Category: स्वास्थ्य-जीवनशैली

  • काठमाडौं उपत्यकामा शनिबार थपिए ५४९ संक्रमित

    काठमाडौं उपत्यकामा शनिबार थपिए ५४९ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा ५४९ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३७० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ११२ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,२७८ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,५८३ जना, भक्तपुरमा १,४४० जना र ललितपुरमा २,२५५ जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा,सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • शनिबार १८ सय कोभिड बिरामी थपिए, २७ जनाको मृत्यु

    शनिबार १८ सय कोभिड बिरामी थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार १७६ वटा नमूना (पीसीआर ९४०९ र एन्टीजेन ३७६७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार २७ जनाको मृत्यु भएको छ भने २२ सय २२ जना निको भएका छन् ।

    हालसम्म मुलुकमा ३६ हजार ८६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ६९० जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ६१५ जना, भेन्टिलेटरमा १७४ जना, होम आइसोलेशनमा ३३,८३५ जना, संस्थागत आइसोलेशनमा ३,०३१ र क्वारेन्टाइनमा ३४६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • तेस्रो लहर आउने नआउने कुरा जनतामा निर्भर हुन्छ, साँझ ८ बजेपछि एक समूह जोगियो  : स्वास्थ्य मन्त्रालय

    तेस्रो लहर आउने नआउने कुरा जनतामा निर्भर हुन्छ, साँझ ८ बजेपछि एक समूह जोगियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् ।स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता संक्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।

    तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा खुकुलो र चाडपर्व सुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।

    अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोनाभाइरस संक्रमणदर अहिले पनि जारी छ । गत साउन १ गते दुई हजार ९३६ मा कोरोनाभाइरस संक्रमण देखिएकोमा गत साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ जना संक्रमित पुगेका छन् । यस्तै हिजो (शुक्रबार) दुई हजार ६५, बिहीबार दुई हजार ४३३, बुधबार दुई हजार ४८२, मंगलबार दुई हजार ५२५ संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए । ‘सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम हुन्छ’, उनले भने, ‘तेस्रो लहर नेपालमा भित्र्याउने कि नभित्र्याउने, कस्तो भेरियन्ट ल्याउने भन्ने जनताको हातमा छ ।’ भीडभाडमा हिँड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उनको भनाइ छ । उनले सरकारले मात्र संक्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा संक्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए ।

    गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । अहिले नेपालमा कोरोनाको डेल्टा भेरियन्ट संक्रमण आइरहेको छ ।

    संक्रमणको चौथो तह

    मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा संक्रमण फैलिरहेको छ । ‘अहिले समुदायस्तरमा संक्रमण फैलिरहेको छ । यसरी फैलिनु भनेको देशको सबै भागमा संक्रमणको तेस्रो वा चौथो तह भन्ने बुझिन्छ’, उनले भने, ‘कुनै पनि जिल्ला वा गाउँमा संक्रमण छैन भन्ने अवस्था छैन । संक्रमण फैलिरहेको हुनाले कति सचेत भएर रोक्न सक्छौँ भन्ने कुरा हो ।’

    उनले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिए । पाँच/छ महिना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने बताए । ‘अहिले भन्दा कमजोर भेरियन्ट आए समस्या हुँदैन’, उनले भने, ‘तर अहिलेको भन्दा बलियो आए समस्या आउन सक्छ ।’

    पीसीआर परीक्षण गर्दा अहिले १९.५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमित सबैले परीक्षण नगराउँदा पनि संक्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले जनाएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले मानिस आफैँ सचेत भएर संक्रमणलाई रोक्नुपर्ने बताए । उनले दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि संक्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गरे ।

    मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शैय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ ।

    मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यकरुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधै सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    साँझ ८ बजेपछि एक समूह जोगियो

    मन्त्रालयका प्रवक्ता डा. पौडेलले साँझ ८ बजेपछि होटेल रेस्टुरेन्ट बन्द गरेर एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको उनको भनाइ छ । ‘रेस्टुरेन्टमा बसेर खाना, खाजा खानेले मास्क लगाउँदैनन्’, उनले भने, ‘तर साँझ ८ बजेपछि रेस्टुरेन्ट बन्द हुँदा एउटा समूह संक्रमणको जोखिमबाट जोगिएको छ ।’

  • ‘अब हामीले खोपको ट्रायलपछि औषधि पनि नेपालमै बनाउनुपर्छ’

    ‘अब हामीले खोपको ट्रायलपछि औषधि पनि नेपालमै बनाउनुपर्छ’

    बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा चिनियाँ कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बीपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दैछ । भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने भनेपछि विभिन्न कौतुहलता पैदा भएका छन् । आखिर के हो त मन्त्रिपरिषद् बैठकले नेपालमा परीक्षण गर्न अनुमति दिएको एमआरएनए भ्याक्सिन ? यसले के गर्छ ? कस्तो किसिमको भ्याक्सिन हो यो ? भन्ने बारेमा न्यूज एजेन्सी नेपालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीसँग कुराकानी गरेको छ । डा. ज्ञवालीका अनुसार यो भ्याक्सिन संक्रामक रोगहरुबाट सुरक्षित बनाउनका लागि विकास गरिएको नयाँ प्रविधिको खोप हो । यो भ्याक्सिनले हाम्रो शरीरको कोषलाई कुनै निश्चित प्रकारको भाइरस वा जीवाणुसँग लड्नका लागि आवश्यक रोग प्रतिरोधात्मक क्षमता विकासका लागि प्रेरित गर्ने प्रोटिन बनाउन सिकाउँछ । यसै सन्दर्भमा आधारित रहेर गरिएको अन्तर्वार्ताको सम्पादित अंश यस्तो छ ।

    सरकारले एमआरएनए खोपको परीक्षण गर्न दिने निर्णय गरेको छ, यो कस्तो खोप हो ?

    हिजो मात्रै क्याबिनेटबाट दुईवटा भ्याक्सिन, एउटा कोरोनासँग सम्बन्धित भ्याक्सिन (सार्स कोभ-२) र हैजासम्बन्धी कलेरा भ्याक्सिनलाई अनुमति दिएको छ । कोरोना सम्बन्धी भ्याक्सिन के हो भन्दा, चीनमा वालभ्याक्स भन्ने कम्पनी छ यसले उत्पादन गरेको भ्याक्सिन हो । त्यो अमेरिकाको फाइजर जस्तै कम्पनी हो । त्यो भाइरस स्पेसिफक भ्याक्सिन हो । एमआरएनए भ्याक्सिन फ्रिजको तापक्रममा भण्डारण गर्न मिल्छ । फाइजर माइनस २० डिग्रीमा राख्नुपर्छ तर यो फ्रिज टेम्पे्रचरमा राख्न मिल्ने भ्याक्सिन हो । हाम्रो जस्तो मुलुकमा एमआरएनए जस्तो भ्याक्सिन भएपछि स्टोरेज गर्न र ट्रान्सपोटेशन गर्न सजिलो हुन्छ । वालभ्याक्स भन्ने कम्पनीले प्रायोजन गरेको भ्याक्सिनलाई देउराली जनता फर्मास्युटिकल्स भन्ने नेपाली कम्पनीले लोकल पार्टनरको हिसावले काम गर्न खोजेको हो ।

    बीपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा यसको ट्रायल गर्ने साइडको हिसावले काम हुँदैछ र ३ हजार स्वयंसेवक सहभागिमा यसको ट्रायल (परीक्षण) शुरु गर्न लागिएको छ । हामीले इथिकल हिसावमा नेपाल सरकारले पहिला पास गरेको भ्याक्सिन ट्रायलको (प्रोसेस) प्रक्रिया अनुसार सर्वप्रथम जसले भ्याक्सिन ट्रायल गर्न चाहन्छ, त्यो ट्रायल गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पहिला प्रस्ताव लैजान्छ । इथिकल रिपोर्टबाट हेरेपछि यो ठीक छ भन्ने भएपछि हामीले मन्त्रालय हुँदै क्याबिनेट पठाउनुपर्छ । त्यो क्याबिनेटले पास गरेको अवस्था हो यो । क्याबिनेटले पास गरेपछि पनि अझै सकिएको छैन र यो डकुमेण्ट औषधि व्यवस्था विभागमा लाइसेन्सको लागि जानुपर्छ । औषधि व्यवस्था विभागले फाइनल स्विकृति दिइसकेपछि हामीले त्यसको प्रोसेसमा कति कहाँ भएको छ, सबै हेरेर लोकल साइटसँग छलफल गरेर, कम्पनीसँग छलफल गरेर हामीले अघि बढ्नुस् भनेपछि यो ट्रायल शुरु हुन्छ । अर्को कलेरा वाला भनेको रेगुलर चलेको भ्याक्सिन मध्येकै एक हो ।

    ट्रायलमा (परीक्षण) व्यक्तिको छनोट कसरी हुन्छ, ती व्यक्तिहरुले कसरी सहभागिता जनाउने ?

    आम पब्लिकले एउटा बुझ्नै पर्ने कुरा के हो भने क्लिनीकल ट्रायलका ४ फेजमध्ये यो तेस्रो फेजको ट्रायल हो । यसमा सेफ्टी हेरिन्छ, मानिसलाई हानी गर्छ की गर्दैन ? र अर्को इफेक्टिभ कत्तिको छ भनेर हेरिसकेपछि थोरे पपुलेसनमा ठीक छ भनेर अगाडि बढेको र साइन्टिफिक पब्लिकेसन पछाडि तेस्रो चरणमा प्रवेश गरेको हो । यसलाई हामीले मल्टीसेन्टिक, मल्टिनेशनल ट्रायल भन्छौँ । मल्टिनेशनल ट्रायलभित्रमा लगभग १५, २० हजारदेखि ३० हजारसम्म सहभागिता हुन्छन् । सहभागिमा भ्याक्सिन लगाएर हरेपछि इफेक्टीभिटी अझै बढी पर्दो रहेछ । सेफ्टी कति छ ? इफेक्टिभ कति छ, भनेर हेर्ने हो, थर्ड फेजको ट्रायलको विषय त्यही नै हो ।

    अहिले हामीले लगाएका भ्याक्सिनहरु पनि थर्ड फेज सकिसके पछाडी इमर्जेन्सी अथवा मान्यता पाएपछि लगाएको भ्याक्सिन हो । यद्यपी यसको रिसर्च भइरहेको छ । यसले कहिलेसम्म काम गर्छ, कुन उमेर समूहमा काम गर्छ, बच्चा, बुढाबुढी, प्रेग्नेन्सीको बारेमा हेर्नै बाँकी छ । अथवा लगाएको भ्याक्सिन कहिलेसम्म रहन्छ, अथवा भ्याक्सिन लगाइसकेपछि शरीरले भ्याक्सिनको लागि एन्टीबडी उत्पादन गर्ने, आफैँ क्षमता उत्पादन गर्छ की गर्दैन यी सबै हेर्नै बाँकी छ । त्यसकारणले अध्ययनकै क्रममा छ । थर्ड फेज ट्रायलमा काम कत्तिको गर्छ भनेर हेरिन्छ, फरदर सेफ्टी हेरिन्छ । त्यसकारणले यसमा डराइहाल्नुपर्ने स्थिती होइन । सहभागिको छनोट इथिकल रिपोर्टमा हाल्दा सबै कुरा हुन्छ, सहभागिताको प्रोटोकलमा डिजाइन हुन्छ, त्यो प्रोटोकल, डिजाइन, मेथोलोजीमा कहाँ, कसरी, कुनकुन मान्छेमा गर्ने, कस्ता उमेर समूहमा गर्ने, हार्महरु के हुनसक्छ, फाइदा के हुन्छ, सबै कुरा साइन्टिफिक हिसावले हेरेपछि मात्रै हामीले अगाडि बढाउने हो । सहभागिता छनौट गर्ने कुरा त्यहीँ नै उल्लेख भएको हुन्छ । जहाँ जस्तो अवस्थामा मान्छे खोजेर ल्याएर दिने होइन, प्रोटोकलमा उल्लेख भएअनुसारको आधारमा मान्छे स्वतन्त्र हुन्छ । प्रि–क्लिनीकल स्टडी गरेर ल्याबमा काम गर्दा गिग्न्यापिक भन्ने कुरा गलत छ । कोही ट्रायलमा सहभागी नभए त विश्वमा भ्याक्सिन कहीँ बन्दैन, ट्रायलमा सहभागी हुने मान्छे भोलेन्टियर हो, स्वतन्त्र हिसावले आउन पाउँछ, कसैलाई जबरजस्ती गर्न पाइँदैन । अन्तर्राष्ट्रिय कानूनले छुन्छ । त्यसैले अन्तर्राष्ट्रिय कानून पढेर, बुझेर मात्रै दिन्छौँ ।

    यदि ट्रायल सफल भए त विश्व नै लाभान्वित भयो, तर भवितव्य केही भयो भने के छ नेपालको कानून ?

    हामीले जहिले पनि अन्तर्राष्ट्रिय खालको ट्रायल गर्दा कुन अस्पतालमा उपचार गर्ने, समस्या भए कसरी लैजाने, के गर्ने, केयर गर्नेदेखि लिएर बीमाका कुरा पनि हुन्छन् । बीमा बिना हामी गर्दैनौ । त्यसबाट सामान्य बिरामी, गम्भीर बिरामी हुँदा के गर्ने, कहाँ उपचार गर्ने, उपचार गरेबापत्को खर्च कसले व्यहोर्ने भन्ने अन्तर्राष्ट्रिय नियमानुसार नै हुन्छ । प्रायोजकको नियममा प्रायः कम्पनी नै प्रायोजन हुन्छ, छैन भने कुनै संस्था र वा अन्य केही हुन्छ । त्यो कम्पनीको कुराभित्र पर्छ, दायित्व भित्र पर्छ, त्यतिखेर खर्च नै त्यसरी छुट्याएको हुन्छ । प्रायोजकले हामीलाई बजेट दिँदा नै शीर्षकसहितको खर्च गर्ने कुराहरु आउँछ । यसमा सहभागिले खर्च गर्नु पर्दैन । प्रोटोकलले डिजाइन गरेअनुसार नै खर्च गर्नुपर्छ र इन्स्योरेन्स बिना सअभागी हुन दिँदैनौ ।

    ट्रायलमा व्यक्तिले पाउने लाभ र सरकारले पाउने लाभ कसरी पहिचान हुन्छ ?

