Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? (भिडिओ)

    गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेको बताएका छन् ।
    प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले तथ्यसहित ओलीको आरोपको प्रतिवाद गरेको उनको जिकिर थियो ।

    उनले भने, ‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’

  • आफूलक्षित टिप्पणीप्रति सुमनाको जवाफ- विदेशबाट फर्केकाले राजनीतिक प्रतिस्पर्धा नगरुन् भन्दा रहेछन्

    आफूलक्षित टिप्पणीप्रति सुमनाको जवाफ- विदेशबाट फर्केकाले राजनीतिक प्रतिस्पर्धा नगरुन् भन्दा रहेछन्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शिक्षामन्त्री सुमना श्रेष्ठले जवाफ फर्काएकी छन् । ओलीले केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले त्यसबारे मुख खोलेकी हुन् ।

    विदेशबाट फर्किएकाहरूले नेपाल आएर राजनीतितिर नहेरून् भन्ने दलका नेतृत्वले चाहेको टिप्पणी गरिन् ।

    सामाजिक सञ्जालमा उनले भनेकी छन्, ‘विदेशबाट फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेशामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् ।’

    आज प्रतिनिधिसभाको बैठकमा पनि रास्वपा सांसद शिशिर खनालले यो विषयमा बोलेका थिए ।

    यस्तो छ मन्त्री श्रेष्ठको भनाइः

    विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर÷किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।

    आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।

    कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
    तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् ।

    यो ‘तँ बसेर आएको देश हो र नेपाल पो हो’ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।

    महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । ‘समाजको नियम’ भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ?

    हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

    यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले ‘नेपाल जान्छु र केही गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।

  • राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन : गृहमन्त्री लामिछाने

    राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैन : गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन्।

    उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु।’

    उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताइन्।

    उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ। हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन। हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ।’

  • बजेट बढाएर ल्याउने मध्यावधिबाट सुकाउने प्रवृत्तिले विश्वसनीयतामा प्रश्न उठाएको छ : स्वर्णिम वाग्ले (भिडिओ)

    बजेट बढाएर ल्याउने मध्यावधिबाट सुकाउने प्रवृत्तिले विश्वसनीयतामा प्रश्न उठाएको छ : स्वर्णिम वाग्ले (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सधैँ बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्नहरू उठाएको बताएका छन् ।

    मङ्गलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्नहरू उठाएको टिप्पणी गरेका हुन् ।

    वाग्लेले भने, ‘गर्त वर्षको बजेटलाई झार्नुभएको छ । १७ खर्ब ५१ अर्बको बजेट करिब १३ खर्ब ५१ अर्बमा सीमित होला जस्तो देखिन्छ । गत वर्षको तुलनामा अहिलेका अर्थमन्त्रीले १८ खर्ब ६० अर्बको बजेट ल्याएका छन् । निरपेक्ष रूपमा बजेट बढेको जस्तो देखिए तापनि हामीले सापेक्ष रूपमा विशेषण गर्नुपर्ने हुन्छ । जिडिपीको अनुपातमा यस पालिको बजेट घटेर आएको छ । हाम्रो अर्थतन्त्रको आकारलाई हेर्दा धेरै पछि ३० प्रतिशतभन्दा कम आकारको बजेट आएको छ । भूकम्पपछि हामी फरक तरीकाले गएका छौँ । बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षामा बजेटलाई सुकाउने । यसले बजेटको समग्र विश्वसनीयतामा उठाइरहेको छ ।’

  • नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद (भिडिओ)

    नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद (भिडिओ)

    काठमाडौं । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।

    बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । बैठकमा उनीहरूले जर्सीमाथि कोट लगाएका छन् ।

    १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेकाे नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।

    आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ ।

    यी दुई टोलीले अहिले १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

     

  • मनिष झाको जिकिर- रास्वपाले देश बिगार्‍यो भनेर पुराना दल पन्छिन खोज्दै छन् (भिडिओ)

    मनिष झाको जिकिर- रास्वपाले देश बिगार्‍यो भनेर पुराना दल पन्छिन खोज्दै छन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरू देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका जिकिर गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, निजी क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताए । उनले केही पुराना दलहरुले आफूहरूलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताए।

    आफूहरु केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरू नभएको भन्दै सांसद झाले आफूहरूको विगत कमजोर नभएको दाबी गरेका छन् ।

    उनले भने, ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरू पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ । केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेशको पानीको सतह तल गइसकेर मान्छेहरू मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’

  • संसद अवरोधको पनि विकल्प खोज्नुपर्ने रास्वपाका सांसदको माग (भिडिओ)

    संसद अवरोधको पनि विकल्प खोज्नुपर्ने रास्वपाका सांसदको माग (भिडिओ)

    काठमाडौं । संसद अवरोधको पनि विकल्प खोज्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले माग गरेका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै रास्वापका सांसदले राजनीतिक दलले चक्का जाम र नेपाल बन्दको विकल्प खोज्दै आउँदा र नागरिकले समेत नेपाल बन्द स्वीकार नगर्दा, नेपाल बन्द लगभग बन्द जस्तै भएको भन्दै त्यसरी नै सदन अवरोधको पनि विकल्प खोज्नुपर्ने नभए जनता नैं विकल्पको खोजीमा उत्रने बताएका हुन् ।

    रास्वपाका सांसद असिम साहले भने, ‘लगातारको सदन अवरोधले सांसदलाई जनताका समस्या उठाउन र सरकारलाई समाधानका लागि झकझक्याउनबाट वञ्चित गरेको छ । नतिजास्वरुप, सांसदमाथि आम नागरिकको विश्वास र भरोसा दिनानुदिन घट्दै गइरहेको छ । जसरी दलले चक्का जाम र नेपाल बन्दको विकल्प खोज्दै आउँदा र नागरिकले समेत नेपाल बन्द स्वीकार नगर्दा, नेपाल बन्द लगभग बन्द भएको छ । त्यसरी नै सदन अवरोधको पनि विकल्प खोजौं नभए जनता नैं विकल्पको खोजीमा जानेछन् । सदनको बैठक बस्न नदिने, नियमित कामकारबाही रोक्ने जस्ता गतिविधि गलत हुन, सदनलाई राजनीतिक दाउपेचको बन्दी बनाउन हुँदैन । म र मेरो दल सदन बन्द लाई नो नट अगेन भन्न चाहन्छौ । बन्द गर्ने लाई जनताले नै नो नट अगेन भन्ने छन् ।’

    शून्य समयमा नै रास्वपाकै सांसद डा।चन्दा कार्कीले पनि संसद अरोधको गतिरोध सदाका लागि अन्त्य गनुपर्ने माग राखिन् ।

