Category: माओवादी केन्द्र

  • प्रचण्डको टिप्पणी : पुरानो पुस्तालाई सरापेर युवाहरूको नेतृत्व विकास हुँदैन

    प्रचण्डको टिप्पणी : पुरानो पुस्तालाई सरापेर युवाहरूको नेतृत्व विकास हुँदैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन प्रतिगमनलाई परास्त गर्ने महत्वपूर्ण अवसर आएको बताएका छन् ।

    कोटेश्वरमा आयोजित गठबन्धनको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले अन्तिम न्यायाधीश जनता नै भएको बताए ।
    जनता र गठबन्धनको सबै तागत आर्थिक समृद्धितर्फ जाने बताए । आफू र गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै देशमा युगान्तकारी परिवर्तन भएको बताए ।

    उनले भने, ‘अहिले राजवादी, सामन्ती र निरंकुशतावादीहरु परिवर्तनको महत्वलाई कटाउने कसरतमा छन् । जनताले यो चुनावबाट परिवर्तनलाई स्थापित गराउने अवसरको रुपमा लिनुपर्छ ।’

    उनले पुरानो पुस्तालाई सरापेर राम्रो नयाँ पुस्ताको विकास नहुने टिप्पणी गरे । उनले भने, ‘आफूलाई राजनीतिक रुपमा जन्म दिने अभिभावकलाई गाली गरेर युवाहरुको नेतृत्व विकास हुन सक्दैन ।’

     

  • ओनसरीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँमा प्रधानमन्त्री हुनसक्ने दृढता छ (भिडिओ)

    ओनसरीको प्रशंसा गर्दै प्रचण्डले भने- उहाँमा प्रधानमन्त्री हुनसक्ने दृढता छ (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं-२ की उम्मेदवार ओनसरी घर्ती मगरलाई आफूले सानैदेखि चिन्ने बताएका छन् ।

    उनले सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओनसरीमा प्रधानमन्त्री बन्ने क्षमता भएको बताए ।

    प्रचण्डले भने, ‘कमरेड ओनसरीलाई भर्खरै युवा उमेरदेखि चिन्छु । उहाँलाई मैले अगाडि बढाउन पहल गरेको थिएँ । उहाँ सभामुख कसरी हुनुभयो भन्ने कुरा मैले भनिराख्नु परेन । काठमाडौं-२ ले उहाँजस्तो सक्षम नेता अबसरको रुपमा नै छ । उहाँले यहाँको विकास र समृद्धिमा नेतृत्वदायी भूमिका खेल्नुहुन्छ । मेरो विचारमा परिस्थिति मिल्दै गएमा महिला प्रधानमन्त्री हुनसक्ने दृढता त्याग भएकै नेता हो ।’

    जनताको सार्वभौम संस्था पटक पटक ओलीले विघटन गरेको बताए । ओलीले नेतृत्वमा भ्रष्टाचार अत्याधिक भएको आरोप लगाए । ओलीको सिद्धान्त सबै असफल भइसकेकाले भोट माग्ने नैतिक अधिकार नभएको बताए ।

     

  • ओलीलाई ओनसरीको प्रश्न : बन्दै नबनेको धरहरा किन उद्घाटन किन गर्नुपर्‍यो ?

    ओलीलाई ओनसरीको प्रश्न : बन्दै नबनेको धरहरा किन उद्घाटन किन गर्नुपर्‍यो ?

    काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीकी नेतृ ओनसरी घर्ती मगरले ठूलो संघर्षबाट बनेको संविधान एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो खल्तीमा राख्न खोजेपछि गठबन्धन बनेको बताएकी छन् ।

    कोटेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधानविपरीत जानेलाई आगामी निर्वाचनमा जनताले जवाफ दिने बताइन् ।

    उनले भनिन्, ‘बन्दै नबनेको निर्माणधीन धरहराको उद्घाटन किन गर्नुपर्‍यो ? भन्ने प्रश्नको खोजी गर्न आएका छौँ । यस प्रश्नको उत्तर यहाँको जनताले दिनुहुन्छ भन्ने ढुक्क भएकाले जित सुनिश्चित भएको छ ।’

    उनले गालीगलोजको पोकोले देश नबन्ने भएकाले आफू काम गर्न आएको बताइन् ।

  • मौन अवधि अघि सत्ता गठबन्धनको अन्तिम चुनावी सभा (तस्बिरहरु)

    मौन अवधि अघि सत्ता गठबन्धनको अन्तिम चुनावी सभा (तस्बिरहरु)

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभाको आयोजना गरेको छ ।

    गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादी दलहरुले आज २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा आयोजना गरेका हुन् ।

    गठबन्धनको काठमाडौं क्षेत्र नम्बर-२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापालगायतले सम्बोधन गर्नेछन् ।

    आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

     

  • मौन अवधि सुरू हुनुअघि सत्तागठबन्धनको विज्ञप्ति- हाम्रो विजय सुनिश्चित

    मौन अवधि सुरू हुनुअघि सत्तागठबन्धनको विज्ञप्ति- हाम्रो विजय सुनिश्चित

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ ।

    विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।

    आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

    अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’

    गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएको उनीहरूले उल्लेख गरेका छन् ।

  • प्रदेश १ का महिला उम्मेदवार: जो समानुपातिकको अनुभव लिएर प्रत्यक्ष लड्दैछन्

    प्रदेश १ का महिला उम्मेदवार: जो समानुपातिकको अनुभव लिएर प्रत्यक्ष लड्दैछन्

    इटहरी । प्रदेश १ को पहिलो ऐतिहासिक प्रदेशसभाका ९३ अनुहारमा प्रत्यक्ष चुनाव जितेर आएका महिलाहरु दुई जनामात्रै थिए । उनीहरुमा उदयपुरकी कला घले र इलामकी खिनु लङ्वा लिम्बू थिए । अरु सबै समानुपातिक अनुहार थिए ।

    अहिले पनि धेरै महिलालाई चुनावबाट आउने बाटो दलहरुले बन्द गरिदिएका छन् । जसमा नेपाली कांग्रेसले त एक जना पनि महिला प्रत्यक्षमा उठाएको छैन । नेकपा एमालेले दुईजना उठाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने दुई महिला उम्मेदवार चुनावी मैदानमा उतारेका छन् ।

    गत चुनावमा समानुपातिकमा बसेर अहिले प्रत्यक्षमा चुनाव लड्ने तीन महिला यी हुन्ः

    कुसुमकुमारी श्रेष्ठ (धनकुटा)

    धनकुटाकी नेकपा माओवादी केन्द्रकी प्रत्यक्ष उम्मेदवार कुसुमकुमारी श्रेष्ठको उमेर ४६ वर्ष हो । उनको पृष्ठभूमि खेलकुद हो । खेलकुदबाट उदाएकी उनी राजनीतिमा पनि सफल भइन् । अहिले एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएको धनकुटाको प्रदेश २ मा श्रेष्ठ उम्मेदवार छिन् । समानुपातिक सांसदको अनुभव लिइसकेकी श्रेष्ठलाई धेरैले नेकपा सरकारदेखि अहिलेसम्मको सरकारमा मन्त्रीको रुपमा हेरेका थिए । तर, श्रेष्ठलाई राजनीतिक समीकरणले मन्त्री बनाएन । तर, उनी सक्रिय सांसद भने बनिन ् ।

    संसदीय छलफलहरुमा सक्रिय सहभागी हुने र जनजीविकाका मुद्दामा बलियो बोल्ने सांसदको रुपमा उनको परिचय बनेको छ । उनै श्रेष्ठ अहिले सत्ता गठबन्धनको तर्फबाट धनकुटामा उम्मेदवार छिन् ।

    उनका प्रमुख प्रतिस्पर्धी एमालेका इन्द्रमणि पराजुली छन् । आफ्नो चुनावी घोषणामा धनकुटाको गुमेको साख फर्काउन आवश्यक शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारका परियोजनामा आफूले संसद र सरकारमा जहाँ पुगे पनि कुरा उठाउने श्रेष्ठले उद्घोष गरेकी छन् । चुनावी तयारीमा सक्रिय श्रेष्ठले नेपाल प्रेससँग भनिन्, ‘पहिले समानुपातिक सांसद हुँदा सिंगो प्रदेशको मतको प्रतिनिधित्व गरेर सांसद भएको थिएँ । अब धनकुटा प्रदेशसभा २ को खास प्रतिनिधित्व बनेर उठ्दैछु ।’

    सरस्वती पोखरेल (सुनसरी)

    प्रदेश १ का मन्त्रालयका अनुहारहरु विभिन्न मुद्दामा विवादमा आए । सांसदहरुको पनि विवाद आयो । विवाद नआउने केही थोरै अनुहारमा एक थिइन् सरस्वती पोखरेल । प्रदेश १ को सदनकी उपसभामुख पोखरेल समानुपातिक सांसद हुँदै उक्त पदमा पुगेकी थिइन् । अहिले भने उनी सुनसरी क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष चुनावमा छिन् । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएकी उनी आफ्नो क्षेत्रमा उठेका प्रदेश सांसदहरुमा सबैभन्दा हेभीवेट अनुहार हुन् ।

    सुनसरी ३ मा संसदमा भगवती चौधरी एमालेकी संघकी उम्मेदवार हुँदा उनी गठबन्धनबाट प्रदेशसभा २ की उम्मेदवार भएकी छन् । संघ र प्रदेश दुवैमा फरक–फरक गठबन्धनका उम्मेदवार भए पनि सुनसरी ३ ले दुई शक्तिशाली महिला उम्मेदवार पाएको छ । पोखरेलका प्रमुख चुनावी प्रतिस्पर्धी एमालेका रोहित कार्की रहेका छन् ।

    पोखरेलले बनाएका चुनावी मुद्दामा किमाथांका र जोगबनी नाका जोड्नेदेखि इटहरीलाई व्यापारिक केन्द्र बनाउनेसम्म छन् । पोखरेल इहटरीकै स्थानीय हुन् । उनी इटहरीलाई केन्द्रमा राखेर सुनसरी ३ को समग्र क्षेत्रको विकासमा आफू लाग्ने बताउँछिन् । ४७ वर्षकी पोखरेलको राजनीतिक अनुभव झण्डै तीन दशकको छ । घरदैलो कार्यक्रमकै दौरानमा नेपाल प्रेससँग पोखरेलले आफूलाई मतदाताले दिएको प्रतिक्रियाले उत्साह भरेको बताइन् । पहिलोपटक महिलालाई प्रदेशमा प्रत्यक्ष टिकट दिइएकाले महिलाहरुमा थप उत्साह भएको उनी बताउँछिन् ।

    सरिता खड्का (संखुवासभा)

    गत चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद भएकी खड्का अहिले विभाजित नेकपा एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीको तर्फबाट संखुवासभाको प्रत्यक्ष प्रदेशसभा सदस्य उम्मेदवार भएकी छन् । संखुवासभाको राजनीतिमा भूईंबाट उठेकी खड्का जिल्लाकै थोरै प्रभावशाली महिला नेतृत्वहरुमा गनिने अनुहार हुन् ।

    उनै नेतृ खड्का अहिले एकमात्रै चुनाव क्षेत्र भएको संखुवासभाको प्रदेश क्षेत्र २ का उम्मेदवार छिन् । ४७ वर्षकी खड्काका प्रमुख प्रतिस्पर्धी एमालेका विदुर लिम्बू रहेका छन् । ५१ प्रतिशतभन्दा धेरै मतदाता महिला भएको भन्दै खड्काले महिलालाई भोट बैंकमात्रै नबनाउन आफ्नो उम्मेदवारी भएको सार्वजनिक रुपमा भन्दै आएकी छन् ।

    एक चुनावी भाषणमा उनले भनेकी छिन्, ‘महिला भोट बैंकमात्र होइन । नेतृत्व पनि गर्न सक्छन् । यसका लागि यहाहरुले अवसर दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

  • सिन्धुपाल्चोकमा म, मोहन बस्नेतसहित छ वटै सिट गठबन्धनले जित्छ : माधव सापकोटा ‘सुबोध’

    सिन्धुपाल्चोकमा म, मोहन बस्नेतसहित छ वटै सिट गठबन्धनले जित्छ : माधव सापकोटा ‘सुबोध’

    काठमाडौं । सिन्धुपाल्चोक हरेक निर्वाचनमा चर्चाको शिखरमा रहने गर्दछ, बहुदलीय व्यवस्थाका हरेक निर्वाचनमा सिन्धुपाल्चोक विशेष चर्चामा हुने गर्दछ । पशुपति शम्शेर, अमृत बोहरा, अग्नि सापकोटालगायत देशका प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरुको गृह जिल्ला भएकाले पनि हरेक पटकको निर्वाचनमा सिन्धुपाल्चोक चर्चामा नै रहने गरेको छ ।

    मंसिर–४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नै सिन्धुपाल्चोक-१ विशेष चर्चामा थियो । मोहनबहादुर बस्नेतले टिकट पाउने की माओवादीले पाउने । यही अन्यौलका बीचमा गठबन्धनबाट टिकट ल्याउन सफल भए माओवादीका माधव सापकोटा ‘सुबोध’ ।

    यो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध र एमालेका उम्मेदवार सरेश नेपालबीच प्रतिस्पर्धा छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज २२ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नियमिततामा क्रमभंग भन्दै मंसिर ४ को चुनावमा नउठ्ने जानकारी गराए । जिल्ला पार्टीले गरेको सिफारिस अनुसार माओवादीले ४० वर्षका युवा नेता सुबोधलाई उम्मेदवारका रुपमा अघि सार्यो ।

    देशभर युवा र नयाँ उम्मेदवारको माग भइरहँदा सिन्धुपाल्चोक १ मा उनी चुनावी अभियान र घरदैलोमा छन् । सुबोध माओवादी पार्टीको पोलिटब्यूरो सदस्य छन् । जनयुद्धकालीन राजनीतिक पृष्ठभूमि भएका उनी स्पष्ट, निर्भिक र समन्वयकारी नेताका रुपमा स्थापित छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेका सुबोध कोणसभा, घरदैलो, मतदाता भेटघाट हुँदा वा सञ्चारमाध्यमहरुमा बोल्दा प्रतिस्पर्धी उम्मेदवार वा दलका विषयमा नकारात्मक टिप्पणी गर्दैनन् ।

    कांग्रेस नेता मोहन बस्नेतसँग छोटो समयमा सुमधुर सम्बन्ध बनाएका उनले मतदाता भेटघाट र घरदैलोका क्रममा बस्नेतको पलाँतीस्थित घरमै बास बसेर राजनीतिक संस्कृतिको राम्रो सन्देश दिए । चुनावको पूर्वसन्ध्यामा गठबन्धनका साझा उमेदवार माधव सापकोटासँग गरिएको कुराकानी ।

    पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

    म आफैं चुनावी मैदानमा नहोमिए पनि जिल्लामा चुनावी परिचालन र व्यवस्थापनको गहिरो अनुभव छ । २०६४ साल, २०७० साल र २०७४ सालको तीन वटै चुनावमा सभामुख अग्निप्रसाद सापकोटाको चुनाव परिचालन र व्यवस्थापनमा नेतृत्वदायी भूमिकामा थिएँ । २०७९ वैशाख ३० को–को स्थानीय चुनावको कमाण्ड सम्हालेको थिएँ । उम्मेदवार नै भएर मैदानमा जाँदा आम नागरिकले म र गठबन्धनका उम्मेदवारहरुप्रति देखाएको स्नेहलाई नजिकबाट अनुभूत गरेको छु ।

    तपाईं २०७४ को चुनावमा जसलाई जिताउन हिँड्नु भयो आज उहाँसँगै प्रतिस्पर्धामा हुँदा कस्तो महसुस गर्नु भएको छ ?

