Category: कलाप्रेस

  • ‘चुल्ठो’की सर्जक चिलवालः जीवन सरल, कवितामा आक्रोश

    ‘चुल्ठो’की सर्जक चिलवालः जीवन सरल, कवितामा आक्रोश

    शान्त स्वभावकी सरल कवि । जो बजारको हल्लाबाट पर बस्छिन् । साहित्यमा ‘ओभरेटेड’ भनिनेहरूको भिडबाट अलग्गै देखिन्छिन् । अनेकन् कोलहालबाट जोगिँदै जोगिँदै उनी कविता लेख्छिन् । केवल कविता लेख्छिन् ।

    उसो त पुँजीवादी बजारसँग उनको प्रष्ट असहमति छ । उनी भनिरहेकी हुन्छिन्, ‘आजको बजारले मूल ग्रन्थ बेच्दैन । आफ्नो ग्राहकलाई गेस पेपरमात्र बेच्छ । मुख्य कुरा दिँदैन । सस्ता र कमसल कुरा बढी बिकाउन खोज्छ ।’
    बजारदेखि अलग्गिएर उनी बजारले विकृत बनाएको मानिसको कविता यसरी लेख्छिन्–

    मान्छेले कपडा लगाउनुपर्ने हो
    तर, यहाँ
    कपडाले मान्छे लगाइरहेको छ

    दुई दशक उकालो लाग्यो, कल्पना चिलुवालले कवितामा आफूलाई पोख्दै आएको । नारीहरूको कथा र सदियौंदेखि भोग्दै आएको उत्पीडनलाई उत्खनन् गर्दै आएको । त्यसैले त कवि विनोदविक्रम केसीले लेखेका छन्, ‘कल्पना चिलुवालका कविता पढ्नु बिजुलीको नाङ्गो तार समात्नुजस्तो हो । एक खेप झनझनाउँछ, दिल–दिमागका समग्र पाटपुर्जा ।’

    कवितामा शक्तिशाली देखिएकी कल्पनाको कविता संग्रह ‘चुल्ठो’ अहिले चर्चामा छ । ‘चुल्ठो’भित्रको शीर्ष कविता चुल्ठो पढिसकेपछि कवि कल्पनाको काव्यिक चेतनाबारे पाठकहरू चकित पर्छन् । नहुन् पनि कसरी, सदियौंदेखि स्वास्नीमान्छेको सौन्दर्यको उपमा दिने चुल्ठोलाई उनले कवितामार्फत् बुलन्द प्रश्न गरेकी छन्–

    आफैंले कोर्न नपाएको
    आफैंले सम्याउन नपाएको
    सदियौंदेखि समाजले बदलिदिएको
    कुसंस्कारको कुवामा पखाल्दा पखाल्दा
    मैलिएर लठ्एिको
    आफ्नो शिरलाई भारी लाग्ने
    एउटा आदिम चुल्ठो छ मसंग
    मबाटै मुक्ति खोजिरहेको

    ०००

    ‘हामी स्कुल पढ्दा दुई चुल्ठोमा सजिएर जान्थ्यौं । पछि बुझ्दै जाँदा लाग्न थाल्यो, यो चुल्ठो हामीमाथिको अभिसाप हो,’ कल्पना औंल्याउँछिन् । चुल्ठोबारे घनिभूत सोच्दा कल्पना त्यो निचोडमा पुगेकी छन्, ‘यसले नेपाली नारीको अवस्थाको प्रतिनिधित्व गर्छ ।’

    समाजमा हिजो सतिप्रथा थियो, बाल विवाह थियो । तिनै परम्परागत शोषण, पीडाहरूको अवशेष समाजमा व्याप्त छन् । उनी ठान्छिन्, ‘त्यसैले महिलाहरूको अवस्था फेरिए पनि पूर्ण मुक्ति भने पाउन सकेको छैन ।’

    चुल्ठोमा महिला स्वतन्त्रता, समानता र मुक्तिका कविता छन् । किन गर्छिन् त उनी कवितामा नारी मुक्तिको वकालत ?

    जवाफमा  भन्छिन्, ‘म त्यो समाजमा हुर्केँ, जुन समाजमा महिलाहरू विभिन्न बहानामा प्रताडित छन् । धर्मको नाममा यातना खेप्न बाध्य छन् । महिलाहरू व्रतको नाममा आफैं प्रताडित छन् । उनीहरूको दिमागमा  यसरी विचार निर्माण गरिदिएको छ कि महिलाहरू स्वयम् त्यहाँबाट निस्कन सकेका छैनन् ।’

    ०००

    कल्पना लमजुङमा जन्मिइन् । पोखरामा हुर्किइन् । पोखरामै स्कुल र कलेजको शिक्षा पार गरिन् ।  ०५२ मा जनयुद्ध सुरु भयो । बुबा आन्दोलनसँग जोडिएका थिए । घरमा पत्रपत्रिका आउँदा जनादेश, महिमा, रंगमञ्च, युवामञ्च जस्ता पत्रिका आउँथे । ती पढ्दापढ्दै पढ्ने लत बस्यो उनमा । विस्तारै राजनीति बुझ्न थालिन् । बुझ्दै गइसकेछि विचार निर्माण हुँदै गयो ।

    युवावयमा विद्यार्थी राजनीतिमा सरिक भइन् उनी । सरिक हुने क्रममा उनलाई लाग्न थाल्यो– लेख्नुपर्छ । न्यायका लागि भए पनि लेख्नुपर्छ । सबैभन्दा तल्लो वर्गको आवाज बोल्नुपर्छ ।

    सुरुवाती चरणमा कविता लेखेर उनले धेरै लुकाएकी छन् । एकदिन साहित्यकार घनश्याम ढकाललाई डराइ डराइ आफूले लेखेको कविता देखाइन् । कविता पढेपछि उनलाई घनश्यामले सल्लाह दिएका थिए । ‘तर त्यो कविता अहिले मससँग छैन । तर, त्यहीँबाट कविता लेखनमा मेरो कलम तिखारिँदै गयो,’ उनी सुनाउँछिन् ।

    ०००

    कवितामा त उनको संघर्ष छँदैछ । लेखनसँगै उनको चाहना थियो, समाज परिवर्तनका आन्दोलनमा सरिक हुने । कविता लेख्दै गर्दा उनी आन्दोलनमा पनि सरिक हुन्थिन् । आन्दोलनको क्रममा उनले नमीठो अनुभूति भोग्नुपरेको छ । २०५८ सालतिरको कुरा हो । देशमा सशस्त्र जनयुद्ध चर्किरहेको बेला । उनी महिला सम्मेलनको सन्दर्भमा पोस्टर टाँस्दै थिइन् । उनीसँग पोस्टर टाँसिरहेकी थिइन् टेक कुमारी पौडेल( जो सभासद् पनि भइन्) । दिउँसो पोखराको महेन्द्र पुल बजारमा उनीहरू पोस्टर टाँस्दै थिए । त्यतिबेला एक जना व्यक्तिले बोलाउँदै भने, ‘ म पनि टाँसिदिन सहयोग गरिदिऊँ ?’

    टाँसिदिऊँ भनेर सहयोग गर्न खोज्ने मानिस प्रहरीका सुकारकी रहेछन् । उनले प्रहरीलाई फोन गरेछन् । अचानक आएका प्रहरीका समूहले उनीहरूलाई घेरा हाले ।

    ‘हामीसँग सम्मेलनका पर्चा थिए । एक हप्ता जिप्रका हिरासतमा राखियो,’ उनी सम्झन्छिन् ।

    पक्राउ परेपछि उनीहरूलाई भनिएको थियो, ‘तपाईंहरू अबदेखि पार्टी र संगठनको काम गर्दैनौं भनेर कागज गर्नुस् । हामी तपाईंलाई छाडिदिन्छौं ।’ तर, कल्पनाहरू सिद्धान्तमा अडिग थिए । उनीहरूले भने, ‘हामी यही विचारमा आबद्ध छौं भने किन कागज गर्ने ? गर्दैनौं ।’

    त्यही कागज नगर्नाले उनीहरूले २८ दिन जेल जीवन बिताउनुपर्यो ।

    जेलमा बस्दा त्यहाँ आशा खनाल र सुमित्रा खनाल पनि थिए । जेलमा हुँदा अध्ययनका लागि उनीहरूले बन्दोबस्त मिलाउँथे ।

    दुःखको कुरा ! पछि तिनै साथी सुमित्रा भने मारिन पुगिन् । त्यसले कल्पनालाई लामो समयसम्म मर्माहत बनायो । ‘हामी उहाँहरू भन्दा पहिले नै छुट्टियौं । उहाँहरूको मुद्दा फरक थियो । ढिलो छुट्टुभयो । केही समयपछि उहाँ मारिनु भयो,’ उनी दुःखी सुनिन्छिन् ।

    समय निकै डरलाग्दो थियो, लेखपढ गर्न पनि त्रासदी । ‘प्रहरीकै डरले किताब जलाउनुपर्थ्यो । यसरी जलाउँदा कति किताब नष्ट भए,’ उनी भन्छिन्, ‘पुस्तब पढ्नु पनि खतराको समय थियो त्यो ।’

    माओवादी निकट विद्यार्थी संगठनमा काम गरेकी कल्पना २०६२/०६३को जनआन्दोलनबाट ब्याक हटिन् । उनलाई विस्तारै राजनीतिक ननिको लाग्न थाल्यो ।

    ‘अहिले हिजोको माओवादीले पीडालाई समेटेन । दुःख बुझ्नै सकेन,’ उनी सुनाउँछिन् । त्यसयता उनी राजनीति नियाल्छिन्, तर परैबाट । बरु उनी प्राध्यापन पेसामा गाँसिएर विद्यार्थीसँग रमाउन थालिन् ।

    ०००

    कल्पना कवितालाई कलात्मक वैचारिक हतियार भन्न रुचाउँछिन् । कविता जसले मान्छेको मन झक्झकाउने गर्छ, प्रहार पनि गर्छ । ‘नत्र किन कविता लेखेकै कारण मानिस जेल जानुपर्दथ्यो । मारिनुपर्दथ्यो ?’ उनी प्रश्न गर्छिन् ।

    तर, आजकल लेख्ने मान्छेहरूभित्रै विभेदको पर्खाल देख्छिन् उनी । लेखनमा पनि विभेद ? उनी भन्छिन्, ‘विभेद छ । महिला लेखक र पुरुष लेखकबीचको खाडल छ । जस्तो कि ओजिला कुरा महिलाले लेख्दा प्रशंसा हुन्न । महिलाले लेख्दा बरु आलोचना बढी हुन्छ । तर, त्यही कुरा स्थापित पुरुषले लेख्दा वाहवाही पाइन्छ । पुरुषवादी चिनतनले नारी लेखकलाई लेखक देख्दैन ।’

    पुरुषवादी चिन्तनप्रति असन्तुष्टि पोखिरहेकी कल्पना कविताका हर शब्दमा आक्रोसित भेटिन्छिन् । उनका मौखिक अभिव्यक्ति सुनेपछि उनको आक्रोस के का लागि हो ? प्रष्ट हुन्छ । त्यसैले त सरस्वती प्रतीक्षाले भनेकी छन्, ‘वास्तविक जीवनमा कतिको रिसाउँछिन् कल्पना ? त्यो त मलाई थाहा छैन । कवितामा भने कल्पना चिलुवाल एकदमै रिसाहा कवि हुन्, भयंकर रिसाहा कवि हुन् ।’

  • सारीमा खुलेका मनीषा र करिश्मा !

    सारीमा खुलेका मनीषा र करिश्मा !

