सत्ता ज्ञानेन्द्रको हातमा थियो । शाही नेपाली सेना युद्धमा मात्रै होइन प्रकाशनमा पनि सक्रिय थियो । जंगल पसेको माओवादी र सडकका सात दलहरुबीचमा १२ बुँदे समझदारी भएकै थिएन । शान्ति प्रक्रिया सुरु हुन त झन त्यो वेलै थिएन । त्यही वेला भारतीय सेनाका अवकाशप्राप्त जर्नेल अशोककुमार मेहताले एक चर्चित पुस्तक लेखे- ‘द रोयल नेपाल आर्मीः मिटिङ द मावेस्ट च्यालेन्ज’ ।
तत्कालीन शाही नेपाली सेनाले माओवादी चुनौती सामना गर्नुपर्ने बारेमा पुस्तक लेखिएको हो । पुस्तक भारतका चिनिएका थिंक ट्यांकले प्रकाशन गरेका थिए । अब्जरभर रिसर्च फाउन्डेसन प्रकाशक हो । उक्त फाउन्डेसन धेरै प्रभावशाली छ । अहिले भारतमा हालसालै सकिएको बहुचर्चित राइसिना डाइलगको आयोजक त्यही फाउन्डेसन हो । राइसिना डाइलगको पछिल्लो आठौं संस्करणमा बिल गेट्सदेखि बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, इटालीकी वर्तमान प्रधानमन्त्री गिओर्गिया मोलेनीसम्म आएका थिए । भारतलई विश्व मञ्चमा चिनाउने भूराजनीति र भूरणनीतिक मञ्च हो राइसिना डाइलग ।
जर्नेल मेहता नेपाली बोल्न सक्छन् । उनी भारतीय सेनाको फिफ्थ गोर्खामा आबद्ध थिए । सन् १९६२ मा कंगोमा शान्ति मिसनमा जाँदा चीनसँगको युद्धमा भाग नलिएका मेहताले सन् १९५७ देखि १९९१ सम्म भारतले लडेका सबै युद्धमा सहभागिता जनाएका छन् । मेहताले नेपालमा ३० हजार किलोमिटर पैदलयात्रासमेत गरेका छन् । माओवादीको आधार क्षेत्र रोल्पा-रुकुममा माओवादी युद्ध सुरु हुने समयमै मेहताले पैदल यात्रा गरेका थिए ।
नेपाली सेनासँगको भारतीय सेनाको परम्परागत सम्बन्धदेखि माओवादी आधार इलाकासम्म पुगेर माओवादीका नेतृत्वसँग व्यक्तिगत सम्बन्धको अनुभव लिएका मेहताले तत्कालीन सेना र माओवादी लडाकू दुवैको कुरा पुस्तकमा लेखेका छन् ।
नेपाली नौजवान भारतीय सेनामा भर्ती सन् १८१५ को अंग्रेजसँगको समझदारीभन्दा अगाडि सुरु भएको मेहताको तर्क छ । सन् १८१५ भन्दा अगाडि पञ्जाबका महाराजा रञ्जित सिंहको सेनामा लाहोर पुगेर भर्ती हुने गरेको र त्यसैको आधारमा नेपालमा लाहुरे नाम भएको उनले तर्क गरेका छन् ।
मूलतः पुस्तक शाही नेपाली सेनालाई सुधारको पक्षमा लेखेको भनिएको छ । माओवादीसँग जुध्न सेनाले शाही नाम नजोड्न, समावेशी हुन र गुप्तचर बलियो बनाउनदेखि प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा सल्लाहकार राख्नसम्मका सुझाव मेहताले दिएका छन् । कतिपय उनले दिएका माओवादीका सूचनाहरुसहित साबित जस्तै देखिएका छन् । उनले पुस्तकमा माओवादीसँग ४ हजारमात्रै हतियार भएको लेखेका छन् ।
शान्ति प्रक्रियामा आएको माओवादीले पनि झन्डै त्यही हाराहारीको हतियारमात्रै देखाएको थियो । नेपाली नौजवान भारतीय सेनामा भर्ती सन् १८१५ को अंग्रेजसँगको समझदारीभन्दा अगाडि सुरु भएको मेहताको तर्क छ । सन् १८१५ भन्दा अगाडि पञ्जाबका महाराजा रञ्जित सिंहको सेनामा लाहोर पुगेर भर्ती हुने गरेको र त्यसैको आधारमा नेपालमा लाहुरे नाम भएको उनले तर्क गरेका छन् । सन् १९७१ मा बंगलादेशलाई स्वतन्त्र गराउन भारतीय सेनाले सफलता पाएपछि मात्रै नेपाली सेना भारतीय सेनालाई बलियो सेना मान्न तयार भएको तर्क मेहताको छ ।
सन् १९५० को नेपाल-भारत सन्धि सन् १९२३ को नेपाल-बेलायत सन्धिकै संक्षिप्त संस्करण भएको मेहता बताउँछन् । सन् १८५७ को सिपाही विद्रोह, भारत स्वतन्त्र भएपछि सन् १९४८ मा नेपालले सैन्य सहयोग दिएको, भारत-पाकिस्तान युद्धपछि सन् १९६५ मा कास्मिरमा नेपाली सेनाका सैन्य पर्यवेक्षकहरु पुगेको प्रसंग ल्याएर पनि मेहताले नेपाली सेनाको युद्धको अनुभवै नभएको तर्क गरेका छन् ।
यस्तै उनले नेपाली सेना राजाको निजी सम्पत्ति जस्तै भएको अर्को तर्क गरेका छन् । यो तर्क गलत हो । यदि नेपाली सेना राजाकै निजी सम्पत्ति सरह हुन्थ्यो भने गणतन्त्र घोषणामा नेपाली सेनाले असहयोग गर्थ्यो ।
सन् १८५७ को सिपाही विद्रोह, भारत स्वतन्त्र भएपछि सन् १९४८ मा नेपालले सैन्य सहयोग दिएको, भारत-पाकिस्तान युद्धपछि सन् १९६५ मा कास्मिरमा नेपाली सेनाका सैन्य पर्यवेक्षकहरु पुगेको प्रसंग ल्याएर पनि मेहताले नेपाली सेनाको युद्धको अनुभवै नभएको तर्क गरेका छन् ।
नेपाली सेनाका उच्चस्तरीय अधिकारी र माओवादी नेतासँग कुराकानी गरेको बताएका मेहताले दिएका माओवादीका हतियार, सेनाको संख्याको कुरा हेर्दा उनले व्यक्तिगत सूचना र सम्बन्धको आधारमा नभएर गुप्तचरी सूचनाको आधारमा लेखेको देखिन्छ । प्रश्न पनि आउँछ कतै मेहताले माओवादी युद्ध सुरु हुँदाताका रोल्पा-रुकुममा पैदलयात्रा गुर्नको कारण कतै माओवादीसँगको जानकारी भारतीय संस्थापनलाई दिन वा माओवादीलाई स्थलगत यात्रामा गएर जानकारी दिन त होइन ? खैर जे होस्, १२ बुँदे सम्झौताभन्दा अगाडि आएको पुस्तकमा मेहताले माओवादीका जनवर्गीय संगठनहरुदेखि केन्द्रीय नेताहरुसम्मका नाम सूचीबद्ध लेखेका छन् । उनी माओवादीको सबै सूचनामा पारंगत थिए भन्ने प्रमाण यसले दिन्छ ।
अधिकांश तर्कमा नेपाली सेनासँग हार्डलाइन र माओवादीसँग सफ्ट लाइन लिएका मेहताले सेनालाई माओवादीसँग जुध्नसक्ने हतियार भएको तर गुप्तचरी सूचना नभएको लेखेका छन् । नेपाल प्रहरीसँग भने सूचना भएको तर शक्ति नभएको लेखेका छन् । सेना र प्रहरीको संगठनात्मक द्वन्द्व नभएको भए माओवादीलाई धेरै शक्तिशाली हुन नदिने अवस्था हुने मेहताको तर्क छ । यस्तै उनले माओवादीले युद्धबाटै नेपाली सेनालाई जित्ने अवस्था सन् २००२ बाट नदेखिएको लेखेका छन् । माओवादीले देशका ८० प्रतिशत भूभाग कब्जा गरेपनि त्यो कब्जा राज्य नपुगेर भएको मेहताले लेखेका छन् । राज्यको उपस्थिति भएका बलिया क्षेत्रहरुमा माओवादीले कब्जा गर्न नसकेको र काठमाडौं कब्जा कहिल्यै सम्भव नहुने उनले लेखेका छन् ।
नेपाली सेना भारतसँग मात्रै मित्रवत हुनुपर्ने अन्य भारतीय संस्थापनका अनुहारहरुको जस्तै तर्क मेहताको पनि छ । तत्कालीन सेनापति प्रज्ज्वलशमशेर राणाले पाकिस्तानी राजदूतसँग खाना खाएको सूचना आउँदा काठमाडौंको भारतीय दूतावासमा तरंग फैलिएको उनले लेखेका छन् ।
पुस्तक नेपाली सेनासँग पक्षपाती देखिएको छ । यो पक्षपातको मेहताले पनि पुस्तकको सुरुमै स्वीकार गरेका छन् । नेपाली सेनासँग केही पक्षपाती देखिए पनि मेहताको पुस्तक तत्कालीन युद्धको समयको नेपाली सेना, माओवादी लडाकु, त्यस बखतका मूलधारे सुरक्षा बहसका खुराकहरु पढ्न यो पुस्तक सहयोगी छ ।
अक्कल झुक्कल सञ्जालमा पोष्टिइएका फोटोहरू हेरेर टेम्के चखियाले निकै पहिलै नै मलाई खिचेको थियो । चखियाको जादुई प्राकृतिक सौन्दर्यले एकपटक त्यहाँ पुगेरै छाड्ने रहरलाई भकभक उमालेको थियो । मुन्धुम ट्रेलको महिमा र प्राकृतिक सौन्दर्यात्मक वातावरणीय माहौलले हुरुक्कै बनाएको थियो ।
अर्कातिर पहिचान पुरस्कार समारोह काठमाडौँमा वितरण गरिन्थ्यो । स्थनिकतासँग जोडिएको पहिचान पुरस्कार काठमाडौंमा वितरण गरिनु पेचिलो विषय थियो । केन्द्रीय मानक भत्काउने भन्ने तर, केन्द्रलाई नै पक्षपोषण गर्ने कार्य सुहाउँदिलो देखिएको थिएन । नरेश काङमाङले फेसबुकमा हठात् ०७७ को पहिचान पुरस्कार चखिया भोजपुरमा वितरण गर्ने घोषणा गरेपछि यो फरक प्रकारले जिज्ञासापूर्ण बन्यो । र जसरी पनि चखिया पुगेरै छाड्ने रहर पलायो ।
पूर्वबाट कृष्ण बराल, विराट किराँती, साङ्सेन पङ्धाक, सेलिङ केसी, भवानी आङ्देम्बे, रुमानी कुलुङ र पंक्तिकार स्कोर्पियोमा हुइँकियौँ । कुमार भट्टराई बाइकमा हुइँकिए । तीन दिने यात्रा सम्पन्न गर्ने निधोका साथ बाटो लाग्यौ ।
० यात्रा रमाइलो अविस्मरणीय रह्यौ । जीवनलाई झमेलाभन्दा पर लगेर एक छिन शून्यमा आफूलाई अड्याउनु पनि निकै लामो समय कुर्नुपर्छ ।
साथीहरू भनेको यो जुनीको घाम जुन हुन् । जसले जीवनको अँध्यारोमा अलिकति उज्यालो खसेको सम्झनाको नदी बगाउँछन् । सम्झन सक्ने सम्झनाहरू दिन्छन् । व्यवहारले गलेको ओठमा हाँसोको बर्सात गराउँछन् ।
यात्रामा ननभेज ठट्टाले साथ दियो । फेरि ठट्टा नगरी बाटो काट्नु सजिलो पनि हुन्न । हाँस्यरसले अझ जिउन सजिलो बनाउँछ । दमालेको यात्रा अरूभन्दा छुट्टै मजाको हुन्छ । त्यसका लागि हामीले कुनै कसर बाँकी राखेनौँ । यद्यपि साहित्यकारहरूको समूहमा शृङ्गारिक ठट्टाको कुनै बन्देज हुँदैन । विशेष नेपाली साहित्यमा पूर्वेली योगदानबारे पनि छलफल भयो । समीक्षाले संवाद निकै ततायो ।
० अचानक भेटिएकी बदाम बेच्ने सोल्टिनीले भोजपुर पुग्न आँट्दा मन बिछट्ट बनायो । बाटोमा मास्कमा बदाम बेच्न आएकी युवतीलाई ‘सोल्टिनी’ सम्बोधनले विभूषित गरेर कविहरूले मास्क खोलेमा बदाम किन्ने सर्त अघि सारे । उनले पनि बाध्य भएर एक छिन मास्क खोलेर मुस्कानको बादल छोडेको दृश्य अदभूत थियो ।
मास्क लाउनु र खोल्नु सामान्य हुन् । तर, जब त्यो बाजीमा परिणत हुन्छ, विशेष बनेर मन छुने हुँदो रैछ । उनले बदाम बेच्न मास्क खोलिन् मुस्किलले । र सौन्दर्य फुकाइन् ।
० बाटोमा भेटिएको तीन तले झरनाको प्राकृतिक दृश्यले मोहित बनायो । पानी कम थियो तर, तला तलाबाट ओर्लिएको पानीको आवेगले कविहरूको मनको तलालाई उछाल दियो । म र साङ्सेन कवि दोस्रो तलासम्म बल्लतल्ल उक्लियौँ । फोटो सुट गर्यौँ । भवानी आङ्देम्बेले भिडियो खिच्न मेहनत गरे । अरू कविहरूले फेदैबाट तस्बिर लिएर चित्त बुझाए । यो झरना मधेसदेखि एक घण्टासम्मको ड्राइभमा पुगिने भए त्यो क्षेत्रको कायापलट हुन्थ्यो झैँ लाग्यो ।
० गुराँसको बोटको मृत्यु छलेर बाँचियो । तीन तले झरना छेउमा बाटोमुनि राताम्मे भएर फुलेको गुराँसले हामीलाई हुरुक्कै बनायो । ओर्लेर नजिकै गएर फोटो लिन तँछाडमछाड गर्दा मैले पक्रेको बिरुवा लुलो परेकोले म बत्तिएर भिरतिर जान लाग्दा कवि सेलिङ केसीले एक्कासि मलाई समाते । अस्वाभाविक दुर्घटनाबाट बचाए । झरेको भए अकल्पनीय घटना हुन सक्थ्यो ।
मेरो ज्यानै सिरिङ्ग भयो । निकै बेरसम्म बिसन्चो भयो । घर पुगेर पनि यो घटना गुपचुप नै राखियो । बित्थामा किन परिवारको मन अमिलो बनाउनु हगि ! त्यस्तै घटना कवि विमलसित इटहरी जाँदा हामी चढेको स्कुटीलाई लरी ट्रकले छोएर अलिकतिले दुर्घटनाबाट बचेको हो । बल्लबल्ल स्कुटी नियन्त्रण भएर बाँचियो । कवि विमलले भेट्ने बित्तिकै झन्डै मारिएको घटनाबारे सधैँ सम्झाउँछन् । यो पनि हामीले घरमा नभन्ने निधो गर्यौँ । सेलिङ् केसीले त्यत्तिखेर ज्यान फिर्ता दिएको हो मलाई ।
० लामो यात्रामा निस्केको पानी हाँसको बथान साँझमा विश्राम गर्न ओर्ले झैँ पूर्वेली हृदय बोकेर साँझपख चखिवा पुगियो । कवि मुकारुङहरुको घर कता होला भन्ने निक्कै सोधखोज समेत गरियो । हामी पुग्दा मेसमा साथीहरू झ्याप्प बसेका थिए, डाँडाको फेदमा कर्याङकुरुङको बथान बास बसेजस्तो ।
तर, हामीले चखियाको साँझको लोभ गर्यौँ र डाँडामा उक्लियौँ । लोभलाग्दो साँझलाई भरपुर उपयोग गर्यौँ । भोजपुरको टक्सार डाँडामाथि झुलिरहेको जुनलाई हत्केलामा राख्ने बहुत कष्ट गरियो । बुकी फुलको सानो टुसाहरू बिचार जस्तो टुसाउँदै थियो नाङ्गो चखिया डाँडामाथि । फर्किदा मेसमा ढिलो भएछ। उभ्रिएको लियौँ र कोठा छिर्यौं ।
० चखियाको मेसमा आयोजक नरेश काङमाङको मिलिट्री अनुशासन हाबी थियो । यो सहभागीको धारणा हो । स्वयम् नरेश काङमाङले बिचबिचमा कमान्ड गर्दा यो लाइन उद्घोष गर्ने गरेका हुन् । चखियामा दुई चार घर बाहेक थिएन । त्यस्तो अनकन्टार क्षेत्रमा अनुशासन नहुँदा टिक्न टिकाउन मुस्किल हुने नै भो । उनको यो अनुशासनले नै पहिचान पुरस्कार स्थापना भयो । र यो उचाइ प्राप्त गर्यो ।
टेम्के मैयुङ गाउँपालिकाको अध्यक्ष ध्रुव राई भान्सामा खटिएका थिए । दोस्रो स्थानीय चुनावमा चाहिँ उनी पराजित भएछन् ।
ढुङ्गामा पोलेको सुँगुरको सेकुवा, कोदोको लोकल सिजँवा कवि नरेश र लोकल साथीहरूले आफै पस्किन्थे । त्यहाँको सिजंवाको मिठास यता तीन पानेमा मात्रै पाइन्छ । तीन पानेको ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय निकासी गर्ने भन्ने अभियान चुनावी नारा बाहेक माथी उठेन ।
० मेसमा भेटिएको आयोजकमध्ये पाविहाङ साइनोले धेरैको मामा बाजे पर्ने रहेछन् । गुराँस जोगाउन फूल टिप्नेलाई हायलकायल पार्ने उनको अभियान रहेछ । प्रकाश दिप्सालीसित हामीले गुराँस टिप्दा यो प्रसङ्ग उठेको थियो ।
धेरैसँग आवेगमा तर्क गर्ने, स्ल्याङ शब्दले जोरजुलुम आक्रमणमा उत्रने उनको सामान्य स्वभाव रहेछ । कुनै समय सिडिओलाई कार्यालयमै स्ल्याङ हानि पठाएका थिए रे ! थोरै लफडा समेत भएर सम्झौता भएछ । वामपन्थी नेता अजम्बर काङमाङसँग घमासान वाक युद्ध पर्यो । तीन दिन बस्दा एक दिन पाविहाङ कुन कामले गयल भए कुन्नि । कवि विराट किराँतीले पाविहाङ खोइ भने । ‘छैन’ भनेपछि आजको पाविहाङ विराट किराँती हो भनेर उपरखुट्टी लाए । हाँसोले चखिया गुन्जियो ।
आधारातको हाइकिङ टेम्केको मिसनमा थियो । टेम्के शिखरमा तेप्लायुको विमोचन गर्नु थियो । चखियादेखि टेम्केको उकालो चार घण्टाको यात्रा रहेछ । कृष्ण दाइ र म अघि लाग्यौँ आधारातमै । पछिपछि अरू आए । हामी गाडीको बाटो अघि लाग्यौँ । सुनसान रातमा गुराँस र कटुसको जङ्गलको बिचमा हिँडिरहेका थियौँ । एक जना महिला आधारातमा ओरालो झरिरहेको देखेर छक्कै पर्यौं । डर पनि लाग्यो । पहिले त भुत वा कुनै जनावर हो कि लाग्यो । पछि अरू सित बुझ्दा दिमागी हालत अस्वाभाविक भएर वर्षौँदेखि यसरी घुम्दी रहिछन् ती दिदी ।
मेरी आमाको पनि ठिक यस्तै हालत थियो दशकौँ अघि । मन दुखिरह्यो एकतमास । जिन्दगीको खास टुङ्गो छैन । सोचेको जस्तो नि भइरहँदैन । तथापि बाँच्नु छ जसरी पनि । गन्तव्यविहिनहरुले पनि जसोतसो बिताउनु छ यस धर्तीमा ।
० टेम्के शिखर आरोहण यात्रा मुन्धुम ट्रेलबाट जाने रहेछ । मुन्धुम ट्रेल ढुङ्गा बिछ्याइएको उकालो बाटो हो । जो सिधा छ । ट्रेलबाट मात्र जाने भनेर पछाडिबाट ठूलो स्वरमा उर्दी भएपछि हामीले जङ्गलको बिचमा बाटो मोड्यौँ ।
खगेन्द्र सङ्ग्रौला लगायत काठमाडौँको टोली हाम्रो अगाडि लागे । खगेन्द्र दाइको खुट्टाले उकालो चढ्दा एउटा ढुङ्गा धसारेर खसाए अँध्यारोमा । त्यो ढुङ्गा कृष्ण दाइको खुट्टामा बजारियो । उनी घाइते भए । म पछि थिएँ । दाइ हिंड्न सकेनन् । ‘बोरोको निरङ्कुश खुट्टाको प्रहारले आकस्मिक निर्मित चोटले बराल घाइते भए’ भन्ने किस्सा कार्यक्रम भरी गसिप बन्यो ।
हामी अँध्यारोमा बाटो खोज्न भौतारियौं । सास बढेर ज्यान सिद्धिएला जस्तो भयो । लुगा भारी भएर फ्याँक्नु जस्तो भयो । ट्रेलबाट हिँड्नेहरु माथि जङ्गलमा यता यता भन्दै कराइरहेका थिए । हामी तल दुई जना अलमलमा थियौँ ।
अरूले हामीलाई छोडेका थिए । मैले दाइलाई ढुक्क हुनु दाइ म तपाईँलाई छोडेर जान्नँ भनेँ । हामी बिस्तारै हिँडेर ट्रेलमा पुग्यौँ । आराम गर्यौँ । दाइको मोबाइल खसेछ । अरू कोही पछाडि अझै आइरहेका थिए । उनीहरू कसैले ल्याएर दिए । हामी सबैभन्दा पछि उकालो लाग्यौँ । धेरै पछि कवि साङसेनको समूह बाँकी रहेछ । ढुङ्गा मिलाएर बिच्छ्याएको कपरिङ कपरिङ उकालो बाटोमा ठाउँ ठाउँमा ढुङ्गाकै चौतारी बिसाउँदै सास फाल्दै हेपेक हेपेक हुँदै अरूलाई पच्छ्यायौँ ।
दुई–दुई वटा लौरो टेकेका थियौँ । उँभो हेर्दा स्वर्गको लिस्नो जस्तो कलात्मक ढुङ्गे बाटो, जो जहिल्यै नसिद्धिने अनन्त मुन्धुमीद्वार जस्तो आकाश उक्लिरह्यौं । उँधो हेर्दा सुनसान गुराँसे वन । कतै सिरिङ्ग हुने अप्ठ्यारो साँघुरो उकालो र गोडा काप्ने भिर । हेमान– हेमानको गुराँसको बोटको जङ्गल । सायदै अन्यत्र पाइएला यति ठूलो गुराँसको बोट !
चालिसको दशकमा पाथिभरा मुकुमलुङ जाँदा यस्तै अग्लो गुराँसको रुख र लौठ सल्लाको रुखको घना पट्टेर जङ्गल थियो । अहिले विकासको नाममा सबै फाँडेछन् । कवि नरेशले भने, ‘अब हामी टुप्पामा पुगेर सूर्योदय हेर्न सक्दैनौ, अबेर भयो ।’
नरेशको कुराले हामी थोरै निराश भयौँ । सवा छ बजे० बिहान हामी उकालो बोकेर उक्लिरहेका थियौँ । आफैलाई घिसारिरहेका थियौँ । म कृष्ण दाइसँगै थिएँ ।
कृष्ण दाइको रोकिएको सासले आधा बाटोपछि स्वतःस्फूर्त पुनर्जीवन प्राप्त गर्यो । शिखर देखेर हाम्रो जाँगर गुराँस जस्तो हलक्क हुर्कियो । हामी शिखर पुग्यौँ । टेम्केको शिखर चढेको आख्यान मैले प्रगति राईको तेस्रो उपन्यास ‘थाङग्रा’को पाण्डुलिपिमा पढेको हो । आज आफै चढेँ।
प्रसिद्ध गीतकार श्रवण मुकारुङको ‘माथि माथि सैलुङगेमा चौरी चराउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई’ गीत सम्झेर हुरुक्क हुँदै टेम्के चढियो । हेमान गुराँसको बोटले ढाकेको जङ्गल हेर्दै डाँडा उक्लियौँ । सैलुङ थोरै होचो टेम्केबाट दक्षिण पर्दो रैछ ।
० टेम्के प्राकृतिक अवस्थामा रहनु पर्छ भन्नेहरूले मुन्धुम ट्रेल बनाए । उनीहरूले भने, ‘हिँडेरै शिखर टेक्नु पर्छ । हिँड्नु जतिको हाइकिङको मजा अरू थोक हुन्न । प्राकृतिक अवस्थामा छोड्नु थोरै आवश्यकीय विनाशले विकास आउँछ ।’
वातावरण संस्कृति विकाससँगै लिएर जानू उनीहरूको धारणा देखियो । मोटर बाटो लग्यो भने विकास छिटो हुन्छ, पर्यटन चाँडो फस्टाउँछ भन्ने समूहले सडक भूटावर बनाउनु पर्छ भनेर डाँडामा ठूलो खाडल पनि खनेछन् । डाँडाको त्यो भौडी देखेर मन कटक्क खान्छ । टेम्के आफै भ्यूटावरभन्दा अग्लो छ । फराकिलो छ । मनमोहक छ । सुरम्य छ । त्यहीँ साथीहरूले खाल्डा खने । नरमाइलो लाग्छ।यो द्वन्द्व जताततै छ ।
वास्तवमा भ्यूटावर बनाउनु पर्ने ठाउँमा मात्र बनाउने हो । मेरो गाउँको धारागोलामा भ्यूटावरको प्रस्ताव गर्ने मेरो मिसनप्रति म पश्चताप गरिरहेको छु अहिले । साठी लाख ज्यादा खर्च भइसक्दा पनि निर्माण सकिएको छैन । स्थानीय सरकारको दुई कार्यकाल भइसक्दा पनि राम्रो नियमन छैन । राजनैतिक इस्यू ज्यादा हुने र’छ । नयाँ सरकारले वा वडाध्यक्षले पुरानोको कामलाई मान्यता नदिने मनोविज्ञान नेपाली विकासको असफलताको मूल कारण रहेछ । आफ्नो मात्र ठिक ठान्ने परिपाटी नेपाली समाजको मनोवैज्ञानिक अधोगति हो । यो हाम्रो समाजको विडम्बनाको सूचक हो ।
कवि साङसेन वरकले भ्यूटावर बनाउनु कति उचित अनुचित भन्ने बहस पनि चलाए । जत्तिखेर राज्यको भ्यूटावर मिसनको धुवाँदार बिरोध चलिरहेको थियो । कसैले पनि भ्यूटावर निर्माण सही भनेनन् । त्यो लगानी उत्पादक क्षेत्र शिक्षा रोजगार तथा स्वास्थ्य आदिमा लगानी गर्न सुझाए ।
० शिखरको अनुपम दृश्यपान गरेर मुग्ध भयौँ । चार घण्टाको हैरानी कुहिरो हटे जस्तो छ्याङ्ग भयो । पक्की सिमेन्टेड भवन पनि बनेको रहेछ । त्यो सबैले नबनाएको भए हुन्थ्यो भने । नजिकै ढुंगाको सानो मन्दिर रहेछ, जो स्थानीय कला सीप झल्काउने खालको थियो । नजिकै टिनको छानाको हावा घर रहेछ । यी दुई संरचनाको भने सबैले प्रशंसा गरे ।
हाम्रो मन उडेर रुवा जस्तो भयो । यति विशाल फाँट डाँडामा हाम्रो मन मृगको बच्चा जस्तो बुरुक बुरुक उफ्रियो । पुतली झैँ फिर्फिर नाच्यो । जता हेरे नि छ्याङ्ग ! मनलाई दृश्यसँगै परपर, तलतल अवतरण गर्यौँ । फाँटमा उभिएर हेईईई गरेर करायौँ । स्वरहरू पारी पारी पुगेर प्रतिध्वनित हुँदै फर्केर आयो । हिमाललाई एकछिन चुमेर आए ओठहरू । परको थुम्काथुम्कीलाई अङ्गालो हालेर फर्किए इच्छाहरू ।
तल चिन्डोको भुईँ चित्र रहेछ । माटो पेन्टिङ देखेर गदगद भयो हृदय । किराँत राईहरूको अधि सांस्कृतिक समयको मुन्दुमीक भौतिक सामग्री हो । जसले जीवन, सभ्यता र संस्कृतिसित बेजोड सम्बन्ध राख्छ । चिण्डोले जीवन बाँच्न आदिवासीहरूमा सभ्यताको उठानदेखि खोला तर्न, सामग्री सञ्चय गर्न, बिउँ बिजन जोगाड गर्न, पानी भर्न, सिँजवा, दुग्ध पदार्थ भण्डारण गर्न सहयोग गरेको हो । जो काष्ठ कलाको विकास अघिको सभ्यता हो ।
तेप्लायु विमोचन टेम्केको शिखरमा खगेन्द्र दाइको हातबाट सम्पन्न गरियो । तेप्लायु भनेको राई भाषामा योनी हो । जीवन र जगतको सृष्टिलाई निर्माण र सम्वद्र्धन गर्न मातृ शक्ति र मातृत्वको निर्विकल्प भूमिका हुन्छ भन्ने महत्त्व दर्साउन तेप्लायु नामकरण गरिएको हो । आदिवासीहरूले हिजो प्रथम र दोस्रो युद्धमा देश छोडे । आज अरब, मलेसिया, कोरिया, युरोपका लागि देश छोडिरहेका छन् । गाउँ रित्तै छ । हिजो युद्धमा हराएकाहरूको शोकमा आँसुको पुल बनाएर बाँचेकाहरू अझै छन् ।
दोस्रो दिन दिउँसो पहिचान पुरस्कारको भव्य आयोजना भयो । पहिचान पुरस्कार श्याम साहको “पथेर“ कथा सङ्ग्रह जो मधेसको उत्पीडन बोल्छ । र अनन्त वाग्लेको ‘कदम’ राउटेमाथिको रिसर्च कथालाई प्रदान गरिएको थियो । ‘कदम’ले नेपाली समाजमा समाहित हुन बाँकी एक मात्र राउटे जातिको पात्रलाई लिएर नेपाली समाजमा समाहित भएको कथा बोल्छ ।
दुवैले चार लाख दुई हजार पुरस्कारको आधा हिस्सा प्राप्त गरेका थिए । कृतिमाथि मेरो र गुरुङ सुशान्तको मन्तव्य थियो । संस्थापकको पक्षबाट नरेश काङमाङले अर्को वर्ष पुस्तकको सूची प्रकाशित नगर्ने घोषणा गरे पनि यो वर्षसमेत अग्रिम रुपमा छ वटा पुस्तकको सूचि पुरस्कारको लागि घोषणा गरिएको थियो । ती मध्ये यो वर्ष २०७९ मा अर्जुन माबुहाङ र अमित थेबे मिहाङको संकलित ‘सिरिजङ्गा ,फाल्गुनन्द र इमानसिङ चेमजोङको लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई प्रदान गर्ने कार्यक्रम छ ।
जाति, भाषा, राष्ट्र, सभ्यता, मानवता, भाइचारा, अस्तित्व, संस्कृतिको जगेर्ना, सम्मान र सम्वद्र्धनका लागि स्थापना र वितरण हुन्छन् पुरस्कारहरू । त्यो काम पहिचान पुरस्कारले पनि गरिरहेको छ । पुरस्कार सर्वसम्मत विवादरहित हुनु पर्छ । तथापि यो हुन सक्दैन । पहिचान पुरस्कार पनि विवादरहित भएको छैन । नभए पनि यो बाँचिरहनु पर्छ । निजी क्षेत्रको यो यति महत्त्वपूर्ण पुरस्कार गर्वको विषय हो । सर्वसम्मत होस् भन्ने सबैको चाहना हो ।
० चर्चित मुकारुङ निवास निस्किने हाम्रो अभीष्ट थियो । राजन मुकारुङबाट खानाको निम्तो समेत आएकोले हामी मुकारुङ हिम छिर्यौं । हाम्रो फिर्तीको दिन थियो । छिनोले कुँदेको ढुङ्गाको नाङ्गो पर्खालमाथिको काठे टाँढे दुई तले घुमाउने बरन्डा सहितको टिनको घर अगाडि ढुङ्गाको पानी धारा थियो । बाहिर चौरमा पलेटी मारेर लोकल भालेलाई रससित मजाले दन्काइयो । धौले कान्छा आएका थिए कुखुरा बनाउन । लेखकले चिनाए ।
० चखियाको नागी हेरेर अघाइँदैन । थुम्काथुम्की र दम्स्याइलो पाखाको नागीमा निकै रमायौँ । सयौँ रोपनीको खुल्ला डाँडामा घुमन्तेहरूको थुप्रै समूह आएर नाचगान, वनभोज आयोजना गरे।
त्यो डाँडापाखा काङमाङछा, एवैछा, माङपाङहरुको र मुनिको भाग मुकारुङहरुको थातथलो चरिचरन सिमेभुमे रैछ । नरेश काङमाङको नयाँ हिममा बगैँचा र आधुनिक पुस्तकालय तयारी हुने क्रममा थियो । भित्ता खारेर मेहनतका साथ बनिने क्रममा थियो । सायद यो पटक कार्यक्रम त्यही हुने होला ।
० हाम्रो अर्को योजना मुन्धुम ट्रेल भ्रमण गर्ने थियो । तर, टेम्के चढाइले कैँडा लागेर ज्यान लखतरान भएकाले मुन्दुम ट्रेलको यात्रा हाप्यौं । खासमा मुन्धुम ट्रेलको यात्रा पूरा गर्न कम्तीमा हप्ता दिनको समय छुट्टाउनु पर्छ । तरै पनि यसो एक दिनसम्म घुम्ने योजना थियो हाम्रो । जुन आउने चैत्रमा पूरा हुनेछ ।
ढुङ्गे सडक ढुङ्गाको बिसौनी, पहाडको अनुपम सौन्दर्य, हिमालको बिछट्ट छटा, गुराँस, चाँप, कटुसको घना जङ्गल बिच हिमाली चराहरूको सङ्गीत, पहाडी जनजीवनको सांस्कृतिक झलक, देहाती कठिन प्राकृतिक जिन्दगी जिउने कला बादलको घुम्टोको लुकामारी, मुन्धुमि गल्लीको दार्शनिक सांस्कृतिक भौतिक मानवीय प्राकृतिक वातावरणीय आध्यात्मिक अधिभौतिक चैतन्यको महसुसको प्राप्ति खोज नै मुन्धुम ट्रेलको विशेषता हो । जो कोलाहलभन्दा दूरको शान्ति हो ।
महिलाका मुद्दाबारे छलफल गर्न कुनै दिवस चाहिँदैन । तर पनि ८ मार्च विशेष दिन हो । नारी दिवस मनाउन थालेको ११३ वर्ष पुगिसक्दा पनि नेपालमा मात्र होइन विश्वमै महिलाहरुले लैंगिक विभेदका विषय उठाइरहनु परेको छ । वास्तवमा समयले जति कोल्टे फेरे पनि विभेदका आयामहरु प्नि फेरिइ रहने रहेछन् ।
महिला मजदुरहरुले सन् १९०८मा अमेरिकाको सिकागो सहरमा महिला र पुरुषले पाउने ज्याला समान हुनु पर्ने र मतदानमा आफ्नो अधिकारको माग राखी क्लारा जेट्कीलनको नेतृत्वमा १५ हजारभन्दा बढी महिला सडकमा उत्रिएर सडक आन्दोलन शुरु भएको थियो । यसको १ वर्ष पछि अमेरिकाको सोसलिष्ट पार्टीले महिला दिवसको घोषणा गर्यो ।
१९१०मा कोपनहेगनमा क्लारा जेट्कीलनले १७ देशका १०० महिला उपस्थित एक भेलामा अन्तराष्ट्रिय महिला दिवस मनाउने सुझाव दिँदा सबैले यसको समर्थन गरे र १९११मा अस्ट्रिया , डेनमार्क, जर्मन र स्विजरल्याण्डमा महिला दिवस मनाइयो ।
१९१७ मा रुसी महिलाहरुले ‘ब्रेड एण्ड पिस’ मागमा हड्ताल गरे जस्मा सम्राट निकोल्सनले पद नै त्याग्नु पर्यो भने त्यस पछि बनेको अन्तरिम सरकारले महिलालाई मतदानको अधिकार सुनिश्चित गरायो ।यहि आन्दोलन सुरु गरेको दिन मार्च ८ थियो ।
तर संयुक्त राष्ट्र संघले भने १९७५ मा मात्र नारी दिवसलाई आधिकारिकता दियो र त्यस वर्ष पछि, हरेक वर्ष प्रगतिशील विभिन्न नारा सहित नारी दिवस मनाउन थालियो ।
इतिहासका हरेक पाना पल्टाएर हेर्दा महिलाले समानतामात्र नभएर समता र आत्मनिर्भर्ताको लडाइँ धेरै अघिबाटै लड्दै आएको देखिन्छ । आत्म निर्भरताले प्रतिरक्षा गर्न सिकाउछ, कसैको हिंसा विरुद्ध बोल्न लड्न र वोल्ने सहास जुटाउछ । त्यसैले महिलालाई आत्मनिर्भर बनाउँने विषय नै नेपालको सन्दर्भमा अत्यावश्यक तर चुनौतिपूर्ण कार्य हो ।
अन्तराष्ट्रिय नारी दिवस एक मज्दुर आन्दोलनको उपज हो ।
सधै जै यो वर्ष पनि ‘लैंगिक समानताको वलियो आधार, सिर्जनातमक प्रविधिमा महिला पहुचको विस्तार’ मुल नारा सहित ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । यसलाई फगत कर्मकमाण्डीमात्र बनाउँन हुँदैन, त्यसैले महिलाको विषयमा बोल्न दिवस पर्खिन पर्दैन भनिएको हो ।
नेपाली समाजमा महिला र पुरुषबीचको भेदभाव अझै चरम रुपमा कायम देखिन्छ । बिधवा भएकै नाममा अपहेलित हुनु पर्ने , दाइजोको नाममा जिउँदै जल्नु पर्ने , बोक्सीको नामको अन्ध विस्वासमा बेरिएर कुटपिट सहनु पर्ने , छोरी भएकै कारण अझै कति ठाउँमा स्कुल कलेज जान बञ्चित हुनुपर्ने र परिवारको आर्थिक भार कम गराउने नाममा बाल विवाह जस्ता अपराध अझै सुनिनाले महिला पुरुष बीचको विभेद छर्लङ्ग पार्दछ ।
राजनीतिक अधिकार र पहुचको सुनिस्चितताका हिसावले हामिसँग मुलुकको सर्वोच्च पदमा राष्ट्रपति अनि जनताको प्रतिनिधिमुलक संस्थाका उपप्रमुख समेत महिला रहनु उदाहरणको र गौरवको विषय बन्ने गर्दछ । आज स्थानीय तहकोक प्रमुख वा उपप्रमुख एकजना आमरुमा महिला छन् भने सिमान्तकृत दलित समुदायका महिला अनिवार्य सदस्य छन् । तर पनि प्रतिनिधित्वलेमात्र समानता स्थापित गर्न जटिल छ ।
यहि देशमा हामीले नारीलाई मानवरुपी देवि, शक्त्ति र सहनसिलतमकी उदहारण पात्र हुन् , उनी धर्ति हुन भने पनि अझै अधिकार, हकहित र इज्जत पाउँन भित्तामा झुन्डिएको पात्रोमा मार्च ८ कहिले सम्म कुर्नु पर्ने ? प्रेमको नाममा एसिड शरीरमा पर्दा अपराधी खुलेआम पैसा र पहुँचको नाममा घुमि रहदा विचराको पदक कहिले सम्म पिडितले खप्नु पर्ने ? दाईजोको नाममा होस् या बलात्कारको शिकार बनिरहदा नारीले आफ्नो आवाज बुलन्द बनाउन कहिले सम्म कांपी रहनु पर्ने ? गम्भिर प्रश्नहरु कायमै छन् ।
एक दिन नारी दिवस धुम धामसँग मनाए जसरि बाकीं ३६४ दिन समेत समानता सहितको समतामुलक राष्ट्र निर्माण गर्न हरेक नागरिकले आ-आफ्नो क्षेत्र बाट मसिनो संग मिहेनत गर्नु पर्ने देखिन्छ ।
नारीलाई दस्तावेजमा सिमित ठेलिका ठेलि अधिकार हैन वातावरण चाहिएको छ जहाँ उ भन्न सकोस् ,
⁃ म सुरक्षित छु ।
⁃ म सम्मानित छु ।
⁃ म समान पहुँच राख्दछु ।
यी तीन सको प्राप्ति र अनुभुतिको लागि सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षामा लागौं । अहिलेसम्मका अधिकार प्राप्तिको आन्दोलनको नेतृत्व गरेका अग्रज महिला हरुप्रति सम्मान ।
‘यहीका डाँडाहरुमा सतीदेवीलाई काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरी हुँदै बत्तीस सय वर्ष पहिले गोपालीहरु उपत्यका पसेका थिए ।’
कवितामा इतिहास छ, किंवदन्ती छ र तथ्य छ । साहित्यमा प्रेम, भावना, कल्पना, कारुणिकता जस्ता भावहरु हुन्छन् भन्ने मान्यतालाई यो कविताले खण्डित गरिदिएको छ । कवितामा किंवदन्ती, पौराणिकता, इतिहास र तथ्य पनि हुन्छ, हुनुपर्छ । यही मान्यतालाई स्थापित गर्न पूर्वप्रधानमन्त्री, सक्रिय राजनीतिज्ञ केपी शर्मा ओलीले लेखेकोे कविता हो यो ।
पौराणिक इतिहासको तथ्यलाई केपी शर्मा ओलीले यसरी पनि व्याख्या गरेका छन्-
‘म यही खर्पनमा हालेर हरदिन बेलुका बितेको थोत्रो मैलो दिनलाई बिदा गर्छु म यही खर्पन थापेर हरदिन बिहानै आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु ।’
विगत र आगतको साक्षी बनेर उभिएको समकालीन उचाइमा महादेवको प्रतिमूर्ति रहरलाग्दो अग्ला मृग बनेका राजनीतिज्ञ हुन् केपी शर्मा ओली । एउटा विचित्रको स्वभावका धनी उनै ओलीले सायद अँध्यारो कोठरीको ध्वाँसे प्वालबाट काठमाडौंको उर्बर गराहरुमा खर्पन भिरेर हरसाँझ गन्तव्य पहिल्याउँदै गरेका र हरबिहानी भविष्य पहिल्याउँदै गरेका मेहनती किसानलाई चिहाएर कविता कोरिरहेका थिए ।
र भनेका थिए-
‘यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ तर खर्पन बाटो पनि हो जसमा जिन्दगी हरदिन गुज्रिन्छ यो मेरो बिहान हो, मेरो दिन हो, बेलुका पनि हो मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढौली पनि हो ।’
कवि, साहित्यकार अव्यवस्थित र लापरबाह हुन्छन् भन्ने कहावत पनि सुनिन्छ । त्यसो हैन भन्न जवाफ फर्काइरहनु पर्दैन, अब्बल र अविश्राम राजनेता केपी शर्मा ओलीको तथ्य परिवेशका सत्य शब्द संयोजनसहित बगेका हरेक शब्द, वाक्य र परिच्छेदका भावना नै काफी हुन्छन् ।
उनी कविताको प्रत्येक अक्षरमा समाज कोरिरहेका हुन्छन् । कविताको प्रत्येक शब्दमा समाज पढिरहेका हुन्छन् । कविताको प्रत्येक वाक्यमा समाज हेरिरहेका हुन्छन् र कविताको प्रत्येक अनुच्छेदमा समाज बुझिरहेका हुन्छन् ।
समय कहाँ हुन्छ र मानिससँग । त्यसमाथि सक्रिय राजनेताको समय आफैंमा एउटा परिवेश बनिरहेको हुन्छ । तर, केपी शर्मा ओलीको परिवेश समय हुने हैन, समय निकाल्ने विश्वासबाट अघि बढेको छ । त्यसैले त समयको प्रत्येक परिवेश नियन्त्रित लाग्दछ केपी शर्मा ओलीलाई । उनी कविताको प्रत्येक अक्षरमा समाज कोरिरहेका हुन्छन् । कविताको प्रत्येक शब्दमा समाज पढिरहेका हुन्छन् । कविताको प्रत्येक वाक्यमा समाज हेरिरहेका हुन्छन् र कविताको प्रत्येक अनुच्छेदमा समाज बुझिरहेका हुन्छन् ।
अरु नेताहरुले साहित्यलाई कसरी बुझे थाहा छैन, केपी शर्मा ओलीले साहित्यलाई समयको खुला तर आँडिलो पटाङ्गिनी बनाएका छन् । उनी समयको त्यही साहित्यिक पटाङ्गिनीमा अन्तरआत्माको सत्य पस्किरहेका हुन्छन् किंवदन्ती, पौराणिकता, इतिहास र तथ्यको रङ्ग पोतेर ।
अनौठो लाग्छ उनको स्वभाव । राजनीतिलाई जाल, झेल र तिकडमको प्रयोग विम्ब बुझेका केपी शर्मा ओली यसैको चक्रब्यूहमा जकडिएर पनि सहजै साहित्यको पटाङ्गिनीमा शब्दको फुर्मास र समयको बचत गरिरहेका हुन्छन् ।
उनलाई न मृत्युको भय छ न त राजनीतिको प्रेसर । २०७९ फागुन ११ गतेको बिहानी राजनीतिक रुपमा केपी शर्मा ओलीको परीक्षणको समय बनेर आएको थियो । उनी त्यो परीक्षणमा हार्ने निश्चित थियो । तर, उनको त्यो दिनको खुशीमा परीक्षणको त्यो समयले अलिकति पनि मथिङ्गल खलबलाउन सकेन । ९० कटेका आफ्नो पिताजी मोहनप्रसादसँग केक साटेर आफ्नो ७२औं जन्मदिन मनाउन अभ्यस्त केपी शर्मा ओलीले आम साहित्यकारलाई लेखनको ताजा र अनौठो टनिक दिए त्यस दिन । फागुन १२ गते उनी हारेका छन् राजनीतिको तिकडमसँग । तर, जितेका छन् समयसँग साहित्यको खुशी-
‘परिर्वतनशील दुनियाँमा सधैं बाँचेको को छ र बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।’
जीवनसँग वेपर्वाह केपी शर्मा ओली मृत्युसँग पटक्कै डराउँदैनन् । उनको अभिष्ट यतिमात्र छ, उनी मरेपछि पनि सपना देख्न चाहन्छन् विकास र समृद्धिको, संस्कार र संस्कृतिको, कला र किंवदन्तीको । चण्डाल मृत्यु यमराजको आदेश र चित्रगुप्तको लेखनीलाई लत्याउँदै केपी शर्मा ओलीको जीवनसँग पटक-पटक सम्झौता गर्छन् । किनभने मृत्युलाई न जीवनको आश छ न त समाधिको त्रास । केपी शर्मा ओलीको साहित्यिक पटाङ्गिनीमा शब्दको सप्तरङ्गी होलीसँग लतपतिँदै गर्दा मृत्युले मृत्यु नै भुलेको छ ।
उनको अभिष्ट यतिमात्र छ, उनी मरेपछि पनि सपना देख्न चाहन्छन् विकास र समृद्धिको, संस्कार र संस्कृतिको, कला र किंवदन्तीको । चण्डाल मृत्यु यमराजको आदेश र चित्रगुप्तको लेखनीलाई लत्याउँदै केपी शर्मा ओलीको जीवनसँग पटक-पटक सम्झौता गर्छन् ।
कोक्रोमा हल्लिँदै गर्दा सर्पको त्राससँग मुस्कुराउँदै पहिलो पटक मृत्यु जितेका केपी शर्मा ओलीले हेलिकप्टरमा उडिरहँदा पाँच हजार फिटमाथिबाट एक्कासि खसेर झण्डै ११ सेकेण्ड मृत्युसँग स्पर्श गरिरहे । एपेन्डिसाइटिसले सुटुक्क कक्राएको समयमा मृत्यु नजिक पुगेका उनलाई राजनीतिक युद्धको क्रममा कारागार सार्ने बहाना बनाइ फेरि एकपटक मृत्युसँग साक्षात्कार गराउन खोज्दा एक जना प्रहरी अधिकृत रक्षाकवच बनिदिए । पछिल्लो समय दुई पटक मृगौला प्रत्यारोपण गर्दासमेत सायद मृत्यु उनको वरिपरि झुत्तिरहेको थियो कि !
मृत्युलाई जित्ने केपी शर्मा ओलीको संयोग नियति हैन आत्मबलको नियमितता हो । नत्र एउटै कुरामा पटक-पटक संयोग नियति टुप्लुक-टुप्लुक पुग्ने जादुमयी ताविज उनको शरीरमा पक्कै थिएन ।
केपी शर्मा ओलीले कतै भनेका छन्- म मृत्युबारेमा खासै धेरै सोच्दिनँ । किनकि मर्नलाई कुनै योजना बनाउनु पर्दैन । मर्नु भनेको अन्धकारले छोप्नु जस्तै हो । मर्नु अज्ञानता जस्तै हो, अज्ञानी हुन कुनै मेहनत गर्नु पर्दैन । ज्ञानी हुनुलाई पो मेहनत गर्नुपर्छ । मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छ । तर, त्यसले जितिसकेको हुँदैन ।
सत्य यही हो, केपी शर्मा ओलीलाई मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिइरहेको हुन्छ । तर, त्यसले जितिसकेको हुँदैन । उनी हरेक पटक मरेर पनि बाँचिरहेका छन् । साहित्यमा शब्दका तीर चढाउँदै खुला र आँडिलो पटाङ्गिनीमा ढेप्सिएर तिकडमका चक्रब्यूह तोड्न अक्षर–अक्षर जोडिएको तिखा र धारिला शब्द बाणको राजनीति खेल्न ।
हैन भने मध्यरातमा राजधानीको चकमन्नतालाई तोडेर एलओडीको साङ्गीतिक रसरङ्गमा हराउँदै राजनीतिक विश्राम लिने नेता को होला ? टेबलटेनिसको मसिनो तोड र फुटबलको भारी प्रहारमा लय मिलाउने नेता को होला ? सारङ्गीमा औलाका दौड गराएर कम्मर मर्काउँदै सङ्गीतलाई साथ दिने नेता को होला ?
केपी शर्मा ओलीलाई मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिइरहेको हुन्छ । तर, त्यसले जितिसकेको हुँदैन । उनी हरेक पटक मरेर पनि बाँचिरहेका छन् ।
केपी शर्मा ओलीको सर्मथकमात्र हैन कडा आलोचक पनि छन् धेरै । आलोचकमध्येकै एक जनाले भन्दै थिए- केपी शर्मा ओली अहिले ३० वर्ष जतिको हुनुपर्ने थियो ! मैले आश्चर्य मानेर सोधें किन र ? तपाईं त उहाँको कडा आलोचक हैन ? उनको सहज तर सत्य जवाफ आयो- समकालीन राजनीतिज्ञमा केपी शर्मा ओली जति सक्रिय, रचनात्मक र दूरदर्शी नेता को छ र नेपालमा ! उनको उमेर जति लम्बियो सत्य र साहसको अन्य सम्झिएर नेपालीको मन प्रत्येक पल कुँडिनेछ ।
हो त, खुला आकाशमा चकमन्न अन्धकारबीच हरेक रात चम्किरहने त्यही तारा बनेका छन् केपी शर्मा ओली । समुन्द्रको कैयन छालहरुसँग लाप्पा खेल्दै तिखारिएर उज्यालिएको मोती बनेका छन् केपी शर्मा ओली । खर्पनलाई साथी बनाएर किसानको मनमस्तिष्कमा रमाइरहेका केपी शर्मा ओलीले त्यसै भनेका हैनन्-
‘मेरो जीवनको दियो जलाउने बाती हो खर्पन मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन मान्छेहरुसँगको मेरो जी हजुर, तँ तँ म म सबै सम्बन्धहरु हो खर्पन मेरो घर, मेरो घाट, मेरो बजार, मेरो हाट जे भने पनि हुन्छ खर्पन ।’
कविताको प्रत्येक अक्षर र शब्दसँग तनाव र पीडा पोख्दै विचार र व्यवहारमा राष्ट्रियता उभिने केपी शर्मा ओलीको भावनालाई सलाम ! मृत्युको सत्यलाई विचारको उपयोगमा तथ्य अङ्गाल्ने केपी शर्मा ओलीको कठोरतालाई सलाम !! आक्रोशको आगोलाई कोमलताको साहित्यमा पगाल्ने केपी शर्मा ओलीको साहसलाई सलाम !!!
