Category: माओवादी केन्द्र

  • राेल्पामा गठबन्धन कायम राख्न माओवादी र कांग्रेस नेताहरूकाे प्रयास

    राेल्पामा गठबन्धन कायम राख्न माओवादी र कांग्रेस नेताहरूकाे प्रयास

    रूपन्देही । राेल्पामा सत्तारूढ दलकाे गठबन्धन कायम राख्न कांग्रेस,माअाेवादीका प्रमुख नेताहरूले प्रयास गरेका छन् ।
    गठबन्धन सहमति विपरीत माअाेवादीका नेताले उम्मेदवारी दिएपछि माअाेवादी उपमहासचिव वर्षमान पुन, कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन, माअाेवादी नेता जाेखबहादुर महराले बाम गठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेला गरेर गठबन्धनको अावश्यकता र बाध्यता बुझ्न अनुराेध गरेका छन् ।

    घर्तिगाउँं, रोल्पामा अायाेजना गरिएको कार्यक्रममा नेता वर्षमान पुनले राेल्पाकाे मात्रै अवस्था हेरेर नहुने भन्दै देशभर कांग्रेसले गरेकाे समर्थनलाई हेरेर गठबन्धन कार्यान्वयन गर्न निर्देशन गरेका थिए ।

    उनले गठबन्धनको मर्म अनुसार अघि बढ्न कार्यकर्तालाई अाग्रह गर्दै यसकाे अाैचित्य पुष्टि गर्ने जिम्मेवारी गठबन्धन दलका सबैकाे जिम्मेवारी भएकाे बताएका थिए । उनी यहाँबाट प्रतिनिधि सभामा गठबन्धनको उम्मेदवार हुन् ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवम् प्रदेश सभा ख का उम्मेदवार अमरसिंह पुनले
    विकास र समृद्धिको यात्रा रोल्पाबाट सुरु हुने र दुई ध्रुवमा रहेका कांग्रेस र माओवादी केन्द्रको सहकार्य र समझदारीबाट नै रोल्पालाई नयाँ मार्गमा लिएर जान सकिने बताए ।

    उनले २०४८ सालपछि रोल्पामा पहिलो पटक कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको र यो पहिलो तालमेललाइ असफल बनाउने छुट कसैलाई नरहेको बताएका थिए ।

    नेता पुनले यहाँको सहकार्यले राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा शान्ति र सकारात्मक सन्देश प्रवाह हुने दावी गरेका थिए ।
    गठबन्धन दलबाट कांग्रेस नेता पुनकाे क्षेत्रमा माअाेवादीका पाेलिटब्युराे सदस्य सिजलले उम्मेदवारी दिएपछि कांग्रेस माअाेवादी विवाद बढेकाे छ ।

  • ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड (भिडिओ)

    ओनसरीलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा म लिन्छु : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वसभामुख तथा काठमाडौं २ की उम्मेदवार ओनसरी घर्तीलाई मन्त्री बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
    काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘तपार्ईहरुले उहाँलाई जिताएर पठाउनुस्। म यहाँको विकासलाई उहाँलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्ति गर्छु ।’

    ओनसरीलाई आफूले विश्वास गरेर सभामुखको जिम्मेवारी समेत बनाइसकेको बताए । उनले कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा भोट हाल्न हात नकमाउन आग्रह गरे ।
    उनले भने, ‘हामी निरंकुशताको विरुद्ध १२ बुँदे हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै प्रतिगमनविरुद्ध एकजुट भएका छौँ ।’

  • स्व. जोशी विश्वभरिका मानव समुदायलाई उत्प्ररेणाको स्रोत बनेर रहनेछन्: प्रचण्ड

    स्व. जोशी विश्वभरिका मानव समुदायलाई उत्प्ररेणाको स्रोत बनेर रहनेछन्: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शताब्दी पुरुष सत्यमोहन जोशीप्रतिश श्रद्धाञ्जली अर्पण गरेका छन् । शताब्दी पुरुष जोशीको १०३ वर्ष उमेरमा आइतबार बिहान निधन भएको थियो ।

    जोशीको निधनमा श्रद्धाञ्जली विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाइ स्थापित गर्न जोशीले गरेको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने उल्लेख गरेका छन् ।

    ‘१०३ वषएको उमेरमा पनि उहाँको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्प्ररेणाको स्रोत बनेर रहनेछ’, विज्ञप्तिमा उल्लेख छ, ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहनेछन् भन्ने मैले विश्वास लिएको छु ।’

  • आयोगलाई प्रचण्डको लिखित जवाफ : बाजाबारे मलाई थाहा छैन

    आयोगलाई प्रचण्डको लिखित जवाफ : बाजाबारे मलाई थाहा छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई लिखित रूपमा जवाफ फर्काएका छन्।

    उम्मेदवारी दर्ताको क्रममा आयोगले बाजा किन बजाएको भनेर स्पष्टीकरण सोधेपछि त्यसको जवाफ फर्काएको शनिवार गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै जानकारी गराएका हुन्।

    आयोगलाई स्पष्टीकरण बुझाएकोबारे उनले भने, ‘अस्ति कसले बाजा बजाएछ। तर, बाजा कहाँबाट आयो मलाई थाहा छैन। निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो। मेरो योजनामा होइन भनेर लिखित स्पष्टीकरण दिएर आएँ।’

    उनले आफूले के बोल्छ, के गर्छ भनेर आफूलाई माइक्रोस्पकोले हेर्ने काम भइरहेको उल्लेख गरे।

  • शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो : प्रचण्ड (भिडिओ)

    शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाबाबुले उहिलै हँसिया हथौडामा भोट हालिसक्नुभयो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासको एउटा कालखण्डमा भिडेका कांग्रेस र माओवादीले सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो नभएको टिप्पणी गरेका छन्।

    गोरखामा चुनावी अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसाममने भिडन्त गरेका पार्टीहरू हौँ। कांग्रेस र माओवादी मुख्य रूपमा। ती दुईवटा पार्टीहरूको बिचमा राजनीति भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ। हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन।’

    नेपालको इतिहासमा राजनीति रक्षाको जग १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता नै भएको दाबी गरे।

    ‘शान्ति सम्झौतामा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले र मैले हस्ताक्षर गरेको छौँ। त्यहीबाट राजनीतिक परिवर्तनको युगको सुरुवात भएको हो। त्यो कामको नेतृत्व सबैको सहयोग मिलेकै कारणले शान्ति सम्झौता भएको हो’ उनले भने, ‘मैले कता कता माओवादीले कसरी रुखमा भोट हाल्ने ? कांग्रेसले कसरी हँसिया हथौडामा भोट हाल्ने ? भनेको सुन्छु। त्यसो हो भने तपाईँहरूले विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन।’

    गठबन्धनलाई स्वीकार गर्न असहज ठान्नुले संविधानसभाको महत्त्व र संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मसाथ गर्न नसकेको प्रमाणित हुने बताए।

    उनले भने, ‘गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो। उहाँले हँसिया हथौडामा भोट हाल्नु हो। अनि तपाईँहरू चाहिँ राजनेता भन्ने अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त।’

    उनले माओवादी, कांग्रेस, एकीकृत समाजवादी र समाजवादी पार्टी मिलेर देशलाई विकासको नयाँ मोडेल दिने दाबी गरे।

  • उपत्यकाका माओवादी उम्मेदवार : सेना बिनाको ‘कमाण्डर’ जस्ता !

    उपत्यकाका माओवादी उम्मेदवार : सेना बिनाको ‘कमाण्डर’ जस्ता !

    काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने समग्र काठमाडौं उपत्यकामा नेकपा माओवादी केन्द्र समग्रमा चौथो शक्ति हो । २०६४ सालमा काठमाडौंका १० मध्ये ६ र ललितपुरका तीनै सीट जितेर पहिलो बनेको माओवादी त्यसयताका चुनावमा लगातार ओरालो यात्रामा छ ।

    काठमाडौं महानगरपालिकामा एउटा वडा सदस्यसमेत जित्न नसकेको माओवादीले ललितपुरमा गठबन्धनबाट पाएको उपमेयरसमेत जित्न सकेन र हारेका उपमेयरसहितको ठूलो टिम नै यसबीचमा एमाले प्रवेश गरिसकेको छ ।

    ०६४ को निर्वाचनमा पहिलो दल बनेको माओवादी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रो दलको रुपमा सीमित रह्यो । त्यसपछि माओेवादी एक्लै निर्वाचनमा गएको छैन ।

    माओवादीले अझै पनि शहरी क्षेत्रमा दरिलो संगठन बनाउन सकेको छैन । स्थानीय निर्वाचनमा उपत्यकाका २१ स्थानीय तहका २४८ वडामध्ये जम्मा १२ वडा मात्रै जितेको थियो । अहिले पनि गठबन्धनको तर्फबाट काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमा ५ वटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । यद्यपी, काठमाडौंका २ सीटमा गठबन्धनविरुद्ध नै माओवादीका उम्मेदवार मैदानमा छन् ।

    उपत्यकामा माओवादीको तर्फबाट काठमाडौं २ मा ओनसरी घर्ती, ७ मा मानुयी यमी भट्टराई र ९ मा कल्पना धमला, लतिपुर ३ मा पम्फा भुसाल र भक्तपुर १ मा सुनिल गोथेलाई उम्मेदवार बनाएको छ । यस्तै, माओवादीले गठबन्धनमा कांग्रेसले धोका दिएको भन्दै काठमाडौं ३ र १० मा प्रतिनिधिसभाका उम्मेदवार कायम राखेको छ ।