    काठमाडौं- करिश्मा मानन्धर र मनीषा कोइरालाबीच केही समानता छ -यी दुई समकालिन फिल्म डीभा हुन् । दुबै फेसन कन्सस अभिनेत्री हुन् भने दुबैको राजनीतिक विचार पनि करिब उस्तै छ ।

    मनीषाले आफ्ना आवाजमा रेकर्ड गरेको भजनको भिडियो सार्वजनिक गर्ने कार्यक्रममा यी दुबै एक्ट्रेस सारीमा उपस्थित भए । करिश्मा स्काइ ब्लु रङको सारीमा गर्जियस देखिएकी थिइन् भने मनीषा ब्ल्याक सारी र रेड पस्मिनामा चिटिक्क ।

    यी दुबै अभिनेत्री सारीमा खुलेका देखिन्थे । यी दुईको सौन्दर्यको चर्चा कार्यक्रममा मात्र हैन, सामाजिक संजालको टाइमलाइनमा पनि भयो । पछिल्लो समय यी दुई हिरोइन निकट पनि हुन थालेका छन् । मनीषा र करिश्माले दुबैले मुलुकमा राजसंस्थाको आवश्यकता पनि देखेका छन् ।

    मनीषाको महामृत्युञ्जय भजन हेरेपछि करिश्माले मनीषको खुलेर चर्चा गरिन् भने, मनीषाले करिश्मालाई धन्यवाद दिइन् । कार्यक्रममा उपस्थिती यी दुई अभिनेत्रीले एकअर्काको प्रशंसा गरेर थाकेनन् ।

  • हलिउड अभिनेत्री लुम्लेद्वारा नेपाली रेष्टुरेन्टलाई १ लाख छाक खाना प्रदान

    हलिउड अभिनेत्री लुम्लेद्वारा नेपाली रेष्टुरेन्टलाई १ लाख छाक खाना प्रदान

    लन्डन- हलिउड अभिनेत्री जोआना लुम्लेले कोभिड-१९ महामारीका कारण प्रभावित मानिसलाई निःशुल्क खाना वितरण गरिरहेको लन्डनस्थित नेपाली रेष्टुराँलाई १ लाख छाक खाना प्रदान गरेकी छिन् ।

    दक्षिण लन्डनको लेविसमस्थित सुजन कट्वालले संचालन गरेको पानस रेष्टुराँको विहिबार भ्रमण गर्दै उनले खाना प्रदान गरेकी हुन् । उक्त रेष्टुराँले महामारी फैलिएयता लन्डनका विभिन्न स्थानमा स्वास्थ्य कर्मचारी, घरविहिन मानिसहरु र सामुदायिक केन्द्रलाई निःशुल्क खाना वितरण गर्दै आइरहेको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै रेष्टुराँ संचालक कट्वालले अभिनेत्री लुम्लेले आफूहरुको कार्यहरुको प्रशंसा गरेको समेत बताए । उनका अनुसार लुम्लेले आवश्यक थप सहयोग गर्न पनि आफू तयार रहेको जनाएको उल्लेख गरे ।

    अभिनेत्री लुम्ले लन्डनस्थित नेपाली समुदायबीच आफ्नो सामाजिक कार्यमार्फत चर्चित छिन् । उनले भूतपूर्व गोर्खा सैनिक (गेसो)का गतिविधिमा पनि भाग लिने गरेकी छिन् ।

  • प्रदिप र वेनिशाको सुनै सुनको तिलहरीमा आकाश र उषा (भिडियो)

    प्रदिप र वेनिशाको सुनै सुनको तिलहरीमा आकाश र उषा (भिडियो)

    काठमाडौं- गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

    यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाँइले खिचेका हुन् । भिडियोमा मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

    सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । भिडियोमा उषा र आकाशको जोडी सुहाएको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।

  • दुई नेपाली महिला फिल्ममेकरले जिते ग्रान्ट, दृश्यभाषामा लैंगिक विभेदको कथा भन्ने

    दुई नेपाली महिला फिल्ममेकरले जिते ग्रान्ट, दृश्यभाषामा लैंगिक विभेदको कथा भन्ने

    काठमाडौं । महिला एवं लैगिकताबारे छोटो फिल्म बनाउन दुईजना महिला फिल्म निर्माताले २५ हजार राशीको ग्रान्ट जितेका छन् । नेपाली फिमेल फिल्ममेकर्स (एनएफएफ)ले कुसुुम कालिकोटे र इश्वरी आचार्यलाई ग्रान्ट प्रदान गर्ने घोषणा गरेको हो ।

    संस्थाले विज्ञप्ती जारी गर्दै उक्त विषयमा छोटो फिल्म बनाउन आर्थिक सहयोग र मेन्टरसिप प्रदान गर्ने जनाएको छ । बिराटनगर फिल्म वर्कसपसँग मिलेर एनएफएफले ग्रान्ट प्रदान गर्ने निर्णय गरेको हो ।

    पुरस्कार जितेका ती दुई फिल्ममेकरलाई निर्देशक दीपक रौनियार र अभिनेत्री आशा मगरातीले फिल्म निर्माणको कौशल सिकाउनेछन् ।

    ‘जब महिलाले व्यक्तिगत भोगाइ र विचार अभिव्यक्ति गर्छन् तब उनीहरुलाई जीवनभर हेयको दृष्टिले हेर्ने गरिन्छ’ विज्ञप्तीमा उल्लेख छ, ‘दबिएका लैंगिक मुद्दालाई प्रस्फुटन गर्ने उद्देश्यले ग्रान्टको सुरुआत गरिएको हो ।’

    कालिकोटेले बनाउन लागेको छोटो फिल्म ‘अन्यौल’ले भर्खरै मात्र आमा बनेकी एक महिलाको अस्थिर मनोविज्ञान चित्रण गर्छ । शवपरिक्षणपछि उत्पन्न उनको मनोदशालाई कोलिकोटोले फिल्ममा चित्रण प्रयास गर्ने भएकी छिन् ।

    आचार्यले चाहिँ पहिलो पटक रजस्वाला भएका काठमाडौं सहरका विभिन्न उमेर, जातिय र व्यवसायिक समूहका महिलाले भोग्नुपरेको विभेदलाई दृश्यभाषामा चित्रण गर्ने भएकी छिन् । ३ देखि ५ मिनेट लम्बाइको फिल्म बनाउन उनीहरुले ६ देखि ८ हप्ता कार्य गर्नेछन् ।

    शिक्षा सुवेदीको फिल्म ‘रिया’ले चाहिँ स्पेसल मेन्सन अवार्ड प्राप्त गर्ने भएको छ । एनएफएफ सन् २०१९ मा स्थापना भएको नेपाली महिला फिल्ममेकरको समूह हो । विजेताले प्राप्त गर्ने ग्रान्टको प्रायोजन चाहिँ बेलायती सेवानिवृत्त सैनिक र अधिकारवादीहरुको समूह सस्टेनेबल हिमालयन फाउन्डेसनले गरेको हो ।

  • प्रदीप खड्काको फिल्म ‘प्रकाश’ मुहूर्त, चैत ३ देखि जुम्लामा छायांकन हुने

    प्रदीप खड्काको फिल्म ‘प्रकाश’ मुहूर्त, चैत ३ देखि जुम्लामा छायांकन हुने

    काठमाडौं- दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘प्रकाश’को शुभमुहूर्त गरिएको छ । गोरखास्थित मनकामना मन्दिर पुगेर कलाकार र प्राविधिकले स्क्रिप्ट पुस्तक पूजा गरे ।

    मुहूर्तपछि फिल्म युनिट चैत १ गते छायांकनलाई जुम्ला प्रस्थान गर्ने तयारी गरेको छ । ‘प्रेमगीत’ फेम्ड प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्मले गाउँको शिक्षकले सरकारी जागिर खान गर्ने संघर्ष पेश गर्छ ।

    फिल्ममा रेणु योगी प्रदीपको स्क्रिन जोडीको रुपमा चित्रित हुनेछिन् । दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय हुनेछ ।

    विनिश इन्टरटेनमेन्ट ब्यानरमा निर्माण हुने फिल्ममा महेन्द्र अधिकारीको लगानी हुनेछ । राजेश श्रेष्ठले खिच्ने सिनेमाको पटकथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ निर्देशक रहेको फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ ।

    उत्तम न्यौपानेको ध्वनि, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । २०२१ भित्र प्रदर्शनको लक्ष्य राखिएको छ ।

  • निरुताको निर्माणमा ‘दर्पण छायाँपछि’ फिल्म बन्दै, उत्तमले निर्देशन गर्ने

    निरुताको निर्माणमा ‘दर्पण छायाँपछि’ फिल्म बन्दै, उत्तमले निर्देशन गर्ने

    काठमाडौं । सन् २००१ को चर्चित फिल्म ‘दर्पण छायाँ’को अर्को श्रृंखला निर्माण हुने भएको छ । नेपाल प्रेससँग कुरा गर्दै अभिनेत्री निरुता सिंहले ‘दर्पण छायाँपछि…’ टाइटलमा फिल्म निर्माण सुरु हुन लागेको जानकारी दिइन् ।

    यो फिल्ममा निरुतासहित दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका हुने छ । उत्तम स्वयमले फिल्मलाई निर्देशन गर्ने र आउँदो नेपाली नयाँवर्षदेखि छायांकन सुरु हुने अभिनेत्री सिंहले जानकारी दिइन् ।

    नेपाल र सिक्किममा छायांकन हुने फिल्मलाई निरुता र उत्तमले मिलेर निर्माण गर्न लागेका हुन् । ‘लकडाउन अगाडि नै छायांकन सुरु हुने तयारी थियो तर रोकियो’ उनले भनिन्, ‘अब चाँडै छायांकन सुरु गर्दैछौं ।’

    दर्पण छायाँ सकिएको कथादेखि नै यो फिल्मको कथा सुरुआत हुने निरुताले जनाइन् । तर, उनले यसलाई दर्पण छायाँ सिक्वेल नभएको बताइन् । किनभने, तुलसी घिमिरेले यसअघि नै दर्पण छायाँ २ बनाइसकेका छन् र बक्सअफिसमा असफल समेत भएको थियो ।

    यो फिल्मलाई निरुताले नेपाली फिल्ममा वास्तविक कमब्याकको रुपमा लिएकी छिन् । निरुता अहिले नेफ्टा फिल्म अवार्डमा भाग लिन नेपाली राजधानीमा छिन् ।

  • सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ ट्रेलर रिलिज, ६ भाषामा फिल्म प्रदर्शन गर्ने तयारी

    सौगात मल्ल स्टारर ‘लप्पन छप्पन २’ ट्रेलर रिलिज, ६ भाषामा फिल्म प्रदर्शन गर्ने तयारी

    काठमाडौं । सौगात मल्ल स्टारर फिल्म ‘लप्पन छप्पन २’को अफिसियल ट्रेलर लन्च भएको छ । यो ग्याङस्टर ड्रामामा शिव श्रेष्ठ, अर्पण थापा र अनुपविक्रम शाहीको समेत मुख्य भूमिका छ ।

    चैत २७ गते प्रदर्शन हुने फिल्मले अपराधीलाई समात्नका लागि हुने जासुसी मिसनको कथा भन्छ । मुकुन्द भट्टको निर्माण एवं निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।

    विहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् ।

    यूरोपसहित अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको फिल्मको बजेट ३ करोड माथि रहेको जनाइएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ ।

    निर्देशक भट्टले फिल्म निर्माण गर्न गाह्रो भएको बताउँदै कोभिडपछि आफूहरु जोखिम मोल्न तयार भएको बताए ।

  • मनीषाको आवाजमा महामृत्युञ्जय मन्त्रको भजन रिलिज (भिडियो)

    मनीषाको आवाजमा महामृत्युञ्जय मन्त्रको भजन रिलिज (भिडियो)

    काठमाडौं- अभिनेत्री मनीषा कोइरालाद्वारा स्वरबद्ध पहिलो भजन शिवरात्रीको अवसरमा विहिबार इन्टरनेट रिलिज भएको छ ।

    महामृत्युञ्जय मन्त्र समावेश उक्त भजन मनीषाको आवाजमा रेकर्ड भएको पहिलो गायकी हो । यो गीत र भिडियोलाई प्रख्यात वाद्यवादन समूह ‘सुरसुधा’ले तयार पारेको हो ।

    गीतको भिडियोमा मनीषा स्वयम फिचर्ड समेत छिन् । यस मन्त्र गायनमा मनीषासहित सुरसुधाकै गायिका सरस्वती खत्री र सुरेन्द्र श्रेष्ठको पनि स्वर समावेश छ ।

    मनीषाकी आमा सुष्माको सुझावका आधारमा भजन तयार पारिएको हो । गीतमा सितार, बाँसुरी, तबला र गितारसहितको बाजको मिश्रण गरिएको छ । पाका एरेन्जर दीप तुलाधरको सहयोग लिएर चेलो र भायोलिनको आवाजलाई पनि यसमा समेटिएको छ ।

    मनीषाले भविष्यमा पनि यस्तै आध्यात्मिक गीतहरु गाउने चाहना देखाएकी छिन् । विहिबार नेपालसँगै उक्त गीतलाई मुम्बइस्थित टाइम्स म्युजिकले एकसाथ प्रसारण गर्ने तय भएको छ ।

