Category: विश्व प्रेस

  • ट्युनिसियमा राष्ट्रपतिले गरे संसद विघटन, प्रधानमन्त्री बर्खास्त

    ट्युनिसियमा राष्ट्रपतिले गरे संसद विघटन, प्रधानमन्त्री बर्खास्त

    देशव्यापी प्रदर्शन चर्किएपछि ट्युनिसियाली राष्ट्रपतिले संसद विघटन गर्दै प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।

    कोभिड-१९ महामारी व्यवस्थापनमा सरकार असक्षम भएको भन्दै हजारौं क्रुद्ध नागरिक सडकमा आएका थिए र प्रहरीसँग झडप पनि भएको थियो ।

    राष्ट्रपति केइस सायदले चुनिएका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्ने भन्दै शक्ति आफ्नो हातमा ल्याएका छन् । साथै उनले मुलुकमा शान्ति कायम गर्ने पनि जनाएका छन् ।

    तर, प्रतिपक्षी दलहरुले यसलाई कूको संज्ञा दिएका छन् ।

    ‘ट्युनिसियमा सामाजिक शान्ति नफर्कुञ्जेल र राज्यको सुरक्षा नगर्दासम्म हामीले यस्तो निर्णय लिएका छौं’ आपतकालिन सुरक्षा बैठकपछि राजदरबारमा आयोजित टेलिभिजन सम्बोधनमा राष्ट्रपति सायदले भने ।

    प्रधानमन्त्री हाइचेम मेचिचीलाई बर्खास्त गरिएको समाचार आएलगत्तै विरोधमा प्रदर्शनकारी सडकमा आएका थिए ।

  • भारतमा दैनिक संक्रमणदर २.३१ प्रतिशत

    भारतमा दैनिक संक्रमणदर २.३१ प्रतिशत

    दिल्ली । भारतमा विगत २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको थप संख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड-१९ संक्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ ।

    भारतमा आइतबारसम्ममा सक्रिय संक्रमितको संख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड-१९ संक्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड-१९ संक्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड संक्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड-१९ संक्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।

    खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म संक्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ ।

    सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड-१९ परीक्षण गरिएको छ ।

  • अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

    अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

    सिड्नी । अष्ट्रेलियाका विभिन्न राज्यमा संक्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।

    सरकारले महामारी संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गरेको छन् । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताए ।

    मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उनले बताए । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएका छन् ।

    विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ। अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले संक्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।

    अतिसंक्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।

    विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

    जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि । रासस

  • अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू

    अफगानिस्तानमा तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू

    काबुल । अफगानिस्तानले तालिवान आक्रमण नियन्त्रणका लागि देशभरि कर्फ्यू लागू गरिदिएको छ । अफगान अधिकारीहरूले तालिबानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातमा कर्फ्यू जारी गरेकोे यहाँको आन्तरिक मन्त्रालयले जानकारी गराएको छ ।

    मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ ।

    ‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले  बताए ।

    अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दाबी गरेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

    यस हप्ताको ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भएपनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० भन्दा बढी तालिवान लडाकूहरू मारिएको दाबी सरकारी अधिकारीले गरेका छन् ।

    सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरीरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले बताएका छन् ।

  • पाकिस्तानमा कोभिड खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने

    पाकिस्तानमा कोभिड खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने

    कराँची । पाकिस्तानको कराँचीमा कोभिड–१९ विरुद्धको खोप नलगाउने नागरिकको मोबाइल सीम ब्लक गरिने भएको छ ।

    स्थानीय दुनियाँ न्यूजका अनुसार त्यहाँको सिन्ध सरकारले खोप नलगाउनेको मोबाइल सिम बन्द गर्न आग्रह गर्दै नेसनल कमान्ड एन्ड अप्रेसन सेन्टर ९एनसीओसी०लाई शुक्रबार पत्र लेखेको छ ।

    चरणबद्धरुपमा खोप नलगाइए सीम बन्द गर्न पत्रमा लेखिएको छ । सिन्धका मुख्यमन्त्री मुरद अली शाहको अध्यक्षतामा बसेको कोभिड संकट रोकथाम कार्यदलको बैठकमा उक्त निर्णय भएको हो ।

    बैठकका अनुसार पहिलो चरणमा खोप नलगाउनेलाई सामाजिक संजाल र मोबाइलबाट मेसेज पठाइनेछ । अनुरोध नमाने दोस्रो चरणमा त्यस्ता व्यक्तिको मोबाइलको सीमलाई निलम्बन गरिने भएको छ ।

    तेस्रो चरणमा आउटगोइङ कललाई बन्द गरिनेछ भने चौंथो चरणमा सीमलाई नै ब्लक गरिने जनाइएको छ । पछिल्लो समय पाकिस्तानमा धार्मिक कट्टरपन्थी सोच र हल्लाको कारण खोप अभियान अगाडि बढाउन चुनौति भैरहेको छ ।

  • हवाई आक्रमणमा परी अफगानिस्तानमा ३० जनको मृत्यु

    हवाई आक्रमणमा परी अफगानिस्तानमा ३० जनको मृत्यु

    काबुल । सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।

    घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।

    देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए ।

    त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन् ।

    लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहेपनि टुंगीन सकेको छैन । द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

  • अमेरिका-चीन तनाव थप चुलियो : चीनद्वारा पूर्वमन्त्रीसहितका अमेरिकी अधिकारीमाथि प्रतिबन्ध

    अमेरिका-चीन तनाव थप चुलियो : चीनद्वारा पूर्वमन्त्रीसहितका अमेरिकी अधिकारीमाथि प्रतिबन्ध

    बेइजिङ । चीन र अमेरिकाबीच पुनः तनाव चुलिएको छ । आफ्ना कम्पनी र व्यवसायीलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चिनियाँ प्रतिबन्धको सूचीमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि छन्।

    अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीन भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले यस्तो निर्णय गरेको हो । हङकङमा गरिएको प्रदर्शनमा दमन गरेको भन्दै अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिकाले ४० चिनियाँ कम्पनीलाई प्रतिवन्ध लगाइसकेको छ ।

    अघिल्लो वर्ष हङकङमा भएका विशाल लोकतन्त्र पक्षधर प्रदर्शनहरूपछि चीनले त्यहाँ नयाँ सुरक्षा कानुन कार्यान्वयनमा ल्याएको थियो।

    शुक्रवार चिनियाँ विदेश मन्त्रालयले हालै अमेरिकाले हङकङको व्यावसायिक वातावरण धमिल्याउने गरी औचित्यहीन प्रतिबन्ध घोषणा गरेको भन्दै त्यसले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको चरम उल्लङ्घन गरेको जनाएको छ।

    उसले पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पको वाणिज्य मन्त्रीका हैसियतमा रसले पूर्व अनुमति नलिइ अमेरिकी फर्महरूसँग कारोबार गर्न पाउने चिनियाँ फर्महरूको सङ्ख्या विस्तार गरेका थिए। त्यसबाट ह्वावेई र जेडटीईजस्ता अग्रणी चिनियाँ प्रविधि कम्पनी प्रभावित भएका थिए।

    चिनियाँ प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस-चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङ छन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने बताएकी छिन् ।

     

  • डेल्टा भेरिएन्ट फैलिएपछि अष्ट्रेलियामा देशव्यापी संकटकाल, सिड्नी र वेल्सको लकडाउन झनै कडा

