Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • सदनमा रास्वपा- हिजोदेखि हामीविरूद्ध फेरि मिडिया ट्रायल भयो (भिडिओ)

    सदनमा रास्वपा- हिजोदेखि हामीविरूद्ध फेरि मिडिया ट्रायल भयो (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डीपी अर्यालले आफूहरूविरुद्ध फेरि मिडिया ट्रायल सुरू भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सहकारी प्रकरणमा पार्टी सभापति रवि लामिछानेको संलग्नता भएको भन्दै मिडिया ट्रायल गरिएको बताए ।

     

    उनले भने्, ‘हिजो निराधार आरोपमा पाखुरा सुर्किँदै संसदीय छानबिन समितिको माग गर्नुभयो । हामी अपमानित भएरै पनि बचतकर्ताको रकम फिर्ता गर्न केही सहयोग हुन्छ भने बनाउनुहोस् भनेका छौं । आशा गरौं समितिले कुनै दबाबमा नपरी प्रतिवेदन बुझाउनेछ । तर, हिजोदेखि हाम्रैविरुद्ध मिडिया ट्रायल सुरु भएको छ । सदनमा भएको सांसदहरूलाई केही थाहा छैन । तर, सबै सूचनाहरु यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ ? समितिप्रति ध्यानाकर्षण गराउँछ । हिजो प्रमाण छ भनेर उफ्रने सांसदहरूले आफ्नै प्रमाण भएको कारणले उफ्रिनुभएको रहेछ । त्यो छताछुल्ल छ ।’

    उनले आफूहरू सदनको गतल प्रयोग गरेर छानबिन समिति माग नगर्ने बताए ।

  • सहकारी ठगीमा रविलाई क्लीन चिट- गोरखा मिडियाबाट खर्च गरे/गराएकोमा कारवाही सिफारिस*

    सहकारी ठगीमा रविलाई क्लीन चिट- गोरखा मिडियाबाट खर्च गरे/गराएकोमा कारवाही सिफारिस*

    काठमाडौं । संसदीय छानविन समितिले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीमा क्लीन चीट दिएकाे छ । तर सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा संलग्न रहेको भन्दै कारवाही सिफारिस गरेकाे छ ।

    प्रतिवेदनका सुझाव तथा सिफारिस खण्डमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको वचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्कमा प्रालीको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनमिा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारवाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

    समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको भने कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई मुख्य जिम्मेवार रहेको ठहर गरिएको छ ।

    गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीनजनाको हस्ताक्षर चल्नेगरी खाता खोलिएको थियो । उनीहरुमध्ये एकजनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।

    स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलवभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रवन्ध निर्देशक भएकाले रविले नै अधिकांस चेकमा हस्ताक्षर गरेका थिए ।

    ‘रविले सहकारीको रकम निकालेर व्यक्तिगतरुपमा हिनामिना गरेको भेटिएन’ एक सदस्यले भने ।

    (केही तथ्य फरक परेकाले हेडलाइन र समाचारमा संसाेधन गरिएकाे छ । पाठककाे असुविधाका लागि क्षमाप्रार्थी छाैं ।सम्पादक)

     

  • रास्वपा केन्द्रीय समिति बैठक जारी, शिशिरले के गरे ब्रिफिङ ?

    रास्वपा केन्द्रीय समिति बैठक जारी, शिशिरले के गरे ब्रिफिङ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा जारी रहेको छ । पार्टीको भोलिबाट सुरु हुने राष्ट्रिय भेलाका विषयमा छलफल गर्न बैठक डाकिएको हो ।

    रास्वपाले भोली र पर्सी कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दुई दिने भेला आयोजना गर्दैछ । भेलामा एक हजार ५ सय जनाले सहभागिता जनाउने छन् । यही सन्दर्भमा दुई दिन अगाडि बसेको बैठकलाई आज निरन्तरता दिइएको हो । राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनबारे बैठकमा छलफल भइरहेको छ ।

    आजै रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीका लागि छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाउँदैछ ।

    रास्वपा बैठकमा संसदीय समितिमा पार्टीको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य शिशिर खनाल केहीबेर उपस्थित भएका थिए । उनले संसदीय समितिले बनाएको प्रतिवेदनबारे ब्रिफिङ गरे ।

    स्रोतका अनुसार खनालले प्रतिवेदनबारे मिडियामा आएका समाचारहरू तथ्यपरक नभएको जानकारी दिएका थिए ।

    खनालका अनुसार प्रतिवेदनमा सभापति लामिछानेले कुनै पनि सहकारीको रकम अपचलन गरेको भनेर निष्कर्ष निकालिएको छैन ।

    उनले भने, ‘सहकारीबाट रकम उहाँले निकाल्नुभएको होइन । मिडियामा आएको रकम खर्च गर्नुभएको हो । त्यहाँ प्रबन्ध निर्देशक भएको हिसाबले उहाँको हस्ताक्षर चल्नु स्वभाविक हो ।’

    बदनाम गराउनकै लागि यदि लामिछानेलाई कारबाही सिफारिस गर्न खोजिएमा आफूले असहमति जनाउने उनले जानकारी गराएका थिए । माओवादी र राप्रपाबाट पनि साथ पाउने आशा उनले व्यक्त गरे ।

  • प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन (भिडिओ)

    प्रतिवेदन बुझाउनुअघि शिशिर खनालले भने- सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन (भिडिओ)

    काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित छानबिन समितिका सदस्य शिशिर खनालले सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेको संलग्नता नपाइएको बताएका छन् ।

    समितिले आज प्रतिवेदन बुझाउनुअघि पत्रकारसँग कुरा गर्दै उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे ।

     

    खनालले भने, ‘सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको देखिएको छैन । यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने छौँ ।’

    गोर्खा मिडियामा तीन जनाको नाममा खाता रहेको विषयलाई अतिरञ्जना गरिएको उनले बताए ।

    ‘उहाँ गोर्खा मिडियाको प्रबन्ध निर्देशक हो । प्रबन्ध निर्देशकसहित तीन जना मिलेर खाता खोले भन्नुमा कुनै तुक छैन । यसलाई अतिरञ्जना गर्न खोजियो,’ उनले भने ।

    गोर्खा मिडियामा सहकारीको रकम खर्च गरेकोमा उहाँमाथि कारबाही सिफारिस हुन्छ ? भन्ने प्रश्नमा खनालले स्पष्ट जवाफ दिएनन् ।

    ‘रकम आइसकेपछि पनि कस्तो उत्तरदायित्व सिर्जना हुन्छ वा हुँदैन भन्ने थप अध्ययनको विषय हुन सक्छ,’ उनले भने ।

    तपाईँहरू सहमतिमै प्रतिवेदन बुझाउनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा खनालले जवाफ दिए, ‘एक छिनमा थाहा हुन्छ ।’

