Category: नेकपा एस

  • नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

    नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ ।

    आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।

    पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।

    एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्‍यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पुर्‍यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’

    नेकपा फेरि ब्युँतिने सम्भावना बारे उनले भने, ‘पार्टी एकताको विषयमा त कुरा चलेको छैन । तर, यो स्टेपले त्यो दिशातर्फ लैजान्छ । वामपन्थी एकताकै लागि यो स्टेप चालिएको हो ।’

    नेकपा एसले भने यस विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताएको छ । नयाँ सत्ता समीकरणको विषयमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

    उनले नेपाल प्रेससँग भने, रातभरिमा गठबन्धन भत्कने ठाउँसम्म पुगिसकेको रहेछ। तर, यो विषयमा हामीसँग प्रधानमन्त्रीले कुनै कुराकानी गर्नुभएको छैन। अब पार्टीमा छलफलपछि के गर्ने भन्ने निर्णय होला।

    तर, माओवादी नेताहरूले त नेकपा एसलाई पनि समेटेर जान्छौँ भन्दै आइरहेका छन् नि भन्ने जिज्ञासामा उनले थपे, अब त्यसबारेमा पार्टीको सचिवालय बैठक बस्दैछ। के गर्ने ? भन्ने बैठकबाट नै आधिकारी निर्णय गर्छौँ।

  • राष्ट्रियसभा अध्यक्षबारे माधव नेपाल- गठबन्धनमा सहमति जुट्छ (भिडिओ)

    राष्ट्रियसभा अध्यक्षबारे माधव नेपाल- गठबन्धनमा सहमति जुट्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् ।

    बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दाबी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन् ।

    गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको उनको जिकिर थियो ।

    ‘केही समस्या आए छलफल गरेर सहमतिमा पुग्छौं । गठबन्धनभित्र दरार देखिए हल गर्छौं’, उनले भने ।

    अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन आइपुगेका हुन् ।

  • बझाङ उपनिर्वाचन: यी हुन् एमाले र कांग्रेसका दावेदार, भिड्न माओवादी र नेकपा एस पनि तयार

    बझाङ उपनिर्वाचन: यी हुन् एमाले र कांग्रेसका दावेदार, भिड्न माओवादी र नेकपा एस पनि तयार

    कैलाली । बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ । नेपाली कांग्रेसबाट विजयी पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्र रिक्त थियो । निर्वाचन आयोगले यहाँ वैशाख १५ गते उपनिर्वाचन गर्ने तय गरिसकेको छ ।

    स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न फागुन २४ देखि ३० गतेसम्मको म्याद दिइनेछ ।

    चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने, २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहने जनाइएको छ । वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्ने निर्वाचन आयोगको योजना छ ।

    कुन दलबाट को छन् आकांक्षी ?

    उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा लागेका छन् । पहिले विजयी भएको आधारमा गठबन्धनबाट आफ्नै उम्मेदवार हुनुपर्ने नेपाली कांग्रेसको दाबी छ । तर, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि आआफ्नो पार्टीको उम्मेदवार रहने बताइरहेका छन् । एमालेले पनि आन्तरिक रुपमा बलियो उम्मेदवारको छलफल गरिरहेको छ ।

    यस पटक यहाँबाट कांग्रेसले अभिषेक सिंह र जगतप्रसाद जोशीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना छ । सिंह दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् । २०५४ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका उनी २०७४ सालमा नेपाल तरुण दल क्षेत्र नं (क) का क्षेत्रीय सभापति भएका थिए ।

    कांग्रेसको १४औं महाधिवेशनमा जिल्ला कार्य समितिमा म्यान अफ द इलेक्सन सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा जयपृथ्वी नगरपालिका- ५ मा स्वतन्त्र उम्मेदवार प्रेमबहादुर थापासँग ७० मतले पराजित भए । उनी अहिले कांग्रेसका जिल्ला कार्य समिति सदस्य छन् ।

    कांग्रेसका अर्का आकांक्षी जोशी महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि छन् । उनी खप्तडछान्नका वासिन्दा हुन् ।

    एमालेले अफिलाल ओखेडा र दमन भण्डारीमध्ये एक जनालाई प्रदेशसभाको उम्मेदवार बनाउने सम्भावना छ । पार्टीको वडा सचिवबाट राजनीति सुरु गरेका ओखेडा २०५४ सालमा हेमन्तवाडा गाउँ कमिटीको अध्यक्ष थिए । २०६६ सालबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, २०७० सालबाट अञ्चल कमिटी सदस्य हुँदै उनी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य भइसकेका छन् ।

    मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचन यसै क्षेत्रबाट उम्मेदवार भएका उनी पृथ्वीबहादुर सिंहसँग ३ हजार ७७६ मतले पराजित भएका थिए । ओखेडा संविधानसभा सदस्य पनि हुन् ।

    एमालेका अर्का आकांक्षी भण्डारी पनि लोकप्रिय मानिन्छन् । अनेरास्ववियुबाट सक्रिय राजनीतिमा लागेका भण्डारी अहिले जिल्ला कमिटी बझाङका अध्यक्ष हुन् । २०५४ सालमा मटेला गाविसको निर्वाचित अध्यक्ष भएका उनी २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव थिए । २०६२ साल राष्ट्रिय युवासंघ नेपाल अञ्चल कमिटी सचिव, २०६९ साल सातौं जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल पार्टी जिल्ला अध्यक्ष छन् ।

    गठबन्धनमा रहेर यसअघि प्रदेशसभामा कांग्रेस उम्मेदवारलाई सहयोग गरेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनमा आआफ्नो दलको पनि उम्मेदवारी रहने जनाएको छ । बझाङ क्षेत्र नं १ को १ मा २०७४ सालदेखि आफ्नो पार्टीको उम्मेदवारलाई भोट दिन नभएको भन्दै यस पटक आफ्नै चुनाव चिन्हमा मत दिनेबारे छलफल भइरहेको माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।

    यहाँ २०७४ मा एमालेसँग माओवादीले गठबन्धन गर्दा प्रतिनिधिसभामा एमालेका भैरव सिंहलाई र प्रदेशसभामा एमालेकै अर्जुनबहादुर सिंहलाई माओवादीले समर्थन गरेको थियो । यस पटक पनि प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीलाई र प्रदेशसभामा कांग्रेसका पृथ्वीबहादुर सिंहलाई समर्थन गर्दै उम्मेदवारी दिएन ।

    ‘हामीले २०७४ पछि आफ्नो चुनाव चिन्हमा मत दिन पाएका छैनौं । यस पटक यहाँ माओवादीको आफ्नै उम्मेदवार हुन्छ’, माओवादी प्रदेश सचिव बुढाले भने, ‘यस विषयमा हामी केन्द्रमा पनि कुराकानी गरिरहेका छौं ।’

    उनले बझाङमा माओवादी केन्द्रको आफ्नै उम्मेदवार रहने गरी माथिल्लो तहमा स्थायी कमिटी सदस्य खगराज भट्टले छलफल गरिरहेको बताए । बझाङमा माओवादीले उम्मेदवारी दिने अवस्थामा बुढा नै उम्मेदवार बन्ने सम्भावना छ ।

    सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर क्याम्पस इकाइ अध्यक्षबाट विद्यार्थी राजनीति सुरु गरेका बुढा क्रान्तिकारी अनेरास्ववियु कञ्चनपुर जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै २०५८ सालमा क्रान्तिकारी विद्यार्थी संगठन केन्द्रीय सदस्य भएका थिए ।

    २०५८ सालमा माओवादी केन्द्रको बझाङ जिल्ला कमिटी सदस्य भएका उनी पार्टीको बझाङ र बैतडीको जिल्ला सचिव पनि भए । बझाङ जिल्ला इन्चार्ज हुँदै अहिले प्रदेश सचिव रहेका बुढा  २०७० सालमा माओवादीबाट संविधानसभा सदस्य पनि थिए ।

    माओवादीले मात्रै होइन नेकपा एकीकृत समाजवादीले पनि यहाँ आफ्नो उम्मेदवार तयार गर्ने बताएको छ । ‘समाजवादी मोर्चाबाट यो कुरा टुङ्गो लगाउँछौं । मोर्चाबाट म आफैं कलम चुनाव चिन्ह लिएर लड्छु’, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले भने ।

    २०५४ सालमा एमालेबाट जिल्ला विकास समिति सभापति भएका सिंह २०७० सालमा एमाले जिल्ला अध्यक्ष थिए । हाल नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य छन् ।

    को कति बलियो ?

