Category: माओवादी केन्द्र

  • सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

    सुर्खेतमा प्रचण्डमाथि माओवादी पूर्वलडाकुद्वारा जुत्ता प्रहारको प्रयास, प्रहरीले जोगायो

    सुर्खेत । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।

    पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको हो ।

    मंगलबार सुर्खेत विमानस्थलमा अवतरण गरी नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्कालाई लिएर जुम्ला जाने कार्यतालिका रहे पनि प्रतिकुल मौसमका कारण प्रचण्ड सवार हेलिकप्टर सल्यान पुगेको थियो ।

    चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेको सुर्खेत प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । ‘चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्नु भएको थियो, निज कमलले जुत्ताको माला झोलामा बोकेर ल्याएका रहेछन्, उनले झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।’ एक प्रहरी अधिकारीले भने ।

    मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखिएको प्रहरीको उच्च स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ति प्रहरी अधिकारीका अनुसार प्रचण्डलाई जुत्ता प्रहार गर्न नपाउँदै प्रहरीले  जाेगाएको हाे । घटनामा स‌ंलग्न युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

  • कर्णालीमा प्रचण्डले भने : जनतासँग माफ नमागे चुनावमा ओली पत्तासाफ हुन्छन्

    कर्णालीमा प्रचण्डले भने : जनतासँग माफ नमागे चुनावमा ओली पत्तासाफ हुन्छन्

    जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीमा प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरुलाई शून्य बनाउनु पर्ने बताएका छन् । मंगलबार जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनकारी, निरंकुशतावादी र सामन्तवादीलाई शून्य बनाएर कर्णालीवासीले रेकर्ड राख्नुपर्ने बताए ।

    उनले भने, ‘तपाईं कर्णालीवासीले प्रतिगमनकारीहरुलाई शून्य बनाएर रेकर्ड बनाउनु पर्नेछ । कर्णाली प्रदेश जागरण र परिवर्तनको प्रदेश, न्याय समानताको पक्षमा दृढतापूर्वक उभिने प्रदेशका रुपमा खडा गर्नुपर्ने छ। जुम्लावासीले रेकर्ड बनाए कर्णालीभरि नै त्यही बन्नेछ ।’

    मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृतिका बीचको चुनावी लडाईं भएको बताए । यो निर्वाचनमा एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने पक्षमा उभिएको उनको भनाइ छ।

    प्रचण्डले भने, ‘अर्को गठबन्धन संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने केपी ओली नेतृत्वको गठबन्धन छ । त्यसैले यो सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बीचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’

    दुई तिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजा धुजा पार्ने एमाले अध्यक्ष ओली यही निर्वाचनबाट पत्तासाफ हुने जिकिर गरे । ओली नेतृत्वको गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ देशलाई लैजान चाहनु भएको उनको भनाइ छ ।

    देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्न समेत आह्वान गरे। देशमा राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै अध्यक्ष प्रचण्डले ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने केपी ओलीले जनतासँग माफी माग्नुपर्ने बताए ।

    ओलीले संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काएपछि आफूहरुले वाम लोकतान्त्रिक शक्ति मिलेर अहिलेको गठबन्धन बनाएको आरोप लगाए ।

    कर्णालीको विकासमा प्राथमिकतामा

    आगामी निर्वाचनपछि वाम-लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने भन्दै प्रचण्डले कर्णालीको विकास पूर्वाधारका लागि विशेष प्राथमिकता दिने बताए । कर्णालीको सडक पिचसँगै फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका लागि समेत सडक पूर्वाधार अति आवश्यक भएको बताए ।

    उनले भने, ‘कर्णालीमा पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको छ। हामीले कर्णाली र सुदूरपश्चिमको भौतिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन विकासमा जोड दिने भनेका छौं ।

    कर्णालीको विकास हाम्रो जुम्लाबाट माओवादी केन्द्रका नेता गोमा कुँवरलाई गठबन्धनको साझा उम्मेदवार उठाइएको भन्दै प्रचण्डले संघ र प्रदेशका गठबन्धनका सबै उम्मेदवारहरुलाई भोट दिई जिताउन जुम्लावासीलाई आग्रह गरे ।

     

     

  • विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु हो : प्रचण्ड

    विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु हो : प्रचण्ड

    सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताएका छन् ।

    वाम-लोकतान्त्रिक गठबन्धनले जुम्लामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जय नेपाल र लाल सलामको मित्रता लामो भएको बताए ।

    उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले एकातिर लाल सलाम भन्नु भएको थियो, र मैले गिरिजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिए, त्यहीँबाट सुरु भएको थियो, जय नेपाल र लाल सलामको मित्रता ।’

    विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गर्दै उनले सोही कारणले नेपालमा युगान्तकारी युगको सुरुवात भएको बताए ।

    विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा रुख, हँसिया हथौडा र कलममा भोट हाल्न कुनै दुबिधामा नपर्न आग्रह गरे ।

  • चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत

    चुनावपछि कांग्रेसले नै नेतृत्व गर्छ, प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन : प्रवक्ता महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व कांग्रेसले नै गर्ने पुन: दोहोर्‍याएका छन् ।

    नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी नगरेको बताए ।

    उनले भने, ‘निर्वाचनपछि गठबन्धन सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेसले गर्छ भन्नेमा द्वविधा छैन । अहिलेसम्म प्रचण्डजीले प्रधानमन्त्रीको दाबी गर्नुभएको छैन । समर्थक शुभेच्छुकले भन्नु स्वाभाविक हो ।’

    उनले संविधानको रक्षा र आवश्यक परिमार्जन गरेर आफूहरू अगाडि बढ्ने बताए । संविधानलाई पन्छाएर देशलाई अन्योल पार्नेको भ्रममा नपर्न महतको आग्रह थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विभाजन गराउने नेतृत्व गरिरहेको उनले आरोप लगाए । महतले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले देश विकासका लागि सबैलाई मिलाएर लगेको भन्दै कांग्रेस नेतृत्वको गठबन्धनले नै देशको विकास गर्नसक्ने बताए ।

    एमाले गठबन्धनको लक्ष्य देशलाई उल्टोतिर लानेतर्फ मात्रै भएको उनको भनाइ छ ।

  • पाँच चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड कर्णाली प्रदेशमा

    पाँच चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड कर्णाली प्रदेशमा

    सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा पुगेका छन् । उनले आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् ।

    माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

    शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् । प्रचण्ड चढेकाे हेलिकप्टर सुर्खेतमा मौसम प्रतिकुल भएकोले केही समय सल्यान खलंगामा अवतरण भएको थियो । उनी मौसममा केही सुधार भएपछि पुनः सुर्खेतको लागि प्रस्थान गरेका छन् ।

     

  • टोपी प्रयोग गरेको भन्दै आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रवि लामिछानेलाई स्पष्टीकरण

    टोपी प्रयोग गरेको भन्दै आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रवि लामिछानेलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरिएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

    अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हसिया हथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको भन्दै आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता एवम् उपन्यायाधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आयोगमा उजुरी परेपछि लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।

    निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र तीन जनालाई नै निर्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

    पत्रमा उनीहरुलाई निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र ४ बमोजिमको कारबाही किन हुनुनपर्ने हो ? भनी सोधिएको छ ।

    निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा १ को खण्ड घ मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।

     

  • ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

    ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ भएको बताएका छन् । रामेछाप जिल्लाका एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा गणतन्त्र आउँछ भन्ने कुरा परिकल्पना समेत नगरेको बताए ।

    उनले भने, ‘ओली गणतन्त्र र संविधानको पछिसम्म विरोध गर्दै हिँड्थे । पछि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो । उनको इच्छा विपरीत । त्यतिबेला उनले भन्ने गर्थे माओेवादीले आँधिहुरी लिएर आयो । सबै त्यसमा हिँडेपछि म पनि त्यसमा हिँडेको हो मन त परेको थिएन भन्थे । संविधान बनाउने बेलामा पनि ।’

    संविधानमा सही गरेपछि आफूहरुले ओली पनि संघीय लोकतन्त्रवादी भए होलान् भन्ने अपेक्षा गरेपनि नभएको उल्लेख गरे । ओली अहिलेसम्म पनि धर्म निरपेक्षतावादी नभएको आरोप लगाए ।

