Category: कलाप्रेस

  • सर्वोच्चको परमादेशपछि मनोज र दीपकको टिप्पणी : फैसला टम एन्ड जेरीजस्तो !

    सर्वोच्चको परमादेशपछि मनोज र दीपकको टिप्पणी : फैसला टम एन्ड जेरीजस्तो !

    काठमाडौं । सर्वोच्च अदालतले सोमबार परमादेश जारी गर्दै संसद पुनःस्थापना र दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दियो ।

    सर्वोच्चको यो आदेश लगत्तै मनोरञ्जन वृत्त समेत तरंगित बनेको छ । राजनीतिक घटनाक्रममा रुचि राख्ने केही कलाकारले विकसित घटनाक्रमबारे सामाजिक संजालमा टिप्पणी गरेका छन् ।

    अभिनेता एवं हाँस्य कलाकार मनोज गजुरेलले सर्वोच्चको परमादेशलाई अचम्मको निर्देशन र अनौठो फिल्म भएको बताएका छन् । उनले पछिल्लो घटनाक्रमलाई हलिउडको चर्चित कार्टुन सिरिज टम एन्ड जेरी, मुसो र बिरालोसँग तुलना गरेका छन् ।

    ‘ओली र अन्य, अदालत र देउवा, त्यसपछि को र के’ गजुरेलले उल्लेख गरेका छन् ।

    अभिनेता दीपकराज गिरीले पनि व्यंग्य गर्दै ‘कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन्’ भनेर उल्लेख गरेका छन् ।

  • दोहोरी च्याम्पियनका अन्तिम १६ राउन्डका प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    दोहोरी च्याम्पियनका अन्तिम १६ राउन्डका प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    काठमाडौं । टेलिभिजनको गायन रियालिटी सो दोहोरी च्याम्पियन अन्तिम १६ को प्रतिस्पर्धामा प्रवेश गरेको छ । चारजना वाइल्ड कार्ड र १२ जना विजेताबीच प्रतिस्पर्धा थालनी भएको हो ।

    अबदेखि दर्शकको मतको आधारमा उत्कृष्ट चयन गरिने भएको छ । यसअघि निर्णायकको मतको आधारमा उत्कृष्ट चयन हुने गथ्र्यो । अडिसन चरणबाट छानिएका ३५ उत्कृष्ट समूहबाट १२ जना छानिएको थियो ।

    गोलाप्रथा मार्फत अन्तिम १६ का प्रतिस्पर्धीबीच आगामी राउन्डको तालिका पनि सार्वजनिक भएको छ । तस्विरमा हेर्नूस अन्तिम १६ का प्रतिस्पर्धी :

  • पदम भुलको देउडा गित ‘महामारी दशा’ सार्वजनिक (भिडियो)

    पदम भुलको देउडा गित ‘महामारी दशा’ सार्वजनिक (भिडियो)

    काठमाडौं । समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित सार्वजनिक भएको छ । चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वरवद्ध गरेको गित आइतबार गायिका पुनकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।

    पदम भुलले शब्द सृजना गरेको गितमा सुरजमान जैगड़ीले संगित भरेका हुन् भने एरेन्ज भुवन बडुले गरेका हुन् । गितमा पदम भुल, खुस्बु भट्टराई, डम्बर रावल, भरत रावल, चुम्बकराज रेग्मी, ललित भुल, रुपेश भुल, हस्तबहादुर भुल, भुपेन्द्र भुल, भिम भुल, मथुरा भुल, बिन्द्रा भुल, खिना भुल तथा बाल कलाकार आयुश भुल र आयुशा भुलले अभिनय गरेका छन् ।

    पदम भुल रोजगारीको शिलशिलामा लामो समयदेखि भारतको मुम्बइमा बस्दै आएका छन् । उनले प्रवासमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

    नेपालमा रहेको गरिवीका कारणले परदेशीपर्ने नेपालीको बाध्यता, कोरोना महामारीले परदेशमा नेपालीले भोगेको दुःख पीडा र महामारीमा नेपाल फर्किदा झेल्नुपरेका समस्या समेटिएका छन् ।

    https://www.youtube.com/watch?v=XtG3VjrvO14

  • पेटभित्रको बच्चालाई ‘चमत्कार’ संज्ञा दिँदै प्रियंकाले भनिन्ः अब धेरै प्रतिक्षा गर्न सक्दिनँ

    पेटभित्रको बच्चालाई ‘चमत्कार’ संज्ञा दिँदै प्रियंकाले भनिन्ः अब धेरै प्रतिक्षा गर्न सक्दिनँ

    काठमाडौं । नायिका प्रियंका कार्की आफ्नो पहिलो बच्चाको पर्खाइमा छिन् । उनको व्यग्रता दिनानुदिन बढिरहेको छ, जुन सामाजिक सञ्जालमा उनले गर्ने पोष्टहरुमा झल्किन्छ ।

    फेसबुक र इन्टाग्राममा उनी आफ्नो ठूलो भुडीसहितको फोटो दिनहुँजसो सार्वजनिक गरिरहेकी हुन्छिन् । युट्यूवमा भ्लगहरु पनि हाल्छिन् । उनका कतिपय क्रियाकलापलाई नौंटकी संज्ञा दिएर दर्शकले प्रशस्तै नकारात्मक कमेन्ट गरिरहेका छन् ।

    केही दिनअघि प्रियंकाका निम्ति साथीहरुले ‘बेबी सावर’ को आयोजना गरेका थिए । अहिले उनका श्रीमान आयुष्मानले पनि पाँचतारे हाेटलमा छुट्टै ‘बेबी सावर’ आयोजना गरेका छन् ।

    प्रियंकाले आयुष्मानसँग मुखमा चुम्बन गरेको तस्वीर सेयर गर्दै आफ्नो खुशी साटेकी छन् । उनले आफ्नो पेटमा हुर्किएको बच्चालाई ‘मिराकल’ अर्थात् चमत्कारको संज्ञा दिँदै उसलाई स्वागत गर्न व्यग्र रहेको उल्लेख गरेकी छन् ।
    प्रियंका लेख्छिन्, ‘तिमीले मलाई प्रत्येक दिन हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट वर्षहरु दियाै । हाम्रो चमत्कारलाई स्वागत गर्न अब धेरै प्रतिक्षा गर्न सक्दैनौं ।’

    उनी थप्छिन्, ‘मभित्र एउटा जीवन हुर्किरहेको छ जुन प्रेम र खुशीले भरिएको छ, अनि नयाँ आशिर्वादका निम्ति तयार छ ।’

  • ट्विनी गर्ल्स भन्छन् : विहे भएपनि हाम्रो टीकटक जोडी अलग हुँदैन

    ट्विनी गर्ल्स भन्छन् : विहे भएपनि हाम्रो टीकटक जोडी अलग हुँदैन

    काठमाडौं । एक दशक भयो नेपालमा सामाजिक संजालको प्रभुत्व स्थापित भएको । त्यसयता फेसबुक, युट्युव, टीकटकजस्ता सोसल साइट्सहरु व्यापक प्रयोगमा छन् । चिनियाँ भिडियो साझेदारी एप टीकटक नेपालमा सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो ।

    पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सर्वसाधारणसम्मले टीकटकको उपयोग गरिरहेका छन् । टीकटक प्रयोगबाटै नेपालमा ओभरनाइट सेलेव्रिटी भएकाहरु प्रशस्तै छन् ।

    टीकटक सूचना, संचार, मनोरञ्जन, पैसा कमाउनेदेखि भाइरल हुनेसम्मको थलो बनेको छ । सेलेव्रिटी झगडा गर्नेदेखि नेताहरुलाई व्यंग्य गर्नेसम्मको हर्कत यसमा हुने गरेको छ । कतिपयले कला प्रस्फुटन गर्नेदेखि नृत्य, अभिनयलाई तिखार्ने अवसरको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । कतिपय चाहिँ भाइरल बनिरहेका छन् ।

    सुरुमा १५ सेकेण्डको भिडिओ अपलोड गर्ने सुविधा दिएको टीकटकले यसैसातादेखि ३ मिनेटसम्मको सुविधा दिएको छ । यस्तोमा मोबाइलको पहुँच भएकाहरुले विभिन्न शैलीमा भिडियो हालेर र लाइभ आएर आफूलाई चर्चित तुल्याएका छन् ।

    प्रिन्सी र प्रिज्मा खतिवडा टीकटकका यस्तै चर्चित अनुहार हुन् जसलाई झन्डै ७० लाखले पछ्याएका छन् । तीनवर्षदेखि टीकटकमा भिडिओ बनाउन सुरु गरेको यो जोडी पछिल्लो समय म्युजिक भिडिओमा पनि उत्तिकै चर्चित छ । टीकटकले निर्माण गरेको छविलाई उनीहरुले व्यवसायिक प्रवद्र्धनमा समेत उपयोग गर्न थालेका छन् ।

    को हुन् प्रिन्सी र प्रिज्मा ?