  • नेपालबाट ‘डिपोर्ट’ भएका अष्ट्रेलियाली निर्देशक भन्छन् : दुई वर्षपछि फेरि नेपाल आउँछु

    नेपालबाट ‘डिपोर्ट’ भएका अष्ट्रेलियाली निर्देशक भन्छन् : दुई वर्षपछि फेरि नेपाल आउँछु

    काठमाडौ । सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा सात विदेशी नागरिकलाई दुई वर्षका लागि केही समयअघि देशनिकाला गरियो । यसरी देशनिकाला हुनेमध्ये एक थिए, अष्ट्रेलियाली नागरिक कालानी ग्याकोन, जो एक फिल्म निर्देशक हुन् ।

    सन् २०२० को जुनमा सरकारविरोधी प्रदर्शनका क्रममा माइतीघरबाट कालानीसहित सात विदेशी पक्राउ परेका थिए । ती सबैलाई अध्यागमनको जिम्मा लगाएर दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने सर्तसहित निकाला गरिएको थियो ।

    सरकारले कोभिड-१९ नियन्त्रणमा ढिलासुस्ती गरेको भन्दै भएको प्रदर्शनमा कालानीसहितका सात विदेशी पनि सहभागी थिए । तर, उनले आफू प्रदर्शनमा डकुमेन्ट्री खिच्नको लागि सहभागि भएको तर, प्रदर्शन गर्ने नियत नरहेको बताएका छन् ।

    अष्ट्रेलियाबाट नेपाल प्रेससँग कुरा गर्दै कालानीले भने, ‘सुरुमा प्रहरीले हामीलाई सुरक्षा दिने भन्दै पक्राउ गरेको थियो र पछि अध्यागमनको जिम्मा लगायो । तरपनि म खुशि छु । दुईवर्षको समय अष्ट्रेलियामा परिवारसँग बिताउनेछु ।’

    आफूलाई प्रतिबन्ध लगाउने नेपाली अधिकारीहरुको निर्णयप्रति कालानीलाई दुःख छैन । आफूहरुमाथि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनिएपनि यो आरोप गलत भएको उनको भनाई छ । ‘फिल्ममेकरको रुपमा मैले दृश्यहरु मात्र क्यामेरामा खिचेको हुँ’ उनी भन्छन् ।

    ‘जब मैले निर्णय सुनेँ छाँगाबाट खसेजस्तो भएँ । मेरो सपना, मेरो काम, मेरा साथी र मेरो सबथोक नेपालमा छ । निर्णय सुनेपछि म रोएको थिएँ’ उनी भन्छन्, ‘दुईवर्षपछि पुनः म नेपाल आउनेछु र पुनः फिल्म निर्माणको काम सुरु गर्नेछु ।’

    सन् २०१५ को विनाशकारी भूकम्पपछि कालानी पहिलोपटक नेपाल आएका थिए । नेपाली भाषासमेत राम्रोसँग बोल्न सक्ने कालानीले सुरुआती पाँचवर्षमा नेपालमा स्वयंसेवकको रुपमा काम गरे । ‘मैले कहिल्यै सोचिँन कि नेपालमा बस्छु भनेर । तर, बस्दै जाँदा नेपाल छोड्न नसक्ने भएँ’ उनले भने ।

    नेपालको संस्कृति र मानवताप्रतिको प्रेमले आफूलाई नेपाल बसिरहन प्रेरित गरेको उनको भनाई छ । नेपाल बसाइमा कालानीले डकुमेन्ट्री निर्माणसहित केही नेपाली फिल्ममा पनि काम गरेका छन् । उनले नुवाकोटमा तामाङको जातिय संस्कृति झल्कने एउटा कटेज पनि बनाए ।

  • नेफ्टा अवार्डमा सहभागी हुन निरुता र विपना काठमाडौंमा

    नेफ्टा अवार्डमा सहभागी हुन निरुता र विपना काठमाडौंमा

    काठमाडौं- आगामी शनिबार आयोजना हुन लागिरहेको दशौं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन अभिनेत्रीद्वय विपना थापा र निरुता सिंह काठमाडौं आइपुगेका छन् ।

    ‘दर्पण छायाँ’ स्टार निरुता बुधबार भारतबाट काठमाडौं आइपुगिन् । उनलाई चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले विमानस्थलमा स्वागत गरे ।

    विपना भने यसअघि नै काठमाडौं आइपुगेकी छिन् । यी दुई अभिनेत्री अवार्डमा सहभागी हुने मात्र कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । अवार्डमा अभिनेता राजेश हमाल पनि सहभागी हुनेछन् ।

    कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्रलाई लयमा ल्याउन प्राविधिक संघले अवार्ड आयोजना गरेको हो ।

  • क्यानभासमा सेलेव्रिटीको मुहार चित्र : मनीषा कोइरालादेखि महजोडीसम्म

    क्यानभासमा सेलेव्रिटीको मुहार चित्र : मनीषा कोइरालादेखि महजोडीसम्म

    काठमाडौं- कलाकार गजेन्द्र श्रेष्ठले सामाजिक अभियन्ता र कलाकारलाई यसपटक आफ्नो क्याभासामा पोतेका छन् । उनको एक्रेलिक रङमा पीडामा पनि हाँस्न सिकाउने व्यक्तिहरुको मुहार प्रतिविम्वित भएको छ ।

    उनको कलामा पोतिने एउटा अनुहार हो अनुराधा कोइराला । चेलिबेटी बेचविखनविरुद्ध सक्रिय माइती नेपालकी अध्यक्ष कोइरालाको मुहार श्रेष्ठको क्याभासामा पोतिएको छ । हरिवंशका आँखा हाँसिरहेझैँ लाग्छन् । मदनकृष्णको उमेरले दिएको चाउरीपना उमेरसँगै मुस्कुराइरहेझैँ छ ।

    सेलिब्रेटीका अनेक भावभङ्गीबीच प्रविधिको आधुनिक जमानामा कुची हल्लाउँदै कलाकार डिराम पाल्पाली, कृष्णगोपाल श्रेष्ठ र आशुराम खाइजुले कागजमा दृश्य उतारेका छन् । गायन क्षेत्रका अब्बल आनी छोइङ डोल्माको मुहारले शीतल छहारी प्रदान गरिरहेको महसुस हुन्छ । कलाकार पूजा महर्जनले त्यही भावलाई दुरुस्त पारेर क्यान्भासमा सजाइन् ।

    ललितकला प्रज्ञा–प्रतिष्ठानले यसपालि समाजका विशिष्ट १२ व्यक्तिको १८ मुहार चित्रलाई क्यान्भासमा उतारेको छ । त्यसमा अभिनेत्री मनिषा कोइरालादेखि चर्चित कलाकार तथा व्यवसायी सहभागी छन् । उनीहरुको मुहार, हाउभाउ र भावभङ्गीलाई चित्रकारले दुरुस्त बनाउने कोसिस गरेका छन् । चर्चा बटुलेका व्यक्तिको रङ्गीन संसारमा उस्तै रङ भर्न पाउँदा कलाकार पनि औधी खुशी देखिए ।

    चित्रकारितामा कठिन विधा मानिने मुहार चित्र बनाउन कलाकारलाई चुनौती नै थियो । सधैँ हाँसोले भरिने अनुहारका चित्र बनाउने कलाकारका मनमा पनि काँसो र खुशी छचल्किरहेको पाइन्थ्यो । उनीहरुलाई कलाकारले कुचीमार्फत क्यान्भासमा प्रवेश गराउँदा कलाकार पनि मुसुमुसु हाँसिरहे । यसपालि कलाकारले बनाएका सबैका तस्वीर आफैँ बोलिरहे झैँ देखिने खालको छ ।

    मुहार चित्र बनाउँदा आँखाको भावलाई ध्यान दिइन्छ । हाँस्दा आँखा पनि हाँसिरहेको हुन्छ । त्यसप्रति कलाकारको ध्यान पुगेन भने चित्र मर्ने स्वयं चित्रकारहरु स्वीकार्छन् । समाजमा चुलबुले, शान्त झगडालु, हक्की, लजालुलगायत स्वभावका मानिस हुन्छन् । त्यो मानिसको स्वभावलाई पनि चित्रकारले दिमागबाट खिचेर क्यान्भासमा रङले उस्तै बनाएर भर्नुपर्छ ।

    तब मात्रै मुहार चित्र बोल्छ । सेलिब्रेटीको मुहार चित्रमा उतार्न आफूलाई चुनौती भएको अनुभव सुनाउने कलाकार डिराम पाल्पाली योग्य बन्न त्यस चित्रले अन्तरक्रिया गर्न सक्यो सकेन भनेर हेर्नुपर्ने बताउनुहुन्छ ।

    कार्यक्रम संयोजक प्रतिष्ठानको चित्रकला विभागकी प्रमुख सुष्माराज राजभण्डारी पोट्रेट (मुहार चित्र)मा मानिसको क्यारेक्टर आउनुपर्ने बताउँछन् । यसपालिको मुहार चित्र कार्यशाला त्यस हिसाबले सफल रहेको उनी सुनाउँछन् ।

    वस्तु, प्रकाश र छायाँसँग खेलेर कलाकारले मुहार आकृति बनाउनुपर्छ । मुहार चित्रमा एकाग्रता ठूलो कुरा हो । आर्टमा राम्रै दखल चाहिन्छ । रङ, स्केच र इफेक्टको सम्बन्धलाई जोड्न सक्नुपर्ने कलाकारको भनाइ छ ।

    पश्चिमा कलाकारमा राम्रो दखल भए पनि नोपालमा मुहार चित्रको ठूलो अभ्यास भने छैन तर पनि चित्रकारले मुहार चित्र भने बनाइरहेका छन् । यसपालिको मुहार चित्र कार्यशालामा चित्रकार कृष्णगोपाल श्रेष्ठ, आलोक गुरुङ र आशुराम खाइजुले हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई क्यान्भासमा ल्याए ।

    कलाकार गोपाल चित्रकार र कान्छाकाजी भासीले नायिका मनिषा कोइरालाको मुहार बनाए । कालाकार गजेन्द्र श्रेष्ठले पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, पूजा महर्जनले गायिका आनी छोइङ डोल्मा, कलाकार प्रदीप श्रेष्ठले व्यवसायी प्रदीपकुमार श्रेष्ठ, कलाकार सिर्जनराज भण्डारीले सुरेन्द्रवीर मालाकार, कलाकार बुद्धि गुरुङले प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, कृष्णप्रसाद शाहले पृथ्वीबहादुर पाण्डे, रोशन प्रधानले भद्रकुमारी घले र किशोर नकर्मीले अम्बिका श्रेष्ठको मुहारलाई क्यान्भासमा उतारे ।

    यही फागुन दोस्रो र तेस्रो हप्तामा बनेका विशिष्ट व्यक्तिका १८ मुहार चित्रलाई छिट्टै प्रदर्शनी गरिने तयारी गरिएको छ । चित्र बिक्रीबाट आएको आम्दानीको केही प्रतिशत विपन्न क्षेत्रको स्कूललाई सहयोग गर्ने रहेको प्रतिष्ठानको चित्रकला विभाग प्रमुख राज भण्डारीले बताए ।

  • बाफ्टा २०२१ मनोनयन घोषणा : निर्देशक झाओसहित एसियाको दबदबा

    बाफ्टा २०२१ मनोनयन घोषणा : निर्देशक झाओसहित एसियाको दबदबा

    लन्डन- विश्व फिल्मको अर्को प्रतिष्ठित अवार्ड बाफ्टा (ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन)को मनोनयन घोषणा भएको छ ।

    समावेशी नभएको भन्दै गतवर्ष विवादमा मुछिएको बाफ्टाले यसपटक चाहिँ मनोनयनलाई समावेश बनाउने प्रयास गरेको छ । अभिनयका २४ वटा मनोनयन विधाका आधा अल्पसंख्यक जातिबाट छानिएका छन् ।

    नोमल्यान्ड निर्देशित चोल झाओसहित निर्देशन विधामा चार महिला मनोनित छन् । गोल्डेन ग्लोब्स अवार्डमा पनि झाओ उत्कृष्ट निर्देशक घोषित भएकी थिइन् ।