    उनले भनिन्, ‘२०७२ सालदेखि अहिलेसम्म झण्डै सैयौ पटक सदन अवरोध भएको देखिन्छ । सदन देशको सार्वभौम र गरिमामय संसथिा हो । सदन बारबार अवरोध हुनु गम्भीर चिन्ताको विषय हो । यसले लोकतान्त्रिक प्रक्रियामा देशमा अमनचयन कायम गर्नमा, आवश्यक कानून बनाउन र संशोधन गर्न तथा जनहितका काम गर्नमा गम्भिर बाधा पुर्याउछ । देश दुनियाले हामीलाई हेरिरहेका छन् । यस गरिमामय सदनको सम्मान हामीले नै गर्नुपर्छ । हामी एक अर्कासँग लड्ने होइन, देशमा रहेको गरिवी, अशिक्षा, बेरोजगारी, महंगी जस्ता समस्यासँग लड्न सक्नुपर्छ । सदन अवरोध हुदाँ धेरै सांसदको सदनमा तमासा हेरेर समय वर्वाद गर्नुपर्ने परिस्थितीबारे पनि एक पटक सोच्नुपर्छ । सदन अवरोध हुदाँ नेपाली जनताको आवाज पनि अबरोध हुन्छ । अबरोध सदनले जनताको विश्वास गुमाउँछ र राजनीतिक अस्थिरता बढाउँछ । यसको समाधान भनेको आपसी सम्मान र सहयोगी भावना नै हो । यस विना लोकतन्त्रको सहि सञ्चालन असम्भव छ ।’

  • संसदीय समितिले रवि लामिछानेदेखि महान्यायाधिवक्ता र आईजीपीसँग बयान लिन्छ : गगन थापा (भिडिओ)

    संसदीय समितिले रवि लामिछानेदेखि महान्यायाधिवक्ता र आईजीपीसँग बयान लिन्छ : गगन थापा (भिडिओ)

    काठमाडौं । सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले सुझाव दिएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानविनको दायराबाट बाहिर नरहेको बताए ।

    थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ । एक रूपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो । गोरखा मिडियाको मालिका जीबी हुन् कि छबि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ । समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौं ।’

    महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।

  • रविको नामबाट ब्याक भएर कांग्रेसले किन रोज्यो ‘सेफ ल्यान्डिङ’ ?

    रविको नामबाट ब्याक भएर कांग्रेसले किन रोज्यो ‘सेफ ल्यान्डिङ’ ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग काँध मिलाएर आफूलाई प्रमुख प्रतिपक्षको कित्तामा पुर्‍याएपछि नेपाली कांग्रेस आक्रामक रुपमा प्रस्तुत भइरहेको छ । एमालेको नेतृत्वमा नयाँ समीकरण बनेलगत्तै सत्तामा फर्किने बाटो खोजेको कांग्रेसले रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जोडेर सहकारीको विषय उठायो ।

    सहकारी ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको प्रमाण आफूहरुसँग प्रशस्तै रहेको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको माग राख्दै तीन महिना निरन्तर संसद अवरोध गर्‍यो । कांग्रेसको निरन्तर अवरोधले सदन चल्ने अवस्था नभएपछि सरकार समिति बनाउन तयार भयो । तर, कार्यादेशमा कांग्रेसको माग थियो, गृहमन्त्रीको नाम नै किटान गरेर लेख्नुपर्छ ।

    यस विषयमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री आफैं पनि पछिल्लो समय तयार देखिन्थे, तर कांग्रेसले सहकारीको विषयलाई लिएर सत्ता समीकरणभित्र खेल्न खोजेको भन्दै एमालेका अध्यक्ष केपी ओली खरो रुपमा उत्रिए ।

    कांग्रेसले सदनमा नाराबाजी गर्दैमा आफूहरु नरोकिने भन्दै केपी ओलीले सभामुख देवराज घिमिरेमार्फत बहुमतको बलमा संसदमा पेलेर लगे । जसकारण विपक्ष दलहरुमा सभामुख देवराज घिमिरेमाथि महाभियोग लगाउनुपर्ने विषयले समेत प्रवेश पायो ।

    कांग्रेसले बजेट प्रस्तुत गर्नसमेत नदिने देखिएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष तहमा कुरा गरेर सहमतिको वातावरण बनाए । सरकार जस्तै कांग्रेस सभापति देउवा पनि समितिमात्रै बनाएर जान तयार नै थिए, तर महामन्त्री गगन थापा पक्षले गृहमन्त्रीको नाम कार्यादेशमा लेख्नैपर्ने अडान राखेको थियो ।

    सहकारीको विषयलाई लिएर गगन र गृहमन्त्री लामिछानेबीच प्रतिष्ठाको विषयसमेत बनेको छ । कांग्रेसले सहकारीको विषयलाई उठाएपछि रास्वपासँगको दूरी बढेको छ । त्यसो त प्रचण्डले साथ छाडेपछि कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्रीको समेत अफर गरेको कुरा लुकेको छैन ।

    यद्यपि, अहिले गृहमन्त्रीसमेत स्वीकार्न कांग्रेसलाई हम्मेहम्मे परिरहेको छ । लामो रस्साकस्सीपछि गृहमन्त्रीको नाम उल्लेख नगरी सहमति गर्न कांग्रेस तयार भयो । ७ सदस्यीय संसदीय छानबिन विशेष समितिमा ४ जना सत्तापक्षका सांसद छन् । त्यसैले समितिबाट निष्पक्ष प्रतिवेदन आउनेमा आशंका छ ।

    त्यसैले अहिले कांग्रेसमाथि लागेको आरोप छ, सहकारी प्रकरणमा चिसै पानीले नुहायो । कांग्रेसले सहकारीको विषयमा ‘सेफ ल्यान्डिङ’ को बाटो रोजे पनि गिरीबन्धु टी-इस्टेटलाई लिएर ओलीलाई आक्षेप लगाएको भन्दै एमालेले प्रतिवाद गर्ने रणनीति बनाएको छ ।

    यद्यपि, गृहमन्त्री लामिछानेले आफूलाई कांग्रेसले तारो बनाएपछि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु र छोरा जयवीरसम्मको फाइल खोल्ने चेतावनीपछि कांग्रेस केही हदसम्म हच्किएको बताइन्छ । जसकारण देउवा गृहमन्त्रीमाथि नरम रुपमा प्रस्तुत भए ।

    कांग्रेसले सहकारीको विषयमा सरकारसँग गरेको सम्झौताको आलोचना पनि भइरहेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदीय विशेष समितिलाई हावादारीको संज्ञा दिएका छन् ।

    उनले भनेका छन्, ‘सहकारी विवाद र सम्झौता प्रकरणमा यदि यही हावादारी सम्झौता गर्नु थियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने, समय बर्बाद गर्ने र करोडौं व्यय गराउने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ ।’

    यति सहमतिको लागि सरकार धेरै अघिदेखि नै तयार रहेको भन्दै कांग्रेससँग असन्तुष्टि जनाएका छन् । जुन कुरा कांग्रेसका नेताहरु स्वीकार्न तयार छैनन् ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले सदन डेडलक हुनेगरी अटेरी गरेपछि आफूहरु केही हदसम्म लचक भएको स्वीकार गर्छन् ।

    उनी भन्छन्, ‘सरकार पक्ष छानबिन समितिबाट डरायो । गृहमन्त्री त तर्सिनुभयो । समिति बनाउने तर नाम राख्न नमान्ने भनेपछि त्यो स्वतः स्वीकार गरेकै रुपमा हामीले बुझेका छौं । राजनीति र संसदीय प्रक्रिया नै डेडलक हुनेगरी सत्तापक्षले अटेरी गरेपछि सबै दलका शीर्ष नेताहरु बसेर यो सहमति बनेको हो । यसले आरोप लागेको व्यक्तिमाथि छानबिन गर्ने र पीडितलाई न्याय दिनसक्छ भन्ने हाम्रो मागबाट पछि हटेका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम राख्नबाहेक सबै कुरा मानेपछि हामी तयार भएका हौं ।’

