Category: विश्व प्रेस

  • रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

    रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी

    किएभ । देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।

    “ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग-३१ के उडान भयो”, युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै पोस्ट गरेको छ ।

    यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।

    क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।

    “पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखे । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।

    पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।

    जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् ।

    “चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन्”, उनले टेलिग्राममा भने ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि एक सय ४५ वटा ड्रोन प्रहार गरेको छ । यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।

  • ट्रम्पले पुटिनलाई गरे फोन सम्पर्क, युद्ध नचर्काउन आग्रह

    ट्रम्पले पुटिनलाई गरे फोन सम्पर्क, युद्ध नचर्काउन आग्रह

    काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।

    अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई बिहीबार फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० नेतासँग कुरा गरेको भन्दै पुटिनसँग नि कुरा गर्ने चाहेको बताएका थिए ।

    ट्रम्पले सोही दिन टेलिफोन गरेको खुलेको छ ।

    युरोपको शान्ति, युक्रेन युद्धको अन्त्य आदि बारेको भएको कुराकानीमा ट्रम्पले युद्ध नचर्काउन पुटिनलाई आग्रह गरेको बताइए पनि पुटिनबाट आएको जवाफ भने के थियो वासिङटन पोस्टले उल्लेख नगरेको आरटीले उल्लेख गरेको छ ।

  • युद्धबिरामको छनक नदेखिएपछि हमास र इजरायल मध्यस्थतताबाट बाहिरियो कतार

    युद्धबिरामको छनक नदेखिएपछि हमास र इजरायल मध्यस्थतताबाट बाहिरियो कतार

    काठमाडौं । कतारले गाजाको हतियारधारी समूह हमास र इजरायलको बिचमा मध्यस्थतता नगर्ने घोषणा गरेको छ । यस्तै कतारको राजधानी दोहामा भएको हमासको कार्यालयले अब कार्यालयको काम गर्न छोडेको पनि कतारले सार्वजनिक गरेको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार मध्यस्थताको काम छोडे पनि इजरायल र हमासले युद्ध बिराम चाहेपछि पुनः मध्यस्थतता गर्न तयार भएको कतारले सार्वजनिक गरेको छ ।

    गत सेप्टेम्बर ७ मा इजरायलमा भएको हमास हमसा र त्यसको प्रतिकारमा इजरायलले गरेको प्रति हमला तथा केहि अवस्थाका नरसंहारको समयमा कतारले समन्वय गरेर बन्धकलाई छुटाउने तथा युद्ध बिराम गर्ने पहल गरेको थियो । तर, पूर्ण सफल भने भएन ।

    सन २०१२ मा दोहामा खोलिएको हमासको कार्यालय तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको आग्रहमा खोलिएको बताइएको छ ।

    अब हमासको राजनीतिक कार्यालय नै बन्द हुने भएपछि आगामी दिनमा हमाससँग समन्वयको काममा कतार भन्दा इरान वा टर्की आदि देश हाबी हुने धेरैले शंका गरेका छन् ।

    यद्यपि, कतारको पनि हमास नेतृत्वसँग एक खाले बलियो सम्पर्क भएको भन्दै कतिपयले भने कतारी अवस्था उस्तै हुने दाबी गरेका छन् ।

  • चीनद्वारा चार ‘रिमोट सेन्सिङ’ उपग्रह प्रक्षेपण

    चीनद्वारा चार ‘रिमोट सेन्सिङ’ उपग्रह प्रक्षेपण

    जिउक्वान । चीनले शनिबार उत्तरपश्चिमस्थित जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा चार वटा ‘रिमोट सेन्सिङ’ उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

    पाइसेट-२ का चारवटा उपग्रह लङ मार्च-२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए ।

    तिनीहरूले मुख्य रूपमा व्यवसायिक रिमोट-सेन्सिङ डेटा सेवा प्रदान गर्नेछन् । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४औं उडान अभियान थियो ।

    सन् २०२३ मार्चमा चीनले पाइसेट-१ सहित चार वटा भू-उपग्रहको पहिलो प्रक्षेपण गरेको थियो । -रासस/एएनआई

  • मध्यपूर्वभन्दा बाहिर युद्ध विस्तारको खतरा छ: इरान

    मध्यपूर्वभन्दा बाहिर युद्ध विस्तारको खतरा छ: इरान

    तेहरान । इजरायलले तेहरान समर्थित समूहसँग लडिरहेको गाजा र लेबनानमा जारी युद्ध मध्यपूर्वभन्दा बाहिर पनि फैलनसक्ने इरानले बताएको छ ।

    इरानका विदेशमन्त्री अब्बास अरागचीले युद्ध लम्बिँदै जाँदा यसको भौगोलिक रूपमा विस्तार पनि हुने खतरा बढ्दै गएको बताएका हुन् ।

    ‘युद्धको विस्तार र असर पश्चिम एसिया क्षेत्रमा मात्र सीमित छैन, असुरक्षा र अस्थिरता अझ टाढासम्म अन्य क्षेत्रहरूमा पनि फैलनसक्छ भन्ने विश्वले बुझ्नुपर्छ’, अरागचीले सरकारी टीभीमा प्रसारित एक सम्बोधनमा भने ।

    सन् २०२३ को अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक समूह हमासले इजरायलमाथि आक्रमण गरेयता इरानसमर्थित प्यालेस्टिनी लडाकु समूह हमासविरुद्ध इजरायलले गाजापट्टीमा युद्ध जारी राखेको छ ।

    इजरायलले हालै लेबनानमा आफ्नो ध्यान केन्द्रित गरेको छ । इजरायलले लेबनानी लडाकु समूह हिजबुल्लाहसँग सेप्टेम्बरदेखि प्रत्यक्ष युद्ध सुरू गरेको छ । हिजबुल्लाह समूहलाई इरानको आर्थिक र सैन्य समर्थन रहँदै आएको छ ।

    तेहरानले अक्टोबर १ मा इजरायलमाथि गरेको आक्रमणको जवाफमा इजरायलले २६ अक्टोबरमा इरानका सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो । अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको इरानी अधिकारीहरूले बताएका छन् ।

    इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट एक जना सर्वसाधारणको पनि मृत्यु भएको छ । अमेरिका र इजरायलद्वारा जवाफी कारबाही भएमा त्यसको नराम्रो नतिजा भोग्नुपर्ने चेतावनीका बावजुद पनि तेहरानले प्रतिकार गर्ने जनाएको छ ।

    इरानका राष्ट्रपति मसूद पेजेस्कियानले गाजा र लेबनानमा सम्भावित युद्धविरामले इरानको प्रतिक्रियामा असर पार्न सक्ने बताएका छन् ।

    ‘यदि उनी (इजरायली)हरूले युद्धविराम स्वीकार गरेनन् र यस क्षेत्रका उत्पीडित र निर्दोष मानिसहरूको नरसंहार बन्द गरेनन् भने यसले हाम्रो प्रतिक्रियाको तीव्रता र प्रकारलाई आवश्यक गर्न सक्छ’, पेजेस्कियानले यसै महिनाको सुरुमा भनेका थिए ।

    बिहीबार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीका सल्लाहकारले इजरायललाई आवेगपूर्ण प्रतिक्रिया नदिन चेतावनी दिएका थिए ।

    सल्लाहकार अली लारिजानीले सरकारी टेलिभिजनसँग भने, ‘इजरायलले इरानमा द्वन्द्व ल्याउने लक्ष्य राखेको छ । हामीले यसको पासोबाट बच्न बुद्धिमानीपूर्वक काम गर्नुपर्छ र सामान्य अवस्थामा प्रतिक्रिया जनाउनु हुँदैन ।’ -रासस/एएफपी

  • युरोप आफैँ सक्षम बन्नुपर्छ, अमेरिकाको मात्रै भर पर्नु हुँदैनः युरोपेली नेताहरु

    युरोप आफैँ सक्षम बन्नुपर्छ, अमेरिकाको मात्रै भर पर्नु हुँदैनः युरोपेली नेताहरु

    काठमाडौं । युरोपेली नेताहरू युरोपले संयुक्त राज्य अमेरिकामा मात्र भर पर्नुको सट्टा आफ्नै सुरक्षाको लागि ठूलो जिम्मेवारी लिनुपर्ने आवश्यकतामा सहमत भएका छन् ।

    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले पाँचौं युरोपेली राजनीतिक समुदाय (ईपीसी) शिखर सम्मेलन पछि सो धारणा राखेका हुन् । लगभग ५० युरोपेली राष्ट्रहरू र अन्तर्राष्ट्रिय संगठनहरूका नेताहरू एकदिवसीय शिखर सम्मेलनको लागि भेला भएका थिए ।

    भेटमा महाद्वीपमा अनियमित आप्रवासन, सुरक्षा र जडान जस्ता जरुरी मुद्दाहरूलाई सम्बोधन गर्ने बारेमा छलफल भएको छ । आफ्नो अल्बेनियन समकक्ष एडी रामासँगको संयुक्त पत्रकार सम्मेलनमा हंगेरीका प्रधानमन्त्रीले युरोपेली शान्ति, स्थिरता र समृद्धिको लागि धेरै खतराहरूलाई प्राथमिकता दिनुपर्ने बताए ।

    जसमा युक्रेनमा चलिरहेको सशस्त्र द्वन्द्व, मध्यपूर्वमा बढ्दो तनाव, लगातार अवैध आप्रवासन, समावेश रहेका छन् ।

  • फुटबल हेर्न नेदरल्याण्ड गएका इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो

    फुटबल हेर्न नेदरल्याण्ड गएका इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो

    काठमाडौं । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिएका छन्।

    प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’ को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी–फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको रिपोर्ट गरेको छ । बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल–अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो।

    रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।

    “प्रधानमन्त्री नेतन्याहूले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ र डच सरकार र सुरक्षा बलहरूले दङ्गाकारीहरूविरुद्ध कडा र छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो,“ नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    “घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ ।
    बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ ।

  • अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो

    अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो

    काठमाडौं । यूएस फेडरल रिजर्भले बिहीबार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ ।

    वर्षको सुरुदेखि श्रम बजारको अवस्था सामान्यतया सहज भएको छ । बेरोजगारी दर माथि सरेको छ तर न्यून रहेको छ ।

    मुद्रास्फीतिले समितिको २ प्रतिशत उद्देश्यमा प्रगति गरेको छ तर केही माथि रहेको छ ।

    आफ्नो लक्ष्यलाई समर्थन गर्दै समितिले संघीय कोष दरको लक्ष्य दायरालाई ०.२५ प्रतिशत अंकले घटाएर ४.५ प्रतिशतबाट ४.७५ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

    फेडको पछिल्लो निर्णय कमजोर रोजगारी रिपोर्ट पछि आएको हो । जसले देखाएको छ कि अमेरिकी रोजगारदाताहरूले अक्टोबरमा मात्र १२ हजार जागिरहरू थपेका छन् ।

    पछिल्लो प्रतिवेदनले अगस्ट र सेप्टेम्बरको रोजगारीलाई क्रमशः ७८ हजार र २ लाख २ हजारको लाभमा परिमार्जन गरेको छ ।

    यी संशोधनहरूसँगै दुई महिनामा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा १ लाख १२ हजार कम छ ।

  • विश्वका ७० नेतासँग कुरा भो, म पुटिनसँग कुरा गर्छु : ट्रम्प

    विश्वका ७० नेतासँग कुरा भो, म पुटिनसँग कुरा गर्छु : ट्रम्प

    काठमाडौं । ४७ औं अमेरिकी राष्ट्रपतिमा चयन भएका डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।

    अमेरिकी मिडिया एनबीसी न्यूजको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार आफू निर्वाचित भएपछि विश्वका ७० नेतासँग कुरा भएको र पुटिनसँग भने नभएको भन्दै उनले आफू कुरा गर्न तयार भएको बताएका छन्।

    रुसले ट्रम्पलाई गोप्य रूपमा चुनाव जितेकोमा बधाई दिएको पनि सार्वजनिक भएको छ । सन २०१४ मा क्राइमिया रुसमा युक्रेनबाट गाभिदा अमेरिका र रुस सम्बन्ध चिसिएको थियो भने सन २०२२ मा सुरु युक्रेन हमलाबाट त पानी बाराबारको अवस्थामा पुगेको छ ।

    राष्ट्रपति जो बाइडेनले सार्वजनिक रूपमा पुटिनको पटक पटक तेजबोध मात्र होइन युक्रेनलाई खर्बौँका हतियार दिएका छन्।

    ट्रम्पले आफूले कार्यालय सम्हालेपछि २४ घण्टामा युक्रेन युद्ध सकिने उद्घोष गरेका थिए । आगामी जनवरीबाट ट्रम्पले औपचारिक रूपमा सत्ता लिनेछन्।

  • पुटिनलाई युक्रेनमा छुट दिने प्रस्ताव युरोपका लागि ‘आत्मघाती’ : जेलेन्स्की

    पुटिनलाई युक्रेनमा छुट दिने प्रस्ताव युरोपका लागि ‘आत्मघाती’ : जेलेन्स्की

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दिने प्रस्ताव गर्नु ‘आत्मघाती’ हुने बताएका छन्  ।
    हङ्गेरीमा भएको शिखर सम्मेलनमा युरोपेली नेताहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अल्टिमेटम माग पूरा गर्न आग्रह गर्नेहरूको कडा आलोचना गरे र डोनाल्ड ट्रम्पको चुनावपछि युरोप र संयुक्त राज्य अमेरिकालाई आपसी सम्बन्ध कमजोर नबनाउन आग्रह गरे ।
    “पुटिनलाई मान्यता दिने, पछि हट्ने, केही मिनाहा गर्ने आवश्यकताका बारेमा धेरै कुरा भएको छ।।। यो यूक्रेनको लागि अस्वीकार्य छ र सम्पूर्ण युरोपका लागि आत्महत्या हो”, एएफपीलाई यूक्रेनी राष्ट्रपतिद्वारा प्रदान गरिएको अभिव्यक्तिको प्रतिलिपिमा भनिएको छ ।
      “हामीलाई पर्याप्त हतियार चाहिन्छ, वार्तामा समर्थन होइन । पुटिनसँग अङ्कमाल गर्नाले कुनै फाइदा हुनेछैन । तपाईँहरूमध्ये केहीले उहाँलाई २० वर्षदेखि आलिङ्गन गरिरहनुभएको छ, र अवस्था अझ खराब हुँदै गइरहेको छ”, जेलेन्स्कीले भने ।
    जेलेन्स्कीले यस हप्ता ट्रम्पको चुनावी जितपछि युरोप र अमेरिकालाई आफ्नो बलियो सम्बन्ध कायम राख्न पनि आग्रह गरे ।
    रिपब्लिकन राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सहायताको बारम्बार आलोचना गर्दै आफूले पदभार ग्रहण गरेको केही घण्टाभित्रै युद्ध अन्त्य गर्नसक्ने बताएका छन् ।
    “हामीलाई आशा छ, अमेरिका बलियो हुनेछ । युरोपलाई चाहिने यस्तो प्रकारको अमेरिका यही हो र एउटा बलियो युरोप अमेरिकालाई चाहिएको छ । यो सहयोगीहरू बीचको सम्बन्ध हो जुन मूल्यवान हुनुपर्छ र हराउन सकिँदैन”, जेलेन्स्कीले भने ।
    “उत्तर कोरियाले वास्तवमा अहिले युरोपमा युद्ध गरिरहेको छ । उत्तर कोरियाली सैनिकहरूले युरोपेली भूमिमा हाम्रा मानिसहरूलाई मार्ने प्रयास गरिरहेका छन्”, प्योङयाङले आक्रमणलाई समर्थन गर्न रसियामा सेना तैनाथ गरेको रिपोर्टलाई उल्लेख गर्दै उनले भने ।
    –––
  • ट्रम्पले चुनाव जितेपछि अस्ट्रेलियाली राजदूतले हटाए बिरोधका ट्विट 

    ट्रम्पले चुनाव जितेपछि अस्ट्रेलियाली राजदूतले हटाए बिरोधका ट्विट 

    काठमाडौं । रुसी विश्व च्यानल आरटीका अनुसार डोनाल्ड ट्रम्पले राष्ट्रपति जितेपछि उनका विरोधमा लेखिएका पोस्ट अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत केभिन रडले हटाएका छन्।

    पूर्व प्रधानमन्त्री समेत रहेका रडले पटक पटक ट्रम्प विरोधी पोस्ट गरेका थिए। ‘इतिहासका सबैभन्दा धेरै ध्वंस गर्ने’ तथा ‘पश्चिमा विश्वका आतङ्क’ लगायतका उपमा दिएर उल्लेख गरेका थिए। रडले आलोचना गरेको बारेमा सोध्दा ट्रम्पले भनेका थिए, ‘ म उनलाई चिन्दिन । उनी होस्टायल हुने हो भने लामो समय हुँदैनन्।’

    एसिया सोसाइटी नामक विश्व थिङ्क ट्याङ्कका प्रमुख नि रहेका रडले प्रधानमन्त्री ओलीको पनि अन्तर्वार्ता लिएका थिए। त्यो भिडिओ सामाजिक सञ्जालमा चर्चित भएको थियो।

  • लेबनानमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु, ३२ घाइते

    लेबनानमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु, ३२ घाइते

    लेबनान । लेबनानको विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु भएको छ ।

    घटनामा ३२ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

    इजरायली सेनाले बेका क्षेत्रको ऐतिहासिक शहर बालबेकको विरुद्ध हवाई कारबाही जारी राख्यो ।

    यसैबीच हिजबुल्लाहले इजरायलको ८१० औँ हर्मोन ब्रिगेडको मुख्यालय माले गोलानी ब्यारेकमा रकेटको ब्यारेजले आक्रमण गरेको र रकेटले धेरै इजरायली सहरहरूमा इजरायली सेनालाई पनि प्रहार गरेको बताए ।

    लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा इजरायल–हिजबुल्लाह द्वन्द्व शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

    जबकि घाइतेहरूको संख्या १३ हजार ५५३ पुगेको छ ।

  • ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ, नतिजा स्वीकार्य

    ट्रम्पसँग पराजित कमलाको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ, नतिजा स्वीकार्य

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्।

    आधा घण्टाको भन्दा छोटो सम्बोधनमा उनले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन्।

    भनिन, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन। यो संविधान रक्षाको कुरा हो।’

    आफूले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि कमलाले बताइन्। उनले आफूले मत हाल्ने, अभियानमा लाग्दा यो नतिजा नसोचेको भन्दै युद्धमा हारेको नभई युद्ध लम्बिएको बताइन्।

    महिलाले आफ्नो शरीरमा के गर्नेमा अरूले होइन महिलाले नै निर्णय लिनुपर्ने पक्षमा बोल्दै कमलाले युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन्।

  • कमलाले ट्रम्पलाई फोन गरेर बधाई दिँदै हार स्वीकार्ने

    कमलाले ट्रम्पलाई फोन गरेर बधाई दिँदै हार स्वीकार्ने

    काठमाडौं । राष्ट्रपतिमा पराजित भएकी कमला ह्यारिसले विजेता डोनाल्ड ट्रम्पलाई फोन गरेर बधाई दिने भएकी छिन्।

    अमेरिकी समय अनुसार बुधवार उनले फोन गरेर बधाई दिने कमलाका सहयोगीको भनाई लिएर एनबीसी न्यूजले उल्लेख गरेको छ ।

