Category: नेकपा एमाले

  • लिपुलेकबारे सरकारका प्रवक्ता- डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौं (भिडिओ)

    लिपुलेकबारे सरकारका प्रवक्ता- डिप्लोमेटिक डाइलगबाट समाधान गर्छौं (भिडिओ)

    पोखरा । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुराको समस्या डिप्लोमेटिक डाइलगको माध्यमबाट समाधान गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता गुरुङले लडाई गरेर भूमि प्राप्त गर्ने कल्पना नगरेको बताएका हुन् ।

    ‘डिप्लोमेटिक डाइलगको माध्यमबाट समस्या समाधान गर्ने हो, लडाई गरेर प्राप्त गर्ने त कल्पना गरेका छैनौँ,’ उनले भने ।

    उनले उक्त भूमि नेपालकै भएको उल्लेख गरे । उनले भने, ‘त्यो भूमि हाम्रै हो । बिचमा अतिक्रमण हुँदै गएर क्लेम गर्न नसक्दा हेरेर बसेको हुनाले उसैको९भारत० जस्तो भो । उपभोग पनि उसैले गरेको स्थिति छ ।’

    भारत र चीनबीच नेपालको पूर्वसहमति र परामर्श बिना लिपुलेक नाकालाई दुई देशबीचको व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने भनी गरिएको सम्झौता गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

    सरकारका प्रवक्ता गुरुङले लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि भएकाले त्यसबाट पछि नहट्ने अठोट गरे । ‘लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो । नेपालको स्वामित्वमा रहेको जग्गा हो । नेपालले त्यसलाई क्लेम गर्छ । तथ्य प्रमाणले त्यही कुरा गर्छ,’ उनले भने, ‘त्यसबाट हामी पछि हटेको होइन । हट्ने कुरै छैन । अन्तर्राष्ट्रिय फोरमहरूमा सरकारले नगर्ने कुरै छैन ।’

  • विद्या भण्डारीलाई एमालेका पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गर्दै पोखरेलले भने- यसले ठूलो सन्देश दिन्छ

    विद्या भण्डारीलाई एमालेका पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गर्दै पोखरेलले भने- यसले ठूलो सन्देश दिन्छ

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेको नेताका रूपमा सम्बोधन गरेका छन् । भण्डारीको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले एमालेकी पूर्वउपाध्यक्षको रूपमा सम्बोधन गरेका हुन् ।

    उनले झट्ट हेर्दा सानो कार्यक्रम भएपनि महत्त्वपूर्ण सन्देश दिने बताए । एमालेले भण्डारीको सदस्यता नवीकरण नगरेर पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मान दिने निर्णय गरेको थियो ।

    तर, त्यो निर्णयप्रति असन्तुष्ट पोखरेलले भण्डारीकै कार्यक्रममा पुगेर एमाले नेताको रूपमा सम्बोधन गरे ।

    भण्डारीलाई साथ दिन पोखरेलसहित अर्का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवाराज ज्ञवालीसहितका नेताहरू पुगेका छन् ।

  • विद्याको सम्पर्क कार्यालय उद्घाटनमा पुगे एमालेका तीन पदाधिकारी, अरु नेता को-को गए ?

    विद्याको सम्पर्क कार्यालय उद्घाटनमा पुगे एमालेका तीन पदाधिकारी, अरु नेता को-को गए ?

    काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले बानेश्वर थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गरेकी छन् ।

    एमालेले पार्टीमा फर्किन निषेध गरेपछि विद्यालय ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को यही कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

    उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली पुगेका हुन् ।

    व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

    पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, पत्रकारका नेता राजेश राई, युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेतलगायत देखिएका छन् ।

  • बालबालिकाको अवैध ओसारपसारमा उपसभामुखको संस्था जोडिएको जाँचबुझ आयोगको प्रतिवेदनमा छ: योगेश भट्टराई (भिडिओ)

    बालबालिकाको अवैध ओसारपसारमा उपसभामुखको संस्था जोडिएको जाँचबुझ आयोगको प्रतिवेदनमा छ: योगेश भट्टराई (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विषयलाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखमाथि गत वर्षदेखि नै प्रश्न उठिरहेको बताए।

    उनले भने, ‘उहाँले पत्र लेखेको विषय सदनलाई जानकारी नै छ। जिम्मेवार पदमा बसेको मान्छेले दूतावासमा पत्र लेख्न हुन्छ कि हुँदैन भन्ने कुरा सामान्य जानकारी राख्नुपर्ने हो। उहाँ संसद्को गरिमासँग जोडिएको व्यक्ति हो।’

    उनले उपसभामुखको विषयमा शिफल बाल सङ्गठनको सुधार गृहबाट ५ जना बच्चा हराएको विषयलाई पनि जोडे।

    उनले थपे, हराएका बच्चाहरूको खोजी हुँदा २०७२ साल माघ १८ गते सो कार्यालयका एक कर्मचारीले केन्द्रीय बाल कल्याण परिषद्मा गएर एउटा बयान दिन्छन्। ती बच्चाहरू पिए नेपालका मानिसहरूले जबरजस्ती लिएर गएका छन्। त्यसको कार्यकारी प्रमुख हुनुहुन्थ्यो अहिलेको हाम्रो उपसभामुखज्यू।

    उनले अवैध रूपमा बालबालिका ओसारपसारमा संलग्नहरूको अध्ययन गर्नको लागि तत्कालीन सरकारले पाटन उच्च अदालतका न्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग बनाएको स्मरण गरे। आयोगले बुझाएको प्रतिवेदन अझै सार्वजनिक नभएको भन्दै त्यसमा पिए नेपाल पनि संलग्न रहेको चर्चा रहेको बताए।

    उनले भने, ‘२०७२ कात्तिक १७ गते बाल संगठनको बालगृहबाट ५ बच्चाहरु हराए । २०७२ माघ १८ गते बाल कल्याण समितिमा एकजना कर्मचारीले दिएको बयानमा पिए नेपालले लगेको भनिएको छ । प्रिजनर्स असिस्टेन्ट नेपालको कार्यकारी अध्यक्ष त्यो बेला हालको उपसभामुख इन्दिरा राना हुनुहुन्थ्यो । उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा गठित समितिले उक्त संस्थाको नाम किटान गरेको भनिएको छ । प्रतिवेदन सार्वजनिक होस् ।’

    उनले प्रतिवेदनमा पिए नेपालमाथि पनि सङ्गठित अपराधमा अनुसन्धान गरी कारबाही गर्न सिफारिस भएको उल्लेख रहेको भन्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। उनले राना उपसभामुख भएपछि मात्रै त्यो संस्थाबाट अलग भएको बताए।

  • थापागाउँतर्फ अघि बढेका विद्याका पाइला (तस्बिरहरू)

    थापागाउँतर्फ अघि बढेका विद्याका पाइला (तस्बिरहरू)

    काठमाडौं । एमालेले च्यासलको ढोका बन्द गरेपछि पनि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुन लागेको छ ।

    भण्डारीले बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरबाटठ्ठ ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय मार्फत् राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् ।

    उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, व्यवस्थापन समितिका संयोजक पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ता देखिएका छन् ।