नेपालका दुई ठूला विद्यार्थी संगठनका नेतृत्वको जिम्मेवारी यहाँहरुको काँधमा आएको छ । सर्वप्रथमः यो जिम्मेवारीका लागि बधाई भनिरहँदा यहाँहरु दुवैलाई कार्यकालको समाप्तिमा पनि यसरी नै बधाई दिन पाइयोस् भन्ने कामना गर्न चाहन्छु । आज हजुरहरु दुवैजनासमक्ष अवसर र चुनौती दुवै उत्तिकै विद्यमान छन् । अवसर र चुनौती दुवैको एउटा स्वरूप संघारमा उभिएको छ- त्यो हो आसन्न स्ववियु चुनाव । यो चुनाव नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा ठूलो योगदान रहेको दुवै विद्यार्थी संगठनहरुलाई परीक्षाको घडी हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा जति गर्विलो इतिहास विद्यार्थी संगठनहरुको रहेको छ, उत्तिकै विकृत वर्तमान रहेको यथार्थलाई अहिलेको विद्यार्थी संगठनले स्वीकार्नुपर्छ । इतिहासमा गर्व गर्ने विद्यार्थी संगठनले आफ्नो निकट विगतलाई नियाल्न अत्यन्त जरुरी छ । २०६२/६३ को परिवर्तनपछि विद्यार्थी संगठनहरु चन्दा र दादागिरीमा मात्रै सीमित भए भन्ने आम बुझाइ र भोगाइ छ । यो बुझाइ र भोगाइ धेरै हदसम्म सत्य रहेको कुरा पछिल्लो डेढ दशकको अनुभवले देखाउँछ ।
हाम्रो पछिल्लो अनुभवले विद्यार्थी संगठनहरु राजनीतिक चिन्तन र विचारको संवाहकभन्दा पनि पार्टीको गुटको प्रतिनिधि र चन्दा असुलीको माध्यम बनेका छन् । पार्टीभित्रको एउटा फेरो समातेर नेताको कृपामा बाँच्ने अनि दादागिरी र चन्दाबाट कमाउने नियति भोगिरहेका यी संगठनहरुलाई नयाँ हुने स्ववियु निर्वाचन सँगसँगै नयाँ गति र जीवन्तता दिने दायित्व तपाईंहरु दुई जनाको काँधमा आइपुगेको छ ।
आजको अवस्थामा समिकजीलाई दुजाङजी भन्दा अलिक सहज परिस्थिति छ । समिकजी हालैमात्र सम्पन्न भएको अखिल महाधिवेशनबाट निर्वाचित भएर आउनुभएको छ । निर्वाचित हुनु र पुरस्कृत हुनुमा फरकमात्र नभई आत्मविश्वासको पनि ठूलै अन्तर आउँछ । निर्वाचित हुँदा प्राप्त हुने आत्मविश्वाससँगै दायित्व पनि सोहीअनुरुपको हुन्छ । आवधिक निर्वाचनमार्फत आफ्नो पार्टीको सर्वाेच्च नेतृत्वमा पुग्न सफल हुनुभएका समिकजीले अब आउने स्ववियु निर्वाचनमा पनि कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै नेपालभर नै एकैपटक शान्तिपूर्ण निर्वाचन गर्न गराउन प्रमुख भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । यसो भनिरहँदा नेविसंघ नेता दुजाङजीको भूमिका कतै सानो छैन र हुनु पनि हुन्न । आसन्न निर्वाचनलाई एकै पटक र शान्तिपूर्ण गर्नु गराउनु उहाँको भूमिका उत्तिकै महत्वपूर्ण र आवश्यक छ ।
पार्टीभित्रको एउटा फेरो समातेर नेताको कृपामा बाँच्ने अनि दादागिरी र चन्दाबाट कमाउने नियति भोगिरहेका यी संगठनहरुलाई नयाँ हुने स्ववियु निर्वाचन सँगसँगै नयाँ गति र जीवन्तता दिने दायित्व तपाईंहरु दुई जनाको काँधमा आइपुगेको छ ।
अखिल र नेविसंघको नेतृत्वले आजको दिन बुझ्न जरुरी पाटो छ त्यो के हो भने हिजोका उहाँहरुको नेतृत्वले प्राप्त गरेको सुविधा आज उहाँहरुलाई छैन । आज दुवैका माउ पार्टीमा विद्यार्थी राजनीतिका हिजोका नेतृत्वकर्ता नै मूल नेतृत्वको रूपमा क्रमशः स्थापित हुँदै गइरहेका छन् । आज मूल राजनीतिमा स्थापित हुँदै गरेका विद्यार्थी नेताहरुसँग विगतको गौरवशाली इतिहासको विरासत छ । यो देशको लोकतान्त्रिक यात्राको क्रममा गरेको बलिदानको गाथा छ । त्याग र समर्पणको इतिहास हुँदाहुँदै पनि पछिल्लो मत परिणामले दुवै दलप्रति वितृष्णा बढ्दै गएको देखिन्छ ।
तसर्थ आज स्थापित हुँदै गरेको विद्यार्थी नेतृत्वसँग अब लोकतन्त्रको संघर्षको कथा र गाथा हुन्न । अबको दिनमा व्यवस्था परिवर्तनमा भूमिकाको गर्व गर्ने ठाउँ रहन्न । किनकि हामीले आजको दिनमा लोकतन्त्रको उच्चतम शासकीय व्यवस्था अंगीकार गरेका छौं । अबको प्रश्न भनेकै व्यवस्था परिवर्तनको उपलब्धि के हो र के हुनेछ भन्ने हो ? यसको जवाफ तयार गर्न अबको विद्यार्थी राजनीति तयार हुनुपर्छ । पछिल्लो दशकमा हाम्रो लोकतान्त्रिक अभ्यास बलियोमात्र नभई सुसंस्कृत हुँदै गएको छ । मूल राजनीतिक दलहरु ठूलै राजनीतिक मुद्दाहरुमा समेत शान्तिपूर्ण र कानूनसम्मत समाधान खोज्ने दिशातर्फ अग्रसर हुनु सकारात्मकमात्र नभई भोलिको नेतृत्वलाई गरेको दिशानिर्देशन पनि हो । यो सत्यलाई आत्मसात गर्दै दुवै नेताज्यूहरुले आसन्न स्ववियु चुनाव समयमै सक्ने र शान्तिपूर्ण तरिकाले सक्ने वातावरण बनाउन जरुरी छ ।
आज मध्यम वर्गीय युवाहरुको राजनीतिप्रतिको वितृष्णालाई आकर्षणमा बदल्ने जिम्मेवारी दुई प्रमुख संगठनका नेतृत्वकर्ताका रुपमा तपाईंहरुको हो । राजनीति विचार र दर्शनले मात्र निर्दिष्ट हुन्छ भन्ने भाष्यबाट मुक्त भई व्यवहारवादी राजनीतितर्फ विद्यार्थी आन्दोलनलाई डोर्याउन आवश्यक छ । र, सिर्जनशील र कुशल राजनीतिक संस्कारले युवा जमातलाई राजनीतिसँग जोड्नु अत्यन्त जरुरी छ । युवा जमात राजनीतिबाट विमुख हुँदै गएको अवस्था समग्र समाज र राष्ट्र दुवैको लागि खतराको घन्टी हो । राजनीति विचारनिष्ठ र सिद्धान्तपरक हुनुपर्छ । तर, आजको विडम्बना भनेकै निर्दिष्ट राजनीतिक उद्देश्य र मार्गदर्शन भएका दलहरुको नेतृत्वमा विचार र सिद्धान्तअनुसारको आचरण र व्यवहार नदेखिनु नै हो । यो खाडल पुर्दै देश र जनताको लागि वस्तुनिष्ठ राजनीति गर्नु गराउनु हजुरहरुको उत्तरदायित्व हो ।
विद्यार्थी राजनीति मूल राजनीतिको स्रोत हो । आज पर्यन्त अब धुमिल खोलो लगेर राजनीतिको जलप्रवाहमा मिसाउने छुट हुन्न अखिल र नेविसंघलाई । धुमिल राजनीतिक पानीलाई सङ्लाएर नेतृत्वको मूल प्रवाहमा मिसाउने जिम्मेवारी मुख्य नेतृत्वका रुपमा तपाईंहरु दुई जनाको हो । आज विश्वविद्यालय र कलेजहरुको दुरावस्था देख्दा आँशु आउने अवस्था छ । अहिलेको मूल राजनीतिमात्र नभई देशको धेरै लब्ध प्रतिष्ठित स्थानमा आफ्ना पूर्वविद्यार्थीहरु पुगेको हेरिरहँदा त्रिचन्द्र क्याम्पस र अस्कलले जीर्णाेद्धार कुरेको मर्मस्पर्शी दृश्यले अबको स्ववियु नेतृत्वलाई छुनुपर्छ न कि सीमित राजनीतिक उद्देश्य र स्वार्थले मात्रै निर्दिष्ट गर्ने !
आज मध्यम वर्गीय युवाहरुको राजनीतिप्रतिको वितृष्णालाई आकर्षणमा बदल्ने जिम्मेवारी दुई प्रमुख संगठनका नेतृत्वकर्ताका रुपमा तपाईंहरुको हो । राजनीति विचार र दर्शनले मात्र निर्दिष्ट हुन्छ भन्ने भाष्यबाट मुक्त भई व्यवहारवादी राजनीतितर्फ विद्यार्थी आन्दोलनलाई डोर्याउन आवश्यक छ ।
आज आमजनताका छोराछोरी पढ्ने गौरवपूर्ण इतिहास बोकेका सार्वजनिक क्याम्पस केवल राजनीति र गुण्डागर्दीको थलोमा परिणत हुँदै गइरहेको नमीठो अनुभवबीच तपाईं हाम्रो अबको उद्देश्य ती संस्थाहरुको विगतको साख फर्काउने हो । विद्यार्थीको मूल मर्म र उद्देश्य पूर्ति हुने गरी हाम्रो विश्वविद्यालयलाई विश्व परिवेशमा प्रतिस्पर्धी बनाउनु आजको आवश्यकतामात्र होइन, राष्ट्र र समाजप्रति पूरा गर्नुपर्ने अहं र अनिवार्य दायित्व हो ।
पछिल्लो अनेरास्ववियुको महाधिवेशनले केही सुखद पक्षको उजागर गरेको छ । महाधिवेशनले केन्द्रीय समितिमा उच्च प्राविधिक शिक्षा हासिल गरिरहेका मित्रहरु विजयी भएका छन् । यो सुखद सुरुवातलाई दुवै विद्यार्थी संगठनले अबको राजनीतिको प्रस्थान विन्दु बनाउनुपर्छ । ‘राजनीतिलाई पेशा मान्ने संस्कार’बाट समाजलाई मुक्ति दिलाउन कम्तिमा पनि आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन सक्ने युवा जमातलाई राजनीतितर्फ अग्रसर हुन प्रेरित गर्न जरुरी छ ।
शिक्षामा अब्बल र भोलिको उज्यालो सम्भावना बोकेका विद्यार्थीहरुलाई नेतृत्वमा लैजान पहलकदमी लिन अत्यावश्यक भइसकेको छ । राजनीतिमा लाग्दा थोरै आवश्यक भएका तर उच्च कोटीको ज्ञान कौशल र तीक्ष्णता भएका युवा नेताहरुलाई अगाडि बढाउँदामात्रै भोलिको सुनौलो भविष्यको आशा गर्न सकिन्छ । तसर्थ, विगतमा जस्तो मसल र मनि पावरको बलमा अगाडि आउने प्रवृत्तिलाई रोकेर आफ्नो शिक्षामा अब्बल, सिर्जनशील र नेतृत्व क्षमताले निपूर्ण विद्यार्थी साथीहरु खोज्ने उत्तरदायित्व हजुरहरु दुई जनाको काँधमा रहेको छ । मलाई पूर्ण विश्वास छ, हजुरहरु दुवैले यो समाज र राष्ट्रलाई आशाको किरण छर्नुहुनेछ ।
(लेखक डा. खत्री नेपाल मेडिकल काउन्सिलका सदस्य हुन् ।)
उपत्यका भएर होला, काठमाडौंबाट बाहिर हेर्न गाह्रो छ । दृष्टिलाई अहङ्कार र भ्रमका पहाडहरुले छेकिदिन्छन् । काठमाडौंले बाहिर हे¥यो भने पनि काठमाडौं नै देख्न खोज्छ । त्यसैले काठमाडौंमा हुनु र नहुनुको गहिरो अर्थ छ । अपवादबाहेक काठमाडौंमा नहुनु भनेको नहुनु नै हो । तर, गजब के भयो भने यसपटक म काठमाडौं बोलाइएँ ।
तर, काठमाडौंमा मेरो यो उपस्थिति काठमाडौंले मलाई देखेर होइन, मलाई यहाँ बोलाएको त प्रवासी नेपाली श्रमिकहरुको संगठन अनेसास कतार च्याप्टरले हो । त्यसैले सर्वप्रथम कतार च्याप्टरप्रति आभार व्यक्त गर्दछु । जीवनभरि नेपाली साहित्यलाई माया गर्नुभएका दिवंगत शिखर वैद्यप्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दछु ।
अनेसास शिखर पुरस्कार जस्तो महत्तम पुरस्कारले सम्मानित भएको छु । थाहा छ, यो यथार्थ हो । तर पनि यो क्षण मलाई एउटा सुखद सपना जस्तो लागिरहेछ । यसको कारण छ । कारणमा मूलतः मेरो लेखनको पृष्ठभूमि छ ।
झूटो बोलेको छु र कथित धर्मले भने जस्तै कुनै नर्ककुण्ड कतै छ भने म त्यसमा डुबुँ । तर, कसम खाएर भन्छु- मन निचोरेर लेखिरहँदा मेरा आँखामा कुनै पुरस्कारको प्रतिविम्ब कहिल्यै थिएन । मेरा आँखामा त झलझली केवल तिनै मानिसहरुका तस्वीर थियो, जसलाई मैले अनायासै प्रेम गर्न पुग्थें । कविता लेखिरहँदा मेरो मनमा कुनै पद, पदवी र सम्मानप्रतिको आशक्ति होइन, यात्रामा भेटिएका कथाका पात्रहरुप्रतिको अनुराग र प्रेममात्रै ओहोरदोहोर गरिरहन्थ्यो ।
त्यो यात्रामा मैले जीवनका अनेक रंगहरु भेटें । अव्यवस्थाको आँधीले उडाएका सपनाहरु देखें । अँधेर-राजले कुल्चिएका अनुरागहरु भेटें । जीवनको कठोर सत्य र नाङ्गोपन भेटें ।
अनेक पात्रहरु भेटिने र तिनका कथाहरुलाई आफ्नो सिर्जनामा गाँस्न मलाई बाध्य पार्ने त्यो यात्रा मेरो पेशासँग जोडिएको थियो । म ठान्थें- एउटा विद्युत इन्जिनियर हुनुको अर्थमा यो देशको कुनाकाप्चासम्म विद्युतको उज्यालो पुर्याउनुमा मात्रै मेरो जीवनको अर्थ थियो । वर्षौंदेखि टुकीको मधुरो दियोमा होमवर्क गर्न र किताब पढ्न बाध्य नानीहरुले विद्युतको चहकिलो उज्यालोमा रमाइरमाइ लेखपढ गरेको देख्दा मलाई अनौठो र अपूर्व आनन्द आउँथ्यो । आफ्नो जीवन सार्थक भएको लाग्थ्यो ।
तर, मर्चबारदेखि मुस्ताङसम्म, दैलेखदेखि दार्चुलासम्म, दोलखादेखि संखुवासभासम्म, रोल्पादेखि डोल्पासम्म, पाल्पादेखि जुम्लासम्मको त्यो अविश्रान्त यात्रामा मैले आनन्दमात्रै होइन, पीडा पनि पाएँ । सुखको अनन्त तृष्णा र दुःखको महासागर भेट्टाएँ । त्यो यात्रामा मैले जीवनका अनेक रंगहरु भेटें । अव्यवस्थाको आँधीले उडाएका सपनाहरु देखें । अँधेर-राजले कुल्चिएका अनुरागहरु भेटें । जीवनको कठोर सत्य र नाङ्गोपन भेटें ।
त्यसपछि मैले कविता लेख्न थालें । निबन्ध लेख्न थालें ।
म किन लेख्छु ? घरीघरी आफैंलाई सोध्छु । र, आफैंले उत्तर दिन्छु ।
म कुनै महान लेखक होइन । त्यसैले म स्वायन्त सुखायका निम्ति लेख्दिनँ । म स्वच्छन्द लहड, नाम, दाम र सम्मानका लागि लेख्दिनँ । मेरो लेखनको निश्चित अभिप्राय छ । उद्देश्य छ र निश्चित लक्षित वर्ग छ । त्योे लक्षित वर्ग भनेको मैले प्रेम गर्ने अन्तिम किनारका मानिसहरु हुन् । ती मानिसहरु जसका ससाना आकाङ्क्षा र सपना, ससाना राग र अनुराग, ससाना आवश्यकता र अधिकार कथित धर्मद्वारा निर्देशित राज्य व्यवस्थाले छिन्नभिन्न पारेको छ । दलाल क्रूर शासन व्यवस्थाले तिनको इतिहासमाथि त अन्याय गर्यो गर्यो, तिनको वर्तमानमाथि पनि अनवरत घात गरिरहेको छ । अनि, अवच्छिन्न पीडाले तिनका ओठबाट हरदम निराशाको सुस्केरा निसृतः भइरहेको छ ।
जीवन यात्रामा भेटिएका अनेक पात्रहरुले मलाई लेख्न लगाउँछन् । अनि म जानी नजानी लेख्छु । किनभने म ती पात्रहरुलाई प्रेम गर्दछु । मैले मेरा सारा कविताहरु यात्रामा भेटिएका तिनै पात्रहरुबाट टिपेको हुँ ।
शासकले तिनको त्यो सुस्केरामा आत्मसमर्पणको आवाज सुन्छ, म भने क्रान्तिको व्यथित सङ्गीत सुन्छु । आँधीअघिको मौनताको सङ्गीत सुन्छु । तर, देख्छु- त्यो सङ्गीत एक्लो छ । बिचरा एकदमै एक्लो छ । एकदमै उदास छ । सोच्छु- अब त्यो सङ्गीतमा जीवनको गीत भर्नुपर्दछ ! हो, त्यही गीत पूरा गरेर त्यही सङ्गीतमा भर्ने प्रयास मेरो लेखनको अभीष्ट हो । त्यही गीतको खोज मेरो कविताको उद्देश्य हो ।
जीवन यात्रामा भेटिएका अनेक पात्रहरुले मलाई लेख्न लगाउँछन् । अनि म जानी नजानी लेख्छु । किनभने म ती पात्रहरुलाई प्रेम गर्दछु । मैले मेरा सारा कविताहरु यात्रामा भेटिएका तिनै पात्रहरुबाट टिपेको हुँ । मैले मेरा कविताहरु नदी किनारमा गिट्टी कुटिरहेका नानीहरुका रक्ताम्मे औंलाहरुबाट टिपेको हुँ । देउरालीमा तोक्माको भरमा भारी अड्याएर सुस्केरा काडिरहेका भरियाहरुका चर्चरी फुटेका पाइतलाबाट टिपेको हुँ । जुगजुग पहिले साम्राज्यहरुको युद्धमा हराइगएको लाहुरेले आफ्नी मायालुसँग ‘दशैंमा फर्की आउने’ गरेको बाचाबाट टिपेको हुँ । कफिनमा बन्द हुनुअघि अनकन्टार मरूभूमिमा भेंडा चराइरहेको मजदुरको असहाय, पीडापूर्ण र एक्लो अन्तिम उच्छवासबाट टिपेको हुँ । विदेशिएका सन्तानलाई कुर्दाकुर्दै अस्ताचलको घामजस्ता बनेका असहाय आमाबाबाको आँखाबाट खसिरहेका आँसुबाट टिपेको हुँ । हिरासतमा मारिए पनि बेपत्ता ठानिएका लावारिस शहीदहरुका अनाथ नानीहरुका अतृप्त इच्छाहरुको पीडा पोखरीबाट टिपेको हुँ ।
म देखिरहेछु- यो अद्वितीय समारोहमा खाडीमा काम गरेर फर्केका कैयौं श्रमिक साथीहरु पनि सहभागी हुनुहुन्छ । प्रातः स्मरणीय शिखर वैद्य आफै कतारमा कार्यरत हुनुहुन्थ्यो । यस समारोहका अध्यक्ष तथा अति नै सक्रिय र सिर्जनशील, नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत रेगिस्तानी कवि आदरणीय तीर्थ संगम राई अझै पनि कतारमै श्रम गरिरहनु भएको छ । र, यहाँहरुलाई निवेदन गरुँ, म आफैं पनि सन् २००६ देखि २००९ सम्म कतारमै श्रम गरिरहेको थिएँ । मैले खाडीको घाम सहेको छु, जाडो भोगेको छु । रेगिस्तानको दुःख, संघर्ष र त्यो संघर्षको जगमा उभिन खोजिरहेको उज्याला सम्भावनाहरु पनि देखेको छु ।
पसिना नबग्ने जिन्दगी, जिन्दगी होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ । देशमा होस् कि परदेशमा, पसिना त बगाउनु नै छ । तर, त्यही पसिनाको पाइन हालेर हामीले सिर्जनाहरुलाई अझै धारिलो बनाउनु छ भन्ने मन्त्रलाई बिर्सिनु हुँदैन ।
प्रवासी श्रमिक मित्रहरु हो ! पसिना नबग्ने जिन्दगी, जिन्दगी होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ । देशमा होस् कि परदेशमा, पसिना त बगाउनु नै छ । तर, त्यही पसिनाको पाइन हालेर हामीले सिर्जनाहरुलाई अझै धारिलो बनाउनु छ भन्ने मन्त्रलाई बिर्सिनु हुँदैन । र, मञ्जुश्रीको तरवारले चोभारको डाँडोलाई काटेजस्तै कविताको त्यही धारले पीडा पोखरी जमाइरहेको पहाडलाई काट्नु छ । रेमिट्यान्स भित्र्याउने ध्याउन्नामा वर्षौंदेखि देशलाई पक्षघात दिइरहेको मन्दविष जस्तो शासकको जहरलाई काट्नु छ । सधैं सधैं ऐँठनाधीशजस्तो देखिने सत्ताको कहरलाई काट्नु छ ।
अन्त्यमा, अनेसास कतार च्याप्टर र अनेसास शिखर पुरस्कार बोर्डप्रति आभार व्यक्त गर्दछु । प्रवासमा पसिनाको नदीमा मिसिन सिर्जनाको झरना बगिरहेका प्रवासी स्रष्टाहरुको भावनाप्रति ऐक्यबद्धता प्रकट गर्दछु । मलाई सधैं सधैं प्रेम र प्रेरणा दिने मेरा बाबाआमा, छोराछोरी, जीवन संगिनी रेनुजी र समस्त प्रियजनहप्रति सतत श्रद्धा र प्रेम अर्पण गर्दछु ।
(अनेसास शिखर पुरस्कार २०७९ बाट सम्मानित कवि गिरि श्रीस मगरले पुरस्कार अर्पण समारोहमा व्यक्त गरेको मन्तव्य । -सं.)
काठमाडौं । नेपालमा एउटा प्रचलित भनाइ छ । लक्ष्मी र सरस्वती सँगै बस्दैनन् । यो भनाइको अर्थ हो धन र विद्या सँगसँगै बस्दैनन् । वैदिक सनातनी परम्परामा लक्ष्मी धनकी देवी हुन्, सरस्वती विद्याकी ।
जीवा लामिछानेका दुई यात्रा निबन्ध ग्रन्थलाई खोतल्दा यो भनाइ गलत देखिन्छ । पब्लिकेसन नेपालयले छापेको ‘सरसर्ती संसार’ र फाइन प्रिन्टले ल्याएको ‘देशदेशावर’ हेर्दा यस्तो महसुस हुन्छ । लेखक जीवा लामिछाने बहुसंख्यक यात्रा आकाशमा गर्छन् । तर, कुरा भूईंको गर्छन् । बहुसंख्यक यात्राको थालनी आफ्नो मुकाम रहेका रुस (२०१४ अगाडिसम्म) देखि जर्मनी (२०१४ पछि) केन्द्रविन्दू बनाएर विश्वका विभिन्न महादेश र त्यहाँका देशहरुमा गर्छन् । तर, कुरा भने नेपालकै जोड्छन् ।
‘सरसर्ती संसार’का २९ निबन्धबाट दर्जनौं देश घुमाएका छन् । यस्तै ‘देशदेशावर’का २० निबन्धबाट पनि उत्तिकै धेरै यात्रा गराउँछन् लामिछाने । यस्तो लाग्छ कि उनले पहिलो किस्ताको यात्रालाई दोस्रोमा जोडेका छन् । उदाहरणका लागि पहिलो पुस्तक सरसर्ती संसारमा उनले चेक रिपब्लिक र जर्मनीको बियर प्रतिस्पर्धाको रोचक कुरा गरेका थिए । चेक रिपब्लिकको ‘बडवाइज’ नामको गाउँबाटै अमेरिकाको चर्चित बियर ‘बडवाइजर’ बनेको स्थानीय चर्चा गरेका लामिछाने दोस्रो पुस्तक देशदेशावरमा जर्मनीको म्युनिखको अक्टोबर फेस्टमा आफैं पुगेर थप जानकारी दिन्छन् ।
वीरेन्द्र बियर बनाउने स्विस उद्यमीसम्म पुगेर उनले बनाउने मौसमी बियरको एक सिजनको नाम वीरेन्द्र राखेको तर नेपालस्थित स्विस दूतावासको दबाब आएपछि बन्द गरेको जस्ता रोचक किस्सा लामिछानेले उप्काएका छन् ।
हरेक निबन्धका च्याप्टरलाई वेग्लावेग्लै विमर्श गर्न सकिने स्तरको जानकारी, अनुभव र अध्ययन लामिछानेका निबन्धहरुमा छन् ।
पहिलो ‘सरसर्ती संसार’मा युक्रेनबाट घुम्न स्विट्जरल्याण्ड आएका रामेश कोइरालालाई दोस्रो पुस्तकको चै पाण्डुलिपि पढ्ने अनुहारको रुपमा उनले उभ्याएका छन् । यीबाहेक पनि पहिलो खण्ड पढेकालाई थप जानकारी हुने अरु रोचक प्रसंगहरु दोस्रो खण्डमा आएका छन् । गाउँ नै पिच्छे बच्चा जन्माउने सेसेल्सका संस्थापक राष्ट्रपति फ्रान्स अल्बर्ट रेनेदेखि युगाण्डाका नरभक्षी पूर्वराष्ट्रपति दादा इदी अमिनसम्मका कुरा लामिछानेले आफ्नो पुस्तकमा अटाएका छन् ।
लामिछानेले मान्छेका कथामात्रै भनेका छैनन्, जनावरका कथालाई पनि मार्मिक व्याख्या गरेका छन् । श्रीलंकाको युद्धमा घाइते र अंगभंग निर्दोष हात्तीहरुदेखि केन्याको मासाई मारा राष्ट्रिय निकुञ्जमा सिंहले आफू अघाएपछि सामुन्नेको अर्नालाई पनि आक्रामण नगरेको दृश्यसम्मलाई सुन्दर ढंगले लेखेका छन् ।
पोल्याण्डमा भएको पाकेटमार आंतक, जर्मनीमा गरिएको टिप्स मोहदेखि खुशी सूचकांकमा विश्वको एक नम्बर भएर पनि मदिरा सेवनबाट आत्महत्यादर धेरै भएको फिनल्याण्डका रोचक विरोधाभास उल्लेख गरेका छन् । आफू सोभियत संघको विद्यार्थी हुँदा बर्लिनमा सामान खरिद गर्न आउँदा साथीको चेकजन्य गल्तीले एकछिन प्रहरी नियन्त्रणमा पुगेको रोचक कुरा उनले लेखेका छन् ।
हरेक निबन्धका च्याप्टरलाई वेग्लावेग्लै विमर्श गर्न सकिने स्तरको जानकारी, अनुभव र अध्ययन लामिछानेका निबन्धहरुमा छन् । यहाँ दुई पक्षको चर्चा गरिन्छ ।
नेपाली हुनुको दुःख- नेपाली हुनुको सुख
लामिछानेले नेपाली हुनुको फाइदा र घाटा दुवै भोगेका छन् । बुद्धको देशको नागरिक भएकाले उनले श्रीलंका यात्रामा खास मानमनितो पाए । रुस गणराज्य दागेस्तानमा पुग्दा त्यहाँका महाकवि रसुल गाम्जातोभले सन् १९७० को दशकमा नेपालमा घुमेर निकालेका ग्रन्थ उनी पुलकित हुन्छन् । यस्तै जर्मनीको प्रमुख व्यापारिक शहर फ्याङ्कफर्टबाट ३५० किलोमिटरको दूरीमा रहेको भिसेन्ट गाउँमा बनेको नेपाल–हिमालय मण्डप पुग्दा उनी उत्तिकै खुशी हुन्छन् ।
आइसल्याण्डको पठन संस्कृतिबारेमा लामिछानेले आफ्ना गाइडलाई प्रश्न गर्छन् । गाइडले भन्छन्, ‘यहाँका १० प्रतिशत जनता आफ्नो जीवनमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्छन् । अब तपाईंहरु कल्पना गर्नुस्, यहाँका मानिस फुर्सदमा के गर्छन् ।’
नेपाली हुनुको दुःख पनि उनले पाएका छन् । जापानको एक कम्पनीसँग व्यापारिक साझेदारी यात्रामा उनी पुग्दा उनलाई सस्तो होटल भनिन्छ । गरिब देशको भएकाले तिर्न सक्दैनन् भनेर यस्तो गरिएको उनले लेखेका छन् । यस्तै नेपालको राहदानी भएकैले युगाण्डाले अन अराइभल भिजा दिएन । नेपाली भएकैले केही तनाव भए पनि नेपालीहरु अफ्रिका, जापान, अस्टे«लियाको उच्च ओहदामा पुगेको कुरा ती देश पुगेर लामिछानेले लेख्न छुटाएका छैनन् । यस्तै विनोद चौधरीले श्रीलंका र अफ्रिकी देशमा गरेको लगानीका कुरा उनले ल्याएका छन् ।
किताब, कविता, पठन र पर्यटन
लामिछानेले फगत सतही यात्रामात्रै गरेका छैनन् । उनले यात्राको गन्तव्य मुुलुकको इतिहास, भूगोल र राजनीतिक गहिराइ र उचाइ पनि नापेका छन् । उनले यात्रा गर्ने क्रममा उक्त देशको आवश्यक दस्तावेज डाउनलोड गर्ने, पुस्तक पढ्ने र युट्युब हेर्ने गरेका छन् । यी सबैका अतिरिक्त गन्तव्य मुलुकका गाइड, स्थानीय नेपाली र अरु मान्छेहरुसँग कुराकानी गरेर विषयगत बुझाइ बलियो बनाएका छन् ।
उदाहरणका लागि उनी रुसको गणराज्य दागेस्तानको लगानी सम्मेलनको निम्तालु हुँदा त्यो देशका महाकवि रसुल गाम्जातोभका नेपालबारेका पुस्तकहरु जीवित देवी कुमारी, जीवन चक्र र मेरो दागेस्तान पढिसकेर पुग्छन् । पहिलो पुस्तकको आफ्ना कुरामै मेनरी भान डाइकका कविता साभार गरेका उनले ठाउँठाउँमा किताव, कविता, दर्शन आदि जोडेका छन् । जस्तै उनी ग्रिस पुग्दा सुकरात, एरिस्टोटल, प्लेटो, आर्किमिडिज, पाइथागोरस आदि सम्झन्छन् । क्रोएसियाको साल्जबर्ग पुगेर त्यसको दृश्य बयान गर्दा कैयौं वर्ष अगाडि सोही रुटको यात्रा गरेर बयान गरेका लैनसिंह बाङ्देलको पुस्तक स्पेनको सम्झनाको कुरा गर्छन् ।
अध्ययन र लेखनका कुरा जोड्न लामिछानेले कतै छोडेका छैनन् । सबैभन्दा रोचक र प्रेरणादायी प्रसंग चैं आइसल्याण्डको छ । सबैभन्दा धेरै पढ्ने जनता भएको देशको रुपमा धेरैले चिन्ने आइसल्याण्डको पठन संस्कृतिबारेमा लामिछानेले आफ्ना गाइडलाई प्रश्न गर्छन् । गाइडले भन्छन्, ‘यहाँका १० प्रतिशत जनता आफ्नो जीवनमा कम्तीमा एउटा पुस्तक प्रकाशन गर्छन् । अब तपाईंहरु कल्पना गर्नुस्, यहाँका मानिस फुर्सदमा के गर्छन् ।’
पछिल्लो ३० वर्षको अवधिमा नेपाली साहित्यमा नयाँ अभियानहरु चले । हामीले विभिन्न नामहरु दियौं । यो सबै अभियानको एकै मक्सद थियो, हामीले आफ्नो खोजी गर्नु थियो वा हामीले आफ्नो खोजी गरेको हो । आफूलाई खोज्ने यो अभियानमा नेपाली साहित्यका विधाहरुमा पनि कविता विधा अत्यन्तै सक्रियतापूर्वक लागेको देखियो ।
नेपाल सिमानाको हिसाबले सानो होला । तर, विविधताले विशाल छ भन्ने तथ्य अकाट्य छ । त्यसैले हामीले विविधतालाई अलग र भिन्न पार्ने होइन । बायो डाइभर्सिटीले नेपाललाई बचाइराखे झैं हामीले विविधतालाई शक्तिको स्रोतका रुपमा लिनुपर्छ । हाम्रो सांस्कृतिक, भाषिक विविधता र सामाजिक जीवनमा देखापरेका विविधताले हामीलाई भिन्नभिन्न देखाए पनि यसले अन्ततोगत्वा समग्र नेपालीको शक्तिको स्रोतलाई देखाउँछ । अन्ततः अहिले हामी यिनै ठाउँहरुमा उभिएका छौं ।
यही वातावरणले गर्दा नै सृजनशील मान्छेलाई सृजना गर्न प्रोत्साहित गर्छ । उसको सृजनामा सर्जकको सामाजिक, सांस्कृतिक र भाषिक पृष्ठभूमिको प्रभाव परेकै हुन्छ । सृजना गर्नेले म सृजना गर्छु भनेरै गरेको हुन्छ । आदेश दिएर सृजना गर्दैन उसले । त्यसैले त अहिलेका कविहरुले लेखेका कविताहरुमा आफ्नो पहिचान अर्थात् अस्तित्वको खोजी देखापर्छन् ।
तीतो यथार्थ के हो भने साना समूहले पोखेको वा भनेको कुरा धेरैले पत्याउँदैनन् । नाथेहरु भनिदिन्छन् । ठूलाले भनेको मात्रै सबैले पत्याउँछन् । यो द्वन्द्व विश्वव्यापी हो । गिब न्यारेटिभमा विश्वभरि नै झगडा छ । हामीले मुन्धुममा यस्तो छ भन्दा सबै नेपालीले पत्याउँदैनन् । तर, वेदले यस्तो भनेको छ भन्दा सबैले पत्याएर अगाडि बढ्छन् । यसले सानो आख्यान, मिथकलाई छोप्दै जान्छ । त्यस्ता आख्यान र मिथक हराउँदै जान्छन् ।
तीतो यथार्थ के हो भने साना समूहले पोखेको वा भनेको कुरा धेरैले पत्याउँदैनन् । नाथेहरु भनिदिन्छन् । ठूलाले भनेको मात्रै सबैले पत्याउँछन् । यो द्वन्द्व विश्वव्यापी हो ।
यसले गर्दा विभिन्न साना अंगहरुले आफ्नो पहिचान गुमाउँदै जाने भए । उहिले मलाई कस्तो लाग्थ्यो भने यो नेपालमात्रै छ कि अर्को नेपाल पनि छ ? मैले अर्को नेपालको खोजी गरें । तर, सबैले जानेको नेपालभित्र बुझ्न नचाहेका मान्छेहरुले पनि विविधताको पहिचानयुक्त विशेषताहरु बुझे भने हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक, अध्यात्मिक तहमा आउने विरोधाभाषहरु कम भएर जानेछन् । यसले हाम्रो राष्ट्रिय जीवन सहज बनेर जान्छ जस्तो लाग्छ ।
कविहरुले अनेक तहको कल्पना गरेर आफ्नो कुरा, आफ्नो समाज, देश र समग्र जातिको भलोको लागि हुन सक्छ कि भनेर आफ्ना विचारहरु लिएर आउँछन् । कवि पराजित पोमुले पनि इतर आवाज भनेर नयाँ आवाजको खोजी उहिल्यैदेखि गरेका हुन् । मूलधारका आवाजमात्रै सबैको आवाज होइन । मूलधारले धेरैथोक ढाँटेको छ, झूट बोलेको छ । धेरैको आवाज सुन्नै नसकिने सानो र साँघुरो बनाएको छ । तर, ती आवाजको पनि खोजी हुनुपर्यो नि ! सानो आवाजको अस्तित्वहीनताले ठूलो आवाजलाई बलियो बनाउन सक्दैन । ठूलो आवाज नै सानो आवाजसँग तुलना गरेर ठूलो बन्ने हो । सानो आवाजको तुलनामै ठूलो आवाज बन्ने हो । सानो आवाज नै छैन भने ठूलो आवाजमाथि गहिरो प्रश्न उठ्छ ।
वास्तवमा हामी हौं भन्ने कुरा हामी आफैंले बुझ्नुपर्छ । अर्काले दिएको अर्थलाई डडाल्नोमा बोकेर कति टाढासम्म जाँदाखेरि हामी आफैं हुन सक्छौं र ? हामीले आफैंले बोकेको अर्थ बोकेर हिँड्दा पो सजिलो र सहज हुन्छ । त्यसले अन्तरदेखि बलियो बनाउने तागत पनि दिन्छ ।
लिम्बू समुदायमा ‘तङसिङ’ भन्ने शब्द छ । यो शब्द लिम्बूबाहेक अरुलाई अप्ठ्यारो लाग्छ । तर, लिम्बू समुदायबाट आएको लेखकले यसलाई प्रयोग गर्नसक्छ । यसको अर्थ भनेको हरेक लेखक आफ्नो सांस्कृतिक पृष्ठभूमिबाट प्रभावित भएकै हुन्छ । तङसिङ भन्ने त्यही कुरालाई हिन्दु वेदले एक प्रकारको सायोध्यता प्राप्ति भन्छ ।
मूलधारका आवाजमात्रै सबैको आवाज होइन । मूलधारले धेरैथोक ढाँटेको छ, झूट बोलेको छ । धेरैको आवाज सुन्नै नसकिने सानो र साँघुरो बनाएको छ । तर, ती आवाजको पनि खोजी हुनुपर्यो नि !
तङसिङमा समग्र पुर्खा र हामी एकै हौं भन्ने भावनाको बोध गरिन्छ । सृष्टि किन भयोदेखि लिएर मान्छेको सृष्टि भएदेखि नै मान्छेका विग्रह आएको हो, विचारमा मतभिन्नता आएको हो भनिन्छ । त्यो अर्कै हो, म अर्कै हो भन्ने कुराहरु मान्छेको सृष्टि भएदेखि नै आएको हो भन्छ तङसिङले । तर, त्यो चिजलाई हटाउने उपाय पनि बताउँछ । हामी सबैले हाम्रो आगत, विगत वर्तमानलाई गहिरिएर केलायौं भने हामी जीवनको पक्षमा छौं भन्ने कुरा बताउँछ ।
तङसिङले सबैको भलो होस्, सबै बाँचौं भनेर पानीको महत्वमाथि बताउँछ । पानीले गर्दा जीवन सम्भव छ भनेर भन्छ । र उत्साहपूर्वक अनुष्ठान पनि गराउँछ । तङसिङले फेरि भन्छ, ‘त्यति मात्रैले कहाँ हुन्छ ? जीवजन्तु नभई यो सृष्टि कसरी पूर्ण हुन्छ त ? सार्थक कसरी हुन्छ त ?’ त्यसका लागि जीवजन्तुलाई बचाउने उपायदेखि हावा, पानीका कुरा गर्छ । अस्तित्वलाई सम्झाइराख्न ठूलो अनुष्ठान हो तङसिङ ।
सामान्य अर्थमा मान्छेले ग्रह नाघेको भन्छन् । ग्रह नाघेको भन्नु सम्पूर्ण जीवनको विरुद्ध हुने चिजहरुलाई हामीले नाघेर वा पराजित गरेर जानु हो ।
अर्को छ, अम्लारी अर्थात् सुनाखरी । हेर्दा बडो सुन्दर । अर्को चल्तीको शब्द छ, प्रेमिल । त्यो भनेको प्रेमले भरिएको । अनि यो शब्दले एउटा आशा जगाउँछ । हामीलाई त समाजमा प्रेमको वातावरण पनि चाहिन्छ । त्यस्तो प्रेमिल परिस्थिति खडा गर्न सकेको खण्डमा समाज, देश स्वस्थ्य हुन्छ ।
हामीलाई एउटा कुरामा चिन्ता छ, यो देश हामी सबैको हो भन्नुपर्यो । तर, हामीलाई त यो देशले आफ्नो अंग नै ठान्दैन । हामीलाई पनि यो देश मेरो हो भन्ने ठाउँ दिनुपर्यो । कुनै आदिवासी, जनजाति कविले आफ्नो मातृभाषाको शब्द हाल्दा यो शब्द कहाँको हालिस् भन्ने होइन । त्यसले त नेपाली भाषाको शब्दको संख्या बढाइरहेको हुन्छ । नेपाली भाषालाई झनै विशाल बनाइरहेको हुन्छ । अंग्रेजी भाषामा दैनिक १५ देखि २० हजार शब्द थपिन्छ भनिन्छ । त्यसैले कविहरुको सधैंको प्रयत्न के हुन्छ भने राजनीतिक व्यक्तित्वहरुले सबै नेपाली हौं भनेर अंगालो मार्ने, स्वीकार गर्ने परिस्थिति बनोस् । सबै भाषालाई स्वीकार गरोस् । विभिन्न भाषाभाषी कविहरुले ल्याएका कुराहरुलाई सबैले चिनेर, जानेर, सांस्कृतिक सभ्यतालाई अंगीकार गर्दै जाने हो भने मात्रै नेपालको निर्माण हुन्छ ।
(कवि वैगारी काइँलाले कवि पराजित पोमुको कवितासंग्रह ‘मद्वारा मेरो निर्माण’को विमोचनका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश ।)
नेपाली सेना भारतीय सेनाभन्दा अत्यन्तै सानो छ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा खटिने विश्व सेनामा भने नेपाली सेना भारतीय सेनाभन्दा ठूलो हो । सन् २०२२ को अन्तिमसम्मको शान्ति मिसनमा खटिएका सेनाको आँकडा हेर्दा नेपाल विश्वको दोस्रो ठूलो शान्ति सेना प्रदायक देश हो । भारत नेपालभन्दा एक कदम पछि तेस्रो ठूलो शान्ति मिसनमा खटिएको सेना हो ।
नेपाली सेना अहिले विश्वका १३ देशमा शान्ति स्थापना गर्न खटेको छ । खटिएका देशहरुमा अफ्रिका र एसियाका छन् । शान्ति मिसनमा भारतले भन्दा धेरै सैनिक पठाउन सक्षम नेपाली सेनाले हालसालै सिरिया र टर्कीमा आएको भूकम्पको राहत र उद्धारमा भने कुनै पनि टोली पठाएको छैन । सिरियामा संयुक्त राष्ट्रसंघको यूएनडीओएफमा ४१६ सैनिक खटिएको तथ्यांक नेपाली सेनाकै छ । त्यही सिरियामा गएको भूकम्पको राहत र उद्धारमा नेपाली सेनाको आफ्नै अगुवाइमा कुनै टोली गएन । प्रधानसेनापतिज्यू, नेपाली सेनाले संयुक्त राष्ट्रसंघको व्यानरमा भन्दा पर गएर विश्वमा राहत र उद्धारमा पुग्ने दक्षता गुमाएको हो ?
आज भेनेजुयला र क्युबा जस्ता देशले किस्ता किस्तामा सिरियामा डाक्टर तथा नर्सहरु पठाएका छन्, उद्धारकर्ता पठाएका छन् । अमेरिकी नाकाबन्दी झेलेका ल्याटिन अमेरिकी देशहरुले यस्तो मानवीय उद्धारमा उपस्थिति देखाउँदा अमेरिका, भारत र चीनसँग संयुक्त अभ्यास गर्न सक्ने सन्तुलित नेपाली सेना किन गयल छ ? भारतीय सेनाले अस्पताल खोलेर टर्की र सिरियामा धेरैलाई उपचार गरेका छन् । टर्कीसँग राजनीतिक मुद्दामा बेमेल भए पनि भूकम्पमा भारतले राम्रो प्रभाव पारेको छ । त्यही भारतकै नजिक भएर टर्कीसँग सुमधुर सम्बन्ध भएको नेपालले यस्तै फिल्ड अस्पताल खोलेर नेपाली सेनालाई सेवा गराउन केले रोक्यो ? नेपाली सेनासँग पर्याप्त डाक्टर र नर्स थिएनन् भने सहयोग गर्न तयार निजी क्षेत्रका डाक्टरहरु थिए, नर्सहरु थिए । त्यो सबैलाई सेनाले नेतृत्व गर्न किन सकेन ?
सिरियामा संयुक्त राष्ट्रसंघको यूएनडीओएफमा ४१६ सैनिक खटिएको तथ्यांक नेपाली सेनाकै छ । त्यही सिरियामा गएको भूकम्पको राहत र उद्धारमा नेपाली सेनाको आफ्नै अगुवाइमा कुनै टोली गएन । प्रधानसेनापतिज्यू, नेपाली सेनाले संयुक्त राष्ट्रसंघको व्यानरमा भन्दा पर गएर विश्वमा राहत र उद्धारमा पुग्ने दक्षता गुमाएको हो ?
नेपाल र टर्कीको सीधा हवाई सेवासमेत छ । नेपालले दिएका केही टन राहत सामग्री पाउँदा टर्कीका राजदूतले नेपाली भाषामै धन्यवाद ज्ञापन गरेका थिए । टर्कीमा नेपाली सेना पुगेर स्थलगत सहयोग गरेको भए राजदूतले मात्रै होइन सिंगो समुदायले धन्यवाद भन्ने थियो । यतिका सेवाका अवसरहरु हुँदाहुँदै नेपाली सेना सहयोग गर्न टर्की पुग्न सकेन । नेपालभन्दा जनसंख्यामा सानो देश अजरबैजान टर्कीको भूकम्पपछिको उद्धारमा पुग्ने अग्रपंक्तिका देशहरुमाध्ये एक बन्यो । ३२ वर्ष अगाडि मात्रै स्वतन्त्रता पाएको अजरबैजानको सेनाले उद्धारमा नेतृत्व लियो ।
नेपाली सेनाले शिवरात्रीका दिन २६०औं स्थापना दिवस मनाएको छ । प्रधानसेनापतिज्यू, २६० वर्ष पुरानो सार्वभौम देशको सेनाले ३२ वर्ष पुरानो सार्वभौम सेना जतिको पनि सैन्य कूटनीति गर्न किन सकेन ?
नेपाली सेनाको इतिहास गौरवमय छ । भरअभरको सहयोगमा नेपाली सेना अब्बल छ । गोर्खा फौज भएर विभिन्न देशका सेनाको मेरुदण्ड भएका नेपाली अनुहारहरुले आफ्नो राष्ट्रिय सेनाबाट समेत धेरै सुन्दर सहयोगहरु गरेका छन् । १९औं शताब्दीमा सन् १८५७ मा लखनउमा भएको सिपाही विद्रोहमा अंग्रेजलाई समस्या हुँदा नेपाली सेनाले नै सहयोग गरेको थियो । प्रधानमन्त्री जंगबहादुर राणा आफैंले सैन्य टुकडीको नेतृत्व लिएर सहयोग गरेका थिए । २०औं शताब्दीमा भएको पहिलो विश्वयुद्धको समयमा नेपाली सेनाले भारतमा रहेका अंग्रेजको सीमा रक्षामा सहयोग गरेको थियो । सहयोगमा प्रधानमन्त्री चन्द्रशमशेरको निजी टुकडीका सदस्यहरुसमेत समावेश थिए । नेपालका १६ हजार ५४४ सैनिकले बेलायत अधिनस्थ भारतका उत्तर पश्चिम क्षेत्रको सीमा सुरक्षा गरेका थिए ।
भारत स्वतन्त्र हुँदाको नेपाली सेनाको सहयोग झनै ऐतिहासिक छ । भारतमा फैलिएको दंगा नियन्त्रण र हैदरावादलाई भारतमा गाभ्न नेपाली सेनाले सक्रिय सहयोग गरेको थियो । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर पुत्र शारदाशमशेरकै नेतृत्वमा भारत गएर सहयोग गरेको थियो नेपाली सेनाले । सन् १९४९ मार्चमा आठ महिना भारतमा सफल मिसन सकाएर नेपाली सेनाको टोली स्वदेश फर्किएको थियो । यसरी बेलायती अधिनको भारतदेखि स्वतन्त्र भारतसम्मलाई भरअभरमा सहयोग गरेको इतिहास छ नेपाली सेनाको । प्रधानसेनापति ज्यू, राणा युगमा विश्व शक्तिलाई अभर पर्दा सहयोग गर्ने नेपाली सेना ‘रिपब्लिक’ युगमा टर्की र सिरियामा सहयोग गर्न नसक्ने अवस्थामा कसरी पुग्यो ?
नेपाली सेनाले शिवरात्रीका दिन २६०औं स्थापना दिवस मनाएको छ । प्रधानसेनापतिज्यू, २६० वर्ष पुरानो सार्वभौम देशको सेनाले ३२ वर्ष पुरानो सार्वभौम सेना जतिको पनि सैन्य कूटनीति गर्न किन सकेन ?
नेपाली सेनाले बौद्धिक क्षेत्रको दर्पण मानिने रिसर्च जर्नल प्रकाशन गरेको छ । हालसालै ‘युनिटी जर्नल’को चौथो संस्करण आएको छ । सेनाले अक्षरमा बौद्धिक काम थालेको छ । २०० थरका जवानहरु सहभागी हुनु सेनाको समावेशिताको नमुना हो । प्रधानसेनापतिज्यू, सेनाले थालेको बौद्धिक ग्रन्थ प्रकाशन र समावेशिताको अभ्यासकै स्तरको नीतिलाई विस्तार गरेर टर्की र सिरियामा उद्धारमा जान केले छेक्यो ?
काठमाडौंमा नेपाली सेनाबाट धेरै असन्तुष्ट छन् । जनताको मैदान टुँडिखेल सेनाले मुकाम बनाएर हड्पेको उनीहरु ठान्छन् । शिवरात्रीमा पड्कने गोलाबारुदले तर्सिएका जङ्गी अड्डा आसपासका स्थानीय सेनासँग खुशी छैनन् । धेरैले नेपाल जस्तो गरिब देशमा सेनाको संख्या अनावश्यक रुपमा धेरै भएको भनेर आलोचना गर्दै आएका छन् । टर्कीले ‘शताब्दीको विपत्त’ भनेर व्याख्या गरेको भूकम्पमा नेपाली सेनाले ‘बुद्धको जन्मभूमिबाट सहयोग’ भन्ने अर्थ आउने ब्यानरमा उद्धार र सहयोग गरेको थियो भने काठमाडौंवासीले सेनाले टुँडिखेल कब्जा गरेको बिर्सिन्थे, दिल कब्जा गरेको सम्झन्थे । शिवरात्रीमा पड्कने गोलाबारुद बिर्सन्थे । सेनाले सार्वजनिक गरेका सामाजिक सञ्जालमा मानवीय सहायताका प्रिय दृश्यहरुमात्रै सम्झन्थे । प्रधानसेनापति ज्यू, सेना र सर्वसाधारण दुवैलाई खुशी बनाउने यस्तो कदम चाल्न लाख हाराहारी संख्याको शक्तिलाई केले अघि बढ्न दिएन ?
