Category: माओवादी केन्द्र

  • गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

    गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की

    काठमाडौं । लुम्बिनीका मुख्यमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) ले बिहीबारमात्रै पनि भने, ‘जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ, उसैसँग सहकार्य हुन्छ ।’

    सोनामले ‘भोकल्ली’ बोल्नुभन्दा अघि नै प्रचण्ड निकट कतिपय नेताहरु एमालेको शीर्ष नेतृत्वसँग संवादमा थिए । संवादमै रहेका एकजना नेताले नेपाल प्रेससँगको अनौपचारिक कुराकानीमा कांग्रेसले पहिलो चरणको प्रधानमन्त्री प्रचण्डलाई स्वीकार नगरे एमालेसँग मिल्न सकिने संकेत गरिसकेका थिए ।

    माओवादी केन्द्र सत्ता गठबन्धनको प्रमुख घटक भएकाले उनको प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने हुनु स्वाभाविक हो । सोमबार सत्तारुढ दलका शीर्ष नेताले ‘मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामना गर्न गठबन्धन आवश्यक’ भएको निष्कर्ष निकालेका छन् । निर्वाचनले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको ठहर गर्दै थप एकताबद्ध भएर जाने गठबन्धनले अठोट लिइसकेको छ ।

    तर, गठबन्धनमा शक्ति बाँडफाँटमा एकमत नहुँदा सरकार गठन केही विलम्ब हुने देखिएको छ । गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र माओवादी दुवैले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । माओवादीले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाउनुपर्ने सशक्त दाबी अघि सारेको छ ।

    प्रचण्ड निकटका एक नेता भन्छन्, ‘चुनावअघि नै आलोपालोमा प्रचण्डले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने भद्र सहमति भइसकेको छ । कांग्रेसलाई पहिलो पार्टी बनाएर गठबन्धनको इमानदारिता देखाइसक्यौं अब सुरूमै नेतृत्व नपाए बरु माओवादी प्रतिपक्षमा बस्छ । यो हाम्रो बटमलाइन हो ।’

    माओवादीका दोस्रो/तेस्रो तहका नेताहरू पनि अहिले प्रचण्ड नै अबको प्रधानमन्त्री हुनुपर्ने आवाज उठाइरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन काँध थापेकाले अब माओवादीलाई पालो दिएर कांग्रेसले इमानदारिता देखाउनुपर्ने उनीहरु बताइरहेका छन् ।

    अध्यक्ष प्रचण्डलाई एमालेसँग मिलेर अघि बढ्न पार्टीभित्रै नेताहरूको दबाब छ । सरकार गठनमा सहकार्यका लागि माओवादी नेतृत्व एमालेसँग निरन्तर सम्पर्कमा छ । प्रचण्ड पनि ओलीले आफूलाई प्रधानमन्त्री स्वीकार्दा एमालेसँगको तालमेलमा तयार रहेको एक नेता बताउँछन् । त्यसैले ‘ट्रयाक टु’ मा राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनले सम्भावना सुनाए ।

    शनिबारको पदाधिकारी बैठकमा माओवादी नेता पूर्वमन्त्री मात्रिका यादवले देशको कल्याणका लागि अहिलेको अवस्थामा गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताए ।

    ‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ, उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दैछ र गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नुपर्दैन’, यादवले भनेका थिए ।

    माओवादी महासचिव देव गुरुङ पनि अहिलेको समग्र परिस्थिति र परिवर्तनको मूल भाग र संरक्षक नै बृहत शान्ति सम्झौता भएकाले प्रधानमन्त्रीको हकदार प्रचण्ड नै रहेको बताउँछन् ।

    नेपाल प्रेससँग केही दिनअघिको अन्तर्वार्तामा उनले परिवर्तनका संरक्षक गिरिजाप्रसाद कोइराला र प्रचण्डमध्ये अहिले प्रचण्डमात्र बाँकी भएकाले माओवादीको दाबी स्वाभाविक भएको बताएका थिए ।

    ‘दुईजनाको सम्झौताको आधारमा मुलुकमा परिवर्तनको जग बसेको हो । त्यसकारण परिवर्तनको संरक्षक दुईजना पात्र हुन् । गिरिजाबाबुको निधन भइसकेको अवस्थामा प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । त्यस हिसाबले यो मुलुकको रक्षा गर्दै नेतृत्व गर्ने अवस्थामा जसको विचार उसैको नेतृत्व भन्ने कुरामा प्रचण्ड कमरेडको दाबी स्वाभाविक प्रक्रियाभित्र पर्छ’, गुरुङले भने ।

    तर, राजनीतिमा शक्ति समीकरणलाई सन्तुलन मिलाएर लानुपर्ने भएकाले सहमतिकै आधारमा अघि बढ्ने उनको भनाइ छ ।

    ‘ट्रयाक टु’ को सम्भावना !

    गठबन्धनमा अहिले नै पावर शेयरिङको विषयले औपचारिक प्रवेश पाइसकेको छैन । यद्यपि नेताहरूले भेटघाट र छलफललाई तीब्र पारेका छन् । यही मेसोमा विदेशी शक्ति केन्द्रको पनि दौडधुप छ ।

    प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाका दूतमार्फत पहिले आफूले नेतृत्व गर्ने सन्देश पठाइसकेका छन् । यो साता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रवक्ता प्रकाशशरण महत प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    गठबन्धनको बलमा ठूलो दल बनेको कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने अडानमा छ । कांग्रेसभित्रै रामचन्द्र पौडेल, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंहले प्रधानमन्त्रीमा दाबी गरिरहँदा ‘रात रह्यो, अग्राख पलायो’ भने झैं देउवा पहिलो कार्यकालमै नेतृत्वको दाउमा लागेका छन् ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि कम्तीमा एक वर्ष प्रधानमन्त्री पाउनुपर्ने आकांक्षा देखाइरहँदा प्रचण्ड–देउवाको आधा-आधा कार्यकालमा ‘ब्रेक’ लाग्नसक्ने भएपछि सुरूमै नेतृत्व लिन रस्साकस्सी चलिरहेको छ ।

    सरकारको नेतृत्वमा एकमत नहुँदा गठबन्धनको भविष्यबारे पनि विभिन्न कोणबाट चर्चा हुन थालेको छ । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिए समीकरण बदलिन सक्ने पनि माओवादीकै नेता बताउँछन् ।

    चुनावलगत्तै माओवादी महासचिव गुरुङले एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई वाम एकताका लागि पहल गर्न आग्रह गरेका थिए । एमाले–माओवादी एकता टिकाउन नसकेकोमा दुवै पक्षले गहिरो समीक्षा गरेर फेरि एकता गर्ने वेला आएको ती नेताको भनाइ थियो ।

    देवले देशको ६५ प्रतिशत मत कम्युनिष्टको भए पनि कम्युनिष्ट एक नहुँदा अरुले मौका पाउने गरेको बताएका थिए ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणामबारे गम्भीर विश्लेषण गर्नुपर्ने टिप्पणी गरेका छन् । २०७४ को तुलनामा आधा सीटमा खुम्चिएको माओवादीलाई गठबन्धन नफापेको भन्दै नेता–कार्यकर्ताले गुनासो गरिरहेका छन् ।

    अध्यक्ष प्रचण्डलाई एमालेसँग मिलेर अघि बढ्न पार्टीभित्रै नेताहरूको दबाब छ । सरकार गठनमा सहकार्यका लागि माओवादी नेतृत्व एमालेसँग निरन्तर सम्पर्कमा छ । प्रचण्ड पनि ओलीले आफूलाई प्रधानमन्त्री स्वीकार्दा एमालेसँगको तालमेलमा तयार रहेको एक नेता बताउँछन् । त्यसैले ‘ट्रयाक टु’ मा राजनीतिक कोर्ष अघि बढ्न सक्ने उनले सम्भावना सुनाए ।

    चुनावमा दोस्रो पार्टी बनेको एमाले जसरी पनि गठबन्धन भत्काउने रणनीतिमा छ ।

    गठबन्धनभित्रै प्रचण्ड मोर्चा, कलेक्टिभ बार्गेनिङ

    मंसिर ४ को चुनावबाट ८९ सीटसहित कांग्रेस पहिलो दल बनेको छ । गठबन्धनका अन्य दलहरू माओवादी ३२, नेकपा एस १० र राष्ट्रिय जनमोर्चाले एक सीट जित्यो । बहुमतका लागि चाहिने ६ सीट गठबन्धनलाई अपुग छ । तर, लोसपा पनि गठबन्धनमै रहेकाले उसको ४ सीट पनि जोड्दा गठबन्धनलाई बहुमतका लागि २ सीट नपुग हुन्छ ।

    गठबन्धनलाई सरकार गठन गर्न अन्य दलको साथ आवश्यक पर्छ । प्रदेश सरकारमा पनि समीकरण मिलाउनुपर्ने हुँदा मधेसवादी शक्ति र केही स्वतन्त्र सांसद उसको प्राथमिकतामा छ । एमाले कांग्रेसभन्दा ११ कम ७८ सीटसहित दोस्रो ठूलो दलमा छ ।

    गठबन्धनको बलमा आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रधानमन्त्री बन्ने योजना बनाएका प्रचण्डलाई चुनावी परिणामले केही निराश बनाएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्तिलगायतका नवोदित पार्टीले गर्दा निर्णायक शक्ति बन्ने अवसर गुमाउनुपर्दा चुनौती देखिएपछि सरकार गठनअघि नै उनी शक्ति सञ्चयमा जुटेका छन् ।

    आफ्नो ३२, नेकपा एसको १०, जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र किरण साहलाई सँगै उभ्याएर कम्तीमा ६६ सीटसहितको तेस्रो मोर्चा बनाउने ध्याउन्नमा प्रचण्ड छन् । स्वतन्त्र जितेका रेशम चौधरीका बाबु बलवीरले भने नागरिक उन्मुक्ति पार्टी नै रोज्नेछन् ।

    हुन त जसपा अहिले गठबन्धनमा छैन । तर, प्रचण्डले उपेन्द्र यादवलाई पनि आफ्नो मोर्चामा सामेल गर्न खोजेका छन् । यद्यपि उपेन्द्र गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्न जानुपर्ने अवस्थामा गठबन्धनभित्रबाट भन्दा पनि दक्षिण छिमेकीबाट प्रधानमन्त्रीमाथि परेको दबाबका कारण मान्ने गरिएको छ ।

    प्रचण्डले चुनावअघि नै गठबन्धनभित्रै अर्को मोर्चा बनाएर समाजवादी केन्द्रको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावमा माधव नेपाल, बाबुराम भट्टराईदेखि वामदेव गौतमसमेत समेटिए । तर, उपेन्द्र यादवले अस्वीकार गरेका थिए । यसपटक प्रचण्डको यो चालमा नेकपा एससमेत असहमत हुने संकेत छ ।

    प्रचण्डले गठबन्धनभित्रै अर्को मोर्चा बनाएर कांग्रेससँग सामूहिक सौदाबाजी गर्न खोजेपछि नेकपा एसले वक्तव्य निकालेर तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना नरहेको बतायो । जबकि सोही पार्टीले तलसम्म पठाएको अन्तरपार्टी निर्देशनमा माओवादीसँग एकताका लागि पार्टी एकता संयोजन समिति गठनको कुरा उल्लेख थियो ।

    शक्ति बाँडफाँटका लागि संघदेखि प्रदेशसम्म प्याकेजमै सहमतिका लागि नागरिक उन्मुक्ति, जनता समाजवादी, लोसपा नेतृत्वसँग प्रचण्डको भेटघाट बाक्लिएको छ । मधेसमा आफूलाई ‘थला’ पारेका सीके राउतलाई उपेन्द्र जसरी पनि छेक्न चाहन्छन् ।

    सरकारबाट अलग्गिएर एमालेसँग चुनावी तालमेल गरेका उनको बोली सरकार गठनको गृहकार्यसँगै फेरिएको छ । आइतबार विराटनगर पुगेका उनले एमालेसँग सहकार्य सकिएको बताएका छन् । तर, मधेसमा पहिलो दल बनेको एमालेसँगको समीकरणको लागि पनि यादव शीर्ष नेतासँग निरन्तर सम्पर्कमा छन् ।

    यसबीचमा प्रचण्डले आइतबार डिल्लीबजार कारागार पुगेर रेशम चौधरीसँग लामो बातचित गरे । दिउँसो ३ बजे पुगेका प्रचण्डले ३ घण्टाभन्दा बढी समय चौधरीसँग छलफल गरेको स्रोतले बताएको छ । उनले प्रधानमन्त्री बन्ने मनसाय देखाउँदै नागरिक उन्मुक्तिको साथ खोजेका छन् । त्यसको भोलि र पर्सिपल्ट माधवकुमार नेपाल र बाबुराम भट्टराईले पनि चौधरीलाई भेटेका थिए । कांग्रेसका नेता पनि चौधरीको सम्पर्कमा छन् ।

    नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले रेशम चौधरीलाई भेट्न शीर्ष नेताहरू जेलमा आएको पुष्टि गरे । आफ्नो पार्टीको मागमा प्रचण्ड लचक देखिए पनि ठोस कुरा आइनसकेको उनको भनाइ थियो । उनका अनुसार पार्टीले पक्राउ परेकाको रिहाइ र मुद्दा खारेजीको एकसूत्रीय अडान राखेको छ ।

    ‘यसअघि पनि मन्त्रिपरिषद्ले निर्णय गरेको त भनियो । तर, त्यो सबै चुनावी फण्डामात्र हो । हाम्रो माग जसले पूरा गर्छ त्यसैलाई साथ दिन्छौं’, प्रवक्ता पण्डितले नेपाल प्रेससँग भने ।

    सीट बाँडफाँटका लागि टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकै ठाउँमा आएर मोर्चाबन्दी गर्दै ‘थर्ड पोल’ बनाउने तयारीसहित प्रचण्डले चुनावअघि नै कसरत थालेका थिए ।

    कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर समाजवादी केन्द्रलाई साधन शक्ति बनाउने प्रयासस्वरूप बाबुराम, वामदेव, नेकपा एससँगको कलेक्टिभ पावरमा उनी केही हदसम्म सफल पनि भए ।

