Category: विश्व प्रेस

  • टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

    टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

    टोकियो । ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ ।

    जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आगामी जुन १ तारिखबाट खोप लगाउन शुरु गरिने भएको जानकारी दिएको छ ।

    समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

    उनीहरुलाई आगामी मंगबालरबाट टोकियोमा रहेको नेशनस ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

    जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म खोलम्पिक खेलको आयोजना गरिएको छ ।

  • बाइडेनद्वारा कोरोना उत्पतिबारे छानविन गर्न निर्देशन, चीनले भन्यो – राजनीतिकरण नगरौं

    बाइडेनद्वारा कोरोना उत्पतिबारे छानविन गर्न निर्देशन, चीनले भन्यो – राजनीतिकरण नगरौं

    वासिङ्टन । दुई दिनअघि प्रमुख अमेरिकी चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोनाभाइरलाई मानिसले उत्पति गरेको भन्ने कुरा स्वीकार्न आफू तयार नरहेको बताएका थिए ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले खुफिया एजेन्सीलाई ९० दिनभित्र भाइरसको उत्पतिबारे स्पष्ट तथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

    चीनले बुझेरै भाइरस फैलाएको हो वा त्यहाँको प्रयोगशालाबाट चुहावट भएको हो भन्ने तथ्य पत्ता लगाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् ।

    बाइडेनले एक वक्तव्य जारी गर्दै पुनः एकपटक भाइरस उत्पतिको तथ्य र सूचना संकलन गर्न भनेका छन् । संक्रमित व्यक्ति पशुसँगको सम्पर्कमा आउनुभन्दा पहिले नै भाइरस फैलिएको हो वा ल्याबाट बाहिरिएको हो भन्ने तथ्य आउनु जरुरी रहेको जनाइएको छ ।

    बाइडेनले जाँचका लागि सहयोग गर्न चीनलाई आग्रह गरेका छन् । केही दिन पहिले अमेरिकाको वाल स्ट्रिट जर्नलमा प्रकाशितमा उल्लेख भएअनुसार २०१९ को नोभेम्बरमा वुहान प्रयोगशालाका तीन शोधकर्ताले उपचारका लागि आफूलाई अस्पताल भर्ना गर्न आग्रह गरेका थिए ।

    अमेरिकास्थित चिनियाँ दूतावासले बुधबारै एक वक्तव्य जारी गर्दै भाइरस उत्पतिलाई लिएर राजनीतिकरण नगर्न भनेको छ । उसले अमेरिकासहितका पश्चिमा मुलुकले यसबारे ‘षड्यन्त्रको सिद्धान्त’लाई पछ्याइरहेको समेत दाबी गरेको छ ।

     

  • भारतमा ३८ सयको मृत्यु, २ लाख ११ हजार नयाँ संक्रमित थपिए

    भारतमा ३८ सयको मृत्यु, २ लाख ११ हजार नयाँ संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ । यहाँ संक्रमण दरमा कमि आए पनि मृत्युदरमा भने कमि आएको छैन ।

    यहाँ २ लाख ११ हजार २ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ८३ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । पछिल्लो साता भारतमा नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ ।

    भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या २ करोड ७३ लाख भन्दा बढी छन् भने २ करोड ४६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ कुल ३ लाख १५ हजार २ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् भने २४ लाख १९ हजार ९ सय ७ जना संक्रिय संक्रमित रहेका छन् ।

  • भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

    भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

    दिल्ली । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ । भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दाबी गरेका छन् ।

    उनले भने, ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।’

    वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’समेतको संज्ञा दएका छन् । भारतको जनसंख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उनको भनाइ थियो ।

    सामान्यतया हरेक व्यक्तिले ६ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उनले जानकारी दिए ।झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा. त्रेहानले विश्वास व्यक्त गरेका छन् ।

    स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।

    कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ ।

    दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

    भारतमा हाल कोरोनाभाइरसका २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना संक्तमणमुक्त भएसँगै भारतमा हालसम्म कूल दुई करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोरोनाबाट हालसम्म संक्रमित हुनेको कूल संख्या दुई करोड ७१ लाख ५७ हजार रहेको छ ।

  • अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

    अमेरिकी विदेश मन्त्री ब्लिन्केन इजिप्ट प्रस्थान

    जेरुसेलम । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वका देशहरुको भ्रमणको सिलसिलामा इजिप्टतर्फ प्रस्थान गरेका छन् । प्यालेस्टाइन र इजरायलको भ्रमणपछि उनी इजिप्ट र जोर्डनको भ्रमण गर्न लागेका हुन् ।

    इजरायल र हमास विद्रोही समूहबीच ११ दिने युद्धपश्चात् भएको युद्धबिरामलाई स्थायित्व दिने प्रयास स्वरुप विदेश मन्त्री ब्लिन्केन इजरायल, प्यालेस्टाइन, इजिप्ट र जोर्डनको भ्रमण गरेका हुन् ।

    इजिप्टको कायरोतर्फ प्रस्थान गर्नु अघि विदेश मन्त्री ब्लिन्केनले बुधबार इजरायली अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

    युद्धबाट जर्जर भएको गाजा क्षेत्रको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन अमेरिकाले सम्पूर्ण प्रयास गर्ने मन्त्री ब्लिन्केनले प्रतिबद्धता व्यक्त गरेका छन् । तर उनले अमेरिकी अग्रसरतामा उपलब्ध हुने सहायता हमास समूहलाई उपलब्ध नहुने स्पष्ट गरेका छन् ।

    कायरो प्रस्थान गर्नुअघि ब्लिन्केनले इजरायली राष्ट्रपति रुभेन रिभलिनलाई आगामी हप्ताहरुमा अमेरिका भ्रमणका लागि राष्ट्रपति बाइडेनले गर्नुभएको आमन्त्रण पत्र हस्तान्तरण गरेका थिए । रिभलिनको कार्यालयका अनुसार राष्ट्रपति रुभिन रिभलिनले बाइडेनको आमन्त्रणलाई स्वीकार गरेका छन् ।

    ब्लिन्केनले इजिप्ट र जोर्डनले यस क्षेत्रमै शान्ति ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । अमेरिकी गठबन्धनका यी दुई मुलुकहरुले इजरायलसँग शान्ति सम्झौता गरिसकेका छन् । दुबै मुलुकले इजरायल र प्यालेस्टिनी नागरिकबीच उत्पन्न हुने संकटका अवस्थामा मध्यस्थता गर्दै आएका छन् ।

    विदेश मन्त्री ब्लिन्केनले मङ्गलबार पत्रकारहरुसँग कुरा गर्दै युद्धबिराम गराउन इजिप्टले अति महत्वपूर्ण भूमिका निर्वाह गरेको र जोर्डनले क्षेत्रीय शान्ति एवं स्थायित्वका लागि निरन्तर आवाज उठाउने गरेको बताए ।

    इजरायल र गाजासँग सीमा जोडिएको इजिप्टमा विदेश मन्त्री ब्लिन्केनले राष्ट्रपति अब्देल फताह अल-सीसी र अन्य वरिष्ट अधिकारीहरुसँग भेटघाट गर्नेछन् । ब्लिन्केनले इजरायल र हमासबीच युद्धबिरामका लागि मद्दत गर्न फोन समेत गरेका थिए ।

