Category: विश्व प्रेस

  • भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणपछि निधन

    भारतीय कम्युनिष्ट नेता सीताराम यचुरीका छोराको कोरोना संक्रमणपछि निधन

    एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीका जेठा छोरा आशिषको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    नेता यचुरीले ट्वीटमार्फत छोराको कोरोनाका कारण निधन भएको जानकारी दिएका हुन् । दुई साताअघि कोरोना संक्रमण भएपछि अप्रिल १२ मा  ३५ वर्षीय आशिषलाई दिल्लीको गुडगाउँस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।

    नेता यचुरीका अनुसार विहान साढे ५ बजे आशिषले अन्तिम स्वास लिएका हुन् । उनले ट्वीटमार्फतनै आफ्नो छोराको प्राणरक्षाका लागि हरसम्भव प्रयास गर्ने फ्रन्टलाइनका स्वास्थ्यकर्मी र अस्पतालका सफाइ कर्मचारीलाई धन्यबादसमेत दिएका छन् ।

  • अक्सिजन चुहिँदा भारतमा २२ कोभिड बिरामीको मृत्यु

    अक्सिजन चुहिँदा भारतमा २२ कोभिड बिरामीको मृत्यु

    दिल्ली । अक्सिजन आपूर्ति चुहावट हुँदा भारतमा २२ जना कोभिड–१९ बिरामीको मृत्यु भएको छ । नासिक सहरस्थित जकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन अर्को ट्यांकरमा सञ्चय गर्दा उक्त घटना भएको हो ।

    घटना कसरी भयो र बिरामीको अक्सिजन आपूर्ति किन रोकियो भन्नेबारे अधिकारीहरुले छानविन गरेका छन् । तर, झन्डै ३० मिनेटसम्म भेन्टिलेटरमा अक्सिजन आपूर्ति नहुँदा ती बिरामीको मृत्यु भएको हो ।

    सहरका नगर प्रमुख कैलाश जादवले घटनाबारे छानविन गर्ने र दोषीलाई कार्वाही गर्ने बताए । उच्च मागका कारण अस्पतालहरुले अक्सिजनको आपूर्ति सुचारु गर्न संघर्ष गरिरहेका छन् ।

  • बाइडन र सीबीच पहिलोपटक वार्ता हुँदै, जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

    बाइडन र सीबीच पहिलोपटक वार्ता हुँदै, जलवायु परिवर्तनको मुद्दा केन्द्रमा

    वासिङ्टन । राष्ट्रपतिय कार्यभार सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ समकक्षी सी जिङपिङबीच विहिबार पहिलोपटक वार्ता हुने भएको छ ।

    अमेरिकी निम्तोमा दुई राष्ट्रपतिबीच जलवायु परिवर्तनको मुद्दामा छलफल हुन लागेको हो । बाइडनले अन्य एकदर्जन मुलुकका सरकार एवं राष्ट्रप्रमुखलाई पनि वार्तामा निम्तो दिएका छन् ।

    भर्चुअल छलफल विहिबारदेखि सुरु हुने भएको छ । सन् २०१५ को पेरिस सहमति र कार्वन उत्सर्जन कटौतीजस्ता सन्धीमा अमेरिकाको पुनरागमनपछि यस्तो छलफल हुन लागेको हो ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चिन्याङका अनुसार राष्ट्रपति सीले भिडियोमार्फत महत्वपूर्ण सम्बोधन गर्ने भएका छन् । चीनको मानव अधिकार अवस्थालाई लिएर दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीच तनाव चुलिएको बेला यस्तो छलफल हुन लागेको हो ।

    गतमहिना अमेरिकी भूभाग अलास्कामा दुई मुलुकका विदेशमन्त्रीबीच छलफल भएपनि कुनै निष्कर्ष निस्किएन । तर, यसैसाता सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने यी दुई मुलुकले जलवायु परिवर्तनको मुद्दामा मिलेर काम गर्ने सहमति जुटाएका छन् ।

     

  • लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

    वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।

    कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् ।

    ‘यो कोभिड सङ्कटका लागि विरोधाभास हो,’ अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले बताए । ‘हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरुमा जोखिम बढ्नेछ ।’

    कोभिड-१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरुले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् ।

    विश्लेषकहरुको भनाईमा, सबै बेरोजगार व्यक्तिहरु आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।

    ‘मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेहरुमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,’ जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् ।

    अमेरिकी जनसंख्याका एक चौथाईले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजूद देशको तीन चौथाई भाग कोभिड-१९ को सङ्क्रमण हुने जोखिममा छ ।

    जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरु पूर्णकालीक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरुका लागि यो अर्को चुनौती हो ।

    विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड-१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् १ करोड ४० लाख रोजगारी पुनस्र्थापना भइसकेको छ ।

    तैपनि, स्व-रोजगारमा रहेका समेत झण्डै १ करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।

    तर अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताए । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ ।

    गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, ‘कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून-ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।’

    भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूहरुले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाईका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

    बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदूरलाई घरमै राख्ने थुप्रै कारकहरु रहेको जनाएको छ जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्टसम्म उनीहरुले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् ।

    शिकागो शाखाले मानिसहरु रोजगारीमा फर्कन कठिनाई हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाई र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ ।

    अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् ।

  • चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

    चिनियाँ राष्ट्रपति सी र साउदी अरेबियाका राजकुमारबीच टेलिफोन वार्ता

    चीन र साउदी अरबबीच जलवायु परिवर्तन र क्षेत्रीय सुरक्षा प्रत्याभूत गरी अघि बढ्ने बिषयमा मङ्गलबार सहमति भएको छ ।

    चीनका राष्ट्रपति सी चिन फिङ र साउदी अरबका राजकुमार मोहमद बिन सालमानबीच भएको टेलिफोन वार्तामा उक्त सहमति भएको हो ।

    चीनले साउदी अरबसँग मिलेर ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, उच्च प्रविधिआदि क्षेत्रहरूको सहयोग बनोट खडा गर्ने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वयलाई सबल पार्ने, चीन र साउदी अरबको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई थप बिस्तार गर्ने विश्वास लिएको चिनियाँ राष्ट्रपति सीले बताए ।

    राजकुमार मोहमदले साउदी अरबले चीनसँग जनवायु परिवर्तनको सामना र वातावरणीय संरक्षण क्षेत्रमा रणनीतिक सहयोग बढाउने आशा लिएको कुरामा जोड दिएको चिनियाँ राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

  • जर्ज फ्लोएड हत्यामा अमेरिकी पूर्वप्रहरी अधिकारी दोषी ठहर

    जर्ज फ्लोएड हत्यामा अमेरिकी पूर्वप्रहरी अधिकारी दोषी ठहर

    काठमाडौं । अफ्रिकी-अमेरिकी जर्ज फ्लोएडको हत्या अभियोग लागेका एक पूर्व प्रहरी अधिकारी दोषी पाइएका छन् । गतवर्ष मिनिआपोलिसको सडकमा भएको उक्त घटनाको न्यायिक छानविन जुरीहरुको एक कमिटीले गरेको थियो ।