    अब नयाँ सरकार गठनका लागि बार्गेनिङ पावर बढाउन मधेसकेन्द्रित दललगायतसँग मोर्चाबन्दी गर्न प्रचण्डको ध्यान केन्द्रित भएको छ ।

    प्रचण्डका एक निकटस्थ भन्छन्, ‘राजेन्द्र लिङ्देनहरू उदाइरहँदा संघीय गणतन्त्र र उपलब्धिमाथि देखिन थालेको जोखिमले उहाँ चिन्तित हुनुहुन्छ । कम्तीमा परिवर्तनकारी शक्ति एकजुट हुन छलफल र भेटघाट स्वाभाविक हो । मोर्चाबन्दी हुनसक्छ । अहिले नै एकता भने सम्भव छैन ।’

  • वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु

    वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु

    सेन्जेन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ । पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको हो ।

    चौथौ लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ । पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

    चुनावी धेपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हॅुदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

    पुन पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा सामान्य सुधार भएको बताइन् । नेपालबाट जाँदा जण्डिसको मात्रा ९बिलरुबिन० २७ रहेकामा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

  • लुम्बिनीका मुख्यमन्त्री भन्छन्ः जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ उसैसँग सहकार्य

    लुम्बिनीका मुख्यमन्त्री भन्छन्ः जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ उसैसँग सहकार्य

    रुपन्देही । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले माओवादीको समर्थनमा एमालेबाट केपी ओली र कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेकाले अब प्रधानमन्त्री बन्ने पालो माओवादी अध्यक्ष प्रचण्डको भएको बताएका छन् ।

    केसीले अब पार्टीले जसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुन्छ उसैलाई सरकार संचालनमा सहयोग गर्ने बताएका हुन् ।

    ‘अबको नयाँ सरकारको जुन दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुनुपर्छ’– दाङको भालुवाङमा पत्रकारहरुसँग कुरा गर्दै केसी भने ।

    उनले निर्वाचन अगाडिको सहकार्यमा नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराबाट सहकार्यको थालनी गर्नुपर्ने बताउँदै उनले अब माओवादीले प्रभानमन्त्रीको अडान नछाड्ने धारणा राखेका हुन् ।

    नेपाली कांगे्रसबाट भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यसभन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको उनको तर्क थियो ।

    उनले भने –‘नेपालमा यदि परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौं, जसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्छ उही दलसँग सहकार्य हुनुपर्छ र हुन्छ ।’

    सत्ता समीकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने उनले बताए। संघ सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने केसीले बताए ।

  • दार्चुला घटनामा मुकदर्शक नबन्न सरकारलाई क्रान्तिकारी पवन कार्की समूहको चेतावनी

    दार्चुला घटनामा मुकदर्शक नबन्न सरकारलाई क्रान्तिकारी पवन कार्की समूहको चेतावनी

    काठमाडौं । अखिल क्रान्तिकारी पवन कार्की समूहले दार्चुला र धार्चुला जोड्ने पुलनजिक भारतले एकतर्फीरुपमा नदीको बहाव नेपालतर्फ फर्कने गरी तटबन्ध निर्माण गर्न लागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    अध्यक्ष पवन कार्कीले एक विज्ञप्ति जारी गर्दै तटबन्ध निर्माणका गर्ने विषयमा भएको विवादमा भारतीय प्रहरी र कर्मचारीले नेपाली जनतामाथि ढुङ्गामुढा प्रहार गरी घाइते बनाइएको प्रति क्रान्तिकारीले भारतीय पक्षको दादागिरीको घोर भर्त्र्सना गरेका छन् ।

    सीमाक्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध पहरेदारको रुपमा आफूहरु उभिने पनि विज्ञप्तिमा भनिएको छ । क्रान्तिकारीले सरकारले मुकदर्शक बनेर मौनता साँचेर निर्लज्जता देखाएको प्रति पनि ध्यानाकर्षणसहित समस्या समाधानको पहल गर्न माग गरेको छ ।

  • ८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

    ८९ सीटसहित कांग्रेस पहिलाे दल बन्दा यस्ताे भयाे प्रतिनिधिसभाकाे हिसाबकिताब

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको छ ।

    मंगलबार साँझ समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सीट संख्या निर्धारण गरेर पठाएको छ ।

    समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सीट प्राप्त गर्ने भएका छन् । उनीहरुले प्राप्त गर्ने सिट संख्या उल्लेख गर्दै आयोगले थ्रेस होल्ड कटाएर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने ७ वटै दललाई पत्राचार गरेको छ ।

    आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार ती दलले ३ दिनभित्र आफूले प्राप्त गरेको सीट संख्या अनुसारको उम्मेदवारको नामावली तोकिएको क्लस्टरअनुसार पेस गर्नुपर्नेछ । पेस गरेको सूची नमिलेमा आयोगले थप २ दिनको समयसीमा दिनेछ ।

    निर्वाचन आयोगका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको सीट संख्या आधारमा प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सीटसहित ८९ सीट प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यस्तै दोस्रोमा नेपाल (एमाले) ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीटसहित जम्मा ७८ सीट प्राप्त गरेको छ । कांग्रेसभन्दा एमाले ११ सीट कम छ ।

    नेकपा (माओवादी केन्द्र)ले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरेर जम्मा ३२ सीट प्राप्त गरेको छ । पहिलोपटक चुनाव लडेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ ७ सीट र समानुपातिकतर्फ १३ सीट जितेर २० सीटका साथ चौथो दलका रूपमा उदायको छ ।

    यस्तै राप्रपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४, जसपाको प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरेर १२ सीट छ । प्रत्यक्षतर्फ १ सीटमात्रै जितेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर ५ सीटसहित ६ सीट सुरक्षित गरेको छ । जनमत पार्टीसहित यस पटक राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरू ७ वटा छन् । २०७४ को निर्वाचनमा ५ दलमात्रै राष्ट्रिय दल बन्न सफल भएका थिए ।

    प्रत्यक्षको सीट जितेका ६ दलले भने थ्रेसहोल्ड कटाउन सकेनन् । १० सीट जितेको नेकपा एस राष्ट्रिय दल बनेन ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ४ सीट, नागरिक उन्मुक्ति पार्टी ३ सीट, राष्ट्रिय जनमोर्चा १ सीट, नेपाल मजदुर किसान पार्टी १ सीटसहित संसदमा सहभागी हुने भएका छन् । ५ जना स्वतन्त्र सांसद पनि यसपटक सदनमा आएका छन् ।

    जनमत पार्टीको समर्थन पाउनेवित्तिकै सत्तागठबन्धनलाई सरकार गठनमा सहज

    यसैबीच सीके राउत नेतृत्वको जनमत पार्टीले सत्तागठबन्धनलाई समर्थन गर्ने वित्तिकै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि सहज भएको छ । नेपाली कांग्रेसले प्राप्त गरेको ८९ सीट, नेकपा (माओवादी केन्द्र) को ३२ सीट, नेकपा (एकीकृत समाजवादी) को १० सीट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सीट, राष्ट्रिय जनमोर्चाको १ सीट जोडेर १३६ सीट पुगेको छ ।

    यसैमा जनमत पार्टीको ६ सीट जोडिनेवित्तिकै सत्ता गठबन्धनलाई सरकार गठनका लागि १४२ सीट पुग्नेछ । १३८ सीटमा नै सत्तागठबन्धनलाई बहुमत पुग्ने भएकाले बहुमत पुगेर पनि ३ सीट थप हुनेछ ।

  • समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    समानुपातिकको गणना अन्तिमतिर : एमालेले २८ लाख कटाउँदा अरु दलको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।

    हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ गणना सकिएको छ । मंगलबार बिहान सवा ७ बजेसम्म २८ लाख १४ हजार ६५५ मत प्राप्त गरी नेकपा एमालेले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेस २६ लाख ८८ हजार २१८ भोटसहित दोस्रो स्थानमा छ । एमाले र कांग्रेसबीच एक लाख २६ हजार ४३७ मतको अन्तर छ ।

    तेस्रो स्थानमा रहेको माओवादीले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ । ११ लाख २४ हजार ७७८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा छ ।

    ५ लाख ८६ हजार ८१६ मत ल्याएर राप्रपा पाँचौ स्थानमा हुँदा जसपाले ४ लाख २० हजार ९५४ मत प्राप्त गरेको छ ।

    सीके राउत नेतृत्वको जनमत पार्टी ३ लाख ९४ हजार ५३८ भोटका साथ सातौँ स्थानमा छ । नेकपा एकीकृत समाजवादीले २ लाख ९६ हजार ९० मत प्राप्त गरेको छ ।

  • गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

    गठबन्धन सग्लो रहे संघ–प्रदेशका सबै सरकारबाट बढारिन सक्छ एमाले, यस्तो छ जोडघटाउ

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको नतिजा आइसकेको छ । निर्वाचनको परिणाम आएसँगै दलहरूले संघदेखि प्रदेशसम्म सरकार निर्माणको गृहकार्य बढाएका छन् ।

    सत्ता गठबन्धनमा आबद्ध दलसहित नेकपा एमाले तथा यही निर्वाचनबाट उदाएका राजनीतिक दलसमेत सत्ताको जोडघटाउमा लागेका हुन् । प्रत्यक्षतर्फ कांग्रेसले ५७, एमालेले ४४, माओवादीले १८, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

    समानुपातिकतर्फको दोलखा, बाजुरासहित केही मत मात्रै गन्न बाँकी छ । पछिल्लो मतपरिणामअनुसार एमालेले ३४ र कांग्रेसले ३२ सिट सुरक्षित गरेका छन् भने माओवादी र रास्वपाले बराबर १४ सिट ल्याउने आङ्कलन छ । यस्तै राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सीट ल्याउन सक्छन् । तर, अन्तिम हिसाब आउन बाँकी नै छ ।

    नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारको बागडोर सम्हाल्न आतुर छन् । तर, कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमत नजिक देखिएको छ । गठबन्धनका कांग्रेस, माओवादी, समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको प्रत्यक्षमा ९० सीट पुग्छ । समानुपातिकमा कांग्रेस र माओवादीले ४६ सिट निश्चित गरेका छन् । गठबन्धनका अन्य दलले समानुपातिकको थ्रेसहोल्ड कटाउन सकेनन् ।

    २७५ जनाको सदनमा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ । गठबन्धनसँग मात्रै १३६ सीट छ । अब दुई सिट मात्रै थपे पुग्ने भएकाले सरकारको नेतृत्वमा गठबन्धनकै दाबेदारी बलियो बनेको हो ।

    गठबन्धनसँग गठजोड गरेर सरकारमा जान डा. सिके राउत नेतृत्वको जनमत पार्टी लालायित देखिएको छ । यस्तै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी तथा प्रभु साहलगायतका स्वतन्त्र सांसदहरू पनि च्याँखे थाप्न खोजिरहेका छन् । यता, निर्वाचनको मुखमा गठबन्धन छाडेर एमालेसँग जोडिएको जसपा पनि चुनाव परिणामसँगै गठबन्धनमै फर्किने कसरतमा छ । सरकारमा भाग पाउने अभिलाषाका साथ जसपाले एमालेसँगको सहकार्य टुंगिएको घोषणा गरिसकेको छ ।

    जसपा अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगर पुगेर भने, ‘हामीले एमालेसँग तत्कालका लागि केही सिटमा तालमेल गरेका हौँ । हाम्रो मोर्चाबन्दी र गठबन्धन होइन । त्यो चुनावसँगै सकियो । अब नयाँ धरातलमा नयाँ ढंगले कसरी जाने भन्ने विषयमा छलफल हुन्छ ।’

    अध्यक्ष यादवको अभिव्यक्तिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी मोर्चाबन्दीका लागि समस्या परेको कतिपयको बुझाइ छ । ओलीले विपक्षी कित्तामा रहेका राप्रपा र जसपाको साथमा गठबन्धन फुटाएर आफ्नै नेतृत्वको सरकार बनाउने गृहकार्य गरिरहेका छन् ।

    कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि अब बन्ने सरकार गठबन्धनकै हुने दाबी गरे। नेतृत्वको विषयमा गठबन्धन दलमा छलफलपछि टुंगिने उनी बताउँछन् ।

    यदि सरकार निर्माणका विषयमा गठबन्धन एकजुट भयो भने संघमा मात्रै नभएर प्रदेशहरूमा पनि सरकार निर्माणको लागि बहुमत पुग्ने स्थिति छ । त्यसो भएमा दोस्रो ठूलो दल एमाले सबैतिरबाट बढारिने छ । हेरौँ, कुन प्रदेशको गणित के छ ?