नेपाली सेनालाई व्यापारमा लागेको गुनासो जनताको छ । ठेक्कापट्टामा लागेको आरोप छ । ‘जता पैसा, उता सेना’ भन्ने आरोप छ । विश्व शान्तिमा खट्दा पनि पैसा पाइन्छ । टर्की र सिरियाकाे भूकम्पमा मानवीय सहयोग गर्दा पैसा आउँदैन, उल्टै खर्च हुन्छ । नेपालमा विपत सामना गरेको अनुभव लिएर सेनाले अन्य देशमा आएका यस्तै विपतमा सहयोग गर्दा पनि पैसा आउँदैन । पैसाले नकिन्ने कुराहरु भने धेरै आउँछ । नेपालको नाम आउँछ, नेपाली झण्डा आउँछ । नेपालको इज्जत आउँछ, माया आउँछ र धन्यवाद आउँछ । यी सबै प्रिय कुरा आउनेमा दशगजापारि पुगेर सेनाले ध्यान दिएको देखिन्न । प्रधानसेनापतिज्यू, पैसा आउने शान्ति मिसनमा सहभागी नेपाली सेना पैसा नआउने मानवीय मिसनमा किन गयल छ ?
महाशिवरात्रिमा केही विशेष कुराहरूको स्मरण हुने गर्दछ । गाँजा, भाङ धतुरो र नाङ्गा बाबा । यसै दिनका लागि भारतबाट हजारौँ बाबाहरू नेपाल आउने गर्दछन् । पशुपतिनाथको परिसरमा रहेर आफ्ना विभिन्न हर्कतहरु देखाएर मनग्गे आम्दानी गरेर फर्कन्छन् ।
भागवत वाचक पण्डित दीनबन्धु पोखेरेलका अनुसार लागूपदार्थ सेवन गर्न मन लागेर शिवजीको नाममा भाङ, धतुरो र गाँजा सेवन गर्न थालिएको हो ।
कुनै पनि पुराण वा शास्त्रमा शिवजीको सम्बन्ध गाँजासँग उल्लेख नगरिएको पोखरेलको आशय छ । तर मानिसहरूले आफ्नो अनुकूल बनाउन शिवजीको नाम लिएका पोखरेल बताउँछन् ।
हुन त शास्त्रीय वा वैदिक दृष्टिकोण के छ भन्ने दोस्रो पक्ष । सबै लेखिएका कुरा जीवनमा अनुसरण गर्न सक्ने नसक्ने भन्नेमा असहज हुनसक्छ । तर व्यवहारिक पाटोलाई ध्यानमा राखेर स्वतन्त्र आँखामा राखेर भने हेर्न सकिन्छ ।
मेरो जीवनमा मैले पहिलो पटक पशुपतिनाथभित्रै गएर शिवरात्रिको दिन दर्शन गरेको थिएँ गत साल । यसपालि मैले दोस्रो पटक पनि गएँ । अरूले वर्णन गरेका धेरै विषय सुनिन्थ्यो त्यसमध्येको ‘हट केक’ भनेको ‘नाङ्गा बाबा’ हुन् । वास्तवमा चाहिँ उनीहरूलाई नागा बाबा भनिन्छ ।
कसरी बन्छन् नागा बाबा ?
नागा बन्न जति देखिन्छ त्योभन्दा निकै कठिन हुने गर्दछ । हर कोहीले आफूलाई त्यस किसिमको रूपान्तरण गर्न सक्दैनन् । नागा साधुहरूको समूहमा आफूलाई सामेल गराउने कार्यका लागि कम्तीमा ६ वर्ष लाग्छ । यस क्रममा उनीहरूले शरीरमा लँगौटीबाहेक केही लगाउन पाउँदैनन् । त्यो पनि उनीहरूले कुम्भ मेलामा अन्तिम प्रण गरेपछि लँगौटी त्याग गर्छन् । त्यसपछि उनीहरू जीवन भरी नै कुनै पनि वस्त्र लगाउँदैनन् ।
राम्ररी अनुसन्धान गरेपछि मात्रै छानिएका कुशल व्यक्तिलाई मात्रै नागा बाबाको रूपमा स्वीकार गरिन्छ । नागा बन्नु पूर्व ऊ लामो समयसम्म ब्रह्मचारीको रूपमा रहेर उच्च चरित्रको असल मानव बन्ने र उसलाई नागा बाबाको समूलमा प्रवेश दिइन्छ । यसको प्रक्रिया कतिसम्म हुन्छ भने अन्तिममा महाकुम्भको समयमा उनीहरूले आफ्नै पिण्डदान र पूजा गर्नुपर्छ । यसरी निकै कष्ट, त्याग, साधना, तपस्याबाट आफूलाई नयाँरुपमा ढालेपछि मात्रै नागा बाबाको रूपमा बाँकी जीवन बिताउनुपर्ने हुन्छ ।
अब महाशिवरात्रिका समयमा पशुपतिमा आउने बाबाहरुको त्यो तहको रुपान्तरण भएको हुन्छ हुँदैन भन्ने बहसको विषय बन्ला । खैर बाबाहरुको हर्कत देख्ने अवस्था भने मेरो लागि नौलो थियो ।
नागा बाबाहरू साँच्चै निर्वस्त्र हुन्छन् त ? म आश्चर्यले सोच्ने गर्थेँ त साथीहरूलाई सोध्ने पनि गर्थेँ । नाङ्गै हुने विषय पनि फेरि फरक फरक छ । यसबारै पनि निकै लामै विषय छन् ।
महाशिवरात्रिका हर्कतले मनमा उब्जेको जिज्ञासा
मैले पहिलो पटक निर्वस्त्र बाबाहरू देख्दा यदाकदा घिन महसुस भयो । यो सत्य हो कि हामी नाङ्गै आएको हौँ र नाङ्गै जान्छौ । यद्यपि निर्वस्त्र भएर व्यवहारिक पाटोलाई घिनलाग्दो बनाउनु उचित हुँदैन जस्तो म आफूलाई लाग्यो । तर अर्को सत्य के हो भने हामीभित्रको सबै पक्षलाई सहजै स्विकार्न सक्ने क्षमता हुनु भन्ने हो । अध्यात्म वा शिव भक्तहरूले संसारलाई स्वीकार्ने र प्रकृतिसँग मित्रता कायम गर्ने भन्ने विषय हो ।
त्यस्तै, अर्को कुरा जसले शिवजी नाङ्गै बस्थे भन्ने कुरा गर्छन् । शिवजीका अन्य गुण चाहिँ उति धेरै भनेको सुनिँदैन । आदि योगीका रूपमा रहेका शिवजीले जीवन र जगतलाई व्यवहारिक र आध्यात्मिक रूपमा सफल बनाउने ध्यान, साधना एवम् ज्ञानका कुरा गरेका छन् । तर अहिलेको नाङ्गा बाबारूपीहरूले शिवजीका अन्य गुण कतिको लागु गरेका छन् त आफ्नै जीवनमा भन्ने मूल विषय हो ।
गाँजा खाएर लट्ठ बन्नु, जथाभाबी बोल्नु, अत्यन्तै आशक्ति भएर केही माग्नु (पैसा विशेष गरी), अत्यन्तै क्रोधित हुने आदि सबै गुणहरू निकै धेरै देख्न पाइन्छ ती बाबाहरूमा । अनि के यी सबै गुणहरू उनीहरू पुजिन लायक गुणहरू हुन् ?
मेरै आँखा अगाडि एक दम्पती नाङ्गा बाबाका अगाडि आए । ती बाबाले आफ्नो लिंगमा घण्टी झुण्ड्याएका थिए । पत्नीले त्यो घण्टी सोखले बजाइन् । श्रीमानले पनि गर्नुपर्ने कर्तव्य गरे । ती बाबाले घण्टी बजाउन संकेत गरेजस्तो गरे । अनि पतिले पनि घण्टी बजाए । हेर्दा लाग्थ्यो दुवै जनाले केही संकल्पका लागि त्यो सब गरिरहेका छन् ।
उनीहरू गम्भीर रूपमा गरिरहेका थिए । निकै ठूलो विश्वास र आस्था देखिन्थ्यो । पत्नीले निकै आस्थाका साथ लिंगमा झुण्डिएको घण्टीमा ढोगिन् । यी सबै गरेर ती बाबालाई उनीहरूले केही रुपैयाँ दिए । म सबै दृश्य अचम्मित भएर ट्वाल्ल हेरिरहेका थिएँ । यो सबै मेरो पहिलो पटक थियो । यद्यपि, उनीहरूको आस्था र भक्तिप्रति मेरो कुनै आपत्ति वा गुनासो छैन ।
ती दृश्यहरूले मेरो मनमा पटक्कै खुशी दिएन । बलकी प्रश्नहरू उब्जाए । जस्तै, जो आफ्नो अलिकति पनि क्रोध नियन्त्रण गर्न सकेको छैन । जो आफैँ अत्यन्तै आशा अपेक्षा गर्छ ।
जो कुनै वस्तु बिना जस्तै कि गाँजा आदि आफूलाई शान्त राख्न सक्दैन । आफैँ पीडित जस्तो व्यवहार देखिन्छ । अब मनमा प्रश्न आयो यस्ता मानिसहरू प्रतिको भरोसाले आफ्नो भाग्य बन्दो हो र ?
शास्त्रले किटेरै भनेको तथ्य त आफैँमाथि भरोसा गर ईश्वर तिमी हौ भनेको होइन र ? त्यस्तै, यदि कोही साधनाबाट निपुण भएर जीवनलाई आमूल रूपान्तरण गरेका भए त केही न केही त व्यवहारमा देखिनुपर्ने होइन र ? यदि कसैको नाङ्गो रूप हेरेरै मान्छेको जीवनमा सुखयल अमनचैन हुने भए त यहाँ कोही पनि दुःखी हुने थिएनन् नि होइन र ? हरके दम्पतीले निर्वाण प्राप्त गरिसकेका हुन्थे होलान् । वा भनौँ उनीहरूको जीवनमा दुःखको घट्थे होलान् । त्यस्तो भएको त छैन ।
तसर्थ, आजको दुनियाँमा थोरै हामी व्यवहारिक र उन्नत किसिमले सोच्ने पो हो की ? संस्कृति, धर्म, परम्परालाई सम्मान छ । तर यसको नाममा गलत व्याख्या गर्दै नाङ्गो लिंगलाई ढोगेर कसैको जीवन उकासिने छैन । कदापि पनि । अँ बरु श्रीमान् श्रीमतीमा झगडा चाहिँ हुनसक्छ ।
शिवजीको ज्ञान, ध्यान, तपस्याको हिमायती बनौँ । सकेको थोरै धेरै योग गरौँ । ध्यान गरौँ । जीवनमा ज्ञान भरौँ । सदाबहार खुशी, सुखको आधार सदाकालका लागि यही नै हो ।
अन्यथा, अरू सबै कुराहरू पुनः दुःखकै कारण बन्न सक्छन् । आजको विशेष दिनमा हामी सबैले यो प्रसंगलाई मनन गर्न सकौँ । शिवजीको कृपा हामी सबैमा परिरहोस् ।
म क्रिकेटको नियमित दर्शक होइन । यो ‘भलादमी खेल’ राम्ररी बुझ्दा पनि बुझ्दिनँ (त्यसैले ल्वान्छरो नाम राखेको होइन नि !) । तर, हिजो चाहिँ चाख लागेर नेपाल र नामिबियाको क्रिकेटका समाचार केही अनलाइनमा नियालेँ । यसक्रममा एउटा मिडियामा प्रकाशित समाचारमा उल्लेखित एक वाक्यांशले झण्डै बेहोश बनायो ।
नेपालले नामिबियालाई हराएको समाचारको पेटबोलीमा लेखिएको थियो- ‘नाबालिग बलात्कारका आरोपित सन्दीप लामिछानेले ६६ रन खर्चिएर ३ विकेट लिए ।’
आफैं पत्रकार नभए पनि पत्रकारिताका सामान्य सिद्धान्तहरु मैले पनि बुझेको छु । सरकारी सेवामा प्रवेश गर्नुअघि म पनि एउटा साप्ताहिक पत्रिकाको नियमित स्तम्भकार थिएँ । क्रिकेट राम्ररी नबुझे पनि यति थाहा छ कि मैदानमा बलिङ गर्ने र विकेट लिनेलाई बलर भनिन्छ । माथिको वाक्यांश रिपोर्टरले दिउँसै समस्यामा परेर लेखेको हो वा सम्पादन गर्नेले आफ्नो रिस पोखेको हो ।
यदि होसहवासमा लेखिएको हो भने चाहिँ यो पीत पत्रकारिताको एउटा नमुना हो । देशको प्रतिनिधित्व गर्दै खेलिरहेको खेलाडीलाई समाचारमा जसरी सम्बोधन गरियो, त्यो भर्त्सनायोग्य छ । यो ‘समाचार’का नाममा व्यक्तिले आफ्नो कुण्ठाको वमन गरेको हो ।
पछिल्ला दिनहरुमा जुन रुपमा केही मेनस्ट्रिम मिडियाहरुले सन्दीपलाई लखेटिरहेका छन्, त्यो सिलसिला हेर्दा भोलि ‘नाबालिग बलात्कारका अभियुक्तको सानदार बलिङमा नेपालको जीत’ भनेर हेडलाइन आयो भने पनि आश्चर्य नमान्दा हुन्छ ।
त्यसो त यसरी लेखिनु एकदमै अनपेक्षित भने थिएन । पछिल्ला दिनहरुमा जुन रुपमा केही मेनस्ट्रिम मिडियाहरुले सन्दीपलाई लखेटिरहेका छन्, त्यो सिलसिला हेर्दा भोलि ‘नाबालिग बलात्कारका अभियुक्तको सानदार बलिङमा नेपालको जीत’ भनेर हेडलाइन आयो भने पनि आश्चर्य नमान्दा हुन्छ । आफूलाई देशकै एक नम्बर मान्ने मिडियाले अनगिन्ती पटक यस्तै शैलीमा हेडलाइन बनाइसकेको छ । ती मिडियालाई प्रश्न गर्न चाहन्छु- हिजो अग्नि सापकोटा ४ वर्षसम्म सभामुख हुँदा किन उनलाई ‘हत्या अभियुक्त’ भनेर हेडलाइनमा लेख्न सकेन ? मुद्दा त उनीमाथि पनि सर्वोच्च अदालतमा चलिरहेको थियो र छ । अनि, पाँच हजार नेपालीको हत्या गरेको जिम्मेवारी लिने प्रचण्ड प्रधानमन्त्री बन्दा ‘नरसंहारका अभियुक्त प्रधानमन्त्री नियुक्त’ भन्ने हेडलाइन राख्न किन हात काँप्यो ?
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक पत्रकार सम्मेलनमा नेपाली मिडियाहरुको खोइरो खनेका थिए । उनले बोलेका धेरै कुरा अतिरञ्जित र अपुष्ट पनि थिए । तर, एउटा सत्य चाहिँ उनले उजागर गरिदिए कि नेपाली सञ्चार क्षेत्रमा अवाञ्छित सिन्डिकेट छ । उनीहरुले अब ‘कसलाई सिध्याउने ?’ भनेर साझा एजेन्डा तय गर्छन् र एकमुख भएर पालैपालो खनिन्छन् । ‘१२ भाइ’ भनेर उनले प्रवृत्तिमाथि इंगित गरेका हुन सक्छ ।
अहिले सन्दीप प्रकरणले लामिछानेको सो अभिव्यक्तिलाई गजबसँग सावित गरिदिएको छ । रवि लामिछानेले भनेका ‘१२ भाइ’ अर्थात् आफूलाई मेनस्ट्रिम ठान्ने केही कागजी र अनलाइन मिडियाको सञ्जालले सन्दीपलाई पालैपालो दुत्कार्ने अभियान चलाइरहेका छन् ।
समाचार यसरी लेखिएका छन् मानौं यो देशका सबैभन्दा खुंखार अपराधी सन्दीप लामिछाने नै हुन् र उनलाई नसिध्याइकन सुशासन आउँदैन ।
फैसला नहुञ्जेल क्रिकेट खेल्न पाएनन् भने सन्दीपको करिअर नै धरापमा पर्ने निश्चित छ । नेपालमा एउटा मुद्दाको फैसला हुन कहिले महिनौं त कहिले वर्षौं लाग्छ । १० वर्ष फैसला नभएका मुद्दाहरु थुप्रै छन् । त्यही भएर उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने फैसला गर्दा अरु विभिन्न बन्देज लगाए पनि क्रिकेट खेल्न रोक लगाएन ।
कुनै व्यक्तिलाई सिध्याउन उसको ज्यानै लिनुपर्दैन । एउटा खेलाडीलाई सिध्याउनुको अर्थ उसको करिअरको बर्बादी हो । सन्दीप भर्खर २४-२५ वर्षमा हिँडिरहेका र उर्बर करिअर भएका प्रतिभा हुन् । संसारमा धेरै खेलाडीहरु छन्, जसलाई उनलाई जस्तै आरोप लाग्यो । तर पनि मुद्दा लड्दै राष्ट्रिय टीमबाट खेलिरहे । क्रिकेटको विश्वव्यापी नियमन गर्ने संस्था आईसीसीले समेत अनुमति दिएर सन्दीपलाई राष्ट्रिय टीममा राखिएको हो । तर, सन्दीप मैदान फर्किँदा केही ट्वीटे अभियन्ता र फेमिनिजमको खेतीपाती गर्ने गिरोहलाई खपिनसक्नु भएको छ । भोलि सन्दीपकै प्रदर्शनको बलमा नेपालले खेल जित्यो भने उनीहरुलाई १०४ डिग्रीको ज्वरो नआउला भन्न सकिन्न । यो कुन हदसम्मको कुण्ठा हो ? कतिसम्मको पूर्वाग्रह हो ?
सन्दीपमाथि यौनजन्य कसुरको आरोप छ, त्यसमा दुईमत छैन । तर, आरोप सत्य हो कि होइन भन्ने कानूनी निरुपण हुँदैछ । उनी अपराधी प्रमाणित भइसकेका व्यक्ति होइनन् । यदि अदालतले दोषी ठहर गर्याे भने कानूनबमोजिम सजाय भोग्नबाट कसैले रोक्न सक्दैन ।
तर, दोषी प्रमाणित नहुँदै उनको चरित्रहत्या गर्ने र करिअर सिध्याइदिने लाइसेन्स कुनै दिदीहरु वा भाइहरुलाई दियो कसले ? उनीहरुले सन्दीपलाई यसरी डामिसके कि अब अदालतको फैसलाबाट सफाइ पाए भने पनि उनको चरित्रमाथि लागेको दाग सहजै मेटिन सक्दैन ।
योमात्र होइन । यदि मुद्दाको फैसला नहुञ्जेल क्रिकेट खेल्न पाएनन् भने सन्दीपको करिअर नै धरापमा पर्ने निश्चित छ । नेपालमा एउटा मुद्दाको फैसला हुन कहिले महिनौं त कहिले वर्षौं लाग्छ । १० वर्ष फैसला नभएका मुद्दाहरु थुप्रै छन् । त्यही भएर उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने फैसला गर्दा अरु विभिन्न बन्देज लगाए पनि क्रिकेट खेल्न रोक लगाएन ।
न्यायमूर्तिहरुले यति विवेक पुर्याए । तर, अदालतको फैसलालाई अनदेखा गर्दै कथित १२ भाइ र केही ट्विटे अभियन्ताहरु सन्दीपले खेल्नै पाउनुहुँदैन भनेर दागा धरिरहेका छन् । मानौं यदि १० वर्ष फैसला लम्बियो भने त्यतिञ्जेल सन्दीप घरमै जुम्रा मारेर बस्नुपर्ने ? १० वर्षपछि यदि सफाइ पाए भने उनको क्रिकेट करिअरको बर्बादी, नैतिक पतन र आर्थिक क्षतिको भर्पाइ १२ भाइ र ट्वीटे अभियन्ताले गर्न सक्छन् ?
हुन त रविले भनेका १२ भाइले जति दागा धरे पनि उनीहरुले लेखेका कुरा जनताले पत्याउन छाडिसके । यदि पत्याउँदा हुन् त यतिबेला सन्दीपको विरुद्धमा सडकमा विशाल जुलुसहरु निस्किने थिए । हिजो रवि लामिछानेको विरुद्धमा दोस्रो जनआन्दोलन नै हुने थियो । तर, एउटा मुठ्ठीभरको ‘ट्विटे समूह’ (जुन समूहका एकजनाले १० वटासम्म फेक ह्याण्डल चलाउँछन्) र उनीहरुलाई काँध थाप्ने कांग्रेसका दुई महामन्त्रीबाहेक कोही पनि बहकिएका छैनन् ।
हुन त रविले भनेका १२ भाइले जति दागा धरे पनि उनीहरुले लेखेका कुरा जनताले पत्याउन छाडिसके । यदि पत्याउँदा हुन् त यतिबेला सन्दीपको विरुद्धमा सडकमा विशाल जुलुसहरु निस्किने थिए । हिजो रवि लामिछानेको विरुद्धमा दोस्रो जनआन्दोलन नै हुने थियो ।
बरु यसले उल्टो सन्दीपमाथि सहानुभूति बढाइदिएको छ । हिजो सार्वजनिक यातायात नचल्दा पनि त्रिवि मैदानमा ओइरो लागेका दर्शकमध्ये अधिकांश सन्दीपलाई हौसला दिन गएका थिए । उनीहरुले सन्दीपको विकेटमा जति खुशी अरु विकेटमा मनाएनन् । यसले पनि थाहा हुन्छ कि सीमित मिडियाले जनमत प्रभावित पार्न सक्ने हैसियत अब राख्दैनन् । उनीहरुका टिप्पणीमा र समाचारमा आएका प्रतिक्रिया हेर्दा पनि यसको पुष्टि हुन्छ ।
महिला हिंसाका घटनाप्रति अत्यधिक संवेदनशीलता आवश्यक छ । यसमा दुईमत भएन । तर, यहाँ महिला हिंसाका नाममा घटनाहरुलाई तोडमोड र अतिरञ्जित गर्दै आफ्ना निहित स्वार्थपूर्ति गर्नेहरुको कमी छैन । यिनीहरु केही यस्ता छन्, जो आफूलाई महिलाका मुद्दा बेचेर दाताहरुबाट डलर झार्न पल्केका छन् । उनीहरुले यौन हिंसाका मुद्दामा हामीमात्रै संवेदनशील छौं भन्ने देखाएर डोनरहरुसँग हात थाप्न पनि सन्दीप प्रकरणलाई यसरी उछालेको नहोला भन्न सकिन्न ।
यतिबेला पीडित भनिएकी किशोरीमाथि अरुले हैन यिनै मिडियाका केही भाइ र कथित महिलावादी अभियन्ताले ज्यादती गरिरहेका छन् । उनलाई हुँदै नभएको त्रास देखाएर महिनौंदेखि माइती नेपालमा बन्धक बनाएर राखिएको छ । अनुराधा कोइरालाको अनुमति नलिई उनलाई भेट्नसमेत पाइँदैन । पहिल्यै उत्तर घोकाएर सेलेक्टेड मिडियामा अन्तर्वार्ता दिन लगाइन्छ र त्यसलाई फूलबुट्टा भरेर प्रकाशित गरिन्छ । यसरी एकतर्फी बयानका आधारमा समाचार बनाउँदै गर्दा मुद्दा प्रभावित हुन्छ कि हुँदैन, पत्रकार आचारसंहिता उल्लंघन हुन्छ कि हुँदैन भन्ने प्रश्न गराैं कि नगरौं ? किनकि केही मिडिया आफूलाई प्रश्नभन्दा धेरै माथि साेच्छन् ।
अन्त्यमा यति भनौं, न्याय दिने अन्तिम दैलो भनेको अदालत हो । अदालतमा रहेका न्यायमूर्ति नै हुन् । उनीहरुले यस्ता मिडियाको बहकाउमा नपरिकन निष्पक्ष न्याय दिऊन् । दूधको दूध पानीको पानी छुट्याऊन् । मुद्दाको फैसला चाँडो होस् । सन्दीपले गल्ती गरेका हुन् भने सजाय पाऊन्, होइन भने न्याय पाऊन् ।
(ल्वान्छरो नेपाल सरकारका उच्च अधिकृत हुन् । उनको आग्रहमा वास्तविक नामको साटो लेखकीय नाम राखिएको हो । उनले लेखेका विचार निजी हुन् ।)
म १९ वर्ष लागेको थिएँ । लिवाङबाट थवाङ हाइस्कुल धाउँथें ।
गाउँघरतिर धापा बस्ने चलन थियो । धापा भनेको तन्नेरी, धापी भनेको तरुनी हो । गाउँघरको मेलामा जाँदा चिनजान भयो भने ती केटीहरुसँग भेट्ने दिन पक्का हुन्थ्यो । उनीहरुकै घरमा, मेला-जात्रामा वा कतै बाटोमा भेट्ने ठेगान हुन्थ्यो । भेटघाट हुन्थ्यो । कहिलकाहीं भने केटाहरु केटीको घरमै जान्थे । रातभरि गीत गाउने, नाच्ने गर्थे । बिहान गाउँलेहरु नउठ्दै आफ्नो घरतिर लाग्थे ।
कहिलेकाहीं बाटोमा ठेगान राखेर केटाकेटीहरु भेट हुन्थे । गीत गाएर आ-आफ्नो घर लाग्थे । त्यसरी धेरैपटक बसियो र राम्रो चिनजान भयो भने केटीहरुले पाउर(कोसेली)को रुपमा रोटी र रक्सी ल्याउँथे । केटाहरुले केरा, बेलौतीजस्ता कोसेली लान्थे । सँगै बसेर खान्थे ।
सल्लाभित्रको झिर निकालेर बत्ती बाल्ने चलन थियो । सल्लाको झिर आवश्यक भएका केटीहरु झिरकै लागि पनि सल्लो भएको गाउँका केटाहरुसँग ठेगान राख्ने चलन थियो ।
केटाहरुले सल्लाको भित्रको गुदी अर्थात झिर निकाल्थे । जोे दियो जस्तै मज्जाले बल्छ । गाजल बनाउन पनि औधी काम लाग्छ । दियोलाई माथिबाट कचौरा वा केहीले छोपेर धूवाँ बसेपछि त्यसलाई तेलमा मत्थे । जो आँखामा लगाउने गाजल बन्छ । केटीहरु त्यसैको गाजल लगाउँथे ।
राम्रो गाजल बनाउन पनि केटीहरुले झिरका लागि ठेगान राख्ने गर्थे । केटाहरुले घरमै पनि लगिदिन्थे, कहिलेकाहीं बाटोमै लगिदिन्थे । केटीले नास्तापानी लिएर आउँथे । अनि त्यही गाउने, बस्ने, माया पिरती लगाउने चलन थियो ।
म लिवाङ पढिरहेको थिएँ । गाउँकै साथीहरु बरमान बुढा, टकबहादुर बुढा र नरी घर्तीहरुले जुमारी हेर्न जाउँ भने । म गएँ । त्यहाँ थुप्रै केटीहरु थिए । तीमध्येमा मेरो जहान हस्तमाली पुनसँग पहिलो भेट भयो । मेरो आँखा उनैमा अल्झियो । सामान्य कुराकानी भयो । गीत गाइयो ।
त्यहाँबाट मेरो घर लिवाङ पुग्न एक दिन हिँड्नुपर्थ्यो । जहानसँग चिनजान भएपछि त्यहाँ बास बस्न एक पटक गएँ । अलि मज्जाले बातचित भयो । गीत गाउने, नाच्ने, बस्ने गर्यौं ।
उनले चिठी त बुझिन् । सामान्य अक्षर चिने पनि पढिहाल्न नसक्ने रहिछन् । उनलाई आमाबाले गाली गरेछन् । गाउँमा पढ्न सक्ने मान्छेलाई चिठी पढ्न लगाइछन् । यसपछि त झनै हल्लाखल्ला भएछ । उनलाई सबैले जिस्क्याउन थालेछन् ।
पछि त उनी मेरो मनमै बसिन् । उनको मनमा पनि म बसें । तर, उनले भावनालाई मनभित्रै राखिन्, अभिव्यक्त गरिनन् । उनलाई ‘म लैजान्छु’ भनेर कसरी भन्ने ! मैले कसैलाई चिठीसम्म लेखेको थिइनँ । लिवाङ गएपछि एउटा चिठी लेखें । अरु कसैले नभेट्टाओस् भनेर रजिस्टर गरें । त्यसो गर्दा उनको हातमा सीधै पुग्थ्यो । तर, हुलाकीले गाउँको तलैबाट रजिस्टर चिठी आएको छ भन्दै हल्ला गरेपछि सबैले थाहा पाएछन् ।
उनले चिठी त बुझिन् । सामान्य अक्षर चिने पनि पढिहाल्न नसक्ने रहिछन् । उनलाई आमाबाले गाली गरेछन् । गाउँमा पढ्न सक्ने मान्छेलाई चिठी पढ्न लगाइछन् । यसपछि त झनै हल्लाखल्ला भएछ । उनलाई सबैले जिस्क्याउन थालेछन् ।
उक्त चिठी प्रकरणपछि उनीसँग मेलामा भेट भयो । भनिन्, ‘किन चिठी लेखेको ? सबैतिर हल्ला भयो ! गिज्याउन थाले ।’
‘मन पर्यो लेखें । अर्को आउने माघीमा जुमारी खेल्ने समयमा लैजान्छु’, मैले थपें, ‘लिवाङ हाइस्कुलबाट थवाङ जाँदैछु, सर्टिफिकेटहरु निकालेर आउँछु अनि जाउँला ।’
दुईतीन पटक उनको घरमै बास परिसकेको थिएँ । हाम्रो माया गाढा हुँदै गएको थियो । हाइस्कुलबाट सर्टिफिकेट निकालेर उनको गाउँको जुमारी खेल्ने ठाउँमा गएँ । उनी दिउँसै तयार भई झोलालाई वनमा लुकाएकी रहिछन् । म मेरो दाजुसहित चारपाँच जना गएका थियौं ।
अर्काको भावना बुझ्ने, माया गर्ने, सुशील, फरासिलो, हँसिलो र आकर्षक व्यक्तित्व भएको हुनुहुन्थ्यो मेरो दाजु । मिलनसार, खुला र विशाल हृदय थियो । गोरो, पुड्को, चेप्टो अनुहार, सरदर नेपाली हाइट भएको कर्मठ र मेहनती हुनुहुन्थ्यो । उहाँ सानो छँदा या ठूलो छँदा परिवारको जिम्मा लिएको हुनाले जिम्मेवारी पूरा गर्न निकै दुःख पाउनुभएको छ ।
अझै पनि मेहनत गर्न कहिल्यै पछि पर्नुहुन्न । पैदल हिँड्न, उकाली-ओराली गर्न, अध्ययन गर्न, परिश्रम गर्न रुचाउनुहुन्छ । उहाँ नभइदिएको भए हाम्रो पुन परिवार र म आजको अवस्थामा पुग्न असम्भवप्राय थियो ।
राम्रा डोको नाम्लो बुन्न सक्ने केटाहरुलाई केटीहरुले मन पराउँथे । राम्रा थैली बुन्न सक्ने, राम्रा ओड्ने बोल्ला बुन्न सक्ने केटीहरुलाई विवाह गर्न केटाहरु तँछाडमछाड गर्थे । राम्रो हलो जोत्ने केटालाई केटीहरुले र राम्रो कोदालो खन्ने केटीलाई केटाहरुले आँखा लगाउँथे ।
जुमारी खेल्ने ठाउँमा ‘साइँला बरै’ भन्ने गीत लय मिलाएर गाइन्थ्यो । मेरी जहान त्यति गाउँथिनन् । गाउनेहरु अरु नै थिए । म पनि लामो समयसम्म गाउनेमा पर्दिन थिएँ । फाट्टफुट्ट गाउँथें ।
जुमारीमा चिनजान गर्नुपर्दा भनिन्थ्यो-
गाल्लाङ गुल्लुङ कुलो बज्यो खोली तर्ने गाइको, यति राम्रो मायालुको घर कता हो साइको आकाशको कालो बादल पानी परेन कि म त साइलाई हेरिरन्छु मन परेन कि !
यस्ता गीत गाइन्थ्यो । गीतको जवाफ केटीहरुले फर्काउँथे ।
कहिलेकाहीं बीच बाटोमा केटाकेटी धापा बस्दा गीतमात्रै गाउने, हँसीमजाक गर्ने, चिनो साटासाट गर्ने चलन थियो । केटीहरुले आफैंले बुनेका छड्केहरु दिन्थे । केटाहरुले बरिया दिन्थे । कसले कति राम्रो बरिया बुन्नसक्छ, केटाहरुको क्षमता त्यहाँ जाँचिन्थ्यो । जसले राम्रो दिन सक्यो, त्यसको राम्रो सीप रहेछ भनेर त्यसैलाई रोज्थे केटीहरु ।
जनयुद्धकालमा मेरी जहान नभएकी भए सायद म यो ठाउँमा आइपुग्ने थिइनँ होला । पार्टीको आन्दोलनमा उनले दिलोज्यानले साथ दिइन् । एक अर्काेका परिपूरकको रुपमा हाम्रो जिन्दगी एउटै रथको दुई पाङ्ग्रा भएर राम्रै चलिरहेको छ ।
राम्रा डोको-नाम्लो बुन्न सक्ने केटाहरुलाई केटीहरुले मन पराउँथे । राम्रा थैली बुन्न सक्ने, राम्रा ओड्ने बोल्ला बुन्न सक्ने केटीहरुलाई विवाह गर्न केटाहरु तँछाडमछाड गर्थे । राम्रो हलो जोत्ने केटालाई केटीहरुले र राम्रो कोदालो खन्ने केटीलाई केटाहरुले आँखा लगाउँथे ।
त्यस रात जुमारी चलिरहेको थियो । मैले उनलाई यसो संकेत गरेर माइतबाटै (ससुराली) भगाएँ । रातारात खोलैखोला भगाएँ । पछि ‘फलानाले लगेको होला’ भनेर खोज्न गाउँलेहरु लखेट्दै आए । तर, भेट्टाएनन् । उज्यालो हुने वेला घर पुगियो । बाख्रो काटेर दुलही भित्राउने चलनअनुसार विवाह भयो । कर्म राम्रो बनोस् भनेर पाठापाठी पाएर बूढा भएको बाख्रो काट्ने चलन छ ।
तीन महिनापछि माइत फर्काउने कुरा भयो । दमाहा बजाएर राम्रैसँग फर्काएँ । स्वीकार्न त स्वीकारे । तर, टाढा गयो भनेर त्यति राम्रो मान्दैनथे । माइतदेखि मेरो घर लगभग २०-२१ कोस पश्चिम उत्तर टाढा पर्थ्यो ।
अहिले त विवाह गरेको पनि ३८ वर्ष भइसक्यो । जेठो जीतेन्द्र पुन र बुहारी जूना घर्ती, नाति न्युटन पुन छन् । कान्छो छोरा दीपेश पुन, बुहारी सविना थापामगर र नाति कर्मठ पुन छन् । ८ जनाको परिवार भइसकेको छ ।
जनयुद्धकालमा मेरी जहान नभएकी भए सायद म यो ठाउँमा आइपुग्ने थिइनँ होला । पार्टीको आन्दोलनमा उनले दिलोज्यानले साथ दिइन् । एक अर्काेका परिपूरकको रुपमा हाम्रो जिन्दगी एउटै रथको दुई पाङ्ग्रा भएर राम्रै चलिरहेको छ ।
(यो प्रसंग उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को प्रकाशोन्मुख आत्मकथाबाट लिइएको हो । पासाङको आत्मकथा घोष्ट राइटिङ नेपालमार्फत् प्रकाशनको अन्तिम तयारीमा रहेको छ ।)
आजभोलि धेरै नेपाली युवाहरुको मनमा पटक-पटक उठिरहने प्रश्न हो- यो देश आखिरमा कसको हो ? यो देशमा कसले मात्रै गरिखान पाउने हो ? यो देशमा बाँच्ने अधिकार कसलाई मात्रै छ ? के देशमै केही गर्न कसैको गुलामी चाकडी या कार्यकर्ता बन्नैपर्ने हो ?
यस्ता सयौं प्रश्न आफैंसँग गर्दै देशको अवस्थादेखि चिनितत छन् नेपाली युवा र पलायन भएका छन् विदेश । कुनै विकसित मुलुकले सहज र सरल तरिकाले भिसा दिने हो भने नेपाल युवाविहीन देश बन्नेछ । देशमै केही गर्न खोज्ने युवाहरुलाई कसरी राज्य, दलाल, भ्रष्ट, माफिया नेताहरुले दुःख दिन्छन् र कुन अवस्थामा पुर्याउँछन् भन्ने पछिल्लो उदाहरण इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहले पृष्टि गरिदिएको छ । आज नेपालका युवाहरु राहदानी विभागमा लाइनमा देखिन्छन्, मेनपावरहरुमा भेटिन्छन् । अनि युरोप अमेरिकामा पठाइदिन्छु भन्दै दलालीहरुको फन्दामा परेर गन्तव्यविहीन यात्री जस्तो सडक-सडकमा भौतारिरहेका भेटिन्छन् ।
नेपालमा २००७ सालपछि विभिन्न समयमा राजनैतिक परिवर्तनहरु भए । २४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएको पनि १६ वर्ष भयो । यो १६ वर्षमा नेपाली जनता भूईंमान्छेहरुमा के परिवर्तन आयो ? कति युवा जनशक्तिले देशमै रोजगार पाए ? कति उद्योग कलकारखाना खोलियो ? कति वस्तुहरुको आयात रोकेर स्वदेशमै उत्पादन गरियो ? कति नेपालीलाई स्वरोजगार र सक्षम बनाउन राज्यले कानून निर्माण गर्यो र कार्यान्वयन तहमा लग्यो ?
सायद यसको तथ्याङ्क खोज्ने हो भने निकै कहालीलाग्दो र विकराल अवस्था सामुन्ने आउनेछ । गाउँ-गाउँमा सिहदरबार पुग्यो, आवाज दबिएकाहरुले बोल्न थाले । दलित, महिला, जनजाति, अल्पसंख्यकलगायत हिजो राज्यबाट पछि पारिएकाहरुको अधिकार सुनिश्चित भयो गणतन्त्रपछि भनेर मीठो नारा लगाइयो । मजदुर, किसान र गरिखाने वर्गलाई झुक्याइयो । आज पनि तिनै र त्यस्तै नारा र भाषणमा परिवर्तन भएको छैन, अझै उच्च स्वरमा सुन्न पाइन्छ । आज हामीले हेर्न हो भने जनताको अवस्थामा परिवर्तन भएको छ कि जनता र देशको अवस्था परिवर्तन गर्छौं भनेर हिँडेका राजनैतिक पार्टी र तिनका नेता-कार्यकर्ताको अवस्थामा परिवर्तन भएको छ ?
२४० वर्षको राजतन्त्रको अन्त्यसँगै गणतन्त्र आएको पनि १६ वर्ष भयो । यो १६ वर्षमा नेपाली जनता भूईंमान्छेहरुमा के परिवर्तन आयो ? कति युवा जनशक्तिले देशमै रोजगार पाए ? कति उद्योग कलकारखाना खोलियो ? कति वस्तुहरुको आयात रोकेर स्वदेशमै उत्पादन गरियो ?
आज राजनीति सेवा भएको छ कि व्यापार ? आज नेताहरु टिकट पाउन या मन्त्री बन्न या राज्यको कार्यकारी निकायमा पुग्न तँछाडमछाड किन गर्छन् ? सेवा गर्न कि व्यापार गर्न ? भूईंमान्छेहरुलाई उठाउन कि आफैं उठ्न कि आफ्नो परिवार र नातागोता उठाउन ? आजका दिनसम्म नियमित प्रकियामा हुनेबाहेक विकास नेपालमा के चाहिं उल्लेखनीय भएको छ ? आज राजनीति गरेका नेता र तिनका कार्यकर्ताबाहेक देशको अवस्थाबाट को खुशी छन् ? देशमा अथाह स्रोत र सम्भावना हुँदाहुँदै पनि देश झन झन गरिब हुँदैछ । केही सीमित वर्गमात्रै धनी र सम्पन्न भएका छन् । देश गरिब छ । तर, देश चलाउनेहरु धनी छन् ।
व्यापारीहरु धनी छन् । तर, उत्पादन गर्ने श्रमिक गरिब छ । किसानले दुःख पसिना बगाउँछ, त्यो किसानको पसिनामा बिचौलियाले रजाइँ गर्छ । किसानले तरकारी फलाउँछ, व्यापारीले मूल्य राख्छ । कागज बनाउनेले राज्यको अनुदान लिन्छ । काम गर्नेलाई कागज बनाउन आउँदैन । पार्टीको कार्यकर्ता या नेताको लगानी हुँदा ऊ डुब्दा पनि राज्यबाट असुलउपर गर्छ । केही गरौं भनेर लागेका युवाहरुको लगानी डुब्दा उसको घरबार डुब्छ । आखिर यो देश कसको लागि हो ?
दिनभरि पसिना बगाउने मजुदरलाई एक छाक खान कठिन छ । तर, एउटा राजनैतिक कार्यकर्ता काम गर्दैन, कुनै पार्टीको भजन गाउँछ । नेताको चाप्लुसीमा समय बिताउँछ । तिनै महँगा होटल रेस्टुरेन्टमा दिनरात समय बिताउँछ र गरिखाने वर्गलाई होच्याउँछन् ।
नेपालमा गणतन्त्रको स्थापनापछि बनेका सरकारहरु अहिलेसम्म निरन्तर पाँच वर्षसम्म टिकेका छैनन् । आज पनि देशमा राजनीतिक स्थायित्व छैन । बहुमतको सरकार हुँदासमेत खिचातानीले गर्दा धेरै समय टिकेन । राजनैतिक पार्टीहरुमा सत्ता स्वार्थबाहेक केही देखिँदैन । आफू पावरमा पुग्न आफनो विचार, सिद्धान्त, आदर्श, नैतिककताको कुनै पनि हेक्का राख्दैनन् । पद पावरको लागि जस्तोसुकै हर्कत गर्नसमेत पछि पर्दैनन् र जनतालाई भन्दिन्छ कि देशको स्वाधीनताको लागि, देशको समृद्धिको लागि, राष्ट्रको आजको आवश्यकता हो- सहकार्य । लाजै नमानी गर्वका साथ भनिदिन्छन् । त्यही कुरा प्रचार गर्छन् कार्यकर्ताहरु ।
आज राजनीति गरेका नेता र तिनका कार्यकर्ताबाहेक देशको अवस्थाबाट को खुशी छन् ? देशमा अथाह स्रोत र सम्भावना हुँदाहुँदै पनि देश झन झन गरिब हुँदैछ । केही सीमित वर्गमात्रै धनी र सम्पन्न भएका छन् । देश गरिब छ । तर, देश चलाउनेहरु धनी छन् ।
नेपाल कृषिप्रधान देश हो । अब कृषि क्रान्ति आवश्यक छ । आधुनिक कृषि प्रणाली नेपालमा भित्र्याइनेछ भनेर चर्का भाषण गरिन्छ । नेपालका ठूला भनिएका राजनैतिक दल र तिनका नेताको रोजाइ कृषि मन्त्रालय पर्दैन । कोही लिन चाहँदैन । जनताको जीवनसँग जोडिएका कुराहरुमा सुधार गर्न कोही चाहँदैन । जनता शिक्षित बनून्, चाहँदैन ।
राज्यले हरेक युवा आफ्नो खुट्टामा आफैं उभिन सक्ने हैसियत बनाओस्, चाहँदैन । सरकार जनताको मुहारमा हाँसो आओस्, चाहँदैन । हरेक नेपालीको घरमा उज्यालो होस् तर राज्य चाहन्छमात्रै । भाषणमा जनताको, अनि व्यवहारमा आफ्नो सुख अनि समृद्धि, आफ्नो छेउछाउ सधैं घुमिरहने स्वार्थी समूहको उन्नति चाहन्छ ।
हरेक राजनीतिक दलको नारामा जनता छन् । तर, आज जनताको अवस्था कहाँ छ ? जनताको नाममा राजनीति गरेकाहरुको अवस्था कहाँ छ ? यसले पनि अझै वर्षौं नेपालमा यही अवस्था रहने संकेत देखाउँछ । नेपालमा उदाएका नयाँ राजनैतिक दलहरुलाई चौतर्फी घेरामा पारेर सिध्याउने खेलको सुरुवात भैसकेको छ । केही आशा निराशामा परिणत हुन्छ कि भन्ने डर छ । हरेक स्वतन्त्र नागरिकहरुको आवाज एउटै छ- देशमा काम गर्ने वातावरण भएन, सिस्टम छैन, राज्यको कानून सानालाई मात्रै लाग्छ ठूलालाई लाग्दैन । राज्यका हरेक निकायमा राजनीतिक गन्ध छ । पार्टीको कार्यकर्ताविना केही काम नहुनेलगायतका समस्याले अवस्था जटिल बन्दै गइरहेको छ ।
त्यसकारण अधिकांश युवा देश छोड्न चाहन्छन्, विदेश पलायन हुने रहर पालेका छन् । देशकै भविष्य अन्धकार छ भने नयाँ पुस्ताको भविष्य कस्तो होला ? लाखौं लगानी गरेर सुरु गरेका व्यवसायहरु दिनप्रतिदिन धराशायी बन्दैछ । आखिर नेपालमा जन्मिएर राज्यले त्यही एउटा नेपाली नागरिकतामात्रै दिने हो ? देशमै गरिखाने वातावरण बनाइदिनु पर्दैन ? आखिरमा यो देश कसको लागि हो ? यो देश कसको हो ? अनि यो देश कसले कसका लागि चलाइरहेको छ ?
‘संसारका सबैभन्दा मायालु मान्छे को हुन्छन ?’ कसैले सोध्दा लाग्थ्यो- मामा घरका मामामाइजू ।
ठ्याक्कै मलाई पनि त्यस्तै । सोध्न त कसैले सोधेन त्योवेला । तर, सोधेको भए यही जवाफ हुन्थ्यो होला मेरो । झन् बालापनको मावलीघर । आहा ! सबैसबै घटना प्रिय लाग्छन । उमेरको सिँढी करिब ६ वटा पार गरिसकेको थिएँ जस्तो लाग्छ- २०४९ सालतिर । हिउँदको समय थियो । सबै कामधन्दा सकेर माइती, मावली, ससुराली मीठो मसिनो खाने मौसम । म पनि आमाको पुच्छर लागेर मामाघर टुप्लुक्क पुग्ने गर्थें ।
म सानोमा अति नै हरामी ! बहुत चकचके ! अर्थात फटाहा ! नढाँटी भन्ने हो भने अरूलाई जस्तो मेरा मामामाइजूले मलाई माया देखाउनुहुन्नथ्यो । कुनै मामामाइजूको आँखामा पर्नै सकेको थिइनँ । जहाँ जाउँ, कुनै न कुनै बदमासी नगरी नफर्कने ।
मलाई याद छ, त्यो पुसको महिना । आमा र ईश्वरी सानीमा दिनभरि हजुरबा-हजुरआमासँग चौकामा गफिएरै बस्नुहुन्थ्यो । म, उमेश दाइ, नवराज दाइ, इन्दिरा दिदी, दीपक, उज्ज्वल र राजु महादेवस्थानबाट ! खत्री हजुरबाको छोरा दीपक, सावित्रा, परशु मामालगायत सुन्तलाबारीबाट बिहान खाना खाएर गाई-बाख्रा चराउन भष्मे गएका थियौं । दिनभरि भष्मेको ठूलो ढुङ्गामा पल्टिँदा, डण्डीबियो खेल्दाखेल्दै करिब ४ त बजिहाल्यो । अघाएका गाई-बाख्रा लिएर आयौं घर । हजुरआमाले हाँडीबाट कमिजको खल्तीमा मकै भटमास भरिदिनुभयो । मकै पाएपछि फेरि लागियो खेल्न ।
आमा र ईश्वरी सानीमा डाँडागाउँ ऋषि बाकोमा जानुभएछ । आमा मूलघर अर्थात (हजुरबा हजुरआमा भएपछि मावली नै त्यो घरमात्रै हो जस्तो लाग्थ्यो) मा नै हुनुहन्छ जस्तो लागेको थियो । खेलेर फर्किंदा आमा त गायब !
त्यस्तै साँझको ५ बजेको हुँदो हो । मालुमा हिँउदको ५ बजेसम्म पनि क्षितिजबाट घामले चियाइरहेकै हुन्छ । आमा र ईश्वरी सानीमा डाँडागाउँ ऋषि बाकोमा जानुभएछ । आमा मूलघर अर्थात (हजुरबा हजुरआमा भएपछि मावली नै त्यो घरमात्रै हो जस्तो लाग्थ्यो) मा नै हुनुहन्छ जस्तो लागेको थियो । खेलेर फर्किंदा आमा त गायब !
अब पर्यो फसाद । खद्दरको जाँगेको इँजार टनक्कै कसें । अर्जुन मामा अर्थात सानु मामालाई आमा खोइ भनेर सोधें । उहाँले आमा घर जानुभो भन्दिनु भो । हजुरबाले नि त्यो बेलामा झूट नै बोलिदिनुभो । उहाँले पनि आमा त घर गई भन्दिनु भो ।
म रुन थालें । कसैले सत्य कुरा बताउनुभएन । म रुँदै-रुँदै आमालाई खोज्दै कोले खेत हुँदै मामाघर आउँदा हिँडेको बाटोबाट आमालाई खोज्न घरतिरको बाटो लागें ।
कसैले पनि सायद म हिँडेको देख्नुभएन । म खेतैखेत घरतिर हिँडें । तल खेतको बीचमा बाँसघारी छ । त्यो बाँसघारीमा पुगेपछि माइला मामाले बोलाउनुभएको सुनें । आमा घर जानुभएपछि अब मलाई मामाले समात्न आउनुभो भन्ने लागेर म झन भागें ।
मामाको दगुराइसित मेरो के जोर ?
केही दौडिएपछि माधव मामा बाँसघारीमा आइपुग्नुभो । अब मामाबाट बच्न नजिकैको एउटा बारीको कान्लामा भएको घरमा छिरें । घर त परेछ सुँगुरको खोर । खोरको ढोकाबाट फुत्त भित्रमात्रै के छिरेको थिएँ, ३-४ वटा सुँगुर मस्त सुतेको देखें । तैपनि सुँगुरले थाहा नपाउने गरी नजिकै भित्तोमा आड लागें । करिब २०-२५ मिनेटको बसाइपछि सुँगुरको मल गनाएर उग्रिगन्ध नै भो । अलिकति टाउको बाहिर निकालें । बाहिरको वातावरण नियाल्दा मान्छेको होहल्ला बढिरहेको थियो । मामा गाउँमा मेरोबारेमा सोध्दै खोज्दै हुनुहुँदोरहेछ ।
करिब १ घन्टाको खोजखबरपछि सुँगुर धनीले मलाई भेट्टाइछाड्नु भो । म सुँगुर धनीलाई देखेर झन डराएँ । रुन थालें । बर्बरी आँसु खस्न थाले । उनले मलाई फकाउँदै बाहिर आउन भने । म मानिनँ ।
झन डर लाग्यो, फेरि लुकें खोरमै
करिब १ घन्टाको खोजखबरपछि सुँगुर धनीले मलाई भेट्टाइछाड्नु भो । म सुँगुर धनीलाई देखेर झन डराएँ । रुन थालें । बर्बरी आँसु खस्न थाले । उनले मलाई फकाउँदै बाहिर आउन भने । म मानिनँ । त्यो वेला बाहुनको छोरालाई छुनुहुँदैन भन्ने भएर होला, उनले मलाई छोएनन् ।
उनले म खुरुक्क बाहिर नआए सुँगुर फुकाएर टोकाउन लगाउने भनेर धम्क्याए । म झनै डराएँ । एकातिर सुँगुरको मलको गन्धले नाक फुट्न लागिसक्यो, अर्कातिर आमाले छाडेर गएको पीडा छ । डराउँदै बाहिर आएँ । म बाहिर आएपछि उनले भने, ‘ए बाजे ! तपाईंका भान्जा यहाँ रचन् । यिनै होइनन् त लछिमीका छोरा ?’