    हेरौं केही तस्बिरहरू

  • कोशीमा सभामुख फेर्ने कांग्रेस-एमालेको कसरत, विष्टमाथि गणतन्त्रविरोधीको आरोप

    कोशीमा सभामुख फेर्ने कांग्रेस-एमालेको कसरत, विष्टमाथि गणतन्त्रविरोधीको आरोप

    विराटनगर । कोशीमा कांग्रेस-एमाले गठबन्धन सभामुख अम्बरबहादुर विष्टलाई हटाउने कसरतमा लागेका छन् । दुई दलीय संयन्त्रको बैठकमा भने यो विषयले प्रवेश पाएको छैन । एमाले र कांग्रेसका शीर्ष नेता सम्मिलित संयन्त्रको निर्णयका आधारमा यस्ता महत्वपूर्ण विषय टुंगिने गरेको छ ।

    राजतन्त्रको वकालत गर्ने गरेको, गणतन्त्रलाई अस्वीकार गरेको लगायतका आरोपमा उनलाई हटाउन लागिएको हो । विष्टको माउ पार्टी राप्रपा हो ।

    गएको जेठ १४ गते प्रदेश सरकारद्वारा आयोजित गणतन्त्रसम्बन्धी छलफल कार्यक्रममा अतिथि निम्त्याएका विष्ट उपस्थित भएका थिएनन् । कार्यक्रम चलिरहँदा उनी प्रदेशसभामै थिए । प्रदेश सरकारले गणतन्त्र दिवसका दिन आयोजना गरेको प्रभात फेरीमा पनि गयल देखिए ।

    गणतन्त्र दिवसको कार्यक्रममा नआएको विषयमा आलोचना भयो । गणतन्त्र दिवस वहिष्कार गरेको टिप्पणी गरेपछि उनले मान्छेको ‘काम पर्दैन त ?’ भनेर जवाफ दिएका थिए ।

    नेकपा एमालेका एक नेताले सभामुख फेर्नुपर्ने निचोडमा दुई दल पुगेको बताए । ‘छलफल भइरहेको छ । प्रक्रियामा कहिलेदेखि छिर्ने भन्ने टुंगिएको छैन’, उनले भने ।

    यहाँ एमालेबाट सिर्जना दनुवार उपसभामुख छिन् । सभामुख फेर्दा कांग्रेसले मौका पाउनेछ ।

    कोशीमा एमालेका उपसभामुख सहित ४१ जना र कांग्रेसका २९ जना सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा सभामुख फेर्न चाहिने संख्या दुई दलसँग पर्याप्त छ । विष्ट २०८० पुस २४ गते निर्विरोध निर्वाचित भएका थिए ।

    तत्कालीन गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार गठनमा बहुमत पुर्‍याउन माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले भोट हालेका थिए । अदालतले उनको हस्ताक्षरलाई मान्यता नदिएपछि राजीनामा दिन तयार भए । २०८० साउन १६ बाट ५ महिना सभामुख पद रिक्त भयो ।

    पछि एमाले र राप्रपाको बहुमतबाट विष्ट सभामुख चुनिएका थिए । उनका प्रतिद्वन्द्वी कसैले खडा गरेनन् । प्रदेश सभामा राप्रपाको ६ सिट रहेको छ ।

  • विद्याको सम्पर्क कार्यालय २ बजे उद्घाटन, ईश्वर पोखरेलको पनि सम्बोधन

    विद्याको सम्पर्क कार्यालय २ बजे उद्घाटन, ईश्वर पोखरेलको पनि सम्बोधन

    काठमाडौं । सदस्यता नवीकरण नगर्ने पार्टीले निर्णय गरे पनि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।

    च्यासलको ढोकामा तगारोपछि भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् । यद्यपि, बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।

    दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ ।

    व्यवस्थापनमा खटिएका एक नेताका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने गरी सुरूमा छलफल भएको थियो ।

    ‘मूल समारोह समितिका संयोजक डोरमणि कमरेडले औपचारिक निम्तोका लागि समय माग्नुभयो, तर प्रधानमन्त्रीज्यूबाट समय नपाइएपछि विद्या भण्डारीबाटै उद्घाटन गर्न लागेका हौ’, ती नेताले भने ।

    एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ । केही नेतालाई हातैमा र नभेटिएकाहरूलाई केन्द्रीय कार्यालय सचिवमार्फत् पाउने गरी निम्तो थमाइएको छ ।

    ४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी विद्याले मदन भण्डारी फाउन्डेसन मार्फत देशभर नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् ।

    विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको यो घरलाई २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

    मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।

    भण्डारी दैनिक कार्यालयमा उपस्थित भएर नेता-कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाटसँगै आफ्नो राजनीतिक गतिविधि अघि बढाउने उनी निकटका नेताले बताएका छन् ।

  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    उनका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उनले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिए ।

    विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नेछन् । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।

    कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताए । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।

    दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ । एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ ।

  • इलामकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएकाेमा सुहाङकाे आपत्ति, त्यहीँ पुनःस्थापना गर्न माग

    इलामकाे खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएकाेमा सुहाङकाे आपत्ति, त्यहीँ पुनःस्थापना गर्न माग

    काठमाडौं । प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारिएकोमा आपत्ति जनाएका छन् ।

    बुधबार बसेको संसद बैठकमा नेम्वाङले कार्यालय सारिएकोमा आपत्ति जनाउँदै त्यहीँ स्थानमा पुनर्स्थापना गर्न मागसमेत गरे ।

    ‘अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ । सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्याउँदै आएको थियो’, उनले भने ।

    त्यस्तै, उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार भएको उल्लेख गर्दै टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

    ‘म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु —यथाशीघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस्’, उनले भने ।

    यस्ताे थियाे उनकाे भनाइ:

    सम्माननीय सभामुख महोदय,

    – म यस सदनमार्फत फेरि एकपटक सुशासन र सेवा प्रवाहको सवालमा आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु।

    – मैले अस्ति भर्खरै उठाएको कुरा यही हो—सरकार भनेको जनता प्रति उत्तरदायी संस्था हो, जसको प्रत्येक निर्णय र कदमहरूले, जनताले – प्रत्यक्ष सेवा पाएको महसुस गर्न सक्नुपर्छ।

    – तर, अहिले इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ । सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पु¥याउँदै आएको थियो ।

    यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवा प्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ।

    – सेवा प्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो । यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नु पर्दछ ।

    – त्यसैले, म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु —यथासिघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस् ।

    धन्यवाद।

     

  • कांग्रेस-एमालेलाई रास्वपाको जवाफ : तपाईँहरू जति उफ्रे पनि उपसभामुखले पाएको सम्मानभन्दा माथि पुग्नुहुन्न (भिडिओ)

    कांग्रेस-एमालेलाई रास्वपाको जवाफ : तपाईँहरू जति उफ्रे पनि उपसभामुखले पाएको सम्मानभन्दा माथि पुग्नुहुन्न (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमालेले अघि बढाएको प्रयासप्रति आपत्ति जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँहरूलाई निषेध गर्न खोजेको आरोप लगाए।

    उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’

    उनले आफूहरूलाई कमजोर बनाउने खोजिए पनि निषेध गर्न कुनै हालतमा सक्ने बताए। उनले सदनमाथि बारम्बार भइरहेको आक्रमण टुलुटुलु हेरेर बस्न नसक्ने चेतावनी दिए।

  • उपसभामुखबारे एमाले- तत्काल हटाउन प्रस्ताव राख्ने मनसाय छैन, उहाँमाथि उठेका प्रश्नको राफसाफ गर्नुपर्छ (भिडिओ)