    उनले गृहमन्त्री संलग्न भएको सहकारी र संलग्न रहेको संस्था नाम नराखे पनि छानबिन हुने बताए । उनले थपे, ‘हामी भाषामा नरम भएका हौं, हाम्रो मागप्रति नरम भएका छैनौं ।’

    तर, यो मुद्दा पार लगाउन नसकेपछि कांग्रेसले ‘सेफ ल्यान्डिङ’को बाटो रोज्यो भन्ने आरोप छ नि भन्ने जिज्ञासामा उनी थप्छन्, ‘त्यो कुरा स्वाभाविक हो । सत्तापक्ष मूर्ख भयो, व्यवस्था र संसदप्रति जवाफदेही भएन । तानाशाही मोडेलमा जान खोज्यो, संसदलाई डेडलक बनाइराख्ने भएपछि हामी कम्युनिष्ट र संसदविरोधी दलले जस्तो मागमा मात्रै केन्द्रित भएनौं ।’

    सत्तापक्ष जस्तो कांग्रेस गैरजिम्मेवार नभएकाले गृहमन्त्रीको नाम नराखी सहमतिको जनाएको नेता विश्वकर्माको तर्क छ ।

    उनी भन्छन्, ‘सदनमा नीति तथा कार्यक्रम, बजेटको कुरा छन्, वर्षाको समय आइसकेको छ । जनताप्रति उत्तरदायी भएर सत्तापक्ष जस्तो गैरजिम्मेवार नभएकाले तयार भएका हौं । हामी मुद्दाबाट भागेका होइनौं, ७३ लाख सहकारी बचनकर्तालाई न्याय दिलाउने विषयबाट हच्केका छैनौं । सदनमा जस्तै अब समितिमा पनि कुरा उठाउँछौं ।’

    उनले समितिमा सत्तापक्षको बहुमत भए पनि सत्य कुरालाई मोड्न नसक्ने जिकिर गरे ।

    नेता विश्वकर्माले भने, ‘बहुमत हुँदैमा सेतोलाई कालो र कालोलाई सेतो बनाउन सकिन्छ भन्नेमा उहाँहरु लाग्नुहुन्छ भने उहाँहरु नै नांगिनुहुन्छ । अहिले पनि गृहमन्त्रीमाथि यो विषय आएपछि जनताको बुझाइमा प्रस्ट हुन सकिन्छ । एमाले र माओवादीले सहकारी पीडितलाई पैसा फिर्ता गर्न हुँदैन भनेर अडान लिनुहुन्छ भने हाम्रो केही छैन । सत्यतथ्य प्रतिवेदनमा आउँछ । त्यसमा उहाँहरुले विमति राख्नुहुन्छ भने स्वाभाविक हिसाबले पार्टीको साखको कुरा आउँछन् ।’

    सत्तापक्षले समितिमा पनि बहुमतको दम्भ देखाए कांग्रेसले सामानान्तर प्रतिवेदन सार्वजनिक गर्ने उनले चेतावनी दिए ।

    गृहमन्त्री लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको पनि नाम उल्लेख भएपछि आफूहरुले कार्यादेशमा सहमति जनाएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

    मंगलबार पत्रकार सम्मेलनमा उनले भने, ‘९ वटा सहकारीबाट रकम अपचलन भएर गोर्खा मिडियामा गएको छ । विभिन्न सहकारीबाट गोर्खामा गएको रकमको स्थिति के छ ? कुन सहकारीबाट कति रकम गयो ? रकम प्रवाह भएको अवस्था कस्तो छ ? गैरकानूनी रुपमा गएको हो कि होइन ? समितिले यसको अध्ययन गर्छ ।’

    सहकारीको रकम गोर्खा मिडियामा लैजाने काममा गृहमन्त्रीसिहत कोही संलग्न भए अध्ययन छानबिन गरेर कारबाहीको लागि सिफारिस गर्ने बताए ।

    समिति बनाउनै हुन्न भन्ने सत्तापक्षलाई आफूहरुले छानबिनको दायरासम्म ल्याएको उनले दाबी गरे ।

    उनले थपे, ‘हामीले गृहमन्त्रीको संलग्नता देखिन्छ भन्दै आयौं । अनुचित कार्यमा कोही संलग्न भएको भए असुल र दोषी देखिए कारबाही सिफारिस गर्ने भनिएपछि व्यक्ति विशेषको नाम लेखिरहन परेन । गृहमन्त्री संलग्न देखिए उहाँमाथि कारबाही हुन्छ भन्नेमा पुगेपछि सहमति जनायौं ।’

    गोर्खा मिडियाको नाम लेखिएपछि संस्थाका पदाधिकारी र मानिसहरू को–को छन् प्रस्टै देखिने उनको बुझाइ छ ।

    समितिको कार्यादेशमा गृहमन्त्रीको नाम नलेखे पनि सिम्बोल नम्बर र ठेगाना लेखिएको महामन्त्री विश्वप्रकाश शर्माको तर्क छ ।

    ‘हामीले नाम भन्दै आएका थियौं, तर नाम नभएर के भयो र सिम्बोल नम्बर लेखिएको छ । पाँच ‘स’ भनेर सहकारीको नाम लेखिएको छ । ठेगाना लेखिएको छ, गोरखा मिडिया नेटवर्क भनेर’, उनको भनाइ छ ।

    छानबिन समितिका सदस्य तथा सहमहामन्त्री बद्री पाण्डेले समितिले निष्पक्ष अध्ययन गरेर सहकारीको विषयलाई निष्कर्षमा पुर्‍याउने बताए ।

    उनले भने, ‘हाम्रो मागअनुसार समिति बनिसकेको छ । समितिले कसरी काम थाल्ने भन्ने अब संयोजकले बैठक राख्नुहुन्छ होला । कार्यादेशअनुसार समितिले काम गर्छ । निष्पक्ष छानबिन गरेर समितिबाट प्रतिवेदन बुझाउँछौं ।’

    राजनीतिक विश्लेषक हरि रोका पनि कांग्रेसले सहकारीको विषयमा सेफ ल्यान्डिङको लागि सहमति जनाएको बताउँछन् ।

    उनी भन्छन्, ‘कांग्रेस सहमत भएरै समितिमा बसेको हो । त्यहाँभित्र के विषयमा कम्प्रपाइज गरे उनीहरु नै जान्लान्, तर सहकारीको विषयमा सेफ ल्यान्डिङको लागि सहमति जनाएको कुरा निश्चित नै छ ।’

    उनले अब सहमति बनिसकेपछि गृहमन्त्री लामिछाने पदमा बस्छन् कि बस्दैनन् भन्ने कुरामा निर्भर हुने बताए । त्यसो त कांग्रेसले समिति बने गृहमन्त्रीको राजीनामा नमाग्ने बताएको थियो ।

    तर, अहिले कांग्रेसभित्र गृहमन्त्रीले नैतिकताको आधारमा समिति बनिसकेपछि बाटो खुला गरिदिनुपर्ने दबाब बढ्दो छ । जुन कुरा कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरुले राखेका थिए । गत साता कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री छानबिन अवधिभर गृह मन्त्रालयमा बस्न नमिल्ने भन्दै अर्को मन्त्रालय रोज्न सुझाव दिएका थिए । तर, गृहमन्त्री त्यो मूडमा छैनन् ।

  • बालुवाटारमा मिलेन कुरा, बूढानीलकण्ठमा बैठकपछि प्रधानमन्त्रीसँग साँझ पुन: कांग्रेसको छलफल