    काठमाडौं ३ मा मजदूर नेता बद्री बजगाई उम्मेदवार छन् भने प्रदेश १ तर्फ कपिलमणि उप्रेती र २ मा महेश्वर फुयाल छन् । सो क्षेत्रमा प्रदेशतर्फ गठबन्धनका आधिकारिक उम्मेदवार फुयाल हुन् । तर कांग्रेसले विमल ठकुरी उठाएपछि माओवादीले तीन वटै उम्मेदवार कायम गरेको छ ।

    त्यस्तै, काठमाडौं १० मा पनि माओवादी केन्द्रले पाएको प्रदेशसभामा कांग्रेसले उम्मेदवार उठाएपछि प्रतिनिधिसभामा माओवादी उम्मेदवार अन्जना विशंखेको उम्मेदवारी कायमै छ । त्यस्तै, प्रदेशमा पनि माओवादी केन्द्रले दुवै ठाउँमा उम्मेदवारी दिएको छ ।

    ‘हामी हार्नुपर्ने कारण छैन’

    त्यसो त काठमाडौं उपत्यकामा मात्रै नभएर देशभर माओवादीले चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाएको काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्मा बताउँछन् ।

    उनी भन्छन्, ‘हामीले निरन्तर कार्यकर्ता भेला गरिरहेका छौँ । सबै क्षेत्रमा क्षेत्रगत रुपमा गरिरहेका छौँ । हामीले हाम्रो उम्मेदवार नभएपनि समानुुपातिक उम्मेदवार हुनुहुन्छ । गठबन्धनका उम्मेदवारलाई जिताउने र समानुपातिकमा मत बढाउने अभियानमा छौँ ।’

    उनले ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा माओवादी कमजोर रहेको स्वीकार गरे ।

    उनले भने, ‘स्थानीय निर्वाचनमा पनि गठबन्धनको हल्ला भयो । त्यसमा मतदाताको मनोविज्ञान नै फरक पर्यो । कतै गठबन्धन पनि भएन उम्मेदवार पनि भएनन् । हामीलाई छाड्ने भनेको ठाउँमा गठबन्धन दलले छाडेनन् । अरुको भाग परेको ठाउँ भनेर हामीले त्यहाँ उम्मेदवार पनि बनाएनौँ । त्यसैले गर्दा हामी कमजोर देखिएका हौँ ।

    अहिले पनि प्रदेशसभाको केही क्षेत्रमा गठबन्धन दलबीच विवाद रहेको बताए । काठमाडौंमा गठबन्धन सोचेजस्तो सहज ढंगबाट नभइरहेको उनको भनाइ छ ।

    उनले काठमाडौं उपत्यकामा आफ्नो पार्टी संगठन सक्रिय रहेको दाबी गरे । उनले उपत्यकमा कतिपय एजेण्डा मिलाउन नसकेकाले आफूहरुको भूमिका कमजोर रहेको तर्क गर्छन् ।

    ‘अब हामीले पार्टीको घोषणापत्रअनुसार संविधानलाई कार्यान्वय गर्ने, कार्यकारी राष्ट्रपतिको मुख्य एजेण्डाहरु छन्’ उनले भने, ‘त्यसले जनताले हामीलाई हराउनुपर्ने कुनै कारण छैन। हामीले मत किन नपाउने भन्ने मनोविज्ञानका साथ जाँदैछौँ ।’

    सहज छैन

    तर, स्थानीय तहको निर्वाचनको वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यी क्षेत्रमा पनि माओवादी निकै कम मत मात्रै ल्याएको छ ।

    पूर्वसभामुख घर्ती उम्मेदवार बनेकी काठमाडौं २ मा माओवादी ३ हजार १३१ गरेको छ । यो क्षेत्रमा एमालेले १७ हजार ३२८, कांग्रेसले १४ हजार १२८, नेकपा एसले ७ हजार ९११ र राप्रपाले ७ हजार २०० मत ल्याएको छ ।

    तर, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छिन् ।

    उनी भन्छिन्, ‘हामी गठबन्धनको साथमा चुनावमा गएका छौँ। भूगोलमा हाम्रो पार्टी केही कमजोर देखिएको होला । तर, हामीले जनताको पक्षमा अग्रगमनलाई स्थापित गर्न लागिपरेका छौँ । हामीले जनताको साथ पाउनेमा ढुक्क छौँ ।’

    यस्तै, काठमाडौं ७ मा माओवादीले उम्मेदवार बनाएकी भट्टराई पूर्वप्रधानमन्त्री बाबुरामकी छोरी हुन् । उनी नेपाल समाजवादी पार्टीमा आबद्ध छिन् । तर, उनी माओवादीको चिन्हबाट चुनाव लड्ने भएपछि माओवादीले उनलाई अघि सारेको छ ।

    तर, यस क्षेत्रमा स्थानीय तहको निर्वाचनको मतअनुसार माओवादीले प्राप्त गरेको मत ५७६ मात्रै हो । यो क्षेत्रमा कांग्रेस पहिलो पार्टी छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२, नेकपा एसले ३ हजार ८३९ र राप्रपाले २ हजार २७ मत ल्याएको छ ।

    उनको जित सुनिश्चित गर्नका लागि कांग्रेसको मत निर्णायक हुन्छ । तर, आफूले युवाकोे आवाज बुलन्द गर्ने भन्दै आफ्नो जित सुनिश्चित भएको उनी दाबी गर्छिन् ।

    यस्तै, माओवादीले भाग पाएकोे काठमाडौं ९ मा पनि हालत उस्तै छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार माओवादीले ६९५ मत मात्रै ल्याएको छ । यो क्षेत्रमा कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१ र नेकपा एसको ४६५ मत ल्याएको थियो ।

    यस्तै, ०७४ सालमा वाम गठबन्धनको तर्फबाट विजयी बनेकी उर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाललाई पनि ललितपुर ३ मा सहज छैन । उपत्यकाको अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा माओवादीको मत अलिक बढी देखिन्छ । स्थानीय निर्वाचनको मतअनुसार माओवादीले यो क्षेत्रमा ७ हजार ७२७ मत प्राप्त गरेको छ ।

    कांग्रेसले १८ हजार ५४५, एमालेले १७ हजार ७०९, नेकपा एसले ५ हजार १२९ र राप्रपाले ४ हजार ३४२ मत ल्याएका छन् ।

    भक्तपुर १ मा पनि माओवादीको १३ सय ८८ मत मात्रै छ । यस क्षेत्रमा नेमकिपाले सधैं जित्दै आइरहेको छ । स्थानीय तहको निर्वाचनको मतअनुसार नेमकिपाको ३३ हजार ८९५, एमालेको १४ हजार ११९, कांग्रेसको १३ हजार ०१३ र राप्रपाको ६ हजार २८६ मत छ ।

    अरु क्षेत्रमा कस्तो छ ?

    यस्तै, काठमाडौं उपत्यकाका अरु क्षेत्रमा पनि माओवादी निकै कमजोर देखिएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार काठमाडौं १ मा ११ सय ५९, ३ मा १७ सय ३०, ४ मा ८४४ मत मात्रै ल्याएको छ ।

    यस्तै, ५ नम्बर क्षेत्रमा ११ सय ६८,ं ६ मा २४ सय ६२, ८ मा १८९ र १० मा ४ हजार ९४२ मत प्राप्त गरेको छ भने, ललितपुर १ मा ६ हजार १३३, २ मा ५ हजार २५४ र भक्तपुर २ मा १ हजार ४५ मत मात्रै ल्याएको छ ।

     

  • उम्मेदवार बन्न नपाएपछि प्रचण्ड र ठाकुरमाथि खनिए रामकुमार शर्मा

    उम्मेदवार बन्न नपाएपछि प्रचण्ड र ठाकुरमाथि खनिए रामकुमार शर्मा

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवार बन्न नपाएकोमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र लोसपा अध्यक्ष महन्थ ठाकुरमाथि आक्रोश पोखेका छन् ।

    शर्माले महोत्तरी क्षेत्र ३ मा उम्मेदवार बन्न खोजेका थिए । तर लोसपा गठबन्धनमा पुगेपछि उक्त क्षेत्रबाट अध्यक्ष ठाकुर उम्मेदवार बने । यो विषयमा सामाजिक संजालमा टिप्पणी गर्दै नेता शर्माले ठाकुरलाई महापापी र राजनीतिक हत्यारा सम्म भनेका छन् ।

    ‘मा. महन्थ ठाकुरसँग रहेपनि र अलग पार्टीमा गएपनि उहाँ मेरो राजनीतिक जीवनसँग निरन्तर खेलवाड गर्नु भयो,’ नेता शर्माले लेखेका छन्, ‘मलाई थाहा छैन मेरो राजनीतिक जीबन हत्या गरेर बुढेस कालमा वहा के प्राप्त गर्न खोज्नु भएको छ ।’

    अध्यक्ष प्रचण्डसँग एक घण्टा लामो कुरा भएको र सो क्रममा उनले चर्को दबाबका कारण ठाकुरलाई सिट छाड्न बाध्य भएको भन्ने सुनाएको नेता शर्माको भनाई छ ।

    उनले आफूलाई लगातार अन्याय, अपमान गर्ने, लोकतान्त्रिक अधिकार खोस्ने, नागरिकमा जाने अधिकारबाट बंचित गर्ने महन्थ ठाकुरा आफ्नो राजनीतिक हत्यारा भएको भन्दै महापापीको आरोप लगाएका छन् । उनले ठाकुर र उनका टिमलाई क्षेत्र नं ३ का आम नागरिकले दण्डित गर्ने विश्वास व्यक्त गरेका छन् ।