    २०५१ र २०६४ सालमा नेकपा एमालेबाट निर्वाचित नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी अहिले नेकपा एमालेकै उम्मेदवारलाई हराएर प्रतिनिधिसभा सदस्य छन् । जोशी २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका थिए ।

    प्रतिनिधिसभामा अघिल्लो पटक वाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार बनेका भैरवबहादुर सिंहले ७ हजार ७०२ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका पृथ्वीबहादुर सिंहलाई हराएका थिए । एमालेका सिंहले ३४ हजार ६१२ मत पाउँदा कांग्रेसका सिंहले २६ हजार ९१० मत ल्याएका थिए ।

    बझाङमा समानुपातिक मत हेर्दा कांग्रेसभन्दा एमाले बलियो छ । तर, गठबन्धनको मत हेर्दा त्यो फरक देखिन्छ । प्रतिनिधिसभातर्फ समानुपातिक मत हेर्दा यहाँ एमाले पहिलो दल छ । एमालेले २२ हजार २०४ मत प्राप्त गरेको थियो । कांग्रेसले १६ हजार ६५३ मत पाउँदा माओवादी केन्द्रले ८ हजार १५ र नेकपा एकीकृत समाजवादीले ७ हजार ८३३ मत पाएका थिए ।

    गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा नेकपा एमालेले २८ हजार ६११ पाएकाे छ । कांग्रेसले २० हजार १६६, माओवादीले ९ हजार १४५, नेकपा एकीकृत समाजवादीले ७ हजार ६३२ र राप्रपाले जिल्लाभर १२८ मत पाएका छन् ।

    २०४८ सालयता यहाँ कांग्रेसले २ पटक निर्वाचन जितेको यस क्षेत्रमा नेकपा एमाले चार पटक विजयी भएको छ । २०४८ र २०५६ सालमा कांग्रेस विजयी हुँदा २०५१, २०६४, २०७० र २०७४ मा एमाले विजयी भएको थियो । अहिले भने प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद छन् ।

  • झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटघाट

    झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटघाट

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्‌बीच भेटवार्ता भएको छ ।

    राजदूत सोङ् खनाललाई भेट्न उनकै डल्लुस्थित निवास पुगेका थिए । दुईजनाको भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धलगायतको विषयमा कुराकानी भएको बताइएको छ ।

    भेटमा विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि सहभागी थिए ।

  • नेकपा एसले भन्यो- समाजवादी मोर्चामा ल्याउन एमालेसँग पनि संवाद गर्न सकिन्छ

    नेकपा एसले भन्यो- समाजवादी मोर्चामा ल्याउन एमालेसँग पनि संवाद गर्न सकिन्छ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गर्न सकिने बताएको छ ।

    शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो ।

    त्यही प्रसंगमा नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले पत्र लेख्ने कुरा गरेका छैनौं । अनौपचारिक छलफल सुरु भएको छ । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत बनाउन प्रयास गर्ने हाम्रो मूल नीतिअन्तर्गत पर्छ, एमालेसँग पनि संवाद गर्न सकिन्छ ।’

    नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोर्चामा आवद्ध छन् । मोर्चाको नेतृत्व अहिले नेकपाका महासचिव विप्लवले सम्हालेका छन् ।

  • महाधिवेशनको दस्ताबेज तयार गर्न जुट्यो नेकपा एस

    महाधिवेशनको दस्ताबेज तयार गर्न जुट्यो नेकपा एस

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको दस्ताबेज तयारीमा जुटेका छ। आज बसेको सचिवालय बैठकले दस्ताबेज मस्यौदा समितिको बैठक बोलाएको हो।

    उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार दस्ताबेजको बाँकी काम पूरा गर्नको लागि भोलि र पर्सी दस्ताबेज मस्यौदा समितिको बैठक बस्नेछ।

    बैठकमा महत्त्वपूर्ण राजनीतिक विषयहरूमा छलफल भएको बताए।

    यस्तै, उनले समाजवादी मोर्चाको बैठकले चैत ३ गते काठमाडौंमा नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम पनि जानकारी गराए।

    यो कार्यक्रमपछि समाजवादी मोर्चा नेपालको प्रकाशन सुरु गर्नुका साथै जिल्ला जिल्लामा गतिविधि बढाउनेबारे पनि छलफल भइरहेको बताए।

  • ओलीको प्रष्टोक्ति- पार्टी फोडेकोमा पश्चाताप नगर्नेलाई एमालेमा ठाउँ छैन (भिडिओ)

    ओलीको प्रष्टोक्ति- पार्टी फोडेकोमा पश्चाताप नगर्नेलाई एमालेमा ठाउँ छैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने प्रष्ट्याएका छन् ।

    बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले माधव नेपाल लक्षित गर्दै पार्टी फोडेकोमा पश्चाताप नगर्ने, दुईतिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेलाई एमालेमा प्रवेश नगराउने बताएका हुन् ।

    ओलीले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् । किनभने उनीहरूलाई दुईतिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तिब्रताका साथ रहेको छ ।’

    प्रभु साह नेतृत्वको आम जनता पार्टीका उपमहासचिव एवं पूर्वप्रदेश सांसद कुन्दन कुस्वाहा, केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार शाह, सरफलाल महतो, दीपककुमार दुबे, सुरेन्द्रप्रसाद चौधरीलगायत एमाले प्रवेश गरेका थिए ।

  • मन्त्री ज्वालाकाे राजीनामा माग्दै अनेरास्ववियुले गर्‍याे देशभरकाे क्याम्पसमा प्रदर्शन, एनसीसीमा जलायाे पुत्ला

    मन्त्री ज्वालाकाे राजीनामा माग्दै अनेरास्ववियुले गर्‍याे देशभरकाे क्याम्पसमा प्रदर्शन, एनसीसीमा जलायाे पुत्ला

    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ ।

    अनेरास्ववियुका कार्यकर्ताले बिहान ९ बजे एकसाथ देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेको हो । सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।

    ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् । सोही क्रममा काठमाडौंको कमर्स क्याम्पसमा ज्वालाको राजीनामा माग्दै पुत्ला दहन गरेका हुन् ।

    सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो। बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका ज्वालाले तत्कालै राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुका कार्यकर्ताले बुधबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि मसाल जुलुस निकालेका थिए ।

     

  • गठबन्धन सरकारप्रति पार्टीमा व्यापक असन्तुष्टि छः झलनाथ खनाल (भिडिओ)

    गठबन्धन सरकारप्रति पार्टीमा व्यापक असन्तुष्टि छः झलनाथ खनाल (भिडिओ)

    झापा । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीमा वृहत् असन्तुष्टि रहेको बताएका छन् ।

    बुधबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै खनालले गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको टिप्पणी गरे । देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै उनले आम जनता र राष्ट्रका मागहरूलाई सम्बोधन गर्ने किसिमको सोच, विचार, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथ नयाँ ढंगले सरकार आउनुपर्ने उनले औंल्याए ।

    सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा जनतालाई छुन नसकेको नेता खनालको टिप्पणी छ । मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको भन्दै उनले उद्योगबाट आउने राजश्व १९९५ को भन्दा कम रहेको बताए ।

    खनालले थपे, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । त्यो माग अहिले सर्वत्र व्याप्त छ । सरकारले जस्ता नीति र कार्यक्रम ल्याएको छ । यसले जनतालाई छोएको छैन । हाम्रा दुई जना मन्त्रीहरु हुनुहुन्छ, त्यो मन्त्रालयमा बजेट नै छैन के गर्नु ? हामी निमित्तमा सहभागी छौँ । तर यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’

    पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरू विदेश पलायन भइरहेको बताए ।

  • सुदेश पराजुली भन्छन्- ‘युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री पहिला राजीनामा देऊ’

    सुदेश पराजुली भन्छन्- ‘युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री पहिला राजीनामा देऊ’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई युवकको घटनाको सम्पूर्ण दोषी गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले पहिला श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् ।