    तत्कालीन राजनीतिक परिस्थिति अलग थियो, लामो व्याख्या नगरी भन्नुपर्दा त्यसबेला जुन उद्देश्यका साथ हामीसँगै हिँडेका थियौं, त्यो पूरा हुन सकेन । बीचमै नयाँ राजनीतिक कोर्स सुरु भयो । त्यसबेलाको राजनीतिक समझदारीअनुसार इमानदार भएर जिताउन मेहनत गरेको थिएँ, अहिले हामी प्रतिस्पर्धामा छौं, मेरो बा को उमेरको हुनुहुन्छ, उहाँलाई मेरो सम्मान छ ।

    घरदैलो र मतदाता भेटघाटमा हुनुहुन्छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

    यहि भूगोलमा २५ वर्ष यता निरन्तर राजनीति र समाजसेवामा रहेको युवालाई उम्मेदवारका रुपमा पाउँदा सिन्धुपाल्चोक क्षेत्र नं १ का मतदाता हर्षित छन् । म मात्रै नभएर गठबन्धनका सबै उम्मेदवार उत्साहित छौं । निर्वाचन क्षेत्रका मतदाताले जितको चिन्ता नगर्नुहोस्, भावी योजना बनाउन लाग्नुहोस् भनेर सुझाव दिएका छन् । सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा आएका छन् । आफूलाई मत हाल्ने मतदातासँग नियमित भेट होस् भन्ने चाहना छ । हामीले संघीय संसदको सदस्यको भूमिका, प्रदेशसभा सदस्यको भूमिकाबारे स्पष्ट गर्दै गर्न सकिने कामबारे बताएका छौं । यस क्षेत्रको विकास र परिवर्तनका लागि अग्रजहरुको पहलमा निर्मित आधारहरुको जगमा टेकेर अघि बढ्ने संकल्प गरेका छौं । एजेण्डामा केन्द्रित छौं ।

    भनेपछि चुनाव जितिन्छ भन्ने तपाईँको निष्कर्ष हो ?

    हो, लोकतान्त्रिक वाम गठबन्धनले मलाई साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ, यस्तो अवस्थामा जितका लागि शंका गरिरहनु आवश्यक छैन । हामी जित मात्रै होइन फराकिलो मतान्तरसहितको जित निकाल्ने कुरामा सचेततापूर्वक निश्चिन्त छौं ।

    स्थानीय चुनावको मतका आधारमा माओवादी तेस्रो शक्तिका रुपमा रह्यो, क्षेत्र नं १ मा गठबन्धन पनि नाम मात्रैको भन्ने टिप्पणी छ, अनि त्यत्रो आत्मविश्वास कसरी ?

    सिन्धुपाल्चोक जिल्लामै र क्षेत्र नं १ मा पनि अहिलेको लोकतान्त्रिक वाम गठबन्धन उदाहरणीय कसिलो छ । गठबन्धनको आवश्यकता र औचित्यका बारेमा गाउँ वस्तिका आम नागरिकले भन्न सक्ने भएका छन् । हामीलाई आम नागरिकले जय नेपाल र लाल सलामको सम्बोधन गरेर स्वागत, सत्कार, सम्मानसहित जितका लागि शुभकामना व्यक्त गरिरहेका छन् ।

    फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका दलहरुबीचको अन्तरघुलनमा केही समय लागेको पक्कै हो । गठबन्धन बलियो नभैदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरुबाट आएका टिप्पणीको अब खास अर्थ छैन । मेरो मात्रै होइन, क्षेत्र नं १ को कबाट मसिना खड्का, खबाट सरल सहयात्री पौडेल, क्षेत्र नं २ बाट मोहन बहादुर बस्नेत, २ को कबाट युवराज दुलाल सरद र २ को खबाट कृष्ण कुमार तामाङ समिरसहित हामी गठबन्धनका साझा उम्मेदवारहरु छ जनाले नै सानदार मतका साथ चुनाव जित्छौं ।

  • भोजपुरमा प्रचण्डले भने- सुदनलाई रोजेको मन्त्रालय, राजेन्द्र फेरि मुख्यमन्त्री (भिडिओ)

    भोजपुरमा प्रचण्डले भने- सुदनलाई रोजेको मन्त्रालय, राजेन्द्र फेरि मुख्यमन्त्री (भिडिओ)

    भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले, सुदन किरातीलाई रोजेको मन्त्रालय दिने आश्वासन दिएका छन् । किराती पूर्वमुख्यमन्त्री शेरधन राईविरुद्ध गठन्धनबाट प्रतिनिधिसभा उम्मेदवार छन् ।

    जिल्लाको तिवारीभञ्ज्याङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उम्मेदवारहरूलाई अत्याधिक मतले जिताउन आग्रह गरे ।

    ‘अस्तिको पटक नै मैले मन्त्री बनाउन जोड गर्दा गर्दै सकिन यो पटक उहाँलाई रोजेको मन्त्रालय दिइन्छ । हेर्नुहोला पहिलोचोटि उहाँले रोजेको मन्त्रालय दिन्छु, अस्तिको ऋण तिर्न बाँकी छ सुदनलाई’, प्रचण्डले भने ।

    उनले प्रदेश १ सभामा उम्मेदवार रहेका राजेन्द्रकुमार राईलाई फेरि पनि मुख्यमन्त्रीको सम्भावना रहेको बताए । प्रदेश २ का उम्मेदवार कांग्रेसका जिल्ला सभापति विनोद बान्तवालाई पनि देउवालाई भनेर पुरस्कृत गर्न प्रचण्डले सँगै गएका कांग्रेस प्रवक्ता प्रकाशशरण महतसमक्ष सिफारिस गरेका छन् ।

    प्रचण्डले २००७ सालको क्रान्तिमा भोजपुरको भूमिका बिर्सन नसकिने बताए ।

    उनले मंसिर ४ को निर्वाचन सामान्य नभएर जनमत संग्रहजत्तिकै भएको दोहोर्‍याए । ७० वर्षदेखि लडेर ल्याएका उपलब्धि खोस्ने षड्यन्त्र भएकाले त्यसका विरुद्ध गठबन्धन बनेको प्रचण्डको प्रष्टोक्ति थियो ।

  • भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

    भोजपुरमा प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

    काठमाडौं। सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ ।

    भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता प्रकाशशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।

    विस्फोटबाट भएको क्षति तथा अन्य विवरण आउँन बाँकी छ ।

    भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाले बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा निगरानी बढाइएको बताए ।

    ‘हामी अनुसन्धान गर्दैछौं । अहिले अवस्था सामान्य छ । कार्यक्रम भइरहेको छ’, थापाले नेपाल प्रेससँग भने ।

  • ज्वाइँको निर्वाचन क्षेत्र पुगेर प्रचण्डले भने मंसिर ४ जनमत संग्रह हो

    ज्वाइँको निर्वाचन क्षेत्र पुगेर प्रचण्डले भने मंसिर ४ जनमत संग्रह हो

    विराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचन आम निर्वाचन मात्रै नभएर जनमत संग्रह भएको बताएका छन् ।

    मोरङको सुन्दरहरैचामा भएको चुनावी सभामा बोल्दै यो चुनाव अग्रगमन र पश्चगमन रोज्ने जनमत सङग्रह भएको बताए ।

    मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने सो निर्वाचनमा भएको सभामा उनले गठबन्धन अग्रगमनको पक्षमा भएको भन्दै गठबन्धनलाई जिताउन आग्रह गरे ।

    एमालेले पश्चगमनको नेतृत्व गरेको आरोप लगाए ।

    मोरङ ६ अन्तर्गत प्रदेश सभा १ मा प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनका तर्फबाट उम्मेदवार छन् । ज्वाइँको निर्वाचन क्षेत्रमा आएका प्रचण्डले शेखर कोइराला र आचार्यलाई जिताउन आग्रह गरे।

    उनले गठबन्धनको हारे देशले हार्ने बताए ।

  • कास्की-३ मा उम्मेदवारी खारेजीको माग गर्दै गण्डकीका अर्थमन्त्री रामजीविरुद्ध आयोगमा उजुरी

    कास्की-३ मा उम्मेदवारी खारेजीको माग गर्दै गण्डकीका अर्थमन्त्री रामजीविरुद्ध आयोगमा उजुरी

    नेपाल प्रेस । कास्की- ३ मा सत्तागठबन्धनका उम्मेदवार माओवादीका रामजीप्रसाद बराल ‘जीवन’ को उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको हो ।

    बराल कालोसूचीमै रहेका बेला उम्मेदवार बन्न योग्य रहेको भन्दै झूटो विवरण दिएको र अझै कालोसूचीमा रहेकाले उम्मेदवार बन्न नपाउने उजुरीमा उल्लेख छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्की ३ मार्फत कास्कीकोट निवासी बोधराज सुवेदीले उजुरी दिएका हुन् ।

    बराल संलग्न रहेको गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ५० लाख रूपैयाँ कर्जा दिएको थियो जुन २०७३ सालसम्म बुझाउनुपर्ने थियो । सो रकम नबुझाएको भन्दै मन्त्री बरालसहित १५ जनालाई कालोसूचीमा राख्दै ७ दिनभित्र रकम बुझाउन अल्टिमेटमसहित खातामा दाखिल गर्न पत्र काटिएको थियो ।

    २०७६ साल १० माघमा कालासूचीमा राखिएको पत्रमा उल्लेख भएअनुसार बराल रहेको संस्थाले ३८ लाख २४ हजार रूपैयाँ तिर्न बाँकी छ ।

  • प्रचण्डले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

    प्रचण्डले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

    सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ जाने भएको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक मिङ्मा डण्डु शेर्पाले जानकारी दिए ।

    सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित सभालाई नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनले यसअघि जिल्लाका आठ पालिकामा चुनावी सभा सम्पन्न गरिसकेको छ ।

    जिल्लामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यस्तै प्रदेशसभा (१) मा एकीकृत समाजवादीका खेम वनेम र (२) मा कांग्रेसका खगेनसिं हाङ्गाम उम्मेदवार रहेका छन ।

    यसबीच अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा खोटाङको दिक्तेलबजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभालाई अध्यक्ष दाहालसँगै कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत र नेकपा (एकीकृत समाजवाद) पार्टीका उपमहासचिव डा गङ्गालाल तुलाधरले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिका संयोजक टङ्कबहादुर थापाले जानकारी दिए ।

    सत्ता गठबन्धनले जिल्लाका १० वटै स्थानीय तहमा चुनावीसभा सम्पन्न गरिसकेको छ । एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको जिल्लामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई, प्रदेशसभा (१) मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।

  • पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रोचक बन्दै सिन्धुपाल्चोक-२ ‘१’

    पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रोचक बन्दै सिन्धुपाल्चोक-२ ‘१’

    सिन्धुपाल्चोक । माओवादी युद्धकालमा सिन्धुपाल्चोकका अमान सिं तामाङ लाई सबै ले ‘अमान बा’ भनेर सम्बोधन गर्दथे । लामो समय भुमिगत जीवन बिताएका तामाङ माओवादी द्वन्द्वकालीन समयमा जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।

    २०४८ को स्थानीय निर्वाचनमा तत्कालिन कुभिण्डे गाविसबाट उपाध्यक्षमा निर्वाचित भएका तामाङ २०७४ को स्थानीय निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाबाट मेयरमा निर्वाचित भएका थिए ।

    बैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनमा उनी पुन चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर भएर आफूँले सुरुवात गरेको योजना र अभियानलाई पुरा गर्न खोजेका थिए तर माओवादीले उनलाई टिकट दिएन । स्थानीय चुनावको झण्डै २ महिनापछि उनी दलबलसहित एमालेमा प्रवेश गरे र नेकपा एमालेबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ प्रदेश सभा ‘१’ को उम्मेदवार भएका छन् ।

    उनको प्रतिस्पर्धा भने लामो समय एउटै राजनीतिक यात्रामा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालसँग हुँदैछ । माओवादी र कांग्रेसका गठबन्धनका तर्फबाट दुलाल उम्मेदवार छन् भने तामाङ एक्लै चुनावी प्रतिष्पर्धामा छन् । उमेरले ६० काटेका तामाङ र ४० कटेका दुलालबीच यतीबेला चुनावी प्रतिस्पर्धा छ ।

    २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरको टिकट युवराज दुलाललाई दिएको थियो । तर अमान सिं तामाङ को ठुलो समुहले विद्रोह गर्ने सूचना पाएपछि माओवादी जिल्ला नेतृत्व दुलाललाई उम्मेदवार बनाउन हच्किएको थियो ।

    त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डले समेत तामाङलाई फोन गरेर दुलाललाई मेयरमा सहयोग गर्न अनुरोध गरेपनि तामाङले नमानेपछि माओवादीले अन्तिम समयमा आएर तामाङलाई नै उम्मेदवार बनाएको थियो ।

    भने २०७४ मा नै भएको प्रतिनिधि र प्रदेश सभामा सिन्धुपाल्चोक–२ प्रदेश सभा ‘१’ बाट एमाले र माओवादीको गठबन्धनबाट दुलाल उम्मेदवार भएर लोकप्रिय मत पाएर विजयी भएका थिए । उनी झण्डै ३ वर्ष वागमती प्रदेश सभामा सामाजिक विकास मन्त्री समेत भएका थिए ।

