ७० बाट सुरू गरेर ७५ लाई बटमलाइन बनाउने प्रचण्डको रणनीति छ । अझ समाजवादी केन्द्रमार्फत थप दबाबमा पारेर कांग्रेससँगको बार्गेनिङ पावर बढाउन देउवालाई झस्काउन खोजिरहेका छन् उनी ।

    ‘चुनावसम्ममा पार्टी एकता गरेर जाने अवस्थामा कांग्रेसकै भर परिरहनुपर्छ भन्ने छैन । हाम्रो बुइ चढेर कांग्रेस नै माथि जाने अवस्थामा त हामीले पनि कांग्रेससँगै मिल्नुपर्छ भन्ने छैन’, प्रचण्डनिकट एक नेता सुनाउँछन् ।

    यता माधव नेपाल पनि कांग्रेस-माओवादी नेतृत्वलाई नेकपा एसको अपमान नगर्न र आफूहरू एमालेको विद्रोही शक्ति हो भन्ने नबिर्सन पटक-पटक भनिरहेको बेलाबेला बताइरहेका छन् ।

    कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।

    एक पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस-माओवादी नेतृत्वलाई आफूले ‘टोकिरहेको’ र स्थानीय चुनावमा गरेजस्तो दम्भ र अहंकार देखिए आउने चुनावमा गठबन्धन सफल नहुने चेतावनी दिएका थिए । तर, अहिलेको अवस्थामा गठबन्धनबाट बाहिरिहाल्न जोखिम मोल्ने तयारीमा नेकपा एस छैन । यसलाई घुर्कीको रूपमा मात्र लिन सकिन्छ ।

    केही दिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संसदीय चुनावमा कम्तीमा ४० सीट पाउनुपर्ने बताएका थिए । उनले कांग्रेस धोखेबाज शक्ति रहेकाले आफूहरूका लागि कांग्रेससँगको गठबन्धन फलदायी नहुने भनेर बेलाबेला शंका व्यक्त गर्दै आएका छन् ।

    ‘कांग्रेसले हामीलाई भोटरमात्र बनायो । हाम्रो भोट लिने तर हामीलाई नदिने । गठबन्धनबाट हामीले फाइदा लिन सकेनौं । अब यसको गम्भीर समीक्षा हुनुपर्छ र एमालेले जितेका सिटमा हाम्रो दाबी रहन्छ ’, खनालले भनेका थिए ।

    एमालेले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट ९७ सिटमा उम्मेदवारी दिएर ८० सिट जितेको थियो । प्रत्यक्ष निर्वाचित ८० मध्ये हाल नेकपा एसमा १३ जना सांसद छन् ।

    आवश्यकता कि बाध्यता ?

    टुटफुटले कम्युनिष्ट आन्दोलन कमजोर हुने भन्दै बेलाबेला वामपन्थी शक्ति एकगढ हुनुपर्न आवाज नउठेका होइनन् । तर, एकताको रटान लाउन नथाक्ने नेताहरू सानो असमझदारीमै ‘धुजाधुजा’ भएका छन् ।

    पछिल्लो समय नेपाली राजनीतिमा ‘अप्राकृतिक गठबन्धन’ ले जनमतको भने अवमूल्यन भएको छ । तालमेलका कारण एक दल अर्कोसँग मिल्दा वास्तविक जनमत देखिन्न ।

    सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

    टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

    प्रचण्ड-माधव समूहसँग कांग्रेसले नदिए एमालेतिर जान्छौं भन्ने ठाउँ पनि अब छैन । एमालेले वाम गठबन्धनको सम्भावना खारेज गरिसकेको अवस्थामा सत्ता गठबन्धनभित्रै समाजवादी केन्द्र बनाएर बढीभन्दा बढी सीट बार्गेनिङ गर्ने खेलोमेलोबाहेक यसले कुनै आकार लिने वा परिणाम दिने सम्भावना छैन ।