मामा माथ्लो कान्लामा हुनुहुन्थ्यो, नजिकै आउनुभो । सिमलीको हाँगा भाँच्नुभो र मेरो जीउमा लागेको मल पुछिदिनुभो ।
यतिवेला म मामाको काँधमा उक्लिसकेको थिएँ । मामाले काँधमा मूढा बोकेजस्तो गरी मलाई बोकिरहनुभएको थियो । म आमाले छाडेर जानुभएको पीडाले भट्याकभट्याक उफ्रिरहेको थिएँ ।
मेरो उफ्राइले मामालाई पनि रिस उठेछ क्यारे, एक झाप्पु चाकमै बजाउनुभो, हिँड्दाहिँड्दै । म झन रोएँ ।
त्यो वेलासम्म मामा एक वचन पनि बोल्नुभएको थिएन । मामाले सरासरी बडहरे धारामा लगेर मलाई नुहाइदिनुभो । पुसको जाडोमा बडहरे धाराको तातो पानीले केही राहत त दियो । तर, जाडो भइहाल्यो ।
मैले नुहाइसकेपछि उहाँले पनि नुहाउनुभो । मामाले त्योवेला पनि नबोली मलाई बोकेर घरमा आएर जनै फेरेरमात्रै बोल्नुभयो । २ चड्कन गालामा लगाउनुभो । म झन रुन थालें । म रुँदारुँदै आमा र सानीमा पनि आइपुग्नुभो । आमालाई देखेपछि बल्ल मेरो सास त आयो । तर, के गर्नु, आमाले पनि सबै घटना सुनेर भकुर्ने त मलाई नै हो ।
मामाले २ रुपियाँ दिएर फकाउनुभो
आमाको भकुराइले झन रोएँ । हजुरबाले घरभित्रबाट ‘ए नकुट न जाडोमा’ सम्म भनेको याद छ । म धेरै रोएपछि त्यो वेला मामाले २ रुपियाँ दिएर फकाउनुभो । म नाथे बच्चा न परें । फकिन कतिबेर र ?
काठमाडौं । कपन साहित्य समाजले कपन दर्पनको कविता विशेषांक विमोचन कार्यक्रममा साहित्यकार तथा समालोचक प्रा.डा. अभि सुवेदी र साहित्यकार तथा प्राध्यापक प्रा.डा. गार्गी शर्मालाई सम्मान गरेको छ । सुवेदीलाई कसास यात्री स्कृति सम्मान २०७७ र शर्मालाई कसास यात्री स्मृति सम्मान २०७८ प्रदान गरिएको होे ।
कपन साहित्य समाजका परिकल्पनकार एवं संस्थापक संरक्षक साहित्यकार तथा अन्वेषक स्वर्गीय पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित यस सम्मान हरेक वर्ष प्रदान गरिँदै आएको छ । ०७५ मा प्रा. दयाराम श्रेष्ठ र ०७६ मा संस्कृतिविद् देजेश्वरबाबु ग्वांगलाई प्रदान गरिएको थियो ।
साथै पचास वर्ष पहिलाको कपनको तस्बिर राखिएको कविता विशेषांक २०७९ मा एक सय ११ राष्ट्रिय तथा नवोदित कविहरुको रचना समेटिएको छ । समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संरक्षक तथा बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी, प्रा। हेमनाथ पोडेल, प्रा जगत प्रेक्षित, भारद्वाज मित्र लगायत साहित्यकारको उपस्थिति रहेको थियो ।
नेपालको राजनीतिक व्यवस्थाबाट जनताले अति धेरै अपेक्षा गरेका थिए । नेपाल प्रहरी र सेनाविरुद्ध पटक पटक जनताले त्यतिकै विद्रोह गरेका होइनन् । सुखानीका जंगलदेखि राप्ती कर्णालीका पहाडहरूसम्म पनि त्यत्तिकै रक्तपात भएका थिएनन् । राजनैतिक परिवर्तनसँगै आर्थिक र सामाजिक क्षेत्रमा व्यापक रुपान्तरण हुने आशा गरिएको थियो । तर, आज स्थिति विपरीत एवं भयावह अवस्थामा पुगेको छ । राजनीति, अर्थतन्त्र र समाज अग्रगमनको बदला क्षतविक्षत अवस्थामा पुगेका छन् । राजनीति कोरोना, भूकम्प र बाढी जस्ता अनेक राष्ट्रिय विपदलाई मात्र दोष दिएर उम्कने ठाउँ छैन । हामीले जति सरापे पनि राजाको शासनमा १९ प्रतिशत औद्योगिक उत्पादन पुगेको तथ्याङ्कलाई कुनै पनि अर्थशास्त्रले चुनौती दिने अवस्था छैन ।
आज जनताप्रति उत्तरदायी अझ जननिर्वाचित सरकार छ । तर, वित्तीय संकटको वेला निजी क्षेत्रमाथि डकैती पाराले ८० प्रतिशत लगानी गरेका बैंकले १६ प्रतिशतसम्म रातारात ब्याज बढाएपछि उद्योगीहरू यस्तो अन्यायपूर्ण निर्णयविरुद्ध विद्रोह गरी विरोधी दलले जस्तै माइतीघर मण्डलामा नाराबाजी गर्न पुगे । यसलाई नेपाल राष्ट्र बैंकका गभर्नरले अराजकताको पराकाष्ठा भनी ऋणिहरूमाथि ठाडो कारबाही गर्नुपर्ने भने । गभर्नरको उक्त अभिव्यक्तिले अराजकता बढाउने आशंका गर्दै अर्थशास्त्रीहरूले सरकार विवेकहीन भएको टिप्पणी गरेका थिए ।
देशको आर्थिक दुरावस्था श्रीलंका र पाकिस्तानको तटीय क्षेत्र नेपाल त पर्ने होइन ? त्यस्तै आशंकाबीच राष्ट्रिय पूँजीपतिहरू आम जनता जतिकै उत्पीडनमा परेको र वर्तमान आर्थिक, सामाजिक, प्रशासनिक र अमर्यादित कारोबारका कारण इलामका होनहार व्यवसायी प्रेमप्रसाद आचार्य सन्तोषको जस्तो आत्मदाहको स्थितिमा छन् । यस्तो अराजकतापूर्ण अवस्थामा मंसिर ४ को निर्वाचनबाट देशले पाएको नयाँ नेतृत्वका सामु गम्भीर चुनौतीहरू खडा भएका छन् । यो चुनौतीको सामना प्रधानमन्त्री र अर्थमन्त्रीले मात्र गरेर हुँदैन । अर्थ मन्त्रालयले सरकारमा संलग्न सबै दल र प्रतिपक्षी दलका राजनीतिक शक्तिहरूबीच एक सर्वदलीय सम्मेलन आयोजना गरेर समाधान निकाल्नुपर्छ । देशमा राजनीतिक क्रान्ति धेरै पटक भयो । हामीलाई आर्थिक क्रान्ति जरुरी छ । यो सबै तप्काका नेताहरूले बोल्दै आएका छन् । तर, व्यवहारमा कोही पनि जिम्मेवार भएको देखिँदैन । श्रीलंकाको जस्तो स्थिति आइहाले कसले जिम्मेवारी लिने ? कोही बोलिरहेको छैन । देशका अर्थशास्त्री एवम् विशिष्ट प्रकारका विज्ञहरू हामीकहाँ नभएका होइनन् । तर, खतराको घण्टी नबजेसम्म कोही नबोल्ने स्थिति किन ?
देशको आर्थिक दुरावस्था श्रीलंका र पाकिस्तानको तटीय क्षेत्र नेपाल त पर्ने होइन ? त्यस्तै आशंकाबीच राष्ट्रिय पूँजीपतिहरू आम जनता जतिकै उत्पीडनमा परेको र वर्तमान आर्थिक, सामाजिक, प्रशासनिक र अमर्यादित कारोबारका कारण इलामका होनहार व्यवसायी प्रेमप्रसाद आचार्य सन्तोषको जस्तो आत्मदाहको स्थितिमा छन् ।
जंगलबाट आएका क. प्रचण्डलाई धेरै समय बितिसक्यो । तर, सबैलाई समेट्ने र राष्ट्रलाई नेतृत्व दिने प्रयास उहाँले कहिल्यै गरेको देखिएन । उहाँलाई सिंहदरवारका भर्याङ्ग ओर्लन अप्ठ्यारो छ भने आफ्ना सहकर्मी उपप्रधानमन्त्रीलाई अघि सार्नुपर्छ । आर्थिक क्षेत्रको जिम्मेवारी पाएका उपप्रधान तथा अर्थमन्त्री क. विष्णु पौडेलले अब आफ्नो कार्यशैली परिवर्तन गरेर राष्ट्र जोगाउन आर्थिक अराजकतालाई नियन्त्रण गर्न सक्नुपर्छ । यस क्षेत्रलाई नै रुपान्तरण गर्न उहाँले हिम्मत नगरे भोलि कुनै पनि दुर्घटना निम्तिन सक्छ ।
विविध क्षेत्रका विज्ञ र अर्थविद्हरू विविधखाले राजनीतिक समूह र बुद्धिजीवीहरूसँग संवाद गर्दा क. विष्णु पौडेलले अर्थ मन्त्रालयको असुली, लगानी र व्यवस्थापन ढर्रालाई रुपान्तरण गर्ने साहस पनि गर्नुपर्छ । असुलीमा जे जस्तो कर प्रणली छ, त्यो पूँजीवादी र सामन्ती पालाको मात्र नभएर औपनिवेशिक पारा को छ । यो राष्ट्रिय पूँजीपतिहरूलाई प्रेम आचार्यले झैं आत्मदाह गराउने खालको छ । जनस्तरमा झन कस्तो पीडा होला ?
लगानी पनि पक्षपातपूर्ण र फजुल खालको छ र शक्तिमा पहुँच भएकाहरूको मनोमानीमा आधारित छ । सधैं राष्ट्रिय प्राथमिकताको आधारमा नभएको गुनासो संसदमा उठिरहेकै छ । नेपालको बजेटमा जति राजस्व उठ्छ, त्यसले केन्द्र, प्रदेश र स्थानीय सरकारहरू पाल्न पनि धौ धौ छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब दिने पैसा ढुकुटीमा छैन भनेको केही समयमै श्रीलंकाको जनविद्रोह सामुन्ने आएपछि नेपाल पनि बर्बाद हुने भो भन्ने आशंका उत्पन्न भएको थियो । त्यसैमाथि अति महँगो निर्वाचनले गर्दा अर्थतन्त्र संकटग्रस्त बन्यो । बजारमा तरलताको अभावले ठूलो विपत आइरहेको वेला अर्थमन्त्रीले उद्यमी, व्यवसायीहरूसँग संवाद अगाडि बढाए । यसपछि बजारमा शेयरको भाउमा आएको थोरबहुत सुधारले अर्थतन्त्रले गति पाउने आशा पलाएको हामीले नकार्न मिल्दैन ।
देशमा राजनीतिक क्रान्ति धेरै पटक भयो । हामीलाई आर्थिक क्रान्ति जरुरी छ । यो सबै तप्काका नेताहरूले बोल्दै आएका छन् । तर, व्यवहारमा कोही पनि जिम्मेवार भएको देखिँदैन । श्रीलंकाको जस्तो स्थिति आइहाले कसले जिम्मेवारी लिने ?
आर्थिक क्षेत्रको नेतृत्व गरेका क. विष्णु पौडेलले सेतो हात्ती जस्ता प्रदेश सरकारहरूलाई हटाउन सक्ने कुरा भएन । २२औं खर्ब दिइसकेका दाताहरूको भरमा सधैं देश सञ्चालन गर्ने स्थिति पनि हुँदैन । त्यसैले राष्ट्रियस्तरमै चौतर्फी सम्भावनाहरू खोजेर तत्काल नेपाललाई आत्मनिर्भर बनाउने, परनिर्भर अर्थतन्त्रबाट देशलाई उकास्ने अनेक बाटाहरू छन् । नेपालको बिजुली र पानी जस्तो कच्चापदार्थ बेच्ने नीतिलाई उपयुक्त मान्न सकिँदैन । पञ्चायत जिताउने जनमतसंग्रह जस्तो वनजंगल फडानी गर्न हुँदैन । अहिले उत्तराखण्डमा विकासको नाममा जथाभावी उत्खनन् गर्दा जमीनमा धाँजा फाटेर पहाडहरू नै भत्किने अवस्था आएको छ ।
यसबारे नेपालका सबै योजनाहरूलाई एकचोटि पुनः मूल्यांकन गरेर कतिपय योजनाहरू अविलम्ब रोक्नुपर्ने र धार्मिक तथा सांस्कृतिक क्षेत्र, हिमाल, पहाड, नदी, जलाशय आदिको संरक्षण गर्नुपर्ने खाँचोतिर पनि ध्यान दिनुपर्छ । सुकेका रुख र फोहोर खोला, गन्हाउने पोखरीलाई शुद्ध पार्ने जिवातु जस्ता राष्ट्रिय उत्पादनलाई राज्यले प्रोत्साहन दिनुपर्छ । अहिले विश्वमा कृषि वैज्ञानिकहरूले प्रचलित उत्पादनको सट्टा दशौं गुणा नाफा दिने र प्रकृतिको संरक्षण पनि गर्ने अत्याधुनिक प्रविधिको विकास गरेका छन् । यसबाट विश्व बजारमा मच्चिएको हलचलसँग हाम्रा किसानहरूलाई जोड्न सक्यो भने देश सम्पूर्ण रुपमा आत्मनिर्भर हुने चेतना सरकार र यस अर्थतन्त्रका नेता उपप्रधानमन्त्री क. विष्णु पौडेललाई हुनुपर्दछ ।
भन्ने वेलामा सर्वहारा वर्गको उत्थान गर्ने, समाजवाद ल्याउने राष्ट्रिय पूँजीपति वर्गको संरक्षण गर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण भन्ने हाम्रो संविधानको निर्देशनात्मक सिद्धान्त र सत्ताधारी दलहरूको सैद्धान्तिक आदर्शलाई व्यवहारमा उतार्न धेरै ढिला भइसक्यो । त्यसैले श्रीलंका होइन, चीनको जस्तो जनवादी समाजवादी मार्ग अवलम्बन गर्ने र विश्व बजारलाई आवश्यकताअनुसार संयोजन र सम्बोधन गर्न सक्नुपर्दछ । त्यस्तो चेतना भएका सत्ताधारी दलभित्रका बौद्धिक क्षमता राख्ने व्यक्तित्वहरुलाई समेत उचित प्रोत्साहन भए तीन करोड जनता र सानो देश रातारात विश्वको आर्थिक नमुनाकै रुपमा निर्माण गर्न सकिन्छ ।
सहिदको सम्झनामा निर्मित सहिदगेट देखेपछि जो कोही नेपालीमा निःस्वार्थ रुपमा सहिदप्रति सम्मान जाग्छ, स्वस्फुर्त श्रद्धा भाव आउँछ र उनीहरुबाट प्रेरित भइन्छ । त्यतिमात्र होइन, एकछिन ऐतिहासिक आन्दोलनको गरिमालाई सोच्न बाध्य बनाउँछ । ती नै सहिदहरुको योगदानले नेपालको वर्तमान शासन व्यवस्था गणतन्त्रको जगमा उभिएको छ । आज ती सहिदहरुका सपना पूरा भए कि भएनन् ? फेरि फर्केर हेर्नुपर्ने र एकछिन गम्भीर मनन् गर्नुपर्ने वेला आएको छ ।
नेपालका हरेक आन्दोलनमा नेपाली जनताको उत्साहपूर्ण बलिदानी इतिहास छ । चाहे त्यो निरंकुश राणा शासनविरुद्व होस् वा पञ्चायत र राजतन्त्रविरुद्व । देशका होनहार चार सपूतले हाँसी-हाँसी प्राण आहुति दिएको ८२ वर्ष पुग्यो । यो निरंकुश राणा शासनविरुद्व उठाइएको आन्दोलनको पहिलो साहसपूर्ण कदम र बलिदान थियो । त्यसकारण ती अमर सहिदहरुको स्मरणमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । सहिदको सम्मान र श्रद्धाको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । जसमा सहिदले देखाएको मार्ग अनुशरण गर्ने प्रतिबद्धता जनाइन्छ । तर, सहिदहरूप्रतिको यस्तो सम्मान भाव अहिले औपचारिकतामा मात्रै सीमित छ । सहिदको विचार, सपनालाई आत्मसात गरेर कार्यान्वयन गरिँदैन । यो एउटा गम्भीर सवाल हो ।
राणा शासनको अन्यायविरुद्व बोल्दा लगातार ६ दिनभित्र चार जना वीर योद्धाहरुले क्रमशः मृत्यदण्डको सजाय भोग्नुपरेको थियो । चार सहिदले आफू मरेर गए पनि आन्दोलनको बिजारोपण गर्दै आम नागरिकलाई स्वतन्त्रता दिलाएका थिए । जसले गर्दा आन्दोलनको राप र ताप कहिल्यै सेलाएन । निरन्तर आन्दोलनको ज्वाला दन्किरह्यो । चार सपुतले बालेको आन्दोलनको झिल्को आगोमा परिणत भयो । परिणामस्वरूप त्यसको दश वर्षपछि २००७ सालमा प्रजातन्त्र स्थापना भयो । त्यसैगरी पञ्चायत, बहुदलीय व्यवस्था हुँदै लोकतान्त्रिक व्यवस्थासम्म पुग्यो । सत्तामा विराजमान राजा र महाराजाहरुलाई सत्तामा नफर्किने गरी किनारा लगाइयो ।
सहिदको सम्मान र श्रद्धाको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । जसमा सहिदले देखाएको मार्ग अनुशरण गर्ने प्रतिबद्धता जनाइन्छ । तर, सहिदहरूप्रतिको यस्तो सम्मान भाव अहिले औपचारिकतामा मात्रै सीमित छ ।
निरन्तर बढ्दो छ सहिदको सूची
सहिदहरुको विचारलाई अनुशरण गर्नेहरुहरु विभिन्न आन्दोलनमा होमिएर सहिदकै लाइनमा उभिए । राणाकालीन अवस्थामा उठेको आन्दोलन राजतन्त्र अन्त्य गराउनसम्म पुग्यो । नेपाली आन्दोलनको घटनाक्रमअनुसार सहिदहरुको छुट्टाछुट्टै विरासत पाइन्छ । राणा शासनविरुद्व प्रजा परिषद्को गतिविधिमा लागेको अभियोगमा विसं १९९७ साल कात्तिक २ गते शुक्रराज शास्त्रीलाई पक्राउ गरियो । चार महिनापछि माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजा परिषद् स्थापना गरियो । जनतालाई राजनैतिक अधिकारका लागि क्रान्ति गर्न थालेका शुक्रराजलाई टेकुस्थित खरीको रुखमा झुण्डयाएर हत्या गरिएको थियो । त्यसको दुई दिनपछि माघ १३ गते सिफलमा धर्मभक्तलाई झुण्डयाएको थियो ।
यसैगरी माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी राणाहरुले हत्या गरेका थिए । यसरी तानाशाही शासनविरुद्ध बोल्दा चार वीर योद्धाहरुलाई मृत्युदण्डको सजाय दिइएको थियो । यदि चार सपुतले निरंकुश शासनविरुद्ध औंला नउठाएको भए देश कुन अवस्थाबाट गुज्रिरहेको हुन्थ्यो होला ? अनुमानसमेत गर्न सकिन्न । त्यतिखेर आन्दोलनको राप र तापले एकपछि अर्को उपलब्धि प्राप्त गर्दै गयो । तर, पूर्णता भने पाउन सकेन । प्रजातन्त्र प्राप्तिपश्चात् स्थापना भएको राज्य व्यवस्थाले जनताको पक्षमा काम गर्न सकेन । उल्टै प्रजातन्त्रको चीरहरण गर्ने खतरा देखापर्यो । त्यसपछिको निरन्तर आन्दोलनको बलमा १०४ वर्षे राणा शासनको अन्त्यसँगै पञ्चायती व्यवस्थाको स्थापना भयो ।
तर, पञ्चायतले समेत अपेक्षाकृत रुपमा जनताको हितमा काम गर्न सकेन । फेरि एकतन्त्रीय पञ्चायतकै विरुद्धमा जनताले लामो कठिन संघर्ष गर्नुपर्यो । सयौंको बलिदानले २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य गर्दै बहुदलीय व्यवस्था आयो । त्यसपछि पनि राजनीतिक नेतृत्वहरुको स्वेच्छाचारीले गर्दा प्रजातन्त्रको अवलम्बन जनताको पक्षमा हुन सकेन । जनताको बढ्दो वितृष्ण र विदेशीहरुको टेकोमा विसं २०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र युद्धको थालनी भयो । उक्त दशवर्षीय सशस्त्र माओवादी युद्धमा ज्यान गुमाउनेहरुको संख्या हजारौं छ । तत्कालीन सात राजनीतिक दलहरुको नेतृत्वमा २०६२/६३ को जनआन्दोलन, माओवादी प्रभाव र गिरिजाप्रसाद कोइरालाको प्रथम राष्ट्रपति बन्ने मृगातृष्णाले कसैले नसोचेको गणतन्त्र आयो । सहज रुपमा विनारक्तपात २४० वर्षे लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो ।
प्रजातन्त्र प्राप्तिपश्चात् स्थापना भएको राज्य व्यवस्थाले जनताको पक्षमा काम गर्न सकेन । उल्टै प्रजातन्त्रको चीरहरण गर्ने खतरा देखापर्यो ।
जसरी नेपालमा निरंकुश शासनविरुद्ध सशक्त आवाज उठाउने पहिलो (पछिल्लो खोजले बाँकावीर) महान सहिद लखन थापाको नाम अगाडि आउँछ । विसं २०५६ सालमा सरकारले उनलाई सहिद घोषणा गर्यो । लखन थापाले राणाहरुको विरुद्धमा गोरखा जिल्ला बुङकोटको काहुले भङ्गारमा विद्रोही किल्ला निर्माण गरेको इतिहास छ । त्यसैगरी उनले हजाराैं स्थानीय जनताको साथमा लडाइँको मोर्चाबन्दी गरेको भन्ने छ । यसरी मोर्चाबन्दी गर्दा विसं १९३३ फागुन २ गते लखन थापा राज्य पक्षबाट मारिएका थिए । समाज र जनताको लागि उनले गरेको योगदान उल्लेखनीय छ । यसरी विसं १९९७ देखि २०६२/०६३ को आन्दोलनका बीच करिब ६५ वर्षको अवधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समयमा आन्दोलन हुँदै गयो । आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गयो । सोहीअनुसार सहिद घोषणा गर्ने क्रम जारी रह्यो ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६२/०६३ को जनआन्दोलनमा ज्यान गुमाएका २६ जनालाई सहिद घोषणा गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा एकमुष्ट आठ हजारभन्दा बढी माओवादी युद्वमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरिएको थियो । अहिले नौ हजारभन्दा बढीको नाम सहिदको सूचीमा उल्लेख गरिएको छ । घोषणा गरिएका सहिदहरुको एकमुष्ट विवरण कुनै पनि सरकारी निकायमा छैन । गृह मन्त्रालयका अनुसार हरेक आन्दोलनमा र घटनामा फरक-फरक सहिदको सूची बनाइएको पाइन्छ । यसरी विभिन्न आन्दोलनमा हजारौं सपुतहरुले जनता र राष्ट्रका निम्ति रगत बगाएको वास्तविक इतिहास हामीमाझ जीवितै छ । आज सहिदको नाम लिँदा इतिहासमात्र बनाउन खोजिएको जस्तो देखिन्छ । सहिदहरुको त्याग, बलिदान, समर्पण एवम् विचारप्रति राज्य पक्ष आजसम्म इमानदार र गम्भीर नहुनु दुःखद कुरा हो ।
उपेक्षामा सहिदहरुको योगदान
देशको स्वाधीनता, राष्ट्रियता र लोकतन्त्रको रक्षाको निम्ति सहिद भएकाहरुको विचार आधारस्तम्भबाट आन्दोलनको जग स्थापित भएको हो । शासकीय प्रणालीअनुरुप हुँदै आएका अन्याय, अत्याचार, दमन र दासत्वविरुद्धको बलिदानपूर्ण संघर्ष गरे । राणाकालीन शासनको हुकुमी शासनमाथि धावा बोले । राणा शासनको निरंकुशताविरुद्ध आन्दोलनको आँधीबेहरी ल्याए । जसबाट शासकहरुको अन्त्य भयो । सहिदहरुको अठोट र संकल्पको सुनौलो परिणामले आज देशको व्यवस्था फेरबदल भयो । तर, जनताको अवस्ता उस्तै छ । सहिदहरुको सपना शासक र शासन व्यवस्था बदल्नेमात्र थिएन । जनताको अवस्थालाई परिवर्तन गर्ने दृढ संकल्प पनि थियो । राणा शासन होस् वा पञ्चायतविरुद्ध बोल्न कसैको आँट थिएन । निरंकुश शासनले शोषण, दमन, अन्याय, अत्याचार, असमानता, विभेद, विकृति र विसंगतिले मानव हितको सीमा नाघिसकेको थियो । ‘हत्केलाले सूर्यलाई छेक्न सक्दैन’ भने झैं चार सपुतले राणाकालीन शासनविरुद्ध गरेको आन्दोलन रोक्न शासकहरुलाई हम्मे हम्मे पर्यो । सहिदको वैचारिक विचारको शक्ति र परिवर्तनका निम्ति गरेको अठोट राणाको गर्जनभन्दा बलवान थियो । जुन राष्ट्र र समाजप्रति समर्पित थियो ।
विसं १९९७ देखि २०६२/०६३ को आन्दोलनका बीच करिब ६५ वर्षको अवधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समयमा आन्दोलन हुँदै गयो । आन्दोलनमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गयो । सोहीअनुसार सहिद घोषणा गर्ने क्रम जारी रह्यो ।
त्यसकारण वीर सहिदहरुलाई ज्यानभन्दा देश, समाज र जनता प्यारो लाग्थ्यो । फलस्वरुप निरंकुश शासन व्यवस्था फाल्न र जनताको शासन प्रणाली स्थापना गर्न ज्यानको बाजी थापेर लडे । मृत्यु र मुक्तिको बाटो रोजे । विचारमा कहिल्यै डगमगाएनन् । खुशीले शासकले लगाएको फाँसीको माला लगाए । बरु मृत्यु स्वीकारे । हार खाएर पछि हटेनन् । त्यसैले त समाज र राष्ट्र निर्माणमा सहिदहरु सधैं अमर र महान छन् । जहाँ ती सहिदहरुप्रति राष्ट्रले सधैं शीर झुकाएर श्रद्धा र सलाम गर्दछ । आज पनि अन्याय र अत्याचारविरुद्ध सहिदहरुको विचार जगजाहेर छ । वीर सहिदहरुको सतीसाल विचार यतिसम्म स्पातिलो छ कि कुनै वैरी र शासकहरुसँग झुक्दै नझुक्ने । न्यायको निम्ति लड्ने हरेकको मनमा सहिदहरुको विचार फहराइरहेको छ । नेपालका ऐतिहासिक आन्दोलनहरुमा बलिदान दिनेहरुको नाम आज स्वर्ण अक्षरले कोरिएको छ । सहिदहरुकै कारण लोकतन्त्र, गणतन्त्रसँगै हामी संघीय शासन प्रणालीमा छौं ।
अन्त्यमा नेपालमा जति पनि आन्दोलनहरु भए । ती आन्दोलनलाई तानाशाही शासन र राजतन्त्रविरुद्ध जारी राख्न सहिदहरुको विचारको आधार खम्बा बलियो थियो । त्यसले नेपालको एकात्मक राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतान्त्रिक शासन व्यवस्था स्थापना गरेर छोड्यो । यो परिवर्तित व्यवस्थामा आन्दोलनको रापले राजनीतिक दलका व्यक्तिहरु राज्य सञ्चालनको तहमा पुगेका छन । यो व्यवस्थासम्म आउँदा धेरैले रगत बगाएका छन् । हजारौं आमाहरुको काख रित्तिएको छ । हजारौं महिलाहरु एकल भएका छन् । त्यसकारण सत्तामा पुग्ने कोही, कसैलाई सहिदहरुको त्याग, बलिदान, रगतसँग साटेर ल्याएको संविधान, गणतन्त्र र लोकतन्त्रको महिमालाई कुनै पनि बहानामा अवमूल्यन गर्ने छुट छैन ।
हजारौंको बलिदानको गरिमा र विरासतलाई वर्तमान सरकारले ओठे श्रद्धा र सम्मान गरेरमात्र पुग्दैन । सहिदहरुले नेपाली जनता, समाज र राष्ट्रपति बोकेको सपना पूरा गर्न दत्तचित्त भएर लाग्नुपर्छ । जनताको रगत र पसिनाले ल्याएको व्यवस्थाले जनताको हक अधिकार स्थापित गर्न सक्नुपर्छ । ती वीर सहिदहरुको सपना पूरा गर्ने बहानामा राज्यको बागडोर सम्हालेका कथित ठूला भनिएका दलहरु आफ्नो दुनो सोझ्याउने किञ्चित मौका छँदैछैन । सत्ता हत्याउने होडबाजी गर्न महत्वाकांक्षा राख्नुभन्दा लोकतान्त्रिक मूल्य मान्यतालाई कार्यान्वयन गर्न सबै दलहरु जिम्मेवार बन्नुपर्छ । व्यवस्था बदलिएको देशमा जनताको अवस्था बदल्न सबै राजनीतिक नेतृत्व इमानदार, पारदर्शी र जवाफदेही बन्नैपर्छ । सबै राजनीतिक दलहरुले विभिन्न ऐतिहासिक आन्दोलनहरुको समीक्षा गर्नुपर्छ । हिजो सहिदहरुले उठाउँदै आएका राजनीतिक र सामाजिक मुद्दाहरु आज कस्तो अवस्थामा छन् ? त्यसबारेमा निर्मम पुनरावलोकनसँगै सहिदहरुको सपनालाई व्यवहारमा कार्यान्वयन गरिनुपर्छ । यसो नगर्दासम्म सहिदहरुको सपना, त्याग र बलिदानको साँचो अर्थमा सम्मान भएको मान्न सकिँदैन ।
पुस २६ मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट कानून बनाएरै रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका थिए । रेशम चौधरीमाथि अन्याय भएको प्रधानमन्त्रीले संसदमै बताए । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले यसअघिका विभिन्न कार्यक्रमहरूमा पनि रेशम ‘निर्दोष’ रहेको अभिव्यक्ति दिँदै आएका छन् ।
वैशाख ८ गते माओवादी केन्द्रले कैलालीको गौरीगङ्गा नगरपालिकास्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘रेशम चौधरीको टीकापुर घटनामा कुनै संलग्नता छैन, उनी निर्दोष छन् । तर, उनलाई फसाइएको छ ।’
उनले त्यो वेला रेशम चौधरीलाई ‘फसाइएको’ बताएका थिए । ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन्’, प्रचण्डले भनेका थिए, ‘दोस्रो चोटि प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ । त्यति वेला मिडियामा ठूलो आलोचना भएको थियो । मैले रेशमलाई भेट्न नहुने केही कारण छैन । मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु, भित्र पनि भेट्न सक्छु ।’
देशकै प्रधानमन्त्रीले एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जाने गरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै आजीवन कारावासको सजाय भोगिरहेका रेशमलाई कुन आधारमा ‘निर्दोष’ भनिरहेका छन् त ? के टीकापुर घटनामा रेशम ‘निर्दोष’ नै हुन् ? प्रधानमन्त्रीले भने झैं के रेशम उक्त घटनामा संलग्न थिएनन् ?
यी सबैको उत्तर रेशम चौधरीले आफ्नो पुस्तक चिरफारमा उल्लेख गरेका छन् । घटना भएको अहिले करिब ७ वर्ष पुरा भइसकेको छ । रेशम चौधरीले घटनाको करिब साढे दुई वर्षपछि उक्त पुस्तक प्रकाशन गरेका थिए । त्यो वेला उनी फरार थिए । जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्नुभन्दा अघिसम्मको परिवेश राखेर उनले आफूलाई किताबमा ‘निर्दोष’ भएको प्रस्टीकरण दिएका छन् ।
उनले पुस्तकमा भदौ ७ गतेको घटनालाई मात्रै एक पक्षीय रूपले विश्लेषण गरेको तर, भदौ ८ गते ८७ जना थारुहरूको घर जलाएको विषयमा सबै सरोकार निकाय मौन रहेको आरोप लगाएका छन् ।
उनले पुस्तकमा भदौ ७ गतेको घटनालाई मात्रै एक पक्षीय रूपले विश्लेषण गरेको तर, भदौ ८ गते ८७ जना थारुहरूको घर जलाएको विषयमा सबै सरोकार निकाय मौन रहेको आरोप लगाएका छन् ।
‘टीकापुरको ओम शान्ति भवनमा एउटी थारु थरकी महिला बच्चासहित सेन्टर लिइरहेकी थिइन् । ती महिलालाई उद्धार गरेर धनगढीसम्म पुराइदिन लाख बिन्ती गरियो । तर, मानव अधिकारकर्मी सुदीप पाठक कर्णाली पुगेर माछा भात खाएर रमाए’ उनले पुस्तकमा लेखेका छन् ।
भदौ ७ गतेको घटनालाई रेशम चौधरीले ‘संयोग र भूकम्प जस्तै’ भएको व्याख्या गरेका छन् ।
सरकारी कार्यालयहरूमा भाद्र ७ गते ‘थरुहट र थारुवान प्रदेश’ लेखन कार्यक्रम आयोजना गर्ने तयारी थाहा पाएपछि आफूले त्यो कार्यक्रम केही दिनपछि सार्न र उक्त दिन टीकापुर नभई गाविस केन्द्रित गर्न आग्रह गरेको । तर, रामजनम चौधरीले प्रतिवाद गरेको रेशमको प्रस्टीकरण छ ।
आन्दोलनको धरातलमा नभएर पनि हैकम चलाउन खोज्ने नेतृत्वको कमजोरीले घटना हुन गएको रेशमले पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा उनले अर्काे सनसनीपूर्ण कुराको पनि खुलासा गरेका छन् । उनका अनुसार २ वर्षका बालक टेकबहादुर साउदको मृत्यु आन्दोलनकारीबाट नभए प्रहरीको गोलीबाट हुन गएको पुस्तकमा उल्लेख गरेका छन् ।
उनले ६ गते इलाका प्रशासन कार्यालयमा आफूलाई भित्तेलेखनको बारेमा थाहा नभएको र आफू थरुहट आन्दोलनको संयोजक नरहेको स्पष्ट पारेका थिए ।
७ गते (घटनाको दिन) एसएसपी लक्ष्मण न्यौपानेलाई घटना हुन नदिन आफूले सुरक्षाबारे जानकारी गराएको तर, अरु वेला आफ्नो कुरा गम्भीर रुपमा सुन्ने न्यौपानेले त्यो दिन ‘तपाईं आन्दोलनकारीहरूको कुरा सुनेर हुन्छ’ भनेकोसमेत उल्लेख गरेका छन् ।
आन्दोलनका केन्द्रीय संयोजक रामजनम चौधरीलाई रेशमले भनेको कुरालाई पुस्तकमा यसरी उतारेका छन् । ‘भित्ते लेखनको गाविस केन्द्रित गरौं । सोच विचार नगरी अकस्मात् यस्तो कार्यक्रमले मान्छे मर्छन् दाइ ।’
रामजनमको जवाफ, ‘मरे मर्छन् नि ! दुई चार जना नमरे त पहिचान पनि पाइँदैन भाइ ।’
त्यसपछि फोन काटेको पनि पुस्तकमा छ ।
यता आफ्नो कुरा कसैले मान्ने अवस्था सृजना नभएपछि आफू त्यति वेलै अब जेसुकै होस् भनेर बर्दिया निस्केको रेशमले पुस्तकमा लेखेका छन् ।
बर्दियामै रहेको वेला एसएसपी लक्ष्मण न्यौपानेसहित २६ जना मारिएको समाचार आफूले थाहा पाएको उल्लेख छ । (पछि नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यानको पुष्टि हुन्छ ।)
७ गते (घटनाको दिन) एसएसपी लक्ष्मण न्यौपानेलाई घटना हुन नदिन आफूले सुरक्षाबारे जानकारी गराएको तर, अरु वेला आफ्नो कुरा गम्भीर रुपमा सुन्ने न्यौपानेले त्यो दिन ‘तपाईं आन्दोलनकारीहरूको कुरा सुनेर हुन्छ’ भनेकोसमेत उल्लेख गरेका छन् ।
त्यही वेला रेशमलाई शेरबहादुर देउवाको फोन आउँछ ।
‘के भयो रेशम ?’
‘दाइ म बर्दिया आएको छु । सबै बुझेर फोन गर्छु ।’
त्यसपछि रेशमले पत्रकार गणेश चौधरीलाई फोन गर्छन् । (गणेश चौधरी अहिले नागरिक उन्मुक्तिबाटै जानकी गाउँपालिकाको अध्यक्ष छन् ।)
‘अरू कुरा त्यस्तै हो, पहिला तपाईं बाँच्नुहोस् । सुरक्षित रहनुहोस् प्लिज’, पत्रकार गणेश चौधरीले रेशमलाई सुझाव दिन्छन् ।
यो घटना भएको दिन अर्थात् भदौ ७ गतेकै कुराकानी हो । त्यसपछि आफू भारत पसेको उनले पुस्तकमा उल्लेख गरेका छन् ।
भारतबाटै शेरबहादुर देउवालाई फोन गरेको र आफ्नो व्यवसायमा भएको क्षतिबारे बताएपछि क्षतिपूर्ति पाउने आशा देखाएको पुस्तकमा छ ।
दिल्लीमा केपी ओली जाँदा भेट्न आफू लखनउबाट पुगेको तर, ओलीले नचिनेपछि आफू फर्किएको प्रसङ्ग पनि छ । त्यसपछि दिल्लीमा प्रचण्डलाई भेटेको प्रसङ्ग रेशमले उतारेका छन् । प्रचण्डलाई भेट्न जाँदा ऋषि धमलाले अन्तर्वार्ता लिने र निर्दोष सावित गराउनेदेखि भवानी राणाले ‘तपाईं निर्दोष हो, नेपाल जाऊ’ भनेकोसम्मका कुरा लेखेका छन् ।
खाना खाँदै गर्दा प्रचण्डसँग रेशम चौधरीको भेट भयो । प्रचण्डले सोधे, ‘के छ तपाईंको हाल खबर ?’
रेशमले टाउको हल्लाउँदै ‘ठीक छ’ भने ।
‘तपाईं त्यो घटनामा त हुनुहुन्न’, प्रचण्डले फेरि सोधे ।
‘थिइनँ म बर्दिया थिएँ’, रेशमले छोटो जवाफ दिए ।
‘ए त्यसो भए ठीक छ । अब यो एक हप्ता जति लाग्छ । सबै ठीक होला’, प्रचण्डले रेशमलाई ढाडस दिए ।
उनले पुस्तकमा प्रचण्डलाई राजनेताको संज्ञा दिएका छन् ।
पुस्तकमा रेशमले भदौ ७ गते यति धेरै संख्यामा थारु नागरिकहरू कसरी त्यहाँ पुगे भन्नेबारे आफू अनुत्तरित रहेको बताएका छन् । टीकापुर घटनालाई दरबार हत्याकाण्ड जस्तै रहस्यमयी उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट छानबिन भए ठूलाहरू पनि पक्राउ पर्न सक्ने उनको सङ्केत छ ।
पुस्तकमा रेशमले भदौ ७ गते यति धेरै संख्यामा थारु नागरिकहरू कसरी त्यहाँ पुगे भन्नेबारे आफू अनुत्तरित रहेको बताएका छन् । टीकापुर घटनालाई दरबार हत्याकाण्ड जस्तै रहस्यमयी उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट छानबिन भए ठूलाहरू पनि पक्राउ पर्न सक्ने उनको सङ्केत छ ।
आफू भारतमा हुँदा छोराले साइकलको लागि गरेको जिद्दीलाई उनले भावुकसँगले प्रस्तुत गरेका छन् । छोराको जिद्दी र आफ्नो अवस्थाबारे लेखेको आलेखपछि एक पाठकले छोरालाई साइकल किनिदिएको प्रसङ्ग पनि पुस्तकमा छ ।
खडकबहादुर सिंह र गोपाल भुटानीको सालिक बनाएका रेशमले पुस्तकमा जगतपुरमा जगतराम हमालको सालिक बनाउने रहर रहेको लेखेका छन् ।
उनले आफ्ना मागबारे उल्लेख गर्दै भनेका छन्, ‘भौगोलिक-सांस्कृतिक पहिचानसहितको प्रदेश मागेका हौं । जातीय राज्य होइन । हामीलाई जातीय पहिचान होइन, पहिचानको भूगोल देऊ भनेका हौं ।’
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमिगत अवस्थामै लेखेको पत्र पनि उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘टीकापुरमा ठूलो दुर्घटना भयो । दुर्घटना घटाउने थारु संघर्ष समिति (सभासद्) तर्फका मन्त्री भए । घटना हुलमुलमा भयो । जिम्मा वैद्यले लिए । घटना कसको कमजोरीले भयो ? घटेपछि पन्छिन पाइन्छ ?’
उनले ओलीलाई लेखेको पत्रमा ‘जुलुस अलि ठूलो छ, कर्फ्यु लगाउनुपर्ला’ भनेर आफैंले प्रमुख जिल्ला अधिकारीलाई भनेको र निकै प्रयास गर्दा पनि जुलुस नरोकिएपछि सशस्त्र प्रहरीको प्रमुखलाई खबर गरेको भन्दै आफू दोषी नरहेको प्रस्ट पारेका छन् ।
उनले त्यही पत्रमा आफूले ‘यस्तो जुलुस बजारमा लानु हुँदैन, हिंसा हुनसक्छ’ भन्दाभन्दै ‘जानुपर्छ, मार्नुपर्छ, मर्नुपर्छ’ भन्ने मन्त्री भएकोसमेत उल्लेख गरेका छन् । ‘घटनाको जिम्मा लिने तपाईंहरूसँगै बसेर भोज खाने, अनि घटना नगरौं भन्ने म चाहिँ राष्ट्रघाती हुने’ रेशमले ओलीलाई पत्रमा प्रश्न गरेका छन् ?
उनले रामजनम चौधरीलाई स्वास्थ्यमन्त्री बनाएको कुरा उल्लेख गर्दै लेखेका छन्, ‘अधिकारको लागि आन्दोलन गर्ने थारुहरू आज जेलमा हुने अनि थारु आन्दोलनको संयोजक मन्त्री बन्ने यो कस्तो चालामाला हो ?’
उनले पत्रमा भनेका छन्, ‘थारु कल्याणकारीका अध्यक्ष धनीराम भूमिगत हुनुपर्ने अवस्था आउने तर, केन्द्रीय संयोजक रामजनम मन्त्री बन्ने ।’
उनले त्यो वेला केपी ओलीलाई मात्रै पत्र लेखेनन् । विजयकुमार गच्छदारलाई पनि पत्र लेखे । उनले पठाएको पत्रमा गच्छदारलाई ‘पहाडे शासक गद्दार हुन्’ भन्दै आफूहरूलाई जबरजस्ती आन्दोलनमा लगाएको आरोप लगाएका छन् । उनले सो पत्रमा विजय गच्छदारलाई ‘हरुवा गच्छदार’को संज्ञा दिएका छन् ।
उनले रामजनम चौधरीलाई स्वास्थ्यमन्त्री बनाएको कुरा उल्लेख गर्दै लेखेका छन्, ‘अधिकारको लागि आन्दोलन गर्ने थारुहरू आज जेलमा हुने अनि थारु आन्दोलनको संयोजक मन्त्री बन्ने यो कस्तो चालामाला हो ?’
