Category: नेकपा एस

  • चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी

    चामल बाँडेपछि मन्त्री चौधरी विवादित, व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी

    दाङ । निर्वाचन आचार संहिता विपरीत सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण वितरण गरेको भन्दै विवाद भएको छ ।

    मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन । बाढीबाट प्रभावित भएकाहरूलाई राहत स्वरूप चामल उपलब्ध गराइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘मन्त्री ज्यूको पहलमा आएको चामल हो । त्यो पालिकालाई दिइएको छ’सचिवालयका एक सदस्यले भने– ‘बाढी पीडितलाई दिने भनेर चामल मगाइएको थियो ।’

    मन्त्रीले चामल वितरण गरेको खबर सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ । भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप विपक्षीले लगाएका छन् ।

    निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुने जनाएको छ ।

    ‘मन्त्री अघि सेर सामाग्री दिन पाउँदैनन् । सरकारको आफ्नै संयन्त्र छ । संयन्त्र भन्दा बाहिरबाट काम हुँदा त्यो आचार संहिता विपरीत ठहरिन्छ’निर्वाचन अधिकृत मानबहादुर विष्टले भने–‘यस बारेमा भएको के हो ? हामी अनुसन्धान गर्छौँ ।’ तर, मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।

  • रुपन्देही २ मा विष्णु पौडेलको प्रतिस्पर्धी खोज्दै सत्ता गठबन्धन

    रुपन्देही २ मा विष्णु पौडेलको प्रतिस्पर्धी खोज्दै सत्ता गठबन्धन

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङलाई बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि रुपन्देही क्षेत्र नं २ चर्चामा आएको छ । गुरुङ सत्ता गठबन्धनका साझा उम्मेदवार दिए ।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएको यो क्षेत्रमा सत्ता गठबन्धनका मुख्य उम्मेदवारको मनोनयन खारेज भएको हो । अब पौडेलको प्रतिस्पर्धी को हुने भन्ने विषयमा बहस सुरु भएको छ । गठबन्धन दलमा रहेका कांग्रेस-माओवादीका नेताहरु भने नेताहरुले समयमै बुद्धि पुर्‍याउन नसक्दा मैदान खाली भएको गुनासो गरेका छन् ।

    यो क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका १८ जनामध्ये गुरुङसँगै तीन जनाको मनोनयन आयोगले खारेज गरेको छ । अब चुनावी मैदानमा १५ जना उम्मेदवार रहेका छन् । उनीहरुमध्ये सांगठनिक रुपमा ठूला दलमा आवद्ध रहेकाहरु नभएकाले एमाले नेता पौडेललाई सहज भएको धेरैले आंकलन गरेका छन् ।

    एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि अब गठबन्धनका दलहरुले कुन उम्मेदवारलाई समर्थन गर्छ भन्नेतर्फ चासोका साथ हेरिएको छ ।

    गुरुङसँगै स्वतन्त्र उम्मेदवारीको प्रचार गरेका हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. निकोलस (कमल) भुसाल, स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज गरिएको छ । अब गठबन्धनले साना दलबाट उम्मेदवारी दिएकाहरूलाई समर्थन गर्न सक्ने बुझिएको छ।

    सत्ता गठबन्धन भने अहिले कानूनी परामर्शमा जुटेको र गुरुङकै प्रकृतिको मुद्दा अन्य उम्मेदवारहरूको पनि रहेकोमा अरुको सदर हुँदा गुरुङको उम्मेदवारी खारेज भएपछि अदालत जाने तयारी गरिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।

    आयोगको निर्णय अन्तिम भइसकेकाले अब कानूनी रुपमै उनको उम्मेदवारी खारेज भएको कानूनविद्हरुले बताएका छन् । जसले गठबन्धनको ठूलो दल कांग्रेसका नेताहरु अदालत जाने पक्षमा छैनन् ।

    अब गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल र स्वतन्त्र उम्मेदवार रुपसिंह थापामध्ये एकलाई समर्थन गर्ने गरी छलफल सुरु भएको एक नेताले बताए ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो । तोकिएको अवधिमा गुरुङले कालोसूचीबाट हटेको प्रमाण पेस नगरेपछि निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । गुरुङले अन्तिम समयसम्म पैसा बुझाउने प्रयास गरे पनि ठूलो रकम भएकाले जुटाउन नसकेको बुझिएको छ । तर, सो पार्टीका नेताहरुले सेटिङमा त्यो पैसा बुझाउन नदिइएको आरोप सामाजिक सन्जालमा लगाइरहेका छन् । उनीहरुले कालोसूचीमा रहेको कम्पनी गुरुङको मात्र नभएको र उनी एक साझेदारमात्रै भएको दाबी गरेका छन् ।

    गुरुङसहित एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालसहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो ।

    काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सन्जीव राई र शक्तिमान डंगोलसमेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो ।

    गुरुङलगायतलाई जनही दुई हजार जरिवाना र २ करोड २५ लाख रूपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानूनबमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

    गुरुङको उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रूपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरूद्ध उजुरी परेको थियो ।

    राजु गुरुङका सर्मथकहरु उनलाई अदालतले दोषी करार गरेको भए मुद्दा खारेज हुने, अदालतमा विचाराधीन रहेको मुद्दालाई जोडेर उम्मेदवारी खारेज गर्न नमिल्ने र अब उम्मेदवार आफैंले निर्वाचन अधिकृतविरुद्ध मुद्दा हाल्नुको विकल्प नभएको र त्यो मुद्दाको किनारा लागेपछि मात्रै चुनाव हुनुपर्ने अन्यथा अदालतले मुद्दाको फैसला गरिहाल्नुपर्ने र यदि उनी दोषी रहेको प्रमाणित भएमा चुनाव जिते नै पनि स्वतः निलम्बनमा पर्ने दाबी गर्न थालेका छन् ।

    अब को-को बाँकी छन् उम्मेदवार ?

    प्रतिनिधिसभा निर्वाचन कार्यालय रुपन्देही क्षेत्र नं २ ले कानूनबमोजिम कायम रहेका १५ उम्मेदवारको सूची मंगलबार राति प्रकाशन गरेको छ । त्यसमध्ये ८ जना स्वतन्त्र छन् भने अन्य विभिन्न राजनीतिक दलबाट छन् ।

    स्वतन्त्र उम्मेदवारी दिनेहरूमा केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुल्सीराम यादव, प्रदीप ज्ञवाली, रुपसिंह थापा, विष्णु विश्वकर्मा र सुरेन्द्र भारी छन् ।

    दलीय उम्मेदवारी दिनेहरुमा एमालेका विष्णु पौडेल, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाली कांग्रेस बीपीका नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेसनका दीपक थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, नेपाल दलित पार्टीका राजीव शाही र जनमुक्ति पार्टीका केशवबहादुर थापामगर रहेका छन् ।

  • रुपन्देही २-उम्मेदवारी खारेजीविरुद्ध गुरुङ अदालत जाने, कांग्रेस नेता भन्छन्- नेताको कमजोरीले क्षेत्र गुम्यो

    रुपन्देही २-उम्मेदवारी खारेजीविरुद्ध गुरुङ अदालत जाने, कांग्रेस नेता भन्छन्- नेताको कमजोरीले क्षेत्र गुम्यो

    रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च  अदालत जाने भएका छन् ।

    निर्वाचन आयोगले राजनीतिक पूर्वाग्रह राखेर उम्मेदवारी खारेज गरेकोले यसको विकल्पमा सर्वोच्च जाने तयारी भएको समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले जानकारी दिए ।

    बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको र बैंकिङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि नदिइएको विकले दावी गरेका छन् ।

    निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति सूचना जारी गर्दै गुरुङसहित डाक्टर कमल भुसाल निकोलस, हिमाल बस्यालको उम्मेदवारी खारेज भएको जानकारी दिएका थिए ।

    गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

    एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका गुरुङ र भुसालको उम्मेदारी खारेजी भएसँगै एमाले पक्षका नेता कार्यकर्ता उत्साहित भएका छन् भने सत्ता गठबन्धन पक्षका नेता कार्यकर्ताहरु निर्वाचन आयोगलाई आरोप लगाउन थालेका छन् ।

    नेपाली कांग्रेसका नेता युवराज गिरीले नेताहरुको कमजोरीका कारण गठबन्धनबाट मैदान खाली भएको प्रतिक्रिया दिएका छन् । उनी सो क्षेत्रबाट पार्टीबाट उम्मेदार सिफारिस भएपनि गठबन्धनका कारण छाडेका थिए ।

    कानुनविद्ले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने विषय उल्टो बाटो भएको बताउँछन् । अधिवक्ता यमलाल खनाल बैंकले कालोसूचीमा राखेको विषयमा आयोगको कानुनलाई टेकेर भएको निर्णयविरुद्ध सर्वोच्च जानुको कुनै अर्थ नभएको बताउँछन् ।

    ‘आयोगले आफ्नो कानुन अनुसार निर्णय गरेको छ, कालोसूचि हटाउन त्यो बराबरको रहम तिरेपछि बल्ल प्रकृया अघि बढ्ने हो, त्यो विषय तुरुन्तै सल्टिने विषय पनि होइन, अर्कोतर्फ निर्वाचन आयोग संवैधानिक आयोग हो, उसले आफ्नो कानुन अनुसार निर्णय गरेको छ ।’ उनले भने ।

  • समानुपातिक मत जोगाउने एसको रणनीतिप्रति गठबन्धन लचिलो, प्रदेशका ‘बागी’ मैदानमै

    समानुपातिक मत जोगाउने एसको रणनीतिप्रति गठबन्धन लचिलो, प्रदेशका ‘बागी’ मैदानमै

    काठमाडौं । सत्ता गठबन्धनको सीट भागबण्डामा अधिकांश जिल्ला र क्षेत्रमा उम्मेवारविहीन हुने अवस्था आएपछि मनोयन दर्ता गरेका प्रदेश सभा तर्फका उम्मेदवारहरुप्रति शीर्ष तहमा लचिलो बन्ने सहमति भएको छ ।

    नेकपा एसले गठबन्धनमा १९ सीट प्रतिनिधिसभातर्फ र प्रदेशतर्फ ३३ मध्ये ३७ सीट पाएकोमा केही ठाउँमा कांग्रेसले दोहोरो उम्मेदवारी दिएको छ ।देशका १४५ प्रतिनिधि सभा र करीव ३ सय प्रदेश सभामा आफ्ना उम्मेदवार नहुँदा समानुपातिकमा मत नआउने र त्यसको असर थ्रेसहोल्ड कटाउँन पर्ने भएकाले नेकपा एसले प्रदेशका आफ्ना उम्मेदवारप्रति लचिलो बन्न शीर्ष तहमा आग्रह गरेको छ ।

    स्रोतका अनुसार शीर्ष तहमा अनौपचारिक सहमति भएरै नेकपा एसले ३०/३५ ठाउँमा प्रदेशतर्फ आफ्नै उम्मेदवार उठाएको छ । त्यसमा वागमती,सुदूरपश्चिम र कर्णालीका पर्छन् । प्रतिनिधि सभाका उम्मेदवार फिर्ता गराएर प्रदेशका हकमा कतिपय ठाउँमा लचिलो बनेर छाड्ने सहमति भएको स्रोतले जनाएको छ ।

    नेकपा एसका एक नेताले भने–हाम्रो उपस्थिति नै दुई तिहाई भन्दा बढी जिल्ला र क्षेत्रमा नहुने भएपछि समानुपातिकमा प्रत्यक्ष असर पर्ने भयो । त्यसले गर्दा थ्रेसहोल्ड कटेन भने भोलि समानुपातिकमा हाम्रो सीट नै नआउँने हुन्छ । त्यसैले प्रदेशका कतिपय उम्मेदवारलाई कायमै राख्ने कुरा छ । संघका चाहिँ फिर्ता हुन्छन् ।

    नेकपा एसका उम्मेदवार कायमै रहँदा पनि गठबन्धनको जितमा असर नपर्ने ठाउँमा उनीहरुलाई मैदानमै छाड्ने तयारी छ ।

  • दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

    दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

    तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे ।

    पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारवाही गरिनेछ ।’

