Category: नेपाली कांग्रेस

  • पूर्वसहमहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित

    पूर्वसहमहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित

    धनकुटा । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य सुनिलबहादुर थापाको गृहनगरमा कांग्रेसले जितेको छ ।

    धनकुटाको पाख्रिवास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका हुन् । उनले ५ हजार ४ सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीम राईले ५ हजार ५३ मत ल्याए ।

    यस्तै धनकुटाकै महालक्ष्मी नगरपालिकाको मेयरमा पनि कांग्रेसका ध्रुवराज रायले एमालेका दिपक वुढाथोकिलाइ हराउँदै प्रमुखमा विजयी भएका छन् ।

    धनकुटा नगरपालिकाको मेयरमा पनि कांग्रेसका दिनेश राईले एमालेका चिन्तन तामाङ्गलाई पछि पार्दै उनि अघि बढिरहेका छन् ।

  • गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    गुल्मीको ईस्माको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

    काठमाडौं । गुल्मीको ईस्मा गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । अध्यक्षमा कांग्रेसका भगतसिंह खड्का ५ हजार ५८९ मतसहित विजयी भए । उपाध्यक्षमा कांग्रेसकै पार्वती कुँवरले ५ हजार ९०९ मत ल्याएर निर्वाचित भइन् ।

    गाउँपालिकामा अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हीराबहादुर अर्यालले ५ हजार ४६४ मत पाए । उपाध्यक्षमा एमालेकै वमिला खत्रीले ५ हजार १२१ मत ल्याइन् ।

  • विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि

    विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि

    विराटनगर । विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुादा कांग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् ।

    एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

  • भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

    भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

    भोजपुर । भोजपुरको अरुण गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

    यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ मा रोकिए ।

    यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकालले जितेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कविता राईले २५४४ मत ल्याइन् ।

    अघिल्लो चुनावमा पनि यहाँ अध्यक्ष-उपाध्यक्ष दुवै पद कांग्रेसले जितेको थियो । अध्यक्षमा गजेन्द्रबहादुर कार्की विजयी भएका थिए ।

  • पार्टीले अनपेक्षित हार व्यहोरेपछि कांग्रेस लुम्बिनी सहमहामन्त्री मुस्कानले दिए राजीनामा

    पार्टीले अनपेक्षित हार व्यहोरेपछि कांग्रेस लुम्बिनी सहमहामन्त्री मुस्कानले दिए राजीनामा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान)ले सहमहामन्त्री पदबाट राजीनामा दिएका छन् ।

    स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृहजिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको तथा २०७४ सालको स्थानीय निर्वाचनमा जितेका स्थानसमेत गुमेको भन्दै उनले राजीनामा दिएका हुन् ।

    २०७४ सालको निर्वाचनमा जिल्ला सभापति रहेका मुस्कान अहिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सहमहामन्त्री छन् ।

  • सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका रावत विजयी

    सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका रावत विजयी

    सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मत पाएर विजेता बन्दा नेकपा एसका डिल्लीबहादुर केसी २०१७ र एमालेका लोकेन्द्र सिंह खड्काले १७९६ मत पाएर पराजित भए ।

    उपाध्यक्षमा पनि कांग्रेसले जित निकालेको छ । कांग्रेसकी सिता खड्का पुन ३१८६ मत ल्याएर विजयी बन्दा माओवादीका राजेन्द्र कुमार थापा २०३५ र एमालेका कलावती वलीले १८१९ मत पाएर पराजित भए ।

    यो पालिकाको चार वडामा कांग्रेस तथा एक–एक वडामा एमाले र माओवादी विजय भएका छन् ।

  • निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यावाद: गृहमन्त्री खाण

    निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई धन्यावाद: गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिएका छन् ।

    गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीशहरू, र निर्वाचन अधिकृतहरूलाई सीमित स्रोत र साधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद दिएका हुन् ।

    गृहमन्त्री खाणले शनिबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधान सेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटपुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकै पटक सम्पन्न गरेकोमा धन्यवाद दिएका हुन् ।

    ‘सीमित स्रोत र साधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानहरूले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेबारी पूरा गर्नु भएको छ,’ गृहमन्त्री खाणले टेलिफोनमा भने ‘मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीशहरू र निर्वाचन अधिकृतहरूले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न गर्नुभएको छ । म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेबारी निभाउनु भएको छ । सबैले सरकारले दिएको जिम्मेबारी दृढतापूर्वक र प्रतिबद्ध भएर पूरा गर्नुभएका सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

    एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतिपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताए ।
    गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णय बमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेको जानकारी दिए ।

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकै पटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकोमा धन्यवाद दिएको बताए ।

  • प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसको निरन्तर अग्रता, माओवादी र एकीकृत समाजवादीले २ अंक छुन सकेन

    प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसको निरन्तर अग्रता, माओवादी र एकीकृत समाजवादीले २ अंक छुन सकेन

    कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ ।

    ७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् । बिपी कांग्रेसले २८४ मत पाएको छ । उपप्रमुखमा पनि कांग्रेस अगाडी छ । कांग्रेसले ३१५ मत पाउँदा एमालेले २९४ मत पाएको छ ।

    माओवादी र एकीकृत समाजवादीले भने दुई अंक पनि भेट्न सकेको छैन। प्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ७ मत पाएको छ । उपप्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ११ मत पाएका छन् ।

  • कैलालीको गोदावरी नपा ६ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

    कैलालीको गोदावरी नपा ६ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते

    कैलाली । कैलालीको गोदावरीमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । गोदावरी- ६ मा गएराति ११ बजेतिर भएको झडपमा एमालेका वडा अध्यक्ष उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका छन् ।

    उनको पाखुरामा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको छ । बिन्तीकी श्रीमती  पनि घाइते रहेकी छन् । उनीहरुको पद्मा अस्पतालमा उपचार भैरहेको छ । यस्तै अन्य ५ जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पान्डेयले जानकारी दिए ।

    यसैबीच नेकपा एमाले गोदावरी नगर कमिटीले गोदावरी- ६ मा भएकाे झडपका क्रममा एमालेका  वडा अध्यक्ष उम्मेदवार चौधरीको घरपरिवारका सदस्यमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । नगर कमिटीका सचिव जीवनकुमार शाहले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको हो ।

    ‘बैशाख २८ गते कांग्रेसका वडा अध्यक्ष उम्मेदवार जयराज फुलाराको नेतृत्वमा करिब २०-२५ जनाको आपराधिक समूहले एमाले वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरीकाे घरभित्र पसी ज्यान मार्ने उद्देश्यका साथ खुकुरीलगायतका हातहतियारसहित सांघातिक आक्रमण गरिएको छ’, एमालेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

  • डडेल्धुराका मतदातालाई आश्वासन र धम्की : आरजु भन्छिन्- बजेट रोकिन्छ, देउवा भन्छन्- राजधानी हुन्छ

    डडेल्धुराका मतदातालाई आश्वासन र धम्की : आरजु भन्छिन्- बजेट रोकिन्छ, देउवा भन्छन्- राजधानी हुन्छ

    कैलाली । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको ध्यान अहिले आफ्नै गृह जिल्लामा छ । हिजो गृह जिल्ला डडेल्धुरा पुगेका देउवा अझै केही दिन त्यही बस्ने भएका हुन् ।

    देश भरी पाँच दलीय गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले सभापतिकै गृह जिल्लामा त्यो साख राख्न सकेन । बरु कांग्रेसको एउटा ठुलो समूह (कांग्रेस बिपी) अहिले एमालेसित तालमेल गरेर निर्वाचनमा होमिएको छ।

    यस्तो अवस्थामा अहिले प्रधानमन्त्री तथा पार्टी सभापति आफ्नो जिल्लामा केन्द्रित हुनु स्वभाबिच हो । तर, उनले पनि मतदाताहरूलाई अस्वाभाविक आश्वासन दिएको पाइएको छ ।

    उनले मतदाता रिझाउन प्रदेशको राजधानी डडेल्धुरा ल्याउन सकिने बताएका छन् ।

    डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई मङ्गलवार सम्बोधन गर्दै देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएर छोड्ने बताएका हुन् ।

    ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोलि पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने ।

    २०७४ साला असोज १२ गते प्रदेश सभामा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा राजधानी तोकिएको थियो । त्यो भन्दा अघि सम्म शेरबहादुर देउवा सरकारकै नेतृत्वमा अस्थायी राजधानी धनगढी तोकिएको थियो ।

    सङ्घीय संरचना अघि सम्म सुदूरपश्चिम प्रदेशको क्षेत्रीय सदरमुकाम डोटी रहेको थियो ।

    राजधानी तोक्ने बेलामा अस्थायी राजधानी धनगढी तोकेर स्थायी राजधानी गोदावरी तोक्न समन्वय गरेका देउवाले आज डडेल्धुरा राजधानी तोक्न सकिने बताउनुलाई धेरैले मतदाता रिझाउने गफ भएको बुझेका छन् ।

    डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनले स्वीकार गरेका थिए ।

    उनले राजधानीको मात्र नभई दशकौँ सम्म काम अघि नबढेका योजनाहरू पनि अघि बढ्ने बताए ।

    देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अरूले विकासको गफ मात्रै गर्ने गरेको उनले उल्लेख गरे।

    ‘देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरूले विकास गफ गर्छन् तर कहीँ गर्दैनन्, महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु’, उनले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ। ख्याल ठट्टा हो यो ?’

