Category: विश्व प्रेस

  • आफ्ना प्रमुख मारिएको हेजबुल्लाबाट औपचारिक रूपमा पुष्टि

    आफ्ना प्रमुख मारिएको हेजबुल्लाबाट औपचारिक रूपमा पुष्टि

    काठमाडौं । लेबनानी सिया लडाकु समूह हेजबुल्लाले आफ्ना नेता मारिएको औपचारिक पुष्टि गरेको छ ।

    शुक्रवार इजरायली युद्ध हवाइजहाजले लेबनानी राजधानी बेरुतमा हानेर बमबारीमा परेर हेजबुल्ला प्रमुख सहन नसरल्ला मारिएको इजरायलले शनिवार सार्वजनिक गरेको थियो ।

    इजरायलले गरेको दाबी अहिले औपचारिक रूपमा पुष्टि भएको छ । इजरायले हत्या गर्ने भयले वर्षौँबाट सार्वजनिक कार्यक्रममा नदेखिएका नसरल्लालाई इजरायलले शुक्रवार बेरुतको एक अपार्टमेन्टमा हमला गरेर मारेको छ ।

    अपार्टमेन्टका छ भवनलाई इजरायलले माटोमा लिएको थियो । जसमा धेरै सर्वसाधारणको पनि ज्यान गएको लेबनानले सार्वजनिक गरेको छ ।

    हेजबुल्ला इजरायलले लेबनानमा हमला गरेको प्रतिकारमा बनेको सिया लडाकु समूह हो ।

    लेबनानी सेना भन्दा शक्तिशाली लडाकु सेना भएको हेजबुल्लालाई सिया मुलुक इरानले साथ र सहयोग दिँदै आएको थियो ।

    अलजजिराका अनुसार हेजबुल्लाले लेबनान र गाजामा भएको इजरायली हमालको प्रतिकार जारी राख्ने बताएको छ ।

  • हेजबुल्ला प्रमुख मारिएको इजरायली भनाइ पछि इरानी सर्वोच्च नेतालाई सुरक्षित स्थानमा सारियो

    हेजबुल्ला प्रमुख मारिएको इजरायली भनाइ पछि इरानी सर्वोच्च नेतालाई सुरक्षित स्थानमा सारियो

    काठमाडौं । लेबनानी राजधानी बेरुतमा गरेको बमबारीमा लडाकु समूह हेजबुल्ल्लाका प्रमुख हसन नसरल्ल्लालाई मारिएको इजरायली भनाई सार्वजनिक भएपछि इरानी सर्वोच्च नेता अयोतल्ला अली खामेनीलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

    रोयटर्सका अनुसार इरानमा सुरक्षा कडाइ गरिएको छ । रोयटर्सले दुई इरानी अधिकारीसँग कुरा गरेर यस्तो बताएको सार्वजनिक भएको छ । लेबनानको सिया लडाकु समूह हेजबुल्लासँग इरानी निकट सम्पर्कमा भएको बताइएको छ ।

    हेजबुल्लाका प्रमुख मारिएको इजरायली भनाई आएसँगै इरानी सर्वोच्च नेतालाई पनि सुरक्षित स्थानमा सारिएको खबर सार्वजनिक भएको छ ।

    हेजबुल्ला र इजरायललाई अमेरिका, बेलायत लगायतका देशहरूले २१ दिन युद्ध बिराम गर्न आग्रह गरेका थिए । तर, इजरायलले नटेरीकन आफ्नो सैन्य मिसन जारी राखेको थियो ।

    विभिन्न विश्व मिडियाहरूका अनुसार लेबनामको विमानस्थलमा इरानी जहाज अवतरण गर्न खोज्दा लेबनानी अधिकारीहरूले अनुमति दिएका छैनन् । नागरिक भन्दा अरू जहाज उडाएमा बेरुत विमानस्थल ध्वस्त गर्ने इजरायलले धम्की दिएको छ ।

    बेरुत वरपरको हवाई क्षेत्रमा इजरायली युद्ध हवाईजहाजले गस्ती गरिरहेको जानकारी सार्वजनिक भएको छ ।

    सिया मुसलमान देश इरान र सिया लडाकु दस्ता हेजबुल्लाको निकट सम्बन्ध रहँदै आएको छ ।

  • हेजबुल्ला प्रमुख हसन नसरल्ला मारिएको इजरायली दाबी

    हेजबुल्ला प्रमुख हसन नसरल्ला मारिएको इजरायली दाबी

    काठमाडौं । इजरायलले लेबनानी लडाकु समूह हेजबुल्ला प्रमुख हसन नसरल्ला मारिएको दाबी गरेको छ ।

    लेबनानको सहर बेरुतमा मारिएको इजारायली दाबी छ । तर, हेजबुल्लाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन ।

    कतारी विश्व च्यानल अलजजिराका अनुसार इजरायलले शनिवार भनेको छ, ‘हसन नसरल्लाले अब विश्वमा आतंक गर्न पाउने छैनन् ।’

    शुक्रवार इजरायलले लेबनानको राजधानी बेरुतमा भीषण बमवारि गरेको थियो । एक अपार्टमेन्ट छ भवनलाई इजरायलले माटोमा मिलाएको थियो ।

    उक्त आक्रमणमा हेजबुल्लाको दक्षिणी कमान्डर अली कर्कीलाई पनि मारिएको इजरायलले बताएको छ । हेजबुल्लाबाट यसको औपचारिक पुष्टि भएको छैन ।

  • भारतीय माझी र डुङ्गाहरु छुटाइदिन श्रीलंकाली राष्ट्रपतिलाई भारतीय सांसद सुधाको आग्रह

    भारतीय माझी र डुङ्गाहरु छुटाइदिन श्रीलंकाली राष्ट्रपतिलाई भारतीय सांसद सुधाको आग्रह

    काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसकी सांसदले नवनिर्वाचित श्रीलंकाली राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतीय माझीहरुलाई रिहाइ गरिदिन आग्रह गरेकी छन् ।

    न्यूज वायर डट आइकेका अनुसार सांसद आर. सुधाले राष्ट्रपतिलाई भएको कानूनी अधिकार प्रयोग गरेर खुला हृदय र खुला मस्तिष्कले श्रीलंकाका विभिन्न जेलमा भौतारिरहेका भारतीय माझीहरुलाई रिहाइ गर्न र उनीहरुको डुङ्गालाई सहिसलामत फिर्ता गर्न आग्रह गरेकी छन् ।

    सांसद सुधाले भारतसँगको सम्बन्धको सकरात्मक गुडविल बनाउन यो प्रभावकारी हुने बताएकी छन् । आफ्नो चुनाव क्षेत्र माइलादुथुराईबाट थुनिएका ३७ जनालाई रिहाई गर्न उनले जोड गरेकी छन् । श्रीलंकाका जेलमा भारतका ८० माझीहरु थुनिएका तथा १७३ डुङ्गाहरु नियन्त्रणमा भएको न्यूजवायरले उल्लेख गरेको छ ।

     

  • उपप्रधानमन्त्री पौडेल र चिनियाँ समकक्षी भेट : के लेख्यो चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले ?

    उपप्रधानमन्त्री पौडेल र चिनियाँ समकक्षी भेट : के लेख्यो चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले ?

    काठमाडौं । चीन भ्रमणमा गएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र चिनियाँ समकक्षी तिङ सुएसिआङको भेट भएको छ । भेटको समाचार चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले बनाएको छ ।

    समाचार अनुसार चिनियाँ उपप्रधानमन्त्रीले नेपाल र चीन नदी र हिमालले जोडिएका देशहरू भएको भन्दै फरक आकारमा देश हुँदा पनि आपसी साझेदारी र हितमा उदाहरणीय काम गरेको नजिर दुई देशले पेस गरेको बताएका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका उपप्रधानमन्त्री सुएसिआङ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री पौडेलबीचको वर्तालाई चीनिया सरकारी संचारमाध्यमले उच्च प्राथमिकता दिएको हो । उपप्रधानमन्त्री सुएसिआङले नेपाल र चीनको साझेदारी बढाउने, बिआरआईमा काम गर्ने र उच्च गुणस्तरको विकासमा काम गर्ने कुरामा नेपाल र चीनका शीर्ष नेताहरूको गाइडेन्समा काम गर्ने बताएका छन् ।

    पौडेलले नेपाल एक चीन सिद्धान्तमा प्रतिबद्ध भएको, दुई देशको मित्रता बढाउन प्रतिबद्ध भएको र चीनको मुख्य चासोलाई ध्यान दिने बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

  • पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको छ, अबको अर्थतन्त्र वृद्धि ब्रिक्सको ः पुटिन

    पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको छ, अबको अर्थतन्त्र वृद्धि ब्रिक्सको ः पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिका तथा युरोपेली देशहरूलाई संकेत गरेर पश्चिमा देशहरूको अर्थतन्त्रमा ह्रास आएको बताएका छन् ।

    पुरानो जस्तो फर्कनै नसक्ने खालको ह्रास आएको भन्दै पुटिनले अबको विश्व अर्थतन्त्रको वृद्धि ब्रिक्स देशमा हुने बताएका छन् ।

    ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायतका देशहरूको साझा संस्था ब्रिक्सले अबको विश्व अर्थतन्त्र वृद्धिको नेतृत्व लिने पुटिनले बताएका छन् ।

    रुसमा बिहीबार आयोजना भएको ‘रुस ऊर्जा सप्ताह २०२४’ मा बोल्दै पुटिनले यस्तो बताएका हुन् । २१ औँ शताब्दीको आर्थिक वृद्धिको केन्द्र युरोप र अमेरिका दुवैमा नहुने पुटिनले बताएका छन् ।