    पुलिसलाई गोली ठोक्ने आदेश कस्ले दियो ? भन्दै युवा नेता पराजुलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउन खोजिएकोमा आपत्ति जनाएका छन् । प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ । त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याएका छन् ।

    ‘आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनु पर्छ’, पराजुलीले भनेका छन् ।

    श्रेष्ठ आफैँ छानबिनको दायराभित्र उभिनुपर्ने व्यक्तिले आफूलाई जोगाउन अनुकुल छानविन समिति बनाएर नाटक मञ्चन गरिएको नेता पराजुलीको टिप्पणी छ ।

  • नेकपा एसको महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनको कोसेढुंगा बनाउनुपर्छ : झलनाथ खनाल

    नेकपा एसको महाधिवेशनलाई कम्युनिष्ट आन्दोलनको कोसेढुंगा बनाउनुपर्छ : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादले मुलुकलाई हर प्रकारले स्वतन्त्र, सार्वभौमिकता सम्पन्न र स्वाधीन बनाउँदै आत्मनिर्भरता तिर लाने भएकाले जबजको अर्थ नभएको टिप्पणी गरेका छन् ।

    ‘समाजवाद र अबको बाटो’ विषयक कार्यक्रम बोल्दै उनले दलाल पूँजीवादले मुलुकलाई अन्तर्राष्ट्रिय एकाधिकार पुँजीवादको पक्षधर बनाउँदै लाँदा मुलुकको राष्ट्रियता नै ध्वस्त हुने जिकिर गरे ।

    उनले भने, ‘हो यही हो- सुखी नेपाली, समृद्ध नेपालको बाटो । यही हो नेपाली विशेषताको समाजवाद । यो समाजवादको कुनै विकल्प छैन । आज दलाल पुँजीवादको नेतृत्वमा भएको बहुदलीय जनवाद दिन प्रति दिन संकटग्रस्त आफैं बन्दैछ । बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद हो । त्यसले नेपाल र नेपाली जनताका आधारभूत समस्या समाधान गर्न सम्भव छैन । ती समस्याहरूको समाधानका निम्ति हामीले आजैदेखि समाजवाद प्राप्तिका निम्ति जनताको तत्कालिक र दीर्घकालीन समस्यालाई लिएर संघर्षमा अघि बढ्नु अनिवार्य छ ।’

    पूँजीवादी-जनवादी क्रान्तिले अहिले मुलुकमा दलाल पूँजीवादको नेतृत्वमा बहुदलीय जनवादको सत्ता कायम गरेको छ र आम जनतामाथि हर प्रकारको शोषण, उत्पीडन, अन्याय र अत्याचार थोपरिरहेको बताए ।

    उनले भने, ‘आजको बहुदलीय लोकतन्त्र आम जनताको लोकतन्त्र होइन दलाल पूँजीवादको लोकतन्त्र बनेको छ । समाजवादले यो दलाल पूँजीवादको पूँजीवादी अधिनायकत्वलाई समाप्त पार्छ र यसैमाथि टेकेर श्रमजीवि वर्गको नेतृत्वमा आम जनताको लोकतन्त्र समाजवादी लोकतन्त्रको स्थापना गर्नेछ ।’

    साम्राज्यवादीहरूको बढ्दो घुसपैठ र नेपाली कम्युनिष्ट आन्दोलनलाई दीर्घकालीन हिसाबले विभाजन गर्ने षड्यन्त्रले मुलुकको दक्षिणपन्थी शक्तिहरू वामपन्थीहरूलाई विभाजित गरेर आफ्नो स्थिति बलियो बनाउन सबै शक्ति लगाइरहेको उनको टिप्पणी छ ।

    कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै पार्टीको राष्ट्रिय महाअधिवेशन पुनर्गठन, एकता र प्रगतिको महाधिवेशन बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले पार्टीको आगामी महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनमा नै कोसेढुङ्गा बन्नुपर्ने जिकिर गरेका छन् ।

    नेपाली कम्युनिष्ट आन्दोलनलाई व्यापक बहस, रूपान्तरण, पुनर्गठन, एकता र प्रगतितिर उन्मुख पार्नुपर्ने बताउँदै ८० को दशकलाई पुनर्गठन, एकता र प्रगतिको दशक बनाउन सकिने बताए ।

  • सरकारसँग झलनाथको माग- मिटरब्याज पीडकहरूलाई कारबाही गर्न तत्काल कदम चालियोस्

    सरकारसँग झलनाथको माग- मिटरब्याज पीडकहरूलाई कारबाही गर्न तत्काल कदम चालियोस्

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । मिटरब्याज पीडितहरुले थालेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको उनले जनाएका छन् ।

    उनले भनेका छन्, ‘मिटरब्याज पीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन् । यो आन्दोलन दलाल पूँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनिधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनता माथि गर्दै आएको मिटरब्याजी भनिने निर्मम, क्रूर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो ।’

    सरकारले किसानहरूका माग पूर्ति गर्न र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउन नसकेको उनले बताएका छन् ।

    नेता खनालले भनेका छन्, ‘जुन कानून बन्यो, त्यसले किसानहरूलाई कुनै राहत र समाधान दिन सकेन । किसानहरूमाथि भइरहेका लुट र अत्याचार यथावत जारी रहे । त्यसले गर्दा फेरि आज मिटरब्याज पीडित किसानहरू पुनः आन्दोलनमा उभिन बाध्य भएका छन् । मिटर ब्याज पीडकहरूका विरुद्ध किसानहरूले सुरु गरेको स्वःस्फूर्त वर्ग संघर्ष हो । यो बिल्कुलै न्यायपूर्ण आन्दोलन हो ।’

    किसानहरुलाई पीडाबाट पूर्ण रुपले मुक्त बनाउने ढंगले कदम चाल्न, मिटरब्याज पीडकहरुलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न सरकारसँग गरेका छन् ।

  • माधव नेपालको सर्कुलर- आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्नू  (पूर्णपाठ)

    माधव नेपालको सर्कुलर- आगामी निर्वाचन एक्लै लड्न सक्ने गरी संगठन निर्माण गर्नू (पूर्णपाठ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आगामी निर्वाचन एक्लै लड्नसक्ने पार्टी निर्माण गर्न संगठन निर्माण गर्न पार्टी पंक्तिमा सर्कुलर पठाएका छन्।

    हालै बसेको केन्द्रीय कमिटी बैठकको निर्णय तल्लो कमिटीमा पठाउँदै सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक भएको उल्लेख गर्का छन्।

    अपानिमा भनेका छन्( आगामी निर्वाचनहरुमा एक्लै लड्न सक्ने एउटा क्रान्तिकारी पार्टी सङ्गठनको निर्माणको आवश्यकताबारे हामीले धेरै पटक चर्चा गरेका छौँ । त्यसका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्नु र बढिभन्दा बढी सदस्यता विस्तार गर्नु आवश्यक छ । यस अभियानले त्यस आवश्यकतालाई सम्बोधन गर्नेछ ।

    यो अभियानमा पार्टीका सबै तहका कमिटीहरु परिचालित गरे लक्ष्यित परिणाम हासिल गर्नसक्ने बताएका छन्। मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठुलो चुनौती रहेको उल्लेख गर्दै एउटा क्रान्तिकारी बलियो पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने उल्लेख गरेका छन्।

    अपानीमा भनेका छन्( हाम्रो पार्टीले मुलुकको राजनीतिमा असाधारण भूमिका खेल्नु पर्ने छ । आगामी महाधिवेशन वैचारिक, सैदान्तिक, राजनीतिक तथा सङ्गठनिक दिशामा नंया उँचाई प्राप्त गर्नका लागि सबैमा महत्वपूर्ण अवसर हुनेछ । अर्थात् महाधिवेशनको सफलताले हाम्रो पार्टीको भविष्य, वाम आन्दोलनको भविष्य र नेपाली राजनीतिकै भविष्यमा योगदान गर्नेछ । ती चुनौतिकको सामना गर्न र सम्भावनालाई यथार्थमा परिणत गर्न सम्पूर्ण सामर्थ्यका साथ अघि बढौँ ।’

  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय आलोकनगरमा ७६औं सचिवालय बैठक बसेको हो ।

    बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको सचिवालयले जनाएको छ । नेकपा एसले गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष दाबी गर्दै आएको छ ।

    कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा अगाडि ल्याउँदा माओवादीले पनि ठूलो दलको हैसियतले दाबी गर्दै आएको छ ।

  • दलहरुले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छ: रामकुमारी झाँक्री

    दलहरुले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छ: रामकुमारी झाँक्री

    कैलाली । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् ।

    समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा बसिरहेका नागरिकहरूको लागि दलहरूले जग्गा दिने भन्दै झूटको खेती गरिरहेको आरोप लगाएकी हुन् ।

    ‘त्यस्ता ठाउँमा आधारभूत सुविधा दिन मिल्दैन’, उनले भनिन् ‘चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।’

    निर्वाचनको समय आफू पनि मन्त्रीसँग शुक्लाफाँटा गएको र त्यहाँ प्रत्यक्षमा रूपमा कानूनले वञ्चित गरेकै कुराहरू पनि नेताहरूले आश्वासन बढिरहेको उनले टिप्पणी गरिन् ।

    ‘बफर जोनमा लालपुर्जा दिन पाइँदैन । सेन्सेटिभ जोन (सङ्कटग्रस्त क्षेत्र) कहाँ हो सबै थाहा छ । हामीले अन्तर्राष्ट्रिय कानूनमा पनि हस्ताक्षर गरेका छौं । त्यस्ता ठाउँमा झूटो बोलेर खाली भोट बैंक नबनाऔं’, उनले नेताहरूलाई आग्रह गरिन् ।

    विगतमा आफूले एक व्यक्ति एक पदका विषयमा उठाएका कतिपय सवालहरू गलत रहेको उनले स्वीकार गरिन् ।

  • झलनाथलक्षित माधवको टिप्पणी- जबज समाप्त पार्ने विचार किमार्थ स्वीकार्न सकिँदैन (भिडिओ)

    झलनाथलक्षित माधवको टिप्पणी- जबज समाप्त पार्ने विचार किमार्थ स्वीकार्न सकिँदैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिष्ट पार्टीको अस्तित्वलाई धरासायी पार्नको लागि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरु लागिरहेका बताएका छन् ।

    पार्टी उपाध्यक्ष तथा कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन गर्र्दै जबजलाई समाप्त पार्ने विचार स्वीकार्न नसकिने बताए ।

    उनले भने, ‘सबै परिवेशमा कम्युनिष्ट पार्टीलाई लोकप्रिय बनाउनुपर्छ। जुन बहुदलीय नीति लिएर हामी बढ्न खोजेको छौं त्यसलाई नयाँ परिवेशनमा लानुपर्छ । समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय राजनीतिको त्यति नै आवश्यकता छ । हाम्रो समाजवादी चीन, भेदनाव, क्युवाको जस्तो हुँदैन । समाजवादको सिंगो चरणमा वर्गहरुको अस्तित्व रहन्छ ।’

    उनले वर्गको अस्तित्वसँगै विचार हुने उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी लाग्नुपर्ने बताए । पार्टीका सम्मानित नेता झलनाथ खनाल जबज छाड्नुपर्ने बताउँदै आइरहेका छन् । त्यसप्रति लक्षित गर्दै उनले भने, ‘विचार नै परिवर्तन गरेर हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठीक भन्न सकिँदैन ।’

     

  • प्रचण्डको अभिव्यक्तिमा माधवको असन्तुष्टि, भने- गिरिजा बाबु त मसँग सल्लाह नगरी बोल्नुहुन्नथ्यो (भिडिओ)

    प्रचण्डको अभिव्यक्तिमा माधवको असन्तुष्टि, भने- गिरिजा बाबु त मसँग सल्लाह नगरी बोल्नुहुन्नथ्यो (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    जनकपुरधाममा भएको एक कार्यक्रममा उनले आफूसँग कुनै सल्लाह नै नगरी दरबार हत्याकाण्डको बारेमा प्रचण्डले बोलेको बताए । प्रधानमन्त्री प्रचण्डले केहीदिनअघि सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए ।

    उनले भने, ‘गिरिजा बाबु त मसँग सल्लाह नगरी त्यो विषयमा बोल्नुहुन्नथ्यो । उहाँ (प्रधानमन्त्री) कसरी अचानक बोल्नु भयो खै ।’

    उनले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे । राजतन्त्र फर्काउन पनि नदिने उनको भनाई थियो ।

  • सरकारको नेतृत्वबारे माधवकुमार नेपालले भने- ‘परदे मे रहने दो, पर्दा नउठाओ’ (भिडिओ)

    सरकारको नेतृत्वबारे माधवकुमार नेपालले भने- ‘परदे मे रहने दो, पर्दा नउठाओ’ (भिडिओ)

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठबन्धनकै रहने तर नेतृत्व फेरिने संकेत गरेका छन् ।

    जनकपुरधाममा आज पत्रकारहरूसँग गठबन्धनको सरकार ५ वर्ष नै रहने बताए । कांग्रेस नेता विमलेन्द्र निधिले अब सरकारको नेतृत्व माधवकुमार नेपालले गर्ने बताएको सन्दर्भ उनले भने, ‘परदे मे रहने दो, पर्दा न उठाओ ।’

    अध्यक्ष नेपालले दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिचार नपुर्‍याएको बताए ।

    आफूसँग सल्लाह नगरी प्रधानमन्त्रीले बोलेकोमा उनले असन्तुष्ट पोखे । उनले भने, ‘गिरिजा बाबु त मसँग सल्लाह नगरी त्यो विषयमा बोल्नुहुन्नथ्यो । उहाँ (प्रधानमन्त्री) कसरी अचानक बोल्नु भयो खै ।’

    उनले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे । राजतन्त्र फर्काउन पनि नदिने उनको भनाई थियो ।

    अध्यक्ष नेपाल जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को समुद्घाटन गर्न जनकपुरधाम आएका छन् ।

  • लोककल्याणकारी विज्ञापन खोस्न लागिएको भन्दै समाजवादी प्रेस संगठनको विरोध

    लोककल्याणकारी विज्ञापन खोस्न लागिएको भन्दै समाजवादी प्रेस संगठनको विरोध

    काठमाडौं । सत्तारुढ घटक नेकपा एसनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनले पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको लोककल्याणकारी विज्ञापन खोस्न लागिएको भन्दै विरोध गरेको छ ।

    संगठनका अध्यक्ष विश्वमणि सुवेदीले एक विज्ञप्तिमार्फत् लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयक मौन बसेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    ‘सरकारले कुनै पनि बहानामा हाल सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र त्यसबापतको रकम खारेज गर्न हुँदैन । प्रेस काउन्सिल ऐन विस्थापन गर्ने नाममा पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको रकम सुविधा खोस्न लागिएको भनी हालै सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्’, विज्ञप्तिमा लेखिएको छ, ‘पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई मात्र होइन, त्यस्तो सुविधा अनलाइन सञ्चारमाध्यमले समेत पाउनुपर्छ भन्ने हाम्रो संगठनको प्रष्ट मान्यता छ । विज्ञापन बजार फितलो भई मिडिया संकटमा परेको बेला राज्यले अपनत्व लिई सञ्चारमाध्यमलाई अनुदान बढाउनुपर्नेमा कानून ल्याएर भइरहेकै सुविधा पनि खोस्न खोज्नु गलत र मूर्खतापूर्ण निर्णय हुनेछ ।’

    प्रेस काउन्सिलमा रहेको पत्रपत्रिका वितरण संपरीक्षण समितिलाई सबै सञ्चारमाध्यम समेट्ने गरी संशोधन गर्न पनि संगठनले माग गरेको छ ।

  • नेकपा एसमा नयाँ प्रावधान- वडादेखि केन्द्रसम्म यस्तो बन्नेछ संरचना, राखिएन उमेरहद

    नेकपा एसमा नयाँ प्रावधान- वडादेखि केन्द्रसम्म यस्तो बन्नेछ संरचना, राखिएन उमेरहद

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनका लागि मैदान खुल्ला गरेको छ । हिजो र आज भएको केन्द्रीय परिषद् बैठकले उमरेहद नराख्ने निर्णय गरेको हो ।