    गतवर्षको मे महिनामा मिनिआपोलिसको सडकमा श्वेत जातिका एक ४५ वर्षीय प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा लामो समय फ्लोएडको घाँटी थिचेर हत्या गरिएको भिडियो भाइरल बनेको थियो । उक्त भिडियो लगत्तै विश्वका विभिन्न स्थानमा प्रदर्शन चर्किएको थियो ।

    शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाका गैरकानूनी हत्या सामेल छन् । शोभिनलाई जेल सजाय नतोकिँदासम्म उनी हिरासतमै रहनेछन् र दशकौंसम्म जेल जीवन बिताउनुपर्ने हुनसक्छ ।

    निर्णयपछि अदालतबाहिर खुशिका दृश्य देखिएका थिए । फ्लोएड परिवारका वकिल बेन क्रम्पले उक्त निर्णय इतिहासको घुम्ती भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति जो बाइडन, उपराष्ट्रपति कमला ह्यारिस, पूर्वराष्ट्रपति बराक आबोमा लगायतले अदालतको निर्णयप्रति प्रसन्नता व्यक्त गरेका छन् ।

  • विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन

    विद्रोहीसँगको दोहोरो भिडन्तमा घाइते भएका चाडका राष्ट्रपतिको निधन

    एजेन्सी । देशभित्रका विद्रोहीसँगको भिडन्तमा गत साताको अन्त्यतिर घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इदरिस डेबीको उपचारका क्रममा मृत्यु भएको छ ।

    आमचुनावको नतिजा आउनु एक दिनअघि उनको निधन भएकोछ । चुनावमा उनकै पार्टी विजयी हुने आंकलन गरिएको थियो । त्यसो भएको भए उनी छैटौं कार्यकाल देशको राष्ट्रपति बन्ने थिए ।

    राष्ट्रपतिको निधनसँग सरकार र संसद भंग गरिएको छ । देशमा कर्फ्यू लगाइएको छ र अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ६८ वर्षीय डेबीले करिव तीन दशक सत्तामा विताएका छन् । उनी अफ्रिकामै सबैभन्दा लामो समयसम्म सेवा गर्ने राजनीतिज्ञमध्येका पर्छन् ।

    डेबी एक प्रशिक्षित सैनिक अधिकारी हुन् । सन् १९९० मा एक सशस्त्र विद्रोहको माध्यमबाट उनी सत्तामा आएका थिए । फ्रान्स र अन्य पश्चिमा शक्तिहरुको साथ लिएर उनी अफ्रिकाको साहेल क्षेत्रमा जिहादीको विरुद्ध लडाइँमा थिए ।

    ‘डेबीले युद्धको मैदानमा सार्वभौमसम्पन्न राष्ट्रको रक्षा गर्दागर्दै अन्तिम स्वास लिए,’ टेलिभिजनमार्फत सम्बोधन गर्दै चाडका सेनाप्रमुखले घोषणा गरे । उनको राजकीय सम्मानका साथ शुक्रबार अन्तिम संस्कार हुनेछ ।

  • राहुल गान्धीलाई कोरोना सङ्क्रमण, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

    राहुल गान्धीलाई कोरोना सङ्क्रमण, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यलाभको कामना

    काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

    उनले आफ्नो ट्वीटर पेजमा भनेका छन्, ‘सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला ।”

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

    गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीकाबीच केरला, पश्चिम बंगाल, आसाम, तामिलनाडुलगायतका क्षेत्रमा चुनावी र्‍यालीहरुमा सहभागी भएका थिए ।

    तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी ¥यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए ।

    कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि आफूले सबै र्‍यालीहरू स्थगित गरेको र यसबारे अरु पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए ।

  • उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्ध : सी चिनफिङ

    उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्ध : सी चिनफिङ

    बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बिआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् ।

    बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं ‘हार्ड’ र ‘सफ्ट’ जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रवद्र्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ ।

    उनले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गरे ।

    राष्ट्रपति सी ले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गरे । उनले बेल्ट एन्ड रोड (बिआरआई) लाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गरे ।

    सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा ३ करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने छ, विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सी ले बताए ।

    उनले भने, ‘हामी खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने छौं, बिआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध छ ।’

  • अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन

    अमेरिकाका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेको ९३ वर्षको उमेरमा निधन

    अमेरिका पूर्वउपराष्ट्रपति वाल्टर मोन्डाले ९३ वर्षको उमेरमा सोमबार निधन भएको छ । सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएको अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए । त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनयन पनि भएका थिए ।

    पूर्वउपराष्ट्रपति वाल्टर मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र उनको सोमबार निधन भएको परिवारले जनाएको छ । उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए । उनी १२ वर्ष सम्म अमेरिकाको सिनेटर थिए । अमेरिकको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए ।

    उनी अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत भएर पनि काम गरेका थिए ।

  • नासाको हेलिकप्टर मंगलग्रह पुर्‍याइयो, ३० सेकेण्डमा तीन मिटरकाे सफल उडान

    नासाको हेलिकप्टर मंगलग्रह पुर्‍याइयो, ३० सेकेण्डमा तीन मिटरकाे सफल उडान

    एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को एक हेलिकप्टरलाई मंगल ग्रहमा पुर्‍याइएको छ।

    राइट दाजुभाइले पहिलो वायुयान उडाएको ११७ बर्षपछि मंगल ग्रहमा नासाको हेलिकप्टर पुगेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सन्जालमार्फत खुसी व्यक्त गरेको छ ।

    नासाको आधिकारिक ट्वीटर लगायतका सामाजिक संजालमा मंगल ग्रह पुगेको ‘लघु हेलिकप्टर’को तस्बिर र भिडियो सार्वजनिक भएको छ। रकेट मार्फत मंगल ग्रह पुर्‍याइएको यो लघु हेलिकप्टर ३० सेकेन्ड उडान भरेर ३ मिटर तीन मिटर पर पुगेको अमेरिकी दूतावासले नासालाइ उदृत गर्दै आफ्नो ट्वीटरमा उल्लेख थरेको छ ।

    मंगलग्रहमा आजको यो हेलिकोप्टर उडान पहिलोपल्ट हो । पृथ्वीको वायुमण्डलको १५ प्रतिशतमात्रै मात्रै हावा भएको मंगल ग्रहमा हेलिकप्टर उडाउनु अत्यन्तै जोखिम हुने बीबीसीले उल्लेख गरेको छ।

  • रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्कासित

    रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्कासित

    मस्को । रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।

    गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश दिएपछि दुबै देशबीच आरोप प्रत्यारोप जारी छ ।

    सन् २०१४ मा चेक गणतन्त्रको स्क्रिपालस्थित सैनिक शिविरमा बिस्फोटमा रसियाको संलग्नता रहेको चेक गणतन्त्रको दाबी छ । यस घटनामा दुई जनाको मृत्यु भएको थियो ।

    यसैबीच प्रहरीले बिस्फोटमा संलग्न रहेको आशंका गरिएका दुई जना रसियालीको खोजी गरिरहेको जनाएको छ । ती दुई व्यक्तिले नै पूर्व रसियाली डबल एजेन्ट सर्गेई स्क्रिपाललाई सन् २०१८ मा लन्डनमा घातक विष-आक्रमण गर्न पासपोर्ट प्रयोग गरेको प्रहरीको भनाई छ ।