    उपसभामुखबारे एमाले- तत्काल हटाउन प्रस्ताव राख्ने मनसाय छैन, उहाँमाथि उठेका प्रश्नको राफसाफ गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले आज भोलि नै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन मनसायले सांसदहरूको हस्ताक्षर सङ्कलन नगरिएको दाबी गरेका छन्।

    संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभामुखको बारेमा केही प्रशंग संसद्मा उठेको यथार्थ भएको बताए।

    उनले भने, ‘अहिले रास्वपासहित केही दलहरूले भिजिट भिसा प्रकरणको विषयलाई लिएर सदन बहिस्कार गरिरहेका छन्। हिजो उपसभामुखले पनि असम्बन्धित मान्छेलाई अमेरिका लैजानको लागि अमेरिकी दूतावासमा पत्र लेख्नुभएकै हो। त्यो विषय अहिलेसम्म राफसाफ भएको छैन। उहाँलाई आज भोलि नै सत्तारुढ दलहरूले पद अनुसारको आचरण नगरेको भनेर हटाउने प्रस्ताव ल्याउन लागिएको होइन। अहिले भर्खर कुनै प्रस्ताव दर्ता गर्न खोजिएको छैन। तर उहाँमाथि प्रश्न उठेको छ।’

    भिजिट भिसा प्रकरणले सदनमा विरोध र बहिस्कार चलिरहेको बेलामा सभामुखको विषयमा छलफल सतहमा आउनुलाई अन्यथा लिन नहुने बताए।

    उनले थपे, ‘तर उठेका बहस र छलफललाई समयक्रममा निरूपण गर्नुपर्छ। उहाँमाथि उठेको विषयमा संसद्ले राफसाफ पार्नुपर्छ। यो सरकारको विषय होइन। संसद्को विषय हो। तर आजभोलि नै उहाँलार्ई हटाउने प्रस्ताव राख्ने मनसाय छैन।’

  • १० वर्षपछि एमाले मोरङको कार्यालयमा पुगिन् विद्या, सचिव भन्छन्- औपचारिक कार्यक्रम छैन

    १० वर्षपछि एमाले मोरङको कार्यालयमा पुगिन् विद्या, सचिव भन्छन्- औपचारिक कार्यक्रम छैन

    विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मोरङको कार्यालय पुगेकी छन् ।

    भण्डारी विराटनगर ओर्लिएसँगै भण्डारीलाई पार्टी कार्यालय लैजाने कार्यसूची बनेको थियो । एमाले मोरङ र कोशी प्रदेशको कार्यालय विराटनगरस्थित पाञ्चालीमा रहेको छ ।

    एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी १० वर्षपछि मोरङको पार्टी कार्यालय पुगेकी हुन् । त्यहाँ उनले मदन-आश्रितको सालिकमा माल्यार्पण गरिन् । एमाले मोरङका सचिव सोमराज थापाले पूर्वराष्ट्रपति भण्डारीको औपचारिक कुनैपनि कार्यक्रम नरहेको बताए ।

    ‘उहाँले काठमाडौं फर्कनुअघि पार्टी कार्यालय भवन अवलोकन गर्ने कार्यक्रम राखिएको हो’, उनले भने ।

    एमाले मोरङका अध्यक्ष अजम्बर राई, सचिव सोमराज थापालगायत पदाधिकारी सबै कार्यालयमा पुगेका छन् । जिल्ला कमिटीमा संस्थापन इतरको पकड छ ।

    भण्डारी पार्टी कार्यालयमा पुग्दा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने देखिएनन् । राई केही दिनदेखि काठमाडौंमा छन् । यस्तै खतिवडा एमाले सङ्खुवासभाको बैठकमा सहभागी हुन खाँदबारी गएका छन् ।

    भण्डारी पाटी कार्यालय जाने विषयमा आफूहरूसँग औपचारिक जानकारी नआएको प्रदेश अध्यक्ष खतिवडाले बताए ।

    जिल्ला समितिले भने पार्टी कार्यालयमा भण्डारी आउने भएकाले स्वागतमा सहभागी हुन भनेको थियो ।

    महानगर इन्चार्ज परशुराम बस्नेतले पार्टी कार्यालयमा कार्यकर्ता भेला नभएको भन्दै त्यहाँ नजान सामाजिक सञ्जालबाट उर्दी जारी गरेका छन् ।

  • कांग्रेससँग सल्लाह गरेर सांसदहरूको हस्ताक्षर लिइएको होइन, संयोगले एकैदिन परेको हो : योगेश भट्टराई (भिडिओ)

    कांग्रेससँग सल्लाह गरेर सांसदहरूको हस्ताक्षर लिइएको होइन, संयोगले एकैदिन परेको हो : योगेश भट्टराई (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीले सांसदहरूको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।

    एमाले र कांग्रेस दुवै पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेर सांसदहरूको हस्ताक्षर गराइरहेको बेलामा सचिव भट्टराईले यस्तो बताएका हुन्।

    संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘यस्तो हस्ताक्षर अहिले मात्रै होइन ०८४ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा पनि चल्छ। दलले पार्टीका सांसदहरूको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेला अपर्झट प्रस्तावहरू दर्ता गर्नुपर्ने हुनसक्छ। त्यसैले पूर्वतयारका लागि हस्ताक्षर लिन्छौँ।’

    उनले कांग्रेस र एमालेले सल्लाह नै गरेर सांसदहरूको हस्ताक्षर नलिएको बताए। उनले थपे, ‘कांग्रेस र हामीले सल्लाह गरेर हस्ताक्षर लिएका होइन। एकै दिन परेको होला। संयोग हो। हस्ताक्षर महाअभियोग, सरकार बदल्नमा पनि प्रयोग हुन्छन्।’

  • हस्ताक्षर गरेर निस्किएका गोकुलले भने- निर्देशन अनुसारको काम गरियो, विषय थाहा छैन (भिडिओ)

    हस्ताक्षर गरेर निस्किएका गोकुलले भने- निर्देशन अनुसारको काम गरियो, विषय थाहा छैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका सांसदहरुलाई आज आकस्मिक वैठकका लागि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनियो र उनीहरु पार्टीको निर्देशन मान्दै हाँपझाँप गरेर आए । धेरैजसोलाई के विषयमा आकस्मिक वैठक बोलाइएको हो भन्ने पनि थाहा थिएन ।

    एमालेका प्रभावशाली नेता तथा सांसद गोकुल बास्कोटा पार्टीको निर्देशन अनुसार संसदीय दलको कार्यालयमा उपस्थित भएको बताउँछन् । हस्ताक्षर गरेपछि पत्रकारहरुसँग ठोक्किएका उनले हस्ताक्षर किन र केका लागि भन्ने बारेमा ‘थाहा नभएको’ ठट्टामिश्रित टिप्पणी गरे ।

    उनले भने, ‘निर्देशन अनुसारको काम गरियो । सूचना थाहा भएन ।’

    निर्देशन के विषयमा थियो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले ‘मलाई थाहा भएन’ भन्ने जवाफ दिए ।

    पत्रकार र बास्कोटाबीच भएको संवाद यस्तो थियो :

    पत्रकार- हजुरले के गरेर आउनुभयो ?
    बास्कोटा– मैले त के गर्नु र ?

    पत्रकार- निर्देशन के थियो ?