    सामाजिक विकास मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा करोडौ बजेट विनियोजन गरेर विकास कसरी गर्नुपर्छ भनेर एउटा अभियानको सुरुवात गरेका थिए । मेयर भएका तामाङले पनि ५ वर्षमा आफ्नो नगरपालिकाभित्र विकास निर्माणका धेरै कामहरुको सुरुवात गरेका थिए ।

    ‘प्रदेशबाट बजेट त आयो तर त्यसलाई नगरपालिकाको तर्फबाट कार्यन्वयन नगरेको भए काम सम्भव थिएन’ तामाङले भने ।
    माओवादी र काग्रेसका साझा उम्मेदवार दुलालाई दुई पार्टीको दह्रो साथ छ भने तामाङलाई एमाले र आफ्ना पुर्वसहकर्मीहरुको बलियो आडभरोस रहेको छ ।

    यस्तो छ अंकगणित

    स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा प्रतिनिधि सभा–२ प्रदेश सभा ‘१‘ मा एमाले १३४४९, कांग्रेस १३२६८,माओवादी ११५५१ र समाजवादी ले ८२९ मत पाएको थियो । काग्रेस,माओवादी र समावजादीको मत जोड्दा दुलालको पक्षमा २५ हजार ६ सय ४८ मत रहेको छ । एमालेको भने एकल मत १३ हजार ४४९ मात्रै छ ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वडा मध्ये ५ वडा प्रतिनिधि सभा–१ मा पर्छ भने क्षेत्र नम्बर २ मा ९ वडा रहेका छन् । यो नगरपालिकामा मेयर माओवादी र उपमेयर समाजवादीले जितेको थियो । त्यस्तै प्रदेश सभा १ अन्र्तगत नै पर्ने इन्द्रावती गाउँपलिकामा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको छ र त्यस्तै मेलम्ची नगरपालिका अन्र्तगत तिन वडा मध्ये एउटा एमालेले र २ काग्रेसले जितेको छ ।

    गठबन्धन भएपनि आफुलाई कांग्रेस,माओवादी र राप्रपाले समेत सहयोग गर्नेमा तामाङ आशावादी छन् । चौतारा नगरपालिका भित्र ५ वर्षमा धेरै सामाजिक र विकासको कामहरु गरेको छु,त्यसैले मलाई सबैबाट सहयोग हुन्छ तामाङले भने । गठबन्धनका उम्मेदवार दुलाल भने गठबन्धनको साथ र आफुले ५ वर्षमा गरेका कामको आधारमा सबैले आफुलाई नै मतदान गर्नेमा ढुक्क छन् ।

    बढी मतदाता रहेको चौतारा साँगाचोकगढी नगरपालिकाबाट बराबरी मत लैजाने अभियानमा तामाङ छन् । इन्द्रावती गाउँपालिकामा आफुलाई केही बढी मत पाउने,मेलम्ची नगरपालिकाको तीन वडा मध्ये एक वडामा बराबरी,एकमा आफूलाई बढी र एउटामा गठबन्धनलाई बढी मत गएपनि आफूँले चुनाव जित्ने अंकगणित तामाङसँग छ ।

    जनजातिको सहानुभूति,नातागोता समेत धेरै भएको र एमालेको दह्रिलो संगठन नै आफ्नो चुनाव जित्ने मुख्य आधार भएको तामाङले बताए ।

  • तनहुँ पुगेर प्रचण्डले भने- रामचन्द्रजी प्रधानमन्त्री बन्ने सम्भावना छ, जिताएर पठाउनुहोस्

    तनहुँ पुगेर प्रचण्डले भने- रामचन्द्रजी प्रधानमन्त्री बन्ने सम्भावना छ, जिताएर पठाउनुहोस्

    तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् ।

    तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन ठूलो भूमिका निर्माण गरेकाले रामचन्द्र पौडेललाई आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए ।

    उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो । तपाईँहरूले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुन सक्छ । त्यस कारणले पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।’

    प्रचण्डले गोर्खाबाट आफू उम्मेदवार भएको, तनहुँबाट पौडेल र लमजुङबाट माओवादीका महासचिव देव गुरुङ उम्मेदवार भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढङ्गले लाग्ने बताए । प्रचण्डले केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए ।

  • शान्ति सम्झौता नभएको भए १७ हजार मात्रै होइन, लाखौँको ज्यान जान सक्थ्यो : प्रचण्ड (भिडिओ)

    शान्ति सम्झौता नभएको भए १७ हजार मात्रै होइन, लाखौँको ज्यान जान सक्थ्यो : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता गरेर आफूहरूले देशलाई असफल राष्ट्र हुनबाट जोगाएको जिकिर गरेका छन्।

    लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विस्तृत शान्ति सम्झौता नभएको भए देशलाई अफगानिस्थानजस्तो हुनबाट जोगाएको बताए।

    उनले भने, ‘हामीले शान्ति सम्झौतामा हस्ताक्षर नगरेको भए के हुन्थ्यो होला देश ? युद्ध र द्वन्द्वको स्थिति अझै चर्किँदै गएको भए। हामीले भन्ने गरेको छौँ १७ हजार नेपालीको ज्यान गयो। लडाइँमा धेरै पीडित भए। ठुलो पीडाबाट हामी गुज्रिनपर्थ्यो। त्यस बेलामा कांग्रेस र माओवादी नमिलेको भए त्यसलाई रोक्न।

    आमनेसामने हुने शक्तिहरूको बीचमै सहमति भइसकेपछि शान्ति आउने बताए। उनले शान्ति सम्झौता नभएको भए १७ हजारको मात्रै नभएर लाखौँको ज्यान जान सक्ने स्थिति आउने अवस्थामा गुज्रिरहेको परिस्थिति भएको सुनाए।

    ‘हामीले शान्ति सम्झौता नगरेको भए मैले भन्ने गरेको छु ५० औँ हजार मात्रै नभएर लाखौँ मानिसको ज्यान जान सक्थ्यो। त्यो भएको भए के हुन्थ्यो। कुनै पक्षले पुरै जित्नै र कुनै पक्षले पुरै हार्ने स्थिति देखिएको थिएन। त्यो भएपछि नेपाल एउटा असफल राष्ट्र बन्न सक्ने र विदेशी सेना आउन सक्ने अवस्था थियो’ उनले भने, ‘त्यसैले सबैले गहिरो गरी बुझ्न आवश्यक छ।

    गिराजाप्रासद कोइराला र मैले हस्ताक्षर गरेपछि नेपाल असफल राष्ट्र हुनबाट जोगियो। हामीले अफगानिस्थानजस्तो हुनबाट जोगायौँ।’

    उनले शान्ति प्रक्रियाको बाँकी काम चाडै टुङ्गाउने आश्वासन समेत दिए। गठबन्धनका सबैले इमानदार भएर मतदान गर्न समेत आग्रह गरे।

  • चुनावपछि संघ र सातवटै प्रदेशमा गठबन्धनको दुईतिहाइ बहुमत : वर्षमान पुन

    चुनावपछि संघ र सातवटै प्रदेशमा गठबन्धनको दुईतिहाइ बहुमत : वर्षमान पुन

    रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव साथै पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुनले निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुईतिहाइ बहुमत प्राप्त गर्ने बताएका छन् ।

    केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको प्रष्टोक्ति छ । उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे ।

    ‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा शनिबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’

    पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए । उनले जनताको जनमतलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए ।

    पुनले भौतिक तथा मानवीय पूर्वाधार, जनताको आयमा वृद्धि र जीवनस्तरमा सुधार नै असली अर्थमा समृद्धि भएको चर्चा गर्दै पुनले त्यसका लागि संघीय सरकार, सातवटै प्रदेश सरकार तथा स्थानीय तहबीच एकीकृत र समन्वयात्मक ढंगले काम गरिने बताए । निरंकुशता र प्रतिगमन रोक्न कांग्रेस-माओवादी एकै ठाउँमा उभिनुपर्ने बाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशनसमेत दिए ।

    सत्ता गठबन्धन पाँच वर्षसम्म जानेमा शंका नगर्न उनको आग्रह थियो । रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने उनको दाबी छ ।

  • महराको दाबी : निर्वाचनपछि एमाले पाँचै वर्ष सरकार बाहिर रहन्छ

    महराको दाबी : निर्वाचनपछि एमाले पाँचै वर्ष सरकार बाहिर रहन्छ

    घोराही । घोराही क्षेत्रमा रहेका सेवानिवृत्त भारतीय सैनिकहरूले दाङ क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई औपचारिक कार्यक्रम गरेर स्वागत गर्दै समर्थन गरेका हुन् ।

    कार्यक्रम बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराले मंसिर ४ गतेपछि पाँचै वर्ष गठबन्धनको सरकार बन्ने बताए । उनले संविधान रक्षा र मुलुकको आर्थिक समृद्धिका गठबन्धन निर्माण भएकाले जनताले साथ दिने विश्वास गरे ।

    उनले भने, ‘यो निर्वाचन क्षेत्रमा रेखा शर्मासहित गठबन्धनका उम्मेदवारहरू विजयको नजिक हुनुहुन्छ । दाङको विकासको नेतृत्व पनि गठबन्धनले नै गर्ने छ ।’

    प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ ओटा निर्वाचन क्षेत्रमा अहिले गठबन्धनका उम्मेदवार एमालेका उम्मेदवारभन्दा निकै अघि भएको बताए ।

    उनले भने, ‘मैले एमालेका धेरै नेता कार्यकर्ताहरूलाई पनि भेटेको छु, उहाँहरू पनि अहिले गठबन्धनको पक्षमा देखिनुभएको छ । गठबन्धन दलहरू बीच पनि राम्रो एकता देखिएको छ ।’

    मंसिर ४ गते पछि एमाले पाँचै वर्ष सरकार बाहिर रहने उल्लेख गर्दै महराले गठबन्धनले देशको समृद्धिको नेतृत्व गर्ने धारणा व्यक्त गरे ।

    ‘गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रका २७ वटा वडाको मत विश्लेषण गर्ने हो भने गठबन्धन निकै अगाडि छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनको बेलाभन्दा अहिले गठबन्धनको एकता थप मजबुत भएको छ ।’

    एमाले दाङका पुराना तथा इमान्दार नेता कार्यकर्ताहरूमा तीब्र असन्तुष्टि भएको उल्लेख गर्दै महराले त्यो मत गठबन्धनका उम्मेदवारलाई आउने दावी गरे ।

     

  • गठबन्धनलाई ओलीको कटाक्ष- सयवटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन (भिडिओ)

    गठबन्धनलाई ओलीको कटाक्ष- सयवटा स्यालले एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान जगाउने पार्टी एमालेमा मात्रै भएको बताएका छन् । सुर्खेतको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्ति मिलेर एमाले हराउन गठबन्धन गरेको आरोप लगाए ।

    उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेका विरुद्ध गठबन्धन र षड्यन्त्र गरिरहेका छन् । एमालेलाई घेराबन्दी गर्न खोजिरहेका छन् । तर, मैले भन्ने गरेको छु । सयवटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन । एमालेलाई समाप्त पार्ने षड्यन्त्रले मुखमा नअटाउने जवाफ दिन्छन् ।’

    गठबन्धनको कुनै लक्ष्य नभएको टिप्पणी गरे । एउटै घोषणापत्र ल्याउन नसक्नेले देशको विकास गर्छु भन्ने भ्रममा नपर्न ओलीको आग्रह थियो । गठबन्धन दलले छुट्टाछुट्टै कार्यक्रम ल्याएर जनतामा भ्रम फैलाउन खोजेको जिकिर गरे ।

    उनले आगामी निर्वाचनमा राष्ट्रवादी शक्ति एमालेलाई विजयी गराउन आग्रह गरे । गठबन्धन स्वार्थहरूको जोडजाड भएको भन्दै ओलीले उम्मेदवारसमेत उठाउन नसक्ने दलले देश हाँक्न नसक्ने बताए ।
    एमालेले बाहेक देशमा अरु कुनै दलले विकास निर्माणको काम नगरेको उनको दाबी छ ।

  • प्रचण्डले देशभर मन्त्री बाँड्दै हिँडेको ओलीको टिप्पणी (भिडिओ)

    प्रचण्डले देशभर मन्त्री बाँड्दै हिँडेको ओलीको टिप्पणी (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले झूटको प्रचार गर्दै हिँडेको आरोप लगाएका छन् । कालीकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशभर भाषणको क्रममा सबैलाई मन्त्री बनाउँछु भन्दै झूट बोलेको बताए ।

    उनले प्रचण्डलाई व्यंग्य गर्दै भने, ‘प्रचण्डजीको बानी कस्तो छ भने यो बाटो र विद्युत पनि मैले बनाए । यो पनि मैले गरेँ । त्यो पनि मैले गरेँ । बर्खामा अस्ति पानी परेको पनि मैले पारिदिएको हो । यस्तै गफ दिन्छन् । उनले जे पनि मैले गरेँ । यस्ता कुराको पछि नलाग्नुहोस् ।’

    उनले अघिल्लो पटक माओवादीलाई आफूले भोट हालेर जितेकाले अब जितेर देखाउन चुनौती दिए । सिंगो देशलाई विकासको बाटोमा अगाडि बढाउने शक्ति एमालेबाहेक अरु हुन नसक्ने ओलीको जिकिर थियो ।

  • भोजपुरमा वडाध्यक्षले वृद्ध कुटे, प्रहरीद्वारा जाहेरी लिन इन्कार

    भोजपुरमा वडाध्यक्षले वृद्ध कुटे, प्रहरीद्वारा जाहेरी लिन इन्कार

    भोजपुर । भोजपुरमा वडाअध्यक्षको कुटाइबाट एक वृद्ध घाइते भएका छन् । भोजपुर नगरपालिका-१ का वडाध्यक्ष जिरामणि राईले ६२ वर्षीय लोकबहादुर राईलाई कुटेका हुन् । जिरामणि माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

    भोजपुर-१ डाँडाबोखिमको मिलडाँडामा छोरा सुगेन राईले लगेको २० हजार नतिरेको भन्दै जिरामणि दम्पतीले लोकबहादुरलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष राई र श्रीमती वृन्दा राई मिलेर कुटेको लोकबहादुरका भाई मच्छिन्द्र राईले बताए । लोकबहादुरले आफूलाई ज्यान मार्ने धम्की दिएको बताए ।