    क्लिनीकल रिसर्चमा सामान्य ब्लड निकाल्नेदेखि भ्याक्सिन लाउने कुरा हुन्छन्, त्यहाँ मान्छेहरुको बेनिफिट (लाभ) र हानी (रिस्क) को बारेमा कुरा गर्छौं । त्यसैले जहिले पनि हामीले हानी भन्दा लाभ बढाउनुपर्छ भन्नेमा लाग्छ । बेनिफिट भनेको के हुन्छ भने कुनै पनि क्लिनीकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै पपुलेशन (जनसंख्या) मा हाम्रै समुदायमा भ्याक्सिन लगाउनुभन्दा अगाडि नै उमेर समूह देखि लिएर शीर्षकगत हिसावले, जेनेटिक हिसावले सबै कुराहरु पहिले नै हेर्न पाइन्छ, भोलि सबैमा भ्याक्सिन लगाउँदा अलरेडी हामीले हेरिसकेका हुन्छौँ । हाम्रो जेनेटिक मेकअप अनुसार पनि यो भ्याक्सिन राम्रो हुन्छ कि हुँदैन थाहा भइसकेको हुन्छ । किनभन्दा अमेरिकामा पपुलेशन र त्यहाँको जेनेटिक्स क्षेत्रगत हिसावले भौगोलिक खानपान, यहाँ फरक छ । त्यसैले कहिले काहीँ भ्याक्सिनले काम गर्ने कुराहरु फरक पर्न सक्छ । एउटा कुरा हाम्रो क्षेत्रगत, भौगोलिक हिसावले हाम्रोमा हेर्न पाइन्छ, अर्को ट्रायलको अन्तर्राष्ट्रिय मान्यता के हो भने ट्रायल गर्ने पार्टीसिपेट (सहभागि) र राज्यले के सुविधा पाउँछ भनेको इन्ट्रनशिप मनि मात्रै होइन, एउटा रेटमा पनि कुरा गर्न सकिन्छ अथवा कति सहुलियत दरमा दिन सकिन्छ भन्न सकिन्छ, सबैभन्दा महत्वपूर्ण कुरा समयमा पाइन्छ कि पाइँदैन ।

    ट्रायल दिनुभन्दा अगाडि हामीले ३,४ वटा कुराहरु भन्छौँ, जहिले पनि इथिक्समा एउटा मानिसको सहभागिता, ट्रायलपछि राज्यले के फाइदा गर्छ, ट्रायलपछि, अर्को गुणस्तरको प्राथमिकताबिना काम गर्दैनौ पहिल्यै भनिसकेका हुन्छौँ । क्वालिटी राम्रो आएको खण्डमा हामीले पाउने बेनिफिट के हुन्छ भनेर पहिल्यै सोध्छौँ । र उसले लेखेर पठाएको हुन्छ । जस्तै कसैले फ्री दिन्छु भन्छ, केही डोजहरु, अब केही डोज फ्री मात्रै भन्दा पनि २,४ लाख डोजहरु फ्री दिएर त यसको भ्याल्यू (महत्व) छैन । हामीले पाउने समयमा र रेटमा हो । जस्तै चाइनामा उत्पादन भएको भ्याक्सिन ३०,३५ डलरमा आउँदैन भनेर बसिरहेको अवस्था छ । इभन इण्डियाको कोभिशील्ड पनि शुरुमा ३,४ डलरमा आउने भन्यो पछि ८,९ डलर बढ्दै गयो । हामीले रेट कम्परमाइज नगरीकन हामीलाई रेट चाहियो भन्न सक्छौँ । हामीले के भन्ने गरेका छौँ भने लगाउने कम्पनी जुन देशमा बनेको छ तिनै ठाउँमा लगाउँदाको रेटमा हामीलाई चाहियो भनेका छौँ । त्यहाँबाट ट्रान्सपोटेशन क्रस भए हामी तिर्न सक्दैनौ भनेर पहिले नै भन्न सक्छौँ । त्यो राइट हामीसँग छ ।

    यस्तै हामीले ट्रायल गर्न पायौँ, ट्रायल भनेको साइन्स हो, एउटा साइन्स डेभलप (विकास) गर्दा जहिले पनि लाभ मात्र खोजेर हुँदैन । हामीले भ्याक्सिन ट्रायल शुरु गर्नु भनेको क्यापासिटी (क्षमता) विकास गर्नु हो । क्यापासिटीपछि साइट डेभलप हुन्छ, त्यहाँ रिसर्चहरु हुन्छन्, त्यहाँको ट्रेनिङका कुराहरु हुन्छन् । एउटा अनुभवका कुरा भइसकेपछि अरु ट्रायल गर्दा सहजै काम गर्छौं । भोलि प्रोडक्शन गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ । ट्रायल गरिसकेपछि एउटा अहिले के फाइदा छ भने उसले नेपालमै भ्याक्सिन उत्पादन गर्छु भनेको छ । त्यही क्रममा म आफैँ पनि संलग्न भएँ, अर्थमन्त्रालय हुँदै उद्योग मन्त्रालयमा एउटा कमिटी बनेको थियो । त्यो कमिटीमा एउटा प्राविधिक संयोजक भएर काम गरेँ । सरकारले नेपालमा भ्याक्सिन उत्पादन गर्ने भनेर घोषणा गरेको छ । त्यो ड्राफ्टमा हामीले काम गरेका थियौँ । यसमा राज्यले भ्याक्सिन उत्पादन गर्ने कम्पनीलाई के के सुविधा दिनसक्छ, राज्यले उत्पादन गर्दा वा प्राइभेट (निजी)ले उत्पादन गर्दा जग्गा, बाटो जान दिने कुरा होला, बिजुली दिने कुरा होला, ट्याक्सहरु घटाउने कुरा होला, राज्यले किनिदिनुपर्ने कुरा होला क्वालिटी (गुणस्तर) भयो भने । अर्को प्राविधिक हिसावले रिसर्च गरिसकेपछि प्रोडक्शन (उत्पादन) गर्दा, अन्तर्राष्ट्रियकरण गर्ने कुरा उल्लेख गरेका छौँ ।

    कम्तिमा यो शुरुवात भएको छ । यो पनि ठूलो कुरा हो । शुरु नगरीकन अघि बढ्दैन । यसमा हल्लाको हिसावले काम गरेर मात्र हुँदैन, साइन्स बुझ्न जरुरी छ । अब हामीले भ्याक्सिन ट्रायलमार्फत उत्पादन गर्ने यसबाट पाठ सिकेर औषधि पनि नेपालमै बनाउने गरी जानुपर्छ ।

