Category: राष्ट्रिय स्वतन्त्र पार्टी

  • सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    सरकारलाई दबाबमा राख्न विपक्षी दल एकैठाउँमा, तीन सदस्यीय कार्यदल गठन

    काठमाडौं । विपक्षी दलहरू तीन सदस्यीय कार्यदलले संयन्त्र गठन गरेको छ।

    आज प्रमुख प्रतिपक्षी दलका अध्यक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकले तीन दल सदस्यीय कार्यदल बनाएको हो।

    कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेको रास्वपा नेता विराजभक्त श्रेष्ठले बताए।

    कार्यदलले सबै प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउनको लागि तयार गर्ने कार्यदल सदस्य खनालले बताए।

    उनले भने, ‘५ गते हामीले ध्यानाकर्षणपत्र बुझाउँछौँ पहिलो काम कार्यदलले त्यहाँबाट सुरु गर्छ। त्यसपछि प्रतिपक्षी दलहरुबीच हुने समन्वयको काम निरन्तर गरिराख्छ।’

    आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभए प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानका लागि अगाडि बढ्ने बैठकमा सहमति भएको छ।

  • रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ? (भिडिओ)

    रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका, विपक्षी दलको बैठकमा के भयो छलफल ? (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।

    उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए ।

    उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो । गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन ।’

    माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह-पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ ।

    ‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं । हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भने ।

  • रास्वपाको गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

    रास्वपाको गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको पर्यटन तथा संस्कृति विभागको प्रमुख महेश भण्डारी चयन भएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले विभाग प्रमुख बन्न गत माघमा गरेको सिफारिस केन्द्रीय विभागले अनुमोदन गरेको हो ।

    भण्डारीले विभाग प्रमुख चयन भएको जानकारी गराउँदै पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्।

    उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गन्तव्य पोखरा प्रदेशको राजधानी समेत हो। प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता यो प्रदेशको सबैभन्दा सुन्दर पक्ष हुन् । यद्यपि यहाँको धार्मिक, पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे हुनुपर्ने गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारीकरणमा पुराना राजनीतिक दलहरूबाट जति हुनुपर्ने थियो त्यति भएन । समाज र राजनीतिका अगुवाहरूले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ । यस्तोमा नयाँ पुस्तालाई उनीहरूले बुझ्ने भाका र भाषामा प्रदेशमा रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने मेरो प्रयत्न हुनेछ ।’

    उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रूपमा लिएको बताए ।

  • स्थानीय तहको उपचुनावका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

    स्थानीय तहको उपचुनावका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

    काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् ।

    २०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको हो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ । अन्तिममा नेपाली जनता दल रहेको छ ।

  • सहकारी पीडितका नाममा कांग्रेस-एमालेले रविको कार्यक्रम बिथोल्न खोजेको रास्वपाको आरोप

    सहकारी पीडितका नाममा कांग्रेस-एमालेले रविको कार्यक्रम बिथोल्न खोजेको रास्वपाको आरोप

    काठमाडौं । रास्वपा सभापति एवं चितवन- २ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम विथोल्न खोजिएको छ ।

    कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको रास्वपाको दाबी छ । रास्वपाले सहकारी पीडितका नाममा कांग्रेस र एमालेले रविमाथि निरन्तर अवरोध सिर्जना गरिरहेको आरोप लगाएको हो ।

    सभापति लामिछानेको सचिवालयले भनेको छ, ‘कार्यक्रम सुरु हुनै लाग्दा एक हुल कला मन्दिरमा जबरजस्ती प्रवेश गर्न खोज्दै ढुंगा प्रहार गरेका थिए । वास्तवमा तिनीहरु सहकारी पीडित नै होइनन् । कांग्रेस र एमालेका कार्यकर्ताको ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ढुंगा प्रहार गर्नेमध्ये कांग्रेस चितवनका प्रवक्ता अनमोल अधिकारी पक्राउ नै परेका छन् । यसबाट पनि उनीहरु सहकारी पीडितको नाममा विथोल्न खोज्दैछन् भन्ने पुष्टि हुन्छ ।’

    यसअघि शुक्रबार मुग्लिङ बजारमा पनि सहकारी पीडित संघर्ष समितिको ब्यानरमा केही व्यक्तिले विरोध गरेपछि रास्वपा समर्थक र उनीहरुबीच झडप भएको थियो ।

  • जनताको अपेक्षाअनुसार परिवर्तन गर्न आएका हौं, हामीले कुनै चन्दादातालाई बोक्न पर्दैन: रवि लामिछाने

    जनताको अपेक्षाअनुसार परिवर्तन गर्न आएका हौं, हामीले कुनै चन्दादातालाई बोक्न पर्दैन: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले रणनीतिक रुपमा पार्टीका विभागहरुलाई सक्रिय बनाएको बताएका छन् ।

    रास्वपाद्वारा ‘दुग्ध क्षेत्रको विकास’ विषयक नीति-मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले परिवर्तन गरेको अपेक्षा अझै अधुरै रहेकाले आफूहरु राजनीतिमा आएको बताए ।

    उनले भने, ‘एउटा राजनीतिक दल आफूलाई सत्तामा पुग्नमात्रै तयार गर्ने परिपार्टीलाई परिवर्तन गर्ने ध्येयले हामी रणनीतिक रुपमा विभागहरुलाई सक्रिय पारिररहेका छौं । जनताले परिवर्तनको अपेक्षा गरेका छन् । सत्ता र पात्र परिवर्तनको घटना हामीले हे¥यौं, तर त्यस पछाडिको रुपान्तरणको प्रक्रिया अधुरै रहेको छ । त्यसैले हामीले भ्रातृ संगठनलाई सक्रिय नबनाइ विभागहरुलाई सक्रिय बनाउने नीति बनाएका छौं ।’

    जनताले बहुमत प्राप्त गरेर सरकारको नेतृत्वमा पुग्दा पार्टीका विभागहरुले सहयोग गर्ने उनको भनाइ छ । उनले किसान लक्षित गर्दै नीति बनाउन पार्टीले नीति मन्थन कार्यक्रम राखेको बताए ।

    लामिछानेले थपे, ‘हामीलाई कुनै चन्दादाताका लागि नीति बनाइदिनु पर्नेछैन। त्यो बाध्यता छैन । किसानलाई आवश्यक नीति बनाउन हामीलाई कसैले रोक्न सक्दैन ।’

  • सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच आज पनि चितवनमा घम्साघम्सी (भिडिओ)

    सहकारी पीडित संघर्ष समिति र रविका समर्थकबीच आज पनि चितवनमा घम्साघम्सी (भिडिओ)

    चितवन । नारायणगढको नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच आज पनि घम्साघम्सी परेको छ ।

    यता रास्वपाले भने सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको चितवनवासीसँग भेटघाट कार्यक्रम कांग्रेस र एमालेका कार्यकर्ताले विथोल्न खोजेको आरोप लगाएको छ । कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको पाइएको रास्वाको दावी छ ।

    लामिछानेको नारायणगढमा भएको सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राख्न भनेर सहकारी पीडितहरुका गएका गएका थिए । उनीहरुलाई गेटभित्र पस्न नदिएपछि जबरजस्ती भित्र गएर आफ्ना कुरा राख्ने कोसिस गरेकाहरुलाई  भित्रैबाट ढुङ्गा र पानीको बोतल हानिएको थियो ।

    त्यसपछि बाहिरबाट पनि सहकारीका पीडितले ढुङ्गा हान्दा प्रहरीलाई अवस्था नियन्त्रण गर्न केहीबेर अप्ठेरो परेको थियो । ढुङ्गा हानाहानमा केही सहकारी पीडित घाइते भएका छन् । यद्यपी उनीहरु पीडित नभएर कांग्रेस एमालेका कार्यकर्ता भएको रास्वपाले जनाएको छ ।

    दुई जना घाइते भरतपुर अस्पतालमा रहेको सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए । उनले आफ्ना कुरा राख्न आउँदा उल्टै हातपात भएको दाबी गरेका छन् ।

    आफ्ना पाँच जना पीडितलाई प्रहरीले पक्राउ गरेको पनि उनले बताएका छन् ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने सहकारी पीडितका नाममा पूर्वगृहमन्त्री लामिछानेको कार्यक्रम विथोल्न लागेको भन्ने रिपोर्टिङ भएको, तर घाइते तथा प्रहरी नियन्त्रणमा रहेकोबारे जानकारी नभएको बताए ।

  • रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ)

    रविको प्रश्न- सहकारी ठगीमा दोषी ठहर भएकाले पार्टीलाई चन्दा बुझाएपछि त्यो पार्टीको अध्यक्ष ठग हुन्छ कि हुँदैन ? (भिडिओ)

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगीमा सबैभन्दा धेरै कांग्रेस एमालेकै नेताहरू संलग्न रहेको दाबी गरेका छन्।

    निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको सरकारले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउने केन्द्रमा राखेर काम गरिरहेको बताए।

     

    उनले भने, ‘गलत कुरा पटक पटक भन्दैमा सत्य हुँदैन। हामी त्यस्ता कुरा टेर्दैनौँ। मेले सहकारीको रकम नल्याएको प्रतिवेदनले भनिसकेको छ। यसलाई राजनीतिक रंग लगाउने प्रयास गरिँदै छ। घोषित सहकारी ठगहरू जो जेल पनि गएका छन्। तिनीहरू विभिन्न राजनीतिक दलका सदस्य मात्रै होइन सांसद भएका पनि छन्। दोषी ठहर भएर जेल पनि गएका छन्। ती सहकारी ठगहरूले पार्टीलाई चन्दा बुझाएका छन्। त्यो पार्टीका अध्यक्ष सहकारी ठग हो कि होइन ? सहकारी ठगीमा ठूला दुई दल र तेस्रो ठूलो दलको संलग्नता छ।’

    उनले आफूले सहकारीबाट रकम ल्याएको प्रमाण छ भन्नेहरूले दिए चितवनबाटै राजनीति छाडेको घोषणा गरेर फर्किने बताए।

  • सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने (भिडिओ)

    सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई फसाउनको लागि राज्यका सबै संरचनाको प्रयोग गरेको दाबी गरेका छन्।

    निर्वाचन क्षेत्र चितवनमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सहकारीको समस्या समाधान गर्नको लागि आफूले मन्त्रिपरिषद्बाट निर्णय गराइसकेको अवस्थामा सरकार ढालिएको बताए।