    अध्यक्ष प्रचण्ड एउटा प्रमाणिक विदेशी दलालको प्रभावमा परेर राजनीतिक हत्या गर्नमा सहमत भएकोमा नेता शर्माले आश्चर्य व्यक्त गरे ।

    उनले भनेका छन्, ‘उहाँलाई राम्रोसँग थाहा थियो कि महन्थजीको अपारदर्शी र नेपाली जनता विरोधी हर्कतको कारण संविधान सभाबाट राजीनामा दिएर विद्रोह गरी प्रचण्ड जीमाथि विश्वास गरेर विगत डेढ दशकदेखि सहकार्य गरेको थिए । म अझै पनि सोच मग्न छु कि प्रचण्ड जस्तो राष्ट्रवादी नेता कुन लोभ लालचमा परेर विदेशी दलाललाई खुशी बनाउन आफ्नै नेताको निर्ममतापूर्वक बलिदान गर्नु भयो ।’

     

  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको हुँ: ओनसरी घर्ती

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको हुँ: ओनसरी घर्ती

    काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताएकी छन् ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र २ बाट उमेदवार बन्नुभएकी घर्तीले आजको प्रतिग्रमनकोविरुद्धमा र अग्रगमनलाई स्थापीत गर्नका लागि तथा संविधान र लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको बताएकी हुन् ।

    शुक्रबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै घर्तिले जनताको समृद्धिको बिषयमा आफु निरन्तर क्रियाशिल हुने पनि बताइन् । उनले अव पाँच बर्ष काठमाडौंको जनताका सेवाका बिताउन चाहेकाले अवसर प्रदान गर्न जनतासमक्ष आग्रह गरिन् ।

    घर्तिले आफु एउटा लक्ष्यका लागि बनेको वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार भएकाले जनताले विश्वास गर्ने धारणा राखिन्।

     

  • गोरखामा चुनाव केन्द्रित छलफलमा जुटे प्रचण्ड

    गोरखामा चुनाव केन्द्रित छलफलमा जुटे प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा चुनावकेन्द्रित छलफलमा जुटेका छन्। शुक्रबार बिहान गोरखा जिल्लामा रहेका पार्टी केन्द्रीय सदस्यहरुसँग चुनाव केन्द्रित छलफल गरेका हुन्।

    ०७४ सालमा चुनाव जितेको चितवन ३ छाडेर प्रचण्डले आगामी निर्वाचनको लागि गोरखा २ बाट उम्मेदवारी दिएका छन्। गोरखा २ मा ०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए।

    गोरखामा उम्मेदवारी दर्ता गराएसँगै प्रचण्डको सक्रियता बढेको छ। गोरखा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको गृहजिल्ला पनि हो। अहिले प्रचण्डलाई नेसपा अध्यक्ष भट्टराईको पनि साथ छ।

  • दोस्रो दल बन्ने लक्ष्य राखेको माओवादी ४३ क्षेत्रमा सिमित, भागको ५ सीट पनि अरुलाई सुम्पियो (सूचीसहित)

    दोस्रो दल बन्ने लक्ष्य राखेको माओवादी ४३ क्षेत्रमा सिमित, भागको ५ सीट पनि अरुलाई सुम्पियो (सूचीसहित)

    काठमाडौं । सत्ता गठबन्धनको असोज २१ गते रातिको अन्तिम भागवण्डामा मधेस प्रदेशका केही क्षेत्र लोसपालाई छाड्नेबाहेकको सीट बाँडफाँटमा ४८ सीट पाएको माओवादी केन्द्रले अन्तिममा ४२ ठाउँमा उम्मेदवारी दियो ।

    दिएका ४३ मध्ये पनि रौतहट ३ का उम्मेदवार रविन्द्र पट्टेलको उम्मेदवारी निष्क्रिय बनाएर एमालेबाट स्वतन्त्र बनेका प्रभु साहलाई समर्थन जनाएपछि अब १६५ निर्वाचन क्षेत्रमध्ये ४३ ठाउँमा मात्र माओवादीका उम्मेदवार कायम भएका छन् ।

    ती ४३ मध्ये काठमाडौं ७ की मानुषी यमी भट्टराई र सर्लाही २ का महिन्द्र राय यादव बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका उम्मेदवार हुन् ।

    कमल थापाले सूर्य चिन्ह लिएर लडेजस्तै उनीहरुले माओवादीको चिन्ह प्रयोग गरेका हुन् । उनीहरुलाई समेत जोड्दा ४३ जना उम्मेदवार मैदानमा पठाएको माओवादीका आफ्नै पार्टीका उम्मेदवार भने अब ४१ जनामात्र बाँकी रहेका छन् ।

    माओवादी केन्द्रले भागवण्डामा पाएकामध्ये रुपन्देही १ मा आफ्नो उम्मेदवार नउठाएर एमालेबाट टिकट नपाएपछि स्वतन्त्र बनेका घनश्याम भुसाललाई समर्थन जनाएको छ ।

    भागवण्डामा मापदण्डअनुसार नै पाएको सोलुखुम्बु पनि अन्तिममा माओवादीले कांग्रेसलाई छाडेको छ । बलवहादुर केसीले असोज २३ गते विहान बालुवाटारमै गएर प्रचण्ड र शेरबहादुर देउवा दुवैजनालाई देखाइदिन्छु भनेपछि माओवादीले छाडेको हो ।

    माओवादीले जितेको सो क्षेत्र २१ गतेको भागवण्डामा उसकै भागमा थियो । तर कांग्रेस नेता केसी विहान गएर ‘यो बलेलाई टिकट नदिने होइन त प्रचण्डजी ? ल म देखाइदिन्छु’ भन्दै स्वतन्त्र उम्मेदवारी दिन हिँडेपछि छलफल भयो ।

    जिल्लाका माओवादीहरुले पनि बलवहादुर केसी बागी उठ्दा जित्न नसकिने रिपोर्ट दिएपछि प्रदेशका २ वटा सीट लिएर माओवादीले प्रतिनिधिसभाको सीट कांग्रेसलाई छाड्यो ।

    त्यस्तै, केन्द्रबाट म्याग्दीको सीट माओवादी केन्द्रले लियो । पार्टीले संविधानसभाको पहिलो सदस्य गोविन्द पौडेललाई टिकट पनि दियो । तर जिल्लामा कमजोर अवस्था रहेकाले सल्लाहले नै प्रतिनिधिसभाको सीट कांग्रेसलाई दिने सहमति गरेर केन्द्रमा खबर गरे ।

    केन्द्रबाट अन्तिममा प्रतिनिधिसभा कांग्रेसले र प्रदेशका दुवै सीट माओवादीले पाउँने गरी पठाइयो । यस्तै, हालत नवलपुर २ पनि भयो । केन्द्रबाट माओवादीले पाएको सो सीट जिल्लाका माओवादीले लिन मानेनन् ।

    अन्तिममा त्यो सीट पनि कांग्रेसलाई दिएर एउटा प्रदेशसभा लियो माओवादीले । तर त्यसो गर्दा कांग्रेसका गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले पाएको प्रदेशको सीट भने खोसियो ।

    आगामी निर्वाचनपछि दोस्रो ठूलो दल बन्ने र कम्युनिष्ट पार्टीमध्ये पहिलो बन्ने घोषणा गरेको माओवादीले ४३ सीटमा चुनाव लडेर उक्त लक्ष्य प्राप्त गर्न सक्ला ? यसका लागि भने मंसिर ४ सम्म कुर्नै पर्ने हुन्छ । जबकी एमालेले १४१ स्थानमा उम्मेदवार खडा गरेको छ ।

     

  • आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय

    आफ्ना उम्मेदवार फिर्ता बाेलाएर प्रभु साहलाई सघाउने माओवादी केन्द्रको निर्णय

    काठमाडौं । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो । आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट-३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

    यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

  • प्रचण्डसँग निर्वाचन आयोगले माग्यो सात दिने स्पष्टीकरण, तपाईंलाई कारवाही किन नगर्ने ?

    प्रचण्डसँग निर्वाचन आयोगले माग्यो सात दिने स्पष्टीकरण, तपाईंलाई कारवाही किन नगर्ने ?

    काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

    प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

    ‘यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा एकको खण्ड ण को व्यवस्थाको उल्लघनमा किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको मितिले सात दिन भित्र आयोगमा प्राप्त हुने गरी स्पष्टिकरण गर्नहुन निर्णयानुसार अनुरोध गरिन्छ’, आयोगले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

  • मैले छाडेपछि दुई-चार दिन चितवन स्तब्ध बन्यो: प्रचण्ड (भिडिओसहित)

    मैले छाडेपछि दुई-चार दिन चितवन स्तब्ध बन्यो: प्रचण्ड (भिडिओसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् ।
    २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् ।

    उनले फेसबुकमा एक भिडियो राख्दै भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’

    चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्‍याए । उनले भनेका छन्, ‘मैले चितवन छाडेपछि दुई-चार दिन स्तब्ध थियो । त्यसैले मैले चितवनका जनताप्रति आभार व्यक्त गर्नुपर्छ । चितवनबाट जित्छु भन्नेमा ढुक्क थिएँ । मेरो निर्वाचन क्षेत्र परिर्वतन गर्ने विशेषता पनि बनेको छ ।’

    उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए । पक्ष र विपक्ष विभिन्न टीकाटिप्पणी हुने भएकाले एकताबद्ध भएर प्रतिवाद गर्न उनले गठबन्धन दलका नेताहरुलाई निर्देशन पनि दिए ।

    प्रचण्डले निर्वाचन स्वच्छ र भयरहित बनाउन आह्वानसमेत गरे ।

  • लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

    लुम्बिनीका मुख्यमन्त्री केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप

    रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीमाथि उम्मेदवार अपहरण गरेको आरोप लगाइएको छ । मुख्यमन्त्री केसीमाथि माओवादी छाडेर दाङ क्षेत्र नं १ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका टंक विष्टलाई अपहरण गरेको उनका परिवारले आरोप लगाएका हुन् ।

    टंककी बुहारी गौरी विष्टका अनुसार राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मुख्यमन्त्री केसीले बोलाएको भनेर घरमै आएर लगेका थिए । त्यसपछि मोबाइल स्वीचअफ गरिएको र पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क नहुँदा अपहरण गरेको आशंका भएको उनले जानकारी दिइन् ।

    प्रदेशसभाका आकांक्षी विष्टले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । माओवादीले उनलाई उम्मेदवारी फिर्ता लिन पटक-पटक दबाब दिएको उनको परिवारले जनाएको छ । विष्टले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि अपहरण गरिएको परिवारको आशंका छ ।

    उनलाई लुम्बिनीका मुख्यमन्त्री केसी, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायतका नेताले पटक-पटक फोन गरेको पारिवारिक स्रोतले जनायो । बुहारी गौरीले अपहरणको आरोप लगाए पनि प्रहरीमा भने कुनै उजुरी दिएका छैनन् ।

    इलाका प्रहरी कार्यालय भालुवाङले यसबारे कुनै जानकारी नभएको र बुझेरमात्रै बताउन सकिने जनाएको छ ।

    यस विषयमा बुझ्न पटक-पटक सम्पर्क गर्दा पनि राप्ती गाउँपालिका अध्यक्ष विष्टले कल रिसिभ गरेनन् ।

  • माओवादीले बाबुरामलाई दियो संघ-प्रदेशमा ६ सीट, छोरी प्रत्यक्ष लड्दा बुहारी समानुपातिकमा

    माओवादीले बाबुरामलाई दियो संघ-प्रदेशमा ६ सीट, छोरी प्रत्यक्ष लड्दा बुहारी समानुपातिकमा

    काठमाडौं । सत्ता गठबन्धनमा माओवादी केन्द्रकै हिस्सा बनेर प्रवेश गरेको डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रतिनिधिसभामा २ सीट र प्रदेशसभातर्फ ४ सीट पाएको छ ।

    नेपाल समाजवादी पार्टीले प्रतिनिधिसभामा गठबन्धनबाट सर्लाही २ मा महिन्द्र राय यादव र काठमाडौं ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाएको छ । उनीहरु दुवैजनाले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका छन् ।

    त्यस्तै प्रदेशतर्फ गंगानारायण श्रेष्ठ सिन्धुली २ (ख), फणिन्द्र देवकोटा गोरखा २ (क), चिनक कुर्मी नवलपरासी पश्चिम २ (क) र सुनिल साह सर्लाही २ (क) रहेका छन् ।

    समानुपातिकतर्फ बाबुरामकी भाइबुहारी दुर्गादेवी न्यौपाने भट्टराई, ईश्वर रिजाल, उमरावतीदेवी यादव र दुर्गा सोव छन् । सोब र न्यौपाने आआफ्नो क्लस्टरको माथिल्लो नम्बरमा रहेकाले उनीहरु सांसद हुने लगभग निश्चित छ ।

  • प्रमुख दलबाट ५ जना दलितको उम्मेदवारी, दुई जनाको उम्मेदवारी नै जोखिममा

    प्रमुख दलबाट ५ जना दलितको उम्मेदवारी, दुई जनाको उम्मेदवारी नै जोखिममा

    काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारी दर्ता आइतबार सम्पन्न भइसकेको छ ।

    निर्वाचन आयोगका अनुसार देशभरिका १६५ वटै निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर १६५ क्षेत्रका लागि २ हजार ४९४ जनाको मनोनयन दर्ता भएको हो ।

    जसमा २ हजार २६१ जना पुरुष र २३३ जना मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारमध्ये प्रमुख राजनीतिक दलले दलित समुदायबाट एकदमै न्यून उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट दलित समुदायका ५ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । जसमध्येमा पनि दुई जनाको उम्मेदवारी जोखिममा छ ।

    माओवादीबाट दुई जना दलित समुदायबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउदाँ बाँके निर्वाचन क्षेत्र नम्बर एकबाट स्थायी कमिटी सदस्य एवं युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजलाई उम्मेदवार बनाएको छ भने स्थायी कमिटि सदस्य अञ्जना बिशंखेलाई काठमाडौं क्षेत्र नम्बर १० बाट उम्मेदवार बनाएको छ । गहतराजले ०७४ मा पनि त्यसै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ निर्वाचन जितेका थिए भने बिशंखे २०७४ सालको निर्वाचनमा यसै क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिईन ।

    यस्तै नेकपा एमालेले दुई जनालाई नै दलित समुदायबाट उम्मेदवार बनाउदाँ रुपन्देही १ बाट पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ भने अर्का चक्रप्रसाद स्नेहीलाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्नेगरी डडेल्धुराबाट उम्मेदवार बनाएको छ । विश्वकर्माले २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचन जितेका थिए भने स्नेही यस अघि राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए ।

    २०७४ मा प्रत्यक्ष चुनाव जितेर तीन जना दलित सांसद प्रतिनिधिसभा पुगेका थिए । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा बाँके १ बाट महेश्वर जङ्ग गहतराज, रुपन्देही १ बाट छविलाल विश्वकर्मा र कास्की १ बाट जगतबहादुर सुनार संसद्मा पुगेका थिए ।

    माओवादीले २ जना उम्मेदवारी दर्ता गराएर आफूलाई अरू पार्टी भन्दा दलित मैत्री देखाए पनि एक जनाको उम्मेदवारी भने जोखिममा छ ।नेपाली काँग्रेसले एक जनालाई मात्रै उम्मेदवार उठाए पनि उक्त उम्मेदवारी जोखिममा छ । यो असाध्यै न्यून संख्या हो ।

    ०६४ मा भएको संविधानसभा निर्वाचनबाट ५० जना दलित संसद्मा पुगेका थिए । त्यसयता संसद्मा दलित प्रतिनिधित्व निरन्तर घट्दै गएको छ ।समावेशीको अभ्यास सघन बनाउने आवाज उठिरहँदा ठूला दलबाटै दलित उम्मेदवार शून्य प्रायः हुनु दुःखदायी भएको दलित अधिकारकर्मीको गुनासो छ ।

    प्रमुख दलले उम्मेदवारी कम दिँदा कतिपय साना दलले भने दलितबाट उम्मेदवारी दर्ता गराएका छन् । यद्यपि उनीहरूले निर्वाचन जित्ने ग्यारेन्टी भने छैन । दलले चुनावमा गठबन्धन बनाएकाले पनि दलित उम्मेदवारको संख्या कम भएको अनुमान गरिन्छ ।

    एमालेले जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग विभिन्न क्षेत्रमा गठबन्धन गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका छन् । दलले चुनावमा गठबन्धन बनाएकै कारण गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि दलित र महिलाको प्रतिनिधित्व न्यून भएको थियो ।

    दुई जनाको उम्मेदवारी जोखिममा

    नेपाली कांग्रेसबाट मानबहादुर नेपालीले रुकुम पश्चिमबाट उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले उक्त क्षेत्रमा उम्मेदवारी दिने सहमति भएको भए पनि नेपालीले पार्टीकै तर्फबाट गठबन्धनमा बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

    काठमाडौं क्षेत्र नम्बर १० बाट नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अञ्जना विशंखेले उम्मेदवारी दिएकी छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका राजन केसीले गठबन्धन दलको तर्फबाट साँझ उम्मेदवारी दिने सहमति भएको भए पनि विशंखेले उक्त क्षेत्रमा पार्टीकै तर्फबाट गठबन्धन दलको बागी उम्मेदवारी दर्ता गराएकी हुन् ।

    पछिल्लो जनगणनाअनुसार देशको १३.८ प्रतिशत जनसंख्या दलित समुदायको छ । तर त्यस अनुसार प्रतिनिधिसभाको १६५ सिटका लागि हुने प्रत्यक्ष चुनावमा दलित उम्मेदवार दलहरूको प्राथमिकतामा परेका देखिँदैनन् ।

  • मकवानपुर २ (ख) मा गठबन्धनविरुद्ध माओवादी नेताको बागी उम्मेदवारी

    मकवानपुर २ (ख) मा गठबन्धनविरुद्ध माओवादी नेताको बागी उम्मेदवारी

    हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ (ख) मा गठबन्धनविरुद्ध नेकपा माओवादी केन्द्रका नेताले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

    गठबन्धनको तर्फबाट यहाँ नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । बानियाँविरुद्ध माओवादी मकवानपुरका जिल्ला समन्वय समिति सदस्य तथा माओवादी निकट चेपाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव खुसीराम चेपाङले उम्मेदवारी दिएका हुन् ।

    नेपाल चेपाङ संघका बागमती प्रदेश अध्यक्षसमेत रहेका चेपाङले माओवादीको प्रभाव रहेको क्षेत्रमा प्रत्येक पटक कांग्रेसलाई मात्र अवसर दिन तानाशाह स्वभावका पार्टीका केही नेतृत्वको हात रहेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