    बालुवाटारमा मिलेन कुरा, बूढानीलकण्ठमा बैठकपछि प्रधानमन्त्रीसँग साँझ पुन: कांग्रेसको छलफल

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा आज पनि सहमति जुटेन।

    सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ।

    बालुवाटार बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन। थप छलफलका लागि हामीले १ बजे बस्दैछौं। त्यहीबाट पार्टीको आधिकारिक धारणा ल्याउँछौँ।’

    उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल  गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए।
  • मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्याइरहेकाे श्रममन्त्रीकाे दाबी

    मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्याइरहेकाे श्रममन्त्रीकाे दाबी

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैल्याउने प्रयास भइरहेको बताएका छन् ।

    आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा नै उल्लेख्य सुधारका कामदेखि आत्तिएर विभिन्न स्वार्थ समूहले आफ्नो व्यक्तिगत चरित्रहत्या गर्न र मन्त्रालयको गरिमामा आँच आउने काम गरेको भन्दै ध्यानाकर्षण भएको बताए ।

    मन्त्रालयले गर्ने हरेक क्रियाकलाप मन्त्रालयले नै सार्वजनिक गर्ने भएकाले असम्बन्धित व्यक्तिबाट फैल्याइएका कुनै पनि दुर्नियतका हल्लामा विश्वास नगन मन्त्रीले आग्रह गरेका छन् ।

    ‘हामीले गोप्य रुपमा कुनै निर्णय गर्दैनौँ । कुनै पनि मुलुकसँग रोजगारी सम्झौता गरेमा वा बन्द गर्नु परेमा पनि सार्वजनिक रुपमा नै सूचना जारी गर्छौँ । त्यसैले कसैले फैलाएको भ्रममा नपर्न आग्रह गर्छु’, उनले भने ।

    रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउने, आन्तरिक रोजगारी र स्वरोजगारीलाई प्रवर्द्धन गर्ने काममा मन्त्रालय लागि परेको उनको भनाइ छ । मन्त्री वा मन्त्रालयसँग सम्बन्धित व्यक्ति, संस्था वा निकायले ठगी गरेको शंका लागे मन्त्रालयको सचिवालय, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय वा श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् ।

  • एमाले भन्छ- अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ (भिडिओ)

    एमाले भन्छ- अर्थमन्त्रीले कानमा कपास राखेर भए पनि संसदमै बजेट पढ्नुहुन्छ (भिडिओ)

    काठमाडौं । सत्तापक्षले प्रतिपक्षीको अवरोध जारी रह्यो भने पनि संसदबाटै बजेट ल्याउने तयारी गरेको छ । आज संसद बैठक बाहिर पत्रकारसँग कुरा गर्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै बजेट ल्याइने बताए ।

    उनले भने, ‘कांग्रेसको अवरोध र नाराबाजी भइराख्यो भने पनि अरु बाटोभन्दा संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीले नाराबाजीका बीचबाट पनि.. नाराबाजीले डिस्टर्व र असहज भयो भने कानमा कपास राखेर भने पनि बजेट पढ्नुपर्ने हुन्छ । अरू बाटोमा जान्दैनौँ ।’

    उनले प्रमुख प्रतिपक्षसँग सहकार्य र सहमतिकै माध्यमबाट अघि बढ्ने पक्षमा आफूहरू रहेको बताए । तर, कांग्रेसको अडान सम्भव हुने खालको नभएको बर्तौलाको टिप्पणी छ ।

    ‘कांग्रेसको अडान सरकारमा नरहँदाको पीडाबोध मात्र हो । सरकारभन्दा बाहिर कांग्रेस रहन सक्दैन भन्ने योबीचको अवस्थाले देखाउँछ,’ उनले भने, ‘यति महत्त्वपूर्ण छलफल भइरहँदा अशिष्ट र अमर्यादितरुपमा कांग्रेस पेश भइरहेको छ ।’

  • खर्चको बेमेल मिलाउने गरी नीति तथा कार्यक्रम आएको छ : स्वर्णिम वाग्ले

    खर्चको बेमेल मिलाउने गरी नीति तथा कार्यक्रम आएको छ : स्वर्णिम वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसद् डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रम आर्थिक सुधार र खर्चको बेमेल मिलाउने गरी ल्याएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेले सुझबुझ पूर्ण रूपले आर्थिक शिथिलता चिर्दै दिगो रोजगारमूलक वृद्धिको जग बसाउन, राजस्व बढाउने, खर्चको बेमेल मिलाउन र सामाजिक रूपान्तरणको जग बसाउन नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए ।

    पूर्वाधारको शिथिल चिर्ने गरी जलवायु कूटनीतिक देखि लिए एलडिसि ग्राजुएशनसम्म र छिमेकी राष्ट्रसँगको पुनरोदयसँग १६ पञ्चवर्षीय योजनालाई टेवा पुग्ने गरी आगामी बजेट ल्याइनुपर्ने वाग्लेले उल्लेख गरे ।

  • विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? (भिडिओ)

    विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको रवि लामिछानेको नाम नराखी समिति बनाउनुको अर्थ नभएको टिप्पणी गरेका छन्।

    प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहकारी प्रकरणमा एमालेले साथ दिने, गिरीबन्धुमा रास्वपाले साथ दिने गरी अघि बढेको आरोप लगाए।

    उनले भने, ‘मिडिया हाउसका सञ्चालनको नागरिकताको बिषयमा उठेको बिषयमा सहयोग गर्न तयार छु भन्दा भन्दै समात्नुहुन्छ। गिरफ्तार गर्ने निकायमा दुई वटा पारपोर्टको कारण आरोपी व्यक्ति हुनुहुन्छ। महान्यायाधिवक्ताको कार्यालयले छानबिन गर्नु नपर्ने भनेको छ। यो महान्यायाधिवक्ताको कार्यालय भनेको रास्वपाको भ्रातृ संस्था होरु गृहमन्त्रालयको शाखा होरु कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नु पर्दैन भनेको छ। कहिले सहकारीको ठगीमा संलग्न हुनुहुन्न भनेको छ। त्यो संवैधानिक इजलास हो ?’

    उनले गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि आरोप लगाएको भन्दै त्यसमाथि छानविन समिति बनाउन आफूहरु तयार रहेको बताए। गृहमन्त्रीले सदनमा आरोप लगाएको प्रत्येकमाथि छानविन गर्न आफूहरु तयार रहेको बताए।

  • सहकारी प्रकरण : कांग्रेसको नयाँ प्रस्तावपछि कार्यदलका सदस्य शीर्ष नेतासँग छलफलमा

    सहकारी प्रकरण : कांग्रेसको नयाँ प्रस्तावपछि कार्यदलका सदस्य शीर्ष नेतासँग छलफलमा

    काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

    कानुन मन्त्री पदम गिरी अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् भने रास्वपा सांसद शिखिर खनाल पनि पार्टी सभापति रवि लामिछाने भेट्न गएका छन्।

    कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख नगर्ने भए संलग्न भएको संस्थाको नाम राखेर टीओआर टुंग्याउन आजको बैठकमा नयाँ प्रस्ताव गरेको थियो ।

  • सिरोहिया पक्राउ प्रकरण रास्वपा- सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ

    सिरोहिया पक्राउ प्रकरण रास्वपा- सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिसोध साँधेर पक्राउ गरेको आरोप लगाएपछि महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै आफूहरू लोकतान्त्रिक मूल्य प्रतिबद्ध रहेको जनाएका हुन्।

    उनले भनेका छन्, ‘धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौँ ।’

    विधिको शासनको अर्को सौन्दर्य होः कानुन भन्दामाथि कोही हुँदैन जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत भएको उल्लेख गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ । विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपा पार्टीको उच्च सम्मान गर्ने उल्लेख भर्दै विज्ञप्तिमा भनिएको छ, तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानूनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।’

    नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको रास्वपाको बुझाइ छ।

    ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नपर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानूनी राज्यको जीत होस्।’

  • खेलकुदमन्त्री विराजभक्तसँग ८५ लाखकाे ल्याण्डक्रुजर, बुबाको २० लाख ऋण

    खेलकुदमन्त्री विराजभक्तसँग ८५ लाखकाे ल्याण्डक्रुजर, बुबाको २० लाख ऋण

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा एक करोड बढीको शेयरमा लगानी रहेको देखिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मन्त्री श्रेष्ठले पेश गरेको सम्पत्ति विवरणमा श्रेष्ठको नाममा विभिन्न कम्पनीको १५ हजारभन्दा धेरै कित्ताको मूल्य एक करोड ९ लाख बराबरको शेयर रहेको उल्लेख छ । त्यस्तै, उनको अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।

    मन्त्री श्रेष्ठको विभिन्न आठ वटा बैंकमा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ बचत रहेको विवरणमा देखिएको छ । श्रेष्ठले सो रकम स्वआर्जन भएको बताएका छन् ।

    उनीसँग ८५ लाखको टोयटाको ल्याण्ड क्रुजर र १९ लाख ७५ हजारको एमजी विद्युतीय गाडी रहेको जनाएका छन् भने एउटा ३ लाख ६४ हजारको स्कुटर रहेको छ । उनीसँग विभिन्न ब्राण्डको ३ लाखको घडी रहेको छ भने २० लाख रुपैयाँ बुबासँग ऋण रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।

     

  • रवि-निकिताको सम्पत्ति विवरणः ८० तोला सुन, डेढ करोड ऋण

    रवि-निकिताको सम्पत्ति विवरणः ८० तोला सुन, डेढ करोड ऋण

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफ्नो र श्रीमती निकिता पौडेलको नाममा रहेको चल अचल सम्पत्तिको विवरण पेश गरेका हुन् ।

    सार्वजनिक गरिएको विवरणअनुसार निकिताको नाममा बूढानीलकण्ठको वडा नम्बर ८ मा एउटा घर छ । ५ आना क्षेत्रफलमा फैलिएको उक्त घर ३ करोड ५० लाख रुपैयाँमा चार वर्षअघि खरिद गरिएको रविले खुलाएका छन् । यो घरको लागि लिएको बैंक ऋण डेढ करोड रूपैयाँ चुक्ता गर्न बाँकी रहेको विवरणमा उल्लेख छ । निकिताले गोपिकृष्ण इन्टरनेसनल सञ्चालन, भाडा, नारी टिभी र ब्राण्ड इन्डोर्समेन्टबाट गरेको कमाइले घर किनेको जनाइएको छ ।

    रवि लामिछानेको आफ्नै नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा रहेको छ । यस्तै निकिताको सेयर रहेको गोपीकृष्ण प्रालीको नाममा काठमाडौं-७ मा १० रोपनी जग्गा पारिवारिक सगोलको रुपमा रहेको छ । १० रोपनी ८ आनाको २५ प्रतिशत सेयर निकिताले पाउनेछिन् ।

    निकितासँग ८० तोला सुनका गरगहना रहेको सम्पत्ति विवरणमा जनाएको छ । अधिकांश सुन आमाबाबुबाट पाएको तथा केही खरिद गरेको विवरणमा उल्लेख छ । यस्तै चाँदीका भााडाकुँडा १५/२० केजी छन् ।

    रवि र निकिताको नाममा ७ वटा बैंकमा खाता छन् । रविको ग्लोबल आईएई र नेपाल बैंकमा रहेको खातामा जम्मा १ लाख १० हजार रुपैयाँ छ । निकिताको नेपाल बैंकको खातामा ५ लाख रूपैयाँ छ ।
    गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा निकिताको ८ लाख ७५ हजार कित्ता सेयर छ, जसको मुल्य ८ करोड ७५ लाख हसुन आउँछ । यसैगरि टाटा नेक्सन इभी गाडी ४२ लाख रुपैयाँमा निकिताले खरिद गरेकी छन् ।

  • श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित)

    श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित)

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    उनले सार्वजनिक गरेको विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उनले बताएका छन् ।

    यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

    अर्यालको जनसागर सहकारीमा १ करोड ५० लाख, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद जम्मा रहेको छ ।

    यस्तै उनकी श्रीमती अम्बिका केसीको नाममा जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद रहेको छ । सो सम्पत्ति व्यापारबाट प्राप्त भएको विवरण उनले सार्वजनिक गरेका हुन् ।

    यस्तै विभिन्न १२ ठाउँमा जग्गा रहेको विवरण उनले सार्वजनिक गरेका छन् । काठमाडौं १६ मा अम्बिका केसीको नाममा ३ करोड मूल्य बराबरको घर रहेको छ ।

  • टीकापुर जग्गाबारे आरजू- मैले ५० हजारमा किनेको हुँ, टीकापुरमै गएर हेर्नुस् (भिडिओ)

    टीकापुर जग्गाबारे आरजू- मैले ५० हजारमा किनेको हुँ, टीकापुरमै गएर हेर्नुस् (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन्।

    प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै प्रक्रिया पुर्‍याएर किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन्।

    उनले भनिन्, ‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु। मैले ०५३ सालामा किनेको हो। यो घोटाला भएको ०६८ पछि हो।’

    राणा कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी हुन्। उनी यो जग्गा प्रकरणमा मुछिएको छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो जग्गा घोटाला प्रकरणको पनि छानबिन गर्ने तयारी गरिरहेका छन्।

  • गृहमन्त्रीलाई कांग्रेसको चुनौती- उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्नू

    गृहमन्त्रीलाई कांग्रेसको चुनौती- उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्नू

    काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए ।

    उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ ।’

    उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए ।

    पाण्डेले भने, ‘उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौं, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं ।’

    उनले गृहमन्त्रीले निराधार आरोप लगाएको रेडकबाट हटाउन माग गरे ।

  • सहकारीको नाम लेख्न तयार छौं, व्यक्ति तोक्दा गलत नजिर बस्छः कानूनमन्त्री गिरी (भिडिओ)

    सहकारीको नाम लेख्न तयार छौं, व्यक्ति तोक्दा गलत नजिर बस्छः कानूनमन्त्री गिरी (भिडिओ)

    काठमाडौं । सहकारी प्रकरणको छानबिन समितिको कार्यादेशका लागि गठित समितिको बैठक आज पनि विनानिष्कर्ष टुंगिएको छ ।

    बैठकबाट बाहिरिँदै कानूनमन्त्री पदम गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको बताए । उनले आजको बैठक केही आशावादीरूपमा अघि बढेको पनि जानकारी दिए । तर, व्यक्तिको नाम किटान गरेर जाँदा गलत नजिर स्थापित हुने भन्दै त्यसमा सत्ता पक्ष तयार नरहेको मन्त्री गिरीले बताएका छन् ।