    उनले भने, ‘मैले वाम गठबन्धनको प्रस्ताव पनि राखे । केपी ओलीको प्रस्ताव पनि होइन । पछि पार्टी एकताको प्रस्ताव पनि राखियो। तर, एकताको तीन बर्ष पुग्न नपाउँदै उनी त अहिलेसम्मको उलपब्धि कहिले उल्ट्याउला भनेर लुकेर बसेका रहेछन् ।’

    ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे । उनले भने, ‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु । मलाई त अनौठो लाग्छ। हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौँ । उनले पार्टी र सरकार पनि बचाउन सकेनन् । अहिले के भनेर भोट माग्न गएका हुन् । उनले नेपाली जनतालाई उल्लू ठानेका छन् कि । हिजो दुई तिहाइ दिँदा पाँच बर्षसम्म टिकाउन नसक्ने उनै हुन् ।’

    ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको टिप्पणी गरे । ओलीको अहंकारले संविधानविरोधी गतिविधि गर्दा जनताले समेत विरोध र बहिष्कार गरेको उनको भनाइ छ । ओली असफल भएर बालुवाटारबाट बालकोट जानुपरेको बताए ।

    प्रचण्डले भने, ‘स्थानीय चुनावमा दुई तिहाइ ल्याउँछु भनेर गफ हान्थे । तर, पहिलाको भन्दा सयभन्दा धेरै ठाउँमा पराजित बने। अहिले पनि जनताले बुझिसकेको छन्। त्यसैले यो परिवर्तनको बहाक शक्तिलाई नै जनताले देश र जनताको रक्षा गर्छ भन्ने जनताले बुझिसकेका छन् ।’

  • गोरखा विकासका लागि प्रचण्डले अघि सारे ४५ योजना (पूर्णपाठ)

    गोरखा विकासका लागि प्रचण्डले अघि सारे ४५ योजना (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकासका लागि ४५ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् । २०७४ सालमा निर्वाचित चितवन-३ छाडेर गोरखा २ बाट उम्मेदवारी दिएका प्रचण्डले समृद्ध गोरखा बनाउनका लागि ४५ योजना ल्याएका हुन् ।

    उनले सामाजिक न्याय, समता र समाजलाई समृद्धिको नयाँ युगतर्फ लैजान परिवर्तनको नेतृत्व र जनसेवामा आफ्नो भूमिका रहेको उल्लेख गरेका छन् । समाजमा क्रान्ति र शान्तिको नेतृत्व गर्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान निर्माण र कार्यान्वयनसम्म आइपुग्दा देश र जनताको पक्षमा आफूलाई उभ्याउँदै आएको जिकिर गरेका छन् ।

    प्रचण्डले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने, जनजीविकाका समस्या समाधान गरेर जनतालाई नयाँ जीवन दिने सपना पूरा गर्न बाँकी रहेको आश्वासन दिएका छन् ।

    उनले गोरखाको शिक्षा, स्वास्थ्य, यातायाता, सडक, विद्युतलगायतका चौतर्फी विकास निर्माणको कामलाई प्राथमिकताको साथ हेरेको बताएका छन् ।

    उनले पालुङटार एयरपोर्टलाई पुनः सुचारु गर्नेदेखि पालुङटारलाई मौलिक स्मार्ट सिटीको रूपमा विकास गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावाटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्नुका साथै अन्य जलविद्युतका सबै सम्भावनाहरुलाई अघि बढाउने प्रतिबद्धता गरेका छन् ।

    उनले गोरखा जिल्ला नेपालको भौगोलिक एकीकरण र विस्तारको दृष्टिकोणबाट ऐतिहासिक भएको इतिहास साछी रहेको भन्दै विभिन्न कालखण्डमा विभिन्न ढंगले संगठित रूपमा अन्याय र अत्याचारविरूद्ध संघर्ष गर्दै परिर्वतन र अग्रगमनको पक्षमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
    गोरखा २ बाट ०७४ सालमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई हटाएर नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जितेका थिए । अहिले अध्यक्ष भट्टराई र नेता श्रेष्ठलाई साथ लिएर प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

    उनीविरुद्ध एमालेले अब्दुस मियाँलाई अगाडि सारेको छ । तर, प्रचण्डले गोरखामा आफूले प्रतिस्पर्धी नै नदेखेको टिप्पणी गर्दै आइरहेका छन् ।

    हेर्नुस् प्रचण्डका प्रतिबद्धताको पूर्णपाठ

  • ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छः पुन

    ओलीतन्त्रविरुद्ध गठबन्धन बनाएका हौँ, पाँच वर्ष नै कायम रहन्छः पुन

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए ।

    ०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उनको भनाइ थियो । उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।

    ‘पाँच वर्ष एक ढंगले खेर गयो । हामीले समयको सदुपयोग गर्न सकेनौँ । अघि हिँड्ने मानिस सही ढंगले हिँडेन र बाटो बिरायो भने अरुले दुःख पाउँछ । अघि हिंड्नेले घमण्ड गर्दा अरुले दुःख पाए । सरकार भनेको देशको अभिभावक हो । प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’

    पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए । उनले भने, ‘गुप्तचर, राजश्व अनुसन्धान विभागसहितका निकाय केन्द्रित गरेर निरंकुश शासकले जस्तै शासन गर्नुभयो । मन्त्रीहरुलाई सामान्य कारिन्दाजस्तो व्यवहार गर्ने । सचिवहरुमार्फत काम गरेर पेन्डुलम बनाउने, प्रदेश सरकारहरुलाई मातहतका सरकारजस्तो बनाउने । स्थनीय सरकारहरुको कुनै भाउ नहुने अवस्था उहाँले नै ल्याउनुभयो । बुद्धिजीवीलाई गाली गर्दै हिँड्नुभयो । आलोचना र सुझावलाई ग्रहण गर्नुको साटो बुद्धिजीवीलाई आऊ बहस गर्न कुन भाषामा आउँछौं भनेर चुनौती दिनुभयो ।’

    ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ ।
    निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे ।

    राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताए । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ ।

    विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा काँग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हातलमा सहयोग नहुने बताए । रोल्पाको प्रदेश २ मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन् ।

    सो प्रदेशमा काँग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले काँग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।

    उनले अघि भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौँ । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौँ । शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौँ ।’

  • वर्षमान पुनको दाबी : निर्वाचनमा गठबन्धनको दुई तिहाइ सीट आउँछ

    वर्षमान पुनको दाबी : निर्वाचनमा गठबन्धनको दुई तिहाइ सीट आउँछ

    रोल्पा । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आसन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनले संघमा दुई तिहाइ क्षेत्रमा जित हासिल गर्ने बताएका छन् । रोल्पामा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पुनले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पनि दाबी गरे ।

    चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘आगामी निर्वाचनबाट गठबन्धनले कम्तिमा दुई तिहाइ बहुमत पाउँछ । यो मेरो दाबी हो । तथ्यहरुले यो देखाएको छ । हामी दुई तिहाइ संघमा जित्दैछौँ । प्रदेशमा सातै प्रदेशमा हाम्रो सरकार हुन्छ ।’ गठबन्धनले घोषणापत्रमार्फत् शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाई छ । तीनै तहका सरकारका समन्वयमा घोषणापत्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता उनले जनाए ।

    विगतमा केपी ओली नेतृत्वको सरकारले अवसर पाएर पनि स्थायित्व कायम गर्न नसकेको पुनले बताए । अब गठबन्धनले देशका लागि समेत केही न केही नयाँ र असल जगको सुरुवात गर्ने उनले बताए। अहिलेको गठबन्धनले देशको विकासका लागि साझेदारी गर्ने बताए । गठबन्धन गरेर निर्वाचन लडे पनि पछि राष्ट्र निर्माणका लागि हातेमालो गर्ने सबै नागरिकसँग सहकार्य गर्ने उनले बताए ।