    नीति कार्यक्रम पास भइसकेको छ । त्यसमा भ्याक्सिन उत्पादनसम्म पुग्नलाई रिसर्चमा के–के सुविधा चाहिन्छ भन्ने कुरा राज्यले गरिदिने भनिसकेको छ । पूर्वाधार भए र कम्पनी पनि इच्छुक भएर आउँदा अर्बौं लगानी र वर्षौं समय लाग्छ, यसको राम्रो पक्ष के छ भने चाइनाबाट २० औँ वर्ष यो कम्पनी भ्याक्सिन उत्पादन गरेको कम्पनी हो । त्यसैले कम्पनीमा प्रश्न छैन । अहिले कम्पनीले कच्चा पदार्थ उत्पादन गरेको छ नि । मैले अस्ति पनि सचिवलाई भनेको थिएँ, भ्याक्सिनको कार्यविधि बनाइसकेपछि अब ड्रग (भ्याक्सिन) र म्याटल नेपालमा उत्पादन गर्नुपर्छ भनेका छौँ । उहाँहरु पनि सहमत हुनुभएको छ । त्यसलाई राज्यले के के नीति बनाउनु पर्छ र कानून कहाँ खुल्ला गरेर सजिलो गर्नुपर्छ ? यसमा छलफल गर्दैछौँ । यो चरणबाट हामी नेपालमा भ्याक्सिन ट्रायल गर्नुपर्छ भनेको १ वर्ष भयो, ट्रायल किन भन्ने कुरा राज्यले सुनेको छ, यसमा विशेष गरी नेपाल सरकार, क्याबिनेट र सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौँ । कम्तिमा यो शुरुवात भएको छ । यो पनि ठूलो कुरा हो । शुरु नगरीकन अघि बढ्दैन । यसमा हल्लाको हिसावले काम गरेर मात्र हुँदैन, साइन्स बुझ्न जरुरी छ । अब हामीले भ्याक्सिन ट्रायलमार्फत उत्पादन गर्ने यसबाट पाठ सिकेर औषधि पनि नेपालमै बनाउने गरी जानुपर्छ ।

    यो कम्पनीको प्रतिबद्धता के छ ?

    यो कम्पनीको प्रतिबद्धता राज्यलाई उक्त कम्पनीले भन्छ, हामीसँग भएको प्रतिबद्धताको कुरा के छ भन्दा केही डोज भ्याक्सिन फ्री दिन्छु भनेको छ, अर्को उत्पादन गर्नलाई टेक्नोलोजि दिन्छु भनेको छ । यो धेरै महत्वपूर्ण छ । कम्पनीले भोलि नेपालमा टेक्नोलोजी ट्रान्सफर गर्दा देउराली जनता फर्मास्युटिकल्स सक्षम बनाउने भनेको छ । त्यो अनुसार राज्यले पनि एउटा नीति बनाएर पास गरिसकेको अवस्था भएको हुनाले भोलि त्यो टेक्नोलोजी नेपाल आउदा सजिलो पर्छ ।

    नेपालमै भ्याक्सिन उत्पादन गर्ने गरेर कार्यदलले काम गरिरहेको भन्ने कुरा छ यो कहाँ पुग्यो ?

    क्याबिनेटले अस्ति भर्खर पास गरेको छ, राजपत्रमा भर्खर आएको छ, त्यसमा एउटा अन्तर्राष्ट्रिय लेभलको बनाउने कुरासहित कुन–कुन रोल के ? भन्ने कुरा छ, राज्यले के के सुविधा दिनुपर्छ, जग्गा, बाटो, बिजुली वा ट्याक्स फ्री गरिदिने, राज्यले किनिदिने कुरा, ती सबै कुराहरुलाई उल्लेख गरेको छ । यसलाई कार्यान्वयनको लागि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । अब यो वर्षको नीति तथा कार्यक्रममा लिएर जानुपर्छ ।

    सानोफीकपास्चर भन्ने अमेरिकाको औषधि कम्पनी छ । यो अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टीच्यूट छ । यसले विश्वव्यापी रुपमा भ्याक्सिनको रिसर्च गर्छ । त्यसले सानोफीपास्चरसँग मिलेर नेपालमा रिसर्च गर्न लागेको छ । त्यो पनि हामीले इथिकलबाट पास गरेर क्याबिनेटमा पठाएका छौँ ।

    यो बाहेक अन्य कुनै भ्याक्सिन इन्ट्रेस्टेड (इच्छुक) भएर ट्रायलमा आउने कुरा छ कि ?

    यसबाट बाटो खुलेको छ । यो मुलुकमा भ्याक्सिन रिसर्च पार्टीकुलर दिनको लागि मात्रै गर्ने कुरा होइन, साइन्सको विकास गर्न हो । भोलि त के हुन्छ भने कोरोना कहिलेसम्म रहन्छ, भ्याक्सिन कति डोजसम्म चाहिन्छ ? कुन भेरियन्टको लागि काम गर्छ हामीलाई थाहा छैन । त्यसैले धेरै भन्दा धेरै रिसर्च गर्न सक्ने स्थिती भयो भने राम्रा कम्पनीहरुको भने भोलि राज्यलाई छान्न पनि सलिो हुन्छ । अहिले त हामीले भ्याक्सिन प्राप्त गर्ने कुरा मात्रै गरेका छौँ । अब हामीले लगाएको भ्याक्सिनको प्रभाव त हामीले हेरेका छैनौ । अहिले बल्ल अध्ययन हुँदैछ, लगाइसकेपछि कुन भ्याक्सिन इफेक्टिभ छ, कुनले साइड इफेक्ट कम गर्यो, कुन क्वालिटी छ भन्ने हेर्नलाई फेरि फर द स्टडी गर्नुपथ्र्यो, अब भ्याक्सिन ट्रायल गर्दा हाम्रो प्रक्रियामा पुगेर क्राइट एरिया पुग्छ भने हामी भ्याक्सिन रिसर्च गर्न आह्वान नै गर्छौं । सबै रिसर्च गर्ने भन्ने बित्तिकै सबै राज्यले किन्नै पर्छ भन्ने होइन, किन्न राज्यलाई छुट हुने भयो । र हामीले किन्न चाहँदा तपाईले के के सुविधा दिनुहुन्छ भनेर राज्यले भन्न सक्ने भयो । सानोफीकपास्चर भन्ने अमेरिकाको औषधि कम्पनी छ । यो अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टीच्यूट छ । यसले विश्वव्यापी रुपमा भ्याक्सिनको रिसर्च गर्छ । त्यसले सानोफीपास्चरसँग मिलेर नेपालमा रिसर्च गर्न लागेको छ । त्यो पनि हामीले इथिकलबाट पास गरेर क्याबिनेटमा पठाएका छौँ । सम्भवतः अर्को हप्ता त्यो क्याबिनेटबाट स्वीकृत भएर आउँछ, हामीले अब २ वटा कम्पनीहरु गर्न सक्ने अवस्थामा छौँ ।

    अहिले हामीले कोरोनाविरुद्धका कति वटा भ्याक्सिन लगाइरहेका छौँ ?