उनले शेरबहादुर देउवालाई लेखेको पत्र पनि पुस्तकमा उतारेका छन् । त्यसमा उनले टीकापुर घटनालाई राजनैतिक र आकस्मिक घटना भएको बुझाएका छन् ।
पुस्तकमा उनले राजनैतिक चिठीमात्रै नभई श्रीमती, छोरा र बहिनीलाई लेखेको चिठी पनि उल्लेख गरेका छन् ।
केपी ओलीलाई बाजे भन्दै पुस्तकमा व्यंग्य गरेका छन् । रेशमले माओवादी र मधेसी नेताहरूलाई पनि व्यंग्य गरेका छन् । उनले थारु नेताहरूको नाम नै उल्लेख गरेर रामजनम र विजय गच्छेदारलाई पनि व्यंग्य गरेका छन् । कांग्रेसका शेरबहादुर देउवा र विमलेन्द्र निधिलाई पनि व्यंग्य गरेका छन् ।
‘टीकापुर घटना एउटा संयोग हो भूकम्प जस्तै’ भनेर पुस्तक सुरु गरेका रेशमले अन्तिमतिर षड्यन्त्रको सङ्केत पनि गरेका छन् । ‘टीकापुर नै नभए पनि एक न एक ठाउँमा सुनियोजित घटना घटाउन सरकार पक्ष तत्पर थियो’, उनले लेखेका छन् ।
‘टीकापुर घटना एउटा संयोग हो भूकम्प जस्तै’ भनेर पुस्तक सुरु गरेका रेशमले अन्तिमतिर षड्यन्त्रको सङ्केत पनि गरेका छन् । ‘टीकापुर नै नभए पनि एक न एक ठाउँमा सुनियोजित घटना घटाउन सरकार पक्ष तत्पर थियो’, उनले लेखेका छन् ।
एसएसपी लक्ष्मण न्यौपानेसहित दुई प्रहरी निरीक्षकको हत्या हुँदासम्म पनि नजिकै हतियारसहित रहेका सशस्त्र प्रहरीले उद्धार नगरेको र मूकदर्शक भएको उनको आरोप छ ।
घटनापछि भदौ ८ गते कर्फ्यु लागेको वेला तिनै सुरक्षा निकाय, सेना, प्रहरी सशस्त्र प्रहरीको बीचमा टीकापुरमा थारुका घर, पसल, होटल र एफएममा आगजनी र लुटपाट गरिएको आरोप लगाएका छन् ।
उनले पुस्तकको अन्त्यमा लेखेका छन्, ‘दोषी लक्ष्मण, धनीराम रेशम हुन् कि गच्छदार, रामजनम ? पूर्व-पश्चिमका जनतामा विभाजन ल्याउने सिटौला-रावल कसरी निर्दोष ? त्यसैले अबको सरकारले सन्तोष, देवेन्द्र यादवलाई दोषी देख्नुभन्दा उपेन्द्र, राजेन्द्र यसका खेलाडी हुन्, बेलैमा बुझ्नुपर्छ ।’
रेशमले पुस्तकमा वा ! क्या जाति हुन्थ्यो !, न्यायालय कहाँ छ ?, थारु हारेको छ, भूकम्प आउँदैछ, हेरियो, लगायतका दर्जन बढी कविताहरू राखेका छन् ।
दुई-दुई थान कथा र कविता संग्रह ल्याएका लेखक शिव प्रकाशले पहिलो आख्यान हालसालै बजारमा ल्याएका छन् । शिखा बुक्सले प्रकाशन गरेको आख्यानले अहिले बजारबाट पाठकको अध्ययन सूचीमा फेरो मारिरहेको छ । झन्डै साढे दुई दशकदेखि अमेरिकामा मुकाम बनाएर नेपाल ओहोरदोहोर गरिरहने लेखक शिव प्रकाशले आफ्नो पहिलो आख्यान पनि नेपाल-अमेरिका जोड्ने पात्रहरुबाटै गरेका छन् । उपन्यासको कथाको क्षेत्रफल नेपालदेखि अमेरिकासम्म पुग्छ । तर, नेपालदेखि अमेरिकासम्म जोड्ने आम प्रचलित कथनभन्दा भिन्न विषयमा भिन्न तरिकाले प्रयोगको प्रयास लेखकले गरेका छन् ।
अमेरिका पुगेका नेपालीहरुको भोक, भोग र सम्भोकको कथालाई मियो बनाएर उनले उपन्यास तयार गरेका छन् । भोकको पक्षमा उनले सुवी नामक पात्र उभ्याएका छन् । अमेरिका पुगेकी सुवीको प्रस्ट भोकवादको दर्शन छ- जीवन भोक हो । शरीरमात्र हो, मान्छे ।
भोगको विम्बलाई लेखकले मुग्धा नामक पात्रबाट देखाएका छन् । मुग्धाको पनि भोगवादको आफ्नै दर्शन छ । मुग्धालाई लाग्छ- जीवन भोक र भोग हो । शरीर र आत्मा हो, मान्छे ।
सम्भोगको पक्ष देखाउन लेखकले सिन्धुका नामक पात्र उभ्याएका छन् । सिन्धुकाको पनि आफ्नै सम्भोगवाद छ । उनलाई लाग्छ- भोक र भोगभन्दा माथि सम्भोग हो, जीवन । शरीर, आत्म र परमात्मा हो, मान्छे । परमात्मा प्राप्ति हो, सम्भोग ।
कथाको भावभूमि पनि अमेरिकै हो । भोगको म्याराथनको गन्तव्य उनीहरुले अमेरिका बनाएका छन् । त्यसलाई चित्र देखाउँदै पुस्तकमा भनिएको छ, ‘अमेरिका भोकको दौड हो । दौडँदै सबै यही आइपुगेका छन् ।’
भोक, भोग र सम्भोगलाई तीन पात्रहरुबाट चित्रित गरिए पनि लेखकले तीनै पात्रलाई असरल्ल पारेका छैनन् । उनले ईशू नामक पात्रलाई मियोको रुपमा उभ्याएर तीन पात्रहरुलाई दौडाउँछन् । घरी उनीहरुसँगै हुन्छन् । घरी अलग हुन्छन् । तर, एकै धर्कोका विभिन्न कुनाहरुमा उनीहरु कथामा उभिन्छन् । कथाको भावभूमि पनि अमेरिकै हो । भोगको म्याराथनको गन्तव्य उनीहरुले अमेरिका बनाएका छन् । त्यसलाई चित्र देखाउँदै पुस्तकमा भनिएको छ, ‘अमेरिका भोकको दौड हो । दौडँदै सबै यही आइपुगेका छन् ।’
साहित्यमा के लेखिन्छ भन्दा पनि कसरी लेखिन्छ भन्ने महत्वपूर्ण हुन्छ । साहित्यमा के कथा छ भन्दा पनि कथालाई कसरी भनिएको छ, त्यो महत्वपूर्ण हुन्छ । यो मामिलामा लेखक सफल जस्तै देखिएका छन् । उनको कथा भन्ने तरिका फरक छ, सुुन्दर छ । उनले अमेरिकाका मान्छेको नग्नतालाई प्रकृतिसँग दाँजेर सुन्दर तरिकाले भनेका छन् । उनी भन्छन्, ‘अमेरिकाको बोस्टन पनि वर्षमा दुईपटक नाङ्गिन्छ । ६ महिना प्रकृति, ६ महिना मान्छे । प्रकृतिलाई हिउँ र स्याँठले नङ्ग्याउँछ । मान्छेलाई मौसम र फेसनले नङ्ग्याउँछ ।’ यही प्रसंगको अभिव्यक्तिमा उनी भोक जोड्दै थप्छन्, ‘प्रकृति भोकाए रुख नाङ्गिन्छन् । मान्छे भोकाए आफै नाङ्गिन्छन् । नग्नता पनि भोक हो ।’
कथालाई संकेतमा भन्नमा पनि लेखक खप्पिस छन् । उनले एक ठाउँमा भनेका छन्, ‘टपरामा दशैँका जमरा पलाएजस्तो ईशूका मनमा भोका जिज्ञासा पलाउँछन् ।’ अर्को प्रसंगमा भनिएको छ, ‘हातले मोबाइल खेलाए पनि मनले भोक खेलाइरहेकी छे । मनमनै भोकका बटन थिचिरहेकी छे ।’ अर्को प्रसंगमा भनिएको छ, ‘उसको हात हल्लाइ पनि वेग्लै छ आज । सुवीका हातले बिदाइ गरेको होइन, बोलाइरहे जस्तो लाग्छ ।’ यी र यस्ता सुन्दर अभिव्यक्तिहरु पुस्तकमा धेरै छन् ।
पुस्तकको नामै नेपाली शब्दकोषमा नपाउने ‘समभोक’ छ । उसो त शब्दकोषमा भएका शब्दहरुमात्रै खोजेर लेख्ने लेखक शिव प्रकाशको लाइन होइन । उनले आफ्ना थुप्रै आलेखहरुमा नयाँ नयाँ शब्द क्वाइन गर्दै आएका छन् ।
लेखकले चयन गरेका अन्य खुद्रा पात्रहरुको नाम पनि रोचक छन् । ‘अँणबहादुर’, ‘ञमराज’ जस्ता नामका पात्रहरु पुस्तकमा छन् । पुस्तकको नामै नेपाली शब्दकोषमा नपाउने ‘समभोक’ छ । उसो त शब्दकोषमा भएका शब्दहरुमात्रै खोजेर लेख्ने लेखक शिव प्रकाशको लाइन होइन । उनले आफ्ना थुप्रै आलेखहरुमा नयाँ नयाँ शब्द क्वाइन गर्दै आएका छन् । कान्तिपुरको कुनै एक आलेखमा उनले ‘बिस्खलन’ शब्द प्रयोग गरेका थिए । स्खलन त सुनिएकै हो । त्योभन्दा डेन्जर र नकारात्मक स्खलन बुझाउन उनले त्यो शब्द क्वाइन गरेका थिए ।
कथाको मूल विषयवस्तुकै भोक, भोग र सम्भोगलाई तीन खण्डमा राखेर उपन्यास तयार भएको छ । भोककी विम्ब सुवी, भोगकी मुग्धा र सम्भोगकी सिन्धुकादेखि उनीहरु विभिन्न चरणमा जोडिने साझा पात्रा ईशूसम्म छ । उनीहरुबीचमा कस्तो तनाव हुन्छ र अन्तिममा कसरी टुंगिन्छ ? त्योबारे बुझ्न त उपन्यास नै पढ्नुपर्ने हुन्छ । सबै कथाभन्दा पढ्न चाहने पाठकलाई अन्याय हुन्छ । तर, उपन्यासमा को प्रोटागोनिस्ट हो भन्नेमा भने मान्छेको फरकफरक मत छ । पुस ३० गते दिउँसो प्रज्ञा डलबी कमलादीमा भएको पुस्तकको विमोचन-विमर्श समारोहमा प्यानलमा बोल्ने शंकर तिवारीले मुग्धालाई प्रोटागोनिस्ट मानेका थिए । समाजशास्त्री सुजना घिमिरेले भने सिन्धुकालाई मानेकी थिइन् । फरकफरक पाठकले फरकफरक पात्रलाई प्रोटागोनिस्ट सम्झनु लेखकले बनाएको अर्को सफलता हो ।
‘विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनार डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतै बसेका र महँगा गाडी चढेका कुरामात्रै देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् ।’
पुस्तक पढ्नेहरुले भोकको खण्ड अलि धेरै भएको गुनासो गरेका छन् । त्यो गुनासोमा केही बलिया तर्कहरु छन् । उपन्यासमा यो पक्ष सुधार गर्न सकिने ठाउँ छ ।
समभोक भोक, भोग र सम्भोगको कथा मूल कथा भए पनि त्यहाँ अरु कथाहरु पनि छन् । नेपाली झण्डाको टी–सर्ट लगाएकै आधारमा नेपालीहरुको चिनजान भएकोदेखि नेपालीहरुका अमेरिकी दुःखका बान्कीहरुसम्म पुस्तकमा छन् । विदेशमा हुनेहरुले आफ्नो दुःख लुकाएर सुखमात्रै विज्ञापन गर्ने कथालाई देखाइएको छ । एक ठाउँमा भनिएको छ, ‘विदेशमा धेरैजसोले ठूला महल अगाडि उभिएका, समुद्र किनार डुलेका, पार्कमा घुमेका, राम्रा लुगा लगाएका, गहना भिरेका, कतै बसेका र महँगा गाडी चढेका कुरामात्रै देखाउँछन् । त्यसका लागि आफू जाँतो भएको कहिल्यै देखाउँदैनन् । दिनरात नभनी जोतिएको, घामपानी नभनी पसिना बगाएको, ट्वाइलेट-किचेन सफा गरेको, जुठा प्लेट उठाएको, भाँडा माझेको, अरुका छोराछोरीको दिसापिसाब सफा गरेको, बुढाबुढीका र्याल-सिँगान पुछेको पनि कहिल्यै कतै देखाउँदैनन् ।’
समग्रमा ‘समभोक’ नेपाल-अमेरिका जोड्ने आख्यान हो । डीभी भरेर अमेरिका पुगेका नेपाली अनुहारहरुका भोक, भोग र सम्भोगको त्रिवेणी हो पुस्तक । परम्परागत शैलीको आख्यान नभएकाले त्यही शैली खोज्नेलाई नतान्न सक्छ । नयाँपन खोज्नेलाई मज्जाले तान्छ ।
काठमाडौं । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि मुलुकमा आठवटा नयाँ सरकार निर्माण हुँदैछन् । जनताको म्यान्डेटअनुसार दलहरूले आफ्नो बलबुतोले भ्याएसम्मका राम्रा निर्णयहरूले अझ बजार तातिएको जस्तो पनि आभास हुन्छ ।
यसैबीच विद्यार्थीहरुको हकहितको संवर्द्धनका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । जसमा देशका राजनीतिक दलहरुका भ्रातृ विद्यार्थी संघ संगठनहरु आआफ्नो तयारीमा जुटेको देखिन्छ । यता नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को गत असोज १ र २ गते सम्पन्न विधान महाधिवेशनले २३ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा नै गर्ने तय गरिसकेको छ ।
अनेरास्ववियुको महाधिवेशन मिति सार्वजनिक भएसँगै विद्यार्थीहरुको चोक गल्ली चिया पसलमा चहलपहल रोचक देखिन थालेको छ । विद्यार्थीहरुको हक हितमा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएको अनेरास्ववियुको आगामी नेतृत्व कसले गर्ला ? भन्ने विषयमा अधिकांशमा कौतुहलता देखिएको छ ।
आम विद्यार्थीको एउटा चाहना र विचार छ की संगठनको नेतृत्वमा विद्यार्थीका समस्यालाई ठीक तवरले पैरवी गर्न सक्ने योग्य नेतृत्व पाउनुपर्छ । उनीहरुको अपेक्षा पनि यही छ । त्यस्तै, यता संगठनमा आबद्व भइ विभिन्न कमिटीमा रहेका साथीहरू प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी गराउन आफूलाई छनोटमा पार्न व्यस्त छन् ।
उता संगठनको केन्द्रीय कमिटीका साथिहरू आगामी रणनीति कस्तो बनाउने ? आफूलाई कुन स्थानमा कसरी स्थापित गर्ने कसरी जिम्मेवारी प्राप्त गर्ने ? भनेर कम्मर कसेको देखिन्छ । लाग्छ कुनै दौड प्रतिस्पर्धा मा भाग लिएका धावकको दौड झैं लविङ्गमा छन् । नेपालको विद्यार्थी आन्दोलनको एउटा प्रमुख शक्ति अनेरास्ववियु अझ मजबुद अझ दरिलो र अझ प्रभावशाली बन्न जरुरी छ त्यसकारण पनि नेता कार्यकर्ता व्यस्त देखिनु स्वभाविक हो ।
साथै संगठनका नेता कार्यकर्ताहरूलाई महाधिवेशन सँगसँगै चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीमा लाग्नैपर्ने र सफल हुनैपर्ने चुनौती र अवसर दुवै छन् ।
संगठनको फोहोर बढार्न महाधिवेशन
महाधिवेशन आफैंमा सफा स्पष्ट शब्द हो जसको कारण कुनैपनि संगठन तथा संस्थामा धमिलिएर, बारीएर रहेको अनुत्पादक र हानिकारक फोहोरी तत्वहरूलाई धोइपखाली गरेर शुद्व र स्पष्ट विचारधारा सहितको लयलाई गति दिने काम गर्दछ । हाम्रो संगठनलाई पनि सफा कञ्चन बनाउन २३ औ महाधिवेशन भव्य रूपमा सम्पन्न गर्नुपर्ने अनिवार्य आवश्यकता छ ।
अनेरास्ववियु पनि अन्य संगठन जस्तै पूँजीवादी भयो सानो तिनो कमाइले राजनीति गर्न सकिँदैन भन्ने गुनासो विद्यार्थीबाट सुनिन थालेको छ । नेताहरूलाई काम नगरी त्यति धेरै खर्च गर्न कहाँबाट पुग्छ ? अवैध सम्पति आर्जन गर्छन् र चलेका छन् भन्ने सर्वसाधारणको बुझाइले संगठन भित्रका ईमानदार जेहेन्दार रातदिन भनी मेहनत गर्ने पसिना बगाएर बचाएको समयलाई राजनीतिमा लगाउने नेताहरू ओझेलमा पर्न थालेको अवस्था छ ।
केही दिन पहिला क्याम्पस विदा भएको बेला कोठमा बसेर मेरो केही काम गर्दै थिएँ । त्यतिकैमा एकजना सँगै बस्ने साथीको फोन आयो ति साथीले तिमीहरूलाई पो रूम बसेर खान पुग्छ हामीलाई जब नगरी पुग्दैन भनिन् । यो कुरा मेरो मनमा गढेर बस्यो । हुन पनि संगठनका नेता कार्यकर्ता मंहगा होटल र कफीसपमा भेटिने, ऐस आरामको जिन्दगी रूचाउने, धान्न सक्ने, सामान्य चिया पसल तथा स्कूल क्याम्पस भित्रका छेउछाउका चिया पसलमा बसेर दुःख सुखका कुराकानी गर्दै कालो चिया वा सस्तो खाजा खाना खान छोड्दै जाने प्रवृतिले आर्थिक अवस्था निम्न भएका घर परिवारका विध्यार्थी साथीहरू टाढिँदै जाने समस्या बढेको छ । विद्यार्थी नेताहरूलाई साधारण विध्यार्थीहरूले भेटघाट गर्न परेमा समय नमिल्ने मिलिहाले पनि महङ्गो कफीसपमा भेटेर महंगो मूल्य खर्चनुपर्ने समस्या विद्यार्थी माझबाट यदाकदा आउन थालेको छ ।
स्कुल कलेजका साझा समस्याका बारेमा चासो चिन्ताका विषयलाई ओझेलमा राखिएको हुनाले नियमित अध्यनशील मेहनती विद्यार्थीहरूले अनेरास्ववियु हाम्रा निम्ति स्थापित भएको संगठन हो भनेर आत्मसात गर्न नसक्ने अवस्थामा पुगेको छ । संगठनमा जोडिएर समग्र न्यायप्रेमी विद्यार्थीको प्रतिनिधित्व गर्दै साझा समस्याका आवाजलाई बुलन्द गर्छु र यो संगठनमा मेरो भविष्य राम्रो होला भनेर देखेका सपनाहरू आज कुन दशाले यो ठाउँमाा म आईपुगेँ अब यहाँबाट कसरी छुट्कारा पाउने वा के गर्ने भनेर सोच्न बाध्य हुँदै गरेको अवस्था देखिन थालेको छ ।
संगठनका गतिविधिहरू तथा सूचनाहरूलाई कार्यकर्ता तथा शुभचिन्तकलाई समयमा नदिने र सूचना लुकाएर गुम्राहमा राखेर आफ्नो अलमलको वातावरण सृजना गर्ने र आफ्नो स्वार्थ पूरा हुने किसिमले विचार अभिव्याक्ति प्रस्तुत गर्ने गरेको देखिन्छ ।
यो महाधिवेशनबाट हामीले हाम्रो बाटो सफा गर्न आवश्यक छ । अग्रज नेताहरूले संगठनका लागि गरेको त्याग र वलिदानबाट प्राप्त उपलब्धिलाई मर्न नदिन संगठनका गलत प्रवृत्तिलाई परास्त गर्दै राम्रा कुरालाई अंगीकार गर्दै नयाँ नेतृत्वको निर्माण गर्न आवश्यक छ ।
विद्यार्थी संगठन पार्टीको भ्रातृ संगठन हो तर पार्टीको धुपौरे संगठन भने हैन । त्यसकरण वास्तविक विद्यार्थीहरूको नेता हुने संगठन बन्न आवश्यक छ । विद्यार्थीका आवश्यक र चाहाना के हो बुझ्ने र त्यसको सम्बोधन गर्न सक्ने जोश जाँगर भएको विद्यार्थी नेता अबको आवश्यकता हो । जहाँ विद्यार्थी त्यहाँ अनेरास्ववियु, जो मेहनती, ईमानदार लगनशील छ त्यो अनेरास्ववियु बन्न सक्ने वातावरण निर्माण गर्नु छ ।
संगठनमा लामो समयदेखि विविध कारणले नेतृत्व हस्तान्तरणमा भएको विलम्बले जाम देखिएको छ नेतृत्वमा उमेर हदबन्दीको कुरा चल्न थालेको छ । उमेर हदले कुनै व्याक्ति विशेषलाई घाटा भएपनि समग्र संगठनलाई र विद्यार्थी आन्दोलनलाई फाईदा पुग्ने कुरा हामीले बिर्सन हुँदैन ।
आगामी महाधिवेशनबाट अखिलले यस्तो नेतृत्व चयन गरोस् जसले समग्र नेपालको विद्यार्थी आन्दोलनको त्यो गर्विलो इतिहासलाई अझ प्रभावकारी ढङ्गले थप उचाई दिँदै निरन्तरता प्रदान गर्न सकोस् ।
आउँछ माया उर्लिएर मेरो हेलम्बुको
काख, माथ, साथ प्यारो मेरै हेलम्बुको ।
आफ्नो भूमि प्राणसरी हिमालको छायाँ
मनैभरि सम्झना र मुटुभरि माया ।।
पाल्चाकी माई शीरमा राखी ककनीको वन
ग्रेटट्रेल घुमी मिनि पिकनिक खाउँ झैं लाग्छ मन ।
सेर्माथाङले सुसेलेको कुटुङ्साङ्ले सुन्छ
घोप्टे घ्याङ र मेलम्ची घ्याङ मित लगाए हुन्छ ।।
गर्भभित्र लुकाएर तामा सुनखानी
सञ्जीवनी बुटी पिउँछे हेलम्बुकी रानी ।
मङ्गीन गोठको धुपी सल्ला ग्याल्थुम वास्ना आउँछ
मलाई पनि चरी जस्तै उडुँउडुँ लाउँछ ।।
मरुभूमि काठमाडौंलाई अमृतरुपी पानी
आधा आधा बाँडी खान्छौं हामी कति दानी ।
गालाभरि फुलेको छ गुलाबको रङ्ग
हेलम्बुको सौन्दर्यले सबै पर्छन् दङ्ग ।।
योल्मो घाङ्रा घुम्न जाउँला, हिउँ खेल्न नि धाउँला
घाङ्युल हुँदै रमाइलो तार्केघ्याङ जाउँला ।
मेलम्ची घ्याङ् पर्खिरा’छ हाम्रै माया पाउन
हेलम्बुको काखैभरि पर्यटक भित्र्याउन ।।
तिमी झर चनौटेमा म नाकोते आउँला
सेराको धान पठाइदिउँला, आलु पैंचो ल्याउँला ।
मोही र ढिँडो खुवाइदिउँला लाङटाङ जानेलाई
रातो पाण्डा, रातो च्याउ यतै पाइन्छ दाइ ।।
कोही रोपौं स्याउ-सुन्तला, कोही नासपाती
हेलम्बुको पाखैभरि किवी रोपौं साथी ।
पहरामा फूल फुल्छ छहरामा गीत
आउनुस् हजुर लगाइहाल्नुस् हेलम्बुलाई प्रीत ।।
कोही दशैंतिहार मान्छौं, कोही ल्होसार मान्छौं
फरक भाषा, फरक संस्कार हामी आफ्नै ठान्छौं ।
अनेकतामा एकता हो हेलम्बुको शान
चिनाउनु छ संसारभरि हेलम्बुकै नाम ।।
२०४६ साल फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस र संयुक्त वाममोर्चाको आन्दोलनले ३० वर्षे पञ्चायती शासन व्यवस्था ढालेर मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भयो । त्यसपछि मुलुकमा राजनैतिक स्थायित्व हुने अपेक्षा गरिएको थियो । तर, पञ्चायती शासन व्यवस्था ढाल्न भारतले गरेको सहयोगको नेपाली राजनैतिक दलहरूले अहिलेसम्म गुण तिरिरहेका छन् ।
नेपाली राजनीतिमा ‘भारत नीति’ कति बलियो छ भन्ने कुरा पत्रकार रामकृष्ण भण्डारीले आफ्नो पुस्तक ‘सत्ता सङ्घर्ष’मा उल्लेख गरेका छन् । उनले पुस्तकमा पछिल्लो ३० वर्षमा २८ सरकार फेरबदल भएको र त्यसका कुनै न कुनै ढंगले भारत मुछिएको प्रस्ट पारेका छन् । भण्डारीले संसदीय व्यवस्थामा सांसदहरू पद, प्रतिष्ठा र पैसामा कसरी किनबेच हुन्छन् भन्ने विषयमा पनि तथ्यगत रुपमा आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् ।
२०४६ चैत २४ गते ११औं दिनमा प्रधानमन्त्री पदबाट लोकेन्द्रबहादुर चन्दले राजीनामा दिएपछि राजा वीरेन्द्रले गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई राखेर सिंहलाई अन्तरिम सरकारको नेतृत्व गर्न गरेको आग्रह र सिंहले भट्टराईलाई प्रधानमन्त्रीको लागि गरेका प्रस्ताव रोचक ढंगले प्रस्तुत गरिएको छ ।
गणेशमान भन्छन्, ‘सहाना तिमीहरूले कांग्रेसलाई चिन्दैनौ । कांग्रेस गज्जबको पार्टी हो ।’
‘किन ?’
‘म काठमाडौंको नेवार । यहाँ अरू दुई जना वरिष्ठ बाहुन छन् कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद । यदि म प्रधानमन्त्री बने भने यी दुई जना बाहुन मिल्छन् र प्रधानमन्त्री भएको दुई-चार दिनमै मलाई घिक्लिक्क लडाउँछन् । त्यसपछि कांग्रेसभित्र विवाद हुन्छ । संविधान पनि बन्दैन । राजदरबारले पनि त्यही चाहेको छ । त्यसैले संविधान बनाउनकै लागि म प्रधानमन्त्री बन्दिनँ ।’
भण्डारीले संसदीय व्यवस्थामा सांसदहरू पद, प्रतिष्ठा र पैसामा कसरी किनबेच हुन्छन् भन्ने विषयमा पनि तथ्यगत रुपमा आफ्नो पुस्तकमा प्रस्तुत गरेका छन् ।
३३ वर्ष पहिले गणेशमानले भनेकै शैलीमा नेपालको राजनीति अघि बढिरह्यो । सरकार बन्ने र ढाल्ने खेल त्यसरी नै चलिरहे । यसमा कहिले दिल्ली जोडियो त कहिले दरबार ।
सरकार गठन र संसद विघटनमा मात्रै भारतको भूमिका भण्डारीले पुस्तकमा उल्लेख गरेका छैनन् यहाँको ठूला राजनैतिक घटना वा दुर्घटनामा पनि भारत संलग्न रहेको सङ्केत उनले पुस्तकमा गरेका छन् ।
२०५१ मङ्सिर १३ गते नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरिरहेका थिए । अल्पमतको सरकार जुनसुकै वेला पनि ढल्नसक्ने भन्दै वामदेव गौतम, राधाकृष्ण मैनालीलगायतले राप्रपालाई ल्याएर बहुमतको सरकार बनाउन पार्टीभित्रै प्रयास गरे पनि सहाना प्रधान र झलनाथ खनालमार्फत राप्रपासँग नमिल्न भारतीय लबिङ भइरहेको पुस्तकले खुलाएको छ ।
सरकार ढल्ने भएपछि मनमोहन अधिकारीले संसद विघटन गरेको, सर्वोच्च अदालतले बहुमतको आधारमा प्रतिनिधिसभा पुनःस्थापना गरेको र संसदमा विश्वासको प्रस्तावमा बहुमत जुट्न नदिन सांसद खरिद–बिक्रीको श्रृङ्खला सुरु भएको घिनलाग्दो दृष्टान्त पुस्तकमा उल्लेख छ । त्यो वेला एमालेले २ करोड बढी रकम खर्च गरेको थियो । तर, काम लागेन ।
एमालेले सुरु गरेको सांसद किनबेचको प्रक्रिया त्यसपछि थप बढ्दै गयो । मनमोहन अधिकारीले जस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुष्टि गर्नु चुनौती थियो । २०५२ चैत ९ गते अविश्वासको प्रस्ताव पेश गर्नुअघि राप्रपाका सांसद खरिद गर्न एमालेले पार्टी कोषबाट ५० लाख रुपैयाँ वामदेव गौतममार्फत दीपक बोहरालाई दिएको उल्लेख छ ।
सत्ताका लागि सांसद किनबेचको खेल, मोजमस्ती, पजेरो-प्राडो तथा सांसदहरूको अपहरण र थुनछेक बढ्दै गइरहेको थियो । २०५३ पुस ९ गते अविश्वासको प्रस्ताव फेल गराउन लागेका केही सांसदले २५ लाखसम्म बुझेको भण्डारीले खुलाएका छन् ।
२०५१ मङ्सिर १३ गते नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरिरहेका थिए । अल्पमतको सरकार जुनसुकै वेला पनि ढल्नसक्ने भन्दै वामदेव गौतम, राधाकृष्ण मैनालीलगायतले राप्रपालाई ल्याएर बहुमतको सरकार बनाउन पार्टीभित्रै प्रयास गरे पनि सहाना प्रधान र झलनाथ खनालमार्फत राप्रपासँग नमिल्न भारतीय लबिङ भइरहेको पुस्तकले खुलाएको छ ।
पुस्तकमा कम्युनिष्टको काँधमा पञ्चले गरेको रजाइँ, कांग्रेसले सूर्यबहादुर थापालाई बोकेको प्रसङ्गमात्रै होइन एमाले फुटाएर माले बनाउने कांग्रेसको रणनीति पनि उल्लेख छ । गृहमन्त्री खुमबहादुर खड्काले एमाले सांसदलाई पार्टी फुटाउन पैसा दिएको पनि उल्लेख छ ।
त्यसमा झापाका तत्कालीन सांसद जगदीशप्रसाद कुसियतसहित चार-पाँच सांसदलाई कांग्रेसले पैसा दिएर एमालेबाट मालेमा जान भनेको राधाकृष्ण मैनालीले बताएका छन् । त्यो वेला पार्टीका लागि केशव स्थापितले मात्रै २७ करोड जम्मा गरेका थिए ।
२०५१ देखि २०५५ सालसम्म राजनीतिमा यति उतारचढाव भयो कि ५ वर्षमा ६ वटा सरकारका ५ जना प्रधानमन्त्री भए । त्यसयता नेपाली राजनीतिमा दरबार र दिल्ली दुबै केही सक्रिय बनिरहेका थिए । माओवादीले हिंसात्मक बाटो रोजिसकेको हुँदा त्यसलाई व्यवस्थापन गर्ने नाममा दरबार र दिल्ली नजिक बन्दै गइरहेका थिए ।
२०५७ पुस १० गते दरबारका दूतका रुपमा दिल्ली पुगेर रमेशनाथ पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । राजा र माओवादी नजिक भइरहेका वेला राजदरबार हत्याकाण्ड भएको र ज्ञानेन्द्र शाह सत्तामा आएपछि माओवादी हिंसा अझै उग्र बनेका घटनाहरू पुस्तकमा छन् ।
पुस्तकमा ज्ञानेन्द्रसँग गिरिजाको विवाद बढ्दै गएको र दरवारको समर्थन देउवालाई रहेको उल्लेख छ । त्यो वेलासम्म देउवाले दरबारको मात्र नभई माओवादी र दिल्लीको पनि विश्वास जितिसकेका हुन्छन् । तर, राजासँग मिलेर देउवाले संसद विघटन गरेपछि राजा हावी हुँदै गए । कोइराला भने त्यही बहानामा माओवादीसँग नजिक भइरहेका थिए ।
२०५९ जेठ २ गते भारतमा बाबुराम भट्टराईले प्रचण्डलाई कोइरालासँग परिचय गराउँछन् । त्यो वेलामा माओवादी र दरबार मिलेर सत्ता चलाउने अनि सांसदवादी दलका नेताहरूलाई जेल हाल्ने प्रस्ताव राजाबाट आएको कुरा प्रचण्डले कोइरालालाई सुनाएको भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।
सत्ताका लागि सांसद किनबेचको खेल, मोजमस्ती, पजेरो-प्राडो तथा सांसदहरूको अपहरण र थुनछेक बढ्दै गइरहेको थियो । २०५३ पुस ९ गते अविश्वासको प्रस्ताव फेल गराउन लागेका केही सांसदले २५ लाखसम्म बुझेको भण्डारीले खुलाएका छन् ।
भण्डारीले बिन्तीपत्रको बदनाम शीर्षकमा २०६० जेठ १९ गते पाँच दलको समर्थन रहेको भन्दै माधवकुमार नेपालले प्रधानमन्त्रीको लागि दरबारमा निवेदन चढाएको उल्लेख गरेका छन् । दिल्ली र दरबार दुबै दाइने नहुँदा नेपाल प्रधानमन्त्री बन्न पाएनन् ।
पुस्तकमा प्रचण्ड र बाबुरामको कटुतापूर्ण सम्बन्ध र ज्यानै जानेसम्मको कारबाहीबारे पनि उल्लेख छ । ज्ञानेन्द्र र प्रचण्डको अधुरो भेटमा २०६१ माघ १९ मा राजाले ‘कु’ गरेपछि माघ २१ मा भेट हुनसकेन । त्यसपछि माओवादी र दलहरू एउटै बाटोमा हुने अवस्था पैदा भयो । प्रचण्डसँग भेट्न कोइराला भारत लागे । २०६३ जेठमा दिल्लीमा दुवैको भेट भयो । दल र माओवादी सहकार्यको लागि यो महत्त्वपूर्ण वार्ता थियो । त्यसपछि माधव नेपाललाई प्रचण्डले बोलाए ।
पुस्तकका विभिन्न नेताहरूसँग भएका छलफल र वार्तापछि दिल्लीमै १२ बुँदे सहमति भएको उल्लेख छ । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आएको, संविधानसभाको निर्वाचनबाट पहिलो शक्ति भएको, गणतन्त्र घोषणा र राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालालाई धोका दिएकोसम्मका दृष्टान्तहरू छन् ।
भण्डारीले पुस्तकमा प्रचण्डको सत्तारोहण, पहिलो विदेश भ्रमण चीन हुँदा उत्पन्न परिस्थिति, सरकार सेनाबीचको विवाद उल्लेख गरेका छन् । प्रधानसेनापति रुकमाङ्गद कटवाललाई हटाउने बालहठले प्रचण्डै सत्ताबाट कसरी बाहिरिनुपर्यो भन्ने विषयलाई तथ्यगत रुपमा प्रस्तुत गरिएको छ ।
कटवाललाई हटाउने प्रचण्डको निर्णय नमान्न दिल्लीले समेत अन्य दललाई दबाब दिएकोमात्र होइन २०६६ वैशाख ७ गते भारतीय राजदूत राकेश सुदले प्रधानमन्त्रीलाई भेटेरै असन्तुष्टि जनाएको विषय पनि पुस्तकमा उजागर गरिएको छ । उसो त प्रधानमन्त्री दिल्ली रहेकै वेला सहमतिविना सेनालाई नचलाउने बाचा गरेका थिए । तर, त्यो पूरा भएन ।
२०५७ पुस १० गते दरबारका दूतका रुपमा दिल्ली पुगेर रमेशनाथ पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । राजा र माओवादी नजिक भइरहेका वेला राजदरबार हत्याकाण्ड भएको र ज्ञानेन्द्र शाह सत्तामा आएपछि माओवादी हिंसा अझै उग्र बनेका घटनाहरू पुस्तकमा छन् ।
यता प्रधानमन्त्री प्रचण्डले कटवाललाई हटाए । उता राष्ट्रपतिले अवरोध गरे । त्यसपछि प्रचण्ड ९ महिनमै सत्ताबाट बाहिरिए । भारत उनीप्रति अझै आक्रामक बन्यो । सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने भिडियो भारतीय गुप्तचर एजेन्सीमार्फत मिडियाबाट सार्वजनिक भयो ।
त्यसपछि माधव नेपाल, झलनाथ खनाल हुँदै भारतको चाहनाअनुसार बाबुराम भट्टराई प्रधानमन्त्री भएको पनि भण्डारीले उल्लेख गरेका छन् । भट्टराईको कार्यकालमा संविधानसभा विघटन भएपछि राष्ट्रपति रामवरण यादवले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग नेपालको भावी प्रधानमन्त्री सुशील कोइरालालाई बनाउन चाहेको बताएको तर, भारतीय प्रधानमन्त्री सिंहले नचाहेपछि प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा निर्वाचन गराउन दलहरू सहमत भएको रहस्य खुलाएका छन् ।
निर्वाचन गराउन सफल भएका रेग्मीपछि सुशील कोइराला प्रधानमन्त्री भए र संविधान निर्माण प्रक्रिया अघि बढ्यो । यता दिल्ली भने खुशी थिएन । भारतीय राजदूत रञ्जित रायले शीर्ष नेताहरूलाई भेटेरै संविधान निर्माण प्रक्रिया रोक्न दबाब दिए । दलहरू टसको मस भएनन् । तर, राष्ट्रपति भने त्यति सन्तुष्ट थिएनन् ।
असोज ३ गते जारी गर्ने भन्दै भदौ ३० गते संविधानसभा बैठकले पारित गर्यो । असोज १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत भएर आएका विदेश सचिव जयशंकरले दबाब दिएको भनाइ पुस्तकमा हुबहु उतारिएको छ ।
यता प्रधानमन्त्री प्रचण्डले कटवाललाई हटाए । उता राष्ट्रपतिले अवरोध गरे । त्यसपछि प्रचण्ड ९ महिनमै सत्ताबाट बाहिरिए । भारत उनीप्रति अझै आक्रामक बन्यो । सशस्त्र विद्रोहबाट सत्ता कब्जा गर्ने भिडियो भारतीय गुप्तचर एजेन्सीमार्फत मिडियाबाट सार्वजनिक भयो ।
उनले दलका नेताहरूलाई भनेका थिए, ‘तपाईंहरूले संविधान घोषणा गरेर के हुन्छ ? विश्वका धेरै देशहरूले समर्थन गरेर पनि के हुन्छ ? भारतले समर्थन गरेन भने तपाईंहरूको संविधानले काम गर्छ ? संविधान त घोषणा गर्नुहोला । तपाईंहरूलाई विकास गर्नु छैन ? अनि विकासमा भारतको सहयोग चाहिँदैन ? भारतको सहयोग अब पुगेको हो ?’
उनले त्यतिमात्रै भनेनन् माओवादीलाई सहयोग नगरेको भए अझैसम्म जङ्गलमै हुने र अहिले राजतन्त्र नहट्नेसमेत बताए । जवाफमा प्रचण्डले संविधान घोषणा रोक्न नसकिने जवाफ दिए । प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओलीले पनि संविधान जारी हुने मिति सार्न नसकिने बताएपछि उनी भारत गए र त्यसपछि नेपालमाथि नाकाबन्दी लगाएको पुस्तकमा सविस्तार उल्लेख छ ।
त्यसपछि केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको, ओलीलाई विस्थापित गर्दै पुनः प्रचण्ड र त्यसपछि देउवा प्रधानमन्त्री बनेको घटनाक्रम पुस्तकमा उल्लेख छ ।
माओवादी र एमाले मिलेर नेकपा बनेको, नेकपाभित्रका खेल खण्डले पुनः संसद विघटन हुँदै एमाले-माओवादी पूर्ववत अवस्थामा फर्किएका र अदालतले देउवालाई प्रधानमन्त्री बनाएकोसम्ममा घटनाक्रम रोचक ढंगले पुस्तकमा प्रस्तुत गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरुको आधिकारिक संस्था हो । यो सङ्गठन राजनैतिकभन्दा पनि विद्यार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर, विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने गरेको छ ।
विद्यार्थी सङ्गठनहरूको इतिहास दोस्रो विश्वयुद्धभन्दा पनि अघिदेखिको छ । दोस्रो विश्वयुद्धमा विद्यार्थी संगठनहरू सैनिकहरूलाई खाना, पानी र विश्वविद्यालयहरूमा सुरक्षा दिन स्वयंसेवकको रूपमा प्रयोग हुन्थे । तर, युद्ध सकिएसँगै ती संगठनहरूलाई विद्यार्थीमैत्री क्रियाकलापहरूमा रूपान्तरण गर्न थालियो । आज पनि विश्वका अधिकांश विश्वविद्यालयहरूमा स्ववियुको अभ्यास रहेको पाइन्छ । नेपालका विभिन्न युगान्तकारी परिवर्तनहरूमा पनि विद्यार्थी संगठनहरूको भूमिका उल्लेखनीय देखिन्छ ।
इतिहासलाई केलाउँदा नेपालमा विद्यार्थी सङ्गठनको सुरुवात विसं १९९१ मा नेपाली छात्र संघको नामबाट भारतको बनारसमा भएको थियो । १९९७ सालमा तत्कालीन राणा शासकबाट आफूविरुद्ध लागेको अभियोगमा त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो । यस अर्थमा गंगालाल श्रेष्ठ नेपालको पहिलो विद्यार्थी सहिद र समग्र विद्यार्थी आन्दोलनको प्रेरणाको स्रोत पनि हुनुहुन्छ ।
त्यसपछि चर्किंदै गएको विद्यार्थी आवेगले २००४ सालमा आन्दोलनको स्वरूप लियो । जसलाई ‘जयन्तु संस्कृतम्’ नामले पनि चिनिन्छ । राणा शासकहरू जनताले केही सिकून्, जानून भन्ने चाहँदैनथे । त्यसैले देशभर सञ्चालित अधिकांश पाठशालाहरूमा केवल कर्मकाण्डमात्र पढाइन्थ्यो र विद्यार्थी पनि केही जाति र सम्प्रदायका मात्र हुन्थे । उक्त आन्दोलन गरेबापत नेपाल संस्कृत छात्राबासबाट ४३ जना विद्यार्थी निष्कासित हुनुपरेको थियो । यसबाट पनि प्रस्ट हुन्छ नेपालमा राम्रो मागको लागि पनि विद्यार्थी पीडित हुनुपरेको इतिहास धेरै पुरानो हो ।
२०१९ सालमा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो । २०३६ को जनमत संग्रह होस् या पहिलो र दोस्रो जनआन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ । तर, विसं २०६२÷६३ को युगान्तकारी परिवर्तनपछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दाे छ ।
त्यसपछिका हरेक परिर्वतनसँगै विद्यार्थी संगठन र आन्दोलन जोडिएर आउँछन् । २०१९ सालमा राजा महेन्द्रले दलहरूलाई प्रतिबन्ध लगाइसकेपछि आफ्नो विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम नै विद्यार्थी संगठन थियो । २०३६ को जनमत संग्रह होस् या पहिलो र दोस्रो जनआन्दोलन विद्यार्थी संगठनहरुको भूमिका प्रशंसायोग्य छ । तर, विसं २०६२÷६३ को युगान्तकारी परिवर्तनपछि भने विद्यार्थी संगठनको क्रेज र औचित्य निरन्तर गिर्दाे छ ।
विद्यार्थी संगठनहरूले आफूलाई समयसँगै ढाल्न सकेका छैनन् । २०४६ साल र २०६३ सालमा आन्दोलन समयको माग थियो । शासकबाट आफ्ना अधिकार फिर्ता लिन नारा-जुलुस गर्नैपर्ने थियो । अहिले समस्या समाधानको माध्यम त्यो बन्न सक्दैन र होइन पनि । अहिले हरेक विश्वविद्यालयमा १० भन्दा बढी संगठन छन् । त्यसैभित्र पनि गुट, उपगुट छन् । कहिले कसले बन्द गरेको छ, कहिले कसको टाउको फुटाएको छ । दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ । खासमा त विद्यार्थी संगठनहरू ‘आवाजविहीनको आवाज’ बन्नुपर्थ्यो, सुविधाबाट बञ्चित समुदायको सहारा बन्नुपर्थ्यो । तर, यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दाबारे बोल्छन्, विद्यार्थीका मुद्दामा गुपचुप गर्छन् । राजनीतिक संस्कार सिक्ने माध्यम बन्नुपर्ने स्ववियु विद्यार्थी संगठन र त्यसका नेताहरुको गुण्डागर्दीको केन्द्र बन्दैछन्, जुन भर्त्सनायोग्यमात्रै होइन, आपत्तिजनक पनि छ ।
अहिले देशको नेतृत्व गरिरहेका बहुसङ्ख्यक नेता विद्यार्थी आन्दोलनबाट उदाएका हुन् । विश्वविद्यालय व्यक्तित्व र नेतृत्व विकासको प्रयोगशाला पनि हो । राम्रोसँग कार्यसम्पादन गर्नसक्ने हो भने स्वतन्त्र विद्यार्थी युनियन केवल विद्यार्थीको मात्र होइन समग्र देशकै महत्वपूर्ण अंग बन्नसक्छ । स्ववियुको भूमिकामा यसरी प्रश्न उठ्नुको महत्वपूर्ण कारण राजनैतिक गतिशीलता नहुनु पनि हो । ५० वर्षअघि नेपाल विद्यार्थी संघको दोस्रो सभापति हुँदै राजनीतिमा हाम फालेका शेरबहादुर देउवा अझै पनि सक्रिय राजनीतिमै छन्, लीलामणि पोख्रेल, युवराज ज्ञवालीहरू अझै शीर्ष स्थानमा पुग्ने समय कुर्दैछन् । शीर्ष नेतृत्व सदैव आफैमात्र पदमा बसिरहने लोभको सीधा असर समग्र क्षेत्रमा परेको छ ।
दिनप्रतिदिन विद्यार्थी आन्दोलन बदनाम बन्दैछ । खासमा त विद्यार्थी संगठनहरू ‘आवाजविहीनको आवाज’ बन्नुपर्थ्यो, सुविधाबाट बञ्चित समुदायको सहारा बन्नुपर्थ्यो । तर, यहाँ विद्यार्थी नेतृत्व सबै मुद्दाबारे बोल्छन्, विद्यार्थीका मुद्दामा गुपचुप गर्छन् ।
त्यसैले कसैको राजनीती बचाइदिन, नेताको नातागोता आफन्तलाई भर्ती गर्न र बफादारहरूको झुण्ड बनाउन विद्यार्थी संगठन प्रयोग भएकाले अहिलेसम्म निर्वाचित भए तापनि स्वतन्त्र विद्यार्थी संगठनहरूले राम्रोसँग काम गर्न सकेका छैनन् । लगभग ८ वर्षको पर्खाइपछि २०७३ मा भएको स्ववियु चुनावमा यिनै लुछाचुढी र भागबन्डाले गर्दा त्रिभुवन विश्वविद्यालयका ६० मध्ये २१ क्याम्पसका विद्यार्थीले मात्रै आफ्नो प्रतिनिधि चुन्न पाए । देशका बाँकी ११ मध्ये अधिकांश विश्वविद्यालयले स्ववियु निर्वाचन गराउनै चाहँदैनन् । यसले एक त विद्यार्थीलाई हानि गर्छ । जायज माग उठाउने संगठन नै हुँदैन । अर्काे भोलि देशको नेतृत्व गर्ने जनशक्ति उत्पादन हुँदैन ।
अहिले त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेकाे छ । अबको केही समयपछि हुने निवार्चन विद्यार्थी नेतृत्वको लागि परीक्षाको घडी पनि हो । समग्रमा हामीले कस्ता व्यक्ति उठाउने, कस्ता व्यक्तिलाई जिताउने हो, त्यसले नै आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा निर्धारण गर्नेछ । अब पनि उम्मेदवार उठाउँदा यति पटक ढुङ्गा हानेको, यति दिन जेल बसेको, यति नेताको चाप्लुसी गरेको जस्ता मानकका आधार बनाइयो भने स्ववियु चुनाव हुनु वा नहुनुमा कुनै फरक हुनेछैन । विद्यार्थी नेतृत्वले हरेक आवाजविहीनहरुको आवाज बन्ने प्रत्याभूति दिनुपर्छ । विश्वविद्यालयमा हुने गरेका विकृति विसङ्गतिलाई कानूनी तवरले समाधान गर्न स्ववियुको भूमिका रहनुपर्छ । देशको राजनैतिक विषयमा आवाज उठाउनु राम्रो हो । तर, विद्यार्थी नेतृत्व केवल त्यसैतर्फ मात्र केद्रित हुनु राम्रो होइन ।
देश बनाउन सबैभन्दा पहिला शिक्षा क्षेत्र सुधार आवश्यक छ । नपढेकाहरू कतार, साउदी र पढेकाहरू अस्ट्रेलिया, अमेरिका लाग्ने जुन विकराल अवस्था देशमा आएको छ । त्यसलाई वेलैमा मनन गर्नुपर्छ । हाम्रा विश्वविद्यालय केवल सैद्धान्तिक ज्ञानका पाठशाला बनेका छन् । तिनलाई चाँडोभन्दा चाँडो प्रयोगात्मक पद्धतिमा ढाल्नैपर्छ । देशका जिम्मेवार नागरिक र सबैभन्दा सक्रिय जनशक्ति विद्यार्थीहरूले विकृतिहरूको सफाइको सुरुवात आफ्नै कलेजहरूबाट गर्न सके, चुनिएका प्रतिनिधिले पनि कुनै नेताप्रति नभई विद्यार्थीप्रति उत्तरदायी भई काम गर्ने सके बल्ल विश्वविद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियनको औचित्यसिद्ध हुनेछ ।
बन्जी हानेको भिडियो हेर्दा लाग्थ्यो, मान्छेले कुन आँटले त्यति सानो डोरीबाट हाम फाल्छन् ? व्यवसायिक हिसाबले संचालन गरिएकाले डोरी चुँडिने भय त मनमा थिएन । तर, हाम फाल्न भने ठूलै मुटु चाहिन्छ भन्ने लागिरहन्थ्यो । मजस्ती सानो मुटु भएकीले त्यसरी हाम फाल्न सक्छु जस्तो नै लागेको थिएन ।
दुई सय २८ मिटर माथिबाट खुट्टामा डोरी बाँधेर हाम फाल्नुपर्ने । अनि त्यसैलाई रमाइलोे मान्नुपर्ने । अहो ! सोच्दैमा पनि डर लाग्ने । आमालाई बन्जी हान्न जाने बारे बताउँदा उहाँको सातो गएको थियो । आमाले भन्नुभयो, ‘त्यो डोरी चुँडिएर खोलामा झरियो भने ? हुँदैन, नजा ।’
‘लाखौंमा एउटा डोरी चुडिन्छ भनेको सुनेको, मेरै पालोमा चुँडियो भने……..?’ मनमा त्रास यस्तो आयो कि भित्रभित्रै त्राहिमाम् भएँ ।
तैपनि सबैले त गरिरहेका छन् भने म किन डराउने ? लाखौंमध्ये एकमा पर्छु भने पनि परुँ । तर, जसरी पनि जान्छु भन्ने निधो गरेँ । हामी छ जनाको समूह बनाएर गत भदाैमा पर्वत जिल्लाको कुस्मातिर हान्नियौं । जहाँ विश्वको दोस्रो अग्लो बन्जी द क्लिफ नेपाल छ ।
काठमाडौंबाट दुईजना, चितवनबाट दुईजना र बुटवलबाट दुईजना थियौं । भदाैकाे पहिलाे साता काठमाडौंबाट रात्रि बस चढेर कुस्मातिर लाग्यौं । बिहान ६ बजे हामीलाई बसले कुस्मा झारिदियो । त्यसपछि हामी काठमाडौंबाट गएका दुई जना द क्लिफतर्फ लाग्यौं । बाँकी साथिहरु पोखरामा रहे । उनीहरुलाई कुस्मा आउन सामय लाग्ने भएकाले त्यतै रहेका थिए ।
कुस्मा बजारकै एउटा होटलमा चिया र खाजा खाजा खाँदै साथीहरुलाई कुर्र्ने निधो गर्यौं । तर, साथीहरु आइपुग्न ढिला हुने भयो । काठमाडौंबाट गएकी साथी प्रतीक्षा र म क्लिफमै पुगेर बन्जी हान्न फारम भर्नतिर लाग्यौं ।
तर, त्यहाँ त धेरै मान्छे बन्जी हान्न तम्तयार रहेका रहेछन् । कोहीकोही हानिरहेका थिए । बन्जी हानिरहेकाहरुलाई हेर्दा मनमा कौतुहलता र उत्सुकता पलाएर आयो । चाँडो गएर हान्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो । अरुले सहज रुपमा अप्ठ्यारो लागेको काम गरिरहेको देख्दा मनमा आँट आउँदोरहेछ । हाम फालिहाल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।
करीब सात घण्टाको अन्तरालपछि पोखरामा छुटेका साथीहरु पनि आइपुगे । झनै आत्मविस्वास पलाएर आयो । हामीले फारम भ¥यौं । तर, एक समस्या आइपर्यो, ४५ केजीभन्दा कम र ८० किलोभन्दा माथिका मान्छेले बन्जी हान्न नमिल्ने रहेछ । एक साथीको तौल नै नपुग्ने रहेछ !