  • रविको संलग्नता गोर्खा मिडियामा मात्र, कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद

    रविको संलग्नता गोर्खा मिडियामा मात्र, कारवाही सिफारिस गर्ने कि नगर्नेमा समितिभित्र विवाद

    काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा सिधै दोषी ठहर्‍याउन सकेन । जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै रविलाई जिम्मेवार देखाइएको छ ।

    तत्कालीन गृहमन्त्री लामिछानेले सहकारीको रकम अपचलन गरेको भन्दै तत्कालीन प्रतिपक्षी कांग्रेसले संसदमा आवाज उठाएको थियो । कांग्रेस महामन्त्री गगन कुमार थापाले रविले सहकारीबाट रकम निकालेको प्रमाण आफूसँग रहेको संसदमा बताएका थिए । यही विषयमा लगातार संसद अवरोध भएपछि संसदीय छानबिन समिति बनाउने सहमति भयो ।

    छानबिन समिति गठनपूर्व यसको कार्यादेश (टीओआर) बनाउनका लागि चार सदस्य समिति बनाइएको थियो । एमाले, माओवादी र रास्वपा सत्तामा तथा कांग्रेस प्रतिपक्षमा हुँदा यो समिति गठन भएको हो । कांग्रेसले लामिछानेलाई निरन्तर आरोपित गरिरहँदा एमाले-माओवादीले उनको बचाउ गरेका थिए । संसदीय समितिमा एमालेका सूर्य थापालाई संयोजक बनाइयो । कांग्रेसबाट ईश्वरी न्यौपाने र दीलेन्द्र बडू, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

    त्यसबेलाको सत्ता समीकरण अनुसार गृहमन्त्री लामिछाने अनुकूल अवस्थामा थिए । संयोजक सूर्य थापासहित एमालेका २, माओवादीका एक, रास्वपाका एक गरी चारजनाको बहुमत उनको पक्षमा थियो । कांग्रेसका दुई र राप्रपाका एक गरी तीनजना विपक्षमा थिए । तर, अहिले समीकरण बदलिएको छ ।

    एमाले-माओवादी समीकरण भंग भएसँगै माओवादी र रास्वपा विपक्षमा पुगेका छन् । राप्रपा पनि विपक्षमै छ । कांग्रेस र एमालेले सत्ता सहकार्य गरिरहेका छन् । राजनीतिक कित्ता बदलिएपश्चात एमालेको रविलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली रविप्रति पहिलेजस्तो सकारात्मक छैनन् ।

    अहिले संसदीय समितिको गणित हेर्दा सत्तारुढ दल एमाले र कांग्रेसका चारजना बहुमतमा छन् । कांग्रेसका सदस्यहरूलाई जसरी पनि रविलाई दोषी देखाउने ‘म्यान्डेट’ पार्टीको थियो । कांग्रेस–एमाले एक ठाउँमा आउँदा उनीहरुले चाहेजस्तो प्रतिवेदन लेख्न सक्ने अवस्था बन्यो ।

    स्रोतका अनुसार अनुसार रविलाई रविलाई कारवाही सिफारिस गर्ने कि नगर्ने भन्नेमा समितिभित्र अझै विवाद छ । समितिका सदस्य शिशिर खनालले प्रतिवेदनमा हस्ताक्षर भइनसकेको भनेर ट्वीटरमा लेखेका छन् । यदि रविलाई दोषी देखाएर कारवाही सिफारिस गर्ने निर्णय भएको खण्डमा खनालले नोट अफ डिसेन्ट लेख्ने पार्टी स्रोत बताउँछ । माओवादीले पनि रास्वपालाई साथ दिने छ । राप्रपाको अडान भने प्रष्ट छैन ।

    ‘मिडियामा विभिन्न स्रोतबाट आएको पैसा आफूले खर्च गरेको सभापतिले नै स्वीकार गर्नुभएको छ,’ रास्वपा स्रोतले भन्यो, ‘यो कुरा प्रतिवेदनमा उल्लेख गर्दा आपत्ति होइन । तर, सहकारीको रकम हिनामिनामै उहाँलाई दोषी देखाउन खोजियो भने मान्य हुँदैन ।’

    माओवादी र रास्वपाका दुई सदस्यले हस्ताक्षर नगर्दा पनि प्रतिवेदनमा बहुमत जुट्छ, तर यो सर्वस्वीकार्य नहुने भएकाले संयोजक सूर्य थापा सहमतिकै प्रयासमा छन् ।

    समिति एक सदस्य भन्छन्, ‘रविजीको नाममा सहकारीबाट पैसा निकासा गरिएकोसम्म देखिन्छ, तर उहाँ आफैंले हस्ताक्षर कतै पनि गर्नुभएको छैन । उहाँ सहकारीको सदस्य पनि नरहेको हुँदा आफैंले रकम हिनामिना गर्न सक्ने अवस्था देखिँदैन । यसमा एकल जिम्मेवार जीवी राई हुन् ।’

    स्रोतका अनुसार जीवीले विभिन्न सहकारीबाट कुल ६५ करोड रूपैयाँ ल्याएर गोर्खा मिडियामा लगानी गरेका छन् । रविलाई प्रवन्ध निर्देशक बनाएर जीवीले सो मिडिया सञ्चालन गरेका हुन् । उनलाई केही प्रतिशत ‘स्वेट सेयर’ पनि दिएका थिए । रविलाई सेयर दिने क्रममा गोर्खा मिडियाकै रकम प्रयोग भएको थियो ।

    पदीय हिसाबले सञ्चालक भए पनि रवि खासमा तलवी कर्मचारी नै थिए । जीवीले कहाँबाट ल्याएर पैसा लगानी गरेका हुन् भन्ने आफूलाई थाहा नभएको बयान उनले दिँदै आएका छन् ।

  • सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, रवि लामिछानेबारे के आयो निष्कर्ष ?

    सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस, रवि लामिछानेबारे के आयो निष्कर्ष ?

    काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले ठगीमा संलग्न विभिन्न व्यक्तिहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा संलग्न देखाइएको छ । सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका नदेखिएको समितिका एक सदस्यले बताए ।

    ती सदस्यका अनुसार अनुसार लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकाले त्यहाँ आएको रकम खर्च गर्दा उनले हस्ताक्षर गरेका हुन् ।

    गोरखा मिडिया कम्पनीका अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए ।

    समितिका अर्का सदस्यका अनुसार रवि, जीवी र छवि समेतले गोर्खा मिडियाको सेयर लिने, पैसा जम्मा गर्ने र भौचर बुझाउने कार्य कानूनसम्मत देखिएको छैन ।

    कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान सिफारिस

    समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर्‍याएको छ । उनीमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

    समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको भन्दै अनुसन्धान गर्नका लागि सिफारिस भएको हो ।

    समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले सरकारी निकायलाई पत्राचार गर्ने समितिमा सहमति भएको हो । समितिका सदस्यका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति जुटेको छ ।

  • उपसभामुखबारे रास्वपा- उहाँले पद जानेसम्मको गल्ती गर्नुभएको छैन, हटाए प्रतिकार गर्छौँं

    उपसभामुखबारे रास्वपा- उहाँले पद जानेसम्मको गल्ती गर्नुभएको छैन, हटाए प्रतिकार गर्छौँं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानाले अन्तर्वार्ताका लागि लेखिदिएको भनेको पत्र कार्यालय भन्दा बाहिर नगएको दाबी गरेको छ।

    राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी पत्रको बारेमा उपसभामुखले स्पष्टीकरण दिइसकेको बताए।

    संवैधानिक परिषद्मा सत्ता गठबन्धनको आफूअनुकुल बहुमत नभएको कारणले अहिले फेरि यो बिषय उठाइएको जिकिर गरे।

    उनले भने, ‘गल्तीको हिसाबले हेर्ने हो भने उहाँको लेबलबाट जुन पत्र बाहिरिएको छ, त्योबाट कुनै कामकारवाही नै भएको छैन भने उहाँको पद जानेसम्मको त्रृटि होइन। त्यो कारणले रास्वपाले उहाँको पक्षमा वकालत गर्छ।’

    पत्रको बिषयमा उपसभामुखको सचिवालयको केही त्रृटि भएपनि आफ्नो कुनै गल्ती नभएको प्रष्टीकरण दिएको सुनाए।
    कार्यवहाक प्रवक्ता मनिष सुमनले पनि पार्टीले कारवाही गरेको डा. ढाकाकुमार र उपसभामुखको बिषयलाई जोडेर हेर्न नमिल्ने तर्क गरे। उनले उपसभामुखलाई हटाउने बिषयमा कुुरा आएपछि आफूहरु आन्तरिक रुपमा छलफलमा रहेको बताए।

    उनले भने, ‘उहाँलाई हटाउने कुरा सुनेको छौँ बाहिर आइरहेका छन्, यदि त्यो प्रयास भए हामी त्यसको प्रतिकार गर्छौँ।’

  • २ हजार वडामा पार्टीको संरचना गठन भइसकेको रास्वपाको दाबी, राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने (भिडिओ)

    २ हजार वडामा पार्टीको संरचना गठन भइसकेको रास्वपाको दाबी, राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि सहभागी हुने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने बताए ।

    उनले भने, ‘महाधिवेशको विषयमा आउने प्रश्नहरुको जवाफ हामीले राष्ट्रिय भेलामा दिन सुरु गरेका छौं । महाधिवेशन ०८२ को वैशाखमा गर्ने प्रस्ताव छ, मिति तय भएको छैन ।’

    उनले पहिलो पटक हुन लागेको भेलामा प्रतिनिधिको चाप रहेको बताए । उनले करिब ४ सय पालिका र २ हजार वडामा पार्टीको संरचना बनिसकेको बताए ।

    भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदनका साथै सातै प्रदेशका सभापतिहरुले बेग्लाबेग्लै प्रतिवेदन पनि भेलामा पेश गर्ने बताए ।

  • प्रधानमन्त्रीलाई भेटेर रविले भने- उपसभामुखलाई हटाउँदै हुनुहुन्छ भने तपाईँहरूलाई घातक हुनसक्छ (भिडिओ)

    प्रधानमन्त्रीलाई भेटेर रविले भने- उपसभामुखलाई हटाउँदै हुनुहुन्छ भने तपाईँहरूलाई घातक हुनसक्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख इन्दिरा रानाको विषयमा भेटेर छलफल गरेको बताएका छन्। हिजो साँझ लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए।

    त्यसबारे सचिवालय बैठकपछि बाहिरिने क्रममा उनले भने, ‘यो विषयमा धेरै आएपछि वास्तविकता के हो ? जान्न जरुरी थियो। मैले के सोचिरहनुभएको छ भनेर सोधे। उहाँलाई मैले यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारको प्राथमिकता धेरै छन्। यो सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेको छु।’

    उनले प्रधानमन्त्रीले आफू कांग्रेससँग छलफलमा रहेको बताएको जवाफ दिएको सुनाए।

  • कांग्रेसलाई रास्वपाको जवाफ- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

    कांग्रेसलाई रास्वपाको जवाफ- नेपालीलाई विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राना प्रकरणमा नेपाली कांग्रेसलाई जवाफ फर्काएको छ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले उपसभामुखले देशको शिर झुकाएको निष्कर्ष निकालेको थियो ।

    त्यसको जवाफ दिँदै रास्वपा सांसद मनिष झाले कांग्रेसलाई नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाउँदा देशको शिर झुकेन भनेर प्रश्न गरे ।

    उनले भने, ‘उपसभामुखले १९ महिनाअघि लेखेको एउटा पत्रमा उहाँले गल्ती भयो भनेर विज्ञप्ति निकालिसक्नुभएको छ । अहिले त्यसलाई राजनीतिक रूपमा चर्चा गरिँदैछ । बार्गेनिङका लागि त्यो लेटर प्रयोग गरिँदैछ । कांग्रेसको अभिव्यक्ति आयो नेपालको शिर झुकाउने काम भयो भनेर । नेपालको शिर त्यो बेला किन झुकेन नेपाली नागरिकलाई नै विदेशी शरणार्थी बनाएर पठाइयो ।’

  • रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ (भिडिओ)

    रास्वपाले भन्यो- उपसभामुख गलत व्यक्ति होइनन्, सत्ता गठबन्धनको इमान्दारितामै प्रश्न छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्ने सत्ता गठबन्धनमाथि नै प्रश्न उठाएको छ । सिंहदरबारमा बसेको सचिवालय बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघिको कुरा अहिले ल्याएको भन्दै असन्तुष्टि जनाए ।

    उनले भने- १८ महिना अघि उहाँले एउटा पत्रमा हस्ताक्षर गरेको देखियो। त्यो सम्बन्धित ठाउँमा पुगेको छैन । त्यो भिजाको लागि पनि होइन अन्तर्वार्ताको समय चाँडो गराइदिन मात्रै थियो । उहाँले १८ महिना अघि नै पत्र लेख्नु गलत थियो हामीले मान्यौँ, त्यो अहिले गलत थियो भने १८ महिना अघि पनि गलत थियो नि । आज आएर गलत भएको हो र ? त्यो कुरा। त्यसैले उहाँको दाउपेचमा हुनुहुन्छ । १८ महिनाअघि नै गलत थियो भने अहिले कि चर्चा गर्दै हुनुहुन्छ ।

    उनले उपसभामुखले छानबिन र स्पष्टीकरण दिने मौका पाउनुपर्ने बताए। संवैधानिक परिषद्मा आफू अनुकुल बनाउन सत्ता गठबन्धनले यो तयारी गरेको बताए।

