Category: नेपाली कांग्रेस

  • गठबन्धन विरोधीलाई देउवाको जवाफ- मलाई नजिस्काऊ, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

    गठबन्धन विरोधीलाई देउवाको जवाफ- मलाई नजिस्काऊ, विधान संशोधन गरेर फेरि सभापति हुन्छु

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्ने नेताहरूलाई हप्काउँदै हिम्मत भए एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

    आफूलाई जिस्क्याउने हो भने विधान संशोधन गरेर तेस्रो पटक सभापति उम्मेदवार बन्ने चेतावनी समेत देउवाले दिएका छन् ।

    केन्द्रीय कार्य समितिको बुधवारको बैठकमा सञ्जय गौतम, रामशरण महत लगायतका नेताहरूले गठबन्धनले कांग्रेस कमजोर हुने तर्क गरेपछि सभापति देउवा आक्रोश र व्यङ्ग्य मिश्रित भावमा प्रस्तुत भएका थिए ।

    गठबन्धनले चुनाव जितिएला तर कांग्रेस भने हार्ने भयो भन्ने केन्द्रीय सदस्य सञ्जय गौतमलाई तत्काल जवाफ फर्काउँदै देउवाले यस्तै हो भने आफू विधान संशोधन गरेर फेरि सभापति बन्नुपर्ने अवस्था आउन सक्ने बताए ।

    देउवाले भने– मलाई धेरै नजिस्काउनुस् । गठबन्धन गरेर चुनाव जिताएर बलियो पार्टी बनाएर योग्य नेतालाई नेतृत्व छाड्न चाहन्थेँ । यस्तै गर्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु ।

    देउवाले गठबन्धनकै कारण चुनाव जितिएको भन्दै विपक्षमा बोल्नेहरूलाई एक्लै जितेर देखाउन चुनौती दिए । बैठकमा रामशरण महतले पनि कमजोर ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने बताएका थिए ।

  • कांग्रेस बैठकमा छलफल : देशी-विदेशी शक्तिले नेकपालाई फेरि मिलाउन चलखेल गर्दैछन्

    कांग्रेस बैठकमा छलफल : देशी-विदेशी शक्तिले नेकपालाई फेरि मिलाउन चलखेल गर्दैछन्

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकमा गठबन्धनलाई निरन्तरता दिनु उचित हुने वा नहुने विषयमा छलफल चलेको छ । नेताहरूले आ-आफ्ना भनाइ राखिरहेका छन् ।

    केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार धेरै नेताहरू गठबन्धनलाई कायम राख्नुपर्ने पक्षमा नै छन् । तर, हिजो स्थानीय चुनावमा तालमेल गर्दा विभिन्न समस्या दिएको र सबैले सबैलाई सहयोग गर्न नसकेकोले पार्टी सचेत हुनुपर्नेमा उनीहरुले जोड दिए ।

    महरका अनुसार एमाले र माओवादी फेरि मिल्न सक्ने सम्भावनाका विषयमा पनि चर्चा भएको थियो ।

    नेताहरूको भनाइ उद्धृत गर्दै महरले भने, ‘नेकपा मिल्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । देशी-विदेशी शक्तिहरूले विभिन्न चलखेल अगाडि बढाइरहेका छन् । त्यसो हो भने गठबन्धनको तयारी सँगसँगै गठबन्धन नहुने परिस्थितिमा एक्लै चुनाव लड्न पनि कांग्रेसले आफूलाई तयार राख्नुपर्छ ।’

    हालै चिनिया प्रतिनिधिमण्डलले नेकपा एमाले र नेकपा माओवादीका नेताहरूसँग लामो भेटवार्ता गरेपछि कांग्रेसभित्र संशय पलाएको स्रोतले बतायो ।

  • सरकारका प्रवक्ताले भने- गभर्नरको विषयलाई गम्भीररूपमा हेरिनुपर्छ

    सरकारका प्रवक्ताले भने- गभर्नरको विषयलाई गम्भीररूपमा हेरिनुपर्छ

    काठमाडौं । नेकपा एमालेको एउटा विभागमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि राखिएको भन्दै उत्पन्न विवादलाई लिएर सरकारले प्रतिक्रिया दिएको छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यो विषयलाई गम्भीरतापूर्वक हेरिनुपर्ने बताए ।

    आज सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘आज संसदमा पनि यो विषय धेरै माननीयहरूले उठाउनुभएको छ । यसलाई गम्भीरतापूर्वक हेर्नुपर्ने हुन्छ ।’

    राष्ट्र बैंकका गभर्नरले देशको अर्थतन्त्रलाई मजबुत बनाउनका निम्ति भूमिका निभाउनुपर्नेमा कार्कीले जोड दिए ।

    यस्तै अर्थमन्त्रीको राजीनामा प्रकरणमा उनले छानबिनपछि सत्यतथ्य बाहिर आउने बताए ।

    कार्कीले भने, ‘यस्ता विवादहरू पहिले पनि भएका छन् । भरतमोहन अर्थमन्त्री हुँदा तत्कालीन सचिव रामेश्वर बोहराले राजीनामा नै दिएर हिँड्नुभएको थियो । विष्णु पौडेलको पालामा त्यस्तै भएको थिए । अहिले पनि जुन विवाद आएको छ, उचित छानबिनबाट हल हुन्छ ।’

    सरकारको कार्यसम्पादनको विषयमा पार्टीभित्र उठेका प्रश्नहरूलाई सामान्य रूपमा लिनुपर्ने मन्त्री कार्कीले बताए ।

  • सत्तारुढ सांसदको दाबीः ४/५ जना मन्त्रीबाहेक अरू बजेटको विपक्षमा छन्

    सत्तारुढ सांसदको दाबीः ४/५ जना मन्त्रीबाहेक अरू बजेटको विपक्षमा छन्

    कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि अहिले प्रदेशसभामा छलफल सुरु भएको छ । यसैबीच सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बजेटप्रति केही मन्त्रीबाहेक अधिकांश विरोधमा रहेको बताएका हुन् ।

    ‘सरकारको नियत ठीक भएन । हामीले सल्लाह दिएका थियौं । मेरो पार्टी पनि सरकारमा सहभागी छ । विगतको जस्तो ल्याउन हुन्न भनेका थियौं । तर, त्यस्तो आउन सकेन’, उनले भने, ‘प्राविधिक दृष्टिकोणले पास होला । तर, स्वतन्त्र निर्णय गर्दा ११ मन्त्रीमध्ये ४/५ जनाले मात्र हाल्छन् ।’

    उनले विभागीय मन्त्रीलाई पनि योजनाबारे थाहा नभएको बताए । ‘विभागीय मन्त्रीलाई पनि योजना काटेको थाहा छैन । कुन मन्त्रालयमार्फत योजना हालिएको छैन । यो कस्तो क्याबिनेट हो’, उनले भने, ‘अहिले सत्तामा हुँदा आफ्ना वडामा बजेट हाल्नुभयो भोलि के हुन्छ ?’

    उनले अहिले प्रदेश सरकारप्रति चर्को विरोध भइरहेको जनाए । सुदूरपश्चिम सरकारकै कारण सङ्घीयताप्रति पनि निराशा पैदा भइरहेको उनको भनाइ थियो । ‘यस्तै सरकार फेरि सुदूरपश्चिममा आए १० वर्षमा यो सङ्घीयता नै जान्छ जस्तो लाग्छ । त्यति घृणा पैदा भएको छ’, उनले भने, ‘भोलि घरमा आगो लाग्ने र भाग्ने दिन नआओस् ।’

    सत्ता पक्षका सांसदहरू प्रतिपक्षी दलका सांसदभन्दा बढी रुष्ट रहेको उनले बताए । अर्थमन्त्री प्रकाश रावलले आज पनि राम्रो सुधारको सङ्केत नदेखाएको उनको भनाइ छ ।

  • देउवालाई प्रकाशमानको प्रश्न – यसरी सरकार चलाएर भएन, जनताले के पाए ?

    देउवालाई प्रकाशमानको प्रश्न – यसरी सरकार चलाएर भएन, जनताले के पाए ?

    काठमाडौं । सानेपामा ३ दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् ।

    यसैक्रममा केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले सरकारले देखिने गरी काम नगरेको टिप्पणी गरे । जनताले सरकारबाट केही नपाएको भन्दै नेता सिंहले यस्तै पाराले निर्वाचनमा जाँदा गार्‍हो हुने चेतावनी दिए ।

    ‘सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ । देखिने काम गर्नुपर्‍यो । जनताले सरकारबाट के पाए ? यसले निर्वाचनमा जाँदा गाह्रो हुन्छ । स्थानीय तहको चुनावमा पनि राम्रो भएन ‘, उनले भने ।

  • देउवा सरकारको ३६५ दिनका ४३ काम सार्वजनिक, अस्थिरता र कुशासनको अन्त्य गरेको दाबी (पूर्णपाठ)

    देउवा सरकारको ३६५ दिनका ४३ काम सार्वजनिक, अस्थिरता र कुशासनको अन्त्य गरेको दाबी (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको आज १ वर्ष पुगेको छ ।

    सर्वोच्च अदालतले २०७८ असार २८ गते संसद विघटन बदर गर्दै २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    त्यसको दोस्रो दिन २०७८ असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । जसको आज एकवर्ष पुरा भएको हो ।
    यसैबीचमा देउवा सरकारले एकवर्षमा गरेका ४३ कामहरू सार्वजनिक गरिएको छ ।

    जसमा पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड-१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल, राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णयसम्मका कुराहरू उल्लेख छन् ।

    यस्तै सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति लागू गरेको, लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल, कोभिडको मारमा परेका उद्योगी-व्यवसायीलाई राहत प्याकेज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई शिघ्रता, अमेरिकी सहयोग सम्बन्धि परियोजना एमसीसी संसदवाट अनुमोदन, भूमि आयोगको गठन गरी भूमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी, पाँच लाख भूमिहिनलाई पुर्जा वितरण गर्ने घोषण, ज्येष्ठ नागरिकलाई ६८ बर्षमै भत्ता उपलब्धलगायतका बुँदाहरू सरकारले एकवर्षका कामका रूपमा उल्लेख गरिएको छ ।

