Category: स्वास्थ्य-जीवनशैली

  • तीजमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    तीजमा भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीडभाड नगरी मनाउन अनुरोध गरेको छ ।

    मन्त्रालयले सूचना सामाग्रीमार्फत कोरोनाभाइरस संक्रमणको जोखिम कायम नै रहेकाले नागरिकमा सतर्कता अपनाउन भनेको हो ।

    महिलाको महान चाड तीजमा मन्दिर जाने, दर खाने ,नाचगान गर्ने आफन्तजनसँग भेटभाट गर्ने जस्ता कार्यले संक्रमण झन् बढ्ने सक्ने भएकाले भीडभाड नगर्न मन्त्रालयको आग्रह छ ।

  • काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्यो, शनिवार ३८६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्यो, शनिवार ३८६ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २८९ जना, भक्तपुरमा ४४ र ललितपुरमा ५३ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ६६३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ४,२३७ जना, भक्तपुरमा १,३२६ जना र लललितपुरमा २१०० जना छन् ।

    १९ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको दर ९४.५ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ ।

  • शनिवार १२ सय कोरोनाभाइरस संक्रमित थपिए, ९ जनाको मृत्यु

    शनिवार १२ सय कोरोनाभाइरस संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ वटा नमूना (पीसीआर ६,७५३ र एन्टीजेन ३,१२२) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार ९ जनाको मृत्यु भएको छ भने २१ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३१ हजार ८ सय २६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८१८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५५४ जना, भेन्टिलेटरमा १७२ जना, होम आइसोलेशनमा २९,६५८ जना, संस्थागत आइसोलेशनमा २,१६८ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • सचेतना फैलाउँदै सरसफाइमा जुटे गायक प्रकाश सपुत (तस्विरहरु)

    सचेतना फैलाउँदै सरसफाइमा जुटे गायक प्रकाश सपुत (तस्विरहरु)

    काठमाडौं । सामाजिक संस्था मैनादेवी फाउन्डेसन र युएनडीपीको साझेदारीमा राजधानीको बानेश्वर क्षेत्रमा शनिबार सरसफाइ अभियान संचालन भएको छ । आलोकनगर क्षेत्रबाट सुरु भएको अभियानमा सडकमा फ्याँकिएका मास्क, सिरिन्ज, ग्लोब्स र अन्य फोहोर संकलन गरिएको थियो । गायक प्रकाश सपुत पनि सरसफाइमा स्वयंसेवक सँगै जुटे ।

    फाउन्डेसनले ‘प्रोजेक्ट सचेतना : हाम्रो स्वास्थ्य, हाम्रो उत्तरदायित्व’ संचालन गरिरहेको छ । ७७ जिल्लामै संचालन भएको प्रोजेक्ट अन्तर्गत ३०० जना स्वयंसेवक ३०० वटा स्थानीय तहमा सक्रिय भएका छन् ।

    ‘जथाभावी फ्याँकिएका मास्कबाट समुदायमा कोभिड–१९ संक्रमण फैलिन सक्ने भएकाले हामी त्यसो नगर्न आग्रह गर्छौ’ फाउन्डेसन अध्यक्ष केपी खनालले भने ।

    
    
    
    
     
    
    
    

     

  • कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ‘स्क्रब टाइफस’ रोग देखिन थाल्यो

    कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो ‘स्क्रब टाइफस’ रोग देखिन थाल्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो रोग स्क्रब टाइफस देखिन थालेको बताए छन् ।

    कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

    स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । उनका अनुसार स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

    मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो भएकाले कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ आए पनि स्क्रब टाइफसको परीक्षण गर्न अनुरोध गरेको छ । स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे रोग निको हुने बताएका छन् । मन्त्रालयले समयमा नै उपचार नगरे यसले गम्भीररुप लिन सक्ने जनाएको छ ।

    मन्त्रालयका अनुसार किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने जनाइएको छ ।

  • डब्लुएचओको क्षेत्रीय वैठक नेपालमा हुँदै, डा. टेड्रोसले भर्चुअल सम्वोधन गर्ने

    डब्लुएचओको क्षेत्रीय वैठक नेपालमा हुँदै, डा. टेड्रोसले भर्चुअल सम्वोधन गर्ने

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाको चौहत्तर सत्र तथा डब्लुएचओ क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । भदौ २१ देखि २५ सम्म आयोजना हुने सो भर्चुअल वैठकलाई डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानाम घेब्रेयेसेसले जेनेभाबाट सम्वोधन गर्ने भएका छन् ।

    डब्लुएचओको दक्षिण पूर्वी एसिया कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त बैठकमा टेड्रोससहित क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंह, क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, राष्ट्रसंघीय साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाएको छ ।

    बैठकमा विद्यमान कोभिड महामारी तथा स्वास्थ्य सर्वव्यापी पहुँच हासिल गर्नको लागि अत्यावश्यक सेवाहरुको अझ राम्रो पुननिर्माणका उपायहरुबारे छलफल हुने जनाइएको छ ।

    महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्र्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुने जनाइएको छ ।

    स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुने भएको छ ।

    बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ । सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने, दक्षिणपूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुने जनाइएको छ ।

    (यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटी भएकाले सच्याइएको छ ।)