    तीनवर्षअघि टीकटकमा भिडिओ हाल्न थालेको यो जोडी छोटो समयमै चर्चित बन्यो । ट्विनी गल्र्सको रुपमा टीकटकमा रहेको उनीहरुको खातालाई ६९ लाखले पछ्याएका छन् भने ७३ लाखले भिडिओमा लाइक गरेका छन् । उनीहरु मुलुकमै धेरै हेरिने र पछ्याइने सेलेव्रिटीमध्ये पर्छन् । खास नाम प्रिन्सी र प्रिज्मा खतिवडा भएपनि उनीहरु ट्विनी गल्र्स नामले चर्चित छन् । उनीहरु एकैसाथ टीकटक बनाउँछन् र पोस्ट गर्छन् । प्रयोगकर्ताले उनीहरुको भिडियोलाई रुचाएका पनि छन् ।

    ‘हामी सामान्य मान्छेबाट यहाँसम्म आइपुग्नुमा टीकटक प्लेटफर्मकै योगदान छ’ प्रिज्मा भन्छिन्, ‘हामी आफूहरुलाई भाग्यमानी ठान्छौं । हामी दुईजना सुरुदेखि नै सँगै आएकाले अलग भएर काम गर्ने बारेमा सोचेका छैनौं ।’

    उनीहरुले पहिलो टीकटक सन् २०१८ को अगस्ट १६ घरपालुवा बिरालोसँग बनाएका थिए । उक्त भिडिओलाई ३.२ मिलियनले हेरेका थिए । दास्रो भिडिओ १२ दिनपछि अपलोड गरेका थिए जसलाई ३.५ मिलियनले हेरे । राम्रो प्रतिक्रिया मिलेपछि अन्य थुप्रै भिडिओ बनाएर उनीहरुले कलालाई प्रस्तुत गरे । टीकटकमा कमेडी भिडिओ र नृत्य प्रस्तुत गर्ने गरेका छन् ।

    टीकटक रहेसम्म हामी सँगै

    जुम्ल्याहा दिदीबहिनीको यो सहकार्य कहिलेसम्म रहन्छ त ? नेपाल प्रेसको यो प्रश्नमा प्रिज्माले टीकटक रहेसम्म आफूहरुसै हुने बताइन् । ‘उनले यति छोटो समयमा हामी चर्चामा आउँछौ भनेर सोचेको थिएनौं । हामी दर्शकहरुलाई टीकटक रहेसम्म निराश बनाउने छैनौं’ उनले भनिन् ।

    सुरुवातमा मनोरञ्जनको लागि भिडिओ बनाउने दिदीबहिनी अहिले भने व्यवसायिक उद्देश्यले लागिपरेका छन् । उनीहरु टीकटकबाटै हुने व्यापारिक प्रवद्र्धनबाट मनग्गे आम्दानी पनि गर्छन् ।

    ‘हामी सामान्य मान्छेबाट यहाँसम्म आइपुग्नुमा टीकटक प्लेटफर्मकै योगदान छ’ प्रिज्मा भन्छिन्, ‘हामी आफूहरुलाई भाग्यमानी ठान्छौं । हामी दुईजना सुरुदेखि नै सँगै आएकाले अलग भएर काम गर्ने बारेमा सोचेका छैनौं ।’

    उनीहरु कसरी बनाउँछन् टीकटक भिडिओ ?

    सुरुमा टीकटकका लागि भिडिओ बनाउँदा ब्रान्डको कामबारे आइडिया नहुने भएपनि अहिले चाहिँ उनीहरु आरामदायी ढंगले र सबैलाई रुचि हुने शैलीमा भिडिओ बनाउने बताउँछन् । ‘डान्सको स्टेप, कन्सेप्ट र कुनै स्टोरी निकाल्ने कुरामा हामी दुईजना बसेर छलफल गर्छौं’ उनी भन्छिन् । उनीहरु टे«न्डिङमा रहेका गीतमा भिडिओ र सबैलाई कम्फर्टेवल हुने खालका गीतमा मात्र भिडिओ बनाउँछन् । सोही कारण सबै उमेर समूहका मानिसहरुमा उनीहरु लोकप्रिय छन्

    उनीहरु गीतमा चुजी छन् । जस्तै, ट्रेन्डिडङमा हिपहप गीत छ भने उनीहरु यसमा भिडिओ बनाउँदैछन् किनभने उनीहरु आफूलाई हिपहपमा डान्स नआउने बताउँछन् । कुन गीतमा भिडिओ बनाउने भन्नेबारे उनीहरु बसेर छलफल गर्छन् र कोरियोग्राफी तय गर्छन् ।

    टीकटक बनाएबापत फ्यानबाट पैसा लिने गरेको हल्लालाई प्रिज्माले खण्डन गरिन् । ‘हामी जे छौं, फ्यानको कारणले भएका हौं’ प्रिज्मा भन्छिन्, ‘टीकटक बनाउँदा पैसा लिने भन्ने कुरा गलत हो ।’ सेलेव्रिटी भएपछि फ्यानहरुले पनि गिफ्ट र पैसा दिने गरेपनि उनीहरु यस्तो अफरलाई स्वीकार नगर्ने बताउँछन् । आफूहरुले पैसाका लागि भन्दा पनि सम्मान र मायाका लागि काम गरेको उनीहरुको भनाई छ ।

    टीकटकपछि फिल्मको यात्रा

    सामाजिक संजालमा हिट हुने सेलेव्रिटी अक्सर ठूलो पर्दामा डेब्यु गर्ने आमप्रचलन छ । म्युजिक भिडिओदेखि फिल्मसम्म उनीहरुलाई अफर आउने गरेको छ । तर, ट्विनी दिदीबहिनी आफूहरु अहिलेसम्म यस्तो प्रस्तावका लागि मानसिकरुपमा तयार नभैसकेको बताउँछिन् ।

    ‘यो सांगीतिक क्षेत्र कति समय जान्छ थाहा छैन । सँधैका लागि यो नरहने भएकोले अहिलेसम्म मुभी र सिरियलको लागि आत्मविश्वास बनाएका छैनौं’ उनको कथन छ । उनले भनिन्- ‘सुरु-सुरुमा चाहिँ अफर आएको थियो तर अहिले चैं म्युजिक भिडिओमा मात्र छौं । मुभीको लागि चै हामीले त्यसरी सोचेका छैनौ ।’

    उनीहरुले सुरुमा टीकटक मनोरञ्जनको लागिमात्र चलाए । तर, लोकप्रियता हासिल गर्दै जान थालेपछि भने उनीहरुले सांगीतिक क्षेत्रमा पाइला अघि बढाएका हुन् । उनीहरुले पछिल्लो समय हिट सांगीतिक भिडिओहरुमा आफूलाई प्रस्तुत गरेका छन् । कतिपय व्यवसायिक ब्रान्डको प्रचारप्रसार पनि उनीहरुले गर्ने गरेका छन् । पछिल्लो समय मनोरञ्जनसँगै ब्रान्ड प्रवद्र्धनमा पनि जुम्ल्याहा दिदीबहिनी लागिपरेका छन् ।