    पश्चिम सेतीका लागि भारतसँग कुरा भइरहेको बताउँदै उनले छिटै सम्झौता हुने पनि बताए। ‘अब मोदीजी लुम्बिनी आउँदै हुनुहुन्छ, त्यही बेला यसै वर्ष सम्झौता गर्ने भनेका छौँ,’ उनले भने ।

    यस अघि पनि डडेल्धुरामा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कांग्रेसले पराजित भएका स्थानीय तहमा बजेट पठाउन नसकिने आशय व्यक्त गरेकी थिइन् ।

    ‘जहाँ कांग्रेसको मेयरै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौँ’ उनले भनेकी थिइन्, ‘यो कुरालाई ध्यान दिएर करुवा, सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस् ।’

  • तामाकोशी गाउँपालिका उपसभापतिसहित १९ जना नेता-कार्यकर्ता कांग्रेसबाट निष्कासित

    तामाकोशी गाउँपालिका उपसभापतिसहित १९ जना नेता-कार्यकर्ता कांग्रेसबाट निष्कासित

    काठमाडौं । नेपाली कांग्रेस दोलखाले बागी उम्मेदवारी दिनेका प्रस्ताव, समर्थक तथा सहयोगीहरुसहित १९ जना नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

    तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार ईश्वर कार्कीसहितको टिमलाई सघाउने सबै नेता-कार्यकर्ता निष्कासनमा परेका हुन् ।

    जिल्ला सभापति बर्मा लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका उपसभापति वरुण पाख्रिन, सचिव राजेन्द्र योन्जन, क्षेत्रीय प्रतिनिधि विनोद कार्की, धनबहादुर योन्जनसहितका नेतालाई निष्कासन गरेको जनाएका छन् ।

  • आरजुको क्षेत्रमा कांग्रेसलाई आफ्नैको डर, देउवाले भेट्न बोलाउँदा पनि गएनन् ओझा

    आरजुको क्षेत्रमा कांग्रेसलाई आफ्नैको डर, देउवाले भेट्न बोलाउँदा पनि गएनन् ओझा

    कैलाली । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाउँदा पनि धनगढीका एक नेताले भेट्न नचाहेको खुलेको छ ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा देउवा पत्नी आरजू राणा देउवालाई असहयोग गरेको आरोपमा कारबाहीमा परेका पूर्वमन्त्री पुष्करनाथ ओझाले सोमबार देउवालाई भेट्न इन्कार गरेका हुन् ।

    सोमबार प्रधानमन्त्री देउवाकै आग्रहमा कांग्रेसका दुई नेता ओझाको घरमा पुगेका थिए । उनीहरूले प्रधानमन्त्री तथा पार्टी सभापतिले भेट्न खोजेको बताएका थिए । करिब ४५ मिनेटसम्मको छलफलमा पनि ओझाले भेट्न नचाहेको बताइएको छ ।

    ‘उहाँले प्रधानमन्त्री तथा पार्टी सभापतिप्रति पूर्ण सम्मान व्यक्त गर्नुभयो । तर, अहिले भेट्न नसकिने बताउनुभयो’, कांग्रेस निकट स्रोतले भन्यो, ‘निर्वाचनभन्दा अगाडि म भेट्न सक्दिनँ भन्नुभयो ।’

    ओझालाई पार्टीले यसअघि नै पाँच वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । अहिलेसम्म उनको कारबाही फुकुवा भएको छैन । आरजु राणा देउवालाई असहयोग गरेको भन्दै कारबाही गरिएको भए पनि उनलाई कारबाही गर्ने विषयमा भने अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारविरुद्ध लागेको बताइएको छ ।

    प्रतिनिधिसभा निर्वाचनमा धनगढीबाट ओझा पनि आकांक्षी थिए । २०७० सालमा शेरबहादुर देउवा डडेल्धुरा र धनगढी दुई ठाउँबाट निर्वाचित भएपछि देउवाले धनगढी छोडेका थिए । उनको स्थानमा ओझा उम्मेदवार भए र निर्वाचित पनि भए ।

    देउवासँग निकट सम्बन्ध रहेका ओझा पूर्वसञ्चार राज्यमन्त्री हुन् । कारबाहीमा परेपछि निष्क्रिय ओझालाई देउवाले फेरि सक्रिय रहन आग्रह गरेका थिए ।

    ओझालाई भेट्न गएका कांग्रेस प्रतिनिधिहरुलाई देउवा कारबाही फुकुवा गर्ने कुरामा सकारात्मक रहेको सुनाएका थिए । ओझाले पनि उनीहरूमार्फत देउवाप्रति सकारात्मक रहेको बताएका थिए ।

    धनगढी उपमहानगरपालिकाको चुनाव आरजु देउवाको प्रतिष्ठाको विषय हो । यहाँ पुष्कर ओझालाई आरजुकै दबाबमा कारवाही गरिएको थियो । तर अहिले गठबन्धनलाई ओझा पक्षकै असहयोगले अप्ठेरो परेपछि देउवाले उनीसँग कुरा गर्न खोजेका थिए ।

  • बूढानीलकण्ठमा गगनको दौडधूप खेर जान्छ, जनता हाम्रो पक्षमा छन्: मिठाराम अधिकारी

    बूढानीलकण्ठमा गगनको दौडधूप खेर जान्छ, जनता हाम्रो पक्षमा छन्: मिठाराम अधिकारी

    काठमाडौं । कपनका रैथाने मिठाराम अधिकारी यसपटक बूढानीलकण्ठ नगरपालिकाको मेयरका प्रत्यासी छन् । २०५४ सालमा साविक कपन गाविसको अध्यक्ष निर्वाचित भएयता उनी कुनै निर्वाचन लडेका छैनन् ।

    एमालेका प्रभावशाली नेता अधिकारीलाई यसपटक पार्टीले मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा अनिता लामा छिन् । यसअघिका मेयर र उपमेयर उद्धव खरेल तथा रमा राई दोहोरिएनन् ।

    अघिल्लो निर्वाचनमा बूढानीलकण्ठमा बहुमत जितेको एमाले यसपटक पनि आफ्नो बर्चश्व कायमै राख्न खोज्दैछ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेको यो क्षेत्र काठमाडौं महानगरपालिकापछि चर्चित चुनावी मैदान पनि हो ।

    यसैक्रममा नेपाल प्रेसकर्मी नविन काजी राईले मेयरका प्रत्यासी मिठाराम अधिकारीलाई तीन प्रश्न गरेका छन्–

    बूढानीलकण्ठ नगरपालिकाका जनताले तपाईंलाई आफ्नो प्रतिनिधिको रुपमा निर्वाचित गनुपर्ने कारणहरु के–के देख्नुहुन्छ ?

    जनताको मुक्तिका लागि राजनीति गर्नुपर्छ भनेर २०३६ सालदेखि सक्रिय भएँ । राजनीतिको मुख्य उद्देश्य भनेको समाज परिवर्तन गर्नु हो । त्यसका लागि काम गरेर देखाउनुपर्छ । काम गरेर देखाउँदा जनता खुसी हुँदारहेछन् ।

    २०५४ सालमा म निर्वाचित भएर यस क्षेत्रको छ गाउँ विकास समितिमध्ये कपन गाउँ विकास समितिको नेतृत्व गरें । त्यसबेला कति काम गरें, त्यो कपनका जनतालाई राम्रोसँग थाहा छ । मलाई विश्वास छ, मैले त्योबेला जसरी काम गरें, जसरी खटिएँ त्यसले गर्दा पनि यस क्षेत्रबाट जनताले मलाई निर्वाचित गराउनेछन् । ३० गते मतदान भएपछि नेकपा एमालेलाई जनताले जिताउनेछन् ।

    तपाईंका प्रमुख एजेन्डाहरु के–के हुन् ?