    उनले भने, ‘छानबिन समितिमा कसैको ध्यान त रवि लामिछाने मात्रै थियो। तर, पनि राज्यको सबै संरचना लागेर बनाइएको प्रतिवेदनमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै सहभागिता नभएको उल्लेख गरिएको छ। त्यसको व्याख्या अपव्याख्या जे गरे पनि। त्यो पैसा ल्याउने कुरामा मेरो संलग्नता छैन। तर त्यसरी आएको पैसाको सेयर होल्डर पनि भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ त्यो प्रतिवेदनले भनेको छ।’

    उनले आफू प्रबन्ध निर्देशक भएपछि कार्यकारी अध्यक्षले सफ्ट लोनको रूपमा ल्याएको पैसाको स्रोत खोज्न कसैले नसक्ने बताए। उनले अहिले आफू राजनीतिमा आएपछि सरकारीको समस्या छाडेर आफूलाई केन्द्रित गरेर लागेको गुनासो गरे।

    उनले भने, ‘मैले कसैको पैसा ठगेको छैन। अहिले पनि प्रतिवेदनको पाना पल्ट्याएर कुन न्यायाधीशसँग कुन वकिलसँग कुन ठाउँमा कुन क्षेत्रमा बहस गर्नुपर्छ तयार छु। गलत ढंगले फसाउन खोजेर सकिन्न। दुई वर्ष लगाएर सक्नुभएन अझै खोज्नुस्। अनुसन्धानमा सघाउँछु।’

    उनले सहकारीको रकम फिर्ता नभएसम्म आफू र आफ्नो पार्टीले निरन्तर पहल गर्ने बताए।

  • राज्यसंयन्त्र रवि र सहकारीमा अल्झिँदा प्राकृतिक विपत्ति सामना गर्न चुकेको रास्वपाको निष्कर्ष (भिडिओ)

    राज्यसंयन्त्र रवि र सहकारीमा अल्झिँदा प्राकृतिक विपत्ति सामना गर्न चुकेको रास्वपाको निष्कर्ष (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिंगै राज्य संयन्त्र सहकारीको मुद्दा र रवि लामिछानेमाथि केन्द्रित हुँदा प्राकृतिक प्रकोपको सामना गर्न नसकिएको निस्कर्ष निकालेको छ । आज बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले दुई दिनको पानीले दुईतिहाइको औकात देखाइदिएको टिप्पणी गरे ।

     

    झाले पत्रकारहरुसँग भने, ‘सहकारीको विषयमा हामीले पटक-पटक धेरै चर्चा गरिसक्यौं । देश र राजनीति योभन्दा अघि बढे हुन्थ्यो भन्ने हाम्रो धारणा हो । सबै यसैमा अड्किँदाखेरिको मूल्य के हुन्छ भन्ने हामीले देख्यौं । सरकार, गठबन्धन, गठबन्धन आवद्ध दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति यही तीन खम्वामा अड्किएको थियो- रास्वपा, रवि र सहकारी । योबाहेक अरु कसैले केही सोचिराखेको थिएन । प्राकृतिक विपत्तिका लागि कोही तयारै थिएन । त्यसैको परिणामस्वरूप प्राकृतिक विपत्तिको सामना गर्नमा सरकारी संयन्त्र चुक्यो ।’

    गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले नै सरकारको कमजोरी स्वीकारेको उनले बताए । यसअघि गृहमन्त्री छँदा नै रवि लामिछानेले असोज १७ सम्म बाढी-पहिरोको जोखिम छ भनेर तयारीका लागि एउटा निर्णय गरेको झाले स्मरण गरे । तर, वर्तमान गठबन्धन सरकारले त्यसलाई निरन्तरता नदिएको उनको भनाइ थियो ।

    ‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो । पहिलो र दोस्रो दल बनेर जस्तो सुकै चुनौति पार लगाउन सक्ने भनिएको थियो । तर, यो गठवन्धन त बालेन, हर्क, कुलमानलाई लखेट्न मात्र बनेको रहेछ । खोइ त तयारी ?’

  • नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन रास्वाको निर्देशन

    नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन रास्वाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्लामा जोखिमपूर्ण अवस्थामा रहेको नागरिकको उद्धार कार्यमा सबै तहका सदस्य सक्रिय रहन निर्देशन दिएको छ । अविरल वर्षा कारण देशभर व्याप्त विपद्को परिस्थितिमा रास्वाको संयुक्त बैठकले देशमा आपत परेको बेला आफ्नो लागि युनिफर्म खोजी गर्ने नभई आफुलाई जिम्मेवार नागरिकको रूपमा उद्धार कार्यमा लागी पर्न निर्देशन दिएको हो ।

    यस्तै उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिई, सम्बनिधत सुरक्षा निकायसँग समन्वय गरेर आफुले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न, सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन तथा आफुले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्ने तर अनावश्यक प्रचारबाजी नगर्न निर्देशन दिइएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार उद्धार कार्यको नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न नगराउन, जोखिममा परेकाको उद्धारमा सहयोग गर्न र सरकार तथा प्रभावित क्षेत्रमा रहेकाबीच समन्वय गर्न केन्द्र र प्रदेशस्तरमा कल सेन्टर तथा नियमित रूपमा उपलब्ध महत्वपूर्ण सूचना सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

  • यी ६ एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    यी ६ एजेण्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार बिहानको ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

    बैठकमा छलफलका लागि ६ एजेण्डा तय भएको छ। बैठकमा समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचनबारे, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुने उनले बताए।

    पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणको विषयलाई लिएर पक्राउ तयारी भएको चर्चापछि रास्वपामा तरंग पैदा भएको छ।

    सभापति लामिछाने पक्राउ पर्ने चर्चापछि चीन भ्रमणमा गएका नेताहरू पनि छोट्याएर फर्किएका छन्।

    सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको संसदीय समितिले ठहर गरेपछि राजनीतिक प्रतिशोध राखेर आफूलाई पक्राउ गर्न खोजिएको लामिछानेको आरोप छ।

    यस्तै, पछिल्ला घटनाक्रमबारे जानकारी दिन आज हुने भनिएको पत्रकार सम्मेलन पनि आइतर २ः३० बजे केन्द्रीय समितिको बैठकपछि मात्रै गर्ने भएको छ।

  • चीनबाट फर्केका रास्वपा नेताहरूको चेतावनी- रवि लामिछानेमाथि प्रहार गर्नखोजे प्रतिवाद गर्छौं (भिडिओ)

    चीनबाट फर्केका रास्वपा नेताहरूको चेतावनी- रवि लामिछानेमाथि प्रहार गर्नखोजे प्रतिवाद गर्छौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए । उनले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’

    कार्यवाहक प्रवक्ता मनिष झाले पनि सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको जिकिर गरे।

    उनले भने, ‘सहकारीमा सभापतिले आफैँ व्यक्तिगत रूपमा संलग्न भएर रकम लिएको छैन भनेर प्रतिवेदनले स्पष्ट पारिसकेको छ। यो विषय हामीले तीन महिना अघि नै प्रष्ट पारिसकेका थियौँ। अहिले कानूनी प्रक्रियाले नै टुंगिएको छ। तर, कसैको राजनीति जोगाउने उद्देश्यले षड्यन्त्र हुँदैछ। कुण्ठा र इगो राखेर जान खोजिन्छ भने हामी प्रतिवाद गर्छौँ। कानूनी प्रक्रियामा सक्दा दुई तिहाइको शक्ति दुरुपयोग भए जनता पनि छन् भन्ने सरकारले बुझोस्।’

    सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै आपत्ति जनाए। उनले भ्रमण र सहकारी प्रकरण लगायतको विषयमा भोलि ४ बजे पत्रकार सम्मेलन राखेको उनले बताए।

  • रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता

    रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता

    काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो ।

    गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फकिएका हुन्।

    १० दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताए। आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनेल बताए । उनीहरुले शनिवार चीन गएका थिए ।

    भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन्।

  • रविलाई विश्वासमा लिएर ओली सरकारविरुद्ध मोर्चा कस्ने प्रचण्डको दाउ, रास्वपा कति सकारात्मक ?

    रविलाई विश्वासमा लिएर ओली सरकारविरुद्ध मोर्चा कस्ने प्रचण्डको दाउ, रास्वपा कति सकारात्मक ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दबाबमा राख्न विपक्षी दलहरूको मोर्चाबन्दी कस्ने गृहकार्य थालेका छन् । भ्रष्टाचारको फाइल खोल्दा आफू नेतृत्वको सरकार ढालेको बताउँदै आएका दाहालले प्रतिपक्ष कित्तालाई बलियो बनाउन खोजेका हुन् ।

    प्रचण्डले आफू सत्ताबाट बाहिरिएपछि समाजवादी मोर्चालाई ब्युँताइसकेका छन् । मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी छन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, प्रभु साह नेतृत्वको आजपासहित विचार मिल्नेहरूलाई भित्र्याउने गरी छलफल चलिरहेको छ ।

    यद्यपि प्रचण्ड सरकारविरुद्धको मोर्चामा भने प्रतिनिधिसभाको चौथो शक्ति रास्वपालाई पनि ल्याउने गरी छलफलमा छन् । रास्वपाले पनि मुद्दा मिल्नेहरूसँग सहकार्य गर्न तयार रहेको बताएकाे छ ।

    सरकारबाट बाहिरिएपछि अघोषित मोर्चाबन्दीमा देखिएका माओवादी र रास्वपाले दुवैले सडक आन्दोलनसम्मका लागि पार्टी पंक्तिलाई उर्दी जारी गरेका छन् ।

    कांग्रेस-एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी थालेपछि माओवादी प्रतिरोधमा उत्रियो । अहिले सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि माओवादी नेताहरुले चर्को विरोध जनाएका छैनन् ।

    कांग्रेस र एमाले नेताहरू लामिछानेविरुद्ध आक्रामक रूपले प्रस्तुत भइरहँदा माओवादी नेताहरु प्रायः मौन छन् । त्यसो त प्रधानमन्त्री हुँदा पनि प्रचण्डले सहकारी ठगी प्रकरणमा रविको कुनै संलग्नता नभएको दाबी गरेका थिए ।

    आफूले सरकारी सबै संयन्त्रमार्फत् बुझ्दा पनि रविको ठगीमा संलग्नता नभएको रिपोर्ट आएको उनको तर्क थियो । त्यसबेला रवि प्रचण्ड नेतृत्वको सरकारको उपप्रधान तथा गृहमन्त्री थिए । एउटै कित्तामा उभिएको बेलामा अहिलेका प्रधानमन्त्री ओलीले पनि रविलाई सहकारी प्रकरणमा सफाइ दिँदै हिँडेका थिए ।