  • लुम्बिनीमा प्रदेशसभाका ९ क्षेत्रमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी

    लुम्बिनीमा प्रदेशसभाका ९ क्षेत्रमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी

    रुपन्देही । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशस्थित ४ जिल्लाका ९ निर्वाचन क्षेत्रमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दर्ता गराएको छ ।

    प्रदेशको ४ संघीय क्षेत्रमा मात्रै गठबन्धनले भागबन्डा दिएर प्रदेशमा निल बनाएपछि असन्तुष्ट सो पार्टीका नेताहरुलेप्रदेशसभाका ९ क्षेत्रमा उम्मेदवारी मनोनयन गरेका हुन् ।

    पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची र बर्दियाका प्रदेशसभामा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ ।

    दुई प्रतिनिधिसभा क्षेत्र रहेको नवलपरासीमा उसले १ (क) मा टंकप्रसाद खनाल र २ (क) मा प्रकाश भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    एउटामात्रै प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँचीमा प्रदेशसभा (क) मा रामबहादुर चौहान उम्मेदवार बनेका छन् । उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हुन् ।

    प्रतिनिधिसभातर्फ ३ क्षेत्र रहेको कपिलवस्तुमा दुई जना उम्मेदवार उठेका छन् । १ (ख) मा फैजल खान र ३ (क) मा जीवलाल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

    दुई प्रतिनिधिसभा क्षेत्र रहेको बर्दियामा चार जनाले उम्मेदवारी दिएको एकीकृत समाजवादी बर्दियाले जनाएको छ । १ (क) मा बखतबहादुर खड्का र (ख) मा डिलबहादुर बीसीको उम्मेदवारी दर्ता गरिएको छ । त्यस्तै २ (क) मा लक्ष्मीकान्त शर्मा र (ख) मा हर्कबहादुर शाही उम्मेदवार बनेका छन् ।

    एकीकृत समाजवादीका सचिव तथा प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनको भावनाविपरीत आफ्नो पार्टीलाई प्रदेशसभामा शून्य बनाएकाले पार्टीले पहिल्यै असहमति जनाएको बताए । उनका अनुसार पार्टीले कम्तीमा ७ प्रदेशसभामा दाबी गरे पनि सहमतिमा त्यो भावना समेटिएन ।

    सत्ता गठबन्धनबाट एकीकृत समाजवादीलाई लुम्बिनीका ४ वटा संघीय क्षेत्र दिइएको छ । जसमध्ये रुपन्देही १ मा राजु गुरुङ, पाल्पा २ मा सोमप्रसाद पाण्डे, दाङ १ मा मेटमणि चौधरी र गुल्मी २ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन् ।

  • रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारी

    रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारी

    रुपन्देही । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् ।

    कांग्रेसको टिकट दाबी गरिरहेका डाक्टर दामोदर भुसालले उम्मेदवारी दिएको बताएका छन् ।

    नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कने खतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको भुसालले नेपाल प्रेसलाई बताए ।

    उनले पार्टीभित्र मौलाएको गलत प्रवृत्ति रोक्न र खबरदारी गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताए ।भुसाल प्रदेश योजना आयोग लुम्बिनीका सदस्य हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका उनले पहिलेबाटै चुनावमा गठबन्धन गरेर पार्टी संरचना ध्वस्त हुने बताउँदै आएका थिए ।

    उनीसँगै सो क्षेत्रको प्रदेश ख बाट नरेन्द्र बहादुर अर्यालले उम्मेदवारी दिएका छन् । गठबन्धनमा यो क्षेत्र माओवादीलाई परेको थियो ।

    माओवादीबाट जिल्ला नेता बुद्धिबहादुर जीसीले उम्मेदवारी दर्ता गरेका छन् ।

  • बागमतीका ६ जिल्लामा नेकपा एसको विद्रोह, गठबन्धनविरुद्ध बेग्लै उम्मेदवार तयार

    बागमतीका ६ जिल्लामा नेकपा एसको विद्रोह, गठबन्धनविरुद्ध बेग्लै उम्मेदवार तयार

    काठमाडौं । बागमती प्रदेशका पाँच जिल्लामा नेकपा एकीकृत समाजवादीको उम्मेदवारी शून्य भएपछि फरक रणनीतिका साथ अगाडि बढ्ने योजना बनेको छ ।

    सत्ता गठबन्धनको भागबन्डाअनुसार रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र नुवाकोट, सिन्धुलीमा नेकपा एस उम्मेदवारविहीन बन्न पुगेको हो ।

    उक्त पार्टीका एक नेताले बताएअनुसार, मनोनयन दर्ता गर्ने अन्तिम समयमा रिक्त रहेका जिल्लामा अलग्गै उम्मेदवारी दर्ता गरिँदैछ । त्यसका लागि उम्मेदवारहरू तयार पारिसकिएका छन् ।

    गठबन्धनमा संघतर्फ बागमती प्रदेशबाट उक्त पार्टीका चार उम्मेदवार छन् । मकवानपुर २ मा विरोध खतिवडा, धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे, काठमाडौं ८ मा जीवनराम श्रेष्ठ र ललितपुर २ मा कृष्णलाल महर्जन उम्मेदवार छन् ।

    यसमध्ये मकवानपुरमा प्रदेशसभातर्फ एकीकृत समाजवादी शून्य छ । त्यहाँ राजाराम स्याङ्तानका लागि एउटा प्रदेशसभा दाबी गरे पनि संघ पाएको भन्दै कांग्रेस र माओवादीले प्रदेश छोड्न चाहेनन् ।

    चितवन, धादिङ, नुवाकोट र काभ्रेबाट उक्त पार्टीले एक–एक प्रदेशसभा सदस्यको उम्मेदवारी पाएकोमा अन्तिममा नुवाकोट खोसिएपछि बागमतीमा नेकपा एसले विद्रोह गर्नुपर्ने अवस्था आएको छ ।

    काठमाडौंमा प्रदेशतर्फ पाँच र ललितपुर र भक्तपुरमा एक–एक उम्मेदवारी पाएको छ ।

  • नेकपा एसमा पनि उम्मेदवारी विवाद – कोही तनावमा, केहीको नाम आउँनासाथ विरोध

    नेकपा एसमा पनि उम्मेदवारी विवाद – कोही तनावमा, केहीको नाम आउँनासाथ विरोध

    काठमाडौं । सत्ता गठबन्धनमा ठूलो संघर्षपछि प्रतिनिधिसभा तर्फ १९ स्थानमा उम्मेदवारी पाएको एकीकृत समाजवादीभित्र उम्मेदवार छनौटको विवाद देखिएको छ ।

    १९ क्षेत्र टुंगो लागेसँगै उम्मेदवारका नाम पनि स्वतःस्फुर्त शैलीमा सार्वजनिक हुँदा पार्टी नेतृत्व समस्यामा परेको हो । पार्टीले प्रतिनिधिसभाका टिकटको आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

    १९ मध्ये २ उम्मेदवारबारे जिल्लामै विवाद छ भने अर्का २ उम्मेदवार मनोनयन नगर्दासम्म ढुक्क हुन नसक्ने अवस्थामा छ ।

    एमालेले भीम रावल र घनश्याम भुसाललाई उम्मेदवार नबनाएपछि उनीहरू एकीकृत समाजवादीको सम्पर्कमा आउने दाबी नेकपा एसका केही नेताको छ । भीम रावलबाट डराएका श्रम मन्त्री शेरबहादुर कुँवर शुक्रबार नै धनगढी पुगेका छन् । त्यहाँ पार्टी प्रदेश कमिटीको बैठक सिध्याएर उनी आजै अछाम पुग्दैछन् ।

    रावलले यसअघि पनि गठबन्धनको समर्थनमा आफू स्वतन्त्र उम्मेदवार हुन् तयार भएको र अछाम १ छाडिदिन भनी माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अनुरोध गरेको हल्ला नेकपा एसबाट चलेपछि कुँवर आत्तिएका हुन् ।

    यसबीचमा रावल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि सम्पर्कमा पुगेका चर्चा चलेको थियो । तर रावल निकट स्रोतले भने हल्लाहरुमात्र चलेको भन्दै कसैसँग कुरा नभएको जनाएको छ ।

    कुँवर निकट स्रोतका अनुसार भने शुक्रबार बेलुकीदेखि नै रावलले एकीकृत समाजवादीमा प्रवेश गरी उम्मेदवार बन्न तयार भएको सन्देश माधव नेपालसमक्ष पठाएका छन् । तर, शनिबार बिहानै रौतहटतिर निस्किएका नेपालले रावलको सन्देशलाई ढिलो भयो भनी अस्वीकार गरेको नेपाल निकट स्रोतले जनाएको छ ।

    तर, अछाम १ का घोषित उम्मेदवार शेरबहादुर कुँवर भने आइतबार मनोनयन दर्ता नगर्दासम्म तनावमै रहने अवस्था छ ।

    ‘यस्तो सूचना हामीलाई आएको थियो, तर पार्टी अध्यक्ष र सम्मानित नेतासमेत त्यो कुराका लागि तयार नभएपछि उहाँ ढुक्क भएर जिल्ला पुगिसक्नुभयो’कुँवरको सचिवालयका एक सदस्यले बताए ।

    उनी जिल्ला गए पनि पार्टीको टिकट बुझ्न पत्नीलाई काठमाडौंमै छोडेका छन् ।

    यस्तै त्रास छन्, रुपन्देही २ मा राजु गुरुङ । एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई उम्मेदवार नबनाएपछि उनी निकटस्थहरुसँग सघन छलफलमा छन् । यद्यपि, उनले माधव नेपालसँगै टिकट मागिसकेका छैनन् । कतै अन्तिम घडीमा काठमाडौंबाट टिकट रद्ध होला कि भन्ने द्विविधामा राजु परेका छन् ।

    एकीकृत समाजवादीका केही नेताले एमालेको अन्तर्विरोधको लाभ लिनुपर्ने तर्क गरिरहेका छन् । यस्तो गर्दा मुख्यतः दुई उम्मेदवार शेरवहादुर कुँवर र राजु गुरुङले तनाव झेलिरहेका छन् ।

    उम्मेदवारी विवाद

    उदयपुर २ र कास्की २ को उम्मेदवारीलाई लिएर स्थानीय पार्टी नेतृत्वले केन्द्रसँग आपत्ति जनाएका छन् ।

    उदयपुर २ बाट केन्द्रले उपमहासचिव जगन्नाथ खतिवडाको उम्मेदवारी टुंगो लगाएको छ । तर, पार्टीकै मान्छेलाई उनको विपक्षमा परिचालित गरिएको छ । त्यहाँबाट सरोजदिलु विश्वकर्मासहितका वैकल्पिक उम्मेदवारको नाम आएको समाजवादीका एक नेताले बताए । तर, खतिवडा नै उम्मेदवार बन्ने लगभग पक्का छ ।

    कास्की २ मा केन्द्रबाट श्रीनाथ बरालको नाम सार्वजनिक गरिएकोप्रति जिल्ला कमिटीले केन्द्रसँग आपत्ति जनाएको छ । त्यहाँबाट बरालसहित शिवजी गुरुङ र मदन आचार्य पनि प्रस्तावित छन् ।

    नाम टुंगो लगाउन शनिबार दिउँसो जिल्ला कमिटीको बैठक बस्दैछ । तर, शुक्रबार रातिबाटै श्रीनाथको नाम आउन थालेपछि जिल्लाका नेताहरू तनावमा छन् ।

     

  • लुम्बिनीबाट संघमा ४ सीट पाएको नेकपा एसलाई प्रदेशमा भागै पुगेन

    लुम्बिनीबाट संघमा ४ सीट पाएको नेकपा एसलाई प्रदेशमा भागै पुगेन

    रुपन्देही । लुम्बिनीका २६ संघीय क्षेत्रबाट गठबन्धनबाट ४ सीटमा उम्मेदारी पाएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने कुनै भागवण्डा पाउन सकेन । संघमा दाङ १, पाल्पा २, गुल्मी २ र रुपन्देहीमा भागवण्डा पाएको एसले लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये कुनै पनि सिट पाएन ।

    नेकपा एसका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनको भावना विपरीत दलहरुले बनाएको भागवण्डा पार्टीलाई मान्य नहुने बताए ।‘प्रदेशमा शून्य बनाएर के को गठबन्धन हो हामीले बुझ्नै सकेका छैनौ, प्रदेशमा हामीले कम्तीमा ७ वटा चाहिने भनेका थियौं तर अन्तिम लिस्टमा त्यो देखिएन, प्रदेशमा निल बनाएर संघमा के को गठबन्धन हुन्छ र ?’ उनले नेपाल प्रेससँग भने ।

    प्रदेशका ५२ क्षेत्र कसलाई कहाँ ?

    गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ ।

    पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।

    त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ क मा नेपाली कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा क लोसपा र ख कांग्रेसको भागमा परेको छ ।

    रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ ।कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

    रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ ।

    दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ । दाङ ३ मा प्रदेशतर्फ क कांग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् ।

    बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।

    बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क काँग्रेस र ख माओवादी केन्द्रले पाएको छ ।नवलपरासी पश्चिम–१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । नवलपरासीपश्चिम–२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ ।

  • पूर्वमन्त्री झाले पाएनन् टिकट

    पूर्वमन्त्री झाले पाएनन् टिकट

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् ।

    धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् ।

    सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा परेको छ । का‌ंग्रेसबाट पूर्वमन्त्री रामकृष्ण यादव टिकट पाउने लगभग निश्चित छ ।

    झा केहिदिन अगाडी मात्र नेकपा माओवादी केन्द्र परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । लामो समय एमालेमा विताएका झा माओवादी र नयाँ शक्ति हुँदै पुनः माओवादीमै फर्केका थिए । तर पछि पुनः माओवादी छाडेर एकिकृत समाजवादीमा पुगे ।

    एमालेबाट ०५१ को संसदीय निर्वाचन र ०६४ को संविधानसभा सदस्यमा झा निर्वाचित भएका थिए । संविधानसभा सदस्य रहेका बेला उनी माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री भएका थिए ।

  • यी हुन नेकपा एसका प्रतिनिधिसभाको उम्मेदवार (सूचीसहित)

    यी हुन नेकपा एसका प्रतिनिधिसभाको उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ।

    शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो।  जसमा एकीकृत समाजवादीले २० सिट मात्र पाएकाे थियाे ।  २०  सिट मध्ये  १९ जना उम्मेदवार टुंग्याएको छ भने थप एक  उम्मेदवार  टु‌ंगाे लगाउन बाँकी  छ ।

    १. इलाम क्षेत्र न. १ – झलनाथ खनाल
    २. उदयपुर क्षेत्र न.२ – जगन्नाथ खतिवडा
    ३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
    ४. बारा क्षेत्र न.४ – कृष्णकुमार (किसान) श्रेष्ठ
    ५. काठमाडौं क्षेत्र न. ८-  जीवनराम श्रेष्ठ
    ६. ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
    ७. धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
    ८. मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
    ९. कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
    १०. गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
    ११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
    १२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
    १३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
    १४.सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
    १५. डोल्पा – धनबहादुर बुढा मगर
    १६. दैलेख क्षेत्र न. १ – अम्बरबहादुर थापा
    १७. अछाम क्षेत्र न. १ -शेरबहादुर कुवँर
    १८. बझाङ – भानुभक्त जोशी
    १९. डोटी – प्रेमबहादुर आले

  • यी नेता व्यवस्थापन माधव नेपालको बाध्यता, प्रचण्डले नबुझ्दा खटपट

    यी नेता व्यवस्थापन माधव नेपालको बाध्यता, प्रचण्डले नबुझ्दा खटपट

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि केही नेताको व्यवस्थापन गर्नुपर्ने दबाब छ । तर जुन जुन नेता व्यवस्थापन गर्नु पर्ने हो त्यहि ठाउँमा माओवादीको सशक्त दाबी र मापदण्डबाट समेत माओवादीले पाउने भएपछि नेकपा एसमा निराशा र अशन्तोष छाएको छ ।

    आफ्ना नेता व्यवस्थापन गर्नुपर्ने बाध्यता माओवादीले नबुझिदिएको भन्दै प्रचण्डसँग माधव नेपालको खटपट समेत भएको छ । दैनिकजसो छलफल भए पनि निष्कर्षमा नेताहरु पुग्न सकेका छैनन् । माधव नेपालको बाध्यता बुझेर शेरबहादुर देउवाले भने ती क्षेत्रमा दाबी छाडेका छन् ।

    वार्ता टोलीका एक सदस्यका अनुसार नेकपा एसका नेताहरु राजेन्द्र पाण्डे,जगन्नाथ खतिवडा,प्रकाश ज्वाला,शेरवहादुर कुँवर,भानुभक्त जोशी र शिव भण्डारीको लागि माधव नेपालले अडान छाडेका छैनन् । अन्य सीटमा भने लगभग सहमति छ ।

    राजेन्द्र पाण्डे उम्मेदवार बन्ने धादिङ २ मा माओवादीका शालिकराम जमरकट्टेलको सशक्त दावी छ । जमरकट्टेल भावी मुख्यमन्त्रीको ग्यारेन्टी नभएसम्म प्रतिनिधिसभा छाड्ने पक्षमा छैनन् । जबकी मुख्यमन्त्रीका लागि कांग्रेसका प्रदेश सभापति इन्द्र बानिया प्रदेश सभाको उम्मेदवार बन्दैछन् ।

    त्यस्तै उपमहासचिव प्रकाश ज्वालाका लागि नेकपा एसले सल्यानमा अडान राखेको छ । तर माओवादीले जितिराखेको क्षेत्र मापदण्ड अनुसार पनि उसैको भागमा पर्ने भएकाले शीर्ष तहमा वार्ता चलिरहेको छ । प्रकाश ज्वालाले कर्णालीमा माओवादी सरकार टिकाउन सांसद पद माया मारेर आफ्नै पार्टीमा विद्रोह गरेका थिए ।

    आफूहरुको योगदानको मुल्यांकन हुनुपर्ने नेकपा एसका नेताहरुको भनाइ छ । केन्द्रमा केपी ओलीलाई ढाल्न र प्रदेश सरकारहरुबाट एमालेलाई सबैतिर हटाउन आफूहरु निर्णायक भएकाले त्यसको मुल्यांकन हुनुपर्ने नेकपा एसको भनाइ छ ।

    नेकपा एसका अर्का उपमहासचिव जगन्नाथ खतिवडाको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई निर्वाचित भएका थिए । माओवादीले त्यहाँ पनि छाड्न मानेको छैन ।

    माओवादीले छाड्न नमानेको अर्को क्षेत्र दोलखा पनि हो । दोलखामा माधव नेपालले पूराना नेता शिव भण्डारीलाई व्यवस्थापन गर्न खोजेका छन् । कांग्रेसले रामेछाप लिएर दोलखा माओवादीले लिने चर्चा चलेका बेला नेकपा एसले दोलखाको प्रतिनिधिसभा सीट दावी गरेको छ ।

    श्रममन्त्री शेरवहादुर कुँवरको व्यवस्थापन माधव नेपालको अर्को बाध्यता हो । अछाम १ मा कुँवरको दावी छ । तर माओवादीले सोही क्षेत्रमा पाउने हुँदा कुँवर बाहिरिनेछन् । उनले बन्द कोठाका षड्यन्त्र नमान्ने भन्दै कलम चिन्ह लिएर जनताबीच आउने बताइसकेका छन् ।

    त्यसो काठमाडौं २ माधव नेपालले छाडेपछि ९ नम्बर क्षेत्र उपमहासचिव डा।बिजय पौडेलको लागि नेकपा एसले अडान लिएको छ । तर सो क्षेत्रमा माओवादीका हितमान शाक्य उम्मेवार बन्ने गरी माओवादीले आफ्नो भागमा पार्न लागेको छ ।

    बझाङमा भानुभक्त जोशीको सन्दर्भमा भने लगभग सहमति भएको बताइएको छ । कांग्रेसले उल्लेखित सीटहरुमा नेकपा एसका लागि सकारात्मक भए पनि माओवादी नमानेपछि प्रचण्ड माधवबीच खटपट भएको स्रोतले जनाएको छ ।

  • माधवलाई गोकुलको कटाक्ष- देश बचाउन माझी खोज्नेहरू कांग्रेसी आँगनमा देउसी खेल्दैछन्

    माधवलाई गोकुलको कटाक्ष- देश बचाउन माझी खोज्नेहरू कांग्रेसी आँगनमा देउसी खेल्दैछन्

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् ।

    बाँस्कोटाले ट्वीट गर्दै ‘देश जोगाउन माझी खोज्न हिँडेकाहरू कांग्रेसी आँगनमा देउसी खेल्दै छन्’ भनेर नेपालमाथि टिप्पणी गरेका हुन् ।

    ‘वालुवाटारमा रमिता छ । डेंगुको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगुबाट त्राहीमाम छन्,’ बाँस्कोटाले लेखेका छन्, ‘देश जोगाउन माझी खोज्न हिडेकाहरू कांग्रेसी आँगनमा देउसी खेल्दै छन । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।’

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन नेपालले संसदमा भाषण गर्दै भनेका थिए- मेरो देश डुब्नै लाग्यो माझी बचाइदेऊ ! प्रधानमन्त्री ओलीका कारण देश डुब्न लागेको आशयका साथ उनले यस्तो भाषण गरेका थिए ।

  • टिकटका लागि जसपा प्रवेश गर्न लागेका गंगारामलाई रामचन्द्रले भने- गठबन्धनमा समर्थन माग्ने तपाईसँग नैतिक आधार छैन

    टिकटका लागि जसपा प्रवेश गर्न लागेका गंगारामलाई रामचन्द्रले भने- गठबन्धनमा समर्थन माग्ने तपाईसँग नैतिक आधार छैन

    जनकपुरधाम । धनुषा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने सर्तमा जनता समाजवादी पार्टी (जसपा)ले भित्र्याउन लागेका नेता गंगाराम यादव संकटमा फस्ने देखिएको छ ।

    एमाले परित्याग गरेका नेता यादव टिकटकै लोभमा आज उपेन्द्र यादवको हातबाट जसपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उनीमाथि आक्रोश पोखेका छन् ।

    २०७४ को निर्वाचनमा आफूलाई अन्तर्घात गरेको आरोप लगाउँदै नेता झाले यादवलाई भनेका छन्, ‘अरुसँग समर्थन माग्न तपाईंसँग नैतिक आधार छैन ।’

    गत निर्वाचनमा झा तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भएका थिए । १४ हजार बढी मतान्तरले निर्वाचित अरगरिया केही दिन अगाडि मात्र एमालेमा प्रवेश गरेका छन् । उनी यसपटक एमालेबाट चुनावी मैदानमा उत्रने निश्चित छ । अरगरियालाई एमालेले टिकट दिने भएपछि नेता यादव एमाले परित्याग गरी जसपा प्रवेश गर्न लागेका हुन् ।

    जसपाले धनुषा २ क्षेत्र पाएर नेता यादवलाई उम्मेदवार बनाए पनि नेकपा एकीकृत समाजवादीको सहयोग नहुने सो पार्टीका नेता झाको अभिव्यक्तिले स्पष्ट भएको छ ।

    २०७४ मा एमाले र माओवादीको गठबन्धन थियो । त्यतिवेला गंगाराम यादव एमालेमा थिए र झा माओवादीबाट चुनाव उठेका थिए । त्यतिवेला यादवलगायत केही व्यक्तिहरु आफूलाई खुला रुपमा अन्तर्घात गरेको सामाजिक सञ्चालमा झाले आक्रोश पोखेका छन् ।

    झाले यादवलाई प्रश्न गरेका छन्, ‘तपाईं आफ्नै पार्टीबाट वा गठबन्धनबाट जोसुकै उठे पनि अन्तर्घात गर्ने ? अनि तपाईंलाई अरुले समर्थन गर्नुपर्ने ?’