    प्रदेश १ मा कडा टक्कर

    प्रत्यक्ष र समानुपातिक गरेर यहाँ ९३ सांसद रहन्छन् । यहाँ एमाले पहिलो पार्टी हो । तर, गठबन्धन एकजुट भए एमालेलाई सरकार गठनका लागि संख्या पुग्दैन ।

    यस प्रदेशमा एमालेले ४० (प्रत्यक्ष २५, समानुपातिक १५), कांग्रेसले २९ (प्रत्यक्ष १७, समानुपातिक १२), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४), नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १), राप्रपाले ६ (प्रत्यक्षमा २, समानुपातिक ४) र जसपाले समानुपातिकमा १ सीट जित्दैछन् । सरकार गठनका लागि ४७ सांसद चाहिन्छ । एमालेलाई सरकार गठनका लागि ७ जना अपुग हुँदा गठबन्धनलाई १ सांसद मात्रै अपुग हुन्छ । त्यो अवस्थामा जसपाका एक सांसद थपेर गठबन्धनले सरकार बनाउन सक्छ ।

    यता, एमालेलाई भने राप्रपाको साथले मात्रै पुग्दैन । जसपालाई पनि ल्याउनुपर्छ । त्यस्तो अवस्थामा १ सीट रहेको जसपाले जता फर्क्यो त्यतै झिनो बहुमतको सरकार बन्न सक्ने देखिन्छ ।

    मधेशमा जसपा र जनमत निर्णायक

    मधेश प्रदेशमा १०७ सांसद रहेका छन् । प्रदेशगत रूपमा एमाले पहिलो दल बने पनि सरकार गठनको लागि पुग्ने संख्या यहाँ पनि एमालेसँग छैन । सरकार गठनका लागि यस प्रदेशमा ५४ सांसद चाहिन्छ ।

    एमालेले २३ (प्रत्यक्ष १५, समानुपातिक ८), कांग्रेसले २२ (प्रत्यक्ष १३, समानुपातिक ९) जसपाले १६ (प्रत्यक्षमा ९, समानुपातिक ७), लोसपाले ९ (प्रत्यक्ष ७, समानुपातिक २), जनमतले १३ (प्रत्यक्ष ६, समानुपातिक) माओवादीले ८ (प्रत्यक्ष ४, समानुपातिक ४), नेकपा एसले ७ (प्रत्यक्ष ४, समानुपातिक ३) र ६ जना स्वतन्त्रले जितेका छन् ।

    यहाँ गठबन्धनको ४६ सांसद हुने देखिन्छ । सरकार बनाउन ८ सांसद अपुग हुने भएकाले जसपा र जनमत पार्टी निर्णायक हुन्छ । यी दुवै दल केन्द्रमा सत्ता गठबन्धनसँग मिल्न लालायित छन् । तर, एकै साथ सरकारमा आउँछन् आउँदैनन् हेर्न बाँकी छ ।

    बागमतीमा गठबन्धनलाई ढुक्क

    बागमती प्रदेशमा ११० सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।

    कांग्रेसले ३६ (प्रत्यक्ष २५, समानुपातिक ११), माओवादीले २१ (प्रत्यक्ष १४, समानुपातिक ७), एमालेले २७ (प्रत्यक्ष १३, समानुपातिक १४), राप्रपाले १४ (प्रत्यक्ष ७, समानुपातिक ७), नेकपा एसले ७ (प्रत्यक्ष ५, समानुपातिक २), नेमकिपा ३ (प्रत्यक्ष १, समानुपातिक २) र हाम्रो नेपाल पार्टीले २ (प्रत्यक्ष १, समानुपातिक १) सीट जितेका छन् । यहाँ गठबन्धन दलहरूसँग ६४ सिट रहेकाले सरकार गठनका लागि आवश्यक संख्या आरामसँग पुग्छ ।

    गण्डकीमा गठबन्धन नै हाबी

    गण्डकीमा जम्मा ६० सांसद रहेका छन् । सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।

    यहाँ कांग्रेसले २६ (प्रत्यक्ष १८, समानुपातिक ८) एमालेले २१ (प्रत्यक्ष १२, समानुपातिक ९), माओवादीले ८ (प्रत्यक्ष ५, समानुपातिक ४) सिट जितेका छन् । समानुपातिकतर्फ नेकपा एसले १, राप्रपाले २, हाम्रो नेपालीले १ सीट जित्ने देखिन्छ । यहाँ पनि गठबन्धनलाई सरकार बनाउन आवश्यक संख्या ढुक्कसँग पुग्ने अवस्था छ ।

    लुम्बिनीमा साना दलको हातमा चाबी

    लुम्बिनी प्रदेशमा ८७ सांसद रहेका छन् । यहाँ सरकार गठनका लागि ४४ सांसद आवश्यक पर्छन् ।

    एमालेले ३० (प्रत्यक्ष १८, समानुपातिक १२), कांग्रेसले २७ (प्रत्यक्ष १७, समानुपातिक १०), माओवादीले ९ (प्रत्यक्ष ५, समानुपातिक ४) सीट ल्याउने देखिएको छ ।

    यस्तै, जसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), नागरिक उन्मुक्ति पार्टीले ५ (प्रत्यक्ष २, समानुपातिक ३), लोसपाले ३ (प्रत्यक्ष २, समानुपातिक १), जनमतले ३ (प्रत्यक्ष १, समानुपातिक २) जितेका छन् ।

    यस प्रदेशमा गठबन्धनको ३९ सांसद मात्रै हुने सम्भावना छ । सरकार गठनका लागि गठबन्धनले साना दल र स्वतन्त्र जितेका ३ सांसदको साथ लिनुपर्ने हुन्छ ।

    कर्णालीमा गठबन्धनलाई छैन डर

    कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार गठनका लागि २१ सांसद चाहिन्छ।

    कांग्रेसले १४ (प्रत्यक्ष ९, समानुपातिक ५), माओवादीले १३ (प्रत्यक्ष ९, समानुपातिक ४) एमालेले १० (प्रत्यक्ष ५, समानुपातिक ५) र एक स्वतन्त्र तथा समानुपातिकतर्फ नेकपा एस, राप्रपा र नेमकिपाले एक सीट ल्याउन सक्ने आङ्कलन गरिएको छ । यहाँ पनि सरकार गठनका लागि गठबन्धनको स्पष्ट बहुमत छ ।

    सुदूरपश्चिममा सुरक्षित

    सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन् । यहाँ सरकार गठनका लागि २७ सांसद आवश्यक हुन्छ ।

    यस प्रदेशमा एमाले कमजोर देखिएको कारणले सरकार गठनमा गठबन्धन हाबी हुने देखिएको छ । कांग्रेसले १८ (प्रत्यक्ष १२, समानुपातिक ६), माओवादीले १२ (प्रत्यक्ष ८, समानुपातिक ४), नागरिक उन्मुक्ति पार्टीले ७ (प्रत्यक्ष ५, समानुपातिक २) एमाले १० (प्रत्यक्ष ३, समानुपातिक ७) र नेकपा एसले ४ (प्रत्यक्ष ३, समानुपातिक १) जितेका छन्।

    यस्तै, १ स्वतन्त्रले जितेका छन् भने समानुपातिकमा राप्रपाले एक सीट ल्याउने देखिन्छ । यहाँ पनि सरका गठनको लागि आवश्यक सीट गठबन्धनसँग सुरक्षित छ।

  • ‘आधार इलाका’ मै कसरी कमजोर बन्यो माओवादी ?

    ‘आधार इलाका’ मै कसरी कमजोर बन्यो माओवादी ?

    रुपन्देही । लुम्बिनी माओवादीले ‘आधार इलाका’ दाबी गरेको प्रदेश हो । तर, हरेक निर्वाचनमा उसको जनमत निरन्तर ओरालो लागेको छ । यो प्रदेशमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गमस्थल रोल्पा, रुकुमपूर्वमात्रै होइन दाङ, बर्दिया, बाँके, प्युठान, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीसहित १२ जिल्ला छन् । माओवादीका धेरै नेताहरु यही प्रदेशका छन् ।

    अहिले पनि यो प्रदेशबाट पार्टीमा ४ जना पदाधिकारी, १४ जना स्थायी कमिटी, ४० जना केन्द्रीय सदस्य छन् । तर, यति धेरै नेता भएको प्रदेशमा उसको जनमत निरन्तर ओरालो लागेको लागेयै छ । मंसिर ४ गते भएको निर्वाचनमा पार्टीको शीर्ष तहमै रहेका नेताहरुले गठबन्धनका कारण टिकट पाउन सकेनन् । टिकट पाएकाहरुले पनि जीत निकाल्न सकेनन् ।

    लुम्बिनीबाट उपाध्यक्ष कृष्णबहादुर महरा (दाङ), उपमहासचिव वर्षमान पुन (रोल्पा), सचिव चन्द्रप्रकाश खनाल बलदेव (कपिलवस्तु) र सचिव डिलाराम आचार्य (अर्घाखाँची) छन् । त्यस्तै स्थायी कमिटीमा पम्फा भुसाल (अर्घाखाँची), जयपुरी घर्ती (रोल्पा), ओनसरी घर्ती (रोल्पा), पूर्णाकुमारी सुवेदी (बाँके), रेखा शर्मा (दाङ), गणेशमान पुन (रुकुमपूर्व), जोखबहादुर महरा (रोल्पा), कुलप्रसाद केसी (रोल्पा), महेश्वर गहतराज (बाँके) र हकिकुल्लाह खाँ (रुपन्देही) रहेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनसँगै दल नेसपा र लोसपाको समर्थन हुँदाहुँदै पार्टीका उम्मेदवारहरु पराजित भएपछि अहिले माओवादीभित्र चर्को बहस अघि बढेको छ । नेतृत्वमै गम्भीर समीक्षा हुनुपर्ने विषय बाहिर आएको छ । प्रदेशसभामा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उठेका तीन जनाले जितेर नेतृत्वलाई खुला हाँक दिएका छन् ।

    अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ७ संघीय सांसद र १४ प्रदेश सांसद जितेको माओवादी अहिले ३ संघीय सांसद र ५ प्रदेश सांसदमा खुम्चिएको छ ।

    प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले पराजयको नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएका छन् । उनले नेतृत्वको बेवास्ता र स्थानीय कमिटीसँग सल्लाह नगरी उम्मेदवार चयन गर्दा पार्टी कमजोर भएको उल्लेख गरेका छन् । उनको राजीनामाले पनि माओवादीभित्र गठबन्धनको चुनावी नतिजाले खैलाबैला भएको प्रस्ट पार्छ ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेव यसअघि जितेको कपिलवस्तु १ मा यसपटक फराकिलो मतान्तरले पराजित भए । स्थायी कमिटी सदस्य महेश्वर गहतराज पनि आफैंले जितेको बाँके १ सुरक्षित गर्न सकेनन् । यसअघि लगातार फराकिलो मतान्तरले जित्दै आएको बर्दिया २ पनि माओवादीले गुमायो ।

    यसअघि माओवादीले जितेको अर्घाखाँचीमा गठबन्धनका कारण उम्मेदवारी नै पाएन । प्रदेशमा पाए पनि अन्तिममा छोड्नु परेपछि स्थानीय कार्यकर्ता निराश भएका छन् । माओवादीले आफ्नो कोटामा परेको रुपन्देही १ एमाले छाडेका घनश्याम भुसाललाई दियो । तर, भुसाल पनि फराकिलो मतान्तरले पराजित भए ।

    प्रदेशतर्फ माओवादीका शीर्ष नेताहरु नै पराजित भएका छन् । गुल्मी १ (१) मा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल पराजित भए । मुख्यमन्त्रीमा दाबीसहित चुनावी प्रचारमा गएका बरालले आफ्नो पराजयपछि नैतिकताको आधारमा राजीनामा दिए । उनले जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकेको स्वीकार गरेका छन् ।

    बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न नसकेको र आफू स्वयं उम्मेदवार बनेर पनि परिणाम सफल बनाउन नसकेकाले सबै परिणामको नैतिक जिम्मेवारी लिई अध्यक्षबाट राजीनामा दिएको जानकारी दिए । उनले भने, ‘अविचलित रुपमा पार्टी र आन्दोलनले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने र सहिदहरुको सामु लिएको शपथ कहिल्यै नभुल्ने प्रण गर्छु ।’

    पार्टीले पराजय भोग्नुका पछाडि प्रदेशसभा समानुपातिकतर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकेको, प्रदेशसभा सदस्य प्रत्यक्षतर्फका सीट बाँडफाँट र कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिसबमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकेको, उम्मेदवार मनोनयन दर्ता भइसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकेकोलगायत कारण रहेको बरालले उल्लेख गरेका छन् ।

    २०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा प्रत्यक्षमा १४ सीट जितेको थियो । यसपटक नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा रहँदा कांग्रेसले ३३, माओवादीले १८, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक क्षेत्र भागबन्डा गरेका थिए । तर, माओवादी केन्द्रले ५ सीटमात्रै जितेको छ । गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका पार्टीका नेताहरुले ३ क्षेत्र जितेका छन् ।

    माओवादीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुन रोल्पा १ (२), सरुल पुन रुकुमपूर्व १ (१) र खड्ग बस्नेत नवलपरासी २ (२) बाट निर्वाचित भए । उनीहरुमध्ये सरुल पुनलाई एमालेले समर्थन गरे पनि अरुले आफ्नै बलमा जीत निकाले ।

    माओवादीबाट जोखबहादुर महरा रोल्पा १ (१), इन्द्रजीत थारु दाङ १ (१), कृष्णा केसी–बाँंके १ (१), तुलाराम घर्ती पाल्पा २ (२) र धनबहादुर मास्की दाङ ३ (२) मात्रै निर्वाचित भएका छन् ।

    प्रतिनिधिसभामा माओवादी केन्द्रबाट रोल्पाबाट वर्षमान पुन, रुकुमपूर्वबाट पूर्णबहादुर घर्ती र दाङ २ बाट रेखा शर्मा विजयी भए ।

    प्रत्यक्षतर्फ तेस्रो स्थानमा पुगेको माओवादी आफैंले आधार इलाका मानेको लुम्बिनीमा समानुपातिकतर्फ पनि तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ । यहाँ एमाले पहिलो र कांग्रेस दोस्रो भएका छन् ।

    माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले पार्टीमा नेताहरु धेरै हुनु, जिम्मेवारी व्यवस्थापन समयमा नहुनु र उम्मेदवार समयमा टुंग्याउन नसक्नु नै पार्टी पराजयका कारण भएको बताए । उनी पटक–पटक उम्मेदवारका क्षेत्र फरक पारिनु, गठबन्धनको रणनीतिक योजना बनाउन नसक्नु र कतिपय क्षेत्रमा उम्मेदार टुंगो लगाउँदा स्थानीय कमिटीसँग परामर्शसमेत नगरिएका कारण पार्टी कमजोर भएको स्वीकार गर्छन् ।

    ‘म पनि प्रदेशसभाको सदस्य थिएँ, मेरो उम्मेदवारी पनि समयमा टुंगो लागेन, उम्मेदवारी समयमा नटुंगिँदा तयारी गर्न पुगेन र मतदातासँग पुग्नै सकिएन, म जस्तै धेरै उम्मेदवार साथीहरुले समयमै तयारी गर्नसक्नुभएन’, उनले भने, ‘अर्कोतर्फ गठबन्धन घोषणा भयो, इमानदार कार्यकर्ता लागे । अवसरवादी नेता कार्यकर्ताहरु शक्तिको पछाडि लागे । तर, गठबन्धनबाट त्यो रोक्ने कुनै समन्वय भएन र अहिलेको नतिजा आएको हो ।’

    के गर्छन् माओवादी छाडेर स्वतन्त्र जितेका तीन जना ?