    नेपालप्रेससँग उनले भने, ‘हामी पिछडिएको क्षेत्रबाट जनतालाई सुसूचित गर्दै राजनीतिमा आएको मान्छे । तर, अवसर सधैं व्यापारी, सीमित मान्छेले मात्र पाउने हो भने हामीले किन राजनीति गर्नू ? नेता बनेपछि स्वतन्त्र ढंगबाट पनि जनताले विश्वास गर्ने बचन दिएपछि उम्मेदवारी दर्ता गरेको हुँ ।’

  • चितवन छाडेर गोरखा रोजेका प्रचण्ड चुनावी माहोल बनाउन व्यस्त

    चितवन छाडेर गोरखा रोजेका प्रचण्ड चुनावी माहोल बनाउन व्यस्त

    काठमाडौं । आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव केन्द्रित छलफलमा जुटेका छन् । २०७४ सालमा जितेको चितवन ३ छाडेर गोरखा २ रोजेका प्रचण्ड चुनावी माहोल बनाउनमा व्यस्त भएका हुन् ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथ लिएर गोरखाबाट उम्मेदवारी दिएका प्रचण्ड चुनावी रणनीति बनाउन व्यस्त छन् । गोरखा नेसपा अध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष श्रेष्ठको गृहजिल्ला हो ।

    २०७४ को निर्वाचनमा नेता श्रेष्ठलाई हराउँदै कांग्रेसको सहयोगमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले जितेका थिए ।

    प्रचण्डले सोमबार बिहानैदेखि गोरखाका पार्टी र गठबन्धनका नेताहरूसँग छलफल थालेका छन् । उनले गोरखाका पार्टी केन्द्रीय सदस्यहरूसँग जिल्लाको समग्र चुनावी अवस्थाबारे जानकारी लिएलगत्तै गठबन्धनमा रहेका दलका नेताहरूसँग पनि छलफल गरेका हुन् ।

    छलफलमा प्रतिनिधिसभातर्फ गोरखा १ मा उम्मेदवार बनेका कांग्रेसका राजेन्द्र बजगाईं, प्रदेशसभाअन्तर्गतका सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादीबाट प्रदेशसभा उम्मेदवार कृष्ण धिताललगायत नेताहरुसँग छलफल गरेका छन् ।

    हरेक पटक निर्वाचन क्षेत्र परिवर्नत गर्ने प्रचण्डलाई नेसपाका अध्यक्ष डा भट्टराई र पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जोडबल गरेर गोरखा लगेका हुन् ।

    प्रचण्ड २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका थिए । तर, २०७० को निर्वाचनमा पुरानो निर्वाचन क्षेत्र छोडेर सिरहा ५ रोजेका थिए ।

    २०७४ को निर्वाचनमा सिरहाबाटै चुनाव लड्न एकल सिफारिस गरिएको भए पनि उनले चितवन ३ रोजेका थिए । अहिले चितवन ३ भन्दा गोरखा २ मा जीत सहज देखेकाले प्रचण्डको नजर यहाँ परेको हो ।

  • माओवादीले प्रतिनिधिसभातर्फ ४७ उम्मेदवार उठाउँदा ८ महिला समेटिए (सूचीसहित)

    माओवादीले प्रतिनिधिसभातर्फ ४७ उम्मेदवार उठाउँदा ८ महिला समेटिए (सूचीसहित)

    काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४७ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउँदा ८ जना महिला उम्मेदवार उठाएको छ ।

    सात प्रदेशमध्ये ४ वटा प्रदेशमा ८ जना महिला उम्मेदवार उठाए पनि ३ वटा प्रदेशमा भने महिला उम्मेदवार शून्य छन् । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशमा माओवादीबाट महिलाहरूको उम्मेदवारी शून्य छ ।

    बागमती प्रदेशमा माओवादी केन्द्रले पाँच जनालाई उम्मेदवार बनाएको छ । सबैभन्दा धेरै काठमाडौंबाट ४ जना र ललितपुरबाट एक जना महिलाले माओवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

    काठमाडौं १ बाट ओनसरी घर्ती

    माओवादी केन्द्रबाट गठबन्धनको साझा उम्मेदवारका रूपमा ओनसरी घर्तीले काठमाडौंको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

    उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा रोल्पाबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन । त्यस अघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा २ बाट प्रत्यक्षतर्फ संविधान सभा सदस्य निर्वाचित भएकी थिइन । त्यस्तै २०६४ सालको पहिलो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी थिइन ।

    २०६७ को झलनाथ खनाल मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीसमेत भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ नम्बर क्षेत्रबाट विजयी भइन् र उपसभामुख निर्वाचित भइन् । सशस्त्र संघर्षमा लडाकु कमान्डर रहेकी घर्ती नेपालको राजनीतिक इतिहासमा पहिलो महिला सभामुख पनि हुन् । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनकी श्रीमती हुन् ।

    काठमाडौं ७ बाट मानुषी यमी

    काठमाडौं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ७ बाट नेकपा (माओवादी केन्द्र) ले मानुषी यमीलाई उम्मेदवार बनाएको छ । उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी छोरी हुन् । यमी उक्त पार्टीकी केन्द्रीय सदस्य पनि हुन् । भट्टराईले माओवादी फुटाएर गठन गरेको नयाँ शक्ति पार्टी, जनता समाजवादी पार्टीमा पनि यमी केन्द्रीय सदस्य थिइन ।

    काठमाडौं ९ बाट कल्पना धमला

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दर्ता गराएकी कल्पना धमला पार्टीकी पोलिटब्यूरो सदस्य हुन् । पहिलो संविधान सभा २०६४ की सदस्य रहेकी धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् ।

    काठमाडौं १० बाट अञ्जना विशंखे

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० नेपाली कांग्रेसको भागमा परेको भए पनि नेकपा (माओवादी) केन्द्रको तर्फबाट अञ्जना विशंखेले बागी उम्मेदवारी दर्ता गराएकी छन् । उनी पार्टी स्थायी कमिटि सदस्य हुन् । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा विशंखे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन् ।

    ललितपुर ३ बाट पम्फा भुसाल

    ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पम्फा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री रहेकी भुसाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएकी थिइन । यद्यपि २०७० साल भएको दोस्रो संविधान सभा निर्वाचनका बेला भने उनी निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीमा थिइन । भुसाल शान्ति स्थापनापछिको अन्तरिम सरकारकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री पनि हुन् । उनी नेकपा ९माओवादी केन्द्र०को २१ सदस्यीय पदाधिकारीमा एक्ली महिला पदाधिकारी हुन् । भुसाल पार्टीकी उपमहासचिव छन् ।

    लुम्बिनी प्रदेशमा दाङ २ बाट माओवादीकी एक्ली उम्मेदवार रेखा शर्मा

    नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशमा ७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा एक जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ । जसमा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट रेखा शर्माको उम्मेदवारी परेको हो ।

    पार्टी पोलिटब्यूरो सदस्य शर्मा २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन । यस्तै उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित संविधान सभा सदस्य निर्वाचित हुदाँका बखत सामान्य प्रशासन मन्त्री पनि हुन् ।

    सुदूरपश्चिममा माओवादीकी एक्ली उम्मेदवार बिना

    सुदूरपश्चिम प्रदेशबाट नेकपा (माओवादी केन्द्र) ले ४ जनाको उम्मेदवारी दर्ता गराउँदा एक जना महिलाको पनि उम्मेदवारी दर्ता गराएको छ । जसमा कञ्चनपुर १ बाट बिना मगरले उम्मेदवारी दर्ता गराएकी छन् । मगर २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पनि यसै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन । पार्टीकी केन्द्रीय सदस्य मगर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारकी खानेपानी मन्त्री थिइन । उनी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् ।

    जुम्लाबाट गोमा गौतम

    प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा गोमा गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । उनी पार्टीकी केन्द्रीय सदस्य हुन् । २०७० को दोस्रो संविधान सभा सदस्य गौतम पूर्व कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री तथा पूर्व राज्यमन्त्री पनि हुन् । १२ प्रतिनिधि सभा रहेको कर्णाली प्रदेशमा अन्य कुनै पनि दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । उनले गठबन्धनका तर्फबाट जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि टिकट पाएकी हुन् ।

    माओवादीले प्रदेश एकमा ८, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ११, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ४ जनाकाे उम्मेदवारी दर्ता गराएको हो ।

  • उम्मेदवारी दर्ता लगत्तै वेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती

    उम्मेदवारी दर्ता लगत्तै वेपत्ता परिवार भेट्न पुगिन् काठमाडौं–२ की उम्मेदवार घर्ती

    काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन् ।

    पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले  आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन् ।

    उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर –६ मूलपानीमा पुगेकी हुन् । मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् ।

    पोखरेललाई राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन् । पोखरेलको अवस्था अझै पत्ता लागेको छैन । रोल्पाली चेली घर्तीले अबको राजनीतिक जिवन काठमाडौं २ मा समर्पण गर्ने र यो क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन् ।

    वेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा छोरी सम्झिन आग्रह गर्दै वेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताईन ।

    माओवादी जनयुद्धमा प्रत्येक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामा समेत सहिद तथा वेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्येक्ष रुपमा अनुभव गरेको सुनाईन् ।

    वेपत्ता परिवारसँगको भावपूर्ण भेटघाटमा वेपत्ता नागरिक अधिकारीका आमाले आफ्नो छोरा छोरी नै माओवादी पार्टी रहेको रुंदै सुनाईन् । उनले आफ्ना छोराको सपना साकार पार्न माओवादीले जित्नै पर्ने भन्दै उम्मेदवार घर्तीलाई विजयको शुभकामना दिएकी छन् ।