    उनले थपे- अहिले चर्चा हो, कुनै औपचारिक कदम चालिएको छैन। हामी अहिले छलफल गरिरहेका छौँ । आगामी निष्कर्ष सुनाइहाल्नुपर्ने अवस्था आएको छैन । आज उहाँको सदनको प्रस्तुति अनुसार हामी आगामी धारणा बनाउँछौं ।

    उनले उपसभामुख राना गलत व्यक्ति नभएको जिकिर गरे।

  • उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

    उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ। सिंहदरबारमा अहिले बैठक जारी छ ।

    सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने भएपछि आफ्नो धारणा बनाउन रास्वपा छलफलमा जुटेको हो । उपसभामुख राना रास्वपाको कोटाबाट बनेकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ ।

  • रास्वपाले बोलायो सचिवालय बैठक

    रास्वपाले बोलायो सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सचिवालय बैठक बोलाएको छ ।

    उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने तयारी सत्ता गठबन्धनमा रहेका दलहरुले गरेपछि रास्वपाले बैठक आह्वान गरेको हो ।

    सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउने तयारी गरेपछि पार्टीको धारणा बनाउन बैठक आह्वान भएको प्रवक्ता मनिष झाले बताए ।

    बैठक अहिले विहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

  • पोखरामा रविः पहिले मकैको खोया, अहिले कालोझण्डा

    पोखरामा रविः पहिले मकैको खोया, अहिले कालोझण्डा

    पोखरा । रास्वपा सभापति रवि लामिछाने अधिकांश मोफसलका कार्यक्रममा सहभागी हुन आउँदा केही समय कार्यकर्तासँगै पैदल हिँड्न रुचाउँछन् । तर, यसपाली पोखरामा आउँदा यस्तो मेसो मिलेन । बरु उनलाई विमानस्थलबाटै प्रहरीले स्कर्टिङ गरेर कार्यक्रम स्थलभित्र पुर्‍याउनुपर्‍यो ।

    रवि रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा आएका हुन् । उनलाई बाक्लो संख्यामा सुरक्षाकर्मीका साथ कार्यक्रमस्थल पोखरा बिरौटामा रहेको ग्यालेक्सी बैंक्वैटभित्र लगियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो बैंक्वैट करिब ३ किलोमिटर दुरीमा रहेको छ ।

    लामिछाने आउने थाहा पाएपछि पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ता बिहानैदेखि कार्यक्रम स्थलमा जम्मा भएका थिए । सुरक्षा व्यवस्थालाई हेरेर प्रशासनले पनि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाएको थियो । रवि कार्यक्रम स्थलमा नआउँदै सहकारी बचतकर्ताले चर्को नाराबाजी गर्न सुरु गरिसकेका थिए ।

    रवि आउँदै गर्दा बचतकर्ताले उनलार्य कालो झन्डा देखाए । सायद पहिलोपटक हुनुपर्छ रविले कालोझण्डासहित यति चर्को विरोधको सामना गरेको । रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन । पार्टी कार्यकर्ताबाहेक अन्यलाई रोक लगाइयो । बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो ।

    यसअघि रविलाई पोखरामै गत पुस ७ गते भाषण गरिरहेकै बेला मकैको खोया प्रहार भएको थियो । पोखरा अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापतिलाई एक युवकले खोया प्रहार गरेका थिए ।

    सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्नता रहेको भन्दै रविविरुद्ध बचतकर्ताले पोखरामा कालो झन्डा तथा विरोध प्रदर्शन गर्दै आएका छन् । रविको विरोध गर्न आएका बचतकर्ताले निर्दोष भए खुलेआम हिँड्न चुनौति दिए । गृहमन्त्री हुँदा जीवी राईलाई लुकाएको आरोपसमेत उनीहरूले लगाए ।

    रवि लामिछानेविरुद्ध यसअघि नै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत पुरक उजुरी दिएका छन् । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्तकुमार शर्माको नेतृत्वको टोलीले केही दिनअघि रविको बयानसमेत लिएको थियो ।

    सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई (जीवी राई)अहिले पनि फरार छन् । जीवी ग्यालेक्सी टेलिभिजनका अध्यक्ष हुँदा रवि उक्त टेलिभिजनका प्रबन्ध निर्देशक थिए । ग्यालेक्सी टिभीको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत रवि पनि सहकारी बचत रकम हिनामिनामा संलग्न रहको वचतकर्ताको आरोप छ ।

  • रास्वपाको आरोप- संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो (भिडिओ)

    रास्वपाको आरोप- संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउन प्रस्ताव लैजाने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने प्रस्ताव लैजाने कुरा अलोकतान्त्रिक भएको बताए ।

    उनले भने, ‘एउटा सम्मानित पदलाई संवैधानिक परिषद्‍मा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिहा भन्ने राजनीतिक दलहरू उपसभामुखलाई हटाउने सल्लाह गर्दै हुनुहुन्छ, रास्वपाले एउटा राजनीतिक मुद्दा गुमाउला एउटा सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि रास्वपा सधैँ लड्नेछ ।’

    उनले आज लोकतन्त्रमाथि धावा नबोल्न आग्रह गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने चेतावनी दिए ।

  • पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा (भिडिओ)

    पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा (भिडिओ)

    पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

    रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

    लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा  पुगेका थिए ।

    कार्यक्रम सुरु हुनुअघि सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । पीडितहरुले गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

    लामिछाने गाेर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन  गरेकाे मुद्दामा मुछिएका छन् । उनीमाथि छानविन भइरहेकाे छ ।

  • सन्तोष परियारलाई प्रश्न- सत्तापक्षले उपसभामुख हटाउने तयारी गरेपछि रास्वपा अब के गर्छ ?

    सन्तोष परियारलाई प्रश्न- सत्तापक्षले उपसभामुख हटाउने तयारी गरेपछि रास्वपा अब के गर्छ ?