    यस्तो छ सरकारले सार्वजनिक गरेको एक वर्षको काम

  • देउवाको १२ महिने ‘रिपोर्ट कार्ड’, विकृति र विचलनमा आफ्नै कीर्तिमान भंग

    देउवाको १२ महिने ‘रिपोर्ट कार्ड’, विकृति र विचलनमा आफ्नै कीर्तिमान भंग

    काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रपतिलाई २४ घण्टाको समय तोकेर प्रधानमन्त्रीको सपथ गराउन भने बमोजिम नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बनेको आज ठीक एक वर्ष पुगेको छ ।

    संविधानको रक्षा र सुशासन तथा विकासको लागि केपी ओलीलाई अदालतबाट अपदस्त गरेर पाँच दलीय गठबन्धनको सरकार बनेको एक वर्षमा देशको अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको छ भने मूल्यवृद्धि ३ सय प्रतिशतभन्दा माथिसम्म पुगेको छ ।

    अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक छैनन् भनेर राष्ट्र बैंकले असार २८ गते जारी गरेको नियमित वक्तव्यमै उल्लेख छ । केपी ओली नेतृत्वको सरकारले जुन अवस्थामा राज्यको ढुकुटी जिम्मा लगाएको थियो,आज सबै अवस्थाबाट ढुकुटी ऋणात्मक अवस्थामा पुगेको भन्दै कांग्रेस केन्द्रीय कार्य समिति बैठकमै प्रश्न उठेको छ ।

    मुलुक श्रीलंकाको बाटोमा तीब्र रुपमा अग्रसर भइरहेको बेला देउवा सरकारको प्रदर्शन एक वर्षमा सबै क्षेत्रमा कमजोर देखिएको छ । पटकपटक प्रधानमन्त्री बन्दा भ्रष्टाचार,सांसद किनबेचदेखि लोकतन्त्र दरवारमा बुझाएको आरोप खेपेका देउवाले यसपटक राम्रो गर्ने अपेक्षा धेरैको थियो । तर त्यो अपेक्षामाथि समेत पानी फ्याँकिएको छ ।

    देउवा सरकारले गरेको राम्रो काम भनेको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नु रहेको छ । त्यस्तै केपी ओली नेतृत्वको पालामै आएको र आउँनका लागि पाइपलाइनमा रहेका कोभिडविरुद्धको खोपमा पनि सरकारले अपेक्षित काम गरेको छ । सरकारले गरेका उल्लेख्य कामको सूची प्रायः सबै नकारात्मक छन् ।

    नेपाली राजनीतिमा विकृति र विचलनका पिताका रुपमा देउवाकै नाम लिइन्छ । पाँचौ पटक प्रधानमन्त्री बन्नुअघिका चार कार्यकाल बिर्सनलायक थिए । पहिलो कार्यकालमा सांसद खरिदविक्री,सुरा सुन्दरी र पजेरो काण्डदेखि ४८ जनासम्मलाई मन्त्री बनाएर राजनीतिमा विकृति र अपराधीकरणलाई संस्थागत गरेको आरोप लाग्यो ।

    दोस्रो कार्यकालमा उनले निर्वाचित स्थानीय निकाय र प्रतिनिधिसभा भंग गरी मुलुकलाई जनप्रतिनिधिविहीन बनाउँदै अन्ततः लोकतन्त्र लगेर दरवारमा बुझाए । आफ्नै पार्टी विभाजन गरे । तेस्रोपटक प्रधानमन्त्री हुँदा पनि लोकतन्त्र दरबारमा बुझाए भने चौथोपटक प्रधानमन्त्री हुँदा तुलनात्मक रुपमा कम विवादित भए । पाँचौपटक प्रधानमन्त्री हुँदा उनले आफ्नै विगतका किर्तिमान भंग गर्दै विकृति र विचलनका नयाँ श्रृंखला थपेका छन् ।

    देउवा सरकारले १२ महिनामा देखाएका १२ वटा विचलनका प्रवृतिलाई यहाँ केलाउँन खोजिएको छ ।

    १ः दल विभाजन गर्ने अध्यादेश

    परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले संसदबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । नेकपा एमाले विभाजन नगरी वहुमत नहुने र एमालेमा माधव नेपाललाई साथ दिएका मुख्य नेताहरु विभाजनको पक्षमा नहुने भएपछि दल विभाजनका लागि विकृत अध्यादेश ल्याइयो ।

    तत्कालीन नेकपा सरकारका पालामा केपी ओलीले संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतले दल विभाजन गर्न सक्ने कानूनी प्रावधानमा सामान्य संशोधन गरी र को ठाउँमा वा राखेर अध्यादेश ल्याउँदा कांग्रेस र तत्कालीन नेकपाका प्रचण्डमाधव सहित अहिलेको सत्ता गठबन्धनमा रहेका दलहरु सडक र अदालतसम्म पुगेका थिए ।

    तर देउवा सरकार बनेको एक साता नपुग्दै माधव नेपालसहितका एमालेका केही सांसदको समर्थनमा उनले विश्वासको मत लिए । एमालेले ह्वीप उल्लंघन गर्ने १४ सांसदलाई कारवाही गरे पनि सभामुखले कार्यन्वयन गरेनन् । बरु २० प्रतिशतले दल विभाजन गर्ने अध्यादेश ल्याएर देउवाले एमाले फुटाए । यो उनको चरम विचलन थियो ।

    एमाले विभाजनपछि गठबन्धन सरकारले उक्त अध्यादेश फिर्ता लियो । किनकी त्यो अध्यादेश कायम रहँदा सत्ता गठबन्धनकै अन्य दल विभाजनको खतरा थियो ।

    २ः २४ लाख खोप गायब,औषधी खरिदमा घोटाला

    सरकारबाट बाहिरिँदै गर्दा ओली नेतृत्वको सरकारले सबै नेपालीलाई पुग्ने खोपको जुगाड गरेको थियो । केही मात्र खोप आउँन बाँकी थियो भने कतिपय देशले खोपको बचन दिए पनि आइसकेको थिएन । देउवा सरकारले पहिलो प्राथमिकता खोपलाई नै दिनु सकारात्मक थियो ।

    तर खोप अनियमितता यतिसम्म भयो कि,२४ लाख डोज खोप गायब भयो । त्यो खोप सत्ताधारी नेता कार्यकर्ताले घर घरमा लगेर लगाएका समाचार आए भने कतिपय ठाउँमा जनताले घेरेर खोप कब्जा गरेका समेत घटना भए ।

    स्वास्थ्यमन्त्रालयबाट आवश्यक नै नपर्ने औषधी खरिदमा करोडौं भ्रष्टाचारको कुरा बाहिर आए पनि छानविन भएन । जाँदा जाँदै स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधीको मुल्य बढाएर करोडांै कमिसनको खेल भएको समाचार आयो । स्वास्थ्यका कर्मचारी सरुवामै खुलेआम घुस चल्यो ।

    ३ः पूरक बजेटमा नीतिगत भ्रष्टाचार,कालोधनमा छुट

    देउवा सरकार गठन भएपछि तत्कालीन ओली सरकारले ल्याएको बजेट संशोधन गरी पूरक बजेट ल्याउँदा नीतिगत भ्रष्टाचार भएको कुरा सार्वजनिक भयो । अर्थमन्त्री नै पोलिसी ह्याकमा संलग्न भएको आरोप लाग्यो ।

    छानी छानी निश्चित व्यापारिक र औद्योगिक घरानालाई फाइदा पुग्ने र आम व्यवसायी मारमा पर्ने गरी पूरक बजेटमा करका दर हेरेफेर गरियो । स्रोत नखुलेको कालोधन निश्चित व्यवसायमा लगानी गर्न छुट दिनेगरी बजेटमै व्यवस्था गरियो जुन अहिले पनि कायमै राखिएको छ सूचना प्रविधि सम्बन्धी व्यवसाय र जलविद्युतमा गरिएको लगानीको स्रोत नखोजिने भनेर ।

    ओली सरकारका पालामा १४ सयवटा सडकको निर्माण र विस्तारका लागि छुट्याइएको बजेट कटौति गरियो भने पालिकाहरुमा अस्पताल बनाउँने बजेटमा समेत कैंची चल्यो । पूरक बजेटबाटै मुलुकको अर्थतन्त्रमाथि गम्भीर हमला भएको थियो,अहिले त्यसका असर देखिएका छन् ।

    ४ः मन्त्रिपरिषदमा न्यायपालिकालाई भागबण्डा

    सर्बोच्च अदालतको परमादेशबाट बनेको सरकारले न्यायपालिकालाई यतिसम्म सेटिङमा राख्यो कि,मन्त्रिपरिषदमै न्यायपालिकालाई कोटा दिइयो । प्रधानन्यायाधीशका नजिकका नातेदारलाई मन्त्री बनाउँदा ठूलो विवाद भयो । पछि गठबन्धनलाई प्रधानन्यायाधीश नै कम्फरटेबल नभएपछि महाअभियोग लगाएर दिपक कार्कीमार्फत अदालत कब्जा गरियो ।

    प्रधानन्यायाधीशको कोटाका मन्त्रीले राजिनामा दिएको केही महिनापछि परमादेशकै सेटिङ अन्तर्गत न्यायपालिका र गठबन्धनको कोटाबाट गोविन्द बन्दीलाई कानूनमन्त्री बनाइयो । अहिले सर्बोच्च अदालत गठबन्धनको सहयोगी बनेको छ भने कामु प्रधान न्यायाधीश दिपक कार्की गठबन्धनका न्यायिक कमिसारको भूमिकामा छन् ।

    ५ः मन्त्रीका हिंसात्मक र छाडा अभिव्यक्तिमा उन्मुक्ति

    देउवा सरकारका मन्त्रीहरुले जे बोले पनि जे गरेपनि छुट हुन्छ भन्ने मानक स्थापित भयो । यसअघि सामान्य जिब्रो रड्किएका आधारमा धेरै मन्त्रीको पद गएको थियो । तर गठबन्धन सरकारका मन्त्री रेणु यादवले खुलेआम गौर हत्याकाण्ड दोहोर्याएर मान्छे मार्ने चेतावनी दिँदा पनि कुनै कारवाही भएन ।

    अर्का मन्त्री प्रेम आलेले पटकपटक अश्लि गालिगलौज गरेका अडियो र भिडिओ सार्वजनिक हुँदा पनि उन्मुक्ति पाए । प्रदेशका मन्त्रीहरुको छाडा हर्कत र अर्काको घरमा गएर हातपात गर्दा पनि उन्मुक्ति नै पाइरहे ।