    पुनले भने, ‘केपी ओलीजीको नेतृत्व एकल बहुमत पाउँदा पनि खेर गयो । आगमी दिनमा यसो हुने छैन । हामी आफूमात्र हैन नेपालका सबै राम्रा हात र मस्तिष्कलाई लिएर विकासको काम गर्नेछौँ । हामी निर्वाैचन पछि राष्ट्र निर्माणको पक्षका जनमतालाई लिएर अघि बढ्छौँ । ओलीजीलाई पाँच वर्ष काम गर्न जनताले जनमत दिएका थिए । उहाँ चाहीँ थानकोटतिर हिड्नुभाछ, त्रिपुरेश्वरतिर भेटिएको भुस्याह कुकुरलाई ढुङ्गा हान्न बस्नुभाछ । अली पर गयो एउटा बटुवा छ त्योसँग झगडा गर्न बस्नुभाछ । गन्तव्य एकातिर छ गर्ने अर्को छ । हामी जे गन्तव्य हो त्यो गछौँ ।’

    विपक्षी नेकपा (एमाले) को गठबन्धन प्रतिगामी भएको पुनको भनाई छ । विगतका निरङ्कुस शक्तिलाई एमालेले बोकेको पुनको आरोप छ । गणतन्त्र र लोकतन्त्रका लागि लडेका एमालेका कार्यकर्ता पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाई छ । पार्टी बन्धनबाट बाहिर निस्केर अन्तरआत्मालाई सुन्न उनले एमाले कार्यकर्तालाई आग्रह गरे ।

    सम्बोधनमा उनले छिमेक सम्बन्धलाई सन्तुलनका आधारमा अघि बढाइने बताए । प्रो-नेपाली भएर राष्ट्रिय हितका पक्षमा काम गर्ने उनको भनाई छ । विकास आयोजना र सहायत लिए पनि कुनै पनि देशको सैन्य गठबन्धनलगायतमा सहभागी नहुने उनको भनाई छ ।

    राजनीतिक आवश्यकताका आधार वर्तमान गठबन्धन बनेको नेता पुनले बताए । संविधानको रक्षार्थ वर्तमान गठबन्धन बनेको र गत चुनावमा परीक्षणसमेत भइसकेकाले एक अर्को दललाई मत दिन हिककिचाउनु नपर्ने कार्यकर्तालाई उनको आग्रह थियो ।

    नेता पुनले अहिलेको प्रमुख मुद्दा स्थायित्व भएको बताए । विगतका पश्चिमा देशहरुको आर्थिक उन्नति र स्थायित्वको चर्चा भए पनि अब एसियाली देशहरु अगाडि बढेको उनको भनाई छ ।

    गठबन्धनको नेतृत्वमा अब मुलुकको स्थायित्व हुने जिकिर पुनको छ । ‘हाम्रो मुख्य एडेण्डा स्थायी शान्ति हो । घरमा शान्ति भयो भने घरको भविष्य राम्रो हुन्छ । नयाँनयाँ प्रयोगमा जाँदा विकास हुँदैन । यो संसदको अघिल्लो कार्यकाल शान्ति र विकासका लागि अनुकूल थियो । तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीका कारणले त्यो सम्भव भएन । नेपाली जनताले विश्वास गरेर जनमत दिएकै हो । अब हामी शेरबहादुर देउवाको नेतृत्वमा प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको नेतृत्वमा स्थायित्व र विकास हासिल गर्न चाहन्छौं । पाँच वर्ष कम्तिमा हामी यो गठबन्धन कायम गर्न चाहन्छौं । सुशासन कायम गर्न चाहन्छौं । यो हाम्रो प्रतिबद्धता हो ।’

    सुशासन कायम गर्नु वर्तमान गठबन्धनको मुख्य उद्देश्य भएको पनि पुनले बताए । नागरिकमैत्री सार्वजनिक प्रशासनमा उनले जोड दिए । मुलुकमा पटक पटक राजनीतिक क्रान्ति भएको भन्दै उनले अब आर्थिक र सामाजिक रुपान्तरणको समय आएको बताए। आर्थिक र सामाजिक रुपान्तरणमा दलहरु केही हदसम्म पछि परेको पनि उनको ठम्याइ छ ।

    शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई संविधानले नागरिकको आधारभूत अधिकारका रुपमा ग्यारेन्टी गरेकाले कार्यान्वयन गरिने उनको भनाई छ ।

  • प्रचण्डको टिप्पणी: ओली राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेका छन् (भिडिओ)

    प्रचण्डको टिप्पणी: ओली राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्रैदेखि यो व्यवस्थालाई स्वीकार नगरेको आरोप लगाएका छन् ।

    गोरखा नगरपालिकामा आयोजित गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै उनले ओलीले भित्री मनदेखि संविधान स्वीकार नगरेको टिप्पणी गरे ।

    ओली शक्तिमा पुग्नासाथ राजतन्त्र फर्काउने ‘एम्बुस’ थापेर बसेको आरोप लगाए । ओलीले संविधान च्यात्ने काम गरेपछि आफ्नै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उनले बताए ।

    उनले भने, ‘शेरबहादुरजीलाई मैरै प्रस्तावमा प्रधानमन्त्री र गठबन्धनको लागि प्रस्ताव गरेको हुँ । उहाँलाई संख्या पुग्दैन कि भन्ने द्विविधा थियो । तर, माधव नेपाल, नारायणकाजीजीसहितले विश्वास दिलाएपछि तयार हुनुभयो ।’

    लोकतन्त्र र संविधान जोगाउन स्वाभाविक रुपमा गठबन्धन बनेको प्रचण्डले बताए । उनले कुनै द्विविधामा नरहेर रुखले हँसिया हथौडामा र हँसिया हथौडाले रुखमा भोट हाल्न अपिल गरे ।

  • सुरेन्द्रराजजी गण्डकीको मुख्यमन्त्री, म प्रधानमन्त्री बन्ने सम्भावना छ: प्रचण्ड

    सुरेन्द्रराजजी गण्डकीको मुख्यमन्त्री, म प्रधानमन्त्री बन्ने सम्भावना छ: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने आकांक्षा राखेका छन्। गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताए।

    उनले भने, ‘सुरेन्द्रराज पाण्डेजी यहाँबाट जितेपछि प्रदेशसभाको सामान्य सदस्य मात्रै होइन। गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पुरै सम्भावना छ। अर्का उम्मेदवार फणिन्द्र देवकोटा पनि मन्त्री हुने सम्भावना छ। मलाई सुरेन्द्रजीहरुसहित सबैले भन्नेको गरेको यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ।’

    जनताको बलियो साथ पाए सिंहदरबार र प्रदेश सरकारमा गोरखाको नेतृत्व हुने उनले सुनाए। उनले भने, ‘तपाईंहरुले हामीलाई बलियो बनाएर पठाउनुभयो भने हाम्रो तागत सिंहदरबार भित्र र प्रदेशसरकार भित्र भएपनि धेरै बलियो हुन्छ र गोरखाको विकास निर्माण र समृद्धिको यात्रा तिव्र गतिमा अगाडि बढ्छ।’

    प्रचण्ड गोरखा २ का प्रतिनिधि सभाका उम्मेदवारर हुन् भने, प्रदेशसभा सदस्यतर्फ ९१ मा नेसपाका नेता फणिन्द्र देवकोटा र (२) मा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे चुनावी मैदानमा छन्।

  • केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड

    केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेका छन्: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्।

    गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाए।

    उनले भने, ‘एमालेका केही गोरुगाढावाला प्रवृत्तिका नेताहरु थिए। संविधान सभामा हस्ताक्षर गरिसकेपछि सुध्रिए होला भनेका होइन रहेछ। ती नेताहरु अहिले देशलाई अराजकतातर्फ लान ढुकेर बसेका छन्।’

    उनले कम्युनिष्टलाई एकबद्ध गरेर जाँदा आफूहरुले प्रधानमन्त्री र नेताको रुपमा अगाडि सारेको ओलीले संविधानविरुद्ध लागेको बताए। ओलीले प्रतिगमन गरेपछि हामीले ठुलो संघर्ष परेपछि परास्त गर्न सफल भएको दाबी गरे।

    लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’

    उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ भएको समेत बताए।

  • प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’- सयौं जन्मदिनमा एमालेका अब्दुसलाई समर्थन (भिडिओ)

    प्रचण्डविरुद्ध उठेका गोरखा कांग्रेसका ‘शताब्दी पुरुष’- सयौं जन्मदिनमा एमालेका अब्दुसलाई समर्थन (भिडिओ)

    गोरखा । २०७२ सालको महाभुकम्पको इपिसेन्टर गोरखा यसपटक माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारीसँगै चुनावी इपिसेन्टर पनि बनेको छ । यहि इपिसेन्टरका एक चर्चित पात्र हुन् गोरखा कांग्रेसका ‘शताव्दीपुरुष’ टिकादत्त पोखरेल ।