    एनबीसीका अनुसार कमलाले फोनमै चुनावी हार स्विकार्ने छिन्।

    यस्तै राष्ट्रपति जो बाइडेनले पनि फोन गरेर बधाई दिने तयारी भएको एनबीसीले ह्वाइट हाउस श्रोतलाई उल्लेख गरेर प्रकाशन गरेको छ ।

    सन २०२० को राष्ट्रपतीय चुनाव जितेर आयोजना गरिएको समारोहमा बाइडेन टीमले ट्रम्पलाई निम्तो गरेको थिएन।

  • चुनावी जीतपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता

    चुनावी जीतपछि ट्रम्पसँग मिलेर काम गर्ने विश्व नेताहरूको प्रतिबद्धता

    पेरिस । कमला ह्यारिसमाथि अमेरिकी निर्वाचनमा आश्चर्यजक जीत हासिल गरेपछि विश्व नेताहरू बुधबार डोनाल्ड ट्रम्पलाई बधाई दिन तत्पर देखिएका छन् ।

    उनको चुनावी जीत पुष्टि हुनुअघि नै धेरै व्यक्त गरिएका पहिलो प्रतिक्रियाहरू यस्ता छन्ः

    जापान : नयाँ उचाइ

    प्रधानमन्त्री सिगेरु इसिबाले ‘जापान-अमेरिका गठबन्धन र जापान-अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन ट्रम्पसँग नजिकबाट काम गर्ने’ आशा गरेको पत्रकारहरूलाई बताए ।

    दक्षिण अफ्रिका : साझेदारी जारी राख्न तत्पर

    सन् २०२६ मा अमेरिकाभन्दा अघि आगामी वर्ष जी २० को अध्यक्षता सम्हाल्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई सन्देशमा ‘हाम्रा दुई राष्ट्रबीचको सहयोगका सबै क्षेत्रहरूमा नजिक र पारस्परिक लाभदायक साझेदारी जारी राख्न’ तत्पर रहेको बताए ।

    साउदी अरेबिया : नजिकको सम्बन्ध

    साउदी अरेबियाका राजा सलमान र उनका छोरा वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पलाई पठाएको तारमा राजा सलमानले ‘दुई मित्र देश र जनताबीचको नजिकको सम्बन्धलाई सबैले सबै क्षेत्रमा बलियो र विकसित गर्न चाहन्छन्’ भन्दै प्रशंसा गरेको आधिकारिक साउदी प्रेस एजेन्सीले जनायो ।

    कतार : सुरक्षा र स्थिरता

    गाजा द्वन्द्वमा प्रमुख मध्यस्थकर्ता र मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डाको आतिथ्यकर्ता कतारका अमिर शेख तमिम बिन हमद अल-थानीले ‘क्षेत्र र विश्वव्यापी रूपमा सुरक्षा र स्थिरता प्रवर्द्धन गर्न फेरि सँगै काम गर्न’ तत्पर रहेको बताए ।

    टर्की : मेरा मित्र ट्रम्प

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई’ बधाई दिए । ‘टर्की-अमेरिका सम्बन्ध बलियो हुनेछ, क्षेत्रीय र विश्वव्यापी सङ्कट र युद्धहरू, विशेषगरी प्यालेस्टाइन मुद्दा र रुस-युक्रेन युद्ध समाप्त हुनेछन् भन्ने मलाई आशा छ’, उनले वक्तव्यमा भनेका छन् ।

    इजिप्ट : शान्ति प्राप्ति

    राष्ट्रपति अब्देल फत्ताह अल-सिसीले ट्रम्पको ह्वाइट हाउस फिर्तीले मध्यपूर्वमा शान्ति ल्याउन मद्दत गर्नसक्ने आशा व्यक्त गरे । ‘म उहाँलाई सबै सफलताको कामना गर्छु र सँगै शान्ति प्राप्त गर्न, क्षेत्रीय स्थिरता कायम राख्न र इजिप्ट-संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक साझेदारी सुदृढ गर्न तत्पर छु’, उनले भने ।

    दक्षिण कोरिया : गठबन्धन अझ उज्यालो चम्कने

    राष्ट्रपति युन सुक येओलले ट्रम्पलाई बधाई दिँदै भने, ‘तपाईंको बलियो नेतृत्वमा दक्षिण कोरिया–अमेरिका गठबन्धन र अमेरिकाको भविष्य अझ उज्यालो चम्कनेछ । तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु ।’

    इटाली : हार्दिक बधाई

    प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘हार्दिक बधाई’ दिइन् । ‘इटाली र संयुक्त राज्य अमेरिका अटल गठबन्धनद्वारा जोडिएका ‘भगिनी’ राष्ट्रहरू हुन्’, उनले भनिन् ।

    हङ्गेरी : सबैभन्दा ठूलो पुनरागमन

    युरोपमा ट्रम्पका सबैभन्दा नजिकका सहयोगी प्रधानमन्त्री भिक्टर ओर्बनले यो परिणामलाई ‘सम्भवतः पश्चिमी राजनीतिक इतिहासमा सबैभन्दा ठूलो पुनरागमन’ भनेका छन् ।

    ‘उनीहरूले उहाँलाई जेलको धम्की दिए, उहाँको सम्पत्ति खोसे, उहाँको हत्या प्रयास गरे, अमेरिकाको सम्पूर्ण मिडिया जगत उहाँको विरुद्धमा गयो र पनि उहाँ विजयी हुनुभयो’, उनले फेसबुकमा लेखेका छन् । -रासस/एएफपी

  • ट्रम्पको ‘ऐतिहासिक जित’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको बधाई

    ट्रम्पको ‘ऐतिहासिक जित’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको बधाई

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

    ट्रम्पसँगका हाँसेका र अँगालोका तस्बिर सार्वजनिक गर्दै मोदीले बिगतको कार्यकालमा जस्तै सफल कामहरु गर्न तयार भएको बताएका छन् ।

    उनले ‘भारत अमेरिकी विस्तृत वैश्विक तथा रणनीतिक साझेदार’मा जोड दिँदै बधाइ दिएका छन् । चुनावी अभियानकै क्रममा ट्रम्पले मोदीको तारिफ गरेका थिए । अघिल्लो कार्यकालमा ट्रम्प मोदीको गृहनगर पनि पुगेका थिए ।

  • अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

    अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत

    काठमाडौं । अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

    सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ मत ट्रम्पको आएर २७० को थ्रेसहोल्ड कटेर उनी विजय भएका थिए ।

    सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्ने भएका छन् । उनको विजयको औपचारिक घोषणा हुन बाँकी भए तापनि उनले विजय भएको उद्घोष गरिसकेका छन् ।

    ट्रम्पको जीतमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुदेखि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंसम्मले बधाई दिइसकेका छन् । नेतान्याहुले त ट्रम्पको जीतलाई ‘इतिहासको सबैभन्दा महान पुनरागमन’को उपमा दिएका छन् ।

    अमेरिकाका कडा प्रतिस्पर्धा हुने राज्यहरु जसलाई ब्याटलग्राउन्ड स्टेट्स भनिन्छ, त्यहाँ ट्रम्पले अग्रता लिएपछि जीत सम्भव भएको विश्व मिडियाहरुले उल्लेख गरेका छन् ।

    दोहोरियो १३२ वर्ष पुरानो इतिहास

    सन् १८९२ नोभेम्बर ८ मा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा विजय भए ग्रोभर क्लिभलेन्ड । उनी त्योभन्दा अगाडिको चुनावमा पराजित भएका थिए । राष्ट्रपति भएपछिको चुनाव पराजित भएर फेरि अर्को चुनाव जित्ने प्रथम रेकर्ड क्लिभलेन्डकै बन्यो ।

    डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले २७७ इलेक्टर मत ल्याएर विजयी भएका थिए । सन् १८८९ को चुनावमा भने १६८ इलेक्टर मतमात्रै ल्याएर उनी बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए । उनी पहिलो कार्यकालका लागि सन् १८८५ मा निर्वाचित भएका थिए ।

  • ‘इतिहासको सबैभन्दा महान पुनरागमन’ भन्दै ट्रम्पलाई इजरायली प्रधानमन्त्रीको बधाई

    ‘इतिहासको सबैभन्दा महान पुनरागमन’ भन्दै ट्रम्पलाई इजरायली प्रधानमन्त्रीको बधाई

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपतिमा विजयी भएकोमा बधाई दिएका छन् ।

    ट्रम्पसँग आफू र पत्नी साराको तस्बिर राखेर नेतान्याहुले ट्रम्पको जीतलाई ‘इतिहासको सबैभन्दा महान पुनरागमन’को उपमा दिएर बधाई दिएका छन् ।

    इजरायल र अमेरिकाको नयाँ गठबन्धन झन बलियो हुने भन्दै उनले यसलाई नयाँ सुरुवात भनेका छन् ।

    रुस-युक्रेन युद्ध रोकिनुपर्ने पक्षका ट्रम्प इजरायलको गाजा र अरु हमलाका भने पक्षधर जस्तै हुन् । त्यही भएर ट्रम्पको आगमनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तनावमा भए तापनि नेतान्याहु उत्सवमा देखिएका छन् ।

  • चुनावी विजय भएकोमा ट्रम्पलाई फ्रान्सेली राष्ट्रपति म्याक्रोंको बधाई

    चुनावी विजय भएकोमा ट्रम्पलाई फ्रान्सेली राष्ट्रपति म्याक्रोंको बधाई

    काठमाडौं । चुनावी विजय भएको भन्दै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले चार वर्ष अगाडि जस्तै यो समयमा पनि काम गर्न तयार भएको भन्दै बधाई दिएका हुन् ।

    उनले शान्ति र समृद्धिको लागि भन्दै एकअर्काको संकल्प र आकांक्षाबाट काम गर्न सकिने बताएका छन् ।

    रोचक कुरा यो छ कि युक्रेन युद्धमा नेटो सैनिक पठाउनुपर्छ भन्ने म्याक्रोनले ट्रम्पको जीतपछि भने ‘शान्ति र समृद्धि’को चर्चा गरेका छन् ।