    काठमाडौं । सत्ता गठबन्धन उपसभामुख इन्दिरा राना हटाउने तयारीमा लागेपछि भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा जुटेको छ । महाभियोग लगाउने तयारी आधिकारी रूपमा पुष्टि भएपछि आफूहरू अनौपचारिक छलफलमा रहेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

    उनले भने, ‘यो विषयमा केही समय अघिदेखि नै कुरा आएको थियो । हिजोको बैठकपछि उहाँहरूले तयारी गरिरहेको पुष्टि भयो। मैले पनि बुझेँ । त्यस विषयमा हामी छलफलमा छौँ ।’

    पार्टीमा छलफल गरेपछि आफूहरू आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । यो विषय आजको सदनमा पनि उठाउनुहुन्छ ? भन्ने जिज्ञासामा उनले थपे, ‘हामी छलफलमा छौँ। केही समयमा ठोस धारणा बन्ला ।’

    हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै हटाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यही अनुसार अहिले गठबन्धनका दलहरू छलफलमा जुटेका छन् । राजीनामा नआए आजै आचरणविपरीत कार्य गरेको प्रस्ताव दर्ता गर्नसक्ने सत्ता गठबन्धन दलहरूको तयारी छ ।

    अमेरिकाको भिसाका लागि असम्बन्धित व्यक्तिलाई अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा रहेकी राणालाई हटाउन खोजेको छ । उपसभामुखलाई हटाउँदा संवैधानिक परिषद्मा पनि आफू अनुकूल हुने भएकाले सत्ता गठबन्धनमा आबद्ध दलहरू हटाउन तयार भएका हुन् ।

  • उपसभामुख हटाउने तयारीमा गठबन्धन- के छ आरोप ?

    उपसभामुख हटाउने तयारीमा गठबन्धन- के छ आरोप ?

    काठमाडौं । सत्ता गठबन्धनले उपसभामुख रानालाई हटाउन प्रस्ताव लैजाने भएको छ ।

    हिजो बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

    बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले हिजोको बैठकमा उपसभामुखको आचारणमा प्रश्न उठाउँदै महाभियोगको प्रस्ताव गर्नुभएको थियो । हिजोको बैठकमा भोलिसम्ममा टुंग्याउने भन्ने भएको थियो । उहाँहरूले आजै दर्ता गर्नपनि सक्नुहुन्छ ।’

    दुई ठूला दलले दर्ता गरे साना दलहरुको समर्थन रहने हिजोको बैठकमा नेताहरूले बताएको ती नेताले सुनाए ।

    उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको छ । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।

  • कांग्रेसलाई रास्वपाको प्रश्न- धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सको छानबिन गर्ने कि नगर्ने ? (भिडिओ)

    कांग्रेसलाई रास्वपाको प्रश्न- धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सको छानबिन गर्ने कि नगर्ने ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस उपसभापति धनराज गुरुङको सहकारी ठगी र नक्कली डिभोर्सबारे छानविन गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले अब उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन ? भन्दै कांग्रेस सांसदहरूलाई प्रश्न गरे ।

    उनले भने, ‘सहकारीको रकम अपचलनको विषयमा छानबिनको माग गर्न संसदीय समिति बनाउनुपर्छ भनेर नाराबाजी गर्ने एक माननीयविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी त अन्तिम सत्य होइन उजुरी नै नपर्दा प्रमाण नै नहुँदा रास्वपाका सभापतिलाई सदनमा के-के सम्म गरियो संसारले देखेको छ । तर, मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको १५ करोड हिनामिना गरेकोमा धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगीको उजुरी दर्ता गराउनुभएको छ ।’

    सहकारी ठगीलाई लुकाउनको लागि नक्कली सम्बन्ध विच्छेद गरेको कुरालाई पनि छानबिन गर्न उनले माग गरे ।

    उनले अब पार्टी उपसभापतिको विषयमा दोहोरो मापदण्ड बनाउने हो ? भन्दै कांग्रेसलाई प्रश्न गरे । सांसद पराजुलीले एपीवान टीभी चलाउन पनि जीवी राईले लगानी गरेको कुरा आएको बताए ।

    उनले भने, ‘त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानबिन गर्ने कि नगर्ने ? सरकार बनाउन भूमिका खेल्ने त्यो टीभीका मालिकलाई सरकारले छानबिन गर्ने हिम्मत राख्छ कि राख्दैन ? गृहमन्त्रीको जवाफ चाहन्छु ।’

    एपिवान टिभीका मालिक क्याप्टेन रामेश्वर थापा हुन् । उनकै घरमा कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ७ बुँदै सम्झौता भएपछि नयाँ सरकार बनेको थियो । उनी दिपक भट्टपछिका शक्तिसाली बिचौलियाका रुपमा चिनिएका छन् ।

  • पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- ओली शासनलाई इतिहासले कसरी हेर्छ ? (भिडिओ)

    पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- ओली शासनलाई इतिहासले कसरी हेर्छ ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै विश्वविद्यालयमा पठनपाठन कम र पार्टीहरूको पार्टी प्यालेस हुन थालेको बताइन् ।

    पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले भनिन्, ‘एउटा प्रधानमन्त्रीकोे पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी संगठनको लडाइमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाइले पढ्न पनि पाएनन् । राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ ।’

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको तथा एक हजार ४ सय विद्यार्थी समस्यामा परेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार हुने भनिएको दीक्षान्त समारोह रोकिएकोमा जिकिर गरिन् ।

    उनले भनिन्, ‘विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी संगठनको लडाइँका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरूले जाँच पनि दिन नपाउने ?’

  • सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने (भिडिओ)

    सरकारको छनक राम्रो नभए पनि सय दिनसम्म कुर्छौँ : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्।

    रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सरकारको निरन्तर खबरदारी गरिरहेको बताए।

    उनले भने, ‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ।’

    उनले भ्रष्टाचारको अनुसन्धानमा जुटिएको प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताए।

    उनले भने, ‘अनुसन्धानमा लागिरहेका मानिसहरूलाई त्यहाँबाट अन्त अन्तै लगिएको भन्ने सुन्नमा आएको छ। त्यो निरन्तर प्रक्रियाले हो कि अन्य कुनै कारणले खुल्दै जाला। हामीले जुन जुन सुरू गरेका थियौँ त्यसलाई अझै जोड लगाउने समाचारहरू आएका छैनन्। ती फाइलहरू कहाँ के भए मलाई थाहा छैन।’

  • रास्वपाको सफलता देखेर लखेट्ने काम भयो : उपसभापति अर्याल (भिडिओ)

    रास्वपाको सफलता देखेर लखेट्ने काम भयो : उपसभापति अर्याल (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका काम कारबाहीबाट तर्सिएर पुराना भनिएका दलहरुले लखेट्ने गरेको बताए ।

    उनले रास्वपाप्रति जस्तो टीकाटिप्पणी भए पनि पार्टी स्थापनाका समयमा गरेका प्रतिबद्धतालाई नभुलेको र थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे ।

    उपसभापति अर्यालले रास्वपा अरु पार्टीभन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे ।

    रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ । अर्यालले देश बनाउने रास्वापको अभियान संविधानभित्र टेकेर अघि बढाइने बताए ।

  • एसिड आक्रमणमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयप्रति सांसद कंसाकारको धन्यवाद (भिडिओ)

    एसिड आक्रमणमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयप्रति सांसद कंसाकारको धन्यवाद (भिडिओ)