    यस्तो अवस्थामा कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।

  • हेटौँडाकी मेयर मिना लामाको सम्पत्ति : १५ तोला सुन, ४० लाखको ट्याङ्कर

    हेटौँडाकी मेयर मिना लामाको सम्पत्ति : १५ तोला सुन, ४० लाखको ट्याङ्कर

    हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । विगत पाँच वर्ष उपमहानगरको उपप्रमुखको जिम्मेवारीमा समेत रहेकी लामाले आफूसँग १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिक बाहेक २० हजार बैंक मौज्दात रहेको बताएकी छन् ।

    नेकपा एकीकृत समाजवादीबाट टिकट पाएकी लामाले पारिश्रमिक बापत पाउने ४० हजार रुपैयाँ कृषि विकास बैकमा रहेको जनाएकी छन् । सार्वजनिक गरेको सम्पत्ति विवरणमा अन्य कुनै पनि कारोबारमा आफू संलग्न नभएको जनाएकी छन् ।

    उनले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नामा हेटौँडा–१ चाइना क्वाटरमा ११ धुर, सासू सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर र ससुरा कान्छा लामाको नाममा ११ रोपनी जमिन रहेको उल्लेख छ ।

    त्यस्तै श्रीमान् सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण रहेको छ भने ४० लाख बराबरको ट्याङ्कर, छोरा सुमित लामाको नाममा एक वटा २ लाख ५० हजार बराबरको मोटरसाइकल रहेको उल्लेख छ ।

  • मुख्यमन्त्री राई भन्छन्- तर्क र तथ्यको आधारमा पहिचानको कुरा गरेको हो (भिडिओ)

    मुख्यमन्त्री राई भन्छन्- तर्क र तथ्यको आधारमा पहिचानको कुरा गरेको हो (भिडिओ)

    काठमाडौं । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामाकरण पहिचानकै आधारमा हुनुपर्ने आफ्नो अडान दोहोर्‍याएका छन् ।

    पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा उनले आफूले जातीय सेन्टिमेन्टमा मात्र नभएर तर्क र तथ्यको आधारमा बहुपहिचानको कुरा राखेको बताए ।

    केही तर्कका साथ मैले पहिचानको नाम हाम्रो पार्टीको धारणा हो भनेर राखिरखाको छु । मैले जातीय सेन्टिमेटन्टले यो कुरा राखिराखेको छैन’, राईले भने, ‘मलाई भाषा आउँदैन, मलाई राईको संस्कृति आउँदैन, मेरा घरमा अहिले पनि बाहुन लगाएर पूजापाठ हुन्छन्, मैले अन्तरजातीय विवाह गरेको छु, बुबाआमाको पुस्तापछि मैले राई संस्कृतिको पूजाआजा गर्दिनँ र जान्दिनँ पनि, मलाई साकेला नाच्न आउँदैन । मेरो तर्क र तथ्य छ त्यति मात्र हो ।’

    मुख्यमन्त्री राईले प्रदेशको नामाकरणमा मूलधारका नेताहरूले नै हिजो पहिचानको आश्वासन दिएको बताए ।

    राईले भने, ‘हिजो हाम्रै मुलधारका नेताहरूले आन्दोलन र चुनावको बेला तिमीहरूलाई पहिचानको नाम दिन्छौ भने अनेकौ पटकका सम्झौताहरूमा कागज गरेका छन् । मा‌ओवादीले त एकल पहिचानको कुरा गरेर जनसरकारहरू नै बनाए । कांग्रेसले भीम तामाङ, नरहरि आचार्यसहितको कार्यदलले द्वन्द्व पनि मेटिने, पहिचान पनि भेटिने भनेर सिफारिस नै गरेको छ । एमालेको पनि संविधानसभाको दुईटा चुनावमा बहुपहिचानको सातवटा प्रदेश हुनेछन् भनेर त्यो घोषणापत्र तयार गरेका छौं ।’

  • झलनाथको प्रश्न : कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

    झलनाथको प्रश्न : कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्ने ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् ।

    नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।

    तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

    खनालले भने, ‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो ? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही ? अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने ? केको लागि जाने ? दलाल बन्न ? पुच्छर बन्न ? जानु हुँदैन ।’

    उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।

    खनालले अहिले बाम एकताको खाँचो रहेको औंल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।

    सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाई छ ।

     

  • मेयर आचार्यको प्रश्न: स्थापित व्यवसायी हुँ, सम्पत्ति विवरणमा किन आश्चर्य ?