    बास्कोटा- दलको कार्यालयमा आउनु भन्ने थियो ।

    पत्रकार- त्यसपछि ?

    बास्कोटा- प्रमुख सचेतकसँग भेट्नु भन्ने थियो । उहाँले ठिक छ भन्नुभयो निस्केँ र

    पत्रकार- हजुरले के गरेर आउनुभयो ?

    बास्कोटा- कुरा गरेर आएँ ।

    पत्रकार- के कुरा गर्नुभयो ?

    बास्कोटा- त्यस्तै सन्चो विसन्चो, के छ कसो छ ।

    पत्रकार- त्यत्ति हो कुरा ?

    बास्कोटाः अरु कुरा के हुन्छ र रु काम के हुन्छ, त्यो भोलि थाहा हुन्छ ।

    पत्रकार- विशेष केही थियो कि ?

    बास्कोटा- भेटघाट हो । बैठक होइन

  • विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

    विद्या भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई एमाले संस्थापनको उर्दी

    विराटनगर । नेकपा एमालेको संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा नजान पार्टी पंक्तिलाई निर्देशन दिएको छ । हिजोदेखि मोरङमा रहेर पार्टीका कार्यकर्ता भेटिरहेकी भण्डारीको कार्यक्रममा नजान एमालेको विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले उर्दी जारी गरेका हुन् ।

    उनले भनेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ ।’

    नेकपा (एमाले) को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण नगरिएको उनले सर्कुलरमा उल्लेख गरेका छन् ।

    बस्नेतले थपेका छन्, ‘जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन । तसर्थ, सो झूटो प्रचारप्रसारप्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टीप्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु ।’

    हिजो भण्डारी विराटनगर उत्रिँदा पनि यसअघि भण्डारीको स्वागतमा देखिने नेताहरू गएनन् । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थल जाने गरेका थिए ।

    हिजो भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी पुगेका थिए ।

    भण्डारी आजै काठमाडौं फर्किँदैछिन् ।

  • संवैधानिक परिषदमा बहुमत पुर्‍याउने कांग्रेस–एमालेको दाउ

    संवैधानिक परिषदमा बहुमत पुर्‍याउने कांग्रेस–एमालेको दाउ

    काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई बर्खास्त गर्ने तयारी गरेसँगै राजनीति तरंगित बनेको छ । हिजोसम्म कुनै चर्चा नभएको विषय आज अचानक उब्जिएपछि सत्तारुढ दलकै मझौला नेताहरू पनि छक्क परेका छन् ।

    उपसभामुख राना संसदको लेटरहेड दुरुपयोग गरेर अनधिकृत व्यक्तिहरूलाई अमेरिका पठाउनका लागि दूतावासमा सिफारिस गरेको विषयमा विवादमा मुछिएकी थिइन् । कांग्रेस र एमालेले यसैलाई लिएर बेलाबखत उनलाई पदबाट हटाउने कसरत गर्दै आएका छन् । यस पटकको कसरत चाहिँ अलिकति गम्भीर छ ।

    हालै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी विधेयक अनुमोदन नगरीकन फिर्ता गरिदिएपछि एमाले झस्किएको थियो । हाल संवैधानिक परिषदमा सत्तारुढ दलहरू अल्पमतमा रहेका छन् । परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता रहने संवैधानिक व्यवस्था छ ।

    अहिले सत्तापक्षबाट प्रधानमन्त्री र सभामुख छन् । प्रधानमन्त्री केपी ओली र सभामुख देवराज घिमिरे एमालेका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादीका हुन् भने उपसभामुख राना रास्वपाकी हुन् । प्रधानन्यायाधीश तटस्थ रहन्छन् ।

    प्रतिपक्षी दलकै तीनजना सदस्य भएकाले संवैधानिक परिषदमा सत्तापक्ष अल्पमतमा रहेको छ । यसले गर्दा बैठक राखेर आफूहरूले चाहेबमोजिम नियुक्त गर्न सक्ने अवस्थामा प्रधानमन्त्री छैनन् । गठबन्धन सहयात्री दल कांग्रेसको परिषदमा प्रतिनिधित्व नै छैन । कांग्रेसले परिषदमा भाग खोजेको र प्रधानमन्त्रीले सत्तापक्षको बहुमत पुर्‍याउन चाहेको हुँदा दुवैको स्वार्थ मिलेको हो ।

    यदि उपसभामुखलाई हटाउन सफल भएमा कांग्रेसबाट उपसभामुख बनाउने रणनीति छ । त्यसपछि परिषदका ३ सदस्यहरू सत्तापक्षका हुनेछन् र एमाले–कांग्रेसबीच हुने भागबण्डा अनुसार निर्णय लिन सहज हुने छ ।

  • उपसभामुखलाई हटाउन एमाले सांसदहरूको हस्ताक्षर धमाधम

    उपसभामुखलाई हटाउन एमाले सांसदहरूको हस्ताक्षर धमाधम

    काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ ।

    आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो । अहिले आफूहरू उपस्थित भएर हस्ताक्षर जारी रहेको एक सांसदले नेपाल प्रेसलाई बताए । एमाले सांसद मुख्य सचेतकको कार्यकक्षमा छिरेर हस्ताक्षर गर्दै निस्किरहेका छन् ।

    प्रतिनिधिसभामा एमालेका कुल ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा भएकाले ७८ जना कायम छन् ।

    जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।

    कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ ।

    उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै हटाउन प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।

    उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

  • एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण

    एमालेका सांसदलाई आकस्मिक रूपमा दलको कार्यालयमा बोलाइयो, यस्तो छ कारण

    काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा संसदीय दलको कार्यालयमा बोलाएको छ ।

    जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना पठाइएको एक सांसदले बताए ।

    छलफलको विषयवस्तु प्रस्ट पारिएको छैन । तर संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।

    यसबाहेक कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव लैजाने छलफल समेत भइरहेकाले सांसदहरूलाई हस्ताक्षरका लागि बोलाइएको अनुमान समेत गरिएको छ ।

    उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।

    उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।

  • सहकारी नियमन प्राधिकरण पूर्ण स्वायत्त हुन्छ: मन्त्री अधिकारी

    सहकारी नियमन प्राधिकरण पूर्ण स्वायत्त हुन्छ: मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमन प्राधिकरणलाई पूर्ण स्वायत्त निकायका रूपमा अगाडि बढाइने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

    उनका अनुसार राष्ट्र बैंक सहकारी क्षेत्रको आफ्नै निकाय नभई सहयोग र सपोर्ट मात्र गर्ने हो भने सहकारी नियमन, समाधान र सञ्चालनका लागि सरकारकै मातहतका स्वायत्त निकायहरूलाई जिम्मेवारी दिइएको हो । ‘राष्ट्र बैंकले सहयोग मात्र गर्ने हो । सहकारीको क्षेत्रमा काम गर्ने हाम्रा आफ्नै निकायहरू छन् । विभाग छ, प्राधिकरण छ । स्वायत्त प्राधिकरण बनेको हुनाले त्यसकै आधारमा नियम विधि बनाएर अघि बढ्छौँ ।’

    सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी समाधान समिति तीन वटा निकायलाई सञ्चालनमा ल्याइएको मन्त्री अधिकारीले जानकारी दिए । सहकारी बोर्डलाई प्राधिकरण भित्र गाभिएको र विभाग तथा प्रशिक्षण केन्द्रलाई पनि एकीकृत गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