  • फक्स न्यूजको प्रक्षेपण: अबको राष्ट्रपतिमा ट्रम्प निश्चित

    फक्स न्यूजको प्रक्षेपण: अबको राष्ट्रपतिमा ट्रम्प निश्चित

    काठमाडौं । अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ ।

    फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।

    सन १८९२ मा चुनाव जितेका तत्कालीन राष्ट्रपति ग्रोभर क्लिभलेण्डपछि एक कार्यकाल बिराएर राष्ट्रपति हुने विरासत ट्रम्पको हुने देखिएको फक्सले बताएको छ ।

    सन २०२० को चुनाव हारेपछि सन २०२२ नोभेम्बर १५ मा राष्ट्रपति उम्मेदवार घोषणा गरेका ट्रम्पले विजय हुने सम्भावना अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि उल्लेख गरेको छ ।

    यसैबीच चुनाव सभामा बोल्दै ट्रम्पले यो राजनीतिक दिग्विजय भएको टिप्पणी गरे । सीमा र सबै समस्याहरु समाधान गर्ने ट्रम्पले बताए ।

    आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् ।

    उनले ब्याटलग्राउण्ड राज्यहरुलाई धन्यवाद दिएका पनि छन् ।

  • केनेडीदेखि मस्कसम्मः ट्रम्पलाई जिताउन अहोरात्र खटिएका यी चार अमेरिकी हेभिवेट

    केनेडीदेखि मस्कसम्मः ट्रम्पलाई जिताउन अहोरात्र खटिएका यी चार अमेरिकी हेभिवेट

    काठमाडौं । आज प्रारम्भिक नतिजा आएपछि अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको माहोल राम्रो देखिएको छ । उनले सन २०२० मा जो बाइडेनसँग चुनाव हार्दा ल्याएको २३३ इलेक्टर मत भन्दा धेरै मत ल्याइसकेका छन् ।

    यो सामाग्री तयार गर्दासम्म फक्स न्यूजले ट्रम्पले चुनाव जितिसकेको बताएको छ । यस्तै न्यू योर्क टाइम्सले ३०१ अंक ल्याएर ट्रम्पले जित्ने सम्भावना भएको देखाइसकेको छ ।

    यही मेसोमा यहाँ ट्रम्पलाई चुनाव जिताउने अभियानमा सर्वाधिक खटेका चार अमेरिकी हेभिवेट अनुहारहरूको चर्चा गरिएको छ ।

    १. रोबर्ट एफ. केनेडी जुनियर

    उनी हत्या गरिएका अमेरिकी राष्ट्रपति जोन एफ। केनेडीका भाइका छोरा हुन् । उनका बाबु तथा राष्ट्रपति उम्मेदवार रिचर्ड एफ केनेडीको पनि हत्या गरिएको थियो ।

    उनी आजीवन डेमोक्रेटिक पार्टीका थिए । पार्टीसँग बिच्किएर पनि स्वतन्त्र उम्मेदवार पनि थिए । गत अगस्टबाट भने उनले स्वतन्त्र उम्मेदवारी छोडे । ट्रम्पलाई समर्थन गरे ।

    ट्रम्पका सबैजसो हाइप्रोफाइल चुनावीसभामा उनी पुगे । भाषण गरे । ट्रम्पले पनि उनका पिताका गोप्य हत्याका फाइल सार्वजनिक गर्ने वाचा गरे ।

    २. तुल्सी गाबार्ड

    उनी सन २०२० को डेमोक्रेटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार एक हुन । उनले जो बाइडन, कमला ह्यारिस, बर्नि स्यान्डर्स लगायतका अनुहारहरूसँग एकै लहरमा उभिएर चुनावी बहस पनि गरेकी थिइन् । त्यो भिडिओ अझै भाइरल छ ।

    खासगरि उनले कमलालाई लाएको आरोपको मुद्दा अहिले लोकप्रिय भएको छ । कमलाले गाँजा खाने सयौँलाई थुनेको तर आफैँ गाँजा खाएको प्रश्नमा हाँसोको तथा उनले अदालतले बन्द नगर नभनुन्जेल अश्वेत र अल्संख्यकलाई विभिन्न कसुरमा अभियोजनकर्ता हुँदा थुनेको तुलसीको आरोप छ त्यहाँ ।

    तुलसी ट्रम्पले चुनाव जितेको खण्डमा समूहमा बस्ने बताइएको छ । सन २०२२ अक्टोबरमा उनले डेमोक्रेटिक पार्टी छोडिन् । सन २०२४ अगस्टमा आएर ट्रम्पलाई समर्थन गरिन् । योबारेमा ट्रम्पले पनि ‘सरप्राइज’ भनेका थिए ।

    अहिले महिला विरोध भनेर जति पनि ट्रम्पको विरोधमा अभियानहरू भएका छन्, ती सबैको रक्षा कवचको रूपमा तुल्सी उभिएकी छिन् ।

    देश दौडाहामा पुगेर उनले डेमोक्रेटिक पार्टी जनताको र शान्तिको दल नभएको भन्दै अहिले ट्रम्प युद्ध विरोधी भएको भन्दै उनको पक्षमा उभिएको बताइरहिन् ।

    ३. टकर कार्ल्सन

    अमेरिकी केबल च्यानलहरूमा सबैभन्दा धेरै चलेका नाम थिए टकर कार्ल्सन । तर, फक्स न्यूजले सन २०२३ अप्रिल २४ मा उनलाई अफएयर गर्ने अर्थात् हटाउने भनेर सीइओ सुजन स्कटले कार्ल्सनलाई सुनाइन् ।

    कुनै खास कारण बिना निकालिएका कार्ल्सनले छोड्नुको कारण डेमोक्रेटिक पार्टी र सत्ताका दबाब भन्ने धेरैले अनुमान गरे ।

    फक्स छोडेका कार्ल्सनले स्वतन्त्र मिडिया चलाउन थाले । सामाजिक सञ्जाल र वेबसाइटबाट उनले चलाए ।

    गत फेब्रुअरी ८ मा प्रशारण गरिएको रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँगको उनको कुराकानीले उनी चाँडै चर्चामा आउन सफल भए ।

    उनले ट्रम्पसँग अन्तरवार्ता गर्ने मात्रै होइन उनका चुनावी सभामा गएर बोल्न थाले । समर्थन दिन थाले ।

    ४. एलन मस्क

    गत जुलाई १३ मा अमेरिकाको पेन्सिलभेनिया राज्यका बट्लरमा ट्रम्पलाई गोली प्रहार गरियो ।

    हत्या प्रयासले प्रहार गरिएको गोली उनको कानमा लाग्यो । त्यही गोली प्रहारपछि टेस्ला, स्पेस एक्स तथा एक्स (साबिकको ट्विटर)का मालिक एलन मस्कले समर्थन गरे । पछि पछि त उनी राजनीतिक सभाहरूमै पुगेर भाषण गरे ।

    कमलाले जितेमा एक्स बन्द हुने, अमेरिकामा पछि पर्ने लगायतका विभिन्न तर्कहरू र ट्विटहरू उनले गरिरहे ।

  • ट्रम्पले ३०१ इलेक्टरको मतले जित्न सक्छन् चुनाव : न्यू योर्क टाइम्स

    ट्रम्पले ३०१ इलेक्टरको मतले जित्न सक्छन् चुनाव : न्यू योर्क टाइम्स

    काठमाडौं । अमेरिकाको डेमोक्रेटिक पार्टीलाई चुनावमा समर्थन गरेको अखबार न्यू योर्क टाइम्सले चुनावमा रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्न सक्ने बताएको छ ।

    प्रारम्भिक मतगणनाको नजिता अनुसार ट्रम्पले ३०१ इलेक्टरको मत ल्याएर जित्ने सम्भावना देखिएको न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    अमेरिकी चुनावमा विजेता हुन २७० इलेक्टरको मत काफी हुन्छ ।

    न्यू योर्क टाइम्सको खबर साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार कमला ह्यारिसको इलेक्टर मत १७९ आउने सम्भावना छ ।

    अमेरिकी च्यानल फक्स न्यूजका अनुसार ट्रम्पले २४८ अंक ल्याएका छन् । यो भनेको उनले जो बाइडेनसँग चुनाव हार्दा सन २०२० मा ल्याएको २३२ अंक भन्दा धेरै हो ।

  • अमेरिकी राष्ट्रपति चुनाव : कुन क्षेत्रकाले कति इलेक्टर पाउँछन् (५१ क्षेत्रको पूर्णसूची)

    अमेरिकी राष्ट्रपति चुनाव : कुन क्षेत्रकाले कति इलेक्टर पाउँछन् (५१ क्षेत्रको पूर्णसूची)

    काठमाडौं । नोभेम्बर ५ को अमेरिकी चुनावको मौजारो भएको छ । अबको काम गणनाको र अरू अगाडिको प्रक्रियाको मात्रै हो ।

    २४ करोड भन्दा धेरै मतदान गर्न योग्य मतदाता थिए यो सालको चुनावमा । तर, चुनावी नतिजामा जित्नेको अंक २७० कट्दा विजय हुने प्रावधान छ । यसो हुनुको कारण अमेरिकी जनताले सिधै मत हाल्न नपाएर मत हाल्ने मान्छेहरू अर्थात् चुनक जसलाई इलेक्टर भनिन्छ, तीनको चयन हुने प्रावधान हो ।

    ५३८ जना इलेक्टरहरु अमेरिकाभरबाट चुन्छिन् । उनीहरूको साझा नाम इलेक्ट्रल कलेज हो । त्यै कलेजको बहुमत जसले ल्यायो उही राष्ट्रपति बन्ने हो ।

    जस्तै सन २०१६ मा हिलरी क्लिन्टनलाई हराउँदै राष्ट्रपति बन्दा ट्रम्पले ३०६ अंक ल्याएर जितेका थिए, भने सन २०२० मा जो बाइडनसँग हार्दा २३२ अंक ल्याएर हारेका थिए । बाइडनको ३०६ अंक आएको थियो ।

    यस्तो छ अमेरिकी इलेक्टरहरुको विभाजन: कुन क्षेत्रका कति ?

