Category: नेकपा एस

  • दुई वर्षभित्र एमालेभन्दा ठूलो पार्टी बन्न नेकपा एसको बैठकमा यस्तो छ झलनाथको प्रस्ताव (भिडिओ)

    दुई वर्षभित्र एमालेभन्दा ठूलो पार्टी बन्न नेकपा एसको बैठकमा यस्तो छ झलनाथको प्रस्ताव (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बढीमा दुई वर्षभित्र एमालेभन्दा ठूलो पार्टी बन्न सकिने दाबी गरेका छन् । उनले त्यसका लागि कम्तिमा एक संगठित सदस्यले अर्को एक सदस्य थप्नुपर्ने बताएका छन् ।

    पार्टीको महाधिवेशनपछि आयोजित पहिलो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै नेता खनालले संगठनको क्षेत्रमा पछिल्लो समय एमालेले अपनाएको प्रणाली सही रहेको समेत बताए ।

    बैठकलाई सम्बोधन गर्दै खनालले भने, ‘एमालेकै अध्ययन गरेको थिएँ मैले, त्यहाँ साढे ३ लाख सदस्य छन् । हाम्रो नेकपा एसका डेढ लाख सदस्य छन् । अब एकजनाले कम्तिमा एक सदस्यमात्र थप्यौं भने पनि ३ लाख हुन्छ । हामी त्यो अवस्थामा अहिलेका ठूला भन्ने जुनसुकै पार्टीलाई पनि चुनौती दिनेगरी बलियो हुनेछौं । तर त्यसका लागि सबैले मेहनत गर्नुपर्छ ।’

    सम्मानित नेता खनालले अब नेकपा एसले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा नेकपा एमालेले जस्तैगरी निर्वाचन क्षेत्रलाई केन्द्रित बनाएर जिम्मेवारी दिनुपर्ने समेत बताए । उनले १८ जना पदाधिकारीको चयन केन्द्रीय सदस्यहरुको बीचमा मतदानबाट होइन सर्वसम्मतिले गर्नुपर्ने धारणा राखे ।

    खनालले नेकपा एसमा केन्द्रीय सदस्यहरु कार्यक्षेत्रमा नजाने, विदेश घुमेर यसो बैठकका बेला झुल्किने र मत तथा सदस्य बढाउन कतै पनि प्रयास नगर्ने प्रवृति देखिएको बताए । खनालले लोकतान्त्रिकरणका नाममा एमालेमा प्रत्यक्ष निर्वाचन गर्दा २ पटक विभाजन भएको भन्दै नेकपा एसमा प्रत्यक्ष निर्वाचनभन्दा सहमतिबाट नेतृत्व चयनमा जोड दिनुपर्ने बताए ।

     

     

  • झलनाथको जिकिर- संविधान संशोधनको हल्ला जति पिटाएपनि हामीविना असम्भव छ (भिडिओ)

    झलनाथको जिकिर- संविधान संशोधनको हल्ला जति पिटाएपनि हामीविना असम्भव छ (भिडिओ)

    काठमााडैं । प्रतिपक्ष दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन् ।

    कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन् ।

    आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठूलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सिमित हुने दाबी समेत गरे ।

    कमसेकम नेपालमा त्यो सिस्टम असम्भव रहेको उनको भनाइ थियो । सम्मानित नेता खनालले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए ।

    दुई ठूलो पार्टीले आफूहरुको सहयोगविना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने सम्मानित नेता खनालले बताए । उनले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरुले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए ।

    ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरु हुन । भ्रष्ट पार्टीहरु हुन् । र अवसरवादी पार्टीहरु हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिष्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ । कमसेकम नेपालमा चाहिँ असम्भव छ । यो उनीहरुको ख्याली पुलाउ बाहेक अरु केही होइन र हुनेवाला पनि छैन’, खनालले भने ।

    सम्मानित नेता खनालले काँग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठूलो असन्तुष्टि बिजारोपण गरेको पनि बताए ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयन हुने

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारी चयन हुने

    काठमाडौं । पदाधिकारी चयनका लागि नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    आज बिहान ११२ बजेबाट सुरु हुने बैठकले पार्टीमा रिक्त रहेका पदाधिकारीलाई पूर्णता दिनेछ ।

    अर्पण बैंकेटमा बस्ने बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ ।

    पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

    पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

  • झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा फर्किए

    झापामा नेकपा एसका ७० नेता-कार्यकर्ता एमालेमा फर्किए

    झापा । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता-कार्यकर्ता मूलघर फर्किएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरे ।

    अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

    एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको नवप्रवेशी दाहालको भनाइ थियो ।

    एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने बताए । पार्टी प्रवेश कार्यक्रममा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा समाहित हुन सबैलाई आव्हा नगरे ।

    नेकपा एस छाडेर आएका दमक नगर कमिटीका पूर्वअध्यक्ष महेश घिमिरेले पार्टी सदस्यता नवीकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउने प्रतिबद्धता जनाए ।

    दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ता एमालेमा फर्किएको जिल्ला कमिटीले जनाएको छ ।

  • बेदुरामको चेतावनी- दुई दलीय व्यवस्थाका लागि संविधान संशोधन हो भने स्वीकार्दैनौं (भिडिओ)

    बेदुरामको चेतावनी- दुई दलीय व्यवस्थाका लागि संविधान संशोधन हो भने स्वीकार्दैनौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं राष्ट्रियसभा सदस्य बेदुराम भुसालले लोकतान्त्रिक प्रणालीलाई असर गर्ने कुनै पनि काम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

    अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको उनको भनाइ थियो । संविधान असंशोधनीय दस्तावेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति गर्ने ? भन्ने प्रश्न रहेको बताए ।

    भुसालले भने, ‘अहिले संविधान संशोधनको खुब चर्चा हुने गरेका छन् । तर, संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो । यदि यसो हो भने यो स्वीकार्य हुनेछैन । यसलाई कुण्ठित गर्ने कुरा सहन सक्दैनौँ । दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन ।’

    संविधान संशोधनको उद्देश्य स्पष्ट हुन नसकेको भन्दै उनले दुई दलीय व्यवस्था कायम गर्ने वा समानुपातिक समावेशी हटाउने काम स्वीकार्य नहुने जिकिर गरे । दुई दलका बीचमा सहमतिलाई राष्ट्रिय सहमतिको भाष्य सिर्जना गर्न खोजिएको उनको टिप्पणी छ ।

    भुसालले संविधान निर्माणपछि बनाउनुपर्ने कानूनमा सरकारले गरेको कामका बारेमा सदनलाई जानकारी हुनुपर्ने बताए ।

    महत्वपूर्ण विधेयक निर्माणको गति निकै सुस्त भएको भन्दै उनले साच्चै संविधान संशोधन गर्ने हो भने राष्ट्रिय बहसको आवश्यकता पर्ने बताए ।

  • नेकपा एसले भन्यो- माओवादीसँग छलफल चलिरहेको छ, तत्काल एकताको कुरा छैन

    नेकपा एसले भन्यो- माओवादीसँग छलफल चलिरहेको छ, तत्काल एकताको कुरा छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग पनि एकीकरण गर्ने कुरा नचलेको प्रष्टीकरण दिएका छन् ।

    माओवादी केन्द्रसँग पार्टी एकता गर्न वार्ता सकारात्मक भएको चर्चापछि उनले कम्युनिष्ट पार्टीबीचमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलिरहेको बताए ।

    उनले भने, ‘कम्युनिष्ट पार्टीहरुको बीचमा समसामयिक राजनीतिक परिस्थितिको विविध पक्षहरुमा समीक्षा गर्न छलफल चालिरहेकै छ । समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन ।’

    उनले सबै राजनीतिक दलका आआफ्ना कार्यनीति हुने उल्लेख गर्दै त्यसबाट बहकिँन नहुने उनको मत छ ।

    उनले थपे, ‘हामीले आफ्नो पार्टी सबल बनाउने दिशा समाउने हो । कम्युनिष्ट पार्टीको सबै झन्डा उस्तै हो । त्यो साझा छ । कलम चुनाव चिन्ह हाम्रो विशेष परिचय हो यो परिचयलाइ मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’