    माओवादी अध्यक्ष प्रचण्डलाई पार्टीले समर्थन गरेपछि करीव ८० वर्ष आफू संलग्न रहेको पार्टी नेपाली कांग्रेस छाडेर विपी कांग्रेसबाट उम्मेदवार बनेका पोखरेलले कात्तिक १५ गते आफ्नो सयौं वर्ष प्रवेशको जन्मदिन मनाए ।

    तीन छोरा र ४ छोरीका पिता टिकादत्तका चार पुस्ताका नाति नातिनाहरुसमेत ५० जनाभन्दा बढी सदस्यले उनको सयौं जन्मदिन मनाइदिएका थिए । सय वर्ष प्रवेशको जन्मदिन मनाएलगत्तै पोखरेलले आफ्नो उम्मेदवारी प्रचण्डविरुद्ध एमालेले खडा गरेका पनाति उमेरका अब्दुस मियालाई समर्थन गर्दै निष्क्रिय बनाएको घोषणा गरे ।

    पोखरेल राणा शासनको बेला सेनामा जागिरे थिए । २००७ सालको क्रान्तिमा सेनाबाट विद्रोह गरेर उनी नेपाली कांग्रेसले गठन गरेको मुक्ति सेनामा लागेका थिए । आफूले ८० वर्षभन्दा बढी समय काम गरेको पार्टी छाडेर पोखरेलले सय वर्ष पुगेपछि प्रचण्डविरुद्ध एमालेलाई समर्थन गरेको बताए ।

    पोखरेलले गोरखाको विकासका लागि मियाँलाई साथ दिनुपर्ने बताउँदै आफूले उम्मेदवारी निष्क्रिय गर्ने बताए । आफू धेरै हिडडुल गर्न नसक्ने भएकाले कांग्रेस जोगाउँनमात्र दिएको उम्मेदवारी मियाका लागि निष्क्रिय बनाएको बताए ।

    ‘छोरालाई साथ दिन्छु, मेरो साथ रहनेछ, तपाईं काम गर्नुस्,’ मियाँलाई पोखरेलले जन्मदिनकै दिन भनेका थिए ।पोखरेलको जन्मदिनमा मियाँले छोप्राकस्थित घरमै पुगेर भेटेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउन एमालेका मियाँलाई सहयोग गर्ने बताएका हुन् । प्रचण्ड ठाउँ सरेर गोरखामा लड्न आएकाले उनलाई हराउनुपर्ने पोखरेलको भनाइ छ । चुनाव जित्न अरु ठाउँमा गाह्रो पर्ने देखेर प्रचण्ड गोरखा आएको पोखरेलले बताए ।

    ‘प्रचण्डलाई जसरी हुन्छ, हराउनुपर्छ । कहाँ हो कहाँको व्यक्ति आएर चुनाव लडेर यहाँको विकास कसरी हुन्छ रु’ उनले भने, ‘चुनाव लड्न कहीँ सकिँदैन भनेर यहाँ आएका हुन् । भेडा बाख्रा पशु सोचेर जित्छु भनेर आएका छन्, हामी भेंडाले नंग्याएर पठाउन सक्नुपर्छ ।’

    मियाँले गोरखाको विकासका लागि पोखरेलसँग सहकार्य गर्न तयार रहेको बताए । गोरखाको नेतृत्व गोरखाले नै गर्नुपर्ने भन्दै मियाँले पोखरेलको साथ आवश्यक रहेको पनि बताए ।

  • शेरधन राईको पालिकामा कांग्रेस र माओवादीका ५५ जना एमालेमा प्रवेश

    शेरधन राईको पालिकामा कांग्रेस र माओवादीका ५५ जना एमालेमा प्रवेश

    भोजपुर । नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार शेरधन राईको गृहपालिका आमचोकमा कांग्रेस र माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    पछिल्लो दुईपटक माओवादीले जितेको यो पालिकामा एमालेलाई परेको चोट बिहीबारको प्रवेशले मंसिर ४ मा पूर्ति हुने पार्टीका जिल्ला नेताको दाबी छ ।

    आमचोक- ८ दुम्मानामा बिहीबार आयोजित चुनावी कार्यक्रममा ५५ जनाभन्दा बढी प्रवेश गरेको सचिव किरण राईले बताए ।

    एमाले प्रवेश गर्नेहरूमा माओवादीका दुर्गाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, जगतबहादुर श्रेष्ठलगायत छन् । त्यसैगरी नेपाली कांग्रेस छाड्नेहरूमा डिकबहादुर राई, आशमान मगर, मदन श्रेष्ठ, कुमार श्रेष्ठ, रोशन परियार, प्रविन श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, उद्धव श्रेष्ठ, युवराज श्रेष्ठ, तुलाराम श्रेष्ठलगायत छन् ।

    उनीहरूले देशको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएको र मुख्यमन्त्री हुँदा शेरधन राईले उल्लेख्य काम गरेको भन्दै कांग्रेस-माओवादी गठबन्धन सत्ताका लागि मात्र भएको आरोप लगाएका छन् ।

    वैशाख ३० को स्थानीय चुनावमा यहाँ कांग्रेसले एमालेसँग तालमेल गरेको थियो । कांग्रेसले पालिका उपाध्यक्ष र केही वडा आफू राखेर एमालेसँग तालमेल गरेपनि परिणाम सोचेजस्तो भएन ।

    कांग्रेसले गाउँपालिका कमिटी सभापतिसहित ११ जनालाई कारबाही गरेको थियो । उनीहरूमाथिको कारबाही केही दिनअघि फुकुवा गरिएको छ ।

  • चुनावी प्रचारका लागि प्रचण्ड र नारायणकाजी श्रेष्ठले पनि पाए हेलिकोप्टर प्रयोगको अनुमति

    चुनावी प्रचारका लागि प्रचण्ड र नारायणकाजी श्रेष्ठले पनि पाए हेलिकोप्टर प्रयोगको अनुमति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति पाएका छन् । उक्त पार्टीले आयोग समक्ष मुख्य प्रचारक पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई हेलिकोप्टर प्रयोग गर्नका लागि अनुमति मागेपछि आयोगले अनुमति दिएको हो ।

    आयोगले यसअघि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पनि हेलिकोप्ट प्रयोग गर्नका लागि अनुमति दिइसकेको छ ।

     

  • ‘मृत्युशय्याबाट गिरिजाबाबुले प्रचण्ड हुनुहुन्छ म ढुक्क छु भनेको कुरा कांग्रेसजनले बुझ्नुपर्छ’ (भिडिओ)

    ‘मृत्युशय्याबाट गिरिजाबाबुले प्रचण्ड हुनुहुन्छ म ढुक्क छु भनेको कुरा कांग्रेसजनले बुझ्नुपर्छ’ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताएका छन् ।

    गठबन्धनका उम्मेदवारहरूको उपस्थितिमा गोरखा-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने बताए ।

    कांग्रेस कार्यकर्ताप्रति संकेत गर्दै उनले भने, ‘यहाँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ मैले र गिरिजाबाबुले शान्ति प्रक्रियालाई सम्झौतामार्फत स्थापित गर्‍यौँ । गिरिजाबाबुलाई मैले राष्ट्रिय अभिभावकको सम्मान दिएँ । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एउटा पक्ष प्रचण्डलाई उहाँ मृत्यु शय्यामा पुगेका बेला तपाईँ हुनुहुन्छ म ढुक्क छु भन्ने ठाउँमा पुर्‍याएको कुरालाई गिरिजाबाबुको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? प्रचण्डको गल्ती कमजोरी भन्न सक्नुहुन्छ ? सबै सचेत साथीहरूले विशेषरूपमा विचार गर्नुस् ।

    गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डले कांग्रेस कार्यकर्तालाई विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्न आग्रह गरे । उनले माओवादी जनयुद्धका क्रममा पीडा भोगेका गोरखाका कांग्रेस कार्यकर्ता र तीनका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन आफू तयार रहेको समेत बताए ।

  • प्रचण्डले भने- माओवादी युद्धमा पीडा भोगेका गोरखाका कांग्रेसलाई भेटेर मल्हमपट्टी लाउन चाहन्छु (भिडिओ)