    ६ः कालोधन भित्र्याउन सहयोग नगर्दा गभर्नर बर्खास्त

    मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन प्रयास गर्दा राष्ट्र बैंकका गभर्नर सरकारको निशानामा परे । त्यसको क्लाइमेक्स भनेको अर्थमन्त्री निकट व्यक्तिको स्रोत नखुलेको ४० करोड रुपैया आउँन सहजीकरण नगर्दा गभर्नर महाप्रसाद अधिकारी बर्खास्तीमै परे । अदालतबाट उनी फिर्ता भएका छन् । जबकी अर्थतन्त्र बिगार्ने मन्त्रीलाई जोगाउँन देउवाले अन्तिमसम्म कुनै कसर बाँकी राखेनन् ।

    ७ः कम्फरटेबल अदालत,प्रन्यायाधीशलाई महाअभियोग

    सर्बोच्च अदालतमा सत्ता गठबन्धन आबद्ध दलका नेताहरुसँग सम्बन्धित केही मुद्दाहरु अग्राधिकारमा थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराबाट कम्फरटेबल महशुस नगरेपछि छापामार शैलीमा उनीविरुद्ध गठबन्धनले महाअभियोग ल्यायो ।

    गठबन्धनसँग दुई तिहाई नभएकाले महाअभियोग पारित हुने सम्भावना थिएन र छैन । महाअभियोगलाई अघि नबढाउँनुको उद्देश्य प्रष्ट छ,उनलाई निलम्बनमै राखेर दिपक कार्कीमार्फत अदालत चलाउँने र आफूहरु आबद्ध मुद्दा धकेल्ने वा जिताउँन लगाउँने ।

    नेकपा एसका १४ सांसदको मुद्दादेखि सभामुख र बालुवाटार काण्डका मुद्दा देखिने गरी नै सेटिङ भएको छ । महाअभियोग लगाउँने तर त्यसलाई किनारा नलगाई रिस उठेकै भरमा न्यायाधीश निलम्बन गर्ने खराब प्रचलन देउवा सरकारको पालामा स्थापित गर्न खोजिएको छ ।

    ८ः वरियता मिचेर आईजीपी,करोडौं लेनदेनमा नियुक्ति

    सर्वाेच्च अदालतले आइजिपी नियुक्ति सम्बन्धमा पूर्ण इजलासबाटै फैसला गरेको थियो । अघिल्लो पटक पनि आईजीपी नियुक्तिमै अदालत सहयोगी नभएपछि देउवा नेतृत्वको गठबन्धनले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएको थियो ।

    यसपटक पनि सोही काण्ड दोहोरिएको छ । पहिले आइजिपी काण्ड मच्चाएर प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको थियो । यसपटक महाअभियोग लगाएर आइजिपी काण्ड मच्चाइएको छ । १८ महिना जुनियरलाई आइजिपी नियुक्ति गर्दा २४ करोड रुपैया आर्थिक डिल भएको आरोप लागेको छ ।

    सो नियुक्तिविरुद्ध अदालतमा मुद्दा परे पनि एकातिर आफ्नै नजिर अदालतले बिर्सेको छ भने अर्कोतिर सरकारको निर्देशनमा जानाजान मुद्दाको फैसला रोकेर राखिएको छ ।

    ९ः बजेट निर्माणमा बिचौलिया,ढुकुटीमै ब्यापारीको खटन

    पूरक बजेटको नीतिगत भ्रष्टाचार यसपटक बजेट वक्तव्यको बेला खुलेआम नै भयो । दलाल बिचौलिया दिपक भट्ट आफैं बसेर बजेट चलाएको आरोप लागिरहेका बेला चौधरी गु्रपका प्रतिनिधि र शंकास्पद विचौलियाले अर्थमन्त्रालयमै बसेर बजेटमा करका दर हेरफेर गरेको आरोप लगभग पुष्टि भइसकेको छ ।

    बजेट वक्तव्य आउँने अघिल्लो साँझको सिसिटिभी फुटेजसमेत डिलिट गरिएको काण्ड चर्किएपछि अर्थमन्त्रीले बाध्य भएर राजीनामा दिएका छन् र संसदीय समितिले छानविन गर्दैछ । अझै पनि छानविनपछि उनै अर्थमन्त्री फर्किने हल्ला चलाइएको छ ।

    यसपटकको बजेटमा निश्चित व्यापारिक घराना र गठबन्धनका नेता तथा तीनका परिवारको लागि खुलेआम नीतिगत भ्रष्टाचार भएको देखिन्छ ।

    १०ः प्रहरीलाई हतियार किन्न एक अर्बको कमिसन डिल

    मुलुकको ढुटुकीमा विदेशी मुद्रा सञ्चिती ६ महिनाई पुग्ने पनि छैन । तर सरकार यहि बेला सुपारी तस्करीको लागि आयात खुला गर्नेदेखि प्रहरीलाई अनावश्यक फेजआउट हतियार खरिदमा लागेको छ । नेपाल प्रहरीको हतियार खरिदका लागि भने ८४ करोड रुपैया जनार्दन शर्माले राजीनामा दिनुअघि निकासा गरेर हिँडेका छन् । हतियार खरिदमा करोड होइन अर्बमा कमिसनको डिल भएको र यो हतियारमा पनि दिपक भट्ट संलग्न रहेको बताइएको छ ।

    ११ः आफैले विरोध गरेको संवैधानिक परिषद सम्बन्धी बिधेयक

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदमा पटकपटक विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक अंगहरुको नियुक्ति नै रोकियो । ओलीले दुईपटकसम्म वहुमतका आधारमा निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याए । सोही अध्यादेशका आधारमा नियुक्त भएका पदाधिकारीविरुद्धको मुद्दा अहिले सर्बोच्च अदालतमा चलिरहेको छ । आफैं झगडिया भएर मुद्दा दायरको सो अध्यादेशकै फोटोकपी गरेर देउवाले अहिले संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा दर्ता गरेका छन् । यो पनि उनको विचलन हो । यदि यहि विधेयक ठिक हो भने उनले विगतमा गरेको विरोध र सर्बोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनुपर्छ ।

    त्यसो त देउवाको दोहोरो मापदण्ड यतिमामात्र सिमित छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले सम्पत्ति शुद्धिकरण,राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्दा कांग्रेस र स्वयं देउवाले अधिनायकवादी कदम भनेका थिए । तर आफू प्रधानमन्त्री भएको १२ महिनासम्म उनले ती विभागलाई आफूसँगै राखेका छन् र प्रधानमन्त्री पत्नी आरजु देउवाले ती विभाग चलाइरहेकी छन् ।

    १२ः प्रदेशका मन्त्रालय ७ बाट बढाएर १७ वटासम्म

    संघीयताको विकृत अभ्यास देउवा नेतृत्वको गठबन्धन बनेपछि सातै प्रदेशमा देखिएको छ । प्रदेशका विकृतिको सुरुआत ७ वटा मन्त्रालय फुटाएर १७ वटासम्म बनाएर भएको थियो । झ्यालैपिच्छे मन्त्रालयका विकृत तस्वीर देखिए । अहिले त प्रायः प्रदेश सरकारका बजेटहरु विवादको घेरामा छन् । प्रदेश संरचना खारेज गर्नका लागि यिनै कारणले जनमत बढिरहेको छ । सत्ता टिकाउने नाममा सांसद किनबेचका घृणित अभ्यास समेत भएका छन् ।

    ओली सरकार विदा भएर देउवा सरकार बन्दै गर्दा संसदमा उभिएर केही कांग्रेसका नेताहरुले भनेका थिए–सरकार कसरी चलाउँनुपर्छ अब हामी देखाउँछौं,गठबन्धनले देखाउँनेछ । १२ महिनाका प्रतिनिधिमूलक यी १२ वटा विचलनका प्रवृतिले देखाएको छ,सरकार कसरी चल्यो भन्ने कुरा ।

  • देउवालाई रामचन्द्रको आग्रह- ओलीले बोकाएको अधिनायकवादको अस्त्र फाल्नुस्

    देउवालाई रामचन्द्रको आग्रह- ओलीले बोकाएको अधिनायकवादको अस्त्र फाल्नुस्

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली प्रवृत्ति त्याग्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

    केन्द्रीय कार्यसमिति बैठकमा आफूले राखेका कुरा पत्रकारलाई सुनाउँदै वरिष्ठ नेता पौडेलले ओलीकै बाटोमा नहिँड्न आफूले आग्रह गरेको बताए ।

    ओलीले आफू अधिनायकवादी बन्न जुन जुन निकायहरू प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए ती अहिले पनि देउवाले आफूसँगै राखेको भन्दै पौडेलले तत्काल फिर्ता गर्न सुझाव दिएका हुन् । जुन आरोप ओलीमाथि लगाइएको थियो त्यो देउवा पनि त्यही आरोपको भागिदार बन्न नहुने उनको भनाइ थियो ।

    पौडेलले गठबन्धन आवश्यक रहेको भन्दै चुनावमा गठबन्धन गरेरै ओलीविरुद्ध जानुपर्ने बताएका छन् ।

    त्यस्तै उनले भातृ संगठनलाई पूर्णता दिइनुपर्ने बताएका छन् । उनले अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न समेत आग्रह गरेको बताए ।

  • कांग्रेस बैठकमा बस्नेतको चेतावनी- मेरो क्षेत्र गठबन्धन गरेर सभामुखलाई छाडियो भने विद्रोह गर्छु

    कांग्रेस बैठकमा बस्नेतको चेतावनी- मेरो क्षेत्र गठबन्धन गरेर सभामुखलाई छाडियो भने विद्रोह गर्छु

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

    केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब नभएको तर सिन्धुपाल्चोकमा भने आफ्नो क्षेत्र नछाड्ने बताए ।

    बस्नेतको भनाइ थियो, ‘म गठबन्धनको विरोधी होइन । गर्नुस् नगर्नुस् मलाई मतलब पनि छैन । तर, सिन्धुपाल्चोकमा मेरो क्षेत्र कसैलाई छाड्दिनँ । मेरो सिट सुरक्षित भएन भने विद्रोह गर्छु ।’