    सन १९९२ मा अहिले ब्रिक्समा जोडिएका देशहरूको कुल ग्राहस्थ उत्पादन (जीडीपी) विश्वको १६ प्रतिशत भएको तर अहिले जी–७ भन्दा धेरै भएको भन्दै पुटिनले यस्तो तर्क गरेका हुन् ।

  • मस्कोको अमेरिकी दूतावासमा आरटीको प्रोजेक्टर सन्देश- ‘हामी कतै जाँदैनौँ’

    मस्कोको अमेरिकी दूतावासमा आरटीको प्रोजेक्टर सन्देश- ‘हामी कतै जाँदैनौँ’

    काठमाडौं । रुसको राजधानी मस्कोस्थित अमेरिकी दूतावासमा रुसी विश्व च्यानल आरटीको सन्देश राखिएको छ ।

    प्रोजेक्टरबाट राखिएको सन्देश मा भनिएको छ, ‘हामी कतै जाँदैनौ।’

    अमेरिकी सरकारले रुसी विश्व च्यानल आरटीलाई गरेको प्रतिबन्धको विरुद्ध यस्तो गरिएको हो । आरटीले यसलाई ‘कूटनीतिक प्राङ्क’को नाम दिएको छ ।

    प्रोजेक्टरमा लेखिएको भाषा रुसी र अङ्ग्रेजी छ भने आरटीको लोगो नि राखिएको छ ।

    अमेरिका र रुसले युक्रेन मुद्दालाई लिएर विभिन्न मोर्चामा युद्ध गरिरहेका छन्।

    मिडिया मोर्चा पछिल्लो समयमा सार्वजनिक देखिएको छ ।

  • जितिया पर्व मनाउन स्नान गर्ने क्रममा डुबेर भारतमा ४३ जनाको मृत्यु

    जितिया पर्व मनाउन स्नान गर्ने क्रममा डुबेर भारतमा ४३ जनाको मृत्यु

    काठमाडौं । भारतमा जितिया पर्व मनाउने क्रममा नदी तथा पोखरीमा स्नान गर्दा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार भारतको बिहार राज्यको उक्त घटनामा ३७ जना बालबालिका छन् ।

    बालबालिकाहरुको हितको लागि आमाहरुले मनाउने जितिया पर्वमा यस्तो दुःखद घटना भएको हो । मिडियासँग कुरा गरेका भारतीय सरकारी अधिकारीहरुले नदी तथा पोखरीमा पानीको तहबारेमा जानकारी नलिइकन भएको स्नानको कारणले यस्तो दुःखद घटना भएको बताएका छन् ।

    भारतमा जितिया पर्वमा यस्ता दुःखान्त घटनाहरु हुँदै आएका छन् । उदाहरणको लागि गत वर्ष पनि जितिया पर्वकै बेलामा २२ जनाको डुबेर मृत्यु भएको थियो । जसमा १५ जना बालबालिका थिए ।

     

  • देशद्रोहको कसुरमा हङकङका दुई पत्रकारलाई जेल सजाय

    देशद्रोहको कसुरमा हङकङका दुई पत्रकारलाई जेल सजाय

    काठमाडौं । देशद्रोह गरेको भन्दै हङकङको अदालतले दुई पत्रकारलाई जेल सजाय सुनाएको छ । हङकङमा भएको प्रदर्शनमा प्रदर्शनको पक्षमा समाचार लेख्ने संचार माध्यमका दुई पत्रकारलाई क्रमशः २१ महिना र ११ महिना जेल सजाय सुनाइएको छ ।

    स्याण्ड न्यूज नामक अखबारका दुई सम्पादकहरु चुङ पुइ कुअन र प्याट्रिक ल्यामलाई क्रमशः २१ र ११ महिनाको फैसला सुनाइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    यस्तै उनीहरुको संचार माध्यमलाई पाँच हजार हङकङ डलर जरिवाना पनि गरिएको छ । सन् १९९७ मा चीनमा फकाईएको हङकङमा पत्रकारलाई देशद्रोहको नाममा सजाय सुनाइएको यो पहिलो घटना भएको बीबीसीले उल्लेख गरेको छ ।

  • पुटिनले परिवर्तन गरे आणविक नीति, अब यस्तो अवस्थामा प्रयोग गरिने

    पुटिनले परिवर्तन गरे आणविक नीति, अब यस्तो अवस्थामा प्रयोग गरिने

    काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसको स्थापित आणविक हतियारबारेको नीति परिवर्तन गरेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार बुधबार पुटिनले अद्यावधि गरेको नयाँ आणविक नीतिले पुरानो परम्परा भन्दा भिन्नपन देखाएको छ ।

    अब कुनै आणविक देशले गरेको आक्रमण मात्रै नभएर गैरआणविक देशले आणविक देशको सहयोगमा गरेको आक्रमणलाई पनि नीतिमा जोडिएको छ । अर्थात् रुसले आफ्नो भूमिमा आक्रमण गर्दा प्रतिरक्षामा आणविक हतियार प्रयोग गर्न सक्छ ।

    रुस सरकारका प्रबक्ता दिमित्रि पेस्कोभले बताए अनुसार यो नीतिले पश्चिमा देशहरुलाई संकेत गरेको छ । आरटीमा उल्लेख गरिए अनुसार पेस्कोभले युक्रेन मामिलामा जोडेर पश्चिमा देशहरुलाई लक्षित गरेको बताएका छन् ।

    रुस विश्वको सबैभन्दा धेरै आणविक हतियार भएको देश हो । तर, आणविक हतियार दुस्मन देशमा प्रयोग गर्ने देश भने अमेरिका मात्रै हो । अमेरिकाले दोस्रो विश्व युद्धताका जापानका हिरोसिमा र नागासाकिमा आणविक बम हानेर जापानलाई घुँडा टेकाएको थियो ।

     

  • जापानी युद्ध पानीजहाज पहिलोपटक ताइवान टापु क्षेत्रमा पुगे

    जापानी युद्ध पानीजहाज पहिलोपटक ताइवान टापु क्षेत्रमा पुगे

    काठमाडौं । जापानका युद्ध पानीजहाज पहिलोपटक ताइवान क्षेत्रमा पुगेका छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार युद्ध पानीजहाज ताइवान क्षेत्रमा पुगेको हो ।

    दक्षिण चीन सागरमा भएको सैन्य अभ्यासको लागि युद्ध पानीहाज ताइवान क्षेत्र हुँदै पुगेको बताइएको छ । जापानीसँगै अष्ट्रेलियाली र न्यूजिल्याण्डका युद्ध पानीजहाजहरु पनि सँगै भएको बीबीसीले जापानी मिडियाहरुलाई साभार गरेर उल्लेख गरेको छ ।

    ताइवान टापु क्षेत्रमा युद्ध पानीजहाज चलाउँदा चीन बिच्किने भनेर जापानले यस अगाडि यो रुट प्रयोग नगरेको बताइएको छ । बुधबारको घटनामा जापान, चीन, ताइवान कसैले पनि औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

  • पाकिस्तानमा इस्लाम धर्मका दुई सम्प्रदायको भिडन्त, २० भन्दा धेरैको मृत्यु

    पाकिस्तानमा इस्लाम धर्मका दुई सम्प्रदायको भिडन्त, २० भन्दा धेरैको मृत्यु

    काठमाडौं । पाकिस्तानमा सुन्नी र सिटी सम्प्रदायको बिचमा भएको भिडन्तमा २० जना भन्दा धेरेको मृत्यु भएको छ ।

    पाकिस्तानी अधिकारीहरूले सार्वजनिक गरेको सूचना साभार गरेर जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार अफगानिस्तानको सीमा जोडिएको पाकिस्तानको कुराम जिल्लामा भएको एक जमिनको विवादमा जोडिएको सवालमा दुई समुदायको भिडन्त छ ।

    पाकिस्तानी अधिकारीहरूले कम्तीमा ७५ जना घाइते भएको जानकारी सार्वजनिक गरेको डिडब्लूले लेखेको छ ।

    भिडन्तमा परेर कयौँ घरहरू भत्किएका छन् भने हिंसा रोक्न सरकारले गरेको प्रयत्न असफल भएको थियो । पाकिस्तान सरकारले धार्मिक समूहका नेताहरूलाई आग्रह गरेर हिंसा अन्त्य गर्न आग्रह गरेको छ ।

  • २१ दिने युद्ध बिराम गर्न इजरायल र हेजबुल्लालाई अमेरिका, बेलायतलगायतका देशहरूको आग्रह

    २१ दिने युद्ध बिराम गर्न इजरायल र हेजबुल्लालाई अमेरिका, बेलायतलगायतका देशहरूको आग्रह

    काठमाडौं । इजरायली सेना र लेबनानी हतियारधारी समूह हेजबुल्लालाई २१ दिने युद्ध बिराम गर्न अमेरिका, बेलायत तथा अरू साझेदार मुलुकहरूले आग्रह गरेका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार युद्ध फैलिएर क्षेत्रीय स्तरको हुने भन्दै उनीहरूले त्यसको जोखिम कम गर्न युद्ध बिराम गर्न आग्रह गरेका हुन् ।

    यसै बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका पुगेका छन् ।

    संयुक्त राष्ट्रसंघको ७९ औं साधारण सभामा भाग लिन उनी पुगेका हुन् । उनको मन्तव्य शुक्रवार हुने बीबीसीले उल्लेख गरेको छ ।

  • बंगलादेश-भारत तनाव संयुक्त राष्ट्रसंघको साइडलाइनमा : मोदीको बहिष्कार, बाइडेनको धाप