    ‘सहकारीको बचतको अपचलनको विषयलाई प्रभावकारी छानबिन गर्ने । कहाँ कसले अपचलन गरेको छ तिनीहरूलाई कारबाही गर्ने बचतकर्ताको रकम फिर्ताको सुनिश्चित गर्ने गरी छानबिन गरी कारबाही कुन ढंगले लान सकिन्छ भन्ने कुरामा सबै एक मत छौं । अस्तिको भन्दा अलि आशावादीरूपमा छलफल भएको छ’, उनले भने ।

    गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शनलगायतका सहकारीको नाम राख्ने विषयमा आफूहरू तयार रहेपनि पहिले नै दोषी करार गरेर जान नहुने गिरीले बताए ।

    ‘कोही व्यक्ति दोषी हो होइन भन्ने छानबिनपछि थाहा लाग्छ । पहिले नै कोही दोषी हो भनेर जाँदा यथार्थ बाहिर आउँदैन । अपचलन गरेको छ भने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्छ’, मन्त्री गिरीले भने, ‘गृहमन्त्रीको नाम जोडिएका सहकारीको नाम लेख्नुपर्नेमा कुनै आपत्ति छैन । रवि लामिछानेले नै अपचलन गर्नुभयो उहाँमाथि छानबिन गर्नुपर्‍यो भन्ने भाष्य बनाइँदैछ त्यो ठीक होइन भन्ने हो ।’

    यो विषयले सदनलाई बन्दक बनाउन नहुने भनेर आफूहरूले कांग्रेसलाई भनेको उनले बताए ।

  • गृहमन्त्रीको प्रष्टीकरण- मैले कसैलाई धम्काएको छैन, गिरीबन्धुको पनि छानबिन हुन्छ

    गृहमन्त्रीको प्रष्टीकरण- मैले कसैलाई धम्काएको छैन, गिरीबन्धुको पनि छानबिन हुन्छ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टी-स्टेट प्रकरणको पनि छानबिन गरी दोषीलाई कारबाही गर्न आफू तयार रहेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिजो सदनमा बोल्दा प्रतिपक्षले उठाएको विषयमा मात्रै केन्द्रित भएकाले गिरीबन्धुको कुरा नआएको प्रष्ट पारे।

    उनले भने, ‘हिजो प्रतिपक्षले उठाएका विषयहरूको कुरा गरेको हुँ। गिरीबन्धु किन बिर्सिनुपर्‍यो र। को दोषी छन् ? कहाँबाट सुरू भएको हो ? को-को सहभागी छन् ? किन बिर्सनुपर्‍यो र ? तर, प्रसङ्ग नै त्यो थिएन। प्रमुख प्रतिपक्षले लगाएको कुरामा चलेको थियो।’

    उनले हिजो आफूले सदनमा बोल्दा कसैलाई नधम्काएको जिकिर गरे।

    उनले भने, ‘मैले हिजो आरोप लगाएको हो र ? कहाँ धम्काए मैले ? मैले बसैलाई धम्काउने र तर्साएको होइन। मेरो जस्तै यस्ता यस्ता समाचार आएका छन्। यी सबैमा यसरी नै जाने हो त भनेर दृष्टान्त दिएको हुँ।’

    उनले रास्वपालाई सहभागी नगराई सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन आफू तयार हुँदा पनि कांग्रेसले नचाहेको दाबी गरे।

  • काम गर्न नदिएपछि कानूनमै टेकेर सरकार अघि बढेको हो : मन्त्री अर्याल (भिडिओ)

    काम गर्न नदिएपछि कानूनमै टेकेर सरकार अघि बढेको हो : मन्त्री अर्याल (भिडिओ)

    काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले सरकारले भ्रष्टाचारको सबै फाइल खोल्ने दाबी गरेका छन् । श्रममन्त्री समेत रहेका अर्यालले प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिजो गृहमन्त्रीले खोल्नु मात्रै नभएर खुलेका फाइलहरुको पनि कुरा उठाएको बताए ।

    उनले थपे, ‘उहाँहरुले मागेजस्तो समिति बनाउन हाम्रो गृहमन्त्रीज्यूले स्पष्ट भनिसक्नुभएको छ । अब के चाहियो ? हामीलाई त लोकतान्त्रिक पार्टीहरुले हामी नयाँ आउनेहरुलाई केही सिकाउनुहुन्छ भन्ने लाग्थ्यो । तर, हामीले नचाहेको अवस्था आयो । यो हामी चाहँदैनथ्यौं । हामी काम गर्न आएको हौं । सधैं सदनमा रणभूमि गर्न आएका होइनौं। काम त गर्नुपर्यो । त्यसैले लोकतान्त्रिक पद्धतिमा कानूनको धारामा टेकेर गरेको हो ।’

    गृहमन्त्रालयले फाइल खोलेपछि कारवाही न्यायलयले गर्ने बताए ।

     

  • कांग्रेसको चुनौती- गृहमन्त्रीले लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस् (भिडिओ)

    कांग्रेसको चुनौती- गृहमन्त्रीले लगाएका आरोप छानबिन गरी प्रमाणित गरियोस् (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको पूर्वअडानमा दृढ रहेको बताएको छ ।

    संसदीय दलको निर्णय सुनाउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रष्ट तथ्य देखिएको दोहोर्‍याए ।

    ‘समाचारमा प्रेषित होइन । प्रहरीमा उजुरी भएको प्रमाण छन् । रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन हुनुपर्ने पूर्ववर्ति निर्णयमा हामी दृढ छौं । हाम्रो बटमलाइन त्यहि हो’, उनले भने ।

    हिजो गृहमन्त्री लामिछाने असभ्य, असत्य, भ्रामक, कपोकल्पित र हिंस्रक ढंगले सदनमा प्रस्तुत भएको उनले टिप्पणी गरे ।

    आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेर अरुलाई झुटा आरोप लगाएको लेखकको भनाइ छ । उनले कांग्रेस र नेतालाई लक्षित गरी लगाइएका आरोपमा छानबिन गरेर प्रमाणित गर्न चुनौतीसमेत दिए ।

    ‘सदनमा कांग्रेस र नेता लक्षित आरोप लगाइएका छन् । अनुसन्धान, छानबिन गरेर प्रमाणित गर्न त्यसका लागि खुल्ला छौं । उपप्रधान तथा गृहजस्तो जिम्मेवार ठाउँमा बसेकाले अरुलाई प्रश्न सोध्ने होइन आफूमाथि उठेका प्रश्नको जवफ दिनुपर्छ ।’

    गृहमन्त्रीले बोलेको कुरालाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि लेखकले बताए । रविमाथि संसदीय छानबिन समितिको सुनिश्चित नभएसम्म सदन चल्न नदिने उनको प्रष्टोक्ति थियो ।

    ‘समिति बनाएर गृहमन्त्रीमाथि छानबिनको सुनिश्चित गर्नुस् राति १२ बजेसम्म सदन चलाउन र कार्यसूचीमा प्रवेश गर्न दिन तयार छौं’, लेखकले सुनाए ।

  • कार्यादेशमा कांग्रेसको अडान- गृहमन्त्री र उनी संलग्न संस्थाहरुको फाइल खोल्न संसदीय छानबिन

    कार्यादेशमा कांग्रेसको अडान- गृहमन्त्री र उनी संलग्न संस्थाहरुको फाइल खोल्न संसदीय छानबिन