साथीको तौल ४४ किलो रहेछ । तर, ४५ किलोभन्दा एक ग्राम कम तौल भएको मान्छेले पनि बन्जी हान्न नपाउने रहेछ । यसपछि हामीले उसलाई टन्न खुवाएर तौल बढाउनतिर लाग्यौं । केरा, खाजा र अनेक खानेकुरा आएपछि उसको तौला ४५ केजी पुग्यो । हामी बन्जी हान्नका लागि जति उत्साहित थियौं, तौल बढेपछि ऊ दोब्बर उत्साहित भयो । त्यसपछि बन्जीका लागि पुलबाट बन्जी पोइन्टतिर लाग्यौं ।
बन्जी कसरी गर्ने, कसरी सुरक्षित रहनेबारे बन्जीका क्रु मेम्बरहरुले ब्रिफिङ गरे । ध्यान दिनुपर्ने कुराहरु सम्झाए । त्यसपछि पहिलो साथीको अनि मेरो पालो आयो ।
मलाई हामफाल्ने ठाउँमा पुग्दासम्म पनि डर लागेको थिएन । तर जब बन्जी गराउने दाईले अगाडी पुगेपछि थोरै खुट्टा अगाडी–पछाडी सार्न भने, मुटुले ठाउँ छोड्यो । मलाई बन्जीका कुरा गर्दा त्यति डर लागेको थिएन, जब म बन्जी हान्न तम्तयार भएर उभिएँ । तर हिम्मत गरेर डरलाई मनमै दबाएर राखेँ । बन्जी गराउने दाइले भने, वा, टु, थ्री….. ।
जब हाम फालेँ, तल पुगेर डोरीमा नझट्किउन्जेलसम्म म होसविहीन भएँ । मानौं चार सेकेण्डका लागि म मरेँ । अनि केही सेकेण्डपछि फेरि बाँचेँ । हाम फालेर तल पुग्दासम्मको क्षण मलाई केही पनि याद छैन । त्यस क्षण मैले आफूलाई संसारमै सबैभन्दा बढी माया गरेको क्षण थियो ।
मैले न मेरा नजिकका साथीलाई सम्झिएँ । न जन्म दिने आमालाई सम्झिएँ । मलाई त भगवानलाई सम्झिने फुर्सद पनि भएन ।
तल पुगेर पहिलो पटक डोरि झट्कालिएपछि मेरो होस खुल्यो । बल्ल म होसमा आएँ । आँखा खोलेँ, तल खोला वरिपरि हरियाली, स्विङ गरेका एक जोडी मेरै छेउसम्म आइपुगेको थिए । सबै कुरा महसुस भएपछि बल्ल मैले बन्जीको अनुभव लिन थालेँ ।
तीन पटक डोरी झट्कालिएपछि मैले खुट्टामा बाँधिएको डोरीसँगैको रातो अर्को डोरि तानेर मेरो खुट्टाहरु सोझ्याएँ । अनि हातमा बाँधिएको क्यामेरामा आफ्नो अनुभवहरु बताउँदै रमाइलो लिन थालेँ । सुरुमा लागेको डर त्यसबेलासम्म रमाइलोमा परिणत भइसकेको थियो ।
मलाई तलबाट माथि तान्ने अर्को डोरि म भए ठाउँसम्म आइपुग्यो । मैले त्यसलाई कसिलो गरी मेरो कम्मरमा भएको डोरीमा अल्झाएँ । अनि दुई हात फिँजाएर म माथि आउन तयार छु भन्ने संकेत गरेँ ।
सबैजानाले बन्जी गरिसकेपछि हामी घुम्नका लागि पुल पारि गयौं । द क्लिफको रिसोर्ट भएतिर त्यहाँ केहि फोटो खिच्यौं । खाना खान हामीलाई निकै ढिला भइसकेको थियो । त्यसपछि हामी द क्लिफ नजिकैको एक होटेलमा आफ्नो–आफ्नो बन्जी अनुभव सुनाउँदै खाना खायौं ।
०००
काठमाडौं । किराँती समुदायमा अदुवाको ठूलो सांस्कृतिक महत्व छ । उनीहरु धामी वा नक्छुङमाथि विश्वास गर्छन् । नक्छुङहरुले कुलपूजामात्रै गर्दैनन्, शुभ/अशुभसमेत केलाउँछन् । जुन प्रक्रियामा अदुवा नभई हुन्न । उनीहरु अदुवाको कचुर काट्छन् र जोखना हेर्छन् । शुभ/अशुभ खुट्याउँछन् । जसलाई यारी पनि भनिन्छ ।
कवि भूपाल राईले भर्खरै कवितासंग्रह ल्याए, ‘यारी’ ।
‘कविता गाउँमै छ दाजै’, ‘आगोले जन्मोत्सव मनाउँदैन’ पछि भूपालको तेस्रो कविताकृति हो, ‘यारी’ । तर, यसपटकमा ‘यारी’ भन्ने शब्द आफूले अनाम प्रेमिकाको नाममा सम्बोधन गरेको भूपालको प्रष्टोक्ति छ । भूपालको भनाइ छ, ‘मान्छेको जीवनको महत्वपूर्ण पाटो हो प्रेम । मान्छेको चेतना बाँचुञ्जेल प्रेम त बाँचिरहन्छ ।’
किशोरकालमा होस् या युवाकाल वा वृद्धकाल, प्रेमको अनूभूति फरक नहुने उमेरले ६ दशक हिर्काइसकेका भूपालको कवित्वको आँकलन छ । उनी आध्यात्मिक प्रेममा उति साह्रो विश्वास गर्ने जमातमा गनिँदैनन् । बरु प्रेमलाई आशक्ति र प्राप्तिको विन्दुमा राखेर हेर्छन् । प्रेमलाई यदि भावना नै मान्ने हो भने त्यो दिमाग र चेतनाकै उपज ठान्छन् उनी ।
भूपालको भनाइ छ, ‘प्रेम हुन पहिला त आँखाले हेर्नुपर्यो नि ! जब देखिन्छ, तब मनपर्छ । विचार मनपर्छ होला । आदर्श हुँदैन प्रेममा । कसैका लागि निमिट्यान्न हुने भन्ने पनि हुँदैन ।’
अनेक क्षेत्रमा हात हाल्नु भनेको त्यसवेला आफूलाई आफैंले खोजी गरेको समय रहेछ । संघर्षको समयमा म चाहिँ को हुँ त भनेर अनेक माध्यमबाट खोजिँदोरहेछ । आफूलाई खोज्ने क्रममा धेरै काम गरियो । अन्ततः कवितामा आफूलाई पाएँ ।’
एक जमानामा भूपालले खुबै चिठीपत्र लेखे । प्रेमपत्र लेखे । अहिले पो सामाजिक सञ्जाल छ । सवालको जवाफ तत्कालै पाइन्छ । भूपालहरुको जमानामा महिनौं दिन कुर्नुपर्थ्यो । पत्र लेखेर पठाएपछि ठेगानामा पुग्न एक महिना लाग्ने । प्रत्युत्तर आउन अर्को एक महिना लाग्ने ।
‘दुई महिनाको प्रतीक्षाको चुडान्त अनुभूति अहिलेको प्रेममा छैन । त्यो प्रतीक्षामै हुन्थे गीत, कविताहरु । अहिले त मान्छेसँग सोच्नलाई समय नै छैन । त्यसवेला दुई महिनाको अन्तराल भावनात्मक रुपले यति धेरै ऊर्जावान हुन्छ कि चिठीमै गीत, कविता जन्मन्थे ।’
अहिले तिनै कविताहरुलाई ‘यारी’मा समेटेका छन् कवि भूपालले ।
अनि कवितामा मात्रै तल्लीन भए
२०३४ सालतिर काठमाडौं टेकेपछि भूपालले गीत लेखे । संगीत भरे । रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे र गायक पनि बने । ‘पूर्वै जाने रेल’ नामको पूर्वेली लोकभाका त खूबै चल्यो पूर्वतिर । उनैले लेखेको ‘कतिञ्जेल धाउँछौ दाइ धरान धनकुटा’ गीत त अहिले पनि उत्तिकै सुनिन्छ ।
भूपालले डेढ दर्जन जति गीत गाए । तर, गायक बन्नतिर लागेनन् । गायकीलाई चटक्कै छाडेर कवि बन्नमै तल्लीन रहे । बरु गीतकार बने । गायकीको पाटोलाई चटक्कै भुलिदिए । भूपाल सुनाउँछन्, ‘पाँच दश वर्ष सौखका लागि रेडियोमा काम गरें । सौख र देखासिखीका लागि मात्रै गाएको हो । त्यही वेला गितार बजाउन सिकें । कम्पोजिसन बनाउन सिकें । पछिल्लो समय चाहिँ मैले आफैंलाई भनें, ‘तँ गायक होइनस्’ । अनि छाडिदिएँ ।’
गायकीको क्षेत्र विस्तारित हुँदै गयो । भूपालभन्दा राम्रा गायक, संगीतकार आए । त्यसपछि उनलाई लाग्यो, उनका लागि गायकीको क्षेत्र सौख सिवाय अर्थोक केही होइन । काठमाडौं पढ्न आएका थिए । तर, गायक, गीतकार, संगीतकार र कवि भए ।
भूपाल थप्छन्, ‘अनेक क्षेत्रमा हात हाल्नु भनेको त्यसवेला आफूलाई आफैंले खोजी गरेको समय रहेछ । संघर्षको समयमा म चाहिँ को हुँ त भनेर अनेक माध्यमबाट खोजिँदोरहेछ । आफूलाई खोज्ने क्रममा धेरै काम गरियो । अन्ततः कवितामा आफूलाई पाएँ ।’
कविता नै आफ्नो अभिव्यक्तिको अन्तिम माध्यम हुनुको पछाडि धेरै कारण छन् भूपालका । हरेक मान्छेले सुरुमा सौखले कुनै क्षेत्रमा हात हाल्छ । विस्तारै त्यही क्षेत्रमा तल्लीन भएपछि त्यो क्षेत्र कर्ममा बदलिन्छ । भूपाल रेडियो नेपालमा गीत गाउँदा सन्तुष्ट भएको अनुभूति नै गर्दैन थिए । अभिव्यक्तिको केही संकेत छुटेको छ, कमजोर भइरहेको छु भन्ने अनुभूति भइरहन्थ्यो उनलाई । अनि रेडियो नेपाल धाउन छाडे ।
भूपाल सुनाउँछन्, ‘एकतर्फी ढंगले गीत र कविता लेखनमा मात्रै लागें । अझै कविता किन बढी लेखियो भने मान्छेले व्यक्त गर्नुपर्ने अत्यन्तै सुन्दर र छोटो शब्दमा अथवा छोटो फ्रेममा व्यक्त गर्न सकिन्थ्यो ।’
‘आफूभन्दा अगाडिको मानिसलाई सुनाउनुपर्छ, भेट्नुपर्छ भन्ने मान्यताबाट धेरै अलग थिएँ म । जे गर्थें, एक्लै गर्थें । त्यसवेला मैले आफ्ना सृजनाहरु पनि खासै प्रकाशित गरिनँ । म पनि कवि हो भनेर कसैलाई भनिनँ ।’
एक्लै हिँडेर बनेको परिचय
भूपाल राईको कविता यात्रा एकल यात्रा हो । उनले चार दशकभन्दा बढी समयदेखि एक्लै लेखे । एक्लै हिँडे । एक्लै यात्रा गरे । एक्लै तमाम कविताहरु लेखे । उनीसित यत्तिका लामो समयमा कसैले सँगै यात्रा गर्यो भने त्यो उनी आफैंभित्रको अर्को भूपाल राई हो ।
उनी काठमाडौं टेक्दै गर्दा हरिभक्त कटुवाल यतै बागबजारतिर थिए । भूपि शेरचन एकेडेमीतिर थिए । केदारमान व्यथित थिए । मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभहरु यतै थिए । तर, कसैसित पनि भूपालको खास सम्बन्ध भएन । औपचारिक कार्यक्रमतिर भेटिनु, गफिनुबाहेक उनको अन्तरंग सम्बन्ध विकास भएन । न समकालीन कविहरुसँगै नजिकको सम्बन्ध बन्यो ।
आफ्नो स्वभावबारे भूपाल बताउँछन्, ‘आफूभन्दा अगाडिको मानिसलाई सुनाउनुपर्छ, भेट्नुपर्छ भन्ने मान्यताबाट धेरै अलग थिएँ म । जे गर्थें, एक्लै गर्थें । त्यसवेला मैले आफ्ना सृजनाहरु पनि खासै प्रकाशित गरिनँ । म पनि कवि हो भनेर कसैलाई भनिनँ ।’
प्रायः मान्छेहरु आफ्नो क्षेत्रका मान्छेसँग नजिक रहन्छन् । बहस छलफल गर्छन् । गफगाफ गर्छन् । घुलमिल हुन्छन् । आफ्नो कुरा सुनाउँछन् । अरुको कुरा सुन्छन् । भूपालको मत छ, ‘तर, मलाई त्यसरी नजिक हुन मेरो भित्री स्वभाव र चेतनाले डो¥याएन । कसैले वाह भनिदिएर कवि बन्छु जस्तो नै कहिल्यै लागेन वा मैले कसैलाई वाह भन्दैमा ऊ राम्रो कवि बन्छ भनेर कहिल्यै लागेन । समीक्षक, समालोचनाबाट समेत धेरै पर रहें म ।’
आफ्नो परिचय आफैंले गर्दा बनेकोमा विश्वस्त छन् भूपाल । सँगै खुशी पनि छन् एक्लो यात्राले आर्जेको परिचयसँग । उनलाई लाग्छ, अहिले उनले जे परिचय प्राप्त गरेका छन्, त्यो खोजेर बनेको होइन, लेख्दालेख्दै बनेको हो । आफैंले घिसारेर आएको हो आफ्नो परिचयलाई ।
उनी सुनाउँछन्, ‘मलाई कुनै पनि क्षेत्रको ढोंगी मान्छे मनपर्दैन । कोही कविले कविताभन्दा बढी ढोंग गर्छ, कुरा चपाउँछ भने मलाई त्यो मन पर्दैन । आफ्नो कर्मभन्दा बढी भाग खोज्ने, आफैंले मात्रै खानुपर्छ, सारा देश आफैंले चलाउनुपर्छ भन्नेहरुका ढोंगप्रति साह्रै वितृष्णा लाग्छ । सबै क्षेत्रका त्यस्ता मान्छेसँग मेरो सधैं विमति रहन्छ ।’
पहिचान लेखनको त्यो प्रारम्भिक काल
काठमाडौं आएदेखि अहिलेसम्म लामो समयसम्म खासै जागिर गरेका छैनन् उनले । बढीमा पाँच सात महिना गरे होलान् । बाँकी कविता लेखनमै अधिकांश ऊर्जाशील समय बिताए । बरु पहिचानको मुद्दामा बलियो गरी निरन्तर लेखिरहे । सँगै उत्पीडित, उपेक्षित, सीमान्तमा बाँचेकाहरुमा नियमित कलम चलाइरहे ।
भूपाललाई लाग्छ, पहिचानको मुद्दामाथिको लेखन श्रृंंखलाबद्ध रुपमा आएको विषय हो । यसैले सुरु गरेको भनेर दाबी गर्ने अधिकार कसैलाई छैन ।
कवितामा चाहिँ उनले कवि वैरागी काइँलाका कविताहरुमा पहिचानका संकेतहरु देखेका छन् । वैरागी काइँलाले कवितामा मुन्धुमको प्रसंग ल्याएका थिए । आदिवासी जनजातिको मिथक ल्याएका थिए । ४० को दशकपछि उत्पीडनमा परेका आदिवासी, जनजातिको मुक्तिको मुद्दा सतहमा आएपछि पहिचानमाथि प्रखर रुपमा लेख्न थालिएको अनुभूति हुन्छ उनलाई । त्यतिखेरै देखि आफूले पनि चैतनिक रुपले लेख्न थालेको बताउँछन् ।
भूपाल सुनाउँछन्, ‘वैरागी दाइले एक ढंगले संकेत दिनुभयो । तर, उहाँको कवितामा जातीय मुक्तिका लागि भनिँदैन थियो । तैपनि उहाँबाट प्रभावित भएर मैले पनि लेख्न थालेको हो ।’
अहिलेका युवाहरुले जे लेखिरहेका छन्, प्रारम्भिक कालमा मैले लेखेकोभन्दा झनै चोटिलो लेखिरहेका छन् । उनीहरुलाई भेट्दा बडो आनन्द आउँछ । मभन्दा अघिल्लो पुस्ताका कविताहरु हेर्दा त्यस्तो उत्साहित हुँदिनँ थिएँ । किनभने हामीले खोजिरहेका कविताहरु आइरहेका थिएनन् ।’
पछि त राजन मुकारुङ, हाङयुग अज्ञात, उपेन्द्र सुब्बाहरुले सृजनशील अराजकता नाम दिएर साहित्यिक आन्दोलन नै चलाए । जनयुद्धले धेरै मुद्दाहरुलाई राजनीतिक रुप दियो । राजनीतिक रुपमा बहसको विषय बन्न थाल्यो । २०६२/६३ को जनआन्दोलनपछि एक ढंगले पहिचान लेखक मूलधार जस्तो बनेर स्थापित भयो ।
भूपालको तर्क छ, ‘पहिचान लेखनको प्रारम्भिक कालमा लेख्न सुरु गरें । अहिले यसरी लेखिन थाल्यो कि मलाई एकदमै हलुको महसुस हुन्छ ।’
मुद्दाकै कारण भूपाल पछिल्लो पुस्ताका भाइ पुस्ताका कविहरुसँग ज्यादाजसो घुलमिल हुन्छन् । उनीहरुसित भेट्दा मनोवैज्ञानिक रुपमा ऊर्जावान भएको महसुस गर्छन् । सँगै वैचारिक रुपले त्यही धारमा आफूले भन्दा सशक्त कविताहरु भाइहरुले लेखिरहेको देख्दा लोभ लाग्छ उनलाई ।
‘अहिलेका युवाहरुले जे लेखिरहेका छन्, प्रारम्भिक कालमा मैले लेखेकोभन्दा झनै चोटिलो लेखिरहेका छन् । उनीहरुलाई भेट्दा बडो आनन्द आउँछ । मभन्दा अघिल्लो पुस्ताका कविताहरु हेर्दा त्यस्तो उत्साहित हुँदिनँ थिएँ । किनभने हामीले खोजिरहेका कविताहरु आइरहेका थिएनन् ।’
प्राज्ञ भनेको त ज्ञानको भण्डार हो
वैचारिक र राजनीतिक हिसाबले भूपाल माओवादी पार्टीसँग नजिक छन् ।
प्रचण्डको पहिलो प्रधानमन्त्रीत्वकालमा गोपाल किराँती संस्कृतिमन्त्री हुँदा छोटो समयका लागि नेपाल एकेडेमीमा उपकुलपति पनि भए । तर, सर्वोच्च अदालतले उक्त निर्णय अवैधानिक भनिदिएपछि पूर्ण कार्यकाल बिताउन पाएनन् ।
भूपाल बन्दुक नै बोकेर त जनयुद्धमा होमिएका थिएनन् ।
उनको भनाइ छ, ‘पछिल्लो कालमा माओवादी पार्टीसँग नजिक भएको चाहिँ मैले उठाइरहेको मुद्दा उसले अंगीकार गरेकाले हो । मैले जातीय मुक्तिका लागि प्रशस्त गीत लेखें । २०४० को दशकको प्रारम्भदेखि त्यत्रो कविता लेखें । मैले सृजनामार्फत् उठाइरहेको त्यही मुद्दालाई २०६० को दशकदेखि माओवादीले औपचारिक रुपमा स्वीकार गर्यो । जातीय मुक्तिमोर्चाहरु गठन गर्यो । मैले उठाएको मुद्दालाई उसले राजनीतिक हिसाबले उठाएपछि माओवादीसँग नजिक भएको हो ।’
अहिले एकेडेमी पुनर्गठन हुने प्रक्रियामा छ । कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल गएको असोजमै सकिएको छ । अन्य प्राज्ञहरुको कार्यकाल अब सकिँदैन । यही छेकोमा कवि-लेखकहरु नेताहरुका घरघर पुगिरहेको खबरले बजारमा गर्मी थपेको छ ।
भूपालमात्रै होइन, एकेडेमीमा पार्टीको फेर समातेर नै तमाम स्रष्टाहरु प्राज्ञ हुन पुग्छन् । भूपाल पनि २०६५ सालमा त्यसैका निरन्तरता थिए । सत्ताको प्रतिपक्षमा बस्नुपर्ने भनिने लेखक, कविहरु प्रायः कुनै न कुनै पार्टीसँग आवद्ध छन् । ती पार्टीहरु सत्तामा पुग्दा उनीहरुको मुख्य तीर नै एकेडेमीहरु हुन्छन् । कतिपय अवस्थामा त राजनीतिक पार्टीका कार्यकर्ता भर्तीकेन्द्र जस्ता पनि देखिन्छन् एकेडेमीहरु ।
भूपाल पनि सहमत छन्, एकेडेमीको छवि ध्वस्त भएको छ । यसलाई पुनर्निर्माण नगरिकन हुँदै हुन्न । पञ्चायतकालमा राजालाई मन परेका स्रष्टाहरु एकेडेमीमा पुग्थे । अहिले कुनै अमूक पार्टी र नेताहरुका आसेपासेहरु एकेडेमी पुग्छन् ।
पछिल्लो समय एकेडेमी ध्वस्त हुनुको पछाडिको कारणबारे भूपाल भन्छन्, ‘प्राज्ञिकता, प्राज्ञ भनेको नै बुझिएन । प्राज्ञ भनेको त ज्ञानको अभ्यास गर्ने थलो हो । पछिल्लो काल दलका कार्यकर्ताको जागिर खाने थलो बनेको छ । शुद्ध काव्यको काम गर्नेहरु त्यहाँ जानबाट बञ्चित छन् । जो शक्तिमा छन्, उनीहरु जाने भए । एमालेको पालो आए एमाले जाने । माओवादीको पालो आए माओवादी जाने । ती सबै अभ्यास बेठीक हुन् ।’
उनी थप तर्क गर्छन्, ‘एकेडेमीमा जाँदै गर्दा पार्टीकै मान्छे गए पनि प्राज्ञको ओज थाम्ने, त्यसको गरिमालाई आत्मसात गर्न सक्ने मान्छे जानुप¥यो नि ! जसलाई अरु पार्टीका र सारा मान्छेले स्वीकार गरोस् ।’
एकेडेमीको छवि यसरी ध्वस्त हुनुमा कवि-लेखक पनि कारक देख्छन् भूपाल । कवि-लेखकले त्यहाँ जानु भनेको जागिर खानुमात्रै हो भन्ने सोच्नाले पनि एकेडेमी ध्वस्त भएको उनको विश्लेषण छ । त्यहाँ गएर अध्ययन, अनुसन्धान गर्छु भन्नेलाई त्यहाँ नपुर्याइनु नै एकेडेमीको छवि धमिलो हुँदै जानुको कारण देख्छन् ।
अहिले एकेडेमी पुनर्गठन हुने प्रक्रियामा छ । कुलपति गंगाप्रसाद उप्रेतीको कार्यकाल गएको असोजमै सकिएको छ । अन्य प्राज्ञहरुको कार्यकाल अब सकिँदैन । यही छेकोमा कवि-लेखकहरु नेताहरुका घरघर पुगिरहेको खबरले बजारमा गर्मी थपेको छ । आफूले पनि कवि-लेखकको घरदैलोबारे सुनेको बताउँछन् भूपाल ।
उनी सुनाउँछन्, ‘दौडधूप गरिरहेको सुनेको छु । आशा छ, प्राज्ञ हुन लायकका मान्छे त्यहाँ पुग्नेछन् । जो पुगोस्, हामीले बाहिरबाट सहयोग गर्न सकिने मान्छे पुगून् । कार्यकर्ता भर्तीकेन्द्रमात्रै नबनोस् एकेडेमी ।’
काठमाडौं । २०५५ कात्र्तिक १ देखि २०५९ माघ १५ सम्म चीनका लागि नेपाली राजदूत भएका राजेश्वर आचार्यको पहिलो र अहिलेसम्मको अन्तिम कूटनीतिक अनुभव त्यही हो । आफ्नो एक्लो कूटनीतिक अनुभवको धेरै राम्रोसँग मिहिन नोटस्हरु केलाएर, दैनिकजसो भएका कामकुराहरुको एक-एक जानकारी राखेर आचार्यले व्यक्तिगत दस्तावेज बलियो बनाएका छन् । करिब पाँच वर्षको कूटनीतिक अनुभवको तथ्य, तथ्यांक, तर्कसहितको नयाँ पुस्तक आचार्यले यही हप्ता सार्वजनिक गरेका छन् ।
कुनै कर्पोरेट प्रकाशन गृहले नछापेर श्रीमती कमला आचार्यले प्रकाशन गरेको पुस्तक भएकोले पुस्तकको चर्चा बजारमा त्यत्ति छैन । तर, पुस्तकमा पूर्वकूटनीतिज्ञ आचार्यले धेरै रोचक कुराहरु ल्याएका छन् । चीनका लागि राजदूत भएर कुनै पनि नेपाली कूटनीतिज्ञले ल्याएको चीन केन्द्रित कूटनीतिक अनुभवको यो नै पहिलो पुस्तक हो । आचार्यले राजा वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म र गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द्रलाई प्रधानमन्त्रीको रुपमा पाउँदा चीनको लागि राजदूतको अनुभव लिएका थिए ।
आचार्यले चीनमा राजदूत हुँदाका केही रोचक अनुभवहरु पुस्तकमा समेटेका छन् । नेपाल चीनलाई जनवादी गणतन्त्र चीनको रुपमा मान्यता दिने २२औं अग्रणी देश भएको भन्दै आचार्यले नेपाल-चीन जोड्ने धेरै कुरा भएको पुस्तकमा लेखेका छन् ।
निमन्त्रणापत्र नबोक्दा राजदूतलाई समेत प्रवेश निषेध
सन् १९९९ अक्टोबरको एक कृषि तथा सहकारी सम्मेलनको लागि मन्त्री चक्रप्रसाद बास्तोला चीन पुगेका थिए । ग्रेट हल अफ दि पिपुलको अर्को भागमा भएको कार्यक्रममा बास्कोटासँगै आचार्यलाई पनि निम्तो गरिएको थियो । तर, उनले निमन्त्रणा कार्ड बोक्न बिर्सिए । उनलाई गार्डले राजदूत भन्ने जान्दाजान्दै पनि प्रवेश गर्न दिएनन् । यही प्रसंगमा आचार्यले लेखेका छन्, ‘मेरो सवारी चालक चिनियाँ नै थिए । उनले त्यहाँ खटिएका गार्डसँग उहाँ राजदूत हो कार्यक्रममा सहभागी हुन आउनुभएको हो भनेर जानकारी गराए । तर, गार्डले मलाई भित्र जान दिन असमर्थ रहेको बताए । उनीहरुको त्यो सिस्टम देखेर मलाई एक प्रकारको आनन्द महसुस भयो ।’
नेपाल र चीनबाट स्वीकृत पारवहन सम्झौता मस्यौदा नेपाल पुगेर अलपत्र
आचार्यले नेपालले प्रस्ताव गरेर चिनियाँ पक्षबाट संशोधन गरेर सन् २००१ अप्रिल २९ मा पारवहन सम्झौता काठमाडौं पुगेपछि अलपत्र भएको दिक्दारी लेखेका छन् । उनी लेख्छन्, ‘मस्यौदा हामीले तुरुन्तै काठमाडाैं पठायौं । त्यसका लागि माथिदेखि तलसम्मका सरोकारवाला निकायसँग पटकपटक ताकेता गर्दा पनि नेपाली पक्षकै कारणले किन को कुन्नि उक्त पारवहन सम्झौता हुन सकेन । त्यसले गर्दा नेपालले चीनसँग पारवहन सम्झौता गर्न थप डेढ दशकभन्दा बढी समय कुर्नुपर्यो ।’
राजदूत आचार्यको पालामा मुल्तबीमा रहेको नेपाल चीन पारवहन सम्झौता केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा भएको थियो ।
‘त्यहाँ राति व्यक्ति सुत्छ । तर, सरकार सुत्दैन । चीनको सरकारी संयन्त्र २४ सै घण्टा जागा, सचेत र सतर्क रहन्छ । त्यहाँका अभिलेख राख्ने परिपाटी पनि चुस्त हुँदोरहेछ । विदेशी राजदूत वा नियोगहरुले फोनमा भनेका वा पार्टीहरुमा भेट्दा भनेका कुराहरुको पनि अभिलेख राखिँदो रहेछ ।’
उत्तर कोरियामा नेपाली भाषामा स्वागत
सन २००० नोभेम्बर २१ देखि २५ सम्म ओहोदाको प्रमाणपत्र बुझाउन आचार्य उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका थिए । उत्तर कोरियाको विमानस्थलमा ओर्लिनासाथ उनलाई नेपाली भाषामा स्वागत गरियो । त्यही प्रसंग ल्याउँदै उनी लेख्छन्, ‘एक जना युवा महामहिम राजदूतज्यूलाई प्योङयाङमा स्वागत छ भन्दै आइपुगे । मैले उनलाई नेपाली हो भनेर सोधें । उनले आफू कोरियाली भएको र काठमाडौंमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेर नेपाली विभागमा अध्ययन गरेकाले नेपाली बोल्न र लेख्न सिकेको जवाफ दिए ।’ ती व्यक्तिको नाम बेक भएको र उनी नेपालस्थित उत्तर कोरियाली दूतावासमा दुई वर्ष बसेकोसमेत आचार्यले लेखेका छन् ।
चिनियाँ कूटनीति : सजिलो काम नेपालको दूतावासबाट, असजिलो बेइजिङबाट
सन् २००१ को फरवरी अन्तिम साता चीन भ्रमणमा रहेका राजा वीरेन्द्रको यात्राको क्रममा चिनियाँको कूटनीतिबारेमा आचार्यले रोचक व्याख्या गरेका छन् । फरवरी २ मा हुने बोआयो फोरम फर एसियामा राजालाई सम्बोधन गराउन काठमाडौंबाट गरेको प्रयत्न असहज भएपछि आफूसँग चिनियाँ उपविदेशमन्त्रीले विदेश मन्त्रालयमा बोलाएर कुरा गरेको प्रसंग ल्याउँदै आचार्य लेख्छन्, ‘चिनियाँहरु सजिलो कुरा नेपालस्थित आफ्नै दूतावासमार्फत गर्थे, अप्ठेरो कुरा हामीलाई लगाउँथे ।’
चीनमा जनता सुत्छन्, राज्य सुत्दैन
आचार्यले चीनमा राज्य कसरी २४ घण्टा चुस्त दुरुस्त रहन्छ भन्नेबारेमा रोचक कुरा लेखेका छन् । उनी लेख्छन्, ‘चीनमा रहँदा मैले अनुभव गरेको अर्को कुरा के भने त्यहाँ राति व्यक्ति सुत्छ । तर, सरकार सुत्दैन । चीनको सरकारी संयन्त्र २४ सै घण्टा जागा, सचेत र सतर्क रहन्छ । त्यहाँका अभिलेख राख्ने परिपाटी पनि चुस्त हुँदोरहेछ । विदेशी राजदूत वा नियोगहरुले फोनमा भनेका वा पार्टीहरुमा भेट्दा भनेका कुराहरुको पनि अभिलेख राखिँदो रहेछ ।’
चीन-भारत सीमा बैठक लिपुलेक-कालापानी क्षेत्रमा गर्न भारतीय प्रस्ताव
लिपुलेक कालापानी क्षेत्र नेपाल र भारतको मात्रै नभएर भारत र चीनको पनि संवादमा आएको विषय भएको आचार्यले लेखेका छन् । सन् २००० जनवरी १ मा चिनियाँ विदेश मन्त्रालयको एसियन डिपार्टमेन्टका उपमहानिर्देशक सुन काओ सिङले एक कार्यक्रममा भेट हुँदा आचार्यलाई यस्तो भनेका थिए । त्यो प्रसंग ल्याँदै आचार्यले लेखेका छन्, ‘सीमा समस्याका बारेमा छलफल गर्न भारत जाँदा उनीहरुले लिपुलेक कालापानी क्षेत्रमा गएर छलफल गर्ने प्रस्ताव गरेको कुरा जानकारी गराउनुभयो । तर, त्यो प्रस्ताव चीनले अस्वीकार गरेको उहाँको भनाइ थियो ।’
सिक्किमको बारेमा नेपालको धारणा माग
चीनका तत्कालीन उपविदेशमन्त्री वाङ यी जो केही समय अगाडिसम्म चीनका विदेशमन्त्री थिए, उनैले आचार्यलाई सिक्किमको बारेमा नेपालको धारणा माग गरेको उनले लेखेका छन् । सिक्किमलाई नेपालले भारतको अभिन्न अंग मान्ने जवाफ आचार्यले वाङ यीलाई दिएका थिए । प्रश्नको पृष्ठभूमि खोतल्दै आचार्य लेख्छन्, ‘एक पटक नेपाली दूतावासमा आयोजित रात्रिभोजमा वाङ यीले सिक्किमप्रति नेपालको धारणा के हो भनेर सोधे ।’ सन् २००३ मा आएरमात्रै चीनले सिक्किमलाई भारतको अंग मानेको हो । त्यो अगाडिसम्म चीनले सिक्किमलाई स्वन्तत्र देशकै मान्यता दिएको थियो ।
राजकीय भ्रमणमा प्रयोग हुने सांस्कृतिक कूटनीति
राजदूत आचार्यले चिनियाँहरुले स-सानो कुरामा समेत ख्याल गरेर काम गर्ने उदाहरण दिएका छन् । जस्तै नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्मानमा दिइएको रात्रिभोजमा ऐश्वर्यले रचना गरेका गीत र राजा ज्ञानेन्द्रको राजकीय भ्रमणमा उनैले रचेको गीत ‘हे युवा हे युवा’ पृष्ठभूमिमा बजाइएको आचार्यले लेखेका छन् । यस्तै परराष्ट्रमन्त्री चक्रपप्रसाद बास्तोलाको भ्रमण हुँदा सन् २००० अगस्ट २१ मा हान्जाओको रात्रिभोजमा बीपी र माओका तस्बिरहरु हलमा राखिएको प्रसंग ल्याएका छन् । त्यही हलमा बीपी र माओले भेटेको ऐतिहासिकता जोडेर त्यसो गरिएको आचार्यले लेखेका छन् ।
आचार्यले आफ्नो राजदूतको कार्यकालमा नेपाली पक्षबाट हुने उच्चस्तरीय चीन भ्रमणमा बेइजिङस्थित भारतीय दूतावासबाट चासो आउने लेखेका छन् । सन् १९९९ डिसेम्बर पहिलो साता प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा र सन् १९९९ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणमा त्यस्तो भएको उनले लेखेका छन् ।
मेलम्चीमा लगानी डुबाएका चिनियाँ व्यापारीले हात मिलाएनन्
सन् १९९९ मार्च १६ मा बंगलादेशको राष्ट्रिय दिवसको अवसरमा रिसेप्सन पार्टी थियो । पार्टीमा सहभागी एक चिनियाँ व्यापारीले देखिनेगरी आचार्यसँग हात मिलाउन मानेनन् । उनी बिच्किएर अलग भए । आचार्यलाई छल्दै परपर पुगे । ती व्यापारीसँगै पुगेर यस्तो किन भनेर आचार्यले प्रश्न गरेको प्रसंग ल्याउँदै उनी लेख्छन्, ‘नेपाल मित्र राष्ट्र भएकाले लगानी गर्न गए तापनि निर्णय प्रक्रिया झन्झटिलो र ढिलो हुने हुँदा आफूले नोक्सानी व्यहोरेको बताउँदै भेट्ने इच्छा नगरेको प्रस्ट पारे ।’
चीनमा हुने नेपाली उच्चस्तरीय भ्रमणमा भारतीय दूतावासको चासो
आचार्यले आफ्नो राजदूतको कार्यकालमा नेपाली पक्षबाट हुने उच्चस्तरीय चीन भ्रमणमा बेइजिङस्थित भारतीय दूतावासबाट चासो आउने लेखेका छन् । सन् १९९९ डिसेम्बर पहिलो साता प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा र सन् १९९९ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको चीन भ्रमणमा त्यस्तो भएको उनले लेखेका छन् ।
आचार्यले लेखेका छन्, ‘हाम्रा प्रधानसेनापति र पूर्वप्रधानमन्त्रीको चीन भ्रमणका बारेमा चीनस्थित भारतीय दूतावासले चासो देखाउन थाल्यो । भारतीय दूतावासका सैनिक सहचारी तथा कूटनीतिज्ञहरुले हाम्रो दूतावासका समकक्षीसँग वेग्लावेग्लै भेटेर तिब्बतसँग नेपालले थप नाका किन खोल्नु प¥यो ? सेना प्रमुखको भ्रमणमा के के कुरा भए ? पूर्वप्रधानमन्त्रीको भ्रमणमा के कुरा भए ? भनेर अस्वाभाविक रुपमा सोधखोज गर्न थाले ।’
कर्मचारी भर्तीको शैलीले चुहिने नेपाली कूटनीतिक गोपनियता
आचार्यले आफू राजदूत हुँदा सामान्य कर्मचारी भर्ना गर्न पनि नेपालका मेनपावरबाट अरबी देशले मान्छे लगे जस्तै गर्नुपरेको दुःखेसो गरेका छन् । चीनको ‘डिप्लोम्याटिक सर्भिस व्युरो’बाट कार्यालय सहयोगीदेखि सवारी चालकसम्म नियुक्ति गर्नुपर्ने तनाव भएको र त्यसकै कारणले सूचना चुहिने डर भएको लेखेका छन् । उनी लेख्छन्, ‘कूटनीतिमा गोपनीयताको अत्यन्त महत्व हुन्छ । राजदूत जतिवेला जहाँ पनि जानुपर्ने हुन्छ । गोप्य रुपले पनि भेटघाट गर्नुपर्ने हुन्छ । तर, त्यहाँ हामीले नेपालीमै लेख्दा बोल्दा पनि नेपाली भाषा जानेका व्यक्ति हुन सक्छन् ।’
एक पटक नेपाली दूतावासका चिनियाँ सवारी चालकले कार्यालय समयमै बियर खाएर बोतल फाल्दा क्यानडाको दूतावासका मिनिस्टरलाई लागेको तथा चिनियाँ दोभासे सेक्रेटरीले अनावश्यक फाइदा लिन खोजेको भन्दै त्यस्ता पदमा नेपाली नै राख्न आचार्यले सुझाएका छन् ।
गएको मंसिर अन्तिम हप्ता राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङलाई कारबाहीको लागि सिफारिससहित गृह मन्त्रालयलाई पत्र लेख्यो । एउटा संवैधानिक निकायले जननिर्वाचित पदाधिकारीलाई कारबाहीको लागि सिफारिस गरेको सम्भवतः यो पहिलो घटना हो । यो घटना सेलाउन नपाउँदै विराटनगर उच्च अदालतले पौष पहिलो हप्ता मेयर साम्पाङले सुरु गरेको साबुन उद्योगको काम अघि नबढाउन अन्तरिम आदेश जारी गर्यो ।
एउटा लोकप्रिय र सेलिब्रेटी मेयरमाथि सरकारी निकायबाट किन व्यवधान खडा भयो भन्ने प्रश्नको उत्तर खोजी गर्न उल्लिखित दुई घटनाको थोरै पृष्ठभूमि केलाउन जरुरी छ ।
धरान ८ मा बन्न लागेको बसपार्कको विषय लिएर स्थानीय जनता मेयर साम्पाङलाई घेर्न गएका थिए । बसपार्कको कारण आफूहरु विस्थापित हुनुपर्ने भएकाले विकल्पको लागि पहल गरिदिन मेयर साम्पाङसँग उनीहरुको माग थियो । तर, मेयरले उनीहरुको मागको कुनै सुनुवाइ नहुने भन्दै उनीहरुलाई फिर्ता पठाइदिए । असन्तुष्ट स्थानीयहरु मेयर साम्पाङविरुद्ध नाराबाजी गर्दै फर्किए । त्यसको जवाफस्वरुप मेयर साम्पाङले बेलुकी एउटा फेसबुक स्टाटस लेखे- ‘बल होइन बुद्धि लगा चमारे बुद्धि ।’
यो स्टाटसले धरानका दलित समुदाय तरंगित भयो । बसपार्क निर्माणको समस्यासँग दलित समुदायको कुनै सम्बन्ध थिएन न मेयरलाई घेराउ गर्न जानेहरुमा दलित समुदायको संलग्नता नै थियो । आफूहरुसँग असम्बन्धित विषयमा आफ्नो जातीय स्वाभीमानमा आघात पुग्ने गरी ‘चमारे’ शब्द प्रयोग गरेकोमा उनीहरुले विरोध जनाए । चमारे शब्दले तराईमा बसोबास गर्ने चमार जातिको आत्मसम्मानमा ठेस पुगेको उनीहरुको गुनासो थियो ।
यो विषय धरानमा मात्र सीमित रहेन । यो विषयले राष्ट्रिय दलित आयोगको पनि ध्यानाकृष्ट भयो । मंसिर २८ गते एक प्रेस विज्ञप्ति निकाल्दै आयोगले मेयर साम्पाङलाई आफ्नो भनाइ सच्याउन अनुरोध गर्यो । त्यसपछि सामाजिक सञ्जालमा मेयरको पक्ष र विपक्षमा दोहोरी चल्न थाल्यो । मेयर साम्पाङले आयोगको अनुरोधलाई स्वीकार्नुको साटो एउटा संवैधानिक आयोगको नै मानमर्दन हुने गरी एउटा स्टाटस लेखे- ‘कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन । सार्वभौम धराने जनताले जिताएर आएको नगर प्रमुख हुँ । उसको कारबाहीको माग त उस्स ।’
उनी जतिसुकै लोकप्रिय भए पनि उनले गर्न चाहेको कामको लागि कार्यपालिकाको कम्तिमा बहुमत सदस्यको सहमति जरुरी हुन्छ । त्यसको लागि उनीसामु निर्वाचित वार्ड अध्यक्षहरुलाई आफ्नो एजेण्डामा सहमत गराउने ठूलो चुनौती रहँदै आएको छ ।
यतिमै मेयर साम्पाङ अडिनेवाला थिएनन् । उनले ‘राष्ट्रिय दलित आयोगले फोहोरी राजनीति गरेर समाज भाँडेको र आयोगविरुद्ध सम्पूर्ण न्यायप्रेमी नेपाली जनता एकजुट बनी उत्रनुपर्छ’ भन्दै आयोगमाथि गम्भीर लाञ्छना लगाउँदै अर्काे स्टाटस लेखे । आयोगको भूमिका र उद्देश्यमाथि नै ठाडो प्रहार गरेपछि आयोगले पनि मंसिर २८ गते मेयर साम्पाङलाई कानूनबमोजिम कारबाहीको लागि गृह मन्त्रालयलाई सिफारिससहित पत्र लेख्यो । यतिले साम्पाङ झुक्नेवाला थिएन । उनले एक हप्ताको अवधिमा यही विषयलाई लिएर दुई दर्जनभन्दा बढी फेसबुक स्टाटस लेखे । आफू सही र अरु गलत भएको जिकिर गरिरहे ।
यो विषयले सम्पूर्ण धरानकै प्रतिष्ठामा आँच आउने अवस्था आएपछि धरानमा क्रियाशील सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिए र मेयरलाई अराजक नबन्न आग्रह गर्दै विज्ञप्ति निकाले । त्यसपछि बल्ल पुस ३ गते मेयर साम्पाङले ‘आफूले ठट्यौली शैलीमा प्रयोग गरेको शब्दले दलित समुदायलाई दुःखी बनाएकोमा दुःख लागेको’ भन्दै क्षमा मागेको विज्ञप्ति निकाले ।
अर्काे घटना थियो, साबुन फ्याक्ट्री बन्द गर्ने उच्च अदालतको आदेश । मेयर साम्पाङले गत भदौ महिनामा नै महानगरले एउटा साबुन फ्याक्ट्री सञ्चालन गर्ने निर्णय कार्यापालिका बैठकमा गराएका थिए । सोहीअनुरुप ‘माया धराने’ नामको लुगा धुने साबुनको फ्याक्ट्री सञ्चालन गर्न धरान २० स्थित जलकन्या सामुदायिक वनको जग्गामा काम पनि सुरु गरे । डोजर लगाएर जग्गा सम्याइ भवन निर्माणको लागि श्रमदान जुटाउँदै थिए । तर, वन कार्यालयले उक्त जग्गा वनको क्षेत्राधिकारभित्र रहेकाले कानूनी प्रक्रिया पूरा गरेरमात्र काम अघि बढाउन मेयर साम्पाङलाई ताकेता गर्दै आइरहेको थियो ।
केही समयअघि श्रमदान भइरहेकै समयमा वन कार्यालयका कर्मचारी पुगेर कानूनी प्रक्रियाको बारेमा ध्यानाकर्षण गराएका थिए । तर, मेयर साम्पाङले वनका कर्मचारीहरुलाई आफ्नो काममा बाधा नगर्न भन्दै उल्टै थर्काएर पठाइदिए । ‘धरानभित्रको जग्गा नगरको हुन्छ, नगरले निर्णय गरेपछि सकियो । यहाँ तपाईंहरु बोल्ने कामै छैन । जानुस् तपाईंहरु’ भन्दै मेयरले वनका कर्मचारीको कुनै कुरा सुनेनन् । वनको क्षेत्राधिकारभित्रको जग्गामा कानूनी प्रक्रिया पूरा गरेरमात्र काम अघि बढाउनुस् भन्दै कर्मचारीहरु मेयरलाई सम्झाइरहेका थिए । तर, सयौंको संख्यामा उपस्थित मेयरका समर्थकहरुले मेयरका कुरामा होमा हो मिलाउँदै वनका कर्मचारीहरुलाई घुस्याहा, दलाल, भ्रष्टाचारी भनी गालीगलौज गर्दै हायलकायल पारिरहेका थिए । कर्मचारीहरु निरीह भएर त्यहाँबाट फर्किए । कुनै ट्युबरले खिचेको यो घटनाको भिडियो निकै भाइरल भएको थियो ।
उनी यसरी विवादमा परिरहनुमा उनको अपरिपक्वता र नेतृत्व क्षमताको अभाव नै हो । उनी मेयर बन्नुभन्दा अगाडि एक अभियन्ता थिए । अभियन्ता हुँदा धरानको सामाजिक समस्यालाई केन्द्रबिन्दु बनाएर उनी बोल्थे । तर, मेयर भएपछि समाधानलाई केन्द्रबिन्दु बनाएर बोल्नुपर्थ्यो ।
यो घटनापछि जिल्ला वन कार्यालय सुनसरीले वनको क्षेत्राधिकारभित्रको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी उद्योग खोल्न लागेकाले उत्प्रेषणको आदेशद्वारा काम रोक्न उच्च अदालत विराटनगरमा मंसिर २९ गते रिट दायर गरेको थियो । उच्च अदालतका न्यायाधीशद्वय रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकन नगरेको भनी साबुन फ्याक्ट्रीको काम अघि नबढाउन अन्तरिम आदेश जारी गर्यो ।
त्यसपछि मेयर साम्पाङले ‘यो देशको कानुन नै विकासको बाधक बनेको छ’ भन्ने स्टाटस लेखी अदालतको आदेशप्रति असन्तुष्टि जाहेर गरे । त्यतिमात्र होइन वन कार्यालय र राजनीतिक दलहरुलाई ‘साबुन फ्याक्ट्री रोक्न स्टे अर्डर जारी गर्न लगाइ धरानको उत्पादन र रोजगारी रोक्न खोजेको’ आक्षेप लगाउँदै अर्काे स्टाटस लेखे । उनको असन्तुष्टि यतिमा सीमित रहेन । धरान तीनकुनेस्थित निर्माणाधीन प्रदेश वन निर्देशानलय भवन नक्सा पास छ कि छैन भनेर आफूले जाँज्ने भन्दै वन कार्यालयलाई पनि चुनौती दिए । त्यसको ठीक १० दिनपछि उक्त भवनको नक्सा पास नभएको भनी एउटा सूचना टाँससमेत गरे । अन्तिम चरणमा रहेको उक्त भवनको निर्माण कार्य अविलम्ब रोकेर स्वीकृतिको प्रक्रियामा आउन चेतावनी दिँदै अन्यथा नियमानुसार भवन भत्काउन सकिने आसयको पत्र टाँसियो ।
त्यसयता मेयर साम्पाङले वन कार्यालय र अदालतसँग सम्बन्धित दर्जनौं स्टाटस फेसबुकमा लेखिसकेका छन् । उनको रातदिनको स्टाटस लेखाइ हेर्दा अदालत र नगरपालिकाको द्वन्द्व उत्कर्षमा रहेको आभाष हुन्छ । अदालतको आदेशले आफ्नै भूमि विदेशी भूमि जस्तो भएको भन्दै उनले एउटा ब्यानरसमेत बनाएर साबुन फ्याक्ट्री खोल्ने ठाउँमा झुण्डाएका छन् । उनको जिकिर भनेको नगरपालिकाभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिका मातहत हुन्छ र नगरपालिकाले इच्छाएअनुसार भोगचलन गर्न पाउँछ भन्ने हो ।
सम्मानित मेयर किन हुँदैछ आलोचित ?