    भौतिक पूर्वाधार, बाटो, खानेपानीलगायत त भइगए । शिक्षामा पनि आमूल परिवर्तनको खाँचो छ । अस्ति भर्खरै पनि यस क्षेत्रका १९ सामुदायिक विद्यालयका प्रअहरुले एउटा भेला गर्नुभएको थियो । त्यस भेलामा म पनि सहभागी थिएँ । त्यहाँ सामुदायिक विद्यालय निजी विद्यालय सोसरह नजानुका कारणबारे उहाँहरुसँग जिज्ञसा राखेको थिएँ । म निर्वाचित भएपछि सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि लागिपर्ने वचन पनि दिएको छु ।

    बूढानीलकण्ठ नगरपालिकाले अहिले अस्पताल बनाइरहेको छ । संचालनमा चाहिँ आएको छैन । अहिले उपस्वास्थ्य चौकीहरुले काम गरिरहेका छन् । उक्त अस्पताललाई संचालनमा ल्याएर जनतालाई ५० प्रतिशतभन्दा बढी छुटमा उपचार गर्ने सुविधाको व्यवस्थापन गर्नुपर्छ भनेर लागेको छु । फोहरमैला व्यवस्थापनका लागि विज्ञहरुसँग छलफल पनि गरिरहेको छु । अर्को आर्थिक परिवर्तनको मुल मुद्दा छ । आर्थिक परिवर्तन भएन भने देश विकास हुन सक्दैन ।

    हाम्रो अहिलेका मेयर उद्धव खरेल र उपमेयर रमा राईले अघि सार्नुभएको विकासका आयोजनालाई पूर्णता दिँदै नयाँ कामहरु अघि बढाउँछौं । हामी यहाँका सबै जनताबीच परिचित अनुहार भएकाले आश्वासन दिइरहनु परेको छैन ।

    यो कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्र पनि हो । उहाँ आफैं पनि यस क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन खटेर लाग्नुभएको छ । तपाईंले यसलाई कसरी लिनुभएको छ ? तपाईंको रणनीति के छ ?

    गगन थापा एकपटक समानुपातिक र दुईपटक यसै क्षेत्रबाट निर्वाचित हुनुभएको छ । तर, उहाँले काम गर्न सक्नुभएन । यदि १५ वर्षमा राम्रो काम गरिदिनुभएको भए आफ्नो पार्टीको जनप्रतिनिधिलाई यस क्षेत्रमा निर्वाचित गराउन यति धेरै दौडधुप उहाँले गर्नुपर्दैन थियो । यति सानो क्षेत्रमा १४–१५ वटा आमसभा गर्नुपर्दैन थियो ।

    मैले २०५४ सालमा राम्रो काम गरेकाले कपनका जनताले भने, ‘तपाईं यस क्षेत्रमा आउनुपर्दैन । हामी छौं । बरु अन्य ठाउँमा गएर खटिनुहोस् । त्यहाँ जनमत बनाउनुहोस् । यता ढुक्क हुनुहोस्, अरु ठाउँमा आफूले गरेको कामको प्रचार गर्नुहोस् ।’

    यस कारणले यो ३० गते यहाँका जनताले मलाई नै जिताउनुहुनेछ । गगन थापाको कुनै डर छैन । उहाँले विगतमा गरेका कामहरुको जनताले राम्रोसँग समीक्षा गरिसकेका छन् ।

  • कर्ण मल्लप्रति देउवाको आक्रोश : म पछिको नेता बनाउँला भनेको मान्छे ओलीको चाकडी गर्न पुग्यो

    कर्ण मल्लप्रति देउवाको आक्रोश : म पछिको नेता बनाउँला भनेको मान्छे ओलीको चाकडी गर्न पुग्यो

    डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जन्मथलो डडेलधुराको गन्यापधुरा पुगेर कांग्रेसबाट भर्खरै निष्कासनमा परेका नेता कर्णबहादुर मल्लप्रति आक्रोश व्यक्त गरेका छन् ।

    चुनावी सभालाई सम्बोधन गर्न गन्यापधुरा पुगेका देउवाले आफूपछि नेता बनाउँला भनेको व्यक्ति ओलीको चाकडी गर्न पुगेकोमा आफूलाई लाज लागेको टिप्पणी गरे । उनले कर्ण मल्ल कतैबाट परिचालित भएको आरोपसमेत लगाए ।

    देउवाले भने– कांग्रेसको नेता बनाएको मान्छे अहिले विपी कांग्रेस भनेर हिँडेको छ । यिनीहरु कहाँबाट परिचालित छन, यस्ताका बारेमा भन्न पनि लाज लागेको छ । भोलिका दिनमा आफूपछिको नेता बनाउँला भनेको मान्छे त ओलीको चाकडी गर्न थालेछ । तर जनता निराश हुनुपर्दैन यहाँको विकास मैले गरेर छाड्छु ।

    दुईपटक डडेलधुरा कांग्रेसको सभापति भएका प्रभावशाली नेता तथा प्रदेश सांसद कर्णबहादुर मल्ल अहिले डडेलधुराका सबै स्थानीय तहमा एमालेसँग तालमेल गरेर कांग्रेसविरुद्ध चुनावी मैदानमा छन् ।

    गन्यापधुरामै पनि एमालेले मल्ल समूहलाई अध्यक्ष दिएर उपाध्यक्ष लिई गठबन्धन गरेको छ । मल्ल समूहले कांग्रेसलाई अप्ठेरो पारेपछि देउवा आफैं गृहजिल्लाको चुनावी अभियानमा सहभागी हुन आएका हुन् ।

  • खानेपानीका उपभोक्तालाई पत्र काटेर कांग्रेस उम्मेदवारले मागे मत (पत्रसहित)

    खानेपानीका उपभोक्तालाई पत्र काटेर कांग्रेस उम्मेदवारले मागे मत (पत्रसहित)

    रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर मल्लले आफू अध्यक्ष रहेको खानेपानी संस्थाका उपभोक्तालाई रुख चिन्हमा भोट दिन पत्राचार गरेपछि साे वडामा विवाद भएको छ ।

    करिब १५ सय उपभोक्ता रहेको उक्त संस्थाका सबै उपभोक्तालाई उनले पत्र काटेको सूचना पाएपछि वडामा रहेका अन्य दलले आपत्ति जनाएपछि विवाद भएको हो । स्थानीय उपभोक्ता गोविन्द खड्काले आफूसहित खानेपानीका उपभोक्तालाई मल्लले लिखित पत्राचार गरेको बताए ।

    स्थानीय उपभोक्ता तथा एमालेका नेता राजेन्द्र ढकालले निर्वाचन आचारसंहिताविपरीत खानेपानीका उपभोक्तालाई लिखित पत्राचार गरेर कानुनको खिल्ली उडाएको बताए । ‘त्यो संस्थाका उपभोक्ता कुनै पार्टीका हुँदैनन् । हामीले यसरी गलत गर्नेलाई कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिसकेका छौं’, उनले भने ।

    उजुरी परेपछि बुटवलस्थित निर्वाचन कार्यालयले बुटवलमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डे तथा वडा नं ११ का वडाध्यक्ष उम्मेदवार जीतबहादुर मल्ललाई फोन गरेर तत्काल रोक्न निर्देशन दिएको छ । कार्यालयले अब यस्ता विषय नदोहोर्‍याउन सचेत गराएको कार्यालयले जनाएकाे छ ।

    निर्वाचन कार्यालय बुटवलका अधिकृत लेखनाथ पौडेलले आचारसंहिताविपरीत उपभोक्तालाई पत्र पठाउनेलाई टेलिफोन गरेर सचेत बनाएको बताए । चिठीसहित उजुरी परेपछि सचेत गराइएको र अब गल्ती नदोहोराउने प्रतिबद्धता तथा वितरण गरेका सबै पत्र फिर्ता ल्याउने जनाएको उनले बताए ।

  • एमालेलाई जिताए प्रदेश र स्थानीय तह पनि भङ्ग हुनसक्छ: प्रधानमन्त्री देउवा

    एमालेलाई जिताए प्रदेश र स्थानीय तह पनि भङ्ग हुनसक्छ: प्रधानमन्त्री देउवा

    कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जिते फेरl संसद भङ्ग हुन सक्ने बताएका छन् ।