    बंगलादेश-भारत तनाव संयुक्त राष्ट्रसंघको साइडलाइनमा : मोदीको बहिष्कार, बाइडेनको धाप

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्यालेस्टाइनका राष्ट्रपति महोमद अब्बासलाई भेटे । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटे ।

    भियतनामका राष्ट्रपति तो लामलाई र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । तर, उनले चार हजार किलोमिटर सीमा जोडिएको निकट छिमेकी बंगलादेशका अन्तरिम सरकारका प्रधानमन्त्री तथा नोबेल पुरस्कार विजेता महोमद युनुसलाई भेटेनन् । तर, युनुसलाई चिनियाँ विदेशमन्त्री वाङ यिले भेटे ।

    वाङ यिसँगको भेटबारेमा युनुसको सामाजिक सञ्जालमा भनिएको छ, ‘चिनियाँ विदेशमन्त्री वाङ यिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्राध्यापक महोमद युनुससँग संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधवार भेटमा दुई पक्षीय कुरा गर्नु भएको छ । भेटमा सम्बन्धलाई बलियो बनाउने, सोलार प्यानलमा लगानी बढाउने र व्यापारिक साझेदारी बढाउनेमा छलफल भयो ।’

    चिनियाँ विदेशमन्त्रीसँग मात्रै होइन युनुसले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट गरेका छन् ।

    भेटको तस्बिर सार्वजनिक गरेर युनुसको आधिकारिक सामाजिक सञ्जालमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको साइडलाइनमा भएको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख सल्लाहकार युनुस र उहाँको सरकारलाई पूर्ण सहयोग गर्ने बताउनु भएको छ ।’

    भेटको तस्बिरमा बाइडेनले मुस्कुराएर युनुसलाई धाम मारेको देखिइएको छ । बंगदेशकी निर्वासित पूर्वाप्रधानमन्त्री शेख हसिनालाई ढालेर बनेको नयाँ सत्तासँग भारतको राम्रो सम्बन्ध छैन ।

    नयाँ सरकारले भारतको आलोचना गरेको, हिन्दू अल्पसंख्यकलाई हिंसा गरेको तथा भारतकी प्रिय प्रधानमन्त्री शेख हसिनालाई निर्वासित हुन बाध्य बनाइएको घटनामा भारतको असन्तुष्टि देखिएको भारतीय मिडियाहरूबाट देखिन्छ । त्यसको झल्को न्यू योर्कमा पनि देखियो ।

    मोदीले युनुसलाई भेट नगरे पनि भारतीय विदेशमन्त्री एस. जयशंकरले आफ्ना बंगलादेशी समकक्षी मोहोमद ताउहिद हुसेनसँग भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर, भेटको तस्बिर जयशंकरले सार्वजनिक गरेका छैनन् ।

  • दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

    दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

    काठमाडौं । चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ । यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै आएको चीनले पहिलो पटक आफ्नो सीमाभन्दा बाहिर निशाना बनाएको छ ।

    चिनियाँ मिडियाहरुले मिसाइल हिँडेको क्षेत्रका देशहरुलाई अग्रिम जानकारी दिएको बताएको छ, तर जापानले आफूलाई त्यस्तो जानकारी नभएको सार्वजनिक गरेको छ । यस अगाडि चीनले सिन्च्याङ प्रान्तको ताक्लामाकाङ क्षेत्रमा यस्ता मिसाइलहरु परीक्षण गर्दै आएको थियो ।

    पछिल्लो समय चीनले सन् १९८० मा आईसीबीएम परीक्षण गरेको थियो । त्यो समयमा चीनको आईसीबीएसले ९ हजार ७० किलोमिटरको दुरी पार गरेको थियो । पछिल्लो परीक्षणले कति दुरी पार गर्‍यो र कति लोड बोकेको भन्नेबारेमा खुलाइएको छैन ।

    रुस र युक्रेन युद्ध, अमेरिका र चीनको बढ्दो शीतयुद्ध तथा हिन्द प्रशान्त क्षेत्रमा बढेको भूराजनीतिक तनावका दौरान चीनले गरेको आईसीबीएम परीक्षण भएकाले यसले विश्व हेडलाइन बनाएको छ । अझ चीनले झण्डै दुई दशकपछि परीक्षण गरेकोले पनि यसले चासो बढाएको देखिन्छ ।

  • श्रीलंकामा संसद विघटनपछि कार्तिकमा चुनाव: तीन सीटे कम्युनिष्टको आउला त बहुमत ?

    श्रीलंकामा संसद विघटनपछि कार्तिकमा चुनाव: तीन सीटे कम्युनिष्टको आउला त बहुमत ?

    काठमाडौं । श्रीलंकाका राष्ट्रपतिमा आइतबार विजयी भएको घोषित भए अनुरा कुमारा दिशानायके । सोमबार शपथ लिए । मंगलबार संसद विघटन गरे । अर्थात् शपथ लिएको भोलिपल्टै संसद भंग गरे ।

    श्रीलंकाको संसदीय सूचनाअनुसार संविधानको धारा ७० प्रयोग गरेर उनले संसद विघटन गरेका हुन् । संसद भंगपछि अनुुराले चुनाव घोषणा गरेका छन् । सन् २०२० को अगस्तमा चुनिएको पाँच वर्षे कार्यकालको संसदलाई ११ महिने समय बाँकी छँदै अनुराले विघटन गरेका हुन् ।

    उसो त उनले अहिलेको संसदले परिवर्तित जनमत नबोक्ने भन्दै सार्वजनिक मन्तव्य पनि दिँदै आएका थिए । त्यसैले यो कुनै अपरझट गरिएको कदम भने होइन । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार अनुराले चुनावी दौरान संसद विघटन गर्ने बताएका थिए ।

    अनुराले चुनाव यही नोभेम्बर १४ अर्थात् कात्तिक २९ मा गर्ने मिति घोषणा गरेका छन् । चुनावको लागि उम्मेदवारहरुको मनोनयन अक्टोबर ४ बाट ११ सम्म अर्थात् असोज १८ बाट २५ सम्म हुने मंगलबार श्रीलंकाको राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ । २९ गतेको चुनावपछि संसदको पहिलो बैठक नोभेम्बर २१ अर्थात् मंसिर ६ गते बस्नेछ ।

    २२५ सदस्य रहेको संसदीय चुनावबारे अहिले धेरैको ध्यान छ । त्यो ध्यान जानुको कारण श्रीलंकामा पहिलो पटक कम्युनिष्ट नेता राष्ट्रपति हुनु हो । र, अबको संसदीय चुनावमा उनको दलको अवस्था के हुन्छ भन्ने कारण हो ।

    तीन सीटे दलका कम्युनिष्ट गठबन्धनले बहुमत ल्याउला ?

    अनुराको दल जनमुक्ति मोर्चा (जेभीपी) र गठबन्धन राष्ट्रिय जनशक्ति गठबन्धन (एनपीपी)को तीन सीटको संसदीय उपस्थिति कात्तिकको चुनावमा के होला भन्ने चासो सबैको छ । श्रीलंकामा राष्ट्रपतीय व्यवस्था छ । कार्यकारी प्रमुख राष्ट्रपति हुने श्रीलंकामा राष्ट्रपतिलाई विद्यायकी अंग संसदले साथ नदिएमा काम गर्न गाह्रो हुन्छ । तीन सीटे एनपीपी गठबन्धनको भरमा राष्ट्रपति अनुरालाई सत्ता सञ्चालनमा सकस हुनेछ, तर अनुराले घोषणा गरेको चुनावमा उनलाई जनमतले साथ दिने बताइएको छ ।

    जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार चुनाव जितेपछि पनि लोकप्रियता पाएकाले उनले सीट बढाउने सम्भावना छ । गठबन्धनबाट तीन सीट ल्याएको जेभीपीले दुई अंकको सीट ल्याउनुमात्रै पनि ठूलो कुरा हो । २२५ सदस्यीय संसदमा १०० सीट कटाए झन सानदार प्रदर्शन हुनेछ ।

    यस्तो थियो विघटित संसदको अंकगणित

    मंगलबार विघटन गरिएको श्रीलंकाको संसदमा बहुमतभन्दा धेरै सीट राजापाक्षेको पार्टी श्रीलंका जनमोर्चा (एसएलपीपी)ले ल्याएको थियो । श्रीलंकाको नवौं संसदमा राजापाक्षेको पार्टीले १४५ सीट ल्याएको थियो । अहिलेको राष्ट्रपति चुनावमा उपविजेता भएका तथा सन् २०१९ को चुनावमा पनि दोस्रो नै भएको सजिथ प्रेमादसाको दल एकीकृत जनशक्ति (एसजेबी)ले दोस्रो धेरै ५४ सीट ल्याएको थियो ।

    तमिलहरुको दल श्रीलंका तमिल राज्य पार्टी (आईटीएके)ले १० सीट ल्याएको थियो । बाँकी दलहरुले ल्याएको सीट एक अंकको मात्रै थियो । एक अंकको सीट सबैभन्दा धेरै हुनेमा अनुराको गठबन्धन एनपीपीको तीन सीट थियो ।

    यसरी वर्तमान संसदीय अंकगणितमा ज्यादै धेरै मतान्तरसहित चौथो स्थानमा भएकाले अनुराको दल तथा गठबन्धन दुवैलाई यो सदनमा उपस्थिति सहज थिएन । त्यसैले पनि उनले सदन विघटन गरेका हुन् । सन् २०२२ मा गोताबाया राजापाक्षेलाई जनआन्दोलन भएपछि देशै छोड्नुपरेको थियो । घटनापछि राजापाक्षेको बहुमतको अर्थ अनर्थमा रुपान्तरण भएको थियो । किनभने उनीहरुले बहुमत पाएर पनि राष्ट्रपति र प्रधानमन्त्री पाएका थिएनन् ।

    ५ प्रतिशत थ्रेसहोल्डसहितको यस्तो छ श्रीलंकाको संसदीय प्रणाली

    नौ प्रदेश र २५ जिल्लामा विभाजित श्रीलंकाको संसदीय चुनाव नेपालको जस्तै छ, तर नेपालमा भन्दा समानुपातिक संख्या कम छ । २२५ सांसदमा १९६ जनाको प्रत्यक्ष चुनाव हुन्छ । २९ जनाको राजनीतिक दलहरुले पाएको मत प्रतिशतको आधारमा तय हुन्छ ।

    उदाहरणको लागि राजापाक्षेको दल एसएलपीपीले पाएको १४५ सीटमा १२८ प्रत्यक्ष चुनावबाट थियो भने १७ सीट समानुपातिकबाट । चुनावमा पाँच प्रतिसतको थ्रेस होल्ड नकटाउनेहरुलाई राष्ट्रिय दल तथा उम्मेदवारको मान्यता पाउँदैनन् ।

    मतदाता हुन पूरा गर्नुपर्छ कडा सर्त !