    माओवादीबाट बागी उम्मेदवारी दिएका ३ जना प्रदेशसभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका तीनै जनाले स्वतन्त्र सांसदको रुपमा रहने बताएका हुन् ।

    रोल्पा प्रदेशसभा २ बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्यहरुसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासँग सल्लाह गरेर पार्टीमा फर्किने/नफर्किने निर्णय गर्ने पुनले बताए ।

    अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको उनको भनाइ छ । माओवादीले आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनले बताए ।

    आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेशसभा १ बाट निर्वाचित खड्ग बस्नेतले बताए ।

  • प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    प्रतिनिधिसभाका १६५ क्षेत्रमा कसले कहाँ जिते ? (सूचीसहित)

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ सबै क्षेत्रको नतिजा आइसकेको छ ।

    प्रतिनिधिसभाका १६५ मध्ये सबैभन्दा बढी ५७ सीट जितेर कांग्रेस पहिलो पार्टी बनेको छ । ४४ सीट जितेर नेकपा एमाले दोस्रो हुँदा नेकपा माओवादी केन्द्र १८ सीट जितेर तेस्रो पार्टी बनेको छ । नेकपा एसले १० सीट जितेको छ । समानुपातिकतर्फको मतगणना सकिन अब केही दिन लाग्नेछ ।

    जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ क्षेत्रमा जित हात पारेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र जितेको छ ।

    राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक निर्वाचन क्षेत्र जितेका छन् । ५ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    हेर्नुस्  कहाँ कुन दलका को उम्मेदवारले कति भोट ल्याएर जिते :

    नेकपा एमालेका विजयी उम्मेदवार

    माओवादी केन्द्रका विजयी उम्मेदवार

    नेकपा एसका विजयी उम्मेदवार

  • माओवादीका बागमती प्रदेश अध्यक्ष भन्छन्: सच्चा कम्युनिष्ट हारमा आत्तिदैनन्

    माओवादीका बागमती प्रदेश अध्यक्ष भन्छन्: सच्चा कम्युनिष्ट हारमा आत्तिदैनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा नवनिर्वाचित बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले सच्चा कम्युनिष्ट हारदेखि नआत्तिने टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट ४६ सीटमा उम्मेदवारी दिएको माओवादी १८ सीटमा खुम्चिएको वेलामा उनले यस्तो तर्क गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय ‘कम्युनिष्ट’ कमरेड, अब दुःखको कथा वाचन गरेर सार्वजनिक रूवाबासी गर्दै कम्युनिष्ट कहलिन बन्द गर्नुस् । सार्थक कम्युनिष्टले सबैभन्दा सुखको, सबैभन्दा खुशीको र सबैभन्दा समृद्ध समाज र मानिस निर्माण गर्ने योजनामा काम गर्छन् ।’

    कम्युनिष्टहरु मितव्ययीसहित सबैभन्दा सफा, सबैभन्दा स्मार्ट, सबैभन्दा मेहनती र सबैभन्दा कर्तव्यनिष्ठ हुनुपर्ने उनले बताएका छन् ।

    ‘मैले १० वर्ष पुरानो ज्याकेट लगाएको छु, मैले साबुन जोगाउन लुगा नधोई र ननुहाई बसेको छु, मन्जन जोगाएर दाँत नमाझी बसेको छु जस्ता वाहियात कथा फोहोरीले गर्ने हो’, उनले भनेका छन्, ‘कम्युनिष्टहरु गरिबी बाँड्न होइन । हर गरिबलाई धनी बनाउन संघर्ष गर्छन् । मितब्ययिता सहित सबैभन्दा सफा, सबैभन्दा स्मार्ट, सबैभन्दा मेहनती र सबैभन्दा कर्तव्यनिष्ठ हुनुपर्छ ।’

    कम्युनिष्टहरुले मागेर र इतिहासको ब्याज खान नभई हरेक पल नयाँ कामका लागि जिन्दगीभर संघर्ष गर्ने उनको भनाइ छ ।

    ‘हारमा आत्तिदैनन् जीतमा मात्तिदैनन् । व्यक्तिगत निराशामा होइन सामूहिक ऊर्जामा ऊर्जाशील हुन्छ’, उनले भनेका छन्, ‘हिरोइज्म र च्याप्लुसीमा होइन संस्थागत कर्ममा विश्वास राख्छन् । व्यक्तिगत स्वतन्त्रतालाई सम्मान गर्दै व्यक्तिगत चरित्र र स्वभावमाथि कुरा काटेर बस्दैनन् । उसको उद्देश्यमाथि बहस गर्छन् ।’

  • नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    नेकपा एसको राष्ट्रिय पार्टी बन्ने सम्भावना क्षीण, समानुपातिकमा अहिलेसम्म कसको कति ?

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिमतिर पुगेको छ । हालसम्म एक करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ ।

    नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ । २६ लाख ६० हजार २४६ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा छ । दुई दलबीचको मतान्तर एक लाख २८ हजार ११० रहेको छ । तेस्रो स्थानमा रहेको माओवादीको ११ लाख ६२ हजार १२४ मत छ । ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ ।

    राप्रपा ५ लाख ८६ हजार ६३८ मतका साथ पाँचौ स्थानमा रहँदा ४ लाख २० हजार ९४६ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    डा. सीके राउत नेतृत्वको जनमत पार्टीको ३ लाख ९४ हजार ५२६ मत रहेको छ । नेकपा एस जनमतभन्दा एक लाख बढी मतले पछाडि छ । नेकपा एसको २ लाख ९४ हजार ३६२ हुँदा नागरिक उन्मुक्तिको २ लाख ७१ हजार ६६२ मत छ ।

    प्रत्यक्षमा १० सीट जितेको नेकपा एसले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ ।

  • गठबन्धनमा माओवादीले लुम्बिनी पाउँछ, मुख्यमन्त्रीमा पार्टीले मलाई पठाउँछः महरा

    गठबन्धनमा माओवादीले लुम्बिनी पाउँछ, मुख्यमन्त्रीमा पार्टीले मलाई पठाउँछः महरा

    रूपन्देही ।नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महराले सत्ता गठबन्धनको मुख्य घटक माओवादीले भागवण्डामा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दावी गर्ने र त्यसको लागि पार्टीले आफूलाई अगाडि सारेको बताएका छन् ।

    पार्टी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गरेर अहिले भूगोलमा फर्केका महरा रोल्पा क्षेत्र नं। १ बाट विजयी प्रदेश सभा सदस्य हुन् । महराले पार्टीले आफूलाई नै मुख्यमन्त्री मन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको पनि बताए । ‘लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दावी रहन्छ, यसबारे पार्टीमा समेत छलफल भैसकेको छ’उनले भने ।

    पार्टी अध्यक्ष प्रचण्ड लगायत अन्य उच्चतहका नेताहरुसँग यसबारे छलफल भएको जानकारी दिँदै महराले संघदेखि प्रदेश सरकारसम्म भागबण्डा हुने र त्यसो हुँदा लुम्बिनीको मुख्यमन्त्री माओवादीले पाउने दावी गरे ।

    पार्टीले मुख्यमन्त्रीमा आफूलाई अगाडि सार्ने र त्यसका लागि आफू लुम्बिनी प्रदेशबासीको भावना अनुसार नेतृत्व गर्नसक्ने पनि महराले बताए । लुम्बिनी प्रदेशसभामा विजयी माओवादी प्रदेशसभा सदस्यहरुमा स्थायी समिति सदस्य महरा नै सिनियर हुन् ।

    तर लुम्बिनी प्रदेशबाट मुख्यमन्त्रीको दावेदारका रुपमा पाल्पा २ (२) बाट निर्वाचित तुलाराम घर्ती र दाङबाट निर्वाचित इन्द्रजित चौधरी पनि दावेदार रहेको माओवादी श्रोतले बताएको छ ।

    यसअघि मुख्यमन्त्रीको रूपमा प्रचार गरिएका पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् ।

    को हुन् प्रदेश सभा सदस्य जोखबहादुर महरा

    प्रदेश सभा सदस्यमा निर्वाचित जोखबहादुर महरा वि।सं। २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ५ साविक गजुल गा।वि।स –२ मा जन्मिएका हुन् । महराले २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।

    राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक उत्तीर्ण महराले राजनीतिमा लाग्नु पूर्व र लागेपछि पनि लामो समय प्रावि। र मा।वि। शिक्षकको रुपमा अध्यापन गरेका थिए । अध्यापनसँगै राजनीतिमा पनि सक्रिय बनेका महरा २०४२ सालमा अनेरास्ववियु दाङको सचिव बने ।

    त्योसँगै नेकपा मसालको पार्टी सदस्य लिएका उनी २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४७ सालमा नेकपा मसालको रोल्पा जिल्ला समिति सदस्य हुँदै २०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता बनेका थिए ।

    २०५१ सालमा नेकपा माओवादी को रोल्पा जिल्ला सेक्रेटरी बनेका उनी २०५४ सालमा क्षेत्रीय व्यूरो सदस्य र २०५६ सालदेखि चार वर्ष पार्टीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी सम्हालेका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य बनेका महरा २०६४ मा समानुपातिक तर्फबाट संविधान सभा सदस्य भएर संसद प्रवेश गरेका थिए ।

    संविधानसभा सदस्य बन्नुअघि २०६२ देखि २०६५ सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव बनेका उनी २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पुनः उनको प्रमुख स्वकीय सचिव बनेका थिए ।

  • सरकार गठनको विषयमा गठबन्धनमा छलफल गर्ने माओवादीको निर्णय (भिडिओ)

    सरकार गठनको विषयमा गठबन्धनमा छलफल गर्ने माओवादीको निर्णय (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै दलहरूसँग सहमति र समझदारीमा अघि बढ्ने निर्णय गरेको छ।

    पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङ सरकार गठनको विषयमा गठबन्धन दलसँग छलफल गरेर अगाडि बढ्ने प्रष्ट पारे।

    भोलि गठबन्धनको बैठक बसेर निर्वाचनको समीक्षा गरेर सरकार गठनको विषयमा धारणा बनाउने उनको भनाइ छ।

    अहिले आफूहरू गठबन्धनमै रहेको कारणले एमालेसँग मिलेर सरकार बनाउने विषयमा कुनै छलफल नभएको जिकिर गरे। अहिले गठबन्धनमै भएकाले मुख्य प्राथमिकता नै त्यही हुने उनले दाबी गरे।

    उनले भने, ‘हिजो प्रवक्ताज्यूले कुन प्रसङ्गमा भन्नुभयो त्यो थाहा भएन। तर, अहिलेसम्म सरकार गठनको विकल्पबारे छलफल भएकै छैन।’

    अहिलेसम्म गठबन्धनमा कुनै विमति र असहमति नरहेर गठबन्धनबाटै अगाडि बढ्न पहल गर्ने उनको भनाइ छ। पार्टीले तुरुन्तै गठबन्धनको विकल्प अवस्थामा नरहेको दाबी गरे।

    उनले भने, ‘सरकारको विषयमा प्रवेश भएको छैन। हामीले नेतृत्वमा दाबी गर्नु स्वभाविक भयो। तर, अहिले आपसी सहमतिबिना सरकारको नेतृत्वको सम्भव छैन। हामीले समझदारी खोजेका छौँ। परिवर्तनको बाहक भएकाले माग गर्नु स्वभाविक छ। सहमतिमै जोड छ।’

    निर्वाचनको प्रारम्भिक समीक्षा भएको बताउँदै पार्टी स्थायी र केन्द्रीय कमिटीमा छलफल हुने बताए।

    उनले भने, ‘गठबन्धनबाट जाँदा पनि अपेक्षाकृत नतिजा नआए पनि मूलभूत रूपमा सफल नै भएको छ। निर्वाचनमा थोरै तलमाथि भएको हुनसक्छ। त्यसलाई हामीले स्वीकार गरेर नै अगाडि बढ्नुपर्छ।’

  • एमालेको क्याम्पमा माओवादी आए केन्द्रदेखि प्रदेशसम्म हुन सक्छ एकछत्र

    एमालेको क्याम्पमा माओवादी आए केन्द्रदेखि प्रदेशसम्म हुन सक्छ एकछत्र

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनबारे सबै विकल्प खुला राख्ने निर्णय लिएपछि सत्तारुढ गठबन्धनभित्र तरंग पैदा भएको छ । फेरि आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि झस्किएका छन् ।

    शनिवार बसेको माओवादीको पदाधिकारी बैठकले एमालेसँग समेत सहकार्यको ढोका खुल्ला राख्ने गरी फराकिलो निर्णय गरेको थियो । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताइरहेको माओवादीको पछिल्लो निर्णयले राजनीतिमा नयाँ ट्वीस्ट ल्याइदिएको हो । अहिलेको गठबन्धनमा जनमत पार्टीलाई समेत मिसाएर कांग्रेसले बहुमत पुर्‍याउन सक्ने आँकलन भइरहेको थियो ।

    संसद‍्मा तेस्रो तर निर्णायक शक्तिको रूपमा स्थापित भएको माओवादीले आफूले नेतृत्व नपाए प्रतिपक्षीमा बस्नेसम्मको विकल्प राखेर रणनीतिक मूभ लिएको नेताहरू बताउँछन् ।

    माओवादीका एक नेताले भने, ‘हामीले अरूलाई मात्रै कति पटक बोकेर प्रधानमन्त्री बनाउने ? त्यसैले अहिले जसको नीति उसैको नेतृत्व भनेका छौँ । देशको नेतृत्व नपाए प्रतिपक्षमा बसेर पार्टीको संगठन निर्माणमा लाग्छौँ ।’

    कांग्रेसभित्रै शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेको बेलामा माओवादीले निर्णायक भूमिकाको फाइदा उठाउन खोजेको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य गर्न ‘फ्लोर ओपन’ गरेको बुझिएको छ ।