    धनगढीमा पाँच दलीय गठबन्धनले गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभामात्रै नभएर प्रदेश र स्थानीय तह नै भङ्ग गर्न सक्ने बताएका थिए ।

    ‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भङ्ग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भङ्ग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

    उनले अघिल्लो पटक पनि प्रनिनिधिसभा विघटन गरेरपछि आफूहरुले पुन:स्थापना गरेको बताए । ‘ओलीले दुई पटक संसद भङ्ग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं । तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भङ्ग गर्न दिने ?’, उनले प्रश्न गरे ।

    उनले एमालेमा ओलीभन्दा अर्को नेता नभएकोसमेत बताए । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाकाे भनाइ छ ।उनले भने, ‘सबै ठाउँबाट ल्याएर हामीले गठबन्धनको सरकार बनाएका छौं । यो सरकार बलियो बनाउन पनि गठबन्धन बलियो बनाउनु पर्छ ।’

    देउवाले बागी उम्मेदवारहरूलाई फिर्ता लिनसमेत निर्देशन दिए । माथिबाट आदेश ढिलो आएको होला । ‘आधिकारिक उम्मेदवारबाहेकका उम्मेदवारहरूले फिर्ता लिइयोस्’, उनले भने, ‘मैले अहिल्यै भन्छु, बागी उम्मेदवारलाई मान्य दिने छैन । पहिले पनि बागी उम्मेदवारका कारण कांग्रस हारेको हो । अहिले पनि हारेपछि कुनै पनि हालतमा माफी दिनेवाला छैनौं ।’

    उनले कैलारी र जोशीपुरमा समस्या रहेको संकेत गर्दै बागी उम्मेदवारहरूलाई वक्तव्य जारी गरेर भए पनि फिर्ता लिन आग्रह गरेका थिए । सुदूरपश्चिमकै भएका कारण आफू प्रधानमन्त्री भएको देउवाको भनाइ थियो ।

  • ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    ललितपुरमा नेकपा एस एक्लियो: कतै कांग्रेस-माओवादी तालमेल, कतै एक्लाएक्लै भिडन्त

    काठमाडौं । ६ स्थानीय तह रहेको ललितपुर जिल्लामा महानगरबाहेकका पाँच तहका लागि सुरुमा गठबन्धनका लागि जिल्लास्तरमै छलफल भएको थियो । छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी (एस) सहभागी थिए ।

    छलफल सहमतिनजिक पुगेको थियो । जसअनुसार वडाहरूको भागबन्डा लगभग टुंगिसकेको थियो भने पालिकामा सहमति जुट्न बाँकी थियो ।

    छलफलमा महानगरबाहेक अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको गोदावरी नगरपालिका र बागमती गाउँपालिका कांग्रेसलाई र माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिका माओवादी केन्द्रलाई दिने लगभग सहमति भएको थियो । तर, एमाले जितेको महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा तिनवटै दलले दाबी गरेपछि सहमति भाँडियो ।

    त्यसपछि जिल्ला तहहरुले त्यसलाई मिलाउने जिम्मा प्रदेश समितिहरूलाई दिए । तीन दलको प्रदेशस्तरीय समितिमा पनि कुरा मिल्न सकेन । अन्तिममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले अलग्गै सहमति गरे ।

    सहमतिअनुसार महानगरबाहेक बाँकी रहेका तीन स्थानीय तहमध्ये एकमा कांग्रेस र दुईमा माओवादी केन्द्रले नेतृत्व पाउने भए ।

    यो सहमतिअनुसार जिल्लामा नेकपा एस एक्लिएको छ । त्यसकारण नेकपा एसका नेताहरू चिढिए । ‘जिल्लामा सहमतिनजिक पुगेका हामीलाई उहाँहरू (माओवादी केन्द्र र कांग्रेस)ले बाहिर राखेर प्रदेशबाट कथित सहमति गर्नुभयो’, नेकपा एसका जिल्ला इन्चार्ज अमृतमान तिमिल्सिनाले भने, ‘हामी अझै पनि सहमतिको कुरा गरिरहेका छौं । सबै ठाउँमा हामीले उम्मेदवारी पनि दिएका छैनौं । सहमति हुनसक्ने ठाउँमा दिएका छौं ।’

    सहमति जुटे अझै पनि केही ठाउँमा पुनर्विचार गर्न सकिने उनले बताए । यसरी गठबन्धनभित्रको विवादले एमालेलाई केही राहत भएको छ । तर, माओवादी केन्द्र र कांग्रेसबीच भएको तालमेल पूर्णरूपमा कार्यान्वयन भए जोखिम भने उत्तिकै छ । यहाँका सबै स्थानीय तहमा एमाले एक्लै चुनावमा गएको छ ।

    एक्लै गए पनि जिल्लाका ६ वटै तहमा आफ्नो पार्टीले जित्ने सुनिश्चित रहेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सुशीला नेपालले दाबी गरिन् । ‘हामी ६ वटै तहमा मज्जाले जित्छौं । स्वार्थी गठबन्धनलाई जनताले परास्त गर्छन्’, उनले भनिन्, ‘एमालेले उठाएका जनमुखी काम र राष्ट्रवादी कदमलाई जनताले मूल्यांकन गरेका छन् ।’

    अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक स्थानीय तह जितेका थिए । यसपटकका कस्तो नतिजा आउला ? मतपरिणामसम्म कुर्नैपर्ने हुन्छ ।

    महानगरमा एसले केन्द्रको सहमति पालना गर्ने

    ललितपुर महानगरपालिकामा अघिल्लोपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको थियो । तालमेलअनुसार एमालेका हरिकृष्ण ब्यञ्जनकार मेयरमा लडेका थिए भने राप्रपाका बाबुकाजी प्रधान उपमेयरमा उठेका थिए ।

    एमाले उम्मेदवार ब्यञ्जनकारका लागि त्यो तालमेल पनि पर्याप्त बन्न सकेन । उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले पछि परे । महर्जनले २४ हजार ६४२ मत बटुल्दा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । मेयरमै अर्का प्रतिस्पर्धी तत्कालीन रवीन्द्र मिश्रको साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याउँदा माओवादी केन्द्रका दिनेश महर्जनले १० हजार ६६१ मत ल्याएका थिए ।

    उपमेयरमा भने राप्रपा उम्मेदवार प्रधानलाई एमालेले धेरै मत दिएको देखिएन । उनी १० हजार ५४० मतमात्रै ल्याएर चौथो स्थानमा रहँदा कांग्रेसकी गीता सत्याल १९ हजार ८१९ मतसहित विजयी भएकी थिइन् । दोस्रोमा साझा पार्टी समर्थित स्वतन्त्र उम्मेदवार शोभा शाक्यले १४ हजार २४० मत ल्याएकी थिइन् । तेस्रोमा माओवादी केन्द्रकी हसिना शाक्यले १२ हजार ९७९ मत प्राप्त गरेकी थिइन् ।

    यसपटक पनि मेयरमा यहाँ पुरानै दुई उम्मेदवारहरू कांग्रेसका चिरिबाबु र एमालेका हरिकृष्णबीच प्रतिस्पर्धा दोहोरिएको छ । चिरिबाबु सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । अघिल्लो पटक राप्रपाबाट सहयोग पाएका व्यञ्जनकार यसपटक एक्लै छन् । उनीहरूबाहेक राप्रपाका अष्टबहादुर महर्जन र विवेकशील साझाबाट उज्ज्वलकृष्ण श्रेष्ठ मेयर उम्मेदवार छन् ।

    तर निर्णायक प्रतिस्पर्धा पूर्वप्रतिस्पर्धीहरू चिरिबाबु र हरिकृष्णकै बीचमा हुने स्पष्ट देखिएको छ । चिरिबाबुलाई अघिल्लो निर्वाचनमा १० हजार ६ सयभन्दा बढी मत बटुलेको माओवादी केन्द्रसहित एमाले फुटेर बनेको नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाको साथ छ । यसबाहेक उनले आफूले मेयर निर्वाचित भएपछि गरेको कामले पनि मतदाता बढेको दाबी गरिरहेका छन् ।

    यता हरिकृष्णका लागि भने पुरानो मत जोगाउँदै नयाँ मतदाता, अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारले तानेको मत र चिरिबाबुसँग असन्तुष्ट मतको भर पर्नुपर्ने अवस्था छ ।

    अघिल्लो स्थानीय तह निर्वाचनमा यहाँ एकलाख १२ हजार ९२३ मतदाता थिए । जसमध्ये ८७ हजार ४८ मत खसेको थियो । यसपटक नौ हजार ९६७ मत थपिएर एकलाख २२ हजार ८९० पुगेको छ ।