    बस्नेतको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ हो । सो क्षेत्रबाट सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । वाम गठबन्धनबाट सापकोटा जित्दा बस्नेत दोस्रो भएका थिए । यसअघि उनले सो क्षेत्रबाट दुईपटक चुनाव जितिसकेका छन् । गठबन्धन हुँदा सापकोटाका लागि सो सिट पार्टीले छाड्न सक्ने खतरा भएकाले उनले अहिले नै विद्रोहको चेतावनी दिएका हुन् ।

    सिन्धुपाल्चोकमा गत स्थानीय चुनावमा जुगल गाउँपालिकामा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो भने मेलम्चीमा राप्रपासँग गठबन्धन गरेर जितेको थियो । अन्यत्र एक्लै जितेको कांग्रेसले जिससमा नेकपा एससँग मिलेर जितेको छ ।

    एमाले र माओवादी केन्द्रबीच पनि देशभर जेसुकै भए पनि सिन्धुपाल्चोकमा वाम गठबन्धन गर्ने लिखित समझदारी बनेको बेला बस्नेतले केन्द्रीय कार्य समितिमै यस्तो धारणा व्यक्त गरेका हुन् ।

  • यस्तो छ ९ लाख कांग्रेसजनको १२१ मर्यादाक्रम, प्रधानमन्त्री तेस्रो नम्बरमा (सूचीसहित)

    यस्तो छ ९ लाख कांग्रेसजनको १२१ मर्यादाक्रम, प्रधानमन्त्री तेस्रो नम्बरमा (सूचीसहित)

    काठमाडौं । देशकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले संगठनात्मक संरचनाभित्र १२१ वटा ओहोदाको वरीयता निर्धारण गरी केन्द्रीय कार्य समितिमा प्रस्ताव गरेको छ ।

    आइतबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा पेश भएको वरीयता क्रमको एक नम्बरमा केन्द्रीय सभापति रहेका छन् भने अन्तिम १२१ मा नेपाली कांग्रेस सदस्य रहनेछन् । नेपाली कांग्रेस सदस्य भन्नाले क्रियाशील सदस्यता नलिएका प्रारम्भिक कांग्रेस बुझिन्छन् ।

    सभापतिपछिको वरीयतामा पूर्वसभापति रहने व्यवस्था गरिएको छ । यो वरीयताक्रम केन्द्रदेखि सबै तहका समितिमा कायम रहेको छ ।

    प्रधानमन्त्रीको वरीयता पूर्वसभापतिपछि अर्थात् तेस्रो स्थानमा प्रस्ताव गरिएको छ ।

    त्यसपछि पूर्व प्रधानमन्त्री रहने र पाँचौँ नम्बरमा संसदीय दलको नेता रहनेछन् । यद्यपि कांग्रेसमा सभापति, प्रधानमन्त्री र संसदीय दलको नेता प्रायः एकै व्यक्ति रहने गरेका छन् भने सो पार्टीमा अहिले कोही पनि पूर्वप्रधानमन्त्री जीवित छैनन् ।

    पूर्वउपप्रधानमन्त्रीको मर्यादाक्रम मुख्यमन्त्रीभन्दा पछि राखिएको छ भने भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षको मर्यादाक्रम कांग्रेसका महासमिति सदस्यपछि अर्थात् ४० औँ नम्बरमा तोकिएको छ ।

  • मर्यादाक्रमबारे कांग्रेसका प्रदेश सभापतिको असन्तुष्टि, केन्द्रीय सदस्यभन्दा माथि राख्न माग

    मर्यादाक्रमबारे कांग्रेसका प्रदेश सभापतिको असन्तुष्टि, केन्द्रीय सदस्यभन्दा माथि राख्न माग

    काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले आफ्नो मर्यादाक्रमप्रति आपत्ति जनाएका छन् । उनीहरूले आफूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति जनाएका छन् ।

    कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्य तल पारिएको छ । यही कारण सात वटै प्रदेशका सभापतिहरू लिखित रूपमा आफ्नो आपत्ति तयार पारेको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए ।

    उनले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनी र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताएका छन् ।

    सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि आफूहरूले यो कुरा उठाइरहेको बताए ।

    ‘केन्द्रीय सदस्य उठ्नका लागि यस पटक मापदण्ड थिएन । तर प्रदेश सभापतिका हकमा क्रियाशील सदस्य भएको १५ वर्ष राखिएको छ,’ उनले भने, ‘तर मर्यादाक्रममा हामीलाई अपमान गरिएको छ । जसमा ध्यान दिइनुपर्दछ भन्ने हाम्रो माग हो ।’

  • प्रदीप पौडेल भन्छन्– त्रिविले गरिमा गुमाउनै लागिसक्यो, ध्यान कसैको गएन

    प्रदीप पौडेल भन्छन्– त्रिविले गरिमा गुमाउनै लागिसक्यो, ध्यान कसैको गएन

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको केन्द्र बनाइँदा त्यसको गरिमा गुम्न लागेको बताएका छन् । आज एक ट्वीट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने घोषणा गरिएको त्रिवि राजनीतिक भागबन्डाको मात्रै सेन्टर भएको छ’, उनले लेखेका छन्, ‘वर्षौंदेखिका अनेकौं समस्याहरूको ठूलो चाङले त्रिविले आफ्नो गरिमा गुमाइसक्न लाग्दा पनि यसबारे कसैको ध्यान जान सकेको छैन ।’

    विश्वविद्यालय सुधारका निर्णायक कदम चाल्न जरुरी रहेको पनि उनले थप उल्लेख गरेका छन् ।

  • संवैधानिक परिषद् विधेयक फिर्ता लिन शेखर कोइरालाको माग

    संवैधानिक परिषद् विधेयक फिर्ता लिन शेखर कोइरालाको माग

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् ।

    ‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने कांग्रेस अहिले विगतको भन्दा बढी निरंकुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ,’ कोइरालाले भने, ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रह्यो, यो विधेयक फिर्ता लिनुपर्छ ।’

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए । तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन् ।

  • सानेपामा देउवाको गाडीलाई कांग्रेस कार्यकर्ताको अवरोध, प्रहरीसँग ठेलमठेल (तस्बिर/भिडिओ)

    सानेपामा देउवाको गाडीलाई कांग्रेस कार्यकर्ताको अवरोध, प्रहरीसँग ठेलमठेल (तस्बिर/भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

    सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्‍याएका छन् । प्रधानमन्त्री, मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोग गर्दा ठेलमठेलसमेत भएको थियो ।

    पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।

    भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता मागसहित नेविसंघ, तरुण दललगायतका युवाहरू विरोध प्रदर्शन गरिरहेका छन् । भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहररूको मुख्य माग छ ।

  • सानेपामा कांग्रेस कार्यकर्ताको नारा- हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं

    सानेपामा कांग्रेस कार्यकर्ताको नारा- हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं

    काठमाडौं । पार्टीका भ्रातृ संगठनहरूमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले सोमबार केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन र नाराबाजी गरेका छन् ।

    नेविसंघका विद्यार्थीहरूले परिवर्तनकारी विधान कार्यान्वयनको माग राख्दै भ्रातृ संस्थाको तत्काल वैधानिक पूर्णता माग गरेका हुन् । प्रदर्शनमा तरुण दलका कार्यकर्ता पनि सहभागी थिए ।

    ‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्दै कार्यकर्ताले केन्द्रीय कार्य समिति बैठकअघि नाराबाजी गरेका हुन् । उनीहरूले बैठकमा सहभागी हुन गएका नेताहरूलाई पनि आफ्ना माग सुनाएका छन् ।

    भ्रातृ संगठनलाई जीवित गर्न र पार्टीको विधान लागू गर्न उनीहरुले माग गरेका हुन् । प्रदर्शनकारी समक्ष पुगेका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रातृ संगठनहरूको कुरा आफूले बैठकमा उठाउने आश्वासन दिए ।

    तस्बिरहरू : उमेश कार्की । 

  • शेखर पक्षको प्रदर्शन रोक्न सानेपामा कडा सुरक्षा, चक्रपथदेखि कांग्रेस कार्यालयसम्म उभिन निषेध (तस्बिरहरू)

    शेखर पक्षको प्रदर्शन रोक्न सानेपामा कडा सुरक्षा, चक्रपथदेखि कांग्रेस कार्यालयसम्म उभिन निषेध (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यलय क्षेत्रमा कुनै प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

    भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर कोइराला पक्षधरले गर्न लागेको प्रदर्शन रोक्न सरकारले सुरक्षाकर्मीलाई ठूलो संख्यामा परिचालन गरेको छ ।

    नेपाल प्रेसकर्मी उमेश कार्कीका अनुसार मिडियाकर्मीलाई समेत सो क्षेत्रमा उभिन दिइएको छैन । सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्नेस्थलमा कसैलाई पनि उभिन दिइएको छैन भने समूह बनाएर हिँड्न समेत रोकिएको छ ।

    केन्द्रीय सदस्यबाहेक कार्यकर्ता र भित्र छिरेका समर्थकहरूलाई पनि बाहिर निकालिएको छ, एक महिला कार्यकर्ताले आफ्नै पार्टी कार्यालय छिर्न नपाउँनु किम जोङ उनको जस्तो तानाशाही शैली भएको टिप्पणी गरेकी छन् ।

    चक्रपथदेखि केन्द्रीय कार्यालयको प्रवेशद्वारसम्मै कसैलाई होल्ड हुन दिइएको छैन । कांग्रेस बैठक अपरान्ह १ बजेबाट बस्दैछ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • विश्वप्रकाशको प्रश्नः प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ?

    विश्वप्रकाशको प्रश्नः प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ?