    अमेरिकाका ५० राज्य तथा टेरिटोरि डीसी अर्थात् डिस्ट्रिक्ट अफ कोलम्यिबा गरेर ५१ क्षेत्रबाट इलेक्टरहरु चुनिन्छन् ।

    जनताले दिएको दलीय मतको आयतनको आधारमा उनीहरू चुन्छिन् । र, चुनिएका उनीहरूले मतदान गरेर राष्ट्रपति चयन गर्ने हुन् ।

    अमेरिकी मिडिया एनबीसीका अनुसार यस्तो छ अमेरिकाका ५१ क्षेत्रमा विभाजन गरिएका इलेक्टरहरुको अंकः

    १. अलाबामाः ९ मत

    २. अलास्काः ३ मत

    ३. एरिजोनाः ११ मत

    ४. आरकान्सासः ६ मत

    ५. क्यालिफोर्नियाः ५४ मत

    ६. कोरोराडोः १० मत

    ७. कलेक्टिकटः ७ मत

    ८. डेलावेरः ३ मत

    ९. डीसीः ३ मत

    १०. फ्लोरिडाः ३० मत

    ११. जर्जियाः १६ मत

    १२. हवाईः ४ मत

    १३. इदाहोः ४ मत

    १४. इलिनोइसः १९ मत

    १५. इण्डिआनाः ११ मत

    १६. इओवाः ६ मत

    १७. कान्सासः ६ मत

    १८. केन्टुकीः ८ मत

    १९. लोइसिआनाः ८ मत

    २०. माइनः ४ मत

    २१. मेरिल्याण्डः १० मत

    २२. मस्याचुसेट्सः ११ मत

    २३. सिसिगनः १५ मत

    २४. मिनेसोटाः १० मत

    २५. मिसिसिपीः ६ मत

    २६. मिसौरीः १० मत

    २७. मोन्तानाः ४ मत

    २८. नेब्रास्काः ५ मत

    २९. नेभादाः ६ मत

    ३०. न्यू ह्याम्पसायरः ४ मत

    ३१. न्यू जर्जीः १४ मत

    ३२. न्यू मेक्सीकोः ५ मत

    ३३. न्यू योर्कः २८ मत

    ३४. नर्थ क्यालोरिनाः १६ मत

    ३५. नर्थ डाकोटाः ३ मत

    ३६. ओहियोः १७ मत

    ३७. ओक्लाहोमाः ७ मत

    ३८. ओरिगनः ८ मत

    ३९. पेन्सिलभेनियाः १९ मत

    ४०. रोधे आइल्याण्डः ४ मत

    ४१. साउथ क्यालोरिनाः ९ मत

    ४२. साउथ डाकोटाः ३ मत

    ४३. तेन्नेसीः ११ मत

    ४४. टेक्सासः ४० मत

    ४५. उताः ६ मत

    ४६. भर्मोन्टः ३ मत

    ४७. भर्जिनियाः १३ मत

    ४८. वासिङटनः १२ मत

    ४९. वेस्ट भर्जिनियाः ४ मत

    ५०. विस्कोन्सिनः १० मत

    ५१. योमिङः ३ मत

  • अमेरिकी राष्ट्रपतीय चुनाव: प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

    अमेरिकी राष्ट्रपतीय चुनाव: प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

    काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावको प्रारम्भिक मत प्रक्षेपण आउन थालेको छ । त्यसमा वर्तमान उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिस भन्दा अगाडि देखिएका छन् पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्प ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले १५४ अंक आउँदा कमलाको २७ अंक आएको छ । अमेरिकी च्यानल सीएनएनका अनुसार ट्रम्पले फ्लोरिडा र साउथ क्यालोरिना अग्रता लिँदा कमलाको अग्रता भने मस्याचुसेट्समा भएको छ ।

    जनताले सिधै मत हाल्न पाउँदैनन अमेरिकी चुनावमा, यस्तो छ तरिका

    अमेरिकी जनताले सिधै राष्ट्रपतिलाई भोट गर्न पाउने व्यवस्था छैन । जनताले चुनकहरु अर्थात् इलेक्टरहरु चयन गर्छन् । ती इलेक्टरहरुले राष्ट्रपति चयन गर्छन् । अमेरिकामा जम्मा ५३८ इलेक्टरहरु छानिन्छन् । उनीहरू जनताले मत दिएको आधारमा कुन कुन कित्ताको भनेर छुटिएर चुनिन्छन् ।

    ती इलेक्टरहरुमा जसको २७० अंक पुग्छ उसले जित्छ । इलेक्टरहरु विभिन्न राज्यमा तथा क्षेत्रका विभिन्न अंकका हुन्छन् ।

    उदाहरणको लागि क्यालिफोर्नियाका ५४ छन् भने वासिङटनका १२ तथा कोलोराडोका १० छन् । यिनै इलेक्टरको मतले जित्ने हो ।

    सन २०१६ मा ट्रम्पले हिलरी क्लिन्टरलाई ३०६ अंक ल्याएर जित्दा हिलरीको २३२ अंक मात्रै आएको थियो । तर, सन २०२० मा ट्रम्पले २७० पुर्‍याउन नसकेर पराजित भएका थिए । जो बाइडनका ३०६े अंक आउँदा ट्रम्पको २३२ अंक आएको थियो ।

  • उत्तर कोरियाली सैनिकहरू रूसमा आफ्नो आक्रमणमा परेको युक्रेनी फौजको दाबी

    उत्तर कोरियाली सैनिकहरू रूसमा आफ्नो आक्रमणमा परेको युक्रेनी फौजको दाबी

    किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

    कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको यो पहिलो पटक हो । यो तैनाथीले युद्धको एक हजार दिनको माइलस्टोन नजिकिँदै गर्दा युद्धलाई नयाँ स्वरूप दिएको छ ।

    ‘पहिलो उत्तर कोरियाली सैनिकहरूमाथि कुर्स्क क्षेत्रमा गोलाबारी गरिएको छ’, युक्रेनको सुरक्षा परिषद्को दुष्प्रचार विरोधी शाखाका प्रमुख आन्द्री कोभालेन्कोले टेलिग्राममा लेखेका छन् । उनले थप विवरण दिएका छैनन् ।

    उत्तर कोरियाली सैनिकहरूलाई रूसको कुर्स्क सीमा क्षेत्रमा पठाइने पश्चिमी सरकारहरूले अपेक्षा गरेका थिए । त्यहाँ युक्रेनी सेनाको तीन महिने घुसपैठ दोस्रो विश्वयुद्धपछि रूसी भूमिको पहिलो कब्जा हो र यसले क्रेमलिनलाई लज्जित बनाएको छ ।

    अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर मूल्याङ्कनका अनुसार मस्कोसँगको सम्झौताअन्तर्गत प्योङयाङले १२ हजारसम्म उत्तर कोरियाली लडाकु सैनिक युद्धमा पठाउँदैछ ।

    लडाइँको गुणस्तर र युद्ध अनुभव अज्ञात रहेका उत्तर कोरियाली सैनिकहरू युद्ध क्षेत्रमा युक्रेनको बिग्रँदो स्थितिमा थप भइरहेका छन् ।

    युक्रेनी सुरक्षा विशेषगरी पूर्वी डोनेट्स्क क्षेत्रमा रूसको महँगो, तर निरन्तर महिनौं लामो आक्रमणको दबाबमा भत्किँदैछ । रूसी कब्जा हालै तीव्र भएको छ । उसलाई डोनेट्स्कका केही भागहरूमा नौ किलोमिटरसम्मको युद्ध क्षेत्र लाभ भएको बेलायती रक्षा मन्त्रालयले मङ्गलबार सामाजिक प्लेटफर्म एक्समा बताएको छ ।

    रूससँग उच्च सैन्य सङ्ख्या रहेको र भारी क्षति भए पनि क्रेमलिनको भर्ती अभियानले दबाब कायम राख्न पर्याप्त नयाँ सैनिकहरू प्रदान गरिरहेको मन्त्रालयले बताएको छ ।

    रूसले पछिल्लो एक वर्षदेखि युक्रेनमा युद्ध क्षेत्रको पहल कायम राखेको छ । पश्चिमी सैन्य सहयोग देशमा आइपुग्न धेरै समय लागेको युक्रेनी अधिकारीहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

    अक्टोबरको सुरुमा रूसी फौजले पूर्वी युक्रेनमा सामरिक रूपले महत्त्वपूर्ण पहाडमाथि रहेको भुह्लेदार शहरबाट युक्रेनी सैनिकहरूलाई लखेटेका थिए । यो पूर्वमा युक्रेनी सुरक्षाको एक प्रमुख हिस्सा थियो । रूसको अर्को लक्ष्य सम्भवतः प्रमुख रसद केन्द्र पोक्रोभ्स्क र रणनीतिक रूपले महत्त्वपूर्ण चासिभ यार शहर रहेका छन् ।

    यसैबीच अधिकारीहरूका अनुसार रूसले युक्रेनका नागरिक क्षेत्रहरूमा लामो दूरीको हवाई आक्रमण जारी राखेको छ । दक्षिणी शहर जापोरिझ्झियामा मङ्गलबार बिहान भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र १६ जना घाइते भएको क्षेत्रीय गभर्नर इभान फेडोरोभले बताए । -रासस/एपी

  • हसिना शासनकालमा अपहरण गरिएका २०० बङ्गलादेशी अझै बेपत्ता

    हसिना शासनकालमा अपहरण गरिएका २०० बङ्गलादेशी अझै बेपत्ता

    ढाका । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशी अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताएका छन् ।

    गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शनपछि हसिना हेलिकप्टरमार्फत छिमेकी देश भारत भागेकी थिइन् ।

    हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानूनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

    हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको, तर अझै धेरैको विवरण नआएको जनाएको छ ।

    आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताएका छन् ।

    उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभई आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको उनको भनाइ छ ।

    आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरिएको थियो । -रासस/एएफपी

  • पाकिस्तानमा आठ महिनादेखि तलब नपाएपछि शिक्षकहरु आन्दोलित

    पाकिस्तानमा आठ महिनादेखि तलब नपाएपछि शिक्षकहरु आन्दोलित

    पाकिस्तान । खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरु आन्दोलित भएको द डन पत्रिकाले रिपोर्ट गरेको छ ।

    द डनले रिपोर्ट गरेअनुसार श्रमिकका लागि न्यूनतम ज्यालासमेत दिन नसकेकाले विद्यालयहरूले प्राथमिक तथा माध्यमिक शिक्षा फाउन्डेसनअन्तर्गत काम गरिरहेका छन् ।

    विद्यालय शिक्षकको तलबको लागि दुई अर्ब रुपैयाँ आवश्यक रहेको जनाउँदै फाउन्डेसनका लागि रकम जारी गर्न सरकार असमर्थ रहेको एण्ड एसईएफका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

    एक शिक्षकले मार्चदेखि तलब नदिएकोमा दुःख व्यक्त गर्दै आफूसँग आयको अन्य कुनै स्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेको बताए ।

    शिक्षकहरुले तलब नपाएपछि धेरै विद्यालय बन्द भएका छन् । अझै पनि सरकारले उनीहरूलाई तुरुन्तै तलबको व्यवस्था गर्न नसकेमा थप विद्यालयहरू बन्द हुने सम्भावना रहेको जनाइएको छ । -रासस/एएनआई

  • इरानी विश्वविद्यालयमा छात्राको ‘पोशाक विद्रोह’, नग्न प्रदर्शन गर्ने युवती पक्राउको एम्नेष्टीले गर्यो विरोध

    इरानी विश्वविद्यालयमा छात्राको ‘पोशाक विद्रोह’, नग्न प्रदर्शन गर्ने युवती पक्राउको एम्नेष्टीले गर्यो विरोध

    काठमाडौं । विश्वविद्यालयले बनाएको पोशाक नियम मन नपराएकी एक इरानी महिला विद्यार्थी नाङ्गिएकी छिन् ।

    इरानको तेह्ररान इस्लामिक आजाद विश्वविद्यालयको नियमको विरुद्ध उनले यस्तो विरोध गरेकी हुन् । हिजाब लगाउन कडाइ गर्ने देशमा उनले भित्री वस्त्रहरू मात्रै राखिएर नांगिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    इरानी अधिकारीहरूले यसबारेमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । सार्वजनिक स्थानमा नाङ्गिएकी उनलाई इरानी प्रहरी पक्राउ गरेको छ ।

    एम्नेष्टी इरान लगायतका पश्चिमा एनजीओहरुले उनको रिहाइको माग आफ्नो सामाजिक सञ्जालमा गरेका छन् ।

    पछिल्लो समयमा इरानमा महिलाहरूले हिजाब लगाउने विरोधमा प्रदर्शनहरू गरेका थिए ।

    प्रदर्शनको प्रचार इजारायले धेरै गरेको थियो भने पश्चिमा मिडियाहरूले सत्ता ढाल्ने स्तरको आन्दोलन हुनसक्ने समाचार प्रकाशन गरेका थिए । तर, त्यो आन्दोलन मत्थर भएसँगै अहिले नांगिएको समाचार सार्वजनिक भएको छ ।

  • क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणको मोदीले गरे विरोध

    क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणको मोदीले गरे विरोध

    काठमाडौं । क्यानडाको हिन्दू मन्दिरमा भएको आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा शब्दमा आलोचना गरेका छन्।

    यस्तै मोदीले क्यानडाका भारतीय कूटनीतिज्ञलाई तर्साउन खोजिएकोमा पनि निन्दा गर्दै यसले भारतको संकल्पलाई असर नगर्ने बताएका छन्।

    मोदीले क्यानडा सरकारलाई न्याय र कानुनी शासन कायम गर्न आग्रह समेत गरेका छन्।

    नोभेम्बर ३ मा क्यानडाको ब्राम्टनमा रहेको हिन्दू सभाको मन्दिरमा क्यानडाका खातिस्नानी शिख पृथकतावादीको आक्रमण भएको भारतीय मिडियाले दाबी गरेका छन्।

    सन २०२३ जुन १८ मा क्यानडाका शिख नेता हार्दिप सिंह निजारको हत्या भयो ।

    हत्यामा भारत सरकार जोडिएको क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका थिए। यो घटनापछि दुई देशको सम्बन्ध कमजोर भएको छ भने एकअर्काका कूटनीतिज्ञ निष्कासन पनि भएका छन्।

  • आफ्नै देशमा मताधिकारबाट वञ्चित गरिएका ३० लाख बढी अमेरिकी नागरिक

    आफ्नै देशमा मताधिकारबाट वञ्चित गरिएका ३० लाख बढी अमेरिकी नागरिक

    काठमाडौं । जतिबेला अमेरिकामा चुनावबाट राष्ट्रपति चयनको कुरा सुरु भयो, नेपालमा चुनाव त परको कुरा लोकतन्त्र भन्ने नाम पनि चलनमा थिएन । सन् १७८९ मा अमेरिकी राष्ट्रपतिमा जर्ज वासिङ्टन चयन हुँदा नेपालमा रणबहादुर शाह राजा थिए । यो समयरेखाको तुलना गर्दा पनि अमेरिकी चुनावी इतिहासको विरासत नेपाली कोणमा कति जेठो हो भन्ने बुझ्न सकिन्छ ।

    दुई शताब्दीभन्दा पुरानो राष्ट्रपतीय चुनावको विरासत भएको विश्वकै ‘जेठो’ लोकतन्त्र अमेरिकाको लोकतान्त्रिक प्रोफाइललाई नै गिज्याउने कुरा यो छ कि अहिले अमेरिकाका ३० लाख बढी नागरिक मतदाता बन्नबाट वञ्चित छन् । अमेरिकी नागरिक भएर अमेरिकी कानूनमा चल्ने उनीहरुले मतदान गर्न रुचि नदेखाएर होइन, अमेरिकी सरकारले मताधिकार नदिएर उनीहरु मतदाता हुन सकेका छैनन् ।

    यी हुन् मतदान गर्न नपाउने लाखौं अमेरिकी नागरिक

    राष्ट्रपतीय चुनाव हुँदै गर्दा अमेरिकी नागरिकहरु विश्वभर जहाँ भए पनि मतदान गर्न पाउँछन् । अमेरिकी मिडिया फोब्र्सका अनुसार अमेरिका बाहिर रहेका ५५ लाख अमेरिकी मतदानमा भाग लिन योग्य छन्, तर अमेरिकाकै कानूनमा चल्ने त्यहाँ पाँच टेरिटोरीका नागरिकहरुले मतदान गर्न पाउँदैनन् । पाँच टेरिटोरीमा यूएस भर्जिन आइल्याण्डस्, पोएर्तो रिको, गुआम, नर्दन मारिआना आइल्याण्ड र सामोआ हुन् । यो मुद्दा धेरै समयबाट पेचिलो बन्दै आएको छ । अखबारदेखि एकेडेमिक दुनियाँ हुँदै अदालतसम्म यो मुद्दाले स्थान पाएको छ ।

    यद्यपि अमेरिकीहरुले आफ्नो मताधिकारको स्थान भने अझै पाएका छैनन् । सन् १९९५ मा सिकागो विश्वविद्यालयको एक खोजमूलक लेखमा लेखक आम्बेर एल. कोट्लेटले लामो लेख लेखेका थिए । ‘अमेरिकन टेरिटोरीमा बसोबास गर्ने ४० लाखभन्दा धेरै अमेरिकीले राष्ट्रपति तथा उपराष्ट्रपतीय चुनावमा मतदान गर्न पाउँदैनन्’, साइलेन्ट सिटिजन अर्थात् मौन नागरिकको उपमा दिँदै शीर्षक राखिएको लेखमा भनिएको थियो, ‘टेरिटोरीका नागरिकहरुले यो व्यवस्थालाई चुनौती दिए तापनि उनीहरु यसलाई बदल्न असफल छन् ।’

    तीन दशक अगाडि सिकागो विश्वविद्यालयको जर्नलमा मताधिकारबाट जबरजस्त वञ्चित गरिएका अमेरिकी नागरिकहरुको बारेमा अहिले पनि मूलधारका मिडियाहरुमा चर्चा चैँ जारी छ । हालसालै बेलायती अबखार दि गार्डियनले मतदानबाट वञ्चित गरिएका अमेरिकाका पाँच टेरिटोरीका नागरिकहरुको मुद्दा उठाएको थियो । गार्डियनले कुरा गरेका अमेरिकाका ३० लाख बढी मतदान गर्न बिमुख नागरिकका एक प्रतिनिधि तथा गुआमका अमेरिकी नागरिक फिलिप गिलबर्टले गुनासो गर्दै भनेका छन्, ‘मैले मतदान गर्न नपाउनुलाई लुटको रुपमा महसुस गरेको छु । सेनामा सेवा गरेको एक सदस्यको रुपमा मलाई यो निष्पक्ष लागेन ।’

    एकातर्फ मतदानबाट बिमुख, अर्कोतर्फ सार्वजनिक खिसिट्युरी

    अमेरिकी पाँच टेरिटोरीमा एकातर्फ मतदान गर्न नदिने दुःख छँदैछ । त्यसमा नूनचुक छर्ने काम पनि जोडिँदै आएको छ । हालसालै अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका वर्तमान राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावीसभा थियो । सभामा आएका थिए एक कलाकार । उनले अमेरिकी टेरिटोरी पोइर्तो रिकोले खिसिट्युरी गरे । बेइज्जत गरे । अपमान गरे ।

    टोनी हिनक्लिफ नामका हास्य कलाकारले आइतबार न्यूयोर्कको म्याडिसन स्क्वायरमा बोल्दै पोइर्तो रिकोलाई ‘तैरिरहेको फोहोरको टापु’ भनेका थिए । व्यापक सार्वजनिक आलोचना भएपछि कलाकारले आफूले पोइर्तो रिकोलाई प्रेम गर्ने र पूरा भिडिओ हेरेर धारणा बनाउन भन्दै आफ्नो बचाउ गरेका छन् । डोनाल्ड ट्रम्पको चुनावी अभियानले कलाकारको भनाइ अभियानको भनाइ नरहेको भन्दै पन्छिएको छ ।

    किन मतदानबाट बिमुख छन् पाँच अमेरिकी टेरिटोरीका मतदाता ?