    समस्याग्रस्त सहकारीको अवस्थाबारे उनले हालसम्म ६,७०० जनालाई पूर्ण भुक्तानी र ५६ हजारभन्दा बढीलाई आंशिक भुक्तानी दिइसकिएको उल्लेख गरे । २४ वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेको र केहीको समाधान भइसकेको उनले बताए ।

    अन्य समस्यामा रहेका सहकारीहरूको समेत खोजी तथा पहिचान गरि तिनीहरूको समस्या समाधान गर्न मन्त्रालय लागि परेको उनले जानकारी दिए । सहकारीलाई राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा सुदृढ बनाउन प्राधिकरणलाई सक्रिय र प्रभावकारी ढङ्गले अघि बढाइने मन्त्री अधिकारीको भनाइ छ ।

     

  • सदस्यता विवादले ५ महिनादेखि अल्झियो एमाले बाह्रविसेको नेतृत्व चयन

    सदस्यता विवादले ५ महिनादेखि अल्झियो एमाले बाह्रविसेको नेतृत्व चयन

    सिन्धुपाल्चोक । अधिवेशन उद्घाटनको ५ महिना बितिसक्दा पनि नेकपा एमाले बाह्रविसे नगर कमिटीको नेतृत्व चयन हुन सकेको छैन । गएको चैत २८ गते बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले नगर अधिवेशनको उद्घाटन गरेका थिए ।

    बन्द सत्रमा प्रवेश नै नगरी अधिवेशन स्थगित भएको थियो । ११ स्थानीय तह कमिटीमा नयाँ टीम आएपनि बाह्रविसेको नगरपालिकामा भने दुइ पक्ष बिचको विवादले नयाँ नेतृत्व छनोट हुन नसकेको हो । एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषदको बैठक समेत भदौ ३ गते मेलम्चीमा हुँदैछ ।

    बाह्रविसे नगरपालिकामा संगठित सदस्यको विवाद हुँदै आएको छ । नक्कली सदस्य बनाएको भन्दै पूर्वमेयर निमफुञ्जो शेर्पासहितको टीमले एमाले जिल्ला र प्रदेश कार्यालयमा उजुरी हालेको थियो ।

    वडा कमिटीको सहमतिबिना नै सदस्यता थपेको भन्दै अध्यक्षहरूले विरोध गरेका छन् । बन्द सत्रमा सहभागी हुने प्रतिनिधि भने छनोट नै भएको छैन ।

    ‘प्रतिनिधि नै छनोट भएको छैन, बन्द सत्र कसरी हुन्छ र नयाँ नेतृत्व चयन हुन्छ ?’, शेर्पाले प्रश्न गरे ।

    बाह्रविसे नगरमा देखिएको समस्या समाधानका लागि एमाले केन्द्रीय सदस्य सरेश नेपाल, प्रदेश सदस्य निमफुञ्जो शेर्पा, जिल्ला कमिटी उप-सचिव सुशिला पाख्रिन र नगर अध्यक्ष ज्ञानेन्द्र राउत रहेको कार्यदल बनाइएको थियो । तर, समाधान गर्न नसकेको पाख्रिनले जानकारी दिइन् ।

    एकै पटक ६०० बढी सदस्य थपिए

    सिन्धुपाल्चोकको १०औं जिल्ला अधिवेशनसम्ममा बाह्रविसे नगरपालिकाभित्र संगठित सदस्यको संख्या ७६६ थियो । तर, अधिवेशनपछि सदस्य संख्या एकैपटक १३ सय बढी पुगेको सुप्पा श्रेष्ठ बताउँछन् । नगरको नेतृत्व आफ्नो पक्षमा पार्न जिल्ला अध्यक्षको सहमतिमा नक्कली नाम खडा गरेर फारमसमेत नभरेकाहरूको सदस्यता कायम गरिएको श्रेष्ठको आरोप छ ।

    ‘नक्कली सदस्यता छानबिन गर्न सबैतिर उजुरी दिएका छौं, तर सुनुवाइ भएन । जिल्ला अध्यक्षलाई नयाँ सदस्यहरुले भरेको फाराम हेर्न खोज्दा कार्यालयमा नभएको जवाफ दिनुभयो’, उनले भने ।

    वडा नम्बर ३ र ७ बाट नयाँ सदस्य बढी थपिएको भन्दै उनले ६ को भने नयाँ सदस्य नवीकरण र त्यसको शुल्क बुझाए पनि हालसम्म नवीकरण नभएको श्रेष्ठले बताए ।

    अधिवेशनमा ढिलाइ र नेताहरुको दबाबले अध्यक्ष नै कांग्रेसमा प्रवेश

    लामो समय बन्द सत्र नभएपछि नगरका नेता कार्यकर्तामा निराश देखिएका छन् । सदस्यतामा अनावश्यक दबाब दिएपछि नगर कमिटी-४ का अध्यक्ष कृष्ण न्यौपाने एमाले छाडेर कांग्रेस प्रवेश गरिसकेका छन् । केन्द्रीय नेतृत्व र जिल्लाका नेताहरूले नक्कली संगठित सदस्यको पक्षमा बोल्न अनावश्यक दबाब दिएपछि उनले पार्टि छाडेको न्यौपानेनिकटका एमालेका एक नेताले जानकारी दिए ।

    शेर्पालाई घेराबन्दी गर्ने प्रयास

    यहाँ पूर्वमेयर एवं प्रदेश सदस्य निमफुञ्जो शेर्पा र गत प्रदेश सभा चुनावमा उठेका डीबी लामाको बेग्लाबेग्लै समूह छ । लामाको समुहलाई जिल्ला इञ्चार्ज सरेश नेपाल, जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठलगायतको साथ छ ।

    साविककै संगठित सदस्य कायम हुँदा शेर्पा समूहको पल्लाभारी हुने भएकाले लामा समूहले प्रदेश र जिल्ला नेतृत्वको सहयोगमा सदस्यतामा आफूखुसी थपेको आरोप लाग्दै आएको छ । शेर्पाले पार्टीविरोधी गतिविधि गरेको भन्दै केही महिनाअघि प्रदेश कमिटीले स्पष्टीकरण समेत सोधेको थियो ।

    नगर भित्रका ९ वडामध्ये अधिकांश वडा अध्यक्ष शेर्पा समूहमा छन् । बाह्रविसे कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको गृहपालिका समेत हो ।

    ‘लड्नुपर्ने र प्रतिस्पर्धा कांग्रेससँग छ, तर हाम्रा नेताहरु मलाई नै सिध्याउन लागिरहेका छन्, मलाई घेराबन्दी गरेर नेकपा एमाले कसरी बलियो हुन्छ ?’ शेर्पाले प्रश्न गरे ।

    एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङ भने केन्द्र र जिल्लाका नेताहरू बसेर विवाद समाधन गर्ने र छिटो नयाँ नेतृत्व चयन गरेर बाह्रविसेमा एमालेलाई एकताबद्ध गरेर लैजाने दाबी गर्छन् ।

    ‘संगठित सदस्यमा केही समस्या देखिएको छ, हामी अहिले जिल्ला प्रतिनिधि परिषदको बैठकमा छौं, यो सकिएपछि छिट्टै‌ निकास दिने योजनामा छौं,’ सचिव तामाङले भने ।

  • ‘राष्ट्रियसभामा बहुमत निश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ’ (भिडिओ)