    लोकबहादुरको देब्रेपट्टिको कानको जालीमा असर परेको र टाउकोको चोटबाट रगत बगेको पारिवारिक स्रोतले बताए ।

    शनिबार भोजपुर अस्पताल ल्याइएकोमा उनको अवस्था गम्भिर भएको भन्दै चिकित्सकले सुविधासम्पन्न ठाउँमा लैजान भन्दै लोकबहादुरलाई रिफर गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, भोजपुरले चुनावपछि आउनु भन्दै जाहेरी लिन नमानेको पीडितले बताए । राजनीतिक दबाबमा परेर प्रहरीले दोषी उम्काउने प्रयास गरेको आरोप उनीहरूको छ ।

    प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले कुटपिटको विषयमा अनुसन्धान भइरहेको र दुई पक्षलाई राखेर कानूनी कारबाही अघि बढाइने बताए ।

  • संखुवासभामा वाईसीएलका केन्द्रीय सचिवसहित केही माओवादी नेता एमाले प्रवेश

    संखुवासभामा वाईसीएलका केन्द्रीय सचिवसहित केही माओवादी नेता एमाले प्रवेश

    विराटनगर । संखुवासभामा माओवादीको युवा संगठन वाईसीएलका केन्द्रीय सचिवसहित केही नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

    आइतबार माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका वाईसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

    मादीमा आयोजना गरेको चुनावी कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दीपेश खवास, मादी नगर कमिटी सदस्य शनकबहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पा छन् ।

    उनीहरूलाई एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतम, प्रदेश २ का उम्मेदवार विदुर लिंथेपलगायतका नेताले प्रवेश गराएका हुन् ।

  • सुर्खेतमा गठबन्धनलाई बढ्याे ‘भोट ट्रान्सफर’ नहुने चिन्ता

    सुर्खेतमा गठबन्धनलाई बढ्याे ‘भोट ट्रान्सफर’ नहुने चिन्ता

    सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा समेत यी दुई राजनीतिक शक्तिबीच मुख्य प्रतिस्पर्धा देखिएको हो ।

    सुर्खेत क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उम्मेदवार छन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी र नेकपा एमालेको वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका ध्रुवकुमार शाहीसँग झण्डै तीन हजार मतान्तरले पराजित खड्का यसपालि उही माओवादीको आडमा सहज संसद छिर्ने दाउमा छन् ।

    गएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणामअनुसार सुर्खेत क्षेत्र नम्बर १ मा गठबन्धन बलियो देखिन्छ । यहाँ कांग्रेस पहिलो शक्ति देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षहरुले ३६ हजार ९२८ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेले ३४ हजार ८४३ मत पाएको छ ।

    माओवादीले ५ हजार ७५, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले ६३४ मत पाएको छ । यो मत परिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ । जुन मत एमालेको भन्दा ७ हजार बढी हो ।

    गठबन्धनमा गडबड नभए खड्काले स्वतः चुनाव जित्ने देखिन्छ । स्थानीय तहमा लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीले गठबन्धन बनाएर चुनावमा गएका थिए ।

    गठबन्धनले लेकवेशीबाहेक अन्य दुई पालिकामा जित हात पार्न सकेन । गठबन्धनबाट कांग्रेसले प्रमुख जितेको लेकवेशीमा कांगे्रसका भोट ट्रान्सफर नहुँदा माओवादीले उपप्रमुख जित्न सकेन । अन्य पालिकामा पनि माओवादीलाई अपेक्षाकृत कांग्रेसबाट भोट जान सकेन ।

    कर्णालीमा गठबन्धनको मुख्य चुनौती नै भोट ट्रान्सफर नहुनु हो । माओवादीका भोट कांग्रेसमा सहजै जाने तर कांग्रेसका भोट माओवादीमा नजाने डर गठबन्धनमा छ । यो तथ्य स्थानीय तहको मत परिणामले बताइसकेको छ ।

    यो क्षेत्रका दुई प्रदेशसभातर्फ प्रदेश १ (१) मा नेपाली कांग्रेसका खड्क पोखरेल र १ (२) मा माओवादीका कृष्ण जिसी उम्मेदवार छन् । एमालेले १ (१) मा पूर्वमाओवादीसमेत रहेका ठम्मर विष्ट र १ (२) मा डण्डीप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । पोखरेललाई माओवादीका कारण चुनाव जित्न सहज छ भने जिसीका लागि कांग्रेस निर्णायक छ ।

    गठबन्धनभन्दा कमजोर देखिएको एमालेका विष्ट र शर्मालाई गठबन्धनभित्र खेल्न नसके हार्ने निश्चित छ । स्थानीय तहको निर्वाचनमा चिङ्गाड गाउँपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै माओवादीप्रति कांग्रेस सन्तुष्ट नरहेको बताउने गरिएको छ ।

    यस्तै सुर्खेत २ मा प्रतिनिधिसभामा कांग्रेसका र प्रदेशतर्फ माओवादी र कांग्रेसका उम्मेदवार छन् । कांग्रेसका हृदयराम थानी प्रतिनिधिसभा उम्मेदवार छन् । प्रदेश २ (१) मा कांग्रेसका कालीप्रसाद शाक्य र २ (२) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार छन् । प्रतिनिधिसभामा एमालेका अमृत बीसी र प्रदेशसभामा यामलाल कँडेल प्रदेश २ (१) र २ (२) मा ताराकेशर गौतम उम्मेदवार छन् ।

    प्रतिनिधिसभामा गठबन्धनलाई सघाउने तर, प्रदेशसभामा मित्रवत प्रतिस्पर्धा गर्नै भन्दै समाजवादीले क्षेत्र नम्बर २ का दुइटै प्रदेशसभामा आफ्ना उम्मेदवार उठाएको छ । समाजवादीले २ (१) मा शिवप्रसाद उपाध्याय र २ (२) मा जिल्ला अध्यक्ष मोहनसिंह बडुवाललाई उम्मेदवार बनाएको छ ।

    दुवै क्षेत्रमा गठबन्धनबाटै बागी उम्मेदवारी परेपछि प्रदेशसभामा रोचक चुनावी भिडन्त हुँदैछ । स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा एमालेले पाएको मत १६ हजार ३८ छ भने कांग्रेसले १५ हजार ४८४ पाएको छ ।

    यद्यपि वडाको मतलाई आधार मान्ने हो भने १४ वडामध्ये ५ वडा जितेको कांग्रेससँग १६ हजार १६३ मत छ । १० वटा वडा जितेको एमालेसँग १८ हजार ६१५ मत छ । यस्तै माओवादीसँग ३ हजार ५५८ मत छ ।

    यहाँ माओवादी-कांग्रेसको मत जोड्दा १९ हजार ७२१ हुन्छ । वीरेद्रनगर नगरपालिकामा गठबन्धन गरेका माओवादी र कांग्रेसले हार व्यहोर्नुपरेको थियो । तत्कालीन समयमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र हावी भएको गुटबन्दीले संस्थापन इतर पक्षको असहयोगका कारण कांग्रेसले प्रमुखमा झिनो मतान्तरले पराजित हुनुपरेको थियो । माओवादीले उपप्रमुखमा कांग्रेसले पाएको मतको आधा पनि पाएन ।

    गठबन्धन भएकै कारण कांग्रेसलाई सुर्खेतमा चुनाव जित्न सजिलो देखिए पनि माओवादीका उम्मेदवार भने कांग्रेसबाट नै असुरक्षित छन् । प्रतिनिधिसभामा उम्मेदवार बनेका हृदयराम थानी २०७४ को निर्वाचनमा एमालेका नवराज रावतसँग हारेका थिए । सहकारीमन्त्री भइसकेका थानीलाई सहकारीकर्मी रहेका एमालेका नयाँ अनुहार अमृत बीसीले चुनौती दिइरहेका छन् ।

    स्थानीय तहको मत परिणामले थानीलाई चुनाव जित्न सहज हुने देखिन्छ । माओवादी र कांग्रेसको मत ४१ हजार ३६६ छ । गठबन्धनलाई चुनाव जित्न सहज हुने अर्को पक्ष कांग्रेसभित्रको सन्तुलन हो । टिकट वितरणमा स्थानीय तहको निर्वाचनमा रुष्ट भएका थानीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएपछि तत्कालका लागि कांग्रेसको आन्तरिक किचलो अन्त्य भएको बताइएको छ ।

    यस्तै एमालेका बीसी पनि बलिया उम्मेदवार हुन् । स्थानीय तहमा एमालेका वडाध्यक्षहरुले पाएको मत ३० हजार ४६९ छ । बीसीको मुख्य चुनौती एमालेका सांगठनिक भोट जोगाउनु र गठबन्धनभित्र खेल्नु हो । पश्चिम कांग्रेसमा जिल्ला समन्वय समितिमा माओवादीले दिएको धोका र गठबन्धनभित्र टिकट वितरणलाई लिएर असन्तुष्ट बनेको पक्षको भोट काट्न सके बीसी उदाउनसक्ने सम्भावना छ ।

    यस्तै प्रदेशसभा २ (१) मा गठबन्धनबाट कांग्रेसका कालीप्रसाद शाक्य र एमालेका यामलाल कँडेलबीच मुख्य प्रतिस्पर्धा हुनेछ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा चुनावी भिडन्त गरेका शाक्य र कँडेल ३ दशकपछि पुनः चुनावी मैदानमा देखापरेका छन् । कँडेल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    शाक्य कांग्रेसका पुराना नेता हुन् । पार्टीभित्र समन्वयकारी भूमिका खेल्दै आएका शाक्य गठबन्धनको बलमा बाजी मार्ने दाउमा छन् । कँडेलले चुनाव जित्ने मुख्य आधार बलियो संगठन र लोकप्रियता भएको बताउँदै आएका छन् । गठबन्धनमा कुनै टसल नभए कँडेलको दोस्रो पटकको प्रदेशसभा यात्रामा ब्रेक लाग्ने निश्चित छ ।

    कँडेलको अर्को चुनौती समाजवादीका शिवप्रसाद उपाध्याय हुन् । तत्कालीन एमालेभित्र विद्रोही छवि बनाएका उपाध्यायले कँडेलविरुद्ध दुई पटक बागी लडेर हराइसकेका छन् । एमाले फुटपछि बनेको समाजवादीमा लागेका उपाध्याय तेस्रो पटक कँडेलको चुनौती बनेर देखापरेका छन् ।

    यस्तै प्रदेशसभा २ (२) मा यसपालि दुई पूर्वसहकर्मी र गठबन्धनबीच रोचक प्रधिस्पर्धा हुने भएको छ । एमालेमा लामो समय मिलेर काम गरेका पूर्वसहकर्मीहरु एमालेका ताराकेशर गौतम र समाजवादीका मोहनसिंह बडुवाल तथा गठबन्धनबाट माओवादीका विन्दमान विष्टबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । तुलनात्मक रुपमा यो क्षेत्रमा पनि गठबन्धन बलियो हुँदा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै समाजवादीका बडुवालको उम्मेदवारीले गौतम र विष्ट रेड जोनमा छन् ।

    बडुवाललाई भेगीय र लोकप्रिय मत आउने आँकलन गरिएको छ । उनले एमालेको मात्रै होइन गठबन्धनकै मत काट्न सक्ने बताइएको छ । कमजोर संगठन भएको समाजवादीका बडुवालले गठबन्धन र एमालेभित्र खेलेर चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सक्ने सम्भावना रहेको बताइन्छ ।

    प्रदेश २ (२) का तीन पालिकामा गत स्थानीय तहको मत परिणामअनुसार माओवादीले वडामा पाएको मत ८ हजार १०३ छ । कांग्रेसको सबैभन्दा बढी १३ हजार ५४२ छ । यस्तै एमालेसँग ११ हजार ८५४ मत हुँदा समाजवादीसँग जम्मा १ हजार १८४ मत छ । यो आधारमा कांग्रेस-माओवादीबीचमा मात्रै गठबन्धन हुँदा पनि माओवादी नेता विन्दमान विष्ट अगाडि आउने देखिन्छ । यी दुई दलको मत जोड्दा २१ हजार ६४५ हुन्छ ।

  • चितवन पुगेर प्रचण्डले भने- गोरखा जानुको अर्थ चितवन छोडेको होइन (भिडिओ)

    चितवन पुगेर प्रचण्डले भने- गोरखा जानुको अर्थ चितवन छोडेको होइन (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन आग्रह गरेका छन् ।

    चितवनमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने होइन ।’

    विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उनले आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता नै हुने बताए ।

    आफ्नो घर चितवनमा नै रहेको स्मरण गराउँदै प्रचण्डले भने, ‘म गोरखा जानुको अर्थ चितवन छाडेको होइन । चितवन ३ क्षेत्रका जनताप्रति आभार । मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ । अहिले म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो । त्यसैले मेरो चासो, चिन्ता यहाँ हुन्छ नै । अहिले प्रधानमन्त्रीलाई साक्षी राखेर भन्न चाहन्छु यहाँको विकासका लागि भोलिपनि कुनै कसर बाँकी राख्ने छैन ।’

    उनले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले पनि गठबन्धनमा छलफल गरेर नै त्यहाँ पुगेको बताए । उनले भने, ‘म गोरखाको जनताको पनि ऋणी छु । तीन वर्ष अध्यापन गरेर पञ्चायत विरुद्धको आन्दोलन त्यहाँबाटै गरेको र जनयुद्धको तयार पनि त्यहाँबाट नै गरेको हुनालेपनि म गोरखा गएको हो ।’

    गठबन्धन राजनीतिक दुर्घटनाको खतरा रहेसम्म कायम रहेको प्रचण्डले बताए ।

    चितवन ३ का उम्मेदवारलाई आफ्नो उत्तराधिकारी बताउँदै उनले कसैको आँखामा राख्दा पनि नबिझाउने उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

  • दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनले जित्नुपर्छ : मन्त्री भुसाल

    दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनले जित्नुपर्छ : मन्त्री भुसाल

    ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् ।

    सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन् ।

    ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।’

    आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उहाँले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

    ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘यहाँका जनताले २०४६ को आन्दोलन पाटनबाट सुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनु भएको थियो । अब पनि ललितपुरबासीले प्रतिगमनकारी गठबन्धलाई पररास्त गर्नेछन् ।’