    प्रचण्डले भने- माओवादी युद्धमा पीडा भोगेका गोरखाका कांग्रेसलाई भेटेर मल्हमपट्टी लाउन चाहन्छु (भिडिओ)

    काठमाडौं । माओवादी सशस्त्र युद्धका कमाण्डर तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका पीडित परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् ।

    काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताए ।

    कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु । माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।

    अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए । गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।’

  • प्रतिस्पर्धाविहीन गोरखामा असाधारण मत संख्याले उम्मेदवार जिताएर पुष्टि गर्नुछ: नारायणकाजी श्रेष्ठ

    प्रतिस्पर्धाविहीन गोरखामा असाधारण मत संख्याले उम्मेदवार जिताएर पुष्टि गर्नुछ: नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिस्पर्धाविहीन भएको गोरखामा असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवार जिताउनपुर्ने बताएका छन् ।

    काठमाडौंंमा रहेका गोरखाका नेता-कार्यकर्तासँग गठबन्धन उम्मेदवारको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

    उनले यसअघि गोरखामा कांग्रेस र माओवादीको प्रतिस्पर्धा हुने तर यसपटक प्रतिस्पर्धाविहीन भए पनि असाधारण मत संख्याले उम्मेदवारले विजय हासिल गर्यो भनेर पुष्टि गर्नुपर्ने चुनौती रहेको बताए ।

    उनले भने,‘गोरखामा विजय सुनिश्चित छ भनेर म एउटाले सक्रिय नभएर भोट नहालेर के हुन्छ र भनेर आआफनै घरतिरबस्ने काठमाडौंमा भएका मतदाताहरु यही बस्ने स्थिति भयो भने त्यो राम्रो हुँदैन । गोरखामा प्रतिस्पर्धा भनेकै कांग्रेस र माओवादीको  हुन्थ्याे । दुई वटै मिल्दा पनि यति आयो भन्यो भने के हुन्छ हामीलाई त्यसकारणले हामीलाई चुनौती पनि हो । प्रतिस्पर्धाविहीन भएको गोरखामा असाधरण मत संख्याले हाम्रा उम्मेदवारले विजय हासिल गर्यो भनेर पुष्टि गर्नुनै छ। ’

    माओवादी केन्द्रको भोट कांग्रेसमा हस्तान्तरण हुन्छ कि हुदैन भन्ने पुष्टि गर्ने चुनौती रहेको समेत बताए ।

  • पार्टीमा संसदवादको रोग यत्रतत्र देखियो, गोरखाबाट पुनः निर्माण गर्छु : प्रचण्ड

    पार्टीमा संसदवादको रोग यत्रतत्र देखियो, गोरखाबाट पुनः निर्माण गर्छु : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाबाट नयाँ क्रान्तिको थालनी हुने बताएका छन् । गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनक्रान्ति अगाडि बढाउने थलोको रुपमा गोरखा रहेको स्मरण गर्दै अब नयाँ अभियानको थालनी गर्ने बताए ।

    उनले चुनाव जित्ने र जिताउनेसँग मात्रै सम्बन्धित नभएको भन्दै नेपाली समाजमा देखिएको विकृति र विसंगती तोड्ने कुरासँग सम्बन्धित रहेको बताए । प्रतिगमनतिर लैजान चाहनेहरुको विरुद्ध विजयको नयाँ यात्रा सुरु गर्नेसँग सम्बन्धित भएको भन्दै गोरखाली जनतामाथि भरोसा गरेको बताए ।

    यसअघि रोल्पा, काठमाडौं र सिरहाबाट चुनाव लड्दा पनि आफूले चुनाव जित्नका लागि नलडेको स्पष्ट पार्दै उनले भने, ‘चुनाव त जित्नु नै थियो, जितियो पनि । तर मेरो उद्देश्य चुनाव मात्र जित्नु थिएन ।’

    अहिले हिमाल पहाड तराई एक ठाउँमा केन्द्रित भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो कदमले महत्वपूर्ण सन्देश दिएको उल्लेख गरे ।

    ‘जनयुद्ध र जनआन्दोलनलाई एक ठाउँमा केन्द्रित गरेर नयाँ ऐतिहासिक प्रक्रियाको सन्देश दिनु थियो । त्यस्तै, मधेशमा भ्रम छर्ने विग्रह गराउने प्रयासहरु भइरहेको अवस्थामा राष्ट्रिय एकतालाई कमजोर पार्ने खेल चलिरहेको थियो’ उनले भने, ‘परिवर्तनको वाहक हुनुको नाताले मधेसका जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी गराउने हिम्मतका साथ म त्यहाँ पुगेको हुँ ।’

    यस पटक गोरखा जानुको कारण पनि राष्ट्रिय एकताको सन्देश दिन र आर्थिक क्रान्तिको सन्देश दिन खोजेको उल्लेख गरे । अहिले संसदवादका रोगहरु यत्रतत्र देखिन थालेको भन्दै पार्टी पुनःनिर्माणको अभियान र यो पाटीलाई क्रान्तिकारी रुपले रुपान्तरण गर्ने उपयुक्त थलोका रुपमा गोरखा रोजेको प्रष्ट्याए ।

     

  • काठमाडौं ३ बाट बद्रीप्रसाद र कपिलमुनीलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

    काठमाडौं ३ बाट बद्रीप्रसाद र कपिलमुनीलाई उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

    काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं ३ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईंको उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ ।

    पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका बजगाईं र प्रदेशसभाअन्तर्गत ३ (१)मा उम्मेदवारी दिएका कपिलमुनी उप्रेतीलाई पनि उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन् ।

    उम्मेदवारी निष्क्रिय पारेर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । यस्तै प्रदेशसभा ३(२) मा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति बमोजिम उम्मेदवारी दिएका महेश्वर फुँयालको उम्मेदवारी कायमै रहेको उल्लेख गरेको छ ।

     

  • माओवादीको चुनावी र्‍याप गीत- ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ (भिडिओ)

    माओवादीको चुनावी र्‍याप गीत- ‘भोट फर प्रचण्ड, भोट फर माओवादी’ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको गीतलाई ल्याएको छ ।

    ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्‍याप गीत आज सार्वजनिक गरेको हो ।

    १० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिएपनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्न प्रचण्डले प्रयास गरिरहेको गीतमा उल्लेख छ ।

    युवापुस्तालाई आकर्षित गर्न चुनावी प्रचारको नयाँ शैलीस्वरूप सम्भवत: पहिलो पटक माओवादीले र्‍याप गीत सार्वजनिक गरेको हो । सामाजिक सञ्जालको माओवादीको आधिकारिक पेजबाट रिलिज गरिएको यो गीतलाई ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भनेर प्रचारप्रसार गरिएको छ ।

    माओवादी र प्रचण्डलाई जिताउन हँसिया हतौडालाई किन भोट हाल्ने भनेर आधार प्रस्तुत गरिएको र्‍याप गीतमा जगत तिरुवाको संगीत तथा स्वर छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् ।

  • ‘नो नट एगेन’ का नाममा दलहरुप्रति वितृष्णा फैलाउने कोसिस भयो : प्रचण्ड

    ‘नो नट एगेन’ का नाममा दलहरुप्रति वितृष्णा फैलाउने कोसिस भयो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘नो नट एगेन’ का नाममा दलहरुप्रति विस्तृण फैलाउने कोसिस भएका टिप्पणी गरेका छन् । माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘गणतन्त्र आएर पनि केही भएको छैन भनेर एकथरी मान्छेहरुले धमिलो पानीमा माछा मार्ने गरिकन नो नट एगेन भन्याजस्ता प्रचार गरिरहेका छन् । दलहरुप्रति वितृष्णा फैलाउने कोसिस, यो युगान्तकारी परिवर्तन ल्याउने शक्तिहरुलाई अपमानित गराउने प्रयास, जो भइरहेका छन् । त्यसको मुलमा चाहीँ हामीले नै आफैंभित्र हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

    उनले आफूहरुले जनताको अपेक्षाअनुसारको अधिकार लग्न नसकेको निष्कर्षमा पुगेको स्वीकारे । अब आर्थिक क्रान्तिको मार्ग तय गर्दै समाजवादको यात्रासम्म पुग्नुपर्नेमा जोड दिए ।

    नो नट अगेनले निरन्तर सत्तामा पुगिरहेका नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार गरिरहेको छ ।