    काठमाडौं । सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमणको दशक पछि अदालतको फैसलाबमोजिम क्षतिपूर्ति रकम उपलव्ध गराउने निर्णयप्रति सरकारलाई धन्यवाद दिएकी छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकको शुन्य समयमा तेजाव आक्रमणबाट ज्यान मार्ने उद्योग मुद्दाको पिडित सांसद कंसाकारले लामो समयपछि सरकारले उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलव्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिइन् ।

    त्यस्तै, उनले अपराध भोगेर पाइने शारीरिक, सामाजिक र मानसिक पिडाका साथै समयमा नै न्याय नपाउँदा हुने पिडा झनै कष्टकर हुने भएकाले अदालतले गरेको आदेश÷फैसला बमोजिम चाडो क्षतिपूर्ति पाउने व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराइन् ।

    केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले तेजाव आक्रमण पीडित सांसद कंसाकारको उपचारमा खर्च भएको रकममध्ये फैसलाबमोजिम मनासिव माफिक क्षतिपूर्ति रकम उपलव्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरि पीडित राहत कोषमा सोधभर्ना गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

  • रास्वपालाई कांग्रेसको प्रश्न- यो चरित्रले देश कहाँ पुग्छ ? (भिडिओ)

    रास्वपालाई कांग्रेसको प्रश्न- यो चरित्रले देश कहाँ पुग्छ ? (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न माग गरेकोप्रति आपत्ति जनाएको छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा धार्मिक सहिष्णुता भंग गर्न उद्धत रहेको आरोप लगाए। हिजो रास्वपा सांसद हरि ढकालले बोल्दै टुँडिखेलमा विरोध गर्दा पक्राउ गरेकाहरूलाई छाड्न माग गरेका थिए।

    त्यसबारेमा उनले भने, ‘टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा घुसपैठ भएको थियो भन्न सकिन्छ। तर, प्रतिपक्षमा बसेका सांसद साथीहरूले त्यहाँ प्रदर्शन गर्नेहरूका रिहाइको माग गर्नुभयो। दलका व्यक्तिहरूको पनि उपस्थिति देखिएको कुरा आएको छ। त्यो गौरा पर्वमाथि आक्रमण गरेको कि नेपाल सरकार नेपालको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको हो ? यो धार्मिक सहिष्णुता भंग गर्ने जुन दल उद्धत छ त्यो दलमाथि प्रश्न गर्छु।’

    उनले क्यानको डिजीलाई आफ्नो मान्छे भएको भन्दै जोगाउनको लागि भन्दै रास्वपाको सहमहामन्त्री आफूकहाँ आएको समेत बताए।

    उनले थपे, ‘क्यानको विषयमा छलफल हुँदैछ। १३ जना सांसदहरूले यहाँ सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ। यसै पार्टीका सहमहामन्त्री हतारिएर म कहाँ आउनुभयो। क्यानको डिजीको बारेमा उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछाने उहाँको दलको निर्वाचन क्षेत्रको मान्छे, उहाँलाई जोगाउन लाग्नुपर्‍यो भनेर अचानक म कहाँ आइपुग्नुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्छु यो चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग हाम्रो यत्रो ठूलो आशा छ, यस्तो डबल स्ट्यान्डरले हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने कल्पना गरेको थिइनँ ।’

  • विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइन : सोविता गौतम (भिडिओ)

    विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने होइन : सोविता गौतम (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले विधेयकहरुको मस्यौदा विचौलियाहरुले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छन् ।

    मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सो आपत्ति जनाएकी हुन् । उनले समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उनले मस्यौदा बनाउने जिम्मा कानून आयोगको भएपनि साउन ३२ गते संसदमा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट गर्ने जिम्मा पायोनेल ल अशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाइन् ।

    ‘विधायन व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने सवालमा हामीले अहिले बनाइरहेका छौँ । कानून मन्त्रालयले अन्तिम जिम्मेवारी लिनुपर्ने हो, तर मस्यौदा गर्ने काम त कानून आयोगकै हो । साउनको ३२ गते जुन विधेयक दर्ता भएको छ संसदमा त्यो दर्ता भएको विधेयक भर्खरै थाहा भयो । त्यो बाहिर कतै ड्राफ्ट भएर आएको भन्नेकुरा छ । बनाउनुपर्ने जिम्मेवारी त मन्त्रालयको हो । मन्त्रालयले कानून आयोगसँग समन्वय गर्नुपर्ने हो, तर साउन ३२ गते संसदमा दर्ता भएको विधेयक संसदमा छलफलका लागि आयो’, उनले भनिन्, ‘त्यसमा स्पष्टसँग पायोनेल ल अशोसिएटले ड्राफ्ट गरेको भन्नेकुरा स्पष्ट छ । हाम्रा विधेयक कहाँ ड्राफ्ट हुँदा रहेछन् भन्नेकुरा महत्वपूर्ण प्रश्न हो । मस्यौदा भनेको कानून आयोगले नै गर्नुपर्छ । यसको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो । तर मस्यौदा कानून आयोगले गर्नुपर्छ । बाहिर ड्राफ्ट गर्ने विचौलिया, कन्सलटेन्सी कसैलाई भन्ने काम बन्द गर्नुपर्छ । विज्ञ चाहिन्छ, कानून आयोगले लिएर आउने हो । तर कानून आयोगले नै मस्यौदा गर्नुपर्छ ।’

    समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको बताइन् ।

    उनले भनिन्, ‘विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामा हामी छलफलमा छौँ । यस सम्बन्धमा र यसलाई परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको छ । अहिले छलफल चलि नै रहेकाले थप कुराहरु छलफलबाट नै सुनिश्चित हुनेकुरामा म सहमत छु ।’

    उनले परिमार्जनका लागि छलफल नै उपयुक्त माध्यम हुने पनि बताए ।

  • रास्वपालाई कांग्रेसको जवाफ- टुँडिखेलमा युवाहरूले अराजकता देखाएकै हुन् (भिडिओ)

    रास्वपालाई कांग्रेसको जवाफ- टुँडिखेलमा युवाहरूले अराजकता देखाएकै हुन् (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेको पक्षमा उभिएपछि कांग्रेसले आपत्ति जनाएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक श्याम घिमिरेले युवाहरूले अराजकता देखाएको दाबी गरे।

    उनले भने, ‘गौरा पर्व सांस्कृतिक कार्यक्रम हो, संस्कृतिको परिचय पनि हो। त्यो कार्यक्रममा जुन गतिविधि भयो त्यो उछृंखल र अराजकता व्यवहार नै थियो। त्यो व्यवहार युवाले गरुन् वा प्रौढले त्यो अराजकता नै हो। उनले रास्वपा सांसद हरि ढकाललाई लक्षित गर्दै थपे, त्यसको पक्षमा हामीले सदनमा कुरा उठाउन थाल्यौँ भने हामीले समाजलाई कता लैजाँदै छौं भन्ने ध्यानाकर्षण गराउँछु।’