    एयरहोस्टेस बन्ने योजना

    टीकटकमा हिट भएपछि अहिले उनीहरुलाई प्रेमदेखि विहेका प्रस्ताव प्रशस्तै आउने गरेका छन् । उनीहरुको प्रेम सम्बन्धबारे पनि मिडियामा चर्चा छाउने गरेको छ । प्रिज्मा र सिरियलका अभिनेता बलेबीच प्रेम रहेको र उनीहरु विहे गर्ने तयारी साथ अघि बढेको समेत चर्चा छ । उनीहरुले प्रेमलाई लुकाएका पनि छैनन् । मिडिया अन्तर्वार्तामा एकअर्काको नाम लिएर प्रशंसा समेत गर्ने गरेका छन् ।

    प्रिज्माले भनिन्– ‘जब हामी सांगीतिक क्षेत्रमा आयौ तब हामी मेन्टल्ली पिप्रेयर भएर आएका छौं । यो सधैभरी रहँदैन भनेर हामीले ब्याकअपको लागि अरु केही गर्ने योजना पनि बनाएका छौं । हाम्रो रहर चै पहिलादेखि नै एयरहोस्टेस गर्ने भन्ने थियो । सायद उता नै जान्छौं की तर अहिले सम्मको सोच चै एभिएसनमा नै जाने छ ।’

    नेपालमा प्रिज्मा र प्रिन्सीमात्र होइन टीकटकमा अरु थुप्रै ट्वीन्स दिदीबहिनी र दाजुभाई चर्चित छन् । यी मध्ये एक हुन् दीपा र दमान्ता । यो जुम्ल्याहा दिदीबहिनी पनि टीकटकमा हिट छ । उनीहरुले टीकटकमा अभिनय प्रस्तुत गरेर दर्शकको मन जितेका छन् । यो जोडीलाई २.८ मिलियनले फलो गरेका छन् भने ४९.५ मिलियनले लाईक गरेका छन् ।

    अन्य जुम्ल्याहा जो टीकटकमा हिट छन्

    दीपा र दमान्ता ।

    रियालिटी टिभी सो ‘डान्सिङ विथ द स्टार्स’मा समेत दीपा र दमान्ताको जोडीको डान्स हेर्न पाइन्छ । यो जोडीले रियालिटी सोमा डान्स गरेपछि अझ धेरै हिट भएका हुन् । उनीहरु पनि टीकटकमा निकै सक्रिय छन् ।

    धेरै फलोअर्स कमाएर हिट भएका टीकटककै अर्को जुम्ल्याहा जोडी हुन् इछिता र विछिता तिवारी । यी दुईजनालाई २३ लाखले फलो गरेका छन् भने १८.४ मिलियनले लाईक गरेका छन् । टीकटकमा उनीहरुको डान्स तथा अभिनयलाई हेर्न पाइन्छ । यो जोडी टीकटकबाट हिट भएपछि सांगीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुन थालेको छ ।

    अमर र अमृत दाहाल पनि टीकटकमा रुचाइएको जुम्ल्याहा दाजुभाई हुन् । ट्विन दिदीबहिनीसँगै दाजुभाई पनि हिट छन् । यी दुईले जुम्ल्याहा दिदीबहिनीसँग मिलेर भिडिओ पनि बनाउने गरेका छन् ।

    अमर र अमृतले टीकटकमा कमेडी भिडिओ, डान्स तथा छोटो भिडिओ बनाएर दर्शकको मन जितेका छन् । ८२८.७ के जनाले फलो गरेका छन् भने १८.५ मिलियनले लाईक गरेका छन् ।

    टीकटकबाट हिट भएपछि ट्वीन्स गर्ल्सहरुले म्यूजिक भिडिओमा पनि अभिनय गरेका छन् । उनीहरुले टीकटकमा मात्र नभई सांगीतिक क्षेत्रबाट पनि दर्शकहरुको मन जितेका छन् । उनीहरुले नायिकाहरुसँग पनि अभिनय गर्ने मौका पाएका छन् ।

    तन्नेरी पुस्तामाझ लोकप्रिय टीकटक एप मनोरञ्जन मात्र नभएर सूचना प्रवाहमा पनि उत्तिकै प्रयोगमा आउँछ । प्रधानमन्त्री ओलीले आफ्ना भाषणलाई टीकटकमा हाल्ने गरेका छन् । टीकटकमा नेताहरुको भाषणको दोहोरी निकै हिट हुने गरेको छ । यसै महीना सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीको चित्रण टीकटकमा प्रशष्त भएको थियो । नेपालमा हिट भएपनि टीकटकलाई भारत, अमेरिका लगायतका अन्य मुलुकले भने सूचनाको चुहावट हुन सक्ने भन्दै प्रतिबन्ध लगाएका छन् ।

  • टीकटकको गेम, गरिमाको आँसु, राष्ट्रिय टेलिभिजनको पत्रकारिता !

    टीकटकको गेम, गरिमाको आँसु, राष्ट्रिय टेलिभिजनको पत्रकारिता !

    काठमाडौंं । टीकटकबाट उदाएकी मोडल गरिमा शर्मा अहिले म्युजिक भिडियोमा ‘डिमान्डेड’ नाम हुन् । १९ वर्षकै उमेरमा कलाकारितामा जम्जमाउँदै अघि बढेकी उनलाई अहिले अचानक ठेस लागेको छ ।

    गायक दुर्गेश थापासँग एक साताअघि ‘टीकटक लाइभ’ मा आएपश्चात गरिमा ट्रोल हुन थालिन् । टीकटकको चरित्रअनुसार उनीहरुको संवादको बीचबाट भ्रम फैलने गरी १५ सेकेन्डका फुटेजहरु भाइरल बनाइएको थियो । विगतदेखि कयौं कन्ट्रोभर्सीमा परिसकेका र कन्ट्रोभर्सीमै रमाउने दुर्गेशलाई यो ठूलो कुरा थिएन । तर, भर्खरै कलाकारितामा उदाएकी टीनएजरलाई यसले निकै चोट पुर्‍यायो ।

    गरिमाले टीकटकबाटै स्पष्टीकरण दिइन् । दुर्गेशसँगको संंवाद वास्तविक नभएर एउटा ‘गेम’ अन्तर्गत गरेको अभिनय मात्रै भएको भनेर प्रष्ट्याउन खोजिन् । तर, कलाकारहरुको ‘कन्ट्रोभर्सी’ हेर्न, पढ्न र सुन्नमा आनन्द लिने दर्शक स्पष्टीकरणमा खासै ‘इन्जोए’ गर्दैनन् । त्यसैले दुर्गेश र गरिमाको अभिनयलाई धेरैले वास्तविक नै ठानिरहे ।

    हुँदाहुँदा एउटा राष्ट्रिय टेलिभिजनमा समेत यो नाटकीय संंवादका आधारमा समाचार बनाएर प्रशारण गरियो । ‘भाइरल रंगपत्रकार’ प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा प्रशारण हुने आफ्नो कार्यक्रम रजतपट, जुन पछिल्लो समय विवादको पर्याय बन्दै आएको छ, मा दुई दिनअघि गरिमाको चरित्रहत्या हुनेगरी ‘फेक रिपोर्ट’ प्रशारण गरेका थिए । उक्त कार्यक्रममा विवाहित दुर्गेशसँग गरिमा अफेयरमा रहेको भन्दै आलोचना गरिएको छ । गरिमालाई ईंगित गरेर आफ्नो प्रकाशले आफ्नो टे«डमार्क डायलग बोलेका थिए, ‘विनाशकाले विपरित बुद्धि ।’

    अभिनयमा बोलेका कुरालाई वास्तविक मानेर रजतपटले समाचार बनाउनु हाँस्यास्पद मात्रै होइन, आपत्तिजनकसमेत थियो । पत्रकारिताको मूल्य-मान्यता यसमा नराम्ररी खण्डित भएको छ । तर, अहिलेसम्म न प्रस्तोताले गल्ती महसुस गरेका छन्, न टेलिभिजनले कुनै प्रष्टीकरण दिनु आवश्यक ठानेको छ ।