    मलाई जानकारी भएसम्म ४ वटा भ्याक्सिन लगाइरहेका छौँ । एउटा कोभिसिल्ड, अक्सफोर्डसँगको एस्ट्राजेनेका कम्पनीको, एउटा भेरोसेल, चाइनाको सानोफार्म कम्पनीको, स्पुतनिक–भी पनि आउने भनेको आइसकेको छैन, अर्को जोन्सन र मोडर्नाको पनि अमेरिकी कम्पनीको छ । पाइपलाइनमा फाइजर आउने भनेको छ, भ्याक्सिन कहिलेसम्म, कतिसम्म चाहिन्छ भन्ने हामीलाई थाहा छैन, त्यसकारण रिसर्चलाई प्रायोरेटी दिएको हो । अझै बढी दिनुपर्यो, यसलाई अन्तर्राष्ट्रियकरण गर्नलाई हामीले के गर्नुपर्यो हामी तयार छौँ, भ्याक्सिन आइसकेपछि ट्रायलको मनिटरिङ, स्टरिङ कमिटी हामी मन्त्रालयसहित हामी बस्छौँ ।

    स्टेरिङ कमिटीले ट्रायल कसरी भएको छ ? हानी केही भएको छ कि छैन ? यो हेर्छौं तर ट्रायलको अर्को ब्यूटि के हुन्छ भने डाटा सेफ्टी मनिटरिङ बोर्ड हुन्छ, यसमा अन्तर्राष्ट्रिय साइन्टिस्टहरु हुन्छन्, त्यो सबै इन्डिपेन्डेन्ट हुन्छन् । ट्रायलबाट आएका डकुमेण्टहरुमा हानी भएको छ कि छैन, साइडइफेक्ट भएको छ कि छैन, त्यो खराब स्थिती देखिने भयो भने तत्काल त्यो बोर्डले रोक्न सक्छ, त्यो अधिकार छ । त्यसले दिएको आधारमा मात्रै ट्रायल अघि बढ्ने नबढ्ने थाहा हुन्छ । त्यसले गर्दा गलत हुँदा रोक्ने मेकानिजम हुन्छ, हामी तत्पर छौँ यो काम गर्नलाई ।

  • सीसीएमसीले भन्यो : अघिल्लो महिना नेपालमा पुष्टि भएका संक्रमणमध्ये ८० प्रतिशतमा डेल्टा भेरिएन्ट

    सीसीएमसीले भन्यो : अघिल्लो महिना नेपालमा पुष्टि भएका संक्रमणमध्ये ८० प्रतिशतमा डेल्टा भेरिएन्ट

    काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।

    सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ  ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरिएन्ट अफ कन्सर्न अर्थात संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ । यसैबीच, बेलायतमा यसैसाता गरिएको एक सोधमा कोरोनाको अल्फा र केन्टभन्दा डेल्टा प्रजातिबाट संक्रमित हुने बिरामीलाई दुईपटक अस्पताल भर्ना गर्नुपर्ने परिस्थिती देखिएको बीबीसीले जनाएको छ ।

    डेल्टा अहिलेको लागि मुख्य चुनौति भएपनि पूर्ण डोज खोपले मृत्युदरको जोखिमलाई कम गर्ने समेत द लेन्सेन्ट सोधमा उल्लेख छ ।

  • मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

    मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

    काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले मेगा बैंक नेपालका ग्राहकलाई विशेष छुट दिने भएको छ ।

    मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउँनेछन् ।

    यसैगरी, मेगा बैंकका ग्राहकहरूलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।

  • खोपको म्याद गुज्रिएको भन्ने हल्लाको पछाडि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

    खोपको म्याद गुज्रिएको भन्ने हल्लाको पछाडि नलाग्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अहिले लगाइएको कोभिड–१९ विरुद्धको खोपको म्याद गुज्रिएको भन्दै फैलाइएको हल्लाकोपछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    सामाजिक सञ्जालमा मिति सकिएको खोप प्रयोग भएको भन्दै अफवाह फैलिएकोबारे मन्त्रालयले भ्रममा नपर्न आग्रह गरेको हो ।

    भुटानबाट आएको २ लाख ३० हजार खोपको म्याद अगस्टसम्म रहेको थियो र त्यो खोप एक हप्ता अगाडी लगाइसकेको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    सरकारले १८ वर्षभन्दा माथिका कक्षा १२ का परीक्षार्थीहरुलाई र सीमा नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो । म्याद सकिनु अघि खोपको प्रयोग भइसकेको गौतमले बताए । उनले हल्लाको पछि नलागी खोप लगाउन आग्रह गरेका छन् ।

  • नेपालीले संचालन गरेको रेष्टुरेन्ट र खाना विश्वकै १४ औं उत्कृष्ट  सूचीमा समावेश

    नेपालीले संचालन गरेको रेष्टुरेन्ट र खाना विश्वकै १४ औं उत्कृष्ट  सूचीमा समावेश

    लिस्बन । नेपाली व्यवसायी ध्रुव सुवेदीले युरोपेली मुलुक पोर्चुगलमा संचालन गरेको रेष्टुरेन्ट र त्यहाँ उपलब्ध परम्परागत खाना संसारकै उत्कृष्ट १४ औं स्थानमा सूचीकृत भएको छ । सुवेदीको रेष्टुरेन्ट उमा मेरिस्क्वियरामा उपलब्ध परम्परागत खाना अरुज डे मारिस्को संसारकै उत्कृष्टको सूचीमा समावेश भएको हो ।

    विश्वका परम्परागत खाना र त्यहाँ उपलब्ध हुने परिकारबारे विशेषज्ञहरुले रेटिङ गर्ने प्रतिष्ठित वेबसाइट टेस्टएट्लसले सुवेदीको रेष्टुरेन्ट र खानालाई सूचीमा समावेश गरेको हो । सुवेदीले अन्य युरोपेली मुलुकमा पनि यो रेष्टुरेन्टको फ्रेन्चाइज संचालनमा ल्याएका छन् । उक्त खाना र रेष्टुरेन्ट पोर्चुगलमै उत्कृष्ट , युरोपमा चौंथो अनि बिश्वकै उत्कृष्ट सिफुडमा पर्न सफल भएको छ ।

    पोर्चुगलको राजधानी लिस्बन र विसेयु, स्पेनको सेभिल्ला तथा बेल्जियम र मकाउमा आउटलेट संचालनमा आएको छ । सर्वोत्कृष्ट सूचीमा समावेश भएसँगै सुवेदीले संसारका खाना पारखीमाझ चर्चा बटुलेका छन् । टेस्टएट्लसमा बिश्वभरका ९२०० परम्परागत खाना , १७ हजार परम्परागत रेस्टुरेन्ट र ४८ हजार खाना विशेषज्ञ आबद्द छन । वर्षेनी उनीहरुले संसारकै सर्वोत्कृष्ट परम्परागत खाना र रेस्टुरेन्ट छान्ने गर्छन ।

  • शुक्रबार काठमाडौं उपत्यकामा ७१५ कोभिड बिरामी थपिए

    शुक्रबार काठमाडौं उपत्यकामा ७१५ कोभिड बिरामी थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१५ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४५४ जना, भक्तपुरमा ९२ जना र ललितपुरमा १६९ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ६०४० जना, भक्तपुरमा १४७८ जना र ललितपुरमा २२६६ जना छन् ।

    २० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने १९ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • शुक्रबार २ हजार कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु

    शुक्रबार २ हजार कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ११७ वटा नमूना (पीसीआर ८७५२ र एन्टीजेन ४३६५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५ जनाको मृत्यु भएको छ भने २३ सय ३७ जना निको भएका छन् ।

    गत २४ घण्टाको अवधिमा १ लाख ७९ हजार ८६७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।

  • बीपी विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीद्धारा सरकारलाई सात दिनको अल्टिमेटम