    जिल्लाका अन्य स्थानीय तहमा एक्लिएको नेकपा एसले यहाँ केन्द्रीय सहमति पालना गरेर कांग्रेसका मेयर र माओवादीका उपमेयरलाई सघाउने जनाएको छ । ‘जिल्लामा हामीलाई गठबन्धनको भावनाभन्दा बाहिर राखे पनि महानगरमा केन्द्रको सहमतिभन्दा बाहिर जाँदैनौं’, नेकपा एसका जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘वडाध्यक्षमा हामीले पनि उम्मेदवारी दिएका छौं । मेयर÷उपमेयरमा गठबन्धनलाई सघाउँछौं ।’
    यहाँ गठबन्धन दलहरूभित्र एउटा वडामा जनता समाजवादीलाई दिनेबाहेक बाँकीमा सहमति नजुट्दा एक्लाएक्लै चुनावमा गएका छन् ।

    महालक्ष्मीमा कांग्रेस-माओवादी केन्द्र तालमेल

    अघिल्लो निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेले एकलौटी जीत निकालेको थियो । मेयर र उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा एमालेले जितेको थियो ।

    मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ८ हजार ८०५ मतसहित विजयी हुँदा कांग्रेसका महेश खड्काले ७ हजार ७६४ मत पाएका थिए । माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याउँदा राप्रपाका आनन्द अधिकारीले एक हजार ५५७ मत ल्याएका थिए ।  उपमेयरमा एमालेकी निर्मला थापाले ८ हजार ६३६ मतसहित विजयी हुँदा कांग्रेसकी ६ हजार ३०२ मतसहित दोस्रो भएकी थिइन् ।

    यसपटक एमालेलाई चुनौती दिन कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा माओवादीका शिवप्रसाद कट्टेल र कांग्रेसबाट उपमेयरमा लक्ष्मी महर्जन उम्मेदवार बनेका छन् । नेकपा एसका नकुल थापा मेयरमा एक्लै चुनाव लडेका छन् ।

    एमालेले यसपटक मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा वीणा सुवेदीलाई उम्मेदवार बनाएको छ । राप्रपाबाट मेयरमा प्रवीण खत्री र उपमेयरमा रामदेवी महर्जन उम्मेदवार छन् ।

    यसपटक यहाँ सत्तारूढ दलहरूबीच सबैभन्दा बढी विवाद भएको थियो । नेकपा एसले यहाँको मेयरलाई आफ्नो प्रतिष्ठासँग जोडेको थियो । तर, उसलाई यहाँको नेतृत्व छाड्न माओवादी केन्द्र र कांग्रेस दुवै तयार भएनन् । ‘उहाँहरूले जित्ने आधार पनि त हुनुप¥यो । अघिल्लो पटकको मत परिणामअनुसार यहाँ हाम्रो दाबी रहनुपथ्र्यो’, कांग्रेसका जिल्ला सचिव वशिष्ठ अधिकारी भन्छन्, ‘तर, गठबन्धनअनुसार हामीले यहाँको मेयर माओवादीलाई छाड्यौं । एसभन्दा माओवादीलाई यहाँ जित्न सजिलो पनि छ ।’

    उता नेकपा एसले भने यहाँको मेयर आफूलाई छाडे अझै पनि सहमतिको सम्भावना रहेको बताएको छ । ‘हाम्रो बटमलाइन भनेकै महालक्ष्मीको मेयर हो । त्यसैले मिल्ने गरी हामीले त्यहाँ केन्द्रको सल्लाहअनुसार मेयरमा मात्रै उम्मेदवारी दिएका छौं’, जिल्ला इञ्चार्ज तिमिल्सिनाले भने, ‘यहाँ मेयर हामीलाई दिए जिल्लाभरि हामी गठबन्धनलाई सहयोग गर्न तयार छौं ।’

    यहाँको मेयर एक्लै पनि जित्न सक्ने उनको दाबी छ । उनी भन्छन्, ‘यहाँ माओवादी–कांग्रेस गठबन्धन अहिले पनि तेस्रो हो । पहिलोमा हामी, दोस्रो एमाले र तेस्रो उहाँहरू हो ।’

    गोदावरीमा माओवादीले दुवै पद कांग्रेसलाई छाड्यो

    गोदावरी नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पद कांग्रेसलाई छाडेको छ । जसमा कांगेसले मेयर/उपमेयरमा अघिल्लो पटक विजयी उम्मेदवारलाई नै दोहोर्‍याएको छ ।

    अघिल्लो निर्वाचनमा मेयरमा कांग्रेसका गजेन्द्र महर्जन १३ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उपमेयरमा कांग्रेसकै मुना अधिकारी १२ हजार ७७९ मतसहित विजयी भएकी थिइन् ।

    मेयरमा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत पाएका थिए । उनी एमाले छाडेर यसपटक नेकपा एसबाट उपमेयरका उम्मेदवार भएका छन् । जसमा उनलाई उपमेयर छाड्न कांग्रेसलाई नेकपा एसले दबाब दिइरहेको छ ।

    अघिल्लो पटक मेयरमा माओवादीका गोविन्द महर्जनले ५ हजार ६७० मत ल्याउँदा राप्रपाका कृष्णबहादुर देसारले ३ हजार १२७ मत ल्याएका थिए ।

    यसपटक एमालेले गम्भीरबहादुर रानालाई मेयर उम्मेदवार बनाएको छ । उपमेयरमा रमी प्रधानाङ्ग उम्मेदवार छिन् । राप्रपाले मेयरमा राजकुमार महर्जन र रञ्जिता श्रेष्ठलाई उपमेयरमा उठाएको छ ।

    कोन्ज्योसोममा माओवादीको दोहोर्‍याउने रणनीति

    कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा अघिल्लो पटक माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिताङ एकहजार ७९८ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका राजनप्रसाद घिमिरेले एकहजार ७३२ सहित दोस्रो हुँदा एमालेका कृष्णमान लामाले एकहजार ४७८ मतसहित तेस्रो भएका थिए ।

    यसपटक यहाँ माओवादी केन्द्रले सिताङलाई नै दोहोर्याएर उम्मेदवार बनाएको छ । उनलार्ई कांग्रेसले समेत समर्थन गरेको छ । यसकारण उनको दोहोरिने सम्भावना प्रबल बनेको छ ।

    सिताङलाई एमालेका कृष्णमान तामाङले चुनौती दिँदै छन् । राप्रपाले मानबहादुर तामाङलाई अध्यक्षमा उठाएको छ । उपाध्यक्ष सत्तारूढ गठबन्धनबाट कांग्रेसले पाएको छ । जसमा राजनप्रसाद घिमिरे उम्मेदवार बनेका छन् । एमालेले उपाध्यक्षमा रीता लामा उम्मेदवार बनाएको छ ।

    बागमतीमा गठबन्धन हुँदा एमालेलाई थप कठिन

    अघिल्लो निर्वाचनमा बागमती गाउँपालिकामा कांग्रेसका वीरबहादुर लोप्चन ३ हजार ३८८ मतसहित निर्वाचित भएका थिए । उनीसँग एकहजार १३६ मत पछाडि परेका दुर्गाप्रसाद घिमिरेले २ हजार २५२ मत पाएका थिए ।

    एक्लै भारी भएको कांग्रेसमा झन् यसपटक माओवादी केन्द्र मिसिएको छ । अघिल्लो पटक माओवादी केन्द्रका राजु आलेमगरले एकहजार ६४२ मत पाएका थिए ।

    यसपटक यहाँ अध्यक्षमा कांग्रेसका निवर्तमान अध्यक्ष लोप्चन नै उम्मेदवार छन् । उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर उम्मेदवार छन् ।

    एमालेबाट नवराज सञ्जेल अध्यक्ष र नमुना दोङ उपाध्यक्ष उम्मेदवार छन् । राप्रपाले अध्यक्षमा सानु महर्जन र उपाध्यक्षमा अम्बिका न्यौपाने घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    महाँकालको अध्यक्षमा आ-आफ्नै उम्मेदवार

    अघिल्लो पटक महाँकाल गाउँपालिकामा एमालेले सहज जीत निकालेको थियो । एमालेले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा जितेको थियो ।

    एमालेका रामचन्द्र दाहाल २ हजार ८० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका भीमसेन घिमिरेले एकहजार ७२२ मत पाउँदा माओवादी केन्द्रका बुद्धबहादुर नेगीले ९२८ मत पाएका थिए ।