    टीकटक अहिले प्रयोगकर्ताहरुका लागि मनोरञ्जनको मात्र नभएर आम्दानीको स्रोत पनि बन्न थालेको छ । धेरै फलोअर्स भएका प्रयोगकर्ताहरु लाइभमा आएर कुरा गर्दा त्यसबाट डलर ‘जेनरेट’ हुन्छ । कसरी त ? एक हजारभन्दा बढी फलोअर्स भएका प्रयोगकर्तालाई लाइभ आउने सुविधा टीकटकले दिएको छ । र, उनीहरुले आफ्ना फ्यानहरुबाट लाइभ भिडियोका क्रममा भर्चुअल उपहारहरु स्वीकार गर्न सक्छन् ।

    गरिमाको भनाइअनुसार प्रकाशले अञ्जानमा वा भुलवश त्यो रिपोर्ट बनाएका होइनन् । विवादित रिपोर्ट प्रशारण गर्नुअघि प्रकाशले गरिमालाई यस विषयमा सोधेका थिए । आफूले सबै यथार्थ बताउँदा बताउँदै पनि झूटो रिपोर्ट प्रशारण गरिएको गरिमा बताउँछिन् । रिपाेर्ट बजाइसकेपछि गरिमाले गुनासो गर्दा प्रकाशले टेलिभिजनमा अन्तरवार्ता दिन बोलाएका थिए ।

    प्रकाश सुबेदीले चलाउने रजतपट बारम्बार विवादमा पर्दै आएको छ । एकपछि अर्को कलाकारलाई विभिन्न विवादमा तानेर नेपालको कलाकारिता क्षेत्रलाई नै धमिल्याउने काम गर्दै आएको आरोप सुबेदीमाथि लाग्ने गरेको छ । यसअघि नायिका शिल्पा पोखरेलको चरित्रहत्या गर्ने किसिमले सामग्री बनाएको भन्दै एपीवान टेलिभिजनले उनको कार्यक्रम केही समय सस्पेन्ड नै गरिदिएको थियो । एउटा एपिसोडमा कुनै कलाकारमाथि कन्ट्रोभर्सी सिर्जना गर्ने र अर्कोमा त्यही कलाकारको अन्तर्वार्ता बजाएर भ्युज क्रिएट गर्ने रणनीति उनले अपनाउँदै आएका छन् ।

    टीकटक गेमले जन्माएको विवाद

    दुर्गेश र गरिमाले टीकटकमा गरेको कुराकानी कति आपत्तिजनक थियो वा थिएन भन्ने विश्लेषणअघि ‘टीकटक गेम’का विषयमा जान्नु उचित हुन्छ ।

    टीकटक अहिले प्रयोगकर्ताहरुका लागि मनोरञ्जनको मात्र नभएर आम्दानीको स्रोत पनि बन्न थालेको छ । धेरै फलोअर्स भएका प्रयोगकर्ताहरु लाइभमा आएर कुरा गर्दा त्यसबाट डलर ‘जेनरेट’ हुन्छ । कसरी त ?

    एक हजारभन्दा बढी फलोअर्स भएका प्रयोगकर्तालाई लाइभ आउने सुविधा टीकटकले दिएको छ । र, उनीहरुले आफ्ना फ्यानहरुबाट लाइभ भिडियोका क्रममा भर्चुअल उपहारहरु स्वीकार गर्न सक्छन् । भर्चुअल गिफ्ट भनेका खासमा आइकनहरु हुन्, जुन पान्डादेखि ड्रामा क्वीनसम्म अनेक हुन्छन् । यी प्रत्येक गिफ्टहरुले फरक डलरको प्रतिनिधित्व गर्छन् ।

    ९/१० दिनअघि दुर्गेश टीकटकमा लाइभ आए र गरिमालाई पनि निम्त्याए । लाइभ कुराकानीका क्रममा उनीहरुले एउटा गेम खेले । अनि, गेम हारेको भन्दै गरिमालाई दुर्गेशले ‘पनिसमेन्ट’ का रुपमा एउटा ‘डेयर’ दिए । भर्खरै ब्रेकअप भएको ब्वाइफ्रेन्डलाई गरिमाले तथानाम गाली गर्नुपर्ने उनको डेयर थियो ।

    जब तपाईंले आफ्ना गिफ्टहरु संकलन गरिसक्नुहुन्छ, संकलित भर्चुअल आइकनहरुलाई भर्चुअल हीराका रुपमा ट्रेड गरेर फेरि त्यसलाई पे-पल वा अन्य कुनै सुरक्षित भुक्तानी प्रणालीमार्फत वास्तविक डलरका रुपमा साट्न सकिन्छ ।

    यसप्रकार, अहिले नेपालमा पनि धेरै टीकटक युजरहरुले लामो समय लाइभमा बसेर डलर कमाइरहेका छन् । हालै एक टीकटकरले आफूले हालै एक वर्षमा १ करोड रुपैयाँ आम्दानी गरेको दावी गरेका थिए ।

    लाइभमा बसेर धेरै उपहार प्राप्त गर्नका लागि धेरै फलोअर्सलाई ईंगेज राख्नुपर्छ । यसका लागि विभिन्न रमाइला गेम खेल्ने गरिन्छ । अनि, दर्शक भुलाउने नाममा कहिलेकाहीँ उट्पट्याङ र स्तरहिन कुराहरु पनि गर्न पछि पर्दैनन् । दुर्गेश र गरिमाको हकमा पनि त्यही भएको हो ।

    दुर्गेशको तुच्छ गाली

    ९/१० दिनअघि दुर्गेश टीकटकमा लाइभ आए र गरिमालाई पनि निम्त्याए । लाइभ कुराकानीका क्रममा उनीहरुले एउटा गेम खेले । अनि, गेम हारेको भन्दै गरिमालाई दुर्गेशले ‘पनिसमेन्ट’ का रुपमा एउटा ‘डेयर’ दिए । भर्खरै ब्रेकअप भएको ब्वाइफ्रेन्डलाई गरिमाले तथानाम गाली गर्नुपर्ने उनको डेयर थियो ।

    ‘तपाईंको एक्स व्वाइफ्रेन्डलाई यस्तो गाली दिनुस कि, भए पनि नभए पनि, खत्रा गाली दिनुपर्‍यो,’ उनले गरिमालाई भने ।

    सुरुमा गरिमाले हाँस्दै आफूसँग अनुभव नभएको बताउँछिन् । उनी यो पनि भन्छिन्, ‘मलाई त रिसाउनै आउँदैन, रुन मात्रै आउँछ ।’

    दुर्गेशले जोड गर्छन्, ‘त्यस्तो कहाँ हुन्छ, मैले जे देको छु त्यो त गर्नुप¥यो नि ।’

    त्यसपछि दुर्गेशले आफूलाई नै एक्स-ब्वाइफ्रेन्ड सोचेर गाली गर्न भन्छन् ।

    ‘झुक्केर हाम्रो भेट भयो रे, मलाई नै सोच एकछिन्,’ उनी भन्छन् ।

    अन्ततः गरिमा तयार हुन्छिन् । अहिलेसम्म दुर्गेशलाई दाई भनिरहेकी गरिमा अब ‘पूर्वप्रेमी’ का रुपमा सोचेर तिमी भन्न थाल्छिन् । दुर्गेश चाहिँ ठाडै ‘तँ’ भन्छन् र तुच्छ शब्दहरु प्रयोग गर्छन् । उनीहरुको संवादको भाषा यस्तो छ :

    त्यसदिन मलाई दुर्गेश थापा दाइले लाइभमा निम्त्याउनु भएको थियो । हामीले टीकटकमा गेम खेलेका थियौं । गेममा दुईपटक हारेपछि पनिसमेन्ट खानुपर्छ । मैले दुईपटक हारेपछि दुर्गेश दाईले पनिसमेन्टको रुपमा पूर्वप्रेमीसँग झगडा गरेको अभिनय गर्ने ‘डेयर’ दिनुभएको थियो ।

    गरिमाः सन्चै छौ ?

    दुर्गेश : के खान बोल्न आको तँ ? म सञ्चो भए पनि बिसञ्चो भए पनि तँलाई के मतलब ?