    मेयर आचार्यको प्रश्न: स्थापित व्यवसायी हुँ, सम्पत्ति विवरणमा किन आश्चर्य ?

    काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको धनसम्पत्तिको विवरण सञ्चारमाध्यममा आएसँगै धेरैले जिभ्रो टोके । राजनीति गर्ने व्यक्तिले झण्डै आधा अर्ब रुपैयाँको धनसम्पत्ति कसरी आर्जन गरे भन्ने प्रश्न उठेको छ ।

    तर, आचार्यलाई नजिकबाट चिन्नेहरुका निम्ति भने उनले देखाएको विवरण अनौठो थिएन । यथार्थमा उनी नेताभन्दा बढी व्यवसायी हुन् । दर्जनौं व्यवसायमा हात हालेका स्थापित व्यवसायी भएको हिसाबले आफ्नो सम्पत्ति विवरणमा कसैले आश्चर्य मान्नु नपर्ने बताउँछन् आचार्य ।

    ‘म ३० वर्षदेखि व्यवसाय गरिरहेको छु, दुई दर्जन जति संस्थामा मेरो संलग्नता छ’, उनले भने, ‘सार्वजनिक व्यक्ति भएको हिसाबले मैले केही नलुकाइ आफूसँग भएको सम्पत्तिको स्वघोषणा गरेको हुँ ।’

    मेयर आचार्यको सम्पत्ति विवरणअनुसार उनी ४३ करोड ४१ लाख रुपैयाँ बराबरको प्रपर्टीका मालिक हुन् । यो अंकमा उनको भागबन्डा गर्न बाँकी पुर्ख्यौली सम्पत्ति र सुनचाँदीको विवरण समावेश छैन । उनले आफूसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हीरा भएको खुलाएका छन् । यस्तै काठमाडौंमा एउटा र पोखरामा दुईवटा गरी ३ वटा घर र चारवटा गाडी छन् । शेयरमा उनको २६ करोड रुपैयाँको लगानी छ ।

    आचार्यले आफ्नो सम्पत्ति विवरण भर्खरै देखाएका भने होइनन् । उनले स्थानीय चुनावको मनोनयन दर्ता गर्दा नै सम्पत्ति विवरण निर्वाचन आयोगमा बुझाएका थिए । पोखरा महानगरपालिकाको वेबसाइटमा चाहिँ त्यसलाई भर्खर अद्यावधिक गरिएको हो ।

    मेयर आचार्य २०४३ सालबाट एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा सभापति पनि भए । २०५८ सालसम्म उनले सक्रिय राजनीति गरे । त्यसपछि व्यवसायतिर केन्द्रित भए । २२ वर्षसम्म राजनीतिलाई दोस्रो प्राथमिकता बनाएका उनले व्यवसायमा राम्रो प्रगति गरे ।

    आचार्यले युनाइटेड ग्रुप अफ अर्गनाइजेशनअन्तर्गत आफ्नो व्यवसाय अघि बढाइरहेका छन् । यस गु्रपको मातहतमा थुप्रै कम्पनीहरु छन् भने यसबाहिर पनि विभिन्न टीमसँग उनी जोडिएका छन् । कुल मिलाएर दुई दर्जन कम्पनीमा आफ्नो आवद्धता रहेको उनले बताए ।

    आचार्यले पब्लिकेशन हाउस, शैक्षिक सामग्री उद्योग, रसायनिक मल, होटल, हाइड्रोपावरदेखि बैंकिङसम्म आफ्नो व्यवसायिक सञ्जाल विस्तार गरेका छन् । नारायणगढमा उनको कापी उद्योग छ भने विराटनगरमा मल उद्योग छ । यस्तै काठमाडौंमा पब्लिकेशन हाउस छ । उनी थुप्रै कम्पनीहरुका प्रमोटर, चेयरम्यान र सञ्चालक छन् ।