    श्रीलंकामा मतदाता बन्न १८ वर्ष उमेर पूरा भएर र मस्तिष्क सही भएको श्रीलंकाली नागरिक भएरमात्रै पुग्दैन । अरु पनि विभिन्न सर्तहरु छन् । उदाहरणको लागि दुई वर्षभन्दा धेरै कैद फैसला भएकोमा ६ महिनाभन्दा कम कैद सजाय भुक्तानी गरेको नागरिक मतदाता बन्न पाउँदैन । चुनावको सिलसिलामा संसदमा, राष्ट्रपति कार्यालयमा वा कुनै अरु जनमतसंग्रहमा कुनै हिंसा गरेर दोषी करार भएकाले त्यस्तो करार भएको ७ वर्षसम्म चुनावमा भाग लिन पाउँदैन । भ्रष्टाचार तथा घुुसको सवालमा कानूनी दोषी देखिएकाहरुले मतदानमा भाग लिन पाउँदैनन् ।

    यी र यस्ता विभिन्न सर्त तथा योग्यताहरुको बार पार गर्नेहरुले मात्रै श्रीलंकाको चुनावमा भाग लिन पाउने व्यवस्था छ । यो कुरा श्रीलंकाको संसदले पनि प्रस्ट रुपमा सार्वजनिक जानकारी दिएर राखेको छ ।

  • श्रीलङ्काली राष्ट्रपति अनुराले शपथ लिएको भोलिपल्ट गरे सदन विघटन

    श्रीलङ्काली राष्ट्रपति अनुराले शपथ लिएको भोलिपल्ट गरे सदन विघटन

    काठमाडौं । हालै चुनाव जितेर आएका श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सदन विघटन गरेका छन् ।

    आइतबार मात्र राष्ट्रपति चयन भएर सोमबार शपथ लिएका अनुराले मङ्गलवार राती सदन विघटन गरेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    चुनाव ताकै अनुराले आफूले सदन विघटन गर्ने बताएका थिए । नयाँ जनादेश नबोक्ने भन्दै उनले यस्तो तर्क गरेका थिए। अनुराले नोभेम्बर १४ अर्थात् कार्तिक २९ मा सदनको चुनाव गर्ने घोषणा गरेका छन् ।

    २२५ सदस्य श्रीलङ्काली सदनमा विघटन अगाडि अनुराको गठबन्धन सिट तीन थियो ।

    मङ्गलवार अनुराले प्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्रीमा हरिनी अमरासुरियालाई चयन गरेका छन्। हरिनी २०२० मा सांसद भएकी थिइन्।

  • श्रीलंकामा अनुराको अभ्युदय: सशस्त्र युद्ध गरेकाे दलकाे नेतृत्वदेखि राष्ट्रपतिसम्म

    श्रीलंकामा अनुराको अभ्युदय: सशस्त्र युद्ध गरेकाे दलकाे नेतृत्वदेखि राष्ट्रपतिसम्म

    काठमाडौं । चुनाव जित्नुहुन्छ त ? यो सवाल सेप्टेम्बर २१ मा चुनाव हुनुभन्दा अगाडि पत्रकारहरुले सोध्ने प्रश्न थियो । जुन प्रश्नमा श्रीलंकाका राष्ट्रपति उम्मेदवार अनुरा कुमारा दिसानायकेले जवाफ दिन्थे, ‘शत प्रतिशत ।’

    अन्ततः उनको दाबी, दाबीमात्रै भएन, सत्य भयो । सत्य भएकैले उनको चर्चा गर्दा विभिन्न मिडियाले यो कोट लिने गरेका छन् । जस्तैः एक दिन अगाडि भारतीय अखबार दि हिन्दूले यही कोट लिएर आफ्नो कन्टेन्ट सुरु गरेको छ ।

    अनुराले चुनाव जितेर धेरैलाई चकित बनाए । ५५ वर्षका अनुराको कम्पास चुनाव चिह्नबाट भएको विजयसँगै उनको चर्चा सुरु भएको छ । यो चर्चा विश्वभर छ । उनै अनुराका सात रोचक सवाल यहाँ प्रस्तुत छः

    १. वंशज सत्ता ढालेर आएका आउटसाइडर

    शनिबार भएको राष्ट्रपति चुनावमा उठेका मुख्य उम्मेदवारहरुमा तीन जना वंशजकै प्रतिनिधि थिए । वर्तमान राष्ट्रपति ७५ वर्षका रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयबर्दनेका भतिजा हुन् । ५७ वर्षका उम्मेदवार सजिथ प्रेमादशा पूर्वराष्ट्रपति रनसिंगे प्रेमादशाका छोरा हुन् । ३८ वर्षका नमल राजापाक्षे पूर्वप्रधानमन्त्री तथा राष्ट्रपति भइसकेका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भतिजा हुन् ।

    यी सबैलाई पाखा लगाएर विजय भए अनुरा । त्यही भएर उनको चर्चा विश्वभर छ । उनी आउटसाइडर भएर विजय भएको सवाल बेलायती विश्व च्यानल बीबीसीले पनि उल्लेख गरेको छ । समाचारमा भनिएको छ, ‘श्रीलंकाको सामान्य अवस्थामा यो चुनावी जीत आएको भए, यसलाई राजनीतिक भूकम्प भनिने थियो ।’

    आउटसाइडरको रुपमा चित्रण गरेर जापानी मिडिया निक्कीएसियाले समाचार शीर्षक बनाएको छ, ‘श्रीलंकाले अस्वीकार गरे राजनीतिक वंश, ल्याए आउटसाइडर वामपन्थी’ ।

    २. श्रीलंकाका मात्रै होइन, दक्षिण एसियाका प्रथम जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति

    अनुराको चुनावी विजय उनको दल जनमुक्ति मोर्चा (जेभीपी) र उनको राष्ट्रिय जनशक्ति गठबन्धन (एनपीपी)को मात्रै विजय होइन, कम्युनिष्ट कित्ताको विचारमा रमाउनेहरुको पनि विजय हो ।

    भारतका ईएमएस नामोदरिपदले दक्षिण एसियाको पहिलो जननिर्वाचित मुख्यमन्त्री बन्ने मौका सन् १९५७ मा दक्षिण भारतका केरेलाबाट पाएका थिए । २०५१ मंसिरमा पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बन्ने मौका नेपालका मनमोहन अधिकारीले पाएका थिए ।

    ठीक त्यसैगरी अनुराले दक्षिण एसियाको पहिलो जननिर्वाचित कम्युनिष्ट राष्ट्रपति हुने मौका पाएका छन् । यो कुरामा धेरै कम्युनिष्ट खुशी छन् । जस्तो पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । उनले सामाजिक सञ्जालमा चुनाव जितेकोमा अनुरालाई बधाई दिए । मार्क्सवादीलाई जिताएकोमा श्रीलंकाली जनतालाई ‘सलाम’ गरे । प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म त सलाम गर्छु ।’

    ३. अघिल्लो चुनावमा गुमनाम, यो चुनावमा धुमधाम

    सन् २०१९ को राष्ट्रपति चुनावमा पनि उठेका थिए अनुरा, तर हारे । तीन प्रतिशतभन्दा केही बढी मत ल्याएका उनको मत संख्या पाँच लाख पुगेको थिएन । उनको राजनीतिक सभामा देखिएको माहोल मतपत्रमा नपुगेको भारतीय अखबार दि हिन्दूले लेखेको छ ।

    सन् २०२२ जुलाईमा तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोेडेर भाग्ने तहको सडक आन्दोलनमा जोडिएका एक नेता अनुरा पनि थिए । उनको दल पनि थियो । उनले भ्रष्टाचार, पारदर्शिता र जनजीविकाका मुद्दामा जोड दिँदै आएका छन् । त्यही बलिया मुद्दा र ठूलो गठबन्धनको कारणले जनताले उनलाई पत्याए ।

    शनिबारको चुनावमा उनले ५७ लाख बढी मत ल्याएर राष्ट्रपति निर्वाचित भए । योसँगै उनको नयाँ राजनीतिक जीवन सुरु भएको छ । गत चुनावमा राष्ट्रिय हेडलाइन बन्न हम्मेहम्मे भएका उनी अहिले विश्व हेडलाइन बन्दैछन् ।