    सन् २०२० को मनोनयनमा बाफ्टा निर्देशकले समावेशिताको अभाव भएको स्वीकारेका थिए । सोही वर्ष अभिनेताको ट्रफी उचाल्दै जोकर अभिनेता ज्याकिन फिनिक्सले फिल्म उद्योगभित्र प्रणालीगत विभेद रहेको बताएका थिए ।

    हेर्नूस मुख्य विधाको मनोनयन सूचि :

    Best Film
    “The Father”
    “The Mauritanian”
    “Nomadland”
    “Promising Young Woman”
    “The Trial of the Chicago 7”

    Outstanding British Film
    “Calm With Horses”
    “The Dig”
    “The Father”
    “His House”
    “Limbo”
    “The Mauritanian”
    “Mogul Mowgli”
    “Promising Young Woman”
    “Rocks”
    “Saint Maud”

    Director
    Thomas Vinterberg (“Another Round”)
    Shannon Murphy (“Babyteeth”)
    Lee Isaac Chung (“Minari”)
    Chloé Zhao (“Nomadland”)
    Jasmila Žbanić (“Quo Vadis, Aida?”)
    Sarah Gavron (“Rocks”)

    Original Screenplay
    “Another Round”
    “Mank”
    “Promising Young Woman”
    “Rocks”
    “The Trial of the Chicago 7”

    Adapted Screenplay
    Moira Buffini (“The Dig”)
    Christopher Hampton, Florian Zeller (“The Father”)
    Rory Haines, Sohrab Noshirvani, M.B. Traven (“The Mauritanian”)
    Chloé Zhao (“Nomadland”)
    Ramin Bahrani (“The White Tiger”)

    Leading Actress
    Bukky Bakray (“Rocks”)
    Radha Blank (“The Forty-Year-Old Version”)
    Frances McDormand (“Nomadland”)
    Vanessa Kirby (“Pieces of a Woman”)
    Wunmi Mosaku (“His House”)
    Alfre Woodard (“Clemency”)

    Leading Actor
    Riz Ahmed (“Sound of Metal”)
    Chadwick Boseman (“Ma Rainey’s Black Bottom”)
    Adarsh Gourav (“The White Tiger”)
    Anthony Hopkins (“The Father”)
    Mads Mikkelsen (“Another Round”)
    Tahar Rahim (“The Mauritanian”)

    Supporting Actress
    Niamh Algar (“Calm With Horses”)
    Kosar Ali (“Rocks”)
    Maria Bakalova (“Borat Subsequent Moviefilm”)
    Dominique Fishback (“Judas and the Black Messiah”)
    Ashley Madekwe (“County Lines”)
    Yuh-Jung Youn (“Minari”)

    Supporting Actor
    Daniel Kaluuya (“Judas and the Black Messiah”)
    Barry Keoghan (“Calm With Horses”)
    Alan Kim (“Minari”)
    Leslie Odom Jr. (“One Night In Miami…”)
    Clarke Peters (“Da 5 Bloods”)
    Paul Raci (“Sound of Metal”)

    Outstanding Debut by a British Writer, Director or Producer
    Remi Weekes (“His House”)
    Ben Sharrock, Irune Gurtubai (“Limbo”)
    Jack Sidey (“Moffie”)
    Theresa Ikoko, Claire Wilson (“Rocks”)
    Rose Glass, Oliver Kassman (“Saint Maud”)

    Film not in English Language
    Thomas Vinterberg, Sisse Graum Jørgensen (“Another Round”)
    Andrei Konchalovsky, Alisher Usmanov (“Dear Comrades!”)
    Ladj Ly (“Les Misérables”)
    Lee Isaac Chung, Christina Oh (“Minari”)
    Jasmila Žbanić, Damir Ibrahimovich (“Quo Vadis, Aida?”)

    Documentary
    Alexander Nanau (“Collective”)
    Alastair Fothergill, Jonnie Hughes, Keith Scholey (“David Attenborough: A Life on Our Planet”)
    Bryan Fogel, Thor Halvorssen (“The Dissident”)
    Pippa Ehrlich, James Reed, Craig Foster (“My Octopus Teacher”)
    Jeff Orlowski, Larissa Rhodes (“The Social Dilemma”)

    Animated Film
    Dan Scanlon, Kori Rae (“Onward”)
    Pete Docter, Dana Murray (“Soul”)
    Tomm Moore, Ross Stewart, Paul Young (“Wolfwalkers”)

    Original Score
    Trent Reznor, Atticus Ross (“Mank”)
    Emile Mosseri (“Minari”)
    James Newton Howard (“News of the World”)
    Anthony Willis (“Promising Young Woman”)
    Jon Batiste, Trent Reznor, Atticus Ross (“Soul”)

    Casting
    Shaheen Baig (“Calm with Horses”)
    Alexa L. Fogel (“Judas and the Black Messiah”)
    Julia Kim (“Minari”)
    Lindsay Graham Ahanonu, Mary Vernieu (“Promising Young Woman”)
    Lucy Pardee (“Rocks”)

    Cinematography
    Sean Bobbitt (“Judas and the Black Messiah”)
    Erik Messerschmidt (“Mank”)
    Alwin H. Küchler (“The Mauritanian”)
    Dariusz Wolski (“News of the World”)
    Joshua James Richards (“Nomadland”)

    Editing
    Yorgos Lamprinos (“The Father”)
    Chloé Zhao (“Nomadland”)
    Frédéric Thoraval (“Prominsg Young Woman”)
    Mikkel E.G. Nielsen (“Sound of Metal”)
    Alan Baumgarten (“The Trial of the Chicago 7”)

    Production Design
    Maria Djurkovic, Tatiana Macdonald (“The Dig”)
    Peter Francis, Cathy Featherstone (“The Father”)
    Donald Graham Burt, Jan Pascale (“Mank”)
    David Crank, Elizabeth Keenan (“News of the World”)
    Sarah Greenwood, Katie Spencer (“Rebecca”)

    Costume Design
    Michael O’Connor (“Ammonite”)
    Alice Babidge (“The Dig”)
    Alexandra Byrne (“Emma”)
    Ann Roth (“Ma Rainey’s Black Bottom”)
    Trish Summerville (“Mank”)

    Make up and Hair
    Jenny Shircore (“The Dig”)
    Patricia Dehaney, Eryn Krueger Mekash, Matthew Mungle (“Hillbilly Elegy”)
    Matiki Anoff, Larry M. Cherry, Sergio Lopez-Rivera, Mia Neal (“Ma Rainey’s Black Bottom”)
    Kimberley Spiteri, Gigi Williams (“Mank”)
    Mark Coulier (“Pinocchio”)

    Sound
    Nominees TBC (“Greyhound”)
    Michael Fentum, William Miller, Mike Prestwood Smith, John Pritchett, Oliver Tarney (“News of the World”)
    Sergio Diaz, Zach Seivers, M. Wolf Snyder (“Nomadland”)
    Coya Elliott, Ren Klyce, David Parker(“Soul”)
    Jaime Baksht, Nicolas Becker, Phillip Bladh, Carlos Cortés, Michelle Couttolenc (“Sound of Metal”)

    Special Visual Effects
    Pete Bebb, Nathan McGuinness, Sebastian von Overheidt (“Greyhound”)
    Matt Kasmir, Chris Lawrence, David Watkins (“The Midnight Sky”)
    Sean Faden, Steve Ingram, Anders Langlands, Seth Maury (“Mulan”)
    Santiago Colomo Martinez, Nick Davis, Greg Fisher (“The One and Only Ivan”)
    Scott Fisher, Andrew Jackson, Andrew Lockley (“Tenet”)

    British Short Animation
    Renaldho Pelle, Yanling Wang, Kerry Jade Kolbe (“The Fire Next Time”)
    Mole Hill, Laura Duncalf (“The Owl and the Pussycat”)
    Daniel Quirke, Jamie MacDonald, Brid Arnstein (“The Song of a Lost Boy”)

    British Short Film
    Jesse Lewis Reece, Ike Newman (“Eyelash”)
    Akinola Davies, Rachel Dargavel, Wale Davies (“Lizard”)
    John Addis, Rami Sarras Pantoja (“Lucky Break”)
    Ghada Eldemellawy (“Miss Curvy”)
    Farah Nabulsi (“The Present”)

    EE Rising Star Award
    Bukky Bakray
    Conrad Khan
    Kingsley Ben-Adir
    Morfydd Clark
    Sope Dìrísù

  • सौगातको ‘राधा’ र मुकुनको ‘गणपति’ छायांकन सकियो, दुबै फिल्म नयाँवर्षमा प्रदर्शन हुने

    सौगातको ‘राधा’ र मुकुनको ‘गणपति’ छायांकन सकियो, दुबै फिल्म नयाँवर्षमा प्रदर्शन हुने

    काठमाडौं । फिल्म ‘राधा’ र ‘गणपति’को छायांकन सकिएको छ । ‘राधा’ फिल्मबाट अभिनेता सौगात मल्ल पहिलोपटक निर्माता बन्दैछन् । ‘गणपति’ मुकुन भुषाल र मेनुका प्रधान फिचरिङ फिल्म हो ।

    मकवानपुरको चित्लाङ र काठमाडौंका केही स्थानमा ‘सेक्रेट अफ राधा’ छायांकन भएको थियो । निर्देशक सुवर्ण थापाका अनुसार अब फिल्म पोस्टप्रोडक्सनमा व्यस्त हुनेछ । आउँदो वर्ष रिलिज लक्ष्य राखिएको फिल्ममा सौगात, सृष्टि, खगेन्द्र लामिछानको अभिनय छ ।

    माघ ८ गते बन्दीपूरदेखि छायांकन सुरु भएको गणपति काठमाडौंमा आइपुगेर इन्डकल्याप भएको हो । अहिले पोस्टप्रोडक्सनमा काम भैरहेको गणपति र्दिेशक सविन अधिकारीले जानकारी दिए ।

    गणपतिको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुबासमा भएको हो । फिल्ममा मुकुन र मेनुकासहित सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल छन् ।

    देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंको हो ।

    ‘गणपति’ फिल्मलाई सन् २०२१ भित्र प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको छ । ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् ।

  • ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज-२०२१ को अन्तिम ३० मा छनोट

    ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज-२०२१ को अन्तिम ३० मा छनोट

    काठमाडौं । समता फाउन्डेसनको टेलिभिजन संवाद ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज-२०२१ को अन्तिम ३० मा छनोट भएको छ । ‘च्यालेञ्ज २०२१: एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका १ सय १४ देशबाट ४ सइ २५ भन्दा धेरै आवेदन परेका थिए ।

    लोकप्रिय अभिनेता राजेश हमालले सञ्चालन गरेको १२ अङ्कको जातको प्रश्न कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो ।

    सन् २००६ मा अमेरिकन बार एसोसिएसनको अभियानका रूपमा स्थापना भएको ‘वर्ल्ड जस्टिस प्रोजेक्ट’ सन् २००९ देखि विधीको शासन प्रवर्द्धन गर्ने गैरनाफामुखी संस्थामा रूपान्तरण भएको हो । संस्थाको कार्यालय वाशिङ्टन डिसी, सियाटल, सिंगापुर र मेक्सिको सिटीमा छ ।

    ‘जातको प्रश्न’ले दिलाएको यो सफलताले अझ उत्साहित भएको र सामाजिक न्यायका लागि प्राज्ञिक बहसको यात्रा निरन्तर जारी रहने समता फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियारले बताएका छन् ।

  • १२ वर्षपछि जोडी बाँध्दै विनय र नम्रता, क्राइम थ्रीलर फिल्म बन्ने

    १२ वर्षपछि जोडी बाँध्दै विनय र नम्रता, क्राइम थ्रीलर फिल्म बन्ने

    काठमाडौं– ‘सानो संसार’ रिलिजको १२ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठले स्क्रिन सेयर गर्ने भएका छन् । निर्माण हुन लागेको एक अनटाइटल प्रोजेक्टमा ‘सानो संसार’को जोडीलाई देख्न पाइने भएको हो ।

    फिल्ममा सरुक ताम्राकारको समेत मुख्य भूमिका हुनेछ ।

    क्राइम थ्रीलर र लभस्टोरी विधामा बन्ने फिल्मलाई राजीव गुरुङले निर्माण गर्नेछन् । भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मको लोकेसन खोजीका लागि यसैसाता अभिनेता विनय सिक्किममा थिए ।