    दुई वर्षअघिसम्म उनी काठमाडौंमै बसेर व्यवसाय हाँकिरहेका थिए । त्यसबेला उनी तत्कालीन एमालेको उद्योग वाणिज्य संगठनका केन्द्रीय अध्यक्ष थिए । आफूलाई समय र परिस्थितिले फेरि पूर्णकालीन राजनीतिमा फर्काएको बताउँछन् आचार्य ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि पार्टीमा विवाद बढ्यो । उनी माधव नेपालको गुटमा लागे । माधव नेपाल समूहले उनलाई कास्की एमालेको समानान्तर अध्यक्ष बनायो । त्यसपछि उनले जिल्ला फर्केर राजनीतिक गर्न थालेका हुन् । पोखरा महानगरको मेयरमा टिकट पाएपछि उनले सत्तारुढ गठबन्धनको समर्थनमा चुनाव जिते । एमालेका कृष्ण थापालाई आचार्यले ६ हजारभन्दा बढीको मतान्तरले हराएका थिए ।

    अब व्यवसायबाट विश्राम लिएर राजनीतिमै पूरा समय दिने आचार्य बताउँछन् । आफ्नो व्यवसाय परिवारका सदस्य र टीमले सम्हालिरहेकाले आफू फ्री भएको उनको भनाइ छ ।

    ‘मेरा बिजनेस सबै कर्पोरेट हिसाबले चलेका छन् । मैले समय दिइरहनुपर्दैन । वर्षमा एक–दुईपटक एजीएममा जाने र नीति निर्देश दिने कुरा छुट्टै हो । अन्यथा सबै काम मेरा भाइ, छोरा र टीमका सदस्यले गर्छन्’, उनले भने ।

    आफू डेढ वर्षदेखि नै व्यवसायहरुबाट अलग भइसकेको आचार्यको भनाइ छ । उनले छोरालाई पनि आफ्नो व्यवसायमा अघि बढाएका छन् । उनका छोराले भर्खरै मास्टर्सको पढाइ सिध्याएका हुन् ।

    आफू कुनै व्यक्तिगत लाभको ध्येय राखेर मेयरको चुनाव नलडेको आचार्य बताउँछन् ।

    ‘आर्थिक रुपमा त मलाई व्यवसायमै समय दिँदा फाइदा थियो । तर, मैले देश र समाजका लागि केही योगदान दिने मनसाय राखेर राजनीतिमा फर्किएको हुँ’, उनले भने ।

    मेयर भएवापत पाउने तलबभत्ता व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने उनको नीति छ । तलबभत्तावापत आउने पैसा पार्टीलाई दिने र केही समाज सेवामा खर्च गर्ने आचार्यले सुनाए ।

    के आचार्य नेपालका सबैभन्दा धनी मेयर हुन् ? उनले इन्कार गरे ।

    ‘मभन्दा धनी धेरै हुनुहुन्छ होला । मेरो त के छ र ! बजारभित्र बीसौं रोपनी पैतृक सम्पत्ति भएकाहरु हुनुहोला । हामी दुईचार आना भएकाहरु के धनी हुनु ?’, उनले भने ।

    आचार्यले आफू आवद्ध कम्पनीहरुमा करिब १ हजारलाई रोजगार दिएको बताए ।

  • दलाल पूँजीवादलाई पोसेर समाजवाद आउन सम्भव छैनः माधव नेपाल

    दलाल पूँजीवादलाई पोसेर समाजवाद आउन सम्भव छैनः माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल पूँजीवादलाई पोसेर समाजवाद आउन सम्भव नभएको बताएका छन् ।

    शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट एकतामा पुष्पलालले खेलको भूमिकाको स्मरण गर्दै कम्युनिष्टमा देखिएको विकृतिप्रति सजग हुनुपर्ने बताए ।

    उनले राजनीतिमा विकृति, विसंगति, व्यक्तिवादी प्रवृति देखा परेको भन्दै यसप्रति सबै सजक भएर आफूले कर्तव्य पुरा गरेको छ कि छैन भन्ने समिक्षा गर्नुपर्ने धारणा राखे । दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन सम्भव नरहेको उनको तर्क छ ।

    पुष्पलाल श्रेष्ठले विश्व कम्युनिस्ट घोषणापत्रलाई वि.सं. २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए । पुष्पलालको ५४ वर्षको उमेरमा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

  • माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो (भिडिओ)