    माओवादी प्रवक्ता कृष्णबहादुर महरा सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको बताउँछन् ।

    उनले शनिवारको बैठकपछि भनेका थिए, ‘अहिले त हामी गठबन्धनमै छौँ । बहुदलीय व्यवस्थामा अन्य पार्टीसँग छलफलको कुरालाई पनि खुला राख्नु स्वाभाविक नै हो ।’

    यद्यपि, माओवादीले सरकार गठन र चुनावको समीक्षालाई निरन्तरता दिने बताउँदै आइरहेको छ ।

    एमाले आशावादी

    यता, एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ माओवादीको निर्णयप्रति सकारात्मक देखिन्छन् ।

    उनी भन्छन्, ‘हामीले कम्युनिस्ट एकताको पक्षमा पहल गरिरहेका छौँ । त्यही बीचमा माओवादीले सरकार गठनमा विकल्प खुला राख्ने निर्णय गर्नु सकारात्मक छ । हामी पनि सबै विकल्पमा छलफल गरिरहेका छौँ ।’

    सम्भावित तीन विकल्पबारे आफूहरूले गृहकार्य गरिरहेको उनले बताए ।

    गुरुङले भने, ‘अहिले सरकार बन्ने पहिलो परिस्थिति भनेको कांग्रेस–माओवादी, एमाले–माओवादी र कांग्रेस–एमालेको हो । त्यसैले हामीले सबै विकल्पमा छलफल गरिरहेका छौँ । सबैसँग संवाद भइरहेको छ ।’

    सत्तारुढ गठबन्धन फोड्नका निम्ति प्रचण्डलाई प्रधानमन्त्री दिन पनि एमाले तयार हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन । तर हामी अहिले यही हुन्छ भन्न सक्ने अवस्थामा छैनौँ ।’

    यसरी हुन सक्छन् एमाले–माओवादी हाबी

    प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब दोलखाको मात्रै नतिजा आउन बाँकी छ । त्यहाँ एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिइरहेका छन् ।

    प्रत्यक्षमा कांग्रेसले ५६, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले १/१ तथा स्वतन्त्रले ५ सीट जितेका छन् । समानुपातिकतर्फको मतपरिणामअनुसार एमालेले ३४, कांग्रेसले ३२, माओवादी र रास्वपा बराबर १४ हाराहारी  र राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ४ सीट ल्याउन सक्ने हिसाब छ ।

    यसअघि नै एमाले नेतृत्वमा चुनावी सहकार्यमा गएको राप्रपा र जसपालाई साथ लिएर माओवादीलाई समेत गठबन्धनबाट झिक्न सके संघीय सरकार बन्न सक्ने अवस्था देखिन्छ । २७५ जना सांसद रहेको सदनमा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ । एमाले, माओवादी, राप्रपा र जसपा मिले संसदमा १४७ सीट पुग्छन् ।

    केन्द्रमा मात्र नभएर प्रदेशमा पनि एमाले–माओवादी गठबन्धन हाबी हुने देखिन्छ । प्रदेश १ मा एमाले पहिलो पार्टी हो । त्यहाँ प्रत्यक्ष ५६ सीटमध्ये एमालेले २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले दुई सीट जितेको छ । समानुपातिकमा पनि एमाले पहिलो दल भएकाले एमाले–माओवादी मिले सरकार गठन गर्ने गणित ढुक्कसँग पुग्छ ।

    मधेश प्रदेशमा पनि एमाले पहिलो दल बनेको छ । ६४ सीटमा एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, माओवादीले ४ र ६ जना स्वतन्त्रले जितेका छन् । समानुपातिकमा कांग्रेस पहिलो दल भए पनि एमाले, माओवादी, जसपासहितको सरकार बन्न सक्ने अवस्था छ ।

    ६६ सीट रहेको बागमती प्रदेशमा अहिलेसम्म कांग्रेसले २५ सीट जितेर लिड गरेको छ । यहाँ माओवादीले १४, एमालेले ९, राप्रपाले ७, नेकपा एसले ५, नेमकिपा र हाम्रो नेपाल पार्टीले १/१ सीट जितेको छ । तर, प्रत्यक्षमा एमाले कमजोर रहे पनि समानुपातिकमा पहिलो शक्ति भएकाले माओवादी, राप्रपासहितलाई जोड्दा सरकार बन्न सक्ने देखिन्छ ।

    यस्तै, प्रत्यक्षमा ३६ सीट रहेको गण्डकी प्रदेशमा पनि एमाले-माओवादी मिले सरकार बन्न सक्ने छ । त्यहाँ कांग्रेसले १८, एमालेले १२, नेकपा एसले ४, माओवादीले १ र १ स्वतन्त्रले जितेका छन् । समानुपातिकमा एमाले पहिलो र माओवादी तेस्रो शक्ति भएकाले दुई मिल्दा सहज अंकगणित बन्न सक्छ ।

    प्रत्यक्षमा ५२ सीट रहेको लुम्बिनीमा एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, जसपाले २, नागरिक उन्मुक्ति पार्टीले २, लोसपाले २, जनमतले एक सीट जित्दा ३ स्वतन्त्रले जितेका छन् । यहाँ पनि समानुपातिकमा एमाले अगाडि हुँदा माओवादी, जसपासहितको बलमा सरकार गठन हुन सम्भव देखिन्छ ।

    यस्तै, प्रत्यक्षमा २४ सीट रहेको कर्णाली प्रदेशमा कांग्रेसले ९, माओवादीले ९, एमालेले ५ र एक स्वतन्त्रले जितेका छन् । त्यहाँ पनि समानुपातिकतर्फ एमाले नै अगाडि छ । माओवादी र एमाले मिलेर सहज ढंगबाटै सरकार बन्न सक्छ ।

    ३२ सीट रहेको सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षमा एमाले कमजोर छ । कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र नेकपा एसले ३/३ र १ स्वतन्त्रले जितेका छन् । समानुपातिकमा एमाले पहिलो शक्ति भएकाले माओवादीसहित केही साना दलसँग सहकार्य भए सरकार गठन हुन सक्छ ।

    कांग्रेस भन्छ : हतारको निर्णयले माओवादीलाई घाटा

    माओवादीले गठबन्धनको सरकार बनाउन पहल गर्नुपर्ने बेलामा विकल्प खुला राख्ने निर्णय गरेर गठबन्धनभित्र आशंका पैदा गरेको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा बताउँछन् । प्रधानमन्त्री देउवाका विश्वासपात्रका रूपमा चिनिने उनले माओवादी निर्णयले गठबन्धनप्रतिको विश्वसनीयतामा प्रश्न उठेको टिप्पणी गरे ।

    ‘गठबन्धनबाट चुनाव लडेका कुनै पनि राजनीतिक दलले सरकार गठनका लागि हामी खुला छौँ भन्ने अवस्था होइन । उहाँहरूले गठनलाई नै बहुमत जुटाउन लाग्नुपर्ने हो । उहाँहरूको निर्णयले गठबन्धनप्रतिको विश्वासनियतालाई नै प्रश्न उठाएको छ । उहाँहरूले हतार गर्नुभयो ।’ विश्वकर्माले भने ।

  • माओवादी पदाधिकारी बैठक आज पनि जारी

    माओवादी पदाधिकारी बैठक आज पनि जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बसेको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।

    शनिबारबाट सुरू बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आबद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ ।

    गठबन्धनबाट ४६ सीटमा उम्मेदवारी दिएको माओवादी १७ सीटमा खुम्चिएपछि गठबन्धनसँग पनि असन्तुष्ट छ । आज पनि बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल भइरहेको छ ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • दोलखा : दुई हजारले अग्रता लिँदा पनि ढुक्क छैन एमाले, बिगुको भोट ‘निर्णायक’

    दोलखा : दुई हजारले अग्रता लिँदा पनि ढुक्क छैन एमाले, बिगुको भोट ‘निर्णायक’

    दोलखा । मंसिर ४ को निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको १६४ क्षेत्रको परिणाम आइसक्दा अब दोलखाको मात्र बाँकी छ । दोलखाका केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरेपछि मंसिर १५ आयोगले पुन: मतदान गराएको थियो ।

    गणना जारी रहँदा गठबन्धनका उम्मेदवार गंगा कार्कीको सुरूवातदेखिको अग्रता तोड्दै अहिले एमालेका बालकृष्ण शिवाकोटी अगाडि छन् । देशभरको चासो दोलखामा हुँदा यहाँ दुई उम्मेदवारको तीव्र प्रतिस्पर्धाले प्रतिस्पर्धा रोचक बनाएको छ ।

    दोलखाका अधिकांश मतदान केन्द्रमा बुथ कब्जा भएपनि सोचेजस्तो मत नआएको गठबन्धन दलका नेतामाझ चर्चा हुन थालेको छ । प्रदेशसभा २ मा एमाले उमेदवार भरत केसी विजयी भएपछि संघमा थोरै मतले जित्ने एमाले कार्यकर्ताको हिसाबकिताब छ । गठबन्धन अब बैतेश्वर र तामाकोसीको मतको भरमा छ ।

    यस्तो छ- दुवैतर्फको आँकलन

    दोलखामा एक प्रतिनिधिसभा र प्रदेशका दुई क्षेत्र छन् । प्रदेशसभा १ मा जिरी नगरपालिकासहित गौरीशंकर, बैतेश्वर, तामाकोशी र मेलुङ गाउँपालिका छन् । गौरीशंकर गाउँपालिका र जिरी नगरपालिकाको गणना सकिसकेको छ ।

    प्रदेशसभा २ मा भीमेश्वर नगरपालिका, विगु, शैलुङ र कालिञ्चोक गाउँपालिका छन् । भिमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाको भोट गनिसकिएको छ । गौरीशंकर र कालिञ्चोक गाउँपालिका, भिमेश्वर र जिरी नगरपालिकाभित्रको गणना सकिँदा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले २ हजार मतले लिड गरेका छन् ।

    प्रदेशसभा २ को शैलुङ गाउँपालिकाको भुसाफेदामा रहेको मतदान केन्द्र गठबन्धनले कब्जामा लिएको थियो । त्यस्तै कालिञ्चोक १ मा पनि गठबन्धनले बुथ कब्जा गरेको थियो । कालिञ्चोक १ मा कब्जा गरेपनि ८ र ९ वडाले वडा नम्बर १ को मत कभर गरेको छ । दुवै वडा कांग्रेसको बाहुल्यता भएको वडा हो । वडा नम्बर १ मा बुथकब्जा गरी हालिएको करिब १६ सय मत कालिञ्चोकका अन्य वडाबाट ‘कभर’ गर्दे एमालेका शिवाकोटी अघि बढेका थिए ।

    शैलुङको भुसाफेदाको मतदान केन्द्र पनि कब्जा गरिएको थियो । अरु वडाको मतगणना सम्पन्न हुँदा एमाले र माओवादीको शैलुङ गाउँपालिकाबाट बराबरी हुने आँकलन गरिएको छ ।
    प्रदेशसभा २ को बिगुमा माओवादीले बराबरी हुने अपेक्षा गरेको छ भने कम्तीमा १ हजार मतले लिड गर्ने एमालेको हिसाब छ ।

    एमालेको आँकलन मिल्यो भने भिमेश्वर नगरपालिकासहित शिवाकोटी प्रदेशसभा २ बाट ४ हजार मतले अघि हुनेछन् । गठबन्धनको आँकलन मान्दा मान्ने हो भने प्रदेश सभा २ बाट एमाले उमेदवार शिवाकोटी ३ हजार मतले अगाडि बढ्ने अनुमान गरिएको छ ।

    पुन: मतदान हुँदा घट्यो गठबन्धनको मत

    प्रदेशसभा क्षेत्र १ मा मेलुङ, तामाकोशी र बैतेश्वर गाउँपालिकाको गणना गर्न बाँकी छ । बैतेश्वरका ४ वटा बुथ कब्जा भएकोमा तीनवटामा पुन: मतदान भएको थियो । बैतेश्वर १ गैरीमुदी, २ पुतलीकाठ, ३ मिर्गे र ६ नाम्दुमा कब्जा भएकोमा त्यसमध्ये मिर्गे, पुतलीकाठ, नाम्दु र गैरीमुदीको एउटा बुथमा पुन: मतदान भएको थियो । बैतेश्वर गाउँपालिकामा कांग्रेस र माओवादी मिल्दा बलियो भएपनि यो गाउँपालिका एमालेको पनि प्रभाव रहेको पालिका हो । केही वडाहरूमा एमालेको राम्रो प्रभाव छ ।

    मंसिर ४ गते सम्पन्न भएको मतदानमा मिर्गेमा २६ सयमा २४ सय मत गठबन्धनले आफ्नो पक्षमा हालेका थिए । तर, पुन: मतदान हुदा उक्त केन्द्रबाट जम्मा १२ सय मतमात्रै खसेको छ । नाम्दुमा बुथ कब्जा गरेर २३ सयमा २२ सय मत खसाइएकोमा पुन: मतदानमा करिब १२ सय खसेको छ । गठबन्धनको मत घटेकाले बैतेश्वरबाट पनि गठबन्धनले सोचेजस्तो अन्तर निकाल्न कठिन हुने देखिएको छ ।

    गठबन्धले अपेक्षा गरेको अर्को तामाकोशी गाउँपालिका पनि हो । तामाकोशीको वडा नम्बर ३ को जफेको दुईवटा बुथ, झुले र मालुको बुथ कब्जा गरिएको थियो । त्यस्तै शहरेमा पनि केही फर्जी मत हालिएको थियो । तर, जफेको जामुनेमा मात्रै पुन: मतदान भयो ।

    तामाकोशी र बैतेश्वरबाट गठबन्धनले भिमेश्वरको ऋण तिर्नसक्ने अनुमान गरेको छ । प्रदेश १ को मेलुङ गाउँपालिका स्थानीय चुनावमा एमालेले जितेको ठाउँ हो ।