    गरिमाः केही छैन । आखिर छोडेर गइहाल्यौ क्यारे । कस्ती छ त तिम्री मायालू ? माया गर्छे ?

    दुर्गेशः के सोच्छेस आफूले आफूलाई ? संसारमा मभन्दा राम्री कोही छैन जस्तो लाग्छ तँलाई ? मलाई तँजस्तो रुपको राम्री होइन मनको राम्री चाहिएको हो । तँमा यति घमण्ड छ नि, तँजस्ती घमण्डीलाई कसले लैजादो रहेछ हेर्छु ।

    गरिमाः म घमण्डी भएर तिमीजस्तो मान्छेसँग छुट्नुपरो, त्यसमा मलाई एकदम खुशी छ हेर दुर्गेश । तिमीसँग बसेको भए मेरो जिन्दगी बर्बाद हुन्थ्यो ।

    दुर्गेश : मसँग छुट्टिसकेपछि (कतिपयले यसलाई ‘सुतिसकेपछि’ भनेर बुझेका छन्) तेरो ६ जनासँग छुट्टिसक्यो, मैले देखिराछु । तेरो टोलको भाइ मेरो साथी हो । कहिले कोसँग चलिराको छ, कहिले कोसँग चलिराको छ । कति दिन यसरी हिँड्छेस तँ ? हेर्, भविष्य लामो छ । जिन्दगी लामो छ । जिन्दगी काट्नुछ भने एउटा मात्रै अंगाल् । अरुको जिन्दगीमाथि खेलवाड गर्दै दाईं हाल्दै नहिँड् ।

    गरिमाः खुब जिन्दगी बुझेजस्तो गरेउ त

    दुर्गेशः जिन्दगी बुझेर त आज खुशी छु ।

    बाहिर आएको संवाद लगभग यही नै हो । यसलाई विभिन्न क्लिप बनाएर टीकटकमा छरपष्ट पारिएको थियो । योभन्दा अघिको पृष्ठभूमि चाहिँ धेरैलाई थाहै थिएन ।

    गरिमाका पीडाः नारीलाई गाह्रो रहेछ यहाँ ।

    सानैदेखि नायिका बन्ने धोको पालेकी गरिमा कलाकारितामा आएको भने धेरै भएको छैन । दुई वर्षअघि उनले पहिलो म्युजिक भिडियो खेलेकी थिइन्, १७ वर्षको उमेरमा । त्यो त्यति चलेन ।

    त्यसपछि उनले टीकटबाट आफ्नो पहिचान बनाइन् । टीकटकमा फलोअर्स कमाएसँगै उनको म्युजिक भिडियोमा खोजी भयो । एक वर्षअघि ‘भुरभुर पुतली’ बोलको गीतबाट उनले म्युजिक भिडियोमा रि–इन्ट्री गरिन् । ‘नबोली… नबोली…’ गीतले उनलाई व्यापक चर्चामा ल्यायो । त्यसयता उनले खाली हात बस्नुपरेको छैन । एक वर्षभित्रै उनले ६० को हाराहारीमा म्युजिक भिडियो खेलिसकेकी छन् ।

    करिअरसँगै पढाइ पनि अगाडि बढाइरहेकी गरिमा अहिले स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् । उनी सानैदखि पब्लिक स्पिकरको रुपमा पनि सक्रिय छिन् भने आरजेका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

    लोभलाग्दो करिअर बनाइरहेकी गरिमालाई यो प्रकरणले मानसिकरुपमा धक्का दिएको छ । लाइभ भिडियोपछिको ट्रोल र एपीवान टेलिभिजनको समाचारले निकै तनावमा परेकी छन् उनी । कतिपयले दर्शकले पनि आफूलाई नै दोष दिएकोमा उनको चित्तदुखाइ छ ।

    पंक्तिकारसँगको टेलिफोन कुराकानीमा उनले आफ्नो पीडा यसरी व्यक्त गरिन् :

    बुझ्ने भएदेखि नै हिरोइन बन्ने सपना पालेकी थिएँ । त्यही सपना पछ्याउँदै दुई वर्षअघि म्युजिक भिडियोमा आएँ । टीकटकले मलाई प्लेटफर्म दियो । छोटो समयमै मैले दर्शकहरुको अपार माया पाएँ । यद्यपि, म सिक्ने क्रममै छु अहिले पनि ।

    कलाकारिता क्षेत्रको बारेमा अझै पनि समाजमा राम्रो दृष्टिकोण छैन । म चाहिँ हामीले नै परिवर्तन ल्याउने हो भन्ठान्थेँ । राम्रो मान्छेहरु कलाकारितामा आएपछि यो क्षेत्र स्वतः सुन्दर हुन्छ भन्ने सोच राख्थे । तर, मैले सोचेभन्दा एकदमै गाह्रो रहेछ परिवर्तन ल्याउने कुरा ।

    मलाई टीकटकले नै चिनाएको हो । टीकटकमार्फत अडियन्सहरुसँग अन्तरक्रिया गर्न मन पर्छ । उहाँहरुले दिने फिडब्याकले मन फुरुंग हुनछ । त्यसैले लाइभमा आउने गर्छु ।

    त्यसदिन मलाई दुर्गेश थापा दाइले लाइभमा निम्त्याउनु भएको थियो । हामीले टीकटकमा गेम खेलेका थियौं । गेममा दुईपटक हारेपछि पनिसमेन्ट खानुपर्छ । मैले दुईपटक हारेपछि दुर्गेश दाईले पनिसमेन्टको रुपमा पूर्वप्रेमीसँग झगडा गरेको अभिनय गर्ने ‘डेयर’ दिनुभएको थियो ।

    मैले त्यसबेला कुनै अन्यथा सोचिनँ । हामी अभिनयमै रमाउनेहरुका लागि त्यो गलत कुरा हो जस्तो लागेको थिएन । आखिर टीकटक पनि अभिनय देखाउने प्लेटफर्म न त हो ।

    हो, हामीबाट केही गल्ती भयो होला । अभिनयमै भए पनि सायद त्यस्तो कुरा गर्नु हुँदैनथ्यो । त्यसमा मेरो कमजोरी भएको स्वीकार्छु । यो मेरोलागि एउटा शिक्षा पनि भएको छ । तर, हामीले गरेको अभिनयलाई कुनै राष्ट्रिय टेलिभिजनले समाचार बनाएर प्रशारण गर्न मिल्छ त ? यसो गर्दा पत्रकारिताको धर्म निर्वाह हुन्छ त ?

    त्यो कार्यक्रम प्रशारण गर्नुअघि प्रकाश सुबेदी दाइले मलाई फोन गरेर सोध्नुभएको थियो । मैले यस्तो–यस्तो हो भनेर सबै प्रष्ट्याएकी थिएँ । उहाँले चाहिँ दुर्गेशविरुद्ध तिमी मानहानीमा जानुपर्छ भनेर उक्साउनुभएको हो । तर, मैले ‘यो ठूलो कुरा होइन दाई अभिनय मात्रै हो’ भनेर पन्छाएकी थिएँ । उहाँले टेलिभिजनमा आएर यस विषयमा इन्टरभ्यू दिन ‘रिक्वेस्ट’ गर्नुभएको थियो । तर, मैले यति सानो कुरालाई थप के चर्काइरहनु भनेर मानिनँ । मैले इन्टरभ्यू नदिएकै सायद उहाँले प्रतिशोध लिन खोज्नुभएको होला ।

    यस्तो सामग्री टेलिभिजनमा प्रशारण भएपछि म अचम्ममा परेकी छु । यो सरासर पित पत्रकारिता हो । फेक न्यूजको सहारामा प्रकाश दाइले मेरो चरित्रहत्या गर्न खोज्नुभयो । एउटा फक्रन लागेको फुललाई निमोठ्न खोज्नुभयो । यसले उहाँलाई कस्तो आत्मसन्तुष्टि मिल्दो हो ? आफ्नो पेट पाल्नकै लागि गरिमा पन्तलाई बदनाम गर्नुपर्ने वाध्यता त उहाँको पक्कै होइन ।