    डेल्टा भेरिएन्ट फैलिएपछि अष्ट्रेलियामा देशव्यापी संकटकाल, सिड्नी र वेल्सको लकडाउन झनै कडा

    सिड्नी । कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएपछि अष्ट्रेलियाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार आर्थिक सहर सिड्नीमा जारी लकडाउनलाई थप कडा तुल्याइएको छ भने अन्य राज्यमा पनि संकटकाल लगाइएको छ ।

    केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै सङ्क्रमण पुष्टि भएपछि संकटकाल लगाउने निर्णय गरेको हो ।

    प्रदेश सरकारका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । प्रदेश मुख्यमन्त्री ज्लाडीस बेरेजिक्लीयनले प्रदेश भित्रका सवैलाई खोपको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

  • राष्ट्रपतिको रुपमा सीको पहिलो ल्हासा भ्रमण, ग्लोबल टाइम्सले भन्यो : नेपालका लागि लाभदायक हुनसक्छ

    राष्ट्रपतिको रुपमा सीको पहिलो ल्हासा भ्रमण, ग्लोबल टाइम्सले भन्यो : नेपालका लागि लाभदायक हुनसक्छ

    काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिङपिङले आफ्नो कार्यकालको एक दुर्लभ यात्रा अन्तर्गत आज तिब्बतको राजधानी ल्हासा भ्रमण गरेका छन् ।

    क्षेत्रीय राजधानी ल्हासा प्रस्थान गर्नुअघि सीले तिब्बतको दक्षिण–पश्चिमी सहर न्याङ्ची भ्रमण गरे । न्याङ्ची भ्रमणमा राष्ट्रपति सीले सीचुवान–तिब्बत रेलवे परियोजना र प्रस्तावित ल्हासा–न्याङ्ची रेलवे परियोजनाको निरिक्षण समेत गरे ।

    बिहीबार सीले न्याङ्चीस्थित सिचुवान–तिब्बत रेलवेको डिजाइनबारे बुझे । साथै, ल्हासा–न्याङ्ची रेलवे परियोजना बारे पनि चासो राखे । गत जुनमा संचालनमा आएको न्याङ्ची–ल्हासा रेल पनि चढे ।

    १७४० किलोमिटर लम्बाईको सिचुवान–तिब्बत रेलवे अन्तर्गतको न्याङ्ची महत्वपूर्ण र रणनीतिक यातायात हब समेत हो जसले दक्षिण–पश्चिम चीनको सिचुवानको राजधानी छेङ्दु र ल्हासालाई जोड्नेछ ।

    गत जुनमा संचालनमा आएको उक्त रेलवे सेवा तिब्बत प्लेटोको पहिलो बुलेट र विद्युतीय रेलसेवा पनि हो । विश्लेषकहरु राष्ट्रपति सीको भ्रमणलाई तिब्बतको आर्थिक विकास र स्थायित्व तथा तिब्बती नागरिकको जीवनस्तरमा सुधार गर्न केन्द्रिय सरकारको विकास प्राथमिकता रहेको रुपमा औंल्याउँछन् ।

    ‘चीनले आगामी पाँचवर्षभित्र सीमावर्ती सहर र क्षेत्रलाई विकास गर्ने योजना बनाएको छ । पश्चिम र पूर्वी क्षेत्रबीचको आर्थिक असमानता हटाउनुलाई चीनले दोस्रो शताब्दीको प्रमुख लक्ष्य बनाएको छ’ इन्स्टिच्युट अफ साउथ एसियन स्टडिजका उपनिर्देशक लुइ चुनहाओले भने ग्लोबल टाइम्ससँग भने ।

    निर्माण सम्पन्न भएपछि सिचुवान–तिब्बत रेलसेवाले चीनका अन्य क्षेत्रसँगको यात्रा समयलाई ३० प्रतिशतले घटाउँछ । साथै, ४८ घण्टा लाग्ने छेङ्दु र ल्हासाको यात्रा अब १३ घण्टामै सीमित हुनेछ ।

    विश्लेषकहरु यो रेल लाइनले राष्ट्रिय रेल परियोजनामा तिब्बतको प्रतिष्ठा अझै वृद्धि हुनेछ । साथै, क्षेत्रीय आर्थिक विकास तथा नेपालसहितका छिमेकी मुलुकलाई पनि आर्थिकरुपमा फाइदा पुग्नेछ ।

    ‘पूर्वाधार संजालमा सुधार भएसँगै तिब्बत दक्षिणपश्चिम चीनको मुख्य आर्थिक थलो बन्नेछ । उदाहरणका लागि, नेपालसँगको आर्थिक र व्यापारिक सहायतामा तिब्बतले समन्वयन गर्नेछ’ लीले भने, ‘तिब्बतमा रेलसेवा हुने वित्तिकै यसले यस क्षेत्रसहित बाहिर पनि सामान तथा कार्गो ढुवानीमा समेत फाइदा पुग्नेछ ।’

    ल्हासा भ्रमणमा सीले पोताला दरबारदेखि केही गुम्बाहरुको समेत अवलोकन गरे । राष्ट्रपतिको रुपमा सीले पहिलोपटक ल्हासा भ्रमण गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्ष मनाएको केही सातामै महासचिव सीको तिब्बत अर्थलाई महत्वपूर्णरुपमा लिइएको छ । सीले यसअघि सन् १९९८ मा फुजियान पार्टी प्रमुखको रुपमा र अर्कोपटक सन् २०११ मा उपराष्ट्रपतिको रुपमा तिब्बत भ्रमण गरेका थिए ।

  • कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि

    कोभिड संक्रमणले अमेरिकामा अस्पताल भर्ना हुनेको दर ४९ प्रतिशतले वृद्धि

    न्यूयोर्क । अमेरिकामा कोभिड-१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड-१९ संक्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    यो समयमा ४१ हजार ३१० व्यक्ति संक्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोनाभाइरसबाट २४९ जनाको मृत्यु भएको छ ।

    विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल ६ लाख ९ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।

    बिहीबारसम्ममा कोभिड-१९ संक्रमित हुनेको कूल संख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।

    अमेरिकामा वयस्क अर्थात् १८ बर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाईसकेका छन् ।

    अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना संक्रमणपछि निको भएका छन् । अमेरिकामा ६५ बर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

  • नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

    नेदरल्याण्डद्वारा टिकटकविरुद्ध सात लाख ५० हजार यूरो जरिवानाको घोषणा

    नेदरल्याण्डका तथ्याङ्क सुरक्षा अधिकारीहरूले साना बच्चाहरूको गोपनीयता उल्लङ्घन गरेको भन्दै बिहीबार टिकटकविरुद्ध सात लाख ५० हजार यूरो बराबरको जरिवानाको घोषणा गरेका छन् ।

    नेदरल्याण्ड तथ्याङ्क संरक्षण प्राधिकरणले भनेको छ, टिकटकको एप स्थापनासम्बन्धी जानकारी अङ्ग्रेजीमा रहेको र डच बच्चाहरूले यसलाई सजिलै नबुझ्ने भएकाले उनीहरू झुक्किएको बताइएको छ ।