    बीपी विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीद्धारा सरकारलाई सात दिनको अल्टिमेटम

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीहरुले आफ्ना माग पूरा गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएका छन् ।

    सरकारले प्रस्ताव गरेको ६ बुँदे सहमति २४ दिन बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    उनीहरुले आर्थिक र शैक्षिक सुधारका माग गर्दै यस अघि पनि आन्दोलन गरेका थिए । प्रतिष्ठानले सहमति कार्यन्वयनको गर्न एक साताको अवधि दिएको छ ।

    समितिले एक साताभित्र आफ्ना मागहरु पुरा नभए पुन आन्दोलन गर्ने बताएको छ ।

     

  • काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)

    काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका १८ वर्षभन्दा माथिका विद्यार्थी र ४० वर्षभन्दा माथिका नागरिकलाई महानगरको ३२ वडाबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

    आइतबारसम्म खोपलगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंका खोपकेन्द्रहरुमा बिहान देखि खोप लगाउनेको भीड देखिएको छ । (तस्विरहरु)

    
     
     
    
       
    
    
  • कक्षा १२ र उच्चशिक्षा तहका परिक्षार्थीलाई अस्ट्राजेनेका खोप दिने सरकारको निर्णय

    कक्षा १२ र उच्चशिक्षा तहका परिक्षार्थीलाई अस्ट्राजेनेका खोप दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले कक्षा १२ र उच्च शिक्षाका परिक्षार्थीहरुलाई प्रवेशपत्रका आधारमा कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोप दिने भएको छ ।

    १८ वर्ष वा सो भन्दा बढी उमेर समूहका परीक्षार्थीहरुले राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, विभिन्न विश्वविद्यालयहरू तथा प्रतिष्ठानबाट उपलब्ध गराइएको प्रवेश पत्रको आधारमा खोप दिईने मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले तोकेको खोपकेन्द्रमा गएर परीक्षार्थीहरुले कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् । जापानबाट उपलब्ध अष्ट्राजेनेका खोप कक्षा १२ का परीक्षार्थीलाई दुवै मात्राको खोप दिईने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    कोभिड–१९ को उच्च जोखिमका कारण अन्तिम समयमा स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

  • बेलायतबाट आज १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो

    बेलायतबाट आज १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आइपुग्यो

    काठमाडौं । बेलायतले नेपाललाई उपलब्ध गराएको १ लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको छ ।

    काठमाडौं एयरपोर्टमा राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहलाई खोप हस्तान्तरण गरिन् ।

  • दैनिक पाँचलाख डोज खोप लगाइने, पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

    दैनिक पाँचलाख डोज खोप लगाइने, पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए ।

    ‘हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको संख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको संख्या ३० प्रतिशत छ ।’ वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी दिए ।

    सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनले बताए । ‘थोरै जनसंख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ’, उनले भने । जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

    प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उनले उल्लेख गरे ।

    विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । ‘भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्’, उनले भने । अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताए । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उनको भनाइ थियो । ‘होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ’, उनले भने ।

    हाल काठमाडौं उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराए । न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो । प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने उनले बताए। ‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ’, उनले भने ।

    समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै आ–आफ्नो सुझावसमेत दिएका थिए । सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • कोभिड-१९ र हैजाको खोपलाई क्लिनिकल ट्रायलको अनुमति दिने सरकारको निर्णय

    कोभिड-१९ र हैजाको खोपलाई क्लिनिकल ट्रायलको अनुमति दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको सारकोभ–२ एमआरएनए तथा हैजाको खोपलाई नेपालमा क्लिनिकल ट्रायल गर्न अनुमति दिएको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यसअघि सरकारले न्यूनतम साझा कार्यक्रममा खोप ट्रायलका लागि अनुमति दिने योजना ल्याएको थियो ।

  • खोपमा समस्या देखिएको भन्दै जापानद्वारा १.६३ मिलियन डोज मोर्डना खोप प्रयोगमा प्रतिबन्ध

    खोपमा समस्या देखिएको भन्दै जापानद्वारा १.६३ मिलियन डोज मोर्डना खोप प्रयोगमा प्रतिबन्ध

    टोकियो । जापानले कोेभिड –१९ विरुद्धको मोर्डना खोपलाई तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । जापानी स्वास्थ्य मन्त्रालयले बिहीबार आफ्ना केही नागरिकमा साइड–इफेक्ट देखिएको भन्दै मोर्डनाको १.६३ मिलियन डोजको प्रयोगमा रोक लगाएको हो ।

    टाकेडा फर्मास्यूटिकल कम्पनीले बिक्री गर्दे आएको उक्त खोपका बोतलमा रासायनिक पदार्थ भेटिएको कम्पनीले जनाएको छ । ‘हामीले स्वास्थ्य मन्त्रालयको परामर्शमा खोपको प्रयोगमा रोक लगाएका छौं’ कम्पनीले जनाएको छ ।

    सरकारले यसबारे मोर्डना खोप कम्पनीमा तत्काल छानविन गर्न भनेपनि कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन । एक–दूई वटा खोपको बोतलमा नकारात्मक असर पर्ने पदार्थ देखिएकाले खोपलाई निलम्बन गरिएको जापानी प्रवक्ता कात्सुनोबु काटोले बताए ।

    जापानी संचारमाध्यमका अनुसार उक्त खोपलाई स्पेनमा उत्पादन गरेर टोकियो लगिएको थियो । सो खोप अगस्ट ६ देखि २० मा ओसाकाको खोपकेन्द्रमा प्रयोगमा ल्याइएको थियो । नेपालले पनि मोर्डना खोप खरिदका लागि विश्व बैंकसँग ४० लाख डोजको सम्झौता गरेको छ । बैंकले सो मात्राको खोप खरिद गरिदिने भएको छ । सन् २०२२ को मार्चमा नेपालले मागेको मोर्डनाको खोप आपूर्ति हुने समेत जनाइएको छ ।

  • कोरोनाको नक्कली रिपोर्ट बनाउने ल्याव कर्मचारीमाथि छानविन

    कोरोनाको नक्कली रिपोर्ट बनाउने ल्याव कर्मचारीमाथि छानविन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।

    मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानविन सुरु गरेको हो । सर्वसाधारणले उजूरी दिएपछि मन्त्रालयले छानविन प्रक्रिया थालेको हो ।

    मन्त्रालयले केन्द्रका सञ्चालक समिति विजय राई संयोजक र मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा. शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिपोर्ट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताए ।

    यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिपोर्ट निकाल्ने गरेको पाइएको उनले जानकारी दिए । ‘केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिपोर्ट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो’, उनले भने, ‘स्वाबको परीक्षण नगरिकन यादवले रिपोर्ट बनाउने गरेको देखियो ।’

    उपसचिव बस्नेतका अनुसार विदेश जानेको संक्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । यादवलाई गङ्गालाल को सेवा सर्त नियमावली अनुसार भविष्यमा हृदय रोग केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

  • बिहीवार २४ सय कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु

    बिहीवार २४ सय कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४३३ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ३७४ नमुना (९७०२ पीसीआर र ४६७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीवार २६ जनाको मृत्यु भएको छ । १९२९ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३८४ पुगेको छ ।