     

  • संविधानकै कारण राजनीतिक स्थिरता भएन, माओवादीले परिमार्जन गर्छ : प्रचण्ड

    संविधानकै कारण राजनीतिक स्थिरता भएन, माओवादीले परिमार्जन गर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दाबी गरेका छन् ।

    माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए ।

    उनले भने, ‘संविधानका कयौँ प्रावधान छन् । त्यसका कारण हामीले राजनीतिक स्थिरता पनि कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसक्ने अनि जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने यस्ता कयौँ कुराहरु छन् ।’

    उनले संविधानमा संरचनागत सुधार गर्न भएको बताए । उनले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीकै बढी भएको बताए ।

    उनले आफ्नो पार्टीको घोषणापत्रमा पनि यस बिषयलाई गम्भीरतापूर्वक उठाएको बताए ।

     

  • नारायणकाजीको दाबी : सरकारको नेतृत्व गछौँ, तर कति र कसरी भन्ने गठबन्धनमा सहमति हुन्छ

    नारायणकाजीको दाबी : सरकारको नेतृत्व गछौँ, तर कति र कसरी भन्ने गठबन्धनमा सहमति हुन्छ

    काठमाडौं । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्यक्षमा गठबन्धनका आधिकारिक र समानुपातिकमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन आह्वान गरे ।

    उनले भने, ‘हामीले सरकारको नेतृत्व गछौँ। तर, कति र कसरी हुन्छ गठबन्धनमा सहमति गरेर गछौँ । हामीले सामाजिक र आर्थिक रुपमान्तरणमा नेतृत्वदायी भूमिका खेल्छौँ ।’

    उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन गर्ने दाबी गरे । पार्टी रुपान्तरण र पुनर्गठन गरेर सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्ने बताए । समाजवादी क्रान्ति हाक्नसक्ने सबै क्रान्तिकारीलाई समेटेर जाने उद्घोष गरे ।

    उनले शान्ति प्रक्रियालाई पुरा गर्दै नयाँ नेपाल बनाउने खाका पुरा गर्नेसमेत बताए । अहिलेसम्मको उपलब्धिको रक्षाका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

     

  • मोरङमा शेखरलाई साक्षी राखेर बागीले उम्मेदवारी निष्क्रिय पारे, प्रचण्डका ज्वाइँलाई समर्थन

    मोरङमा शेखरलाई साक्षी राखेर बागीले उम्मेदवारी निष्क्रिय पारे, प्रचण्डका ज्वाइँलाई समर्थन

    काठमाडौं । मोरङ ६ (२) बाट बागी उम्मेदवारी दिएका कांग्रेस नेता नवीन दाहालले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन् । यहाँ गठबन्धनबाट माओवादीका जीवन आचार्य साझा उम्मेदवार छन् । आचार्य प्रचण्डका कान्छा ज्वाइँ हुन् । आचार्यपत्नी गंगा प्रचण्डको सचिवालयमा छिन् । केन्द्रीय कमिटीमा छोरी-ज्वाइँलगायतका आफन्तलाई राखेको भन्दै महाधिवेशनताका प्रचण्डको पार्टीभित्रै आलोचना भएको थियो ।

    मोरङ ६ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता शेखर कोइराला मैदानमा छन् ।

    दाहालले गठबन्धन उम्मेदवार आचार्यलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेको बताएका छन् ।

    दाहालले शेखर कोइरालासँग छलफलपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । युवा नेता जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेण्डा अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।

    कोइरालासँग छलफलपछि विज्ञप्तिमार्फत दाहालले आफ्नो मुख्य चाहना जनताको अपेक्षा पूरा गर्न विकास र समृद्धि नै रहेको बताउँदै पार्टीले यही एजेण्डालाई मुख्य बनाएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिलसमेत गरेका छन् ।

  • माओवादी घोषणापत्र- दलित समुदायका लागि समानुपातिकसँगै क्षतिपूर्तिको सिद्धान्तअनुसार विशेषाधिकारको व्यवस्था गरिने

    माओवादी घोषणापत्र- दलित समुदायका लागि समानुपातिकसँगै क्षतिपूर्तिको सिद्धान्तअनुसार विशेषाधिकारको व्यवस्था गरिने

    काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले समानता र समानुपातिक समावेशितासहितको आगामी निर्वाचनलाई लक्षित घोषणापत्र सार्वजनिक गरेको छ ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक पत्रकार सम्मेलनकाबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको घोषणापत्रमा समानता र समानुपातिक समावेशितालाई विशेष जोड दिइएको छ ।

    नेपाल बहु जातीय, बहुभाषिक, बहसांस्कृतिक मुलुक भएकाले समाजको ऐतिहासिक विकास क्रममा राज्यसत्ता र शासनतन्त्र अति असमावेशी र असमान प्रतिनिधित्व भएको बनेको घोषणापत्रमा उल्लेख छ ।यसले वर्गीय, जातीय, क्षेत्रीय, र लैंगिक उत्पीडन र शोषण बढाउने काम मात्र नगरी यस प्रणालीका कारण मुलुकको निर्माण र विकासमा सबैले योगदान गर्नसमेत नपाएको माओवादीको ठहर छ ।

    विकासको फलको सम न्यायिक वितरण नहुँदा नेपाली समाज चर्को रूपमा विभाजित भएकाले यो स्थितिको अन्त्य गर्नका लागि राज्यको सबै अंग र निकायमा समानुपातिक समावेशी सिद्धान्तलाई प्रभावकारी रूपमा लागु गर्न माओवादीले ४ वटा नीति तथा कार्यक्रम तय गरेको घोषणापत्रमा उल्लेख छ । माओवादीले विगतमा अगुवाइ गरेका जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र विभिन्न राजनीतिक तथा नागरिक समाजका आन्दोलनकारी शक्तिसँग गरेको सम्झौताको मर्म अनुसार संविधानसभामार्फत निर्माण गरी नेपालको संविधान जारी गरिएको जनाएको छ ।

    त्यसै संविधानबाट स्थापित अविभेद, समानता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको सिद्धान्त तथा संविधानका धारा, उपधारा र खण्डमा स्थापित विभिन्न समुदायको हक, अधिकार तथा व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनी, संरचनागत र प्रक्रियागत सुधार गर्ने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ । छुवाछुत र भेदभावमुक्त राष्ट्र निर्माणको बलियो आधार, निश्चित समयसम्म दलित समुदायलाई विशेषाधिकार भन्दै उत्पीडित र पछाडि पारिएका समुदायको उत्थान अन्तरगत दलित समुदायको उत्थानको नारा घोषणापत्रमा उल्लेख गरिएको छ ।

    नेपाली समाजको अवन्नतिको मूल कारण राज्यद्वारा श्रम र सिपको सम्मान नगर्नु र दलित समुदायमाथि छुवाछुत गर्नु नै रहेको माओवादीको निष्कर्ष छ । सामन्ती राजकीय नीतिद्वारा सबैभन्दा प्रताडित मानव समूह भनेको दलित समुदाय नै भएको माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ । दलित समुदायलाई राज्यको मूल प्रवाहमा सहभागी गराई दलित समुदायको हक, अधिकार तथा संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न ९ बुँदे नीति तथा कार्यक्रम पनि लागू गर्ने माओवादीले जनाएको छ ।

    जातीय जनसंख्याको आधारमा राज्यको सबै अंगमा पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी गरिने

    पहिलो नम्बरमा पहिचान र ऐतिहासिक आधारमा गरिएको विभेद र सबै किसिमले किनारामा परेका समुदायलाई जातीय जनसंख्याको आधारमा राज्यको सबै अंगमा पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी गरिने जनाएको छ ।

    समानुपातिक समावेशी कार्यान्वयन परिषद्) बनाई कार्यान्वयन गरिने

    दोस्रोमा निजामती, प्रहरी सेना तथा अन्य सरकारी तथा गैरसरकारी सेवाका लागि छुट्टाछुट्टै व्यवस्था भएकोमा एकीकृत ऐन र अनुगमन गर्ने संयन्त्र (समानुपातिक समावेशी कार्यान्वयन परिषद्) बनाई कार्यान्वयन गरिने उल्लेख छ ।