    यो घटनालाई मलाई आहत् तुल्याएको छ । कलाकारितामा केही गर्छु भनेर आएकी हुँ । तर, कतै मैले गलत बाटो त रोजिनँ भन्ने भावतरंगहरु आइरहेका छन् मनमा । त्यसमाथि यस्तो बेला हौसला दिनेभन्दा खुट्टा तान्न खोज्नेहरु धेरै हुँदा रहेछन् ।

    यथार्थ बाहिर आइसक्दा पनि पत्रकार सुवेदी भने आफूले बजाएको रिपोर्ट सही भएको बताइरहेका छन् । दुर्गेशसँगको कुराकानी विवादित भएपछि उनीहरुले अर्को भिडियो बनाएर कुरा मिलाउन खोजेको अपत्यारिलो दावी सुबेदीले गरे ।

    हामी २१ औं शताब्दीका कुरा गर्छौंं । नारी–पुरुष समानताका कुरा गर्छौं । तर, नारीलाई असाध्यै गाह्रो छ, जुनसुकै फिल्डमा । कलाकारितामा त झन् । जहाँ पनि महिलामाथि नै औंला उठाइन्छ । महिलाको चरित्रमाथि दाग लगाउन खोजिन्छ । त्यही प्रवृत्तिको शिकार भएको छु म ।

    यद्यपि, ढिलो-चाँडो सबैले यथार्थ बुझ्नु हुनेछ भनेर मन दह्रो पारेर बसेकी छु । परिवारको सपोर्टले मलाई सहज भएको छ । कानूनी प्रक्रियामा जाने पनि सोच्दैछु । तर एक्लै लड्न गाह्रो होला । कलाकारिताका संस्थाहरुसँग अहिलेसम्म जोडिएका छैन । सबैको सल्लाहमा आगामी कदम चाल्नेछु । जसरी पनि म आफ्नो सत्यता प्रमाणित गरिछाड्छु ।

    प्रकाश सुबेदी भन्छन्ः मेरो रिपोर्ट सही छ

    यथार्थ बाहिर आइसक्दा पनि पत्रकार सुवेदी भने आफूले बजाएको रिपोर्ट सही भएको बताइरहेका छन् । दुर्गेशसँगको कुराकानी विवादित भएपछि उनीहरुले अर्को भिडियो बनाएर कुरा मिलाउन खोजेको अपत्यारिलो दावी सुबेदीले गरे ।

    पंक्तिकारसँग उनले प्रश्न गरे, ‘युट्यूवमा छरपष्ट भइसकेको भिडियो क्लीप मैले पनि बजाएको हो, त्यसमा मेरो के गल्ती भयो ?’

    युट्यूवमा आयो भन्दैमा राष्ट्रिय टेलिभिजनमा समाचार बनाउन मिल्छ त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अहिले टेलिभिजन कसले हेर्छ र ? हाम्रो कार्यक्रम पनि दर्शकले हेर्ने युट्यूवमै हो ।’

    उनले गरिमासँग आफ्नो फोनमा कुराकानी भएको र गरिमाले आफूलाई त्यो अभिनय हो भनेर नभनेको पनि जिकिर गरेका छन् । यद्यपी, त्यसको प्रमाण भने आफूसँग नभएको उनको भनाइ छ ।

  • ‘मुलाको साग’सहित १२ कलाकार कांग्रेस प्रवेश, पार्टीमा भित्राउँदै देउवाले गरे कलाकारको प्रशंसा

    ‘मुलाको साग’सहित १२ कलाकार कांग्रेस प्रवेश, पार्टीमा भित्राउँदै देउवाले गरे कलाकारको प्रशंसा

    काठमाडौं । मुलाको सागले चर्चित अभिनेता सुरेन्द्र केसीसहित १२ जनाभन्दा बढी कलाकार तथा संस्कृतिकर्मी आज कांग्रेस प्रवेश गरेका छन् ।

    उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराए । सभापति देउवाले पार्टी सदस्यताको टिकट समेत कलाकारलाई दिएका थिए ।

    हाँस्यकलाकार महादेव त्रिपाठी पनि सोही अवसरमा कांग्रेस प्रवेश गरेका छन् । कलाकारलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको चर्चा गरे ।

    देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा कलाकारलाई पार्टी प्रवेश गराइएको हो । कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसीले उक्त अवसरमा संस्कृति जोगाउन संघले भूमिका खेलिरहेको बताइन् ।

  • महामारीले चम्किएन कान्सको बजार,  तर रेडकार्पेटमा चम्किए सेलेव्रिटी (तस्विरहरु)

    महामारीले चम्किएन कान्सको बजार, तर रेडकार्पेटमा चम्किए सेलेव्रिटी (तस्विरहरु)

    पेरिस । कोरोनाभाइरस महामारी बीचमा पनि अहिले फ्रान्सेली सहर रिभेरियामा विश्वकै ठूलो फिल्म फेस्टिभल चलिरहेको छ । विश्व फिल्मका स्टारहरु रेडकार्पेट नापिरहेका छन् ।

    एडम ड्राइभर, म्याट डेमोन, स्पाइक लीसहित विश्व फिल्मका हु इज हुहरु रेडकार्पेटमा देखिएका छन् । गतवर्ष भाइरस महामारीले रोकिएको कान्स यसपटक भने भौतिकरुपमै सुचारु भएको हो ।

    स्टारहरु मास्कबिनै रेडकार्पेटमा प्रस्तुत भएका छन् । लियोस क्राक्स निर्देशित ‘एनट्टे’ प्रिमियरसँगै सुरु भएको कान्समा यसपटक विगतजस्तो व्यवसायिक चहलपहल नदेखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    कान्सको फिल्म बजारमा यसपटक फिल्महरुको राइट विक्री र संयुक्त लगानी कम देखिएको हलिउड रिपोर्टरले जनाएको छ । यसले स्वतन्त्र फिल्महरुको भविष्यमा चुनौति सिर्जना भएको उक्त म्यागजिनले जनाएको छ ।

    व्यवसायिक अनिश्चिताको कारण यसपटक कान्सको व्यापार सुस्ताएको छ । मुख्यतः फिल्मका लगानीकर्ताहरु तत्काल सिनेमा घरमा दर्शक फर्कने कुरामा ढुक्क हुन सकेका छैनन् । यद्यपी, महामारीले थलिएको फिल्मलाई लयमा फर्काउन फेस्टिभलको भूमिका महत्वपूर्ण हुने आशा कान्सले लिएको छ । जुलाई १७ सम्म यसपटक कान्स फेस्टिभल संचालन हुनेछ ।

  • डिभोर्स लगत्तै लद्दाख पुगे आमिर र किरण, ‘लालसिंह चड्डा’को छायांकन सुरु

    डिभोर्स लगत्तै लद्दाख पुगे आमिर र किरण, ‘लालसिंह चड्डा’को छायांकन सुरु

    मुम्बई । गतसाता बलिउडमा हाइप्रोफाइल डिभोर्स भयो । आमिर खान र किरण रावले १५ वर्षको वैवाहिक सम्बन्धलाई अन्त्य गरे । निजी सम्बन्धको अन्त्य भएपनि व्यवसायिक सम्बन्ध भने उनीहरुको निरन्तर हुने देखिएको छ ।

    जस्तो, डिभोर्स लगत्तै उनीहरु फिल्म लालसिंह चड्डा छायांकनका लागि लद्दाख पुगेका छन् । सार्वजनिक भएको एक तस्विरमा उनीहरुलाई सँगै देख्न सकिन्छ ।

    उक्त फिल्मबाट बलिउडमा डेब्यु गर्न लागेका अभिनेता नागार्जुन अक्किनेनीले आमिर र किरणसहितको तस्विर सेयर गरेका छन् । डिभोर्सपछि उनीहरुको यो पहिलो तस्विर हो जहाँ उनीहरु प्रफुल्ल मुद्रामा देखिएका छन् ।

    डिभोर्स वक्तव्यमा आमिर र किरणले निजी सम्बन्ध टुंगिएपनि पानी फाउन्डेसनमा मिलेर काम गर्ने जनाएका थिए । फिल्म लालसिंह चड्डाको छायांकन लद्दाखमा सुरु भएको छ । यसअघि आमिर स्टारर ‘थ्री इडियट्स’ छायांकन पनि त्यहीँ भएको थियो ।

  • यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत (सूचीसहित)

    यी हुन् पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत (सूचीसहित)

    काठमाडौं । पछिल्लो साता भिडियो साझेदारी साइट युट्युवमा ‘माया बिरानी २’ सर्वाधिक पटक हेरिएको नेपाली गीत बनेको छ । महेश काफ्ले र मेलिना राईद्वारा स्वरबद्ध गीत शीर्षस्थानमा छ ।

    उक्त गीतलाई पछिल्लो सात दिनमा मात्र १६ लाख ४ हजार पटक हेरिएको छ । गतसाता पनि यो गीत शीर्षस्थानमा थियो ।

    अस्मिता अधिकारीद्वारा स्वरबद्ध ‘को होला त्यो’को फिमेल भर्सन पछिल्लो साता दोस्रो स्थानमा छ । यो गीतलाई सात दिनमा १ लाख ४६ हजार ९६७ जनाले हेरेका छन् ।

    सुनिता थेगिमद्वारा स्वरबद्ध ‘आँखामा आउने’ बोलेको फिमेल भर्सन गीत यो साता तेस्रो स्थानमा छ । यो गीतलाई ८ लाख ८४४ जनाले हेरेका छन् । रुटिन अफ नेपाल बन्दले यो सूची तयार पारेको हो ।

    हेर्नूस साताको भ्यूज सूची :

    १) माया बिरानी २ (महेश काफ्ले र मेलिना राई) : (१६ लाख ४ हजार २१ भ्यूज)

    २) को होला त्यो (अस्मिता अधिकारी) : १० लाख ४६ हजार ९६७ भ्यूज

    ३) आँखामा आउने (सुनिता थेगिम) : ८ लाख ८४४ भ्यूज

    ४) फूल बुट्टे फिमेल भर्सन (मिलन नेवार) : ७ लाख ४१ हजार २२१ भ्यूज

    ५) धादिङ गजुरी (विराज र मिलन गन्धर्व) : ७ लाख १३ हजार ४२५ भ्यूज

    ६) लाउरे ल है (लाउरे) : ६ लाख ७२ हजार ८९२ भ्यूज

    ७) टाढा भएपनि फिमेल (अस्मिता अधिकारी) : ६ लाख ६२ हजार २१८ भ्यूज

    ८) धेरैपछि बल्ल आज (एचबीएन किस्मत र जमुना सनम) : ५ लाख ९८ हजार ८५४ भ्यूज

    ९) चौका दाउ (शान्तिश्री परियार र बाबुकृष्ण परियार) : ५ लाख ३७ हजार ३९५ भ्यूज

    १०) फिक्का फिक्का (कमल खत्री र मेलिना मैनाली ) : ५ लाख ३० हजार ४२५ भ्यूज

  • महामारीपछि मार्भलको पहिलो फिल्म रिलिज, सुपरहिरोइन ‘ब्ल्याक विडो’ हलमा

    महामारीपछि मार्भलको पहिलो फिल्म रिलिज, सुपरहिरोइन ‘ब्ल्याक विडो’ हलमा

    न्यूयोर्क । कोरोनाभाइरस महामारीपछि पहिलोपटक हलिउड स्टुडियो मार्भलले आफ्नो पहिलो फिल्म रिलिज गरेको छ । दुईवर्षअघि बक्सअफिसमा पैसा छाप्ने मार्भलले महामारीको कारण कुनैपनि फिल्म रिलिज गर्न सकेको थिएन ।

    केही समयको ब्रेकपछि मार्भलले यो शुक्रबार उत्तर अमेरिकामा सुपरहिरोइन फिल्म ब्ल्याक विडो प्रदर्शनमा ल्याएको छ । के मार्भलले महामारी अगाडिजस्तै बक्सअफिस सफलता प्राप्त गर्नेछ भनेर हलिउडले चासोपूर्वक हेरिरहेको छ ।

    ‘निकै व्यग्रताको साथ फिल्म रिलिज हुँदैछ । सिंगो हलिउडकै लागि यो एउटा महत्वपूर्ण क्षण हो’ पप-कल्चरका विज्ञ केन्डल फिल्पसले भने, ‘मुख्य प्रश्न- के मार्भलले पुनः सफलता हासिल गर्न सक्ला ?’

    स्कारलेट जोहान्सन स्टारर फिल्ममा उनलाई रुसी जासुसबाट सुपरहिरो नतासा रोमनअफमा रुपान्तरित एक पात्रको भूमिकामा देख्न सकिन्छ । सन् २०२३ सम्म मार्भलले १२ वटा फिल्मको पाइपलाइन घोषणा गरेको जसअन्तर्गत पहिलो रिलिज ब्ल्याक विडो हो ।

    मार्भल यस्तो परिस्थितीमा सिनेमा घरमा पुनरागमन गरेको जतिबेला फिल्म हेर्ने दर्शकको भोक अनिश्चित बनेको छ ।

  • रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    रजतपटले चरित्रहत्या गरेको भन्दै गरिमा शर्मा रुँदै आइन् लाइभ !

    काठमाडौं । उदयीमान मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आइन् । लाइभमा यी दुईबीच भएको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल बनाइयो ।

    भाइरल भएको क्लीपमा दुर्गेश र गरिमाको संवाद सुन्दा उनीहरुबीचको लामो प्रेम सम्वन्ध भर्खरै टुटेको छनक मिल्छ । यसले धेरै दर्शकलाई आश्चर्यमा पारिरहेको थियो, किनकी दुर्गेश एक विवाहित पुरुष हुन् । उनीहरु प्रेम सम्वन्धमा रहेको चर्चा कहिल्यै थिएन ।

    यसैबीच घटनाले नयाँ मोड लियो, जब विवादास्पद टेलिभिजन कार्यक्रम रजतपटले यो भिडियो क्लीपलाई ‘समाचार’ नै बनाइदियो । उक्त संवादको वास्तविकता नखोजिकन विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना लगाएको छ । कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीले ‘बिनाशकाले विपरित बुद्धि’ भनेर टिप्पणीसमेत गरेका छन् ।

    रजतपट कार्यक्रममा यसरी ‘रिपोर्ट’ प्रकाशित भएपछि गरिमा आक्रोशित बनेकी छन् । भ्रामक समाचार प्रशारण गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै उनी हिजो राति टिकटकमा रुँदै लाइभ आइन् । उनले रजतपट कार्यक्रम र प्रस्तोताविरुद्ध कानूनी कारवाहीमा जाने चेतावनी पनि दिएकी छन् ।

    भएको के हो ?

    दुर्गेश र गरिमाले टीकटक लाइभमा आएर उरन्ठेउलो हर्कत गरेका थिए । दुर्गेशले आफूहरु भर्खरै ब्रेकअप भएका प्रेमीप्रेमीकाको रुपमा अभिनय गर्ने प्रस्ताव गरिमालाई राखे र गरिमाले पनि स्वीकारिन् । अभिनयका नाममा दुर्गेशले गरिमालाई तथानाम गाली गरेका थिए । टिकटकबाटै उदाएकी गरिमाले यो फुटेज टीकटकमा सजिलै दुरुपयोग हुन सक्छ भन्ने हेक्का गरिनन् ।

    नभन्दै अगाडिको पृष्ठभूमि हटाएर उनीहरुले ‘एक्स लभर्स’ का रुपमा गरेको संवादको फुटेज टिकटकमा भाइरल भयो । यही फुटेज हेरेर प्रकाश सुबेदीले रिपोर्ट बनाए । टिकटकमा आएको १५ सेकेन्डको भिडियोलाई मात्रै आधार बनाएर यसरी राष्ट्रिय टेलिभिजनमा समाचार प्रशारण गर्नु हास्यास्पद मात्र नभइ आपत्तिजनक समेत थियो ।