    विगतमा अरगरियालाई समर्थन गरेको संकेत गर्दै झाले यादवलाई सुझाएका छन्, ‘अरगरियालाई नै क्षेत्र खाली गरेर सघाउन भन्नुस् ।’

    नेता झा पनि एकीकृत समाजवादीको तर्फबाट सत्ता गठबन्धनको उम्मेदवार बन्ने आकांक्षी हुन् । नेपाली कांग्रेसका रामकृष्ण यादव पनि यो क्षेत्र छाड्न तयार देखिँदैनन् । धनुषाका चारमध्ये क्षेत्र नम्बर २ मै सत्ता गठबन्धनमा टिकटका लागि मारामार देखिएको छ ।

  • प्रेम आलेलाई डोटी जिम्मा लाएर कैलाली-४ झर्दै बलायर

    प्रेम आलेलाई डोटी जिम्मा लाएर कैलाली-४ झर्दै बलायर

    कैलाली । प्रतिनिधिसभाको एक सीटका लागि त्रिपक्षीय दाबी रहेको डोटीमा सहमति जुट्ने सम्भावना बढेको छ । यहाँ नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले सशक्त दाबी गरेका थिए ।

    कांग्रेसबाट प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर, नेकपा एसबाट पूर्वमन्त्री प्रेम आले र माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका थिए । कांग्रेसमा बलायरबाहेक प्रदेशसभा सदस्य भरतबहादुर, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द) र धिरेन्द्र शाहीको सिफारिस छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका प्रदेश सभापति बलायरको सम्भावना बढिरहेको बालुवाटार स्रोतको दाबी छ ।

    देउवा सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेका आलेले पनि डोटीमा सशक्त दाबी गरेपछि देउवालाई गठबन्धनमा भाग मिलाउन समस्या परेको थियो । तर, अहिले बलायर कैलाली ४ मा चुनाव लड्न तयार भएपछि डोटी नेकपा एसले पाउने निश्चितजस्तै भएको हो ।

    डोटी छोडेर कैलाली ४ आउने तयारीबारे नेपाल प्रेसको जिज्ञासामा बलायरले संक्षिप्त जवाफ दिए ‘हो’ । ‘त्यो पक्का हो’ उनले थपे ‘करिब करिब त्यही पक्का हो ।’

    पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उनले आफू कैलाली ४ आउन राजी भएको जनाइसकेका छन् । केही दिन पहिले देउवाले डोटीबाट बलायरलाई कैलाली ४ वा ५ रोज्न विकल्प दिएको स्रोतको दाबी छ । बलायरले भने ५ भन्दा ४ सुरक्षित रहेको भन्दै आफू ४ नम्बर क्षेत्रबाट निर्वाचन लड्न तयार भएको जनाएका थिए ।

    बलायर क्षेत्र नम्बर ४ मा निर्वाचन लड्ने मनस्थितमा पुगिसक्दा यस अघि क्षेत्र नम्बर ४ बाट निर्वाचनमा होमिने योजनामा रहेकाहरूलाई भने देउवाले अझै सम्म मनाउन सकेका छैनन् । यस अघि यहाँ देउवाका समकक्षी सुनिल भण्डारी र युवा नेता नैनसिंह महरको सम्भावना बढी रहेको थियो । तीबाहेक प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकको नाम पनि सिफारिस भएको थियो ।

    प्रदेश सभापति बलायरले रोजेको कैलाली क्षेत्र नम्बर ४ मा अघिल्लो पटक बाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई हराउँदै तत्कालीन माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी भएका थिए । भट्टले १० हजार ३९९ मतान्तरले भण्डारीलाई हराएका थिए । अहिले पनि नेकपा एमालेको तर्फबाट भट्ट नै उम्मेदवार बन्ने करिब पक्का भइसकेको छ । यो क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसहित नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको पनि सशक्त दाबी रहेको थियो । तर, डोटी नेकपा एकीकृत समाजवादीलाई दिएर बलायर कैलाली ४ मा आउन चाहेको अवस्थामा यो क्षेत्र कांग्रेसले पाउने निश्चित जस्तै छ ।

    स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा यस क्षेत्रमा कांग्रेस २२ हजार ९९७, एमाले २० हजार ०८१, माओवादी १० हजार १२३, नेकपा एस ४ हजार २९ र राप्रपा ३ हजार २३४ छ ।

  • गठबन्धन बैठकपछि झलनाथ खनालको दाबी : हण्ड्रेड प्लस सिटमा सहमति भयो

    गठबन्धन बैठकपछि झलनाथ खनालको दाबी : हण्ड्रेड प्लस सिटमा सहमति भयो

    काठमाडौं । सत्ता गठबन्धनको दलले आज अनि सिट बाँडफाँडको टुङ्गो लगाउन सकेन । गठबन्धनका दलहरूबीच सहमतिका क्षेत्रहरू बढ्दै गए पनि पूर्ण रुपमा सहमति जुट्न नसकेको पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

    ‘हण्ड्रेड प्लसमा सहमति भइसकेको छ । आज त्यो भन्दा पनि केही बढेको छ’, उनले भने, ‘थप छलफल भोलि हुन्छ । ’सूर्यबहादुर थापाको आत्मकथा विमोचन समारोहमा गएको हुँदा गठबन्धनको बैठक ढिलो सुरु भएको उनको भनाइ थियो । केही समय मात्रै भएको छलफलमा केही थप क्षेत्रमा कुरा मिलेको खनालले बताए ।

    राष्ट्रपतिको विषयमा केही कुरा भयो त भन्ने प्रश्नमा खनालले भने, ‘उनले घनघोर ढङ्गबाट संविधानको उन्लंघन गरिन् । त्यस बापत उत्पन्न परिणाम त उनले भोग्नु पर्ने भइगो नि त ।’

    सडक आन्दोलन गर्नेबारेको जिज्ञासामा सरकारमा भएकाले आन्दोलन गर्न नमिल्ल्ने उनले तर्क गरे । खनालले सडकमा जनताको कुरा भएको भन्दै भने, ‘सरकारमा बसेका मान्छेले सडक आन्दोलन गर्ने कुरा । जनतासँग भएको अधिकार त संविधान भन्दा पनि त धेरै छ नि त ।’

  • माधव नेपालको स्मरण : साउथ एसियाका पूर्वप्रधानमन्त्रीहरुको क्लव बनाउन खोजेको थिएँ, मनमोहन सिंहले मानेनन्

    माधव नेपालको स्मरण : साउथ एसियाका पूर्वप्रधानमन्त्रीहरुको क्लव बनाउन खोजेको थिएँ, मनमोहन सिंहले मानेनन्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा आफूले दक्षिण एसियाका पूर्वप्रधानमन्त्रीहरुलाई संगठित गर्ने प्रयास असफल भएको स्मरण गरेका छन् । भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहका कारण आफ्नो प्रयास अधुरो बनेको उनको गुनासो छ ।

    भुतपूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा बोल्दै नेपालले सुरुमा नेपालका पूर्वप्रधानमन्त्रीहरुलाई समेट्न खोजेको बताए । आफू प्रधानमन्त्रीबाट हटेलगत्तै सो प्रयास थालेको उनले जानकारी दिए ।

    नेपालको स्मृति यस्तो छ:

    मैले सूर्यबहादुर थापाजीको पुस्तकमा त्यो प्रसंग छ कि भनेर सरसर्ति हेरेँ तर भेटिनँ । मैले प्रधानमन्त्रीबाट बाहिर आएपछि सोचेँ कि यति अनुभव छ हामीसँग, जनाले विश्वास र आशा गरेका छन् । अब हामीले के गर्नु उपयुक्त होला ? त्यसपछि एउटा भुतपूर्व प्रधानमन्त्री क्लव बनाउनुपर्यो भन्ने सोचेँ ।

    मेरो निवासमा २०७९ सालको असोजमा पहिलो बैठक भयो । त्यसपछि सबै प्रधानमन्त्रीको निवासमा पालैपालो गर्ने भनेर शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दको निवासमा पनि भयो । त्यसमा पुष्पकमद दाहाल र झलनाथ खनाल पनि सहभागी हुनुहुन्थ्यो । त्यसबेला डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले म पनि वैठकमा आउँछु भन्नुभएको थियो । तर, मैले तपाईं आउने होइन, तपाई.वर्तमान प्रधानमन्त्री हो, यो पूर्वप्रधानमन्त्रीको क्लब हो भनेर रोकेँ । मैले तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेको सहयोगमा एउटा अवधारणापत्र पनि तयार गरेका थिएँ, जसमा ६ वटा एजेन्डा थिए । तर, विभिन्न कारणले यो क्लव अगाडि बढ्न सकेन ।

    त्यसपछि एकचोटि म पाकिस्तान जाँदा बेला त्यहाँका पूर्वप्रधानमन्त्रीसँग भेट भयो । उहाँलाई पनि मैले आफ्नो सोच सुनाएँ । उहाँले ‘ग्रेट आइडिया’ भनेर प्रशंसा गर्नुभयो । अनि साउथ एसियाकै स्तरमा पूर्वप्रधानमन्त्रीको क्लव बनाउन सकिने बताउनु भयो । मलाई पनि ठिक लाग्यो र त्यसको जिम्मा मैले नै लिएँ । अरु सबै देशका पूर्वप्रधानमन्त्रीलाई मोटिभेट गरेर तयार पनि गरेँ । त्यसपछि भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई फोन गरेँ । सिंहले भने स्वीकार गर्नुभएन । अहिलेको प्रधानमन्त्रीले हुन्छ नभनेसम्म आइ क्यान नट पार्टीसिपेट भन्नुभयो । भारतका पूर्वप्रधानमन्त्री नभइ क्लब बन्दैन । त्यसैले त्यो अघि बढ्न सकेन ।

  • बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा

    बझाङ कांग्रेसको निर्णय- माओवादीसँग गठबन्धन गर्ने, नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा

    कैलाली । आसन्न चुनावको सीट बाँडफाँटमा सत्ता गठबन्धनबीच भागबण्डा मिलाउन सकस परिरहेको बेला जिल्लामा आफू अनुकूल गठबन्धनको तयारीमा लागेका छन् ।

    एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा अहिले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेका छन् । एमालेबाट दुई पटकसम्म निर्वाचित भएर मन्त्री भइसकेका पुराना नेता भानुभक्त जोशी अहिले नेकपा एसमा छन् । जोशीलाई टिकट दिनुपर्ने दबाबसहित बझाङमा नेकपा एसको दाबी गरिरहेको छ । टिकटमा नेकपा एसले बझाङ पाउने सम्भावना बढेलगत्तै कांग्रेसले पनि आफ्नो दाबी नछाड्ने निर्णय गरेको छ ।

    बझाङ कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने संकेत गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिले माओवादीसँग गठबन्धन गर्ने र नेकपा एससँग मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।

    ‘बझाङ जिल्लाका कांग्रेसजनबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै कांग्रेसले माओवादीसँग गठबन्धनका साथ अगाडि बढ्ने र समाजवादीसँग मित्रवत् स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनमा जाने जानकारी गराइन्छ’ जिल्ला सभापति खडकबहादुर बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    जनमतको हिसाबले कांग्रेस पहिलो, माओवादी दोस्रो र समाजवादी तेस्रो न्यून स्थानमा रहेको कांग्रेसको दाबी छ ।

    नेकपा एसले भने जिल्लामा आफ्नो पार्टीको सशक्त दाबी गरेको जनाएको छ । जिल्लाले विज्ञप्ति जारी गर्दैमा केही नहुने प्रदेश सचिव दिनेश चन्द्र सुवेदी बताउँछन् ।

    ‘ गठबन्धन गर्ने, नगर्ने भन्ने अधिकार केन्द्रलाई छ । जिल्लाले निर्णय गर्दैमा केही फरक पर्दैन’ उनले भने, ‘डोटीमा पनि त गर्दैन भनेका छन् नि त्यो भनेर हुँदैन बझाङमा हाम्रो दाबी छ । हामी जित्छौं पनि ।’

    उनले सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभामध्ये ५ क्षेत्रमा आफ्नो पार्टीको दाबी रहेको जानकारी दिए । उनका अनुसार बझाङ, अछाम १, बैतडी, डोटी र कैलाली ४ मा नेपाली एकीकृत समाजवादीले दाबी गरिरहेको छ ।