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् ।

    बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संबैधानिक परिषद् सम्बन्धी विद्येयक दर्ता गरेपछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन । उनले सो विद्येयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

    ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी रु हुन्छ कसरी रु गर्छ कसले सल्लाह दिन्छ कसले यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

     

  • नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

    नागरिकता विधेयकको सहमतिका लागि गृहमन्त्रीको दौडधुप, आज प्रचण्ड भेटे

    काठमाडौं । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

    सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो । छलफल सकारात्मक भएको खाणले जानकारी दिए । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।

    सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद सचिवालयमा पेस गरेको छ । पेस भएको विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

    हिजो साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटेका थिए ।

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेण्डा

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, यी हुन् एजेण्डा

    काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ ।

    आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

    नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ र नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघलाई शुभेच्छुक संस्थाकोरुपमा मान्यता दिने तयारी भएको हो ।

    यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत गरिनेछ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाकोरुपमा अनुमति प्रदान गर्नेछ ।

    अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १३ बाट बढेर १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्नेछ ।

     

  • श्रीलंकाबाट चेतौं, नेताका नामका ट्रष्टमा राज्यकोषको बजेट नहालौंः उपसभापति गुरुङ

    श्रीलंकाबाट चेतौं, नेताका नामका ट्रष्टमा राज्यकोषको बजेट नहालौंः उपसभापति गुरुङ

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका नाममा खुलेका ट्रष्टमा राज्यकोषको बजेट हाल्न नहुने बताएका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले आफूले विगतदेखि नै यस्तो विषय उठाउँदै आएकाले श्रीलंकाबाट नेपाली नेताको चेत खुल्नुपर्ने औंल्याए ।

    ‘सुशिल कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ- नेताहरूको नाममा खोलेको ट्रष्ट-फाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो । रोक्नु पर्छ,’ उनले लेखेका छन्, ‘तर, यो प्रवृत्ति झनै बढेको छ । श्रीलंकाको घटनाबाट अचेत नेताहरूको चेत खुलोस् ।’

  • नैनसिंह महर भन्छन्- ओली सरकारका गल्ती दोहोर्‍याउने छुट वर्तमान सरकारलाई छैन

    नैनसिंह महर भन्छन्- ओली सरकारका गल्ती दोहोर्‍याउने छुट वर्तमान सरकारलाई छैन

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पूर्ववर्ती सरकारले गरेका गल्तीको एक अंश पनि दोहोर्‍याउने छुट वर्तमान सरकारलाई नरहेको बताएका छन् ।

    फेसबुकमा आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘केपी ओलीजी नेतृत्वको तत्कालीन नेकपाको सरकारले गरेका गल्तीहरूको एक अंश पनि दोहोर्‍याउने छुट वर्तमान सरकारलाई छैन’, उनले लेखेका छन्, ‘किनकि ओली सरकार लोकतान्त्रिक पद्धति, आचरण र व्यवहार तथा संविधानवादविरुद्ध जाँदा कांग्रेसलगायतका दलहरुले जनताको साथ लिएर विस्थापित गर्नुपरेको थियो ।’

  • कांग्रेस पदाधिकारी बैठक आज

    कांग्रेस पदाधिकारी बैठक आज

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि तय गरिएको केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठक बोलाइएको हो ।

    यसअघिको बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको थियो । उम्मेदवारी दर्तादेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा समेत बैठकमा प्रारम्भिक छलफल गरिएको थियो ।

    बैठकमा म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल हुने बताइएको छ ।

  • कांग्रेसका कान्छा क्रियाशील जयवीर- राजनीति र व्यापारमा यसरी मार्दैछन् तीर

    कांग्रेसका कान्छा क्रियाशील जयवीर- राजनीति र व्यापारमा यसरी मार्दैछन् तीर

    काठमाडौं । कांग्रेसका कतिपय नेताहरूले १४ औं महाधिवेशनमै जयवीर सिंह देउवालाई महाधिवेशन प्रतिनिधि बनाउन चाहेका थिए । तर, पिता शेरहबहादुर देउवाले नै अहिले पर्दैन भनेर रोकेपछि शेरबहादुर र आरजुका एकमात्र सन्तान जयवीरको हैसियत नेपाली कांग्रेसमा अहिले क्रियाशील सदस्यको मात्र छ ।

    २७ वर्षीय जयवीरले २०७७ चैतमा कांग्रेसको क्रियाशील सदस्यता पाएका हुन् । कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये जयवीर सबैभन्दा कान्छो समूहका हुन् । यही असार २९ गते २९ वर्ष प्रवेश गर्दै गरेका जयवीर सार्वजनिक रूपमा विरलै देखिन्छन् ।

    उनी कांग्रेसका कार्यक्रमहरूमा पनि देखिँदैनन्, पहिलो पारिवारिक तस्बिर आरजुले एक वर्षअघि सार्वजनिक गरेर जयवीरलाई राजनीतिमा ल्याउन चाहेको सन्देश दिएकी थिइन् ।

    जयवीर लामो समय बेलायतमा बसे । उच्च शिक्षा अध्ययनका लागि बेलायत गएका जयवीरले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको भनिए पनि कांग्रेसको अभिलेखमा शैक्षिक योग्यता स्नातक राखिएको छ ।

    दुई वर्षअघि जयवीर लण्डनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएको कारण उनको हेरचाहका लागि आरजु लामै समय गएर बसेकी थिइन् । सम्भ्रान्त परिवारका सन्तानमा युवा उमेरमा देखिने लत जयवीरमा पनि बसेकाले उनलाई छुटाएर नेपालमै ल्याइएको जयवीरको मामाघरतिरका सदस्यहरू बताउँछन् ।

    पछिल्लो समय जयवीरले आमालाई राजनीतिसँगै व्यवसायिक कारोबारमा पनि सघाउन थालेपछि उनी विस्तारै व्यापारिक घरानाहरूबीच घुलमिल हुन थालेका छन् । जापानबाट सेक्युरिटी प्रेस ल्याउने तयारीस्वरूप आरजुले आफ्नो पटकपटकको भ्रमणपछि दुर्गाबहादुर क्षेत्रीलाई टोकियोको लागि नेपाली राजदूत नियुक्त गर्न सफल भएकी छन् ।

    जापानको राजदूत बन्न संसद सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले सत्ता गठबन्धनकै एकजना शीर्ष नेतालाई २ करोड रूपैयाँको जोहो समेत गरेका थिए । तर, आरजुको व्यापारिक डिल दुर्गाबहादुर सुवेदीबाट हुने भएपछि भट्टराईलाई ती नेताले ‘सरी’ भन्नुपरेको चर्चासमेत परराष्ट्रका उच्च अधिकारीहरूबीचमै चलेको छ ।

    यो प्रसंग किन ल्याइएको हो भने आरजुले छोरा जयवीरलाई व्यापारसँगै राजनीतिमा पनि सक्रिय बनाउँदैछिन् । कतिपय कारोबार त जयवीरले आमा र बुबालाई समेत क्रस गर्न थालेका छन् । यसको पछिल्लो सिलसिलामा विनोद चौधरी नै परेका छन् ।

    अहिलेको सत्ता गठबन्धनका मुख्य वित्तीय साझेदार मानिने विनोद चौधरीले सीजी टेलिकमको युनिफाइड लाइसेन्स हात पार्न सबै प्रक्रिया पूरा गरिसकेका थिए । यसअघि गोकुल बास्कोटाले राज्यलाई तिर्नुपर्ने १८ अर्ब दायित्व तिरेपछि मात्र लाइसेन्सको प्रक्रिया अघि बढ्ने भनेर रोकेका थिए ।

    प्रचण्ड लगाउँदा समेत नसकेपछि चौधरीले गोकुललाई हटाउनेमात्र होइन नेकपा विभाजनको लागि प्रचण्ड-माधवसहित ५ सचिवालय सदस्यलाई डिनर खुवाएर तत्कालीन नेकपाभित्र पनि लगानी गरेका थिए ।

    यसपटक उनका लागि सबैतिर अनुकूल थियो । सम्बन्धित निकायबाट प्रक्रिया पूरा गरिसकेपछि जयवीरले ठूलो ‘रकम कलम’ माग गरेपछि अभिभावकहरूको समेत केही जोर नचलेको चर्चा निकटस्थहरूबीच चलेको छ ।

    नारायणथान एरियामा विनोद चौधरी,उमेश श्रेष्ठलगायतको संयुक्त लगानीको ‘प्रोपर्टी’ मा समेत जयवीरले तनाव दिएको श्रेष्ठको बैंकिङ कारोबारमा सम्बन्धित पात्रहरूले बताएका छन् । सो प्रोपर्टीमा निःशुल्क प्राप्त १० प्रतिशत हिस्साबापतको पैसा परमादेशबाट देउवा प्रधानमन्त्री बन्नुअघि देउवा परिवारले नगद खाँचो परेको भन्दै लियो ।

    तर, अहिले आएर जयवीरले सो रकम पनि फिर्ता नगर्ने र त्यसबापतको प्रोपर्टीको हिस्सा पनि पास गरेर नदिएपछि उच्च खानदानी ‘सियासत’ मा तनाव सिर्जना भएको छ । स्यानिटरी प्याड प्रकरण त बजेटमै हेराफेरि गराएका कारण सतहमा देखिएको मात्र हो । जयवीरले बाबुआमा र चाचा चौधरीहरूलाई समेत तनाव दिन थालेका छन् ।

    अहिलेको सत्ता गठबन्धनलाई चौधरीहरूले आफ्नो व्यापारिक स्वार्थ साधनाको वित्त गठबन्धन बनाएको बेला जयवीरले हरेकमा हिस्सा खोजेका छन् । केही महिनाअघि जयवीरसँग केही ‘डेमोक्र्याटिक पत्रकार र सम्पादक’ हरूको अन्तरक्रिया गराउने कार्यक्रम बालुवाटारको सचिवालयले राखे पनि अन्तिममा रद्द गरिएको थियो । त्यो भेटघाट प्रत्युत्पादक हुने आँकलनसहित रद्द गरिएको बताइन्छ ।

    कतिपय निकट नेताहरूले जयवीरलाई तरुण दलको सचिव बनाएर उत्तराधिकारीका रूपमा स्थापित गर्न सुझाएका छन् । तर, जयवीरलाई अहिले नै उक्त जिम्मेवारी दिने कि नदिने भन्नेबारे बालुवाटारले टुंगो लगाएको छैन । केन्द्रीय सदस्यबाट इन्ट्री गराउनेबारे समेत छलफल भने चलेको छ । उनलाई पार्टीको डडेल्धुरा जिल्ला कार्य समितिबाट पनि क्रियाशील गराउन सकिने आइडिया निकालिएको छ ।

    आगामी चुनावमा देउवाले जयवीरलाई सँगै लिएर अभियान सञ्चालन गर्ने निश्चित छ । जसले गर्दा अर्को चुनावका लागि जयवीरको लागि भोट हाल्न डडेल्धुराबासी तयार बन्नेछन् ।