    चेक सञ्चार माध्यमले ती दुई रसियालीहरु अलेक्जान्डर मिशकिन र अनातोली चेपिगोभ रहेको जनाएका छन् । स्क्रिपाल आक्रमण पश्चात् सार्वजनिक गरेको बिस्फोट स्थल र तस्वीरका भिडियो फुटेजमा आधारित रहेर चेक सञ्चार माध्यमले यस्तो घोषणा गरेका हुन् ।

    तर रसियाले आइतबार उक्त दाबी कपोलकल्पित रहेको जनाएको छ । चेक गणतन्त्रको उक्त दाबी र कारबाही लगत्तै रसियाले मस्कोस्थित चेक गणतन्त्रको राजदूतावासमा कार्यरत २० जना कर्मचारी कुटनीतिज्ञलाई सोमबारसम्म देश छाड्न आदेश दिएको छ ।

    पछिल्ला दिनहरुमा रसिया र पश्चिमी मुलुकहरुबीच कैयौं विषयलाई लिएर मतान्तर चुलिएको छ । खासगरी युक्रेनको सीमा क्षेत्रमा रुसी सैनिक परिचालन बढाइएको, अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरेको तथा अन्य आक्रामक कारबाहीहरु गरेको पश्चिमी मुलुकहरुको आरोप छ ।

  • मंगल ग्रहमा नासाले उडायो हेलिकोप्टर, नासाको चुनौतिपूर्ण मिसन सफल (भिडियो)

    मंगल ग्रहमा नासाले उडायो हेलिकोप्टर, नासाको चुनौतिपूर्ण मिसन सफल (भिडियो)

    काठमाडौं । अन्ततः मंगल ग्रहमा हेलिकोप्टर उडाउने अमेरिकी अन्तरीक्ष नियोग नासाको प्रयास सफल भएको छ ।

    आज दिउँसो नासाको १.८ किलोग्राम तौल भएको इन्जेन्युटी हेलिकोप्टरले रातो ग्रहको उडान थालेको हो । नासाले प्रत्यक्ष प्रसारण गरेको यो दृश्य हेर्न विश्वको ध्यान केन्द्रित थियो ।

    पर्सिभिअरेन्स रोभरलाई भुइँमा छाड्दै जेजेरो क्रेटरबाट इन्जेन्युटी नामक उक्त हेलिकोप्टरले उडान भरेको थियो ।

    गत फेब्रुअरीमा मंगलमा अवतरण भएको पर्सिभिअरेन्स रोभरसँग उक्त हेलिकोप्टरलाई पनि त्यसतर्फ पठाइएको थियो ।

  • आज मंगल ग्रहमा हेलिकोप्टर उडाउँदै नासा, सफल होला प्रयास ?

    आज मंगल ग्रहमा हेलिकोप्टर उडाउँदै नासा, सफल होला प्रयास ?

    काठमाडौं । पहिलोपटक अर्को ग्रहमा हेलिकोप्टर उडानको तयारी भएको छ । नासाको १.८ किलोग्राम तौल भएको इन्जेन्युटी हेलिकोप्टरले सोमबार राती मंगल सतहमा उडान भर्न लागेको हो ।

    गत फेब्रुअरीमा मंगलमा अवतरण भएको पर्सिभिअरेन्स रोभरसँग उक्त हेलिकोप्टरलाई पनि त्यसतर्फ पठाइएको थियो ।

    उक्त हेलिकोप्टर उडानको प्राविधिक तयारी पुरा भएको र मिसन सफल हुनेमा आफू आशावादी रहेको नासाले जनाएको छ । कुनै कारणले पहिलो उडान सफल नभए अर्को साता प्रयास गर्ने तयारीमा नासा छ ।

    रातो ग्रहमा हेलिकोप्टर उडाउनु सजिलो भने नरहेको नासाको सिस्टम इन्जिनियर फराह अलिबाले जनाइन् ।

  • दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

    दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा, भारतमा एकैदिन २ लाख ७३ हजार संक्रमित

    दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा गरेका हुन् ।

    सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् । १६ सयभन्दा बढीको मृत्यु भएको छ ।

  • एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

    एडोब र पिडिएफका निर्माता चार्ल्स चकको निधन

    लस एन्जलस । पोर्टबल डकुमेन्ट फर्म्याट(पिडिएफ)का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चार्ल्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।

    सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको शुक्रबार निधन भएको कम्पनीले जनाएको छ ।

    एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रुपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।

    गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरु पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् ।

    सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गर्नु भएको थियो ।

  • ६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

    ६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

    क्युवाको राजधानी हवानामा शुक्रबारदेखि क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन जारी छ । महाधिवेसनमा ८९ बर्षिय पार्टी महासचिव राहुल क्याष्ट्रोले राजीनामा दिने निश्चित भएको कतारी विश्व समाचार च्यानल अलजजिराले उल्लेख गरेको छ ।

    क्यास्ट्रोको राजीनामासँगै क्युवामा क्यास्ट्रो परिवारको सत्ताको कमान्ड गैर-क्यास्ट्रोको हातमा पुगेको छ । क्युवाली राष्ट्रपति मिगेल दियाज कनेल पार्टीका महासचिव हुने भएका छन् । कनेल सन् २०१८ देखी क्युवाका राष्ट्रपति छन् । राहुल क्यास्ट्रोले राष्ट्रपतिबाट राजीनामा दिएपछि कनेल राष्ट्रपति भएका थिए ।

    क्युवाली नजिर : बृद्ध भएपछि सत्ता हस्तान्तरण

    शुक्रबारबाट सुरु भएको क्युवाली कम्युनिस्ट पार्टीको खुल्ला शत्रमा मन्तव्य दिँदै राहुल क्यास्ट्रोले राजीनामा दिने औपचारिक घोषणा गरेका थिए । ‘आफ्नो मिसन पुरा गरेको’ भन्दै संक्षिप्त संबोधनमार्फत राहुलले राजीनामा घोषणा गरेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले उल्लेख गरेको छ ।

    राहुल क्याष्ट्रो

    राज्यको सक्रिय भूमिका भएको रास्ट्रपति पदबाट राजीनामा दिएको तीन बर्षपछि पार्टीको सर्बोच्च पदबाट पनि राहुलले राजीनामा दिने भएका हुन् । क्युवाको आन्तरिक मामिलामा क्यास्ट्रो परिवारमा यो कुनै नौलो प्रचलन भने हैन ।

    यसको सुरुवात राहुलका दाइ तथा क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोले गरेका थिए । सन १९५९ को क्युवाली क्रान्ती सफल बनाएर सत्तामा आएका फिडेलले सन २००८ मा आफूसँगै क्युवाली क्रान्तिमा होमिएका भाइ राहुललाइ राष्ट्रपति पद हस्तान्तरण गरे ।

    राष्ट्रपति पद हस्तान्तरण गरेको तीन बर्षपछि सन २०११ मा पार्टी प्रमुखको पद पनि हस्तान्तरण गरे । संयोगवश फिडेल र राहुल दुवैले तीन बर्षकै अन्तरालमा राष्ट्रपति र पार्टी प्रमुखको पद हस्तान्तरण गरेका छन । फिडेलको भने सन २०१६ मा मृत्यू भएको थियो । अमेरिकी गुप्तचर संस्था सीआइएको पटक-पटकको हत्या प्रयासबाट बाँचेका फिडेलको २०१६ नोभेम्बरमा ९० बर्षको उमेरमा मृत्यु भएको थियो ।