  • शुक्रबार काठमाडौं उपत्यकामा ६६७ कोभिड बिरामी थपिए

    शुक्रबार काठमाडौं उपत्यकामा ६६७ कोभिड बिरामी थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौं उपत्यकामा ६६७ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४६७ जना, भक्तपुरमा ७१ जना र ललितपुरमा १२९ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८,१८८ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,६२५ जना, भक्तपुरमा १,३७२ जना र ललितपुरमा २,१९१ जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, दाङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • शुक्रबार १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    शुक्रबार १७ सय संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १७ सय ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३३४ वटा नमूना (पीसीआर ९,७७३ र एन्टीजेन ४,५६१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३ जनाको मृत्यु भएको छ भने २२ सय ७४ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा १ लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८०९ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५४० जना, भेन्टिलेटरमा १५६ जना, होम आइसोलेशनमा ३०,६६२ जना, संस्थागत आइसोलेशनमा २,३४४ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • सरकारले सहयोग गरे केही वर्षभित्रै औषधिमा आत्मनिर्भर हुने

    सरकारले सहयोग गरे केही वर्षभित्रै औषधिमा आत्मनिर्भर हुने

    काठमाडौं । नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोही अनुसार अनुकुल वातावरण निर्माण गरे नेपाल औषधिमा आत्मनिर्भर हुने व्यवसायीले बताएका छन् ।

    केही वर्ष अघिसम्म करिव १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकोमा अहिले त्यो बढेर करिब ५० प्रतिशत पुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दावी उद्योगीहरूको छ । यसका लागि हाल औषधि ऐन २०३५ सहितलाई संशोधन गर्नुपर्छ ।

    औषधि उद्योगीहरूसँग नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा औषधि लगायत उद्योग व्यवसायसंग सम्बन्धित जतिपनि ऐन कानूनहरू छन् तीनको प्रस्तावनामै उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले त्यसमा सुधारको खांचो रहेको सुझाव व्यवसायीले दिएका छन् ।

    औषधि उत्पादकहरुको अध्ययन अनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको रहेको छ । त्यसमा हाल ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटेको छ भने बाँकी औषधि भारत लगायतका मुलुहरूबाट आयात हुने गरेको छ ।

    केही स्वदेशी उद्योगहरूले थोरै मात्रामा निर्यात समेत गर्दै आएका छन् । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको बताइन्छ ।
    नेपाल औषधि उत्पादक संघ (एपोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा महासंघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा औषधि उद्योगीहरूले महासंघले अगाडी सारेको राष्ट्रिय आर्थिक रूपान्तरणको मार्गचित्र (नेट) २०३० लाई सफल पार्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएको छ ।

    महासंघका अध्यक्ष शेखर गोल्छाले औषधि उत्पादक संघका पदाधिकारीहरूलाई बधाई दिंदै मुलुकको आर्थिक भविष्य उज्जल बनाउने लक्ष्यका साथ महासंघले ल्याएको नेट २०३० को सफल कार्यान्वयनमा सहकार्य गर्न आग्रह गरेका छन् ।

    गोल्छाले भने, ‘मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ, लगानी विस्तार र रोजगारी सृजना गर्न सकिन्छ एकै ठाउँमा बसौं अप्ठेराहरू पहिचान गरी त्यसको कार्यान्वयका लागि सरकारसँग पहल गरौ, महासंघ त्यसको नेतृत्व लिएर अगाडी बढ्न तयार छ ।’

    महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघले आफ्ना सदस्यहरूको समस्या समाधानमा सधै उच्च प्राथमिकता दिएको बताए ।
    औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवलजंग पाण्डेले केही वर्ष अघिसम्म पनि नेपालमै औषधि बन्छ र भन्ने आमधारणा रहेकोमा अहिले केही मात्रामा निर्यात समेत गर्न सक्ने अवस्थामा पुगेको बताउँदै सरकारको उचित सहयोग हुन सक्यो भने अबको केही वर्षमै औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने दाबी गरे ।

    मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौं यसमा हामीले महासंघबाट ठूलो सहयोगको अपेक्षा गरेको छौं । उनले भने मुलुकको उज्जवल आर्थिक भविष्यको परिकल्पनाका साथ महासंघले अगाडी बढाएको नेट २०३० मा आफ्नो संस्थाको पूर्ण सहयोग रहने प्रतिवद्धता छौं ।

  • महामारीपछि नेपालमा टाउको दुख्ने बिरामीहरु बढे

    महामारीपछि नेपालमा टाउको दुख्ने बिरामीहरु बढे

    काठमाडौं । कोभिड–१९ महामारीयता विश्वभरी टाउको दुख्ने समस्या बढिरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार ०७७ साउनदेखि ०७८ असारसम्म देशभर २८ लाख ४४ हजार ५९३ जना टाउको दुख्ने समस्या भएर अस्पताल पुगेका छन् ।

    अघिल्लो बर्षको तुलनामा यससवर्ष दोब्बर मानिसहरु टाउको दुख्ने समस्या लिएर अस्पताल पुगेको पाइएको छ । ०७६/७७ मा देशभर १२ लाख ९० हजार तीन सय ८० जना बिरामी अस्पताल पुगेका थिए । टाउको दुखाइको कारण अस्पतालमा पुग्नेको संख्या धेरै हुनु चिन्ताको विषय भएको चिकित्सकहरु बताउँछन् ।