    देउवा अहिलेको सत्ता गठबन्धनलाई कुनै पनि हालतमा टुटाउन चाहँदैनन् । यो बुझेर प्रचण्डको बार्गेनिङ बढेको छ र उनले बेलाबेलामा नत्र ओलीतिर लाग्छु भनिरहेका छन् । यसको एकमात्र उद्देश्य १६५सिटको बाँडफाँटमा कांग्रेस हाबी नहोस् र आउने प्रतिनिधिसभाको गणित आफूबिना कसैको पनि बहुमतमा नहोस् भन्ने नै हो ।

    देउवाको कमजोरी बुझेरै प्रचण्डले कांग्रेसलाई १६५ सिटमध्ये बढीमा ८५ सिटमा चुनाव लडाउन खोजेका छन् । त्यसो हुँदा समानुपातिक समेत गर्दा कांग्रेसले माओवादीबिना अरुसँग मिलेर सरकार बनाउन नसक्ने र आफू आउने प्रतिनिधिसभाको कार्यकालमा तेस्रोपटक प्रधानमन्त्री बन्न पाउने प्रचण्डको दाउ हो ।

    देउवा यसमा लचिलो छन् । उनी पनि आउने प्रतिनिधिसभाको कार्यकालभित्रै आरजुलाई राज्यसत्ताको बागडोरमा पुर्‍याउन चाहन्छन् । प्रचण्डसँगको गठबन्धनबाट आलोपालो प्रधानमन्त्री बाँड्ने गरी गठबन्धनमा हदैसम्म लचिलो बन्न देउवा तयार छन् । त्यसपछि आरजु र जयवीरलाई कांग्रेस राजनीतिमा सोनिया गान्धी र राहुल गान्धीको भूमिकामा लैजान सकिन्छ भनेर देउवानिकट युवा नेताहरूले उकासेका छन् ।

    देउवाका लागि डडेल्धुराको चुनाव सम्भवतः अब मंसिर नै अन्तिम हुनेछ । ६ पटकसम्म लगातार जितेका देउवा उमेरका कारण पनि अब सातौं पटकपछि चुनाव लड्ने छैनन् । त्यसपछि जयवीरका लागि मैदान तयार पारिँदैछ । जयवीरको लागि चुनौती हुनसक्ने कर्ण मल्लहरू कांग्रेसबाट वहिर्गमन भइसकेका छन् भने लोकराज भट्टहरू पाँच वर्षअघि नै ठेगान लागिसकेका छन् ।

    नैनसिंह महर जयवीरको लागि बाधक बन्न चाहँदैनन् । त्यसैले उनले कैलाली वा काठमाडौं ५ बाट चुनाव लड्न खोजेका छन् । बाँकी रहेका एकजना रघुवर भट्ट हुन् जो जयवीरको लागि चुनौती होइनन् । त्यसै पनि उनी पछिल्लोपटक युवती काण्डमा परेका छन् ।

    कांग्रेसमा अहिलेको जस्तै ठीकठाक चल्दै गयो भने जयवीरको उदयको ढोका बन्नेछ सत्तरीको दशकको अन्तिम वर्ष ।

    यो पनि पढ्नुहोस् : प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ

  • प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ

    प्रधानमन्त्री पुत्रको कम्पनी पोस्न सेनेटरी प्याडमा भन्सार माफ

    काठमाडौं । अनाधिकृत व्यक्तिको घुसपैठ गराएर बजेटमा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले हिजो राजीनामा दिए । तर, यो प्रकरणभित्र लुकेका धेरै रहस्य बाहिर आउन बाँकी नै छन् ।

    बजेट भाषणको अघिल्लो रात पूर्वनासु र एक भारतीय नागरिकलाई अर्थमन्त्रालयमै घुसाएर करका दर हेरफेर गराइएको समाचार सार्वजनिक भएको थियो । यसरी बजेट चलाउँदा निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याउने उद्देश्य लिएको आरोप अर्थमन्त्रीमाथि लागेको छ ।

    बजेटले फाइदा पुर्याएको आयातित वस्तुमध्ये एक हो  सेनेटरी प्याड । विदेशबाट आयातित सेनेटरी प्याडमा अर्थमन्त्रीले भन्सार ९० प्रतिशत मिनाहा गरिदिएका छन् । यसले नेपाली बजारमा विदेशी प्याड सस्तो भएर स्वदेशी उद्योग धराशयी पार्ने निश्चित छ ।

    स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने गफ दिइरहेका अर्थमन्त्रीले यस्तो उल्टो नीति कि लिए त ? भन्न त उनले माइतीघरमा महिला छाति पिटेर रोएको देख्न नसकेर आफूले प्याडको भन्सार मिनाहा गरेको तर्क गरिरहेका छन् । तर, यथार्थ भने फरक छ ।

    यो निर्णयमा बालुवाटारको स्वार्थ जोडिएको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका एक्ला छोरा जयवीरसिंह देउवा सेनेटरी प्याडको व्यापारमा संलग्न छन् । उनको कम्पनी लाभान्वित हुने गरी आयातित प्याडको भन्सारमा कर छुट दिइएको उच्च स्रोतले बतायो ।

    सेनेटरी प्याडको व्यापार गर्दै आएको ब्लु प्रिन्ट ट्रेडिङ प्रालीको अध्यक्ष हुन् जयवीरसिंह । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंसँग उनको पार्टनरसीप छ ।

    २०७७ साल पुस १२ गते जयविरले यस कम्पनीको सानो हिस्सा सेयर बजगाईंलाई बेचेको दर्ता किताबको लगतबाट देखिन्छ । कम्पनीको ७० हजार कित्ता सेयर जयवीरको नाममा र बाँकी ३० हजार कित्ता सयेर हेमन्तको नाममा छ ।

    आरजु र छोरा जयवीरकै सल्लाह मुताबिक अर्थमन्त्रीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरिदिएकाे स्राेत बताउँछ । विदेशबाट ‘बहुराष्ट्रिय कम्पनी’ले उत्पादन गरेका सेनेटरी प्याडहरु नेपालमा आयात हुन्छन् । हाल यस्ता प्याड आयात गर्ने मुख्य एजेण्ट नै प्रधानमन्त्रीका छोरा जयवीर हुन् । उनैले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेर बजेट भाषणबाटै प्याड आयातमा भन्सार सहुलियत दिलाएकाे स्राेतकाे दाबी छ ।

    यो नेपालको कुल वार्षिक मागको ४० प्रतिशत हो । नेपालमा वर्षेनी ३० करोड थान प्याड खपत हुन्छ भने ९० करोड थान नेपालमै उत्पादन हुन्छ । तर, आयातित प्याड सस्तो भएपछि नेपाली उद्योगमा गरिएको करिब ६ अर्बका लगानी संकटमा परेको छ ।

    हिमालयन टेलिभिजनले यस कम्पनीको विषयमा हिजो एक विशेष रिपोर्ट प्रकाशित गरेको थियो । जसमा सेनेटरी प्याडको भन्सार घट्ने निश्चित भएसँगै जयवीरको कम्पनीले ४० कन्टेनर अर्थात ८ करोड थान प्याड चीनबाट अर्डर गरिसकेको उल्लेख गरिएकाे छ ।

    हेर्नुस हिमालयन टिभीको समाचार

    सेनेटरी प्याडमा प्रधानमन्त्रीकै छोरालाई फाइदा पुर्याउन करको दर परिमार्जन गरेको खुलासा (भिडियो रिपोर्टसहित)

     

  • अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग

    अर्थमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस उपसभापति धनराजको माग

    काठमाडौं । नेपाली कांग्रेसभित्र अर्थमन्त्रीविरोधी आवाज सशक्त उठ्न थालेको छ । उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् ।

    ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् ।

    ‘गैर संवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामेरामार्फत निगरानी गरिन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ । जनताले हेर्न पाउनुपर्छ’, गुरुङले लेखेका छन् ।

    कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले एक्सन लिनुपर्ने बताइसकेका छन् ।

  • अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं

    अर्थमन्त्री प्रकरणमा कांग्रेस उपसभापतिको माग- ढिला नगरौं, आजै छानबिन समिति बनाऔं

    सुर्खेत । नेपाली कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री प्रकरणमा मुख खोलेका छन् ।

    उनले बजेट निर्माणबारे आम जनताको समेत चासो बनिसकेपछि यो विषयलाई संसदीय छानबिन समिति बनाएर टुंगो लगाउनुपर्ने बताएका छन् ।

    आज बिहानै फेसबुकमा लेख्दै खड्काले विगतमा पनि संसदीय छानबिनको परम्परा रहेको स्मरण गरेका छन् ।

    ‘बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ । विगतमा पनि संसदको यस्तो परम्परा छ ’, खड्काले लेखेका छन् ।

    उनले यो विषय निरुपणका लागि ढिला नगर्न भनेका छन् । ‘बरु ढिलो नगरौं संसदबाट आजै संसदीय समिति निर्माणको टुंगो लगाउँ ’, उनको भनाइ छ ।

    यसअघि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीलाई राजीनामा दिन सुझाएका थिए । करको दायरामाथि हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको विषयमा गम्भीर चर्चा हुँदा पनि सीसीटीभी फुटेज १३ दिनको मात्रै रहने अर्थ मन्त्रालयको जवाफमाथि प्रधानमन्त्री तत्काल एक्सनमा जानुपर्नेमा उनको जोड थियो ।

  • रामहरि खतिवडाको टिप्पणी- अर्थमन्त्रीका कारण देश नै बदनाम हुने अवस्था भो

    रामहरि खतिवडाको टिप्पणी- अर्थमन्त्रीका कारण देश नै बदनाम हुने अवस्था भो

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् ।

    ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले यस्तो टिप्पणी गरेका छन् ।

    उनले लेखेका छन्, ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’

    अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन उनले आग्रह गरेका छन् । ‘मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस्’, उनले अगाडि लेखेका छन् ।

  • कांग्रेस नेता चन्द्र भण्डारीको टिप्पणी- जताततै बिचौलिया, नयाँ भेरियन्टका कोरोना

    कांग्रेस नेता चन्द्र भण्डारीको टिप्पणी- जताततै बिचौलिया, नयाँ भेरियन्टका कोरोना

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जताततै बिचौलिया रहेको बताएका छन् । उनले तरकारीदेखि न्यायालयसम्म रहेका बिचौलिया अहिले बजेट निर्माणसम्ममा पुगेको टिप्पणी गरेका छन् ।

    ट्वीटर ह्याण्डलमा उनले लेखेका छन्, ‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म !’