    प्रदेशको गणना रुझान हेर्दा यो गाउँपालिकाबाट एमालेले लिड गर्ने देखिएको छ । यहाँबाट ५ सयदेखि १ हजार मतले लिड गर्ने अवस्था छ । भिमेश्वरको ऋण बैतेश्वर र तामाकोशीले तिरेर गठबन्धनका उमेदवार कार्की अघि बढे भने पनि मेलुङबाट कभर गर्ने एमालेको अनुमान छ ।

    बिगु निर्णायक

    प्रदेशसभा २ को शैलुङ बराबरी भयो भने बिगु गाउँपालिकको मत परिणाम दोलखामा दुवै उम्मेदवारका लागि निर्णायक हुनेछ । बिगुबाट बढी भोट ल्याउने उम्मेदवारले चुनाव जित्छ । कम्तीमा ५ सयदेखि १ हजार अन्तरमा चुनाव जितहार हुने हिसाब छ ।

    स्थानीय निर्वाचनमा बिगु गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा माओवादी उमेदवार सञ्जीव वली ४ हजार १ सय मतले विजयी भएका थिए भने एमाले उमेदवार अचुतम केसीले ३ हजार ९७३ मत ल्याएका थिए । दुईबीचको मतान्तर १२७ मात्र थियो ।

    उपाध्यक्षमा भने यो गाउँपालिकामा एमाले उमेदवार विजयी भएकी थिइन् । थोरै मतले मात्र जित हार हुने अवस्था देखिएपछि यतिबेला दुवै प्रतिस्पर्धी ढुक्क हुने स्थितिमा देखिएका छैनन् ।

  • माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने

    माओवादीको निर्णय – सरकार गठनमा सबै विकल्प खुला, एमालेसँग पनि हुन सक्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।
    पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए । उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए ।
    उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको महराले बताए ।
    बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताए ।
    बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।
    राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । तर भावी यात्राबारे अहिले कुरा नभएको उनले प्रष्ट पारे ।
  • माओवादी बागमती प्रदेश अध्यक्ष भन्छन्- मुख्यमन्त्री प्याकेजमा टुंगिएला, दलको नेतामा मेरो दाबी

    माओवादी बागमती प्रदेश अध्यक्ष भन्छन्- मुख्यमन्त्री प्याकेजमा टुंगिएला, दलको नेतामा मेरो दाबी

    हेटौँडा । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा नवनिर्वाचित प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा आफ्नो दाबी रहेको बताएका छन् ।

    नेपालप्रेसँगको कुराकानीमा पौडेलले आफू बागमती प्रदेश अध्यक्ष भएको नाताले दलको नेतामा स्वाभाविक दाबी रहने बताए ।

    उनले भने, ‘हाम्रो विधानमा पनि पार्टीले सरकार चलाउने भनिएको छ, म बागमती प्रदेशको अध्यक्ष पनि हुँ, अहिले हाम्रो प्रदेश कमिटी कार्यकारी अधिकार रहेको कमिटी पनि भएको कारण पार्टीको नीति अनुसार सरकार चलाउन मैले दलको नेता हुनै पर्छ र यो मेरो दाबी पनि हो ।’

    अध्यक्ष सहयात्रीले आफू सकेसम्म सर्वसम्मत ढंगबाट दलको नेता चुनिने नभए लोकतान्त्रिक विधिबाट दलको नेतामा आफू चयन हुने विश्वास व्यक्त गरे ।

    दलको नेताको विषयमा पूर्व संसदीय दलका नेता शालिकराम जम्कटेल र पूर्वमन्त्री युवराज दुलालको नाम पनि चर्चामा छ नि भन्ने नेपालप्रेसको प्रश्नमा उनले भने, ‘चर्चा हुनु स्वाभाविक हो, उहाँहरू पहिले पनि दलको नेता तथा सरकारमा रहिसक्नु भएका नेताहरू भएको कारण चर्चा हुनुलाई मैले स्वाभाविक रूपमा बुझेको छु, यसको मतलब मेरो दाबी रहन्न भन्ने छैन, उहाँहरूको दाबी विषयमा मलाई जानकारी भएन, तर मेरो दाबी रहन्छ र प्रदेश अध्यक्षको नाताले मेरो दाबीलाई स्वाभाविक पनि मान्नुपर्छ ।’

    सरकार गठनको विषयमा कुरा गर्दै उनले देशभर नै गठबन्धनको सरकार निर्माण हुनेमा शंका नभएको बताए ।

    उनले भने ‘निर्वाचन नै गठबन्धन गरेर उठेको हुनाले सरकार पनि गठबन्धनकै बन्ने कुरा निश्चित छ, अब कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने या कसले पहिले गर्ने भन्ने कुरा गठबन्धनको बैठकले प्याकेजमा नै टुंगो लगाउने विषय हो ।’

    माओवादी केन्द्र पनि बागमती प्रदेशमा सरकार निर्माणको लागि सक्षम रहेको भन्दै उनले अवसर पाएको अवस्थामा आफूहरूले सरकारको नेतृत्व गर्ने समेत बताए ।

    सरकार निर्माणको विषयमा अब पार्टी तहमा छलफल सुरु हुने भन्दै पौडेलले सात प्रदेश तथा सङ्घीय सरकार निर्माणको कुरा पाँच दलीय गठबन्धनको बैठकले प्याकेज बनाएर निर्णय गर्ने कुरा आफूहरूले बुझेको बताए ।

  • चुनावको समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

    चुनावको समीक्षा गर्न माओवादीको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ।

    चुनावको समीक्षा गर्न दिँउसो ३ बजे बैठक बस्ने महासचिव देव गुरूङले जानकारी दिए। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

  • प्रचण्ड र सिके राउतबीच भेटवार्ता

    प्रचण्ड र सिके राउतबीच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

    राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको कांग्रेसका नेता विमलेन्द्र निधिले दाबी गरेका छन् । नयाँ सरकारको गठनको विषय पेचिलो बनिरहँदा यसै निर्वाचनबाट उदाएको जनमत पार्टीका अध्यक्ष राउतको सक्रियतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

  • चुनावपछि फ्रेस हुन छोरीहरुसहित ‘सुकुटे’ पुगे प्रचण्ड

    चुनावपछि फ्रेस हुन छोरीहरुसहित ‘सुकुटे’ पुगे प्रचण्ड

    सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् ।

    अध्यक्ष प्रचण्डसँग सभामुख अग्नि प्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

    अध्यक्ष दाहालको पारिवारिक भ्रमण मात्रै रहेको निजी सचिवालयले जानकारी दिएको छ।

    अध्यक्ष दाहाल ले आगामी सरकारको नेतृत्वको सवालमा निकट्स्ठहरुसँग छलफल गर्ने स्रोतको दाबी छ।

    दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्।

  • भाइ कांग्रेस नबन्न माओवादी र नेकपा एसलाई एमाले नेता ज्ञवालीको सुझाव (भिडिओ)

    भाइ कांग्रेस नबन्न माओवादी र नेकपा एसलाई एमाले नेता ज्ञवालीको सुझाव (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् ।

    अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् । उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राखे । उनले माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे । ज्ञवालीले विगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गरे ।

    ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गरे ।

  • काठमाडौंमा माओवादीलाई भन्दा लौरोलाई धेरै भोट

    काठमाडौंमा माओवादीलाई भन्दा लौरोलाई धेरै भोट

    काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले भन्दा बढी मत लौरो अभियानले पाएको छ ।

    काठमाडौं प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम गरिरहँदा नेकपा एमाले दोस्रो स्थानमा छ भने नेपाली कांग्रेस तेस्रोमा रहेको छ ।

    राप्रपाले ८९ हजार ७०८ मत ल्याउँदा एमालेले ८८ हजार २२५ मत प्राप्त गरेको छ भने कांग्रेस ८५ हजार ३३६ सहित तेस्रो स्थानमा छ ।

    प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नतिजा नल्याएको हाम्रो नेपाल पार्टी (लौरो अभियान) का उम्मेदवार शैलेन्द्रमान बज्राचार्यले काठमाडौं ८ को प्रदेशसभा १ मा विजयी हासिल गरेका छन् । उनले पाँच हजार ४७० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेश शाक्यले तीन हजार ७१८ मत ल्याएका छन् ।

    समानुपातिकतर्फ प्रतिनिधिसभामा देशभरबाट ५४ हजार १० मत प्राप्त गरेको हाम्रो नेपालले सबैभन्दा धेरै वागमती प्रदेशमा ल्याएको छ । सो पार्टीले वागमती प्रदेशमा ४६ हजार ५७४ मत प्राप्त गरेको छ भने सबैभन्दा कम कर्णाली प्रदेश जहाँ एक हाजर ६६२ मत ल्याएको छ । त्यस्तै, लुम्बिनीमा २७ हजार ७०४ मत हाम्रो नेपाल पार्टीमा परेको छ भने गण्डकीमा १८ हजार ४६६ मत हासिल गर्न सफल भएको छ ।

    लौरो अभियान वागमती प्रदेशमा सातौं स्थानमा छ ।

    काठमाडौं जिल्लामा भने सत्तारुढ घटक नेकपा माओवादी केन्द्रभन्दा अगाडि रहेको छ । हाम्रो नेपाल पार्टीले जिल्लामा २४ हजार ९८४ मतसहित चौथो स्थानमा ओगट्दा माओवादी केन्द्र २० हजार १९४ मत ल्याउँदै पाँचौं स्थानमा रहेको छ ।

     

     

  • प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

    प्रदेश समानुपातिक : प्रदेश १ मा माओवादीभन्दा राप्रपा अगाडि, गण्डकीमा नेकपा एसलाई जनमोर्चाले उछिन्यो

    काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार प्रदेश १ मा १८ लाख २ हजार ९०७ मत गणना सकिएको छ ।

    त्यहाँ एमालेले ६ लाख २९ हजार ८८५ मत ल्याएर अग्रता कायम राख्दा कांग्रेसले ५ लाख २९ हजार ८९६ मत ल्याएर दोस्रो स्थानमा छन् ।

    नेकपा माओवादी केन्द्रलाई उछिनेर राप्रपाले १ लाख ९० हजार ६०४ मत ल्याउँदा माओवादी १ लाख ७७ हजार २६१, जसपा ५८ हजार ५११, नेकपा (एकीकृत समाजवादी) ५४ हजार ६८७ मत ल्याएका छन् ।

    तर, अन्य छ प्रदेशमा एमालेले लिड गरेपनि मधेस प्रदेशमा भने सुरुवाती चरणदेखि नै कांग्रेसले अग्रता लिएको छ । १९ लाख ३० हजार ४५६ मत गन्दा कांग्रसले ३ लाख ७३ हजार ९६६, एमालेले ३ लाख ३७ हजार ८५६, जनमत पार्टीले २ लाख ८५ हजार ७९२ मत ल्याएको छ ।

    जसपाले २ लाख ७३ हजार २७८, माओवादीले १ लाख ७३ हजार ३०२, नेकपा एस १ लाखा ५ हजार ५९२, लोसपाले १ लाख ३ हजार २६३ र राप्रपाले ६३ हजार ४७२ मत ल्याएको छ।

    यस्तै, वागमती प्रदेशको १८ लाख २८ हजार ४५८ मत गणना गर्दा एमालेले ५ लाख ५४ हजार १००, नेपाली कांग्रेसले ४ लाख ६३ हजार १३८, माओवादीले २ लाख ६९ हजार २१५, राप्रपाले २ लाख ६६ हजार ५२४, नेपाल मजदुर किसान पार्टीले ६७ हजार ३१ मत ल्याएको छ ।

    नेकपा एस ६३ हजार ५११ मत ल्याउँदा राप्रपाले ६३ हजार ४७२ ल्याएको छ ।

    गण्डकी प्रदेशमा ९ लाख १८ हजार ८३९ मत गन्दा एमालेले एमाले ३ लाख ४० हजार ५३३ मत ल्याएर लिड गरिराखेको छ ।

    यहाँ कांग्रेसले ३ लाख १७ हजार ५९६, माओवादीले १ लाख १५ हजार ३६६, राप्रपाले ५७ हजार ११६, हाम्रो नेपाली पार्टी १८ हजार ४६६, राष्ट्रिय जनमोर्चाले १४ हजार ७९३ र नेकपा एसले १४ हजार ६९७ मत ल्याएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गन्दा एमालेले ५ लाख ७० हजार ९२१, काँग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादीले १ लाख ९८ हजार ४५० मत ल्याएको छ ।

    यहाँ राप्रपाले १ लाख २७ हजार ४५२, नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१, जनमत पार्टीले ८१ हजार ६०५, जसपाले ६० हजार ८८६, नेकपा एसले ४२ हजार ६२१ मत ल्याएको छ ।

    यस्तै, कर्णाली प्रदेशमा ५ लाख ७७ हजार ८२९ मत गन्दा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादीले १ लाख ३७ हजार ६२९, नेकपा एसले ३५ हजार ८२६ र राप्रपाले २५ हजार १८६ मत ल्याएको छ ।

    सूदूरपश्चिम प्रदेशमा ८ लाख २७ हजार मत गन्दा ३३० एमालेले २ लाख ४५ हजार ५१०, कांग्रेसले २ लाख ३९ हजार ९१७, माओवादीले १ लाख १८ हजार १८ मत ल्याएको छ ।

    यस्तै, नागरिक उन्मुक्ति पार्टीले ९७ हजार २९०, राप्रपाले ४२ हजार १५४ र नेकपा एसले ४१ हजार २८९ मत ल्याएको छ ।

  • १ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष

    १ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड २६ हजार लाख ९६४ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ ।

    अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो स्थानमा रहेको छ। एमालेले २६ लाख ९९ हजार७१८ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५७ हजार ५९६ मतसहित पछ्याइरहेको छ ।

    तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४४ हजार ६५ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३२१ मतसहित पछ्याइरहेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार७५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ९३ हजार ६६२ रहेको छ ।

    एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ । जनमत पार्टीको मत ३ लाख ५४ हजार ३९० मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ४१९ रहेको छ ।