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुमध्ये सबैभन्दा चर्चित लोकप्रिय व्यक्ति हुन हर्क साम्पाङ । उनको प्रशंसा र लोकप्रियताको बारेमा देश विदेशमा करीब ३-४ महिना चर्चा परिचर्चा भइरह्यो । उनको बारेमा छापा तथा अनलाइनका हरेक सञ्चारमाध्यमले केही न केही सामग्री प्रकाशन/प्रशारण गरेकै हुन्थे । सामाजिक सञ्जाल उनकै प्रशंसाले भरिएको हुन्थ्यो ।
उनले कुनै विषयको विशेषज्ञ सल्लाहकार नियुक्त गरेका छैनन् । हरेक विषयमा आफैं नै सबै जानकार जस्तो बोलिदिन्छन् । जसले गर्दा उनी विवादमा फस्नेमात्र होइन कानूनी झमेलामा पनि फस्छन् ।
तर, धरानको वास्तविकता त्यस्तो थिएन । बाहिर उनी जति लोकप्रिय थिए, त्यति लोकप्रिय धरानभित्र थिएनन् । करीब १ लाख मतदातामध्ये उनले २० हजार ८२१ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत र तेस्रो स्थानको एमालेकी मञ्जु भण्डारीले १२ हजार ६२५ मत ल्याएका थिए । यसरी हेर्दा उनको विपक्षमा बहुमत जनता थिए । अर्काे गम्भीर पक्ष के थियो भने स्वतन्त्र मेयर भएकाले सत्ता पक्षमा उनी एक्लै थिए, बाँकी सबै कार्यापालिका सदस्यहरु प्रतिपक्ष जस्ता थिए । जम्मा २० वटा वार्डमध्ये नेकपा एमालेले १०, नेपाली कांग्रेसले ७, राप्रपा, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले १-१ वटा वार्डमा जीत हासिल गरेका थिए ।
उनी जतिसुकै लोकप्रिय भए पनि उनले गर्न चाहेको कामको लागि कार्यपालिकाको कम्तिमा बहुमत सदस्यको सहमति जरुरी हुन्छ । त्यसको लागि उनीसामु निर्वाचित वार्ड अध्यक्षहरुलाई आफ्नो एजेण्डामा सहमत गराउने ठूलो चुनौती रहँदै आएको छ । तर, अवस्था त्यस्तो भएन । दलबाट निर्वाचित प्रतिनिधि भनेको दलाल, माफिया, भ्रष्ट र अनैतिक हुन्छ भन्ने उनको आधारभूत धारणामा कुनै परिवर्तन आएन । पहिलो कार्यपालिका बैठकमै खोला ठेक्का लगाउने विषयमा वार्ड अध्यक्षहरुसँग उनको मत नमिल्दा द्वन्द्व सिर्जाना भयो । वार्ड अध्यक्षहरु खोला ठेक्का लगाउने पक्षमा थिए । मेयर साम्पाङ भने दलालहरुले नदी बेच्न लागेको भन्दै विपक्षमा उभिए ।
साउन अन्तिम हप्तातिर बराह सहकारीको विवादमा मेयर साङपाङ अनाहक मुछिए । धरानस्थित बराह सहकारीले सर्वसाधरणको करीब पाँच अर्ब रकम डुबाएको भनी संघर्ष समिति बनाइएको थियो । उक्त सहकारीले सर्वसाधारणबाट जम्मा गरेको निक्षेप फिर्ता गर्न नसकेपछि निक्षेपकर्ताहरुले संघर्ष समिति बनाएका थिए । उनीहरुले मेयर साम्पाङसँग सहयोगको लागि गुहार माग्न कार्यालयमै ज्ञापनपत्र लिएर पुगेका थिए । तर, ‘मलाई सोधेर रकम राखेका थियौ’ भन्ने ठाडो जवाफ मेयरले । यसबाट क्रुद्ध बराह पीडित सर्वसाधारणले मेयरविरुद्ध नाराबाजीमात्र गरेनन्, उनको कार्यकक्षमा समेत तोडफोड गरिदिए । केही दिनसम्म मेयर र बराह पीडितको द्वन्द्व चलिरह्यो ।
त्यसको लगत्तै भदौको पहिलो हप्ता एमाले नेत्री मञ्जु भण्डारीसँग एउटा फेक फेसबुक स्टाटसको विषयमा विवादमा मुछिए । मञ्जु भण्डारीको नाममा आएको एउटा फेक फेसबुक आईडीलाई मेयर साम्पाङले वास्तविक सम्झी आफ्नो फेसबुक पेजमा शेयर गर्दै भण्डारीसँग फेसबुक जुहारी खेल्न थाले । यो विषय साइबर क्राइममा मुद्दा हालाहालसम्मको स्थितिमा पुग्यो । एमालेका कार्यकर्ताहरु राजनीतिक रुपमै मेयर साम्पाङको विरुद्धमा उत्रिए । कार्यपालिकामा बहुमत सदस्यहरु एमालेकै भएको हुनाले मेयर साम्पाङलाई यसले प्रतिकूल असर अवश्य पार्यो ।
मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए । सर्दु, खर्दु, पुकुवा, निशाने र भालु खोलाबाट १० इन्चे पाइपमा पानी ल्याएर विभिन्न वार्डमा वितरण गरेका छन् । यसको लागि चन्दाबाट मात्र डेढ करोडभन्दा बढी रकम र अपार जनश्रमदान जुटाएका थिए ।
त्यसपछि अहिले साबुन फ्याक्ट्री खोल्ने विषयमा मेयर र वन कार्यालयबीच द्वन्द्व चलिरहेको छ । उनले यस मामलामा अदालतसमेतलाई मतियार जस्तो बनाइरहेका छन् । वन कार्यालय र अदालतविरुद्ध एक न एक स्टाटस प्रत्येक दिन लेख्छन् । उनले वन कार्यालयलाई सबैभन्दा काम नभएको कार्यालयको चित्रण गरेका छन् भने अदालतलाई विकासविरोधी संस्थाको रुपमा उल्लेख गर्छन् । उनले ‘सरकारी जग्गा अरे ?? म चाहिँ को त ?? सरकार होइन ??’ भन्ने स्टाटस लेखेर आफै सरकार भएको दाबीसमेत गरेका छन् ।
उनी यसरी विवादमा परिरहनुमा उनको अपरिपक्वता र नेतृत्व क्षमताको अभाव नै हो । उनी मेयर बन्नुभन्दा अगाडि एक अभियन्ता थिए । अभियन्ता हुँदा धरानको सामाजिक समस्यालाई केन्द्रबिन्दु बनाएर उनी बोल्थे । तर, मेयर भएपछि समाधानलाई केन्द्रबिन्दु बनाएर बोल्नुपर्थ्यो । जे पायो त्यही बोल्ने उनको बानीले समाधन केन्द्रित नेतृत्व क्षमता उनीमा देखिएन । बरु आफूले जे बोले पनि कानून हुने र जे गरे पनि जायज हुने भन्ने घमण्ड बढ्न थाल्यो । उनले कुनै विषयको विशेषज्ञ सल्लाहकार नियुक्त गरेका छैनन् । हरेक विषयमा आफैं नै सबै जानकार जस्तो बोलिदिन्छन् । जसले गर्दा उनी विवादमा फस्नेमात्र होइन कानूनी झमेलामा पनि फस्छन् ।
फेसबुकको उक्साहट
मेयर साम्पाङलाई विवादित र आलोचित बनाइरहने मुख्य कारण फेसबुकको अधिक प्रयोग हो । उनी औसत फेसबुक प्रयोगकर्ताको दाँजोमा अत्यधिक फेसबुक चलाउँछन् । उनको ‘हर्क साम्पाङ अ रिभुलुसन’ नामक फेसबुक पेज छ । उनले आफ्ना सम्पूर्ण विचार, भनाइ र गतिविधि यही पेजमार्फत सार्वजनिक गर्छन् । उनी पहिला अभियन्ता हुँदा करिब डेढ लाखको हाराहारीमा फलोअर्स थिए । अहिले मेयर भएपछि पाँच लाख फलोअर्स नाघेका छन् ।
फेसबुकमा मनलाग्दी लेख्ने उनको बानीले उनका धेरै शुभचिन्तकहरु निराश हुन थालेका छन् । उनले दिनमा कम्तिमा २० भन्दा बढी नै स्टाटस लेख्छन् । उनी बिहान ३ बजेदेखि राति ११ बजेसम्म पनि स्टाटस लेखिरहेकै हुन्छन् । उनले आफ्नो दैनिकीदेखि विरोधीलाई गालीसम्म फेसबुकमै लेख्छन् । यतिमात्र होइन दिनभरि जति जनासँग विवाद हुन्छ, बेलुकी लाइभमा बसेर उनीहरुलाई चित्तबुझ्दो गाली गर्ने काम पनि फेसबुकमै गर्छन् ।
मेयर साम्पाङको सबैभन्दा ठूलो कमजोरी भनेको फेसबुकमा आउने कमेन्टको उक्साहटमा लाग्नु हो । उनले लेखेको एउटा स्टाटसमा हजार/पन्ध्र सयसम्म कमेन्ट आएका हुन्छन् । अधिकांशले उनलाई सही सल्लाह सुझाव दिनेभन्दा पनि उक्साउने र उत्तेजित पार्ने कमेन्टहरु लेखेका हुन्छन् । उनलाई देवत्वकरण गरिएका कमेन्टहरु देखेर उनी मख्ख पर्छन् । त्यसैले उनीमा के भ्रम छ भने आफूले गरेका सबै काम जायज छन् र बोलेका सबै कुरा न्यायोचित छन् । यही कारण उनी चरम विवादमा फस्ने गरेका छन् ।
मेयर साम्पाङका समर्थक र शुभचिन्तकहरुले फेसबुकमार्फत नै उनलाई साथ दिइरहेको देखिन्छ । तर, उनलाई जायज/नाजायजबारे सल्लाह दिनेभन्दा पनि ‘ठोक्नुस्, हान्नुस्, बजाउनुस्’ भन्ने कमेन्ट लेखेर उत्तेजित पारिरहेको देखिन्छ । यसबाट उनी उत्साहित भई झन बढी आक्रामक स्टाटस लेख्ने गर्छन् । यतिमात्र होइन उनी जहाँ जान्छन्, त्यहाँ युट्युबरहरुको लर्काे लाग्छ । क्यामेराको अघि उभिएपछि उनले केही बाँकी नराखी आफ्ना उत्तेजित र कडा भनाइ राखिहाल्छन् ।
स्वास्थ्य, शिक्षा, रोजगार जस्ता सामाजिक समस्यामात्र होइन सडक, विद्युत, खानेपानी जस्ता भौतिक संरचनाको समस्या विशाल चाङ नै छ । सुशासन र जिविकाको समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ । तर, मेयर साम्पाङ भने यी समस्याको स्थानीय तहबाट गर्न सकिने नीतिगत समाधानको उपाय खोज्नुको साटो एकोहोरो श्रमदानको रटानमात्र लगाउँछन् ।
श्रमदानको एकोहोरो रटान
मेयर साम्पाङले श्रमदान जुटाएरै धरानमा खानेपानी ल्याउन सफल भए । सर्दु, खर्दु, पुकुवा, निशाने र भालु खोलाबाट १० इन्चे पाइपमा पानी ल्याएर विभिन्न वार्डमा वितरण गरेका छन् । यसको लागि चन्दाबाट मात्र डेढ करोडभन्दा बढी रकम र अपार जनश्रमदान जुटाएका थिए । यसले धरानको खानेपानीको समस्या अल्पकालीन रुपमा समाधन गर्न ठूलो मद्दत पुग्यो । यतिमात्र होइन, आफ्नो कार्यकालमा एक करोड विरुवा रोप्ने लक्ष्यका साथ श्रमदान जुटाएर वृक्षरोपण पनि गरिरहेका छन् । अहिलेसम्म उनले ६ लाख विरुवा रोपिसकेको दाबी गरेका छन् । मेयर साम्पाङको यही दुई वटा कामको प्रशंसा देश विदेशसम्म भएको हो ।
यहीबाट हौसिएर उनले श्रमदानको एकोहोरो रटान लगाउन थालेका छन् । धरानलाई श्रम पर्यटन स्थल बनाउने उनको लक्ष्य छ । उनले प्रधानमन्त्रीसमेतलाई श्रमदानको लागि धरान आउन आह्वान गर्न पछि पर्दैनन् । तर, उनको श्रमदानको एकोहोरो रटानले धराने जनता भने वाक्क मान्न थालेका छन् । यही कारण उनको श्रम शिविरमा पहिला जस्तो अधिक संख्यामा श्रमदाताहरु जुट्न छाडेका छन् । अहिले संख्यात्मक हिसाबले निकै कममात्र श्रमदाताहरु श्रमदान गर्न आउने गरेका छन् ।
धरान बहुआयामिक समस्याबाट गुज्रिरहेको रहर हो । स्वास्थ्य, शिक्षा, रोजगार जस्ता सामाजिक समस्यामात्र होइन सडक, विद्युत, खानेपानी जस्ता भौतिक संरचनाको समस्या विशाल चाङ नै छ । सुशासन र जिविकाको समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ । तर, मेयर साम्पाङ भने यी समस्याको स्थानीय तहबाट गर्न सकिने नीतिगत समाधानको उपाय खोज्नुको साटो एकोहोरो श्रमदानको रटानमात्र लगाउँछन् । गिटी कुट्नु नै विकासको एकमात्र आधार हो भन्ने उनको मूल मन्त्र रहेको छ । त्यसैले धराने जनता मेयर साम्पाङको पाँच वर्षे कार्यकाल गिटी कुटेरै जाने भो भन्ने चिन्तामा पर्न थालेका छन् ।
एक कार्यकारी प्रतिनिधिको हैसियतमा उनले विशेष काम गर्न सकेका छैनन् । कार्यपालिका बैठकको लाइभ प्रसारण हुने हुँदा बैठकको गतिविधि सबै प्रत्यक्ष हेर्न पाइन्छ । तर, प्रत्येक बैठकमा वार्ड अध्यक्षहरुसँग मेयरको झगडामात्र परिरहेको देखिन्छ । मेयर भनेको नगरको अभिभावकसमेत भएको हुनाले असन्तुष्ट सदस्यहरुलाई मिलाएर लैजाने पहिलो दायित्व मेयरको नै हो । तर, मेयर साम्पाङमा आफ्नो मतसँग बाझिने प्रस्ताव आएमा ठाडै जाइलाग्ने स्वभाव देखिन्छ । जसले गर्दा उनी कार्यपालिकाभित्र र बाहिर सधैं विवाद र आलोचनाको घेराबन्दीमा देखिन्छन् । यसले गर्दा उनको लोकप्रियता पनि दिनदिनै खस्किएको छ ।
महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भनिन्छन् । महिला र पुरुषबीचको सम्बन्धमा संसारमा हजारौँ वर्षदेखि धेरै अध्ययन, अनुसन्धान र निष्कर्षहरू आएका छन् । तर जसरी ब्रह्माण्डको अध्ययन असीमित छ, त्यस्तै हो महिला र पुरुषको मनोविज्ञानको अध्ययन पनि ।
मैले मेरो जीवनमा धेरै पुरुषहरूलाई नजिकबाट महसुस गरेकी छु । छोरीको रूपमा बुबाको मनोविज्ञान बुझ्नु, दिदी बहिनीको रूपमा दाजुभाइको मनोविज्ञान बुझ्नु र साथीको रूपमा पुरुष साथीको रूपमा पुरुष मनोविज्ञानलाई अनुभव गरेकी छु ।
कहिले सहकर्मीका रूपमा त कहिले प्रेमिकाका रूपमा हरेक महिलाले पुरुषसँग सम्बन्ध राख्छन् तर पुरुष के चाहन्छन् भन्ने बुझ्नै नपाई सम्बन्ध अन्त्र मोडिइसकेको हुन्छ । पुरुषलाई बुझ्न पुरुष मनोविज्ञान बुझ्नुपर्छ जुन महिलालाई बुझ्न भन्दा जटिल छ ।
व्यक्तिका अनुभव भन्दा ठूलो अध्ययनको निष्कर्ष हो, जसको आधारमा यो आलेखमा पुरुष मनोविज्ञान र महिलाको बारेमा तुलनात्मक चर्चा गर्न खोजिएको छ । जुन सामान्य अध्ययन मात्र हो, विस्तृत निष्कर्ष होइन ।
पुरुष र महिलाहरू धेरै पक्षहरूमा समान छन्, तर तिनीहरूको मनोविज्ञान विशेष गरी उनीहरूको सोचाई, बोलाई र गर्ने व्यवहारका साथै समस्या–समाधान, भावनात्मक आवश्यकताहरूको दृष्टिकोणमा फरक छ।
यही मनोवैज्ञानिक भिन्नतालाई बुझ्न नसक्दा संसारमा महिला र पुरुषबीचको सम्बन्ध कमजोर बन्दै गएको अध्ययनहरूले देखाएको छ । त्यसैले पनि पुरुष र महिलाबीचको मनोवैज्ञानिक भिन्नता जान्नु महत्त्वपूर्ण हुन्छ ।
केही दिनअघि काठमाण्डौमा म एउटा पसल छिरेँ । पसलमा एकजना दिदी हुनुहुन्थ्यो । केही तरकारी किनेर अलि राम्रो झोलामा हाल्दिनु है भन्दै मैले आफू कतै पाहुना जान लागेको सुनाए । ती दिदीको पसलको तरकारी गिफ्ट लग्दिऊँ भनेर किनेको कुरा मैले बुझाउन खोजेँ ।
मेरो कुरा सुन्ने बित्तिकै पसलकी दिदीले भनिन्–छोरी मान्छे भनेको छोरी मान्छे नै हो । कति बुझ्ने हुन्छन् छोरी मान्छे । छोरा मान्छे त कामै नलाग्ने, केही मतलब छैन यिनीहरूलाई । म त छोरी मान्छेलाई असाध्यै सम्मान गर्छु । उनी यति भनेर पनि रोकिइनन् ।
दिदीले पुरुष जातिलाई सारै मतलबी भनेर लामै प्रवचन दिन थालिन् । तर मलाई हतार थियो । म चाहिँ त्यहाँ बाट निस्किएँ । यो प्रसङ्ग यहाँ जोड्नुको कारण ती दिदीको पुरुषप्रतिको आक्रोशले मलाई सोचमग्न बनायो ।
मैले आफ्नो जीवनमा त्यस्ता धेरै महिला देखेँ जोसँग पुरुषप्रति गुनासोको चाङ नै छ । किनकि उनीहरूसँग पुरुषको व्यवहारको तितो अनुभव छ । पुरुष र महिलाको सोच्ने तरिकाबीचको आकर्षक भिन्नता छ ।
हरेक परिस्थिति र अवस्थामा कुनै पनि दुई पुरुषहरू ठ्याक्कै उस्तै नहोलान् तर अधिकांश पुरुषको कुनै परिस्थितिमा रियाक्ट गर्ने तरिका मिलिरहेको हुन्छ । किनकि त्यहाँनेर पुरुष मनोविज्ञानले भूमिका खेल्छ ।
प्रायः महिलाहरू आफ्नो जिन्दगीमा के चाहन्छन् भनेर प्रष्ट नै हुन्छन् । उनीहरूले चाहेको प्राप्ति भएपछि खुसी बन्छन् । सानो कुरामा खुसी हुने र सानो कुरामै चित्त दुखाउने आम महिलाको मनोविज्ञान हो ।
के पुरुष जाति खराब बन्दै गएर महिला र पुरुषबीचको सम्बन्ध बिग्रिँदै गएको हो त ? वा महिला अबुझ बन्दै गएको हो? तर यो दुइटै होइन । यहाँनेर लैङ्गिक मनोविज्ञानको भिन्नताले प्रभाव पारेको छ ।
भन्न त भनिन्छ,महिलालाई बुझ्न गाह्रो छ । स्त्रीद्धेषी मानिने ग्रन्थहरूमा पनि भनिएको छ नि, ‘त्रिया चरित्रं, पुरुषस्य भाग्यम; देवो न जानाति कुतो मनुष्यः।।’ अर्थात् स्त्रीको चरित्र र पुरुषको भाग्य कसैले बुझ्न सक्दैन । यथार्थ त्यस्तो होइन ।
तर सत्य के हो भने पुरुषलाई बुझ्न झन् कठिन छ । प्रायः महिलाहरू आफ्नो जिन्दगीमा के चाहन्छन् भनेर प्रष्ट नै हुन्छन् । उनीहरूले चाहेको प्राप्ति भएपछि खुसी बन्छन् । सानो कुरामा खुसी हुने र सानो कुरामै चित्त दुखाउने आम महिलाको मनोविज्ञान हो ।
महिलाहरू साधारण र सन्तुष्ट प्राणी हुन् । तर पुरुष त्यसको ठिक विपरीत हुन् । उनीहरू जिन्दगीभर केही न केही अभाव महसुस गरिरहन्छन् । हरेक पुरुष केही न केही खोजिरहन्छन् । उनीहरूले के चाहेको हो भन्ने कुरा उनीहरूलाई नै थाहा नभएको जस्तो ।
बिहेअघि एक महिलाले पुरुषलाई असाध्यै महत्त्व दिन्छन् । कतिपयले त आफ्नो सपनाको राजकुमारलाई सम्झिएर कति सपना बुनेका हुन्छन् । अझ कतिपयले एउटा पुरुष आफ्नो जीवनमा आएपछि सबै समस्या हराएर जाने सम्म सोच्छाैँ । अझ हामीलाई गतिलो श्रीमान् भए जिन्दगी सुखी हुन्छ भन्ने भ्रमले समेत कहीँ न कहीँ गाइड गरिरहेको छ ।
कतिपय महिलाहरूको सफल पुरुषसँग विवाह गरेर खुशी जिन्दगी बिताउने बाहेक अरू केही सपना हुँदैन । एउटी महिलाको लागि उसको श्रीमान् नै जीवनको सबै थोक हो । तर के एउटा पुरुषले त्यसै गरी सोच्छन् त ?
पुरुषले पनि हामी महिलाले जस्तै सोचिदेओस्, हामीले गम्भीर रूपमा लिएका ,हामीले संवेदनशील ठानेका विषयमा पुरुषले पनि त्यसै गरी सोचोस् भन्ने हामी चाहन्छौँ तर त्यस्तो हुँदैन । त्यही भएर पुरुषसँग महिलाको अत्यधिक गुनासो हुन्छ । यो गुनासो कम हुनको लागि दुवैले एक अर्काको मनोविज्ञान बुझ्न जरुरी छ ।
अध्ययन अनुसार एउटी महिला वर्तमानबाट बढी आनन्द उठाउँछिन् । तर पुरुष सधैँ आगामी जीवनको बारेमा सोच्छ । एक महिला हुनु,पुरुष हुनुभन्दा फरक यस अर्थमा छ कि महिला अधिक भावनात्मक हुन्छन् । पुरुषलाई लाग्छ कि महिलाहरू सानो विषयलाई ठुलो बनाउँछन् । वा सोच्नै नपर्ने विषयमा सोच्छन् । तर त्यहीँनेर पुरुषले पनि महिला मनोविज्ञान बुझ्न आवश्यक छ ।
अध्ययन अनुसार एउटी महिला वर्तमानबाट बढी आनन्द उठाउँछिन् । तर पुरुष सधैँ आगामी जीवनको बारेमा सोच्छ । एक महिला हुनु,पुरुष हुनुभन्दा फरक यस अर्थमा छ कि महिला अधिक भावनात्मक हुन्छन् ।
पुरुष मनोविज्ञानमा अनुसन्धान गरेका मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू महिलासँगको शारीरिक घनिष्ठतालाई बढी महत्त्व दिन्छन् । पुरुषहरू शारीरिक स्नेहले भावनात्मक पूर्णताको अनुभूति गर्छन्। पुरुष मनोविज्ञानले यदि पुरुषले कुनै पनि अवस्थामा माहिलाबाट शारीरिक प्रेम पाउने अवसर पायो भने त्यो अवसर गुमाउन चाहँदैनन् भनेको छ ।
अनि एउटी महिलाको लागि सधैँ एउटा डर त्यो रहन्छ कि आफ्नो पार्टनर अरू कसैको पर्छन् कि ? अर्थात् आफूभन्दा बाहिर अर्को पार्टनरसँग लाग्छन् कि ? महिलाहरू कुनै पनि बाध्यात्मक अवस्था वा स्वार्थ नजोडिए आफूले प्रेम गरेको पार्टनरबाहेक अरू पुरुषसँग शारीरिक सम्बन्ध राख्न रुचाउँदैनन् । तर पुरुषले अवसर पाएको हरेक शारीरिक सम्बन्ध गुमाउन चाहँदैन ।
पुरुषहरूको मनोविज्ञान सम्बन्धी अध्ययनका अनुसार पुरुषहरूले आफ्नो आत्मसम्मान कायम राख्न अरूबाट प्रशंसा र सम्मान खोज्छन्। पुरुषहरू प्रायः दैनिक जीवनका पक्षहरूमा सम्मानित हुन चाहन्छन् । पुरुष मनोविज्ञानमा अक्सर गर्व को भावना छ। धेरै पुरुषहरू विश्वास गर्छन् कि उनीहरू सक्षम र बौद्धिक छन् । उनीहरूको जीवनमा धेरै भन्दा धेरै महिला साथीहरू भइदिउन् ।
पुरुष मनोविज्ञानमा अनुसन्धान गरेका मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू महिलासँगको शारीरिक घनिष्ठतालाई बढी महत्त्व दिन्छन् । पुरुषहरू शारीरिक स्नेहले भावनात्मक पूर्णताको अनुभूति गर्छन्। पुरुष मनोविज्ञानले यदि पुरुषले कुनै पनि अवस्थामा माहिलाबाट शारीरिक प्रेम पाउने अवसर पायो भने त्यो अवसर गुमाउन चाहँदैनन् भनेको छ ।
अध्ययनमा संलग्न मनोवैज्ञानिकहरूका अनुसार पुरुषहरू कस्तो सोच्छन् भन्ने बारे महिलाहरूमा धेरै गलत धारणाहरू छन् । यसको मतलब यो होइन कि महिलाहरू कहिल्यै सही हुँदैनन् । किनकि कतिपय व्यक्ति विशेषमा पनि निर्भर रहला ।
एक महिलाले आफ्नो पारिवारिक जीवन सुरु गर्नुअघि, पुरुष मनोविज्ञान बुझेर उसलाई राम्रोसँग चिन्न आवश्यक छ । यही कुरा पुरुषको हकमा पनि लागू हुन्छ । त्यसो भए मात्र एक महिला र पुरुषबीचको सम्बन्ध सधैँ स्वस्थ रहन सक्छ ।
पछिल्लो अनुसन्धान द न्यु साइकोलोजी अफ म्यानमा पुरुष र महिलाबीचको ‘कनेक्सनको संकट’ अनुभव गरिरहेको वैज्ञानिकहरूले उल्लेख गरेका छन् । पुरुषहरूलाई पुरुषत्वको सङ्कट र सम्बन्धको सङ्कटको समाधान खोज्न मद्दत गर्ने भनिएको उक्त अध्ययनमा लैङ्गिक सम्बन्धलाई मजबुत बनाउन पुरुष मनोविज्ञानलाई बढी बुझ्न आवश्यक रहेको उल्लेख छ ।
पुरुषहरूको मनोविज्ञान बुझ्न किन आवश्यक छ ? के सबै मनोविज्ञान पुरुषहरूको मनोविज्ञान होइन ? हो, पुरुषहरू प्रायः मनोवैज्ञानिक अनुसन्धानको केन्द्र बिन्दु भएका छन् विगत १५ वर्षमा पुरुष मनोविज्ञानबारे सयौँ अनुसन्धान भएको छ । तर अध्ययनहरूमा पुरुषलाई समग्र रूपमा मानवताको प्रतिनिधिको रूपमा हेरेको पनि उल्लेख छ ।
पुरुष र पुरुषत्वको लागि एक मनोवैज्ञानिक दृष्टिकोणको लागि एक रूपरेखा प्रदान गरेका छन् । जसले पुरुष भूमिकाको परम्परागत मानदण्डहरू जस्तै प्रतिस्पर्धा, स्थिति, कठोरता, र भावनात्मक स्टोइकिज्ममा जोड र केही पुरुष समस्याहरू जस्तै आक्रामकता लाई प्रश्न गर्दछ। र हिंसा, महिलाहरूको अवमूल्यन पनि केन्द्रमा राखेर अनुसन्धान भएको छ ।
निष्कर्षमा भन्नु पर्दा,महिलालाई बुझ्न जति सजिलो छ त्यति सहज पुरुषलाई बुझ्न छैन । पुरुषको जीवन कहिल्यै नरित्तिने अतृप्त चाहना र सपनाको डङ्गुर हो भने भने महिला सरल र सहज जीवनको भोको हुन् ।
माउन्टेन्स एक पर्वतीय क्षेत्र हो र यो अस्ट्रेलियाको न्यू साउथ वेल्समा अवस्थित विश्व सम्पदामा सूचीकृत एक पर्वत श्रृंखला हो । सन् १९७० मा परिभाषित गरिएअनुसार ब्लु माउन्टेन क्षेत्र पूर्वमा नेपियन र हक्सबरी नदी, पश्चिम र दक्षिणमा कक्स नदी र लेक बुरागोरंग र उत्तरमा वोल्गन र कोलो नदीहरूले घेरिएको छ । यो सिड्नी बेसिनको मध्य भागमा अवस्थित छ । सन् २०१८ मा ८४ लाख मानिसहरूले ब्लु माउन्टेनको भ्रमण गरेका थिए भन्ने तथ्यले यसको महिमा र गरिमालाई बताउँछ । हुन पनि मानिसहरु हुलका हुल बाँधेर यो ठाउँमा गएको दृश्यले यहाँको अर्थतन्त्रमै योगदान गरेको अनुमान लगाउन सकिन्थ्यो ।
घना जंगल, दर्शनीय झरनाहरू, पुरातन इतिहास र आकर्षक वन्यजन्तुहरू पाइनु यस ठाउँको विशेषता हो । यो माउन्टेन्स अस्ट्रेलियाको सबैभन्दा धेरै भ्रमण गरिएको विश्व सम्पदा हो । प्राकृतिक दृश्यहरूले भरिएको विश्व सम्पदा स्थलको रुपमा यसलाई लिने गरिन्छ । यो ठाउँ सबैभन्दा बहुमूल्य स्थानीय जीवजन्तु र वनस्पतिहरूको घर हो । यस क्षेत्रमा पाइने बोटविरुवा, जनावर र पारिस्थितिक प्रणाली पृथ्वीका अन्य क्षेत्रमा पाइनेभन्दा फरक छन् भनेर मानिँदोरहेछ । कमसेकम एक सय प्रजातिका अद्वितीय अस्ट्रेलियन निलगिरीहरु यसै क्षेत्रमा पाइँदो रहेछन् ।
यहाँ जंगली कुकुर, डिङ्गो, खैरो कङ्गारु, आदिका स्वदेशी प्रजातिहरू पाइन्छन् । वनस्पतिहरूमध्ये फर्न, युकलिप्टस आदि रूखहरू देख्न सकिन्छ । यसबाहेक यस ठाउँमा चट्टान, कलाको रूपमा आदिवासी इतिहास र संस्कृतिको पनि दृश्यावलोकन गर्न सकिन्छ ।
मनमोहक र रमणीय निलो पहाडको बारेमा एक शब्दमा भन्दा यो प्राकृतिक संसार हो । यो २,६७,१८३ हेक्टरमा फैलिएको छ । यसको क्षेत्र २३० किलोमिटर छ । यस ठाउँमा सूर्यास्तको समयमा ज्यादा मानिस आउजाउ गर्छन् अर्थात् सन्ध्याकालमा यस पहाडलाई जादुगरी संसार भनिन्छ ।
ब्लू माउन्टेनको भ्रमण किन गरिन्छ ?
मनमोहक र रमणीय निलो पहाडको बारेमा एक शब्दमा भन्दा यो प्राकृतिक संसार हो । यो २,६७,१८३ हेक्टरमा फैलिएको छ । यसको क्षेत्र २३० किलोमिटर छ । यस ठाउँमा सूर्यास्तको समयमा ज्यादा मानिस आउजाउ गर्छन् अर्थात् सन्ध्याकालमा यस पहाडलाई जादुगरी संसार भनिन्छ । सायद यसैले त होला प्रख्यात नियात्राकार युवराज नयाँघरेले ‘औंला औंलामा अस्ट्रेलिया’ नामक पुस्तकमा एकजना बेलायती क्यामेरा चलाइरहेका व्यक्तिले भनेको विषयलाई यसरी व्यक्त गरेका छन्- एक महिनादेखि थ्री सिस्टर्सलाई रात, दिन, बिहान र मध्याह्न फोटोमा उतारिरहेको छु ।
निलो माउन्टेनमा झरेका झरनाको दृश्यले धेरैलाई आकर्षण गर्छ । यहाँका झरनाहरु प्याराडाइज पुल, कटुम्बा झरना, वेन्टवथ झरना र मिनेहाहा झरना आकर्षक स्थल हुन् । यस पहाडलाई किन नीलो भनेर भनियो ? यसबारेमा नयाँघरेले नै लेखेकाले मैले त्यसैलाई आधार मानेर बसेको थिएँ । यसको कारण एक खालको रुखबाट आउने तेल र पहाडमा धूलाको कण घोलिएर घाममा परावर्तित हुँदा नीलो देखिने रहेछ ।
यहाँ कुल ४५५ विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिहरू रहेका छन् । कंगारु, कोआलास र कुकाबुरालगायतका अस्ट्रेलियाका सबैभन्दा प्रतिष्ठित वन्यजन्तुहरूका दृश्यहरू हेर्न र तस्वीर खिच्न पाइनु अर्को आकर्षण हो । विभिन्न प्रकारका रुख, विरुवा र फूलहरुको नाम पत्ता लगाउन भने गारो भयो । विरुवा देख्दा राम्रा तर, नेपाल भारतमा हुने जस्ता नदेखेपछि म नाम पत्ता लगाउनतिर लागिनँ । यस पहाडमा १००० आदिवासी रक कलाका साइटहरु रहेका छन् । यहाँको रातो हात गुफा जहाँ सबैभन्दा जीवन्त रातो, पहेंलो र सेतो स्टेन्सिल हातका चित्रहरू देख्न सकिन्छ ।
सन् १९५४ फेब्रुअरी १२ मा बेलायती महारानी एलिजाबेथले पनि यस ठाउँबाट जमेसिन उपत्यका हेरेकी रहिछन् । जसलाई यहाँ उल्लेख गरेर राखिएको छ । यसबाट विश्वका प्रसिद्घ व्यक्तिहरु यस ठाउँमा आउँदा रहेछन् भन्ने पुष्टि हुन्छ ।
पार्कको पूर्वी किनाराबाट ८ किलोमिटर पैदल यात्रा गर्न पनि उपयुक्त स्थल छ । सनसनीपूर्ण हिँड्न ट्र्याक बनाइएको छ । रोमाञ्चक पदयात्राको अनुभवको लागि यो क्षेत्र चर्चित छ । बेलायती राजकुमार ह्यारी पनि एकपटक हिँडेका रहेछन् । जसलाई ह्यारी पथ भनिने रहेछ । सन् १९५४ फेब्रुअरी १२ मा बेलायती महारानी एलिजाबेथले पनि यस ठाउँबाट जमेसिन उपत्यका हेरेकी रहिछन् । जसलाई यहाँ उल्लेख गरेर राखिएको छ । यसबाट विश्वका प्रसिद्घ व्यक्तिहरु यस ठाउँमा आउँदा रहेछन् भन्ने पुष्टि हुन्छ । हामी गएनौं । तर, वारिबाट हेर्दा रेल गुडेको देखिन्थ्यो । जंगलमा रेल दौडिएको दृश्यले थप आकर्षण बनाएको थियो । ओरालोमा दौड्ने सो रेललाई संसारकै पहिलो रेल भनिनेरहेछ । अर्कोतिर तल देखिने केडुम्बा नदीतिर केवुलकार पनि देखिन्थ्यो । यद्यपि हामीले समयको व्यवस्थापन गर्नुपर्ने भएकाले केवुलकार चढ्नतिर लागेनौं ।
वरपर देखिने पहाड पनि रातै छन् । खै किन राता भए त्यो त मलाई थाहा भएन । तर, रंगीन पहाड देख्दा आश्चर्य नै लाग्यो । यो स्थान प्रतिष्ठित गुफाहरूको लागि पनि प्रसिद्ध छ । यहाँ जेनोलन गुफाहरू छन् । गुफाहरू र पर्वतारोहण ट्रेलहरू वरपरको उजाडस्थानले आफ्नै ठाउँमा अन्वेषण गर्न र यसको मूल वन्यजन्तु पत्ता लगाउन धेरै अवसरहरू प्रदान गर्दछ । यहाँ कुनै पनि झाडी कुटीरहरूमा रातभर बस्न पनि सकिन्छ ।
न्यू साउथ वेल्सको कटुम्बा नजिकैको थ्री सिस्टर्स अस्ट्रेलियाको सबैभन्दा धेरै फोटो खिच्ने स्थलमध्ये एक हो । थ्री सिस्टर्स नजिकै ज्यामिसन भ्यालीमा एक भीरबाट पैदलमार्ग तल गइन्छ, जसले घाटीको माध्यमबाट प्रकृति पैदल यात्राको पहुँच प्रदान गर्दछ । ब्लु माउन्टेन रक आरोही, माउन्टेन बाइकर र हाइकरका साथै क्यानोनिङ र अन्य साहसिक खेलहरूको लागि एक लोकप्रिय गन्तव्य हो । तर, यो खतरा पनि उत्तिकै छ । सन् १८७५ देखि २०२१ को बीचमा ४५० भन्दा बढी घटनामा २०० भन्दा बढीको मृत्यु भएको छ । हरेक वर्ष ब्लु माउन्टेन्समा २०० जनासम्म मानिस हराउने वा घाइते हुने गरेका छन् ।
ब्लु माउन्टेन रक आरोही, माउन्टेन बाइकर र हाइकरका साथै क्यानोनिङ र अन्य साहसिक खेलहरूको लागि एक लोकप्रिय गन्तव्य हो । तर, यो खतरा पनि उत्तिकै छ । सन् १८७५ देखि २०२१ को बीचमा ४५० भन्दा बढी घटनामा २०० भन्दा बढीको मृत्यु भएको छ ।
द थ्री सिस्टर्स
तीन दिदीबहिनीहरु असामान्य चट्टानका पहाड हुन् । जसले तीन बहिनीको प्रतिनिधित्व गर्दछ । यिनीहरु क्रमशः ९२२, ९१८ र ९०६ मिटर अग्ला छन् । समुद्र सतहभन्दा ३०० फिटमाथि छ । यो एक आदिवासीसँग जोडिएको पौराणिक कथा हो । यी तीन बहिनीहरु मेहनी, विम्लाह र गुनेड काटोम्बा जनजातिको सदस्यको रुपमा आफ्नो परिवारका अन्य सदस्यहरूसँग जेमिशन उपत्यकामा बस्थे ।
त्यसो त काटोम्बा जनजातिका धेरैले यी युवतीहरूको हात चोर्ने प्रयास गरे । तर, प्रयासमा कोही सफल भएनन् । दिनहरू बित्दै जाँदा तिनीहरू तीनैजनाको नेपियन जनजातिका युवाहरुसँग प्रेममा परे । तर, आफ्नै जनजातिको नभएको जो कोहीसँग विवाह गर्न आदिवासी कानूनले निषेध गरेको थियो ।
तिनीहरू आफ्ना प्रेमीहरूको हातमा पार्न जे पनि गर्न तयार थिए । उनीहरुले बहिनीहरू चोर्न खोजे र युद्ध सुरु भयो । तीन दिदीबहिनीको ज्यान खतरामा परेकाले काटोम्बा जनजातिका एक बोक्सी डाक्टरले बहिनीहरुलाई सुरक्षाबाट जोगाउन ढुंगा बनाउने जिम्मा लिए । लडाइँ सकिएपछि मन्त्र उल्टाउन खोज्दा बोक्सी डाक्टर आफैं मारिए । जनजातिका मानिसहरूले दिदीबहिनीहरूलाई पुनर्जीवित गर्ने प्रयास गरे । तर, कोही पनि पर्याप्त शक्तिशाली भएनन् ।
पछि युद्धको सम्झनामा बहिनीहरूलाई ढुङ्गामा परिणत गरियो । तिनीहरूलाई पहाडमा थ्री सिस्टर्स ब्लू माउन्टेन्सको रूपमा राखियो । पर्यटनको दृष्टिले यीनलाई असाध्यै महत्वपूर्ण स्थल मानिने रहेछ ।
‘विराट भाइ कहिले आउने पोखरा प्लेन टिकट कहिलेको भनौं ?’
नेपाल लिटरेचर फेस्टिभल आयोजक संस्थाका निरज भारीबाट प्रश्न आयो ।
निरज दाइको प्रश्नमा मैले भनें, ‘दाइ अहिलेसम्म इटहरी पोखरा सडकबाटै गएकाले यो पालि पनि म सडकबाटै आउँछु ।’
आयोजकले गरेको विराटनगर-काठमाडौं-पोखरा हवाई यात्राको प्रस्तावभन्दा भिन्न सडकबाट आउन मैले रोजेको विकल्प गलत भएको महसुस पुस ८ गते बिहान साढे ७ बजे भयो । मैले यात्रा गरेको ग २ ख ९९७ नम्बरको गाडीलाई पछाडिबाट आएको ना ७ ख ६२७ नम्बरको गाडीले ठक्कर दियो । ठक्कर बिहानीको दृश्य हेर्दै सबैभन्दा पछिको कुनाको सीटमा मै बसेको ठाउँमा हान्यो । मभन्दा अगाडि बसेका दुई पाका भन्दै थिए, ‘भाग्यले बाँच्नुभयो । एक इन्च पनि नकटाएको भए गाडीको कुना हैन तपाईंलाई हान्थ्यो ।’
म चढेको गाडीमा लेखिएको ‘कुल देवताले रक्षा गरुन्’ भन्ने नाराअनुसारले सुरक्षित भएर म ठक्कर खान जोगिएँ वा जोगिनँ, त्यो फरक कुरा हो । पुस ८ को ठक्करमा मूलतः दुई कारण जिम्मेवार छन् । एक, चालक । चालकले कुन गाडी कता कसरी कुन गतिमा कुदेको छ भन्नेसम्म ख्याल नगरी चलाउँदा उनको गाडीले ठक्कर दिन पुगेको थियो । दुई, सडकको चौडाइको पनि दोष थियो । सडक अलि फराकिलो भएको भए चालकले गाडीको कुनामा नठोक्काइकन कुदाउन सक्थे ।
देशको प्रमुख पर्यटकीय नगरमा हुन गइरहेको देशकै स्थापित साहित्य महोत्सवमा सहभागी हुन मैले यात्रा गरिरहेको सडक देशको प्रमुख गन्तव्यस्थल पुग्ने स्तरको थिएन । ठाउँठाउँमा भत्किएको सडकमा विदेशी पर्यटकहरु शयर गराएर देशको शान देखाउने व्याख्या गर्ने स्तरको थिएन । अन्नपूर्ण क्षेत्रको गेटवे टाउनको रुपमा रहेको पोखरामा जाने विश्वस्तरीय सडकको कुनै कोणमा एक गुण पनि थिएन पोखरा पुग्ने सडक । हामीले पोखरा जाने झुर गुणस्तरको सडकमा दमौली नजिकै ठक्कर खाएकै समयमा पोखरामा भने अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको तारतम्य हुँदै थियो । मंसिर ५ देखि ११ सम्म क्यालिब्रेसन फ्लाइट सञ्चालन भएको थियो ।
अन्नपूर्ण क्षेत्रको गेटवे टाउनको रुपमा रहेको पोखरामा जाने विश्वस्तरीय सडकको कुनै कोणमा एक गुण पनि थिएन पोखरा पुग्ने सडक ।
पोखरा जोड्ने सडकलाई स्तरीय दुई लेन वा स्तरीय चार लेनको सडक नबनाइ हतारमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । पुस १७ गते सन् २०२३ को नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपममै उद्घाटन भएको छ । भन्नमा र बन्नमा ‘अन्तर्रास्ट्रिय विमानस्थल’ भनिए पनि राष्ट्रिय रुटका विमान चलाएर विमानस्थल उद्घाटन भएको छ ।
पोखरामा कहिलेबाट भारत, चीन वा अन्य देश जोड्ने अन्तर्राष्ट्रिय उडान हुन्छन् भनेर यकिन भन्न सकिन्न । यत्ति चै भन्न सकिन्छ पोखराको मौसम खराब भएर विमानस्थल सञ्चालन हुन नसकेको समयमा सडक यात्राबाट काठमाडौं आउनेहरुले सडकको बारेमा धेरै गुनासो गर्नेछन् । र भन्नेछन्, ‘एउटा गतिलो राष्ट्रिय राजमार्ग बनाउन नसक्ने देशले ऋण लिएर अन्तर्राष्ट्रिय विमानस्थल किन बनाउनू ?’
२२ अर्बको ऋणमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वाइड बडी विमान चल्दैनन् । सात महिना अगाडि टर्किस एयरलाइन्सका जीएम अब्दुल्लाहले काठमाडौं पोस्टसँगको कुराकानीमा बाइड बडी नबस्ने विमानस्थल भएकाले भैरहवा र त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा जस्तो पोखरामा व्यवसायिक सम्भावना नहुने तर्क गरेका थिए । पर्यटन बोर्डको २४औं जन्मोत्सवमा बोलेका सीईओ धनञ्जय रेग्मीले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले व्यवसायिक सफलता पाउनेमा शंका गरेका थिए । विश्वस्तरीय विमान कम्पनीदेखि नेपाली पर्यटन क्षेत्रका हस्तीहरुले व्यवसायिक सम्भावना नदेखेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले भने सम्भावना देखेको थियो । सम्भावना देखेकैले २०७२ मा शिलान्यास गरेर २०७९ मा उद्घाटन गरिएको छ ।
पोखरामा सन् १९५२ बाट हवाईजहाज चलेको हो । दरभंगाबाट भाडामा ल्याएर चलाइएको डिसी-३ विमान आएको पाँच वर्षपछि मात्रै पोखरामा गाडी आएको थियो । सन् १९५७ मा त्रिभुवन ग्राम विकास कार्यक्रममा अमेरिकी जीप पोखरामा हवाईजहाज चढेर पुगेको थियो ।
नेपाल लिटरेचर फेस्टिभलमा बुकर अवार्ड पाउनेदेखि विभिन्न अन्तर्राष्ट्रिय लेखकहरु पोखरा ओर्लंदा बिदा नदिएको महानगरले अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदै भएको उद्घाटन समारोहमा सार्वजनिक बिदा दियो । यो स्तरमा भावुकता देखाएर बनाइएको विमानस्थलमा म जस्ता निम्न मध्यम आय भएकाहरुले यात्रा गर्न सक्दैनन् । देशका बहुसंख्यक नागरिकले बाध्यताबाहेक हवाई यात्रा गर्न सक्दैनन् । देशका बहुसंख्यक नागरिकले धान्न नसक्ने र अन्तर्राष्ट्रिय उडान हुने व्यवसायिक सफलताको सम्भावना कम हुने विमानस्थल मूलतः धनाढ्यमैत्री परियोजना हो । यसले उडान गर्दा धनाढ्यलाई मात्रै सहज हुन्छ । नाफा नहुँदा आम मान्छेको करले धान्नुपर्ने हुन्छ । धनाढ्य केन्द्रित परियोजना हो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।
उसो त सरकारले पोखरामा सबैभन्दा पहिलो प्राथामिकता धनाढ्यलाई नै दिँदै आएको छ । उदाहरणको लागि पोखरामा सन् १९५२ बाट हवाईजहाज चलेको हो । दरभंगाबाट भाडामा ल्याएर चलाइएको डिसी-३ विमान आएको पाँच वर्षपछि मात्रै पोखरामा गाडी आएको थियो । सन् १९५७ मा त्रिभुवन ग्राम विकास कार्यक्रममा अमेरिकी जीप पोखरामा हवाईजहाज चढेर पुगेको थियो । साइकलले पोखरा प्रवेश सन् १९६० मा मात्रै पाएको हो । सडक त पोखरामा जहाज ओर्लिएको १५ वर्षपछि मात्रै सन् १९६७ सुनौलीबाट पुगेको थियो । काठमाडौंसँग सडक जोडिन त्यसको पाँच वर्ष अर्थात् १९७२ सम्म कुर्नुपरेको थियो । पोखरामा आम जनताको लागि भन्दा धनाढ्यका विलासी सवारीको प्रवेशको यो रोचक कथा हर्क गुरुङले २० वर्ष अगाडि पोखरा उद्योग वाणिज्य संघको कार्यक्रममा कार्यपत्रमै भनेका थिए ।
अहिले हर्क गुरुङले देहत्याग गरेको पनि दुई दशक पुग्न लागेको छ । तर, पोखराको विकासे मोडल हर्क गुरुङले भने जस्तो सात दशक अगाडिकै छ । जहाँ पहिलो प्राथमिकता विमानस्थलमा हुन्छ । सडकमा दोस्रोमात्रै हुन्छ । त्यसको पहिलो असर म र म जस्ता आम मान्छेहरुलाई परिरहन्छ ।
नेपाली कांग्रेसभित्र मौलाइरहेको गुटगट राजनीति सतहमै देखिन थालेको छ । एउटा पक्ष असफल हुँदा अर्काे पक्षले खुशीयाली मनाउनेसम्मको अवस्था सिर्जना भएको छ । केही समयअघि भएको संसदीय दलको निर्वाचनमा गगन थापा पराजित हुँदा देउवा पक्षले खुशीयाली मनाएको थियो । तर, पाँच दलीय सत्ता गठबन्धनको विघटनसँगै उनीहरुको खुशीयाली पनि सकिएको छ । मन्त्रीसहितका संवैधानिक पद खाउँला भन्दै दौरा सुरुवाल सिलाएर बसेका देउवा पक्षीय सांसदहरुको सपनामा तुषारापात भएको छ । यतिवेला देउवा पक्षको हारमा शेखर-गगन समूहले खुशीयाली मनाइरहेको छ ।
कास्कीको पोखरामा भएको लिटरेचर फेस्टिभलमा महामन्त्री गगन थापाले गठबन्धनको विघटन र देउवाको हारतर्फ इंगित गर्दै आफू संसदीय दलको चुनावमा पराजित भए पनि आजको समाचार सुनेर चित्त बुझाएको टिप्पणी गरेका थिए । त्यस्तै उनले पार्टीका कार्यकर्तालाई अब हारजीतको प्रकरण सकिएको बताउँदै कांग्रेस फेरि उठ्ने र आफू उठाउन सक्रिय भएर लाग्ने बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कार्यकर्ताहरुलाई ‘डन्ट वरी हामी छौं’ भन्दै ढाडस दिएका छन् । उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ, गगन-विश्वप्रकाशहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । उनीहरुले पार्टी नेतृत्वसमक्ष नीति महाधिवेशन गर्नसमेत माग गरिसकेका छन् । उनीहरु कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खोज्ने पक्षमा छन् । गगनको अभिव्यक्तिबाट त उनी आफैं नेतृत्वमा दाबी गर्ने पक्षमा रहेको बुझ्न सकिन्छ ।
उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ, गगन-विश्वप्रकाशहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । उनीहरुले पार्टी नेतृत्वसमक्ष नीति महाधिवेशन गर्नसमेत माग गरिसकेका छन् । उनीहरु कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खोज्ने पक्षमा छन् ।
कांग्रेस सभापतिमा गगनको दाबी पार्टीको लागि पनि हितकर हुनसक्छ । एक पटक समानुपातिक र तीन पटक प्रत्यक्ष गरी सांसदको चार कार्यकाल सम्हालिसकेका, पार्टी महामन्त्री रहेका गगन कांग्रेसको नयाँ नेतृत्वको लागि योग्य पात्र नै देखिन्छन् । गगनले एकपटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेका गगन पार्टीभित्र मात्र होइन पार्टी बाहिरका युवा पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् । त्यसैले गगन कांग्रेसको नेतृत्वमा पुगे भने कांग्रेस पार्टीको लोकप्रियता झन् बढ्नेमा दुई मत छैन । तर, संसदीय दलको चुनावमा सघाएका शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने वचन दिइसकेका गगनले अहिले आएर नेतृत्वमा दाबी गर्दा भोलि नैतिक प्रश्न पनि उठ्न सक्छ ।
पार्टीको संसदीय दलको नेताको निर्वाचनमा गगन सभापति देउवासँग फराकिलो मतान्तरले पराजित भएका थिए । गगनकै पक्षका भनिएका र सेल्फीसमेत खिचाएर आश्वस्त बनाएका सांसदहरुले समेत अन्तिममा देउवालाई मत दिए । गगनले आफ्नै समूहको भनिएको मतसमेत जोगाउन सकेनन् । केही सांसदहरुले त देउवालाई विश्वास दिलाउन मतपत्रको फोटोसमेत खिचेर पठाएको चर्चा चलेको थियो ।
तर, अहिले अवस्था फेरिएको छ । मन्त्रीलगायतका संवैधानिक पद खाउँला भन्दै देउवाको चाकरी गर्नेहरुको सपना उनै देउवाले एक झट्कामै तुहाइदिएका छन् । अहिले देउवा गुटभित्रै असन्तुष्टि बढ्दै गएको छ । शेखर-गगन पक्षलाई नेतृत्वमा हस्तक्षेप गर्ने यो नै सबैभन्दा उपयुक्त समय हो ।
मन्त्रीलगायतका संवैधानिक पद खाउँला भन्दै देउवाको चाकरी गर्नेहरुको सपना उनै देउवाले एक झट्कामै तुहाइदिएका छन् । अहिले देउवा गुटभित्रै असन्तुष्टि बढ्दै गएको छ । शेखर-गगन पक्षलाई नेतृत्वमा हस्तक्षेप गर्ने यो नै सबैभन्दा उपयुक्त समय हो ।
हुन त गगन पार्टीमा विवादरहित भने छैनन् । गत संसदीय निर्वाचनमा आफ्नो जीत सुनिश्चित गर्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग साँठगाँठ गरी आफ्नै नेताहरुलाई हराएको भन्दै उनको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । पाँच दलीय गठबन्धन टुट्नु र देउवा सत्ताच्युत हुनुमा पनि गगन पक्षकै हात रहेको भन्दै देउवा पक्षका नेता-कार्यकर्ताहरुले उनको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमै पक्षविपक्षमा आरोपप्रत्यारोप चलिरहेको छ ।
त्यसो त सभापति देउवा नेपाली राजनीतिका सर्वकालीन खेलाडी हुन् । कम बोल्छन् । तर, दबाब दिएर होस् या प्रभाव दिएर, विरोधी पक्षलाई समेत आफ्नो खेमामा समाहित गर्ने क्षमता राख्छन् देउवा । सधैं आफ्नो प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत राष्ट्रपतिको लोभ देखाएर आफ्नो खेमामा ल्याउन सफल देउवा चानचुने खेलाडी होइनन् । तर, व्यक्तिगत वा गुटगत रुपमा सफल देउवा पार्टी र देशको नेतृत्वमा भने सधैं असफल सावित भइरहेका छन् । देउवा नेतृत्वको कुनै पनि सरकार विवादरहित रहन सकेन । काण्डैकाण्डमा रुमल्लिरह्यो । पार्टीको साख झनझन खस्किरहेको छ, हैसियत गुमिरहेको छ ।
गठबन्धनको बलमा कांग्रेसलाई संसदको पहिलो पार्टी त बनाए । तर, आफ्नै अकर्मण्यताको कारण हातमै आएको सबै शक्ति गुमाएका छन् । शक्तिशाली कांग्रेसलाई एक झट्कामा शक्तिहीन बनाइदिए देउवाले । उनले प्रधानमन्त्रीको कुर्सीसँगै राष्ट्रपति पद छोड्न नसक्दा सत्ता समीकरणको पासा पल्टिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको लोभमा कांग्रेस केन्द्रदेखि प्रदेशसम्मको सत्ता र शक्तिबाट बढारिएको छ । एउटा चुकबाट कांग्रेस राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुखदेखि प्रदेश तहका सरकार र शक्तिबाट क्षणभरमै गर्ल्यामगुर्लुम ढलेको छ ।
पटक-पटक नेतृत्वमा पुगेर पनि पार्टी र देशको पक्षमा उपलब्धिमूलक काम गर्न नसकेका देउवा देश र कांग्रेस पार्टी दुबैका लागि हानिकारक र अनुपयुक्त पात्र हुन् । जसलाई उनको कार्यशैलीले पटक-पटक प्रमाणित गरिसकेको छ ।
कांग्रेसको यो अवस्था आउनुमा कांग्रेसी नेता तथा कार्यकर्ताहरुको पनि कम दोष छैन । २०७४ सालको आमनिर्वाचनमा पार्टीको लज्जास्पद हार हुँदासमेत नैतिकता नदेखाएका देउवालाई उनै कार्यकर्ताहरुले नेतृत्वमा दोस्रो मौका दिए । गत निर्वाचनमा जसोतसो पहिलो दल पनि बनाए । तर, पोल्टामा परिसकेको उपलब्धि गुमाउँदै पाउँला र खाउँला भन्दै मुख खोलेर बसेका कांग्रेसीहरुलाई जिल्लाराम बनाइदिए । प्राप्त उपलब्धिमा अपूरणीय क्षति हुँदा र नेतृत्व बारम्बार असफल हुँदासमेत देउवाले जिम्मेवारी लिने र नैतिकता देखाउने कुनै सम्भावना छैन । देउवा पक्षीय नेताहरु सभापतिको असफलता ढाकछोप गर्न शेखर-गगन समूहलाई दोषारोपण गरिरहेका छन् ।