    रोजगारी साथै सबै क्षेत्रमा राजनीतिक लाभको पदमा मनोनयनको व्यवस्था गरिने

    तेस्रोमा महिलाको आन्तरिक समावेशीकरण, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएको व्यक्ति, जनयुद्धका घाइते तथा पीडितलाई कोटा छुट्याई सरकारी, गैरसरकारी, कम्पनी, बैंक, विश्वविद्यालय आदिको रोजगारी साथै सबै क्षेत्रमा राजनीतिक लाभको पदमा मनोनयनको व्यवस्था गरिने भनिएको छ ।

    दलित समुदायभित्रका विभिन्न जातलाई समानुपातिक रूपमा वितरण गर्ने व्यवस्था गरी लागू गरिने

    दलितको आन्तरिक समावेशीकरणका लागि राज्यको संविधान, कानुन र पार्टीका विधानबमोजिम दलित समुदायले प्राप्त गर्ने स्थान, सेवा, सुविधा, अवसर र पहुँचमा दलित समुदायभित्रका पहाडे, मधेसी दलित, दलित महिला र त्यसभित्रका विभिन्न जातलाई समानुपातिक रूपमा वितरण गर्न व्यवस्था गरी कडाइका साथ लागू गरिने उल्लेख छ ।

    समानुपातिक साथै अन्य अधिकार थप गरी क्षतिपूर्तिको सिद्धान्तअनुसार विशेषाधिकारको व्यवस्था गरिने

    पहिलो नम्बरमा संघ, प्रदेश र स्थानीय तहका निजामती सेवा, सेना, प्रहरी (नगर प्रहरीसमेत) लगायत राज्यका सबै अंग (कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, संवैधानिक अंग) र सेवामा दलित समुदायका लागि समानुपातिक साथै अन्य अधिकार थप गरी क्षतिपूर्तिको सिद्धान्तअनुसार विशेषाधिकारको व्यवस्था गरिने उल्लेख छ ।

    छात्रवृत्तिसहित निःशुल्क अध्ययन गर्नका लागि यथाशीघ्र कानुन बनाइने 

    दोस्रोमा दलितका लागि आधारभूत शिक्षादेखि माध्यमिक शिक्षासम्म अनिवार्य साथै निःशुल्क गरिने उल्लेख गर्दै प्राविधिक र व्यावसायिक उच्च शिक्षामा दलित समुदायका लागि समानुपातिक स्थानको सुनिश्चित गरी छात्रवृत्तिसहित निःशुल्क अध्ययन गर्नका लागि यथाशीघ्र कानुन बनाइने भनिएको छ ।

    रैथाने सिप, कला सम्बन्धी विश्वविद्यालय स्थापना गरिने

    तेस्रोमा दलित समुदायको सिप, कला, क्षमता र श्रमको कदर गर्दै इतिहासको सही मूल्यांकनका आधारमा समानता र समतामूलक समाजको पक्षमा पाठ्यक्रमको विकास गरिने उल्लेख छ । रैथाने सिप, कला सम्बन्धी विश्वविद्यालय स्थापना गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

    दलित समुदायमा रहेको भूमिहीनता र आवासविहीनताको अन्त्य गरिने

    दलित समुदायको भूमिहीन र आवासविहीनलाई उचित भूमिको व्यवस्था गरी दलित समुदायमा रहेको भूमिहीनता र आवासविहीनताको अन्त्य गरिने चौथो बुँदामा उल्लेख छ ।

    छुवाछुत तथा भेदभावजन्य कार्य विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गरिने

    पाँचौँमा जातका आधारमा गरिने छुवाछुत तथा भेदभावजन्य कार्य विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक थप कानुनी, संरचनागत र कार्यविधिगत व्यवस्था गरिने भनिएको छ ।

    छुवाछुतमुक्त राष्ट्र घोषणालाई कार्यान्वयन गर्न पालिकासम्म अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने

    छुवाछुतमुक्त राष्ट्र घोषणालाई व्यवहारिक र प्रभावकारी कार्यान्वयन गर्न बजेटसहितको सबै पालिकासम्म सांस्कृतिक रूपान्तरण अभियान अन्तरगत अल्पकालीन तथा दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने छैटौँ बुँदामा उल्लेख छ ।

    अन्तरजातीय विवाह गर्नेलाई बिना धितो सहुलियतमा १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने

    अन्तरजातीय विवाह गर्नेलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक रोजगारमूलक तालिम तथा बिना धितो सहुलियत ब्याजरमा १० लाख रुपैयाँसम्मको बैंक कर्जा उपलब्ध गराउने सातौँ बुँदामा उल्लेख छ ।

    दलित समुदायको समग्र विकासका लागि संघ र प्रदेश स्तरमा दलित विकास प्राधिकरण स्थापना गरिने

    आठौँमा दलित समुदायको परम्परागत पेसा, ज्ञान, सिप, प्रविधि र क्षमताको संरक्षण, प्रयोग र विकास गरी आधुनिकीकरण तथा औद्योगिकीकरणसँग जोडिने उल्लेख छ । नवौँ तथा अन्तिम बुँदामा दलित समुदायको समग्र विकासका लागि संघ र प्रदेश स्तरमा दलित विकास प्राधिकरण स्थापना गरिने उल्लेख छ । प्राधिकरणले दलित युवाको रोजगारी स्वरोजगारीका लागि विशेष आर्थिक कार्यक्रम सञ्चालन गर्ने, दलित साहित्य, संस्कृति तथा कलाको संवर्द्धन गर्ने लगायत दलित उत्थानको कार्य एकीकृत रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

  • पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता

    पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने माओवादीको प्रतिबद्धता

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । आगामी निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिइने उल्लेख छ ।

    घोषणापत्रमा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसंख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बीउ पूँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्नेछ ।’

    वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइनमार्फत परामर्श दिई उद्यम-व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ ।

  • माओवादीको घोषणापत्रमा रेलमार्ग, नेकपा एसको पानीजहाज समेटियो

    माओवादीको घोषणापत्रमा रेलमार्ग, नेकपा एसको पानीजहाज समेटियो

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आज एकैदिन घोषणापत्र सार्वजनिक गरेका छन् । चुनावपछि पार्टी एकता गर्ने गरी संयुक्त घोषणापत्र ल्याउने गृहकार्य असफल भएपछि आज बेग्लाबेग्लै घोषणापत्र ल्याएका हुन् ।

    माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको घोषणापत्रमा रेलमार्ग निर्माणलाई समेटेको छ । घोषणापत्रमा भनिएको छ, ‘पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिनेछ । वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं, पोखरा–लुम्विनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकताता दिइनेछ ।’

    काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेल, चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोट-साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने घोषणा माओवादीले गरेको छ ।

    पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्जलगायत मुख्य शहरहरूमा मेट्रो र मनोरेल, ट्रलीबसलगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गरिने उल्लेख गरिएको छ । कोसी, गण्डकी, कर्णालीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जाहेर गरिएको छ ।

    यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
    घोषणापत्रमा भनिएको छ, ‘नेपालका ठूला नदी तथा नहरहरू र तालहरूमा पर्यटक लक्षित साना पानीजहाजहरू सञ्चालन गरिने छ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालनका लागि पहल गरिनेछ ।’

  • माओवादी घोषणापत्र : चुनावको मिति र सांसदको कार्यकाल संविधानमा लेख्न पहल गर्ने

    माओवादी घोषणापत्र : चुनावको मिति र सांसदको कार्यकाल संविधानमा लेख्न पहल गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनावको मिति र सांसदको कार्यकाल संविधानमा लेख्न प्रस्ताव गरेको छ।

    आगामी निर्वाचनका लागि माओवादीले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहको चुनावको मिति, कार्यकालको प्रारम्भ र अन्त्य संविधानमा नै तोकिनेछ । यसो गर्दा निर्वाचनमा उमेदवारी दर्तादेखि सबै तहको सरकार काम चलाउ हुने तर खालि नहुने व्यवस्था गरिने छ ।

    राष्ट्रपति र प्रदेश प्रमुखको निर्वाचन देश र सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानी बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने व्यवस्था गरिनेनुपर्ने उल्लेख गरेको छ।

    ‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन जातीय जनसंख्या (क्लस्टर) को आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गरिने छ ।