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ ।

    कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो । कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

    कार्यदलभित्र कार्यादेशमा रविको नाम राख्नेबाहेक अरु सबै विषयमा सहमति भएको भनेर सत्तापक्षले एकोहोरो प्रचार गरेको भन्दै कांग्रेस नेताहरुले गृहमन्त्री र उनी संलग्न संस्थामा भएको सहकारीको बचत अपचलनको बारेमा संसदीय छानबिन आवश्यक रहेकाले अरु विषयमा हुने सहमतिको अर्थ नरहेको बताएका छन् ।

    कार्यदलका सदस्य जीवन परियारसहितका नेताहरुले दिनभरको छलफलका निष्कर्षबारे संसदीय दलमा महामन्त्री गगन थापासहितका नेताहरुलाई ब्रिफिङ गरेका थिए । मुख्य विषयमा सहमति नभएको उनीहरुले बताए । ब्रिफिङमा रमेश लेखक पनि सहभागी थिए । त्यसपछि कांग्रेसको आफ्नो बेग्लै मस्यौदा लिएर परियार कार्यदल बैठकमा फर्किएका छन् ।

    महामन्त्री थापाको भनाइ उदृत गर्दै एक नेताले भने– मुख्य कुरा समस्याग्रस्त सहकारीहरुको बारेमा संसदीय छानविन समिति बनाउने होइन,त्यो त राज्यका निकायले नै गरिरहेका छन् । अहिले त गोरखा मिडिया ग्रुप र सुर्यदर्शनलगायतका गृहमन्त्री संलग्न सहकारी संस्थाको बचत अपचलनको फाइल खोल्ने भनेर संसदीय छानविन समिति मागेका हौं । हिजो एमालेले सुन तस्करीको बेला गृहमन्त्रीसँग सिआइबीले बयान लिन सक्दैन भनेर संसदीय छानविन समिति मागेको जस्तै अहिले कांग्रेसले गृहमन्त्रीको संलग्नताको छानविन नियमित निकायबाट हुन सक्दैन भनेर संसदीय छानविन गरौं भनेको हो ।

    गृहमन्त्री संलग्न संस्थाको अपचलन र उनको संलग्नताकै बारेमा किटेरमात्र छानविन समिति गठन हुने कांग्रेसको अडानपछि सहमति प्रयास अवरुद्ध भएको छ ।

     

  • रास्वपाको जवाफ- एकपछि अर्को सर्त राखेर कांग्रेसले दोहोरो चरित्र देखायो (भिडि‍ओ)

    रास्वपाको जवाफ- एकपछि अर्को सर्त राखेर कांग्रेसले दोहोरो चरित्र देखायो (भिडि‍ओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर सहमतिको प्रक्रिया गिजोलेको बताएको छ । रास्वपा सांसद मनिष झाले हिजो समझदारीको टीओआर बनिसकेको अवस्थामा पछि कांग्रेसले कुरा फेरेको जिकिर गरे ।

    संसद परिसरमा पत्रकारसँग कुरा गर्दै झाले संसदीय समितिका लागि आफूहरू तयार भएको तर २ वटा मात्र न्यूनतम अघि सारेको बताएका छन् ।

    ‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौं भनेका छौं । ३ वटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनुभएको छ । त्यो समस्या होइन समस्या भएका सबैमा गरौं न भन्ने हो’, झाको भनाइ थियो ।

    उनले थपे भने, ‘समितिको लागि तयार छैनौं भन्ने हामीमाथि आरोप छ । हाम्रो तर्फबाट स्वर्णिम वाग्ले र सहमहामन्त्री जीवन परियार हिजो दिनभर टीओआर बनाइरहनुभएको थियो । टीओआर लिएर पार्टीमा छलफल गरेर आउँछु भनेर जानुभयो तर टीओआर बर्खास्त गरेर उहाँहरूले एकल रूपमा तिमीहरूले संसदीय मर्यादाविपरीतका शब्द राखेर स्वीकार्नुपर्छ भनेर पठाउनुभयो । कसरी भन्नु हुन्छ हामी समितिको लागि तयार छैनौं भनेर ? संसदीय समितिका लागि तयार छैन भनेर टीओआर त बनेको हो नि ।’

    उनले कांग्रेसले दोहोरो चरित्र देखाएको भन्दै निकासका लागि कांग्रेसकै नेताहरूलाई सोध्न सुझाव दिए, ‘के हो भनेर ती व्यक्तिहरूलाई सोध्नुस् जसले फरकफरक समयमा फरक फरक सर्त राख्नुभएको छ । कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं । कसैको नाम तोकेर समाचार आयो भन्दैमा समिति बनाउने हो ? उहाँहरूको मन्त्रीको पनि नाम आएको थियो त ।’

  • समष्टिगत सहकारीको कुरा ल्याएर गृहमन्त्रीलाई उम्काउन खोजियो : कांग्रेस (भिडि‍ओ)

    समष्टिगत सहकारीको कुरा ल्याएर गृहमन्त्रीलाई उम्काउन खोजियो : कांग्रेस (भिडि‍ओ)

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सदन सुचारुका लागि केही समझदारी बन्ने कुरामा आफूहरू आशावादी रहेको बताएका छ्न् ।

    प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगितपछि संसद भवन बाहिर पत्रकारमाझ उनले यो बीचमा समझदारी बन्न सके सबैको लागि राम्रो हुने बताए ।

    उनले समष्टिगत सहकारीका विषयमा अध्ययनको कुरालाई लिएर गृहमन्त्री रवि लामिछानेलाई उम्काउन खोजिएको भन्दै आशंका जनाए ।

    ‘सत्ता पावरको कारण छानबिनको परिधिभित्र नआउने, तर शक्ति नहुनेहरू आउने भेदभाव हुनु भएन । समानरूपमा विभेद नगरी छानबिन समिति बन्नुपर्छ । गृहमन्त्री संलग्न हुनुहुन्छ भन्ने स्पष्ट छ । छानबिनको दायरामा उहाँ पनि आउनुपर्‍यो । समस्याग्रस्त अन्य सहकारी पनि हेरून्’, महतले भने ।

    छानबिन प्रक्रियामा अनुचित प्रभाव पार्ने सम्भावना भएकाले संसदीय समितिको माग गरिएको उनको जिकिर छ ।

    विपक्षी दलबीचको छलफललाई लिएर पत्रकारको जिज्ञासामा उनले सत्ता केन्द्रित र दीर्घकालीन नभई मुद्दामा केन्द्रित छलफलमात्र भएको प्रष्टीकरण दिए ।

    सत्तारुढ दलको गतिविधिले अध्यादेशबाट बजेट ल्याउन पो चाहेको हो कि ! भन्दै महत शशंकित देखिए ।

    ‘हिजो अस्ति सानासानो कुरामा पनि छानबिन समिति बनाइहाल्ने आज किन त ?’ उनको प्रश्न थियो ।

  • कांग्रेसले आज पनि गर्‍यो राष्ट्रियसभा अवरोध, बैठक ६ गतेसम्मलाई स्थगित

    कांग्रेसले आज पनि गर्‍यो राष्ट्रियसभा अवरोध, बैठक ६ गतेसम्मलाई स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ।

    सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।

    बैठकमा काँग्रेस सांसदहरुले उठेर बिरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाख दाहालले सभाका प्रक्रियाहरु अघि बढाउन नसकिएको भन्दै सभालाई सहज रुपमा सञ्चालन गर्न व्यवस्था दिन आग्रह गरे ।