    विशेषज्ञ दीपेश शाक्यका अनुसार ६५ प्रतिशत मानिसहरुमा तनावका कारण टाउको दुख्ने समस्या भएको देखिएको छ । कोभिडका कारण आफन्त गुमाउने, रोजगारी गुमाउने जस्ता मुख्य कारण भएको अध्ययनले देखाएको छ ।

    मानसिक समस्या, तनाव तथा विभिन्न शारीरिक रोगका कारण ‘हेडएक डिसअर्डर’ हुन सक्ने विशेषज्ञ जया सत्याल बताउँछिन् । टाउको दुख्ने वैज्ञानिक कारण नभएपनि सामान्यतया पानीको कमी, खानामा ढिलाइ, तनाव र अन्य सिभियर इन्जुरीका कारण टाउको दुख्ने गर्दछ ।

    ब्याक्टेरियल इन्फेक्सनका कारणसमेत टाउको दुख्ने भएकाले बेवास्ता नगरी भिडियो एक्सरे, सिटिस्क्यान, एमआरआईजस्ता परीक्षण गर्न डा. सत्यालको सुझाव छ ।

    माइग्रेनका कारण टाउको दुख्ने समस्या अधिकांशमा देखिएको द जर्नल अफ हेडएकले गरेको एक अध्ययनमा देखिएको छ । नेपालमा माइग्रेन बिरामीको यकिन तथ्यांक नभए पनि टाउको दुख्ने समस्या माइग्रेनमा परिणत हुने चिकित्सकहरु बताउँछन् ।

    चिकित्सकहरुका अनुसार टाउको दुखाई कोभिड संक्रमणको लक्षण पनि हो । भाइरसले शरिरमा आक्रमण गरेको ७२ घण्टापछि टाउको दुख्ने लक्षणहरू देखा पर्ने गर्दछ । यस्तो दुखाइलाई ब्याक्टेरियल हेडएक भनिन्छ ।

    कोरोना संक्रमणमा लक्षण देखिएका कोरोना संक्रमितहरुमा गरिएको अध्ययनमा टाउको दुख्ने समस्या भएको पाइएको छ ।

  • बिहीबार काठमाडौं उपत्यकामा ७९३ संक्रमित थपिए

    बिहीबार काठमाडौं उपत्यकामा ७९३ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार काठमाडौं उपत्यकामा ७९३ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १५२ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८,५३४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,८३६ जना, भक्तपुरमा १,३९० जना र ललितपुरमा २,३०८ जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, दाङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • बिहीबार २ हजार संंक्रमित थपिए, १६ जनाको मृत्यु

    बिहीबार २ हजार संंक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६५० वटा नमूना (पीसीआर १०,६५८ र एन्टीजेन ३,९९२) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा ११ हजार ७०० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७८६ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५४४ जना, भेन्टिलेटरमा १६६ जना, होम आइसोलेशनमा ३१,६१९ जना, संस्थागत आइसोलेशनमा २,३२७ र क्वारेन्टाइनमा ३०२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • एक करोड मात्रा खोप लगाएपछि नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई

    एक करोड मात्रा खोप लगाएपछि नेपाललाई विश्व स्वास्थ्य संगठनको बधाई

    काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

    सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

    मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ६४ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ ।

    यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएकी छिन् । रासस

  • नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारद्धारा अनुमति प्रदान

    नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि सरकारद्धारा अनुमति प्रदान

    काठमाडौं । सरकारले नेपालमा कोरोना खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको हो ।

    अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर खोपको क्लिनिकल ट्रायल गरिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    आवश्यक प्रमाणसहित प्राविधिक तयारी गर्दा सेप्टेम्बर दोस्रो सातादेखि खोप ट्रयाल कार्यक्रम अघि बढ्न सक्ने छ । परिषद्का अनुसार बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज र धुलिखेल अस्पतालमा यो खोपको ट्रायल गरिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो

    नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो

    काठमाडौं । नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १६४ जनालाई खोप लगाइएको छ ।

    जसमध्ये ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा लगाएका छन् जुन कूल जनसंख्याको १७.९ प्रतिशत हो । सरकारले खोप लगाउन योग्य ७१.६ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।

    ४६ लाख ६७ हजार ३२८ अर्थात १५ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । सरकारले अहिले अस्ट्राजेनेका (कोभिसिल्ड समेत), भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोगमा ल्याएको छ ।

    गत माघ १४ गतेदेखि नेपालमा खोप अभियान सुरु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५ अर्बभन्दा बढी मानिसले विश्वमा कोभिडविरुद्धको खोप लगाएका छन् ।

  • बुधबार दुई हजार कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    बुधबार दुई हजार कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २०५२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९३५ नमुना (१० हजार ६१२ पीसीआर ४३२३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार थप २० जनाको मृत्यु भएको छ । ३०३० जना निको भएका छन् । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १४६, ललितपुरमा १०२ र काठमाडौंमा ४७१ जना संक्रमित थपिएका छन् ।