    ४. सदन, सरकार र गठबन्धनका जानकार

    अनुरासँग गठबन्धन र सरकारबारे दुवै अनुभव छ । उनको गठबन्धनको श्रीलंकाको २२५ सदस्यीय संसदमा ३ सीट छ । उनले मन्त्री बन्ने पनि अनुभव लिइसकेका छन् । सन् २००० मा सांसद भएका उनी सन् २००४ मा कृषि, पशुपंक्षी, भू तथा सिंचाइमन्त्री भएका थिए ।

    तत्कालीन राष्ट्रपति चन्द्रिका कुमारातुङ्गाको सरकार हुँदाको गठबन्धनमा जोडिएर उनी मन्त्री भएका थिए । सन् २००४ को राष्ट्रपतीय चुनावमा राजापाक्षेहरुको गठबन्धनमा उनी लागेका थिए ।

    चुनाव जितेर पनि घमण्डपना देखिएन अनुरामा । उनले चुनावमा आफ्नो जीतन भएर सबैको भएको बताए । बेलायती समाचार पोर्टल दि इन्डिपेन्डेन्टका अनुसार अनुराले भनेका थिए, ‘मैले जानेका कुरा छन् । मैले नजानेका कुरा छन्, तर म उत्कृष्ट सल्लाह लिएर उत्कृष्ट गर्न प्रयत्न गर्नेछु । त्यसको लागि मलाई सबैको साथ चाहिएको छ ।’

    सन् २०२२ मा आर्थिक संकटको कारण श्रीलंकामा भएको तनाव र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग झण्डै ३ अर्ब डलरको बेलआउट लिने कुरा चलिरहेको समयमा अनुराको यो भनाइ आएको हो ।

    ५. सशस्त्र युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आएको दलमा आवद्ध

    सन् १९६८ नोभेम्बर २४ मा जन्मिएका अनुरा राजनीतिक गतिविधिमा सन् १९८७ मा जोडिएका थिए । विद्यार्थी नेताका रुपमा जोडिएका उनी आफ्नो दल जेभीपीमा सन् १९९१ बाट सक्रिय भएका थिए । सन् १९९७ मा उनी दलको केन्द्रीय सदस्य भए । सन् २००८ मा उनी दलको नेतृत्वमा पुगे ।

    पछिल्लो समयमा सन् २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७औं महाधिवेशनबाट पार्टीको प्रमुख भएका थिए । जेभीपी सशस्त्र युद्ध गरेको दल हो । सन् १९७१ र सन् १९८७ मा किस्ताकिस्तामा सशस्त्र युद्ध गरेको जेभीपी ८० हजारको ज्यान गएपछि युद्ध छोडेर शान्तिपूर्ण राजनीतिमा आएको हो ।

    जेभीपीको सशस्त्र कालमा अनुरा शान्तिपूर्ण विद्यार्थी राजनीतिमा थिए । दल पनि शान्तिपूर्ण आन्दोलनमा आएपछि जोडिएका उनले दललाई राष्ट्रपति भवनसम्म लान सफलता दिलाए । उनी सशस्त्र युद्धको विपक्षमा थिए । सन् २०१४ मा बीबीसीसँग उनले भनेका थिए, ‘सशस्त्र युद्धमा धेरै कुरा भए, जुन हुनु हुन्थेन ।’

    ६. वामपन्थी राजनीतिमा आउँदा भिक्षुलाई फकाउन संविधानको धारा ९ को प्रतिबद्धता

    वामपन्थी उम्मेदवार भएकाले धार्मिक समुदायले मत नदिने भन्ने भय थियो । खासगरी भिक्षुहरुबाट । उनले यसबाट जोगिन सुरुमै भिक्षुहरुलाई आश्वासन दिए । श्रीलंकाको संविधानको धारा ९ लाई संशोधन नगर्ने बताए । उक्त धारामा बौद्ध धर्मलाई अग्र स्थान दिइएको छ ।

    ७. भारत र तमिलसँगको सम्बन्ध

    भारतीय अखबार हिन्दूस्तान टाइम्सले अनुरालाई तमिलको विपक्षमा भएको चित्रित गरेको छ । अनुराले तमिल समुदायलाई गरेको सम्बोधनलाई उद्धृत गरेर हिन्दूस्तान टाइम्सले लेखेको छ, ‘यो परिर्वतनको सरोकारवाला बन्नुहोस् । जतिबेला दक्षिण परिवर्तनको लागि लागिपरेको छ, त्यहीबेला तपाईंले त्यो परिवर्तनको विपक्षमा लागेको देखिएमा दक्षिणको सोचाइ कस्तो बन्ला ? जाफ्नालाई परिवर्तनविरोधी भनेर चित्रित गरिएमा तपाईंलाई राम्रो लाग्छ ? उत्तर परिवर्तनको विपक्षमा भयो भन्दा तपाईंलाई राम्रो लाग्छ ?’

    तमिल विद्रोहीसँग कुनै हालतमा सम्झौता हुनुहुन्न भन्ने राजनीतिक लाइन बोकेको दल तथा नेता भएको भन्दै हिन्दूस्तान टाइम्सले अनुरालाई बौद्ध राष्ट्रवादी नेताको उपमा दिएको छ । भारतसँगको सम्बन्धमा पनि अनुराको पुरानो बोलीलाई हिन्दूस्तान टाइम्सले साभार गरेको छ ।

    पुरानो कुनै सन्दर्भमा अनुराले भारतको तमिल क्षेत्रबाट गएका कामदारहरुबारेमा बोल्दा ‘भारतीय विस्तारवादको औजार’ भनेका थिए, तर पछिल्लो समयमा अनुराले भारतसँग पूर्वाधार र ऊर्जामा काम गर्ने क्षेत्र देखाएर दि हिन्दूसँग भनेका थिए, ‘भारतसँग काम गर्न आवश्यक छ ।’

  • यी हुन् दक्षिण एसियामा सत्तामा पुगेका पहिलो कम्युनिष्ट अनुहार

    यी हुन् दक्षिण एसियामा सत्तामा पुगेका पहिलो कम्युनिष्ट अनुहार

    काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसलाई प्रतिस्पर्धी डोनाल्ड ट्रम्पले ‘कमरेड कमला’ भन्छन् । कमलाका पिता मार्क्सवादी भएको फेरो जोडेर राष्ट्रपतीय बहस कार्यक्रममा पनि ट्रम्पले यो कुरा दोहोर्‍याए । जुन विषय विश्वभरका मिडियाको हेडलाइन बन्यो ।

    अहिले नवनिर्वाचित श्रीलंकाली राष्ट्रपतिको कारण पनि कम्युनिष्ट शब्दको चर्चा बढेको छ । दक्षिण एसियामा कम्युनिष्ट शक्तिको उर्बर भूमि भारत र नेपाल हो । अझ रोचक कुरा त नेपालको कम्युनिष्ट चीनबाट आयात भएन । भारतबाट भयो । माओलाई नेता मान्ने नेपाली कम्युनिष्टका हर्ताकर्तालाई मेन्टरसिप गर्ने पनि भारतीय कम्युनिष्टहरू थिए ।

    झण्डै ९९ वर्ष अगाडि सन् १९२५ डिसेम्बर २६ मा स्थापना भएको भारतीय कम्युनिष्ट पार्टीभन्दा झण्डै साढे दुई दशकपछि २००६ वैशाख ११ (सन १९४९ अप्रिल २३) मा स्थापना भएको हो नेपाल कम्युनिष्ट पार्टी ।

    यी दुई पार्टीभन्दा धेरै पछि सन् १९६५ मा स्थापना भएको हो अहिलेको नयाँ सत्ताधारी श्रीलंकाको कम्युनिष्ट पार्टी जनमुक्ति मोर्चा (जेभीपी) ।

    भारतीय कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित मुख्यमन्त्री बनायो । नेपालको कम्युनिष्ट पार्टीले पहिलो निर्वाचित प्रधानमन्त्री बनायो । अहिले आएर श्रीलंकाको कम्युनिष्ट शक्ति जेभीपीले पहिलो निर्वाचित राष्ट्रपति बनाएको छ । यहाँ ती तीन ऐतिहासिक दक्षिण एसियाली कम्युनिष्ट अनुहारको चर्चा गरिएको छ ।

    पहिलो निर्वाचित मुख्यमन्त्रीः ईएमएस नामोदिरिपद

    अहिले केरेलामा कम्युनिष्ट सरकारका मुख्यमन्त्री छन् । केरेलाको इतिहासमा मुख्यमन्त्रीको कथा नै कम्युनिष्टबाट सुरू हुन्छ । पहिलो केरेलाका मुख्यमन्त्री हुन् ईएमएस नामोदिरिपद । उनी भारतको कम्युनिष्ट पार्टीका सहसंस्थापक पनि हुन् । उनी सन् १९६७ मार्च ६ देखि सन १९६९ नोभेम्बर १ सम्म मुख्यमन्त्री भएका थिए । नामोदिरिपदले भारतमा मात्रै होइन दक्षिण एसियाबाटै सबैभन्दा पहिलो निर्वाचित मुख्यमन्त्री बन्ने रेकर्ड बनाएका छन् । सन् १९९८ मा ८८ वर्षको उमेरमा उनको निधन भयो ।