    आज बिहान खुमलटारमा माओवादीका अध्यक्ष प्रचण्डसँग नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको भेटमा पार्टी एकता गर्न वार्ता सकारात्मक भएको बताइन्छ।

     

  • देउवालाई माधव नेपालको सुझाव- तपाईं साह्रै सोझो हुनुहुन्छ, मध्यरातको सम्झौतामा ख्याल गर्नुस् (भिडिओ)

    देउवालाई माधव नेपालको सुझाव- तपाईं साह्रै सोझो हुनुहुन्छ, मध्यरातको सम्झौतामा ख्याल गर्नुस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुई दलीय शासन व्यवस्था स्वीकार्य नहुने बताएका छन् ।

    प्रतिनिधिसभामा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको नियतमा प्रश्न उठाए ।

    उनले भने, ‘प्रधानमन्त्री यहाँ भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । उहाँले यहाँ संविधान संशोधनको कुरा गर्नुभयो । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन व्यवस्था नेपालमा आउन सक्दैन । आउन हामी दिँदैनौं । बहुदलीय व्यवस्था हामीले ल्याएका हौं । यही रहन्छ । कमीकमजोरीलाई सुधारेर जान सकिन्छ ।’

    अध्यक्ष नेपालले मध्यरातमा सहमति गर्नुबाटै नियत बुझिएको जिकिर गरे ।

    उनले थपे, ‘हाम्रो शेरबहादुर माननीय पनि साह्रै सोझो हुनुहुन्छ । उहाँ बुझ्दै बुझ्नुहुन्न जस्तो पनि लाग्छ, फेरि बुझ्न त सिपालु हुनुहुन्छ । ख्याल गर्नुस्, दुई दलीय शासनले देशलाई नोक्सान पुर्‍याउँछ । दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा जनतालाई स्वीकार्य छैन ।’

  • झलनाथको विश्लेषण- माओवादीसँग तत्काल एकता हुँदैन, एमालेभित्र उथलपुथलको विकल्प छैन

    झलनाथको विश्लेषण- माओवादीसँग तत्काल एकता हुँदैन, एमालेभित्र उथलपुथलको विकल्प छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले माओवादी केन्द्रसँग तत्काल एकताको सम्भावना नरहेको प्रष्ट्याएका छन् ।

    माओवादीका अध्यक्ष प्रचण्डले सोमबार माधव नेपालसँगको भेटमा पार्टी एकताको प्रस्ताव राखेको चर्चाकाबीच नेता खनालले तत्काल सम्भावना नभएको जिकिर गरे ।

    उनले भने, ‘हाम्रो पार्टीले भर्खरै महाधिवेशन गरेको छ । कतिपय कमिटी नै बनेको छैन । माओवादीसँग एकताको विषयमा छलफल भएको छैन ।’

    उनले प्रचण्डबाट एकताको प्रस्ताव आउनु स्वभाविक भएको बताए ।

    अहिले एउटै मोर्चामा हुनुहुन्छ, माओवादीसँग विचार मिल्यो भने एकताको तहमा पनि पुग्नसक्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘सबै कुरा मिल्यो भने त बेर पनि लाइँदैन । तर, सबै कुरा मिल्छ मिल्दैन । अहिले भन्न सकिँदैन ।’

    उनले कम्युनिष्ट एकताको प्रयत्न गर्ने बताए ।

    उनले थपे, ‘एमालेभन्दा बाहेकका र एमालेभित्रका पनि साँच्चैका कम्युनिष्टहरु त एकताबद्ध हुनैपर्छ । हामी बृहत्त् एकताको प्रयत्न गर्छौँ । तर, आज भोलिकै कुरा होइन ।’ उनले अहिले समाजवादी मोर्चामा भएकाहरुबीच कार्यगत एकता बलियो बनाउँदै जानुपर्ने बताए ।

    प्रचण्डले अध्यक्षलाई प्रधानमन्त्री बनाइदिने शर्तसहित एकताको प्रस्ताव राख्नुभएको चर्चा छ नि ? भन्नेबारे उनले थपे, ‘अब सडकमा आएपछि चाहिँ प्रधानमन्त्री बनाउने, अहिलेसम्म के हेरेर बस्या त ? प्रधानमन्त्री बनाउने नबनाउने म जान्दिनँ । यो भन्या छलछाम र षड्यन्त्रको कुराहरु हुन् । यो प्रधानमन्त्रीतिर म लाग्दिनँ । त्यो प्रस्तावबारे थाहा पनि छैन ।’

    समाजवादी क्रान्तिको लागि जति गहिराइमा जान परेपनि आफू तयार रहेको बताए । उनले एमालेभित्र पनि व्यापक उथलपुथल हुन बाँकी रहेको सुनाए ।

    उनले थपे, ‘एमालेभित्र पनि अब व्यापक उथलपुथल हुन जरुरी छ । त्यो पार्टी पुनर्गठन भएर ओलीभन्दा अर्कोको नेतृत्व आउनुपर्छ । या त्यो पार्टी विभाजित हुनुपर्छ ।’ भनेपछि एमालेभित्र तत्काल उथलपुथलको सम्भावना देख्नुहुन्छ ? भन्ने जिज्ञासामा भने, ‘तत्काल होइन, क्रमशः ।’

    माओवादीमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुुझाव दिएपछि प्रचण्डले अन्य दलसँग पार्टी एकताको गृहकार्य गरिरहेका छन् । तर, सोमबारको भेटमा प्रचण्डले माधव नेपालसँग पार्टी एकताको प्रस्ताव राखेपछि तत्काल त्यो पक्षमा नरहेको उनी निकट एक नेताले बताए ।

    ती नेताले भने, ‘प्रचण्डजीसँग भेट हुनु स्वभाविक हो । मोर्चादेखि एकताको विषयसम्म छलफल भएका हुन् । तर, बाहिर आएरजस्तो होइन ।’

     

  • नेकपा एसका पदाधिकारीमा पुरानै हावी, वरिष्ठ उपाध्यक्षमा ज्येष्ठ कम्युनिष्टको दाबी

    नेकपा एसका पदाधिकारीमा पुरानै हावी, वरिष्ठ उपाध्यक्षमा ज्येष्ठ कम्युनिष्टको दाबी

    काठमाडौं । महाधिवेशन सकिएको एक महिनाभन्दा बढी भइसक्दा पनि नेकपा एकीकृत समाजवादीले पदाधिकारी छान्न सकेको छैन । पदाधिकारी टुंगो लगाउन पटकपटक शीर्ष नेताबीच छलफल चल्यो, तर कुरा मिलेको छैन ।

    असार १६ देखि २० सम्म प्रज्ञा भवन कमलादीमा सम्पन्न १०औं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई निर्वाचित गर्दै ९३ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गरेको थियो । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने अख्तियारी सोही कमिटीलाई दिने प्रस्ताव महाधिवेशनको हलबाट पारित भएको थियो ।

    महाधिवेशन सम्पन्न भएको एक महिनापछि ३४४ सदस्यीय केन्द्रीय कमिटी त घोषणा गरियो, तर केन्द्रीय पदाधिकारी, सल्लाहकार, आयोग, विभाग र विभिन्न तहका इञ्चार्जको टुंगो लाग्न सकेको छैन ।

    ‘व्यापक र गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्ने भएकाले पदाधिकारी टुंगो नलगाइएको हो’, महासचिव घनश्याम भुसाल भन्छन्, ‘पदाधिकारी टुंगो लाग्दा अरुले पनि आहा भन्नेखालको होस् भनेर हामीले हतार नगरेको ।’

    उनका अनुसार अब बस्ने केन्द्रीय कमिटीको बैठकले पारित गर्ने गरी पदाधिकारीको नामावली तयार हुँदैछ । त्यसअघि पदाधिकारीका आकांक्षीबीचमै छलफल चलिरहेको छ, तर पदाधिकारी टुंगो लगाउने कुरामा विलम्ब हुनुका पछाडि केन्द्रीय सदस्य चयनमा भएको विवाद मुख्य कारण हो । शम्भु श्रेष्ठ, कुसुम कार्की, नागेन्द्र यादवलगायत केन्द्रीय सदस्यहरु यस पटक गुटको कोटामा परेनन् । तीमध्ये यादव एमालेमा प्रवेश गरिसकेका छन् भने कार्कीले नेकपा एस परित्याग गरेका छन् ।