    राहुल क्यास्ट्रो : सैन्य प्रमुखदेखि पार्टी प्रमुखसम्म

    तत्कालिन क्युवाका सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाको सत्ताविरुद्ध फिडेल क्यास्ट्रोले सन् १९५३ जुलाई २६ बाट सशस्त्र क्रान्ति सुरु गरे । उनलाई अर्जेन्टिनाका क्रान्तीकारी चे ग्वेभाराको समेत साथ थियो ।

    क्रान्ति सुरु गरेको साढे पाँच बर्षमै सफलता पायो । फिडेलको समूह राजधानी हवानामा सन १९५९ को जनवरी ७ मा प्रवेश गरे । छ दिन अगाडि जनवरी १ मै सैन्य तानाशाह बाटिस्टा आफ्ना सहयोगीहरुसहित भागेर डोमिनिकन रिपब्लिक भन्ने देशतर्फ शरण लिन पुगे ।

    सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

    अमेरिकी आडमा सत्तामा बसेका सैन्य तानाशाह बाटिस्टालाई हटाएर सत्तामा आएका फिडेलसँग अमेरिकाको सम्बन्ध राम्रो भएन । सन २०१४ मा ओबामा कालमा केही कूटनीतिक सम्बन्ध बने पनि ट्रम्पको समयमा आएर पुनः बिग्रियो । नयाँ अमेरिकी राष्ट्रपति बाइडेनले समेत ट्रम्पको क्युवाली नीतिमा केहि परिवर्तन गरेका छैनन ।

    क्युवाली क्रान्ति सफल हुनासाथ राहुल क्युवाली सैन्य प्रमुख नियुुक्त भए । गुरिल्ला युद्धमा राम्रो कमान्ड गरेका राहुललाई दाई फिडेलले देशकै सैन्य प्रमुख बनाए । प्रमुख बनेपछि उनले बाटिस्टाका सय सैन्य अधिकारीहरुलाई मारे । बायोग्राफी डटकमका अनुसार सैन्य प्रमुखको पदवहाल हुने बित्तिकै हार्डलाइनर छबि बनाएका थिए राहुलले ।

    सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

    दाई फिडेलको स्वाथ्योपचारको क्रममा उनले कार्यवाहक हुने मौका पाएका थिए । त्यसको दुइ बर्षपछि त उनी औपचारिक रुपमा क्युवाको सरकार प्रमुख नै भए । सरकार प्रमुख भएको तीन बर्षपछि सन् २०११ मा पार्टी प्रमुख भए ।

    सैन्य प्रमुख, सरकार प्रमुखदेखि पार्टी प्रमुख सबै हुन पाए राहुलले । क्युवामा पार्टी प्रमुख धेरै महत्वपुर्ण पद हो । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको ल्याटिन अमेरिकी मुलुक क्युवाको क्युवाली कम्युनिस्ट पार्टीमा ७ लाख संगठित सदस्य रहेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले लेखेको छ ।

     मिगेल दियाज कनेल

    को हुन् मिगेल दियाज कनेल ?

    मिगेल दियाज कनेल अब क्युवाली कम्युनिस्ट पार्टीका महासचिवदेखि क्युवाली सरकार प्रमुखसमेत हुने भएका छन् । क्युवाली क्रान्ति भएको ६२ बर्ष भयो । ६० बर्षका कनेल क्युवाली क्रान्तिभन्दा दुइ वर्ष कान्छा छन् । अर्थात् अब क्युवाली नेतृत्वको बागडोर सम्हाल्ने कमान्डर क्युवाली क्रान्तिमा सहभागी नभएका पुस्ताका कनेल छन् ।

    सन २०१३ मा उपराष्ट्रपति भएपछि मात्रै कनेल क्युवाली राजनीतिमा चर्चित भएका हुन् । उपरास्ट्रपति हुनु अगाडि उनी भिल्ल क्लारा र होल्गुइन नामक प्रान्तका पार्टी नेता भएको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । टाइम्सका अनुसार कनेलसँग शिक्षामन्त्री भएकोसमेत अनुभव छ । कनेलले सेनामा पनि तीन बर्ष सेवा गरेको टाइम्सले लेखेको छ । कनेल राजनीतिको मुलधारमा आउनु अगाडि शिक्षण गर्थे ।

    क्युवामा इन्टरनेट सुविधा ल्याउनुपर्ने पक्षमा वकालत गरेका कनेल निजी तथा वैदेशिक लगानी ल्याउनुपर्ने मुद्धामा उदार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सन् २०२० मा ११ प्रतिशत आर्थिक गिरावट आएको क्युवामा अहिले अमेरिकी प्रतिबन्ध छ ।

    अमेरिकी प्रतिबन्ध र आर्थिक गिरावटले तनावग्रस्त क्युवामा केही आशा दिने काम पनि भएका छन् । जस्तो, क्युवाले आफ्नै दुईवटा नयाँ कोभिड–१९ भ्याक्सिन उत्पादन गर्दैछ । दुईवटामा सोभेराना-२ नामक भ्याक्सिन प्रयोगको चरणमा पुग्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । प्रयोग सफल भएमा क्युवा ल्याटिन अमेरिकाका पहिलो भ्याक्सिन सुपरपावर हुनेछ । यसको जस कनेलले समेत लिनेछन् ।

  • यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक

    यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा रोक

    क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यसवर्षको अन्त्यसम्म विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो देशको अन्तर्राष्ट्रिय सीमा बन्द हुने संकेत गरेका छन् ।

    उनको यस्तो अभिव्यक्तिपछि सन् २०२१ को अन्त्यसम्म विदेशीका लागि अष्ट्रेलिया प्रवेशमा निषेध हुने सम्भावना बढेको छ ।

    यसैसाता पर्थ रेडियोलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री मरिसनले सीमा खुला गरेमा दिनहुँ ठूलो संख्यामा भाइरस भित्रिन सक्ने भएकाले त्यो सम्भव नरहेको बताएका हुन् ।

    अष्ट्रेलियाले आगामी जुनसम्म औपचारिक बोर्डर बन्द गरेको छ । तर, प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिपछि यो समयावधी लम्बिने सम्भावना बढेको छ । अष्ट्रेलियामा रहेका सबै नागरिकलाई खोप लगाएपछि मात्र खुला आवतजावत हुनसक्ने मरिसनले बताए ।

    अष्ट्रेलियाले आगामी जनवरीसम्म सबै नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको छ । अष्ट्रेलियाले सन् २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ ।

    जसले गर्दा कारणवश घर फर्किएका विद्यार्थी र भिसामा रहेका व्यक्तिसमेत अष्ट्रेलिया फर्कन पाएका छैनन् । गत बुधबार अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले पनि सबै नागरिकले खोप लगाएपछि मात्र बोर्डर खुला गर्ने बताएका थिए ।