    सांसद ढकालले स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदरबारभित्रका बेमानहरूलाई खबरदारी गर्दैगर्दा समाउन नपाइने भन्दै तत्काल छाड्न माग गरेका थिए।

  • ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध (भिडिओ)

    ओली र देउवाविरुद्ध टुँडिखेलमा नारावाजी गर्नेलाई पक्राउ गरेकोमा रास्वपाको विरोध (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा युवाहरूलाई पक्राउ गरेकोप्रति असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसद हरि ढकालले युवाहरूलाई समातेर सरकारले गलत गरेको बताए ।

    उनले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूले विरोध भाषणा गरे, यसलाई अराजकता अनेक अनेक बहाना लगाएर भिडिओ फुटेजहरु हेरेर युवा साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ । यो गलत भएको छ । विरोधका बोलीहरु त्यो पनि युवाले राखेको छ । राज्यले सुन्नसक्ने धैर्यता राख्नसक्नुपर्छ ।’

    स्वदेशमा रोजगारी र अवसरबाट वञ्चित बनाइएका युवाहरूले सिंहदबारभित्रको बेमानहरूलाई खबरदारी गर्दै गर्दा समाउन नपाइने उनको तर्क छ ।

    उनले थपे, ‘ती युवाहरूको तत्काल रिहाको माग गर्छु । स्टाटस लेखेकै भरमा युवाहरूलाई समेतको कुरा आएको छ, कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ त्यस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौं तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाख पलाएको जस्तो छ ।’

    उनले क्यामेरामा देखिएको युवामात्रै नभएर टुँडिखेलाभरीका सबैलाई समातेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।

  • रास्वपाले भन्यो- सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै दिएनन्, हामी कुरिरहेका छौं

    रास्वपाले भन्यो- सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै दिएनन्, हामी कुरिरहेका छौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेहरुले अझै देखाउन नसकेको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूहरु अहिलेसम्म त्यो प्रमाण कुरिरहेको बताए ।

    उनले भने, ‘हामी इमानदार प्रयास गर्न आएका हौं । १०९ दिन अगाडि हामीसँग प्रमाण छ भनेर एक जनाले हामीप्रति प्रश्न राखेर तपाईंहरुले सरकारीबाट ऋण लिएको प्रमाण छ भनेर बोल्नुभएको थियो । आजसम्म प्रमाण कुरिरहेका छौं, आएको छैन । हामी डगमगाएका छैनौं । हामी आश गर्दैथ्यौं, विश्वास गर्दैथ्यौं, तर अब अति भयो । हामी आफ्नै तरिकाले अगाडि बढ्न तयार भइसक्यौं ।’

    कांग्रेसका महामन्त्री गगन थापाले रवि लामिछाने गृहमन्त्री हुँदा सदनमा बोल्ने क्रममा आफूसँग सहकारीबाट ऋण लिएको प्रमाण भएको सदनमै दाबी गरेका थिए ।

    त्यो प्रमाण दिए राजनीतिबाट सन्न्यास लिने लामिछानेले घोषणा गरे पनि अहिलेसम्म महामन्त्री थापाले दिन सकेका छैनन् । महामन्त्री थापाको दाबीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित कांग्रेस नेताहरुले समर्थन जनाएका थिए ।

  • पार्टीबाट निकालिएपछि मुकुल- न्यायिक निकायले कारबाही बदर गरेपछि रविले राजीनामा दिनुपर्छ

    पार्टीबाट निकालिएपछि मुकुल- न्यायिक निकायले कारबाही बदर गरेपछि रविले राजीनामा दिनुपर्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि आफू रवि लामिछाने क्लबबाट मात्रै निष्कासित भएको बताएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार नभएको भन्दै न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा सभापति लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्।

    उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ । नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।’

    सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेको आरोप समेत लगाएका छन्।

    उनले थपेका छन्, ‘आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् । र फेरी पनि नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’

  • रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने, १५ उपसमिति गठन (भिडिओ)

    रास्वपाको राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने, १५ उपसमिति गठन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय भेलामा १४ सय प्रतिनिधि सहभागी हुने जनाएको छ।

    पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले बैठकले असोज १ र २ गते हुने भेलामा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

    उनले भने, राष्ट्रिय भेलामा १४ सय जना आधिकारिक प्रतिनिधि सहभागी हुने। अनौपचारिक रूपमा त्यसभन्दा धेरैको अपेक्षा गरेका छौँ।

    उनले आजको बैठकले १५ वटा उपसमिति गठन गरेको पनि बताए । रास्वपाले यसअघि नै काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

    यस्तै, बैठकमा स्थानीय छाया सरकार सम्बन्धी कार्यविधि कार्यवाहक महामन्त्रीले पढेर सुनाएको उनले बताए।

    उनले भने, ‘आजको बैठकमा कार्यविधि प्रस्तुत भएको छ। त्यसमा अध्ययन गरेर अर्को बैठकबाट निर्णय गर्नको लागि स्थानीय छाया सरकार कार्यविधि अध्ययनको लागि उहाँले समय उपलब्ध गराउने र अर्को बैठकमा छलफल गरेर निर्णयार्थ प्रस्तुत हुन्छ।’

  • मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन (भिडिओ)

    मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको हो ।

    ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक-पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।

    बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘अनुशासन आयोगले यसअघि नै यथेष्ट प्रमाणहरू बुझाइसक्नुभएको थियो उहाँलाई कारबाही गरियोस् भनेर। तर, पार्टीले उहाँलाई स्पष्टीकरणको मौका दिएका थियौँ। उहाँको स्पष्टीकरणमाथि पनि छलफल गर्‍यौँ। पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर कारबाही गरेका छौँ।’

  • चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किएको रास्वपा सांसदको आरोप (भिडिओ)

    चन्दा नदिने डरले विद्युत् बक्यौता उठाउन दलहरू हच्किएको रास्वपा सांसदको आरोप (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणलाई महसुल उठाउने विषयमा निर्देशन दिन राजनीतिक दलहरु हच्किएको बताएका छन् ।

    सार्वजनिक लेखा समितिमा बोल्दै ढकालले १५ दिनभित्र उठाउन निर्देशन दिए आगामी चुनावमा व्यापारीले चन्दा नदिने डरले महसुल उठाउन कडाइ गर्न नसकेको आरोप लगाए ।

    उनले भने, ‘आज निर्णय गरौं यो महसुल उठाउन विद्युत प्राधिकरणलाई नै दिउँ । १५ दिनभित्र उठाउन निर्देशन दिऔं । पहिला पैसा उठाउँ अनि कुलमानको विषयमा प्रश्न उठाऔं । मिटर लगेर जडान गरेको पैसा तिर्नुपर्छ । यो पैसा तिराइदिएपछि चुनावमा चन्दा पनि दिदैँन । अनि चुनाव लड्न रमाइलो हुन्छ । ’