    ‘टिकटकको व्यवस्थापनले गोपनियतासम्बन्धी सूचना डच भाषामा नदिएकोले उनीहरूको व्यक्तिगत तथ्याङ्क कसरी एपले सङ्कलन गर्छ भन्ने आवश्यक जानकारी नपाएको देखिएको छ,’ डीपीएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘यो गोपनीयता कानूनको उल्लङ्घन हो, जुन यो सिद्धान्तमा आधारित छ कि मानिसहरूलाई उनीहरूको व्यक्तिगत तथ्यांक के भइरहेको छ भन्ने बारे स्पष्ट जानकारी दिनुपर्दछ,’ डीपीएका अधिकारीले भनेका छन् ।

    तथ्यांक संरक्षणसम्बन्धी अनुगमनकारी संस्थाले नेदरल्याण्ड्समा तीन करोड ५० लाख टिकटक प्रयोगकर्ता रहेको लोकप्रिय सामाजिक सञ्जालमाथि गत बर्ष अनुसन्धान आरम्भ गरेको थियो । यद्यपि डीपीएले तोकेको जरिवाना तिर्न टिकटकले अस्वीकार गरेको छ ।

    एएफपीलाई दिइएको बयानमा टिकटकले यसको गोपनीयता नीति र युवा प्रयोगकर्ताहरूको लागि छोटो र बढी पहुँचयोग्य सारांश जुलाई २०२० देखि डच भाषामा उपलब्ध गराएको उल्लेख गरेको छ ।

    डच तथ्याङ्क संरक्षण प्राधिकरणले यो कुराको समाधानका लागि यसपहिले नै सहमति गरेको दाबी टिकटकले गरेको छ ।

    ईयूले टिकटकको आक्रामक विज्ञापन विधिप्रति चिन्ता व्यक्त गर्दै यसलाई सम्बोधन गर्नुपर्ने कुरा गत मे महिनामा जनाएको थियो ।

  • अमेरिकीहरुको औषत आयु दुईवर्षले घट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकी आयु ओरालोतर्फ

    अमेरिकीहरुको औषत आयु दुईवर्षले घट्यो, दोस्रो विश्वयुद्धपछि अमेरिकी आयु ओरालोतर्फ

    काठमाडौं । कोरोनाभाइरस महामारीको असर अमेरिकी नागरिकको जीवनमा देखिएको छ । महामारीले गर्दा सन् २०१८ सालदेखि २०२२ सम्म अमेरिकी नागरिकको औषत उमेर २ वर्ष घटेको एक शोधले जनाएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धानमा अमेरिकीको औषत उमेर घट्नुमा कोरोनामहामारीलाई कारण मानिएको छ ।

    उक्त अनुसन्धानको अनुसार अश्वेत जातिमा भन्दा गोरा जातिहरुको औषत उमेरमा ह्रास आएको छ । २०१८ मा अमेरिकीहरुको औसत उमेर ७८.७ वा ७९ वर्ष थियो भने २०२० मा घटेर ७६.९ वर्ष पुगेको छ ।

    यो अध्ययन युनिभर्सिटी स्कुल अफ मेडिसिनका स्टीवन वुल्फले गरेका हुन् । उनले भने, ‘अमेरिकीहरुमा दोस्रो विश्वयुद्ध अर्थात ८२ साल पछि उमेरमा गिरावट देखिएको हो ।

    अमेरिकीहरुको औषत आयु घट्नुको प्रमुख कारण :

    •  अमेरिकामा कोरोनाका कारण ६ लाख भन्दा बढीको मृत्यु भएकाले यसले औषत उमेरलाई असर ग¥यो ।
    •  लामो समयसम्म विरामी भएकाले स्वास्थ्य सेवा सुविधामा व्यवस्थापन हुन सकेन
    •  मानिसहरु संक्रमण हुँदा समयमा पाउनुपर्ने उपचार पाएनन्
    •  महामारीका कारण स्वास्थ्यसेवामा पहुँचको अभाव भएकाले बढी प्रभावित भए

    गोरा जातिहरुमा बढी असर

    अध्ययनका अनुसार अमेरिकी काला जातिको मृत्युदर गोरा जातिको भन्दा दोब्बर मृत्यु भएको थियो । अफ्रिकी अमेरिकाको औषत उमेर करिब ३।३ वर्षले घटेको छ भने ल्याटिन अमेरिकीहरुको ३।९ वर्षले घटेको छ । कोरोनाका कारण अन्य देशहरुमा पनि आयुमा गिरावट आएको छ । अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, इजराइल, नेदरल्यान्ड र ब्रिटेनमा पनि गिरावट आएको थियो ।

  • भारतीय अखबार दैनिक भाष्करको कार्यालयमा छापा, विरोधमा विपक्षीको नाराबाजीपछि दुबै सदन स्थगित

    भारतीय अखबार दैनिक भाष्करको कार्यालयमा छापा, विरोधमा विपक्षीको नाराबाजीपछि दुबै सदन स्थगित

    दिल्ली । भारतको चर्चित अखबार दैनिक भाष्करको कार्यालयमा आज बिहान कर सम्बन्धी नियामक निकाय सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी)ले छापा मारेको छ ।

    सीबीडीटी प्रवक्ता सुरभी अहलूवालियाले यसबारे पुष्टि गरेकी छिन् । उनले भनिन्, ‘दैनिक भाष्करको कार्यालयमा सीबीडीटीको अप्रेसन जारी छ । यस सम्बन्धमा अहिले हामी यति मात्र भन्न सक्छौं ।’

    कुन विषयलाई लिएर अप्रेसन गरिएको भन्नेबारे प्रवक्ता सुरभीले विस्तृत जानकारी दिइनन् । दैनिक भाष्करका राष्ट्रिय सम्पादक लक्ष्मीप्रसाद पन्तले जयपुर कार्यालयमा सीबीडीटीको टीम पुगेको आफूलाई जानकारी मिलेको बताए ।

    दैनिक भाष्कर भारतकै चर्चित अखबार हो । कोरोना महामारीको समयमा यसले थुप्रै खोजमूलक सामाग्री प्रकाशन गरेको छ । जसमा महामारी नियन्त्रणमा सरकारको फितलो व्यवस्थापनबारे प्रश्न गरिएको थियो ।

    भाष्करको कार्यालयमा भएको छापालाई लिएर सत्तापक्ष र विपक्षबीच चर्किएको विवादका कारण भारतको दुबै संसदका सत्र स्थगित भएका छन् । विपक्षी नेताले सरकारले मिडियाको आवाज दमन गर्ने कार्य गरेको आरोप लगाएका छन् ।

    दुबै सदन दिउँसो २ बजेसम्मको लागि स्थगन गरिएको छ ।

  • भाइरस उत्पत्तिबारे डब्लुएचओको दोस्रो चरणको अनुसन्धान योजना चीनद्वारा अस्वीकार

    भाइरस उत्पत्तिबारे डब्लुएचओको दोस्रो चरणको अनुसन्धान योजना चीनद्वारा अस्वीकार

    बेइजिङ । कोरोनाभाइरसको उत्पतिबारे विश्व स्वास्थ्य संगठनले सुरु गर्न लागेको दोस्रो चरणको अध्ययनमा चीनले सहभागिता नजनाउने भएको छ । डब्लुएचओका एक पदाधिकारीले अध्ययन प्रतिवेदनमा चीनको वुहानबाट भाइरस चुहावट भएको कुरा उल्लेख भएपछि चीनले भाग नलिने जनाएको हो ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपप्रमुख झेङ यछिनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रयोगशालाबाट चुहावट भएको कुरा उल्लेख भएको जानकारीमा आउँदा आफू आश्चर्यचकित भएको बताए ।