    कांग्रेसभित्रै रस्साकस्सी

    बझाङमा माओवादी केन्द्रबाहेक अन्य सबै दलले चासो दिएका छन् । नेकपा एसबट पूर्वमन्त्री भानुभक्त जोशीको सम्भावना छ । एमालेबाट सर्वसम्मत नभए पनि ऐन महरको सम्भावना धेरै छ । महरसँगै भैरव सिंह, आसा विक, महेश भट्टराई र जुना जाग्रीको नाम प्रतिनिधिसभाको लागि सिफारिस भएको छ । अघिल्लोपटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६ सय १२ मत प्राप्त गर्दा कांग्रेसका सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

    बझाङमा नेपाली कांग्रेसबाट अर्जुनजङ्ग बहादुर सिंह ,पृथ्वीबहादुर सिंह र नरेशबहादुर सिंहले दाबी गरेका छन् । अर्जुनजङ्ग बहादुर सिंह २०४८ र ०५६ नेपाली कांग्रेसबाट विजयी भइसकेका छन् । उनी पूर्वपरराष्ट्र राज्यमन्त्री र कोरियाका लागि नेपाली राजदूत बनिसकेका छन् । दुई पटकसम्म विजयी भइसकेको सिंह २०७० सालमा बझाङ १ मा नेकपा एमालेका मानप्रसाद खत्रीसँग पराजित भएका थिए ।

    त्यस्तै कांग्रेसबाट अर्का उम्मेदवारको चर्चा रहेका व्यक्ति पृथ्वीबहादुर सिंह हुन् । पूर्व जिल्ला समिति सभापति रहेका सिंह अघिल्लो पटक एमाले उम्मेदवार भैरवबहादुर सिंहसँग करिब ८ हजार मतले पराजित भएका थिए । कांग्रेसबाट आकांक्षी देखिएका नरेशबहादुर सिंह २०७० सालको निर्वाचनमा एमालेका लालबहादुर रावलसँग पराजित भएका थिए ।

    वैशाख ३० गतेको मत परिणाम अनुसार यहाँ एकल रूपमा एमाले बलियो देखिएको छ । गठबन्धन हुँदा भने कांग्रेस बलियो छ। आफू बलियो भएको स्थानमा कांग्रेस समाजवादीलाई छोड्न जिल्लामा तयार छैन । नेकपा एमालेका उम्मेदवारले २८ हजार ६११ पाउँदा कांग्रेस उम्मेदवारले २० हजार १६६, माओवादीका उम्मेदवारले ९ हजार १४५ नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ७ हजार ६३२ र राप्रपाका उम्मेदवारले जिल्लाभरि १२८ मत पाएका छन् ।

    २०४८ यता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यो क्षेत्रमा नेकपा एमाले भने चार पटक विजयी भएको छ । २०४८ र ०५६ मा कांग्रेस विजयी हुँदा २०५१, ०६४, ०७० र ०७४ मा एमाले विजयी भएको थियो ।

    यो पनि पढ्नुस् : बझाङमा एमालेबाट डेब्यूको तयारीमा महर, गठबन्धनमा कांग्रेस र नेकपा एसको रस्साकस्सी

  • काठमाडौं २ बाट पछि हटे हमाल, नेकपा एसका तीन पदाधिकारी समानुपातिक सूचीमा

    काठमाडौं २ बाट पछि हटे हमाल, नेकपा एसका तीन पदाधिकारी समानुपातिक सूचीमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका पदाधिकारीमध्ये तीनजनालाई समानुपातिकको बन्द सूचीमा समावेश गरेको छ ।

    माधव नेपाल निर्वाचित भएको काठमाडौं २ मा चुनाव लड्ने भनिएका उपाध्यक्ष प्रमेश हमाल समानुपातिकमा परेका छन् ।

    त्यस्तै धादिङ २ का सम्भावित उम्मेदवार उपमहासचिव डा.गंगालाल तुलाधार पनि समानुपातिक सूचीमा परेका छन् । उनी २ पटक धादिङ २ बाट निर्वाचित भएका थिए भने २ पटक पराजित भएका थिए ।

    नेकपा एसका सचिव नागेन्द्र चौधरी पनि समानुपातिकमा समेटिएका छन् । उनी यसअघि एमालेमा पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए । पार्टीले समानुपातिकमा पुनः अवसर नदिने नीति बनाए पनि चौधरीका हकमा भने लागु भएन ।

  • माधव नेपालको चेतावनी- पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही (भिडिओ)

    माधव नेपालको चेतावनी- पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

    सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिवादी चरित्र देखापरेकै कारण आफूहरुले विद्रोह गर्नुपरेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र देखाए र गुटबन्दी गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    उनले एकीकृत समाजवादी पुरातनवादी पार्टीभन्दा भिन्न पार्टी भएकोसमेत जिकिर गरे । यसअघि जनताले दिएको जनमतलाई एकाधिकारवादी बानीले मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट पार्टी छिन्नभिन्न भएको नेता नेपालको भनाइ थियो ।

    उनले पाँच दलको गठबन्धनले सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताए । पार्टीलाई जिल्ला–जिल्लामा विस्तार गरी आउने निर्वाचनमा पार्टीलाई भारी मतले जिताउने गरी तयारी गर्न उनले निर्देशनसमेत दिए ।

  • डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ? (भिडिओ)

    डोटीका कांग्रेसलाई आलेको प्रश्न- ठूला कुरा नगर, चुनावअघि बालेनको कति भोट थियो ? (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेम आलेले स्थानीय चुनावको मत देखाएर नेपाली कांग्रेसले आफ्नो सीट खोस्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

    नेकपा एसनिकट समाजवादी मगर संघको राष्ट्रिय भेलालाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै आलेले डोटीका कांग्रेसले जिल्लामा गठबन्धन नगर्ने भनेर भेला गरिरहेको बताए ।

    आलेले भने- मेरो जिल्लामा पनि कांग्रेसले ठाउँ ठाउँमा भेला गर्ने,गठबन्धन चाहिदैन भन्ने कुरा गरिररहेको छ । गठबन्धन नगर्ने हो भने डोटीमा मात्र होइन ७७ जिल्लामै नगर्ने भनियोस् । होइन भने ७७ जिल्लामै गठबन्धन हुनुपर्छ । हाम्रो पार्टी विद्रोहबाट आएको,स्थानीय चुनावमा ६५ मध्ये १० वडामा मात्र हाम्रा उम्ेमदवार थिए,कांग्रेसले अहिले त्यहि ३ हजार भोट देखाएर हिँडेको छ । त्यसबेला ५५ वडामा हामीले त्यतिकै छाडेका थियौं ।

    पूर्वमन्त्री आलेले जिल्लामा एक भोट प्रेम आलेलाई भन्ने जनता रहेको भन्दै स्थानीय चुनावको भोटको अर्थ नहुने बताए । उनले स्थानीय चुनावअघि बालेनको कति भोट थियो ? भन्ने प्रश्न गर्दै अबको चुनावपछि नेकपा एस पहिलो पार्टी बन्ने दावी समेत गरे । उनले डोटीका कांग्रेसको ठूला कुरा सैह्य नहुने बताए ।

  • प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ ।

    भदौ ३१ गतेको आयोगको निर्णयअनुसार दलहरूलाई यस्तो निर्देशन गरेको हो ।

    ‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

    जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।

  • लुम्बिनीका ६ क्षेत्रमा यस्तो छ एकीकृत समाजवादीको शक्ति, पाउला त सबै सीट ?

    लुम्बिनीका ६ क्षेत्रमा यस्तो छ एकीकृत समाजवादीको शक्ति, पाउला त सबै सीट ?

    रुपन्देही । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनभित्र लुम्बिनीमा ६ वटा प्रतिनिधिसभा र १८ प्रदेशसभा सीटमा दाबी गर्दै आएको छ । यहाँ प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ सीट छन् ।

    पहिलो चरणको प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा नेकपा एसलाई ३ वटा सीट दिन गठबन्धन तयार भएको थियो । तर, अन्य क्षेत्रमा पनि दाबी गरेकाले भागबन्डा टुंगिन सकेको छैन ।

    प्रतिनिधिसभामा सीट दाबी गरेका क्षेत्रमा स्थानीय तह निर्वाचनमा उसको मत कमजोर रहेकाले गठबन्धनका अन्य दल उसलाई मागेअनुसार सीट दिन तयार छैनन् । नेकपा एसका लुम्बिनीका प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनमा पार्टीको प्रतिनिधिसभामा ६ र प्रदेशसभामा २४ सीट दाबी रहेको बताएका थिए ।

    एसका प्रतिनिधिसभामा दाङ १ बाट मेटमणि चौधरी, ३ बाट हीराचन्द्र केसी, पाल्पा २ बाट सोमप्रसाद पाण्डे र र गुल्मी २ बाट समानुपातिकमा रामकुमारी झाँक्री सांसद छन् । उनीहरुमध्ये झाँक्री पार्टी विभाजनपछि मन्त्री बनिन् । अहिले चौधरी र केसी मन्त्री छन् । प्रदेशसभामा पाल्पाकी समानुपातिक सांसद रमा घर्तीमात्रै छिन् । उनी प्रदेशमा मन्त्री छिन् ।

    नेकपा एसले चार सांसदको क्षेत्रसहित रुपन्देही २ मा राजु गुरुङ र बाँके ३ मा हीरालाल सुनारलाई व्यवस्थापन गर्ने गरी प्रतिनिधिसभामा ६ सीट दाबी गर्दै आएको हो । गठबन्धनभित्र नेकपा एसबाट दाङ १ मा चौधरी, पाल्पा २ मा पाण्डे र गुल्मी २ मा झाँक्रीलाई सीट दिने करिब निश्चित जस्तै छ । रुपन्देही २ भने टुंगिसकेको छैन ।

    पार्टी अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले यहाँ जसरी पनि केन्द्रीय सदस्य तथा प्रदेश सचिव राजु गुरुङलाई टिकट दिने अडानमा छन् । उनीहरुले गुरुङलाई सीट खाली गरे एमाले उपाध्यक्ष विष्णु पौडेललाई हराउन सकिने दृढता व्यक्त गर्दै आएका छन् । तर, यहाँ कांग्रेसले दाबी गर्दै आएको छ ।

    नेता गुरुङले बुटवलबाट चुनावमा उठ्ने घोषणा गर्दै अहिले प्रचारप्रसारसमेत अघि बढाएका छन् । दाङ ३ का हीराचन्द्र केसी र बाँके ३ हीरालाल सुनारको क्षेत्र कांग्रेसलाई छोड्न नेकपा एस सहमत भइसकेको छ ।

    नेकपा एस छोड्ने बढ्दो

    निर्वाचन नजिकिएसँगै नेकपा एस पार्टी छोड्ने नेता तथा कार्यकर्ताहरु बढिरहेका छन् । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय अर्थ विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमालेमै फर्किएका छन् । प्रदेशसभामा उम्मेदवार सिफारिस डा. चापागाईंले पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेकाले पुरानै घरमा फर्किएको बताए ।

    त्यसैगरी एसले दावी गरेको गुल्मी क्षेत्र नं २ मा पनि पार्टी गुल्मीको नेतृत्व तह एमालेमा समाहित भएको छ । एसका सचिव झाँक्रीले एमालेलाई जसरी पनि यो क्षेत्रबाट हराउने उद्घोष गरिसकेकी छन् । गठबन्धन दलले पनि उनलाई टिकट दिने ग्रिन सिग्नल दिइसकेका छन् । तर उनकै क्षेत्रका जिल्ला नेतृत्वले पार्टी छोडेका छन् ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा पार्टी एकता घोषणा गरी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गणेश खनाल र केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष नरेश भण्डारीसहित जिल्ला नेतृत्व एमाले प्रवेश गरेका थिए ।

    नेता भण्डारीले कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर पार्टीले असफल यात्रा तय गरेकाले साथ दिन नसकी पुरानो पार्टीमा फर्किएको बताए । जिल्ला नेतृत्व नै एमालेमा फर्किएपछि कांग्रेस र माओवादीभित्र गुल्मी २ नेकपा एसलाई दिन नहुने दबाब बढ्न थालेको छ ।

    त्यस्तै एसको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्ला उपाध्यक्ष कृपाललाल यादव, अनेमसंघ जिल्ला अध्यक्ष सरिता पौडेल, प्रदेश सदस्य खगेश्वर पन्थीसहित एउटा टीम एमालेमै फर्किएको छ । पाल्पा, अर्घाखाँची, बाँकेमा पनि पार्टी छाड्ने क्रम जारी छ ।

    पार्टीका प्रभावशाली नेताहरू महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, सचिवहरु रामकुमारी झाँक्री, भागवत विश्वासी, पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, संघीय सांसदहरु मेटमणि चौधरी र हीराचन्द्र केसी लुम्बिनी प्रदेशकै नेताहरु हुन् । पार्टी विभाजनमा ठूलो शक्ति नआएको, सबै तहमा पार्टी कमिटी नबनिसकेको र जनाधार तयार नभइसकेको अवस्थामा एकीकृत समाजवादीका लागि आउँदो निर्वाचन कठिन परीक्षा हुने देखिएको छ ।

    तर, नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वार्थका लागि आएकाहरूले पार्टी छाड्नु अस्वाभाविक नभएको प्रतिक्रिया दिए ।

    एसले दावी गरेका क्षेत्रमा कति छ जनमत ?