    ‘नागरिकले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण समयमै तिरेन भने धितोजवानीले पत्रिकामा छापेको नोटिससहितको पैसा तिर्नुपर्छ । यो नौ वर्षमा यस्ता मिटिङ बस्दा कति खर्च हुन्छ त्यो खर्च र २२ अर्बको व्याजसहित तिराऔं,’ ढकालले भने ।

    लेखा समितिमै उपस्थित अर्का सांसद अर्जुन नरसिंह केसीले नयाँले जथाभावी नबोलौं भनेको भन्दै आक्रोशित भएका ढकाल समितिमै जंगिएर केसीको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् ।

    ढकालले भ्रष्टाचारका मुद्दा उठाउँदा जथाभावी नहुने र नयाँले तथ्यमा टेकेर बोल्ने बताए ।
    ‘९ सय जना नागरिकलाई गैर नागरिक बनाएर बोल्दा जथाभावी नहुने तर तिर्नुपर्ने पैसा उठाउनुपर्छ भन्दा कसरी जथाभावी हुन्छ’ भन्दै जंगिए ।

  • तस्बिरमा हेर्नुस् रास्वपाकाे ‘आत्मनिर्भर नेपाल अभियान’

    तस्बिरमा हेर्नुस् रास्वपाकाे ‘आत्मनिर्भर नेपाल अभियान’

    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ। केन्द्रीय कार्यालय, वनस्थलीमा आज नेपाली उत्पादनको प्रदर्शनीसहित ‘नीति मन्थन’ गरेर रास्वपाका केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन, उद्योग तथा वाणिज्य, उत्पादन प्रवद्र्धन, कृषि र अनुसन्धान तथा अभिलेखिकरण विभागको संयोजनमा अभियान सुरु गरिएको हो।

    अभियानको शुभारम्भ गर्दै उपसभापति डीपी अर्यालले आन्तरिक उत्पादन अभिवृद्धिको दीर्घकालिन लक्ष्यसहित तत्कालका लागि भने स्वदेशमै उत्पादनको क्षेत्रमा भइरहेका उपलब्धी देखाएर विदेशिने खोज्ने युवालाई मुलुकभित्रै रहन प्रेरित गर्न अभियान सुरु गरिएको बताए । ‘आत्मनिर्भर नेपाल अभियान’ वडास्तरसम्म विस्तार गरिने जानकारी पनि दिए ।

    कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मुलुकलाई आत्मनिर्भर बनाउन सानास्तरमा भइरहेका कामलाई एकीकृत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत नीतिगत परिवर्तनको बहसलाई पनि सँगसँगै लगिने बताए।

    शुभारम्भ कार्यक्रममा सांसदद्वय गणेश पराजुली र अशोककुमार चौधरीले संभावना भएका उत्पादनमा जोड नदिएसम्म मुलुकको आर्थिक रुपान्तरण नहुने भन्दै त्यसमै सहयोग पुर्‍याउन अभियान थालिएको बताए ।

    रास्वपाका केन्द्रीय सदस्य एवं स्टार्टअप तथा नवप्रवर्तन विभाग प्रमुख डा. प्रभात अधिकारीका अनुसार देशमा रहेका युवालाई उद्यम र श्रममा जोड्दै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता न्यूनीकरणमा राजनीतिक दलहरुले प्रत्यक्ष योगदान गर्न सक्छन् भन्ने सन्देश दिन पनि रास्वपाले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरुवात गरेको हो।

    ‘स्वदेशी उत्पादन प्रवद्र्धनमा सहयोग, आन्तरिक रोजगारी सिर्जना र दुबैका लागि समयसापेक्ष नीति–कानून तर्जुमामा सकारात्मक दबाब दिने उद्देश्यका साथ अभियान सुरु गरेका हौं’, डाक्टर अधिकारीले भने।

    रास्वपाका केन्द्रीय सदस्य एवं उत्पादन प्रवद्र्धन विभाग प्रमुख रामकृष्ण भट्टराईले युवालाई स्वदेशमै रोक्न सकिन्छ भन्ने सन्देश दिन अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

    अभियान शुभारम्भका लागि पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका उत्पादनदेखि नेपालमा बनेका सामग्री प्रदर्शनीका ३० स्टल छन्। रास्वपा कार्यालयमा ‘आत्मनिर्भर नेपाल अभियान’सँग सम्बन्धित ५ वटा विषयमा ‘नीति मन्थन’ समेत भइरहेको छ।

  • ‘आत्मनिर्भर नेपाल अभियान’ उद्घाटन गर्दै डीपी अर्यालले भने- रास्वपाले हरेक सुरुवात नयाँबाट गर्छ (भिडिओ)

    ‘आत्मनिर्भर नेपाल अभियान’ उद्घाटन गर्दै डीपी अर्यालले भने- रास्वपाले हरेक सुरुवात नयाँबाट गर्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले आफ्नो पार्टीले देशमा युवालाई रोक्नसक्ने कार्यक्रमहरु अघि सार्दै आइरहेको बताएका छन् । पार्टीको ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दै रास्वपाले हरेक सुरुवात केही नयाँ कामबाट गरिरहेको बताए ।

    उनले भने, ‘हामीले हरेक सुरूवात केही न केही नयाँ, नेपालीको आवश्यकता आजको युवा पुस्तालाई कसरी यो देशमा रोक्न सकिन्छ प्रयास गरिरहेका छौं । रास्वपाले केका लागि राजनीति गरिरहेको छ, जनताको आवश्यकता र देशले खोजेको जस्तो राजनीति गर्दैछ कि नेता बन्न ? अहिलेसम्म देशमा भएको जस्तो राजनीति गर्दैछ । यो कुरा सबैले बुझ्नुपर्छ ।’

    रास्वपाले आजबाट आत्मनिर्भर नेपाल अभियान सुरु गरेको छ । अभियानको उपसभापति अर्यालले पार्टी कार्यालयबाट घण्टी बजाएर सुरु गरेका हुन् ।

  • बयानपछि रवि लामिछाने- प्रमाण छ भनेर संसदमा कुर्लनेले दिन सकेनन्, मलाई हदैसम्म दु:ख दिइयो

    बयानपछि रवि लामिछाने- प्रमाण छ भनेर संसदमा कुर्लनेले दिन सकेनन्, मलाई हदैसम्म दु:ख दिइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रमाण छ भन्नेहरुले अहिलेसम्म दिन नसकेको बताए।

    हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका लामिछानेले कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए। प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

    संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए। अहिले कांग्रेस र एमाले फेरि अवसर नआउला कि जसरी मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्न चुनौती दिए।

    उनले थपे, ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन। तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

    भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याउनु भएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने तर बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। ‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं’ उनले भने।