    तर अहिले परिस्थिति फेरिए पनि रविविरुद्ध कांग्रेसले चाहे जस्तो संसदीय समितिको प्रतिवेदन आएको छैन । छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न आफू तयार रहेको रवि आफैंले बताइसकेका छन् । प्रचण्ड अहिले पनि आफूले त्यसबेलामा भने जस्तै अहिले समितिको प्रतिवेदन आएको भन्दै रविको पक्षमा सार्वजनिक रूपमा बोलिरहेका छन् ।

    प्रचण्डको यो अभिव्यक्तिले प्रष्ट हुन्छ, उनी सरकारविरुद्धको खबरदारीमा रविको साथ खोजिरहेका छन् ।

    सरकारको गलत कामको विपक्षी दलहरूले आ-आफ्नो ठाउँबाट खबरदारी गरिरहेको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन् ।

    उनले भनिन्, ‘अहिले हामीले सरकारको गलत कामको विषयमा प्रतिवाद त गरिरहेका छौं । थप मोर्चाबन्दीको विषयमा दसैंतिहारको बीचमा हामी केन्द्रीय कमिटीको बैठक बस्दैछौं त्यहीँबाट रणनीति बनाउँछौं ।’

    उनले पनि सहकारी प्रकरणमा सरकारले पूर्वाग्रह साँध्न खोजेजस्तो देखिएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने बताइन् ।

    उनले थपिन्, ‘हामीले निष्पक्ष छानबिनको पक्षमा छौं । संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने पक्षमा छौं । प्रश्न उठेका जति सबैलाई छानबिन गर्नुपर्छ । उहाँ (रवि)को विषयमा पनि तथ्य हेर्नुपर्छ, कसैलाई बचाउने र कसैलाई फसाउने कुरा स्वीकार्य हुँदैन ।’

    सरकारको गलत कामको विरुद्धमा विपक्षी मोर्चा बनाउने प्रयास हुनु स्वाभाविक भएको माओवादी सचिव लीलामणि पोखरेल बताउँछन् ।

    उनी भन्छन्, ‘यो स्वाभाविक कुरा हो । हामीले यसका लागि रास्वपासहित सबै दलसँग कुरा गर्छौं । महँगी नियन्त्रण गर्न सकेको छैन । अहिले सरकार भ्रष्टाचारीलाई बचाउन लागेको छ । अहिले बाल मन्दिर जग्गा प्रकरणमा उपप्रधान तथा शहरी विकासमन्त्रीकी दिदीलाई उन्मुक्ति दिन खोज्दैछ । सरकारले अहिले डेलिभरी दिन सकेको छैन । यो विषय उठाइरहेका छौं ।’

    उनले अहिले मोर्चा बनाएर सडक आन्दोलनमा गइहाल्ने पक्षमा भने आफूहरू नरहेको बताए ।

    के भन्छन् अरु दल ?

    नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले पनि इस्यू मिल्ने दलहरूबीच मोर्चाबन्दी हुनसक्ने बताए ।

    उनले भने, ‘विपक्षी दलहरूलाई मोर्चाबन्दीको विषयमा पनि कुरा होलान् । अहिले सरकारले जनताविरोधी गतिविधि गरेको छ । महँगी बढाएको छ । यो नियन्त्रण गर्न सरकारले ध्यान नदिएकाले हामी आन्दोलनको तहमा जानेबारे छलफल गरिरहेका छौं ।’

    सरकारले भ्रष्टाचारका मुद्दाहरूमा पनि राजनीति गर्न खोजेको उनको भनाइ छ ।

    भट्टराईले थपे, ‘यो कानूनको राज्य हो, तर कानूनले कसैलाई पक्षपात गर्दैन । अहिले सहकारी प्रकरणमा धनराज गुरुङ, ऋषिकेश पोखरेलको श्रीमतीको पनि नाम आएको छ । त्यो नगर्ने, तर एउटा विपक्षी दलको नेतालाई समात्ने र अरुलाई छाड्ने कुरा गर्न खोज्दैछ । त्यो मिल्दैन ।’

    रास्वपाका सचेतक सन्तोष परियारले भने विपक्षी दलहरूबीच मोर्चाबन्दी बनाउनेबारे पार्टीमा छलफल नभएको बताए ।

    उनले भने, ‘विपक्षी दलहरूको मोर्चाबन्दीको विषयमा पार्टीभित्र छलफल भएको छैन । सरकारका गलत कदमका विरुद्ध प्रतिपक्षहरूले आवाज उठाइहाल्छन् ।  मुद्दा हेरेर विपक्षी दलहरूले विरोध गरिरहेका हुन्छन्, तर मोर्चा नै बनाउने भन्नेबारे छलफल भएको छैन ।’

    एमाले भन्छ- प्रचण्डको छटपटी

    नेकपा एमालेका महासचिव शंकर पोखरेल भने प्रचण्ड सत्ताबाट बाहिर आउनुपर्दाको छटपटीको कारणले राष्ट्रिय राजनीति तनावपूर्ण भएको टिप्पणी गर्छन् ।

    बुधबार धनगढी पुगेका उनले भने, ‘सरकार गठन भएको १०० दिन नपुग्दै उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो पूर्णत: असंसदीय र अराजनीतिक थियो । त्यही अभिव्यक्तिका कारण संसदभित्रै गतिरोध उत्पन्न भयो । माओवादी आन्दोलनको आलोचना गर्दा हिंसा असंसदीय हो भनेर विरोध गर्नुभयो । उहाँले राष्ट्रमा आतंक नै गर्नुभएको छ ।’

    उनले माओवादीको १० वर्षे आन्दोलन हिंसामात्रै नभएर आतंक नै भएको दाबी गरे । मुलुकको लोकतन्त्रलाई स्थायित्व बनाउँदै संविधान संशोधन गर्दै अगाडि बढ्न कांग्रेससँग मिलेको बताए ।

    कांग्रेसभित्र पनि असन्तुष्टि

    त्यसो त सत्ताको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसभित्र पनि ओली सरकारविरुद्ध असन्तुष्टि बढ्दै गइरहेको छ । एमाले र माओवादी मिल्दा देशलाई स्थायित्व दिन दुई ठूला दल मिल्नुपर्ने वकालत गर्दै आएका इतर पक्षका नेता डा. शेखर कोइरालाले सरकारप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् ।

    कांग्रेस-एमाले गठबन्धन सात बुँदे समझदारीअनुरूप बढ्न नसकेको उनको बुझाइ छ ।

    ‘सय दिन नपुग्दै केही कुरा कमेन्ट गर्न अप्ठेरो हुँदोरहेछ, तर हुने विरुवाको चिल्लो पात जस्तो भइरहेको म देख्दिनँ । सुरूमा अर्थतन्त्र चलायमान हुन्छ भन्ने लागेको थियो मलाई, तर त्यो पनि निराशाजनक देखिराखेको छु’, उनको भनाइ छ, ‘मैले यो सोचेको थिइनँ । सुशासनको हेर्दा सचिवहरू कसरी सरुवा भइरहेका छन् ? आज एउटा, भोलि अर्को । सुशासन दिन सकिँदैन यसरी । यी कुराहरूले चिन्ता बढाएको छ हामीलाई ।’

    कोइरालाले दुई ठूला दल मिल्दा शासक निरंकुश हुनसक्ने तर्क गर्दै आएका छन् । उपसभामुखलाई हटाउन प्रधानमन्त्री ओलीले चालेको कदम बिफल हुनुमा कोइरालाको आपत्तिले पनि काम गरेको बताइन्छ ।

    त्यसो त कांग्रेसमात्रै नभई सरकारलाई समर्थन गरेका जनमत, जसपा नेपाल पनि असन्तुष्ट छन् ।

    आन्दोलनमा राप्रपा

    प्रतिनिधिसभाको पाँचौं ठूलो दल राप्रपाले सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरिसकेको छ । आफूले सरकारलाई बुझाएको ४० बुँदे मागलाई सम्बोधन नगरेको भन्दै राप्रपाले छठलगत्तै काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको छ ।

    राप्रपाले मंगलबारमात्रै देशभरका पार्टी प्रतिनिधिलाई काठमाडौं बोलाएर आन्दोलनको लागि प्रशिक्षण दिइसकेको छ । महामन्त्री धवलशमशेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको बताए । एक्लाएक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन उनले आह्वान गरे ।

    प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दू राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ । हामीले अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ ।’

    उनले मंसिरबाट आफूहरूले आन्दोलन सुरु गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे ।

    ‘यो आन्दोलन एक दिनको हुँदैन । सबै व्यवस्था गर्छौं । सातदेखि १० दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएरमात्रै विश्राम लिन्छ’, उनको भनाइ छ ।

  • प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

    प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने, प्रहरी महानिरीक्षक पनि देशबाहिर

    काठमाडौं । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परे लगत्तै रास्वपा सभापति रवि लामिछाने आइतबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयमा पुगे । रवि पनि पक्राउ पर्न सक्ने हल्ला चलेपछि कार्यालयमा रास्वपा नेता-कार्यकर्तादेखि सञ्चारकर्मीको भीड लाग्यो ।

    रवि स्वयम् आफूलाई पक्राउ गर्न प्रहरी आउन सक्ने आँकलन गर्दै तयारी अवस्थामा रहेका थिए । राती अबेरसम्म पनि रास्वपा कार्यालय भित्र र बाहिर बेचैनी अवस्था थियो । तर अबेरसम्म पनि प्रहरी पक्राउ गर्न आएन । प्रहरी प्रधान कार्यालय र अनुसन्धान गरिरहेको कास्की प्रहरीका अधिकारीहरूले पक्राउको तयारी नै नरहेको प्रष्टीकरण दिए ।

    संसदीय विशेष छानबिन समितिले गोरखा मिडियाका तत्कालीन अध्यक्ष जीवी राई, प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक समिति सदस्य जोशीसहित चार जनालाई कारबाही सिफारिस गरेको छ । जोशी पक्राउ परेपछि प्रहरीले समितिको सिफारिस कार्यान्वयन सुरु भएको उद्घोष गरेको थियो । आफूले सहकारीबाट पैसा ल्याउने प्रक्रियामा कुनै भूमिका नखेलेको र सहकारीबाट आइसकेको रकम कार्यालयको प्रयोजनमा प्रबन्ध निर्देशकको हैसियतले खर्च मात्र गरेको लामिछानेले बताउँदै आएका छन् ।