    केन्द्रीय सदस्यको लिस्ट माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले तयार पारेपछि काटकुट पार्ने क्रममा साविकका केन्द्रीय सदस्यहरुसमेत छुटे भने वडा कमिटी हैसियतकाहरु गुटका कारण केन्द्रीय सदस्य बने ।

    ‘भौगोलिक आवश्यकता, कार्यक्षमता र योग्यतालाई मापदण्ड बनाइनुपर्ने थियो’, पार्टीका नेता ताज मियाँ भन्छन्, ‘नेताहरु व्यक्ति छान्ने होडबाजीमा लाग्दा भद्रगोल भयो ।’

    केन्द्रीय सदस्य चयनको विषयलाई लिएर उत्पन्न भएको व्यापक असन्तुष्टिलाई हल गरेरमात्रै बाँकी काम अगाडि बढाउनुपर्ने कारण पदाधिकारी टुंगो लाग्न अझै समय लाग्ने उनको भनाइ छ ।

    ‘अब नेताले खल्तीको नाम ल्याएर कोही पनि पदाधिकारी हुँदैनन्’, मियाँ भन्छन्, ‘केन्द्रीय कमिटीको बैठकमा व्यापक छलफल गरेर, उस्तै परे मतदानमै गएर पदाधिकारीको टुंगो लाग्छ ।’

    पदाधिकारी टुंगो लागेपछि मात्रै सल्लाहकार, आयोग, विभाग र इञ्चार्जहरु तोकिने महासचिव भुसालको भनाइ छ । यसअघि विभागका नयाँ प्रमुख र इञ्चार्जहरु नतोकिँदासम्मका लागि अघिल्लो केन्द्रीय कमिटीले दिएको जिम्मेवारी नै यथावत रहने अन्तरपार्टी निर्देशन (अपानि) जारी भइसकेको छ ।

    पदाधिकारीमा हानाथाप

    महाधिवेशनले पारित गरेको विधानमा २१ पदाधिकारीको व्यवस्था छ, तर सयभन्दा बढी आकांक्षी हुँदा टुंगो लगाउन अप्ठेरो भएको एक नेता बताउँछन् ।

    टुंगो लाग्न बाँकी पदाधिकारीमा एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव हुन् । यसबाहेक विधानमा आवश्यकताअनुसार वरिष्ठ नेता तोक्न सकिने भनिएको छ । उक्त पदको संख्या तोकिएको छैन ।

    वामदेव गौतम, भीम रावल वा त्यो तहका नेताले पार्टी प्रवेश गरेमा उनीहरुको व्यवस्थापनका निम्ति उक्त पद राखिएको हो । सम्भवतः वामदेव सो पदमा चाँडै नै मनोनीत हुनेगरी नेकपा एसमा सामेल हुनेछन् ।

    वरिष्ठ उपाध्यक्षका निम्ति राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । यदि महाधिवेशनमा मतदान भएको भए उक्त पदमा पाण्डेले सहजै जीत हासिल गर्ने अवस्था थियो ।

    अध्यक्षमा माधव नेपाल र घनश्याम भुसाल मैदानमा हुँदा वरिष्ठ उपाध्यक्षका दुबै दावेदार माधव पक्षका थिए । अहिले अध्यक्ष नेपाललाई मिलाउन सबभन्दा जटिल भएको विषय नै वरिष्ठ उपाध्यक्षमा हो ।

    वरिष्ठ उपाध्यक्षका निम्ति पाण्डे र भुसालबीच चलिरहेको रस्साकस्सीका बीचमा अर्का दावेदार देखिएका छन्, ललित बस्नेत । उनले पहिला ज्येष्ठ कम्युनिष्ट मञ्चमा बसेर काम गर्ने रुचि देखाएका थिए, तर महाधिवेशन हलबाटै पारित गरिएको ९३ सदस्यीय केन्द्रीय कमिटीमा नाम परेपछि अहिले वरिष्ठ उपाध्यक्षको दाबी गर्ने अवस्थामा पुगे ।

    ६ उपाध्यक्षका लागि १० भन्दा बढीको दाबी छ । त्यसमध्ये महाधिवेशन चलिरहेकै अवस्थामा अघिल्लो कमिटीमा सचिव रहेकी रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाइने चर्चा नेताबीच चलेको थियो, तर रामकुमारी उपाध्यक्ष हुँदा अखिल पृष्ठभूमिबाट आएका, रामकुमारीभन्दा सिनियर तत्कालीन सचिव राजेन्द्र राईलाई कुन पदमा व्यवस्थापन गर्ने भन्ने अन्योल उत्पन्न भएको थियो ।

    उपाध्यक्षका निम्ति घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताको दाबी छ ।

    अघिल्लो कमिटीका उपमहासचिव ज्वाला र तुलाधर उपाध्यक्ष भएमा उक्त पदका निम्ति दुई नयाँ अनुहारको व्यवस्थापन हुने अवस्था छ । अघिल्लो कमिटीका सचिवहरु जीवनराम श्रेष्ठ, राजेन्द्र राई, नागेन्द्र चौधरीमध्येबाट उपमहासचिव हुने अवस्था रहन्छ । महासचिवमा दाबी गरेका जगन्नाथ खतिवडा उपमहासचिवमै दोहोरिने सम्भावना छ ।

    व्यक्ति चयनमा वरिष्ठ उपाध्यक्षपछि सबभन्दा जटिल बनेको विषय हो, सचिवको । ७ सचिवका निम्ति ५० भन्दा बढी दावेदार छन् । त्यसमध्ये विद्यार्थी नेता सुदेश पराजुलीदेखि सुनसरीका पुराना नेता धर्मराज निरौलासम्म छन् । सचिवको दाबी गर्नेमा मोरङका महेश रेग्मी, सुनसरीका केशव विष्ट, धनुषाका श्रीप्रसाद साह, हेटौंडाकी मेयर मीना लामा, पोखराका मेयर धनराज आचार्य, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ सोडारी, दिलकुमारी पन्त (दिलु), मदनकुमारी शाह (गरिमा) सहितका छन् ।

    अन्य पदको व्यवस्थापन सहज भए पनि वरिष्ठ उपाध्यक्ष र सचिव पदका निम्ति केन्द्रीय कमिटीको बैठकमा मतदान हुने सम्भावना रहेको एक नेताले बताए ।

  • माधव नेपाललाई नेता व्यवस्थापनको सकस- पदाधिकारीका आकांक्षी धेरै हुँदा झन् अलमल

    माधव नेपाललाई नेता व्यवस्थापनको सकस- पदाधिकारीका आकांक्षी धेरै हुँदा झन् अलमल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टीभित्र नेता व्यवस्थापनमा सकस हुँदा पदाधिकारी चयन प्रक्रियामा ढिलाइ हुने भएको छ । महाधिवेशन भएको एक महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिएका अध्यक्ष नेपालले पदाधिकारी चयन गर्न अझै कम्तीमा एक महिनाभित्र पनि हुननसक्ने देखिएको हो ।

    आकांक्षी धेरै भएपछि विधानविपरीत सदस्य संख्या बढाएर केन्द्रीय कमिटी २९९ बाट ३४४ सदस्यीय पुर्‍याएको थियो । तर, अहिले पदाधिकारीमा पनि पुरानै र नयाँ कमिटीमा आएकाहरूले पनि आकांक्षा राखेपछि अध्यक्ष नेपाललाई सकस परिरहेको छ ।

    अब केन्द्रीय कमिटीले पूर्णता पाएपछिको पहिलो बैठक बसेपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढ्ने नेता सोमप्रसाद पाण्डेले बताए ।