    जहाँ उनले सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्मा र पदाधिकारीलाई भेट गरे । ५० प्रतिशत छायांकन आफ्नो थलोमा गर्न सिक्किम सरकारले बन्दोबस्तीमा सहयोग गर्ने भएको छ । जुन महिनादेखि छायांकन सुरु हुने फिल्मलाई नेपाल र भारतमा एकैसाथ रिलिज गर्ने तयारी छ । २ करोड बजेट विनियोजन गरिएको फिल्मले दुबै देशको पर्यटनमा सघाउने विश्वास लिएको अभिनेता श्रेष्ठले नेपाल प्रेसलाई बताए ।

  • भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

    भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

    काठमाडौँ– गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

    पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ श्रृंखला प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी ४० हजार आवेदकबाट छानिएका १२० प्रतिभाले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् ।

    ब्लाइन्ड अडिसनमा निर्णायकको कुर्सी घुमाउन सफल प्रतिभाको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । निर्णायकको टीममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

    यसपटक भ्वाइसको टीमले निर्णायकमा केही परिवर्तन गरेको छ । गायिका तृष्णा गुरुङ जजको रुपमा भित्रिएकी छिन् । दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

    डान्सिङ वीथ द स्टार नेपालको सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।

  • फिल्म र पर्यटन चलायमान नेफ्टा अवार्डको उद्देश्य, गायिका नेहा कक्करलाई नेपाल ल्याउने

    फिल्म र पर्यटन चलायमान नेफ्टा अवार्डको उद्देश्य, गायिका नेहा कक्करलाई नेपाल ल्याउने

    काठमाडौं- १० औं नेफ्टा फिल्म अवार्डको आयोजक ड्रीम हाइ नेपालले कोभिड-१९ का कारण थलिएको नेपाली फिल्म र पर्यटन क्षेत्रलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने बताएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै उक्त इभेन्ट आयोजक संस्थाका प्रमुख कमल जीसीले अवार्ड आयोजना गर्नु पछाडि आर्थिक नाफा मात्र उद्देश्य नरहेको बताए । उनले भने, ‘नेफ्टा अवार्ड गर्नु पछाडि हामीले राष्ट्रिय हितलाई ख्याल राखेका छौं ।’

    चर्चित नेपाली सांगीतिक समूह नेपथ्य र अभिनेता राजेश हमालसहित दुईसयभन्दा बढी इभेन्ट आयोजना गरिसकेको ड्रीम हाइले नेफ्टा अवार्ड नाफामा गैसकेको समेत बताए । उनका अनुसार सीजी होल्डिङ, जोय पपैयासहितका १४ ब्रान्डले अवार्डलाई प्रायोजन गरेका छन् ।

    सरकारले अवार्ड आयोजनामा कुनै सहयोग नगरेकोप्रति दुःख व्यक्त गर्दै जीसीले नीजि क्षेत्रलाई सघाउन र फिल्मलाई उत्थान गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए । 

    ‘अवार्ड घाटामा जाँदैन’ उनले भने, ‘हामी कार्यक्रमपूर्व नै नाफामा गैसक्यौं र यसले हामीलाई उत्साहित पनि तुल्याएको छ ।’ ड्रीम हाइले ७० लाखको खर्चमा १० औं नेफ्टा फिल्म अवार्ड आयोजना गर्दैछ । ‘अधिकांश खर्च लजिङ र फुडिङमा हुने देखियो’ उनले भने, ‘अवार्डलाई गुणस्तरीय तुल्याउन कुनै कसर बाँकी राख्दैनौं ।’

    प्रमुख जीसीका अनुसार कोभिड प्रोटोकललाई ख्यालमा राख्दै पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा ६०० सहभागिले अवार्डमा भाग लिने बताए । ‘हजार क्षमताको हलमा ६ सय सहभागि राख्छौं र कोभिड प्रोटोकल पूर्णरुपमा पालना गर्छौं’ जीसीले नेपाल प्रेससँग भने, ‘देखिने गरि अवार्डले नेपाली फिल्मलाई लयमा फर्काउन मद्दत मिल्नेछ ।’

    ड्रीम हाइले आयोजना गरेका इभेन्टमध्ये कोहलपुर महोत्सवलाई सबैभन्दा नाफामूलक र सफल मानिन्छ । सरकारले अवार्ड आयोजनामा कुनै सहयोग नगरेकोप्रति दुःख व्यक्त गर्दै जीसीले नीजि क्षेत्रलाई सघाउन र फिल्मलाई उत्थान गर्न पनि सरकार गम्भिर हुनुपर्ने बताए । ‘नेताहरुले हजारौं कार्यकर्तासहितको जुलुस निकाल्न हुने तर हामीले अवार्ड र कन्सर्ट गर्न नहुने’ उनको भनाइ छ, ‘यस्तो कुरामा सरकार र सम्बन्धित निकाय चनाखो हुनैपर्छ ।’

    ड्रीम हाइले यसअघि वृन्दावन नामक फिल्म निर्माण गरिसकेको र आउँदो तीन वर्षमा नयाँ फिल्म निर्माण गर्ने जानकारी पनि जीसीले दिए । बजार र कोभिड संक्रमणको तह सामान्य भए केही विदेशी मुलुकमा समेत अवार्ड गर्ने आफूहरुको तयारी रहेको उनले जनाए ।

    दशैंमा नेहा कक्कर कन्सर्ट हुने

    ड्रीम हाइ नेपालले आउँदो दशैं छेकोमा बलिउड गायिका नेहा कक्करलाई ल्याएर कन्सर्ट आयोजना गर्ने भएको छ । पोखरा र बुटवलमा हुने कन्सर्टको तयारी भैरहेको र गायिका कक्करले समेत आउने जानकारी दिएको नेपाल प्रेसलाई उनले बताए ।

    पारिश्रमिकको विषयमा छलफल भैरहेको र चाँडै मिति घोषणा गर्ने तयारीमा आफूहरु रहेको जीसीले जनाए । कक्करको कन्सर्ट लगत्तै एक अमेरिकी डीजेलाई ल्याएर अर्को डीजेइङ कन्सर्ट गर्ने तयारी भएको र चाँडै लोकदोहोरी अवार्ड पनि गर्ने उनले जनाए ।

    कुन-कुन विधामा मनोनयन घोषणा भयो (भिडियोसहित)

  • अनमोल-सुहाना स्टारर ‘ए मेरो हजुर ४’ रिलिज डेट घोषणा, पोस्टर लन्च

    अनमोल-सुहाना स्टारर ‘ए मेरो हजुर ४’ रिलिज डेट घोषणा, पोस्टर लन्च

    काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर’को चौथो श्रृंखलाले प्रदर्शन मिति घोषणा गरेको छ ।

    सोमबार अफिसियल पोस्टर लन्च गर्दै फिल्मले भदौ १८ गते फिल्म रिलिज गर्ने घोषणा गरेको हो । आकर्षक पोस्टरमा अनमोल र सुहाना रोमान्टिक मूडमा चित्रित छन् ।

    झरना थापा निर्देशित फिल्मले युवा पुस्ताको कथा भन्छ । सुनिलकुमार थापा निर्माता हुन् । ए मेरो हजुर ३ को जोडीको रुपमा अनमोल र सुहानालाई रुचाइएको थियो ।

    फिल्मको तेस्रो चरणको सुटिङ फागुन अन्त्यदेखि सुरु हुने भएको छ । चौथो सिक्वेलको केही गीत र दृश्यको छायांकन बाँकी छ । भाइरस महामारीले गर्दा रोकिएको छायांकन कात्तिक १ देखि सुरु भएको थियो ।

  • मेगन मर्केलको विस्फोटक अन्तर्वार्ता : आत्महत्या, वर्णविभेददेखि पहिले नै विहेको खुलासासम्म

    मेगन मर्केलको विस्फोटक अन्तर्वार्ता : आत्महत्या, वर्णविभेददेखि पहिले नै विहेको खुलासासम्म

    काठमाडौं- बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले गतसाता राजपरिवारसँग सम्बन्ध विच्छेदको घोषणा गरे । सार्वजनिक जीवनमा आएलगत्तै उनीहरुले चर्चित अमेरिकी टेलिभिजन होस्ट ओफ्रा विन्फ्रेलाई अन्तर्वार्ता दिए ।

    उक्त अन्तर्वार्तालाई लिएर अहिले विश्वभर तरंग छाएको छ । यो विस्फोटक अन्तर्वार्ताले एकैसाथ बेलायती राजपरिवारको मर्यादामा प्रश्नचिन्ह पनि खडा गरेको छ ।

    ह्यारीकी पत्नी एवं हलिउड अभिनेत्री मर्केलले राजपरिवारको सदस्यको रुपमा रहँदा आफू निराश भएको बताउँदै आफूमा आत्महत्याको सोच समेत आएको उल्लेख गरेकी छिन् ।

    ‘म अब जीवनलाई निरन्तरता दिन्न चाहन्ने पक्षमा थिएँ’ अन्तर्वार्तामा मर्केलले भनेकी छिन्, ‘त्यो जीवन निकै डरलाग्दो थियो र म त्रासमा थिएँ । आत्महत्याको सोच बनाएकी थिएँ ।’

    आफ्नो छोराको छालाको रङलाई लिएर बेलायती राजपरिवारले राजकुमारको छोराको दर्जा दिन अस्वीकार गरेको खुलासा समेत उनले गरेकी छिन् । बेलायती दरबारभित्र वर्ण विभेद कायमै रहेको समेत उनले भनेकी छिन् ।

    दरबारमा भएको औपचारिक विहेको दुईदिन अघि नै राजकुमार ह्यारीसँग आफ्नो विहे भएको खुलासा समेत उनले गरेकी छिन् । ‘म यी कुराहरु भन्न चाहँदिनथेँ तर अहिले भन्नैपर्ने भयो’ मर्केलले भनिन् ।

    विश्वका प्रतिष्ठित संचारमाध्यमले मर्केल र ह्यारीको अन्तर्वार्तालाई विशेष महत्व दिएका छन् । बेलायती अखबारले चाहिँ मर्केलको आरोपलाई बेलायती राजपरिवारले छानविन गर्ने समेत जनाएको छ ।

  • महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

    महिला केन्द्रित १० फिल्म : ‘कन्यादान’देखि ‘जाइरा’सम्म

    काठमाडौं- सोमबार १११ औं अन्तराष्ट्रिय नारी दिवस मनाइँदैछ । ५० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्मले पनि नारी केन्द्रित फिल्म निर्माणमा अग्रसरता बढाएको छ ।

    पछिल्ला वर्ष निर्देशक, निर्माता, छायांकार, अभिनय र प्राविधिक विधामा महिला सहभागिता बढिरहेको छ । महिला फिचर, डकुमेन्ट्री र इन्डेपेन्डेन्ट फिल्म निर्माणमा अघि बढिरहेका छन् । फिल्मको प्राज्ञिक अध्ययनमा पनि महिलाहरु सक्रिय छन् ।

    फिल्ममा महिला सहभागितालाई लिएर समीक्षकका दुई दृष्टिकोण छन् । उनीहरु भन्छन्, -महिलाको विषयवस्तु र चरित्रमाथि कथा भन्नु र महिलाले फिल्म निर्माण गर्नु अलग कुरा हुन् । पछिल्लो समय यी दुबै कोणबाट फिल्म बनिरहेका छन् ।

    नेपाली फिल्ममा महिलाको विषयवस्तुमाथि बनेको पहिलो फिल्मको रुपमा सन् १९६४ मा बनेको ‘आमा’लाई लिइन्छ । आमा शीर्षकमा तीन फिल्म निर्माण भएका छन् र तीनै फिल्मको केन्द्रीय पात्रको रुपमा महिलालाई राखिएको छ ।

    नारीदिवसको अवसरमा यहाँ १० नेपाली फिल्म प्रस्तुत गरिएको छ जसले नारीवादी दृष्टिकोण, मुद्दा र भावनालाई उठान गरेका छन् ।

    १) आमा (१९६४), (२०२०)

    सन् १९६४ मा निर्माण भएको हीरासिंह खत्री निर्देशित फिल्म आमा र सन् २०२० मा बनेको दीपेन्द्र खनाल निर्देशित ‘आमा’को केन्द्रमा महिला नै छन् । पहिलो फिल्म श्यामश्वेत हो भने दोस्रो रंगिन हो । यी दुई फिल्मले आ–आफ्नो कालखण्डका दुई आमा चरित्रको कथा भन्छन् । आमाको भूमिका ग्रहण गरेकी महिलाको समाज र परिवारप्रतिको उत्तरदायित्व र चरित्रलाई यी दुई फिल्मले चित्रण गर्छन् । यी दुबै फिल्मले व्यवसायिक र समिक्षात्मकरुपमा सफलता प्राप्त गरेका छन् ।