    बिहीवार काठमाडौं उपत्यकामा ७३३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख ५४ हजार पुगेको छ । कूल मृत्यु संख्या १० हजार ६३८ पुगेको छ । २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुगेको छ ।

     

  • लन्डनबाट आज एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्दै

    लन्डनबाट आज एक लाख ३१ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्दै

    काठमाडौं । बेलायतले नेपाललाई उपलब्ध गराउने घोषणा गरेको अस्ट्राजेनेका खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार लन्डनबाट एकलाख ३१ हजार २०० डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्न लागेको हो । आज साढे ४ बजे काठमाडौं विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

    विभाग अन्तर्गतको व्वस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार आजै साँझ खोप नेपाल आइपुग्ने भएको हो ।

  • नर्भिकमा शनिवारदेखि ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने

    नर्भिकमा शनिवारदेखि ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने

    काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन विषेशज्ञ ऋषि विष्ट र कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ ।

    नर्भिकमा कार्यरत बिष्ट र जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । यँही शनिवारदेखि नै सहुलियत दरमा हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया(ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ ।

    शनिवारको फ्री ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउनसक्ने व्यवस्था मिलाइएको छ ।

    बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन् ।

    हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिनसक्नेछन् ।

     

  • मेलम्चीका बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

    मेलम्चीका बाढी प्रभावितका लागि कोरोनाविरुद्धको खोप आजदेखि

    सिन्ध्पाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए ।

    सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईले बताए ।

    बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका खोप लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

  • सरकारले औषधिको मूल्य बढाउने, मूल्य निर्धारण गर्न आज बैठक बस्दै

    सरकारले औषधिको मूल्य बढाउने, मूल्य निर्धारण गर्न आज बैठक बस्दै

    काठमाडौं । औषधिको मूल्य बढाउनेबारे छलफल गर्न आज औषधि व्यवस्था विभागको बैठक बस्ने भएको छ । अपरान्ह औषधि मुल्य अनुगमन समितिसँगको बैठकमा मुल्य वृद्धिबारे छलफल हुने भएको छ ।

    बैठकमा औषधिहरुको मूल्यमा परिमार्जन, संशोधन, , मूल्य निर्धारण कार्यविधि तथा मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने भएको छ।

    विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।

  • बुधबार कोभिड संक्रमणले थप ४४ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    बुधबार कोभिड संक्रमणले थप ४४ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

    काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणको कारण थप ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४८२ जना कोभिड संक्रमित थपिएका छन् ।

    गत २४ घण्टामा १५ हजार २९० जनाको नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना संक्रमित भएका छन् ।

    १ हजार ७८१ जना निको भएका छन् ।

    हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  • भदौ ११ गतेदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

    भदौ ११ गतेदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाइने

    काठमाडौं । भदौ ११ गतेदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ । पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई भदौ ११ गते १३ गतेसम्म दोस्रो मात्रा दिइने काठमाडौं महानगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    महानगरका ३२ वडामै खोप दिइने उल्लेख छ । काठमाडौं जिल्लामा भेरोसेलको पहिलो मात्रा लगाएका २ लाख १६ हजार जनालाई दोस्रो मात्रा लगाइने भएको छ । भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको हो ।

    भदौ ४ गतेदेखि सुरु भएको भेरोसेलको पहिलो मात्रा आज र भोलि पनि खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • खोपका लागि भण्डारण क्षमता बढाइँदै

    खोपका लागि भण्डारण क्षमता बढाइँदै

    काठमाडौं । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

    शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए ।

    नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ । नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ । तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ ।

    ‘मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ’ उनले भने, ‘त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ ।’ ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ ।

    मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्दछन् ।

    कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताए ।

    फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ ।

    उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए । ‘ती दुई खोप यहाँ मात्र भण्डार गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ’ उनले भने, ‘ती दुई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।’

    मोडर्ना र फाइजर दुवै खोप अमेरिकाबाट ल्याइने भएको छ । फाइजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने भएको छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा खोप पुस महिनाभित्रमा ल्याइने सरकारको तयारी छ ।

    अहिले आएका भेरोसेल र कोभिशिल्ड खोपका लागि दुई देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । उहाँले अहिलेसम्म भेरोसेल र कोभिशिल्ड खोप मात्र भण्डारण गर्नुपर्ने र त्यसलाई एकै तापक्रममा राखिन सक्ने भएकाले समस्या नभएको उनको भनाइ छ ।

    कोभिशिल्डभन्दा भेरोसेल खोपले भण्डारणका लागि धेरै ठाउँ ओगटने गरेको आपूर्ति शाखाका प्रमुख ढुङ्गानाले बताए । उनका अनुसार एक करोड लाख मात्रा कोभिशिल्ड खोप राख्ने क्षमतामा दश लाख मात्र भेरोसेल खोप राख्न सकिन्छ । भेरोसेल खोपको प्याकेजिङ ठूलो भएकाले धेरै ठाउँ ओगट्ने गरेको पाइएको छ ।

    अहिले खोपलाई विभागकै भण्डारणमा राखेर प्रदेशमा पठाइने गरिएको छ । सरकारले असोजमसान्तसम्म एक करोड दुई लाख मात्रा र आगामी चैतसम्म तीन करोड २३ लाख मात्रा खोप अनुदान र खरिद गरेर ल्याउने तयारीमो छ ।रासस

  • वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

    वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु

    काठमाडौं । कोभिड–१९ महामारीले वीर अस्पतालमा रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ । मिर्गौला प्रत्यारोपण समितीको मंगलबार बसेको बैठकमा सो निर्णय भएको हो ।

    अस्पतालमा २०७६ चैत ४ गतेसम्म नियमित रुपमा मिर्गौला प्रत्यारोपण भइरहेको थियो । ०७६ चैत ११ गतेदेखि लकडाउन भएपछि सेवा रोकिएको अस्पतालका कार्यकारी प्रमुख अधिकारी भुपेन्द्र बस्नेतले जानकारी दिए ।

    उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिकबाहेक इलेक्टिभ सर्जरी सेवा बन्द गर्न निर्देशन दिएको थियो । मन्त्रालयले वीरलाई कोभिड यूनिफाईडमा रुपान्तरण गरेपछि सेवा बन्द भएको थियो ।

    अहिले नयाँ भवनमा कोरोना संक्रमितको उपचार सुरु भएकोले सेवालाई निरन्तरता दिने निर्णय भएको बस्नेतले जानकारी दिए । मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्यकर्मी समेत तयारी अवस्थामा रहेका उनले बताए ।

     

  • कोभिड संक्रमणबाट मंगलबार ३५ जनाको मृत्यु, २५ सय संक्रमित थपिए

    कोभिड संक्रमणबाट मंगलबार ३५ जनाको मृत्यु, २५ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २५२५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १४ हजार ८१० नमुना (९९०९ पीसीआर र ४९०१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार थप २०८६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३८ हजार २५० पुगेको छ ।

    काठमाडौंमा ५१८, ललितपुरमा ११९, भक्तपुरमा ५२, कास्कीमा १६३, झापामा १९६, मोरङमा १५०, काभ्रे १०१, बागलुङमा ७४ जना कोभिड संक्रमित थपिएका छन् ।