  • दाङको चुनावी सरगर्मीः प्रभावशाली तीन नेतालाई चर्चित नेतृहरूको चुनौती

    दाङको चुनावी सरगर्मीः प्रभावशाली तीन नेतालाई चर्चित नेतृहरूको चुनौती

    रुपन्देही । दाङमा प्रतिनिधिसभातर्फ तीनवटै निर्वाचन क्षेत्रमा प्रभावशाली पुरूष उम्मेदवारसँग चर्चित नेतृहरू प्रतिस्पर्धामा छन् ।

    क्षेत्र नम्बर १ मा नेकपा एसका नेता तथा मन्त्री मेटमणि चौधरीसँग एमालेकी शान्ता चौधरी मैदानमा छिन् । उम्मेदवार बन्न नपाएपछि पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उठेकी गंगा चौधरीले भने शान्तालाई चुनौती थपेकी छन् । यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्र हो । यो क्षेत्रमा लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका पर्छन् ।

    क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलसँग गठबन्धनबाट माओवादी नेतृ रेखा शर्मा मैदानमा छन् । ३ मा कांग्रेसका प्रभावशाली नेता दीपक गिरीविरुद्ध एमालेले कोमल वलीलाई अघि सारेको छ ।

    प्रमुख दलमध्ये नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार बनाएको छ । सत्तागठबन्धन दल माओवादी केन्द्रले एउटा क्षेत्रमा महिला उम्मेदवार खडा गरेको छ । योसँगै तीनै निर्वाचन क्षेत्रमा महिला नेतृहरू ‘हेभिवेट’ पुरूष उम्मेदवारसँग प्रतिस्पर्धामा रहेकाले दाङ चर्चामा छ ।

    शान्ता भर्सेस मेटमणि

    क्षेत्र नम्बर १ मा लामो समय एकै पार्टीमा बसेका शान्ता र मेटमणिबीच प्रतिस्पर्धा रहेको छ । एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कमलरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि हालका शहकारी विकास मन्त्रीसमेत हुन् । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जितेका मेटमणि तत्कालीन एमालेका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य थिए । पार्टी विभाजन भएसँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका मेटमणिको राजनीतिक पृष्ठभूमि हेर्दा शान्ताभन्दा अगाडि छन् ।

    निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो । कमलरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना जगाउन दुबैले सँगै मिलेर काम गरेकाले पनि पूर्वसहकर्मीबीच हुने प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ ।

    यो क्षेत्रमा छिमेकी जिल्ला प्यूठान, अर्घाखाँचीलगायतबाट बसाइँ सरेस आएका छन् । प्यूठानी धेरै रहेको हुँदा यहाँ जनमोर्चाको पनि राम्रो पकड छ । जनमोर्चा गठबन्धन दलमै छ । अर्कोतर्फ विगतमा एमालेकै उम्मेदवार भएर मेटमणिले यही क्षेत्रबाट जितेको हुँदा शान्तालाई अहिले त्यो मत मिल्नसक्छ ।

    शान्ताको लागि एमाले नेतृ तथा पूर्वसांसद गंगा चौधरी चुनौतीको रूपमा आएकी छन् । गंगाले शान्ताको नै भोट काट्ने भएकाले मेटमणिलाई सहज हुने आंकलन गरिएपनि मेटमणिको पार्टीको आफ्नो जनमत नरहेकाले सबै अरु पार्टीमा भर पर्नुपर्ने अवस्था छ ।

    रेखा भर्सेस शंकर

    माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले यसअघि जितेको क्षेत्र नम्बर २ मा अहिले पूर्वमन्त्री रेखा शर्मालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ । गठबन्धन दलको साझा उम्मेदार रहेकी शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उतिखेर सबै क्षेत्र माओवादीले क्लिनस्वीप गरेको थियो ।

    त्यो समय दाङमा पाँच निर्वाचन क्षेत्र थिए । पूर्वसभामुख महरा प्रतिस्पर्धामा जान नखोजेपछि पार्टीले रेखालाई उम्मेदवार बनाएको हो । यस क्षेत्रमा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका छन् । रोल्पा र प्यूठानसँग सीमा जोडिएको यो क्षेत्रमा अधिकांश रोल्पाबाट बसाइँ सरेर आएका छन् । आस्थाका दृष्टिकोणले रोल्पालीहरू अधिकांश माओवादीनिकट छन् । त्यसको लाभ रेखालाई हुनसक्छ । उनी मन्त्री हुँदा वा राजनीतिकरूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृ हुन् । त्यसको लाभ उनले उठाउन सक्छिन् । यो नेपाली कांग्रेसको बलियो पडक भएको क्षेत्रसमेत हो । त्यसैले उनलाई थप फाइदा हुनसक्छ । तर, स्थानीय तहमा माओवादी र कांग्रेसबीच भएको विवाद, त्यसअघि त्यहाँका कांग्रेस नेता-कार्यकर्ता र माओवादीको विवादले उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल हराउन सहज हुनेछैन ।

    २०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने ।

    त्यो बेला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकै कृष्णबहादुर महरा निर्वाचित भएका थिए । पछिल्लो समय शंकरको पक्षमा दंगाली जनताको मनमा एउटा राम्रो छाप छ । उनकै पहलमा र उनी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सार्न भूमिका खेलेको जस उनैलाई छ । त्यसैलाई उनले भोट तान्ने प्रमुख अस्त्रको रुपमा प्रयोग गर्ने देखिन्छ । मनोनयन दर्ता गरेपछि उनले त्यो कुरा पनि प्रमुखताका साथ उठाएका थिए । यसका साथै उनको पक्षमा बोल्ने दंगालीले भावी अर्थमन्त्री, प्रधानमन्त्री तथा एमालेको अध्यक्षको समेत दावेदार भएकाले जसरी पनि जिताउनुपर्ने तर्क गरेर मत मागिरहेका छन् ।

    गत वैशाख १० मा भएको स्थानीय तह निर्वाचको परिणामपछि पोखरेलले चुनाव सजिलै जित्नेमा ढुक्क देखिन्छन् । गठबन्धन दलका उम्मेदवारलाई हराउँदै घोराही उपमहानगरपालिकासहित बहुमत वडाध्यक्षमा एमालेले जितेका छ स्थानीय तहको निर्वाचनमा । तर, माओवादीमा इमान्दार छबि बनाएकी रेखा र पार्टीभित्र कम्युनिष्ट आन्दोलन र जबजको ब्याख्याता मानिने शंकरबीचमा प्रतिस्पर्धा पेचिलो बन्ने स्थानीयको आंकलन छ ।

    कोमल भर्सेस दीपक

    राष्ट्रियसभा पूर्वसदस्य कोमल वलीलाई निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । दाङ टिकरीकी कोमल कला क्षेत्रबाट उदाएकी नेतृ हुन् । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमल हौसिएकी छन् । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गरेकी हुन् ।

    उनका प्रमुख प्रतिष्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी सत्तागठबन्धनबाट मैदानमा छन् । विगतमा शंकर पोखरेलसँग पनि चुनाव लडेका उनी लामो समयदेखि राजनीतिमा सक्रिय छन् । उनकै टीम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा बलियो छ । पार्टीभित्र संस्थापन पक्षधरलाई हराएर गिरी लुम्बिनीमा बलियो नेता बनेका छन् ।

    तर, स्थानीय निर्वाचनमा यहाँ एमालेले ल्याएको मत, पार्टीभित्रको दुई समूह विवाद, माओवादी-कांग्रेसबीचको अन्तरघुलनमा कमी, नेकपा एसले प्रदेशमा उम्मेदारी नपाएपछिको अन्यौलता गिरीका चुनौती हुन् ।

  • मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

    मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

    गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् ।

    शुक्रबार गोरखाको सिरानचोक-८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् ।

    गोरखा-२ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।

    ‘गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने, ‘सबै पीडितहरूलाई परिपूरण भनेकोआर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।’

    द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए । ‘द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्छ । म विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, दुई जनामध्ये गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न,’ प्रचण्डले भने, ‘नेपाली कांग्रेसका अहिलेका नेता साथीहरूसँग, प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग राम्रो समझदारी बनिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

    उनले राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गरे । ‘राजनीतिक स्थायीत्वको निम्ति, संविधानको रक्षाको निम्ति र विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईंहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,’ प्रचण्डले भने, ‘जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’

    आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताए ।

    संविधानको रक्षा गर्ने र उपलब्धीको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

  • गठबन्धनकै प्रतिस्पर्धी राजन केसीबारे अञ्जना भन्छिन्- पहिले प्रचण्डले हराउनुभयो, अहिले म हराउँछु

    गठबन्धनकै प्रतिस्पर्धी राजन केसीबारे अञ्जना भन्छिन्- पहिले प्रचण्डले हराउनुभयो, अहिले म हराउँछु

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब धेरै समय बाँकी छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वाम लोकतान्त्रिक गठबन्धनमा छन् । नेकपा एमालेलगायतका केही दलबीच अर्को गठबन्धन छ । दुई वटा गठबन्धन भए पनि कतिपय योग्य र क्षमतावान उम्मेदवार गठबन्धनको साझा उम्मेदवार बन्न सकेनन् । कतिपयले बागी उम्मेदवारी दिए । कतिले पार्टी नै त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    केही क्षेत्रमा गठबन्धनले सीट भागबन्डा गरे पनि एकभन्दा बढी दलले उम्मेदवारी दिएका छन् । यस्ता क्षेत्रमा दलले पनि एकापसमा स्वच्छ प्रतिस्पर्धा गर्ने बताइसकेका छन् । त्यसमध्ये एक उम्मेदवार हुन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १० की उम्मेदवार अञ्जना विशंखे । माओवादी स्थायी समिति सदस्य विशंखे २०७४ सालमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । यस पटक माओवादीलगायत कतिपय दलले समानुपातिक सांसदलाई नदोहोर्‍याएनन् । जसले गर्दा उनी समानुपातिकमा पर्न सकिनन् । काठमाडौं १० मा नेपाली कांग्रेस र माओवादीका छुट्टाछुट्टै उम्मेदवार छन् । विशंखे समानुपातिक सांसदमाथिको विभेद देखेर यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएकी छन् । उनै अञ्जना विशंखेसँग  गरिएको कुराकानी  नेपाल टकमा:

    – तपाईं किन गठबन्धनको साझा उम्मेदवार बन्न सक्नुभएन ?

    वाम लोकतान्त्रिक गठबन्धनले काठमाडौं १० मा मिलेरै अघि बढ्ने निर्णय गरेको थियो । तर, नेपाली कांग्रेसले यहाँ गठबन्धन आवश्यक छैन भनेर मनोनयन दर्ता गर्‍यो । त्यसपछि हामीले पनि उम्मेदवारी दर्ता गराएका हौं ।

    – भनेपछि कांग्रेसका कारण तपाईंको निर्वाचन क्षेत्रमा गठबन्धन टुक्रिएको हो ?

    हो, हाम्रो निर्वाचन क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेसकै कारणले टुक्रिएको हो । टुक्राए पनि केही छैन । हामी पनि स्वस्थ प्रतिस्पर्धामा गएका छौं । यो निर्वाचन क्षेत्र कसैको पेवा पनि होइन । जनताले एउटै व्यक्तिलाई २० वर्षसम्म स्वीकार गर्न सक्दैनन् । त्यो विकल्पका रुपमा म आएको हो ।

    – प्रदेशसभामा गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई दिएको निर्णय तपाईंहरुले किन मान्नुभएन ?

    हामीलाई कसैले स्वीकार गर्दैन भने हामीले पनि अरुलाई किन स्वीकार गर्ने ? नेकपा एकीकृत समाजवादीले हामीसँग गठबन्धन गर्न प्रतिनिधिसभामा मलाई समर्थन गर्नुपर्‍यो । अनि पो हामीले समाजवादीलाई समर्थन गर्ने हो र गठबन्धनको निर्णय मान्ने हो । समाजवादीले कांग्रेसलाई मतदान गर्ने हो भने हामीले उनीहरुलाई किन स्वीकार गर्ने ?

    जनताले एउटै व्यक्तिलाई २० वर्षसम्म स्वीकार गर्न सक्दैनन् । त्यो विकल्पका रुपमा म आएको हो ।

    – तपाईं निर्वाचित हुन्छु भन्ने आधार के छन् ?

    मैले जित्ने धेरै आधार छन् । एउटा, यस निर्वाचन क्षेत्रका मतदाताले नयाँ अनुहार खोजेका छन् । एउटै व्यक्ति धेरै पटक निर्वाचित भए पनि जनताका समस्या र मुद्दा कहिल्यै पनि गम्भीर भएर उठाउन सकेनन् र काम गर्न सकेनन् । संसद विकास कोषको रकम पनि टुक्र्याएर कसलाई दिइयो, त्यसको जानकारी जनताले पाउन सकेनन् ।

    अर्को, म यसै क्षेत्रमा जन्मिएर हुर्केको व्यक्ति पनि हो । राजनीतिक आन्दोलनसँगै धेरै सामाजिक आन्दोलनमा मेरो सहभागिता छ । मैले यहाँको भूगोल सानै उमेरदेखि चिनेको छु र जनताको मनोवृत्ति पनि बुझेको छु । संसदीय निर्वाचन भनेको शक्ति, सत्ता र विचारको प्रतिस्पर्धा हो । आफूले के गर्न सकिन्छ, त्यो क्षेत्रका जनताका लागि भनेर प्रतिबद्धता जनाएको छु ।

    मेरो निर्वाचन क्षेत्रमा पर्ने चन्द्रागिरी एउटा ऐतिहासिक ठाउँ पनि हो । वनजंगल, जडिबुटीले पनि भरिपूर्ण ठाउँ हो । अर्को, कीर्तिपुर सधैंभरि विद्रोहको प्रमुख भूमिकामा रहँदै आएको ठाउँ हो । यो क्षेत्र पानीको मुहानको क्षेत्र भए पनि यहाँका जनताले पानी खान पाएका छैनन् । तर, निश्चित व्यक्तिले पानीमा व्यापार गरिरहेका छन् । राजन केसीले पानी खुवाउँछु भनेको १० वर्ष भयो अहिलेसम्म खुवाउन सकेनन् । फर्पिङदेखि बल्खुको बाटो सबैले देख्नुभएकै छ । कस्तो दयनीय अवस्था छ ?