    संघीय संसदको प्रतिनिधि सभामा सभामुखको सफल कार्यकाल व्यतित् गरेकी घर्तीलाई नेकपा माओवादी केन्द्रले काठमाडौं २ को टिकट दिएपनि उनी आजैदेखि चुनावी मैदानमा उत्रिएकी हुन् ।

    पार्टीको निर्णय र आफ्नो चाहानाको समिश्रणका रुपमा आफूले टिकट पाएको बताएकी नेता घर्तीले संविधान कार्यान्वयन गराउने र देशको विकास गर्ने गठबन्धनको मिसन रहेको र त्यसलाई सिंगो गठबन्धनले नै जिताएर सफल पर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

    काठमाडौं २ मा संघीय संसदमा घर्तीसँगै प्रदेश क मा नेपाली काँग्रेसले ध्रुव केसीलाई अघि सारेको छ भने ख मा एकीकृत समाजवादीले भरतप्रसाद फुँयाललाई टिकट दिएको छ ।

  • मलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधि बालुवाटार आएका थिए: प्रचण्ड (भिडिओ)

    मलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधि बालुवाटार आएका थिए: प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चितवनमै रोक्न एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू नै बालुवाटारसम्म आएको बताएका छन् ।

    गोरखा २ मा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई अघिल्लो चुनावमै गोरखा आउन प्रस्ताव आएको बताए ।

    ‘मलाई चितवनका जनताको विश्वास थियो । त्यहाँ विकास निर्माणको लागि कोसिस गरिरहेकै थिएँ । यहाँबाट पटक-पटक मलाई नारायणकाजीसहित नेताहरूले आउन सन्देश दिनुभयो । बाबुरामजीले पनि गोखरा २ मा आउनुपर्छ भनेर जोड दिन थाल्नुभयो’, उनले भने, ‘चितवनमा मलाई रोक्न अभियान नै चल्यो । एक महिना प्रचण्डको लागि दिन्छौं भनेर गठबन्धनले पहल गर्नुभएको थियो । एमालेबाट निर्वाचितहरू पनि मलाई चितवनमै राख्न बालुवाटारसम्म जानुभएको थियो । हाम्रो पार्टीभित्र पनि अन्तद्वन्द्व चल्यो ।’

    उनले निरंकुशताविरुद्धको क्रान्तिमा होमिने अन्तिम बैठक पनि गोरखामै भएको स्मरण गरे ।

    प्रचण्डले भने, ‘हामी क्रान्तिमा होमिँदा धेरै समय बाँँच्छौं जस्तो लागेको थिएन । हामीसँग पार्टी पनि थिएन । ठूलो शक्ति पनि थिएन । हामीले ठूलो आँट गरेका थियौं । राज्यविरुद्ध लड्छौं भनेर केही समय बाँचौला, केही मरौँला भनेर हामीले त्यही समय फोटो समेत खिचेका थियौं ।’

    माओवादी पार्टी विभाजित भएपछि प्रतिक्रािन्तले टाउको उठाउन थालेको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई स्मरण गर्दै प्रचण्डले प्रतिगमनका विरुद्ध सडकमा गएर गठबन्धन बनाउनुपर्ने अवस्था आइलागेको बताए ।

    गठबन्धनकै आडमा तत्कालका लागि प्रतिगमनविरुद्ध विजय हासिल गरेको उनको दाबी थियो ।

    ‘अहिले बाबुरामजीसँग हामी एकताबद्ध हुने प्रक्रिया सुरू भएको छ । गोरखाबाटै एकता प्रक्रिया सुरू गर्न पाएकोमा खुशी लागेको छ । आजबाट नेपालमा आर्थिक क्रान्तिको सुरूवात गर्ने दिन हुने विश्वास गरेका छौं’, उनले भने, ‘हामीले केपीसँग मिलेर केही नयाँ गर्छौं भन्ने लागेको थियो । तर, काम लागेन । गिरिजाप्रसाद कोइरालासँग मिलेर शान्ति प्रक्रिया गणतन्त्रसम्म पुग्यौं । हामी मिल्दा नयाँ क्रान्ति हुन्छ । फुट्दा खतरा भयो ।’

  • गठबन्धनको सीट बाँडफाँट मिलाउन व्यस्त भएपछि वर्षमानले गरे वारेसमार्फत उम्मेदवारी दर्ता

    गठबन्धनको सीट बाँडफाँट मिलाउन व्यस्त भएपछि वर्षमानले गरे वारेसमार्फत उम्मेदवारी दर्ता

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

    पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

    पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराएका थिए । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषदका सदस्य भानबहादुर घर्ती छन् ।

    सत्तारुढ गठबन्धनको सीट बाँडफाँट कार्यदलका सदस्यसमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ । गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सीट बाँडफाँटको काममा व्यस्त थिएँ’, पुनले भने, ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रुपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’

    प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि २०७४ मा निर्वाचित भएका थिए । उनी २०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए । प्रदेशसभातर्फ भने प्रदेश (क) बाट माओवादीका जोखबहादुर महरा र (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

  • गोरखा आउँदा कता आएँ भन्ने भएको छैन: प्रचण्ड

    गोरखा आउँदा कता आएँ भन्ने भएको छैन: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा आफ्ना लागि परिचित जिल्ला भएको भन्दै आफूलाई कता आएँ भन्ने महसुस नभएको बताएका छन् ।

    गोरखा २ मा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले अध्यापनदेखि जनयुद्धको तयारीसमेत गरेको ठाउँ भएकाले आफूलाई गोरखा सहज महसुस भएको बताए ।

    उनले आधुनिक नेपाल निर्माणको हिसाबले गोरखा ऐतिहासिक जिल्ला भएको जिकिर गरे । ‘परिचित ठाउँ र परिचित जनताको बीचमा आएको महसुस भएको छ’, उनले भने, ‘मधेस, पहाड र हिमाल सबैमा पुगेर चुनाव लड्ने कीर्तिमान बनाए जस्तो भएको छ ।’

    उनले उम्मेदवारी दर्तापछि मधेस, पहाड र हिमाल सबैमा पुगेर चुनाव लड्ने कीर्तिमान बनाएजस्तो लागेको बताए ।

    ‘सुरुमा रोल्पाबाट, त्यसपछि काठमाडौंबाट अनि मधेस हुँदा पछिल्लोपटक म चितवनबाट चुनाव लडेको थिएँ । अहिले फेरि गोरखा आइपुगेको छु । यसरी हेर्दा मधेस, पहाड, हिमाल सबै ठाउँमा पुगेर चुनाव लड्ने इतिहासमा म नै पहिलो हो कि जस्तो लागेको छ’, उनले भने।

  • गठबन्धनमा माओवादीले पाएको सीट छाड्दा गण्डकीका कांग्रेस महामन्त्रीको खोसियो टिकट

    गठबन्धनमा माओवादीले पाएको सीट छाड्दा गण्डकीका कांग्रेस महामन्त्रीको खोसियो टिकट

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नवलपुर २ मा गठबन्धनको तर्फबाट आफ्नो भागमा परेको प्रतिनिधिसभाको सीट छाडेको छ। आफ्नो जनमत कमजोर भएपछि माओवादीले प्रतिनिधिसभाको सीट प्रदेशसभासँग साटेको हो ।

    सो क्षेत्रमा माओवादीले कृष्ण शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उनले उम्मेदवारी दिन अस्वीकार गरेका छन् । माओवादी प्रदेशमा झरेपछि नवलपुर २ (क) का कांग्रेस उम्मेदवार विष्णु लामिछानेको टिकट खोसिएको छ । उनी कांग्रेस गण्डकी प्रदेशका महामन्त्री हुन् ।

    प्रदेशसभामा माओवादीका विष्णु कार्कीले उम्मेदवारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा एमालेका तिलक महतसँग हारेका थिए ।

    प्रदेशसभातर्फ नवलपुर १ को (१) मा माओवादीकी सुस्मा खनाल र २ मा एकीकृत समाजादीको तर्फबाट डा. गोपाल खनाल उम्मेदवार बनेका छन् ।

  • बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे उम्मेदवारी दर्ता

    बाबुराम र नारायणकाजीलाई साथ राखेर प्रचण्डले गरे उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए ।

    अहिले चितवनभन्दा सुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ रोजेका हुन् ।

  • मुख्यमन्त्री भट्टको टिकट ‘हापेको’ कि पीएले ‘खोसेको’ ?

    मुख्यमन्त्री भट्टको टिकट ‘हापेको’ कि पीएले ‘खोसेको’ ?