    विदेश मन्त्रीका रुपमा ब्लिन्केनको यो मध्यपूर्वको पहिलो औपचारिक भ्रमण हो । मङ्गलबार इजरायली र प्यालेस्टिनी अधिकारीसँग भएका भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले दुबै पक्षबीच वार्ता गराउन वातावरण तयार गर्ने विश्वास दिलाएका थिए ।

    ब्लिन्केनले प्यालेस्टिनीका लागि चार करोड अमेरिकी डलरको सहायता उपलब्ध गराउने घोषणा गरेका थिए । यो सहित बाइडेन प्रशासनले प्यालेस्टाइनका लागि करिब ३६ करोड डलरको सहायता उपलब्ध गराउने छ । विगतमा ट्रम्प प्रशासनले उक्त सहायता रोक्का गरिदिएको थियो ।

    पश्चिम किरानाको रमाल्लाहमा प्यालेस्टाइन अथरिटीका राष्ट्रपति महमुद अब्बाससँगको भेटवार्तामा विदेश मन्त्री ब्लिन्केनले प्यालेस्टिनी जनताको पक्षमा अमेरिका उभिइरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

  • ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

    ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या चार लाख ५० हजार नाघ्यो

    ब्राजिलमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    गत २४ घण्टामा कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ ।

    गत २४ घण्टामा ब्राजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ ।

    यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् ।

  • चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

    दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् ।

    प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा सुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।

    भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ ।

    बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन् । समुद्रबाट आएका अग्ला-अग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ ।

    दक्षिणस्थित पटुवाखाली जिल्लाको रङ्गबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक जना वरिष्ट प्रशासक मस्फीकर रहमानले जानकारी दिए । उनले नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पुरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको जानकारी गराए ।

    भारतमा पनि टेलिभिजनहरुले पश्चिम बंगालको डिघा समेतका तटीय क्षेत्रका सडकहरुमा घुँडा-घुँडा पानी आएको दृश्य देखाएका छन् । भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरु फुटेका छन् ।

    पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले संवाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिइन् ।

    मङ्गलबार यतामात्र उडिसाका चन्दबाली र पारादिप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो । यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरु आउन सक्ने प्रक्षेपण गरेको छ ।

    कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ । माछा मार्ने डुङ्गाहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

    कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ । गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ताउते नामको समुद्री आँधीका कारण १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

    उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन् ।

  • युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

    युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

    ब्रसेल्स । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड-१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।

    ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड-१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् ।

    नेताहरुले कोभिड-१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् । उनीहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कोभाक्स मार्फत न्यून एवं मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड-१९ को खोप उपलब्ध गराउने योजना छ ।

    तर विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भारतमा कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभाक्सको कार्यक्रममा असर परेको थियो ।

    संयुक्तराज्य अमेरिका, बेलायत र इजरायलमा ठूलो संख्यामा खोप दिइए पनि अन्य युरोपेली मुलुकमा खोप लगाउनेक्रम ज्यादै सुस्त भएको भन्दै आलोचना भए पनि अहिले युनियनमा आबद्ध मुलुकमा खोप लगाउने कार्यमा व्यापक प्रगति भएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनले आगामी मे महिनाभित्रै युरोपेली मुलुकमा ३० करोड डोज खोप उपलब्ध हुने जानकारी गराएकी थिइन् । यस खोपबाट युनियनमा आबद्ध मुलुकका करिब ४५ करोड जनसंख्यामध्ये करिब ४६ प्रतिशतलाई कम्तीमा एक डोज खोप दिन पुग्नेछ ।

    पश्चिमा मुलुकमा खोप अभियान तिब्र गतिमा अगाडि बढे पनि कमजोर मुलुकहरुमा खोपको उपलब्धता ज्यादै न्यून छ । गत साता रोममा आयोजित स्वास्थ्य सम्मेलनमा इटालीका प्रधानमन्त्री मारियो ड्रागीले विश्वका १८० मुलुकमा करिब डेढ अर्ब डोज खोप दिइएको जानकारी गराएका थिए । उक्त खोपमध्ये न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत खोप दिइएको छ जबकी विकसित मुलुकमा झण्डै ८५ प्रतिशतलाई खोप दिइएको छ ।

    कमजोर राष्ट्रहरुलाई खोप अनुदानमा दिइनुका साथै युरोपेली नेताहरुले स्थानीय स्तरमै खोप उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए ।

    तर युरोपेली युनियनले कुन खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन लागेको हो भन्ने बारेमा केही खुलाइएको छैन । युरोपेली युनियनले हालसम्म फाइजर, मोडर्ना, अस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोपलाई युरोपेली मुलुकका लागि अनुमति दिएको छ । संयुक्तराष्ट्र अमेरिकाले यसै महिनाको शुरुमा अस्ट्राजेनिका खोप आठ करोड डोज कमजोर मुलुकहरुलाई प्रदान गर्ने घोषणा गरेको थियो ।

  • भारतमा बुधबार ४१ सयको मृत्यु, २ लाख ८ हजार संक्रमित थपिए

    भारतमा बुधबार ४१ सयको मृत्यु, २ लाख ८ हजार संक्रमित थपिए

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाले ज्यान गुमाएका छन् । २ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ९५ हजार ९ सय ९५ जना डिस्चार्ज भएका छन् ।

    भारतमा संक्रमण दर घट्दै गएपछि मृत्यु दर भने घटेको छैन । हालसम्म भारतमा २ करोड ७१ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ४३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३ सय ८८ जना रहेको छ भने २४ लाख ९५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

  • अमेरिकी विदेशमन्त्री इजरायल पुगे, गाजा युद्धविरामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने

    अमेरिकी विदेशमन्त्री इजरायल पुगे, गाजा युद्धविरामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल गर्ने

    संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पुर्‍याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुगेका छन् ।

    उनले एक दशकभन्दा बढी समयसम्म अवरुद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आएका हुन् । प्यालेस्टिनी विभाजन तथा इजरायली कट्टरपन्थी नेतृत्वका कारण जेरुशेलम र वरपरको पवित्र धार्मिक स्थलहरूमा एक दशकभन्दा लामो समयदेखि शान्ति प्रक्रियाका लागि जटिल समस्या बनेको बिषयलाई मिलाउन सहजीकरण गर्ने बताइएको छ ।

    केही दिन पहिले रोकिएको ११ दिन लामो गाजा द्वन्द्वका कारण २५० व्यक्तिले ज्यान गुमाएका छन् । मारिनेमा अधिकांश प्यालेष्टिनी परेका र इजरायली तथा प्यालेष्टिनी पक्षबीच भउका रकेट आक्रमणका कारणकम्तीमा १०० महिला तथा बालबालिकासमेतको मृत्यु भएको थियो ।