    ‘राष्ट्रियसभामा बहुमत निश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्छ’ (भिडिओ)

    धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभामा सत्तारूढ दलहरूको बहुमत सुनिश्चित भएपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    नेपाल कांग्रेस र एमालेबीच सरकार गठनका बेला भएको सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले चाँडै संविधान संशोधनको काम पनि अघि बढ्ने बताए ।

    सोमबार प्रेस चौतारी नेपालले कैलालीको अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हाल संविधान संशोधनको वातावरण तयार नभएको बताए ।

    उनले भने, ‘संविधान संशोधनजस्तो विषय एकैपटक अघि बढाउने कुरा होइन । त्यसका लागि आवश्यक वातावरण बनाउनुपर्छ । अहिले राष्ट्रियसभामा सरकारमा रहेका दलहरूको बहुमत सुनिश्चित छैन। पाँच-छ महिनापछि राष्ट्रिय सभामा १९ सिट खाली हुन्छन् । दुवै दल मिलेर सफलता प्राप्त गर्छौं, अनुकूलता निर्माण गर्छौं, त्यसपछि संविधान संशोधनको विषयमा प्रवेश गर्छौं ।’

    उनले संविधान संशोधनमार्फत मुलुकमा देखिएको अस्थिरताको चिन्ता हटाउने काम गरिने स्पष्ट पारे ।

  • भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)

    भण्डारी भन्छिन्- राजा र राष्ट्रपति उस्तै होइन (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति एउटा पद भएकाले पदावधि सकेपछि राजनीतिमा फर्कन मिल्ने बताएकी छन् ।

    सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति आवधिक हुने भएकाले अवधि सकिएपछि राजनीतिमा फर्कन मिल्ने बताएकी हुन् ।

    गणतन्त्र र राजतन्त्रमा फरक-फरक संवैधानिक व्यवस्था हुने र राजा भनेको व्यक्ति भएको तर राष्ट्रपति भनेको पद भएकाले राजनीतिमा फर्कन कुनै बाधा नभएको उनको तर्क छ ।

    एमालेसँग आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गराउँदै उनले एमालेकै नीति-कार्यक्रमअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । एमालेले आफूलाई स्वीकार नगरे पनि आफू एमाले नै भएको भण्डारीले बताइन् ।

    ‘मैले राष्ट्रपतिको पदावधि सक्किएपछि पार्टीको सदस्यता नवीकरण गरेको हो । अहिले एउटा संगठित सदस्यको हैसियतले काम गरिरहेको छु’, उनले भनिन् ।

    पुर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किएपछि संविधानको औचित्य सकिएन ? भन्ने प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीले यस्तो विषयमा संविधानविद्हरूले जवाफ दिने बताइन् ।

    मुलुकमा धेरै वामपन्थी दलहरू रहेकाले वाम एकता हुने सम्भावना नदेखेको उनको भनाइ छ । एमालेले गरेको सदस्यता नवीकरण खारेजसम्बन्धी निर्णयबारे गरिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नआएको बताएकी छन् ।

  • विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)

    विराटनगर झरेकी विद्याले भनिन्- एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन (भिडिओ)

    विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई गुट चलाउन नआउने बताएकी छन् ।

    विराटनगरमा पत्रकारसँग बोल्दै भण्डारीले आफूले कुनै गुट नचलाएको बताइन् ।

    उनले पत्रकारले राखेको जिज्ञासामा भनिन्, ‘म एमाले हो एमालेको हितमा लाग्छु ।’

    उनले आफू एमालेबाटै राष्ट्रपति भएकाले पदबाट फिर्ता भएपछि एमाले नै भएको दाबी गरिन् ।

    उनले भनिन्, ‘राष्ट्रपतिबाट फर्किएपछि आफूले एमालेको सङगठित सदस्यको नवीकरण गरेको दाबी गरिन् ।’

    भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै सदस्यताबारे धेरै छलफल गर्न आवश्यक नरहेको बताएकी छन् ।

  • अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन् : महासचिव पोखरेल

    अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँदै छन् : महासचिव पोखरेल

    महेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको टिप्पणी गरकेा छन् । नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले उनीहरू छट्पटिएको पोखरेलको आरोप छ ।

    सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ८४ को चुनावसम्मै यो गठबन्धन निरन्तर रहने बताए ।

    ‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरू अस्थिरताका रोगी हुन्’, पोखरेलले भने ।

    कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै उनले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।

    सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानून नल्याउने प्रष्टीकरण दिँदै उनले भने, ‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानून बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ । अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानून बन्दैन ।’

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने दोहोर्‍याए ।

    उनले भने, ‘हामीले पूर्वराष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन । यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोड्न आवश्यक छैन ।’

  • प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन- राणा र पञ्चायती शासनमा जस्तो कसैलाई नफसाउनू, यातना नदिनू

    प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन- राणा र पञ्चायती शासनमा जस्तो कसैलाई नफसाउनू, यातना नदिनू

    जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।

    जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने बताए ।

    कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् भन्दै उनले न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्नेमा जोड दिए ।

    ‘राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् । त्यस समयमा शासनसत्ता जोगाउनका लागि झूटो आरोप लगाउने कार्य हुन्थ्यो’, प्रधानमन्त्रीले भने, ‘अहिले मुलुकमा केही तत्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।’

    समाजमा अराजक फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको भन्दै उनले झूटो बोल्ने तत्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्ने बताए ।

    ओलीले भने, ‘नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ ।’

    देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले प्रहरी संगठन इमानदारीसाथ गम्भीरतापूर्वक लाग्नुपर्ने प्रधानमन्त्रीले बताए ।

  • मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली सैनिक विमानमा बोधगया जाने तयारी, यस्तो छ अन्य तालिका

    मोदीसँग वार्ता गर्न प्रधानमन्त्री ओली सैनिक विमानमा बोधगया जाने तयारी, यस्तो छ अन्य तालिका

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ । परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौंबाट सिधै सेनाको विमानमा जाने तयारी भएको हो ।

    प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्ता लिएर विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । यता नेपाली सेनाको विमानबाट प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक अनुमति लिने प्रक्रिया पनि सैनिक मुख्यालयले अघि बढाएको छ ।

    सेनासँग भिआइपी सवारीको लागि अन्तर्राष्ट्रिय उडान भर्ने एउटा विशेष विमान रहेको छ । प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक शहर बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ ।

    भदौ ३१ देखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ । बोधगया नेपालको छिमेकी विहार राज्यमा पर्छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेका थिए ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले एसियाकै सबैभन्दा प्राचीन नालन्दा विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम समेत तय भएको छ । मोदीसँग भेटवार्तापछि नालन्दा विश्वविद्यालय भ्रमण गरेर त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्ने स्रोतले जनाएको छ ।

    इस्वी सन् ४२७ तिर गुप्त सम्राट कुमार गुप्त प्रथमले स्थापना गरेको नालन्दा विश्वविद्यालय विश्वकै पहिलो आवासीय विश्वविद्यालय मानिन्छ । यसमा बौद्ध दर्शन,चिकित्सा,गणित, खगोलशास्त्र, राजनीति र साहित्य अध्यापन हुन्थ्यो ।

    सन् ११९३ मा मुस्लिम आक्रमणकारी बख्तियार खिलजीले नालन्दा विश्वविद्यालयमा आक्रमण गर्दा विशाल पुस्तकालय धर्मगञ्जलगायत सबैजलेर नष्ट भएका थिए ।

    प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल बोधगयाको ह्यात प्यालेस होटलमा रहनेगरी २ दिन सो होटल खाली गराइने भएको छ । भारतीय विदेश मन्त्रालयले २ दिनका लागि सो होटल भारत सरकारको नाममा बुक गरिसकेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

  • एमाले विधान महाधिवेशन : २३ सय ९२ जना सहभागी हुने, के-के छन् तयारी ?