    उपाध्यक्षमा एमालेकै कमला लामा तामाङ २ हजार २९३ मतसहित विजयी हुँदा ६ वटा वडामध्ये ४ मा एमाले र एक÷एकमा कांग्रेस र माओवादी जितेका थिए ।

    यसपटक यहाँ अध्यक्षमा एमालेका कमला लामा तामाङ, कांग्रेसका गणेश केसी, माओवादी केन्द्रका भगीरथ तिमिल्सिना, नेकपा एसका राजनप्रसाद बञ्जारा र राप्रपाका सुरेश घिमिरे उम्मेदवार छन् ।

    उपाध्यक्षतर्फ एमालेले पुरुषोत्तम हुमागाईंलाई उम्मेदवार बनाएको छ । कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रबाट डोल्मामाया गोले, नेकपा एसबाट रुजिना दुलाल र राप्रपाबाट सन्चमाया सिंगार उम्मेदवार छन् ।

    कांग्रेस–माओवादी तालमेलअनुसार यहाँ अध्यक्षमा माओवादीले कांग्रेसलाई छाड्नुपर्ने हो । तर, माओवादी केन्द्रका तिमिल्सिनाले पनि उम्मेदवारी दिएपछि केही विवाद देखिएको छ ।

    यहाँ अन्तिमसम्म आफ्ना उम्मेदवार तिमिल्सिनाले वक्तव्यबाट भए पनि कांग्रेसका केसीलाई समर्थन गर्ने अवस्था आउनसक्ने माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि दाहालले बताए । उनले भने, ‘छलफल भइरहेको छ । अन्तिममा हाम्रो अध्यक्ष उम्मेदवारले कांग्रेस उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्था पनि आउनसक्छ ।’

  • कांग्रेसको दाबी- ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो

    कांग्रेसको दाबी- ओली प्रधानमन्त्री भइरहेका भए नेपाल श्रीलंका भइसक्ने थियो

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहिँने आरोप लगाएको भन्दै प्रतिवाद गरेको छ । ओलीले पत्रकार सम्मेलन गरेर कांग्रेसका गल्ती बुँदागतरुपमा औंल्याएको भोलिपल्टै कांग्रेसले पनि पत्रकार सम्मेलन गरेर ओलीका आरोपको खण्डन गरेको हो ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओलीले आफ्ना कमजोरी ढाकछोप गर्न कांग्रेसमाथि अनावश्यक आरोप लगाएको बताए । महतले ओलीको पालामा काण्डै काण्डमात्र भएको दाबी गरे ।

    महतले आक्रोशित हुँदै भने– ओलीजीका काण्ड सुनाएर साध्य छैनन् । नेकपामा तत्कालीन नेताहरुले नै उहाँका काण्डहरु लिखितरुपमा दर्ता गरेका हुन् । उहाँले गफमात्र गर्नुभयो । काम कांग्रेसले गरेको छ । कोभिड र भूकम्पमा जनतालाई जोगाउने कांग्रेस हो ।

    डा. महतले ओली सरकारमा भइरहेको भए नेपाल अहिले श्रीलंका भइसक्ने थियो भन्दै एमालेले मुलुकलाई ऋणमात्र बोकाएको आरोप लगाए । उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी गरे ।

    महतले संविधान निर्माणमा ओलीको कुनै भूमिका नरहेको भन्दै ओली संविधान र अग्रगमनको विरोधमा रहेको आरोप लगाए । ओलीले कमल थापा र राजेन्द्र लिङ्देनहरुसँग मिलेर दक्षिणपन्थी बाटो लिएको आरोपसमेत लगाए ।

  • झडपपछि रुकुम पश्चिममा कांग्रेस-माओवादीको संयुक्त अपिल: झगडा नगरौं, मित्रवत् प्रतिस्पर्धा गरौं

    झडपपछि रुकुम पश्चिममा कांग्रेस-माओवादीको संयुक्त अपिल: झगडा नगरौं, मित्रवत् प्रतिस्पर्धा गरौं

    काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन् ।

    कांग्रेस रुकुम पश्चिम संयोजक प्रेमप्रकाश ओली र माओवादी संयोजक गोविन्द रोकाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाएका हुन् ।

    माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा भएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र राजनीतिक दलका नेताहरु सहभागी थिए ।

    अवान्छित गतिविधिले सत्ता गठबन्धनका उद्देश्य र मर्ममाथि प्रहार हुने भन्दै संयमता अपनाउन भनिएको छ ।

    शुक्रबार राति झपडमा परी कांग्रेस वडा सभापति यज्ञश विष्टसहित पाँचजना घाइते भएका थिए । त्यसयता पनि चौरजहारीमा कांग्रेस, माओवादीका कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।

  • नमूना मतपत्रमा बेरेर रकम बाँडेका कांग्रेस उम्मेदवारले मागे माफी

    नमूना मतपत्रमा बेरेर रकम बाँडेका कांग्रेस उम्मेदवारले मागे माफी

    रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको भेटाएपछि स्थानीयले माफी मगाएका छन् ।

    मालारानीमा नेपाली कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाँड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्।

    मालारानी–३ को खनदहमा खनाल फेन्सी स्टोरका संचालकसमेत रहेकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका पति दुर्गाप्रसाद खनाललाई जिताउन स्थानीय छिमेकी प्रयोग गरी पैसा बाँड्न थालेको अवस्थामा भेटिएको स्थानीय सागर खनालले बताए।

    स्थानीयका अनुसार शान्ताले विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरी होटलमा खाजा खान जानेहरूलाई रुख चिह्नमा मतदान गर्न आग्रह गर्दै पैसा बाँडेकी थिइन्।

    शनिबार विष्णु होटल एण्ड रेष्टुरेन्टमा खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिह्नमा छाप लाउन आग्रह गर्दै नमूना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको उनीहरुले बताएपछि घटना बाहिर आएको हो ।

    उनले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिएका थिए। पैसा बाँडेको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित भएका थिए।

    स्थितिलाई तनावपूर्ण हुन नदिन निर्वाचन अधिकृतको रोहबरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाइएको अर्घाखांचीबाट पत्रकार शोभाखर पन्थीले बताए।

    नेकपा एमालेलेघटनालाई गम्भीर रुपमा लिएको एमाले मालारानी पालिका कमिटीका उपाध्यक्ष विष्णु मिश्रले बताए।

  • गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

    गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने

    हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकर्ताहरूलाई कारबाही गर्ने भएको छ ।

    शनिवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै काँग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले सामाजिक सञ्जालमार्फत पार्टी हित विपरीत र गठबन्धनको नीति विपरीत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवार र गठबन्धनको उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका दिइएको छ ।

    मकवानपुर जिल्लाको १० वटै स्थानीय तहमा गठबन्धन भएको र इन्द्र सरोबरमा नेकपा एकीकृत समाजवादीबाट बनेका उम्मेदवार नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको चौलागाईंले बताए ।

  • देउवाको धम्की- मेरो पार्टीमा गठबन्धन विरोधी कुरा सह्य हुनेछैन (भिडिओ)

    देउवाको धम्की- मेरो पार्टीमा गठबन्धन विरोधी कुरा सह्य हुनेछैन (भिडिओ)

    जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टिकाउनु आफ्नो कर्तव्य रहेको बताएका छन् ।

    पाँचदलले मिलेर आफूलाई प्रधानमन्त्री बनाएका कारण गठबन्धन टिकाउनु आफ्नो सबैभन्दा ठूलो कर्तव्य रहेको उनले बताए ।

    ‘गठबन्धन टिकाउनु मेरो त झन् ठूलो कर्तव्य हो । उहाँले बनाएको प्रधानमन्त्रीको कर्तव्य गठबन्धन टिकाउनु हो,’ जनकपुरमा भएको गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने,‘मेरो पार्टीबाट कुनैपनि अवस्थामा गठबन्धनको खिलाफमा कुरा उठ्नु हुँदैन । त्यो सैह्य हुने छैन् ।’

    गठबन्धनको खिलाफमा बोल्नेसम्मलाई कारबाही गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।

    मधेसमा नागरिकता सम्बन्धी ठूलो समस्या रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

    उनले भने, ‘आमाबाबूले नागरिकता पाइसके छोराछोरीले पाछैनन् । कस्तो बिडम्बना !’ जसका आमाबाबूले नागरिकता पाछन् तीनका छोराछोरीले नागरिकता पाउने व्यवस्था गर्न आफू लागि परेको उनले बताए ।