    उनले समस्या राष्ट्रिय सभामा उत्पत्ति नभएकाले बिरोध नगरिदिन आग्रह गरे । उनले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई लिएर धन्यवाद ज्ञापन समेत गर्न नपाएको र राष्ट्रपति कार्यालयबाट प्राप्त सूचनाहरुसमेत पढेर सुनाउन नसकेको स्थिति बनेको भन्दै सहज रुमपा अघि बढाउने माहोल निर्माण गरिदिन आग्रह गरे।

    हिजो पनि कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको थियो। कांग्रेसको अवरोधपछि अध्यक्ष नारायण दाहालले आइतबार दिउँसो १ः१५ मिनेटमा बस्नेगरी स्थगित गरेका हुन् ।

  • विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

    विपक्षी मोर्चाको बैठकमा राप्रपाको प्रस्ताव- गृहमन्त्रीलाई बोल्न दिउँ

    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलको संयुक्त बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

    शाहीका अनुसार बैठकमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर पनि छलफल भयाे ।  बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने प्रस्ताव राखेकाे थियाे । तर, यस प्रस्तावमा ठाेस सहमति भएन ।

    बाेल्न दिने विषयमा कांग्रेसले सकारात्मक प्रतिक्रिया जनाएकाे तर, निर्णय नभइसकेकाे शाहीले बताए । केही दलले भने यथास्थितिमा बाेल्न दिन नहुने भनाइ राखेका थिए ।

    हिजोको बैठकमा कांग्रेस र एमाले सांसदहरूबीच हातहालाहालको स्थिति भएपछि आज कांग्रेस संसदीय दलको बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा, जसपा नेपाललगायतका नेतासँग छलफल गरेका थिए ।

    बैठकमा कांग्रेसबाट सभापति देउवासहित, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता शशांक कोइराला, जसपामा अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, राप्रपाका नेताद्वय धवलशम्शेर राणा र ज्ञानेन्द्र शाही, लोसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारी सहभागी थिए ।

  • सहकारी प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी- जनहित विरोधी कार्यमा नलाग्नू

    सहकारी प्रकरणमा सरकारलाई कांग्रेसको चेतावनी- जनहित विरोधी कार्यमा नलाग्नू

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारलाई जनहित विरोध कार्यमा नलाग्न चेतावनी दिएको छ।

    सहकारी प्रकरणले सदनमा चर्काचर्की परेपछि आज बसेको संसदीय दलको बैठकले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैर जिम्मेवार बनेको निष्कर्ष निकालेको हो।

    बैठकपछि प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ ।’

    लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अरबौँ रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको विषय आफूहरूले निरन्तर उठाइरहेको बताए।

    उनले भने, ‘सहकारीका बचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित भएका बचतकर्ताहरूको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेस सहित संघीय संसदमा धेरै दलहरूले उठाई रहेका छन्। यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ ।’

  • विपक्षी दलको बैठक चलिरहँदा प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेट

    विपक्षी दलको बैठक चलिरहँदा प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेट

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति छलफलमा जुटेका छन् ।

    सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसदको हिजोको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोध र सत्ता गठबन्धनको अबको रणनीति तयारीबारे छलफल भइरहेको बताइएको छ ।

    सिंहदरबारमा सत्तारुढ शीर्ष नेताको छलफल चलिरहँदा नेपाली कांग्रेसले भने सरकारविरुद्ध विपक्षी मोर्चा कस्न संसदका प्रतिपक्षी दलका नेतासँग बानेश्वर संसद भवनको ल्होत्से हलमा छलफल गरिरहेको छ । कांग्रेस संसदीय दलको आजै बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।

    कांग्रेसले आफ्नो मागमा अरु विपक्षी दलको पनि साथ खोजेको हो ।

    संसद ११ बजेदेखि बोलाइएपनि दलका नेताहरू बैठक र संवादमा रहँदा कतिखेरबाट सुरू हुने निश्चित छैन ।

  • संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)

    संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)

    काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।

    आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्‍यो ।

    बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस नेता रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

    सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए । ‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं,’ लेखकले भने ।

    कांग्रेसले हिजो वैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ ।

    लेखकले भने, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन् । तर सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ । सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो । तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

    प्रतिपक्षी सांसदहरु सदनमा उभिएको बेला सत्तापक्षकै माननीय नेताहरु उभिने कुरा स्वभाविक नभएको पनि लेखकले बताए ।

     

  • यस्तो थियो कांग्रेस र रास्वपाबीच भएको ३ बुँदे समझदारी, कांग्रेस पछि हटेको शिशिर खनालको दाबी

    यस्तो थियो कांग्रेस र रास्वपाबीच भएको ३ बुँदे समझदारी, कांग्रेस पछि हटेको शिशिर खनालको दाबी

    काठमाडौ‌ं। संसद्को गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप भएको कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समझदारी थप गिजोलिएको छ ।

    उपप्रधान तथा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेले एक पटक संसद्‌मा बोल्न पाउनुपर्ने रास्वपाको माग छ भने कांग्रेसले उनीविरुद्ध छानबिन समितिको अडान लिएको छ ।

    दुई पार्टी टसकोमस नहुँदा संसद् अनिर्णयको बन्दी बनिरहेको छ । यस्तो अवस्थामा दुई पार्टीबीच समझदारी पनि भएको खुलेको छ ।
    रास्वपा नेता शिशिर खनालले नेपाली काँग्रेसका तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा समझदारी भएको तर, उक्त समझदारीबाट पनि कांग्रेस पछि हटेको जनाएका छन् ।

    ‘लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउनपर्छ हाम्रो न्यूनतम अडान हो । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो,’ उनी भन्छन्, हिजो बिहान नेपाल काँग्रेस का तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा “मोटो समझदारी“ बनेको थियो। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि “इगो“ को बाटोमा गयो।’

    बिहान कांग्रेससँग समझदारी भए पनि प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिकाले कांग्रेस समझदारीबाट पछि हटेको खनालको दाबी छ ।  उनकाे भनाइ यस्ताे छ –

    हामी सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा –

    १.⁠ ⁠सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।

    २. ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने।

    ३ .अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

  • रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस् (भिडिओ)

    रास्वपाको घोषणा- अब संसदीय समिति बन्दैन, कांग्रेस आफ्ना नेताको फाइल खोल्न तयार होस् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसर्मा धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो ।

    रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै भयो राजनीतिमा आएको, अहिलेसम्म सरकारमा सहभागी भएको सय दिन पनि कटेको छैन । ३४ वर्षसम्म राजनीति गरेको, छातीमा हात राखेर हामी सबै सांसदहरु भन्न सक्छौं मेरो सभापतिको सबै छानबिन गरोस्, म तयार छौं, उहाँको केही खोट निस्कियो भने हामी राजनीति छाड्न तयार छौं कांग्रेसले त्यो हिम्मत राख्न सक्छ ? मेरो सभापति, सभापतिका श्रीमती र छोराको पनि छानबिन गर भन्न सक्छ ? मेरो चुनौती भयो ।’

    उनले अब कांग्रेसका सबै पदाधिकारीको फाइल खोल्ने शर्तमा मात्रै समिति बन्ने अडान सुनाए ।