    संसदीय समितिले अहिले छानबिन गरे पनि जीवी राईले सञ्चालन गरेका सहकारीहरूमाथि पहिल्यै प्रहरी अनुसन्धान भइसकेको थियो । प्रहरीले जिल्ला अदालतमा अभियोग पत्रसमेत दायर गरिसकेको छ । अहिले गृहमन्त्रीको निर्देशनपछि गोरखा मिडियाका सञ्चालकहरूमाथि प्रहरीले फेरि नयाँ अनुसन्धान सुरु गरेको हो ।

    पक्राउ परेका जोशीमाथि प्रहरीले ठगीमा मात्र नभएर संगठित अपराधको कसुरमा पनि म्याद लिएको छ । यसको मतलब उनलाई ६० दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न सक्छ । बीचमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गर्ने योजना रहेको प्रहरी स्रोतले बतायो ।

    ‘सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भयो भने आरोपीलाई हामीले ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारी भन्छन् ।

    समितिले कारबाही सिफारिस गरेकामध्ये राई फरार छन् । रम्तेल भने थुनामा छन् । यो प्रकरणमा प्रहरीले ठगी तथा संगठित अपराधमा मात्र अनुसन्धान गरेमा बढीमा ६० दिनभित्र को–को प्रतिवादी बन्नेछन् भन्ने तय हुने छ ।

    प्रहरीले पक्रिन चाहेकाहरूलाई यही अवधिभित्र पक्राउ गरिसक्नुपर्छ । अदालतमा अभियोग पत्र दायर भएपछि पक्राउ नपरेका प्रतिवादी सोझै अदालत हाजिर हुन सक्छन् । त्यसपछि प्रहरीले पक्राउ गरिहाले पनि २४ घण्टाभित्र अदालत उपस्थित गराउनुपर्छ ।

    प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको बतायो । यो राजनीतिक मुद्दा भएकाले प्रहरीले माथिकै आदेश पर्खिने स्रोतको भनाइ छ । अहिलेसम्म लामिछानेविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको छैन । लिइहाल्ने सुरसार पनि छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओली अहिले अमेरिकामा छन् । प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले प्रधानमन्त्री फर्किएपछि मात्रै रविका विषयमा निर्णय हुने बताए ।
    ‘यो राजनीतिक विषय पनि जोडिएको हुँदा प्रधानमन्त्री स्वदेश नफर्कीकन उहाँमाथि केही हुँदैन’, ती अधिकारी भन्छन्, ।

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा गएका हुन् । उनको भ्रमण तालीका १० दिन लामो छ । उनी असोज १४ गते स्वदेश फर्किनेछन् ।

    यसैगर, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर पनि अहिले स्वदेशमा छैनन् । इन्टरपोलको बैठकमा भाग लिनका लागि उनी हिजो ग्रिस प्रस्थान गरेका हुन् । उनी असोज १५ गते फर्किने कार्यक्रम छ ।

    प्रधानमन्त्री र आईजीपी दुवै देशबाहिर रहेको हुँदा पूर्वगृहमन्त्रीविरुद्ध प्रहरीले तत्काल कुनै पनि कदम चाल्ने सम्भावना नरहेको स्रोत बताउँछ ।

  • डीपी अर्यालको जिकिर- आफ्नै कर्मको फलले अमेरिकामा प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्‍याे

    डीपी अर्यालको जिकिर- आफ्नै कर्मको फलले अमेरिकामा प्रधानमन्त्रीले असुरक्षित महसुस गर्नुपर्‍याे

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले असुरक्षित महसुस गर्नु उनीहरुकै कर्मको फल भएको टिप्पणी गरेका छन् ।

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम थियो, तर न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलताका कारणले कार्यक्रम रद्द भएको अन्तिम समयमा सूचना निकालेको थियो ।

    त्यसबारे अर्यालले पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘नेपाल सरकारको लेटरप्याडमा के लेखिएको छ, उहाँहरु असुरक्षित हुनुभयो रे अमेरिकामा ! दुभाग्य, अचम्म लाग्छ मलाई । त्यो उहाँको कर्मको फल हो । शुभकामना छ उहाँहरुलाई ।’

    उनले सहकारी प्रकरणमा छानबिन समितिले टीओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी गरे ।

    प्रतिवेदनले ८७ अर्बको कुरा ल्याउँदा पनि रवि लामिछानेविरुद्ध सबै लागिरहेको उपसभापति अर्यालले बताए ।

  • अमेरिका पुगेका प्रधानमन्त्रीलाई पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने ?

    अमेरिका पुगेका प्रधानमन्त्रीलाई पूर्वशिक्षामन्त्री सुमनाको प्रश्न- कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने ?

    काठमाडौं । पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’ भन्दै प्रश्न गरेकी छन् ।

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हावर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्न कार्यक्रम सम्बन्धमा उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रश्न गरेकी हुन् ।

    प्रधानमन्त्री ओलीले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने भएकाले न्यूयोर्क र बोस्टनमा रहेका नेपाली युवा विद्यार्थीलाई प्रधानमन्त्रीको सम्बोधन सुन्न अनुरोध गर्दै पूर्वशिक्षामन्त्री श्रेष्ठले आफ्नो प्रश्न गरिदिन पनि आग्रह गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आवद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नुभएको छ । न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है ! अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला- ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’

  • प्रचण्डलाई सन्तोष परियारको आग्रह- संविधानलाई थप समावेशी बनाउन फेरि नेतृत्व गरिदिनुस्

    प्रचण्डलाई सन्तोष परियारको आग्रह- संविधानलाई थप समावेशी बनाउन फेरि नेतृत्व गरिदिनुस्

    काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनबाट डराउनुपर्ने केही नभएको बताएका छन् । संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै संविधान समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए ।

    उनले समानुपातिक निर्वाचन प्रणालीले अस्थिरता ल्याइदिएको भनेर कांग्रेस-एमालेले सफेद झूट बोलेको टिप्पणी गरे । सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको जिकिर गरे ।

    उनले दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान संशोधन गरेर बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेतृत्व गरिदिन आग्रह गरे ।

    उनले भने, तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश, पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस् ।

  • रविको बयान- जीबी राईलाई ल्याउन पहल भइरहेको बेलामा सरकार परिवर्तन भयो, अहिले के हुँदैछ थाहा छैन

    रविको बयान- जीबी राईलाई ल्याउन पहल भइरहेको बेलामा सरकार परिवर्तन भयो, अहिले के हुँदैछ थाहा छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् । संसदीय छानबिन समितिको बयानको क्रममा आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

    उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका छन् ।

    लामिछानेले बयानमा भनेका छन्, ‘मेरो बुझाइमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जीबी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत्-तत्‌ संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयम् उल्लिखित संस्थाहरूमा संलग्नै रहेको र गोरखा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन ।’

    रविले आफू र छविलाल जोशी नेपाल बैंक लिमिटेड न्यूरोड शाखामा ऋण लिने प्रक्रियामा जाँदा नेपाल बैंकले करिब २५ करोड दिन सहमत भएको उल्लेख गरेका छन् ।

    बयानमा उनले भनेका छन्, ‘उक्त ऋण लिन कार्यकारी अध्यक्ष जीबी राईको उपस्थिति अनिवार्य छ भनेर बैंकले भनेपछि उहाँलाई टेलिफोन गरियो । उहाँले हामीलाई यति थोरै ऋण लिन म बैंकमा जानुपर्ने मान्छे होइन, एक पैसा ऋण नलिई पनि पाँच वर्ष ढुक्कका साथ टेलिभिजन चलाउन सक्छु । तपाईंहरू चिन्ता नलिई टेलिभिजन राम्रो बनाउनुस् भन्नुभएको थियो । त्यही क्रममा छविलाल जोशीले आफ्नो घर राखी ऋण लिनेभन्दा उहाँको परिवारले मान्नुभएन भन्ने सुनेको थिएँ ।’

    जीबी राई मलेसियामा रहेको कुरा आफू गृहमन्त्री हुनुपूर्व नै सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले मलेसियासँग नेपालको सपुर्दगी सन्धि नभएकाले यसलाई कुटनितिक तहबाट समाधान गर्नुपर्ने विषय भएको उनले बताए।

    बयानमा उनले थप भनेका छन्,

    ‘जसका लागि मैले मलेसियाका गृहमन्त्री सैफदिन नासुसिन स्माईलसँग २०८१ बैशाख १८ मा पहिलो संवाद गरेको थिएँ । उहाँले जीबी राई मलेसियाको माइ सेकेण्ड होम स्किममा बसिरहेको हुँदा उक्त हैसियत रद्द गर्न त्यहाँका महान्यायाधिवक्तासँग कुरा गर्छु भन्नुभयो । इन्टरपोलले पनि साथसाथै काम गरिरहेको थियो र उनीहरूले जीबी राईको पासपोर्ट रद्द गर्ने भए फिर्ता पठाउन सकिन्छ भन्ने जानकारी दिएपश्चात नेपाल सरकारले उनको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा निवेदन दियो र राहदानी विभागलाई पनि पत्राचार गर्‍यो, तर वित्तीय अपराध भएका कारणले यी दुबै निकायबाट अनुमति प्राप्त हुन सकेन । त्यसपछि मलेसियाका गृहमन्त्रीसँग जेठ ३१, २०८० मा दोस्रो संवाद गरें । संवादका क्रममा जीबी राई मलेसियामा कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएकोले उक्त स्किम रद्द गर्न नमिल्ने कुरा मैले जानकारी पाएँ । त्यसपछि नेपाल प्रहरीका अधिकारीहरूलाई नै मलेसिया पठाउने र थप पहल प्रधानमन्त्रीस्तरबाट समेत गर्ने तयारी हुँदै गर्दा सरकार परिवर्तन भयो । अहिले के भइरहेको छ, मलाई जानकारी छैन ।’

  • ४ राजदूतको विषयमा जसपा नेपाल र रास्वपाको फरक मत

    ४ राजदूतको विषयमा जसपा नेपाल र रास्वपाको फरक मत

    काठमाडौं । सरकारले सिफारिस गरेका १७ जना राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट बहुमतले अनुमोदन भएकोमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् ।

    १७ मुलुकका लागि १७ जना राजदूत सरकारबाट सिफारिस भएकोमा जसपा र स्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरकमत राखेको हो ।