    ‘भाइरसको उत्पतिबारे दोस्रो चरणको छानविन गर्ने डब्लुएचओको योजना सामान्य बुझाइको कुरा हो । यो विज्ञानविरुद्धको कुरा पनि हो । हामीले उक्त योजना स्वीकार गर्नु असम्भव कुरा हो’ उनले भने ।

    भाइरस चुहावट भएपछि प्रयोगशालमा काम गर्ने कर्मचारी बिरामी भएको भन्ने अमेरिकी स्टेट डिपार्टमेन्टको दाबीलाई पनि उनले गलत भएको बताए । उनले कुनैपनि कर्मचारी भाइरसबाट बिरामी नभएको दावी गरे ।

    गत मार्चमा डब्लुएचओले भाइसको उत्पतिबारे प्रारम्भिक अनुसन्धान गर्दै रिपोर्ट सार्वजनिक गरेको थियो । डिसेम्बर २०१९ अघि भाइरस मानिसभन्दा पहिल्यै जनावरमा संक्रमण भएको हुनसक्क्ने कुरा उक्त रिपोर्टमा उल्लेख थियो ।

  • भारतमा कोभिड संक्रमण पुनः उकालो, प्रधानमन्त्री मोदीले गरे राज्यका मुख्यमन्त्रीसँग छलफल

    भारतमा कोभिड संक्रमण पुनः उकालो, प्रधानमन्त्री मोदीले गरे राज्यका मुख्यमन्त्रीसँग छलफल

    दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् ।

    अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको हो ।

    सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

    योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।

    भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १।३१ प्रतिशत मात्रै हो । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।

    यसैबीच, पुनः कोरोना संक्रमणमा वृद्धि हुन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य प्रमुखहरुसँग छलफल थालेका छन् । तेस्रो लहर रोकथामका जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न उनले भनेका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले केही महीनामै तेस्रो लहर आउन सक्ने बताइसकेको छ ।

  • टोकियो ओलम्पिकको उद्घाटन समारोहका प्रमुख बर्खास्त, ओलम्पिक भोलिदेखि सुरु हुँदै

    टोकियो ओलम्पिकको उद्घाटन समारोहका प्रमुख बर्खास्त, ओलम्पिक भोलिदेखि सुरु हुँदै

    टोकियो ओलम्पिक समारोहका निर्देशकलाई कार्यक्रमको एकदिन अघि पदबाट बर्खास्त गरिएको छ । सन् १९९० मा होलोकास्टलाई लिएर गरेको एक व्यंग्यको भिडिओ हालै सार्वजनिक भएपछि निर्देशक केन्टारो कोबायासीले पद गुमाउनुपरेको हो ।

    जापानी ओलम्पिक प्रमुख सेइको हासीमोतोले यसलाई इतिहासको पीडदायी तथ्यलाई मजाक गर्ने भिडिओ भएको बताएका छन् । कोबायासीको पदीय बर्खास्तीलाई ओलम्पिकलाई लिएर पछिल्लोपटक भएका स्क्यान्डलमध्येको एउटा श्रृंखला मानिएको छ ।

    उद्घाटन समारोहका कम्पोजरले आफ्नो समूह छाडेको एकदिन पछि यो विवाद प्रकाशमा आएको हो । कोबायासीले उक्त भिडिओमा स्कुलमा छँदा आफ्ना सहपाठीलाई चित्त दुख्ने गरी उनको शारिरीक अवस्थाबारे व्यंग्य गरेको देखिन्छ ।

    गत मार्चमा ओलम्पिक प्रमुख हिरोसी सासाकीले प्लस साइज कमेडियन नाओमी वातानेवीले ओलम्पिकमा भाग लिन सक्नेभन्दै उनको व्यंग्य गरेका थिए । पछि उनले राजीनामा दिनुपरेको थियो ।

    फेब्रुअरीमा ओलम्पिक आयोजक कमिटीको प्रमुखबाट योसिरो मोरीले पनि राजीनामा दिएका थिए । उनले महिलाहरु ओलम्पिकलाई अनुपयुक्त रहेको भन्दै टिप्पणी गरेपछि उनी आलोचित भएका थिए ।

    टोकियो ओलम्पिकको उद्घाटन शुक्रबार हुँदैछ । कतिपय खेलहरु चाहिँ सुरु भैसकेका छन् ।

  • टोकियो ओलम्पिकको उद्घाटनमा १५ देश र सङ्गठनका प्रमुख सहभागी हुने

    टोकियो ओलम्पिकको उद्घाटनमा १५ देश र सङ्गठनका प्रमुख सहभागी हुने

    टोकियो । जापानको राजधानी टोकियोमा शुक्रबारदेखि हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।

    प्रतियोगिताका आयोजकहरुले ७० देशका खेलकुद मन्त्री पनि सहभागी हुने अपेक्षा गरिएको बुधबार जानकारी दिएका छन् । जापानको मन्त्रिपरिषद्का प्रमुख सचिव कात्सुनोबु कातोले पत्रकारहरुसँग भने, ‘१५ देश र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरुसँगै ७० देशका खेलकुद मन्त्रीहरु उद्घाटन समारोहमा सहभागी हुने देखिएको छ ।”

    शीर्ष नेताहरुको उपस्थीतिलाई आफूहरुले उच्च महत्वका साथ लिएको र त्यसलाई महामारीको विषयमा छलफल गर्ने अवसरको रुपमा समेत उपयोग गरिने उहाँले जानकारी दिए । महामारीले विश्वभरी पारेको असर र त्यसको सामनाका लागि अपनाउनुपर्ने उपाय, राम्रा अभ्यास, अनुभव र सहयोग आदान प्रदानका सन्दर्भमा पनि नेताहरुको उपस्थिति उपलब्धिमूलक हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।

    अघिल्लो वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक–२०२० कोरोनाभाइरसको महामारीका कारण एक वर्ष ढिला गरी अहिले हुन लागेको हो । प्रतियोगिता यही जुलाई २३ मा सुरु भई आगामी अगस्ट ८ मा सकिने तय भएको छ । प्रतियोगिताका लागि लाखौँ खेलाडी तथा खेल पदाधिकारीहरु अहिले टोकियो पुगिसकेका छन् । प्रतियोगितामा कोरोनाभाइरस नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

  • पाकिस्तानमा टीकटकमा प्रतिबन्ध, समलैंगिकता र नग्नतालाई पश्रय दिएको आरोप

    पाकिस्तानमा टीकटकमा प्रतिबन्ध, समलैंगिकता र नग्नतालाई पश्रय दिएको आरोप

    इस्लामाबाद । अनुपयुक्त कन्टेन्ट समावेश गरेको भन्दै पाकिस्तानले चिनियाँ भिडिओ साझेदारी एप टीकटकलाई प्रतिबन्ध लगाएको छ ।

    पछिल्लो समय पाकिस्तानमा चिनियाँ एपले त्यहाँको सरकारसँग कानूनी लडाइ लडिरहेको छ । धार्मिक आस्थामा टीकटकले चोट दिएको भन्दै उसविरुद्ध मुद्दाहरु दायर भएका छन् ।

    यसअघि पनि त्यहाँको प्रान्तिय अदालतको आदेशमा दुई दिन टीकटकलाई प्रतिबन्ध लगाइएको थियो । तर, अभिव्यक्ति स्वतन्त्रताका पक्षपातिले चाहिँ इन्टरनेट र मिडियालाई नियन्त्रण गरेको भन्दै पाकिस्तानी सरकारको विरोध गरेका छन् ।