  • पाँच वर्षमा गोरखाका जनताले महसुस गर्नेगरी विकास गर्छु : प्रचण्ड

    पाँच वर्षमा गोरखाका जनताले महसुस गर्नेगरी विकास गर्छु : प्रचण्ड

    ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन् ।

    गोरखा-काठमाडौं सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि गोरखातिर आफ्नो ध्यान रहेको बताए ।

    उनले भने, ‘राष्ट्रलाई एकता, समृद्धि र सुशासन तिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ र राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’

    सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृत्तिलाई परास्त गर्न सकिने भन्दै प्रचण्डले आफूलाई गोरखाली जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने संकल्प गरे ।

    आउने ५ वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकासलाई गति दिने उनको जिकिर थियो ।

    ‘गोरखाको भौतिक संरचनाको विकासको कुरा र त्यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभुता, पर्यटन विकास, कृषिको आधुनिकीकरण लगायतका यी सबैमा मेरो ध्यान छ’ उनले भने, ‘ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरू गर्नुपर्ने पनि छ । यी सबै पूरा गर्न तपाईँहरु सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त पनि छु ।’

  • समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस

    काठमाडौं । समानुपातिकमा एमाले कांग्रेसभन्दा एक लाख ३० हजार मतले अगाडि, जनमतले थ्रेसहोल्ड कटाउन लाग्दा एसलाई सकस
    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २५ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख ३० हजार नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो ।

     

    निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ बजेसम्म एमालेले २५ लाख ७५ हजार ८७७ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ४५ हजार ५८४ मत पाएर दोस्रो स्थानमा छ ।

    समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र)ले १० लाख ९४ हजार ६०६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार ६३५ मत प्राप्त गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५० हजार ३५०, जनता समाजवादी पार्टीले तीन लाख ५४ हजार २५२, जनमत पार्टीले २ लाख ९४ हजार ४३५, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ६३ हजार ६०९, नागरिक उन्मुक्ति पार्टीले ४५ लाख २१५ मत प्राप्त गरेको छ ।

     

     

  • घण्टीको मतबारे प्रचण्डको टिप्पणी- आवेशको मत हो, विकास दिँदा पनि मान्छेलाई सन्तुष्टि छैन

    घण्टीको मतबारे प्रचण्डको टिप्पणी- आवेशको मत हो, विकास दिँदा पनि मान्छेलाई सन्तुष्टि छैन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले आवेशमा मत हालेको टिप्पणी गरेका छन्।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूहरूले मिहेनेत गरेर काम गर्दा समेत जनतालाई सन्तुष्टि नमिलेको बताए।

    उनले भने, ‘भर्खरै भएको चुनावतिर नजर लगायो भने राम्रो विकास गरेर तीव्र गतिमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रोजगारीसहित जनताको जीवनमा सहज बनाउन व्यापक रूपमा बढो मेहनत गरेर काम गर्दा पनि मान्छेलाई सन्तुष्टि मिलेको छैन। जनताले विकास र समृद्धि त चाहेका छन् तर, अहिलेको मतपरिणमलाई हेर्दा विकासलाई रुचाएको पनि देखिँदैन।’

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गएको मत आवेशको भएकाले राजनीतिक दल र नेतृत्व गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ।

    उनले भने, ‘जनताले राम्रो एजेण्डा भएकाले गणतन्त्र संघीयता, समावेशी समानुपातिक यी मान्यतालाई रुचायो भन्ने पनि देखिँदैन। त्यसैले कहीँ न कहीँ विदेशको ठाउँमा आवेगले काम गरेको छ। राजनीति दल र नेतृत्वलाई पनि त्यस विषयमा ध्यान जाओस् भन्न चाहन्छु।’

  • निवासमै भेट्न आएका रामचन्द्रलाई माधवले भने- अब प्रधानमन्त्रीको हकदार तपाईँ

    निवासमै भेट्न आएका रामचन्द्रलाई माधवले भने- अब प्रधानमन्त्रीको हकदार तपाईँ

    काठमाडौं । एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।

    यसैक्रममा आज बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ । पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए ।

    भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोगका लागि नेपालसँग आग्रह गरेका छन् ।

    माधव नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अब प्रधानमन्त्रीको हकदार तपाईँ भन्दै पौडेललाई भनेका छन् ।

    सहयोग गर्ने वचन दिँदै माधवले समकालीन सबै पीएम भइसकेकाले गठबन्धन बनाउन पनि योगदान गरेको हुँदा पौडेललाई तपाईँमात्र बाँकी भन्दै प्रधानमन्त्रीको हकदार तपाईं हो भनेको निकट स्रोतले बताएको छ ।

  • समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    समानुपातिकमा कांग्रेससँग मतान्तर बढाउँदै एमाले, घण्टी भेट्न लम्किँदै माओवादी

    काठमाडौं । प्रत्यक्षतर्फको मतगणना करिब सकिन लाग्दा समानुपातिको जारी छ । आइतबार बिहान ६:५० बजेसम्मको अपडेट अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग एमाले अहिले एक लाख ३१ हजार ९ सय ९७ मतले अगाडि छ । आइतबार साँझको तुलनामा एमालेले कांग्रेससँगको मतान्तर अझ फराकिलो पारेको छ ।

    हालसम्म एमालेले २५ लाख १९ हजार ३१६ मत प्राप्त गरेको छ । २३ लाख ८७ हजार ३१९ मतसहित कांग्रेस दोस्रो स्थानमा छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रबीच तेस्रोका लागि प्रतिस्पर्धा जारी छ । राष्ट्रिय स्वतवन्त्र पार्टीले १० लाख ५९ हजार ३२२ मत प्राप्त गर्दा माओवादी १० लाख ५२ हजार ७८८ मत ल्याएर पछ्याइरहेको छ । यी दुईबीचको मतान्तर करिब ७ हजारको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४४ हजार २५० मतका साथ पाँचौं र ३ लाख १९ हजार ४१९ मत ल्याएर जसपा छैटौं स्थानमा छ ।

    सीके राउतको जनमत पार्टीले २ लाख ५६ हजार १७ ल्याउँदा नेकपा एसले २ लाख ४८ हजार ८४९ मत पाएर सातौं स्थानमा छ ।

  • वागमती प्रदेशमा नेपाली कांग्रेस पहिलो, सरकार गठनमा माओवादी निर्णायक

    वागमती प्रदेशमा नेपाली कांग्रेस पहिलो, सरकार गठनमा माओवादी निर्णायक

    हेटौँडा । आम निर्वाचन २०७९ को नतिजा अनुसार वागमती प्रदेशसभामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ । वागमतीको ६६ प्रदेशसभा क्षेत्रको मतपरिणाम अन्र्तगत हालसम्म दोलखाको दुईवटा क्षेत्रबाहेक ६४ क्षेत्रको नतिजाअनुसार नेपाली कांग्रेस २४ सिटसहित प्रथम बन्दा नेकपा माओवादी केन्द्र १४ सिटसहित दोस्रो बनेको छ ।

    नेकपा एमाले भने तेश्रो स्थानमा खुम्चिएको छ । एमालेले यो पटक १२ वटा सिटमा विजयी बन्दा चौथो स्थामा राप्रपा पुगेको छ । राप्रपाले यो पटक ७ वटा सिट जित्दा नेकपा एकिकृत समाजवादीले ५ वटा सिटमा विजय हाँसिल गरेको छ । वागमतीमा नेपाल मजदुर किसान पार्टीले १ तथा हाम्रो नेपाली पार्टीले पनि १ सिटमा जित दर्ता गरेको छ ।

    वागमती प्रदेशको नतिजालाई हेर्ने हो भने यो पटक नेकपा माओवादी केन्द्र सरकार बनाउने विषयमा निर्णाय देखिएको छ । समानुपातिकको अन्तिम नतिजा आएसँगै एमाले दोश्रो दल बन्ने संभावना रहेको छ भने सरकार निर्माणको लागि माओवादी केन्द्रको सहयोग कांग्रेस र एमालेलाई पर्ने देखिएको छ ।

    यी हुन् मुख्यमन्त्रीको दाबेदार

    प्रदेशको मत परिणाम र सिट संख्या टुंगो लागेसँगै एमाले, कांग्रेस तथा माओवादी केन्द्रले मुख्यमन्त्रीको तयारी पनि सुरु गरिसकेका छन् । नेपाल प्रेससँग कुरा गर्दै नेपाली कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले आफू स्वभाविक रुपमा मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन् ।

    कांग्रेस प्रदेशको ठूलो दल भएको हैसियतमा आफूहरुले सरकारको नेतृत्व गर्ने उनले बताए । तर माओवादी केन्द्र पनि यो पटक आफ्नो नेतृत्वमा सरकार बनाउने अभियानमा छ । माओवादी केन्द्रको तर्फबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्रीका दाबेदार हुन् । माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका जम्कट्टेलाई माओवादीले भावी मुख्यमन्त्रीको रुपमा प्रचार समेत गरेको छ ।

    नेकपा एमालेबाट भने मुख्यमन्त्रीको रुपमा प्रचार गरिएका पोलिटब्युरो सदस्यहरु देवि ज्ञावली, रामेश्वर फुँयाल तथा पुर्व सभामुख सानुकुमार श्रेष्ठ चुनावमा पराजित भएसँगै अन्योलता बढेको छ । एमालेले सरकारको नेतृत्व गर्न पाएको अवस्थामा चितवनका जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने संभावना उच्च रहेको एमाले श्रोतको दाबी छ भने एकिकृत समाजवादीले कृष्ण खनाललाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

    वागमती प्रदेश

    नेपाली कांग्रेस

    १.मकवानपुर १‘२’ – इन्द्रबहादुर बानीयाँ
    २. सिन्धुली १‘१’ – रामकुमार पाहाडी
    ३. सिन्धुली २‘१’ – क्षेत्र बहादुर बम्जम
    ४. रसुवा १‘१’ – प्रभात तामाङ
    ५. धादिङ १‘१’ – मधुकुमार श्रेष्ठ
    ६. धादिङ २‘१’ – गोविन्द लम्साल
    ७. नुवाकोट २‘२’ – बहादुर सिं लामा
    ८. नुवाकोट १‘१’ – रमेशकुमार महत
    ९. काठमाडौं १‘१’ – दिपेन्द्र श्रेष्ठ
    १०. काठमाडौं १‘२’ – सुरजचन्द्र लामिछाने
    ११. काठमाडौँ ३‘१’ – छिरिङदोर्जे लामा
    १२ . काठमाडौँ ३‘२’ – विमल ठकुरी
    १३. काठमाडौँ ४‘१’ – श्रीराम लामीछाने
    १४. काठमाडौँ ५‘२’ – श्यामबहादुर खड्का
    १५. काठमाडौँ ६‘१’ – हरिप्रभा खड्गी
    १६. काठमाडौँ १०‘१’ – पुकार महर्जन
    १७. भक्तपुर १‘१’ – सुरेश श्रेष्ठ
    १८. ललितपुर १‘२’ – मिनकृष्ण महर्जन
    १९. ललितपुर २‘२’ – रामकृष्ण चित्रकार
    २० काभ्रे १‘२’ – तिर्थबहादुर लामा
    २१. काभ्रे २‘२’ – कञ्चनचन्द्र बादे
    २२. सिन्धुपाल्चोक १‘१’ – मसिना खड्का
    २३. सिन्धुपाल्चोक २‘१’ – कृष्णकुमार तामाङ
    २४. चितवन २‘२’ – उत्तम जोशी

    माओवादी केन्द्र

    १. रामेछाप १‘१’ –तारा नारायण श्रेष्ठ
    २. रामेछाप १‘२’ – युवराज चौँलागाई
    ३. सिन्धुली १‘१’ – मातृका प्रसाद भट्टराई
    ४. सिन्धुली २‘२’ – गंगानारायण श्रेष्ठ
    ५. रसुवा १‘२’ – इन्द्रप्रसाद गोतामे
    ६. मकवानपुर २‘१’ – कुमारी मोक्तान
    ७. मकवानपुर १‘१’ – प्रेमबहादुर पुलामी
    ८. धादिङ १‘२’ – शालिकराम जम्कट्टेल
    ९. नुवाकोट २‘१’ – रामप्रसाद ढुंगाना
    १०. नुवाकोट १‘१’ – राधिका तामाङ
    ११. काभ्रे १‘१’ – रत्नप्रसाद ढकाल
    १२. सिन्धुपाल्चोक १‘२’ – सरल सहयात्री पौडेल
    १३. सिन्धुपाल्चोक २‘२’ – युवराज दुलाल
    १४. चितवन ३‘२’ – ठाकुरप्रसाद ढकाल

    नेकपा एमाले

    १. मकवानपुर १‘२’ – एकालाल श्रेष्ठ
    २. काठमाडौँ ४‘२’ – जयराम थापा
    ३. काठमाडौँ ६‘२’ – अमनकुमार मास्के
    ४. काठमाडौँ ७‘२’ – प्रकाश श्रेष्ठ
    ५. काठमाडौँ ९‘२’ – केशबप्रसाद पोखरेल
    ६. भक्तपुर २‘१’ – किरण थापामगर
    ७. ललितपुर १‘१’ – मधुसुदन पौडेल
    ८. ललितपुर २‘१’ – रामेश्वर श्रेष्ठ
    ९. ललितपुर ३‘१’ – रघुनाथ महर्जन
    १०. ललितपुर ३‘२’ – प्रेमभक्त महर्जन
    ११. चितवन १‘१’ – जगनाथ थपलिया
    १२. चितवन २‘१’ – कृष्णप्रसाद सिलवाल

    राप्रपा

    १. धादिङ २‘२’ – डम्मर तामाङ
    २. काठमाडौँ २‘१’ – सुनिल केसी
    ३. काठमाडौँ २‘२’ – राजु विष्ट
    ४. काठमाडौँ ५‘१’ – राजेन्द्र प्रजाति
    ५. काठमाडौँ ८‘२’ – उद्धब थापा
    ६. काठमाडौँ ९‘१’ – नुरज बज्रचार्य
    ७. चितवन ३‘१’ – गिरबहादुर तामाङ