    विभिन्न महासागरमा भएका टापुहरु हुन यी पाँच अमेरिकी टेरिटोरी । मूलतः अमेरिका विश्व शक्ति हुँदै गर्दा आफ्ना सैन्य पोस्टहरु राख्ने क्रममा यी टेरिटोरीहरुमा कब्जा गरेको थियो । यी टेरिटोरी विश्वभर छन् । उदाहरणको लागि पाइर्तो रिको तथा यूएस भर्जिन आइल्याण्ड्स् क्यारेबियन क्षेत्रमा छन् भने सामोआ अस्टे«लिया नजिकै छ । गुआम फिलिपिन्सको नजिक छ । नर्दन मारिआना आइल्याण्ड जापानको नजिकै छ ।

    यही एक कारण हो, तिनीहरुलाई मतदाता बन्न नदिने पृष्ठभूमि । अमेरिकाका ५० राज्यको मेनल्याण्डमा तिनीहरु नहुनु एक कारण हो । अर्को कारण, ती टेरिटोरीका अमेरिकी नागरिकहरुले मेनल्याण्ड अमेरिकाले जस्तो कर धेरै तिर्नुपर्दैन । करमा कमजोर भएपछि मतदानमा पनि कमजोर पारिएको छ । यो कुरामा अमेरिकी अधिकारीहरु मुखर छैनन्, तर विभिन्न अभियानकर्मीहरु तथा मिडियाहरुमा यस्ता समाचार आएका छन् ।

    खासमा अमेरिकामा राष्ट्रपतीयको प्रत्यक्ष चुनाव हुँदैन । चुनावमा चुनकहरु चुन्न मतदान हुन्छ । अमेरिकी राष्ट्रपति चुन्नलाई ५३८ जनालाई इलेक्ट्रल कलेजमा चुनिन्छन् । २७० मत ल्याउने विजयी हुन्छ । यो अधिकार पाँच अमेरिकी टेरिटोरीलाई दिइएको छैन, तर रोचक कुरा चैँ अमेरिकाको पाँच टेरिटोरी जस्तैः एक टेरिटोरी डीभी अर्थात डिस्ट्रिक्ट अफ कोलम्बियालाई भने यो अधिकार दिइएको छ । सन् १९६१ बाट यो अधिकारको खाता खोलिएको थियो । अमेरिकी संविधानको ३३ औं संशोधनबाट यो अधिकार दिइएको थियो । अमेरिकी डीभीले तीन जना इलेक्टर पाउँछ ।

    डीभीलाई नै देखाएर पाँच अमेरिकी टेरिटोरीका अमेरिकी नागरिकहरुले मतदानको माग गरिरहेका छन्, तर अमेरिका बाहिरका विभिन्न देशमा भएका ५५ लाख अमेरिकीले मतदान गर्न पाउँदा आफ्नैभूमिमै भएका ३० लाख बढी अमेरिकी टेरिटोरीका नागरिक भने अहिलेसम्म मताधिकारबाट वञ्चित गराइएका छन् ।

  • कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

    कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

    वासिङ्टन डिसी ।  विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही मिनेट मात्र बाँकी रहेको छ ।

    सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा हुनुहुन्छ ।

    निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो ।

    मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

    नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । आफ्नो पक्षका उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।

    यो पटकको निर्वाचनमा पनि विगतका निर्वाचन जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखा परिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्र्याट र रिपब्लिकन पार्टीले आफ्नो एजेण्डा तय गरेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले यहाँको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सबै खालका वस्तु तथा सेवामा परेको असरले मध्यमस्तरको आय हुनेहरुका लागि कठिन आर्थिक अवस्था सिर्जना गरेकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

    स्वीङ्ग राज्यहरु निर्णायक

    अमेरिकामा रहेका कूल ५० राज्यमध्ये मुख्य सात एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यसमध्ये सबैभन्दा बढी ध्यान पेन्सल भेनियामा रहेको छ । यी राज्यहरुको विगतको निर्वाचनको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले पाँच वटा स्वीङ्ग राज्यमा जीत हासिल गरेर निर्वाचित भएका थिए । उता सन् २०२० मा जो वाइडेनले छ वटा राज्यमा जीत हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।

    पेन्सलभेनिया कति महत्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्र्याट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चारमध्यमहरुमा खर्च गरेका एक अर्ब २० करोड डलरको विज्ञापनले पनि पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्व ५३ करोड विज्ञापनमा खर्च गरिएकामा त्यसमध्ये ११ प्रतिशत एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।

    कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लि भोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनको दिन अर्थात् आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।

    नेपालीहरुको मत निर्णायक हुन सक्छ ?

    व्याटल ग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सारोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिब २५ हजार नेपाली भाषीको मतदानको अधिकार रहेकाले उनीहरु निर्णायक हुनसक्ने बताइएको छ ।

    नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा ह्यारी भण्डारीले यो स्थान निर्वाचन निर्यायक बनाउन सक्ने भएकाले निकै महत्वपूर्ण रहेको बताए । शनिबार मात्रै उहाँको अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न जुटेका भण्डारी हरेक मतको मूल्य हुने बताए ।

    भण्डारीले भने, “हामीहरुले यहाँ बसेर जसरी यहाँको राजनीतिमा योगदान दिइरहेका छौँ, यो भावी पिँढीका लागि झन् बढी प्रेरक बन्नेछ । एक आप्रवासीका रुपमा जसरी दोस्रो पुस्तामा कमला ह्यारिसले एउटा गर्विलो इतिहास कोर्ने जर्मको गरिरहनुभएको छ, यसले धेरै आप्रवासीलाई प्रेरणा दिने विश्वास लिएका छौँ ।”

    “राजनीति भनेको पद र प्रतिष्ठामात्र होइन यसले मानिसका जीवनमा आइपर्ने अनेकन समस्यालाई जुध्न एउटा अभिभावकका रुपमा, व्यवसाय गर्नेहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने र धेरै नीति गत परिवर्तनमार्फत आन्तरिक र बाह्य रुपमा एक सशक्त उपस्थिति जनाउने काम गर्छ । त्यसैले यस्तो विषयलाई सम्बोधन गर्नसक्ने सशक्त उम्मेदवार डेमोक्र्याट पार्टीकी ह्यारिस हुन सक्नुहुन्छ भन्ने मेरो विश्वास छ”, भण्डारीले भने ।

    पेन्सलभेनियालाई मुख्य मतदान केन्द्रका रुपमा मानिएको छ । यो व्याटल ग्राउण्ड स्टेट हो र यसमा सन् २०१६ र २०२० को मतदानको विश्लेषण गर्दा झिनो अन्तरले विजयी भएको देखिन्छ । त्यसैले नेपाली अमेरिकनहरुको मतले एउटा निर्णायक भूमिका निर्वाह गर्नसक्ने उनले धारणा राखे ।

    स्थानीय रुपमा राजनीतिमा सहभागी अभिषेक थापाले भने, “राजनीतिक विश्लेषण गर्दा यो पटक निकै प्रतिस्पर्धा हुने देखिएको छ । यही प्रतिस्पर्धामा हामी नेपालीहरुको मत महत्वपूर्ण मानिने विश्वास लिएका छौँ । हामीहरुले पेन्सलभेनियामा रहेका नेपाली भाषीहरुलाई भोट हाल्नका लागि प्रेरित गर्न सम्भव भएसम्म हरेक नेपालीको घरमा पुगेका छौँ । एउटा क्षेत्रमा मात्रै पनि करिब चार हजार पाँच सय नेपाली मतदाता छन् । ती ठाउँबाट हामीहरु मतदान गर्न प्रेरित गरिरहेका छौँ ।”

    पेन्सलभेनियामा सामाजिक तथा राजनीतिक काममा सक्रिय रहँदै आउनुभएकी विनिता पुरीले मतदान प्रक्रिया र राजनीतिमा सक्रिया सहभागिता जनाउन का लागि नेपाली भाषी समुदायका बीचमा विभिन्न कार्यक्रम गर्दै आएको बताए।

    पेन्सलभेनियामा नै बस्दै आउनुभएका जीवन दाहालले भने आफैँ पनि डेमोक्र्याटिक पार्टीमा विश्वास गर्ने भएकाले ह्यारिसलाई विजयी गराउन आह्वान गरे । यसैगरी प्रकाश ढुङ्गानाले भने, “एक नागरिकका रुपमा हामीहरुले मतदानमा भाग लिनु र आफूले मन पराएको उम्मेदवारलाई विजयी गराउनुपर्छ । हामी अमेरिकामा एक आप्रवासीका रुपमा आएका छौँ । यसलाई संवैधानिक अधिकारका रुपमा उपयोग गर्दै राजनीतिक मार्गचित्र तयार गर्नुपर्छ जसले गर्दा भावी पिँढीलाई राजनीतिमा लाग्न प्रेरणा प्रदान गरोस् ।”