    नेकपा एसले लुम्बिनीमा दाबी गरेका ६ वटै क्षेत्रमा स्थानीय तह निर्वाचनको जनमत निकै कमजोर छ । यद्यपि गठबन्धनमा अहिलेसम्म ३ वटा क्षेत्र दिन सकिने र थप एक क्षेत्रमा सम्भावना रहेको बुझिएको छ ।

    स्थानीय निर्वाचनमा पाँचौं र छैटौं शक्तिका रुपमा रहेको एसलाई आफ्नो सबै मत खन्याएर जिताउन समस्या हुने गठबन्धनका अन्य दल बताइरहेका छन् । स्थानीय तह निर्वाचनमा दलका वडा अध्यक्ष उम्मेदवारले पाएका मतअनुसार नेकपा एस सबैतिर कमजोर नै देखिन्छ ।

    १) सोमप्रसाद पाण्डेको क्षेत्र : पाल्पा २
    एमाले – ३०,५६६
    कांग्रेस – २९,०३९
    माओवादी – ४,३१३
    एकीकृत समाजवादी – ४३३
    राप्रपा – ३३६

    २) मेटमणि चौधरीको क्षेत्र : दाङ १
    कांग्रेस – २९,७५७
    एमाले – २७,०२५
    माओवादी – १९,२७६
    राप्रपा – २,३५०
    एकीकृत समाजवादी – २,३४१
    जसपा – ८०७

    ३) रामकुमारी झाँक्रीको क्षेत्र : गुल्मी २
    एमाले – ३१,२५३
    कांग्रेस – २९,८२१
    माओवादी – १,८४१
    एकीकृत समाजवादी – ६५८
    राप्रपा – १०१

    ४) राजु गुरुङको क्षेत्र : रूपन्देही २
    कांग्रेस – ३४,९५९
    एमाले – ३३,१८७
    राप्रपा – ३,९२०
    माओवादी – ३,१८८
    एकीकृत समाजवादी – १,३८२
    जसपा – १८३

    ५) हीराचन्द्र केसीको क्षेत्र : दाङ ३
    एमाले – ३८,६५८
    कांग्रेस – ३०,९८९
    माओवादी – १२,८८०
    एकीकृत समाजवादी – १,९३८
    राप्रपा – १,४४४
    जसपा – १८२

    ६) दलबहादुर सुनारको क्षेत्र : बाँके ३
    कांग्रेस – २५,६८९
    एमाले – २२,१५९
    माओवादी – १४,८१८
    राप्रपा – ४,६४१
    जसपा – ४,१९९
    एकीकृत समाजवादी – २३४८
    लोसपा – १०३७

  • ओलीलाई झलनाथको प्रश्न- कता लान खोज्नुभाथ्यो देश ?

    ओलीलाई झलनाथको प्रश्न- कता लान खोज्नुभाथ्यो देश ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमै नभएको विशेषाधिकार प्रयोग गर्न खोजेकाले समस्या उत्पन्न भएको बताएका छन् ।

    चालू प्रतिनिधिसभाको आज चलिरहेको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाई कुन देशतिर जानुभो, कुन धारातिर जानुभो कुन दिशा तिर जानुभो अझै हामीलाइृ बुझ्न मन लागेको छ । अझै पढ्न मन लागेको छ,’ उनले भने, ‘कता लान खोज्नुभाथ्यो देश ? बडा गम्भीर प्रश्न छ ।’

    वर्तमान व्यवस्था पार्टी व्यवस्था रहेकाले पार्टीबाहिर कोही नहुने बताउँदै नेता खनालले ओलीले अहंकारले समस्या निम्तिएको बताए । ‘यो पार्टी व्यवस्था हो, बहुदलीय व्यवस्था हो । जुनसुकै सरकारपनि पार्टीको सरकार हो । पार्टीले बनाएका नीति र दृष्टिकोणका आधारमा सरकार चल्छ । पार्टीबाहिर कोहीपनि हुनसक्दैन्,’ उनले भने । अहिले पाँचदलको सरकार पनि पाँचदलको साझा धारणाभन्दा बाहिर नजाने उनले दाबी गरे ।

    यो व्यवस्थामा प्रधानमन्त्री ‘अल इन अल’ नरहेको पनि उनले बताए । बेलायतमा पनि प्रधानमन्त्रीको विशेषाधिकार छिन्नेगरी ऐन ल्याइसकेको बताउँदै त्यही कुराबाट सिकेर नेपालको संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीबाट हटाएको बताए ।

    ‘प्रधानमन्त्री अल इन अल भन्ने हुनैसक्दैन् । त्यो व्यवस्था त पार्लियामेन्टरी एक्ट ल्याएर २०११ देखि प्रधानमन्त्रीको विशेषाधिकार बेलायतले पनि समाप्त गरिसक्यो,’ उनले भने, ‘हिजोजस्तो प्रधानमन्त्रीले विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्ने अधिकार बेलायतमा पनि छैन् । त्यसपछि क्यानडा र अस्ट्रेलियाले पनि समाप्त पा¥यो । त्यही कुरालाई ध्यानमा राखेर हामीले २०१५ मा संविधान बनायौं ।’

    नेपालजस्तो देशमा प्रधानमन्त्री कस्तो आउछ त्यो भन्न नसकिने उनले बताए । ‘हाम्रोजस्तो देशमा प्रधानमन्त्री अलि सन्किने प्रधानमन्त्री आउनसक्छ, अलि घमण्डी प्रधानमन्त्री आउनसक्छ, आत्मकेन्द्रित प्रधानमनत्री आउनसक्छ आकाशे खुर्सानीजस्तो प्रधानमन्त्री आउनसक्छ । र उल्ले तल भुईं हेर्न बिर्सनसक्छ, पार्टी हेर्न बिर्सन्छ, देश हेर्न बिर्सन्छ, यस्तो सम्भावना हुन्छ हाम्रो देशमा,’ उनले भने । यही कारण संविधानमा यस्तो व्यवस्था गरेको उनले बताए ।

    वर्तमान सरकारको उपलब्धिमा संसद र संविधान बचाएको नेता खनालले बताए । उनले भने, ‘यो संसद नबचाएको भए प्रमुख प्रतिपक्षी दलको नेताले आजजस्तो मज्जाले भाषण कहाँ गर्न पाउनुहुन्थ्यो । झापा गएर त हुँदैनथ्यो । संसद बचाएर हो ।’

  • प्रतिनिधिसभाको आयु भोलि नै सकिए असंवैधानिक : सांसद हुसेन (भिडिओ)

    प्रतिनिधिसभाको आयु भोलि नै सकिए असंवैधानिक : सांसद हुसेन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद समीना हुसेनले संविधानअनुसार प्रतिनिधिसभाको आयु फागुन २० गतेसम्म हुने दाबी गरेकी छन् ।

    प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले अहिल्यै हुने भोलिसम्मको कार्यकाल असंवैधानिक हुने बताएकी हुन् ।

    ‘संविधानमा प्रतिनिधिसभाको अवधि पाँच वर्षको तोकिएको छ । यस प्रतिनिधिसभाको अवधि २०७९ फागुन २० गते पुग्ने भएतापनि अहिले यत्रतत्र संसदमा अन्तिम-अन्तिम भनेर अहिले प्रतिनिधिसभा विघटनको कुरा आइरहेको छ,’ उनले भनिन्, ‘यदि यसो हो भने फेरि पनि संविधानलाई मिच्ने काम भइरहेको छैन र सभामुख महोदय ? संविधान उलंघन गर्ने अधिकार कोसँग छ ? संविधानभन्दा माथि यो देशमा कोही भए हामीलाई अवगत गराइदिन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’

  • काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान

    काठमाडौं २ मा ओनसरीलाई प्रचण्डको ‘ग्रीनसिग्नल’, हमाल व्यवस्थापन गर्न नेकपा एसको अडान

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने लगभग निश्चित भएपछि उनले यसअघि जितेको काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय दाबी परेको छ ।

    स्थानीय तह निर्वाचनको मतका आधारमा पहिलो रहेको नेपाली कांग्रेसले दाबी गर्ने नै भयो । नेकपा एसले मापदण्डअनुसार आफ्नो भागमा पर्नुपर्ने बताइरहेका बेला स्थानीय तह चुनावको मतका आधारमा काठमाडौं २ मा माओवादीको पनि बलियो दाबी परेको छ ।

    अझ रोचक कुरा चाहिँ पूर्वसभामुख ओनसरी घर्तीको नाम माओवादी केन्द्रले सो क्षेत्रबाट पहिलो नम्बरमा सिफारिस गरेपछि काठमाडौं २ को सीट बाँडफाँट पेचिलो बनेको छ । माओवादीले पहिलो नम्बरमा ओनसरी र दोस्रो नम्बरमा झक्कु सुवेदीको नाम सिफारिस गरेको छ ।

    ओनसरीको सन्दर्भमा कांग्रेस लचिलो भए पनि नेकपा एसले सो क्षेत्रमा सीट बाँडफाँट कार्यदलमा समेत रहेका पार्टी उपाध्यक्ष प्रमेश हमालको लागि अडान राखेको छ । हमाल ललितपुर ३ का हुन् । तर, सो क्षेत्रमा माओवादीबाट पम्फा भुसाल रहेकाले उनलाई काठमाडौं २ मा उम्मेदवार बनाउन खोजिएको छ ।

    कांग्रेस लचिलो भए पनि माधव नेपालले प्रमेश हमालको व्यवस्थापन गर्नुपर्ने बताएपछि माओवादी र नेकपा एसको शीर्ष तहमै वार्ता हुने भएको छ । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पनि काठमाडौं २ लगायत कतिपय क्षेत्रमा माओवादी र नेकपा एसको दोहोरो दाबी रहेको बताए ।

    पूर्वसभामुख घर्ती भने सबै परिस्थिति मिलेर दलहरुले आग्रह गरेमात्र चुनाव लड्ने मनस्थितिमा रहेको निकट स्रोतले जनाएको छ । पूर्वसभामुख जस्तो व्यक्तिलाई दलहरुले आग्रह गर्दा उम्मेदवार बन्ने उनको मनसाय छ ।

    स्रोतका अनुसार अध्यक्ष प्रचण्डले उनलाई काठमाडौं २ बाट उम्मेदवार बन्न आग्रह गरेका छन् । त्यसपछि नै क्षेत्रीय कमिटीले उनको नाम एक नम्बरमा सिफारिस गरेको हो ।

  • सीतालाई तेह्रथुम छाड्न नेकपा एस तयार, सुनसरी २ सँग साटफेरको प्रस्ताव

    सीतालाई तेह्रथुम छाड्न नेकपा एस तयार, सुनसरी २ सँग साटफेरको प्रस्ताव

    इटहरी । गठबन्धनमा सीट बाँडफाँटको सकस भइरहेका बेला मापदण्ड अनुसार आफूले पाउने प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छाडेर साटफेर गर्न नेकपा एस तयार भएको छ ।