  • क्युवाली कम्युनिष्ट नेता राहुल क्यास्ट्रोले राजिनामा दिँदै

    क्युवाली कम्युनिष्ट नेता राहुल क्यास्ट्रोले राजिनामा दिँदै

    हवाना । क्युवाली सत्ताको बागडोर लिएका नेता राहुल क्यास्ट्रोले राजिनामा दिने भएका छन् । शुक्रबारबाट जारी कम्युनिस्ट पार्टीको चार दिने राष्ट्रिय भेलाबाट ८९ बर्षका क्यास्ट्रोले पार्टी महासचिवबाट बिदा लिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन ।

    सन् २०१८ मा क्युवाको राष्ट्रपतिबाट राजीनामा दिएर मिगेल दियाज कनेललाई ल्याएका क्रास्ट्रोले पार्टी महासचिव पनि उनैलाइ दिने भएका छन् । सन १९५९ मा सम्पन्न क्युवाली क्रान्तिबाट आफ्ना दाइ फिडेल क्यास्ट्रोसगै उदाएका राहुल सन २००६ मा राष्ट्रपति भएका थिए ।

    दाजु फिडेल बिरामी भएपछि उनी राष्ट्रपति भएका थिए । फिडेलको सन २०१६ मा मृत्यु भएको थियो। प्रधानमन्त्री र पार्टी महासचिव दुवैबाट क्यास्ट्रो परिवारका सदस्य नभएको पहिलो पुस्ताका राहुलको पद हस्तान्तरण सगै सुरु हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    अमेरिकी आर्थिक प्रतिबन्दले तनावग्रस्त क्युवाली नागरिकलाई कोभिड-१९ खोप अनुसन्धानले भने उत्साही बनाएको छ। क्युवाले २ वटा कोभिड-१९ भ्याक्सिनको विकास गरेर अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

  • म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए : राष्ट्रसंघ

    म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए : राष्ट्रसंघ

    म्यानमार । राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

    आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

    आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले गरेको हिंसात्मक आक्रमणका क्रममा उनीहरूको मृत्यु भएको हो, राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले बताए ।

    नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार उनले अप्रिल १३ तारिखसम्मको विवरण प्रस्तुत गरेका थिए ।

    उनले भने, ‘गत फेब्रुअरी १ तारिखदेखि यही अप्रिल १३ तारिखसम्मको विवरण अनुसार म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेका छन् ।’

    आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए ।

    हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यानमारको सत्ता हातमा लिएको छ ।

    तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।

    सेनाले सत्ता लिएकै दिनदेखि सेनाको कदमको सर्वत्र विरोध भइरहेको छ । सेनाले सत्ता लिनु गलत भएको भन्दै राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएका छन् ।

    सर्वत्र विरोध हुदाँहुदै पनि सेनाले अटेरी गरिरहेपछि भइरहेको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ ।

  • चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    चीनको जिडिपी १८.३ प्रतिशत वृद्धि

    बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो ।

    चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।

    यद्यपी, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो ।

    सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको बुहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।

    राष्ट्रिय तथ्याँक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिइन ।

    अघिल्लो वर्षको तुलनामा जिडिपीमा तिब्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो, उनले भनिन ।

    गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याँकले देखाएको छ ।

    औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो ।

    प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताइन् ।

    विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।

    चीनमा शहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा शहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ ।

  • ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख

    ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख

    विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको १ वर्षभन्दा बढी समय व्यतित भइसक्यो । विभिन्न देशहरुमा अहिले कोरोनाको दोस्रो लहरले लपेटिरहँदा सबैभन्दा बढी क्षति दक्षिण अमेरिकी देश ब्राजिलले भोगिरहेको छ ।

    कोरोनाबाट मृत्यु हुनेहरुको आँकडा अन्य देशहरुको तुलनामा ब्राजिलमा निकै उच्च छ । कोरोना भाइरसको संक्रमणले बालबालिकालाई धेरै असर नगर्ने प्रक्षेपणविपरीत यहाँ अहिलेसम्म कोरोनाकै कारण १ हजार ३ सयभन्दा बढी बालबालिकाले मृत्युवरण गरेका छन् ।

    ब्राजिलकी जेसिका रिकर्तेको एक वर्षका छोरालाई कोरोना संक्रमण हुनसक्ने अनुमान त्यहाँको स्थानीय चिकित्सकले अस्वीकार गरिदिएका थिए । बच्चामा कोरोनासँग मिल्दोजुल्दो लक्षण नदेखिएको ती चिकित्सकको दावी थियो । तर, दुई महिनापछि उनले कोरोना संक्रमणकै कारण आफ्नो छोरा गुमाइन् ।

    पेशाले शिक्षिका जेशिकाले लगातार दुई वर्ष आफ्नो प्रजनन क्षमताको उपचार गरे पनि असफल थिइन् । एकदिन अचानक उनी गर्भवती भइन् ।

    ‘उसको नाम प्रकाशसँग जोडिएको थियो । किनभने ऊ हाम्रो जीवनमा एक प्रकाशको रुपमा थियो । उसमा हामीले त्यो खुसी देखेका थियौं, जसको हामीलाई कल्पना नै थिएन,’ आफ्नो छोराबारे जेसिका भन्छिन् ।

    उनले आफ्नो छोरा लुकसलाई भोक नलाग्ने समस्या थाहा पाइन् । लुकस पहिले राम्रोसँग खाना खान्थे । जेसिकाले सुरुमा दाँत आउने समय भएकाले त्यस्तो भएको हो कि भन्ने सोचिन् । तर नर्ससमेत रहेकी उनकी धाइआमाले घाँटीमा एलर्जी भएको हुनसक्ने आंकलन गरिन् । त्यसको केही समयपछि लुकसलाई ज्वरो आउन थाल्यो र स्वास लिन समस्या हुन लाग्यो ।

    जेसिकाले छोरालाई अस्पताल लगिन् र कोरोना परीक्षण गर्न अनुरोध गरिन् । उनी भन्छिन्, ‘डाक्टरले अक्सिमिटर (रगतमा भएको अक्सिजनको मात्रा) मार्फत हेर्दा उसको स्तर ८६ प्रतिशत थियो । र मलाई थाहा छ कि त्यो साधारण नतिजा होइन ।’

    तर ज्वरो धेरै नभएका कारण चिकित्सकले कोभिड परीक्षणको आवश्यकता नरहेको बताए । सायद घाँटीको एलर्जीका कारण समस्या भएको हुनसक्ने भन्दै चिन्ता नलिन भने ।

    चिकित्सकले बच्चालाई कोरोना संक्रमण निकै दुर्लभ भएको भन्दै केही एन्टीबायोटिक दिएर घर फर्काइदिए । १० दिन औषधिको डोज पूरा गरेपछि बालकलाई निको हुँदै गयो । तर उसमा थकानको नयाँ समस्या देखियो । कोरोनाकै कारण यसो भएको भनेर फेरि चिन्ता हुन थाल्यो ।

    उनी भन्छिन्, ‘मेरो छोराका भिडियो मैले नर्स, आफ्ना परिबारका सदस्यलाई पठाएँ । उनीहरुले उल्टै मलाई छोराको धेरै चिन्ता नलिन सुझाए । उनीहरुले सोचेका थिए कि टेलिभिजनमा धेरै समाचार हेरेर म भ्रममा परिरहेको छु । तर मलाई महसुस भइरहेको थियो, मेरो छोरोलाई स्वास फेर्न कठिन भइरहेको छ ।’