    नेपालीहरु पनि दुवै पक्षधर

    आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन् । नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त टिप्पणी र पोष्टहरु राखेका छन् ।

    ब्याटल ग्राउण्ड स्टेटको विश्लेषण 

    अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने राज्यका रुपमा अहिले पेन्सलभेनिया रहेको छ । उक्त राज्यमा ६७ वटा क्षेत्र (काउन्टी)मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णय भूमिका निर्वाह गर्ने चुनावी अभियानमा सहभागी स्वयंसेवकको भनाइ छ ।

    चुनावी र्‍यालीको अन्तिम

    अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा चुनावी र्‍यालीको अन्तिम तयारीस्वरुप स्थानीय समयअनुसार सोमबार अपराह्न पेन्सलभेनियाको फिलाडेल्फिया म्युजियम अफ आर्ट अगाडि आयोजना हुने र्‍यालीलाई उपराष्ट्रपति ह्यारिसले सम्बोधन गरेकी छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि सोमबार साँझ पेन्सलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका छने ।

    अमेरिकाको यसपटकको निर्वाचनले दुई सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रोपटक ह्वाइट हाउसको यात्रालाई निरन्तरता दिनुहुनेछ भन्ने विषयको निक्र्यौल आज हुने निर्वाचनले गर्नेछ । कूल २३ करोड १० लाख मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता (रजिस्टर्ड) गरेका तथ्याङ्क छ । यसैगरी कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्न सक्नेछन् ।

    मधुकर अधिकारी/रासस

  • अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

    अमेरिकाले बी-५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

    तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरानमा बी-५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् ।

    ‘यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर भएको हाम्रो बुझाइ रहेको छ’, बाघाईले एक पत्रकार सम्मेलनमा भने, ‘यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन ।’

    अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी-५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।

    अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरान समर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमान्डरको हत्या गरेको थियो । यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।

    उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

    बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् ।

    इरान समर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए ।

    इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

    सोमबार इरानका राष्ट्रपति मसुद पेजेशकियानले इरानसँग क्षेप्यास्त्र रहेको भन्दै इजरायलले हामीमाथि आक्रमण गर्ने आँट नगर्ने बताएका थिए ।

    पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए ।

    इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए । -रासस/एएफपी

  • जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण

    जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण

    टोकियो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच-थ्री रकेट प्रक्षेपण गरेको छ ।

    जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच-थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

    यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो ।

    जापानको एचथ्री रकेटले एच-२ ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ ।

    मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमबारको एच-थ्रीको प्रक्षेपण यो वर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो । -रासस/एएफपी

  • इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

    इन्डोनेसिया । पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

    फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

    ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन् ।

    इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताए । उनका अनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।

    एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ ।

    ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौं मानिस अन्यत्र शरण लिन बाध्य भएका छन् ।

    ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको (केन्द्रविन्दु) को सात किलोमिटर दायराभित्र केही गतिविधि नगर्न निर्देशन दिएको छ ।

    पछिल्लो समयमा माउन्ट लेवोटोबी लाकी-लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रुपमा वृद्धि भई घरहरुमा क्षति गरेपछि स्थानीयले सामुदायिक भवनमा शरण लिएका छन् ।

    ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ । -रासस/एएफपी

  • अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष

    अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष

    काठमाडौं । नेपालमा मूलधारका मिडियाले कहिल्यै पनि यो उम्मेदवारलाई भोट हाल भन्दैनन् । नेपालमा विभिन्न दलहरूका विभिन्न पत्रकारका संस्थाहरू छन् । जस्तै कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर आदि । तर, आफ्नो सरकार भए पनि पत्रकारहरूमा कुनै समस्या भएमा पनि यिनीहरूले पत्रकार महासङ्घबाट कडा शब्दमा आलोचना गर्छन् । अमेरिकी कथा फरक छ ।

    अमेरिकी धेरैजसो मूलधारका मिडियाहरूलाई कुन दल र कुन उम्मेदवारको पक्षमा भन्ने कित्ताकाटै हुन्छ । उनीहरू हाकाहाकी यो दल र यो उम्मेदवार राम्रो भन्दै सिफारिस नै गर्छन् । भोली अर्थात् नोभेम्बर ५ मा अमेरिकी चुनाव हुँदै छ । राष्ट्रपतीय चुनावमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार छिन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार छन् । दुई दलीय देश अमेरिकाका मिडियाहरू पनि दुई दलीय जस्तै छन् ।

    कुन कुन मिडिया कुन कुन उम्मेदवारको पक्षमा ?

    अमेरिकाको चर्चित अखबार न्यू योर्क टाइम्स कमलाको पक्षमा छ । डमोक्रेटिक पार्टीको पक्षमा छ । यो कोरा आरोप मात्रै होइन । अपवाद छाडेर यो अखबारले सबै चुनावमा डेमोक्रेटिक दललाई समर्थन गर्छ । कतिसम्म भने स्थानीय र राज्यको चुनावमा पनि यसले समर्थन गर्ने गरेको थियो । जुन अहिले आएर भने बन्द गरिएको न्यू योर्क टाइम्सले गत अगस्टमा सार्वजनिक गरेको थियो ।

    न्यू योर्क टाइम्स जस्तै सीएनएनलाई पनि डेमोक्रेटिक पक्षधर मानिन्छ । यस्तै अमेरिकाको सरकारी सहयोगमा चल्ने एनपीआर नामक रेडियो पनि डेमोक्रेटिक दलकै पक्षधर भनिन्छ । जो बाइडेन पुत्रको ल्यापटक प्रकरण आउँदा एनपीआरले प्रकाशन गरेन । नगरेपछि पत्रकार उरी बर्लिनरले आवाज उठाए । उनको जागिर गयो । यो नेपालको गोरखापत्रमा बेलाबखत हुने अवस्था जस्तै अवस्था हो भन्न सकिन्छ ।

    रिपब्लिकन पार्टीको पक्षमा पनि मिडिया छन् ।  अखबारमा न्यू योर्क पोस्ट र वालस्ट्रिट जर्नललाई रिपब्लिकन कित्तामा राख्ने गरिन्छ । यस्तै टेलिभिजनमा फक्स न्युज रिपब्लिकन कित्तामा छ । अमेरिकी अनुसन्धान गर्ने विभिन्न संस्थाहरूका खोज, जनमत सङ्ग्रह र अरू प्राज्ञिक अध्ययनहरूबाट पनि अमेरिकी मिडियाहरू दलकारिता अगाडी भएको र जनताले कुन दलको कुन मिडिया हो भन्न सक्ने अवस्था छ ।

    दलकारिता नगर्ने घोषणा गर्दा वासिङटन पोस्टले गुमायो दुई लाख बढी ग्राहक

    अमेरिकी पत्रकारिताका अझ रोचक कुरा यो छ कि म दलकारिता गर्दिन । अब कुनै उम्मेदवारलाई सहयोग गर्दिन भन्नेको पनि अवस्था कमजोर छ । यसको पछिल्लो उदाहरण हो वासिङटन पोस्ट । पोस्टले यो सालबाट कुनै उम्मेदवारलाई समर्थन नगर्ने भन्यो । सम्पादकीय टोलीले कमलालाई समर्थन गरेको सामाग्री तयार भएपछि अन्तिममा आएर खर्बपति मालिक तथा अमेजनका पनि साहु रहेका अखबारका साहु जेफ बेजोसले त्यो मानेनन् ।

    उनले अखबारमा लेखै लेखेर ७० प्रतिशत हाराहारी अमेरिकीमा मिडियाको विश्वास नभएकोले विश्वास फर्काउन दलकारिता नगर्ने र स्वतन्त्र पत्रकारिता गर्ने उनले बताए । तर, दलकारिता मन पराउने अर्थात् डेमोक्रेटिक पार्टीले पाउँदै आएको समर्थन नपाएपछि धेरै बिच्किए । ग्राहकहरू घटे । विभिन्न समाचारहरू अनुसार दुई लाख भन्दा धेरै डिजिटल ग्राहकहरू गुमे । एक डेमोक्रेटिक पार्टी पक्षधर सम्पादकले राजीनामा पनि दिए । लस एन्जलस टाइम्सले पनि उम्मेदवारलाई समर्थन नगर्ने भएको छ । उसले पनि परम्परागत रुपमा डेमोक्रेटिक पार्टीलाई समर्थन गर्दै आएको थियो ।

    मूलधारले अखबार भन्दा पडकास्टमा अन्तरवार्ता लोकप्रिय 

    अमेरिकी मिडियाहरूले दलकारिता गरेर हो वा विश्वास गुमाएर हो उनीहरूका दर्शकहरू घट्दो क्रममा छन् । यो धेरैले बुझेका छन् । त्यही भएर उम्मेदवारहरूले मूलधारका भन्दा पडकास्टमा अन्तरवार्ता दिन चासो देखाएका छन् । र, पडकास्टको दर्शक धेरै पनि देखिएका छन् । त्यसका एक उदाहरण हो कमला ह्यारिसले सीएनएनलाई दिएको अन्तरवार्ता र डोनाल्ड ट्रम्पले जो रोगनलाई दिएको अन्तरवार्ता ।

    रोगनसँग अन्तरवार्ता दिएका ट्रम्पका दर्शक ४ करोड ४० लाख भन्दा धेरै छन् । तर, सीएनएनमा अन्तरवार्ता दिएकी कमलाका दर्शक आधा करोड पनि पुगेका छैनन् । एकातर्फ दलकारिताको दलदल, अर्कोतर्फ मूलधार भन्दा पडकास्टको लोकप्रियता बढी भएकोले अमेरिकी मिडियाहरूको विश्वसनीयता ७० प्रतिशत नभएको रिपोर्टहरू सार्वजनिक भइरहेका छन् त्यही रिपोर्टलाई जेफ बेजोसले पनि चर्चा गरेका थिए ।