    यस्ता काममा बिचौलियालाई राज्यका निकायले नै रातो कार्पेटमा स्वागत गरेको उनको आशय छ । जसलाई नयाँ भेरियन्टका कडा कोरोना भनी उनले कटाक्ष गरेका छन् ।

    ‘बिचौलियालाई रातो कार्पेट ! नयाँ भेरियन्टको कडा कोरोना !’, उनले अगाडि लेखेका छन् ।

  • एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा किन नहोस् : देउवा (भिडिओ)

    एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा किन नहोस् : देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गरेका छन् । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

    नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो धारणा राखेका हुन् । उक्त कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेका थिए ।

    गुरुङलाई जवाफ दिँदै देउवाले भने, ‘एउटै पार्टीमा त समस्या हुन्छ भने गठबन्धनमा समस्या हुन्छ नै । यसलाई सबैले सामान्य रुपमा लिनुपर्छ । पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ ।’

    देउवाले नेपाली राजनीतिमा स्व. कोइरालाको भूमिकाबारे पनि चर्चा गरेका थिए ।

  • धनराजको आग्रह: उडिरहेको जहाजभित्र झगडा नगरौं, गठबन्धनलाई सेफल्यान्डिङ गरौं (भिडिओ)

    धनराजको आग्रह: उडिरहेको जहाजभित्र झगडा नगरौं, गठबन्धनलाई सेफल्यान्डिङ गरौं (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले पाँच दलीय गठबन्धनलाई उडिरहेको जहाजसँग तुलना गरेका छन् । उनले सुरक्षित अवतरण नहुँदै जहाजभित्र आपसी झगडा सुरु भएकोमा चिन्ता व्यक्त गरे ।

    भूतपूर्व कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरणका अवसरमा बोल्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

    गुरुङले भने, ‘स्थानीय तहको निर्वाचनका क्रममा पाँच दल एउटै जहाज चड्यौं । जहाज आकाशमै उडिरहेको छ । यसलाई कसरी सुरक्षित अवतरण गर्ने भनेर चिन्ता गरिरहेको बेलामा जहाजभित्रै बसेर ङ्यारङ्यार ङुरङुर गर्न हुन्न भन्ने मेरो ठहर छ ।’

    जहाजलाई जसरी पनि सुरक्षित अवतरण गर्नुपर्नेमा उनले जोड दिए । ‘या त हामीले प्यारासुट जम्प गर्नुपरो । त्यसो गर्दा खुट्टा भाँचिन्छ कि भन्नो त्राश छ । त्यसैले मिलेर सुरक्षित अवतरण गराउनै पर्छ । ल्यान्ड गर्ने बेला कसैले कांग्रेस इमान्दार भएन भन्ने कुरा गरिरहेका छन् । उडिरहेको जहाजमाथि झगडा सुरु गर्ने काम भइरहेको छ । मिसन पूरा नहुँदै यसरी आरोप प्रत्यारोप गर्नु अपरिपक्व राजनीति हो,’ उनले भने ।

    आउने मंसिरतिर जहाज अवतरण हुने आशा उनले व्यक्त गरे ।

  • बुटवलमण्डपमा गिरिजाको नाम थपेर विवाद नगर्न सबै दलको आग्रह

    बुटवलमण्डपमा गिरिजाको नाम थपेर विवाद नगर्न सबै दलको आग्रह

    रुपन्देही । बुटवलका अधिकांश राजनीतिक दल तथा सामाजिक संघसंस्थाले निर्माणसम्पन्न हुन लागेको राष्ट्रिय गौरवको आयोजना बुटवलको मण्डपको नाम फेर्ने बुटवल उपमहानगरको प्रस्तावलाई फिर्ता लिन आग्रह गरेका छन् ।

    बुटवलमण्डपको नाम परिवर्तन गरी आयोजनालाई विवादमा पार्न खोजिएको निर्णयप्रति यहाँका संघसंस्था तथा राजनीतिक दलहरुले आपत्ति जनाएका हुन् । उपमहानगरले बजेट र नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ नामाकरण गर्ने प्रस्ताव फिर्ता लिन उनीहरुको आग्रह छ । बुटवलमा क्रियाशील ७ राजनीतिक दलले सामुहिक विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।

    बुटवलमण्डप बुटवलमा क्रियाशील सबै राजनीतिक दलहरुको विकासको साझा धारणा भएको उल्लेख गर्दै बुटवल मण्डपको नाम आमजनसमुदायको भावनात्मक अपनत्वसँग पनि जोडिएको विषय भएको विज्ञप्तीमा जनाइएको छ ।

    संयुक्तरुपमा जारी विज्ञप्तिमा नेकपा एमाले रुपन्देहीका अध्यक्ष किसन ज्ञवाली, राष्ट्रिय जनमुक्ति पार्टीका मेकबहादुर सारु, मंगोल नेशनल अर्गनाइजेशनका खिमबहादुर थापा, लोकतान्त्रिक समाजवादी पार्टीका रामशंकर गुप्ता, नेपाल कम्युनिष्ट पार्टीका एनबी शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद श्रेष्ठ र राष्ट्रिय जनमोर्चा (समन्वय समिति) का बाबुराम आचार्यले हस्ताक्षर गरेका छन् ।

    यसअघि नेकपा एसका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष पदम श्रेष्ठले यो निर्णय सच्चाउन आग्रह गरिसकेका छन् । दुई दिनअघि यहाँका २१ व्यवसायिक संस्थाले गौरवका आयोजनालाई राजनीतिक नाममा विवादमा नतान्न आग्रह गर्दै प्रस्ताव फिर्ता लिन सामुहिक माग गरेका थिए ।

     

  • लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’- सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

    लुम्बिनीमा वागमतीको ‘साइड इफेक्ट’- सुस्ताएको कांग्रेसलाई जाग्यो नेतृत्व मोह

    रुपन्देही । गत साउन २७ गते नेकपा एमालेका नेता शंकर पोखरेलको नेतृत्वको सरकार बाहिरिएसँगै गठबन्धन दलबीच मुख्यमन्त्री फेरेर ८-८ महिना सरकार चलाउने सहमति गरेका थिए ।

    भद्र सहमतिअनुसार माओवादीले फागुन महिनामै कांग्रेसलाई सरकारको नेतृत्व छोड्नुपर्ने भएपनि कांग्रेसभित्रको विवादमा खेल्दै माओवादीले बोनसमा ४ महिना लिइसकेको छ ।

    माओवादीले सहजै नेतृत्व नछाड्ने संकेत पाएपछि गठबन्धन गर्ने समयको भद्र सहमतिको पालना गर्न प्रदेशका कांग्रेस नेताहरू औपचारिक पत्र लिएर चैतमै सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए । तर, त्यसको नतिजा भने देखिएको छैन ।

    स्थानीय तहको निर्वाचन नजिकिएको, निर्वाचनमा माओवादीसँग नै गठबन्धन गर्नुपर्ने बाध्यता भएको र अन्य प्रदेशमा पनि नेतृत्व फेर्ने प्रसंग आएको भन्दै निर्वाचनअघि नेतृत्व फेर्ने विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति नै सकारात्मक भएनन् ।

    अहिले वागमतिसहितका प्रदेशमा आलोपालोको पूर्वसहमति अनुसार बाँकी कार्यकाल नेतृत्व फेरबदलको चर्चासँगै लुम्बिनीमा पनि कांग्रेस नेताहरू तातिएका हुन् ।

    अघिल्लो साउन २६ गते लुम्बिनीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बाँकी रहेको १६ महिने कार्यकाल आधाआधा मुख्यमन्त्री बन्नेगरी भद्र सहमति गरेका थिए । त्यो समयमा गरिएको सहमति कार्यान्वयन गरेर जानुपर्ने दबाब कांग्रेस नेताहरुले दिएपनि सजिलै नेतृत्व नछाड्ने रणनीति माओवादीले बनाएको छ ।

    नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्दिन खानले सहमतिअनुसार नेपाली कांग्रेसले नेतृत्व पाउनुपर्ने अडानमा कायम रहेको बताए ।

    ‘त्यो समयमा आधा-आधा नेतृत्व गर्ने सहमति भएको हो, तत्काल हुन सकेन, बजेट आएर पनि पास भयो, अब नेतृत्व दिनुपर्छ, हामीले पार्टी सभापतिलाई यो विषयमा जानकारी गराइसकेका छौं’, उनले भने ।

    माओवादी नेताहरूले भने लुम्बिनी माओवादीको बलियो क्षेत्र भएकाले पनि नेतृत्व छाड्न नहुने भन्दै अध्यक्ष प्रचण्डलाई बारम्बार भन्दै आएका छन् ।

    माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीले कसैलाई मुख्यमन्त्री चाहियो भनेर त्यतिकै छाड्ने कुरा नहुने बताउँदै राष्ट्रिय सहमति भएको खण्डमा शीर्ष तहबाटै निर्णय हुनुपर्नेमा जोड दिए ।

    ‘यो लुम्बिनीको मात्रै विषय होइन, सबै प्रदेशको कुरा हुन्छ, हामीले यहाँको सबै विषय पार्टी अध्यक्षलाई जानकारी गराइसकेका छौं’, उनले भने ।

    लुम्बिनीमा माओवादी तेस्रो दल हो । ८७ सांसद रहेको प्रदेशमा अहिले ८० मात्रै सांसद बहाल छन् । ती मध्ये एमालेका ३६, कांग्रेसका १९, माओवादीका १७, जसपाका ४, नेकपा एसका १ स्वतन्त्र (सूर्य चिन्ह लिएर जितेका हाल गठबन्धनमा रहेका) १, राजमोका १ सांसद छन् । एमालेबाहेक सबै सत्ता गठबन्धनमा छन् । तर, यहाँको प्रदेश प्रमुख, सरकार प्रमुख, सभामुख, प्रदेश सभा सचिव सबै मुख्यशक्तिको नेतृत्व गरेकाले गठबन्धनमा रहेका दलहरू असन्तुष्ट छन् ।

    यसै कारण सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण, कानून निर्माण तथा विभिन्न निकायमा हुने नियुक्तिमा माओवादीले एकलौटी गर्दै आएको गुनासो गठबन्धन दलमा रहेका दलको छ । प्रदेशको किचलोले गठबन्धनमा असर पर्नसक्ने भन्दै नेताहरू तै चुप मै चुप छन् ।

    माओवादी नेता तथा मुख्यमन्त्री कुलप्रसाद केसी भने कांग्रेसभित्रकै असन्तुष्ट पक्षलाई मन्त्री बनाएर बाँकी कार्यकाल आफैँले लिने रणनीतिका साथ अगाडि बढेका छन् । माओवादीका एक सांसद भन्छन्, ‘अब चुनाव आउन पनि धेरै समय छैन, यस्तो समयमा सरकारको नेतृत्व फेरिने सम्भावना कम छ, कांग्रेस र माओवादीबाट केही मन्त्री फेरिने तयारी छ ।’

    कनौडियालाई कांग्रेसले किन मानेन भर ?

    कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया छन् । पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा रहेका उनी ठूला उद्यमी हुन् । कपिलवस्तुमा चिनी उद्योग सञ्चालन गरेको समयमा किसानको ठूलो रकम नतिरेको भन्दै कनौडिया पटक-पटक विवादमा तानिए । पार्टी महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका कनौडिया प्रायः प्रदेशका कार्यक्रममा भेटिँदैनन् र पार्टीका कार्यक्रममा पनि धेरै जाँदैनन् ।

    सांसद तथा अन्य नेता कार्यकर्तासँग पनि कम घुलमिल हुने स्वभाव भएकाले उनको नेतृत्वमा नेताहरुलाई नै भर नलागेको कांग्रेसकै एक सांसद बताउँछन् । अर्कोतर्फ लुम्बिनी प्रदेशमा संस्थापनइतर समूहको नेतृत्व बलियो छ पार्टीमा । पार्टीले उनकै गृहनगर कपिलवस्तुमा आयोजना गरेको ठूला कार्यक्रममा समेत कनौडियाको सहभागिता नभएको भन्दै नेता कार्यकर्ता रुष्ट छन् । प्रदेशका पार्टी सभापति अमरसिंह पुनलाई कनौडियाले असहयोग गरेकाले पनि उनको पक्षमा सजिलो गरी निर्णय नभएको आंकलन नेताहरूको छ ।

    पार्टीको संसदीय दलको नेता भएपनि उनीभन्दा धेरै प्रमुख सचेतक, सचेतक तथा अन्य सांसदहरूले प्रदेशसभामा पहुँच बनाएका छन् । यो कारणले पनि कनौडियाका पक्षमा सहमति कार्यान्वयन हुन नसकेको कार्यकर्ताहरू नै बताउँछन् ।

  • कांग्रेस कैलालीको समीक्षा बैठक तीन पदाधीकारीद्वारा बहिष्कार

    कांग्रेस कैलालीको समीक्षा बैठक तीन पदाधीकारीद्वारा बहिष्कार

    कैलाली । नेपाली कांग्रेस कैलाली जिल्ला कार्य समितिको बैठक जिल्ला कार्य समितिकै तीनजना पदाधिकारीले बहिष्कार गरेका छन् ।

    जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्टले १९ गतेका लागि पदाधिकारीहरूलाई १५ गते पत्र पठाएका थिए । आन्तरिक पार्टी सङ्गठनसँग सम्बन्धित विषयवस्तु र स्थानीय तह निर्वाचन २०७९ को समीक्षात्मक टिपोटका विषयमा छलफल गर्ने कार्यसूची थियो ।

    आइतबार कैलालीको घोडाघोडी नगरपालिका सुखडस्थित खानेपानीको सभाकक्षमा आयोजना गरिएको बैठकमा वर्तमान कार्यसमितिका उपसभापति खेम चौधरी, सचिव नृपबहादुर सुनार र सहसचिव कलेसु चौधरी र सभापतिमा भट्टसँग पराजित भएका प्रकाश बम पनि अनुपस्थित भए ।

    टिकट दिँदा छलफल नगर्ने अनि निर्वाचनको समीक्षामा चाहिँ किन आवश्यक पर्‍यो भनेर बहिष्कार गरेका एक पदाधिकारीले भने । बैठक बहिष्कार गर्नेहरूमध्ये केहिले जिल्ला पदाधिकारीको कार्य विभाजनमा सभापतिले चासो नदिएको, जिल्ला कार्य समितिमा कुनै सल्लाह नगरी एकलौटी रूपमा मनोनयन गरेको, कार्य सम्पादन समिति निर्माण गर्दा कुनै सल्लाह नगरेको, निर्वाचन अवधिमा जिल्लाले गर्नु पर्ने महत्त्वपूर्ण कार्यहरू एकलौटी ढंगले गरेको, जिल्ला संसदीय बोर्डको बैठक नबोलाई टिकट वितरण गरेको र जिल्ला पदाधिकारीको बैठकमा भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।

    उनीहरूले पहिलो पटक ४९ प्रतिशत र दोस्रो पटक ४७ प्रतिशत मत प्राप्त गरेर जिल्ला अधिवेशनमा सभापतिमा झिनो मतले पराजित भएका प्रकाश बमसँग पनि जिल्लामा हुने गतिविधिमा सल्लाह नगरेको बताएका छन् ।

    विभिन्न विषयमा असन्तुष्टि रहेकाले आइतबारको बैठकमा सहभागी नभएको एक पदाधिकारीले बताए । सभापतिका पराजित भएका बमले पनि जिल्ला कार्यसमितिले एकलौटी गरिरहेको बताए । तर, आइतबारको बैठकमा भने चालक नभएको हुँदा जान नसकेको उनले प्रष्टीकरण दिएका छन् ।

    स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्न संसदीय बोर्डसमेत निर्माण गरिएको थियो । सबै पदाधिकारी र केही सदस्यहरू त्यसमा सदस्य थिए । अहिले उक्त बोर्ड मार्फत टिकट नदिएर एकलौटी गरेको आरोप लगाइएको छ । यसअघि वैशाख १२ गते यो समूहले एक विज्ञप्ति नै जारी गरेर टिकट वितरणप्रति असहमति प्रकट गरेको थियो ।

    सचिव नृप सुनार, उपसभापति खेम चौधरी र सदस्य प्रकाश बमले हस्ताक्षर गरेको विज्ञप्तिमा असहमति र आपत्ति प्रकट गरिएको थियो । सुखडको बैठकमा पनि आज यी तीनैजना गएनन् ।

    यता पार्टी सभापति भट्टले भने केही पदाधिकारी उपस्थित नभएको स्वीकार गरे । तर, उनीहरूले बहिष्कार गरेको भन्ने बारे आफू जानकार नरहेको उनले स्पष्ट पारे ।

    ‘हामीले सबैलाई खबर गरेका थियौँ । केही साथीहरू आउनु भएन । उहाँहरूलाई केही समस्या भएको होला’ उनले भने ‘तर, तपाईँले भने जस्तो बहिष्कार गरेको मलाइ लाग्दैन ।’

    पार्टीका सबै सम्पत्तिको जी गर्ने, आर्थिक हिनामिनाको छलफल गर्ने, पार्टीलाई अनुशासन नीति र विधि, प्रक्रियामा लैजाने र अहिले सम्मको गतिविधिको समीक्षा गर्ने निर्णय भएको सभापति भट्टले जानकारी दिए ।

    स्थानीय तहको रिपोर्ट नआएको हुँदा आजको बैठकमा गहन छलफल हुन सकेन । स्थानीय तहको रिपोर्ट तत्काल पेस गर्ने विषयमा छलफल भएको उनले बताए ।

  • शेखर कोइराला गुटको पाँच बुँदे ध्यानाकर्षण, देउवा गठबन्धनको सभापति बन्न खोजेको गुनासो

    शेखर कोइराला गुटको पाँच बुँदे ध्यानाकर्षण, देउवा गठबन्धनको सभापति बन्न खोजेको गुनासो

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गुटको बैठकले पाँच बुँदे निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनकै सभापति बन्न खोजेको गुटका नेताहरूले निष्कर्ष निकालेका छन् ।

    पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासमेत सहभागी बैठकले यस्तो निष्कर्ष निकालेको हो । गुटको बैठकपछि बोल्दै डा। गोविन्द पोखरेलले सञ्चारकर्मीलाई निर्णयबारे जानकारी गराएका थिए ।

    पोखरेलका अनुसार कोइराला गुटले सरकारले जनतालाई राहत दिन नसकेको र जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ ।

    दोस्रोमा, विगतमा प्रतिबद्धता जनाएअनुसार राजश्व अनुसन्धान विभाग लगायतका निकायहरूलाई प्रधानमन्त्री मातहतमा नराख्ने विषयलाई सरकारले कार्यान्वयन नगरेको गुटको गुनासो छ ।

    पार्टीको यो गुटलाई देशव्यापी रूपमा परिचालन गरिने पोखरेले बताए । यद्यपि, समानान्तर संरचना नबनाउने उनको भनाइ छ ।

    तपाईँहरूले आफ्नो गुटको भागबन्डा खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा पोखरेलले अस्वीकार गरे ।

    ‘हामीले कहिले पनि भागबन्डा मागेका थिएनौँ । तर, हाम्रो गुटमा ४० प्रतिशत मान्छे टिपेर ल्याएको होइन । तल्लो तहदेखि निर्वाचित भएर आएका छन् । त्यसैले उनीहरूको मतको पनि सम्मान गर्नुपर्छ भन्ने धारणा हो,’ उनले भने ।

    सरकारले आर्थिक सुशासनको खिल्ली उडाएको आरोप पनि कोइराला गुटले लगाएको छ । यस्तै परराष्ट्र नीति बनाउँदा विपक्षी दलहरूलाई पनि विश्वासमा लिन सुझाव दिइएको छ ।

    बैठकले देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालेको थियो ।

    ‘उहाँ गठबन्धनको सभापति भएर हिँड्नुभएको छ । कांग्रेसको सभापति भन्ने अनुभूति दिलाउन सक्नुभएको छैन,’ पोखरेलले भने ।

  • सत्ता गठबन्धनको बैठक बोलाइयो, वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

    सत्ता गठबन्धनको बैठक बोलाइयो, वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।

    बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने न्यूज कारखानाले लेखेको छ । निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

    वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।

    उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो ।

    शुक्रबार बस्ने बैठकको समय भने तय भइसकेको छैन । ‘गठबन्धनको बैठक समय निर्धारण भइसकेको छैन,’ प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    सो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँ पठाउने व्यक्तिको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् ।

    यसअघि शुक्रबार जसपा अध्यक्ष यादव, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालीबीच भेटवार्ता भएको थियो ।