    दोहोरो युद्धमा गरीव समुद्री तटवर्ती इलाकामा व्यापक भौतिक संरचनाको समेत विनाश भएको थियो । ब्लाइन्केनले इजरायल र पश्चिमी देशहरूले आतंकवादी ठान्ने गाजाका अतिवादी हमास शासकहरू संलग्न नगरी पुनर्निर्माण समन्वयमा ध्यान केन्द्रित गर्ने अपेक्षा राखिएको छ ।

    शुक्रबारदेखि बार्यान्वयनमा आएकोे युद्धविराम सम्झौताले अझै कुनै पनि अन्तर्निहित मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको धारणा आइराखेका समय भएको अमेरिकी विदेशमन्त्री ब्लाइन्केनको भ्रमण लाई गाजा क्षेत्रमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा लिइएको छ ।

    वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि मध्यपूर्व पुग्ने ब्लाइन्केन पहिलो उच्च पदस्थ अमेरिकी अधिकारी हुन् । जो बाइडेनको आगमनसँगै यस क्षेत्रको जटिल समस्याबाट अमेरिकालाई बाहिर राख्ने र जलबायु परिवर्तनको मुद्दा र चीनसँगको प्रतिस्पर्धामा केन्द्रित हुने आशा गरिरहेका समय इजरायलले गाजामा गरेको आक्रमणपछि आफ्ना धेरै पूर्ववर्तीहरु जस्तै बाइडेन पनि पनि मध्य पूर्वमा व्याप्त हिंसाको अर्को संस्करणमा तानिएका छन् ।

    अमेरिकी विदेशमन्त्री इजरायलबाट आफ्नो यात्रा सुरु गरेका छन् । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू दुई बर्षमा चौथो निर्णायक निर्वाचन पछि आफ्नो राजनीतिक जीवनको लागि लडिरहेका समय इजरायली ठूलो समूहबाट कडा आलोचना खेपिरहेका नेतान्याहूसँग भेट्ने कार्यक्रम रहेको छ । नेतन्याहुलाई इजरायली कट्टरवादी समूहहरूले प्यालेस्टेनी आक्रमणलाई निस्तेज पार्न वा गाजाका कट्टरपन्थी हमास शासकहरुलाई भारी चोट नपुर्‍याएको समेत आरोप लागेको छ ।

    जरुशलेमको इजरायली प्रहरी र प्यालेस्टाइन प्रदर्शनकारीबीच अल-अक्सा मस्जिद परिसर र यसका वरिपरिको इलाकामा हप्तौंसम्म चलेको झगडाले यो युद्धलाई निम्त्याएको थियो । इजरायलले मुसलमानको पवित्र रमजान महिनामा उक्त क्षेत्रमा बसोबास गर्ने यहूदी बस्तीले दर्जनौं प्यालेस्टिनी परिवारलाई धम्की दिएको भन्दै पछिल्लो युद्धको सुरुवात भएको थियो ।

    नेतान्याहूले अल-अक्सा वा बेदखलीहरूसम्बन्धी कुनै सार्वजनिक सहुलियतहरु लिने सम्भावना छैन किनकि यो हमासको मागलाई मानेको जस्तो देखिन्छ ।

    ब्लाइन्केनले छिमेकी इजिप्ट र जोर्डनको पनि भ्रमण गर्ने कार्यक्रम छ । शुक्रबार भएको युद्धविरामपछि पनि कतिपय हिंसात्मक घटना भइरहेका समय अमेरिकी विदेशमन्त्रीको आवागमनलाई महत्वकासाथ लिइएको छ ।

    -रासस

  • जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

    जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव

    अमेरिकाले कोरोनाभाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल-४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड-१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।

    त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ ।उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल-४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।

    यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ ।

  • भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    भारतमा कोरोना संक्रमण ओरालो लाग्दै, मृत्युदर भने स्थिर

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ । १ लाख ९६ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख २६ हजार ८ सय ५० जना डिस्चार्ज भएका छन् ।

    भारतमा कोरोना संक्रमण दर केहि दिनयता ओरालो लाग्दै आएको छ भने मृत्युदरमा भने कमी आएको छैन । भारतमा कूल संक्रमित हुनेको संख्या २ करोड ६९ लाख भन्दा बढी रहेको छ भने २ करोड ४० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    यहाँ ३ लाख ७ हजार २ सय ३१ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ८६ हजार ७ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् ।

  • डाइनोसरको मूर्तिभित्र एक व्यक्तिको लास भेटियो

    डाइनोसरको मूर्तिभित्र एक व्यक्तिको लास भेटियो

    काठमाडौं । स्पेनको क्याटलोनियामा रहेको एक डाइनोसरको मूर्तिभित्र एक व्यक्तिको लास भेटिएको छ । ३९ वर्षीय ती व्यक्तिले मूर्तिभित्र खसेको आफ्नो मोबाइल निकाल्ने कोसिस गर्दा भित्रै अड्किएर मृत्यु भएको प्रहरीले बताएको छ ।

    एक बाबुछोराले सूचना दिएपछि उनको शव शनिबार प्रहरीले बाहिर निकालेको हो ।

    ‘घटनाको प्रवृत्ति हेर्दा उनी मूर्तिभित्र खसेको मोबाइल निकाल्ने कोसिस गर्दै थिए,’ प्रहरीले भनेको छ, ‘उनले पहिले टाउको छिराएर भित्र पसेको र त्यहीँ अड्किएर मृत्यु भएको हुनसक्छ ।’

    ती व्यक्तिको शव बाहिर निकालेपछि त्यो स्थानबाट मूर्ति हटाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

  • भारतीय विदेशमन्त्री जयशंकर न्यूयोर्कमा, अमेरिकी विदेशमन्त्री र राष्ट्रसंघीय महासचिवसँग भेटवार्ता गर्ने

    भारतीय विदेशमन्त्री जयशंकर न्यूयोर्कमा, अमेरिकी विदेशमन्त्री र राष्ट्रसंघीय महासचिवसँग भेटवार्ता गर्ने

    न्यूयोर्क । भारतीय विदेशमन्त्री एस जयशंकर अमेरिकाको न्युयोर्क पुगेका छन् ।

    अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

    गत जनवरीमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको रुपमा भारतको प्रवेशपछि उनले पहिलो पटक भ्रमण गरेका हुन् ।

    भ्रमणका क्रममा उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई भेट्ने जनाइएको छ ।

    उनीहरुका बीचमा मंगलबार भेट हुने कार्यतालिका रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    गुटेर्रेसलाई न्युयोर्कमा भेटेपछि ब्लिन्केनलाई भेट्न उनी वासिङ्टन जाने कार्यक्रम छ ।

    उनको अमेरिका भ्रमण यही मे २८ मा सकिने भएको छ । भ्रमणका क्रममा उनले अन्य केही अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने जनाइएको छ ।

    त्यसैगरी व्यवसायी तथा आर्थिक क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने र भारतलाई यहाँबाट गर्ने सहयोग र सहकार्यका बारेमा छलफल हुने भएको छ ।

  • म्यानमार हिंसामा मृत्यु हुनेको संख्या ८०० नाघ्यो, नेतृ सू ची अदालतमा उपस्थित

    म्यानमार हिंसामा मृत्यु हुनेको संख्या ८०० नाघ्यो, नेतृ सू ची अदालतमा उपस्थित

    यांगुन । सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ८१८ जनाको मृत्यु भएको छ ।