    पछिल्लो समय पाकिस्तानमा टीकटकको लोकप्रियता बढिरहेको थियो र पाकिस्तानीले यही प्लेटफर्मबाट सामानहरु विक्री पनि गरेका थिए । तर, धार्मिक कट्टरपन्थी मुलुकले टीकटकले समलिंगी समुदाय र नग्नतालाई पश्रय दिएको आरोप खेपिरहेको छ ।

  • चीनमा ६० वर्षयताकै भीषण वर्षा र बाढी, १२ जनाको मृत्यु, १ लाख जनाको उद्धार

    चीनमा ६० वर्षयताकै भीषण वर्षा र बाढी, १२ जनाको मृत्यु, १ लाख जनाको उद्धार

    बेइजिङ । अहिलेसम्मकै भारी वर्षापछि मध्य चीनमा भीषण बाढी जाँदा १२ जनाको मृत्यु भएको छ भने एकलाख जनालाई सुरक्षित ठाउँमा उद्दार गरिएको छ ।

    बाढीले हेनान प्रान्तका दर्जनौं सहर र राजधानी झेंगाउ समेत प्रभावित बनेका छन् । सार्वजनिक भिडिओमा मानिसहरुलाई रेल स्टेसन र सडकमा छातीसम्मकै पानीमा डुबेर हिँडेको देख्न सकिन्छ ।

    राष्ट्रपति सी जिङपिङले बुधबार बाढीले जोखिमपूर्ण परिस्थिती सिर्जना गरेको बताउँदै उद्दार र राहतका लागि काम भैरहेको जनाएका छन् । बाढीले उल्लेख्य मात्रामा जनधनको क्षति पु¥याएको सीको भनाई छ ।

    ९४ मिलियन मानिसको बसोबास रहेको हेनान प्रान्तमा मौसमको चेतावनी जारी गरिएको छ । स्थानीय अधिकारीहरुले ६० वर्षयताकै भीषण वर्षा र बाढी आएको जनाएका छन् ।

    मंगलबार भीषण आँधीपछि वर्षा हुन थालेको थियो ।

  • अन्तरीक्षमा जेफ बेजोसको १० मिनेट (भिडियो र तस्विर)

    अन्तरीक्षमा जेफ बेजोसको १० मिनेट (भिडियो र तस्विर)

    न्यूयोर्क । आफैले बनाएको रकेट न्यू सेपहर्डमा चढेर अर्वपति जेफ बेजोस्ले मंगलबार अन्तरीक्षको यात्रा गरेका छन् । आफ्न भाइ मार्क बेजोस, ८२ वर्षिय वाली फंक र १८ वर्षे स्कुल विद्यार्थीसँगै बेजोस अन्तरीक्षमा पुगेका थिए ।

    १० मिनेट अन्तरीक्षमा रहेर उनीहरुले त्यहाँबाट देखिने पृथ्वीको अद्भूत दृश्यावलोकन गरे । १० मिनेट र १० सेकेन्ड अन्तरीक्षमा बिताएका उनीहरु त्यसपछि कुशलतापूर्वक पृथ्वीमा फर्किए ।

    पृथ्वीमा अवतरण गरेपछि बेजोसको प्रतिक्रिया थियो : अहिलेसम्मकै उत्कृष्ट दिन ।

    अन्तरीक्ष पर्यटनको उद्देश्यले बनाइएको रकेट न्यू सेपहर्डलाई बेजोसको कम्पनी ब्लू ओरिजिनले निर्माण गरेको हो ।

    तर, अर्वपतिहरुको अन्तरीक्षा दौडाहालाई लिएर बेजोस र उनको सहयात्रीहरुको आलोचना पनि हुने गरेको छ । अन्तरीक्ष पर्यटनमा पैसा खर्च गर्नुको सट्टा जलवायु परिवर्तनमा खर्च गर्न उनीहरुको सुझाव छ ।

    तर, बेजोसले चाहिँ आफूसँग वातावरण जोगाउन योजना रहेको बताएका छन् । ‘हामीले प्रदूषणदेखि सबै कुराहरुलाई अन्तरीक्षमा लागेर पृथ्वीलाई एउटा सुन्दर थलो बनाउनुपर्छ’ अमेरिकी मिडिया एमएसएनबीसीसँग बेजोसले भने ।

  • इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु

    इराकमा भीषण बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु

    इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँ गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएकोे छ ।

    बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल-अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

    इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल सुरु गरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरिएको छ ।

    इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल-अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गरेका छन् ।

  • महामारीको बेला भारतमा अतिरिक्त ४० लाख जनाको मृत्यु भएको अमेरिकी अध्ययनको निष्कर्ष

    महामारीको बेला भारतमा अतिरिक्त ४० लाख जनाको मृत्यु भएको अमेरिकी अध्ययनको निष्कर्ष

    दिल्ली । कोभिड-१९ महामारीको कारण भारतमा ४० लाख जनाको अतिरिक्त मृत्यु भएको दाबी एक अमेरिकी अध्ययनले देखाएको छ । भारतमा कोभिडले ४ लाख १४ हजारको मृत्यु भएपनि अतिरिक्त मृत्यु बढी रहेको उक्त अध्ययनको निष्कर्ष छ ।

    अमेरिकाको सेन्टर फर ग्लोबल डेभलपमेन्टका अध्ययनकर्ताले जुन २१ सम्मको तथ्यांक संकलन गर्दै भारतमा सबै कारणले भएका अतिरिक्त मृत्युको अनुमानित संख्या गणना गरेका थिए ।

    उनीहरुले भारतको आधा जनसंख्या भएका सातवटा राज्यमा पञ्जीकृत मृत्युको तथ्यांक समेत अध्ययन गरेका थिए । भारतले महामारीको कारण हुने अतिरिक्त मृत्युको तथ्यांकको लगत राखेको छैन ।

    साथै, उनीहरुले संक्रमण भएका मानिसहरुको एन्टीबडी अध्ययन र सिरो सर्भेलेन्सको समय अध्ययन गरेका थिए । उनीहरुले १ लाख ७७ हजार परिवारका ८ लाख ६८ हजार व्यक्ति सहभागि भारतको उपभोक्ता सर्वेक्षणको परिणाम पनि हेरेका थिए ।

    यी सबै कुराको अध्ययन गरेर अनुसन्धानकर्ताले भारतमा ३४ लाखदेखि ४७ लाख अतिरिक्त मृत्यु भएको निष्कर्ष निकाले । यो तथ्यांक भारत सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणाले बढी हो । भारतका भूतपूर्व आर्थिक सल्लाहकार अरविन्द सुव्रमण्यमका अनुसार भारतमा ४० लाख जनाको महामारीको बेलामा मृत्यु भएको हो ।

  • जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदै

    जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदै

    काठमाडौं । ब्लु ओरिजिनका फाउन्डर तथा प्रसिद्ध बिलियोनेयर जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदैछन् । उनकै कम्पनी ब्लु ओरिजिनले बनाएको नयाँ शेफर्ड रकेटमा पहिलो पटक मानिस बोकेर अन्तरिक्षमा जाँदैछन् ।