    पहिलो निर्वाचित प्रधानमन्त्रीः मनमोहन अधिकारी

    नेपाल कम्युनिष्ट पार्टीका प्रथम निर्वाचित महासचिव भएका मनमोहन अधिकारीले पछि कम्युनिष्ट पार्टीको त्यहीँबाट विकसित हाँगो नेकपा (एमाले) का सर्वसम्मत अध्यक्ष भए । नेपालमात्र नभएर दक्षिण एसियाबाटै पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड बनाए मनमोहनले । २०५१ मंसिरबाट २०५२ भदैसम्म बनेको ९ महिने मनमोहन सरकारको अहिले पनि नेपालमा चर्चा र तारिफ हुने गरेको छ । मनमोहन अधिकारीको कूटनीतिक मोर्चा पनि सफल मानिन्छ । भारतसँग सन् १९५० को सन्धि पुनरावलोकनको मुद्दा औपचारिक रूपमा उठाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।

    पहिलो निर्वाचित राष्ट्रपतिः अनुरा कुमारा दिसानायके

    भर्खरैमात्र श्रीलंकामा पहिलो कम्युनिष्ट राष्ट्रपति चयन भएका छन् । श्रीलंकाली अखबार दि आइल्याण्डका अनुसार अनुरा कुमारा दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएर राष्ट्रपति भए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेले २३ लाख हाराहारी मत पाएकोमा उनका निकटतम प्रतिस्पर्धी सजिथ प्रियदसाले ४५ लाख बढी मत ल्याए ।

    चुनाव जितेका अनुरालाई भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाबाट सबैभन्दा पहिलो बधाई दिए । नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बधाई दिएका छन् । उनले मार्क्सवादी नेता चयन गरेकोमा श्रीलंकाली जनतालाई पनि धन्यवाद भनेका छन् ।

    प्रचण्डले लेखेका छन्, ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा माक्सर्ववादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई मत सलाम गर्छु ।’

  • श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ (भिडिओ)

    श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ (भिडिओ)

    काठमाडौं । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।

    श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ ।

    भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन् । सन् २०१९ को चुनावमा भने उनी तेस्रो भएका थिए । त्यो चुनावमा उनले ४ लाख १८ हजार बढी मत ल्याएका थिए ।

  • प्रधानमन्त्री ओलीलाई भेटेर लुम्बिनीमा गुम्बा बनाउन जग्गा दिएकोमा भुटानी प्रधानमन्त्री तोग्बेले दिए धन्यवाद

    प्रधानमन्त्री ओलीलाई भेटेर लुम्बिनीमा गुम्बा बनाउन जग्गा दिएकोमा भुटानी प्रधानमन्त्री तोग्बेले दिए धन्यवाद

    काठमाडौं । न्यूयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेको भेट भएको छ ।

    परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा र उनका भुटानी समकक्षी डिएन ढुङेलसहित भएको डेलिगेसन तहको भेटको दुवै प्रधानमन्त्रीले सार्वजनिक जानकारी दिएका छन्।

    ओलीले भेटमा दुई देशको सम्बन्ध र सहकार्यमा कुराकानी भएको बताएका छन्। तोग्बेले ओलीलाई चौथो कार्यकालको बधाई तथा लुम्बिनिमा भुटानलाई गुम्बा बनाउन जग्गा दिएको भन्दै धन्यवाद भनेका छन् ।

  • श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा, दोस्रो चरणमा गएन चुनाव

    श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा विजयी घोषणा, दोस्रो चरणमा गएन चुनाव

    काठमाडौं । श्रीलङ्कामा शनिबार भएको रास्ष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । सन् २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेश्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने विजेता भएका छन् ।

    ४४ प्रतिशत बढी मत ल्याएका उनका विपक्षी वर्तमान राष्ट्रपति रनिल विक्रमासिङे र अर्का उमेदवार साजिथ प्रेमदशाले क्रमशः १७ र ३३ प्रतिशत मत ल्याएका छन् । अनुराको सोमबार सपथ हुने भएको अलजजिराले उल्लेख गरेको छ ।

    उनको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने भएको छ । बीबीसी लगायतका विश्व मिडियाले कुनै उम्मेदवार को ५० प्रतिशत मत नकटेकोले चुनाव ऐतिहासिक रुपमा दोश्रो चरणमा जाने उल्लेख गरेका थिए ।

    तर, अलजजिरा र अरु मिडियाले हालसालै सार्वजनिक गरेको समाचारमा मतदाताको आफूले मत दिएपछिको दोश्रो रोजाईमा सबैभन्दा धेरै परेका उम्मेदवार पनि अनुरा भएपछि विजय घोषणा गरिएको बताइएको छ ।

  • ढल्यो श्रीलंकाको वंशज सत्ता परम्परा: प्रतिस्पर्धामा आए आउटसाइडर अनुरा

    ढल्यो श्रीलंकाको वंशज सत्ता परम्परा: प्रतिस्पर्धामा आए आउटसाइडर अनुरा

    काठमाडौं । पोर्चुगाली, डच र बेलायतीहरुले इतिहासका कालखण्डहरुमा किस्ताकिस्तामा उपनिवेश बनाएको देश श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भयो । विदेशी सत्ताबाट स्वतन्त्र भएको श्रीलंकामा फेरि विभिन्न पारिवारिक सत्ताहरु जन्मन थाले । ती पारिवारिक सत्ताका एकपछि अर्को अनुहार चुनिन थाले । उनीहरुका नाममा विभिन्न रेकर्डहरु छन् । खासगरी बन्दरानाइके, सेनानायके, जयबर्दने र राजापाक्षे ।

    यी सबैमा सबैभन्दा पछि आएको वंश हो राजापाक्षे । अरु तीन वंश पहिलेदेखि अहिलेसम्म छन् । तिनीहरुका नाममा विभिन्न रेकर्ड पनि बनेका छन् ।

    उदाहरणका लागि श्रीलंकाको पहिलो तथा अहिलेसम्मकि एक्लो महिला राष्ट्रपति चन्द्रिका बन्दरानाइके कुमारातुङ्गा हुन् वा विश्वकै प्रथम महिला प्रधानमन्त्री सिरिमाओ बन्दरानाइके एकै पारिवारिक हाँगाका हुन् । सिरिमाओकी छोरी हुन् चन्द्रिका । सिरिमाओका पति सोलोमन बन्दरानाइके हुन् । उनी श्रीलंकाको नाम सिलोन हुँदाताकै प्रधानमन्त्री भएका थिए ।

    यो त इतिहासको कुरा भयो । बन्दरानाइके परिवारको कुरा भयो । सेनानायके परिवारको कथा उस्तै छ । प्रथम प्रधानमन्त्री डीएस सेनानायकेदेखि सुरु भएको राजनीतिक वंशमा सत्ता धागो लामै छ । जयबर्दने वंशको र राजापाक्षे वंशको त्यस्तै छ ।

    यही शनिबार भएको राष्ट्रपति चुनावमा उठेका मुख्य उम्मेदवारहरुमा तीन जना वंशजकै प्रतिनिधि थिए । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयबर्दनेका भतिजा हुन् । सजिथ प्रेमादशा पूर्वराष्ट्रपति रनसिंगे प्रेमादशाका छोरा हुन् । नमल राजापाक्षे पूर्वप्रधानमन्त्री तथा राष्ट्रपति दुवै भइसकेका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भतिजा हुन् ।

    यी उम्मेदवारभन्दा भिन्न अनुरा कुमारा दिशानायके अहिले राष्ट्रपति भएका छन् । सन् २०१९ को चुनावमा ३ प्रतिशतमात्रै मत ल्याएर तेस्रो स्थानमा पुगेका उनको गठबन्धनको २२५ सदस्यीय सदनमा तीन सीटमात्रै थियो । जनमुक्ति मोर्चा (जेभीपी) नामको दलबाट बनेको गठबन्धनका उम्मेदवार उनको यो चुनावी जीतले उनलाई कम्युनिष्ट पृष्ठभूमिको राष्ट्रपतिमात्रै नभएर श्रीलंकाको पारिवारिक सत्ताभन्दा बाहिरको नयाँ अनुहारको रुपमा उभ्याएको छ ।

    सन् १९८७ सालबाट राजनीतिमा आएका, सन् २००४ मा मन्त्री पनि भएका र सन् २०१९ को राष्ट्रपति चुनाव भिडेका उनले यो पटक सानदार प्रदर्शन गरेका छन् । पहिलो चरणको चुनावमा कसैको ५० प्रतिशत नकटेकाले चुनाव दोस्रो चरणमा धकेलिए पनि उनको मत राम्रो आएको छ ।

    श्रीलंकाली मिडियाहरुका अनुसार अनुराको ४४ प्रतिशत मत आउँदा वर्तमान राष्ट्रपति रनिल बिक्रमासिंगेको १७ र सजिथ प्रेमादशाको ३३ प्रतिशत मत आएको छ ।

    सबैभन्दा रोचक राजापाक्षे वंशजका उम्मेदवार नमलको मत भने तीन प्रतिशत पनि पुगेको छैन । गैरराजनीतिक वंशका अनुराले पाएको मत सम्मानजनक हो । दोस्रो चरणको चुनावमा उनी र साजिथको भिडन्त हुनेछ ।

  • राजापाक्षे परिवार श्रीलंकाली मतदाताबाट अस्वीकृत !

    राजापाक्षे परिवार श्रीलंकाली मतदाताबाट अस्वीकृत !