    औषतमा संक्रमित पत्ता लाग्ने दर घटेर १५.५ प्रतिशत पुगेको छ । कर्णालीमा संक्रमित पत्ता लाग्ने दर ७७.८ प्रतिशत र प्रदेश १ मा २०.८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या ३४ हजार १८९ रहेको छ । २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । अहिलेसम्म १० हजार ७७० जनाको मृत्यु भएको छ ।

  • कोरोनाको कहरले बालबालिकाको नियमित खोप प्रभावित

    कोरोनाको कहरले बालबालिकाको नियमित खोप प्रभावित

    काठमाडौं । कोरोना भाइरस संकलन बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ ।

    स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस संक्रमण बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धीत सबै पक्षसंग आग्रह गरे ।

    स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिए। उनले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुँदा खोप लगाउन छुटेको बताए ।

    उनले भने, ‘कोरोना भाइरस संक्रमण समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।’ उनका अनुसार सामन्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् ।

    शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठूलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गरे । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ ।

    विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ । २०३४ बाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । २०६० मा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो ।

    जन्मिने वित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रूबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूबेला खोप लगाउने गरिन्छ ।

    यस्तै जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा) रोग विरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसाङ्ख्कि स्वास्थ्य तथ्याङक अनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।

  • काठमाडौंको निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न नपाइने (आदेशसहित)

    काठमाडौंको निषेधाज्ञा लम्बियो, विद्यालय खोल्न नपाइने (आदेशसहित)

    काठमाडौं । काठमाडौंमा जारी निषेधाज्ञा भदौ मसान्तसम्म थप गरिएको छ ।

    कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गरी भोलिबाट लागू हुनेगरी निषेधाज्ञा लम्ब्याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

    सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरी विद्यालय संचालन गर्न सकिने आदेशमा उल्लेख छ ।

    उपत्यकामा केही स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालेपछि प्रशासनले यसलाई कडाइ गरेको हो ।

    अनावश्यकरूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई प्रतिबन्ध लगाइएको छ । चाडपर्वहरू स्वास्थ्य मापदण्ड पालना गरी भीडभाड नगरी मनाउन आदेशमा भनिएको छ ।

  • गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप उपलब्ध गराउने

    गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप उपलब्ध गराउने

    काठमाडौं । खोपको अन्तर्राष्ट्रिय वितरक एलायन्स फर गाभीले एक लाख डोज फाइजर खोप अक्टोबरमा नेपाललाई उपलब्ध गराउने भएको छ । उक्त खोप नेपालमा ट्रायलको लागि पठाउन लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलका अनुसार उक्त खोप भण्डारणको लागि आवश्यक कोल्ड चेन कमी भएकाले यूनिसेफले रेफ्रिजेटर उपलब्ध गराउने भएको छ ।

    उनका अनुसार, ‘फाइजर खोप अरु खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने हुन्छ । ‘फाइजर हाम्रो लागि नयाँ भयो। त्यसको सबै तयारी अलग्गै गर्नुपर्छ।’

    १८ वर्ष भन्दामुनिका बालबालिकालाई ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

     

  • औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल नियुक्त

    औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल नियुक्त

    काठमाडौैं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले मंगलबार उक्त जिम्मेवारी ढकाललाई दिएका हुन् ।

    यसअघि ढकाल विभाग अन्तर्गतको राष्ट्रिय प्रयोगशालामा कार्यारत थिए । उनलाई असोज १९ गते प्रयोगशालामा सरुवा गरिएको थियो ।

  • निषेधाज्ञा थप खुकुलो बनाउने उपत्यका सीडीओहरुको तयारी

    निषेधाज्ञा थप खुकुलो बनाउने उपत्यका सीडीओहरुको तयारी

    काठमाडौं । कोभिड संक्रमण दर घटेसँगै उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो हुने भएको छ । केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने तयारीमा काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन जुटेका छन् ।

    संक्रमण दर पनि घटेको र चाडपर्व नजिकिएकाले आर्थिक क्षेत्र चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

    भोलि बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो तुल्याउँदै नयाँ आदेशहरु जारी गर्नेछन् । तर सिनेमा घर, पार्टी प्यालेस, मठमन्दिर चाहिँ बन्दै रहने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए ।

    ‘चाडपर्व नजिकिएकाले मठमन्दिर खोल्ने कुरालाई वैज्ञानिक बनाउने जरुरी छ’ निरौलाले भने, ‘आर्थिक क्षेत्र चलायमान बनाउन पनि निषेधाज्ञा केही खुुकुलो हुन्छ ।’ भदौ १ गतेदेखि लागू भएको स्मार्ट लकडाउनको कार्यविधि अनुसार नै आफूहरु अघि बढेको सीडीओहरुले जनाएका छन् । अहिले जारी निषेधाज्ञा भदौ १६ गते मध्यरातसम्म कायमै छ ।

    काठमाडौंको अवस्था कस्तो छ ?