    उनले भने, ‘अब केन्द्रीय कमिटीको पूर्ण बैठक बस्छ । त्यो बैठक अब चाँडोमा १५ दिपछि मात्रै बस्छ होला । त्यसपछि मात्रै पदाधिकारी चयन प्रक्रिया अघि बढ्छ ।’

    उनले अहिलेसम्म पदाधिकारीमा नेताहरू नखुलेको जिकिर गरे ।

    पाण्डेले थपे, ‘बढीमा एक महिनाभित्र हामीले टुंग्याउने भनेका छौं । अहिले वर्षातको समय पनि छ । कोही साथीहरू जुम्ला हुम्ला, दार्चुलातिर पनि हुनुहुन्छ उहाँहरूलाई आउन समस्या हुन्छ । वर्षा अलिक कम भएपछि मात्रै बैठक बस्छ ।’

    तर, आकांक्षी धेरै भएर पर धकेलियो भनिन्छ नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘त्यस्तो होइन, अहिलेसम्म आकांक्षी नै देखिनुभएको छैन । समय नभएर होला नेताहरूले इच्छा व्यक्त गर्नुभएको छैन ।’

    असार १६ देखि २० गतेसम्म भएको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा अपूरो कमिटी घोषणा गरेर टुंग्याएको थियो । त्यसबेलामा तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै घोषणा भएको थियो। तर, अहिले आकांक्षी धेरै भएपछि संख्या बढाइएको छ ।

    तर, केन्द्रीय कमिटीजस्तो पदाधिकारी संख्या बढाउने सम्भावना नरहेको नेता पाण्डेले बताए ।

    महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याएको थियो । अब १८ पदाधिकारी छान्न बाँकी छ ।

    नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चयन गर्नुपर्नेछ । त्यसो त आवश्यकताअनुसार वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने पार्टीले नै निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे र बेदुराम भुसालको दाबी छ ।

    नेतृत्व नै पुरानै दोहोरिएकाले अहिलेकै कमिटीमा केही नयाँ सदस्य हेरफेर गरेर पदाधिकारी टुंग्याउने अध्यक्ष नेपालको तयारी छ । तर, त्यो सहज छैन । पार्टीमा पदाधिकारीमा नयाँ अनुहार ल्याउनुपर्नेमा पनि उस्तै दबाब छ ।

    अहिले पनि अध्यक्षमा महासचिव भुसालले नेता खनालको समर्थनमा दाबी गरेपनि सहमतिको लागि पुरानै पदमा दोहोरिएका थिए ।

    नेता राजेन्द्र पाण्डे केन्द्रीय सदस्यहरूको शपथपछि मात्रै यो विषय अघि बढ्ने बताए ।

    उनले भने, ‘केन्द्रीय सदस्य चयन भइसकेको छ । अब उहाँहरूको शपथ र निर्वाचन कार्यतालिका तय गर्छौँ । केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने हो ।’

    पार्टीका आकांक्षी धेरै भएपनि पदाधिकारी चयन प्रक्रियामा नेतृत्वलाई सहज नभएको अर्का एक नेताले बताए ।

    ती नेताले भने, ‘हामीले बाहिरबाट यसो हेर्दा पदाधिकारीमा संख्या भन्दा तेब्बर आकांक्षी छन्, धेरै आकांक्षी भएकाले अहिले यो सम्भावित भन्न पनि सकिने अवस्था छैन । सर्वसम्मत गर्ने भनिएको छ, तर सहज हुने सम्भावना छैन ।’

    पछिल्लो समय एकजुट भएर नेतृत्वमा दाबी गरेका सम्मानित नेता खनाल र महासचिव भुसालले पनि अध्यक्ष नेपालमाथि दबाब बढाउँदै लगिरहेका छन् । पदाधिकारी चयन प्रक्रियामा पनि हावी हुनसक्ने भएकाले अध्यक्ष नेपाल आन्तरिक गृहकार्य पनि सँगै गरिरहेको बताइन्छ ।

    केन्द्रीय सदस्यहरूको शपथपछि पदाधिकारी चयन प्रक्रिया अघि बढ्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    ‘अहिले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय सदस्यहरूको शपथ समारोह राखिनेछ। बैठक बस्छ’, शुक्रबारको केन्द्रीय कमिटी बैठकपछि भनेका थिए, ‘त्यसपछि पदाधिकारीहरू छनोट हुनेछ । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन हुनेछ ।’

  • उच्च बार पाटनको चुनावमा एमाले माओवादी मिले, कांग्रेस र नेकपा एसको बेग्लै गठबन्धन

    उच्च बार पाटनको चुनावमा एमाले माओवादी मिले, कांग्रेस र नेकपा एसको बेग्लै गठबन्धन

    ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ नेतृत्वका लागि एमाले र माओवादीनिकट वकिलहरुबीच गठबन्धन भएको छ । उक्त गठबन्धनविरुद्ध कांग्रेस र नेकपा एसनिकट वकिल मिलेर प्यानल घोषणा गरेका छन् ।

    आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको उच्च बार पाटनका सदस्य राजाराम घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

    एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कांग्रेसनिकट डिएलएबाट गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

    उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानून व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् ।

    एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ ।

    एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ ।

    त्यस्तै कांग्रेस र समाजवादीबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया र सचिवमा देवीप्रसाद शर्मा तथा लक्ष्मी रेग्मीको उम्मेदवारी परेको छ ।

  • मेटमणिको प्रस्ताव- उद्योगको बक्यौता नउठाउने भए सबै उपभोक्ताले पनि आजैदेखि नतिरौं (भिडिओ)

    मेटमणिको प्रस्ताव- उद्योगको बक्यौता नउठाउने भए सबै उपभोक्ताले पनि आजैदेखि नतिरौं (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले बक्यौता नतिरी जोडिएको उद्योगहरुले तीन महिनाभित्र महसुल नबुझाएका निर्देशन दिनेहरुको सम्पत्ति बेचेर उठाउनुपर्ने तर्क गरेको छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अवैधानिक ठाडो आदेशमा विद्युत जोडिएकोप्रति असन्तुष्टि जनाए।

    उनले भने, ‘प्रधानमन्त्रीको आदेशमा अवैधानिक तरिकाले विद्युत जोडिएको उद्योगबाट तीन महिनाभित्र बक्यौता महसुल उठेन भने यसको जिम्मेवारी को हुन्छ? आदेश दिने प्रधानमन्त्री, आदेश पालना गरेर सिफारिस गर्ने मन्त्री र कार्यान्वयन गर्ने समितिले जिम्मा लिनुपर्छ। यो रकम उठने प्रधानमन्त्री मन्त्री र निर्णय गर्ने बोर्ड सदस्यहरुको जाहेजेथाबाट असुल उपर गर्नुपर्छ। यदि यसो गर्न नसके मुलुक अराजकतातिर जान्छ।’

    उनले उद्योगको बक्यौता सरकारले नउठाए आजैदेखि सबै उपभोक्ताहरुलाई बक्यौता नतिर्ने आग्रह गरे। उनले काटिएको लाइनहरु पनि बक्यौता नतिरी जोड्न माग गरे।

  • नेकपा एसको केन्द्रीय कमिटीमा नअटाएका प्रेम आले किन असन्तुष्ट छन् ?