    ‘हामी तयार छौं । रकेट पनि तयार छ,’ अमेजनका पूर्व सीईओसमेत रहेका बेसोसले रकेटको ट्रेनिङ क्यापसुल भित्रबाट सोमबार फक्ससँग भनेका थिए ।

    उनले भने– ‘यो टिम पनि रमाइलो छ, म एकदमै रमाइलो महसुस गरिरहेको छु । मेरा साथीहरूलाई पनि रमाइलो भइरहेको छ भन्ने मलाई लाग्छ ।’

    बेसोससँगै अन्य तीन यात्रु पनि उनीसँगै त्यसै रकेटमा हुनेछन् । ११ मिनेटको अन्तरिक्ष यात्रामा जाने उक्त रकेट शुक्रबार नै टेक्सास पुर्‍याएर लञ्च गर्ने तयारी भइरहेको छ ।

    बेसोससँगै १८ वर्षीय ओलिभर डाइमेन हुनेछन् । अक्सनमा २८ मिलियन डलरमा टिकट जितेका विजेताले आफू व्यस्त रहेको बताएसँगै ओलिभरले मौका पाएका हुन् । त्यस्तै, ८२ वर्षीय एभिएसन पायोनेर वाली फङ्क र बेसोसका दाजु मार्क बेसोस पनि रकेटमा हुनेछन् ।

    ओलिभर विश्वकै सबैभन्दा कम उमेरका अन्तरिक्ष यात्री बन्ने छन् भने फङ्कले सबैभन्दा बढी उमेरको कीर्तिमान बनाउने छिन् ।

    गत सोमबार फेडेरल एभिएसन एड्मिस्ट्रेसन अफ अमेरिकाले ब्लु ओरिजिनले बनाएको नयाँ शेफर्डलाई उडान अनुमति र लाइसेन्स दिएसँगै आज बेसोस अन्तरिक्ष यात्रामा निस्किन लागेका हुन् ।

    मंगलबार अमेरिकाको टेक्सासस्थित भान होर्न नजिकैबाट ‘न्यू शेफर्ड रकेट लञ्च हुनेछ ।

  • खोप लगाएका हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा : तस्विरहरु

    खोप लगाएका हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा : तस्विरहरु

    रियाद । कोभिड-१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् ।

    ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड-१९ नियन्त्रणका लागि बनाइएको कानूनको पालना गर्दै हज गर्न भेला भएका बताइएको छ ।

    इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज ईद अल-अदह उत्सवको समापनसँगै सकिनेछ । शारिरीक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तिमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ ।

    समाचार संस्था अल जजीराका अनुसार यस बर्ष हजका लागि मक्का पुगेका करीब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन् । कोरोनाभाइरसका कारण लगातार दोस्रो बर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस बर्ष भने मक्कामा ठूलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ । गत बर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए ।

    यो बर्ष हजका लागि साउदी अरबका कोभिड-१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ । यद्यपि कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सानो सङ्ख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन् । सायदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइने छैन ।

    साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो ।

  • चीनमा बाँदरबाट मानिसमा सर्ने ‘मंकी-बी’ भाइरस संक्रमणबाट पहिलो मृत्यु पुष्टि

    चीनमा बाँदरबाट मानिसमा सर्ने ‘मंकी-बी’ भाइरस संक्रमणबाट पहिलो मृत्यु पुष्टि

    बेइजिङ । चीनमा पहिलोपटक बाँदरबाट मानिसमा सर्ने ‘मंकी बी’ भाइरसको संक्रमणबाट एकजनाको मृत्यु पुष्टि भएको छ ।

    चिनियाँ स्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको एक विवरणमा बाँदरबाट मानिसमा भाइरस सरेको पुष्टि भएको र यो दुर्लभ घटना भएको जनाइएको छ ।

    बेइजिङमा बसोबास गर्दै आएका ५३ वर्षिय पुरुषको मृत्यु यस्तो खालको संक्रमणबाट पहिलोपटक चीनमा भएको जनाइएको छ । ती वृद्ध पुरुष शाकाहारी रहेको उल्लेख छ ।

    रोग नियन्त्रण तथा सुरक्षा केन्द्रका अनुसार ती मृतक पुरुष एक अनुसन्धान संस्थाको मातहत रहेर गत मार्चमा मृत्यु भएका दुईवटा गधा जनावरको मृत्युको कारणबारे अध्ययन गरिरहेका थिए ।

    अनुसन्धानकर्ताले सोही थलोमा मंकी-बी भाइरसको संक्रमण पत्ता लगाएका हुन् । ती पुरुषको सम्पर्कमा आएका पुरुष र महिलाको परीक्षण गर्दा भने भाइरस नेगेटिभ पुष्टि भएको छ ।

    टोक्योस्थित कोवे विश्वविद्यालयका सरुवा रोग विशेषज्ञ केन्तारो इवाताका अनुसार मंकी बी भाइरसले मानिसको सुक्ष्म तन्तुमा आक्रमण गर्दै अन्ततः मस्तिष्कमा असर पार्छ । त्यसपछि मानिस बेहोस हुनसक्छ । उपचार नपाए मृत्यु हुन सक्ने सम्भावना ८० प्रतिशत रहने उनको भनाई छ ।

  • विश्वका सरकारद्वारा १८० पत्रकारको जासूसी गरेको खुलासा, पेगासेस सफ्वेयर प्रयोग गर्दै सूचना ह्याक

    विश्वका सरकारद्वारा १८० पत्रकारको जासूसी गरेको खुलासा, पेगासेस सफ्वेयर प्रयोग गर्दै सूचना ह्याक

    काठमाडौं । केही मुलुकका सरकार आफ्नो आलोचना गर्ने पत्रकारको निगरानी गरेको खुलासा भएको छ । इजरायलमा विकास भएको सफ्टवेयर पेगासेसको मद्दतबाट ती पत्रकारको जासुसी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    १६ वटा अन्तर्राष्ट्रिय मिडियाले लामो अध्ययनपछि सार्वजनिक गरेको विवरणमा यस्तो दावी गरिएको छ । विश्वभर १८० संवाददाता र सम्पादकलाई सरकारी निगरानीमा राखिएको समेत उल्लेख छ ।

    यस विवरणमा भारत पनि सामेल छ जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्ने पत्रकारलाई पनि निगरानीमा राखिएको उल्लेख छ । विश्वका विभिन्न स्थानमा पेगासेसका ग्राहकले सरकारको आलोचना गर्ने पत्रकारको निगरानी राखेको कुरा उल्लेख छ ।

    एसियादेखि अमेरिकासम्मै सरकारले पेगासेसको माध्यमबाट रिपोर्टरको जासूसी गरेको जनाइएको छ । संसारका केही देशको सूची पनि सामेल छ जहाँ सरकारले पत्रकारलाई निगरानीमा राखेको छ ।

    सूचीको पहिलो स्थानमा अजरबैजान छ जहाँ ४८ जना पत्रकार सरकारी निगरानीमा रहेको उल्लेख छ । भारतमा त्यस्ता ३८ जना पत्रकार रहेको दाबी गरिएको छ ।

    यो सूची सार्वजनिक हुने वित्तिकै सफ्टवेयर पेगासेस निर्माता कम्पनी एनएसओ ग्रुपले यसलाई आफूविरुद्ध भएको अन्तर्राष्ट्रिय षड्यन्त्र भनेको छ । पेगासेसको माध्यमबाट एसएमएस, ह्वाट्सएप, आई म्यासेज पठाउने गरिन्छ र क्लिक गर्न भनिन्छ ।