    मंगलबार काठमाडौं उपत्यकामा ५६४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४१३, ललितपुरमा ८७ र भक्तपुरमा ६४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा ५४९१, भक्तपुरमा १३५१ र ललितपुरमा २१९६ जना सक्रिय संक्रमित छन् ।

  • मंगलबार १६ सयमा कोभिड संक्रमण पुष्टि, २० जनाको मृत्यु

    मंगलबार १६ सयमा कोभिड संक्रमण पुष्टि, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १६६४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

    मंगलबार कोभिड-१९ संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । कूल मृत्यु हुने संख्या १० हजार ७५० पुगेको छ । मृत्युदर १.५ प्रतिशत छ ।

    आजसम्म सक्रिय संक्रमित संख्या ३५ हजार ५९१ पुगेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

    मंगलबार संक्रमण पुष्टि हुने दर १३.६१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १७८६ जना डिस्चार्ज भएका छन् । आज संक्रमितभन्दा निको हुने संख्या केही बढी देखिएको छ ।

    होम आइसोलेसनमा ३३ हजार २१४ जना छन् । सघन उपचार कक्षमा ५३७ र भेन्टिलेटरमा १६४ जना बिरामी छन् । संस्थागत आइसोलेसनमा २३७७ जना छन् ।

    कूल संक्रमित संख्या ७ लाख ६२ हजार र कूल निको हुने संख्या ७ लाख १६ हजार छ ।

     

  • चिनियाँ बालबालिकाले सातामा ३ घण्टा मात्र भिडिओ गेम खेल्न पाउने

    चिनियाँ बालबालिकाले सातामा ३ घण्टा मात्र भिडिओ गेम खेल्न पाउने

    बेइजिङ । चीनले १८ वर्षभन्दा तलका बालबालिकाले सातामा तीन घण्टामात्र भिडिओ गेम खेल्न पाउने नियम ल्याएको छ । तर, युवाहरुले पनि सरकारी नियमको आलोचना गरेका छन् ।

    तर, सरकारले भने बालबालिकामा भिडिओ गेमको लत रोक्नका लागि नियम ल्याउनुपरेको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक अखबार द पिपुल्स डेलीले बालबालिकालाई मानसिकरुपमा स्वस्थ राख्न यस्तो नियम ल्याएको जनाएको छ ।

    भिडिओ गेमले पठनपाठन प्रभावित बनेको र बालबालिकको शारीरिक तथा मानसिक स्वास्थ्यर्ला असर पारेको भन्दै उक्त आलेखमा परिवारलाई जोगाउन पनि किशोर किशोरीलाई जोगाउनुपरेको जनाइएको छ ।

    ‘यो नियम बनाउने हजुरबा र काकाले कहिल्यै भिडिओ गेम खेलेका छन् ? के तपाईंहरुलाई थाहा छैन भिडियो गेम खेल्ने उमेर नै टीनएज हो’ चिनियाँ सामाजिक संजाल वेइबोमा उल्लेख छ ।

    ‘समस्याको जरा भनेको तत्काल हुने आम्दानी रोकिन्छ भन्ने होइन’ स्मार्ट कर्माका मेयर मियो काटोले भने, ‘समस्याको जरा भनेको सानो उमेरमै भिडिओ गेम खेल्दा हुनसक्ने मानसिक स्वास्थ्यको प्रश्न हो ।’

  • कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : चीन र अफ्रिकासहितका मुलुकमा संक्रमण भेटियो

    कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : चीन र अफ्रिकासहितका मुलुकमा संक्रमण भेटियो

    प्रिटोरिया । कोरोनाभाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको छ । सुरुमा दक्षिण अफ्रिका र त्यसपछि अन्य मुलुकमा फैलिएको यो भेरिएन्टलाई अति संक्रामक मानिएको छ । यसको वैज्ञानिक नाम सी.१.२ राखिएको छ ।

    दक्षिण अफ्रिकाको नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज र क्वाजुलु नाटल रिसर्च इनोभेसन एन्ड सिक्वेन्सिङ प्लेटफर्मले यसबारे पुष्टि गरेका हुन् ।

    दक्षिण अफ्रिकी वैज्ञानिकका अनुसार गत मे महीनामा यो भेरिएन्ट पहिलोपटक पुष्टि भएको थियो । त्यसपछि अगस्ट १३ सम्म यो भाइरस चीन, कंगो, इङल्यान्ड, न्यूजिल्यान्ड, पोर्चुगल, स्वीटजरल्यान्ड, मौरिससमा संक्रमण पुष्टि भएको छ ।

    यो भाइरस चाँडो संक्रमण हुने र प्रतिरोधात्मक क्षमतालाई पनि चुनौति दिने जनाइएको छ । यो भेरिएन्ट अफ कन्सर्न अन्तर्गत पर्न सक्ने वैज्ञानिकहरुको भनाई छ ।

    कोरोनाविरुद्ध बनेका अहिलेसम्मका एन्टीबडीबाट पनि यो भेरिएन्टले आफूलाई जोगाउन सक्ने जनाइएको छ । अन्य भेरिएन्टको भन्दा संक्रमण हुने क्षमता २ गुणाले बढी रहेको उल्लेख छ । सुरुआती चरणमा फैलिएका अन्य दुई भाइरस डेल्टा र अल्फाजस्तै यो पनि तीव्ररुपमा फैलिएको जनाइएको छ । संसारभर चलिरहेको खोप अभियानलाई पनि यसले चुनौति दिन सक्ने जनाइएको छ ।

  • भरतपुर अस्पतालमा एक वर्षमा सातजना मेसु फेरिए

    भरतपुर अस्पतालमा एक वर्षमा सातजना मेसु फेरिए

    चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।

    एक वर्षको अवधिमा प्रा.डा. कृष्ण पौडेल सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका हुन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन् ।