    जसमा जसपाका सांसद प्रकाश अधिकारीले शंकर शर्मा र कपिलमान श्रेष्ठलाई अनुमोदन नगर्नुपर्ने भन्दै जसपाले फरक मत राखेका हुन् भने रास्वपाका सांसद डोलप्रसाद अर्यालले कपिलमान श्रेष्ठ, प्रा.धनप्रसाद पण्डित र डा.नेत्रप्रसाद तिमल्सिनालाई अनुमोदन गर्न नहुने भन्दै फरक मत राखेको हो ।

    श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकबाट मात्रै निर्णय गरिने समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

    जसपाका सांसद अधिकारी र रास्वपा सांसद अर्यालले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ को विपरित डा.शर्मा भारतका लागि दोहोर्याएर भएको र राष्ट्रिय मानव अधिकार आयोगको सदस्य रहिसेकेको व्यक्ति डा.श्रेष्ठ दक्षिण अफ्रिकाका लागि राजदूतमा नियुक्ति भएको भन्दै फरकमत राखेका हुन् ।

    उनले इजरायलका लागि नियुक्त राजदूत पण्डित सरकारी जरिवाना लागेको र उच्च अदालत समेतको जरिवानालाई जायज ठहर गरेको तथा नेपाल रेडक्रम सोसाइटी जस्तो उच्च सामाजिक संसथाको प्रमुख भएर पनि त्यस अनुसारको आचार नगरेको सरकारको ठहर सहित नसिहत दिएको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै फरक मत राखिएको हो ।

    यस्तै मुद्दा चलिरहेकै अवस्थामा डा.तिमल्सिना मलेशियाका लागि राजदूत नियुक्त भएका व्यक्ति सरकार र राष्ट्रको प्रतिनिधित्व योग्य नरहेको फरक मतमा उल्लेख छ ।

  • रास्वपाको नयाँ नारा- अब जान्ने बनौं, लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने रविको अवधारणा

    रास्वपाको नयाँ नारा- अब जान्ने बनौं, लिडरसीप एकेडेमीबाट नेता उत्पादन गर्ने रविको अवधारणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको नयाँ नारा अघि सारेका छन्- अब जान्ने बनौं । उनले पार्टीभित्र नेतृत्व उत्पादनका लागि ‘लिडरसीप एकेडेमी’ बनाउने प्रस्तावसमेत गरेका छन् ।

    रास्वपाको राष्ट्रिय भेलामा राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै लामिछानेले उक्त प्रस्ताव गरेका हुन् । यसअघि पार्टीले लिएको ‘जान्नेलाई छान्ने’ नाराले एक हदसम्म काम गरेको भए पनि अब यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेको उनले बताए ।

    रविको कार्यपत्रमा भनिएको छ, ‘पार्टी गठनको पाँच महिनामै २०७९ को आमनिर्वाचनमा होमिदा हामीले नारा बनाएका थियौं, ‘जान्नेलाई छान्ने’ । युवा उमेरमै समाजमा राम्रो पहिचान बनाएका, उच्च शैक्षिक योग्यता पनि भएका र नैतिक एवं राजनीतिक रूपमा इमान्दार हाम्रा उम्मेदवार तुलनात्मक रूपमा ‘जान्ने’ भएकाले यो नारा दिएका थियौं । यो नाराले अन्य दलका पनि ‘जान्ने’ उम्मेदवार छान्न मतदातालाई दबाब परोस् भन्ने अभिप्राय समेत बोकेको थियो । एक हदसम्म यो नाराले काम पनि गर्‍यो । एउटै नाराले बदलिएको अवस्थाको चित्रण र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने भएकाले हामीले ‘अब जान्ने बनौं’ भन्ने नारा र यो नारालाई सार्थक बनाउने अभियान ल्याएका छौं ।’

    यो नारालाई सार्थक बनाउनका लागि लामिछानेले लिडरसीप एकेडेमीको प्रस्तावसमेत गरेका छन् । यो एकेडेमीले युवाहरूलाई राजनीतिक र व्यवस्थाकीय ज्ञान दिने तथा अभ्यास गराउने उनको सोच छ ।

    प्रतिवेदनमा लामिछानेले लेखेका छन्, ‘हामीले व्यवस्था त उन्नत ल्यायौं । तर, त्यसको व्यवस्थापन चाहीँ …? हो, हामी चुकेको व्यवस्थामा होइन, व्यवस्थापनमा हो । पूर्ण राजनीतिक चेतना र संस्कार तथा दृढ इच्छाशक्ति र नैतिक चरित्रयुक्त एवं योग्य सक्षम रचनात्मक व्यक्तिले मात्रै व्यवस्थापन गर्न सक्ने सत्य आत्मसाथ गरेर हामीले त्यो स्तरको राजनीतिक जनशक्ति उत्पादनको उद्देश्यमा लिडरसिप एकेडेमीको अवधारणा ल्याएका हौं ।’

    लामिछानेका अनुसार राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिमध्येबाट चिफ चान्सलर वा प्रधानसंरक्षक बनाइनेछ । यस्तै, विषय विज्ञहरूमध्येबाट एकेडेमी परिषदका १० जना पदाधिकारी नियुक्त गरिनेछ । विषयविज्ञहरूमध्येबाट १ कार्यकारी चान्सलर र विषयगत प्रशिक्षण दिने ख्यातीप्राप्त विज्ञ,, विशेषज्ञ, अनुसन्धानकर्ता एक सयजना राखिनेछ ।

    लिडरसीप एकेडेमीबाट प्रशिक्षित भएर योग्य उम्मेदवार मतदाताबीच जाने लामिछानेले बताएका छन् । एकेडेमीबाट प्रशिक्षित नभइकन चुनाव लड्न पाइने छैन । यद्यपि, आसन्न स्थानीय तहको उपनिर्वाचनमा भने लिडरसीप एकेडेमीबाट उम्मेदवार चयन गर्न नभ्याइने भन्दै लामिछानेले फरक रणनीतिको प्रस्ताव गरेका छन् ।

    ‘१६ मंसिर २०८१ का लागि स्थानीय निर्वाचन घोषणा गरिएको छ । त्यस बेलासम्म हाम्रो योजनाको लिडरसिप एकेडेमीबाट योग्य उम्मेदवार तयार हुने सम्भावना कम भएकाले सो निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने, योग्य गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई घन्टी चिन्ह दिने वा कुनै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिनेमध्ये एक विकल्प छान्न सक्नेछौं ।’

    तयारी र योग्यता पुगेको उम्मेदवार बिना चुनावमा सहभागी हुनु ठिक नहुने लामिछानेले बताएका छन् । सके हाम्रोले नसके राम्रोले जित्नुपर्ने उनको भनाइ छ ।

  • स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं (भिडिओ)

    स्वर्णिमको प्रस्ताव- पालिकाहरू ५ सयभन्दा तल झारौं, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष चुनौं (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताएका छन् ।

    संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो र सुदृढ संघीय सरकारको पक्षमा रहेको बताए । मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारबीच अन्यौलता सिर्जना भइरहेको उनको भनाइ छ ।

    पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने उनको तर्क छ । प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने उनले बताए । उपसभापति वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल भने विज्ञहरूको बनाउनुपर्ने बताए ।

    उनले समावेशी, समानुपातिकको प्रतिनिधित्व संविधानले परिकल्पना गरे अनुरुप हुन नसकेको भन्दै यसप्रति धेरै प्रश्नहरु रहेको बताए ।

     

    वाग्लेको भनाइ यस्तो छ

    कुन काम प्रदेश सरकारले गर्ने, कुन काम स्थानीय सरकारले गर्ने भन्नेमा संविधानको स्प्रिटअनुसार काम गर्न सकेनौँ । अहिले फम र फङ्शनमा ठूलो ग्याप देखियो भन्ने कुरा आइरहेको छ । जिम्मेवारीका हिसाबले १७९३ वटा फङ्सनलाई बाँडफाँट गरिएको छ । क्षमता चाहीँ कानूनी, प्रशासनिक र वित्तीयमै एकदमै ठूलो ग्याप भएको हुनाले त्यसको स्प्रिट अनुसार भएको छैन । अहिलेको आम असन्तुष्टि पनि त्यही नै हो । हाम्रो लाइन चाहीँ बलियो, स्वच्छ, सुदृढ संघीय सरकार होस् ।

    स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन । ५०० भन्दा मुनिमै जाऔँ । धेरै पालिकाहरु मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । समन्वयकारी, छरितो निकाय बीचमा रहोस् । माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्‍यो । विज्ञहरुको मन्त्रिमण्डल र प्रदेश सभाको रूपचाहिँ गाउँपालिकाका सदस्य जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ । शासकीय स्वरूप, समावेशिता र वित्तीय संघीयता यी तीनवटै विषय असाध्यै महत्वपूर्ण छन् ।

  • रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते गर्ने रवि लामिछानेको घोषणा

    रास्वपाको पहिलो महाधिवेशन वैशाख २५, २६ र २७ गते गर्ने रवि लामिछानेको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशनको तिथि घोषणा गरेको छ । पार्टीको जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

    आजैबाट पार्टीको केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा परिणत भएको सभापति लामिछानेले बताए । उनले नयाँ अभियानको पनि घोषणा गरे । जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’ सुरु गर्ने रविले बताए ।

  • रवि लामिछानेको टिप्पणी- अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्

    रवि लामिछानेको टिप्पणी- अब ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन् भन्न सक्छन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता पुष्टि गर्न नसकेपछि अहिले गोरखा मिडियामा जोडेको टिप्पणी गरेका छन् ।

    पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अझै आफूविरुद्ध भ्रम छर्ने प्रयास भइरहेको बताए ।

    उनले भने, ‘छानबिन समितिले भनिसक्यो रवि लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि लिएको छैन भनेर । अझै केही भ्रम छर्न खोज्दैछन् । एउटा कर्मचारीको रुपमा संस्थामा आएको पैसाको चेक काटेर कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिँदैछ ।’

    कार्यकारी अध्यक्षले संस्थाको खातामा ल्याएको पैसाको स्रोत कुन कर्मचारीले खोज्न सक्छ भन्दै लामिछानेले प्रश्न गरे ।

    उनले थपे, ‘कहिले त्यो प्रमाण मसँग छ भन्ने, कहिले गृहमन्त्रीसँग छ भन्ने । कहिले सहकारी अपचलन भन्ने अहिले गोर्खा मिडिया भन्ने कुरा फेर्दा फेर्दा एकदिन उनीहरु ग्यालेक्सी टीभी हेर्नेहरु पनि सहकारी ठग हुन् भन्ने निष्कर्षमा पुग्नसक्ने छन् ।’