    पार्टीको सबै कमिटीमा समावेशी सिद्धान्त अनुसार २० प्रतिशत युवा राख्ने निर्णय गरेको उपाध्यक्ष बेदुराम भुसालले बताए ।

    उनका अनुसार सबै कमिटीका पदाधिकारी प्रत्यक्ष निर्वाचित भएर आउनेछन् । केन्द्रीय कमिटी १९९ सदस्यीय र पदाधिकारी १९ सदस्यीय हुने हुनेछन् । नयाँ केन्द्रीय कमिटी र निकाय बनाएकाले तलैबाट चुनिएर अहिलेसम्मको एतिहासिक भएको सम्मानित नेता झलनाथ खनालले बताए ।

    केन्द्रीय कमिटीभित्रको संरचना केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ । केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय परिषद् रहनेछन् ।

    सबै कमिटीका पदाधिकारी तथा सदस्यहरु महाधिवेशन वा सम्बन्धित तहका अधिवशेनहरुबाट प्रत्यक्ष रुपमा निर्वाचित हुनेछन् ।

    बैठकको निर्णय अनुसार अब नेकपा एसको सांगठानिक संरचना र संख्या यस्तो हुनेछ ।

    प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ । जिल्ला धेरै भएको प्रदेशमा बढी हुने र जिल्ला थोरै भएको प्रदेशमा थोरै हुनेगरी रहनेछन् ।

    प्रदेश कमिटीभित्रको पदाधिकारीको संख्या ७ जनाको हुनेछ । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव १ र उपसचिव ३ रहनेछ ।

    जिल्ला कमिटीको संख्या ५५ एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित ३ जना थप गर्नेगरी तय गरिनेछ ।

    जिल्ला कमिटीका पदाधिकारीहरु सात जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक, उपसचिव ३ ।

    पालिका कमिटीको संख्या ४५ हुनेछ । पालिकामा ५ भन्दा बढी वटा छन् भने । ५ भन्दा बढी वडा छन् भने पालिकाको प्रत्येक वडाबाट २ जना थप गर्न सकिनेछ ।

    स्थानीय कमिटीका पदाधिकारीहरु पाँच जना हुनेछन् । अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ ।

    वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ ।

    पार्टीका सबै कमिटीहरुमा समावेशिताको सिद्धान्तअनुसार युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहनेछ । सबै कमिटीहरु समावेशी हुनेछन् ।

    प्रदेशमा आयोगहरू रहने छैनन् ।

    महाधिवेशन र अधिवेशनका प्रतिनिधि छनोटसम्बन्धी विषय र स्थानीय कमिटीहरूको संख्या र पदाधिकारीको विषय आजैदेखि नै लागू हुनेछन् । स्थानीय कमिटीको पदाधिकारी संख्या अधिवेशन गर्दादेखि लागू हुने पार्टीले जनाएको छ ।

  • झलनाथको टिप्पणी- हामी सत्ताधारी हुँदा दुर्गा प्रसाईं जननेता भएर निस्किए (भिडिओ)

    झलनाथको टिप्पणी- हामी सत्ताधारी हुँदा दुर्गा प्रसाईं जननेता भएर निस्किए (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु सत्ताधारी पार्टी हुँदा दुर्गा प्रसाईं जननेता भएर निस्किएको टिप्पणी गरेका छन् । केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै जनतामा आक्रोश बढ्न थालेको बताए ।

    उनले भने, ‘जनताको विरोेध मात्रै होइन अहिले आक्रोश बढ्न थालेको छ। ती दुर्गा प्रसाईं भन्नेले नेतृत्व गर्दा १० १२ हजार मान्छे निस्किए। लाजमर्दो उनै पो जननेता भइदिए । त्यो ठाउँमा कम्युनिष्ट पार्टी हुनुपर्ने हो कि होइन? मिटरब्याजीहरु ११ दिन हिँडेर आएर राजधानीमा हड्ताल गरे। खोइ कम्युनिष्ट पार्टी त्यहाँ ? हामी त्यो वर्गको पार्टी हौं तर हामी सत्ताधारी पार्टी भयौं सत्ताधारी पार्टी त्यसरी जान नमिल्ने ।’

    उनले कम्युनिष्ट आन्दोलनमा भएको कमजोरीलाई सच्याएर पुनर्गठित पार्टीको रुपमा अगाडि बढाउनुपर्ने बताए ।

     

  • माधव नेपालको विश्व ब्रिफिङ: अमेरिका चीनलाई घेर्दैछ, अमेरिका-भारत सैन्य सम्झौता गम्भीर

    माधव नेपालको विश्व ब्रिफिङ: अमेरिका चीनलाई घेर्दैछ, अमेरिका-भारत सैन्य सम्झौता गम्भीर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले चीनलाई घेर्न लागेको बताएका छन् । चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले हिन्द प्रशान्त क्षेत्र रणनीति अख्तियार गरेको नेपालले बताएका छन् ।

    नेकपा एसको केन्द्रीय परिषद्को दोस्रो बैठकमा नेपालले राखेका दश बुँदामा पहिलो बुँदा ‘अन्तर्राष्ट्रिय परिस्थिति’ छ ।

    नेपालले आफ्नो विश्व ब्रिफिङमा बोल्दै भारत र अमेरिकाले गरेका सैन्य सम्झौतामा पनि आपत्तिको भाषा प्रयोग गरेका छन् । अमेरिकाले भारत तथा अन्य क्षेत्रीय शक्तिसँग चीन लक्षित बलियो गठबन्धन गर्ने उद्देश्य लिएको उल्लेख गर्दै अध्यक्ष नेपालल भनेका छन्, ‘भारत तथा फिलिपिन्ससँग अलग-अलग सैन्य सहयोगको सम्झौता गरेको छ । भारत र अमेरिकाबीच सैन्य, प्रविधि व्यापार र आप्रवासनसँग सम्बन्धित विषयहरुमा गम्भीर प्रकृतिका सम्झौता भएका छन् । यसले भारत र अमेरिकाबीचको सम्बन्ध मात्र होइन एसिया प्रशान्त क्षेत्र र सिंगो विश्व राजनीतिमा विभिन्न समस्या पैदा गर्ने सम्भावना छ ।’

    अध्यक्ष नेपालले कस्तो खालको ‘समस्या’ भनेर किटान भने गरेका छैनन् । उनले अमेरिकी प्रभाव क्षेत्र भएको ल्याटिन अमेरिकामा एकपछि अर्को समाजवादी सरकारहरु बनिरहेको पनि बताएका छन् । यद्यपि, समाजवादी दाबी गरिएको सरकार ढलेर उग्र दक्षिणपन्थी सरकार बनेको अर्जेन्टिनाको प्रसंगमा भने नेपाल मौन छन् ।

    रुसको शक्ति क्षय गर्न पश्चिमा शक्ति सक्रिय

    माधव नेपालले रुसले युक्रेनमा गरेको सैन्य हमलादेखि त्यसको नेटो साइनो पनि कोट्याएका छन् । अमेरिकी नेतृत्वको पश्चिमा शक्तिलाई नेपालले ‘साम्राज्यवाद’को उपमा दिँदै उनले भनेका छन्, ‘अहिले साम्राज्यवादको अर्को ध्यान नाटोका सदस्य राष्ट्रको संख्या विस्तार गर्ने र यसको सामरिक क्षमता अभिवृद्धि गर्ने कुरामा पनि केन्द्रित छ । आफ्नो प्रभुत्वलाई कायम राख्न अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र न्युजिल्याण्डबीच साझा जासुसी गठबन्धनको प्रयत्न शुरु भएको छ ।’

    रुसले युक्रेनमा गरेको सैन्य हमलामा युक्रेनसँग भन्दा रुससँग समभाव राख्दै नेपालले रुसलाई कमजोर पार्न पश्चिमा शक्तिहरु लागेको बताएका छन् । रुस र युक्रेन युद्ध गम्भीर मोडमा आएको व्याख्या गर्दै उनले भनेका छन्, ‘कतिपय युरोपेली राष्ट्रहरु आफैं पनि युक्रेन युद्धमा
    संलग्न हुँदै गइरहेका छन् । अत्याधुनिक क्षेप्यास्त्रलगायतका युद्ध सामग्रीहरु युक्रेन पठाएर युद्धलाई अझ लम्ब्याउने र यसलाई अझ घातक बनाउने कार्य गरिरहेका छन् । नाटो सम्बधित केही राष्ट्रहरु यस कार्यमा प्रत्यक्ष रुपमा संलग्न हुन खोजिरहँदा युद्ध अझ लम्बिने र ध्वंसात्मक हुने सम्भावना बढ्दैछ ।’