    कुल मृतकमध्ये तीन जनाको आइतबार मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

    दुई युवकलाई जुन्ता सरकारका सुरक्षाकर्मीले कयाह राज्यमा गोली हानेर मारेका हुन् । सहरबाट माग भएअनुसार गाउँबाट खाद्य पदार्थ लिएर आइरहेका बेला उनीहरुको हत्या भएको जनाइएको छ । उनीहरुको शव पनि सैनिकले नै नियन्त्रणमा लिएको समाचारमा जनाइएको छ ।

    सैनिक सरकारले अहिले चार हजार २९६ जनालाई गिरफ्तार गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।

    त्यसैगरी एक हजार ८२२ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

    आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा क्रममा अहिलेसम्म १३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    गत फेब्रअरी १ मा म्यानमारको सेनाले तत्कालिन सरकारका उच्च अधिकारीहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएपछि अहिलेसम्म पनि आन्दोलन भइरहेको छ ।

    सैन्य सरकारले म्यान्मारकी नेतृ आङ सान सुकीसहितका शिर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।

    उनीहरुलाई नियन्त्रणमा राखेपनि आम नागरिक र राजनीतिक दलहरुको तर्फबाट आन्दोलन भने निरन्तर भइरहेको छ ।

    सेनाद्धारा गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।

    सुकीलाई लामो समयपछि सोमबार राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित गराइएको छ ।

    उनका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार अदालत भित्र लैजानु अघि मात्रै उनलाई आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको थियो ।

    कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सुकीलाई जस्तै आरोपहरु लगाइएका छन् ।

    सुकी विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सुकीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनैपनि कानून व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।

    कानुन व्यवसायी मिन मिन सो ले म्यान्मारका जनताप्रति सुकी ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सुनुवाईका क्रममा सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् भनेको र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने सुनुवाई पश्चात मिनले जानकारी दिए । सुकी स्वस्थ र आत्मविश्वासपूर्ण देखिनु भएको उनको भनाई छ ।

    सोमबारको सुनुवाईमा सुकी विरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।

    उनीमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड–१९ का नियमहरु उल्लङ्घन गरेको, सु कीका अङ्गरक्षकका लागि वाकी–टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।

    सुकी माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ ।

  • फेसन उद्योगपति बर्नाड आर्नल्ट संसारकै धनी घोषित, फोर्ब्स सूचीमा जेफ बेजोसलाई पनि उछिने

    फेसन उद्योगपति बर्नाड आर्नल्ट संसारकै धनी घोषित, फोर्ब्स सूचीमा जेफ बेजोसलाई पनि उछिने

    न्यूयोर्क । विश्वकै सर्वाधिक धनीहरुको सूचीमा अमेरिकाको दबदबा यसपटक तोडिएको छ । यसपटक युरोपेली फेसन टाइकुन बनार्ड आर्नल्ट विश्वकै सर्वाधिक धनी व्यक्ति सूचीकृत भएका छन् ।

    प्रतिष्ठित फोर्ब्स म्यागजिनले आज साँझ वर्ष २०२१ का संसारका धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । फ्रेन्च फेसन ब्रान्ड लुइस भ्यूटनका मालिक आर्नल्टले अमेजन मालिक जेफ बेजोसलाई समेत उछिन्दै सर्वाधिक धनी व्यक्ति दरिएका हुन् ।

    फोब्र्सका अनुसार आर्नल्टको कूल सम्पत्ति १८६.३ बिलियन डलर छ । यो बेजोसको भन्दा ३०० मिलियन डलरले बढी हो । बेजोससँग १८६ बिलियन डलर सम्पत्ति छ । टेस्ला र स्पेस–एक्स कम्पनीका मालिक इलोन मस्क १४७.३ बिलियन डलरसहित तेस्रो स्थानमा छन् ।

    गत मार्च २०२० मा आर्नल्टको सम्पत्ति ७६ बिलियन डलरले बढेर सोमबार बेलुका १८६.३ बिलियन डलर पुगेको हो । बितेको १४ महिनामै ११० बिलियन डलरले उनको सम्पत्ति बढेको हो । कोरोनाभाइरस महामारीमा पनि उनको कम्पनी लुइस भ्यूटनले राम्रो कमाइ गर्न सक्यो ।

  • म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

    म्यान्मारकी नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

    म्यान्मारकी नेतृ आङ सान सुकी पहिलो पटक अदालतमा स्वयं उपस्थित भएकी छिन् । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सुकीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।

    उहाँका एक जना वकील मिन मिन सो ले टेलिफोनमा बताए अनुसार सुकीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकीलहरुसँग भेट गर्न दिइएको छ ।

    कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्ट विरुद्ध पनि सुकीका झैं आरोपहरु लगाइएका छन् ।

    सुकी विरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सुकीलाई भिडियो लिङ्क मार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन ।

    कानुन व्यवसायी मिन मिन सो ले म्यान्मारका जनताप्रति सुकी ले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सुनुवाई पश्चात मिन मिनले भने, ‘सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् , र एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने छ ।’

    मिन मिनले भने, ‘सुकी स्वस्थ र आत्मविश्वासपूर्ण देखिएकी छन् ।’

    सोमबारको सुनुवाईमा सुकी विरुद्ध लगाइएका मुख्यतः ६ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो ।

    उनमिाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड-१९ का नियमहरु उल्लङ्घन गरेको, सुकीका अङ्गरक्षकका लागि वाकी–टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ ।

    सुकी माथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लङ्घन हो । यस कानुनको उल्लङ्घन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ ।

    सुकी का समर्थकहरुले अदालती सुनुवाई राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाईमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरेको छ । यदि यी मुद्दाहरुमा सुकी दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सुकीलाई उठ्न दिइने छैन ।

    सेनाले सत्ता विद्रोह गरेयता लोकतन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रेका पाँच सयभन्दा बढी व्यक्तिको सेनाको गोली लागेर ज्यान गइसकेको छ ।
    -रासस

  • अष्ट्रेलियाका विश्वविद्यालयहरुद्धारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह

    अष्ट्रेलियाका विश्वविद्यालयहरुद्धारा विदेशी विद्यार्थीलाई आउन दिन आग्रह

    अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोनाभाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन् ।

    अष्ट्रेलियाले कोरोनाभाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन । महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।

    जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन् । अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ ।

    यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन् ।

  • भारतमा भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, संक्रमण घटेपनि मृत्युदर घटेन

    भारतमा भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, संक्रमण घटेपनि मृत्युदर घटेन

    दिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट ३ लाख भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँको ग्रामिण क्षेत्रमा मृत्यु भएकाहरुको वास्तविक संख्या यो भन्दा पनि उच्च हुनसक्ने विज्ञहरुले बताएका छन् ।

    कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारत अतिप्रभावित देशको रुपमा अमेरिका पछि दास्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका विवरणअनुसार भारतमा अहिलेसम्म दुई करोड ६० लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् २ करोड ३७ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    पछिल्लो २४ घण्टामा संक्रमणको कारण ४ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । २ लाख २२ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने २४ घण्टामा ३ लाख २ हजार ५ सय ४४ जना डिस्चार्ज भएका छन् ।

    हालसम्म ३ लाख ३ हजार ७ सय २० जनाको मृत्यु भइसकेको छ भने २७ लाख २० हजार ७ सय १६ जना सक्रिय संक्रमित छन् ।

    भारतमा ‘कालो ढुसी’ को संक्रमणका बिरामी ८ हजार ८०० जनाभन्दा बढी बिरामी फेला परेकाछन् । कोभिड भएर निको भएका मानिसहरु यो रोगबाट पीडित भएको पाइएको छ ।

    मृत्यु हुनेको वास्तविक संख्या भने खुल्न सकेको छैन । यहाँ पछिल्लो केहि दिनयता ‘कालो ढुसी’ को संक्रमणले संकटलाई झन् जटिल बनाएको छ ।

    मृत्यु हुनेको वास्तविक संख्या थाहा भाउन भारतीय पत्रकारहरुले शवगृहमा मृत शरीरहरु गनेको केही समाचारहरुमा जनाइएको छ । यहि आधारमा भारतमा झन्डै १० लाख मानिसहरु मारिएको अनुमान गरिएको छ ।

     

     

  • भारतमा ४४ सयको मृत्यु, २ लाख २२ हजार नयाँ संक्रमित थपिए

    भारतमा ४४ सयको मृत्यु, २ लाख २२ हजार नयाँ संक्रमित थपिए

    दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण ४ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । २ लाख २२ हजार ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् भने २४ घण्टामा ३ लाख २ हजार ५ सय ४४ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २ करोड ६७ लाख भन्दा बढी रहेको छ भने २ करोड ३७ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म ३ लाख ३ हजार ७ सय २० जनाको मृत्यु भइसको छ भने २७ लाख २० हजार ७ सय १६ जना सक्रिय संक्रमित रहेका छन् ।

  • खराव मौसमका कारण चीनमा २१ अल्ट्रा धावकको मृत्यु, डेढ सयको उद्धार

    खराव मौसमका कारण चीनमा २१ अल्ट्रा धावकको मृत्यु, डेढ सयको उद्धार

    एजेन्सी । उत्तर-पश्चिम चीनमा एक लामो दूरीको दौड प्रतियोगितामा सहभागी घावकहरु खराव मौसमको चपेटामा पर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।

    गान्सु राज्यको पर्यटकीय स्थल एल्लो रिभर स्टोन फरेस्टमा शनिबार भएको प्रतियोगिताका सहभागीहरु तीव्र गतिको हावासँगै अत्याधिक चिसो पानीबाट प्रताडित भएका थिए । त्यहाँ १ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको थियो ।

    अल्ट्रा दौडमा सहभागी १ सय ७२ धावकहरु हराएपछि प्रतियोगिता रद्ध गरी उद्धार अभियान सुरु गरिएको थियो । उद्धार गरिएका अधिकांश धावकहरु हाइपोथर्मियाबाट ग्रसित बनेका थिए ।

    गान्सुको राज्य सन्चालित सन्चारमाध्यमका अनुसार खराव मौसमको चपेटामा परी मृत्यु हुनेहरुमा अल्ट्रा म्याराथनका चिनियाँ च्याम्पियन लियाङ जिङ, सन् २०१९ को राष्ट्रिय पाराओलम्पिक खेलका विजेता हुआङ गुन्जुनलगायत छन् ।

    दाैड शुरु हुँदाकाे तस्बिर ।

    अधिकारीहरुका अनुसार १ सय ५१ जना धावकहरु सुरक्षित छन् । तीमध्ये आठजना घाइतेको उपचार भइरहेको छ ।

    स्थानीय समयअनुसार विहान ९ बजेदेखि दौड सुरु भएको थियो । जहाँ केहि प्रतिस्पर्धीहरुले जर्सीमात्र लगाएका थिए । जीवित रहेका सहभागीका अनुसार हल्का हावा र पानीको पूर्वानुमान थियो । तर उनीहरुले जे भोगे त्यसको पूर्व जानकारी नै थिएन ।

    नजिकै रहेको बाइयीन शहरका अधिकारीहरुका अनुसार दौड सुरु भएको तीन घण्टापछि पहाडी क्षेत्रमा तीव्र हावा र पानीका कारण तापक्रम एक्कासी घट्न पुग्यो ।

    ‘ठूलो वर्षा भइरहेको थियो र अझै बढ्ने क्रममा थियो । त्यतिबेला म २४ किलोमिटर दौडिसकेको थिएँ तर पहाडसम्म पुगेको थिइनँ,’ मौसम परिवर्तन भएपछि बीचैबाट फर्केकी एक धावक माओ सूझीले समाचार संस्था रोयटर्ससँग भनिन् ।

    यसअघि पनि हाइपोथर्मियाको अनुभव पाइसकेकाले उनले होटल फर्कने निर्णय गरेकी थिइन् । तर अधिकांश धावकहरु भने मौसम सबैभन्दा बिग्रिएकोख क्षेत्रमा पुगिसकेका थिए ।

    मौसमका कारण भिजिवलिटी कम हुँदा कतिपय धावकले आफ्नो बाटो भुलेका थिए । चिनियाँ सन्चारमाध्यमका अनुसार थर्मल इमेजिङ गन र राडार डिटेक्टरको सहायताबाट १२ सय भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको थियो ।

    चिनियाँ सन्चार संस्था सिन्ह्वाका अनुसार उद्धार अभियान आइतबार विहानसम्म पनि जारी थियो । यसक्रममा तापक्रम अझै घटेपछि उद्धारमा कठिनाइ भएको थियो ।

    यो घटनाले चिनियाँ नागरिकहरुले सामाजिक सन्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बौयीन सरकार र उसको आकस्मिक उद्धारको योजनाको आलोचना गरिरहेका छन् । आइतबार एक पत्रकार सम्मेलनमा बैयीनका मेयर झाङ छुचेनले भने, ‘प्रतियोगिताको आयोजकका रुपमा हामीलाई अपराधबोध र पश्चाताप भएको छ । हामी मृतक र घाइतेका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’

  • चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

    चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

    चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ ।

    प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन् ।

    चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।

    प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।

    पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

    घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।
    -रासस

  • भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु

    भारतमा बढ्दो संक्रमण र यसका मुख्य कारकहरु

    काठमाडौं । सन् २०२० को मार्चको शुरुवातमा नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका नागरिकहरु सहभागी भएका थिए ।

    गत वर्ष पनि कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएका बेला यो धार्मिक सभा भएको थियो । सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका मानिसमा गरिएको परीक्षणमा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको थियो । सो सभामा सहभागीहरुबाट नै भारतका धेरै राज्यमा यो संक्रमण पुगेको बताइएको थियो ।

    यतिमात्र नभएर भारतमा सो सभाबाट फर्किएला मानिसहरुबाट पछि अरु देशसम्म पनि यो संक्रमण पुगेको भनी नेपालसहित अरु पनि एसियाली देशमा सो सभाबाट फर्किएका मानिसहरुको खोजी भएका समाचारहरु आएका थिए ।