  • ‘रविमाथि संगठित अपराध, सहकारी ठगी, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने बाटो खुल्यो’

    ‘रविमाथि संगठित अपराध, सहकारी ठगी, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने बाटो खुल्यो’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सहकारी बचत अपचलन सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले रास्वपा सभापति रवि लामिछानेमाथि कम्तीमा चारवटा मुद्दा चल्न सक्ने दाबी गरेका छन् ।

    अधिवक्ता अर्यालले संसदीय समितिको सिफारिसबमोजिम अब अपराध अनुसन्धान गर्ने राज्यका निकालये रविमाथि सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न सक्ने बताए ।

    पत्रकार ऋषि धमलासँगको नेपाली बहसका क्रममा अधिवक्ता अर्यालले भने- संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदन दिएको छ । त्यो राजनीतिक समिति हो । अब अपराध अनुसन्धान गर्ने निकायले बोल्छ, किनकी यो सहकारी ठगीमा नयाँ शैली अपनाइयो, नयाँ टुल्स र तरिका अपनाएर सहकारी ठगी गरियो । क-कसले लाभ लिए भन्ने कुरा अपराध अनुसन्धानबाट थाहा हुने कुरा हो । संसदीय समितिले मुलतः राजनीतिकरूपमा छानबिन गरेको हो । यसले सरकालाई सिफारिस गरेको हो । सरकारले त्यसको रिपोर्टलाई आधार बनाएर अपराधको अनुसन्धान गर्छ । त्यहाँ स्वेट शेयर रविजीले लिएको भनिएको छ । त्यो स्वेट शेयर नै कीर्तेजन्य भयो । माग फारम नभरी मेरो नाममा सहकारीबाट पैसा निकालियो भनिएको छ । माग फारम नभरी, सही नगरी पैसा लिन मन्जुरी कसले दियो ? माग फारम भरेको छैन भने पनि मन्जुरी दिएर पैसा लिनु कीर्ते र ठगी नै हो । धेरै ठूलो रकम (६५ करोड) कम्पनीमा आएको छ । त्यो गोर्खा मिडिया निकै हाइफाइ कम्पनी छ । धेरै धेरै तलब खाएका छन् । सहकारी ठगीको पैसा तलब खाएर, गाडी किनेर, महँगा उपकरणहरू किनेर शुद्धीकरण गरिएको छ । आफ्नै सर्कलका कम्पननीमा विभिन्न तरिकाले पैसा गएको छ, भेन्डरहरू पनि आफ्नै मान्छेहरू खडा गरेर त्यो पैसा शुद्धीकरण गर्न खोजिएकोले यसमा सम्पत्ति शुद्धीकरण पनि आकर्षित हुन्छ । सहकारी ठगी, संगठित अपराध, त्यसभित्र पनि कीर्ते र ठगी अनि सम्पत्ति शुद्धीकरण सबै अपराधका तत्व यसमा देखिन्छन् । यो धेरै जटिल विषय छ ।

    अधिवक्ता अर्यालले गोर्खा मिडियाको बिउ पुँजी नै सहकारी ठगेर ल्याएको पैसामात्रै देखिएकाले रवि लामिछानेले लिएको १५ प्रतिशत शेयर नै सहकारी ठगेको पैसा भन्ने पुष्टि भएकाले उनले पूर्व योजना अनुसार संगठित अपराध गरेको आरोप लगाए ।

    अर्यालले भने-त्यो गोर्खा मिडियाको बिउ पुँजी अर्थात सीड मनी नै सहकारी ठगीबाट आएको देखिन्छ । त्यसमा को-को संलग्न भए भन्दा जो जो कम्पनी खोल्न र शेयर धनी बने, महँगा महँगा सामान किनेर तलब गाडीमा खर्च गरे । कम्पनी चलाएर प्रत्यक्षरूपमा अपराधिक लाभ कसले लियो त ? आफूसँग पैसा नभएको अवस्थामा कसरी खोलियो त कम्पनी ? शुरूको इक्वीटी नै सहकारीको ठगीको पैसाबाट जन्मिएको छ । पार्टनर र तपाईँबीचको कुरा थाहा छैन भनेर हुन्छ ? संसदीय छानबिन समितिले प्रष्टरूपमा प्रचलित कानूनबमोजिम कारवाही गर्नु भन्दा पनि क्लीन चिट पाइयो भन्नुको त के अर्थ हुन्छ र ! अपराधको नयाँ टुल्स प्रयोग गरेर सहकारी ठगीको पैसा गोर्खा मिडियामार्फत शुद्धीकरण गरिएकोले यो संगठित अपराध हो भन्नेमा प्रश्न रहेन । संसदीय छानबिन समितिको सिफारिसलाई रिफरेन्समा राखेर सरकारले अपराधको अनुसन्धान गर्दा सबै तथ्यहरू आइहाल्छन् । किनकी संसदीय छानबिन समितिले त अपराधको अनुसन्धान गर्ने होइन, त्यो त राजनीतिक समिति हो ।

    भविष्यमा प्रश्न उठे पनि आफूले हस्ताक्षर नगरेको तथा माग फारम नभरी सहकारीबाट पैसा आएको भने पनि अपराध अनुसन्धान गर्ने निकायले त्यसलाई स्वीकार नगर्ने दाबी अर्यालको छ ।

  • सहकारी प्रतिवेदन कांग्रेसले चाहेजस्तो आएन, `धनराज काण्ड´ ले नैतिक संकट !

    सहकारी प्रतिवेदन कांग्रेसले चाहेजस्तो आएन, `धनराज काण्ड´ ले नैतिक संकट !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको काँध फेरेपछि प्रतिपक्षमा धकेलिएको कांग्रेसले नयाँ सरकारको गृहमन्त्री बनेका रास्वपा सभापति रवि लामिछानेलाई निशाना बनायो । कांग्रेसले रविलाई सहकारी ठगीमा जोडेर चर्को आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

    समितिले हिजो आफ्नो प्रतिवेदन बुझाइसकेको छ, तर कांग्रेस ‘विजयी’ मुडमा देखिँदैन । प्रतिवेदनले रविलाई कारबाही सिफारिस गरिएको भनेर जोडतोडले प्रचार हुँदा पनि रास्वपा भने प्रतिवेदनप्रति सन्तुष्ट छ । यो विरोधाभास किन त ?

    पार्टी स्रोतका अनुसार यो प्रतिवेदन कांग्रेसले चाहे जस्तो र सोचे जस्तो आएन । रविले ‘सहकारी ठगेको’ किटान नगरिकन ‘मिडियामा आएको पैसा चलाएको’ फितलो आरोपमात्रै लगाइएपछि कांग्रेस उत्साहित हुन नसकेको हो, तर प्रतिवेदनको आलोचनामा बोल्ने मुडमा पनि नेताहरु छैनन् । कारण हो, आफ्नै उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिनु ।

    एक केन्द्रीय सदस्य भन्छन्, ‘रविलाई समितिले सहकारी ठगीमा घुमाउरो तरिकाले सफाइ नै दिएको छ । सहकारीबाट रविले पैसा नै ननिकालेको र केवल मिडियामा आएको पैसा खर्च गरेको भनियो । जबकि हाम्रो उपसभापतिले त बकाइदा आफैंले पैसा निकालेको र तिरेकोसमेत बाहिर आइसक्यो । अब हामीले बोल्ने ठाउँ नै रहेन ।’

    सहकारी प्रकरणको राजनीतिक पृष्ठभूमि पनि छ । त्यसबेला नयाँ गठबन्धन जन्मनासाथ भत्काउन कांग्रेसले रविलाई प्रधानमन्त्रीको समेत अफर गरेको थियो, तर रविले स्वीकार नगरेपछि कांग्रेसको योजना तुहियो । त्यसपछि नै कांग्रेसले निरन्तर सहकारीको मुद्दा उठाएर रविलाई प्रहार गर्न थालेको हो । केही ‘रविविरोधी’ सञ्चारमाध्यमको बुई चढेर कांग्रेस नेताहरुले राजनीतिक प्रतिशोध लिन खोजेको रास्वपा नेताहरु बताउँछन् ।

    रविलाई केन्द्रित गरेर कांग्रेसले निरन्तर सदन अवरोध गर्दा सरकारले बजेट ल्याउनसमेत नसक्ने परिस्थिति बनेपछि संसदीय छानबिन समिति बन्यो । समिति गठन गर्दा रविलाई अनुकूल थियो, तर प्रतिवेदन बनाउने बेला कांग्रेसलाई प्रतिकूल भयो । एमाले र कांग्रेस मिल्दा समितिमा बहुमत पुग्थ्यो । चाहे जस्तो निष्कर्ष निकाल्न सकिन्थ्यो । त्यसैले समितिले रविलाई सहकारी ठगीको बिल्ला भिराउनेमा कांग्रेस ढुक्क थियो ।

    समिति स्रोतका अनुसार रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु पनि थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पस्नुपरेको स्रोत बताउँछ ।

    जबकि समितिले पाएको म्याडेन्ट भनेको सहकारीबाट गोर्खा मिडियामा गैरकानूनी रुपमा पैसा गएको हो कि होइन भन्ने अध्ययन गर्नेमात्र थियो, तर समितिले गोर्खा मिडियामा तीन जनाको हस्ताक्षर चल्ने असान्दर्भिक विषयदेखि रविले लिएको ‘स्वेट शेयर’ गैरकानूनी रहेको विश्लेषणसम्म गर्न भ्याएको छ । यो राजनीतिक पूर्वाग्रह पे्ररित भएको जान्दाजान्दै पनि रास्वपाका सदस्यले कडा प्रतिवाद गर्न सकेनन् । किनकि कांग्रेस-एमाले बहुमतमा थिए ।

    अन्ततः समितिले सहकारी ठगीमा रविलाई सफाइ दिए पनि गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको छ, तर कुन कानूनअन्तर्गत रविलाई कारबाही हुनुपर्ने हो भनेर औंल्याउन सकेको छैन ।