पटक-पटक नेतृत्वमा पुगेर पनि पार्टी र देशको पक्षमा उपलब्धिमूलक काम गर्न नसकेका देउवा देश र कांग्रेस पार्टी दुबैका लागि हानिकारक र अनुपयुक्त पात्र हुन् । जसलाई उनको कार्यशैलीले पटक-पटक प्रमाणित गरिसकेको छ । पार्टीभित्र छलफल नगर्ने नेतृत्वको स्वेच्छाचारिताले गर्दा हातैमा आएको सबै उपलब्धिहरु क्षणभरमै गुमाउनुपरेको हो । अब कांग्रेसीजनले सोच्नुपर्ने वेला आएको छ । वर्तमान नेतृत्वको कार्यशैलीमा तत्काल कुनै परिवर्तन हुने छाँटकाँट नदेखिएकाले अविलम्ब विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प खोज्नु कांग्रेसको अहिलेको आवश्यकता हो । अन्यथा कांग्रेस निरन्तर क्षयीकरणको बाटोमा लम्कने निश्चित छ ।
गत पुस ७ गते नयाँ बानेश्वरस्थित संसदमा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम थियो । शपथ ग्रहणपश्चात आयोजना गरिएको चियापान कार्यक्रममा खिचिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो । त्यो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर कुराकानी गरिरहेको फोटो थियो । तर, त्यो सामन्य फोटो थिएन । त्यो फोटोलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नो ट्विटर ह्याण्डलमा समेत सोही दिन पोस्ट गरेका थिए ।
तस्बिरमा दुई नेताहरु पूर्ण उल्लास र मुक्त मुस्कानका साथ कुराकानी गरिरहेका देखिन्थे । उनीहरुबीच प्रगाढ मित्रता र असीम स्नेह झल्कन्थ्यो । उनीहरुबीच तिक्तता र वैमनश्यताको कुनै झल्को देखिँदैन थियो । यो तस्बिर सामाजिक सञ्जालामा अत्यधिक शेयर गर्दै अधिकांशले नयाँ बन्न लागेको सरकारको रुपरेखाको संकेतको रुपमा टिप्पणी गरे । दुई वर्षसम्म बोलचालसमेत बन्द भएको एक-अर्काका कटु आलोचक नेताद्वयको अचानकको त्यो उल्लासमय भेटको भित्री रहस्य पुस १० गते अपरान्हमा मात्र पर्दाफास भयो । एमालेलगायत केही दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्रीमा नियुक्ति भए ।
ओली र प्रचण्ड त्यसरी मित्रवत कुराकानी गरिरहँदा दायाँपट्टि कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा नेता पशुपतिशमशेर राणा तथा बायाँपट्टि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा नेता अशोक राई थिए । तर, उनीहरुबीच न कुनै विशेष र उल्लासमय कुराकानी भएको देखिएन न त कानेखुसी नै भएको थियो । सरकार गठन गर्न ३ दिन बाँकी रहँदा विपरीत ध्रुवका दुई नेताहरुबीच भने अस्वाभाविक नजिकपन झल्किरहेको थियो । त्यो दृश्यलाई कांग्रेस वृत्तले खासै चासो दिएन । तर, पत्रकारहरुको क्यामेराले सबैभन्दा महत्व दिएको उक्त फोटो नै पुस १० गते गठन भएको नयाँ सरकारको प्रस्थान विन्दु सावित भयो । तर, ओली-प्रचण्डको त्यो भेट र आत्मीय व्यवहारलाई एक कुर्सी टाढा बसिरहेका देउवाले अलिकति पनि शंकाको दृष्टिले हेर्न सकेको भए कांग्रेसले पहिलो पार्टी भएर पनि सर्वस्व गुमाउनुपर्ने थिएन ।
मंसिर ४ को आमनिर्वाचन सकिनेबित्तिकै एमालेका दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने लविङ गर्न थालेका थिए । माओवादी पनि कांग्रेससँगको गठबन्धनसँग असन्तुष्ट भइरहेका थिए । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच स्वार्थ मिल्न गएपछि एमाले-माओवादी गठबन्धनको रुपरेखा कोर्न थालिएको थियो ।
एमालेको छापामार शैली
सांसदहरुको शपथ ग्रहण कार्यक्रम हुने बिहान एमालेले बालकोटमा पार्टी सचिवालय बैठक बोलायो । बैठकको एजेण्डा न अगाडि जानकारी गराइयो न त बैठकको निर्णय नै पछि जानकारी गराइयो । मूलधारका सबै मिडिया बालुवाटार र खुमलटार केन्द्रित थिए । बालकोटको बैठकबारे मिडियाहरु एक हिसाबले बेखबर थियो । तर, त्यही बैठकको निर्णयले मुलुकमा राजनीतिमा नयाँ मोड ल्याइदियो ।
बालकोट बैठकले तत्कालीन सत्ता गठबन्धन भत्काउने र त्यसको लागि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न सकिने निर्णय गरेको थियो । त्यसको लागि थप आवश्यक निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दियो । त्यतिमात्र होइन आमनिर्वाचनबाट नयाँ जनादेश लिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी जस्ता साना दलहरुसँग समानान्तर छलफल अघि बढाउने निर्णयसमेत गर्यो । त्यसको लागि सचिवालय सदस्यहरुलाई कार्य विभाजन गरी जिम्मेवारी तोकियो । त्यसपछि सचिवालय सदस्यहरु चुपचाप आफ्नो जिम्मेवारी पूरा गर्न काममा खटिए । त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यी सबै निर्णयहरु गोप्य राख्ने निर्णय भएको थियो ।
यो परिघटना भने तत्काल सृजना भएको थिएन । मंसिर ४ को आमनिर्वाचन सकिनेबित्तिकै एमालेका दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने लविङ गर्न थालेका थिए । माओवादी पनि कांग्रेससँगको गठबन्धनसँग असन्तुष्ट भइरहेका थिए । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच स्वार्थ मिल्न गएपछि एमाले-माओवादी गठबन्धनको रुपरेखा कोर्न थालिएको थियो । एमालेका नेताहरुले पार्टी अध्यक्ष ओलीलाई माओवादीसँग सहकार्य गर्न दबाब दिन थालिसकेका थिए । ओली पनि यो प्रस्तावमा सकारात्मक हुँदै गइरहेका थिए ।
तर, यी सबै घटनाक्रम सार्वजनिक भएमा योजना विफल हुने निश्चित थियो । यही कारण एमाले नेताहरु सजक थिए । कांग्रेस भने माओवादीहरु सत्ता गठबन्धन छोडेर एमाले क्याम्पमा जाँदैन भन्नेमा ढुक्क थिए । कांग्रेसको विश्वासमा थप बल दिन एमाले अध्यक्ष ओलीले पुस ९ गते प्रचण्ड कुनै हालतमा प्रधानमन्त्री बन्न नसक्ने कुरा सार्वजनिक रुपमै ठोकुवा गरे । बरु माओवादीले कांग्रेसलाई धोका दिए एमालेले कांग्रेसलाई साथ दिन सक्ने संकेत पनि गरे । यति भएपछि कांग्रेसलाई सत्ता उन्मादको पारो चढिहाल्यो । एमाले भने निर्धारित योजना सफल पार्न भूमिगत रुपमा सक्रिय नै थियो ।
सरकार गठनको समय सीमा सकिने दिन पुस १० गते बिहानैदेखि सत्ता गठबन्धनको बैठक जारी थियो । तर, पहिला को प्रधानमन्त्री बन्ने विषयमा कुरो अड्किरहेको थियो । कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवै आ-आफ्नो अडानबाट एक इन्च पनि पछि हट्ने संकेत देखिएको थिएन । तर, प्रचण्डलाई त्यो वेलासम्म एमालेले हरियो बत्ती बाल्ने संकेत पुगिसकेको थियो । कांग्रेस भने एमालेले प्रचण्डलाई कदापि प्रधानमन्त्री स्वीकार्न सक्दैन भन्ने विश्वासमा थियो । हुन पनि विगत दुई वर्षदेखि एमाले र माओवादी एक अर्काको परम शत्रुको रुपमा प्रस्तुत भएका थिए ।
माओवादी अध्यक्ष प्रचण्डले त एक वर्षअघि नै चेतावनी दिँदै भनेका थिए- जसरी एमालेलाई सिध्याइयो, त्यसरी नै कांग्रेसलाई सिध्याउन नपरोस्, कांग्रेस अहंकारबाट मुक्त होस् । नेकपा एकीकृत समाजवादीका अध्यक्षले पनि बारम्बार कांग्रेसबाट आफूहरु अपमानित भएको गुनासो पोखिरहन्थे र कांग्रेसलाई सत्ता अहंकार त्याग्न सम्झाइरहन्थे ।
जब अपरान्ह भयो र सरकार गठनको समयसीमा घर्कंदै थियो, त्यही वेला प्रचण्ड बालुवाटार छाडेर हिँडे । बालुवाटारको गेटमा मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता गठबन्धन टुटेको घोषणा गरेर हिँडे । उनी त्यहाँबाट सीधै खुमलटार हुँदै ओली निवास बालकोट हानिए । उनी त्यहाँ पुग्नुअगावै रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा नेता राजेन्द्र लिङदेन, जनमत पार्टी अध्यक्ष सीके राउत पुगिसकेका थिए । प्रचण्ड पुगेर त्यहाँ सहमतिमा सिर्फ हस्ताक्षर गर्नमात्र बाँकी थियो । सहमतिलाई औपचारिकता दिन केही समय छलफल गरियो । तर, सबै पूर्वनिर्धारित योजनाअनुसार भएकाले त्यसले धेरै समय लिएन । प्रचण्ड बालकोट पुगेको दुई घण्टाभित्र १६९ जना सांसदहरुको भारी समर्थनसहित माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्र लिएर नवनिर्मित गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति भवन शीतल निवास छिरे ।
छोटो समयभित्र भएको राजनीतिक परिवर्तनले बालुवाटार भने स्तब्ध भयो । सबै कांग्रेस नेताहरु प्रतिक्रियाविहीन भए । केही घण्टाअघि बालुवाटारमा लागेको पत्रकारको घुइँचो बालकोट र शीतल निवासमा लाग्न पुगेको थियो । एक हिसाबले पत्रकारहरुले अन द स्पट रिपोर्टिङ गर्न सकिरहेका थिएनन् । इतिहासदेखि वर्तमानसम्म महत्त्वपूर्ण राजनीतिक घटना मध्यरात हुने गरेको छ । तर, यो पटक मध्यदिनमै आमूल परिवर्तन भयो । एकाध घण्टाको बीचमा सत्ता नै सत्ताले भरिपूर्ण कांग्रेसको हात सत्ताविहीन शून्य भयो । एमालेको छापामार शैलीलाई न मिडियाले थाहा पाउन सक्यो न त कांग्रेसले बुझ्न सक्यो । यतिसम्म कि कांग्रेसकै नेता मन्त्री रहेको गृह मन्त्रालय मातहतको गुप्तचर निकायले समेत एमालेको रणनीतिको पत्तो पाएन ।
भाउजूहरुको किचन क्याबिनेट र दाइहरुको भारदारीसभा
मुखैमा आएको सत्ता अचानक फुत्त चिप्लनुमा कांग्रेसको सत्ताउन्माद नै मुख्य कारण थियो । विगत दुई वर्षदेखि प्रतिगमनविरुद्ध भनेर निर्माण गरिएको गठबन्धनमा कांग्रेसले ठूल्दाइको हैकम जमाउन थालेपछि सत्ता साझेदार सहयात्रीहरु भित्रभित्रै असन्तुष्ट थिए । माओवादी अध्यक्ष प्रचण्डले त एक वर्षअघि नै चेतावनी दिँदै भनेका थिए- जसरी एमालेलाई सिध्याइयो, त्यसरी नै कांग्रेसलाई सिध्याउन नपरोस्, कांग्रेस अहंकारबाट मुक्त होस् । नेकपा एकीकृत समाजवादीका अध्यक्षले पनि बारम्बार कांग्रेसबाट आफूहरु अपमानित भएको गुनासो पोखिरहन्थे र कांग्रेसलाई सत्ता अहंकार त्याग्न सम्झाइरहन्थे ।
पार्टीभित्रको गुटमा आफू बलियो भएपछि देउवामा सत्तारोहणको उन्माद त्यसै चढ्ने भइहाल्यो । त्यसमा ज्योतिषीको भविष्यवाणीले थप मनोबल बढाएको थियो । देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनका भारदारीसभाका सदस्यहरुले अधिकतम लाभ पाउने भइहाले ।
गठबन्धनमा मात्र होइन कांग्रेसभित्रै पनि सत्ता उन्मादको कटु आलोचना हुन थालेको थियो । विशेषगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण कांग्रेसको समानुपातिक सूचीमा परेपछि यो आलोचना बढ्न थालेको थियो । स्थानीय चुनावदेखि आमनिर्वाचनसम्म आइपुग्दा देउवा पत्नी राणाले दिएका अभिव्यक्तिहरुको बारेमा कांग्रेसभित्रै ठूलो विरोध हुन थालेको थियो । राणाले जसरी भए पनि सभापति देउवाले जित्नैपर्ने अभिव्यक्ति दिँदै आइरहेका थिए र देउवा जसरी भए पनि प्रधानमन्त्री हुनैपर्ने जिकिर गर्दै आइरहेका थिए ।
त्यतिमात्र होइन कांग्रेस संसदीय दलको निर्वाचनमा आरजु राणा र मञ्जु खाण मिलेर देखाएको हर्कत हेर्न लायक थियो । गोप्य मतदान भनिए पनि सभापति देउवालाई भोट हालेको नहालेको यकिन गर्न सांसदहरुलाई मतपत्रको फोटो खिच्न लगाएका थिए राणा र खाणले । राणाको स्वार्थ भनेको देउवालाई प्रधानमन्त्री बनाएर आफू पार्टीमा सर्वशक्तिमान भई हालीमुहाली गर्ने थियो । खाणको स्वार्थ भनेको आफ्ना पति बालकृष्ण खाण चुनाव हारेकाले सट्टाभर्नास्वरुप आफू मन्त्री हुन पाउनुपर्ने थियो । त्यसैले उनीहरुले कांग्रेसको छुट्टै किचन क्याबिनेट बनाएका थिए । जहाँ देउवालाई प्रधानमन्त्री बनाउनेबाहेक अरु प्रवेश निषेध थियो ।
उता देउवा भने भारदारीसभाले घेरिएका थिए । विधिसम्मत पदाधिकारीहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भए पनि देउवाको निकटमा गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता प्रकाशशरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधि, प्रकाशमान सिंह रहन्थे । जुनसुकै निर्णय गर्नु परे पनि आफ्ना निकटहरुको सल्लाहमात्र लिन्थे । संस्थागत निर्णयबाट देउवा लगभग टाढा थिए । आमनिर्वाचनपश्चात सरकार बनाउने विषयमा पार्टीमा एक पटक पनि छलफल चलाएका थिएनन् । बरु आफ्ना कटु आलोचक रामचन्द्र पौडेललाई राष्ट्रपतिको ललीपप देखाएर आफ्ना गुटमा समावेश गरेर भारदारीसभा बलियो बनाएका थिए ।
पार्टीभित्रको गुटमा आफू बलियो भएपछि देउवामा सत्तारोहणको उन्माद त्यसै चढ्ने भइहाल्यो । त्यसमा ज्योतिषीको भविष्यवाणीले थप मनोबल बढाएको थियो । देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनका भारदारीसभाका सदस्यहरुले अधिकतम लाभ पाउने भइहाले । रामचन्द्र पौडेलले पनि शीतल निवासलाई झलझली आँखैमा सजाउन थालेका थिए । यो अवस्थामा गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङहरुको राय सल्लाह र सुझावको कुनै जरुरी नै परेन । सत्तालिप्साले अन्धो भएका देउवा र उनको भारदारीसभाले प्रचण्डलाई प्रधानमन्त्री र माओवादीलाई राष्ट्रपति दिने कल्पनासमेत गर्न सकेनन् । देउवाले आफ्नो भारदारीसभाको एकसूत्रीय मागलाई कुनै हालतमा नछोड्ने भए अर्थात राष्ट्रपति र पहिलो प्रधानमन्त्री कांग्रेसको भागमा हुनैपर्छ । आफ्ना सहयात्री दलका नेताहरुको मनोभावना बुझ्ने सद्बुद्धि देउवाको मस्तिष्कमा आएन र आउन दिइएन पनि । फलस्वरूप यही सत्ताको उन्मादको कारण राजीनामासमेत घोषणा गर्न नपाई करिब ३ घण्टाभित्रको उथलपुथलमा सत्ता गुमाउनुपर्यो ।
सत्ता गुमेपछि कांग्रेस नेताहरुको अभिव्यक्ति पनि सुन्न लायक आइरहेका छन् । महामन्त्री गगन थापले आफू अपमानित भएको तर्क गर्दै सभापति देउवाले एकलौटी पार्टी चलाउँदाको परिणाम भनेका छन् । सत्ता समीकरण जस्तो महत्वपूर्ण छलफलमा समेत आफूहरुलाई नबोलाएको खुलासा गर्दै देउवाको एकलकाटे व्यवहारको पर्दाफास पार्ने कोसिस गरेका छन् । रामचन्द्र पौडेलले देउवाले आफ्नो सुझाव नसुनेको आरोप लगाएका छन् । उनले देउवाको कारण कांग्रेसले सबै गुमाएको टिप्पणी गर्दै एक टेलिभिजन अन्तर्वार्तामा ‘उडायो सपना सबै हुरीले’ भन्ने गीतसमेत गाए । गुरुराज घिमिरेले त देउवाको राजीनामा नै मागिसकेका छन् । जे होस् भाउजूहरुको किचन क्याबिनेट र दाइहरुको भारदारीसभाको कमजोरीको फाइदा उठाउँदै एमाले अध्यक्षले प्रधानमन्त्रीको एक तीर चलाएर धेरै शिकार लडाउन सफल भए । दुई वर्षअघि देउवाले जुन तरबार चलाएर एमालेको सत्ता ढालेको थियो, त्यही तरबार चलाएर ओलीले देउवाको सत्ता ढालिदिए ।
खाली समयमा कुशलतापूर्वक मेरो कलमको मसीले मार्ग खोज्दै थियो । म केही कोर्ने प्रयास गर्दै थिएँ । सायद जिन्दगी भोगाइ, सिकाइ, अनुभवको सँगालो हो । मान्छेका हरेकका आफ्नै कथाव्यथा हुन्छन् । तर, परदेशिएपछि ती नोस्टाल्जिया बन्ने रहेछन् ।
सायद यात्रा नै हो जिन्दगी । जति दिन बित्दै जान्छ, त्यति नै यात्रा अघि बढ्दै जान्छ । मेरै कुरा गरौं न, हिजो बाल्यकालमा एक किसिमको हृदयस्पर्श यादगार जहाँ मेटेर नमेटिने फेरि त्यही दिन भेटेर नभेटिने अवस्था आज हृदयभरि चित्रलेखा बनेर बसेको छ ।
बाल्यकालदेखि अहिलेसम्म पनि सबैको जिन्दगी यादगार नै बन्ने गर्छ । सायद व्यक्त गर्ने उपज मा फरक पर्ने हो । ओखलढुंगा भूगोलमा जन्मिएँ । सुर्के झोला भिरेर धूलोमैलोमा रमाएको मान्छे म । आज परदेशमा रहेर जिन्दगीलाई फर्केर हेर्दा ती कालखण्ड मेरो लागि स्वर्णयुग जस्तै लाग्छ । सानो उमेर हुँदा नै बाबा परदेशी हुनुभयो ।
उहाँले परदेशमा हाम्रा लागि खुशी खोज्दै गर्दा घरमा ममी र मसँगै रहेको भाइ लक्ष्मण मेरो सारथि नै हुनुहुन्थ्यो । सायद स्कूलमा पढाउने गुरुबा र गुरुआमाबाट अति नै प्रभावित थिएँ । उहाँहरुले सिकाउनु भएको बाटो बिराउने कोसिस त बिल्कुल नै गरिएन । तर पनि बाबा परदेशमा रहनुभएकाले गर्दा अरु साथीहरुको जति स्कुल जान पाउने अवसर मिलेन ।
जिन्दगी एक असल कर्मको उपमा हो भन्ने मलाई नेपाली पढाउने गुरुआमाबाट अति प्रभावित थिएँ । जिन्दगी जिउनमात्र हैन, कसैको लागि जिउन सक्नु पो जिन्दगी । एउटा जिन्दगीको हुटहुटी अझै पनि जीवित नै छ । परदेशमा भएर पनि जिन्दगीमा कसैको लागि केही गर्नु छ । सायद मेरो जस्तै जिन्दगी अरुको पनि हो भन्ने लाग्थ्यो ।
जिन्दगी जिउनमात्र हैन, कसैको लागि जिउन सक्नु पो जिन्दगी । एउटा जिन्दगीको हुटहुटी अझै पनि जीवित नै छ । परदेशमा भएर पनि जिन्दगीमा कसैको लागि केही गर्नु छ ।
एसएलसपीपछि छिमेकी जिल्ला रामेछापको रेडियोमा काम गर्ने मौका पाएँ । मलाई काम गर्नुपर्छ भन्ने बाध्यता घरबाट थिएन । तर पनि पढाइ र अनुभव बटुल्ने मलाई हुटहुटी थियो । जिन्दगीको अविरल यात्रा बहँदै थियो । त्यही बहाव सम्हाँल्दै गर्दा मन या भाग्यले कता कता मोडिनुपर्छ । जिन्दगीको अर्को नयाँ अध्यायको सुरुवात गर्न मलाई मेरो मामा र माइजूले साथ दिनुभयो । आज पनि त्यो गुण बिर्सिन सक्दिनँ । असल कर्म र तथ्यपरक समयसापेक्ष पाएको साथ नै चित्रलेखा बन्ने गर्छ । व्यक्त गर्न वाणी कम होला । तर, मनमा भने व्यक्त गर्ने शब्द नै अपुग हुन्छ ।
कोरियन भाषा परीक्षा पास गरेपछि छोटो समय भए पनि टेलिभिजनको पर्दामा देखापर्ने इच्छा जाग्यो । जिन्दगीको त्यो यात्रामा पनि राम्रा मान्छेहरु भेटिए । त्यो पनि छुट्टै रमाइलो कहानी छ । सबै लेख्न र व्यक्त गर्न अलि समय पुग्दैन । ती साथी, त्यो समय अनि जावलाखेलमा पीपलको बोट मुनि बसेर पिएको चियाको सुर्पी वाह-वाह नै थियो ।
हरेक मान्छेको जीवन एक सुन्दर उपन्यास बन्नसक्छ । हुन त अनुभवहरुको सँगालो बल्ल हुँदैछ । यो लेख्ने र सुनाउने वेला भइसकेको छैन । तर पनि आज अनायास ब्लगमा उतार्न मन लाग्यो डियर जिन्दगी । हिजो पनि फरक मान्छे फरक परिवेश फरक काम गर्दै हिँड्दै थिएँ । आज पनि त्यही नै छ । फरक यति छ, हिजो म मेरो देशमा थिएँ, आज परदेशमा छु ।
यहाँ पनि बिल्कुल फरक परिवेश र फरक मान्छेका विचारसँगै आफूलाई रमाउन सिक्दैछु । कसैले दिएको साथ, माया, सदभाव या पीडा यो संयोग त हो ।
मातृभूमिको गुण त तिर्न बाँकी नै छ । अनायास आफ्नो जिन्दगीका बारेमा नोस्टाल्जिक हुँदै गर्दा देशप्रेम त मर्दैन, चुत्थो देश भए पनि ।
नपल्टिएका कैयौं पानाहरु भोलि पल्टिँदै जानेछन् । रङ्गमञ्चको नाटक र जीवन उस्तै हो भन्नुमा मलाई कुनै अफसोच बिल्कुलै छैन । केही समय बचत गर्ने मेरो अर्को उपाय लेख्नुमा थियो । खास शब्द छैन । तर, फेरि पनि नपल्टिएका पानाहरु पल्टाउनुछ । जिन्दगीलाई संघर्ष र प्राप्तिमा उतार्नु छ । देशको लागि हामी परदेशीले बगाएका पसिनाको मूल्य रेमिट्यान्समार्फत चुक्ता गर्नुछ ।
परदेशमा भएर पनि जोडिनु भएका कोही साथीहरु यस्ता हुनुहुन्छ, मौनतामा कुरा बुझ्दिने । धेरै साथीमध्ये एक-दुई जनाले मलाई नेपालभन्दा टाढा यो कोरियाको नयाँ जिन्दगीमा साथ दिनुभएको छ र भरोसाको ठूलो महलमा बसेर हामी फेरि स्वदेशमै पसिना बनाउने संकल्प गरिरहेका छौं । मातृभूमिको गुण त तिर्न बाँकी नै छ । अनायास आफ्नो जिन्दगीका बारेमा नोस्टिाल्जिक हुँदै गर्दा देशप्रेम त मर्दैन, चुत्थो देश भए पनि ।
हामी सबै आआफ्ना जीवन कहानी सुनाउँछौं । परदेशमा भएपछि परिवार, आफन्त, देश अनि आफ्ना पुराना कुराहरु नै समय बिताउने मेलो बन्ने रहेछन् । सबैका आ आफ्नो कथाव्यथा छन् । मात्र यति हो ठूला मान्छेका कथा बिक्छन्, साना मान्छेका व्यथा बिक्दैनन् । यस्ता अनुभूति परदेशीहरुमै धेरै हुन्छन् कि ? आज आफूलाई प्रश्न गरिरहेको हुन्छु ।
मलाई थाहा छ, मेरो यो ब्लगबाट कुनै शिक्षा वा सन्देश नमिल्न सक्छ । तर, जब मान्छे देश छाडेर परदेशी बन्छ नि ! अनि यस्तै जिन्दगीका लेखाजोखा, कथाव्यथा र अनुभव-अनुभूतिहरु शेयर गर्न मन लाग्दोरहेछ । हामीले पठाएको रेमिट्यान्स चल्छ । तर, हामी फर्किंदा उपहारमा ल्याउने एउटा जाबो मोबाइल चल्दैन विनापैसा । यस्ता कथा त अझ नागबेलीजस्तै जेलिएका छन् । तर पनि फर्किएर हेर्दा जिन्दगी यात्रा, एउटा फ्रेममा फोटो राखे झैं म्युजियममा यादगार राख्न सकूँ जस्तो लाग्छ डियर जिन्दगी !
काठमाडौं । कवि श्यामललाई मधुरो सम्झना छ, पहिलोपटक उनले ‘नदी’ शीर्षकको कविता वाचन गरेका थिए २०२६ सालमा । तर, श्यामलसित उक्त कविता अहिले छैन । २०३१ सालबाट प्रकाशित भएर उनी पाठकसम्म पुग्न थाले । दैलेखको घरमै थियो महाभारत, रामायण । लेखनाथ पौड्याल, माधव घिमिरेहरु पढ्थे ।
उनलाई लाग्थ्यो, यसैगरी छापिन पाए त आहा !’
पौड्याल, घिमिरेले हिँडेको कविताको बाटो पद्यको थियो । अक्षर अक्षर केलाउनुपर्थ्यो । हृश्व-दीर्घ खुट्याउनुपर्थ्यो । पद्यमै आफूले लेख्न चाहेको विषय लेख्न कतै सकिन्न कि भन्ने पनि लाग्थ्यो । जब गोपालप्रसाद रिमाल, भूपि शेरचन पढे, उनलाई यसैउसै गद्यले आकर्षित गर्यो ।
२०३१ सालबाट एसएलसीलगत्तै गाउँमै पढाउन थाले । कविता पनि सँगसँगै कोर्न थाले ।
श्यामल सोच्थे, गाउँमै रहिरहँदा मास्टरसम्म हुने हो । मान्छेले पढेर ठूल्ठूला प्रगति गरेका छन् । त्यस्ता प्रगतिका लागि गाउँ नछाडी हुन्न । तर, श्यामलको परिवार उनको चाहनाविपरीत थिए । जसोतसो गाउँमै जागिर पाइएको छ, त्यसैलाई निरन्तरता देओस् भन्ने चाहन्थे ।
तैपनि श्यामलको जिजीविषाले उनलाई गाउँमै रोकेन । नेपालगञ्ज हान्निए ।
झण्डै ५० वर्षअघिको गाउँ छाड्ने वेलाको पल सझिन्छन् श्यामल, ‘मैले जोखिम मोलेर गाउँ छाड्ने वेला गाउँका केटीहरु भेला भएका थिए । सातजना केटीहरुले ‘पढ्न जाने भए हाम्रो गहना लगेर जानू’ भनेका थिए । गाउँमा केटीहरुमाझ पनि म त्यति प्रिय थिएँ । तर, मैले त्यो लिइनँ ।’
चार दिनको बाटो हिँडेर भतिजसँग नेपालगञ्ज झरे । आईए पढ्न सुरु गरे । सँगै राजनीतिप्रति पनि चाख थियो । समाज परिवर्तन गर्नुपर्छ भन्ने भोक थियो श्यामलको । तत्कालीन अवस्थाको सामाजिक परिवेशले कहीँ पनि पुर्याउँदैन, उही पुरानै ढर्राबाट समाजलाई डोर्याउँछ भन्नेमा विश्वस्त थिए ।
श्यामल सुनाउँछन्, ‘२०३४ सालदेखि नेपालगञ्जमै राजनीतिक रुपमा यति सक्रिय भएँ कि जेल परिरहन्थें । वामपन्थी आन्दोलनमा होमिएकाले पुष्पलालजीसँग नेपालगञ्जमै सम्बन्ध स्थापित भयो । तर, पार्टीगत होइन, व्यक्तिगत हिसाबले ।’
०००
हरिहर अधिकारीबाट ‘श्यामल’को न्वारन
‘हाम्रै समयमा हाम्रै पुस्ताले संघर्ष गरेर मुलुकलाई राजतन्त्रबाट मुक्त गर्यो । लोकतन्त्र आयो’, व्यवस्था बदलिएको प्रसंगमा प्रफुल्लित सुनिन्छन् श्यामल ।
श्यामलहरुले राजतन्त्रको विश्रामको घण्टी पाँच दशकअघि नै देखिसकेका थिए । २०३५ सालमा काठमाडौं टेकेका उनले त्यतिवेलै राजतन्त्रको विकल्प महसुस गरिसकेको बताउँछन् । तर, समय गुज्रनु त धेरै थियो नै ।
पञ्चायतकालमै हो, श्यामलले आधा दर्जन जति नामको कपिराइट लिएको । कहिले नक्षत्र शर्मा भए, कहिले हरिश दिक्पाल त कहिले हरिहर शास्त्री भए । कहिले के भए ।
उनलाई न्वारनको नाम हरिहर अघिकारी मनै परेको थिएन ।
हरिहर एक त धार्मिक नाम थियो । संगत र स्वभावले उनी नास्तिक थिए । अनि उनले आफ्नो नयाँ न्वारन गरे, श्यामल । यद्यपि यो नाम पनि कृष्ण र धर्मसँगै जोडिन्छ ।
एकातिर पञ्चायतकाल, छद्म नामको विकल्प हुँदैन थियो । अर्कातिर छुट्टै व्यक्तिगत प्रसंग पनि छ हरिहर अधिकारीले श्यामल नाम जुराउनुमा । अनेक नामको परीक्षण गरिरहनेहरुमा सबैभन्दा अग्रपंक्तिमा आउँछन् कविहरु । केदारमान व्यथित, रमेश विकल, गोविन्दबहादुर गोठाले, मन्जुललगायत पृथक नामहरुमा जमानादेखि नै कविहरु अल्झन्थे । त्यसमा एक थप भएका थिए श्यामल । भलै पछिल्लो समय पनि आफ्नो फरक नाम राख्ने कविहरुको सूची लामै बन्छ ।
यसरी फरक नाम राख्नुमा श्यामलको तर्क छ, ‘यसको पछाडि आफूलाई छुट्टै व्यक्तित्वको रुपमा उभ्याउने लालसाले काम गर्छ । अलिकति पृथक, युनिक देखिने प्रयत्नले काम गर्छ । मेरो सिलसिलामा चाहिँ अर्को थप कारण पनि छ, दृष्टिलगायत पत्रिकामा काम गर्दा मैले नै समाचार लेख्नुपर्ने, लेख लेख्नुपर्ने, अनेक लेख्नुपर्ने । तर, नाम त चाहियो, नत्र मान्छेले विश्वास गर्दैनन् । त्यसैले फरक नाम राखें । साहित्यमा चाहिँ श्यामल स्थापित भयो । तर, ताना शर्माले चाहिँ खासै रुचाउनुभएन ।’
ताना शर्माले श्यामल नाम मन नपरेको बताएपछि उनले भनेका थिए, ‘मलाई मेरो हरिहर नामै मन परेन दाइ । अधिकारी थर त ठीकै छ । यो हरिहर चाहिँ बढी धार्मिक भयो । म नास्तिक हुँ । यो नाम परम्परावादी भयो ।’
०००
नयाँ सडकको पीपलबोट : वामपन्थी, मण्डले साहित्यकारको जमघट थलो
२०३६ सालको सुरुदेखि श्यामलहरुको जंक्सन बन्यो, नयाँ सडक पीपलबोट ।
साहित्यकार तथा राजनीतिज्ञ नारायण ढकाल भूमिगत थिए । मीनबहादुर विष्ट, विमल निभा, राजव, श्यामलहरुको विश्राम कक्ष पीपलबोट थियो । निभाले ‘लहर’ पत्रिका चलाउँथे । सम्पादक तीनजना थिए- निभा, राजव र ढकाल ।
पीपलबोट श्यामललगायत विद्रोहीहरु भेला हुने र सूचना आदानप्रदान गर्ने थलो थियो । सँगै पञ्चायती व्यवस्थाले खटाएका जासुसहरु के हुँदैछ भनेर आउने नै भए । एकातिर वामपन्थी साहित्यकारको जमघट, अर्कातिर कांग्रेसी साहित्यकारको जमघट र अर्कातिर मण्डले साहित्यकारको जमघट ।
श्यामल सुनाउँछन्, ‘पीपलबोट एरियालाई साहित्यकारको थलो बनाउने भूमिका चाहिँ बालमुकुन्द देव भट्ट र उत्तम कुँवरले सुरु गरेका थिए । त्यहाँ इन्दिरा रेस्टुरेन्ट थियो । मोती होटेल थियो । ती ठाउँमै वेलावेला चिया-मदिरा पार्टी पनि कुँवरले दिने गरेका थिए ।’
कविहरु द्वारिका श्रेष्ठ, मदन रेग्मी पनि पीपलबोटमै । कवि भूपि शेरचन पनि पीपलबोटमै । शंकर लामिछाने पनि त्यतै वरिपरि । नारायणगोपाल त झनै त्यतै वरिपरिका मान्छे । शशि शाह पनि त्यतै । कलाकार, चित्रकार, कवि, लेखक ठोक्किने ठाउँ ।
श्यामल भन्छन्, ‘हामीहरु सँगै भेट्न कहाँ जाने त ? मानिसलाई त अभिव्यक्ति पनि चाहिन्छ नि ! सूचना आदानप्रदान हुने उत्तम ठाउँ नै पीपलबोट थियो ।’
२०३६ सालको जनमत संग्रहपछि थोरै खुकुलो भयो ।
श्यामलहरु आफ्नो विचार राख्न सामूहिक पत्रिका निकाल्थे । उनका धेरै साथीहरुलाई त रुपरेखा पत्रिकाले लाइमलाइटमा ल्याइदिए । अम्बर गुरुङ, गोपाल योञ्जनको संगीत यात्रालाई साथ दिने काम रुपरेखाले नै गर्यो । राल्फालाई सबैभन्दा बढी स्पेस रुपरेखाले नै दियो ।
नयाँ सडकको पीपलबोट विचारको विमर्श हुने ठाउँमात्रै थिएन । कुरा काट्ने ठाउँ पनि त्यही थियो । हिन्दी र अंग्रेजी पत्रिका त्यतै वरिपरि पाइन्थे ।
‘राजनीतिक गफ त के हो के हो ! कुरै हुँदैन थियो । खुलेर बोल्दा मण्डले वा जासुसहरु वरिवरि हुन्थे । कवि उपेन्द्र श्रेष्ठ आउँदा राजनीतिक कुरा गर्नै मिलेन’, श्यामल थप्छन्, ‘मोहन कोइराला कांग्रेसी थिए, कुरा गर्न झनै मिलेन । भित्रतिर रेस्टुरेन्ट, भट्टीतिर पस्दा चाहिँ राजनीतिक गफ हुन्थे ।’
कतिसम्म भने श्यामल, निभा, राजव र ढकालको समूहलाई खगेन्द्र संग्रौलाले चीनको ग्याङ अफ फोर्स भनेर आरोपै लगाएका थिए । तर, उनीहरु भेट्दा भने निर्मम भएर एक-अर्काको सृजनामाथि समीक्षा गर्थे, एकअर्काको आलोचना गर्थे ।
०००
नयाँ सडक र मदिराको साइनो
श्यामलका अनुसार कवि हरिभक्त कटुवाल हल्लिने ठाउँ त्यतै थियो । बागबजारतिर भट्टी त थिए तर, नयाँ सडकतिर अलि ज्यादै । कटुवालसँग दुई रुपैयाँ गिलास रक्सी पिएको सम्झना श्यामलको स्मृतिमा अझैसम्म तजोताजा छ ।
श्यामलको तर्क छ, ‘मदिरा खाने भनेको हिप्पीइजमको अर्को प्रतिविम्ब हो । राज्यलाई गाली गर्ने, अराजक बन्ने बहाना पनि मदिरा थियो । त्यो वेला रक्सी पिउने निहुँले पनि भेट्थ्यौं । मनु बज्राकी आउँथे । विमल कोइराला, कृष्णभूषण बल भएपछि महाबौद्धकोे गुरुवाचार्यको पसलमा छिर्थ्यौं ।’
छेवैमा हरि दाइको पसल भन्ने थियो । उक्त भट्टी कांग्रेसी मान्छेहरुको जंक्सन थियो । हरि अधिकारीहरु त्यहाँ भेटिन्थे । अलि पर नारायणगोपाल, शशि शाहहरुको मदिरा जंक्सन थियो । कहिलेकाहीं श्यामलहरु त्यता पनि पुग्थे, वैचारिक रस्साकस्सी गरेर फिर्थे ।
अर्कातिर झरना रेस्टुरेन्ट भवानी घिमिरे, श्यामल, बल, निभा, ढकाल, राजवलगायतको मदिरा पकेट एरिया थियो । अलि पछि केही चाहिँ जस्मिन भन्ने भट्टीतिर गए । अचेल भने आलोपालो भन्ने ठाउँमा जान्छन् ।
मदिरा गफमा हुने कुराबारे श्यामल भन्छन्, ‘ती सबै ठाउँमा हाम्रो रचनात्मक संवाद हुन्थ्यो । मण्डले र जासुसहरु छलेर छिरेका त्यस्ता ठाउँमा वैचारिक, राजनीतिक गफ हुन्थे । कतिपय योजनाहरु भट्टीमै हुन्थे ।’
संग्रौलादेखि राजवसम्म, मनु बज्राकीदेखि नारायाणगोपालसम्म, भूपिदेखि शशि शाहसम्म सबै पिउँथे । श्यामल जति नै पिउँथे । तर, श्यामललाई भने ‘पियक्कड’ ट्याग लाग्यो । जो आजसम्म यथावत छ । पियक्कडको विम्ब श्यामल कसरी बने ?
‘साथीहरु आफैंलाई ढाँट्छन् । अरुलाई ढाँट्छन् । मलाई त्यसो भन्ने कतिपय साथीहरुले ओछ्यानमा भोमिट गरेको देखेको छु । चारपाँच दिन खाएर घर नगई बसेको देखेको छु’, श्यामल आक्रोशित हुन्छन्, ‘समाजलाई, व्यक्तिलाई हानी नगरेसम्म त्यो कसैको निजी मामला हो । जब हानी गर्न थाल्छ, अलिकति फरक विषय बन्न जान्छ ।’
आफूले राम्रैसँग पिउने गरेको तर कसैले उत्तेजित बनाउन खोज्दा उत्तेजित भइहाल्ने स्वभाव रहेको श्यामलको स्वीकारोक्ति छ । उनी भिक्टोरियन कालको उदाहरण दिन्छन् । उक्त कालको एक समीक्षकले भनेका छन्, ‘भिक्टोरियन कालमा किन वीर रसको कविता ज्यादा लेखिए भन्दा कोही ध्यानमा बसिरहेको छ, त्योवेला कसैले हथौडाले ड्याम्म टाउकोमा हान्यो भने ऊ ईश्वर सम्झेर बस्दैन नि, प्रतिकार गर्छ ।’
श्यामल उत्तेजित हुन्छन्, ‘उनीहरु आफ्नो पैसाले खाँदैनन् । मेरो पैसाले खान्छन् । भूपिले पनि भन्थे, मलाई साथीहरुलाई खुवाउँदा आनन्द आउँछ ।’
तर, मान्छेहरु सृजनाको ओज र शक्तिको मापनतिर नलागेर अन्य व्यक्तिगत आचरण र स्वभावमै रुमल्लिएको श्यामलले उतिसाह्रो इन्जोय गर्दैनन् । भूपिलाई केटीको नाममा बदनाम गरे । जँड्याहा भनेर तथानाम भने ।
उनको तर्क छ, ‘त्यो भनेको भूपिको कवितासँग जुध्न नसकेर अन्य ठाउँ खोजेका हुन् । यो विषयमा बासु शशि, ईश्वर बराल, ध्रुवचन्द्र गौतमसँग झगडा गरेको छु ।’
भूपि बितेको एक वर्षपछि श्यामलले बराललाई भनेका थिए, ‘बरालजी, ल भन्नुस्, तपाईंहरुले भूपिलाई सम्झने कारण के हो ? मानिस मरेर गइसक्यो, उसको योगदानको कुरा गर्ने कि सडकमा सुतेको थियो भनेर भन्ने ?’
यसबारे श्यामलले दृष्टि साप्ताहिकमा एक लेख पनि छापेका छन् ।
‘हरिभक्तको बदनाम गरे । तर, उनैको पैसाले रक्सी खाएर बदनाम गरे । ती साथीहरु, जो मेरो बदनाम गर्छन्, मेरै पैसाले खाएर गर्छन् । उनीहरु सत्यसँग साक्षात्कार गर्न रुचाउँदैनन् । नक्कली कुरा गरेर हिँड्छन्’, श्यामल सुनाउँछन्, ‘मेरा साथीहरु परम्परागत समाजका अवशेष हुन् । उनीहरु ढोंगी हुन् । त्यो ढोङ हो । साथीहरुले त्यसलाई कायम गर्नुभा’छ ।’
०००
एमारलेबाट ‘र’ काटेर एमाले
मनमोहन अधिकारीको नेकपा मार्क्सवादी र नेकपा मालेबीचमा एकता भयो २०४७ सालमा । त्यसवेला नेता र कार्यकर्ताबीच हैसियतका कारण व्यवहार गर्नुहुँदैन, सृजनात्मक हस्तक्षेप गर्नुपर्ने भन्ने लाइनमा थिए श्यामलहरु । मनमोहन अधिकारीले नेतृत्व गरेको नेकपा मार्क्सवादी फुटाएर सहाना प्रधानले छुट्टै समूह गठन गरेकी थिइन् ।
माले पूर्वबाट फैलिएर आएको थियो । झापा विद्रोहको जगबाट उठेको माले देशैभर फैलिरहेको थियो । पश्चिममा वामदेव गौतमले मालेको रफ्तार बढाएका थिए । सीपी मैनाली, राधाकृष्ण मैनाली, केपी ओलीहरुले उठाएको मालेको अघि अन्य वामपन्थी पार्टीहरु स-साना देखिन थालेका थिए ।
तर, मालेमा एउटा समस्या थियो । जुझारु कार्यकर्ता थिए । फेसभ्यालु भएको नेतृत्व थिएन । गणेशमान सिंह स्वयंले भनेका थिए, ‘को हो तिमीहरु ?’ सिंहको आशय नेतृत्व गतिलो नहुनुमाथि प्रश्न थियो । देशैभर फैलिए पनि अधिकांश भूमिगत जस्तै थिए । को नेता, को कार्यकर्ता खुट्याउन गाह्रो थियो ।
त्यसैवेला मदन भण्डारीको नेतृत्वमा पार्टी एकता हुने भयो । अधिकारी ठूला नेता थिए । देखाउन फेसभ्यालु पनि थियो । तर, कार्यकर्ता थिएनन् । मालेसँग कार्यकर्ता थियो, गतिलो नेता थिएन । यही कारण मार्क्सवादी र मालेबीच एकीकरण सम्भव भएको श्यामलको तर्क छ ।
पार्टी एकीकरण भयो, एकीकृत मार्क्सवादी र लेनिनवादी । छोटकरीमा ‘एमारले’ ।
श्यामल भाषामा दख्खल राख्थे । ढकालको सम्पादकीय मण्डलमा दृष्टि साप्ताहिकमा काम गरिरहेका थिए । श्यामल सुनाउँछन्, ‘पार्टी एकीकरण हुनु ठूलो समाचार थियो । मैले नै ब्यानर न्युज लेखें । एमारलेको ठाउँमा ‘र’ बीचमा भएन भनेर ‘र’लाई काटिदिएँ र एमालेमात्रै राखें ।’
समाचार छापियो । समाचारका कारण मार्क्सवादीका नेताहरुले विमति राखे । शरणविक्रम मल्ल र तिलक पराजुलीले त पार्टी नै छाडेर गए । पत्रिकामा ‘र’ काटिएर बनेको एमाले जनताबीच लोकप्रिय बन्यो । सबैले एमाले भन्न थाले । सञ्चारमाध्यमले पनि एमाले नै लेख्न थाले ।
पार्टी पंक्तिलाई श्यामलको कदम मान्य हुने सवालै भएन । श्यामललाई कारबाही गर्ने कुरा गरे । कारबाही त गर्ने तर, के कारणले गर्ने ? श्यामलको एमालेप्रति झुकाव भए पनि एमालेको सेलमै थिएनन् । अर्कातिर विमर्श साप्ताहिकले जागिरका लागि अफर गरिरहेको थियो । यता दृष्टिमा विनातलब जस्तै काम गरिरहेका थिए ।
पार्टीका सचीव नारायण ढकाल सम्पादक थिए । श्यामलले काटेको ‘र’प्रति उनले पनि विमति राखेनन् । श्यामलले पनि भनेका थिए, ‘हेर नारायण, यो रले भन्दा राम्रो सुनिँदैन । अनि मैले र काटिदिएँ ।’
ढकालको जवाफ थियो, ‘ठीकै गरिस् ।’
पछि ढकाललगायतले पार्टी बैठकमा कुरा मिलाए । त्यसवेलासम्म एमाले नै स्थापित भइसकेको थियो ।
सूर्य चुनाव चिह्नमा पनि श्यामलकै भूमिकाले काम गरेको थियो । त्यसवेला वामपन्थी पार्टीहरु एउटै कुरामा रम्ने खराब प्रवृत्तिबाट गुज्रिरहेको बताउँछन् श्यामल । बाह्र, तेह्रवटा वामपन्थी पार्टी । सबैको चुनाव चिह्न हँसिया हथौडा । त्यसमा थप कसैको सानो तारा, कसैको खुर्पे जून ।
२०४८ सालको चुनाव नजिकिँदै थियो । महासचिव भण्डारीलाई सुनकोसी छापाखाना कालिमाटीमा श्यामलले भने, ‘मदनजी, पार्टी मिलाएर ब्रेक थ्रु गर्नुभो । अब अर्को ब्रेकथ्रु गर्नुपर्यो ।’
‘कस्तो ब्रेक थ्रु ?’
‘तपाईंहरु निर्वाचन चिह्न बदल्नुस् । यो हँसिया हथौडा त अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको झण्डा भइगयो नि ! निर्वाचनमा जाँदा जनताले अत्यन्त माया गर्ने चिह्न लिएर जानुस् ।’
सुरुमा त भण्डारी अनकनाए । चुनाव चिह्न नै फरक पारिदिने भएपछि महासचिव स्वयं अप्ठ्यारोमा पर्न सक्थे । पार्टीमा छलफल पनि गर्नुप¥यो ।
श्यामलले सुझाव दिए, ‘सूर्य चिह्न राख्नुस् । नेपालका जुनसुकै धर्मका मानिसले पनि पूजा गर्छन् सूर्यलाई । निरक्षर मतदाताले पनि चिन्ने भए । झापाली क्रान्तिकारीबाट पार्टीको विकास गराउनुभएकाले सूर्य पूर्वबाटै उदाउँछ । तपाईंहरुको लाल साहित्य भनेकै सूर्य हो ।’
‘खै, कुरा त ठीकै हो । एकपटक कमरेडहरुसँग कुरा गर्छु । उहाँहरुले मान्नुहोला जस्तो लाग्दैन ।’
पछि एमालेले सूर्य चिह्न पनि पारित गर्यो । २०४८ सालको आमनिर्वाचनमा ६८ सीट जित्यो । ‘र’ काटेको, सूर्य चिह्नको आइडिया दिएकोबारे श्यामलले बोलेकै थिएनन् । केही समयअघि एमाले नेता ईश्वर पोखरेल स्वयंले श्यामललाई सम्मान गर्ने कार्यक्रममा भनिदिए, ‘तपाईंहरुलाई थाहा छ ? हाम्रो सूर्य चिह्न श्यामलजीले गर्दा भएको हो ।’
भनिन्छ, अति भयो भने क्षति हुन्छ । जुन कुरा पूर्वप्रधानमन्त्री तथा पूर्वएमाले वरिष्ठ नेता माधवकुमार नेपालको सन्दर्भमा हुबहु लागू भएको छ । एमालेमा अपमान भयो भन्दै आत्मसम्मान खोज्दै पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी बनाएका नेपाललाई जनताले आमनिर्वाचनमा झनै अपमान गरे । जनताले मत नदिँदा उनको पार्टी राष्ट्रिय दलसम्म बन्न सकेन । माओवादीको फेरो समाउँदै कांग्रेस गठबन्धनमा लागेका नेपालले अहिले माओवादीबाट पनि अपमान सहनुपरेको छ । पाँच दलीय गठबन्धन टुटेपछि घरको न घाटको भएका छन् नेपाल । एमालेमा फर्कौं, कुन नैतिकताले फर्किउँ, नफर्काैं सांसद जोगाउनै धौ धौ पर्ने अवस्था आएको छ ।
नेकपाभित्रको शक्ति संघर्ष चुलिँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्याशित संसद विघटन गरे । जसले देशको राजनीतिक माहोल उथलपुथल भयो । नेकपा विभाजन भयो । एमाले पनि विघटनबाट जोगिन सकेन । माधव नेपालको नेतृत्वमा एमाले टुक्रिएर नेकपा एकीकृत समाजवादी जन्मियो । माओवादी र नेकपा एसको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृवमा सरकार बन्यो । अध्यक्ष ओलीसँग तिक्त सम्बन्ध भएका प्रचण्ड र नेपालको यात्रा लम्बियो । तर, निर्वाचनपछि गठबन्धनको सरकार बन्ने संघारमै प्रचण्ड ओलीसँग घाँटी जोड्न पुगेका छन् । प्रचण्ड-ओली एकै ठाउँमा उभिँदा नेपाल अलपत्र परेका छन् ।
पार्टी फुटाएरै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका नेपालको दाबी सत्ता गठबन्धनमा निर्वाचनपछि बन्ने पाँचवर्षे सरकारको अन्तिम एक वर्ष भए पनि आफूले नेतृत्व पाउनुपर्छ भन्ने थियो । त्यो नभए राष्ट्रपति बनेरै भए पनि राजनीतिबाट सम्मानजनक बहिर्गमन रोज्ने उनको इच्छा थियो । तर, यतिवेला उनको दुइटै इच्छा तुहिएको छ । पाँच दलीय गठबन्धन भत्किएको छ । माओवादीको साथ पनि टुटेजस्तै अवस्थामा पुगेको छ । अन्तिममा ‘हातमा लाग्यो शून्य’ भएको छ ।
पार्टी फुटाएरै देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेका नेपालको दाबी सत्ता गठबन्धनमा निर्वाचनपछि बन्ने पाँचवर्षे सरकारको अन्तिम एक वर्ष भए पनि आफूले नेतृत्व पाउनुपर्छ भन्ने थियो । त्यो नभए राष्ट्रपति बनेरै भए पनि राजनीतिबाट सम्मानजनक बहिर्गमन रोज्ने उनको इच्छा थियो ।
एमाले छाडेपछि अध्यक्ष ओलीलाई सत्तोसराप गर्दै हिँडेका नेपाल गठबन्धन टुटेपछि कांग्रेस र माओवादीप्रति पनि आक्रोशित देखिएका छन् । छँदाखाँदाको पार्टी छोडेर नेपालले सहयोग गरेको कांग्रेस पनि आफ्नै अहमताले सर्वश्व गुमाउन बाध्य भयो । अब कांग्रेससँग मागौं के मागौं ? प्रचण्डले पनि साथ छोडेपछि उनको बार्गेनिङ पावर पनि मत्थर भएको छ । प्रचण्ड उनलाई भन्दै नभनी बालकोट पुगेकोमा नेपालको चित्त दुःखाइ छ । सर्वश्व दाउमा राखेर साथ दिएकाहरुले समेत उपेक्षा गरेपछि नेपालले अपमान नै अपमान खेप्नुपरेको छ । अब अझै अरु कति अपमान सहनुपर्ने होला नेपालले ?
त्यसैले ओली-प्रचण्ड, भो अब माधव नेपाललाई अरु धेरै अपमान नगर । सबैतिरबाट एक्लिएका विचरा भएका नेपाललाई अब साथमा लेउ र अवसर देउ । प्रचण्डलाई त नेकपाकालदेखि नै नेपालले साथ दिएका हुन्, गुण लगाएकै हुन् । अब त्यसको भए पनि ऋण तिर । नेपालले लगाएको गुणको बदला प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई पनि सरकारमा सहभागी गराऔं ।
एमालेमा पनि त उनले वर्षौं नेतृत्व र योगदान गरेकै हुन् । त्यसको बदलामा ओलीले पछिल्ला कदमको माफी देऊ । जे भए पनि उनी एमालेका संस्थापकमध्ये एक हुन् । एमालेलाई पनि माधव नेपालको पार्टीसँग एकता गरेर संसदको पहिलो पार्टी बन्ने मौका मिलेको छ । एमालेसँग अहिले भएको ७८ सीटमा नेकपा एसको १० सीट जोडिए स्वतन्त्र निर्वाचित सांसदद्वय किरण साह र योगी मण्डल पनि एमालेमा आउने चर्चा छ । यो अवसर एमालेले पनि आफ्नो हातबाट खेर जान दिन हुँदैन । यसपछि एमाले ९० सीटसहित संसदको ठूलो दल बन्ने निश्चित छ । हाल पहिलो दल नेपाली कांग्रेससँग ८९ सांसद छन् । त्यसैले राष्ट्रिय दल बन्न नसकेर बिलखबन्दमा परेको नेकपा एसलाई पुरानै घर फर्काएर आफ्नो राजनैतिक हैसियत पुनःस्थापना गर्ने स्वर्णिम अवसर एमालेसामु छ । यसलाई ओलीले पक्कै खेर जान दिनुहुँदैन ।
एमालेलाई पनि माधव नेपालको पार्टीसँग एकता गरेर संसदको पहिलो पार्टी बन्ने मौका मिलेको छ । एमालेसँग अहिले भएको ७८ सीटमा नेकपा एसको १० सीट जोडिए स्वतन्त्र निर्वाचित सांसदद्वय किरण साह र योगी मण्डल पनि एमालेमा आउने चर्चा छ । यो अवसर एमालेले पनि आफ्नो हातबाट खेर जान दिन हुँदैन ।
कुरा रह्यो नेता नेपालको मानसम्मानको । लिखित रुपमै आरोप-प्रत्यारोपमा उत्रेका एक-अर्काका कटु आलोचक ओली-प्रचण्डसमेत मिल्न सक्छन्, एकै ठाउँमा उभिनसक्छन् भने वर्षौं योगदान गरेको पार्टीमा फर्किन नेपाललाई केको आइतबार ? एमालेका दोस्रो तहका नेताहरुले सम्मानपूर्वक नै नेपाललाई एमालेमै फर्कन अनुनयविनय गरिरहेकै छन् । नेपाललाई सम्मानपूर्वक घरफिर्ती गराउन एमाले नेताहरुले अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङदेखि उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेता महेश बस्नेतसम्मले पार्टी एकीकरण गरेर सम्मान र गौरव आर्जन गर्न सुझाइरहेका छन् ।
यसै पनि पार्टी विधानमा उल्लेखित ७० वर्षे उमेर हदका कारण ओलीको यो नै अन्तिम कार्यकाल हुनेछ । उनले पार्टी अध्यक्षमा यो नै आफ्नो अन्तिम कार्यकाल रहेको भनिसकेका छन् । नेकपा एमाले र एसको एकता हुँदा नेपालले पुनः नेतृत्व गर्न पाउने अवस्था छ । दुई पार्टीको एकताको लागि ओली-नेपालले गर्ने हिम्मत र आँटले दुबै पार्टीका नेता-कार्यकर्ताको भविष्य उज्ज्वल बन्ने निश्चित छ । आम नेता-कार्यकर्ताको भावनाअनुरुप उचित निर्णय गर्नु दुबै अध्यक्षको दायित्व हो र जिम्मेवारी पनि ।
अब ओली र प्रचण्डले नेपालसँग कुराकानी र छलफलमात्रै होइन, छिनोफानो नै गरौं । नेपाललाई आफूहरुको गठबन्धनमा सहभागी बनाऔं । र, यो अवसरलाई नेपालले पनि विनासर्त, विनाहिचकिचाहट सम्मानपूवर्क सदुपयोग गरौं । जसले आफ्नोमात्रै होइन सिंगो नेकपा एस र यसका नेता तथा कार्यकर्ताहरुको भविष्य सुनिश्चित गरोस् । आगे हजुरको मर्जी !