    एमाले विधान महाधिवेशन : २३ सय ९२ जना सहभागी हुने, के-के छन् तयारी ?

    काठमाडौं । भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

    पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।

    २०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।

    हिजो भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो ।

    यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।

    बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।

    महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकोले केही दिन भित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, फ्लयार, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा व्यापक बनाउने तयारी छ ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ । गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रबन्ध पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।

    एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।

    महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संशोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेश गर्नेछन् ।

    एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरू बनाएर नेताहरूलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।

    व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिन नीति र विधि तय गर्ने उत्सव भएकोले सबैलाई गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

    महासचिव पोखरेलले व्यवस्थापनको जिम्मा पाएका सबै समितिहरूलाई तीव्रताका साथ काम गर्न पनि निर्देशन दिनुभएको छ । एमालेले आज देखि महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।

  • रास्वपा सांसदबारे प्रधानमन्त्रीको टिप्पणी- संसदमा आएझैँ गर्छन्, भत्ता पड्काएर हिँड्छन्

    रास्वपा सांसदबारे प्रधानमन्त्रीको टिप्पणी- संसदमा आएझैँ गर्छन्, भत्ता पड्काएर हिँड्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशमा अराजकता मच्याउन खोजेको आरोप लगाएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ भनेर जनतामा भ्रम छरिरहेको टिप्पणी गरे।

    उनले भने, ‘राजतन्त्र जस्तो अँध्यारो दिनहरू फर्काउन केही तत्त्वहरू लागिरहेका छन्। केही तत्त्वहरू देशमा अराजकता मच्याउन कुदिरहेका छन्। आम जनतालाई नयाँ शक्ति हौँ भनेर भ्रममा पारिराखेका छन्। नयाँ त भर्खर खोलेका पार्टी नयाँ त हुने नै भए। जसको कुनै योगदान छैन।’

    उनले देशलाई आजको स्थितिमा पुर्‍याउनको लागि आफूहरूले बलिदान, संघर्ष र त्याग गरेको पनि सुनाए।

    उनले थपे, ‘मान्छेहरू सहिद भए, अङ्गभङ्ग भएका छन्। जेलनेल भोगेर लामो सङ्घर्ष र क्षतिबाट अन्धकार युगबाट आजको जमानामा ल्याइएको हो। सङ्घर्ष नगरेकाहरू, देशलाई भत्काउन चाहनेहरू संसद्मा आएझैँ गर्छन् हाजिर गर्छन्, भत्ता पड्काउँछन् अनि बाहिर जान्छन्। जनताका समस्याका कुरा बोल्दैनन् बाहिर जान्छन्। तिनीहरूलाई यो व्यवस्था अप्रिय लागेको छ। हामी भन्छौँ यो व्यवस्थालाई अझै सुदृढ गरेर लान्छौँ।’

  • एआईको प्रयोग गरेर केहीले नियतवश निराशा फैलाउन खोज्दैछन् : प्रधानमन्त्री

    एआईको प्रयोग गरेर केहीले नियतवश निराशा फैलाउन खोज्दैछन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताएका छन्।

    आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जालले नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरू पूरा गर्नुपर्ने बताए।

    उनले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन यसअघि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइसकेको बताए।

    उनले भने, ‘सूचना प्रविधिसँग सम्बन्धित रहेर नेपालमा हुने सबै किसिमका कारोबार नेपाल सरकारले थाहा पाउनुपर्छ । सामाजिक सञ्जालबाट नेपालमा सञ्चालन हुने सबै काम नेपालको कानुन अनुसार दायित्व पूरा गर्नुपर्छ र कर तिरेको हुनुपर्छ । सूचना प्रविधिको क्षेत्रको विकासका लागि जे गर्नुपर्छ, त्यो सरकारले गर्छ, सरकार जनताको लागि हो, जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवर्द्धनमा सरकारले ध्यान दिन्छ, सूचना प्रविधिको क्षेत्रमा स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिन्छ, तपाईँहरू आत्मविश्वासका साथ अगाडि बढ्नुस्, सरकार तपाईँको साथमा छ ।’

    प्रधानमन्त्री ओलीले तीव्र रूपमा विकास भएको सूचना प्रविधिले मानिसलाई घिसारिरहेको छ भन्दै पुष्पलाल मध्यपाहाडीको आफ्नो यात्राका क्रममा रुकुमको दुर्गम गाउँका बुढीआमाहरुले पनि फेसबुकको फोटो हेर्न र तान्न जानेको जानकारी पाउँदा खुसी लागेको स्मरण गरे।

    उनले डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल धेरै उपयुक्त भएको र आर्टिफिसियल इन्टेलिजेन्सको भर पूरा प्रयोग गरेर विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।

    आफ्नो घोषणाबमोजिम अनलाइन माध्यमबाट गत वर्षदेखि एसइईका विद्यार्थीहरूलाई शिक्षण गराउँदा एक लाख पचास हजार भन्दा बढीले लाभ लिएर नतिजामा सुधार आएको सन्दर्भ उल्लेख गर्दै उनले बालबालिकालाई मोबाइलबाट जोगाउँदै शिक्षा र विकासमा यसको दुरुपयोग गर्नुपर्ने बताए।

    सरकारले हालै एआई नीति पारित गरेको र सूचना प्रविधिसँग सम्बन्धित विकासलाई कसरी रूपान्तरण र परिवर्तन गर्ने भनेर ध्यान दिइएको बताउँदै उनले भएको विकास नदेखेर केहीले नियतवश निराशा फैल्याउन खोजेको टिप्पणी गरे।

    अहिले सरकारले स्थिरता, सुशासन र विकासमा सूचना प्रविधिको उपयोगमा स्पष्ट रहेकाले यसमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए।

  • एमाले सांसदको प्रश्न- बजारमा मलको हाहाकार हुँदा तालुक मन्त्रालयले के हेरेर बसेको छ ?

    एमाले सांसदको प्रश्न- बजारमा मलको हाहाकार हुँदा तालुक मन्त्रालयले के हेरेर बसेको छ ?

    काठमाडौं । सत्तारुढ दल एमाले सांसद भीम आचार्यले मलको चरम अभाव र ठुलो कालोबजारी भइरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकको बैठकमा बोल्दै मल हरेक वर्ष अभाव हुँदा पनि व्यवस्थापन गर्न नसकेको भन्दै सरकारमाथि प्रश्न उठाए।

    उनले भने, ‘मलको चरम अभाव र ठुलो कालोबजारी छ । मल कालोबजारीबाट बिकिरहेको छ तर किसानले उपयुक्त च्यानलबाट पाइरहेका छैनन्। किसानले दुख गरेर लगाएको बालीमा पनि युरिया हाल्ने बेलामा चरम अभाव छ। तालुक मन्त्रालयले के हेरेर बसेको छ ? हरेक वर्ष मलको अभाव किन हुन्छ?’