    रास्वपाप्रति झुकाव राख्ने एक कानून व्यवसायी भन्छन्, ‘प्रतिवेदनमा ‘प्रचलित कानूनअनुसार’ भनिएको छ । आफ्नो कम्पनीको खातामा भएको पैसा प्रवन्ध निर्देशकले कम्पनीकै प्रयोजनका लागि खर्च गर्दा कारबाहीको हकदार हुनुपर्ने कुनै कानून प्रचलनमा छैन, तर सामाजिक सञ्जालमा रविका विरोधीहरु ‘कारबाही’ शब्दमै रमाइरहेका छन् ।

    रविलाई सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदमा नाराबाजी गर्ने अग्रपंक्तिमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, हालका गृहमन्त्री रमेश लेखकदेखि उपसभापति धनराज गुरुङसमेत थिए । यो विषयमा मूलतः रवि र गगनबीचको टकराव निकै पेचिलो बनेको थियो । रविले सहकारीबाट ऋण लिएको प्रमाण आफूसँग भएको दाबी गगनले संसदमा गरेका थिए, तर त्यो प्रमाण या उनले समितिलाई दिएनन्, या त उनले हचुवा दाबी गरेका थिए ।

    त्यसो त रविविरुद्ध सदनमा नाराबाजीमा अग्रस्थानमा देखिएका उपसभापति गुरुङ आफैं अहिले सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीमाथि अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ ।

    उपसभापति गुरुङले श्रीमती ज्योतिसँग मिलेर ललितपुरस्थित मितेरी सहकारीको १५ करोड हिनामिना गरेको आरोप छ । उनले भने सहकारीको रकम अपचलनमा कुनै संलग्नता नभएको र श्रीमतीसँग पनि सम्बन्ध विच्छेद भइरहेको प्रस्टीकरण दिएका छन्, तर छानबिन समितिका सदस्यसमेत रहेका माओवादीका सांसद लेखनाथ दाहालले प्रारम्भिक अनुसन्धानमा उपसभापति गुरुङ सहकारी ठगीमा संलग्न भएको देखिएको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्बन्ध विच्छेद गरेको भने पनि त्यो शंकास्पद रहेको बताए ।

    उनले भने, ‘उहाँको विषयमा समितिले प्रारम्भिक अनुसन्धान ग¥यो । थप अनुसन्धानका लागि सम्बद्ध निकायलाई सिफारिस गरेका छौं । प्रारम्भिक अनुसन्धानबाट रकम अपचलनमा उहाँको संलग्नता देखिन्छ । उहाँको सम्बन्ध विच्छेद पनि नक्कली देखिन्छ । कानूनसम्मत छ, तर नक्कली जस्तो देखिएको छ अनुसन्धानमा । २०७६ मा डिभोर्स गर्नुभएको र २०७७ मा मेडमलाई साक्षी राखेर ऋण लिनुभएको छ । केही समयअघि मात्रै ७४ लाख किस्ता तिरेको देखिन्छ । उहाँको संलग्नता देखिन्छ, तर तार्किक निष्कर्षमा पुग्न अनुसन्धान प्रक्रिया बाँकी छ ।’

    कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उपसभापतिले गल्ती गरेको भए सजाय भोग्नुपर्ने बताउँछन् ।

    उनले भने, ‘उहाँले गल्ती गर्नुभएको छ भने सजाय भोग्नुहुन्छ, तर नक्कली डिभोर्सको कुरा उठ्यो । डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानूनबमोजिम भएको कुरा नक्कली हुँदैन । उहाँले कानूनी रुपमा डिभोर्स गरेपछि यो विषयमा छलफल हुन सक्दैन ।’

    उपसभापति आफैंले छानबिनको लागि तयार रहेको बताइसकेकाले अनुसन्धान प्रकिया अघि बढाउन पार्टी बाधक नबन्ने उनको भनाइ छ ।

    नेता रामहरि खतिवडाले पनि उपसभापति गुरुङ सहकारी प्रकरणमा दोषी देखिए कारबाहीका लागि पार्टीले नरोक्ने बताए ।

    उनले भने, ‘उपसभापतिको विषयमा पनि समितिले प्रतिवेदन बुझाएको हो । पार्टीबाट केही आएको छैन । उहाँले भन्नु पनि भएको छैन, तर पार्टीले कोही गलत गरेको मान्छेलाई बचाउन लाग्दैन र निर्दोषलाई फसाउन लाग्दैन ।’

    उनले प्रश्न उठेपछि कानूनसम्मत छानबिन गर्न भनिरहेको बताए ।

    सांसद खतिवडाले थपे, ‘समितिले छानबिन गर्न भनेको छ । समितिको रिपोर्ट आउला । उहाँले सदनमा आफ्नो कुरा राख्नुभएको छ । अब छानबिनमा रहेको विषयलाई नगर भनेर पार्टीले भन्दैन । छानबिनबाट रिपोर्ट आइसकेपछि पार्टीले आफ्नो कुरा राख्छ ।’

    हिजो रविलाई सहकारी ठगीको आरोप लगाउँदै प्रश्न उठाउने लेखक अहिले प्रतिवेदन कार्यान्वयन गराउने ठाउँमा छन् । रविबारे आक्रामक रूपमा प्रस्तुत हुँदै आएका लेखकमाथि पार्टीका उपसभापति जोडिएको ठगी प्रकरणलाई पार लगाउन चुनौती छ ।

    पार्टी उपसभापति नै सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसलाई नैतिक संकट परेको छ । यसअघि रविविरूद्व प्रश्न उठाउने महामन्त्री गगन थापाले निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए पनि अर्का महामन्त्री शर्माले यो विषयमा बोलेका छैनन् ।

    रविलाई समितिले दोषी करार गरेको दाबी

    छानबिन समितिले रवि लामिछानेलाई दोषी करार गरेको कांग्रेस नेताहरु बताउँछन् ।

    सांसद खतिवडाले भने, ‘अहिले समितिले दोषी ठहर गरेको छ, तर उहाँ मैले क्लीन चिट पाएँ भन्दै हिँड्नुभएको छ । यसअघिको पनि पटक-पटक विवादमा आउँदा यस्तै भन्दै हिँड्नुभएको छ ।’

    उनले सहकारीको रकम अपचलनमा संलग्नता देखिएको जिकिर गरे ।

    उनले भने, ‘उहाँले सहकारीको ६५ करोडबाट आफैंले तलब लिने, आफैंले सही गरेर चेक काट्ने गरेपछि संलग्नता भएको प्रस्ट भइहाल्यो नि !’

    सहकारी ठगीमा जोडिएको बेलामा रवि गृहमन्त्री भएकाले आफूले प्रश्न उठाएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

    उनले भने, ‘रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको बेलामा उहाँ गृहमन्त्री भएकाले, गृह मन्त्रालय मातहतको सीआईबीले आरोपित व्यक्ति नै गृहमन्त्री भएकाले हामीले विरोध जनाएका थियौं । त्यहीअनुसार समिति बनेको थियो । उहाँहरूले आफ्नो काम टुंग्याएर बुझाउनुभएको छ ।’

    प्रतिवेदनले सिफारिस गरेकालाई कारबाही गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी संसद र समितिलाई विश्वास गरेका छौं र प्रतिवेदनले इंगित गरेकाहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएर पीडितको रकम फिर्ता गराउने वातावरण बनाउनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’

    तर कांग्रेसले दाबी गरे जस्तो त प्रतिवेदनमा देखिएन नि भन्ने जिज्ञासामा उनले भने, ‘उहाँ आफैंले क्लीन चिट पाए भनेर हल्ला गर्नु भनेको परीक्षामा फेल भएको मान्छेले म पास भएँ भनेर गाउँमा हल्ला गरेको जस्तो हो । त्यसको अर्थ हुँदैन । आममान्छेले बुझेका छन् ।’

    सहकारीबाट आएको ६५ करोड खटनपटन गरेकै कारणले कम्पनीको साझेदार र प्रवन्ध निर्देशकसमेत भएका हुनाले दायित्वबाट अलग हुन नमिल्ने भन्दै दोषीको सूचीमा राखेर कारबाहीको लागि सिफारिस समितिले गरेको उनको दाबी छ ।

    उनले थपे, ‘सभापतिले प्रतिवेदन बुझाएपछि सभामुखले निर्देशन जारी गर्नुभएको छ । यो चलिरहेकै मुद्दा हो । अब विशेष त गृहमन्त्रीले प्रहरी प्रशासन र अभियोजन प्रक्रियामा विलम्ब नगर्न निर्देशन दिनुहुन्छ ।’

  • रवि लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि ननिकालेको पुष्टि भइसक्यो : शिशिर खनाल

    रवि लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि ननिकालेको पुष्टि भइसक्यो : शिशिर खनाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले सरकारी सबै संयन्त्रको प्रयोग गर्दा पनि रवि लामिछानेको सहकारीको रकम अपचलनमा कुनै भूमिका नदेखिएको बताएका छन् ।

    छानबिन समितिका सदस्यसमेत रहेका खनालले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि नल्याएको जिकिर गरे ।

    उनले भने, ‘भएको प्रयोग गर्न मिल्ने संयन्त्र प्रयोग गरेर सूचनाहरू संकलन गरिए । व्यापक संयन्त्र परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट प्रत्यक्ष रुपमा एक रूपैयाँ पनि नलगेको ऋण पनि नलिएको, कतै हस्ताक्षर पनि नगरेको स्पष्ट भएपछि समितिले सहकारीको रकम अपचलनमा कुनै भूमिका छैन भनेर प्रतिवेदन बुझाएको छ ।’

    सहकारी ठग भन्ने आरोपलाई कसैले पनि पुष्टि गर्ने आधार समितिले नपाएको खनालले बताए ।

  • प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन् : रवि लामिछाने (भिडिओ)

    प्रतिवेदनले ममाथिको मूल आरोप खारेज गर्‍यो, तर अझै भ्रमको खेती गरिरहेका छन् : रवि लामिछाने (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याएका छन् । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उनले बताए ।

    रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गरे । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उनले बताए ।

     

    लामिछानेको भाषणको एक अंश-

    हामीमाथि, विशेषगरी ममाथि धेरै आरोप लागे । हिजो समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा स्पष्टसँग मूल आरोपका विषयमा भन्यो । तर, मानिसहरूलाई चित्त बुझेन । किनभने मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोप लगाइरहेका थिए । प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो ?

    सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । त्यो पुष्टि भएन । प्रमाण भएन । त्यसपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ । केही सञ्चारकर्मी मित्रलाई अपिल गर्न चाहन्छु, यो देशको पत्रकारिता जोगाइदिनुस् । मलाई नङ्ग्याउने निहुँमा तपाईंहरू ननांगिदिनुस् ।

    मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु । नदुख्ने त होइन साथी हो, दुख्छ मलाई पनि । निरन्तरको प्रहारले म लौलहान भएको छु । छाती छियाछिया भएको छ । गाडिएको छ तीर । देखिरहेको छु, बगिरहेको छ रगत । घाउ छ । त्यही घाउमाथि अन्य प्रहारहरू आउँछन्, मलाई थाहा छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन ।

    रास्वपाको क्रेज सकियो, पहिलोजस्तो छैन भन्ने सुनिन्छ । हामीलाई पनि होकि हो कि जस्तो लागेको अवस्थामा छौं । यो यात्रा सुरू गर्दा नै यो सजिलो यात्रा थिएन । सजिलो थियो भने जसले पनि गर्थ्यो । यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ ।

    साथीहरु । एउटा राजनीतिक दल पाँच महिना अगाडि खडा हुन्छ । होनाहार २१ जना साथीहरू सांसदमा गर्जिन्छन् । सिंगो देशको ध्यानाकर्षण गर्छन् । ती साथीहरूको चर्चा चल्छ । वर्षौंदेखि सदनमा रहेका भन्दा भर्खरै आएका साथीहरूको चर्चा चल्छ । महत्वपूर्ण मन्त्रालय लिएर कामहरू गर्न थाल्छन् ।

    तर, त्यो देखेर दुई राजनीतिक दलहरू रातारात मिल्छन् भने रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ । कयौं साथीहरू हारेको जस्तो गर्नुहुन्छ । म भन्छु कसले भन्यो हार्‍यो भनेर ? साथी हो हामीले युद्ध लडेकै छैनौं । ७९ को चुनाव त ८४ को निम्तो कार्ड हो । लडाईं त बल्ल सुरू हुँदैछ । तर, यो लडाईंमा कोही टुहुरो हुनुपर्दैन । रगतको थोपो पनि बग्दैन । हामी शान्त विद्रोह गर्न चाहन्छौं ।

  • नेता-कार्यकर्तालाई रविको निर्देशन- हामीमाथि ठूलो आक्रमण हुनसक्छ, तयार रहनुस्

    नेता-कार्यकर्तालाई रविको निर्देशन- हामीमाथि ठूलो आक्रमण हुनसक्छ, तयार रहनुस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरूलाई अझै समस्याले नछाडेको बताए ।

    उनले भने, ‘आज हामी यस्तो मोडमा उभिएका छौं । छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि उभिएर बसेका छौं । यो यात्रामा हामीले अनैकौं भोग्नुपर्‍यो । हामीलाई कुनै समस्याहरूले छाडेको छैन । तर, ती समस्याहरूमा हाम्रो भूमिका छैन । हाम्रो आगमन नै अरुका लागि समस्या भयो त हामी के गरौं ?’

    उनले रास्वपाले आफ्नो नेतृत्वको सरकार बनाएर देश नहाँकेसम्म अहिले देखिएको समस्याको समाधान नहुने बताए ।

    रविले थपे, ‘रास्वपाले बहुमत वा दुईतिहाइ ल्याएर देश नहाँकेसम्म समस्या भइरहन्छ । हामी सानो लडाइँको लागि यहाँ जम्मा भएका होइनौं । हामीले चाल्ने कदम पनि ठूलै हुन्छ र हामीमाथिको प्रहार र आक्रमण पनि ठूलै हुन्छ । त्यहीअनुसार तयार रहनुस् ।’

  • गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम (भिडिओ)

    गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।

    मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरे । यद्यपि समितिले गोरखा मिडियाको रकम खर्च गरेको/गराएकोमा कारवाहीको सिफारिस गरेको छ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै रविले प्रश्न गरे । प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको उनको टिप्पणी टिप्पणी थियो ।

     

    रविले भने, ‘अब सहकारीतिरबाट गोरखा मिडियातिरको कुरा हुन्छ । गोरखा मिडियातिर जान्छ अब । सहकारी त सकियो अब भन्ने मिलेन सहकारी ठग । सहकारी ठग भन्नेकुरा त लगभग सकियो । प्रमाण कस्तो हुन्छ, कस्तो हुनुपर्दछ प्रमाण भन्ने त हामीले भन्नु परेन होला नि ! म कसैको कटाक्ष गर्न आएको होइन । मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो । प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई ।’

    सभापति लामिछानेले आफूलाई नङ्ग्याउने नाममा सञ्चारमाध्यमहरू ननाङ्गिन आग्रह गरे ।

  • तस्बिरमा हेर्नुहोस् रास्वपाको राष्ट्रिय भेला

    तस्बिरमा हेर्नुहोस् रास्वपाको राष्ट्रिय भेला

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने राष्ट्रिय भेला सुरु भएको छ ।

    प्रज्ञा प्रतिष्ठान कमलादीमा आज बिहान ९ बजेदेखि भेला सुरु भएको हो ।

    भेलामा सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्ने तय भएको छ । सङ्गठन विभागका प्रमुख समेत रहेका बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।

    भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । भेलामा सहभागी हुन देशभरबाट १५०० बढी प्रतिनिधि काठमाडौँ आएको पार्टीले जनाएको छ ।

    भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

  • रास्वपाको राष्ट्रिय भेला आजबाट सुरु हुँदै

    रास्वपाको राष्ट्रिय भेला आजबाट सुरु हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्।

    राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नुहुने छ। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ।

    आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ। आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।

    भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ।

    भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ । राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ। पार्टीलाई थप सुदृढ र जन पक्षीय बनाउन भेला सफल हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।

  • रविको चुनौती- प्रमाण छ भनेर कुर्लिनेहरूले जहिले ल्याएर दिए पनि हुन्छ (भिडिओ)

    रविको चुनौती- प्रमाण छ भनेर कुर्लिनेहरूले जहिले ल्याएर दिए पनि हुन्छ (भिडिओ)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता रहेको प्रमाण छ भनेर कुर्लनेहरुलाई समितिको समय सकिए पनि देखाउन चुनौती दिएका छन् ।

     

    छानबिन समितिले प्रतिवेदन बुझाएपछि पार्टी कार्यालयबाट आफूमाथि लागेको आरोप खारेज भएको उनले दाबी गरे ।

    उनले भने, ‘अझै पनि समितिको समय त सकियो होला । प्रमाण भनेको कस्तो हुन्छ देखियो होला नि ! समितिको समय सकिए पनि कुनै पनि बेलामा अहिले पनि जो जहाँ जहाँबाट प्रमाण छ भनेर कुर्लिनुहुन्छ, समितिको समय सकिए पनि मेरो समय सकिएको छैन, ल्याएर बुझाइदिनु होला ।’

    सहकारीको पैसा गोर्खा मिडियामा ल्याउन आफ्नो कुनै भूमिका नभएको प्रस्ट भए पनि अझै कुर्तक गर्नसक्ने उनको भनाइ छ ।

  • प्रफुल्लित मुद्रामा शिशिर खनालले भनेः रविजीले क्लीन चिट पाउनुभयो, अब राजनीति छोड्नु पर्दैन (भिडिओ)

    प्रफुल्लित मुद्रामा शिशिर खनालले भनेः रविजीले क्लीन चिट पाउनुभयो, अब राजनीति छोड्नु पर्दैन (भिडिओ)

    काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितले प्रतिवेदन पारित गरेपछि रास्वपाका तर्फबाट सदस्य बनेका शिशिर खनाल प्रफुल्लित देखिए । उनले पत्रकारहरूसँग प्रतिवेदनको निस्कर्षबारे खुलेर प्रतिक्रिया पनि दिएका छन् ।

    लामिछानेले सहकारीको रकम हिनामिना नगरेको निष्कर्ष प्रतिवेदनले निकालेको खनालको भनाइ छ । सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै लामिछाने जिम्मेवार देखिएको उनले बताए ।

    ‘एमडीको हैसियतमा रकम खर्च गर्दा यदि कुनै कानूनी दायित्व सिर्जना हुन्छ भने त्यो बहन गर्नुपर्छ भनेर लेखिएको छ । सहकारीको रकम अपचलनमा उहाँमाथि कुनै पनि कारवाही गर्न सिफारिस भएको छैन,’ खनालले भने ।

    उनको थप भनाइः

    यो समिति किन बनाइयो भन्दा रवीजीले सहकारीबाट पैसा लगेर खायो भन्ने आरोप लाग्यो । तत्कालीन अवस्थामा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । रविले लगेको पैसा अपचलनबारे छानविन हुनुपर्छ भनेर माग भएपछि समिति बनेको हो ।

    तर, समितिको छानबिनमा सहकारीबाट पैसा निकाल्न कुनै पनि हिसाबले रवि लामिछानेको भूमिका देखिएन । जीवी राईसहित सहकारीका सञ्चालकहरुको योजनामा निर्देशनमा पैसा गएको देखिन्छ । जुन आधारमा समिति बनाइएको थियो, त्यो आधार नै यो समितिको तथ्यले प्रमाणित गरेन । रवीजीले सहकारीबाट एक सुका पनि लग्नुभएको देखिएन । सहकारी अपचलनमा उहाँको संलग्नता हुने प्रमाण भेटेनौं ।

    जहाँसम्म गोर्खा मिडियाको सवाल छ, पैसा त सहकारीबाट आएको हो । स्वभाविक रूपमा उहाँ एमडी हुनुहुन्थ्यो । एमडीको रूपमा चेक साइन गरेको कुरामा कुनै कानूनी उत्तरदायित्व जन्मिन्छ भने त्यो उहाँले वहन गर्नुपर्छ । त्यो उत्तरदायित्व बहन गर्ने कामकारवाही अगाडि बढाउन भनिएको छ । उदाहरणका लागि आज कान्तिपुर टेलिभिजनका एमडीले चेक साइन गरेर तलव आइरहेको छ भने त्यसको उत्तरदायित्व जति हुन्छ, त्यति रविको हुन्छ ।

     

    रविले क्लीन चिट पाउनुभएको हो ? भन्ने पत्रकारको सवालमा उनले जवाफ दिए, ‘जुन आरोप उहाँलाई लगाइएको थियो, हामीसित हिनामिनाको तथ्यप्रमाण छ भनिएको थियो, त्यसबाट पूर्णरुपमा क्लीनचिट पाउनुभएको छ ।’

    उहाँले दोषि प्रमाणित भए राजनीति छोड्छु भन्नुभएको थियो, अब छोड्नु पर्दैन ?

    ‘हो, त्यो अब पर्दैन ।’