    नेकपा एकीकृत समाजवादी

    १. काठमाडौँ ७‘१’ – बसन्त मानन्धर
    २. काठमाडौँ १०‘२’ – रमा आलेमगर
    ३. भक्तपुर २‘२’ – राजेन्द्रमान श्रेष्ठ
    ४. काभ्रे २‘१’ – लक्ष्मण लम्साल
    ५. चितवन १‘२’ – कृष्णप्रसाद शर्मा खनाल

    हाम्रो नेपाली पार्टी

    १. काठमाडौँ ८‘१’ – शैलेशमा बज्रचार्ज

    नेपाल मजदुर किसान पार्टी

    १. भक्तपुर १‘२’ – सुरेन्द्रराज गोसाई

  • माओवादीको ओरालो यात्रा : ‘भोट ट्रान्सफर’ नहुँदा १७ सीटमै खुम्चियो, उपत्यका र सुदूरपश्चिममा शून्य

    माओवादीको ओरालो यात्रा : ‘भोट ट्रान्सफर’ नहुँदा १७ सीटमै खुम्चियो, उपत्यका र सुदूरपश्चिममा शून्य

    काठमाडौं । सत्ता गठबन्धनभित्रका दलहरूबीच भोट ट्रान्सफर नहुँदा माओवादी केन्द्रलाई धक्का लागेको छ। ०७४ सालको निर्वाचनमा एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमै ३६ सीट जितेको माओवादी अहिले १७ सीटमै सीमित बन्न पुगेको हो।

    अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट चुनावमा होमिएको माओवादीलाई गठबन्धन फलिफाप नभएको हो। प्रतिनिधि सभाको १६५ सीटमध्ये माओवादीले ४६ सीटमा मात्रै उम्मेदवारी दिएको थियो।

    दश वर्षे जनयुद्धपछि शान्ति प्रक्रिया आएको माओवादीले ०६४ को संविधानसभामा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत सीट जितेर संसदीय राजनीतिमा उदाएको थियो। तर, ०६४ देखि ०७९ सम्म आइपुग्दा निरन्तर ओरालो यात्रामा छ।

    संसदीय राजनीतिमा माओवादी निरन्तर तेस्रो शक्तिको रूपमा स्थापित भएर त्यसको प्रत्यक्ष लाभ लिइराखेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको छ। गठबन्धनको बलमा कम्युनिष्ट घटकको पहिलो दल बनेर एमालेलाई दोस्रोमा झार्ने प्रचण्डको प्रयास विफल भएको छ।

    गठबन्धनबाट आफूलाई निर्णायक शक्तिको रूपमा स्थापित गरेर प्रधानमन्त्रीको योजना बनाएका प्रचण्डलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएको छ।

    निर्वाचनबाट स्वतन्त्र पार्टीको उदयसँगै माओवादीले निर्णायक शक्ति बन्ने अवसर गुमाउने आकलन गर्न थालिएको छ। तर, माओवादीका शर्मा दिनानाथ शर्माले माओवादी नै निर्णायक शक्ति बन्ने दाबी गर्छन्।

    उनी भन्छन्, ‘निर्वाचनमा हार र जितलाई स्वाभाविक रूपले लिनुपर्छ। कसैले अपेक्षित रूपमा बढी मत पनि ल्याएका छन्। निर्णय गर्ने न्यायाधीश जनता नै हुने भएकाले हामी सबैले जस्तो परिणाम आउँछ त्यसलाई स्वीकारेर जानुपर्छ।’

    उनले निर्वाचनको सबै परिणाम आएपछि सरकारको समीकरणबारे टुंगो लाग्ने बताए। गठबन्धनमा भोट ट्रान्सफर नभएकै कारणले माओवादीले सोचेजस्तो मतपरिणाम ल्याउन नसकेको जिकिर गरे।

    उनले भने, ‘वामपन्थीहरूलाई भोट दिन नचाहने कांग्रेसीहरूले पनि विकल्पमा घण्टीलाई रोजेका छन्। कतिपयले पार्टीभित्र नेतृत्वसँगको असन्तुष्टि र आफूले टिकट नपाएको कारणले विकल्पको रूपमा घण्टीलाई भोट हालेका छन्। त्यस विषयमा गठबन्धनमा गम्भीर समीक्षा गर्न आवश्यक छ।’

    विचार, सिद्धान्त, नीति र राष्ट्रको लागि भन्दा पनि आक्रोश र असहमतिको रूपमा स्वतन्त्र पार्टीको उदय भएको उनको बुझाइ छ।

    नेताहरूको असन्तुष्टि

    त्यसो त गठबन्धनबाट आफूहरूले सन्तोषजनक परिणाम पाउन नसकेको प्रचण्डले सार्वजनिक रूपमा अभिव्यक्त गरिसकेका छन्।

    शुक्रवार गोरखा पुगेका प्रचण्डको भनेका थिए, ‘हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ। नसोचेका केही कुरा भए। त्यसैले गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ। अपेक्षा गरेको जस्तो भएन । गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’

    प्रचण्डले मात्रै नभएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’सहित केही नेताहरूले गठबन्धनप्रति चर्को असन्तुष्टि व्यक्ति गरिसकेका छन्।

    गठबन्धन दलको मुख्य घटक कांग्रेसले माओवादी र नेकपा एकीकृत समाजवादीलाई भोट हाल्नुको सट्टा स्वतन्त्र पार्टी ९घण्टी०मा भोट हालेको माओवादी नेताहरूको आरोप छ।

    सबै प्रदेशमा खुम्चियो, सुदूरपश्चिमा शून्य

    निर्वाचन परिणामले हच्किएको माओवादी सबै प्रदेशमा खुम्चिएको छ। ०७४ मा ६ सिट जितेको माओवादी अहिले ३ सीटमा सीमित रह्यो। प्रदेश १ बाट मोरङ ४ मा अमन लाल मोदी, खोटाङमा रामकुमार राई, भोजपुर १ मा सुदन किराँतीले मात्रै जित निकाल्न सफल भए।

    मधेश प्रदेशमा पनि माओवादी निकै खस्किएको छ। ०७४ को निर्वाचनमा पाँच सीट जितेको माओवादीले अहिले एक सीटमा चित्त बुझाएको छ। सर्लाही २ बाट महिन्द्र राय यादवले जित निकालेर माओवादीको अस्तित्व जोगाए। उनी नेपाल समाजवादी पार्टीका नेता भएपनि माओवादीको चुनाव चिन्हबाट लडेका थिए।

    यस्तै, गठबन्धनले सघाएको सघाएको माओवादीका पूर्व नेता प्रभु शाहले पनि रौतहट ३ बाट जित निकाले। एमालेबाट अलग भएका नेता शाहलाई माओवादी आफ्नो कोटाबाट उम्मेदवार बनाएको थियो। स्वतन्त्र उठेर जितेका शाह माओवादीमा फर्किने नफर्किने निश्चित छैन।

    यसअघि ७ सीट जितेको बागमती प्रदेशमा माओवादी अहिले ४ सीटमा सीमित बन्न पुगेको छ। माओवादीले सिन्धुपाल्चोक १ बाट माधव सापकोटा सुबोध, नुवाकोट १ मा हितबहादुर तामाङ, सिन्धुली २ मा लेखनाथ दाहाल र काभ्रे १ मा सूर्यमान दोङले मात्रै जिते।

    तर, काठमाडौं उपत्यकामा कुनै सीट जित्न सकेन। पम्फा भुसाल, ओनसरी घर्ती, मानुषी यमी जस्ता प्रभावशाली नेतृ अघि सारेको माओवादीले कुनै एक सीटमा जित निकाल्न सकेन।

    त्यसो त यसअघि ३ सीट जितेको माओवादीले गण्डकीमा दुई सीट मात्रै जितेको छ। गोरखा २ बाट प्रचण्ड र बागलुङ २ बाट देवेन्द्र पौडेल मात्रै जित्न सफल भए।

    यस्तै, लुम्बिनी प्रदेशमा ०७४ मा ७ सीट जितेको माओवादी ३ सीटमा खुम्चिएको छ। माओवादीको तर्फबाट दाङ २ मा रेखा शर्मा, रुकुम पूर्वमा पूर्णबहादुर घर्ती मगर र रोल्पामा वर्षमान पुनले जित निकाले।

    कर्णाली प्रदेशमा यसअघि ५ सीट जितेको माओवादीले अहिले ४ सीट जितेको छ। जाजरकोटबाट शक्ति बस्नेत, रुकुम पश्चिमबाट जनार्दन शर्मा, कालिकोटबाट महेन्द्रबहादुर शाही र हुम्लाबाट छिरिङ डम्डुल लामाले जिते।

    यस्तै, यसअघि ३ सीट जितेको सुदूरपश्चिममा माओवादी आफ्नो अस्तित्व जोगाउन नसकेर शून्यमै सीमित रह्यो।

    पाँच पदाधिकारी जिते, पाँचले हारे

    चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादीका १० पदाधिकारीमध्ये ५ जनाले मात्रै जित निकाल्न सफल भए। गोरखा २ बाट अध्यक्ष प्रचण्ड, उपमहासचिवहरू रोल्पाबाट पुन, रुकुम पश्चिमबाट शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र बागलुङ २ बाट देवेन्द्र पौडेल विजयी भएका छन्।

    यस्तै, माओवादीका महासचिव देव गुरुङसहित पाँच पदाधिकारीले हार व्यहोरे। लमजुङबाट महासचिव गुरुङसहित उपमहासचिवत्रय मातृका यादव धनुषा १ बाट, गिरिराजमणि पोखरेल महोत्तरी १ बाट, पम्फा भुसाल ललितपुर ३ बाट पराजित भए।

    यस्तै, कपिलवस्तु १ बाट सचिव चक्रपाणि खनालले पनि पराजय भोगे।

  • मधेसमा माओवादी ‘निरीह’, महिन्द्रले क्लिनस्वीप हुनबाट जोगाए

    मधेसमा माओवादी ‘निरीह’, महिन्द्रले क्लिनस्वीप हुनबाट जोगाए

    जनकपुरधाम । मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र ‘निरीह’ देखिएको छ । प्रदेशका ३२ क्षेत्रमध्ये सत्तागठबन्धनको भागबण्डामा माओवादीले ६ सीट पाएको थियो ।

    सर्लाही २ मा माओवादीकै चिन्हमा उठेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव भने विजयी बने । यादवले मधेसमा माओवादीको इज्जत जोगाइदिएका छन् । ५ क्षेत्रमा आफ्ना नेतालाई मैदानमा पठाए पनि रौतहट ३ मा रवीन्द्र पटेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो ।

    रौतहट ३ मा एमालेका बागी उठेका पूर्वनेता प्रभु साह माओवादीसहितका गठबन्धनको समर्थनमा विजयी भए । उनी माओवादीमै फर्किने/नफर्किने निश्चित छैन ।

    मधेसमा विगतदेखि नै कमजोर माओवादीलाई गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाएपनि तालमेल फापेन ।

    प्रभावशाली मानिने नेताहरू मातृकाप्रसाद यादव धनुषा १, विश्वनाथ साह सिरहा ३, गिरिराजमणि पोखरेल महोत्तरी १ र शिवचन्द्रप्रसाद कुशवाहा बारा २ मा पराजित भएका छन् ।

    पोखरेल जनमोर्चा हुँदै माओवादीमा आएका नेता हुन् । ०६४, ०७० र ०७४ मा लगातार जितेका पोखरेलको यसपटकको जितयात्रामा एमालेका लक्ष्मी महतोले ब्रेक लगाइदिए ।

    माओवादीमा आएदेखि पोखरेल र मातृकाबीच लामो समय गुट उपगुटको राजनीति चल्यो । स्थानीय तहको निर्वाचनअघि उनीहरू मिलेपछि मधेसमा एकढिक्का हुने धेरैको आँकलन पनि यो नतिजाले फेल खाएको छ ।

    प्रदेशसभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भए । प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेका माओवादीले ४ सीटमात्र जित्यो ।

    माओवादीले प्रदेशमा जितेका र हारेका क्षेत्रहरू :-

    जितेका क्षेत्रः महोत्तरी १ (२), सर्लाही ४ (२), रौतहट ४ (१), पर्सा १ (१)

    हारेका क्षेत्रः सप्तरी १ (१), सप्तरी २ (२), सिरहा २ (१), सिरहा ४ (१), धनुषा २ (२), महोत्तरी ४ (२), सर्लाही २ (१), बारा ३ (१), बारा ४ (१), पर्सा ३ (१), पर्सा ४ (२)

  • १५ वर्ष पछि महोत्तरी १ मा गिरिराजमणि स्तब्ध, एमालेका लक्ष्मी महतो विजयी

    १५ वर्ष पछि महोत्तरी १ मा गिरिराजमणि स्तब्ध, एमालेका लक्ष्मी महतो विजयी

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् ।

    महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुंदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

    यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

    ०७४ मा महतो जसपाबाट पोखरेलसंग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पोखरेल एमालेको सहयोग पाएर लक्ष्मीलाई पराजित गरे । यो पटक एमालेमा गएर जसपाको सहयोगमा पोखरेललाई पछारे ।

    जनमोर्चा हुँदै माओवादीसँग एकीकरण प्रक्रियामा गएदेखि पोखरेल तीन पटक विजयी हुंदा ५ पटक मन्त्री बन्ने अवसर पाएका थिए ।

  • अहिलेसम्म प्रदेश सभाका ४१ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित (सूचीसहित)

    अहिलेसम्म प्रदेश सभाका ४१ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित (सूचीसहित)

    काठमाडौं । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अहिलेसम्म नेकपा (माओबादी केन्द्र)का ४१ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार माओवादी केन्द्रका ४१ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

    जसमा अहिलेसम्म प्रदेश एकमा ६ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना निर्वाचित भएका छन् ।

    सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धन र केहि क्षेत्रमा एकल गरेर माओवादी केन्द्रले प्रदेश सभाका ११२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै २४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो ।

    यस्तै प्रदेश नम्बर एकका १९, लुम्बिनी प्रदेशमा १८, मधेश प्रदेशमा १७, गण्डकी प्रदेशका १२, सुदूरपश्चिम प्रदेशका १२ र कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।