    यो मे २०२० को कुरा हो । जतिबेला कोरोना भाइरसको महामारी लगातार फैलिरहेको थियो र उत्तर-पूर्वी ब्राजिलको तम्बोरिलको सिएरा शहरमा २ जनाको निधन भएको थियो । जेसिकाका पति इजरायल अर्को अस्पतालमा जाँदा आफैंलाई संक्रमण हुने चिन्तामा थिए । तर छोराको बिमारी घट्नुको सट्टा बढिरहेको थियो । ऊ धेरै समय सुत्न थाल्यो । जून महिनाको ३ तारिखमा उसले खाना खानेबित्तिकै वान्ता गर्‍यो । जेसिकाले तत्काल अस्पताल पुर्‍याइन् र उसको कोरोना परीक्षण भयो । उसको कोरोना नतिजा ‘पोजेटिभ’आयो ।

    अधिकांश बालबालिकामा एमआईएसको अवस्था

    जेसिकाकाअनुसार त्यतिबेला त्यस अस्पतालमा भेन्टिलेटर थिएनन् । लुकसलाई सोवरालको पेडिएट्रिक इन्सेन्टिभ केयर युनिट (आईसीयू) मा पठाइयो । जो त्यहाँबाट दुई घण्टाको दूरीमा थियो । त्यहाँ गएपछि थाहा भयो उनको छोरामा मल्टी सिस्टम इन्फ्लेमेन्ट्री सिन्ड्रोम (एमआईएस) को बिमारी रहेछ ।

    यो यस्तो स्थिति हो जहाँ भाइरसको विरुद्धमा रोग प्रतिरोधात्मक क्षमता लगभग शून्यको अवस्थामा पुग्छ । जसका कारण शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न असमर्थ हुन्छन् । विशेषज्ञका अनुसार यो अवस्था ६ साताभन्दा धेरै उमेरका बालबालिकामा कोरोना संक्रमण भएपछि आउनसक्छ । यद्यपि यो निकै दुर्लभ हो ।

    तर साओपाउलो विश्वविद्यालयकी महामारी रोग विशेषज्ञ फातिमा मारिन्होका अनुसार उनले महामारीका क्रममा अहिलेसम्म एमआईएसबाट पीडित धेरै बिरामी देखेकी छन् । तर, सबै मृत्युमा यही अवस्था जिम्मेदार भने छैन ।

    लुकसलाई जव अस्पताल भर्ना गरियो, त्यो कोठामा जेसिकालाई बस्ने अनुमति थिएन । उनले त्यहाँ आफ्नो नन्दलाई पनि बोलाइन् ।

    ‘हामी मेसिनको टूँट्-टूँट् आवाजमात्र सुन्न सक्थ्यौं । केहि समयपछि मेसिन बन्द हुन्थ्यो । केही मिनेटपछि फेरि बज्न सुरु हुन्थ्यो,’ उनले भनिन् ।

    सोबरालको आईसीयूमा लुकसलाई एक महिनासम्म उपचार गरेकी बालरोग विशेषज्ञ म्यानुएला मोन्टेले आश्चर्य व्यक्त गर्दै भनिन्, ‘लुकसको स्थिति निकै नै चिन्ताजनक थियो । तर उसमा यस्तो गम्भीर लक्षण हुनुको कुनै कारण थिएन ।’

    राज्यको राजधानी पोर्टालेजाको अलवर्ट सविन चिल्ड्रेन्स अस्पतालकी बालरोग विशेषज्ञ लोहोना तावारेसका अनुसार कोरोना संक्रमण देखिएका बालबालिकामध्ये अधिकांशमा मधुमेह, मुटु, मोटोपनजस्ता अन्य रोगहरु पनि थिए । तर लुकसको हकमा यस्ता कुनै पनि समस्या थिएन ।

    लुकसलाई ३३ दिन आईसीयूमा राख्दा जेसिकाले ३ पल्टमात्र भेट्न पाइन् । लुकसको मुटुको समस्याका लागि इम्युनोग्लोबुलिन नामक औषधिको आवश्यकता थियो, जुन निकै नै महंगो थियो । सौभाग्यबस अस्पतालका एक अर्का बिरामीले त्यस औषधिको एक डोज उपलब्ध गराइदिए ।

    लुकसलाई यो औषधिको एक डोजले मात्र पुगेन । उनको शरीरमा राता टाटाहरु देखिन थाले । लगातार ज्वरो आइरहेको थियो र स्वास लिनका लागि अक्सिजन मास्कको सहायता चाहिन्थ्यो ।

    बिस्तारै उसको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो । ऊ आफैं स्वास लिन सक्षम हुन थालेपछि चिकित्सकले नाटबाट ट्युव हटाइदिए । होसमा आउनेवित्तिकै बालकलाई एक्लोपनको महशुस हुन नदिनका लागि चिकित्सकहरुले भिडियो कलमार्फत जेसिका र इजरायलसँग कुरा गराए ।

    जेसिका भन्छिन्, ‘हाम्रो आवाज सुनेपछि ऊ रोएको थियो ।’

    यो अन्तिमपल्ट थियो जव छोरोले कुनै प्रतिक्रिया दिएको उनले देख्न पाइन् । अर्को भिडियो कलमा छोरोको हालत यस्तो भइसकेको थियो कि मानौं उसको शरीरमा प्राण बाँकी नै छैन । पछि अस्पतालले दिएको सूचनाअनुसार सिटी स्क्यान गरी हेर्दा उसलाई स्ट्रोक भएको थियो । त्यतिबेलासम्म पति-पत्नीलाई लुकस राम्रो तरिकाबाट ठीक भइरहेको भन्दै छिट्टै नै आईसीयूबाट निकालेर जनरल वार्डमा पठाउने आशा देखाइएको थियो । जेसिकाका अनुसार अस्पताल जाँदा उनीहरुलाई छोरा भेट्न भने दिइएन ।

    उनले भनिन्, ‘त्यस रात मैले आफ्नो फोन साइलेन्ट गरेर सुतेँ । सपनामा लुकस म भएको ठाउँमा आयो र मेरो नाकमा चुम्बन गर्‍यो । यो सपना माया र समर्पणको एक ठूलो भावना थियो र म बिहान खुसी हुँदै उठेँ । त्यतिबेला मैले मोबाइल हेर्दा डाक्टरको १० वटा मिस्डकल थियो ।’

    डाक्टरले जेसिकालाई लुकसको हार्ट रेट र अक्सिजन स्तर निकै तीव्र रुपमा घटिरहेका कारण विहान निधन भएको सुनाए ।

    छोराको मृत्युपछि सचेतना अभियान सुरु

    जेसिकालाई आज पनि लाग्छ, लुकसको समयमै कोरोना परीक्षण भएको भए ऊ आज जीवित हुने थियो ।

    ‘यदि डाक्टरले कोभिड होइन भने पनि त्यसको पुष्ट्याईंका लागि कोरोना परीक्षण गर्नुहोला,’ उनले भनेकी छन्, ‘एउटा बच्चाले आफूलाई कस्तो महशुस भइरहेको छ भनेर भन्न सक्दैन । त्यसैले हामी परीक्षणमै निर्भर रहनुपर्छ ।’

    जेसिकाले स्वीकार गरेकी छन्, उचित उपचारमा भएको ढिलाईले नै उनले यो क्षति ब्यहोर्नुपरेको हो ।

    ‘लुकसको उपचार सुरु हुँदा ढिला भइसकेको थियो । उनको फोक्सोले ७० प्रतिशत काम गरेको थियो र मुटु ४० प्रतिशतसम्म सुन्निएको थियो । यस्तो स्थितिबाट पनि बचाउन भने सम्भव थियो ।’

    डाक्टर मोन्टे भन्छिन्, ‘एमआईएस रोक्न त सकिँदैन तर सुरुवाति चरणमै उपचार प्रक्रिया सुरु भयो भने बिरामीलाई बचाउन सकिन्छ ।’

    जेसिका अब ती मानिसहरुलाई आफ्नो कहानी सुनाएर सहयोग गर्न चाहन्छिन् जो गम्भीर लक्ष्यलाई नजरअन्दाज गरिरहेका छन् ।

    बालबालिकालाई कोभिडको खतरा कम हुन्छ ?