    सो क्लिक गर्दा स्पाइवेयर एक्टिभ हुनेगर्छ । उक्त सफ्वटेयर एकपटक एक्टिभ हुने वित्तिकै एसएमएस, इमेल, ह्वाट्सएप, च्याट, कन्ट्याक्ट बुक, जीपीएस डेटा, फोटो र भिडिओ लाइब्रेरी र क्यालेन्डरमा सीधै पहुँच स्थापित हुने गर्छ ।

  • अफगानिस्तानले पाकिस्तानबाट सबै कूटनीतिक कर्मचारी फिर्ता बोलायो

    अफगानिस्तानले पाकिस्तानबाट सबै कूटनीतिक कर्मचारी फिर्ता बोलायो

    काबुल । अफगानिस्तानले पाकिस्तानको राजधानीबाट राजदूतसहितका सबै कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाएको छ ।

    पाकिस्तानस्थित आफ्ना राजदूतकी छोरी अपहरणमा परेपछि अफगानिस्तानले यस्तो निर्णय लिएको हो ।

    अफगानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त घटनाले अफगानिस्तानको शान्ति प्रक्रियालार्ई चुनौति दिएको उल्लेख छ ।

    पाकिस्तानका लागि अफगानी राजदूत नजिब अलिखिलकी छोरी सिलसिला अलिखिललाई शुक्रबार अज्ञात व्यक्तिहरुले कब्जामा लिएका थिए । पाकिस्तानी अधिकारीहरुले घटनबारे छानविन गर्ने जनाएका छन् ।

    ‘सुरक्षा चुनौति, धम्की र सजाय समाप्त नहुँदासम्म अफगानिस्तानले पाकिस्तानबाट सबै कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेको छ’ अफगानी विदेश मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पाकिस्तानी सहरबाट घरतर्फ फर्कैदै गर्दा सिलसिला अपहरणमा परेकी थिइन् । केही घण्टापछि उनलाई रिहा गरेर छाडिएको थियो भने अहिले अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

  • बंगलादेशमा लकडाउन जारी रहेपनि कोरोना संक्रमणदरमा वृद्धि

    बंगलादेशमा लकडाउन जारी रहेपनि कोरोना संक्रमणदरमा वृद्धि

    ढाका । बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो ।

    यहाँ पछिल्लो २४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन् । त्यस्तै शनिबारमात्र यहाँ २०४ जनाको ज्यान गएको छ । बंगलादेशको सरकारले करिब महिना दिनदेखि कतै कडा र कतै केही खुकुलो खालको लकडाउन घोषणा गरेको समाचारमा जनाइएको छ ।

    बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो ।यहाँका अधिकारीहरुका अनुसार यहाँ हालसम्म १० लाख भन्दा बढी संक्रमित पाइएका छन् भने १७ हजार जना भन्दा बढीको ज्यान गएको छ ।

    यहाँ लकडाउनका कारण प्रायः सरकारी कार्यालय तथा अदालतहरू बन्द रहेका छन् । तर औधोगिक क्षेत्रहरू भने आलोपालो गरी चलिरहेका छन् । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरू तथा अदालतहरू बन्द छन् । तर उद्योग तथा मिलहरू आलो पालो सञ्चालन हुने अधिकारीहरूले जनाएका छन् ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

  • बुलेटप्रुफ लुगा लगाएर स्वदेश फर्किइन् हाईटीका पूर्वराष्ट्रपतिकी श्रीमती

    बुलेटप्रुफ लुगा लगाएर स्वदेश फर्किइन् हाईटीका पूर्वराष्ट्रपतिकी श्रीमती

    काठमाडौं । दुई साताअघि हत्या गरिएका हाईटीका राष्ट्रपति जोभेनेल मोइजकी श्रीमती स्वदेश फर्किएकी छन् । अज्ञात समूहले जुलाई ७ मा राष्ट्रपतिको घरमा घुसेर जोभेनेलको हत्या गरेका थिए ।

    सोही हमलामा घाइते भएकी फर्स्ट लेडी मार्टिन मोइज फ्लोरिडामा उपचार गरेर फर्किएकी हुन् । हाइटीको विमानस्थलबाट बाहिर निस्किँदै गर्दा मार्टिनले बुलेटप्रुफ भेस्ट लगाएकी थिइन् ।

    गोली हानेरपतिको हत्या भएको समयमा मार्टिन आफू पनि घाइते भएकी थिइन् । घाइते भए लगत्तै उनलाई उपचारका लागि अमेरिका लगिएको थियो ।

    हाइटीका एक अधिकारीको ट्वीटअनुसार मार्टिन देश फर्किएसँगै उनका पतिको अर्को साता दाहसंस्कार हुने भएको छ ।

    मार्टिनलाई हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउठ जोसेफले कडा सुरक्षासहित विमानमा स्वागत गरेका थिए । मार्टिनले उनका पतिले अन्त्यमा एक शब्द पनि बोल्न नपाएको र उनलाई गुमाउनुको पीडा कहिल्यै नभुल्ने बताउँदै ट्वीट गरेकी थिइन् ।

    प्रहरीले राष्ट्रपतिको हत्याको अनुसन्धान गरिरहेको छ र हालसम्म २६ जना कोलम्बियन र दुई हाइटीयन–अमेरिकन नागरिकलाई पक्राउसमेत गरेको छ ।

  • भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गर्दै चीनसहित ४८ देशले लेखे डब्लुएचओलाई पत्र

    भाइरसलाई राजनीतिकरण नगर्न आग्रह गर्दै चीनसहित ४८ देशले लेखे डब्लुएचओलाई पत्र

    बेइजिङ । कोरोनाभाइरस उत्पत्तिको विषयलाई राजनीतिकरण नगर्न आग्रह गर्दै ४८ मुलुकले विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

    यद्यपी, कुन-कुन देशले पत्रमा हस्ताक्षर गरेका हुन् भन्ने कुरा उनले खुलाएनन् । अमेरिका र उसका साझेदार मुलुकहरुले भाइरस उत्पत्तिको निश्पक्ष छानविनमा चीनले सघाउनुपर्ने माग गरिरहँदा चीनको तर्फबाट यस्तो जानकारी प्रकाशमा आएको हो ।

    डब्लुएचओ निर्देशक डा. टेड्रोसलाई पठाइएको पत्रमा कोरोनाभाइरस मानव जातीविरुद्धकै साझा दुश्मन भएकाले सबै मिलेर मात्र यसलाई पराजित गर्न सकिने कुरा उल्लेख गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

    चीन र डब्लुएचओको संयुक्त कार्यपत्र अनुसार नै भाइरस पहिचानको दस्तावेज बन्नुपर्ने समेत उल्लेख छ । साथै पत्रमा भाइरसलाई राजनीतिकरण नगर्न र विश्व स्वास्थ्य सम्मेलनको बडापत्र अनुसार अगाडि बढ्न भनिएको छ ।

    उक्त पत्रमा ठूलो संख्यामा विकासोन्मुख मुलुकहरुले यसबारे डब्लुएचाओसँग न्याय मागेको दाबी पनि पत्रमा गरिएको छ ।

    नेपालले भन्यो : हामीलाई जानकारी छैन

    चीनले ४८ मुलुकले पत्रमा हस्ताक्षर गरेको बताएपनि देशको नाम चाहिँ उल्लेख गरेको छैन । नेपालले यसबारे आफूहरुसँग परामर्श नगरिएको र जानकारी नगरिएको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयसँग छलफल र परामर्श नगरिएको बताए ।