    काठमाडौं । राजापाक्षे परिवारबाट उम्मेदवार बनाइएका नमल राजापक्षे शनिबार भएको श्रीलंकाको चुनावमा धेरै मतान्तरले पछि परे । श्रीलंकाली राष्ट्रपति बनेका अनुरा कुमार दिशानायकेले २७ लाख कटाउँदा नमल राजापाक्षेको मत भने दुई लाख पनि पुगेको छैन । उनी पाँचौं स्थानमा पुगे ।

    श्रीलंकाली अखबार डेली मिररका अनुसार नमलको मत १ लाख ६३ हजार ७३३ आएको छ । जुन १.८ प्रतिशतमात्रै हो । श्रीलंकाको राजनीतिमा राष्ट्रपति तथा प्रधानमन्त्री भएका महिन्दा राजापाक्षेका छोरा तथा पूर्वराष्ट्रपति गोताबाया राजापाक्षेका भजिता नमलले पाएको यो मत राजापाक्षे परिवारलाई जनताले गरेको अस्वीकारको रुपमा लिइएको छ ।

    सन् २०२२ मा भएको प्रदर्शनको क्रममा गोताबाया राजापाक्षेले देश छोडेर भाग्नुपरेको थियो । अवस्था सामान्य भएपछि मात्रै उनी देश फर्किएका थिए ।

    याे पनि पढ्नुस् : महिन्दा राजापाक्षेका छोरा बने श्रीलंकाको राष्ट्रपति उम्मेदवार- यस्तो छ तीन पुस्ते सत्ता यात्रा

  • मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

    मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

    काठमाडाैं । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ ।

    प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताउनुभयो । प्रहरीले लामो समयदेखि हाल प्रतिबन्धित अल–अर्काम सम्प्रदायसँगको सम्बन्धका लागि विवादास्पद रहेको (जीआईएसबी) समूहलाई अनुसन्धानको दायरामा राखेको थियो ।

    पक्राउ परेका मध्ये जिआइएसबीका नेता नसिरुद्दिन अलीसहित अन्य ३० जना सदस्य रहेका थिए ।

    प्रहरीले च्यारिटी होम, क्लिनिक, व्यवसाय, धार्मिक विद्यालय र निजी निवाससहित ८२ वटा परिसरमा छापा मारेको रज्जारुद्दिनले बताउनुभयो । अपरेसनमा कम्तीमा १८६ पीडितको उद्धार गरिएको उहाँले बताउनुभयो ।

    मलेसियाका प्रहरी प्रमुख रज्जारुद्दीन हुसेनले मङ्गलबार अधिकारीले यस समूहसँग सम्बन्धित ९६ वटा बैङ्क खाताहरू फ्रिज गरेको बताएको थियो जसमा लगभग १ लाख २४ हजार डलर रहेको थियो ।

  • ५८ जना कनिष्ठ कर्मचारीसँग यौन सम्बन्ध राखेकोमा चीनकी ‘सुन्दरी गभर्नर’ लाई १३ वर्ष कैद

    ५८ जना कनिष्ठ कर्मचारीसँग यौन सम्बन्ध राखेकोमा चीनकी ‘सुन्दरी गभर्नर’ लाई १३ वर्ष कैद

    काठमाडौं । चीनमा रोचक घटना भएको छ । ‘सुन्दर गभर्नर’ भनेर चिनिएकी चीनकी गुइचो प्रान्तको छिआनान पृफेक्चरक नेतृले ५८ पुरुष कर्मचारीसँग यौन सम्बन्ध राखेको तथा ६ करोड युआन भ्रष्टाचार गरेकोमा १३ बर्स कैदको कारबाही भएको हो ।

    ५२ वर्षकी चोङ याङ नामकी उनलाई दश लाख युआन जरिवाना गरिएको साउथ चाइना मर्निङ पोस्टको पहिलो समाचार अहिले विश्वभर भाइरल भएको छ ।

    विश्वविद्यालयमा इतिहास अध्ययन गरेकी उनले सन १९९४ मा कम्युनिस्ट पार्टी प्रवेश गरेकी थिइन्। गत जनवरीमा गुइचो रेडियो तथा टेलिभिजनले बनाएको एक डकुमेन्ट्रीमा उनको यौन र भ्रष्टाचारको खुलासा भएको थियो।

    त्यसैको कसुरमा गत सेप्टेम्बर १ मा उनलाई चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार ५८ पुरुष प्रेमी बनाएकी उनको विवाह भएको थिएन।

  • श्रीलंकाको राष्ट्रपतिय चुनावमा कम्युनिष्ट उम्मेदवारको ऐतिहासिक अग्रता

    श्रीलंकाको राष्ट्रपतिय चुनावमा कम्युनिष्ट उम्मेदवारको ऐतिहासिक अग्रता

    काठमाडौं । श्रीलङ्कामा हिजो भएको राष्ट्रपतीय चुनावबाट वामपन्थी उम्मेदवार अनुरा कुमारा दिसानायके अग्रणी भएका छन् ।

    सन २०१९ को चुनावमा तीन प्रतिशत मात्र मत ल्याएर तेस्रो भएका अनुराले शनिवार बिहान बिहान ७ बाट दिउँसो ४ बजेसम्मको चुनावमा भने ३८ प्रतिशत मत बढाएर ४१ प्रतिसत पुर्‍याएका छन्। यो मत भनेका उनका निकटतम प्रतिस्पर्धी रनिल बिक्रमासिंगे र सजिथ प्रेमदशाको क्रमशः १७ र ३३ भन्दा ठूलो अन्तरको धेरै हो र

    १ करोड ७० लाख योग्य मतदातामा ७५ प्रतिशतले मतदान गरेको भारतीय अखबार टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । जनमुक्ति मोर्चा (जेभीपी) दलको गठबन्धनबाट उठेका उनको मत कम्युनिष्ट कित्ताले पाएको अहिलेसम्मकै सबैभन्दा धेरै मत हो ।

    यो पनि पढ्नुहोस्- श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

     

  • इतिहासमा अमेरिका र भारत अहिले जस्तो नजिक कहिल्यै थिएनन् : बाइडेन

    इतिहासमा अमेरिका र भारत अहिले जस्तो नजिक कहिल्यै थिएनन् : बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन्।

    अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै बाइडेनले यस्तो बताएका छन्।

    सामाजिक सञ्जालमा बाइडेनले मोदीले हरेक पटक भेट गर्दा फरक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन्।

    भेटपछि मोदीले भेट उपलब्धिमूलक भएको भन्दै बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन्।

    सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल गर्‍यौं।’

  • अबको सात वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दै भारत: प्रतिवेदन

    अबको सात वर्षमा तेस्रो ठूलो अर्थतन्त्र बन्दै भारत: प्रतिवेदन

    काठमाडौं । दक्षिण एसियाली देश भारत अबको सात वर्षमा विश्वको ठूलो अर्थतन्त्र भएका देशहरुको सूचीमा तेस्रो स्थानमा पुग्ने बताइएको छ । एस एण्ड पी नामक संस्थाले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार भारत अबको दशकमा १० ट्रिलियन डलरको अर्थतन्त्र बन्ने भएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    भारतको आर्थिक वृद्धि ६.७ प्रतिशतको दरले औसत रुपमा यो अवधिमा बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

    हाल भारत जीडीपीको आधारमा विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो । भारतभन्दा अगाडि अमेरिका, चीन, जापान र जर्मनी क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो ठूला अर्थतन्त्र भएका मुलुक हुन्, तर पीपीपी अर्थात पर्जेजिङ पावन प्यारिटीको कोणमा भने भारत चीन र अमेरकापछिको तेस्रो ठूलो अर्थतन्त्र हो ।

  • श्रीलंकामा आज राष्ट्रपति चुनाव, कम्युनिष्ट उम्मेदवार पहिलो पटक मुख्य प्रतिस्पर्धी

    श्रीलंकामा आज राष्ट्रपति चुनाव, कम्युनिष्ट उम्मेदवार पहिलो पटक मुख्य प्रतिस्पर्धी

    काठमाडौं । सन २०२२ मा भएको प्रदर्शनपछि श्रीलंकामा आज राष्ट्रपति चुनाव हुँदैछ । चुनावमा मूलतः चार मुख्य प्रतिस्पर्धी छन् । तीन अनुहार वंशज राजनीतिक परिवारका छन् भने एक नयाँ ।

    वंशज उम्मेदवारहरुमा वर्तमान राष्ट«पति तथा राष्ट्रपति उम्मेदवार रनिल विक्रमासिंगे पूर्वराष्ट्रपति जेआर जयवर्दनेका भतिजा हुन् । सजिथ प्रेमदशा पूर्वराष्ट्रपति आर प्रेमादसाका छोरा हुन् भने नमल राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेत्रका छोरा हुन् । ५७ वर्षका रनिल, ५७ वर्षका सजिथ र ३८ वर्षका नमल जस्ता राजनीतिक परिवारको विरासत बोकेकाभन्दा भिन्न अनुहार हुन अनुरा कुमारा दिशानायके । ५५ वर्षका उनी अहिले प्रतिस्पर्धात्मक देखिन्छन् ।

    विभिन्न मत सर्वेक्षणहरुमा अनुरा र सजिथको मुख्य प्रतिस्पर्धा देखिएको छ । सन् २०१९ को राष्ट्रपतीय चुनावमा जनमुक्ति मोर्चा (जेभीपी) दलको तर्फबाट बनेको गठबन्धनबाट उठेका उनले तीन प्रतिशतमात्रै मत ल्याएका थिए । २२५ सदस्य सदनमा उनको गठबन्धनका तीन सांसद छन्, तर अहिलेको चुनावमा उनको ग्राफ बढेको बताइएको छ ।

    याे पनि पढ्नुस् : श्रीलंकामा बज्दैछ कम्युनिस्ट डंका, राष्ट्रपति चुनावको सर्वेक्षणमा शीर्ष स्थान ओगट्ने अनुराकुमारा को हुन् ?