    नेकपा एसको केन्द्रीय कमिटीमा नअटाएका प्रेम आले किन असन्तुष्ट छन् ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन भएको एक महिनापछि पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । आकांक्षी धेरै भएपछि विधानविपरीत सदस्य संख्या बढाएर हिजो बसेको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दियो ।

    असार १६ गतेदेखि पाँच दिनसम्म चलेको महाधिवेशनले तीन पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो । त्यसबेलामा साविक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आले अटाएका थिएनन् ।

    नेकपा एसमा प्रत्यक्ष निर्वाचित सांसद १० मध्ये आले पनि एक हुन्, तर हिजो २९९ बाट ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाउँदा पनि आले कमिटीमा अटाएनन् ।

    पछिल्लो समय नेतृत्वप्रति असन्तुष्ट आले पार्टीको १०औं महाधिवेशनमा सहभागी नै भएनन् । काठमाडौंमा महाधिवेशन चलिरहँदा उनी भारत भ्रमणमा थिए ।

    नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले महाधिवेशनमा उपस्थित नभएका कसैलाई पनि केन्द्रीय कमिटीमा नल्याएको बताए । उनले अरु कुनै कारण नरहेको प्रष्ट्याए ।

    तर, आले फागुन २१ गते एमाले माओवादी गठबन्धनको पक्षमा पार्टी उभिएपछि नेतृत्वदेखि रुष्ट रहेको एक पदाधिकारीले बताए ।

    ती पदाधिकारीले भने, ‘फागुन २१ गते एमालेसँगको गठबन्धनको विरोधी हुनुहुन्थ्यो, त्यो गठबन्धनमा जानै हुँदैनथ्यो भन्ने उहाँको मत थियो । राजेन्द्र पाण्डेजीले खुलैरै विरोध गर्नुभएको थियो । उहाँको पनि त्यही लाइन थियो । त्यसैले उहाँ असन्तुष्ट देखिनुभएको छ ।’

    फागुन २१ को गठबन्धनमै मिसिएका कारणले अहिले पार्टी सत्ता बाहिर पुग्ने स्थिति बनेको उनको बुझाइ रहेको ती नेताको दाबी छ ।

    ती नेताले थपे, ‘त्यही (कांग्रेससँगको) गठबन्धनमा हुँदाहुँदै हाम्रै कारणले ओलीलाई कांग्रेससँग जोडाइदिने काम गर्‍यो । त्यो गल्ती भयो भन्ने उहाँको मत थियो । उहाँको विचार ठीक हो भन्नेमा अहिलेको परिस्थितिले देखाएको छ ।’

    पार्टी नेतृत्वसँग असन्तुष्ट देखिए पनि पार्टी छाड्ने मूडमा भने नरहेको ती नेताको दाबी छ । महाधिवेशनको हलले ९३ जना केन्द्रीय सदस्य घोषणा गर्दा आफ्नो नाम नपरेपछि आलेले नेकपा एससँग आफ्नो कुनै साइनो नभएको मिडियामा अभिव्यक्ति दिएका थिए, तर पार्टी संसदीय दलको निर्णय भने मान्दै आएका छन् ।

  • नेकपा एसमा को-को बने केन्द्रीय सदस्य ? हेर्नुस् प्रस्तावित ३४४ जनाको सूची  (भिडिओ)

    नेकपा एसमा को-को बने केन्द्रीय सदस्य ? हेर्नुस् प्रस्तावित ३४४ जनाको सूची (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय समिति बनाएको छ । आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय समितिलाई विस्तार गरेको हो ।

    विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख भए पनि आकांक्षीहरु धेरै भएपछि ३४४ जना पुर्याइएको छ ।

    हेर्नुस् सूचीः

  • सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

    सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् ।

    २० असारमा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।

    संसद्मा मार्ग प्रशस्त गरेको घोषणा गरेर मुख्यमन्त्री सोडारी राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।

     

     

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइएको छ ।

    विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

    पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छ ।

    अध्यक्ष माधव नेपाल संयोजक र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदलले केन्द्रीय सदस्य छान्ने जिम्मेवारी पाएको थियो ।

    सातै प्रदेशबाट आएका नामहरूमध्ये तीन नेताले मूल्याङ्कन गर्दै नामावली तयार गरेको बताइन्छ ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक भाेलि बस्दै

    नेकपा एसको केन्द्रीय कमिटी बैठक भाेलि बस्दै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भाेलि केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

    पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

    विधानअनुसार बनाइएको ‘क्लष्टर’का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने जनाइएको छ ।

    पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । हाल अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छ ।

    सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदललाई पार्टीका सातै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको मूल्याङ्कन गरी केन्द्रीय सदस्यको नामावली आज साँझसम्म तयार गर्ने समयसीमा छ ।

    पार्टीमा केन्द्रीय सदस्यका लागि आकाङ्क्षी धेरै भएपछि नेताहरुको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनित गरिने नेता पाण्डेयले जानकारी दिए । बागमतीबाट सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा थोरै केन्द्रीय सदस्य मनोनित गरिने जनाइएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी छनोट गरिने छ ।

    मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा समीक्षा गर्ने बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गर्ने जनाइएको छ ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री भोलि हट्दै, नयाँ मुख्यमन्त्री छनोट गर्न कांग्रेसलाई अझै सकस

    सुदूरपश्चिमका मुख्यमन्त्री भोलि हट्दै, नयाँ मुख्यमन्त्री छनोट गर्न कांग्रेसलाई अझै सकस

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भोलि सरकार छोड्दैछन् । असार २० मा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानको व्यवस्था अनुसार पुरै ३० दिन अल्पमतको सरकार चलाए ।

    १८ गते भित्र उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार अन्तिम दिन १८ गते संसद्मा आफ्नो धारणा राखेर राजीनामा दिने मुख्यमन्त्री सोडारीको तयारी छ ।

    विश्वासको मत कै लागि भन्दै हिजो नै प्रदेशसभा सचिवालय मुख्यमन्त्री सोडारीले पत्र पठाइसकेका छन् ।

    ‘उहाँले विश्वासको मत लिने गरी संसद् आह्वान गर्न आग्रह गर्नुभएको छ । तर, त्यहाँ उहाँले विश्वासको मत लिने सम्भावना कम छ,’ मुख्यमन्त्री सोडारी निकट स्रोतले भन्यो ‘संसद्मा सम्बोधन गरेर उहाँले प्रदेश प्रमुखसमक्ष गएर राजीनामा दिने सोचमा हुनुहुन्छ ।’

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ सांसदको मत आवश्यक पर्छ । तर, सोडारीले त्यति मत पाउने कुनै सम्भावना छैन । उनले आफ्नो पार्टीका ४ मत, नेकपा माओवादी केन्द्रको १० मत गरी १४ मत पाउने छन् ।

    त्यसबाहेक नागरिक उन्मुक्ति पार्टीका एक सांसद सोडारी नेतृत्वको सरकारमा मन्त्री छन् । अर्का मन्त्रीलाई उनले केही दिन पहिले नै हटाइसकेका छन् । नाउपाले अझै विश्वासको मत दिने वा नदिने निर्णय गरेको छैन । स्वतन्त्र र राप्रपाको पनि कुनै टुङ्गो छैन ।

    कुनै पनि अवस्थामा विश्वासको मत नपाउने भएपछि उनले संसद्मा सम्बोधन गरेर विश्वासको मत नलिएरै राजीनामा दिने योजना बनाएका हुन् ।

    वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ३ महिना १२ दिन मात्रै सरकारको नेतृत्व गरेर बाहिरिँदै छन् ।

    यता मुख्यमन्त्री सोडारी पदमुक्त हुने अघिल्लो दिनसम्म पनि भावी मुख्यमन्त्री को हुने भन्ने टुङ्गो लागिसकेको छैन । सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भए पनि काङ्ग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

    अहिलेसम्म कांग्रेसमा संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र कांग्रेसका पुराना नेता बहादुर थापा मुख्यमन्त्रीको दौडमा छन् ।

    उनीहरू तीनै जनाले कांग्रेस नेतृत्वलाई आफूले मुख्यमन्त्री पाउनु पर्ने भन्दै लबिङ गरिरहेका छन् । तर, अझैसम्म पनि कांग्रेस सभापति शेरबहादुर देउवाले तीन जना मध्ये कसैलाई पनि ग्रिन सिग्नल नदिएको कांग्रेस स्रोतको भनाए छ ।

    सुदूरपश्चिम प्रदेश सभापति देउवाको गृह प्रदेश पनि हो । आफ्नै प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा देउवाले आफै चासो दिइरहेका छन् । तर, अझैसम्म पनि उनले मुख्यमन्त्रीकाको लागि कसैलाई अघि बढ्न भनिसेका छैनन् ।

    ‘हामी सबैले कुरा राखेका छौँ हुन्छ ठिकै छ सल्लाह गरौँला सभापति देउवाले यत्ति भन्नुभएको छ’ मुख्यमन्त्रीका आकाङ्क्षी मध्येका एक जनाले भने ।