  • अमेरिकाले अन्तरिक्षबाट चीन र रुसको निगरानी गर्ने, ३६ हजार टाढाको वस्तु पहिचान गर्नसक्ने राडार स्थापनाको तयारी

    अमेरिकाले अन्तरिक्षबाट चीन र रुसको निगरानी गर्ने, ३६ हजार टाढाको वस्तु पहिचान गर्नसक्ने राडार स्थापनाको तयारी

    वासिङ्टन । अन्तरिक्षमा टाढा रहेका वस्तुहरुको निगरानी गर्न अमेरिकाले बेलायतमा एउटा ठूलो राडार प्रणाली स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । उसले जडान गर्ने भनेको उक्त विश्वव्यापी प्रणालीले ३६ हजार किलोमिटर टाढासम्मका सम्भावित वस्तुलाई पहिचान गर्ने जनाइएको छ ।

    अमेरिकी रक्षा मन्त्रालयले जडान गरिने भनिएको उक्त रडारको क्षमताले अन्तरिक्षलाई अझ बढी सुरक्षित गराउने दाबी गरेको छ । अन्तरिक्षको त्यस्तो भित्री भागमा धेरै सैन्य भूउपग्रहहरू राखिएको जनाइएको छ ।

    पछिल्लो समय अन्तरिक्षमा अन्य शक्तिराष्ट्रले पनि आफ्ना गतिविधि तीव्र तुल्याएपछि अमेरिकाले उनीहरुको काम र वस्तुलाई निगरानी तुल्याउन चाहेको हो । पछिल्लो समय अन्तरिक्षमा भूउपग्रहको भीडभाड बढेको छ ।

    अमेरिका र बेलायतले रुस र चीनप्रति लक्षित गर्दै ती दुई मुलुकले भूउपग्रहलाई हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप लगाएका छन्। अमेरिकाले उक्त प्रणाली अमेरिकाको टेक्सस र अस्ट्रेलियामा पनि राख्ने योजना बनाएको छ।

    गतवर्ष १,००० भन्दा धेरै नयाँ भूउपग्रहहरू अन्तरिक्षमा पठाइएका थिए । तीमध्ये १० भूउपग्रह अमेरिकी सेनाका थिए। डीएआरसी भनिने उक्त प्रणालीको विकास अहिले यूएस स्पेस एण्ड मिसाइल सिस्टम्स सेन्टरमा भइरहेको छ। क्यालिफोर्नियामा रहेको उक्त केन्द्रमा रक्षामन्त्री बेन वालेस र यूकेका रक्षा प्रमुखले यसै साता भ्रमण गरेका थिए।

    उनीहरूले इलोन मस्कको अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्ससँग समेत बैठक गरेका थिए। अमेरिकी अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वालकरले अमेरिकाले त्यस्ता रडारहरू ुस्कटल्याण्ड वा थप दक्षिणतर्फु राख्नेबारे यूकेसँग छलफल गरिरहेको बताएका छन्। उनले त्यस्तो रडाल प्रणालीका लागि एक वर्गकिलोमिटरको क्षेत्रफल चाहिने बताए।

  • फेसबुकले खोप र महामारीबारे गलत सूचना फैलाएर मान्छे मार्ने काम गरिरहेको छ : बाइडेन

    फेसबुकले खोप र महामारीबारे गलत सूचना फैलाएर मान्छे मार्ने काम गरिरहेको छ : बाइडेन

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपलाई लिएर फेसबुकजस्ता सामाजिक संजालमा फैलिएको गलत सूचनाले मानिसको मृत्यु हुने क्रम बढेको चेतावनी दिएका छन् ।

    खोप र महामारीबारे गलत सूचना फैलाउन फेसबुकले मद्दत गरेको भन्दै बाइडेनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो असन्तुष्टि जनाएका हुन् ।

    पछिल्लो ह्वाइट हाउसले गलत सूचनालाई फैलाउनबारे रोक्न सामाजिक संजालका कम्पनीमाथि दबाब दिइरहेको छ । फेसुबकले पनि नागरिक स्वास्थ्यको रक्षाका लागि आफूले कडा कदम चालिरहेको जनाएको छ ।

    ‘तिनीहरुले मान्छे मारिरहेका छन्’ बाइडेनले भने, ‘खोप नलगाएकाले अहिले संक्रमण फैलाइरहेका छन् र महामारीलाई जटिल तुल्याइरहेका छन् ।’

    अमेरिकी स्वास्थ्य अधिकारीले पछिल्लो समय संक्रमण र मृत्युदर वृद्धि हुनुमा खोप नलगाएका मानिसहरु जिम्मेवार रहेको बताउँदै आएका छन् । शुक्रबार नै ह्वाइट हाउसका प्रेस सेक्रेटरी जोन पास्कीले पनि फेसबुकसहितका सामाजिक संजालले गलत सूचनालाई रोक्न कुनै कदम नचालेको बताएका थिए ।

    फेसबुकका प्रवक्ता केभिन म्याकलिस्टरले चाहिँ गलत सूचना फैलाउने १ करोड ८० लाखभन्दा बढी एकाउन्टलाई बन्द गरिएको जनाएका छन् ।

  • भीषण वर्षापछिको बाढीमा परेर युरोपमा १५३ जनाको मृत्यु, जर्मनी र बेल्जियममा सबैभन्दा बढी क्षति

    भीषण वर्षापछिको बाढीमा परेर युरोपमा १५३ जनाको मृत्यु, जर्मनी र बेल्जियममा सबैभन्दा बढी क्षति

    अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

    धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको संख्या बढी रहेको बताइएको छ ।

    जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।

    नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।


  • अफगानिस्तानमा पुलित्जर विजेता फोटो पत्रकारको हत्या

    अफगानिस्तानमा पुलित्जर विजेता फोटो पत्रकारको हत्या

    काबुल । अफगानिस्तानको कान्दाहार क्षेत्रमा तालिवान विद्रोही र सुरक्षाकर्मीको भीडन्तमा पुलित्जर पुरस्कार विजेता भारतीय फोटोपत्रकार दानिश सिद्धिकीको मृत्यु भएको छ ।

    उनी समाचार एजेन्सी रोयटर्समा कार्यरत थिए । सन् २०१८ मा उनले पुलित्जर पुरस्कार प्राप्त गरेका थिए ।

    टोलो न्यूजका अनुसार दानिश केही दिनदेखि त्यहाँको स्पिन बोल्डक जिल्लाको परिस्थितीबारे रिपोर्टिङ गरिरहेका थिए । उद्धारमा खटिएको अफगानिस्तानी सुरक्षाकर्मीको मिसनसँगै थिए । उनले तीन दिन अघि गरेको ट्वीटमा यो कुरा उल्लेख छ ।

    अफगानिस्तानका राजदूत फरीद मामुन्दजईले दानिशको निधनबारे जानकारी दिएका छन् । हत्या कसले र किन गरेको हो भन्नेबारे केही खुलाइएको छैन । दानिशले हालै अफगानिस्तानमा स्पेसल फोर्सेसबारे रिपोर्टिङ गरेका थिए ।

  • कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो (सूचीसहित)

    कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो (सूचीसहित)

    काठमाडौं । कोरोनाभाइरस सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    सूचीसहित :