    त्यतिबेला भारतीय सञ्चारमाध्यमहरुले दिएअनुसार उक्त सभामा नेपालसहित अफगानिस्तान, मलेसिया, इन्डोनेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुकका नागरिक सहभागी भएका थिए । यसअघि मलेसिया र दक्षिण कोरियामा पनि यस्तै धार्मिक सभाहरुबाटै कोरोनाकोभाइरस मुलुकभर फैलिएको बताइएको थियो ।

    त्यतिबेला मुस्लिम सभाबाट कोरोना फैलिएको भनेर भनिएजस्तै अहिले पनि भारतीय सञ्चारमाध्महरुले हाल त्यहाँ विस्तारित दोस्रो लहरको विस्तारको कारक पनि अघिल्लो महिना भारतको हरिद्वारमा भएको कुम्भ मेलालाई बनाएका छन् । अघिल्लो महिना अर्थात् अप्रिलमा कुम्भमेला नुहाउन पुगेका लाखौं तीर्थयात्रीलाई नै भारतमा अहिले कोरोनाभाइरस (कोभिड-१९) को दोस्रो लहर फैलाउने कारकका रुपमा लिइएको छ ।

    हुनपनि कुम्भ मेला नुहाउन शुरु भएसँगै यता भारतमा कोभिडका संक्रमितहरु थपिने क्रम शुरु भएको हो । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेसँगै शुरु भएको आशङ्का अहिले देशव्यापी बनेको छ । शुरुमा यही मेलामा गएर फर्किएका मानिसबाट शुरु भएको भनिएकोमा अहिले पुष्टि नै भएको बताइएको छ ।

    अप्रिलको शुरुवातबाट शुरु भएको यो मेलामा अप्रिल १२ मा एकैदिन कम्तीमा पनि ३० लाख मानिसले कुम्भमेलामा गंगा स्नान गरेका थिए । यस मेलाका क्रममा यहाँका गंगामा स्नान गर्दा मानिसको सबै पाप पखालिने विश्वास भारतीय हिन्दू धर्मावलम्बीहरुमा रही आएको छ । अप्रिलको शुरुवातबाटै शुरु भएको यो मेला त्यस दिनसम्म आइपुग्दा भारतमा एक लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित पनि फेला परेका थिए । यही हप्तादेखि नै संधmमण संख्याको आधारमा भारतले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको थियो ।

    यहाँका स्थानीय सरकारहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका र सुरक्षा अधिाकरीहरु पनि खटाएका भए पनि त्यो सम्भव नभएको स्वास्थ्य अधिकारीहरु बताउँछन् । उनीहरु त्यति ठूलो भिडमा जनस्वास्थ्यको नियम पालना गराउनु असम्भव नै रहेको बताउँछन् । यो मेला सकिने अन्तिम साता अप्रिल २५ देखि मे १ सम्ममा उत्तराखण्डमा मात्र करिब ४० हजार जना नयाँ संक्रमित थपिएका थिए ।

    आधाभन्दा पनि बढी मास्क नलगाएका लाखौँ लाख तीर्थालुहरुको ठूलो समूह नदीको किनारामा बसेर गंगा स्नान गर्ने, भजन किर्तत गर्ने तथा आजापूजा गर्ने गरेका थिए । यहाँबाट कोरोना संक्रमण फैलिन मद्दत पुगेको यहाँका जनस्वास्थ्य विद्हरुको राय छ । उनीहरु भन्छन् ‘हामीलाई यसअघि नै चर्च र मन्दिरमा गएर प्रार्थना गर्ने कार्यबाट निकै ठूलो मात्रामा नै कोरोना संक्रमणण फैलिनसक्छ भन्ने लागेको थियो नभन्दै त्यस्तै भएको छ, वास्तवमा अहिलेको यो संक्रमणका लागि सबै या पूरै यही कारण नै हो भन्न त सिकँदैन तर यसपालिको महामारी विस्तारमा यो मेलाका ठूलो हात भने छ ।’

    भारतका राज्य सरकारहरुले कुम्भमेलाबाट फर्किएका मानिसलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका थिए । तर लाखौँलाख मानिस घर फर्किएर यो नियम पालना नगरेको अधिकारीहरुले बताएका छन् । राजस्थानका स्वास्थ्य अधिकारीहरुले त राज्यमा कोरोना संक्रमण फैलिनुमा कुम्भमेलामा गएका तीर्थयात्रीहरु दोषी रहेको बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा संक्रमण फैलाउन उनीहरुले भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।

    महिना दिन चलेको सो मेलामा करिब ९१ लाख तीर्थयात्रीले हरिद्वारको भ्रमण गरेको मेला आयोजकहरु बताउँछन् । भारतमा चलि नै रहेको यस्तो महामारीको बीचमा कुम्भ मेलालाई अनुमति दिएर सरकारको आलोचना पनि व्यापक मात्रामा भएको थियो । यसअघिका प्रायः मेला तथा यस्ता सार्वजनिक कार्यक्रमहरु गर्न नदिएको सरकारले कुम्भ मेलाको आयोजना गर्न दिँदा विवाद भएको थियो ।

    उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले बीबीसीसँगको कुराकानीमा कुम्भ मेलालाई सीमित संख्याका मानिसहरु मात्र उपस्थित हुन दिएर एक प्रकारको प्रतिकात्मक कार्यक्रमका रुपमा मेलाको आयोजना गर्ने योजना रहेको बताएका थिए । भारतका विशेषज्ञहरुले यो महामारी अब छिटै सकिने सम्भावना नरहेकोले मेलाको आयोजना पूर्ण रुपमा खुला गरेर गर्न नहुने बताएका र आफूहरुले पनि त्यसै गर्ने योजना बनाएको भए पनि पछि सरकारले खुला गरेको उनको भनाई छ ।

    भारतको अहिलेको अवस्था

    भारतमा कोरोना विरुद्धको खोप पनि लगाइएको छ । यसलाई भारतले राष्ट्रव्यापी अभियानकै रुपमा शुरु गरेको थियो तर दोस्रो लहरका कारण त्यहाँ गाह्रो भएको छ । तर पनि अघिल्लो हप्तासम्म भारतले करिब चार करोड मानिसलाई खोप दिइसकेको छ । भारतमा नै बनेको कोभ्याक्सिनको दुवै डोज लगाएका मानिस पनि संक्रमित भने भएकै छन् । यो खोप लगाएका १७ लाख मानिसमध्ये करिब ८ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अप्रिलको अन्त्यतिर गरेको एक अनुसन्धानमा जनाएको थियो ।

    भारतले फ्रन्टलाइन र जोखिम समूहलाई मात्र खोप दिएको छ । पहिलो डोज लगाएका धेरैजसो संक्रमित फ्रन्टलाइन कामदार र स्वास्थ्यकर्मी हुन् । उनीहरु धेरै व्यक्तिको सम्पर्कमा आउनुपर्ने भएकाले नै यही वर्गलाई सबैभन्दा पहिला खोप दिइएको भारतीय स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आइसीएमआरका महानिर्देशक डा.बालराम भार्गवले बताएका थिए ।