    माधव नेपालको आशंका- हाम्रो बुई चढेर पहिलो बनेको कांग्रेसले हामीमाथि नै बुर्कुसी मार्ने डर भो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुईतिहाइको फुर्ती देखाउनेलाई सडकमा फालेर आफूहरुले इतिहासमा कीर्तिमान बनाएको दाबी गरेका छन् ।

    नेकपा एस निकट नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले दम्भी र अहंकारीलाई सडकमा फालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपरेको बताए ।

    नेपालले भने, ‘इतिहासमा हामीले कीर्तिमान बनायौं । दुईतिहाइको फुर्ती देखाएकालाई सडकमा फालिएको पनि देख्यौं । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनायौं । निर्वाचन भयो । निर्वाचनमा कम्युनिष्टभन्दा कांग्रेस माथि पुग्यो । चुनाव जितेपछि त्यसले पनि अहंकार देखाउन थाल्यो । अर्को दुःख थपिने हो कि भन्ने चिन्ता छ । हाम्रो बुई चढेर ठूलो पार्टी बन्ने अनि हामीलाई नै बुर्कुसी मार्ने हो कि भन्ने डर छ ।’

    अध्यक्ष नेपालले आफूहरुले एमालेविरुद्ध कांग्रेसलाई साथ दिनुको कारण प्रष्ट्याउने क्रममा सोभियतकालीन रुस र चीनको सम्बन्धको उदाहरण दिए । रुस र चीन दुवै कम्युनिष्ट मुलुक भए पनि रुसलाई पछार्नुपर्ने अवस्थामा चीनले अमेरिकालाई साथ दिएको नेपालले बताए ।

  • माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

    माधव नेपालले भने- पुष्पलालबाट दीक्षित भएर नेकपा एस निर्माण गरेका हौं (भिडिओ)

    काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

    नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् ।उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

    उनले भने,‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन आत्तिनुपर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान कायम गरेका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

    उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुलाएको समेत बताए । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

  • जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ)

    जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन- समानुपतिकतर्फ २० लाख मत ल्याउने गरी लाग्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकताबद्ध गर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई कायम राख्दै बाम शक्तिहरूलाई एकता बनाउँदै कम्युनिष्ट आन्दोलनमा जुटेकासँग संवाद गर्दै अगाडि बढ्ने बताए ।

    उनले अहिले आफ्नो पार्टीप्रति आकर्षण बढ्दै गएको जिकिर गरे । उनले अबको निर्वाचनमा समानुपातिकतर्फ २० लाख मत भन्दा बढी ल्याउने गरि तयारीमा जुट्न कार्यकर्तालाई पनि निर्देशन दिए ।

    उनले प्रत्येक प्रदेशमा पार्टी स्कुलको व्यवस्था गर्ने र पार्टीको विचार र नीतिका बारेमा प्रशिक्षण गर्ने जिकिर गरे ।

     

  • नेकपा एसका जनप्रतिनिधिको १६ बुँदे वाचा- सादा जीवन बिताउँछौं (पूर्णपाठ)

    नेकपा एसका जनप्रतिनिधिको १६ बुँदे वाचा- सादा जीवन बिताउँछौं (पूर्णपाठ)

    काठमाडौं । नेकपा एसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पार्टीको कार्यदिशा अनुरुप स्थानीय तहमा समाजवादउन्मुख काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    काठमाडौंमा २ दिने अभिमुखीकरणमा भेला भएका जनप्रतिनिधिले पार्टीको घोषणापत्रलाई लिएर आगामी ५ वर्ष जनता र पार्टीको प्रतिनिधिका रुपमा काम गर्ने भन्दै काठमाडौं प्रतिबद्धतापत्र तयार पारेका छन् । प्रतिबद्धतापत्रमा १६ बुँदा समेटिएको छ ।

    आफूहरू सादा जीवन, उच्च विचारका साथ जीवन बिताउने, भ्रष्टाचार ढिलासुस्तीजस्ता कार्यलाई समाप्त पार्न संघर्ष गर्ने, जनताका आधारभूत आवश्यकतामा प्राथमिकता दिने, आफ्नो क्षेत्रको बजेट र स्रोतलाई सदुपयोग गर्ने पनि उनीहरूको प्रतिबद्धता छ ।