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट यस्ता भाग्यमानी मुख्यमन्त्री हुन्, जसले मुख्यमन्त्रीको पाँचवर्षे कार्यकाल पूरा गर्न पाए । देशका ७ प्रदेशमध्ये मधेसका लालबाबु राउत र सुदूरपश्चिमका भट्टले मात्रै मुख्यमन्त्रीको पूरा कार्यकाल बिताउने सौभाग्य पाए ।

    यस्ता सौभाग्यशाली मुख्यमन्त्री भट्टको कार्यकालको अन्त भने बिर्सनलायक हुने देखिएको छ । आफ्नै स्वकीय सचिव (पीए)ले नै ‘घात’ गरेपछि उनको अवस्था ‘घरको न घाटको’ भएको छ ।

    आफ्नै प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले अन्तिम अवस्थामा आएर टिकट खोसेपछि मुख्यमन्त्री भट्ट जिल्लिएका छन् । भट्टले पछिल्लो समय डोटी प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार हुन चाहेका थिए । तर, पार्टीले अन्तिम अवस्थामा उनकै पीए ओलीलाई टिकट दिएको छ ।

    समानुपातिकको २ नम्बर छाडेर पुनः प्रदेश रोज्दा

    नेकपा माओवादी केन्द्रको स्थानीय कमिटीबाट सिफारिस हुँदा मुख्यमन्त्री भट्ट संघमा सिफारिस भएका थिए । माओवादी केन्द्रको डोटी जिल्ला समन्वय समितिले उनलाई संघको उम्मेदवारका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सर्वसम्मत सिफारिस गरेको थियो ।

    सत्ता गठबन्धनबीचको सीट बाँडफाँटमा डोटी माओवादी केन्द्रको भागमा नपर्ने भएपछि पार्टीले मुख्यमन्त्री भट्टलाई संघमै समानुपातिकतर्फको बन्दसूचीमा राखेको थियो । त्यो पनि खसआर्यतर्फ दुई नम्बरमा । पहिलो नम्बरमा पूर्वसभामुख कृष्णबहादुर महरा थिए ।

    तर, मुख्यमन्त्री भट्टले स्वेच्छाले त्यसबाट नाम फिर्ता लिएर प्रदेशसभा निर्वाचन लड्ने चाहना राखे । जसमा पार्टी ‘सुप्रिमो’ (केन्द्रीय अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्डले पनि समर्थन जनाए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र डोटीका उपलब्ध नेता राखेर मुख्यमन्त्री भट्टले पुनः प्रदेशसभा निर्वाचन नै लड्नुपर्ने बताएको स्रोत बताउँछ ।

    त्यसपछि मुख्यमन्त्री भट्ट डोटी प्रदेशसभा (ख) निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार भनेर निकटस्थहरू प्रचारप्रसारमा लागिसकेका थिए ।

    अनि पाक्यो ‘खिचडी’

    उता डोटीबाट सिफारिस हुँदा प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टकै प्रमुख स्वकीय सचिव ओली, अर्का स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ जिल्ला सहइन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’को नाम सिफारिस भएको थियो । जसमध्ये मुख्यमन्त्री भट्ट संघमा जाँदा आफूले टिकट पाउनेमा बढी आशावादी ओली नै थिए ।

    तर, पछि मुख्यमन्त्री भट्ट तल फर्किने भएपछि ओलीको सल्बलाहट बढ्यो । उनी मुुख्यमन्त्रीले प्रदेश दोहो¥याउँदा पार्टीभित्र विवाद हुने र गठबन्धनले पनि असहयोग गर्ने भन्दै पार्टीका शक्ति केन्द्र धाउन थालेको स्रोत बताउँछ ।

    उता मुख्यमन्त्री भट्ट प्रदेशमा फर्किने कुरामा ओलीजस्तै पार्टीका प्रदेश इन्चार्ज खगराज भट्ट पनि असन्तुष्ट थिए । डडेलधुरामा लगातार तीन चुनाव प्रधानमन्त्री शेरबहादुर देउवासँग हारेर अहिले प्रदेशसभा रोजेका खगराज सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आकांक्षी भएको माओवादी केन्द्रनिकट स्रोत बताउँछ । उनी डडेलधुरा प्रदेशसभातर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

    स्रोतका अनुसार मुख्यमन्त्री भट्ट प्रदेशसभामा पुनः निर्वाचित भएर आउँदा अर्को पटक पनि संसदीय दलको नेतामा स्वाभाविक उम्मेदवार बन्नसक्ने खतरा प्रदेश इन्चार्ज खगराजले देखेका थिए । यद्यपि पार्टी वरियतामा भने प्रदेश इन्चार्ज खगराज नै अगाडि छन् । भट्ट स्थायी कमिटी सदस्य हुन् ।

    प्रदेश इन्चार्ज खगराज र मुख्यमन्त्री भट्टका पीए ओलीको ‘स्वार्थ’ मिलेपछि प्रदेश कमिटीबाट टिकट बाँडफाँट हुँदा अन्तिम अवस्थामा मुख्यमन्त्री भट्टको टिकट खोसिएको स्रोत बताउँछ ।

    ‘अध्यक्ष कमरेड (प्रचण्ड)ले भनेर नै मुख्यमन्त्रीज्यू प्रदेशसभामा उम्मेदवार बन्न तयार हुनुभएको हो । उहाँले भनेपछि हामी आकांक्षी तीनैजनाले मुख्यमन्त्रीज्यूलाई सहयोग गर्ने निर्णय भइसकेको हो’, मुख्यमन्त्रीका अर्का स्वकीय सचिव कुँवरले भने, ‘तर, स्वार्थीहरूले मिलेर उहाँको टिकट खोसेका छन् ।’

    विवाद तीव्र

    मुख्यमन्त्री भट्टको टिकट उनकै पीए ओलीले खोसेपछि माओवादी केन्द्र डोटीमा चर्को विवाद देखिएको छ । मुख्यमन्त्री भट्ट पक्षधरले मुख्यमन्त्रीको अपमान भएको भन्दै निर्णय अस्वीकार गर्ने धम्की दिइरहेका छन् ।

    यस्तै सोही निर्वाचन क्षेत्रका लागि सिफारिस भएका मुख्यमन्त्री भट्टका अर्का स्वकीय सचिव कुवँर र जिल्ला सह–इन्चार्ज घर्तीमगरले आजै एक विज्ञप्ति निकालेर निर्णय सामूहिक रुपमा अस्वीकार गर्ने जनाएका छन् ।

    विज्ञप्तिमा आपसी सहमति र केन्द्रीय कार्यालयले मुख्यमन्त्री भट्टलाई उम्मेदवार बनाउने तय गरिसकेपछि भएको यस्तो निर्णय गलत रहेको उल्लेख छ ।

    ‘मुख्यमन्त्रीको घोर अपमान गर्ने र अर्कोतर्फ हाम्रो दाबीलाई पनि बेवास्ता गर्ने कार्यको हामी घोर विरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सामूहिक रुपले अस्वीकार गर्ने कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

  • घनश्यामलाई दीपशिखाको प्रश्नः हाम्रो चिह्नबाट नउठेपछि तपाईंलाई भोट किन हाल्ने ?

    घनश्यामलाई दीपशिखाको प्रश्नः हाम्रो चिह्नबाट नउठेपछि तपाईंलाई भोट किन हाल्ने ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा दीपशिखाले घनश्याम भुसाललाई गठबन्धनको साझा उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    माओवादीको चुनाव चिह्नबाट लड्न अस्वीकार गरेरका भुसाललाई भोट किन हाल्ने भन्दै दीपशिखाले प्रश्न गरेका हुन् ।

    प्रचण्ड निकट मानिएका नेता सापकोटाले फेसबुकमा लेखेका छन्, ‘माओवादीको चिह्नबाट चुनाव लड्दिनँ । उसो भए माओवादीले किन भोट हाल्ने ? कमरेड तपाईंलाई ओलीले टिकट नदिएपछि आउनुभयो । विचार, राजनीतिको कुरा थियो भने हिजै ओलीलाई काँधमा बोकेर हिम्ड्नुहुन्थेन ।’

    उनले आफूहरुले लडेर ल्याएको गणतन्त्र र उपलब्धिको रक्षा गर्न विनाहिच्किचाहट चुनावी रणभूमिमा खरो उत्रिनुको विकल्प नभएकोसमेत उल्लेख गरेका छन् ।

    एमाले‍बाट टिकट नपाएपछि नेता भुसाल पार्टी परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्। भुसाल २०७४ मा रुपन्देही ३ बाट निर्वाचित भएका थिए ।

  • बाबुराम र नारायणकाजीलाई साथ लिएर गोरखा २ मा उम्मेदवारी दर्ता गर्दै प्रचण्ड

    बाबुराम र नारायणकाजीलाई साथ लिएर गोरखा २ मा उम्मेदवारी दर्ता गर्दै प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न प्रचण्ड गोरखा पुगेका हुन् ।

    गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् ।

    २०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए । अहिले चितवनभन्दा सुरक्षित देखिएपछि प्रचण्डले गोरखा २ रोजेका हुन् ।

  • यी हुन् गण्डकीमा माओवादीका उम्मेदवार (सूचीसहित)

    यी हुन् गण्डकीमा माओवादीका उम्मेदवार (सूचीसहित)

    पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकीमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच दलीय गठबन्धनबाट गण्डकीमा माओवादीले प्रतिनिधिसभा चुनावमा आफ्ना ६ र प्रदेशसभामा ११ उम्मेदवार उठाउने छ ।

    माओवादी गण्डकीकी अध्यक्ष गायत्री गुरुङका अनुसार केही क्षेत्रमा बढी दाबेदार हुँदा उम्मेदवारको नाम फाइनल भएर आउन सकेको थिएन ।गण्डकीमा माओवादीका सबैभन्दा हेभिवेट उम्मेदवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् ।

    उनी गोरखा २ बाट चुनाव लड्ने छन् । उनको ठाउँमा नेकपा एमालेले अब्दुस मियाँलाई उम्मेदवार तोकिसकेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङ लमजुङबाट लड्दै छन् । माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट उठ्ने पक्का भएको छ ।

    यी हुन् माओवादीका उम्मेदवार (प्रतिनिधिसभा तर्फ)

    गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’