    भारतमा डबल म्युटेन्ट भाइरस भेटिएको पुष्टि भइसकेको छ । नयाँ प्रजातिको यो भाइरसका कारण पहिलो लहरको तुलनामा दोस्रो लहरमा यति बिघ्न सङ्क्रमण फैलिएको गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले एक प्रेस वक्तव्यमा जनाएको छ । अझ त्योभन्दा पनि ठूलो चिन्ताको विषय त यो भएको छ कि कतै नयाँ प्रजातिको यो भाइरसले देशव्यापी रुपमा दिइएको खोपलाई नै प्रभाव पार्ने पो हो कि अर्थात् यो नयाँ प्रजातिलाई खोपले काम गर्ने हो कि नगर्ने भन्ने हो । तर अनुसन्धानहरुले खोपले यो नयाँ प्रजातिको संक्रमणलाई पनि काम गरिरहेको देखाएका छन् ।

    यहाँ अप्रिलको शुरुदेखि नै संक्रमण दिन प्रतिदिन बढ्दै गयो । अहिले पनि केही दिनयता देखि यसको दरमा कमी आएको देखिएको छ । अप्रिलको अन्त्यसम्म यहाँ प्रतिदिन कम्तीमा पनि चार लाख संक्रमित देखिएका थिए भने अहिले त्यसमा कमी आएको छ । यहाँ पछिल्लो समयमा दुई लाखभन्दा बढी सङ्क्रमित हरेक दिन थपिएका छन् ।

    -रासस

  • भारतमा ४१ सयको मृत्यु, २ लाख ५७ हजार संक्रमित थपिए

    भारतमा ४१ सयको मृत्यु, २ लाख ५७ हजार संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ ।
    २ लाख ५७ हजार २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार ६ सय ३० जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    हालसम्म २ लाख ९५ हजार ५ सय २५ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितको संख्या २९ लाख २३ हजार ४ सय जना रहेका छन् ।

  • म्यानमार संकट गहिरियो : आङ साङ सूचीको दल दर्ता खारेज

    म्यानमार संकट गहिरियो : आङ साङ सूचीको दल दर्ता खारेज

    यांगुन । म्यानमारको जुन्ता सरकारले गठन गरेको निर्वाचन आयोगले लोकतन्त्रवादी नेतृ आङसाङ सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी दललाई खारेज गर्ने भएको छ ।

    म्यानमार नाउ समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा सम्पन्न चुनावमा भएको धाँधलीमा जिम्मेवार रहेको भन्दै जुन्ताप्रति बफादार आयोगले उक्त निर्णय गरेको हो ।

    एनएलडीबाहेकका थुप्रै राजनीतिक दलहरुले भाग नलिएको एक कार्यक्रममा उक्त निर्णय भएको जनाइएको छ । एनएलडी दलको निर्वाचन घोषणापत्र झूठो भएको भन्दै दल दर्ता खारेज गर्नुपर्ने ठहर उक्त बैठकले गरेको समेत उल्लेख छ ।

    चुनावमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा म्यानमारको जुन्ता सरकारले सत्ता आफ्नो हातमा लिएको थियो । सुरक्षाकर्मीले म्यानमार हिंसामा ८०० भन्दा बढीको हत्या गरेको राष्ट्रसंघले जनाएको छ ।

  • एसियालीमाथिको आक्रमण रोक्न राष्ट्रपति बाइडेनद्वारा विधेयकमा हस्ताक्षर

    एसियालीमाथिको आक्रमण रोक्न राष्ट्रपति बाइडेनद्वारा विधेयकमा हस्ताक्षर

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गरेका छन् ।

    घृणा र जातिभेद जस्ता गतिविधिहरु अमेरिकामा बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि अमेरिकामै चिन्ता व्यक्त गर्न थालिएको थियो ।

    डेमोक्रेट र रिपब्लीकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकलाई समर्थन गरेका थिए । ह्वाइट हाउसमा बिहीबार विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।

    गत अप्रिलमै माथिल्लो सदन सिनेटले ९४-१ ले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४-६२ मतान्तरले अनुमोदन गरेको थियो ।

    राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिए ।

    नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ । कानुन कार्यान्वयन गर्ने निकायहरुलाई कुनै अपराध घृणाजन्य कार्य हो वा होइन भन्ने बारेमा अनुसन्धानमा मद्दत गर्न संघीय आर्थिक सहायता प्राप्त हुनेछ । कतिपय यस्ता घटनाहरुलाई विगतमा कानुनी दायरामा ल्याउने गरिएको थिएन ।

    तर कतिपय अधिकारकर्मीहरुले यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन् । त्यस अवसरमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाभाइरस महामारी शुरु भएयता एसियाली र प्रशान्त क्षेत्रका मानिस र उनीहरुका व्यवसायलाई लक्षित गरी चक्कु प्रहार गर्ने, गोली चलाउने र अन्य किसिमका आक्रमण गर्ने गरिएको चर्चा गरे ।
    उपराष्ट्रपति ह्यारिसले यस्ता घटनाहरु झण्डै छ गुणाले बढेको जानकारी दिए ।

  • कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

    कोरोनाविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशको सहयोग

    दिल्ली । कोरोनाभाइरसको महामारी विरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।

    महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरुले कोरोनाभाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधी पठाएका हुन् ।

    ती सहयोग सामग्रीहरु भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

    भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौको मृत्यु हुने गरेको छ भने लाखौँ संक्रमित हुने गरेका छन् ।

    भारतमा विहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सहयोग गर्ने देशहरुमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

  • भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

    भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । २ लाख ५९ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार २ सय ९५ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कुल २ करोड ६० लाख संक्रमित छन् भने २ करोड २७ लाख संक्रमणमुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ३१ जना पुगेको छ भने ३० लाख २७ हजार भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

     

  • इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा, अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत

    इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा, अन्तर्राष्ट्रिय समुदायद्वारा स्वागत

    गाजा । अन्ततः इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्धविराम गर्ने सहमति भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार शुक्रबार बिहानैदेखि युद्धविराम लागु भएको छ ।

    ११ दिनदेखि गाजा क्षेत्रमा दुबै पक्षबाट भएको रकेट हानाहानमा २४० जनाको मृत्यु भएको थियो । युद्धविराम लागु भएपछि इजरायल र प्यालेस्टाइन दुबै आफ्नो जित भएको दाबी गरिरहेका छन् ।

    अन्तर्राष्ट्रिय दबाबपछि दुबै पक्ष युद्धबिराम गर्न सहमत भएका हुन् । राष्ट्रसंघ र अमेरिकाले युद्धविरामको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविराम शान्ति प्रक्रियाका लागि महत्वपूर्ण अवसर भएको बताए ।

    विहिबार १०० भन्दा बढी इजरायली रकेटले उत्तरी गाजामा रहेका हमास विद्रोहीका पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेका थिए । हमासले प्रतिरक्षमा रकेट प्रहार गरेको थियो ।