    गठबन्धनले बनाएको मापदण्ड अनुसार हाल प्रत्यक्ष निर्वाचित सांसद जुन पार्टीका छन् त्यो क्षेत्र आमरुपमा सोही पार्टीले पाउने समझदारी छ । त्यसो हुँदा स्वास्थ्यमन्त्री समेत रहेका तेह्रथुमका सांसद भवानी खापुङ नेकपा एसबाट उम्मेदवार बन्न मापदण्डले रोक्दैन ।

    तर, मन्त्री खापुङको सो क्षेत्र नेकपा एसले कांग्रेसले दिने समझदारी भएको कार्यदलका एक सदस्यले बताए । त्यसो गर्दा नेकपा एसले सुनसरी क्षेत्र नम्बर २ मा दावी गरेको छ । मापदण्ड अनुसार सुनसरी २ मा नेपाली कांग्रेसका सिताराम मेहता सांसद रहेकाले सोही पार्टीको दाबी छ ।

    तेह्रथुममा जिल्ला समन्वय समितिको प्रमुख लिने बेलामै नेकपा एसले प्रतिनिधिसभाको सीटमा दाबी नगर्ने समझदारी बनेको थियो । सो समझदारी अनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सीता गुरुङ उम्मेवार बन्ने र प्रदेशमा माओवादी केन्द्रका दुर्गा चापागाईँ र नेकपा एसका कृष्ण चोङबाङलाई उठाउने तयारी छ ।

    तेह्रथुम र सुनसरी २ साट्ने नेकपा एसको प्रस्तावमा कांग्रेसको प्रतिक्रिया आइसकेको छैन । नेकपा एसबाट सुनसरी २ मा पितान्बर तिम्सिना उम्मेदवार बन्ने तयारीमा छन् । राखेपका पूर्व उपाध्यक्ष समेत रहेका तिम्सिना केही समयअघि एमाले छाडेर नेकपा एसमा लागेका थिए ।

    गठबन्धन बैठकमा अध्यक्ष माधव नेपालले समेत सुनसरी २ मा अडान कायम राखेका छन् । सुनसरीका ४ निर्वाचन क्षेत्रमध्ये जसपाले अशोक राईका लागि १ नम्बर क्षेत्र मागेको छ । मापदण्ड अनुसार बाँकी तीनवटै क्षेत्र नेपाली कांग्रेसको भागमा पर्छन् ।

    त्यस्तै २ नम्बर नेकपा एसले लिएर ३ र ४ मा कांग्रेसले पाउने सम्भावना रहेको बताइएको छ । नेकपा एसले प्रदेश १ बाट इलाम र तेह्रथुम मापदण्ड अनुसार नै पाउने भए पनि तेह्रथुमसँग सुनसरी २ साट्न खोजिएका सो पार्टीका नेताहरूले बताएका छन् ।

    यसबाहेक नेकपा एसले प्रदेश १ मा भोजपुर र खोटाङमध्ये एक सीट, उपमहासचिव जगन्नाथ खतिवडाको लागि उदयपुर २ मा सशक्त दाबी गरेको छ ।

  • राजधानीका ६ सीटमा नेकपा एसको सशक्त दाबी, अन्य जिल्लामा के कति ?

    राजधानीका ६ सीटमा नेकपा एसको सशक्त दाबी, अन्य जिल्लामा के कति ?

    काठमाडौं । गठबन्धनमा ४० सीट दाबी गरेर २३ सीटलाई बटमलाइन बनाइरहेको नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ मध्ये ६ सीट दाबी गरेको छ । उसले भक्तपुरमा प्रदेशसभामा मात्रै दाबी गरेको छ ।

    प्रतिनिधिसभातर्फ नेकपा एसले उपत्यकाका तीन सीटमा मापदण्डबाटै पाउनेछ । काठमाडौं २ मा माधव नेपाल, ८ मा जीवनराम श्रेष्ठ र ललितपुर २ मा कृष्णलाल महर्जन हाल नेकपा एसका सांसद छन् । माधव नेपाल रौतहटबाट चुनाव लड्ने निश्चित भइसकेको छ ।

    नेकपा एसले माधव नेपालले छाडेको काठमाडौं २ मा उपाध्यक्ष प्रमेश हमाललाई उम्मेदवार बनाउन खोजेको छ । गठबन्धनको कार्यदल र शीर्ष बैठकमा समेत काठमाडौं २ माधवले छाडे पनि नेकपा एसले नछाड्ने अडान लिएको कार्यदलका एक सदस्यले बताए ।

    प्रमेश हमाल अहिलेसम्म प्रत्यक्ष चुनाव नलडेका नेता हुन् । उनी एकपटक बेल्जियमको लागि राजदूत थिए । नेकपा एसका अध्यक्ष नेपाल नलड्ने हो भने सो क्षेत्र कांग्रेसले नछाड्ने अडान लिएको छ । वडाको मतका आधारमा कांग्रेस पहिलो पार्टी छ ।

    त्यस्तै क्षेत्र नम्बर ५ मा कांग्रेसले सशक्त दाबी नगरेपछि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका लागि नेकपा एसले बल गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महत काठमाडौं ५ मा यसपटक चुनाव लड्न इच्छुक छैनन् । उनले नुवाकोटबाट चुनाव लड्न खोजेका छन् । यहाँ गठबन्धनभन्दा एमाले बलियो भएकाले कांग्रेस पछि हटेको छ ।

    काठमाडौं ७ मा नेकपा एसले बागमती प्रदेशका मन्त्री बसन्त मानन्धरको लागि दाबी गरेको छ । मानन्धर सोही क्षेत्रबाट प्रदेशसभा सदस्य छन् । यद्यपि यहाँ जसपाले मन्त्री राजेन्द्र श्रेष्ठका लागि दाबी गरेर श्रेष्ठले प्रचारप्रसार गरिसकेका छन् । तर, कांग्रेसले भने आफ्नो दाबी गरेको छ ।

    काठमाडौं ८ मा नेकपा एसबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ नै निरन्तर हुने निश्चित छ । यहाँ ठूलो विवाद पनि छैन । नेकपा एसले उपमहासचिव डा. विजय पौडेलका लागि काठमाडौं ९ दाबी गरेको छ । पौडेल सोही क्षेत्रबाट उम्मेदवार बन्न प्रयासरत छन् । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रले पनि हितमान शाक्यको लागि दाबी गरेको छ ।

    नेकपा एसले ललितपुर क्षेत्र नम्बर २ मा सशक्त दाबी गरेको छ । यसअघि एमालेबाट निर्वाचित सांसद कृष्णलाल महर्जन अहिले नेकपा एसमा छन् । त्यसैले उनको लागि नेकपा एसले सो क्षेत्रमा दाबी गरेको हो ।

    यीबाहेक भक्तपुरमा २ र ललितपुरमा तीन प्रदेशसभा सदस्य मागिएको नेकपा एसले जनाएको छ । त्यस्तै काठमाडौंमा १० वटा प्रदेशसभा सीटमा नेकपा एसले दाबी गरेको छ । तीमध्ये तीनजना अहिले निर्वाचितहरु नेकपा एसमै छन् ।

    अन्यत्र कति ?

    नेकपा एसले ४० सीट दाबी गरे पनि २३ सीटलाई बटमलाइन बनाएको छ । यद्यपि गठबन्धनमा भने बढीमा १६ देखि १८ सीट नेकपा एसलाई दिन सकिने भनेर छलफल भइरहेको स्रोतले जनाएको छ ।

    नेकपा एसले दाबी गरेका ४० निर्वाचन क्षेत्र निम्नानुसार छन्ः

    प्रदेश १

    इलाम – १

    झापा- २

    मोरङ – ३

    सुनसरी – २

    भोजपुर/खोटाङमध्ये एक

    उदयपुर – २

    मधेस प्रदेश

    सिरहा – ४

    धनुषा – २

    सर्लाही – १ वा ३

    रौतहट – १

    रौतहट – ३

    बारा – ४

    पर्सा – कुनै एक

    बागमती प्रदेश

    दोलखा/काभ्रे १

    काठमाडौं – २

    काठमाडौं – ५

    काठमाडौं – ७

    काठमाडौं – ८

    काठमाडौं – ९

    ललितपुर – २

    धादिङ – २

    मकवानपुर – २

    चितवन – १

    गण्डकी प्रदेश

    कास्की – २

    तनहुँ – १

    बागलुङ – १

    लुम्बिनी प्रदेश

    रुपन्देही – २

    पाल्पा – २

    गुल्मी – २

    दाङ – १

    दाङ – ३

    बाँके – ३

    कर्णाली प्रदेश

    डोल्पा

    मुगु

    दैलेख – १

    सल्यान

    सुदूरपश्चिम प्रदेश

    कैलाली – ४

    डोटी

    बझाङ

    अछाम – १

  • गुल्मी २ मा नेकपा एसबाट झाँक्रीको एकल नाम सिफारिस

    गुल्मी २ मा नेकपा एसबाट झाँक्रीको एकल नाम सिफारिस

    रुपन्देही । नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री गुल्मी- २ बाट एकल सिफारिसमा परेकी छन् । नेकपा एसले सो क्षेत्रमा गठबन्धनमा आफूले पाउनुपर्ने दाबी गरेको छ ।

    यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी झाँक्रीले पार्टी विभागजनमा माधव नेपाललाई साथ दिएकी थिइन् ।

    क्षेत्र नम्बर १ मा भने प्रमेश पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरिएको छ ।

    यसैबीच पार्टीको जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा जिल्ला कमिटी पुनर्गठन गरेको छ । केही दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनालसहितको टोली नेकपा एमालेमा प्रवेश गरेपछि जिल्लाको कमिटी पुनर्गठन गरिएको हो । क्षेत्र नं १ मा उम्मेदार बनाइएका पोखरेल यसअघि वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य थिए ।

    अहिले उनलाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सहइन्चार्जमा गणेश विश्वकर्मा रहेका छन् ।

    सो क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, नेताहरू राजेन्द्र अर्याल, शेषकान्त गौतम सिफारिस भएका छन् भने नेपाली कांग्रेसबाट चन्द्र केसी, डा. दामोदर भुसाल तथा नेकपा माओवादीबाट भीमकान्त भण्डारी, वीरबहादुर कार्की र नुमकान्त पाण्डेको नाम सिफारिस भएको छ ।

  • नेकपा एसका केन्द्रीय सदस्य डा. चापागाईँ एमालेमा फर्किए

    नेकपा एसका केन्द्रीय सदस्य डा. चापागाईँ एमालेमा फर्किए

    रुपन्देही । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अर्थ विभागका उपप्रमुख डा. बालकृष्ण चापागाईँ नेकपा एमालेमा फर्किएका छन् ।

    आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताले उनलाई स्वागत गरेका छन् ।

    बुटवलमा स्थायी घर भएका चापागाईँ प्रेस चौतारीको दुई कार्यकाल केन्द्रीय अध्यक्ष तथा राससको कार्यकारी अधयक्ष भइसकेका छन् । एमाले विभाजनसँगै नेकपा एसमा लागेका चापागाईँ पछिल्लो समय गतिहीन कम्युनिष्ट पार्टीमा बस्न आवश्यक नभएको भन्दै पार्टीभित्र असन्तुष्ट जनाउँदै आएका थिए ।

    केही समयअघि चापागाईँलाई हटाएर राजु गुरुङलाई पार्टीले रुपन्देही इन्चार्ज बनाएपछि समाजवादीभित्र मनमुटाव सुरू भएको थियो ।

  • पशुपति विकास कोषका कार्यकारी निर्देशकमाथि चार आराेप लगाउँदै पर्यटनमन्त्री श्रेष्ठले साेधे स्पष्टिकरण

    पशुपति विकास कोषका कार्यकारी निर्देशकमाथि चार आराेप लगाउँदै पर्यटनमन्त्री श्रेष्ठले साेधे स्पष्टिकरण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

    उनले भदौ २१ गते मन्त्रीस्तरीय निर्णय गर्दै कोषका कार्यकारी निर्देशक खतिवडालाई ४ वटा आरोपसहित ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन् ।

    पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले प्रचलित कानुन बमोजिमको पदीय जिम्मेवारी पुरा गर्न नसकेको, शैक्षिक योग्यताको विषयमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा प्रश्न उठेको र ठेकेदारको निवदेनको आधारमा स्वार्थ बाझिने गरी सुपरिवेक्षण परिवर्तन गरेको, आर्थिक वर्ष २०७७/०७८ को परामर्श सेवा खरिद कार्यमा कार्य सम्पन्न नहुँदै आगामी आर्थिक वर्ष साउनमा कार्य सम्पन्न गर्ने शर्तमा अघिल्लो आर्थिक वर्षको असारमा भुक्तानी दिएको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ ।

    यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले पशुपति क्षेत्र विकास कोष, कर्मचारी सेवा शर्त सुविधासम्बन्धी नियमावली, २०४५ ले दिएको जिम्मेवारी पनि पुरा गर्न नसकेको र यस्ता विषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटसमेत उजुरी आउने गरेको मन्त्रालयले जनाएको छ ।

  • डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको अभाव

    डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको अभाव

    काठमाडौं । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् ।

    उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता हुने, खानमन नलाग्ने, पाखाला लाग्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । ती लक्षणका लागि बिरामीलाई सिटामोल र जीवनजलजस्ता औषधिको खानुपर्दछ तर त्यही सिटामोलजस्तो औषधिको अभाव भएको जनाइएको छ ।

    काठमाडौँ उपत्यका लगायत देशका अन्य जिल्लामा दैनिक डेङ्गुका बिरामी बढिरहेका छन् । अहिलेसम्म छ हजारभन्दा बढी डेङ्गुका बिरामी पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । डेङ्गुका प्रकोप बढ्न थालेपछि सर्वसाधारणले पनि घरमा सिटामोल किनेर राख्ने गरेका छन् । यसले पनि सिटामोलको अभाव भएको बताइएको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार मण्डलले बजारमा सिटामोलको अभाव नभएको बताए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका मेडिकल अधिकृत डा श्रवणकुमार मण्डलले डेङ्गुका बिरामीलाई उच्च ज्वरो आउने र ज्वरो कम गर्नका लागि सिटामोल खानुपर्छ भने । धेरै नै ज्वरोका बिरामी बढेकाले सिटामोलका माग बढेर अभाव भएको हुनसक्ने उनको भनाइ छ ।

    नेपाल औषधि व्यवस्था विभागका निर्देशक भरत भट्टराईले सिटामोल पाइएन भन्ने गुनासो सुनेको बताए । ‘डेङ्गु बढेसँगै एक/दुई दिन अघि मात्र जनताले सिटामोल पाइनन् भन्ने सुनेको छु’, उनले भने, ‘सिटामोलको अवस्था के हो भन्नका लागि औषधि उत्पादक सङ्घलाई आइतबार बोलाएर छलफल गर्ने छु ।’ उनले सङ्कटको बेला औषधिको मूल्य बढाउनका लागि अभाव सिर्जना गर्न थालिएको हुनसक्ने बताए ।

    उनले महामारीको बेला सिटामोलजस्तौ औषधिको अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले औषधि उत्पादक सङ्घलाई बोलाएर तत्काल सिटामोल उत्पादन गर्न निर्देशन दिने बताए ।

    ५० लाख सिटामोल उत्पादन गर्दै

    नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि सिटामोल औषधि बनाउनका लागि कच्चा पदार्थ आयात गर्न थालेको बताए । उनका अनुसार हप्ता दिनभित्रमा कच्चा पदार्थ आउने र त्यसपछि सिटामोल औषधि उत्पादन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार करिब ५० लाख ट्याबलेट सिटामोल उत्पादन गर्नका लागि कच्चा पदार्थ ल्याउन थालिएको छ ।

    अहिले पनि औषधि लिमिटेडसँग करिब १५ लाख ट्याबलेट मौज्दात रहेको उहाँको भनाइ छ । सङ्घका उपाध्यक्ष सन्तोष बरालले बजारमा सुनेको जस्तो सिटामोलको अभाव नभएको बताए । ‘मैले पनि बजारमा अभाव छ भन्ने सुनेको छु तर त्यस्तो सारै अभाव छैन । हामीले उत्पादन गर्दै आइरहेका छौँ’, उनले भने ।

    उनका अनुसार नेपालमा बार्षिक १० करोड ट्याबलेट सिटामोलको माग माग रहेको छ । सङ्घले भने वार्षिक पाँचदेखि साढे पाँच करोड ट्याबलेट उत्पादन गरिरहेको छ । रासस

  • गुल्मी- २ मा माओवादीले झाँक्रीलाई नछाड्ने, गोकर्णसँग भिड्न भीमकान्त मैदानमा

    गुल्मी- २ मा माओवादीले झाँक्रीलाई नछाड्ने, गोकर्णसँग भिड्न भीमकान्त मैदानमा

    काठमाडौं । गठबन्धनको सीट बाँडफाँट थप पेचिलो बन्दै गएको बेला केही क्षेत्रमा नयाँ ट्वीस्ट आएको छ । यसअघि रामकुमारी झाँक्रीको लागि गठबन्धनमा अन्य दलले दाबी नगर्ने भनिएको गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) ले बिहीबारदेखि सशक्त दाबी गरेपछि नयाँ ट्वीस्ट आएको हो ।

    नेकपा एसकी सचिव झाँक्रीले गुल्मी २ मा चुनाव लड्नका लागि पछिल्लो समय सो क्षेत्रमा सक्रियता बढाएकै बेला माओवादी केन्द्रले युवा नेता तथा व्यवसायी भीमकान्त भण्डारीको नाम अघि सारेपछि सो क्षेत्रमा माओवादीको औपचारिक दाबी पेस भएको कार्यदल स्रोतले जनाएको छ ।

    कार्यदलमा राष्ट्रिय जनमोर्चाबाट सदस्य रहेका हिमलाल पुरीले गुल्मीमा आफूहरूले पनि एउटा प्रदेशसभा सदस्य दाबी गरेको र क्षेत्र नम्बर २ मा माओवादी र नेकपा एस दुवैको दाबी आएको बताए । स्रोतका अनुसार नेकपा एसका कार्यदल सदस्यहरूले गुल्मी २ लाई प्राथमिकता दिएका छैनन् । तर, गठबन्धनका शीर्ष नेता झाँक्रीको व्यवस्थापनका लागि उदार छन् ।

    झाँक्रीप्रति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने उदार देखिएका छन् । उनले गुल्मीका नेताहरूलाई झाँक्री जिताउन भने पनि माओवादीले सो क्षेत्रमा सशक्त दाबी गरेपछि जिल्लाको राजनीति फेरिएको छ । कार्यदलमा रहेका माओवादी उपमहासचिव वर्षमान पुनले समेत झाँक्रीले ‘जितिन्छ र ?’ भन्दै सकेसम्म काठमाडौं जस्तो शहरी क्षेत्रबाटै चुनाव लड्न सुझाव दिएको चर्चा छ ।

    काठमाडौं ५ मा कांग्रेसले सशक्त दाबी गरेको छैन । सो क्षेत्रमा नेकपा एसबाट सुदेश पराजुलीको नाम प्रस्ताव भएको छ । झाँक्रीलाई कतिपयले ‘सेलिब्रिटी’ लाई चुनाव जित्न सहज हुने भन्दै काठमाडौं ५ मा सर्न समेत सुझाव दिएका छन् । तर, उनी गुल्मी २ मै सक्रिय छिन् । हालै जिल्ला इन्चार्ज र अध्यक्ष एमाले प्रवेश गरेपछि उनले थप मेहनत गर्नुपरेको छ ।

    उता माओवादीबाट भीमकान्त भण्डारीसहित जिल्ला संयोजक तथा जिसस सदस्य वीरबहादुर कार्की र नुमराज पाण्डे सिफारिस भएका छन् । प्रक्रियाका लागि तीनजना सिफारिस भएपनि भण्डारी नै माओवादी केन्द्रबाट उम्मेदवार बन्ने निश्चित छ । अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई जानकारी दिएरै उनी उम्मेदवार बन्ने प्रक्रियामा सहभागी भएको स्रोतले जनाएको छ ।

    जिल्लाको विकास निर्माणमा बजेट परिचालनदेखि ठूला परियोजना हाल्नेमा अर्थ मन्त्रालयमा हुँदादेखि नै सक्रिय रहेका भण्डारीले ४ करोडभन्दा बढीका स्वास्थ्य सामग्री गुल्मीमा वितरण गरेर चर्चामा छन् । विध ल्याबमार्फत नेपालमा पहिलोपटक कोरोना परीक्षण थालेका भण्डारीकै पहलमा नेपालमा पहिलोपटक चीनसँग जीटूजीमार्फत कोभिडविरुद्धको खोप आएको थियो ।

    एमालेका सचिव गोकर्ण विष्टसँग भण्डारी प्रतिस्पर्धा गर्नेगरी माओवादीले सो क्षेत्रमा दाबी गरेपछि जिल्लामा चर्चा चुलिएको छ ।

    माओवादीका एक नेताले भने, ‘गुल्मी २ मा एमालेको ३० देखि ३२ हजार मत छ । कांग्रेसको २०/२२ हजार र माओवादीको १० हजार बढी मत छ । नेकपा एसको १२ सयको हाराहारीमा मत रहेको छ । भीमकान्तको सामाजिक कामका कारण उनी उम्मेदवार बन्दा गोकर्णलाई पराजित गर्न सक्ने भएरै हामीले दाबी गरेको हो । झाँक्रीको व्यक्तित्वका कारण गठबन्धनले सीट छुट्याउने हो भने काठमाडौं उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौं ।’

    हालै एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग वार्ता गरेको भन्दै माओवादीका स्थानीय नेताले गुल्मी २ नछाड्न कार्यदलमा रहेका नेतादेखि प्रचण्डसम्मलाई दबाब दिइरहेका छन् । तर, झाँक्रीले भने गोकर्ण र प्रदीप ज्ञवालीले एकता गरौं भनेर आफूसँग संवाद गर्ने हिम्मत नराखेको नेपाल प्रेसकै अन्तर्वार्तामा बताएकी छन् ।

  • झाँक्रीले भनिन्- गुल्मीबाटै लड्छु, एमालेलाई साइजमा नल्याएसम्म देश बन्दैन

    झाँक्रीले भनिन्- गुल्मीबाटै लड्छु, एमालेलाई साइजमा नल्याएसम्म देश बन्दैन

    रुपन्देही । नेकपा एसकी केन्द्रीय सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले मुलुकको समस्या समाधान गर्न गठबन्धन बनेको र यसैबाट देशले निकास पाउने दाबी गरेकी छन् ।

    नेकपा एमालेको अहंकारलाई परास्त गर्न यो गठबन्धन बनेको र अगामी निर्वाचनमा यसले आफ्नो तह निर्धारण गरेर एमालेलाई साइजमा ल्याउने उनको जिकिर थियो ।

    बिहीबार बुटवलमा रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धनको जित अनिवार्य आवश्यकता रहेको बताइन् ।

    झाँक्रीले राजनीतिक दलले मोलमोलाई गरी उम्मेदवार चयन गर्दा इमान्दार, सक्षम र निष्ठावान नेता कार्यकर्तालाई मार परेको उल्लेख गरिन् ।
    आफू गुल्मी क्षेत्र नम्बर २ बाटै उठ्ने बताउँदै उनले भनिन्, ‘स्थानीयस्तरका जनतामा नैरश्यता, अशिक्षा, गरिबीलगायतका थुप्रै समस्या लामो समयदेखि रहँदै आएका छन् । जतिपटक निर्वाचन जिते पनि जनस्तरसम्म काम गर्ने नेता नपाउनु र पटकपटक जिताएको अनुहारलाई भन्दा नयाँ अनुहार गुल्मी २ ले खोजेको छ त्यसकारण म चुनाव जित्छु ।’

    एमालेले सत्तामा रहँदा र बाहिर रहँदा फरक-फरक कुरा गरेर जनतालाई झुक्याएको आरोप उनको छ । झाँक्रीले आगामी निर्वाचनमा जनताले पार्टी मात्रै नहेरी व्यक्ति र जनतासँग जोडिएका एजेण्डालाई मत दिने बताइन् ।