    डाक्टर फातिमा हारिन्हो भन्छिन्, ‘बालबालिकालाई कोरोना संक्रमणको खतरा कम हुन्छ भन्ने तर्क भ्रमपूर्ण छ ।’ उनले आफ्नो अनुसन्धानमा थुप्रै संक्रमित बालबालिका भेटेकी छन् ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार २०२० को फेब्रुअरीदेखि २०२१ को मार्च १५ सम्म कोरोनाका कारण ९ वर्षमूनिका ८ सय ५२ र १ वर्षमूनि उमेरसमूहका ५ सय १८ बालबालिकाको निधन भएको छ ।

    अहिलेको अवस्थामा यो संख्या दुई गुणा बढ्नसक्ने अनुमान डा. मारिन्होको छ । उनका अनुसार कोरोना परीक्षणको दायरा साँघुरो हुँदा समस्याले विकराल रुप लिइरहेको छ ।

  • अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

    इन्डियानापोलिस । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् ।

    प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् ।

    एक प्रत्यक्षदर्शी जेरेमी मिलरले स्थानीय विस-टिभीलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले स्वचालित राइफलबाट गोली चलाएको देखेको बताएको छ ।

    प्रहरी प्रवक्ता जेनी कूकले पत्रकारहरुसँग कुरा गर्दै प्रहरी तत्कालै घटनास्थलमा पुगेको र कारबाही थालेको बताएका छन् । उनले भने, गोली चलाउने व्यक्तिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

    प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरुलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ ।

    फेडेक्सका एक प्रवक्ताले कार्यालयमा गोली चलेको र आफूहरुले प्रहरीलाई मद्दत गरिरहेको जानकारी दिएका छन् ।

    सामान ढुवानी गर्ने फेडेक्स कम्पनीको इन्डियानापोलिसमा मात्र चार हजारभन्दा बढी मानिसले काम गर्दछन् ।

    गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।

    संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । यीमध्ये आधाभन्दा बढी गोली चलाएर आत्महत्या गरेका घटना छन् ।

    संयुक्तराज्य अमेरिकामा बन्दुकको नियमन गर्ने बारेमा राजनीतिक तहमा निकै ठूलो बहस हुने गरेको छ, तर बन्दुक राख्ने बारेमा कडा कानुनको अभावमा यसको गलत प्रयोग बढ्दो छ ।

    राष्ट्रपति जो बाइडेनले यसै महिना ६ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको भनाईमा यी व्यवस्थाले अमेरिकामा बन्दुकसँग सम्बन्धित हिंसा कम हुनेछन् ।

  • दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

    सिओल ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

    उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए। सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

    शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

    उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।

    यदि उनी संसदीय सुनुवाईबाट अनुमोदन भयो भने वर्तमान मुन सरकारको उनी तेस्रो प्रधानमन्त्री हुने पनि बताइएको छ ।

    वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि ५ जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ ५ जना मन्त्री राखेको बताइएको छ ।

    यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राखेको बताइएको छ ।

  • ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६० हजार नाघ्यो

    ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६० हजार नाघ्यो

    ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।

    सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ ।

    ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म ३ करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।

    ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरुमा अधिक भार परेको जनाइएको छ ।

  • ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

    ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

    टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।

    तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

    एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।

    जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उनले भने । के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भने, ‘यो सम्भव छ ।’

    उनले अगाडि भने, ‘जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।’

    टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन् ।

    जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

    जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गरे । उनले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताए।

    गत वर्ष पनि कोभिडको सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

    आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ ।

  • दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

    दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।

    दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।

    मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन्  ।

  • जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

    जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

    टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुन ।

    प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्नेछन्।

    अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।

    दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छ: बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु ।

    जापानी विदेश नीति इन्स्टिच्यूटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताए।

    चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान-अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ ।

  • बाइडेनको घोषणा- सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता

    बाइडेनको घोषणा- सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता

    एजेन्सी । अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ (भदौ २६) सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन् ।

    पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ (बैशाख १८) सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँदा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमै रहेको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

    न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा आतंकबादी हमलापछिको २० बर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय हो। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हुँदा अफगानी अधिकारीहरु सशंकित भएको न्यूयोर्क टाइम्सले लेखेको छ ।

    तालिवानका ५ हजार बन्दी गतवर्ष रिहा गरेको अफगान सरकारले अधिकांश बन्दीले पुनः युद्धमा सहभागीता जनाएकोले थप कैदी रिहाइमा आनाकानी गरेको छ।

  • कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

    कोभिड १९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड-१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताएका छन। उनले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनः स्थापनाका कार्यक्रमहरु सञ्चालन गर्न पनि विश्वका देशहरुलाई आग्रह गरेका छन।

    महासचिव गुटर्रेसले आर्थिक आजको अवस्थामा विश्वलाई नै यस महमारीले ठूलो असर गरेको र त्यसका लागि आर्थिक प्याकेजका कार्यक्रमहरु घोषणा गरेर लागू गर्नुपर्ने धारणा राखेका छन ।

    महासचिव गुटर्रेसले आर्थिक प्याकेज पूरा गर्नका लागि विभिन्न ६ वटा मापदण्डहरु अपनाउन सुझाव दिएका छन। उनले विश्वले नै अकल्पनीय रुपमा गएको एक वर्षदेखि यो समस्या भोगिरहेको तर पनि यसबाट भएको आर्थिक क्षति पूरा गर्न सक्नेगरी कुनै पनि देशले कुनै पनि कार्यक्रम राख्न नसकेको बताए ।

    यसबाट विश्वका कैयौँ देश पनि समस्यामा परेका र उनीहरुको आर्थिक समस्या पूरा गर्नका लागि यो अवस्थामा विभिन्न मापदण्डहरुको पनि घोषणा हुनुपर्ने धारणा राखे । यो समस्याबाट विश्वका तीस लाखभन्दा बढी मानिसले यो महामारीबाट ज्यान गुमाउन बाध्य भएका छन् । यसका कारण बाट विश्वका १२ करोडभन्दा पनि बढी मानिस चरम गरिबीको समस्यामा परेका उनले बताए ।