    यो सबै मैले बुझेको छु र यही क्षेत्रका लागि केही गरिसकेको र अब प्रत्यक्षमा निर्वाचित भएर गर्न पनि चाहन्छु । अर्को भनेको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार एकदमै फरक छ । शक्ति सन्तुलनका हिसाबले पार्टीले पनि समानुपातिक निर्वाचित सांसदलाई राम्रो व्यवहार नगर्ने भएकाले यसपटक प्रत्यक्षमा निर्वाचन लड्न खोजेको हो ।

    – समानुपातिकबाट सांसद भएर काम गर्न सकिएन भन्न खोज्नुभएको हो ?

    पक्कै पनि । सांसद विकास कोषको ३० करोड बजेट त हामीले छुनसमेत पाएनौं । त्यसैकारण आफ्नो निर्वाचन क्षेत्रका जनताका आम समस्या सम्बोधन गर्न सकिएन । रणनीतिक बजेट ल्याउँछु भन्दा पनि सरकारमा बसेका हाम्रै पार्टीका मन्त्रीले पनि प्रत्यक्ष सांसदलाई सोध्नुपर्छ भन्ने गरेको पाइयो । कर्मचारी प्रशासनले पनि त्यस्तै व्यवहार गरेको पाइयो । यतिसम्म कि प्रत्यक्ष निर्वाचितले योजना पेश गरिसक्नुभएको छ भन्नेसम्मको जवाफ सुन्नुपर्‍यो ।

    तर पनि मैले केही पनि गर्न सकेन भन्न खोजेको होइन । समानुपातिकबाटै सांसद भए पनि मैले धेरै काम गरेको छु । स्वास्थ्य क्षेत्रमा कुष्ठरोग पीडितका लागि दक्षिणकालीमा १८० जनालाई बीमा गर्न पहल गरे । अर्कोतिर रणनीतिक बजेटमा चन्द्रागिरीको कर्णाली भनेर चिनिने मसिनेमा बाटो बनाउन भौतिक मन्त्रालयबाट पहल गरें । अरु ठाउँको विकासका लािग पनि पहल गरेको छु । चन्द्रागिरीको लागि पनि धेरै काम र पहल गरेको छु । तर, जति पहल गर्न सकिन्थ्यो, त्यति गर्न नसकिने देखेपछि म प्रत्यक्ष निर्वाचन प्रणालीबाट संसदमा जान खोजेको हो । भित्रैदेखि काम गरौं र धेरै काम गर्न सकिन्छ भनेर उम्मेदवार बनेको हो ।

    राजन केसीले पानी खुवाउँछु भनेको १० वर्ष भयो अहिलेसम्म खुवाउन सकेनन् । फर्पिङदेखि बल्खुको बाटो सबैले देख्नुभएकै छ । कस्तो दयनीय अवस्था छ ।

    – प्रतिनिधिसभामा जाने भनेको विकास निर्माण गर्न हो कि कानून निर्माण गर्न हो ?

    हामीले साना विकास गर्न जाने होइन । हामीले संयोजन गर्नेमात्रै हो । सानातिना काम त स्थानीय तहले गर्ने हो । हामीले कानून बनाउँदा त्यो क्षेत्रको रणनीतिक योजना कसरी पेश गर्ने भन्ने हो । त्यो क्षेत्रको रणनीतिक योजना त्यो क्षेत्रको प्रतिनिधिले मात्र थाहा पाउँछ र गर्नसक्छ । विकासका मुद्दा जनताको विषय भएकाले जनप्रतिनिधिले नै उठाउने हो । नत्र भने त्यो क्षेत्रबाट किन चुनिन पर्‍यो र !

    आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका कार्य गर्न के-कहाँ कानूनी बाधा छन्, कहाँ कानूनले मिचेको छ भनेर प्रत्यक्ष निर्वाचितले बुझ्ने र उठाउने तथा समाधानका लागि पहल गर्ने हो । जस्तै चन्द्रागिरी हिल बनाउँदा त्यहाँका स्थानीय जनताले मुआब्जा पाउने कि नपाउने, केबलकारमा सहुलियत पाउने कि नपाउने, त्यहाँका मजदुरलाई दिलाउने कि नदिलाउने भन्ने विषयमा जनप्रतिनिधिले नै उठाउने विषय हुन् ।

         – यसअघि तपाईंले कानून निर्माणमा कत्तिको योगदान गर्नुभयो ?

    म समानुपातिक सांसद भए पनि सबैभन्दा धेरै कानून निर्माणमा मेरो संलग्नता रह्यो । धेरै कानूनमा धेरैभन्दा धेरै संशोधन हाल्ने सांसदमा म पनि पर्छु । तपाईंले संसद सचिवालयमा गएर बुझ्न पनि सक्नुहुन्छ । छुवाछूतको अपराधलाई अपराध मान्ने कि नमान्ने ? सामान्य धरौटीमा छोड्न पाउने कि नपाउने ? यी कानून निर्माण प्रक्रियामा मेरो योगदान छ । नभए त जातीय विभेद गर्ने गैरदलित एकदिन पनि हिरासत वा जेल नगएर फर्किने अवस्था आउने थियो ।

    महिला हिंसासँग सम्बन्धित, निःशुल्क कानूनी सेवासम्बन्धी, बलात्कारसँग सम्बन्धित कानून, सुरक्षित मातृत्वसम्बन्धी कानून बनाउन योगदान गरेको छु । मेरा सुझाव पनि धेरै समेटिएका छन् । म कोभिडको अनुगमन समितिमा बसेर पनि काम गरें । कोरोना कालमा मेरो निर्वाचन क्षेत्रमा हजारौं पैदल हिँडिरहेका वेला ३ हजार व्यक्तिलाई बस्ने व्यवस्थासमेत गरेको छु । म एकदिन पनि आफ्नो कर्तव्य पूरा गर्नबाट बिमुख भएको छैन ।

    अर्को, म संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहँदा मेरै निर्वाचन क्षेत्रमा रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको मेरै नेतृत्वमा अनुगमन समिति गठन भएपछि ५ दिनमा प्रतिवेदन तयार गरेर ९ महिना समयावधिमा यसलाई पूरा गर्नुपर्छ र अघि बढाउनुपर्छ भनेर प्रतिवेदन बुझाएको थिएँ । जनयुद्धका सहिद भएकाले सुरेश वाग्लेको नाममा रहेको अस्पताल निर्माण गरेर उद्घाटनसमेत गर्न सफल भएँ ।

    चन्द्रागिरीमा यति समस्या थियो कि र छ पनि, पुस्तौंदेखि जग्गा जमिन भोगचलन गर्दै आएका यहाँका अधिकांश जनताले कागजपत्र तथा लालपुर्जा नपाएर समस्यामा थिए । सयौं मान्छेलाई लालपुर्जा वितरणको काम पनि हाम्रो पहलमा भएको छ । जनताको काम गर्ने कुरामा र हामी अघि बढ्ने कुरामा लागिरहेका छौं ।

    मैले भनेको छु, मलाई मत दिनुस् म तपाईंलाई ५ वर्ष मेरो जीवन समर्पित गर्छु । पराजित भए पनि म फरक ढंगले काम गर्छु । जितें भने त गर्ने भए नै भनेर प्रतिबद्धता जनाइरहेको छु ।

    यसअघि धेरै किन गरिनस् पनि भन्ने होला । लामो समय हामी सरकारमा रहेनौं पनि । धेरै ठाउँमा राजनीतिक तथा सामाजिक रुपमा बाहिर बसेर पार्टीले खटाएको ठाउँमा खटियो । समाजवादउन्मुख संविधान आइसकेपछि विकास निर्माणमा जोडिनुपर्छ र होमिनुपर्छ भनेर आफ्नो जन्मथलोमा आएर आफ्नो जिम्मेवारी पूरा गर्नतिर लागेको हो । मैले भनेको छु, मलाई मत दिनुस् म तपाईंलाई ५ वर्ष मेरो जीवन समर्पित गर्छु । पराजित भए पनि म फरक ढंगले काम गर्छु । जितें भने त गर्ने भए नै भनेर प्रतिबद्धता जनाइरहेको छु ।

    मेरो क्षेत्रका मतदाता १० वर्षदेखि एउटै व्यक्ति त्यो पनि काम नगर्ने भनेर वाक्क भएका छन् । एउटै व्यक्ति प्रचण्डसँग हारेको, फेरि जितेको हो । हुन त प्रचण्डसँग जितेको भनेरमात्रै आउँछ, प्रचण्डसँग हारेको पनि हो नि ! तर, आउँदैन । यस पटक पनि त्यही पुरानै व्यक्तिलाई निर्वाचित गराउने हो भने २० वर्ष एउटै व्यक्तिले निरन्तरता पाउँछ । एउटै व्यक्ति २० वर्षसम्म कायम रहिरहनु भनेको राम्रो होइन । त्यो नेपाली कांग्रेसले पनि चाहेको छैन र मनैदेखि स्वीकारेको भने छैन । त्यसैले यस निर्वाचनमा एकमात्र विकल्प म नै हो ।

    – मत माग्न जाँदा मतदाताले कस्तो प्रतिक्रिया दिन्छन् ?

    मेरो निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिकाका वडा रहेका छन् । जसमा चन्द्रागिरीका २ वटा वडा छन् । कीर्तिपुर तथा दक्षिणकालीका सबै वडा गरेर २९ वटै वडामा म पुगिसकेको छु । अहिले त्यहाँका नागरिकले विकल्प खोजेका छन् र त्यसको विकल्प अञ्जना विशंखे नै हो ।

    – तपाईंसँग मतदाताको विशेष माग के के छन् ?

    उनीहरुले निर्वाचित भइसकेपछि फोहोर व्यवस्थापन कसरी गर्नुहुन्छ, जनतालाई पानी कसरी खुवाउनुहुन्छ, पर्यावरण कसरी जोगाउनुहुन्छ, सडक तथा यातायात कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर प्रश्न गरिरहनुभएको छ । कतिपय त काठमाडौं उपत्यकामा भएर पनि हामी सारै विकटका जस्ता नागरिक भयौं भनेर भन्नुहुन्छ । यो क्षेत्रमा धेरै धार्मिक सम्पदा पनि छन् । दक्षिणकाली मन्दिरलाई कसरी व्यवस्थापन गर्ने र धार्मिक पर्यटक कसरी भित्र्याउने भन्ने पनि मतदाताको माग छ । त्यहाँ राणाकालीन आवासीय विद्यालय पनि छ । यी सबै विषयमा मतदाताले चासो देखाएका छन् र मेरो पनि त्यसमा ध्यान गएको छ ।

    – पार्टीको घोषणापत्रबाहेक तपाईंको क्षेत्रसँग सम्बन्धित के छन् प्रतिबद्धता ?

    पार्टीको घोषणापत्र भनेको समृद्धिका लागि क्रमभंगता हो । मेरै निर्वाचन क्षेत्रमा पर्ने कीर्तिपुर भाषा संस्कृतिको थलो पनि हो । त्यसैले यहाँ भाषा संग्रहालय आवश्यक छ । यहाँ अस्पताल छ । तर, फोहोर व्यवस्थापन गर्न सकिएको छैन । सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय मेरो क्षेत्रमा नै छ । त्यहाँका नागरिकले कौडीको भाउमा जग्गा दान गरेका छन् । तर, त्यहाँ कुनै पनि काम गर्दा त्यहाँका स्थानीयसँग समन्वय नै गरिएको छैन । यतातिर पनि मेरो ध्यान गएको छ ।

    नेपालको संविधानमा ठूलो दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । यदि साँच्चिकै राष्ट्र निर्माण गर्ने हो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगई सुखै छैन ।

    – आफू निर्वाचित हुन कस्तो हिसाबकिताब राख्नुभएको छ ?

    स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ–हुन्छ भनेर अन्तिममा हुन सकेन हाम्रो क्षेत्रमा । कतिपय ठाउँमा त्यसैकारणले पनि हाम्रो पार्टीका उम्मेदवार पराजित हुनुपर्‍यो । स्थानीय तह निर्वाचन र अहिलेको संसदीय निर्वाचन एकदमै फरक हुन् । स्थानीय तह निर्वाचनमा विकासका एजेण्डा हुन्छन् । तर, प्रतिनिधिसभामा यो व्यक्ति कत्तिको सक्षम छ र उसले मुलुकको कानून निर्माणमा कत्तिको योगदान गर्न सक्छ, उसको पार्टीमा कत्तिको पहुँच छ भन्ने हिसाबकिताब हुन्छ । एउटा पार्टीभित्र एकता कायम हुनुपर्ने रहेछ पार्टीमा भोट बढ्न । अहिले हाम्रो क्षेत्रमा पार्टीभित्रको एकता हेर्न लायक र उदाहरणीय छ ।

    अर्को, म यसै क्षेत्रको व्यक्ति भएकाले पनि होला । नेपाली कांग्रेस र नेकपा एमालेले चन्द्रागिरीको एउटै डाँडाको र एउटै परिवार वा एउटै घरको व्यक्ति निर्वाचनमा उम्मेदवार उठाउँदै आएका छन् र यसपटक पनि त्यस्तै भयो । म चन्द्रागिरी नगरपालिकाकै उम्मेदवार भएकाले यहाँ १० हजार मतदाता रहेका छन् । कीर्तिपुर नगरपालिकामा ३० हजार र दक्षिणकालीमा १८ हजार मतदाता रहेका छन् । यी मतदाताको हिसाब हेर्दा र नेतृत्वको हिसाबले चन्द्रागिरीको प्रतिनिधित्व भएको र नयाँ व्यक्ति आएको हुनाले पार्टीभन्दा पनि चन्द्रागिरीको नेतृत्व पाइयो, महिला पाइयो र उत्पीडित समुदायको व्यक्ति पनि आएको भनेर मेरो पक्षमा लहर पैदा भएको छ ।

    अर्को, कत्तिको योग्य छ भनेर पनि हेर्ने रहेछ । मलाई एउटा अध्ययनशील, सामाजिक आन्दोलनमा योगदान गरेको र स्खलित छैन भनेर पनि हेरिरहेका छन् । मेरो चुनावी अभियान भनेको विचार राख्ने, जनतालाई सचेत बनाउने र विकृतिबाट हटाउने अभियान हो । कसैले पैसाको कुरा गर्‍यो भने मैले अहिले पैसा दियो भने पछि अस्वस्थ तरिकाले कमाउनुपर्छ, त्यसैले म त्यस्तो गर्न सक्दैन भन्ने गरेकी छु । यदि स्वस्थ मान्छे चाहनुहुन्छ भने आर्थिक कुरा नगरेर भोट दिनुभयो भने म तपाईंको पक्षमा न्यायिक कार्य गर्नेछु भन्ने गरेकी छु ।

    – संसदमा पुग्नुभयो भने तपाईंले के काम गर्नुहुन्छ ?