    उनले थप भनेका छन्, ‘त्यतिमात्र होइन, युक्रेन-रुस मामलामा पश्चिमाहरुको नेतृत्वमा रहेको नेटोमार्फत हस्तक्षेप बढ्दै जाँदा स्थिति झनै गम्भीर बन्दै गैरहेको छ । साथै विश्व शक्ति सन्तुलनमा हलचल आउने, विश्व शान्ति र आर्थिक विकासमा बाधा पुग्न जाने देखिन्छ ।’

    इजलायलले नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकालगायतको समर्थन

    इजरायलले हमासको हमलाको प्रतिक्रियामा गाजामा गरेको बमबारी र त्यसबाट मारिएका बालबालिकाको हत्याको मुद्दामा पनि नेता नेपालले बोलेका छन् । इजरायलले गाजामा नरसंहार गरेको भनेर दक्षिण अफ्रिका, इन्डोनेसियालगायतले अन्तर्राष्ट्रिय अदालतमा हालेको मुद्दामा नेपालले समर्थन गरेका छन् ।

    उनले गाजा मामिलामा इजरायल, अमेरिका र युरोपियनहरुको एकमुष्ट आलोचना गर्दै भनेका छन्, ‘दक्षिण अफ्रिका, इण्डोनेशियालगायतले युद्ध र नरसंहारका विरुद्ध उठाइरहेका कदमहरुलाई हाम्रो पार्टी समर्थन गर्दछ । यसमा अमेरिका र युरोपियनहरुले गरेको भूमिका निन्दनीय छ ।’

    दुई राज्य नै इजरायल र प्यालेस्टाइन समस्या हलको कारण भन्दै नेपालले भनेका छन्, ‘इजरायलले प्यालेस्टाइन राज्यको अस्तित्वलाई स्वीकार गरी दुई राष्ट्र आपसमा पारस्परिक सम्मान र सहअस्तित्वको आधारमा शान्तिपूर्ण रुपमा अघि बढून् भन्ने चाहन्छौं ।’

    चीनले आफ्नै विशिष्टताको समाजवाद निर्माण गर्दै

    अमेरिकासँग गरम देखिएका नेपाल चीनसँग नरम देखिन्छन् । अमेरिकासँग गरम देखिए पनि आफ्नै दलसमेत सहभागी भएर पारित भएको एमसीसीको प्रसंगमा उनी मौन छन् । बीआरआईमा भने उनी मुखर भएका छन् । चीनले आफ्नै मौलिक समाजवाद निर्माणमा सक्रियता देखाएको भन्दै नेपालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनमा अत्याधुनिक, चुस्त र हरित उद्योगहरु सञ्चालनमा काम गरिरहेको बताएका छन् ।

    नेपालले बीआरआई, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, ग्लोबल डिभेलपमेन्ट इनिसिएटिभ, ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको प्रसंग ल्याउँदै अध्यक्ष नेपालले चीनले यस्ता कार्यक्रमहरुबाट विकासशील देशहरुसँग बहुपक्षीय तथा दुई पक्षीय सहयोग बढाइरहेको बताएका छन् ।

    नेपालले विश्वको खाद्यान्न अभाव, विशाल प्रविधिक कम्पनीको आधिपत्य, वित्तीय आधिपत्यको एकाधिकारका मुद्दामा पनि आलोचना गर्दै पश्चिम एसिया क्षेत्रको पेट्रोलियम पदार्थको अर्थ-राजनीतिका तर्क पनि मन्तव्यमा अटाएका छन् ।

  • माधवको दस्तावेज- कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछ

    माधवको दस्तावेज- कम्युनिष्टबीचको एकताले सार्थकता नपाउँदा सरकारको स्थिरतामा प्रश्न उठ्दैछ

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी गठनको घोषणा गरेदेखि निरन्तर अहिलेसम्म नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने मान्यता अघि सार्दै बताएको छ ।

    केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी निर्माणको क्रममा अहिलेसम्म कतिपय साना घटकहरुलाई पार्टीमा एकताबद्ध गरेको उल्लेख गरेका छन् ।

    प्रतिवेदनमा भनिएको छ, अहिले पनि कम्युनिष्ट क्रान्तिकारीहरु विशेषगरी समाजवादको पक्षमा तथा समाजवादी कार्यदिशा अवलम्बन गर्ने कम्युनिष्टहरुको बीचमा एकता हुनुपर्दछ भन्ने विषयमा जोड दिइरहेका पनि छौं । तर पनि तत्काल कम्युनिष्ट पार्टीहरुको बीचमा पार्टी एकता गर्ने विषयले सार्थकता पाउन सकेको छैन ।

    लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र विकास गर्ने, समाजवादको पक्षमा रहेको मुलुकको वर्तमान संविधानलाई रक्षा, विकास र समृद्ध गर्ने, पुनरुत्थानवादी, यथास्थितिवादी, पश्चगामी र प्रतिगामीहरुको सामाजिक सद्भावलाई खलवल्याउने र मुलुकलाई प्रतिगमन र पश्चगमनको दिशामा धकेल्ने षडयन्त्र भइरहेको उल्लेख गरेका छन् ।

    देशमा भएको समस्याको समाधान गर्दै कम्युनिष्ट तथा वामपन्थीहरुलाई एकताबद्ध र एकीकृत गर्न ऐतिहासिक महत्वको भूमिका खेल्ने अपेक्षा प्रतिवेदनमा छ ।

    नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थामा हामीले समाजवादी कार्यदिशा अँगालेर अगाडि बढ्ने अठोट गरेको छ । नेपाली विशेषताको समाजवाद निर्माणका लागि दृष्टिकोण, सिद्धान्त, कार्यक्रम र विचारको सवालहरुमा एकरुपता कायम गरी पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध गर्न आह्वान गरेका छन् ।

    संघीय र सबै प्रदेशमा गठबन्धनका सरकारहरु बनेको उल्लेख गर्दै उनले दलहरुबीच आपसी समझदारीका साथ काम हुनपर्छ भन्नेमा पार्टीले जोड दिए ।

    प्रतिवेदनमा भनिएको छ, ‘यतिवेला मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको छ । यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।’

    सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्त गैरजिम्मेवार ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेको उनले आरोप लगाए । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्धन तोड्न उद्यत गरेको नेकपा एसको बुझाइ छ ।

  • घनश्याम भुसालको दाबी- मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ (भिडिओ)

    घनश्याम भुसालको दाबी- मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा पार्टीलाई दुईवर्षभित्रमा मुलुकमा वाम विकल्प दिन सक्ने दाबी गरेका छन्।

    पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे।

    उनले भने, आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर एक ठाउँमा उभिन्छौँ र अगाडि बढेर यो लपेटमा सिद्धान्तको, राजनीतिक, परिचालनको यो लपेटमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौँ हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने संकल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ।

    लोकतान्त्रिक अधिकारका साथ सबैभन्दा अनुशासित पार्टी बनाउन लाग्ने आग्रह गरे।

  • एमालेले गठबन्धनमा उलटफेर ल्याउन खोजेको माधव नेपालको आरोप (भिडिओ)

    एमालेले गठबन्धनमा उलटफेर ल्याउन खोजेको माधव नेपालको आरोप (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभाको निर्वाचन उपयोग गरेर गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको दाबी गरेको छन्।

    पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीलाई सिध्याउने उद्देश्यले गठबन्धन दलमा एमालेले सहकार्यको प्रस्ताव गरेको आरोप लगाए।

    उनले भने- कोशीमा गठबन्धनका भोट क्रस भएर कोशीमा एमालेको उम्मेदवारले जित्न सफल भएको छ। एमाले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ। राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन दलसँग छलफल गरेपनि त्यो सबै हाम्रो पार्टीप्रति लक्षित थियो। त्यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन।