    नवलपुर २– किसान शर्मा

    लमजुङ– देवप्रसाद गुरुङ

    कास्की ३– रामजी प्रसाद बराल

    बागलुङ २– देवेन्द्र पौडैल

    म्याग्दी– गोविन्द पौडेल

    प्रदेश सभामा
    मुस्ताङ १– चन्द्रबहादुर थकाली

    पर्वत १ ‘क’– सुदीप कुँवर

    कास्की १ ‘क’– दिपक कोइराला

    कास्की २ ‘क’– विशवप्रकाश लामिछाने

    कास्की ३ ‘ख’– दुर्गादत्त भण्डारी

    स्याङ्जा १ ‘क’– अमृता थापा मगर

    नवलपुर १ ‘ख’– लोकप्रसाद भुर्तेल

    तनहुँ १ ‘ख’– हरिबहादुर चुमान

    तनहुँ २ ‘क’– राजेन्द्रकेशरी न्यौपाने

    गोरखा १ ‘क’– कृष्ण धिताल

    मनाङ १ ‘क’– कपिल लामा

  • भक्तपुरमा कांग्रेसले टुङ्ग्याउन सकेन प्रदेश उम्मेदवार

    भक्तपुरमा कांग्रेसले टुङ्ग्याउन सकेन प्रदेश उम्मेदवार

    भक्तपुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले प्रदेश सांसद बन्ने उम्मेदवार अझै टुङ्गो लगाउन सकेको छैन । निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी मनोनयन रहेको छ ।

    भक्तपुरमा कांग्रेसले सत्ता गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्र र प्रदेशसभातर्फ १ नम्बर क्षेत्रका क र ख तथा २ नम्बर क्षेत्रमा क पाएको छ ।
    प्रतिनिधिसभातर्फ २ नम्बर क्षेत्रमा पार्टीले कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको नाम सार्वजनिक गरेको छ । तर,आफूले अहिलेसम्म टिकट हात नपारेको जिल्ला सभापति थापा बताउँछन् ।

    त्यसैले कांग्रेसको भागमा परेको प्रदेशमा को को उम्मेदवार हुने भन्ने टुंगो नलागेको उनले जानकारी दिए ।प्रतिनिधिसभातर्फ दुई क्षेत्र रहेको भक्तपुरमा १ नम्बर नेकपा माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले यहाँ पार्टीका जिल्ला संयोजक सुनिल गोथे वासुलाई टिकट दिएको छ ।

    त्यस्तै प्रदेशसभातर्फ एक सीट पाएको नेकपा एकीकृत समाजवादीले पार्टीका पोलिटव्युरो सदस्य राजेन्द्रमान श्रेष्ठलाई नै दोहोराउने भएको छ । नेकपा एसले भक्तपुर क्षेत्र नम्बर २ ख पाएको हो । २०७४ को निर्वाचनमा श्रेष्ठले कांग्रेसका गणेशमान चक्रधरलाई पराजित गरेका थिए । एमालेबाट निर्वाचित श्रेष्ठ पार्टी विभाजित हुँदा नेकपा एसतर्फ लागेका थिए ।

     

  • काठमाडौंका तीनवटै सीटमा माओवादीका महिला उम्मेदवार, ओनसरी घर्ती २ नम्बरमा

    काठमाडौंका तीनवटै सीटमा माओवादीका महिला उम्मेदवार, ओनसरी घर्ती २ नम्बरमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्व सभामुख ओनसरी घर्तिलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको छ । यसअघि माधव नेपाल निर्वाचित सो क्षेत्र माओवादीको भागमा परेपछि अन्तिम समयमा घर्तीलाई उम्मेदवार बनाइएको हो ।

    त्यस्तै काठमाडौं क्षेत्र नम्बर ९ मा माओवादीले कल्पना धमलालाई उम्मेदवार बनाएको छ । २०६४ मा धादिङ २ बाट निर्वाचित भएकी धमला यसपटक काठमाडौं ९ मा चुनाव लड्न लागेकी हुन् ।

    सो क्षेत्र हितमान शाक्यका लागि मागिए पनि अन्तिममा धमलाले बाजी मारेकी छन् । माओवादीले पाएको अर्को सीट काठमाडौं -७ मा मानुषी यमीले टिकट पाइसकेकी छन् । माओवादीले काठमाडौंमा पाएका तीन वटै सीटमा महिला उम्मेदवार बनाएको छ ।

  • सुदूरपश्चिममा मुख्यमन्त्रीले टिकट पाएनन्, स्वकीयले पाए

    सुदूरपश्चिममा मुख्यमन्त्रीले टिकट पाएनन्, स्वकीयले पाए

    कैलाली । प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अन्ततः प्रदेश सभाको पनि टिकट पाएन।

    यसअघि मुख्यमन्त्री निर्वाचित क्षेत्रमा गठबन्धनबाट माओवादीलाई भाग पर्दा पनि मुख्यमन्त्रीले टिकट नपाएका हुन् । उक्त क्षेत्रमा मुख्यमन्त्री प्रमुख स्वकीय सचिव रहेका शिव सिंह ओलीले टिकट पाएका पाए ।

    ओली डोटी इन्चार्ज पनि हुन् ।अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो । गठबन्धनबाट भट्टले टिकट पाएपछि ओली जिताउन लागेका थिए ।

    त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए ।

    एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको खमा ओलीको टिकट सुनिश्चित भएको हो ।गठबन्धनमा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी प्रदेशको एउटा क्षेत्र माओवादी र अर्को कांग्रेसको भाग लागेको छ ।

    प्रदेश सभाको टिकट माग्न मुख्यमन्त्री भट्ट काठमाडौंमा नेता चाहर्दै ! 

  • ‘निवर्तमान’ सभामुख सापकोटाले भनेः मंसिर ४ को चुनाव लड्दिन, युवाका निम्ति त्याग गर्छु

    ‘निवर्तमान’ सभामुख सापकोटाले भनेः मंसिर ४ को चुनाव लड्दिन, युवाका निम्ति त्याग गर्छु

    काठमाडौं । प्रतिनिधिसभाका ‘निवर्तमान’ अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवर नबन्ने औपचारिक घोषणा छन् । चुनावको मनोनयन हुने अघिल्लो दिन उनले पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।

    सापकोटाले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारे । आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उनको दाबी छ ।

    चुनाव हार्ने डरले अन्तिम समयमा यस्तो निर्णय लिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा सापकोटाले जवाफ दिए, ‘त्यस्तो बिलकुल होइन । मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर, युवाहरूकै लागि भनेर यो पहलकदमी लिएको हुँ ।’

    सभामुखको कार्यकालबारे सोधिएको प्रश्नमा सापकोटाले स्पष्ट जवाफ दिएनन् । अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै यसबारे थप चर्चा आवश्यक नरहेको बताए ।

    चुनावी प्रतिस्पर्धामा भाग नलिए ता पनि जिन्दगीको अन्तिम घडीसम्म आफू सक्रिय रहने उनको भनाइ थियो । करिब एक वर्षदेखि युवाहरूलाई अघि सार्नुपर्ने भन्ने विचार आफूमा पैदा भएको पनि उनले बताए । आफ्नो निर्णयले राजनीतिमा नयाँ रक्तसञ्चार गर्ने पनि उनको दाबी छ ।

    युवाहरू भनेर छोराहरूलाई अघि सानै दाउ हो कि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मेरा तीन छोराहरू अरू नै आआफ्नो पेसामा छन् । उनीहरू तत्काल राजनीतिमा जाँदैनन् । एकाघरका छोराहरू बाहेक अरूको विषयमा भन्न सक्दिनँ ।’

    यसअघि उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

    पहिरो र दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित भएका थिए । सापकोटा २०६८ मा सूचना तथा सञ्चार र २०७२ सालमा भूसंरक्षण मन्त्री समेत भइसकेका छन् ।

    माओवादीका अर्का नेता कृष्णबहादुर महरालाई सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सापकोटाले सभामुख हुने मौका पाएका थिए । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए ।

  • मकवानपुरबाट माओवादीका मोक्तान र पुलामीले पाए टिकट

    मकवानपुरबाट माओवादीका मोक्तान र पुलामीले पाए टिकट

    हेटौँडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुरको दुई वटा प्रदेशसभामा माओवादी केन्द्रले उम्मेदवार ‘फाइनल’ गरेको छ ।

    माओवादी केन्द्रको भागमा परेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ को ‘क’ मा प्रेमबहादुर पुलामी तथा कुमारी मोक्तानले टिकट पाएका हुन् ।

    माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष पुलामीले १ को क तथा केन्द्रीय सदस्य मोक्तानले १ को ख बाट टिकट पाएका हुन् ।

    पुलामी यस अघि पनि प्रदेश सांसद थिए भने मोक्तान हाल बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हुन् ।

    माओवादीले यो पटक पनि यी दुबैलाई दाहोर्‍याएको हो ।

  • काठमाडौं- २ माओवादीले पाएपछि गोरखा फर्केर प्रचण्डविरुद्ध चुनाव लड्ने माधवीको घोषणा

    काठमाडौं- २ माओवादीले पाएपछि गोरखा फर्केर प्रचण्डविरुद्ध चुनाव लड्ने माधवीको घोषणा

    काठमाडौं । काठमाडौं -२ माओवादीले पाएपछि गोरखा फर्केर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्।

    नेपाली कांग्रेसले उनलाई काठमाडौं- २ बाट सिफारिस गरेको थियो । तर भागबण्डाको क्रममा काठमाडौं- २ माओवादीको भागमा परेपछि माधवीले गृहजिल्ला गाेरखा फर्केर अध्यक्ष प्रचण्डविरुद्ध गाेरखा २बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

    उनले चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन उनले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक संजाल फेसबुकमामार्फत आफू प्रचण्ड विरुद्ध चुनाव लड्न तयार भएको उल्लेख गरेकी छन् ।

    कांग्रेसको सक्रिय राजनीतिमा रहेकी उनी सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।उनले आफ्ना पिताजीको त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्।