  • भेनेजुएलाको चुनाव हारेका नेतालाई राष्ट्रपतिको मान्यता दिने यूरोपेली संसदको निर्णय

    भेनेजुएलाको चुनाव हारेका नेतालाई राष्ट्रपतिको मान्यता दिने यूरोपेली संसदको निर्णय

    काठमाडौं । यूरोपेली संसदले भेनेजुएलाको राष्ट्रपतिय चुनावमा हारेका विपक्षी नेतालाई राष्ट्रपतिको मान्यता दिने निर्णय गरेको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार सदनले एक संकल्प प्रस्ताव पेस गरेर यस्तो निर्णय गरेको हो जसअनुसार राष्ट्रपतिको मान्यता इदमुन्दो गोन्जालेजले पाउने भएका छन् ।

    बिहीबार पारित भएको प्रस्तावको पक्षमा ३०९ मत परेको थियो भने विपक्षमा २०१ परेको थियो । सन २०२५ जनवरी १० मा गोन्जलेजले पदभार ग्रहण गर्नुपर्ने पक्षमा मतदान भएको थियो । गोन्जालेजले यूरोपेली संसदलाई धन्यवाद दिएका छन् । तर, भेनेजुएलाको सदनले यूरोपेली संसदको निर्णयलाई प्रतिवाद गरेका छ ।

    यूरोपेली संसदका दक्षिणपन्थी फासिवादीहरुको निर्णय भन्दै उसले अस्विका गरेको डिडब्लूले उल्लेख गरेको छ । पछिल्ल्लो चुनावमा भेनेजुएलाका राष्ट्रपतिमा बिजयी भएको घोषणा भएका निकोलस मदुरोलाई अमेरिका तथा यूरोपेली देशहरुले मान्यता दिएका छैनन् ।

    उसो त यो भन्दा अगाडी पनि भेनेजुएलाका राष्ट्रपति मदुरो नभएर राष्ट्रिय सभाका अध्यक्ष खुआन गुइदोलाई मान्यता दिएका अमेरिका तथा यूरोपेली देशहरुले पछि त्यो मान्यता त्यत्तिकै सेलाएको थियो । रुस तथा चीन लगायका विश्व शक्तिहरुले भने भेनेजुएलको चुनावलाई मन्यता दिएर मदुरोलाई राष्ट्रपति मानेका छन् । बहुसंख्यक विश्वका देशहरुले भने भेनेजुएला मामिलामा बोलेका छैनन् ।

  • रुसको भरपर्दो मित्र भारतले गुपचुप युक्रेनलाई हतियार बेचेको बेलायती खुलासा

    रुसको भरपर्दो मित्र भारतले गुपचुप युक्रेनलाई हतियार बेचेको बेलायती खुलासा

    काठमाडौं । भारत र रुसको सम्बन्धलाई धेरै बलियो सम्बन्ध भनिन्छ । तत्कालिन साम्यवादी सोभियत संघदेखि अलिहेको पुँजीवादी जमानाको रुससम्ममा भारतमा धेरै सरकार बने । धेरै परिवर्तन भए ।

    तर, भारतको रुससँगको सम्बन्धमा कुनै सकस आएन । आफ्नो दुई देशको सम्बन्धलाई दुई देशले तेस्रो देशमा पनि प्रयोग गर्ने गरेका छन् । त्यसको एक उदाहरण हो नेपालका राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्तावमा सोभियत संघले सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । तर, पछि हट्यो । यस्तो हुनुमा भारतको भूमिका भएको भारतीय विद्वान एसडी मुनिले नै लेखेका छन् ।

    यिनै भारत र रुसमा अहिले तनाव सिर्जना भएको छ । बिहीवार बेलायती सरकारी समाचार एजेन्सी रोयटर्सले एक समाचार बनायो । समाचार अनुसार भारतले रुससँग युद्ध लडिरहेको युक्रेनलाई गुपचुप हातहतियार बेचेको खुलासा गरिएको छ । भारतले यूरोपेली देशको साझेदारमा यस्तो गरेको बताइएको छ । भारतले यूरोपमा बेच्ने । यूरोपबाट युक्रेन पुग्ने समाचार बताइएको छ ।

    यूरोपका इटाली र चेक गणतन्त्रबाट यस्तो काम भएको बताइउको छ । भारतले पठाएका गोलीगठ्ठा युक्रेन पुगेको बताइएको छ । समाचार अनुसार यस्तो भएको एक वर्ष भन्दा धेरै भएको छ ।

    र, त्यस्तो काम बन्द गर्न रुसले दुईपटक आग्रह गरेको बताइएको छ । गत जुलाईमा सेग्रि लेभ्रोब र एस. जयशंकरसँगको भेटमा पनि यो आग्रह आएको बताइएको छ । समाचारलाई भारतीय विदेश मन्त्रालयले गलत भनेर दाबी गरेको छ ।

     

  • १० वर्षअघि सुकेको भारत उत्तर प्रदेशको सकर्नी नदीमा यसरी दिइयो त्राण

    १० वर्षअघि सुकेको भारत उत्तर प्रदेशको सकर्नी नदीमा यसरी दिइयो त्राण

    काठमाडौं । भारतको उत्तर प्रदेशमा सलल बग्ने सकर्नी नदी दशकौंदेखि सुकेको थियो । बहाव क्षेत्रमा घाँस उम्रिएको थियो । नदी करिडोर मिचिएको थियो । कतै खेती लगाइएको थियो त कतै चरन क्षेत्र । तर, अहिले यो नदीले पुनर्जीवन पाएको छ । नदी बग्ने बाटो बनाइदिएर फेरि नदी नालाबाट नदी नै हुन पाएको छ ।

    गत जुलाई अर्थात् दुई महिनाअगाडि मात्रै २८ किलोमिटर लामो नदीले बग्न सुरू गरेको छ । नदीको जीवन फर्काउन ३० हजार जनाको योगदान रहेको भारतीय समाचार पोर्टल दी प्रिन्टले उल्लेख गरेको छ । दुई महिना ठूलो संख्याका स्थानीयले बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म स्वयंसेवा गरेर नदी व्यूँतन सहज भएको हो । स्थानीय तहका नेतृत्व, नागरिक र एनजीओहरूको सहकार्यमा नदी व्यूँताइएको समाचार उल्लेख गरिएको छ ।

    उत्तर प्रदेशको वातावरण क्षेत्रको एनजीओ पर्यावरण सेनाका हर्ताकर्ता अजय क्रान्तिकारीको अगुवाइमा नदीलाई जीवन दिने परियोजना सुरू भएको थियो । झण्डै १० महिनामा यो काम सकिएको हो । श्रमदानबाहेक डेढ करोड हाराहारी बजेटमा नदीले जीवन पाएको हो ।

    उत्तर प्रदेशको प्रतातगढ क्षेत्रका २० गाउँ भएर बग्ने नदी फर्किएपछि स्थानीय खुशी छन् । गंगा नदीको एक सहायक नदीले जीवन पाएपछि उत्साहित एक स्थानीय शिवकुमारीले भनिन्, ‘अब कसैले यसलाई नाला भन्न सक्दैन ।’

  • भारतमा सबै तहका चुनाव एकै पटक गर्ने बारेको प्रतिवेदन मोदी मन्त्रिपरिषदबाट पारित

    भारतमा सबै तहका चुनाव एकै पटक गर्ने बारेको प्रतिवेदन मोदी मन्त्रिपरिषदबाट पारित

    काठमाडौं । विश्वको सबैभन्दा धेरै जनताले मत खसाएर जनप्रतिनिधि चुन्ने भएकोले भारतलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनिन्छ । तर, यो सबैभन्दा ठूलो लोकतन्त्र भएको देशमा चुनाव एकै पटक हुँदैन ।

    केन्द्र होस् राज्यस्तरीय चुनाव, सबै विभिन्न चरणमा हुन्छन् । यो कुरामा विमति पछिल्लो समयमा उठ्दै आएको छ । त्यहीलाई सम्बोधन गर्न बुधवार भारतको संघ सरकारले ‘एक देश, एक चुनाव’को प्रतिवेदन पारित गरेको छ ।

    भारतका पूर्वराष्ट्रपति रामनाथ कोभिन्दले बनाएको प्रतिवेदन मोदी नेतृत्वको मन्त्रिपरिषद्ले पारित गरेको हो ।

    भारतीय समाचार पोर्टल दि वायरका अनुसार संघ, राज्य, र स्थानीय पञ्चायत तथा नगरहरूको सबै चुनाव एकै पटक गर्ने बारेमा प्रतिवेदन तयार भएको छ ।

    भारतको संघ सरकारी सूचना तथा प्रशारण मन्त्री अश्विनी वैष्णवले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन् ।

  • इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा

    इरानले ट्रम्पको चुनावी जानकारी ह्याक गरेर बाइडेनलाई इमेल गरेको खुलासा

    काठमाडौं । अमेरिकी चुनावमा पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी जानकारी ह्याक गरेर जो बाइडेन पक्षलाई इमेल गरेको खुलासा भएको छ ।

    जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार कमलालाई चुनावी दौड छोड्नु भन्दा अगाडी यस्तो गरिएको खुलासा भएको हो ।

    बुधवार अमेरिकी सुरक्षा संयन्त्रहरूले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । इरानलाई अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको थियो ।

    त्यही आरोपलाई पुष्टि हुने जानकारी सार्वजनिक भएपछि ट्रम्पले आलोचना गरेका छन् । उनले इरान बाइडेन र कमलालाई जिताउन लागेको भन्दै चर्को आलोचना गरेका छन् ।