    ‘हामी जसरी पनि नागरिकता दिलाएरै छाड्छौ,’ उनले भने ।

  • देउवाले दाबी- महाधिवेशनमा नै गठबन्धन गरेर जाने निर्णय भएको थियो

    देउवाले दाबी- महाधिवेशनमा नै गठबन्धन गरेर जाने निर्णय भएको थियो

    रुपन्देही । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनले नै गठबन्धन गरेर जाने निर्णय गरेकाले सबै नेपाली कांग्रेसका कार्यकर्ताले पालना गर्नुपर्ने बताएका छन् ।

    आज बुटवलमा भएको ५ दलीय गठबन्धनले आयोजना गरेको जनसभामा बोल्दै पार्टीको महाधिवेशनले गरेको हरेक सदस्यले पालना गर्नुपर्ने दायित्व भएको बताए ।

    ‘प्रजातान्त्रिक अधिकार बचाउन अहिलेको सरकार बनेको हो, यो गठबन्धन कुनै रहरले बनेको होइन’ देउवाले भने । ओली नेतृत्वको सरकार पूर्ण असफल भएपछि अहिलेको गठबन्धन भएको देउवाको भनाइ थियो ।

    ‘अहिले कुनै त्रास छैन, कुनै दुःख दिएको छैन, ओलीले जनता तर्साउने गरेको थिए, त्यसैका लागि प्रजातन्त्रको भविश्यका लागि स्थायी बनाउन गठबन्धन गरेको हो । गठबन्धनका पार्टीहरुले त्यसमा ध्यान दिनेछन् ।’ कांग्रेस सभापति देउवाले भने । ओलीबाट ठूलो अत्याचार गरेकाले गठबन्धन गर्न बाध्य भएको उनको भनाइ थियो ।

    ‘ओलीको विरोध गरे संसद भंग गर्ने, अदालतबाट फिर्ता भए संसद चल्न नदिने रोक्ने, संविधानमै त्यो व्यवस्था छैन, रहर लहरले त्यो भंग गर्न पाउदैन, अदालतले रोके पनि चल्न दिनुभएन, संसद चलेन, कानुन बनेन तर पनि उहाँहरुलाई केही चिन्तै छैन’ देउवाले भने,‘ यही कुरा ध्यानमा राखेर गठबन्धन बनेको हो ।’

    गठबन्धनलाई वडास्तरमा कार्यान्वयन गर्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘सबैलाई जिताएनौं भने गठबन्धनभित्र संकट उत्पन्न हुन्छ, अनि ओलीलाई नै फाइदा हुन्छ, उनको दम्भ फेरी बढ्छ, त्यसैले गठबन्धनलाई बलियो बनाऔं ।’

    नगरको विकासमा गठबन्धनका नेताहरुको प्रतिवद्धता, विकासका योजनाले समग्र बुटवलको विकास हुने र केन्द्र सरकार त्यसमा पूर्ण सहयोगी बन्ने उनको प्रतिवद्धता थियो ।

    उनले भने,‘भूमि आयोग बनेको छ त्यो छिटै समाधान हुन्छ, नागरिकताको समस्या छ त्यसलाई पनि सिधैका लागि समाधान हुन्छ । बुटवलबाट भालुवांग हुँदै पश्चिम जान्छ, एमसीसीले यहाँको ठूलो विकास हुन्छ ।’ नेता देउवा, पौडेल र महत मन्तव्य सकेर आजै दमौली गइसकेका छन् ।

     

  • रामचन्द्रको टिप्पणी- व्यवस्था खलबल्याउन ०१७ मा महेन्द्र, ०५९ मा ज्ञानेन्द्र र अहिले केपीले भूमिका खेले (भिडिओ)

    रामचन्द्रको टिप्पणी- व्यवस्था खलबल्याउन ०१७ मा महेन्द्र, ०५९ मा ज्ञानेन्द्र र अहिले केपीले भूमिका खेले (भिडिओ)

    रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् ।

    आज बुटवलमा भएको गठबन्धन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले भने- राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर बनायौँ तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो, उहाँ निमित्त नायक हुनुभयो, महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे ।

    पौडेलले यसपछिको चुनावसम्म एमाले र ओलीलाई अगाडि जान नदिन गठबन्धन चाहिएको बताए ।

    उनले भने – उहाँहरूलाई पठाए संसद् चल्नै नदिने, अदालतमा काम गर्न नदिने, बाहिर चर्का कुरा गर्ने, भित्र नेपालीलाई राष्ट्रवादका नाममा धोका दिने गरे ।

    पौडेलले गठबन्धनलाई जिताएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रतिक्रियावादीको नाइके ओली नेतृत्वको पार्टीलाई पुछारमा पुर्‍याउनुको विकल्प नभएको बताए ।

  • एमसीसीले सबैभन्दा बढी फाइदा बुटवल, भैरहवा र दाङवासीलाई हुँदैछः प्रधानमन्त्री देउवा

    एमसीसीले सबैभन्दा बढी फाइदा बुटवल, भैरहवा र दाङवासीलाई हुँदैछः प्रधानमन्त्री देउवा

    बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताएका छन् ।

    शनिबार बुटवलमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दैछ’, उनले भने, ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवामात्रै होइन उता दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुुनेवाला छ ।’

    एमसीसीलाई विरोधीहरूले अनावश्यक रूपमा विवादित बनाएको प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘एमसीसीलाई कस्तो विवादित बनाए । अब काम गरेर देखाउने छाैं ।’

  • भरतपुरबाट जगन्नाथको प्रश्न– गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन कि श्रीमती र छोरी जिताउन ? (भिडिओसहित)

    भरतपुरबाट जगन्नाथको प्रश्न– गठबन्धन मेलम्ची र सुरुङमार्ग बनाउन कि श्रीमती र छोरी जिताउन ? (भिडिओसहित)

    चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरुको ज्यान जोखिममा रहेको भन्दै कुनै पनि बेला सांघातिक हमला हुन सक्ने बताएका छन् ।

    चुनावी अभियानका क्रममा रामपुर टोलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले आफूहरु ज्यानकाे परवाह नगरी कांग्रेस जोगाउन उभिएको र महानगरको मेयर बनेर तलबभत्ता नलिने बताए ।

    आफू पनि जेल जीवन बिताएर आएको भन्दै धम्कीबाट नडाराउने उनकाे भनाइ छ । पौडेलले भने, ‘आफ्नो पार्टीका कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको छोरी बोक्ने कस्तो पार्टी बनाउँदैछौं कांग्रेसलाई । गठबन्धन हाम्रो सराेकारको विषय होइन र हामीलाई सोधेर गरेको पनि होइन । जगन्नाथको उम्मेदवारीले देश नै दुर्घटनामा पर्छ, आकाश खस्छ जस्तो कुरा प्रधानमन्त्री भइसकेका नेताहरुले गरेको सुन्दा मलाई आत्मग्लानी भएको छ ।’

    पौडेलले गठबन्धन देश बनाउन नभएर नेताहरुका परिवार पाल्न भएको भन्दै आफू महानगरपालिकाको मेयर जित्न उम्मेदवार बनेकाे बताए । उनले आफू र आफूलाई सघाउनेहरुको ज्यान खतरामा रहेकोसमेत दावी गरेका छन् ।

    पौडेलले भने, ‘यो गठबन्धन मेलम्चीको पानी चाँडो ल्याउँ भनेर भएको हो ? सुरुङमार्ग चाँडो सम्पन्न गरौं भनेर भएको हो ? बनेपा बर्दिबास सडक विस्तार चार वर्षमै सकौं भन्ने उद्देश्यले भएको हो ? होइन । यो त कसैको श्रीमती, कसैको छोरी, कसैको छोरा, साला, ज्वाइँलाई दिन, मिलेर खान हो । हामी हिजो पनि जेल बसेका हाैं । आज पनि हामीमाथि दागा घरेका छन् । हामीमाथि कुनै पनि बेला सांघातिक प्रहार हुन सक्छ । तर हामीलाई जिन्दगीको माया छैन,आफ्नोबारेमा सोचेका होइनौं ।’

    पौडेलले आफू चाहेर पनि सबै मतदातासम्म पुग्ने समय नभएको तर सबैतिरबाट सहयोगको बचन पाएको बताए । उनले यो अभियान कांग्रेस जोगाउने र भरतपुर महानगरपालिका बनाउनेबाहेक अरु कुनै उद्देश्यले नभएको दावी गरे । उनी ८४ वर्षे वयोवृद्ध नेता कृष्णलाल सापकोटासहितको टोली लिएर अभियानमा हिँडेका छन् ।