    २) कुमारी (१९७७)

    प्रेमबहादुर बस्नेतले निर्देशन गरेको फिल्म कुमारीमा चैत्यदेवी र विश्व बस्नेतको अभिनय छ ।

    ३) तीन घुम्ती (२०१६)

    विश्वेश्वरप्रसाद कोइरालाको चर्चित पुस्तक तीन घुम्तीमा आधारित यो फिल्मलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । नारीको जीवनमा आउने तीन मोडलाई चित्रण गरिएको यो फिल्मले नारीको सामाजिक आयाम र व्यक्तित्वलाई बुझ्न सजिलो हुन्छ । गरिमा पन्त, धु्रव दत्त र सुशान्त कार्की मुख्य भूमिकामा छन् ।

    ४) कन्यादान (१९९१)

    भुवन केसी र तृप्ती नाड्करको मुख्य भूमिका रहेको यो फिल्मलाई प्रकाश थापाले लेखन एवं निर्देशन गरेका हुन् । बालविवाहको मुद्दा उठान गरिएको यो फिल्मले सक्षम भएपछि मात्र महिलालाई विहे गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।

    ५) बुलबुल (२०१९)

    विनोद पौडेल निर्देशित यो फिल्ममा स्वस्तिमा खड्काको मुख्य भूमिका छ । स्वस्तिमाले यो फिल्ममा पैसा कमाउन विदेशिएका पुरुषकी पत्नीको भूमिकामा अभिनय गरेकी छिन् । वैदेशिक रोजगारीमा पति जाँदा पत्नीमा आउने पारिवारिक दायित्व, जिम्मेवारी र मनोवैज्ञानिक चाहनालाई फिल्ममा चित्रण गरिएको छ । फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।

    ६) राधा (२०१६)

    योगेश घिमिरेले निर्देशन गरेको यो फिल्ममा जीवन लुइँटेल र सञ्चिता लुइँटेलको मुख्य भूमिका छ । सम्बन्धमा महिलाको अपेक्षा र महिलाले गर्ने त्यागको विषयमा फिल्म चित्रित छ । फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् ।

    ७) नुमाफुङ (२००४)

    यो लिम्बु फिल्मलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् । नुमा नामक एक मुख्य पात्रको कोणबाट निर्देशकले पति बितेकी महिलाको मनोविज्ञान, पुनर्विवाह, एकल महिलालाई हेरिने दृष्टिकोण र लिम्बु समुदायमा भएको वैवाहिक संस्कृतिलाई चित्रण गरिएको छ । यो फिल्मले देश तथा विदेशमा राम्रो समीक्षा प्राप्त गरेको छ ।

    ८) जाइरा (२०१९)

    एक्सन प्रधान यो फिल्ममा नम्रता श्रेष्ठको मुख्य भूमिका छ । नेपाली फिल्ममा महिलालाई मुख्य पात्रको रुपमा लिएर एक्सन दृश्य समेट्ने अवसर कमै हुन्छन् । फिल्ममा नम्रताले पति हत्याको बदला लिन पत्नीले गरेको संघर्ष गर्ने पात्रको भूमिका खेलेकी छिन् । उमा थरम्यान स्टारर हलिउड फिल्मबाट यो प्रभावित भएको मानिन्छ ।

    ९) झोला (२०१३)

    कृष्ण धरावासी लिखित उपन्यासमा फिल्म आधारित छ । मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने, नेपालमा प्रचलित सतिप्रथालाई चित्रण गरिएको छ । गरिमा पन्तको मुख्य भूमिका रहेको फिल्मले समीक्षात्मक र व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।

    १०) उमा (२०१३)

    तत्कालिन सशष्त्र द्वन्द्वको समयमा दाजु प्रहरी र बहिनी माओवादीमा आबद्ध हुँदा त्यसले परिवार र समाजमा ल्याउने विभाजनको कथा यसले भन्छ । निकै मार्मिक र यथार्थपरक कथावस्तुमा आधारित यो फिल्मलाई छिरिङरितार शेर्पाले निर्देशन गरेका हुन् । ऋचा शर्मा र सौगात मल्लको मुख्य भूमिका रहेको यो फिल्मले राम्रो समीक्षा प्राप्त गरेको थियो ।

  • ‘म्यूजिक भिडियो अवार्ड’ मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म

    ‘म्यूजिक भिडियो अवार्ड’ मनोनयनमा पल, आकाश, पूजा, वर्षादेखि मलिकासम्म

    काठमाडौं– यसअघि दुबइमा दुईपटक र मलेसियामा एकपटक आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’को चौथो संस्करण हङकङमा आयोजना हुने भएको छ ।

    अवार्डको उत्कृष्ट ५ मनोनयनमा परेका कलाकर्मीलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधा समावेश गरिएको छ । जसमा राष्ट्रिय भावनाका गीत, आधुनिक, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् ।

    पूर्वमिस नेपाल उषा खड्गी

    अवार्डको हङकङ आयोजना एभरेष्ट इन्टरनेशनल ट्रेडिङ कम्पनीले गर्दैछ । संगीतकार शम्भुजित बास्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’बाट सम्मान गरिने संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले जानकारी दिए । गायक सीताराम पोख्रेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिने कार्यक्रममा जानकारी दिइयो ।

    अभिनेत्री वर्षा शिवाकोटी ।

    मनोनयन सार्वजनिक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेल उपस्थित थिए । उनीहरुले मनोनयमा परेका कलाकर्मीलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संगीतकार शम्भुजित बास्कोटा उपस्थित थिए ।

    कार्यक्रममा नेपाली म्यूजिक भिडियो क्षेत्रका कलाकार, निर्माता, निर्देशक, छायांकरहरुको उपस्थिती थियो । मोडलहरु पल शाह, आकाश श्रेष्ठ, सुधिर श्रेष्ठ, दुर्गेश थापा, पूजा शर्मा, वर्षा सिवाकोटी, मलिका महत, रियाशा दाहाल, गरिमा शर्मा लगायत कार्यक्रममा पुगेका थिए । यस्तै, गायिका देविका बन्दना, प्रश्ना शाक्य लगायत पनि उपस्थित थिए ।

  • मनीषा भन्छिन्- नेपाली कलाकारले सही ठाउँ पाएनन्, हमाललाई मैथिली फिल्म खेल्ने इच्छा

    मनीषा भन्छिन्- नेपाली कलाकारले सही ठाउँ पाएनन्, हमाललाई मैथिली फिल्म खेल्ने इच्छा

    काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले नेपाली कलाकारले सही ठाउँ नपाएकाले नाम र दाम पाउन नसकिरहेको बताएकी छिन् ।

    जनकपुर साहित्य मेलामा आयोजित फिल्मी सत्रमा बोल्दै कोइरालाले नेपाली कलाकारमा क्षमता भए पनि त्यसलाई सही ठाउँमा प्रयोग गर्न नपाएको बताइन् ।

    रातो सारीमा जनकपुर पुगेकी मनीषा चिटिक्क देखिएकी थिइन् । उनलाई स्थानीय वृद्धाले जानकी मन्दिरमा स्वागत गरेका थिए । उनले जानकी भूमिमा आउन पाउँदा खुशी लागेको बताएकी छिन् ।

    मनीषासँगै कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले मधेश र मैथिली क्षेत्रको प्रतिनिधित्व हुने गरी फिल्ममा काम गर्ने इच्छा रहेको बताए । मैथिली फिल्ममा काम गर्ने इच्छा भए पनि कसैले अवसर नदिएको हमालले बताए ।

    नेपाली फिल्मले प्रविधिमा फड्को मारे पनि त्यो पर्याप्त नभएको उनले बताए । नेपाली फिल्मले विश्वस्तरमा प्रतिस्पर्धा गर्ने गरी फड्को मार्न नसकेको हमालले बताए ।

  • मिथुन चक्रवर्ती बीजेपी प्रवेश, मोदीसँगै चुनावी सभालाई सम्बोधन गर्ने

    मिथुन चक्रवर्ती बीजेपी प्रवेश, मोदीसँगै चुनावी सभालाई सम्बोधन गर्ने

    कोलकाता– बलिउड अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय दल बीजेपी प्रवेश गरेका छन् ।

    बीजेपी प्रवेश गरेसँगै अभिनेता चक्रवर्तीले आज पश्चिम बंगालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एउटै स्टेजबाट सम्बोधन गर्दैछन् । र्‍यालीमा मिथुन पनि सहभागि हुने जनाइएको छ ।

    कुनैबेलाका लोकप्रिय अभिनेताको बीजेपी सहभागितालाई लिएर महत्वपूर्ण साथ लिइएको छ । उनले मोदीसँगै उभिएर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    कोलकातापछि बीजेपी इन्चार्ज कैलाश विजयभर्जियालाई भेट गर्दै अभिनेता चक्रवर्ती । तस्विर– जीन्यूज

    मुख्यमन्त्री ममता बेनर्जी र बीजेपीबीच पश्चिम बंगाल चुनावमा प्रतिस्पर्धा हुँदैछ । यही कार्यक्रमबाट भारतीय क्रिकेटर सौरभ गांगुली पनि बीजेपी प्रवेश गर्ने कार्यक्रम थियो तर उनी बिरामी भएपछि अहिलेलाई पोस्टपोन्ड भएको जनाइएको छ ।

    बंगलादेश भ्रमणपछि प्रधानमन्त्री कोलकतामा हुने चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् ।

    कोलकातापछि बीजेपी इन्चार्ज कैलाश विजयभर्जियालाई भेट गर्दै अभिनेता चक्रवर्ती । तस्विर– जीन्यूज

  • ‘कबड्डी ४’ आउँदो दशैंमा प्रदर्शन हुने

    ‘कबड्डी ४’ आउँदो दशैंमा प्रदर्शन हुने

    काठमाडौं । प्रतीक्षित नेपाली फिल्म ‘कबड्डी’को चौंथो श्रृंखला आगामी असोज १५ गते (अक्टोबर १)मा प्रदर्शन हुने भएको छ ।

    चौंथो सिक्वेलको नाम चाहिँ ‘कबड्डी : द फाइनल म्याच’ राखिएको छ । फिल्म निर्माण कम्पनीले सबै श्रृंखलाका दृश्य समेटिएका टीजर ट्रेलर लन्च गर्दै रिलिज डेट घोषणा गरेको हो ।

    घोषित मितिको १० दिनेपछि दशैंको फूलपाति सुरु हुन्छ । आगामी दशैंलाई लक्षित गरि घोषणा गरिएको यो ठूलो ब्यानरको नेपाली फिल्म हो । प्रशान्त तामाङ स्टारर ‘परदेशी’को दोस्रो सिक्वेलले दशैं डेट राखेपनि त्यसको औपचारिक पुष्टि छैन ।

    रामबाबु गुरुङले निर्देशन गर्ने कबड्डीमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल मात्र तय छन् । अभिनेत्री र अन्य कलाकार फाइनल नभैसकेको निर्माता मणिराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    कोरोनाभाइरस महामारीले थलिएको नेपाली फिल्म उद्योगलाई पुनर्उत्थान गर्न कबड्डी चारले भूमिका खेल्ने आशा निर्माताले गरेका छन् ।

  • फिल्ममा भविष्य खोज्दै छेतेन

    फिल्ममा भविष्य खोज्दै छेतेन

    काठमाडौं- पछिल्लो समय नेपाली फिल्म क्षेत्र तन्नेरीको आकर्षणको थलो बन्दै आएको छ । आफ्नो रुचि र सपनालाई बुन्ने थलोको रुपमा नेपाली फिल्म, रंगमंच र मोडलिङ स्थापित हुन थालेको छ ।

    स्नातक दोस्रो वर्ष अध्ययन गरिरहेका छेतेन शेर्पा यिनै तन्नेरीमध्ये एक हुन् जसको सपना नेपाली फिल्म उद्योगमा स्थापित हुनेछ । झट्ट हेर्दा कोरियाली लुक्स र गेटअपमा देखिने शेर्पाको प्यासन नेपाली फिल्ममा अभिनय गर्नु हो ।