    मुस्लिम र यहुदी दुबैले पवित्र स्थल मान्ने नियन्त्रित पूर्वी जेरुसेलेमस्थित एक मस्जिदमा हिंसा मच्चिएपछि गत मे १० देखि इजरायल र प्यालेस्टाइनबीच तनाव सुरु भएको थियो ।

    १०० भन्दा बढी महिला र बालबालिकासहित २३२ भन्दा बढीको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल भने गाजा क्षेत्रमा १०० सेना मरेको बताएको छ । हमासले भने मारिएका लडाकुबारे तथ्यांक दिएको छैन ।

    युद्धविराम घोषणापछि अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेका छन् ।

     

  • राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला

    राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला

    इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।

    गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिएको छन् । पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

    बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए । इजरायली आक्रमणहरु मध्य शहर डायर अल-बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए ।

    बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए । गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल-सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो ।

    इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ । खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ । डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो । तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताए ।

    हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई दुई पटक आग्रह गरेपनि त्यसलाई बेवास्ता गरेका छन् । गत साता लडाईं शुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ ।

    सैनिक मुख्यालयको भ्रमणपछि प्रधानमन्त्री नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपतिको समर्थनको प्रशंसा गरेका थिए । नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गरेका थिए । तर पहिलो पटक फोन गर्दा बाइडेनले इजरायलमाथि दबाब दिएका थिएनन्। तर मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको छ ।

    इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन् । हमासका एक जना वरिष्ट अधिकारी मौसा अबु मार्जोकले लेबनानी टेलिभिजनसँग कुरा गर्दै एक दुईदिन भित्रै युद्धबिराम हुने अपेक्षा गरिएको बताएका छन् ।

    जर्मनीका विदेश मन्त्री हेको मास पनि इजरायली र प्यालेस्टिनीसँग वार्ता गर्न बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इजरायलको विदेश मन्त्रालयले इजरायलको कारबाहीप्रति समर्थन जनाउन स्लोभाकिया र चेक गणतन्त्रका विदेश मन्त्रीहरुले इजरायल भ्रमण गर्न लागेको जनाएको छ ।

    इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो ।

    अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो ।

    त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २२७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन् । आक्रमणबाट एक हजार ६२० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ ।

    इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् । इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ ।

    इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका छन् ।
    -रासस

  • भारतमा २ लाख ७६ हजार नयाँ संक्रमित, ३ हजार ८ सयको मृत्यु

    भारतमा २ लाख ७६ हजार नयाँ संक्रमित, ३ हजार ८ सयको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट भारतमा ३ हजार ८ सय ७४ जनाको मृत्यु भएको छ । २ लाख ७६ हजार ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ६९ हजार ७७ हजार डिस्चार्ज भएका छन् ।

    भारतमा अहिले कोरोना संक्रमण दर भने घट्दै गइरहेको छ । अहिलेसम्म भारतमा २ करोड ५७ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड २३ लाख संक्रमण मुक्त भएका छन् ।

    अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख ८७ हजार १ सय २२ जनाको मृत्यु भइसकेको छ भने ३१ लाख २९ हजार ८ सय ७८ जना
    सक्रिय संक्रमित रहेको छ ।

  • मंगल ग्रहबाट चिनियाँ यानले पठायो पहिलो तस्विर

    मंगल ग्रहबाट चिनियाँ यानले पठायो पहिलो तस्विर

    बेइजिङ । चीनले मङ्गल ग्रहमा अवतरण गरेको आफ्नो यानले खिचेको पहिलो तस्विर सार्वजनिक गरेको छ । उसको जुरोङ नामक रोभर आइतबार बिहान मंगल सतहमा अवतरण गरेको थियो ।

    यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ।

    अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको थियो।

    मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गरेको उक्त यानले ९० दिन काम गर्ने अपेक्षा चिनियाँ वैज्ञानिकको छ। जुरोङ २४० किलो तौलको छ र सौर्य ऊर्जाबाट चल्छ।

    यानको अग्लो भागमा क्यामरा राखिएको छ जसले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ। जुरोङमा क्यामराबाहेक अन्य पाँच उपकरण छन् जसले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन्।

    अमेरिकी मंगल यान पर्सिभिअरन्समा जस्तै यसमा पनि लेजर प्रविधिले चट्टानको अध्ययन गर्ने उपकरण जडान गरिएको छ ।

    अमेरिकाले सन् १९७६ मा भाइकिङ–२ अवतरण गरेकै स्थानवरपर जुरोङ यान अवतरण भएको छ। सो स्थानमा लामो समयअगाडि समुद्र रहेको हुनसक्ने विश्वास छ।

  • ब्राजिलमा कोभिड-१९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    ब्राजिलमा कोभिड-१९ बाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

    ब्राजिल । कोभिड १९ बुधबार कोरोनाभाइरस संक्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

    गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    ब्राजिलको साओ पाउलो सब भन्दा बढी कोरोनाभाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ । विश्वमा कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।

    कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।

  • रसियाले भारतीयलाई लक्षित गर्दै ‘खोप पर्यटन’ सुरु गर्ने

    रसियाले भारतीयलाई लक्षित गर्दै ‘खोप पर्यटन’ सुरु गर्ने

    काठमाडौं । कोभिड महामारीले भारतलाई गाजेपछि अहिले भारतीयलाई आफ्नो काममा विदेश जान पनि थुप्रै देशले प्रतिबन्ध लाएका छन् ।

    तर, रसियाले भने भारतीयलाई रसिया आउन ढोका खुलाएको छ। ‘खोप पर्यटन’ नाम दिएको यो प्याकेजमा भारतीय सिधै मस्को उड्न पाउँछन् । मस्को गएर २ वटा रसियाले उत्पादन गरेको स्पुत्निक भ्याक्सिन लाउनेछन् । २४ दिनको प्याकेजको १ लाख ३० हजार भारु मुल्य तोकिएको छ।

    यो मुल्यमा १० हजार भारु पर्ने भिषा शुल्क भने नपर्ने भारतीय ट्राभल एजेन्सीले उल्लेख गरेको छ। जसमा २१ दिनभित्र दुई डोज खोप समेत पर्छ।

    खोप पर्यटकलाई तीन तारे होटलमा राखिने र महत्त्वपूर्ण क्षेत्रमा भ्रमण गराउने प्याकेज रहेको टाइम्स अफ ईन्डियाले उल्लेख गरेको छ। टाइम्स अफ ईन्डियाका अनुसार रसिया पुगेको भोलिपल्ट खोप दिइन्छ।

  • सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    दिल्ली । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति सुरु हुनसक्ने बताएको छ ।

    कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको हो ।

    सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनेवालाले विज्ञप्ती जारी गर्दै तत्काललाई भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने अवस्था रहेको जनाएका छन् । ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ’ उनले भनेका छन् ।

    साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत उल्लेख गरेको छ ।

    सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ । नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।

    भारतबाट अझै १० लाख डोज खोप आउन बाँकी छ । सिरमले तत्काल खोप नदिँदा नेपालको खोप अभियान प्रभावित बन्ने भएको छ ।