  • चुनावपछि एउटा वडाबाट ५-६ जनालाई मलेसिया पठाइदिने आरजुको आश्वासन (भिडिओ)

    चुनावपछि एउटा वडाबाट ५-६ जनालाई मलेसिया पठाइदिने आरजुको आश्वासन (भिडिओ)

    काठमाडौं । कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण गरेकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस सांसद आरजु राणाको अर्को रोचक वक्तव्य सार्वजनिक भएको छ । उनले चुनावी भाषण गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराएको खण्डमा एउटा वडाबाट ५-६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी छन् ।

    सामाजिक सञ्जालमा बाहिरिएको भिडिओ फुटेजमा आरजुले एउटा सानो भेलालाई सम्वोधन गरिरहेको देखिन्छ । उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा प्राप्त भएको उल्लेख गरेकी छन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।

    आरजुले भनेकी छन्, ‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पनि त्यो उ (खर्च) पर्र्दैन । सप्पैलाई त हामी गर्न सक्दैनौं, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५-६ जनालाई प्रयास गर्छौं ।’

    उनी थप्छिन्, ‘पहिले इलेक्सन सिध्याउँ । अनि जीवनजीसँग सम्पर्क गर्नुस् । अलिकति मान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौं ।’

    लामो समयका लागि भने यहीँ नै रोजगारी सिर्जना हुने खालको काम ल्याउने उनले बताइन् ।

    ‘अहिले यो ल्याउँछु भन्न सक्दिनँ । तर हामीले योजना बनायौं भने केही न केही काम गर्न सक्छौं । अब त तपाईंहरुले मलाई चिन्नुभाको धेरै भइसक्यो । म जे बोल्छु त्यो गर्छु, नत्र म बोल्दिनँ । मलाई यहाँ आएर काम गर्ने बाटो बनाइदिनुस् । हाम्रो साथीहरुलाई जिताइदिनुस्,’ आरजुले भनेकी छन् ।

  • गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद : देउवा

    गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन वर्षौंसम्म बचाएर लैजानुपर्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले धेरै वर्षसम्म गठबन्धन टिकाउनु नै सबै पार्टीको हितमा हुने बताए । ‘म त भन्छु यो गठबन्धन धेरै वर्षसम्म बचाउनुपर्छ । गठबन्धन गर्दा सबैलाई फाइदा हुन्छ’, देउवाले भने ।

    गठबन्धनकै कारण मुलुकले केपी ओलीको अतिवादबाट मुक्ति पाएको भन्दै देउवाले ओलीशासन नबिर्सिन काठमाडौंबासीलाई आग्रह गरे ।

    ‘म प्रधानमन्त्री भएपछि सबैले ओलीशासनबाट मुक्ति पायौं भनेको होइन ? ८-९ महिनामै बिर्सनु हुँदैन’, उनले भने ।

    मन्तव्यको अन्त्यमा देउवाले भने, ‘गठबन्धन जिन्दावाद, जिन्दावाद, जिन्दावाद । गठबन्धनलाई जिताउनुपर्छ, जिताउनुपर्छ , जिताउनुपर्छ ।’

  • ‘काठमाडौंमा महिला हार्नु हुँदैन, विदेशीले के भन्लान् ?’ (भिडिओ)

    ‘काठमाडौंमा महिला हार्नु हुँदैन, विदेशीले के भन्लान् ?’ (भिडिओ)

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको राजधानी सहरमा महिला उम्मेदवारले मेयरमा हार्नै नहुने बताएका छन् ।

    गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना हुने बताए ।

    ‘सिर्जना सिंह योग्य महिला हुन् । राम्रो काम गर्ने वचन दिएकी छिन् । काठमाडौंजस्तो राजधानीमा महिला हार्नुहुँदैन । दुनियाँले के भन्छ ? राजदूतहरू यहीँ छन्, महिला हरायो भन्छन् । भरतपुरमा रेनुलाई पनि हराउन हुँदैन’, देउवाले भने ।

    प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताए ।

    ‘बुबाआमाले प्रकाशमानसँग बिहे गरिदिए त सिर्जनाको के दोष ? रेनुले पनि प्रचण्डकै छोरी बन्छु भनेर जन्मेको त हैन नि ? त्यसैले राम्रो काम गर्नेलाई जिताउनुपर्छ’, देउवाले भने ।

  • वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा छन् : देउवा (भिडिओ)

    वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा छन् : देउवा (भिडिओ)

    काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताएका छन् ।

    काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कुनै बेला वीपीलाई फाँसी दिनुपर्छ भन्नेहरू अहिले कट्टर कांग्रेस बन्न खोजेको आरोप लगाए ।

    ‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन् । हिजो वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा कांग्रेसको समर्थन गर्ने भका छन् । हामीलाई था छैन ?’, देउवाले भने ।

    कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको देउवाको टिप्पणी छ ।

  • गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हाे : बानियाँ (भिडिओ)

    गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हाे : बानियाँ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने दावी गरेका छन् ।

    गठबन्धनले शान्तिवाटिकामा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्नु भनेको एमालेलाई सघाउनुसरह रहेको बताए ।

    ‘गठबन्धन शान्तिप्रक्रियादेखि नै हुँदै आएको हो । आज क्षणिक स्वार्थका लागि कांग्रेसीले गठबन्धनको विरोध गर्न मिल्दैन । गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हो’, बानियाँले भने ।

    काठमाडौं महानगरमा एमालेले अनुशासनहीन उम्मेदवार उठाएको आरोपसमेत बानियाँले लगाए । ‘केपी ओली आफै हावादारी मान्छे । उहाँले काठमाडौंको उम्मेदवार पनि महाहावादारीलाई बनाउनुभएको छ । अनुशासनहीन व्यक्तिलाई टिकट दिएर एमालेले जनताको उपहास गरेको छ’, बानियाँले भने ।

    उपमेयरमा पनि एमालेले ‘कलेज पढेको तर नलेज नभएको’ उम्मेदवार खडा गरेको बानियाँको टिप्पणी छ ।

  • अफताब आलमको माग अस्वीकार, कारागारमै राख्न सर्वोच्चको आदेश

    अफताब आलमको माग अस्वीकार, कारागारमै राख्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमको थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्ने माग अश्वीकार गरेको छ ।

    न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रवार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै उनलाई थुनामै राख्न आदेश भएको हो ।

    यसअघि पटकपटक आलमको सो मुद्दामाथिको सुनुवाइ सर्दै आएको थियो । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश दिएको थियो ।

    आलमले कोभिड- १९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत २०७७ भदौ ३१ मा रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    आलमलाई २९ कात्तिक २०७६ मा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतको आदेशलाई २४ माघ २०७६ मा उच्च अदालत वीरगञ्जले सदर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

    २७ चैत २०६४ मा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेर घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायतलाई जिउँदै जलाएको आरोपमा पूर्वमन्त्री आलमलाई २०७६ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।

    जिल्ला अदालत रौतहटको आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई उच्च अदालतले सदर गरेको थियो ।

  • बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर

    बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, कार्यालय तोडफोड भएपछि प्रहरीद्वारा हवाई फायर

    कैलाली । बाजुरामा चुनाव प्रचारप्रसारको क्रममा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो ।

    एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

    एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले नेपाल प्रेसलाई बताए । प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।

    प्रहरीतर्फ तीनजना र नेपाली कांग्रेसका तीनजना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

  • कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    कांग्रेस महामन्त्री शर्मा भन्छन्: माओवादीलाई भोट माग्नु रहर होइन, बाध्यता हो

    रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी भोग्नु माग्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताएका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै उनले संविधान रक्षाका लागि बाध्य भएर गर्नुपरेको तर्क गरेका हुन् । उनले तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रहसमेत गरेका छन् ।

    स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्दै उनले आ–आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एकचित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर बनेको गठबन्धनको संयुक्त आमसभामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेसको प्रचारमा हिंडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अफ्ठ्यारो महसुस हुन्छ, तर पनि संबिधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् । ’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रको धज्जी उडाएको बताउँदै अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर मतदान गर्न उनको आग्रह छ ।

  • तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसनिकट युवाको संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिइएको जनाएका छन् ।

    अध्यक्ष गुरुङले कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न केन्द्रीय प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

    ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण तथा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने बिश्वासका साथ स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरेको छु,’ उनले भने ।