    अघिल्लो पटक केन्द्रमा एमाले माओवादी गठबन्धन हुँदै प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सफल भएको भन्दै देउवा तत्कालीन मुख्यमन्त्री शाहप्रति सकारात्मक रहेका छन् ।

    अर्का अकांक्षी देउवा सभापति शेरबहादुर देउवाका सहोदर भतिजा हुन् । अर्का आकाङ्क्षी थापालाई कांग्रेस नेता एनपी साउदले मुख्यमन्त्री बनाउन जोड दिइरहेका छन् । तिनै जनाको निकै रस्साकस्सी भएको हुँदा सभापति देउवालाई निर्णय लिन सकस भइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

    भोलि मुख्यमन्त्री सोडारीले ४ बजे विश्वासको मतका लागि संसद् फेस गरेर राजीनामा दिँदासम्म पनि कांग्रेसभित्रबाट को मुख्यमन्त्री बन्ने भन्ने विषय टुङ्गो लाग्न सकस हुने उनीहरूको बुझाइ छ ।

    ‘हामीहरू सबै भोलि फकिन्छौँ । भोलि सरकार ढल्दासम्म हामीले मुख्यमन्त्री टुङ्गो लगाउनु पर्छ भनेका छौँ तर, त्यही सहज छैन’ कांग्रेस एक सांसदले भने ।

  • सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले यही शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गर्न भन्दै पत्र पठाएका छन् ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको पत्रअनुसार शुक्रबार साँझ ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

    असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । उनले साउन १८ गतेभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था छ ।
    मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने उद्देश्यले बैठक आह्वान गरिएको भए पनि उनले बैठकमा सम्बोधन गरेर राजीनामा दिने सम्भावना रहेको स्रोतले जनायो ।

    मुख्यमन्त्री सोडारी अल्पमतमा परेपछि सरकारले असार १ गते ल्याएको बजेट पनि पारित हुन सकेको छैन । बजेट पारित नहुँदा अहिले प्रदेश सरकार बजेट शून्यतामा पुगेको छ ।

  • नेकपा एसमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यदल गठन (भिडिओ)

    नेकपा एसमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यदल गठन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

    कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल रहेका छन् । कार्यदलले साउन १८ गते पदाधिकारी र केन्द्रीय समितिको नाम सिफारिस गर्ने नेकपा एसका नेता जगन्नाथ खतिवडाले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।

    हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

    अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले कार्यदल गठन गरेरै समाधान गर्ने भएकाे हाे ।

    सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने बताइएकाे छ ।

     

  • बैठकअघि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा, केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी

    बैठकअघि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा, केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकअघि नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

    आज बस्ने बैठकले केन्द्रीय सदस्यको टुंगो लगाउने तयारी भएकाले बैठकअघि नेताहरू छलफलमा जुटेका हुन्।

    यसअघि सोमबारका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै आजलाई सारिएको थियो।

    नेता सोमप्रसाद पाण्डेले पार्टीको बैठक केही समयपछि सुरु हुने बताए।

    उनले भने, ‘आज केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी छ। विधानमा २९९ सदस्यीय कमिटी भनिएको छ। संख्या बढ्दैन विधानअनुसार नै हुन्छ।’

    हालै भएको महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो। भने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो।

    पार्टीमा अझै २०६ केन्द्रीय सदस्य पद रिक्त छन्। केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ।

    सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ।

  • सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

    सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ ।

    कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा सरकारले विशेष अधिवेशन छलेर गैर जिम्मेवार बनेको बताइएको छ ।

    ‘विपद्को पूर्वतयारीमा प्रदेश सरकार चुक्यो नै त्यसपछिको उद्धार, राहत र पुन:स्थापनाको सवाललाई समेत नजरअन्दाज गर्दा आम नागरिक अभिभावकविहीनताक अवस्थामा छन् । यस्तो विषम परिस्थितिको बेवास्ता गर्दै प्रदेश सरकारले हरेक दिन प्रतिगामी कदम चाल्दै जनताका समस्याहरूको छलफल गर्ने थलो अर्थात् सदनलाई बन्दी बनाएको छ’ तीन दलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    अल्पमत र नैतिकता गुमाइसकेको भन्दै सरकारले आफ्ना केही निहित स्वार्थपूर्तिका लागि हठात् सदन अन्त्यको सिफारिस गरेको विज्ञप्तिमा भनिएको छ ।

    ‘विशेष अधिवेशनमा सरकारको अनुपस्थितिले ऊ जनताप्रति कति गैर जिम्मेवार छ भन्ने कुरा छर्लङ्ग भएको छ । संसदीय व्यवस्थाको उपहास गर्दै सदन छल्ने सरकारको यो कदम प्रतिस्पर्धा र पहलकदमी विरुद्धको क्रियाकलाप हो । विपद्को दुःखद अवस्थामा आम नागरिकको घरदैलोमा नजानु, हठात् सदन अन्त्यको सिफारिस गर्नु तथा विशेष अधिवेशन फेस नगर्ने लगायतका घोर अलोकतान्त्रिक क्रियाकलापको हामी भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘विशेष अधिवेशनको आजको बैठकमा सरकारको उपस्थिति नदेखिएपछि सदनको मूल ढोकामा ‘दिउँसै टर्च बालेर सरकार खोज्न’ हामी बाध्य भएका छौँ । अतः अल्पमतमा परी नैतिकता गुमाइसकेको सरकारलाई राजीनामा गरी मार्ग प्रशस्त गर्नका लागि पुनः आग्रह गर्दछौँ ।’

    २० गतेदेखि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले अहिलेसम्म विश्वासको मत लिने मिति निर्धारण गरेका छैनन् । १८ गतेसम्म विश्वासको मत लिने वा राजीनामा दिने दुई विकल्प उनीसँग छ ।

  • केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक

    केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै आजको लागि बोलाइएको बैठक सारेको छ । आज बस्ने भनिएको बैठक बुधवारका लागि सारिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    बैठकको तयारी नपुगेको भन्दै सारिएको उनको भनाइ छ ।

    हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

    अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले तयार पारेको मापदण्ड अनुसार केन्द्रीय सदस्य छान्न नसकेपछि बैठक सारिएको बुझिएको छ ।

    सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ।

  • प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले गरे कृषिमन्त्री थापालाई बर्खास्त

    प्रदेशसभा बैठकमा सहभागी भएको भन्दै मुख्यमन्त्री सोडारीले गरे कृषिमन्त्री थापालाई बर्खास्त

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

    मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएको भन्दै उनलाई पदबाट हटाइएको हो ।

    यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । आजको बैठकमा पनि मुख्यमन्त्री सोडारीले उनलाई सहभागी नहुन भनेका थिए ।

    सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् ।

    संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।

  • नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलि, केन्द्रीय सदस्यको लाग्ला त टुंगो ?

    नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलि, केन्द्रीय सदस्यको लाग्ला त टुंगो ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १:०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले राससलाई जानकारी दिए ।

    पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो । भने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ ।

    सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए ।

  • ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा आउनुभएन, उहाँको मन हामीसँगै छ: माधव नेपाल (भिडिओ)

    ओलीले नराम्रो रूपमा लिन्छन् भनेर देउवा आउनुभएन, उहाँको मन हामीसँगै छ: माधव नेपाल (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा आत्तिएर आफ्नो कार्यक्रममा नआएको बताएका छन् ।

    पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले नराम्रो सोच्नसक्ने भएकाले देउवा नआएको बताए ।

    नेता नेपालले भने, ‘हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं । शेरबहादुरजी आत्तिनुभएको होला, यहाँ आयो भने केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुरा । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ, त्यसैले केही फरक पर्नेवाला छैन, उहाँ आउन पाए पनि नपाए पनि भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यही छ, मन यता पनि छ ।’

    उनले संविधान संशोधन गर्ने विषय लुकेर गर्ने कुरा नभएको उल्लेख गर्दै विचार गरेर अघि बढ्न देउवालाई आग्रह गरे ।

  • कांग्रेस र एमालेलाई झलनाथको चेतावनी- तथाकथित सहमतिविरूद्व मेची-महाकाली संग्राम गर्न नपरोस् (भिडिओ)

    कांग्रेस र एमालेलाई झलनाथको चेतावनी- तथाकथित सहमतिविरूद्व मेची-महाकाली संग्राम गर्न नपरोस् (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।

    पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब हामीले नयाँ बहस सुरु गर्नुपर्ने बताए ।

    ‘कम सबै कमरेडलाई उच्चस्तरबाट बहस गर्न निम्ता दिन्छु । गहन ढंगले बहस सुरु गरौं, मैत्रीपूर्ण ढंगले, हिजो कतिपय बेलामा कुनै मतभिन्नता भयो भने तुरुन्त लाञ्छना लगाइहाल्ने, शत्रु जस्तो व्यवहार गर्ने प्रचलन थियो’, उनले एमालेलाई लक्षित गर्दै भने, ‘अहिले पनि कतिपय पार्टीभित्र मतभिन्नता भयो कि त्यसलाई उछिट्याइहाल्ने कुनै पनि हालतले यो खालको प्रवृत्ति छ । कतिपय नेताहरुले भोगिराख्नु पनि भएको छ ।’

    उनले कम्युनिष्टहरुबीच वैचारिक र नीतिगत एकता गर्नुपर्ने बताए । उनले कम्युनिष्ट पार्टीहरुले मुख्य प्रतिद्वन्द्वी टुंगो लगाएर अघि बढ्नुपर्ने बताए ।

    नेता खनालले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै ! कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन् ? किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।’

    संविधान संशोधन जस्तो विषयमा खेलाची गर्न नहुने भएकाले स्वीकार्न नसकिने उनले बताए ।

    नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए । यो समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनले सचेत गराए ।

  • नेकपा एसमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस, मापदण्ड परिमार्जन गर्ने तयारी

    नेकपा एसमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस, मापदण्ड परिमार्जन गर्ने तयारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बैठक जारी छ ।

    बैठकको सुरुआतमा अध्यक्ष माधव नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

    उनले भने, ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापमण्ड बनाइसकेका छौं त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरु कुरा जोडेर भएपनि मापदण्डहरु परिमार्जन गर्न आवश्यक छ । यो विषयमा पनि छलफल गछौं । सहमतिको साथ हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला तर त्यो परिस्थिती बनिरहेको छैन ।’

    उनले प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्श आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नुपर्नेमा पनि जोड दिए ।

    आजको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ ।

    केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने तयारी छ ।

    पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

    समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ ।

    हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्‍याएको थियो । भने ९३ सदस्यीय केन्द्रीय कमिटी छानेको थियो।

  • विशेष अधिवेशनमा नेकपा एसका केही गएनन्, सरकारले बहिस्कार गर्दा कृषिमन्त्री पुगिन्

    विशेष अधिवेशनमा नेकपा एसका केही गएनन्, सरकारले बहिस्कार गर्दा कृषिमन्त्री पुगिन्

    कैलाली । प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेको सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशनमा नेकपा एकीकृत समाजवादीका कुनै पनि सांसद उपस्थित भएनन् ।

    ४ गते प्रदेश प्रमुख मियाँसमक्ष २१ जना सांसदहरूले विपद्का विषयमा सरकारलाई निर्देशन दिन आवश्यक रहेको भन्दै अधिवेशन आह्वान गर्न लिखित आग्रह गरेका थिए ।

    प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेश सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने संविधानको धारा १८३ मा व्यवस्था रहेको छ ।

    उक्त व्यवस्था अनुसार प्रदेश प्रमुख मियाँले आज २ बजेको लागि बैठक आह्वान गरेका थिए । प्रदेश प्रमुखले तोकेको समय र मितिमा बैठक आह्वान गरे पनि नेकपा एकीकृत समाजवादीका कोही पनि सांसद बैठकमा उपस्थित भएनन् । सुदूरपश्चिममा नेकपा एसका चार सांसद छन् । संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् भने प्रमुख सचेतक माया पन्त उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयको जिम्मेवारीमा छन् ।

    ती बाहेक अन्य दुई सांसद प्रकाश रावल र नरेश शाही पनि बैठकका उपस्थित थिएनन् । मुख्यमन्त्री सोडारीले आफ्ना केही सांसदहरूलाई बैठकमा सरकार सहभागी नहुने सन्देश दिएका थिए ।

    मुख्यमन्त्री सोडारीको सोही योजना अनुसार सोडारी र पन्त बैठकका आएनन् । अन्य दुई नेताले भने प्राविधिक कारणले आफू संसद्मा उपस्थित हुन नपाएको जनाएका छन् ।

    ‘म उपचारको निम्ति काठमाडौँ छु त्यो भएको हुँदा बैठकमा जान पाइन’ नेकपा एसका उपनेता रावलले भने ‘ बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा त्यस्तो विमर्ष भएको होइन ।’

    मुख्यमन्त्री सोडारीले सरकारका मन्त्रीहरूलाई भने बैठकका उपस्थित नहुने बताएका थिए । बजेट पारित गर्न नसकेपछि सरकारले अध्यादेश ल्याउने तयारी गरेको थियो तर, त्यो भन्दा पहिले नै एक चौथाइ सांसदले लिखित रूपमा प्रदेश प्रमुखलाई बैठक आह्वान गर्न भनेर बैठक आह्वान भएपछि अध्यादेश ल्याउने मुख्यमन्त्रीको तयारीमा ब्रेक लागेको थियो ।

    मुख्यमन्त्री सोडारी त्यसपछि रुष्ट भएका थिए । आजको बैठकमा पनि उनले सहभागी नहुने बताएका थिए । हिजोको कार्य व्यवस्था परामर्श समितिमा पनि सरकारको तर्फबाट कोही सहभागी भएका थिएनन् ।

    सरकारका कोही पनि बैठकमा सहभागी नहुन भनिए पनि कृषि तथा भूमि सुधार मन्त्री टिका थापा बैठकमा सहभागी भएकी थिइन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएकी हुन् । नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले पनि उनलाई बैठकमा आउन भनेका थिए ।

    ‘मैले पनि उहाँलाई प्रदेश सभा बैठकमा आउन भनेको थिए ’ संसदीय दलका नेता चौधरीले भने ‘बैठकमा नआउने कुरा ठिक होइन भन्ने उहाँलाई पनि लागेको होला उहाँ आउनु भयो ।’

    मन्त्री थापाले आफूलाई केही दिन पहिले मुख्यमन्त्री सोडारीले केही दिन काठमाडौँमै बस्न भनेको तर, प्रदेश सभा बैठक आह्वान भएपछि बैठकका सहभागी भएको बताइन् । उनले संसदीय दलको नेताले पनि आफूलाई बैठकमा आउन भनेको बताइन् ।

    ‘मुख्यमन्त्रीले केही दिन पहिले काठमाडौँ हुँदा केही दिन उतै बस्नुहोला भन्नु भएको थियो त्यो बेला कुरा प्रस्ट भन्नुभएन आज बैठकका अन्य कुनै पनि मन्त्री उपस्थित हुनुहुन्थेन’ उनले भनिन्, ‘प्रदेश सभा बैठक आह्वान भएपछि म गएको हो । दलको नेताले पनि खबर गर्नु भएको थियो । ’

    सरकारको तर्फबाट एक मन्त्री उपस्थित भएपछि सभामुख भीम भण्डारीले बैठक सुरु गरेका थिए । उनले प्रदेश प्रमुख मियाँले पठाएको पत्र पढेर सुनाएका थिए । त्यस लगत्तै सभामुख भण्डारीले अनिश्चितकालसम्मको लागि बैठक स्थगित भएको जानकारी गराएका थिए ।

  • ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर (भिडिओ)

    ओलीप्रति माधव नेपालको टिप्पणीः आफू स्वर्ग लाग्यो, अर्कोलाई लात्ती हिर्काएर नर्कतिर (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अचानक सत्ता समीकरण परिवर्तन गर्नुको कुनै पनि औचित्य पुष्टि नहुने बताएका छन् । स्वर्ग र नर्क सँगै जाने भनेर एकजनालाई धोका दिइएको उनले टिप्पणी गरे ।