    कतिपय नीति नियमले गर्दा जनतालाई काम गर्न सारै अप्ठ्यारो परिरहेको छ । सीमान्तकृत समुदायको पक्षमा रहेका कानून पनि त्यति राम्रा र प्रभावकारी छैनन् । नेपालको संविधानमा ठूलो दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ । यदि साँच्चिकै राष्ट्र निर्माण गर्ने हो प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा नगई सुखै छैन । यो व्यवस्था गर्न म र मेरो पार्टीले पहल गर्ने भएकाले पनि म संसदमा जान जरुरी छ ।

    – अन्तिममा केही भन्न बाँकी छ ?

    मुखले भनेर होइन, काम गरेर देखाउन म काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० मा उम्मेदवार छु । मलाई निर्वाचित गराउन हार्दिक अनुरोध गर्दछु ।

    तस्बिर/भिडियाे :नविनमुनी स्थापित

  • ओलीको टिप्पणी- टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमालेविरुद्ध नक्कली मीत लगाए

    ओलीको टिप्पणी- टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमालेविरुद्ध नक्कली मीत लगाए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्ना कार्यकर्ता मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा लिएर हिँडेको टिप्पणी गरेका छन् ।

    झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका चार-पाँच सय कार्यकर्ता माओवादीले मारेको थियो । अहिले त्यही माओवादी काँधमा बोकेर हिँडेको छ । शेरबहादुरलाई बम हालेको थियो धन्न बचेका थिए । प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे । काँधमा बोक्न लेखेको ।’

    उनले शेरबहादुर देउवा र प्रचण्डले नक्कली मीत लगाएको समेत बताए । चुनावपछि सत्ताको लागि देउवा र प्रचण्डको वारपार ओलीको जिकिर गरे ।

    ओलीले भने, ‘प्रचण्डजीलाई शेरबहादुरजीले टाउकाको मोल ५० लाख तोकेका थिए । शेरबहादुरका पछिपछि लाग्न जुरेको रहेछ । उनी पनि पक्राउ परेनन् । पक्राउ परेको भए ५० लाख कसैले इमान लिन्थ्यो । आज दुईजना एमालेविरुद्ध नक्कली मीत लगाएका हिँडेका छन् । यीनिहरूको मीत सक्कली होइन । चुनावपछि के हुन्छ हेर्दै जानुहोला ।’

    संसदबाट एमाले सरकार ढाल्न जनताले भोट नदिएपछि अदालत गएर जालझेल गरेर आफूलाई सरकारबाट हटाएको उनको आरोप छ ।

    ‘हामीले गरेको काम म सबै यहाँ भन्न सक्छु । तर, कांग्रेस नेताहरूलाई चुनौती दिएर भन्न चाहन्छु एउटा काम यो गरेँ भनेर अगाडि आउनुस् । २१ वर्ष सरकारको नेतृत्व गर्दा के चाहिँ काम गर्नुभयो ? कांग्रेसका साथीहरूले जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ ।

  • आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड

    आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड

    गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

    बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनको तयारी गोरखाको भूगोलबाट गरेको बताए ।

    उनले भने, ‘राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

    उनले विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरी दिने बताए ।

    निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै उनले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ। म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ छ ।

    आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

  • जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठूला परिवर्तन भएका छन् : प्रचण्ड (भिडिओ)

    जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठूला परिवर्तन भएका छन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको दोहोर्‍याएका छन् ।

    गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए ।

    प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

    प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको उनको आरोप थियो ।

    उनले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’

    नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको आरोप छ । उनले अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बताए ।

    गोरखाको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।

  • आक्रोश र निराशामा बारपाकका मतदाता : न प्रचण्डसँग आशा न त अब्दुशप्रति आकर्षण (भिडिओ)

    आक्रोश र निराशामा बारपाकका मतदाता : न प्रचण्डसँग आशा न त अब्दुशप्रति आकर्षण (भिडिओ)

    बारपाक । २०७२ सालमा आएको महाभूकम्पको इपिसेन्टरका रुपमा चर्चित छ गोरखाको बारपाक । अहिले यही स्थान देशको चुनावी इपिसेन्टर बनेको छ ।

    बारपाक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको गोरखा क्षेत्र नम्बर २ मा पर्छ । यसअघि चितवनबाट उम्मेदवारी दिने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोरखातिर हाम फालेका थिए । त्यसयता चुनावी चासो यस क्षेत्रमा सोहोरिएको छ ।

    एमालेले प्रचण्डको विरुद्धमा अब्दुस मियाँलाई उभ्याएको छ, जो पार्टीका नवआगन्तुक हुन् । पार्टी प्रवेशको केही दिनपछि नै मियाँले प्रचण्डविरुद्ध लड्न टिकट पाएका छन् । प्रचण्ड आफ्नो जीतमा निर्धक्क छन् । अब्दुश अन्तिम समयसम्म पासा पल्टाउन प्रयासरत छन् ।

    करिब ६५ हजार मतदाता रहेको गोरखा २ मा २० हजार मतदाता बारपाक सुलिकोट गाउँपालिकाका छन् । यस पालिकाका ८ वटै वडा पुग्न नेताहरुलाई धौधौ छ । कारण, बाटोको समस्या । तर, मत माग्न उम्मेदवारहरु बारपाक पुग्ने क्रम सुरु भएको छ ।

    हालै नेकपा एमालेका उम्मेदवार मियाँ बारपाक पुगेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि गाउँ पुग्ने व्यापक चर्चा स्थानीयमा छ । बारपाकका स्थानीय भने अहिले नेताहरुसँग रुष्ट देखिन्छन् । उनीहरु कुनै पनि नेतासँग आशावादी छैनन् ।

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको यस क्षेत्रमा गएर नेकपा एमाले अध्यक्ष केपी ओलीदेखि थुप्रै नेतासम्मले आश्वासन छरे । तर, आश्वासनअनुसार बाटो निर्माण नगरेको, गाउँमै स्वास्थ्य चौकीको गुणस्तर सुधार नगरेको, विद्यालय सुधारमा ध्यान नदिएको, सरसफाइ जस्ता सामान्य कुरा पनि पूरा नगरेको भन्दै बारपाकका स्थानीयमा आक्रोश र निराशा देखिन्छ ।

    यस संवाददाता बारपाक पुग्दा बसपार्कमाथिको चिया पसलमा भेटिए ९१ वर्षीय सूर्यबहादुर थापा । थापा अहिले मत हाल्ने/नहाल्ने दोधारमा छन् । उनले मत हाल्नुपर्ने कारण नै नदेखेको बताए ।

    ‘चुनाव लागिरहेछ, भोट हालूँ कि नहालूँ भएको छ । हालेर के काम ? जसलाई हाले पनि कानै चिर्‍या जोगी आउने हो’, उनी निराश सुनिए । थापालाई गोरखा २ बाट प्रचण्ड उठेको जानकारी छ । एमालेका युवा उम्मेदवार मियाँ उनको घर पनि पुगिसके ।

    तर, थापालाई न प्रचण्ड उठेकोमा उत्साह छ न त युवा उम्मेदवार घरमै पुगेकोमा । ‘यहाँ जो उठे पनि त्यही हो, आफैं गरेर खाने हो । उनीहरुले दिन्छौं भन्छन्, दिएर कहिलेसम्म पुग्छ ?’ उनले प्रश्न गरे ।

    ७ वर्ष इराक बसेर आएको बताउने ६० वर्षीय टेकबहादुर घले पनि उस्तै निराश सुनिए । भूपू गोरखा स्मृति भवन नजिकको चौतारामा भेटिएका घले चुनावबाट कत्ति पनि उत्साहित छैनन् । चुनाव आएपछि गाउँमा नेताहरु जनता ढाँट्न हिँडेको उनको बुझाइ छ ।

    ‘भोट नहालुन्जेल जे पनि भन्छन्, गएपछि केही गर्दैनन् । सोझा जनता ढाँट्न हिँड्छन् चुनावसम्म’, उनले भने । नेताहरु धनी बन्दै जाँदा जनताको अवस्था बिग्रँदो भएको उनले सुनाए ।

    घले यो पटक युवा उम्मेदवारलाई जिताउन चाहेको बताउँछन् । तर, पुराना नेताहरु सबै हटिहाल्न नहुने उनको तर्क छ । ‘युवालाई जिताउने हो, म युवालाई नै मत हाल्छु’, घलेले भने, ‘तर, पुराना नेता हट्नुभएन । बुढाहरु पनि चाहिन्छ, उहिलेका कुरा खुइले भन्छन् । तर, पुराना कुरा पनि जान्यो भने फाइदै गर्छ ।’

    अब यस क्षेत्रबाट जित्ने उम्मेदवारसँग घलेको ठूलो आशा केही पनि छैन । भन्छन्, ‘अरु केही गरिदिनुपर्दैन, न्याय हेरिदिनु पर्‍यो । आफ्नो चुलोमा आगो आफैं बाल्छौं ।’

    बारपाकका स्थानीय अगुवा ७३ वर्षीय धनीराम घले युवालाई जिताउनुपर्ने र पछि खोज्दा पनि भेटिने नेतालाई जिताउन आग्रह गर्छन् । पूर्वसैनिक घले यसअघि २ पटक बाबुराम भट्टराईलाई मत हालेर पठाएको र प्रधानमन्त्रीसमेत बनिसक्दा यस क्षेत्रमा सडक, बिजुलीको समस्या अझै रहेको बताउँछन् ।

    बाह्र किलोदेखि बारपाकको सडक पिच गर्ने भाषण दिए पनि ७ वर्ष बितिसक्दा पनि बाटो पिच नभएको उनको गुनासो छ । बिजुली लगातार आउने/जाने गर्दा विद्युतीय सामग्री बिग्रिसकेको उनले सुनाए ।

    गाउँमा रहेको स्वास्थ्य चौकीमा वर्षाको समयमा एउटा सिटामोल पनि नपाइने घलेले बताए । ‘कोही बिरामी भएर स्वास्थ्य चौकी जाँदा भन्छन् सिटामोल नै छैन । असार साउनमा झाडापखला चलेको हुन्छ, त्यो वेला धेरै समस्या पर्छ’, उनले भने, ‘सरकारले कति वटा हो, औषधि निःशुल्क बनाएको छ रे, हामीले पाएका छैनौं ।’

    प्रचण्ड यस क्षेत्रबाट उठेको उनलाई थाहा छ । तर, प्रचण्डलाई जिताएर फाइदा नहुने उनको तर्क छ । ‘बाबुराम आफैंले मुख्य इलाकामा काम गरे, वडावडामा गरेका छैनन् । के कारणले आफ्नो मित्र यहाँ हालिदिए थाहा भएन, प्रचण्डलाई त खोजेरै भेटिन्न’, उनले थपे ।

    बारपाकका १९ वर्षीय कृष्ण मगर अहिले पहिलो पटक संसदीय निर्वाचनमा मत हाल्दैछन् । उनी आफैं युवा भए पनि युवा उम्मेदवारलाई भन्दा पुराना बुद्धिजीवी नेतालाई मत हाल्ने बताए ।

    ‘युवा पछिका लागि दह्रिलो खम्बा त हो, बुद्धिजीवीलाई भोट दिन्छु । तर, विकासका लागि सोच्नुपर्‍यो’, उनले भने । बारपाकको सरसफाइमा अहिलेसम्म कुनै नेताले ध्यान नदिएको गुनासो गर्दै मगरले पहिला जितेर गएका नेताले गर्नुपर्ने जति काम नगरेको आफूलाई लागेको सुनाए ।

    तर, ६० वर्षीया कुमारी सुनार भने गाउँमा भएको विकासबाट सन्तुष्ट देखिन्छिन् । ‘नेताहरुले काम गरेका छन् । बाटो बनाइदिए, पानी ल्याइदिए । सुविस्ता छ’, उनी छोटोमात्र बोलिन् ।

  • पश्चिमनवलपरासीमा बागीलाई भोट हाल्न माओवादीको सर्कुलर

    पश्चिमनवलपरासीमा बागीलाई भोट हाल्न माओवादीको सर्कुलर

    रुपन्देही । नेकपा माओवादी केन्द्र पश्चिमनवलपरासीमा गठबन्धनका आधिकारिक उम्मेदारविरुद्ध बागी उम्मेदारलाई मत दिन आग्रह गरेको पत्र सार्वजनिक भएसँगै विवाद सुरू भएको छ ।

    निर्वाचन क्षेत्र २ को १ मा स्वतन्त्र उम्मेदार दिएका खडक बस्नेतलाई समर्थन गर्ने निर्णयसहित क्षेत्र नं १ (१) का अध्यक्ष हरि भण्डारीले विज्ञप्ती निकालेपछि आन्तरिक विवाद बाहिरिएको हो । भण्डारीले स्वतन्त्र उम्मेदारी दिएका बस्नेतको चुनाव चिन्ह पानीको धारामा मतदान गर्न पार्टी पंक्तिलाई आव्हान गरेका छन् ।

    यो क्षेत्रमा सत्तागठबन्धनबाट माओवादीबाट चिनक कुर्मी साझा उम्मेदवार छन् । प्रचण्डको दबाबमा बाबुराम भट्टराईनिकट कुर्मीलाई टिकट दिएपछि पुराना नेता खडकसहितको समूह आक्रोशित बनेको छ । मनोनयनको बेला माओवादीबाटै उम्मेदवारी दर्ता गर्न खोजेका बस्नेतलाई नेतृत्ले रोकेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

    माओवादीबाट विद्रोह गरेका उनलाई कांग्रेसका असन्तुष्ट टीमको पनि बलियो साथ छ । यहाँ एमालेले थानप्रसाद गैरेलाई अघि सारेको छ ।

    पार्टीका आधिकारिक उम्मेदारविरुद्ध क्षेत्रीय अध्यक्षले विज्ञप्ती नै निकालेपछि यहाँको जिल्ला नेतृत्वले उनलाई सम्झाउन बोलाएको छ ।

    ‘उहाँले विज्ञप्ति निकालेपछि हाम्रो सम्पर्क भयो, उहाँले समर्थक साथीहरुको दबाबमा गरेर गल्ती भयो सच्चाउँछु भन्नुभएको छ, विवाद समाधान हुन्छ’, माओवादी नेता गोपी ज्ञवालीले नेपाल प्रेससँग भने ।

  • ओली सत्ताका लागि लम्पसार पर्छन्, सके अब प्रधानमन्त्री भएर देखाउन् : प्रचण्ड (भिडिओ)

    ओली सत्ताका लागि लम्पसार पर्छन्, सके अब प्रधानमन्त्री भएर देखाउन् : प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

    दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफूलाई बहुमत दिनुस् भनेर हिँड्दा आफूलाई लाज लागेको टिप्पणी गरे।

    उनले भने, ‘ओलीले अहिले मलाई बहुमत दिनुस्। सरकार बनाउँछु भनेको सुन्दा मलाई आफैँलाई लाज लाग्छ। दुई तिहाइको हुँदा खादाको सरकार विघटन गर्ने। बहुमतको संसद् विघटन गर्ने। अनि पार्टीलाई सेटिङ मिलाएर टुक्रा टुक्रा पार्नेले अहिले कुन नैतिकताले जनतासँग दुई तिहाइको बहुमत माग्ने ? संविधान च्यात्न पुगेन भनेर। जनताको अभिमतलाई अपमान गर्नका लागि बहुमत चाहियो ?’

    उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई धराशायी पारेको आरोप लगाए। उनले ओली दुई पटक आफ्नै प्रस्तावमा प्रधानमन्त्री भएको समेत बताए।

    ‘प्रचण्डकै प्रस्तावमा दुई पटक प्रधानमन्त्री भएको होइन। मैले संसद्को रोष्टमबाट भनेबाट भनेको थिए। संविधान बन्न नदिने भएपछि प्रधानमन्त्री दिन्छु संविधान बनाऔँ भनेर मैले प्रधानमन्त्रीको प्रस्ताव गरेको हुँ। इतिहासले मूल्याङ्कन गर्ला। मैले रोष्टमबाट पनि भनेको थिए। अब प्रधानमन्त्री भएर देखाउनुस् अनि मानौँला। त्यो सम्भव छैन’ प्रचण्डले भने।

    अब आफूले प्रतिगमनकारी र राष्ट्रघातीलाई प्रधानमन्त्री नबनाउने बताए। उनले थपे, ‘ओली बाहिर राष्ट्रवादको कुरा गर्छन् सत्ताको लागि अरूसँग लम्पसार पर्छन्। मैले नजिकबाट देखे र बुझेर यो गठबन्धन गरेका छौँ।’

  • प्रचण्डको आरोप : ओली कायर हुन्, चुच्चे नक्सा ल्याउन चाहँदैनथे (भिडिओ)

    प्रचण्डको आरोप : ओली कायर हुन्, चुच्चे नक्सा ल्याउन चाहँदैनथे (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गरेका छन् ।

    दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुच्चे नक्सा नल्याएको बताए । प्रचण्डले भने, ‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन् ।’

    नेकपाको बहुमतको निर्णयले बाध्य भएर ओलीले चुच्चे नक्सा ल्याएको बताए । भारतसँग तुरुन्त वार्ता गरेर समस्या समाधान गर्न आफूहरुले पहल गर्दा समेत बोल्न हिम्मत नगर्ने कायर भएको टिप्पणी गरे ।

    ओलीले चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाए ।

     

     

  • मन्त्रीबाट हटाइएका हरिशरणको आरोप – बाबुरामले जनमत बेचेर माओवादीमा आत्मसमर्पण गरे(भिडिओ)

    मन्त्रीबाट हटाइएका हरिशरणको आरोप – बाबुरामले जनमत बेचेर माओवादीमा आत्मसमर्पण गरे(भिडिओ)

    पोखरा । मंगलबार बर्खास्तमा परेका गण्डकीका ऊर्जामन्त्री हरिशरण आचार्यले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गोरखाली जनताको जनमत बेचेको आरोप लगाएका छन् ।

    गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा हिजो हटाइएका आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै बाबुराम भट्टराई, प्रचण्डलगायतका नेताहरूको आलोचना गरे ।

    आफूलाई कार्यसम्पादन कमजोर भएर नभई राजनीतिक प्रतिशोधका कारण मन्त्रीबाट हटाइएको उनको भनाइ छ ।

    ‘अब राजनीतिक रूपमा नयाँ बाटोमा बढ्ने बताए । नयाँ शक्ति पार्टी बनाउँदाका नेताहरूसँग मिलेर नयाँ वैकल्पिक शक्ति बनाउँछु’, आचार्यले भने ।

    उनले सबैभन्दा बढी बाबुराम भट्टराईको आलोचनामा समय खर्चिए । असोज २१ मा नेसपा त्यागेको घोषणा गरेका उनले बाबुराम भट्टराईमा राजनीतिक विचलनको क्रम जारी रहँदा अहिले माओवादीमा आत्मसमर्पण गर्न पुगेको आरोप लगाए । बाबुरामसँग आफ्नो राजनीतिक, व्यक्तिगत सबै सम्बन्ध सकिएको उनको भनाइ थियो ।

    गोरखा २ (१) बाट नेसपाका फणिन्द्र देवकोटाले टिकट पाएपछि आचार्यले बागी उम्मेदवारी दिएका थिए । पछि पार्टी अध्यक्ष बाबुराम भट्टराईको दबाबका कारण उनले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिएपनि गोरखामा प्रचण्ड र फणिन्द्रको विपक्षमा कार्यक्रमहरूमा सहभागी भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार उनलाई बर्खास्त गरेका थिए ।

    आचार्यले बाबुराम नैतिकहीन, विचलित भएको आरोप लगाउनुका साथै बाबुराम, प्रचण्डले राजतन्त्रको नयाँ संस्करण सुरू गरेको आरोपसमेत लगाए । पत्रकार सम्मेलनमा उनले राखेको भनाइ जस्ताको तस्तै :

    हिजोमात्रै म बर्खास्त भएँ । त्यो पनि कुन दिन बर्खास्त गरिन्छ भन्ने लक्षण म मन्त्री भएकै दिनदेखि आज पनि हटाइन्छ, भोलि पनि हटाइन्छ भन्ने संकेत दिइँदै आएको थियो । त्यो संकेतमाझ अर्थपूर्ण दिनहरू कटाउँदै हिजोसम्म आइपुगेँ । मलाई त्यति धेरै अनौठो छैन । किनभने म स्वाभिमानका साथ सहज ढंगले लिइरहेको छु । मैले अहिलेसम्म कुनै दु:ख मानेको छैन । किनकि यो त राजनीतिक यात्राका चरणमा भोग्ने कुरा हो । कुनै पनि मान्छे आफ्नो पदमा रहँदा हाँसिखुसी रहने अनि पद छाड्न पर्दा मुर्छित भएर छाड्ने परम्पराको म अन्त्य गर्न चाहन्छु । म स्वाभिमानका साथ यो मन्त्रालयमा आएको हुँ र म स्वाभिमानका साथ यो मन्त्रालय छाड्न चाहन्थें । तर डेढ महिनामात्रै बाँकी भएका बेला हरिशरण आचार्यलाई हटाउनुपर्ने कारण के हो, मैले बुझेको छैन ।

    सरकारका कतिपय पाटापक्षहरु मैले धेरै आलोचना गरेँ । एउटै क्याबिनेटमा रहेर मुख्यमन्त्रीको आलोचना गर्ने मान्छे इतिहासमा म नै पहिलो हुँला । संसद नै बहिष्कार गरेर नीति कार्यक्रमको विरोध गर्ने, बजेट निर्माणको प्रक्रिया गलत छ भनेँ । करको दर, ट्रस्टका नाममा राखिएका बजेटका कुरादेखि कतिपय साथी वडा मन्त्री बनेका कुरा छन् । म त स्वाभिमानका साथ ११ जिल्लामै सन्तुलित बजेट दिएर कार्यक्रम कार्यान्वयन गराएको छु । म गोरखाको हुँ तर गोरखाको मात्र उदाहरण होइन, मुस्ताङलाई हब बनाउने संकल्प थियो । गोरखा, तनहुँ, पर्वतका टारका कुरा आउलान् । निश्कलङ्कित भएर काम गरेको छु ।

    म राजनीतिक प्रतिशोधका कारणमात्रै हटाइँदै छु । म कुनै पार्टी विशेषको प्रचारमा हिँडेको छैन । बस्, मैले यति भनेको छु कि बाबुराम भट्टराईले जसरी नौ अर्ब रुपैयाँको कमिसनमा लागेर प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले बुढिगण्डकी अलपत्र पर्यो भनेर बोल्नुभयो । फेरि उहाँलाई (प्रचण्¬ड)लाई महान् व्यक्ति भनेर गोरखाली जनताको जनमत बेचेर ल्याउनु भयो, यसको विरोधमा म थिएँ । यसको आलोचना पार्टीभित्र, गठबन्धनको टिममा गरेको थिएँ । यसकारण म नैतिक हिसाबले मत माग्न हिँड्न सक्दिनँ भनेर भनेको थिएँ र विरोध पनि गर्दै हिँड्दिनँ भन्ने संकल्प थियो । हरिशरण आचार्यले त्यसको खुलेर विरोध गर्यो भने घाटा हुन्छ, बरु अहिले एउटा साङ्लोले बाँधिएको छ भनेर बसेको भए ठीक हुन्थ्यो । अब त म विरोध गरेर जान्छु नि, खुल्लमखुल्ला विरोध गर्दै जान्छु ।

    वैकल्पिक राजनीतिक शक्ति हामीले सुरु गर्‍यौं । बाबुराम भट्टराईले हामीलाई राम्रो ट्रयाक दिएको भए वैकल्पिक शक्ति आज पनि अपरिहार्य हुन्थ्यो । तर उहाँले कहिले फोरमसँग लगेर मिसाइदिनुभयो, कहिले कतै लगेर मिसाइदिने । आफैं विचलित हुने अनि अरुलाई कारबाही गर्नु बाबुराम भट्टराईको नाता हो । उहाँ त आफैं विचलित हुनुभएको हो नि । उहाँ विचलित भएपनि हामी सही छौं । वैकल्पिक राजनीतिक धार सही छ भनेर हामी स्वतन्त्रका साथीदेखि नयाँ शक्तिका साथीहरु डम्बर खतिवडा, लौरोका साथीहरुसँग छलफलमा छौं । हामी वैकल्पिक राजनीतिक धारको सृष्टि गर्छौं र त्यहीँबाट राजनीतिक भविष्य बनाउँछौं । लुट्नेको होइन, काम गर्नेको लोकतन्त्र हुुनुपर्छ । बेइमान चरित्र देखाउनेलाई लखेट्नुपर्छ । बाबुराम भट्टराईसँग मेरो व्यक्तिगत, राजनीतिक सम्बन्ध सक्कियो । हामी छिमेकी हौं, छिमेकीको सम्बन्ध रहन्छ ।

    म हराउन लागेको होइन । मैले त मेरा राजनीतिक रिजर्भेसन राखेको थिएँ । बाबुरामलाई ‘तपाईं आफैं उठ्नुपर्छ’ भनेर कारणसहित देखाएका थियौं । प्रचण्ड त चितवन ३ बाट उठ्ने तयारी थियो, उहाँ त्यहीँबाट उठेको भए हुन्थ्यो । संसदीय निर्वाचनमा इतिहास भएर वा हार्ने देखेर क्षेत्र सरिन्छ । प्रचण्ड हार्ने भएर गोरखा आउनुभयो । गोरखाली जनताको जनमत प्रचण्डलाई बाबुरामले बेच्नुभयो । कांग्रेसभन्दा कम्युनिस्ट, कम्युनिस्ट भन्दा माओवादी र माओवादीभित्रै पनि बाबुराम ठीक भनेर निस्किएका थियौं हामी । तर अहिले आउँदा त हिजो राजाहरुले छोरालाई गद्दी हस्तान्तरण गरेझैं बाबुराम, प्रचण्डले पनि छोरीहरुलाई हस्तान्तरण गरे । यो त राजतन्त्रकै नयाँ संस्करण बन्यो । नाम पो राजा भएन तर काम त राजाकै जस्तो गरे । मैले यस्तै कुरा पार्टीमा राख्दा उहाँले नकारात्मक रुपमा लिनुभयो । खल्तीका मान्छेलाई चुनावमा उठाउनुभयो । जसले बाबुराम बनायो, आज उहाँहरु कोही हुनुहुन्न । नयाँ शक्ति बनाउँदाका रमेश पोखरेल, ज्ञानेन्द्र कुमाल र म अब उहाँसँग छैनौं । हामी एउटा टिम लागेर बाबुराम भट्टराईलाई स्थापित गरेका थियौं । आज यी ३ जना नै बाबुरामसँग छैनौं । सबैभन्दा आलोचना ग्राउन्डमा बाबुरामको हुन्छ । उहाँको पछि लागेर केही हुन्न भन्ने बुझेर बाध्यात्मक अवस्थामा नयाँ वैकल्पिक शक्ति निर्माणमा लागेका छौं ।

    बाबुराम अब माओवादी बन्नुहोला तर नयाँ शक्ति बनाउँदाका दुईतिहाई साथी माओवादीमा जानुहुन्न । रातो स्टिकर लगाएको घर भनेर कुनै दिन भन्ने अहिले जान खोज्ने । अब कुनै नैतिकता, इमान उहाँ (बाबुराम) मा छ ? उहाँले त माओवादीमा गएर आत्मसमर्पण गर्नुभएको हो । उहाँले सुरु गरेको बाटोमा अविचलित रुपमा लाग्न नसकेर छाड्न पनि नसकेर लगेर आत्मसमर्पण गराउनुभयो । कुशल कमाण्डरले त हार्ने जस्तो देखेपछि नयाँ मान्छेलाई अघि सारेर युद्ध लडिरहने हो । दोस्रो पुस्ताका नेतालाई अघि सार्न किन बाबुरामले सक्नुभएन ? हिजो मोहन वैद्यले माओवादी आन्दोलन हाँक्न नसक्ने देखेपछि प्रचण्डलाई अघि सारेका होइनन् । प्रचण्डले जित्छन्, हार्छन् सँग सरोकार छैन । ग्यारेन्टी जितिन्छ भनेर टीका लगाएर जित्न गोरखा आएका हुन् प्रचण्ड । गोरखामा लड्न इतिहास के छ प्रचण्डको ?