    २१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ भने १८ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ७ लाख ५१ हजार र एन्टीजेन परीक्षण गर्दा ८० हजार ९६७ संक्रमण पुष्टि भएको छ । कूल मृत्यु संख्या १० हजार ५६८ पुगेको छ ।

  • काठमाडौंमा राति ८ बजेपछि पनि सवारीसाधन चलाउन पाइने, निषेधाज्ञा भदौ १६ गतेसम्म थप

    काठमाडौंमा राति ८ बजेपछि पनि सवारीसाधन चलाउन पाइने, निषेधाज्ञा भदौ १६ गतेसम्म थप

    कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्बिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

    अहिलेको निषेधाज्ञा भदौ ८ गतेसम्म कायमै छ । पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिँदै निषेधाज्ञा थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

    सीडीओ पराजुलीका अनुसार राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ । ‘८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउन पाइने आदेश भएको छ’ पराजुलीले भने । सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् ।

  • फाइजर खोपलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति, १६ वर्षभन्दा माथिकाले लगाउन सक्ने

    फाइजर खोपलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति, १६ वर्षभन्दा माथिकाले लगाउन सक्ने

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकाले पूर्ण प्रयोगको अनुमति दिएको छ । अमेरिकाको औषद्यि तथा खाद्य विभागले दुईवटा डोज लगाउन मिल्ने फाइजरलाई पहिलोपटक यस्तो अनुमति दिएको हो ।

    यो खोपलाई यसअघि आपतकालिन प्रयोगको अनुमति दिइएको थियो । १६ वर्षभन्दा माथिका नागरिकलाई यो खोप अब पूर्णरुपमा लगाउन मिल्ने अनुमति विभागले दिएको बीबीसीले जनाएको छ ।

    खोप लगाउन अधिकांश अमेरिकीले नचाहिरहेको बेला फाइजरले यस्तो अनुमति पाएको हो । लगभग ४४ हजार जनालाई खोप लगाइएको तथ्यांकपछि एफडीएले यस्तो निर्णय लिएको हो ।

    एफडीएका कार्यकारी प्रमुख जेनेट वुडककले सुरक्षा, प्रभावकारिता र निर्माणको गुणस्तरलाई लिएर सर्वसाधारण ढुक्क हुनसक्ने बताए । तर, १२ देखि १५ वर्ष उमेरका नागरिकलाई अहिले पनि आपतकालिन प्रयोगको लागि अनुमति दिइएको छ । अहिले अमेरिकाले नागरिकलाई निःशुल्करुपमा खोप वितरण गरिरहेको छ । अब स्थायीरुपमै फाइजरले कोभिडविरुद्धको प्रयोगको अनुमति प्राप्त गरिरहेको छ ।

     

  • कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै चिकित्सा शिक्षा आयोगको रिजल्ट सच्याउन माग

    कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै चिकित्सा शिक्षा आयोगको रिजल्ट सच्याउन माग

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्याउन माग गरेको छ ।

    परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण गराएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताए । उनले कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या परेको बताए ।

    पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यसपटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् ।

    ‘आयोगले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई केन्द्रित गरेर ५० प्रतिशत ल्याउनेलाई मात्र उत्तीर्ण गराइएको छ’, उनले भने, ‘अन्य चारवटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् उनीहरू सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो । उत्तीर्ण प्रतिशत ५० राख्नु व्यवहारिक होइन ।’ यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्याल, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गर्दथे ।

    पोखरा विश्वविद्यालयअन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको सङ्गठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताए । उनले प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी भारत र बङ्गलादेशमा जाने गरेको बताए । ‘नेपालमा नै पारा मेडिकलको शिक्षा हामी उपलब्ध गराउँदै आएका छौँ । तर यसपटक आयोग कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण गराएर धेरै विद्यार्थी भारत र बङ्गलादेशमा पढ्न गइरहेका छन्’, उनले भने, ‘उत्तीर्ण प्रतिशत घटाएर विद्यार्थीलाई नेपालमै पढ्न पाउने वातावरण बनाउनुपर्दछ ।’

    आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । बिपीएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका छन् ।

    यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन् । नर्सिङग कलेज सञ्चालक केपी सिंहले परीक्षामा भएको त्रुटिकै कारण कम विद्यार्थी उत्तीर्ण भएको बताए । उनले अधिकांश परीक्षार्थी पारामेडिक्सतर्फको भएको र प्रश्न प्लस टुतर्फबाट सोधेकाले धेरै फेल भएको बताए । उनले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनःविचार नगरे आफूहरूले कलेजको साँचो आयोगलाई बुझाउने बताए ।

    उनले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्ने बताए । पाँच विद्यार्थी सङ्गठनले आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको भन्दै पुनः परीक्षाको मागसमेत गरिसकेका छन् ।

  • काठमाडौं उपत्यकामा सोमबार थपिए ७०० संक्रमित

    काठमाडौं उपत्यकामा सोमबार थपिए ७०० संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ७०८ जना नयाँ सक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १६७ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १०,८३३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ७,१८२ जना, भक्तपुरमा १,४११ जना र ललितपुरमा २,२४० जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा,सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, दोलखा, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिय जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • सोमबार १८ सय कोभिड संक्रमित थपिए, १९ सय संक्रमणमुक्त

    सोमबार १८ सय कोभिड संक्रमित थपिए, १९ सय संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १८ सय १ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ३२६ जनाको नमुना (पीसीआर ८,७०४ र एन्टीजेन २,६२२) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २४ जनाको मुत्यु भएको छ भने सोही अवधिमा १९ सय २४ जना संक्रमणमुक्त भएका छन् ।

    मुलुकमा कूल ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा १२ हजार ३४४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुभर ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने कूल १० हजार ५३३ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ ।

  • अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय

    अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय

    काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि नेपाल ल्याइएका सबै नागरिकलाई सरकारले पोलियो खोप लगाउने भएको छ ।

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई ख्याल गर्दै सरकारले खोप लगाउने निर्णय गरेको जानकारी दिए ।

    नजिकको खोप केन्द्रबाट खोप लगाउन पनि सरकारले आग्रह गरेको छ । आजसम्म ५०० भन्दा बढी नेपाली काबुलबाट काठमाडौं आइपुगेका छन् भने थप आउने क्रममा छन् ।

  • जापानबाट आज आइपुग्यो ५ लाख अस्ट्राजेनेका खोप, प्रदेश १ र २ का नागरिकलाई लगाइने

    जापानबाट आज आइपुग्यो ५ लाख अस्ट्राजेनेका खोप, प्रदेश १ र २ का नागरिकलाई लगाइने

    काठमाडौं । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६० डोज अस्ट्राजेनेका खोप आज नेपाल आइपुगेको छ । अन्तिम खेप अन्तर्गत आज बिहान ९ः५ बजे सो परिमाणको खोप काठमाडौं आइपुगेको हो ।

    काठमाडौं विमानस्थलमा जापानी र कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरे । जापानले उपलब्ध गराएको उक्त खोप ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।

    अहिले आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने छ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने जानकारी दिए।

    यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १३ लाख ५७ हजार ६० डोज एस्ट्राजेनेका खोप नेपाल आइसकेको छ।