    उनले गठबन्धन दल एकजुट भएपछि कमजोर बनाउने एमालेको प्रयत्व असफल भएको जिकिर गरे।

    उनले भने- गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो, त्यसैले यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ। यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको छ।

  • जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल (भिडिओ)

    जनताको निराशा उपयोग गरेर प्रतिगमनकारीले अस्थिरता पैदा गराउन खोज्दैछन् : माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको बताएका छन्।

    पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै जनतामा बढेको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी व्यवस्थाविरुद्ध गतिविधि गरिरहेको बताए।

    उनले भने- गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ। मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको छ ।

    व्यवस्थाको रक्षाको लागि न्यूनतम साझा कार्यक्रम अनुसार संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए।

  • गठबन्धनका नेता रिझाउन अध्यादेशबाट ऐन संशोधन- दलका नेता र सचेतकलाई गाडीसहित थप नगद

    गठबन्धनका नेता रिझाउन अध्यादेशबाट ऐन संशोधन- दलका नेता र सचेतकलाई गाडीसहित थप नगद

    विराटनगर । कोशी सरकारले सत्तागठबन्धनका नेता रिझाउन प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासम्बन्धी ऐन २०७५ संशोधन गरेको छ ।

    प्रदेशसभाका गठबन्धनका संसदीय दलका नेता र सचेतकलाई गाडीलगायतको सुविधाका लागि मुख्यमन्त्री केदार कार्कीले अध्यादेशमार्फत् उक्त ऐन संशोधन गरेका हुन् । अध्यादेशबाट ऐन संशोधन भएपछि अब एकजनामात्र सांसद रहेको जसपाकी निर्मला लिम्बूको पनि सुविधा थपिएको छ ।

    ऐन संशोधनसँगै पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र राजेन्द्र राईको सुविधा पनि सुरक्षित भएको छ । यस्तै सत्तारुढ दलका सचेतकहरूलाई पनि गाडी सुविधा दिइने गरी ऐन संशोधन गरिएको छ । माघ ६ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेशमार्फत पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन संशोधन गरेका हुन् ।

    यसअघि ऐनले पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, सत्ता पक्ष र प्रतिपक्षी दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिलाई परिभाषित गरेको थियो । सोही परिभाषाअनुसारका पदाधिकारीहरूलाई मात्रै गाडी सुविधा उपलब्ध गराइँदै आएको थियो ।

    संशोधित ऐनले प्रमुख प्रतिपक्षी दलका सचेतकलाई भने सवारी सुविधा दिने व्यवस्था गरेको छैन ।

    कोशीमा अहिलेसम्म ६ जना मुख्यमन्त्री बनिसकेका छन् । प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री थिए ।
    दोस्रो कार्यकालको एक वर्षमै एमालेका हिक्मतकुमार कार्की, कांग्रेसका उद्धव थापा र हालका केदार कार्कीसमेत तीनजना भइसकेका छन् । पूर्वमुख्यमन्त्रीको हैसियतमा रहेका शेरधन राई र भीम आचार्यले सुविधा पाउने छैनन् ।

    अध्यादेशबाट गठबन्धन दलका थप तीनजनाले सुविधा पाउने भएका छन् । यसअघिको ऐनअनुसार सुविधा पाउनबाट वञ्चित कांग्रेस संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री उद्धव थापा र नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईलाई सुविधाको बाटो खुलेको छ ।

    संसदीय दलको नेताको हैसियतमा उनीहरूले थप नगद, अब गाडीसँगै १२५ लिटर तेल पाउनेछन् भने एकजना सवारी चालकसमेत उपलब्ध गराइनेछ । प्रमुख सचेतक र सचेतकलाई पनि नयाँ व्यवस्थाअनुसार एकमुष्ट थप ५० हजार दिइनेछ ।

    नेताका लागि सरकारले सेवा सुविधा दिने कुरा लाजमर्दो विषय भएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले यसको विरोध गरेको छ ।

    कोशीका पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेताका सेवा सुविधाका लागि कानून नबनाई अध्यादेशबाट ऐन संशोधन गर्नु लाजमर्दो भएको बताए ।

    ‘संसद् अन्त्य गरेर कुनै कानून नबनाई अध्यादेशबाट सेवा सुविधाका लागि ऐन संशोधन गर्नु लाजमर्दो कुरा हो । आर्थिक भार थप्ने यो निर्णय एमालेलाई स्वीकार्य हुँदैन’, कार्कीले नेपाल प्रेससँग भने ।

    पुरानो परिभाषा-

    संशोधित परिभाषा-

  • नेकपा एसले रिक्त स्थानमा केन्द्रीय परिषद् सदस्य मनोनयन गर्ने, अरू के-के गर्‍यो निर्णय ?

    नेकपा एसले रिक्त स्थानमा केन्द्रीय परिषद् सदस्य मनोनयन गर्ने, अरू के-के गर्‍यो निर्णय ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।
    आज बसेको सचिवालय बैठकले खाली रहेको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको हो।

    लम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ। गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको छ।

    यस्तै, गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्ष मनोनयन गर्ने, लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको छ।

  • यू– १९ विश्वकपः नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

    यू– १९ विश्वकपः नेपालले न्युजिल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्दै

    काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
    नेपालको कप्तानी देव खनालले गर्नेछन् ।

    नेपालको प्लेइङ ११ : देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कंडेल, सुभाष भण्डारी, तिलक भण्डारी, आकाश चन्द, दीपक बोहरा

  • गठबन्धनबाट सीके राउतलाई हटाइँदै, बालुवाटारमा माधव नेपालसँग देउवा र प्रचण्डको ‘कपाली तमसुक’

    गठबन्धनबाट सीके राउतलाई हटाइँदै, बालुवाटारमा माधव नेपालसँग देउवा र प्रचण्डको ‘कपाली तमसुक’

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ ।

    सीके र उपेन्द्रबीचको ‘इगो वार’बारे त सबै जानकार छन्,तर माधव नेपाललाई किन सिके राउतलाई सरकारबाट हटाउने हतारो भयो ? यसको खास कारण बालुवाटारमा हालै गरिएको कपाली तमसुक हो ।

    गठबन्धनका एक शीर्ष नेताका अनुसार राष्ट्रिय सभाको सीट बाँडफाँटका क्रममा शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सादा कागजमा तमसुक गरिएको थियो ।

    माधव नेपाल,राजेन्द्र पाण्डे र घनश्याम भुसालले राष्ट्रिय सभाका १९ मध्ये ३ सीटको अडान नछाडेपछि अन्तिममा नेकपा एसलाई एक मन्त्री थप्ने सहमतिमा २ सीटमा मनाइएको थियो । नेपालले बोलीको भर नहुने भन्दै लिखत गर्नुपर्ने अडान लिएपछि एक मन्त्री थप्ने कागजमा तीनै नेताले हस्ताक्षर गरे ।

    सोही कपाली तमसुक बोकेर हिँडेका नेपालले चाँडो एक मन्त्री थप्नका लागि सीके राउतलाई सरकार बाहिर पठाउन दबाब बढाएका हुन् । गठबन्धनमा भए पनि राउतले राष्ट्रिय सभामा अलग उम्मेदवार उठाएका छन् । उनी गठबन्धनको पछिल्लो बैठकमा पनि गएका थिएनन् ।

    राउतको जनमत पार्टीबाट अनिता साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । राष्ट्रियसभा निर्वाचन लगत्तै अनिता साहलाई हटाएर माधव नेपालको पार्टीका एकजना मन्त्री थपिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट एक नेताले नेपाल प्रेसलाई बताए ।

    राउतलाई मधेश सरकारबाट निकालेका उपेन्द्र यादवले केन्द्र सरकारबाट पनि हटाउन दबाब दिइरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीलाई हटाएपछि सोही मन्त्रालय नेकपा एसलाई दिने कि अन्य मन्त्रीहरू समेत फेरबदल गरेर मन्त्रालय हेरफेर गर्ने भन्नेबारे टुंगो लागेको छैन ।

    कपाली तमसुक भएको बेला बालुवाटार बैठकमा रहेका एक नेताले भने–माधव नेपालले तमसुक कार्यान्वयन गर्न दबाब दिइसकेका छन् ।