    पढाइ सक्ने वित्तिकै रंगमंचमा लाग्ने उनको तयारी छ । अहिले उनी कलेज पछाडिको समयलाई मोडलिङ सिक्न र फिल्म क्षेत्रका व्यक्तिसँग परामर्श गर्न व्यस्त छन् । केही फिल्म निर्माताले कोरियन लुक्स रहेको बताएको उनले सुनाए ।

    सानैदेखि रंगमंचमा आफ्नो रुचि रहेकाले पनि फिल्म र रंगमंचमा भविष्य देखेको शेर्पाले बताए ।

  • नेपाली ‘टिकटक स्टार’ प्रभावशाली सूचीमा, अष्ट्रेलियाली प्रधानमन्त्री र हलिउड अभिनेता पनि अटाए

    नेपाली ‘टिकटक स्टार’ प्रभावशाली सूचीमा, अष्ट्रेलियाली प्रधानमन्त्री र हलिउड अभिनेता पनि अटाए

    काठमाडौं- इन्टरनेटमा नेपाली सहभागिता प्रभावशाली बन्दै गएको छ । सामाजिक संजाल लोकप्रियता मापन गर्ने सूचक बन्न थालेका छन् ।

    हलिउडमा गत वर्ष नेपाली तन्नेरी अभिनव बस्ताकोटी टिकटक प्लेटफर्मको माध्यमबाट रातारात सेलेव्रिटी बने । बेलायती र अमेरिकी अखबारले उनको बारेमा फिचर्ड गर्दै उनको प्रसिद्धिको व्याख्या गरे ।

    यो मेसोमा थपिएका छन् अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने नेपाली तन्नेरी विजय बानियाँ (बिज्जु) । प्रतिष्ठित अष्ट्रेलियाली अखबार डेली टेलिग्राफले बानियाँलाई प्रभावशाली सय व्यक्तित्वको सूचीमा समावेश गरेको छ । उनी ५४औं स्थानमा छन् ।

    सूचीमा अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसन र अष्ट्रेलियाली मूलका हलिउड अभिनेताहरु क्रिस हेम्सवर्थ र ह्युग ज्याकम्यान समेत छन् । बानियाँलाई टिकटकमा ९६ लाखले पछ्याएका छन् ।

  • ‘नेफ्टा अवार्डले कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउँछ’

    ‘नेफ्टा अवार्डले कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउँछ’

    काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को आयोजनामा १४ वर्षदेखि फिल्म अवार्ड आयोजना हुँदै आइरहेको छ । सधैंजसो विदेशमा आयोजना हुने अवार्डको १०औं संस्करण चाहिं कोभिड-१९ महामारीको कारण यसपटक स्वदेशमा हुँदैछ । फागुन २९ गते काठमाडौंमा अवार्ड आयोजना हुनेछ ।

    कोभिड महामारी र लकडाउनबाट प्रभावित नेपाली फिल्म क्षेत्र र सबैभन्दा बढी प्रभावित प्राविधिकको पुनरुत्थानमा अवार्ड महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । लकडाउनपछि पहिलोपटक नेपाली फिल्मको बृहत् अवार्ड कार्यक्रम हुन लागेको हो । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा योगदान दिएको नेफ्टा फिल्म अवार्ड स्वदेशमा हुनुले कस्तो अर्थ राख्छ ? यी विविध विषयमा नेफ्टा अध्यक्ष पुष्कर लामाले नेपाल प्रेससँग कुरा गरेका छन् । प्रस्तुत छ उनीसँगको संवाद :

    कोभिडको जोखिम कायमै रहेको बेला कसरी यो बृहत् अवार्ड समारोह आयोजना गर्दै हुनुहुन्छ ?

    नेफ्टाको पनि आफ्नै टीम छ । आयोजक ड्रिम हाइ नेपालले पनि साथ दिएको छ हामीलाई । कोभिडले थिलोथिलो बनाएर राखेको चलचित्र क्षेत्रलाई लयमा ल्याउन हामीले आँट गरेका छौं । यो समयमा फिल्मलाई चलायमान बनाउनको लागि नेफ्टा फिल्म अवार्ड गर्न लागेका हौं । यसले फिल्मलाई योगदान दिनेछ । सामाजिक मापदण्डलाई पालना गर्दै नेफ्टा अवार्डलाई अगाडि बढाएका छौं । अहिले बृहतरुपमा अवार्ड सम्पन्न गर्न तयारी भैरहेको छ ।

    अस्कर, गोल्डेन ग्लोब्सजस्ता विश्व चर्चित अवार्ड भर्चुअल माध्यमबाट भैरहेको बेला किन भौतिक उपस्थितिमा अवार्ड गर्न लाग्नुभएको हो ?

    भर्चुअलरुपमा गर्दा सोचेको जस्तो अवार्डलाई माइलेज आउँदैन । लाइभ गरेर अवार्ड आयोजना गर्नुको छुट्टै मजा र आनन्द छ । भौतिकरुपमा गर्दा प्रत्यक्ष अन्तरक्रिया गर्ने मौका मिल्छ । यसकारणले भर्चुअल नभएर लाइभरुपमै गर्न लागेका हौं ।

    महामारीले सबैभन्दा प्रभावित फिल्म प्राविधिक भए । यसो भैरहँदा अवार्ड आयोजना गर्न कसरी पूँजी व्यवस्थापन गर्नुभएको छ ?

    धेरै चुनौती छ । त्यसको बाबजूद पनि त्यसलाई मूर्तरुप दिन हाम्रो टीम अहोरात्र खटेर तयारी गरिरहेको छ । यसलाई सबैले बुझ्नु जरुरी छ । अहिले कोभिडको कारण केही हल बन्द हुने अवस्थामा छन् । हल बन्द हुँदा प्राविधिकलाई झनै समस्या पर्छ । यसलाई रोक्न हामी सबै चलचित्रकर्मी एक भएर चलचित्र क्षेत्रलाई टेवा पुग्ने खालको कार्यक्रम र संरचनालाई एकद्वार प्रणालीबाट गर्न सके राम्रो हुन्छ । विगतमा अवार्ड गर्दा जुन हिसाबको रौनक र सहभागिता थियो, त्यो चीज यसपालि देखिएको छैन ।

    हामीले यसपटक अघिल्लो पटकभन्दा बढी उपस्थिति हुने आशा गरेका थियौं । सबैको साथ र सहभागिताको आशा गरेका थियौं । तर, त्यो चीज हामीले न्यून पायौं । यसमा हामी एकदमै दुःखी छौं । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलचित्र क्षेत्रमा कर्म गरिरहेका मानिसलाई अप्ठ्यारो हुनसक्छ । चलचित्र प्राविधिक संघले इमानदारीपूर्वक स्वार्थलाई पर राखेर, दायित्वलाई पूरा गरिरहेका छौं । यो चीजमा हामीले उहाँहरुलाई आह्वान गरेका छौं । त्यो समयसम्म नेफ्टाका लागि हामीलाई साथ मिल्छ भन्ने आशा छ ।

    नेफ्टाको प्राथमिकता कोभिडबाट प्रभावित आफ्ना सदस्यलाई राहत दिनु हो । अवार्डले कसरी नेपाली फिल्मलाई पुनरुत्थान दिलाउन सक्छ ? अवार्डको भूमिका के हुन्छ ?

    अवार्डले प्रत्यक्षरुपमा नेपाली फिल्मलाई टेवा पुग्ने भएरै हामीले कहीं पनि कन्जुस्याइँ नगरिकन यसलाई अनवरत रुपमा लागेर कार्यक्रम सफल बनाउन लागिरहेका छौं । साथै श्रमजीवी चलचित्रकर्मीले साथ दिए कार्यक्रम सफल हुनसक्छ ।

    बेरोजगार भएर बसेका चलचित्रकर्मीलाई प्रत्यक्ष फाइदा पुग्न सक्छ । कोरोनाले थलिएको नेपाली फिल्म क्षेत्रलाई रिकभर गर्न अवार्डले मद्दत पुर्‍याउँछ भन्ने मलाई विश्वास छ । यदि यस्तो खालको कार्यक्रम असफल भए भने भविष्यमा बेरोजगारीको परिस्थिति अझै बढ्न सक्छ । त्यो परिस्थितिलाई रोक्नका लागि आउनुस्, चलचित्र क्षेत्रलाई चलायमान बनाऔं । विगतको भन्दा अझ समृद्ध भएर अघि बढे चलचित्र क्षेत्र राम्रो बन्न सक्छ ।

    विदेशमा अवार्ड गर्दा र स्वदेशमा गर्दाका सजिलो र कठिनाइ के-के हुँदोरहेछ ?

    विदेशमा अवार्ड गर्दा एक किसिमको ठूलो चुनौती छ र खर्च पनि एकदम ठूलो आउँछ । नेपालमा गर्दा खर्च कम हुन्छ तर हाम्रो अवार्डको क्यानभास ठूलै हुने भएकाले खर्च धेरै नै हुन्छ । विदेशमा अवार्ड गर्दा भिजा, प्रोटोकल मेन्टेन गर्न गाह्रो थियो । नेफ्टा अवार्ड गर्नुको मुख्य उद्देश्य भनेको नेपाली चलचित्रलाई प्रवर्धन र प्रोत्साहन गर्नु नै हो ।

    विदेशमा गर्दा विदेशी बजारको खोजी र अन्तर्राष्ट्रियकरण गर्नु पनि हो । यही क्रममा हामीले २०१३ मा मलेसियामा गरेका थियौं । त्यसपछि हङकङ, कतार र दुबईमा गरेका छौं । दुबई अवार्डमा राजकुमार स्वयम् आएर हामीलाई त्यहाँको सरकारले पनि सहयोग गरेको थियो । त्यो समयको आयोजकलाई पुनः म सम्झन चाहन्छु र भित्री मनदेखि नै धन्यवाद दिन चाहन्छु । किनभने त्यो लेभलको अवार्ड न त विगतमा थियो न त भविष्यमा नै हुन्छ । अहिलेसम्म त्यस्तो खालको परिदृश्य देखेको छैन ।

    हामीले नेपाल भ्रमण वर्षलाई सहयोग गर्नको लागि टुँडिखेलमा अवार्ड गर्ने योजना बनाएका थियौं तर कोभिड लकडाउनले गर्दा त्यो स्थगित भयो । त्यसको बाबजूद पनि हामी चिन्तित थियौं । यो चीजलाई कसरी सफल बनाउने भन्ने कुरामा त्यसपछि हामी लाग्यौं । विस्तारै लकडाउन खुकुलो बनेपछि हामीले अवार्ड गर्न आँट गरेका हौं । करिब ९० प्रतिशत तयारी पूरा भएको छ ।

    अवार्डलाई निष्पक्ष र मर्यादित तुल्याउन कसरी व्यवस्थापन मिलाउनुभएको छ ?

    हामीले आफ्नो पक्षबाट निर्णायक राखेका हुन्छौं । उनीहरुलाई हामीले हस्तक्षेप नगरिकन स्वतन्त्रतापूर्वक जिम्मा लगाएका हुन्छौं । सही वा गलत निर्णय जे आए पनि तपाईंको जिम्मा हो भनेर हामीले उहाँहरुलाई जिम्मा दिएका हुन्छौं । पक्कै पनि निष्पक्ष हिसाबमै यसको नतिजा आउँछ । अर्को कुरा, अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि सबैको उद्देश्य विवादरहित ढंगले अवार्ड गरौं भन्ने हुन्छ । हामीले पनि त्यसलाई निरन्तरता दिनेछौं ।

    यसपटकको अवार्डका आकर्षण र विशेषता के हुन्छन् ?

    यसपटक हामीले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान र प्राविधिकलाई सम्मान गर्नेछौं । अहिलेसम्म जीवित रहेका प्रकाश व्यवस्थापक (लाइटमेन) जसले चार दशकदेखि काम गर्दै आउनुभएको छ । ध्वनि र लाइट विधाका साथीहरुलाई सम्मान गर्दैछौं । अन्य सम्मान पनि हुन्छन् । धेरै आकर्षणका पक्ष छन् यसपटकको अवार्डमा ।

    कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ ।

    कोभिडबाट प्रभावित प्राविधिकलाई राहत प्रदान गर्न नेफ्टाले कस्तो खालको भूमिका खेलिरहेको छ ?