    आज संसदमा प्रधानमन्त्रीले मागेको विश्वासको मत माथिको छलफलमा बोल्दै नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

    नेपालको भनाइः

    ‘हामीलाई अचम्म लागेको छ । एउटा गठबन्धन तुरुन्त तोडेर अर्को समिकरण निर्माण केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भनेर बचन दिएको पनि सुन्नमा आएको छ । सुन्दै आनन्द लाग्ने कुरा । तर, आफू स्वर्गतिर लाग्यो… अर्कोलाई लात्ति हिर्काएर नर्कतिर… । अचानक गठवन्धन किन तोडियो ? किन फेरियो ? यो कतैबाट पनि उचित हो भनेर पुष्टि गर्न सकिन्न । स्वर्ग र नर्क सँगै जाने कसमको भुलभुलैया सिर्जना गरेर अघिल्लो रातिसम्म ओत लागेको गठवन्धन सरकार भोलिपल्ट मिर्मिरे अगाडि ढालेर पिटिएको डंकाको औचित्य छैन ।

  • विश्वासको मतको विपक्षमा मतदान गर्न नेकपा एसको ह्वीप

    विश्वासको मतको विपक्षमा मतदान गर्न नेकपा एसको ह्वीप

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ ।

    प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको नेता मेटमणि चौधरीले जानकारी दिए ।

    उनले भने “सरकारमा सहभागी दलको साझा नीति तथा कार्यक्रमका आधारमा पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने छ । पार्टीले प्रतिपक्षमा रहेर सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्नेछ ।”

  • बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरु/ भिडिओ)

    बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूको प्रदर्शन (तस्बिरहरु/ भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनप्रति ऐक्यवद्धता जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ ।

    बङ्गलादेशमा विद्यार्थीमाथिको दमन बन्द गर्नुपर्ने भन्दै अनेरास्ववियूले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले विद्यार्थी हत्या बन्द गर, बंगलादेशका विद्यार्थीलाई समर्थन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    अनेरास्ववियूकी अध्यक्ष आरती लामाले बंगलादेशमा विद्यार्थीहरुमाथि भइरहेका दमन र हत्याको विरोध र आन्दोलनरत विद्यार्थी संगठनको पक्षमा समर्थन रहेको बताइन् ।

    उनले बंगलादेशका विधार्थीहरुको समर्थनमा विश्वका विद्यार्थी संगठनहरु गोलबन्द हुन जरुरी रहेको उल्लेख गरिन् ।

    बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

    तस्बिरहरु : उमेश कार्की

     

  • घनश्यामको टिप्पणी : कांग्रेस-एमालेले माओवादीलाई घुस खान सिकाए (भिडिओ)

    घनश्यामको टिप्पणी : कांग्रेस-एमालेले माओवादीलाई घुस खान सिकाए (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कांग्रेस एमालेले माओवादीलाई घुस खान सिकाएको आरोप लगाएका छन्।

    शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै दुई ठूला दल मिलेर माओवादीलाई पनि आफूजस्तै बनाएको टिप्पणी गरे।

    उनले भने, ‘घुस खाने मान्छेहरु नभएको पार्टीले मात्रै राम्रो सरकार बनाउँन सक्छ। राजाले घुस खान परम्परामा सिके, अन्तबाट पनि सिके होलान्, कांग्रेसले राजावाद सिक्यो संस्थागत रुपमा, हामी एमाले भएर कांग्रेसबाट सिक्यौं, हामी दुईटै मिलेर माओवादीलाई घुस खान सिकाएका हौं भन्ने लाग्छ। हामीले आफूजस्तै बनाइदियौं भन्ने लाग्छ मलाई चाहिँ।’

    उनले पार्टीहरुलाई अब राज्यदोहन गरेर आफू र नेता कार्यकर्ता पाल्ने तगारो तोक्नुपर्ने बताए।

  • सरकार गठन गर्दा संविधान मिचेको विपक्षी तीन दलको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने

    सरकार गठन गर्दा संविधान मिचेको विपक्षी तीन दलको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एसबीच प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार बनाउन संविधान मिचेर बनाएको निष्कर्ष निकालेको छ ।

    माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकार संविधानको कमजोर जगमा उभिएर बनेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो। उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ। यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रूपमा लैजाने कुरा भएको छ।’

    उनले थप कुरा आइतबारको प्रतिनिधि सभाको बैठकमा राख्ने बताए।

    उनले थपे, ‘जनताको अपेक्षा भन्दा बाहिर गएर सत्तापक्ष निरङ्कुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको छ। जनतामा आशङ्का छ, प्रतिपक्षबाट हामी सशक्त खबरदारी गर्छौँ।’

    यस्तै, बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा साझा धारणा बनाएर जानेबारे छलफल भएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

    उनले भने, ‘प्रधानमन्त्रीले पर्सी विश्वासको मत लिँदै हुनुहुन्छ। हामी प्रतिपक्षमा भएकाहरू विश्वासको मतको सवालमा साझा धारणा बनाएर जाने विषयमा छलफल भयो।’

    उनले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्नुपर्ने माग गरे।

    उनले भने, ‘दुई ठूला दल मिलेर सरकार बनाइसकेको अवस्था छ । उहाँहरूको साझा धारणा अहिलेसम्म आएको छैन। के शर्तमा मिल्नुभयो पनि आएको छैन। प्रधानमन्त्रीले के बापत सदनमा विश्वासको मत माग्नुहुन्छ ।’

  • नेकपा एसको महाधिवेशन : नेताले छाने नेता, अरू पदाधिकारी कता ?

    नेकपा एसको महाधिवेशन : नेताले छाने नेता, अरू पदाधिकारी कता ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा अपूरो कमिटी घोषणा गरेर टुंग्यायो ।

    महाधिवेशन सकिएको १० दिनभित्र पार्टीले नयाँ नेतृत्व पाउने भनिएपनि त्यो सफल हुन सकेको छैन । महाधिवेशनले अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई नै दोहोर्‍याएको थियो ।

    केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिइयो । महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटीमात्रै घोषणा गरेको थियो । अहिले नेताहरूलाई नयाँ जिम्मेवारी नतोकेसम्म पुरानै जिम्मेवारी सम्हाल्न भनिएको छ ।

    महाधिवेशनलगत्तै बसेको बसेको पहिलो केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्ज र सचिवहरूसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको नेता जीवनराम श्रेष्ठले बताए ।

    उनले भने, ‘हामीले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम सिफारिस गर्न भनेका छौं । अब केन्द्रीय कमिटीले पूर्णता पाएपछि मात्रै पदाधिकारी चयन प्रक्रियामा जान्छौं ।’

    उनले केन्द्रीय सदस्यहरूको नाम आउने क्रममा रहेकाले चाँडै पूर्णता दिने तयारी रहेको बताए । नेकपा एसमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ ।

    वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे, बेदुराम भुसाल र प्रमेश हमालको बलियो दाबी छ । त्यसमध्ये पाण्डको सम्भावना रहेको एक नेताले बताए ।

    ती नेताले भने, ‘केन्द्रीय सदस्य छानिसकेपछि पूर्ण केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने भनिएको छ । पदाधिकारीमा आकांक्षी धेरै छन्, त्यसैले अझै मिलाउन केही समय लाग्ला ।’

    पदाधिकारीमा आकांक्षी धेरै भएकाले पुरानैमा केही हेरफेर गरेर त्यही टीम आउनसक्ने बताइन्छ ।

    नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चयन गर्नुपर्नेछ । त्यसो त आवश्यकताअनुसार वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने नेकपा एसको निर्णय छ ।

    त्यो पद एमालेबाट डिलमा धकेलिएका भीम रावलको लागि सिर्जना गरिन लागेको चर्चा छ । रावललाई पार्टीमा भित्र्याउनबारे छलफल भइरहेपनि सकारात्मक जवाफ नआएको एक नेताले बताए ।