    सम्भवतः राष्ट्रियसभा निर्वाचनको लगत्तै नेकपा एसले एक मन्त्री थप पाउनेछ । प्रधानमन्त्री त्यही मेलोमा मन्त्रिपरिषद्को सेट नै फेर्न चाहनुहुन्छ तर शेरबहादुर देउवा गृहमन्त्रीबाहेक अरू फेर्न पर्दैन भन्नेमा हुनुहुन्छ । प्रधानमन्त्री चाहिँ अर्थमन्त्री फेर्न चाहने भएकाले गठबन्धनमै कुरा मिलेको छैन । यति चाहिँ प्रष्ट छ कि सीके राउत अब सरकारमा रहन्नन्, एक मन्त्रालय माधव नेपालले थप पाउँछन् ।

    १० सीट भएको नेकपा एसले ३ मन्त्रालय पाउँदा १२ सीट भएको जसपाले असन्तुष्टि जनाउने सम्भावना पनि उत्तिकै छ । यद्यपि गठबन्धनमा लिखित सहमति भएकाले त्यो पालना हुने ती नेताले बताए ।

    नेकपा एसबाट अहिले प्रकाश ज्वाला भौतिक पूर्वाधार, डा.बेदुराम भुसाल कृषिमन्त्री र नन्दा चपाई राज्यमन्त्री छन् । थप एक मन्त्रालय पाउँदा नेकपा एसबाट सरकारमा चार जनाले प्रतिनिधित्व पाउनेछन् ।

    अध्यक्ष माधव नेपाल अहिलेका तीनैजना मन्त्री हटाएर नयाँलाई पालो दिने सोचमा देखिएका छन् । तीन मन्त्रालय पाउँदा एकजना राष्ट्रिय सभाबाट र २ जना प्रतिनिधिसभाबाट आउने बताइएको छ । नेकपा एसका निर्वाचित १० सांसदमध्ये माधव नेपालबाहेक अन्य ९ जनाले यो गठबन्धनको सरकारमा पालैपालो सबैले मन्त्री बन्न पाउने समझदारी समेत बनेको छ ।

  • केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि सदस्यता अनिवार्य नवीकरण गर्न नेकपा एसको निर्देशन

    केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि सदस्यता अनिवार्य नवीकरण गर्न नेकपा एसको निर्देशन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन जारी गरेको छ। माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई महासचिव घनश्याम भुसालले निर्देशन जारी गरेका हुन् ।

    बैठकमा सहभागी हुन आउनेको पार्टी सदस्यता अनिवार्य रूपमा नवीकरण हुनुपर्ने र बैठकमा सहभागिताको लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका समयमा नै आफ्नो-आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यहरुलाई परिषद् बैठकबारे जानकारी गराउन पनि भनिएको छ ।

    बैठकले पार्टीको विधानलाई पूर्णता दिने तयारी गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अहिले विधानलाई पार्टीको तल्लो कमिटीमा छलफलको लागि पठाएको छ ।

  • गठबन्धनले जिताइदेला भन्ने होइन, अरुले हामीलाई माग्ने पार्टी बनाउनुपर्छ : माधव नेपाल

    गठबन्धनले जिताइदेला भन्ने होइन, अरुले हामीलाई माग्ने पार्टी बनाउनुपर्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभएको दाबी गरेका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीले आफ्नो ढंगले गति लिइरहेको छ । निराशा छैन । आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार । हामीले २०६२/६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं ।

    उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए । पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिए ।

    नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’

    उनले आफ्नो पार्टीलाई एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै आफूहरूलाई सिध्याउन खोजेको आरोप लगाए ।

    उनले भने, ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । गठबन्धनलाई मात्रै भरोसा गरेर जिताइदेलान् भनेर चल्ने होइन । आफ्नो शक्ति बनाउने हो । शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरुलाई हामीले होइन हामीलाई चाहिँ अरुले माग्ने स्थिति बनाउनुपर्छ ।’

  • झलनाथको आह्वान- राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने संकल्प गरौं

    झलनाथको आह्वान- राष्ट्रियतालाई सुदृढ गर्दै समाजवादतर्फ अघि बढ्ने संकल्प गरौं

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले राष्ट्रिय एकता दिवसको अवसरमा देशलाई समाजवादको दिशातर्फ अघि बढाउने संकल्प लिन आह्वान गरेका छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना दिँदै अब मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने बताए।

    उनले भनेका छन्, अब हामीले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई सुदृढ गर्दै, सामाजिक–आर्थिक रुपान्तरण गर्ने, मानिसले मानिसलाई गर्ने शोषणबाट मुक्त पार्ने, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरुलाई सुदृढ बनाउँदै समाजवादको बाटोमा अग्रसर भएर मात्र एकिकरणका योद्धाहरु, हाम्रा वीर पूर्खाहरु, महान् शहिदहरु र आम नेपाली जनताको इच्छा र आकांक्षा अनुरुपको समृद्ध नेपाल र सुखी नेपाली को सपना साकार पार्न सक्छौं ।

    तत्कालिन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकिकृत भएपछि नेपालको ऐतिहासिक एकिकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन्।

    उनले अगाडि भनेका छन्, त्यहि क्रममा नेपालका पूर्व पश्चिम, हिमाल, पहाड र तराईमा रहेका ६० भन्दा बढी स–साना राज्यहरुलाई एकिकरण गर्दै हाम्रा वीर पुर्खाहरूको साहस, पराक्रम र सौर्यको परिणाम स्वरुप हाम्रो मातृभूमि नेपाल एउटा स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रुपमा तथा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रुपमा विकसित भएको छ ।

  • राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, अब सम्भव छैन : माधव नेपाल

    राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, अब सम्भव छैन : माधव नेपाल

    कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र फर्काउने गरी गतिविधि भइरहे पनि अब राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

    कैलालीको टीकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन् ।

    ‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’, उनले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् । राजतन्त्र इतिहास भइसकेको छ, अब त्यो सम्भव छैन ।’

    उनले पार्टी व्यवस्थाभन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे । उनले भने, ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन । फेरि दास बनाउने गरी कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन ।’

    उनले पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए । ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब, सबै पार्टी गलत भन्न मिल्दैन’, नेपालले भने ।

    नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रुपमा नरहेको बताएका थिए ।

    ‘सबै समुदायको बीचमा सम्मानको व्यवहार गर्नुपर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्नेछ’, नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो संख्या कम गर्नु पर्छ । तीनै तहको सरकारको ध्यान दिनु पर्छ ।’

    आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडि बढेको समेत बताए । सेती लोक मार्ग, रानीजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए ।

     

  • नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव, ७० वर्षे उमेरहद नराख्ने

    नेकपा एसमा १७५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव, ७० वर्षे उमेरहद नराख्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीमा १७५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव भएको छ । माघ १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठकले विधान टुंग्याउनेगरी भइरहेको छलफलमा केन्द्रीय समिति घटाउने प्रस्ताव भएको हो ।

    हिजो बसेको केन्द्रीय समितिको बैठकले पार्टीको जिल्ला तहबाट सुझाव लिएर विधानलाई पूर्णता दिने निर्णय गरेको थियो ।

    नेकपा एसका सचिव जीवनराम श्रेष्ठका अनुसार वैकल्पिकसहित १७५ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा एक तिहाइ महिला हुने उनले बताए ।

    उनका अनुसार १९ सदस्यीय स्थायी कमिटी र ५७ सदस्यीय पोलिटब्युरो बनाउन प्रस्ताव आएको छ ।

    उनले भने, पदाधिकारीमा विभिन्न प्रस्ताव आएका छन्, कसैले उपाध्यक्ष ९ जना चाहिन्छन् भनेका छन् कसैले दुई, कसैले सचिव नै जना भनेका छन् । त्यसैले पदाधिकारीको विषयमा अब तल्लो तहबाट आएको सुझावपछि मात्रै टुंग्याउँछौं ।

    नेकपा एसमा अहिले २४ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । त्यसो त उनले पार्टीभित्र बहसमा रहेको ७० वर्षे उमेरहद नराख्न सुझाव आएको समेत बताए ।

    अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आगामी महाधिवेशनमा नेतृत्वमा दोहोरिन नेकपा एसले उमेरहद नराख्ने तयारी गरेको छ ।