    २०७७ भदौ २८ गते डा. श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा. राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मङ्सिर ८ गते सरुवा भएसँगै डा. जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा. वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे अवकास भएपछि पुनः डा. जगन्नाथ तिवारीलाई जिम्मेवारी दिएको थियो ।

    झण्डै दुई महिनापछि जेठ १३ गते डा. रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई जिम्मेवारी दिएको हो । सरकारले आइतबार प्रा. डा. पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो । मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।

    यो सङ्घीय अस्पताल हो । छ सय शै्ययाको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । हरेक विभागमा बिरामीले पाउनुपर्ने सेवा पाउन सकेका छैनन् ।

  • साबधानी नअपनाए डिसेम्बरसम्म युरोपमा दुईलाख भन्दा बढीको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

    साबधानी नअपनाए डिसेम्बरसम्म युरोपमा दुईलाख भन्दा बढीको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यूरोपमा कोभिड-१९ को नयाँ लहर आउने र यसबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ । युरोपका खासगरी गरिब मुलुकमा कोभिड-१९ विरूद्धको खोप दर कम रहेको र यसले कोभिड-१९ नियन्त्रणमा प्रभाबकारी भूमिका निर्बाह गर्न नसक्ने डब्लुएचओले चिन्ता व्यक्त गरेको छ ।

    डब्लूएचओ युरोपका निर्देशक हान्स क्लजले सञ्चारकर्मीसँग भने, “गत हप्ता यस क्षेत्रमा मृत्युको सङ्ख्यामा ११ प्रतिशत वृद्धि भएको थियो । एउटा विश्वसनीय अध्ययन रिपोर्टले युरोपमा डिसेम्बर १ सम्ममा थप दुई लाख ३६ हजार मानिसको मृत्यु हुनसक्ने देखाएको छ ।”

    युरोपले अहिलेसम्म १३ लाख कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । यूरोपका ५३ सदस्य राष्ट्रमध्ये ३३ मुलुकले गत दुई हप्तामा कोभिड-१९ सङ्क्रमण दर १० प्रतिशतभन्दा बढीले वृद्धि भएको जनाएका क्लजले बताए ।

    यस महादेशभरि भाइरस सर्ने दर उच्च रहेको र यो विशेष गरी विभिन्न देशहरूमा नियन्त्रणका लागि दिनुपर्ने प्राथमिक जनसंख्यामा अत्यन्तै कम रहेको कारण चिन्ताजनक अवस्था मानिएको हो । क्लजले बढी फैलिनसक्ने डेल्टा भेरिएन्टको प्रसार रोक्न प्रतिबन्ध तथा नियन्त्रणक अन्य उपायहरूबारे देखाइएकोे सहजता र गर्मी यामसँगै वृद्धि भएका यात्राजन्य गतिविधि दोषी देखिएका बताए ।

    युरोपका लगभग आधा मानिसहरूलाई पूर्ण खोप लगाइएको भए तापनि यस क्षेत्रमा खोप लगाउने कार्य अझै पनि सुस्त भएको क्लजको बुझाइ छ । “विगत छ हप्तामा यो १४ प्रतिशतले घटेको छ । कतिपय देशमा खोपको अभाव र केहीमा खोपलाई नस्वीकारिएका कारण यसको असर परेको छ ।”

    युरोपका निम्न तथा निम्नमध्यम आय भएका मुलुकका छ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन् । केही मुलुकले १० मध्ये एक स्वास्थ्यकर्मीलाई मात्र खोप दिएका छन् । उत्पादन बढाउन, धेरै मात्रा खोपको आपूर्ति गर्न तथा खोपको पहुँचमा सुधार ल्याउन खोप अभियानमा पछि रहेका यूरोपेली मुलुकहरूलाई आग्रह गर्दै क्लजले भने, “हाम्रो क्षेत्रमा खोप अभियानमा सुस्तता आउनु गम्भीर चिन्ताको विषय हो ।” रासस

  • काठमाडौं उपत्यकामा सोमबार ९०६ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा सोमबार ९०६ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ९०६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ६६५ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा १३८ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ९,१४६ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,५८३ जना, भक्तपुरमा १,३५३ जना र ललितपुरमा २,२१० जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • सोमबार २२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    सोमबार २२ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना (पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ०८ जना निको भएका छन् ।

    गत २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी

    सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् ।

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए। उनले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताए ।

    राज्यमन्त्री श्रेष्ठले यस अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचार तथा अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने धारणासमेत राखे । उनले अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि मन्त्रालय लागिपरेको बताए । ‘यहाँ भएका साधनस्रोतलाई उपयोग गर्ने हो भने सम्भावना धेरै छन्’, उनले भने, ‘अस्पतालले मन्त्रालयसँग के अभाव छ । त्यसको माग गर्न पर्‍यो । हामी उपलब्ध गराउन तयार छौ ।’

    उनले दूरदराजका जनताले अझै स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनुपर्ने भनाइ राखे । उनले कोरोना भाइरसविरुद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिए । अहिले २० प्रतिशत पहिलो मात्रा र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

    कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताए । उनले अस्पतालमा ७०० शैय्या थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउए ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका अस्पतालको स्तरोन्नति गर्न आफूहरुले सहयोग गर्ने बताए । उनले अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको र थप ५ वटा चीनबाट आएपछि वितरण गर्ने बताए ।

    अस्पतालका निर्देशक डा. सङ्गीताकौसल मिश्राले अस्पतालमा थप २०० शैय्या थप गर्न गइरहेको जानकारी दिए । उनले ‘ह्युमन मिल्क बैंक’ र ‘टेस्ट ट्युब’बाट बच्चा जन्माउन प्रक्रिया चाँडै नै सुरु गर्ने बताए ।

    अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार हरेक वर्ष करिब २२ हजार महिलाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा स्त्रीरोगसम्बन्धी बहिरङ्ग सेवा, प्रसूति, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, आमा सुरक्षा तथा नवजात शिशु निःशुल्क उपचार, कृत्रिम गर्भधारण जस्ता सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    विसं २०१६ भदौ १० गते श्रीकृष्णजन्माष्टमीको दिन ४० शैय्याबाट शुरु भएको उक्त अस्पतालमा अहिले ४८९ शैय्या रहेका छन् । अस्पतालले कोभिड–१९ संक्रमित महिलाको उपचार कुपण्डोलस्थित प्रसूतिकै भवनबाट सेवा दिइरहेको छ । अस्पतालमा दैनिक ५० देखि ७० जनाको प्रसूति र एक हजार जनाले बहिरङ्ग सेवा लिने गरेका छन् ।

  • काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय भोलिदेखि एकतर्फी खुल्ने, प्रशासनले भन्यो : अटेर गरे कार्वाही हुन्छ

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय भोलिदेखि एकतर्फी खुल्ने, प्रशासनले भन्यो : अटेर गरे कार्वाही हुन्छ

    काठमाडौं । कोरोनाभाइरस महामारीको बाबजुद पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भोलिदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भएको छ । नगरपालिकाले विद्यालय संचालनका लागि अनुमति दिएको छ ।

    नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकालले लामो समयदेखि विद्यार्थीहरु घरमै रहँदा पढाइमा समस्या हुने भएकाले आवश्यक मापदण्ड पुरा गरी पठनपाठन संचालनको अनुमति दिइएको बताए । विद्यालय संचालकले पनि विद्यालय संचालन गर्न माग गर्दै आएका थिए ।

    आइतबार बसेको नगर शिक्षा समितिको बैठकले १५ गतेबाट विद्यालय संचालनका लागि अनुमति दिएको थियो । ढकालका अनुसार यसबारेको जानकारी सम्बन्धित निकायमा पठाइएको छ । ढकालका अनुसार शिक्षाका सरोकार निकाय र स्थानीय राजनीतिक दलको छलफलपछ भौतिक उपस्थितीमै कक्षा संचालनको माग भएको थियो । सोही मागको आधारमा नगरपालिकाले विद्यालय संचालनको अनुमति दिएको हो ।

    विद्यालयलाई जिम्मेवारी दिएर पठनपाठन संचालन गर्न भनिएपनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डबारे अनुगमन गर्ने भएको छ । नगरपालिका उपमेयर शान्ति नेपालका अनुसार विद्यालय संचालकको दबाबपछि यस्तो अनुमति दिइएको हो । तर, अभिभावकले भने विद्यालय सञ्चालन गर्दा जोखिम बढ्ने भएकाले यो निर्णय गलत भएको बताएका छन् ।

    आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालनासहित संचालन अनुमति दिइएको शिक्षा शाखा अधिकृत ढकालले बताए। जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले तोकेका मापदण्ड पालना गर्दै विद्यालय खोल्न लागिएको उनको भनाई छ । विद्यार्थीलाई अभिभावकले नै स्कुलसम्म लैजाने, अभिभावक लिन आउने, घरबाटै खाजाको व्यवस्था गर्ने, स्कुल बस अनिवार्य रुपमा स्यानिटाइज गर्ने, कक्षाहरुमा भौतिक दूरी कायम गर्ने, साबुन पानीको बन्दोबस्त गरी बेलाबेला हात धुन लगाउनु पर्ने सर्त राखिएको छ ।

    सामुदायिक १६ वटा र संस्थागत ९१ वटा विद्यालय रहेको सो नगरपालिकामा अहिले ४० हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले भने विद्यालय सञ्चालनको अनुमति दिएको छैन । सीसीएमसीको कार्यविधि अनुसार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले विद्यालय लगायतका भीडभाड हुने क्षेत्र खुलाउन अनुमति दिएका छैनन् । काठमाडौं सीडीओ कालिप्रसाद पराजुलीले विद्यालय संचालनको अनुमति नदिएको बताए । ‘तत्काल विद्यालय संचालनको अनुमति छैन । नियम अटेर गरे कानूनअनुसार अघि बढ्नुपर्ने हुनसक्छ’ उनले भने ।

  • स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको हेरेफेर : आठ अधिकारी कसको कहाँ सरुवा र नियुक्ति भयो ?

    स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको हेरेफेर : आठ अधिकारी कसको कहाँ सरुवा र नियुक्ति भयो ?

    काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न विभाग हेर्ने अधिकारीहरुको जिम्मेवार हेरफेर भएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै खोप शाखा प्रमुखमा सागर दाहाललाई ल्याइएको छ भने त्यहाँबाट डा. झलक शर्मालाई हटाइएको छ । शर्मालाई व्यवस्थापन महाशाखा पठाइएको जनाइएको छ ।

    सार्क क्षयरोग केन्द्रका निर्देशक विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा पठाइएको छ । महाशाखाका निर्देशक तारा पोख्रेललाई लालको ठाउँमा पठाइएको छ ।

    क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ । उनको ठाउँमा प्रकाश शाहलाई ल्याइएको छ ।

    भरतपुर अस्पताल प्रमुखमा कृष्ण पौडेललाई नियुक्त भएका छन् । सो अस्पतालका रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

  • स्वास्थ्य मन्त्रालयले भन्यो : नेपालमा खोपको प्रभावकारीता ९० प्रतिशत

    स्वास्थ्य मन्त्रालयले भन्यो : नेपालमा खोपको प्रभावकारीता ९० प्रतिशत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा लगाइराखेको कोभिड-१९ विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको छ ।

    एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिवडी देखिएको मन्त्रालयले बताएको हो ।

    कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउन मन्त्रालयले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी २०७८ असार २१ गते देखि साउन ३० गतेसम्ममा संकलित नमूनाहरु मध्ये १३,१६१ जनाको परिक्षण गरी विश्लेषण गरेको थियो ।

    संकलित नमूनाहरु मध्ये १३,१६१ जनाको परीक्षण गर्दा देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिवडी देखिएको जनाएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिवडी देखिएको छ जसले हामीले लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिन्छ । भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक छ। ’

    साथै भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम रहेकोले संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ ।

  • काठमाडौंमा दैनिक संक्रमण संख्या ओरालो लाग्दै

    काठमाडौंमा दैनिक संक्रमण संख्या ओरालो लाग्दै

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा ४७८ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३१२ जना, भक्तपुरमा ५२ जना र ललितपुरमा ११४ जना छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ८,९७४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ५,३९८ जना, भक्तपुरमा १,३५१ जना र ललितपुरमा २,२२५ जना छन् ।

    मन्त्रालयका अनुसार मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपल्चोक, नवलपरासी, कास्की, बाग्लुङ, गोर्खा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत मा ५०० भन्दा बढी संक्रमित छन् ।

    यस्तै २०० भन्दा बढी धनकुटा, ईलाम, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कंचनपुर छन् ।

  • आइतबार १३ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु

    आइतबार १३ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २९७ वटा नमूना (पीसीआर ७,२५९ र एन्टीजेन ३,०३८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २४ जनाको मृत्यु भएको छ भने २२ सय ६० जना निको भएका छन् ।

    हालसम्म मुलुकमा ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७१४ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ६२५ जना, भेन्टिलेटरमा १६७ जना, होम आइसोलेशनमा ३२,७४४ जना, संस्थागत आइसोलेशनमा ३,०५२ र क्वारेन्टाइनमा ३४३ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • १८ अमेरिकी जासूसी एजेन्सीको निष्कर्ष : कोरोनाभाइरस जैविक हतियार होइन

    १८ अमेरिकी जासूसी एजेन्सीको निष्कर्ष : कोरोनाभाइरस जैविक हतियार होइन

    वासिङ्टन । अमेरिकी जासूसी निकायहरुले महिनौं लामो अध्ययन र अनुसन्धानपछि पनि कोरोनाभाइरसको उत्पति प्रयोगशाला वा प्राकृतिकरुपमै पैदा भएको भन्ने निक्र्यौल गर्न असमर्थ भएका छन् ।

    १८ वटा अमेरिकी जासूसी निकायले प्रस्तुत गरेको साझा प्रतिवेदनमा कोरोनाभाइरस जैविक हतियार नरहेको निष्कर्ष निकालिएको छ । विज्ञहरुले कोरोनाको सुरुआती प्रमाणहरु एकीकृत गर्ने समय निकै घर्किइसकेको समेत चेतावनी दिएका छन् ।

    तर, चिनियाँ विदेश मन्त्रालयले अमेरिकी जासूसी निकायको उक्त प्रतिवेदनलाई विज्ञान विरोधी भन्दै विरोध गरेका छन् । अमेरिकी नेसनल इन्टिलेजेन्स निर्देशक कार्यालयको उक्त प्रतिवेदनले कोरोना उत्पतिको बारेमा विज्ञहरु विभाजित भएको जनाएको छ ।

    प्रतिवेदनका अनुसार थुप्रै नाम उल्लेख नगरिएका एजेन्सीहरु कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुनसक्नेमा एकमत थिए । तर, यो दाबीमा उनीहरु आत्मविश्वास महसुस भएनन् ।

    अन्य एजेन्सीले चाहिँ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट मानिसमा भाइरस सरेको हुनसक्ने बताएका छन् । यो प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरस उत्पतिको बारेको अध्ययनमा सहयोग नगरेको भन्दै चीनको आलोचना गरेका छन् ।

    ‘विश्व यसको जवाफ चाहन्छ । हामीले यसको उत्तर नपाएसम्म रोकिनेछैनौं’ बाइडेनले भने । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानदेखि सुरु भएको महामारीको कारण ४.५ मिलियन मानिसको मृत्यु भएको छ ।