    बजारमा मल नहुने कालोबजारीमा मात्रै पाइने के कारणले भएको भन्दै प्रश्न उठाए।

  • एमाले कोशी अध्यक्ष खतिवडाको प्रष्टीकरण- अपानीको बर्खिलापमा छलफल गर्न खोजेपछि बोल्न नदिएकै हो

    एमाले कोशी अध्यक्ष खतिवडाको प्रष्टीकरण- अपानीको बर्खिलापमा छलफल गर्न खोजेपछि बोल्न नदिएकै हो

    विराटनगर । नेकपा एमाले कोशीको बैठकमा नाम टिपाएका नेताहरूले बोल्न नपाएको गुनासो आइरहेको बेला प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले अपानीको बर्खिलाप हुने गरी बोल्न नदिएको प्रष्टीकरण दिएका छन् ।

    ‘पार्टी बैठकमा ४२ जना कमरेडहरूले बोल्नु भयो । केही कमरेडहरूले पार्टी केन्द्रको निर्णय र अपानी १२ को बर्खिलापमा छलफल गर्न खोज्नुभएको थियो ’ खतिवडाले भने, ‘एमालेमा उपल्ला कमिटीको निर्णयका विषयमा तल्ला कमिटीमा छलफल हुँदैन । तल्ला कमिटीको काम केन्द्रको निर्णय कार्यान्वयन गर्ने हो । त्यही कारणले केही साथीहरूले बोल्ने समय पाउनु भएन । ’

    धनकुटाको हिलेस्थित होटल काञ्जिरोवा होटलमा मंगलबार र बुधबार २ दिन चलेको बैठकको अघिल्लो दिन अन्तिमतिर केही नेताले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई निषेध गर्ने पार्टीको निर्णय सच्याउन ध्यानाकर्षण गराएका थिए । प्रत्येकलाई ३ मिनेटको समय छुट्याइएको थियो ।

    बुधबार बोल्न नाम टिपाएकाहरूलाई लिखित सुझाव दिन भनेर एकैपटक स्थायी कमिटी सदस्यबाट मन्तव्य सुरू गरिएको सहभागी एक नेताले बताए ।

    प्रदेश सदस्यहरू रोशन बस्नेत, मोरङका डीबी कार्की, सुनसरीकी अञ्जु पाण्डेले विद्या भण्डारीलाई रोक्दा कार्यकर्तामा निराशा बढेको बताएका थिए । विद्याको गृहजिल्ला भोजपुरका अध्यक्ष मकर खड्काले पनि पूर्वराष्ट्रपतिको सदस्यता विवादको असर पार्टीको तल्लो तहसम्म देखापरेकाले यसले मिसन ८४ लाई नै असर पुर्‍याउन सक्नेतर्फ सचेत गराउँदै केन्द्रले चाँडै हल गर्नुपर्ने बताएका थिए ।

    विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्न प्रदेशले सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको छ ।

  • नेकपा एसमा राजीनामा दिएर बसेका राजुलाई एमालेले बनायो लुम्बिनी प्रदेश कमिटी सदस्य

    नेकपा एसमा राजीनामा दिएर बसेका राजुलाई एमालेले बनायो लुम्बिनी प्रदेश कमिटी सदस्य

    रुपन्देही । नेकपा एसको केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षबाट राजीनामा दिएर बसेका युवा नेता राजु गुरुङ लामो समय यत्तिकै बसेका थिए ।

    पछिल्लो केही समय उनी एमालेसँग नजिकिएको उनले सार्वजनिक गरेका केही तस्बिरहरूले पुष्टि गरे पनि आधिकारिक रूपमा केही सार्वजनिक गरिएको थिएन । तर उनी एमालेका नेताहरूलाई भेटेका तस्बिर सामाजिक सञ्जालमा राखिरहेका थिए ।

    बुधवार मात्रै गुरुङलाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको हो ।

    उनीसँगै बुधवारै नेकपा एसको केन्द्रीय सदस्य छाडेर आएकी सिनपाकी पूर्व उपमेयर उमा काफ्ले र रोल्पामा माओवादी छाडेर आएका शान्तराज बोहोरालाई पनि प्रदेश कमिटी सदस्यको जिम्मेवारी दिइएको एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए । उनका अनुसार प्रदेश कमिटी अब २३८ सदस्यीय बनेको छ ।

  • प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी जिनपिङ र मोदीसँग भेट हुने

    प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी जिनपिङ र मोदीसँग भेट हुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने तय भएको छ । सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली जाने भएका हुन् ।

    सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् । राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने भएको छ ।

    भदौ दोस्रो साता हुने सो शिखर सम्मेलनबाट फर्किएपछि प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने तयारी छ ।

    शिखर सम्मेलन अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा आयोजना हुँदैछ ।

    यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो । राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो ।

    प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई ध्रुवमा विभाजित भइरहेका बेला यसपटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

  • एमालेको विधानमा सुझाव दिन कोशीमा १० सदस्यीय कार्यदल गठन

    एमालेको विधानमा सुझाव दिन कोशीमा १० सदस्यीय कार्यदल गठन

    विराटनगर । विधान महाधिवेशन समेट्नु पर्ने विभिन्न विषयमा सुझाव संकलन गर्नका लागि नेकपा एमाले कोशी प्रदेशले सचिव राजकुमार भण्डारीको सयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको छ ।

    हिजो र अस्ती धनकुटाको हिलेमा भएको प्रदेश कमिटीको बैठकले विधानका विषयमा मातहतका कमिटीबाट सुझाव संकलन गरेर केन्द्रमा पठाउनका लागि कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

    खतिवडाका अनुसार कार्यदलमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा)खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ) रहेका छन् । यसैगरी सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

    खतिवडाका अनुसार भदौ ३ गते देखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरु राखिएका छन् । एकसातामा भित्र आयोजना हुने बैठकमा विधान संसोधनका विषयमा बहस हुने,त्यहाँ प्राप्त सुझावलाई प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।

  • सरकार चल्नका लागि त यसै पनि चल्छ, अब लर्‍याङतर्‍याङ हैन कामको गति बढाउनुस् : प्रधानमन्त्री

    सरकार चल्नका लागि त यसै पनि चल्छ, अब लर्‍याङतर्‍याङ हैन कामको गति बढाउनुस् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल बनाउन सबै मन्त्रालयलाई समेत उचित समन्वय हुने गरी आफ्नो ठाउँबाट सक्रिय योगदान दिन आग्रह गरेका हुन् ।

    ‘अब लर्याङतर्याङ गरेर हुँदैन । सरकार चल्नका लागि त यसै पनि चल्छ तर देशमा परिवर्तन ल्याउने हो भने कामको गति बढाउनैपर्छ । स्वच्छता, पारदर्शीता र सुशासनका क्षेत्रमा व्यापक सुधार गर्दै जनतालाई प्रभावकारिता रुपमा सेवा र सहुुलियत दिनुपर्छ । विकासका काममा तीव्रता दिनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हामीले कतै अवरोध छ भने हटाउनुर्छ । प्रविधि र दक्षताको उपयोग गर्नुपर्छ । दिगो विकसका लक्ष्य पूरा गर्न, नेपाललाई विकासशील मुुलुकमा स्तरोन्नती गर्न र सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टबाट हटाउन कसले के गर्नुपर्छ, त्यो तदारुकताका साथ गर्नुपर्छ ।’