    क्लस्टरमा खसआर्य, आदिवासी जनजाति, दलित, मधेशी-तराई समुदाय, थारु, मुस्लिम रहनेछन् र सम्बन्धित क्लस्टरमा ३५ प्रतिशत महिला प्रतिनिधित्व हुनेछ घोषणापत्रमा भनिएको छ, ‘मजदुर र किसानलाई कम्तीमा १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिने छ ।’

    राष्ट्रियसभालाई सबै प्रदेश, उत्पीडित समुदाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको समेतको प्रतिनिधित्व हुने गरी परिवर्तन गरिनेछ ।

  • गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन्, घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा हुन्छौं : प्रचण्ड

    गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन्, घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा हुन्छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले ल्याएको घोषणापत्र कार्यान्वयन हुने दाबी गरेका छन् ।

    आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले २०७४ सालमा राम्रो घोषणापत्र ल्याए पनि आफूहरुले कार्यान्वयन गराउने अवसर नपाएको बताए ।

    उनले भने, ‘२०७४ सालको निर्वाचनमा हामीले वाम गठबन्धन गरेर राम्रो घोषणापत्र बनाएका थियौं । तर, सरकार सञ्चालन र पार्टीभित्र हाम्रो भूमिका भएन । त्यसकारण हाम्रो प्रतिबद्धता पूरा गर्न सकेनौं । हामीले इमान्दारीका साथ अहिले उल्लेख गरेका छौं । हामी आफैं घोषणापत्र कार्यान्वयन गर्ने ठाउँमा छौं भन्ने लाग्छ ।’

    शासकीय स्वरुप परिर्वतनका लागि बहुमत राजनीतिक दलहरु सकारात्मक रहेको उनको भनाइ छ । ‘हामी गठबन्धनमा पनि कुरा गर्छौं । गठबन्धन बाहिरका शक्तिहरुसँग पनि प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जान सक्छौं । हामी निर्वाचन प्रणाली परिवर्तन गर्न सक्छौं’, प्रचण्डले भने ।

    माओवादीले आँटेका अधिकांश एजेण्डा पूरा भएको उनको जिकिर थियो । माओवादीले अघि सारेको शासकीय स्वरुप परिवर्तनमा राष्ट्रिय सहमति बन्ने उनले बताए । गठबन्धनको संयुक्त प्रतिबद्धता यसअघि नै सारसंक्षेपमा आफूहरुले अघि ल्याइसकेको प्रचण्डको भनाइ छ ।

    उनले गठबन्धन दल पार्टी एकतातर्फ अघि नबढेको भएकाले सबैले आआफ्नो घोषणापत्र ल्याएको बताए ।

    ‘सबै दलहरुले आआफ्नो घोषणापत्र जारी गर्दैछन् । गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन् । सबै पार्टीका आफ्ना विचार, मूल्य र मान्यता छन् । जनताले थाहा पाउन आवश्यक छ’, उनले भने, ‘गठबन्धन दलहरुले पार्टी एकता गरेका होइनन् । एउटै पार्टी हुने गरी अघि बढेको दल पनि होइन । निश्चित आवश्यकताकोृृ कारणले एकजुट भएका हौं । संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन गरेका हौं ।’

  • माओवादीको घोषणापत्र- स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति (पूर्णपाठ)

    माओवादीको घोषणापत्र- स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति (पूर्णपाठ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अघि सारेको छ।

    घोषणापत्रमा भनिएको छ, ‘राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा तय गर्ने हाम्रो अभीष्ट पूर्ति गर्नमा विगतको हाम्रो अनुभवमा संसदीय शासकीय स्वरूप अक्षम सिद्ध भएको छ । संविधान निर्माणको प्रक्रियामा पनि नेपाली जनताले शासकीय पद्धतिमा परिवर्तनको पक्षमा अभिमत व्यक्त गरेका थिए । विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको कुरालाई ध्यानमा राखेर निम्नअनुसार संविधान संशोधन गरिने छ।’

    संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख गरेको छ। संसद् मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने प्रतिबद्धता गरेको छ।

    प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ ।

    १६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद् र समग्रमा ३३० सिटको प्रदेशसभा हुने उल्लेख गरेको छ।

    संघमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।

  • माओवादी प्रदेश १ को घोषणापत्र- ‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालयसम्म (पूर्णपाठ)

    माओवादी प्रदेश १ को घोषणापत्र- ‘एक घर, एक रोजगारी’ देखि पर्यटन विश्वविद्यालयसम्म (पूर्णपाठ)

    विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले आसन्न निर्वाचनका लागि प्रादेशिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । केन्द्रको घोषणापत्र सार्वजनिक गर्नु एक दिनअघि माओवादीले प्रदेशको घोषणापत्र ल्याएको हो ।

    संघीयताको कार्यान्वयन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय माओवादीको प्रतिबद्धतापत्रमा समेटिएका छन् । प्रदेश १ सभाको ९३ सदस्यी सदस्यमध्ये यहाँ प्रत्यक्षतर्फबाट ५६ जना चुनिन्छन् । गठबन्धनमा रहेको माओवादीले प्रत्यक्षतर्फ १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

    माओवादीको प्रतिबद्धतापत्रमा ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार , सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ उल्लेख छ । अबको ५ वर्षभित्र प्रदेश राजधानीको बाँकी भौतिक पूर्वाधार सबै सम्पन्न गर्ने उक्त पार्टीको प्रतिबद्धता छ ।

    संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने , प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि माओवादीको छ । भनिएको छ ‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गरिनेछ ।’

    ‘एक घर, एक रोजगारी’ कार्यक्रमार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरिबी निवारण गर्ने, ‘एक घर, एक धारा’ को अवधारणा कार्यान्वयन गर्ने, उज्यालो प्रदेश घोषणा गर्ने, पर्यटन विश्वविद्यालय बनाउने माओवादीको एजेण्डा छ ।

    कृषि उत्पादनको व्यवसायीकरणलाई प्रोत्साहन गर्न १४ वटै जिल्लालाई विशेष उत्पादन क्षेत्रमा वर्गीकरण गर्ने, नगदेबाली, मौसमी बाली, फलफूललगायतको उत्पादन वृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रूपमा विकास गर्ने साथै किसानलाई पेन्सन दिने योजना पनि माओवादीले अघि सारेको छ ।

    प्रदेशको आर्थिक विकास, स्वास्थ्य पूर्वाधार, सडक पुल, खानेपानी सिँचाइ र ऊर्जा, सुशासन, सुशासन, सामाजिक सुरक्षा, पर्यटन तथा संस्कृति, खेलकुद तथा रोजगारीका विविध विषयलाई प्रतिबद्धतापत्रमा समेटिएको छ ।

  • लमजुङमा देव गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका पौडेलद्वारा उम्मेदवारी फिर्ताको घोषणा

    लमजुङमा देव गुरुङलाई समर्थन गर्दै कांग्रेस बीपीका पौडेलद्वारा उम्मेदवारी फिर्ताको घोषणा

    लमजुङ । नेपाली कांग्रेस (बीपी) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । आइतबार बेंसीशहरमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनबाट माओवादी उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए ।

    गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गर्न उम्मेदवारी फिर्ता लिएको पौडेलले बताए । यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ ।

    पौडेलले नेपाली कांग्रेसले गठबन्धन गरेर सबै क्षेत्रमा उम्मेदवारी नदिएको, द्वन्द्वकालका घटनाको निष्पक्ष तबरबाट छानबिन नभएको लगायतका एजण्डासहित उम्मेदवारी दिएका थिए ।

    लमजुङको विकासका लागि गठबन्धन उचित रहेका ठहर भएकाले राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि लागेको उनको भनाइ छ । उनले नेपाली कांग्रेस (बीपी) पार्टीको केन्द्रीय सदस्यबाट पनि राजीनामा दिएको घोषणा गर्दै कांग्रेसमै रहने बताए ।

  • तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    तीन पार्टीले आज घोषणापत्र सार्वजनिक गर्ने

    काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनका लागि आज तीनवटा पार्टीले घोषणापत्र सार्वजनिक गर्दैछन् ।

    सत्तागठबन्धनको घटकमध्ये एक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि घोषणापत्र तयार पारिसकेको छ ।

    सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

    केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

    नेकपा एसले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ नारा तय गरेको छ ।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा बिहान ११:३० बजे घोषणापत्र सार्वजनिक गर्दैछ

    अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

    सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले घोषणापत्र लगभग सकिएको भन्दै केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।