    पछिल्लो समय स्थिति केही सहज बनेको छ । उहाँहरु पनि सहज ढंगले काम गरिराख्नुभएको छ । उहाँहरुले आफ्नो दैनिक जीवन चलाउनुभएको छ । पहिलेको अनुपातमा रिकभर भैसकेको छैन । यदि हामी एकताबद्ध भएर राम्रो काम गर्ने अनि हल बन्द नहुने हो भने पहिलेकै स्थितिमा आउन समय लाग्दैन भन्ने लाग्छ मलाई । कोभिडबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनेकै चलचित्र क्षेत्र हो । त्यो क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण साँघुरो हो कि जस्तो लाग्छ । चलचित्र क्षेत्रलाई उहाँहरुले अर्कै ग्रहबाट आएको क्षेत्रको रुपमा लिएको जस्तो लागेको छ । उहाँहरुले फिल्मलाई प्राथमिकतामा राखेको भए अहिले हल बन्द हुने स्थिति आउँदैनथ्याे। यसकारण अभिभावकले चलचित्र क्षेत्रलाई गम्भीरतापूर्वक नलिएको जस्तो लागेको छ ।

    जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

    नेफ्टा अवार्डका आगामी संस्करणलाई स्वदेश वा विदेशमै निरन्तरता दिने तपाईहरुको तयारी कस्तो छ ?

    विदेशमै गर्ने काम निरन्तर हुन्छ । यसअघि पनि मध्यपूर्वमा बजार खोज्ने काम भएको थियो । त्यहाँका साथीहरुसँग मिलेर हामीले मध्यपूर्वका मल्टिप्लेक्समा शुक्रबार, शनिबार र आइतबार हप्ताको तीन साता फिल्म चलाउने ट्रेन्ड बसालेका थियौं । त्यो काम कोभिडकै कारण अहिले बन्द भएको छ । त्यो कामले निरन्तरता पाउने अपेक्षा छ । जबसम्म विदेशीले नेपाली फिल्म हेर्ने बानी बसाल्दैन तबसम्म नेपाली चलचित्र क्षेत्रको बजार फराकिलो हुँदैन । विदेशीलाई नेपाली फिल्म हेर्ने बानी बसाल्न हामीले तयारी गर्नुपर्छ जस्तो लाग्छ मलाई ।

    अन्त्यमा नेपाल प्रेसका पाठक र भिडिओ दर्शकलाई के भन्न चाहनुहुन्छ ?

    नेपाली फिल्म हेर्नूस् र माया गरिदिनूस् । नेपाली चलचित्रका अवार्डलाई अझ बढी सजिलो हुन्छ र ऊर्जा बढ्नेछ । अरु अवार्डलाई जस्तै नेफ्टा फिल्म अवार्डबारे पनि धेरै काम गर्न सकिन्छ । सबैको माया, साथ र सहयोग भएको कारणले नेफ्टा अवार्ड सफल भएको छ । यो अवार्ड सिंगो चलचित्रकर्मीको अवार्ड हो । यसरी नै सोचेर सफल बनाउनुपर्छ भन्दै आइरहेका छौं । अवार्ड आउन केही दिन बाँकी छ । त्यतिञ्जेलसम्म नेफ्टा अवार्डलाई सहयोग गरौं । सहयोग प्राप्त भए ११औं संस्करण गर्न हामीलाई सजिलो हुनेछ ।

  • चलचित्र विकास र सेन्सर बोर्डमा पाँच सदस्य नियुक्त

    चलचित्र विकास र सेन्सर बोर्डमा पाँच सदस्य नियुक्त

    काठमाडौं । संचार मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका रिक्त सदस्य पदमा नियुक्ती गरेको छ । बोर्डको रिक्त सदस्यमा नुवाकोटका अर्जुनकुमार डंगोल, मोरङका प्रकाश भट्टराई, फनिन्द्रकुमार कट्वाल (राज) नियुक्ती भएका छन् ।

    डंगोल फिल्म निर्माता एवं गायक हुन् । भट्टराई निर्देशक र कट्वाल फिल्म अभिनेता हुन् ।

    चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा ओखलढुंगाका सन्तोषकुमार थापा र मोरङकी मीनाक्षी कोइराला नियुक्ती भएका छन् ।

    संचार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र दिँदै संचारमन्त्री पार्वत गुरुङले विकृति र विसंगतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे ।

    उनले नियुक्त सदस्यहरुलाई मर्यादित भएर काम गर्न आग्रह गरे । उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि उपस्थित थिए । सबैजनाको कार्यकाल दुई–दुईवर्षको हुनेछ ।

  • आजदेखि ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन प्रसारण सुरु हुँदै

    आजदेखि ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन प्रसारण सुरु हुँदै

    काठमाडौं । लोकप्रिय नेपाली टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ ।

    प्रत्येक साता शुक्रबार र शनिबार बेलुका ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा सो प्रसारण हुने जनाइएको छ । गतवर्षदेखि सोले प्रसारण सुरुआत गरेको थियो ।

    विशाल भण्डारीले निर्देशन गर्ने सोलाई केकी अधिकारी लगायतले मिलेर निर्माण गरेका हुन् । चार भागमा अडिसन चरण प्रसारण गर्ने जनाइएको छ । यसअघि अडिसन राउन्ड प्रसारण भएको थिएन ।

    अडिसन चरण प्रसारण सकिएपछि सो सीधै उत्कृष्ट २४ मा प्रवेश गर्नेछ । निर्माताले यसलाई ग्रान्ड प्रिमियर भनेका छन् । अधिकारीसहितको थ्री प्रोडक्सनले यसलाई निर्माण गरेको हो ।

    सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक छन् ।

  • गजुरेलले दिए ‘विप्लव डे’को शुभकामना- शान्तिपूर्ण राजनीतिसँग डिप-लभ परोस् !

    गजुरेलले दिए ‘विप्लव डे’को शुभकामना- शान्तिपूर्ण राजनीतिसँग डिप-लभ परोस् !

    काठमाडौं- तीनवर्ष प्रतिबन्ध खेपेका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् । सरकार र उनको दलबीच राष्ट्रिय सभागृहमा सम्झौता समेत हुँदैछ ।

    यही मेसोमा हाँस्य कलाकार मनोज गजुरेलले विप्लव शान्तिपूर्ण राजनीतिमा फर्किन लागेको कदमको स्वागत गरेका छन् । उनले ‘विप्लव डे’को शुभकामना भन्दै विप्लवलाई बधाइ पनि दिएका छन् ।

    शान्तिपूर्ण राजनीतिसँग विप्लवको डिप-लभ परोस भन्दै गजुरेलले शुभकामना पनि दिएका छन् । सहकार्यको कुटनीतिसँग सरकारले सम्झौता गर्नुपर्ने समेत उनले लेखेका छन् । विप्लव र सरकारबीचको सम्झौता पार्टीहितभन्दा जनहितमा हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

    ‘कमेडी च्याम्पियन’को सिजन-२ सुरु हुने दिन र विप्लव शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गर्ने दिन संयोगवश एकैदिन परेको छ ।

  • फ्राइडे रिलिज : लाहुरे कथाको ‘गोर्खे’देखि ड्रयागन खोजीको ‘राया’सम्म

    फ्राइडे रिलिज : लाहुरे कथाको ‘गोर्खे’देखि ड्रयागन खोजीको ‘राया’सम्म

    काठमाडौं । शुक्रबार दुई फिल्म नेपाली हलमा रिलिज भएका छन् । नेपाली भाषाको फिल्म ‘गोर्खे’ र हलिउड फिल्म ‘राया एन्ड द लास्ट ड्रागन’ प्रदर्शनमा आएका हुन् ।

    ‘गोर्खे’ भाइरस लकडाउनपछि रिलिज हुने दोस्रो घरेलु फिल्म हो । यसअघि रिलिज भएको शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ व्यवसायिक र समिक्षात्मक कोणमा असफल भयो ।

    किम्मत गौतमको निर्देशन रहेको गोर्खेलाई प्राविधिक हरि लामाले निर्माण गरेका हुन् । लामा लामो समयदेखि फिल्म छायांकनमा सक्रिय छन् । रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, एन्जल श्रेष्ठ, अञ्जली अधिकारी, अस्मी श्रेष्ठ, साजन तामाङको अभिनय छ ।

    भारतीय सेनामा भर्ती भएर देशको सेवा गर्ने उद्देश्य लिएको एक नेपाली युवाको सपनामा फिल्म आधारित छ । एक्सन–लभस्टोरी विधामा यसलाई राखिएको छ ।

    ‘राया एन्ड द लास्ट ड्रागन’ एनिमेसन, एड्भेन्चर र एक्सन हलिउड फिल्म हो । डन हल र कार्लोस लोपेजे एस्ट्राडाले मिलेर निर्देशन गरेको फिल्मले कुमुन्द्रा नामक एक काल्पनिक ग्रहमा ड्रयागनको खोजीका लागि राया नामक पात्रले गर्ने संघर्ष चित्रण गर्छ ।

  • पल र उषा प्रेममा समर्पण खोज्दै (भिडियो)

    पल र उषा प्रेममा समर्पण खोज्दै (भिडियो)

    काठमाडौं- गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा निशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत छ ।

    सार्वजनिक गीतले प्रेमी-प्रेमिकाविचको प्रेम र समर्पण चित्रण गरेको छ ।

    गीतको भिडियोमा पल शाह र उषा उप्रेतीको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशिनुको कथा उठान गरेका छन् ।

    उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा सुहाएको छ ।

    हेर्नूस भिडियो :

  • नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (भिडियो)

    नेफ्टा अवार्डको डान्स रिहर्सलमा कलाकार (भिडियो)

    काठमाडौं । १० औं नेफ्टा फिल्म अवार्ड फागुन २९ गते काठमाडौंमा हुँदैछ । चलचित्र प्राविधिक संघको आयोजनामा हुने अवार्डमा गतवर्ष मनोनित फिल्मका विजेताले अवार्ड प्राप्त गर्नेछन् ।

    अवार्डलाई भव्य बनाउन कलाकारले नृत्य प्रस्तुति दिँदैछन् । राष्ट्रिय नाचघरमा कलाकारले डान्स रिहर्सल गरिरहेका छन् । सुरक्षा पन्त, प्रमोद अग्रहरि, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीले नृत्य सिकिरहेका छन् ।

    नरेशविर सिंहले नृत्य निर्देशन गरिरहेका छन् । एलआइसी नेपालले प्रायोजन गर्ने अवार्ड सोल्टी क्राउन प्लाजामा हुनेछ । कोरोनाभाइरस महामारीपछि पहिलोपटक फिल्म अवार्ड हुन लागेको हो ।

    कोरोनाले थलिएको नेपाली फिल्मलाई लयमा ल्याउन अवार्ड महत्वपूर्ण हुने आशा प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले राखेका छन् । यसअघि विदेशमा हुँदै आएको अवार्ड यसपटक भने स्वदेशमै हुन लागेको हो ।

  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक नेपाली भाषामा प्रकाशन हुने

    काठमाडौं- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको पुस्तक ‘द ट्रुथ्स वी होल्ड’ नेपाली भाषामा प्रकाशन हुने भएको छ ।

    नेपाली प्रकाशन संस्था वी रीडले ह्यारिसको उक्त पुस्तक नेपाली संस्करणमा प्रकाशन गर्न अनुमति पाएको विज्ञप्तीमार्फत जनाएको छ ।

    वक्तव्यमा उल्लेख छ, ‘सानैदेखि कालो वर्णका मानिसले भोग्ने विभेद र त्यसको प्रतिरोध कमलाले देखिन् । उनी आफैले पनि त्यस्तो विभेद बाल्यकालदेखि नै भोग्नुपर्‍यो । यही भोगाइ उनको राजनीतिमा सक्रिय हुने एउटा प्रेरणा बन्यो ।

    बेस्ट सेलरको सूचिमा पर्न सफल ह्यारिसको उक्त पुस्तकलाई अंग्रेजी संस्करणमा पेन्गुइन बुक्सले जनवरी ८, २०१९ मा प्रकाशन गरेको थियो ।

    यसवर्षको जनवरी २० मा भारतीय मूलकी ह्यारिसले अमेरिकाको उपराष्ट्रपति पदको सपथ लिएकी थिइन् । कथालयकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले पुस्तक चाँडै प्रकाशन गर्ने जानकारी दिइन् ।

    कमलाको चुनावी अभियानअघि नै यो पुस्तक सार्वजनिक भएको थियो ।