    त्यसैगरी विश्वका २५ करोड मानिसले आफ्नो पूरा समयको जागिर पनि यस महामारीका कारण गुमाउन पुगेका छन् । यसका कारण विश्वले सन् १९९० को दशक पछिको अवस्थामा सबैभन्दा बढी मात्रामा आर्थिक मन्दीको सामना गर्नु परिरहेको अवस्था पनि उनले बताए ।

    यसैले पनि विभिन्न आर्थिक क्षेत्रका प्याकेजहरु ल्याएर आर्थिक पुनः स्थापनाका साथै सुधारका कार्यक्रमहरु गर्नका लागि उनले विश्व समुदायसमक्ष यो आग्रह गरेका छन ।

  • खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

    खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।

    डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भएपनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।

    चीनको बुहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुवाती दिनमा भेटिएका संक्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित आउजाउ गर्नेहरु नै रहेको जनाएको छ ।

    यो अन्तरिम निर्देशिका विश्व जीव स्वास्थ्य संगठन (ओआइइ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को सहकार्यमा निर्माण गरिएको हो ।

    डब्लुएचओले जीवित जङ्गली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । जीवित स्तनपायी जनावरलाई खाद्य बजारहरु खासगरी माछामासुको किनबेच हुने बजारमा नराख्न सदस्य मुलुकलाई आग्रह गरिएको डब्लुएचओले बताएको छ ।

    डब्लुएचओले भनेको छ, ‘जनावरहरु, खासगरी जङ्गली जनावरहरु, ले मानिसमा देखा पर्ने नयाँ संक्रामक रोगहरु ल्याउन ७० प्रतिशतभन्दा बढी भूमिका खेल्ने गरेका छन् । जङ्गली जनावरहरु नयाँ किसिमका रोगहरुका मुख्य स्रोत नै हुन् ।’

    डब्लुएचओले पर्याप्त जोखिम मूल्याङ्कन नगरी यस्ता जङ्गली स्तनपायी जनावर काटमार नगर्न, अन्य खाद्य पसलमा नराख्न र यस्ता जोखिमयुक्त बजारहरु तत्काल बन्द गराउन पनि सरकारहरुसँग आग्रह गरेको छ ।

  • चीनको आयात, निर्यात बढ्यो

    चीनको आयात, निर्यात बढ्यो

    बेइजिङ । चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड-१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ ।

    पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
    कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिड विरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाई छ ।

    चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८.१ प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि हो ।

    निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो ।

    चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१.४ अर्ब डलर पुगेको छ ।

  • म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा

    म्यानमारमा आन्दोलनका क्रममा अहिलेसम्म ७०१ को मृत्यु, ३१ सय थुनामा

    सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ ।

    आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत फेब्रअरी १ तारिकका दिन म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको छ । सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ ।

    अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात रहेको छ । पछिल्लो पटक गत शुक्रबार मात्रै एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको थियो । केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढीको हत्या भएको थियो ।

    गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो । सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

    सेनाले सो निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले निर्वाचन गराउने उद्देश्यका साथ एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकट तर्फ धकेलिएको छ ।

    सेनाले नियन्त्रणमा रहेकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनको वकीलले जानकारी दिएका छन् । उनी माथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअमा पाँच र याङ्गुमा एउटा मुद्दा लगाइएको उनका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।

  • स्थापनाको १७० वर्षमा रोयटर्सले पायो पहिलो महिला प्रधान-सम्पादक

    स्थापनाको १७० वर्षमा रोयटर्सले पायो पहिलो महिला प्रधान-सम्पादक

    काठमाडौं । प्रतिष्ठित समाचार संस्था रोयटर्सले पहिलोपटक महिला प्रधान-सम्पादकको नाम प्राप्त गरेको छ । १७० वर्ष लामो इतिहास बोकेको समाचार एजेन्सीले अलेजान्ड्रा गालोनीलाई आगामी प्रधान-सम्पादकको रुपमा नियुक्त गरेको हो ।

    रोमकी ४७ वर्षिया गालोनीले वर्तमान प्रधान-सम्पादक स्टेफेन जे एडलरको ठाउँ लिनेछिन् । अघिल्लो दशकदेखि उक्त पदमा रहेर काम गरिसकेका एडलरको कार्यकाल आउँदो महिना सकिँदैछ ।

    एड्लरको सम्पादकीय नेतृत्वमा रोयटर्सले सयभन्दा बढी पत्रकारिताका अवार्ड जितेको छ जसमा सात पुलित्जर पुरस्कार समेत सामेल छन् । चार भाषा बोल्न सक्ने गालोनीसँग यसअघि रोयटर्स र वालस्ट्रिट जर्नलमा बिजनेस र राजनीतिक समाचार कभरेज गरेको अनुभव छ ।

    २,४५० जना पत्रकार भएको रोयटर्स संसारकै ठूलो समाचार एजेन्सीमध्येको एक हो । सन् २००८ देखि रोयटर्स थोमसन रोयटर्स कप कम्पनीको रुपमा बदलिएको छ जसले सूचना प्रवाहसँगै सफ्टवेयर विकास, वकिल, कर्पोरेसन र करको सेवा दिने क्षेत्रमा समेत काम गर्छ ।

    रोयटर्सका प्रमुख कार्यकारी अधिकृत स्टिभ हस्करको रणनीतिमा कम्पनीले अहिलेसम्म सर्वाधिक सेयर–मूल्य कायम गरेको छ । रोयटर्स सीइओ हस्करले विज्ञप्ती जारी गर्दै कम्पनी आगामी दिनमा प्रतिबद्ध र निश्पक्ष पत्रकारितामा समर्पित हुने जनाएका छन् ।

  • दुई अमेरिकी सहरमा कर्फ्यु, अश्वेत युवा मारिएपछि तनाव

    दुई अमेरिकी सहरमा कर्फ्यु, अश्वेत युवा मारिएपछि तनाव

    न्यूयोर्क । प्रहरीको गोलीबाट एक अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका दुईवटा सहरमा आपतकालको घोषणा गरिएको छ । मिनियापलिस र सेन्ट पलका मेयरहरूले सहरमा कर्फ्यु लगाएका हुन्।

    २० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा मिनसोटाको ब्रुकलिन सेन्टरमा कारबाट बाहिर निकालिएको थियो।

    त्यसक्रममा उनी आफ्नो कारभित्र प्रवेश गर्न खोज्दा खिचातानी भई प्रहरीको गोली लागेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीले उक्त घटनालाई दुर्घटनाका रूपमा अर्थ्याएको भए पनि राइटको निधनको खबरले त्यस क्षेत्रमा प्रदर्शनहरू भइरहेका छन्।

    प्रदर्शनले उग्र रूप लिन थालेपछि मेयरहरूले आपत्काल घोषणा गरेका हुन्। मिनसोटाका प्रहरी प्रमुख टीम गानन्‍ले उक्त घटना ‘एउटा दुर्घटना’ भएको संवाददाताहरूलाई बताए।

    उनका अनुसार प्रहरी अधिकारीले गल्तीवस गोली चलाएकी थिइन्। तर उक्त घटनालाई लिएर त्यहाँ प्रदर्शनहरू भइरहेका छन्।

    अर्का एक अश्वेत व्यक्ति जोर्ज फ्लोइडको हत्याको आरोपमा एकजना पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा नजिकैको मिनियापलिसमा पनि प्रदर्शनहरू भइरहेका छन्।