    विगतमा पनि पटक–पटक नायिकाहरुको चरित्रहत्या गरेको आरोप प्रकाश सुबेदीले खेप्दै आएका थिए । केही समयअघि मात्रै नायिका शिल्पा पोखरेलको चरित्रहत्या गरेको आरोपमा एपीवान टेलिभिजनले उनको कार्यक्रमलाई निलम्बन गरिदिएको थियो । तर, अझै पनि उनले सुध्रिने संकेत देखाएका छैनन् ।

    गरिमाले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले सत्यतत्य जानकारी गराउँदा गराउँदै पनि बदनियतपूर्वक समाचार बजाइएको गुनासो गरेकी छन् । न्यायका निम्ति सम्वन्धित निकायसँग पुग्न बाध्य भएको भन्दै उनले दर्शकलाई भ्रममा नपर्न अनुरोध गरेकी छन् ।

    तर यो घटनामा दर्शकले दुर्गेश र गरिमामाथि पनि गाली वर्षाइरहेका छन् । टिकटक लाइभमा आएर रमाइलो गर्ने नाममा उछृंखल क्रियाकलाप गर्दा उनीहरु आफैं फस्न पुगेको कतिपयको टिप्पणी छ ।

    उनीहरुको गल्ति आफ्नो ठाउँमा होला । तर, कुनै आधिकारिकता बिनाको भ्रामक रिपोर्ट प्रशारण गर्दा ‘चिप्ल्याउने अंकल’ का रुपमा चिनिएका प्रकाश सुबेदी फेरि एकपटक आफैं चिप्लिएका छन् ।

    @garimasharma_official

    THANK YOU EVERYONE FOR THIS BEAUTIFUL GIFT 😊 विशेष tHANK YOU AP1 TV , I OWE YOU FOR THIS EPISODE 🙏 ##JUSTICENEEDED

    ♬ original sound – गरिमा

  • एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

    एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

    काठमाडौं । प्रहरीले नायिका जेनी कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर प्रहरी निरिक्षक केशर न्यौपानेले नेपाल प्रेसलाइ जानकारी दिए ।

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

    काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनलाई नजिकबाट जान्नेहरु उनी पछिल्लो समय मानसिक समस्याबाट संघर्ष गरिरहेको बताउँछन् ।

    १८ वर्षदेखि जेनीकी साथी रहेकी फिल्म निर्देशक सुचित्रा श्रेष्ठले दुई साताअघि जेनीलाई भेट्दा उनी डराएको जस्तो महसुस गर्ने मनस्थितीमा थिइन् । ‘कसैले वाच गरेजस्तो गर्ने, डराएको जस्तो गर्ने, एक किसिमको डिप्रेसन मैले उसमा पाएको थिएँ’ सुचित्रा भन्छिन्, ‘तर, ऊ यस्तो निर्णय गर्ने मान्छे चाहिँ होइन । समस्यालाई पुरा गरेर अघि बढ्ने कुरा उसले मलाई गरेकी थिइन ।’

    फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजना बनाएको सुचित्रा सम्झिन्छिन् । उनीसँगको भेटमा जेनीले चाँडै एक वेब सिरिज बनाउने योजना बनाएको बताएकी थिइन् ।

    पशुपतिका सम्पदा संरक्षणको कुरा उठाउँदा जेनीलाई प्रहरीले हिरासतमा पनि राखेको थियो । तर, उनी चलचित्रकर्मीको रोहवरमा रिहा भइन् । यही विषयमा प्रहरीसँग पनि उनको लफडा परेको थियो । ‘उसको माग सहि थियो तर, शैली गलत । ऊ त्यतिबेला केही उग्र बनेकी थिइ’ सुचित्रा स्मरण गर्छिन् ।

    काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।

  • नायिका जेनी कुँवरले गरिन् आत्महत्या

    नायिका जेनी कुँवरले गरिन् आत्महत्या

    काठमाडौं । फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव साेही अपार्टमेन्टभित्र भेटिएको हो । प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको प्रहरीले जनाएको छ । 

    ‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुँवरले मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । लामो समय नयाँ दिल्लीमा बिताएकी जेनी त्त्यसयता नेपाली फिल्ममा व्यस्त थिइन् । उनको पछिल्लो फिल्म हलचल थियो ।

    पछिल्लो समय साधुको अवतारमा रहेकी उनी आफ्नो अधिकांश समय पशुपति मन्दिर परिसरमा बिताउँथिन् । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर उनी युट्यूवमा भाइरल भएकी थिइन् । 

    आत्महत्याको कारण डिप्रेसन : प्रहरी

    प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको प्रहरी निरिक्षक न्यौपानेले जानकारी दिए ।

    घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

    प्रहरीले शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउनेभएको छ ।

  • कोरोना निको भएपछि दीप श्रेष्ठ भ्वाइस अफ नेपालको छायांकन सेटमा फर्किए

    कोरोना निको भएपछि दीप श्रेष्ठ भ्वाइस अफ नेपालको छायांकन सेटमा फर्किए

    काठमाडौं । कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरेका बरिष्ठ गायक दीप श्रेष्ठ टेलिभिजन रियालिटी सो द भ्वाइस अफ नेपालको कोचको रुपमा छायांकन सेटमा फर्किएका छन् । उनी उपचारका क्रममा दुई साता अस्पतालमा रहँदा उनको ठाउँमा राजेशपायल राई कोचको रुपमा आएका थिए ।

    तर, अब कोरोनाबाट निको भएपछि श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले बताए । उनले भने-‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

    सोमा अहिले अन्तिम १२ का प्रतियोगीले प्रतिस्पर्धा गरिरहेका छन् । दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरुको भविष्य निर्भर हुनेछ ।

  • वर्षा र राजको खुलेको प्रेम, निकट भविष्यमै विहेको योजना !

    वर्षा र राजको खुलेको प्रेम, निकट भविष्यमै विहेको योजना !

    काठमाडौं । मायानगरीमा धेरैले लुकीछिपी प्रेम गरे पनि, मायालाई चाहिँ लुकाउन सकेका छैनन् । माया लुकाएर लुक्ने चीज पनि होइन । बरु, जति माया लुकाउन खोज्यो, उति फैलिँदै जान्छ ।

    अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता राज कट्वालको हकमा यो सिद्धान्त लागु हुन्छ । केही महीनायता यो जोडी डेटिङमा छ । विभिन्न गेट–टुगेदरदेखि समारोहमा राज र वर्षालाई सँगै देख्न पाइन्छ ।

    यो जोडीले खुलेर पे्रम सम्बन्ध स्वीकारेको पनि छैन । तर, प्रेमलाई बताउन शब्द भन्दा व्यवहार नै पर्याप्त हुन्छ । बिहीबार वर्षाले आफ्नो इन्स्टाग्राम स्टोरीमा राजसँग एउटा रोमान्टिक तस्विर पोस्ट गरेकी छिन् जहाँ दुबैजनाले मुस्कान छरेका छन् ।

    राज र वर्षाले निकट भविष्यमा विहेको योजना पनि बनाएका छन् ।

  • हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने

    हृतिक र दीपिका स्टारर ‘फाइटर’ घोषणा, बलिउडमा पहिलो एरियल एक्सन फ्रेन्चाइज बन्ने

    मुम्बई । निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’मा हृतिक रोशन र दीपिका पादुकोणले जोडी बाँध्ने भएका छन् ।

    भारतीय फिल्ममा पहिलोपटक आकाशमा द्वन्द्वको दृश्य छायांकन समावेश गरिने जनाइएको छ । एरियल एक्सन फ्रेन्चाइजको रुपमा यसलाई निर्माण गरिने निर्देशक आनन्दले जनाएका छन् ।

    सिद्धार्थले यसअघि हृतिक र टाइगर श्राफलाई लिएर फिल्म वार निर्देशन गरेका थिए । हृतिकको जन्मदिनमा यसवर्ष फिल्मको घोषणा गरिएको थियो । दीपिका पनि समावेश हुने भएपछि यो प्रोजेक्ट प्रतीक्षित बनेको छ ।

    भायकम-१८ स्टुडियोले निर्माण गर्ने फिल्ममा आधुनिक प्रविधिको प्रयोग हुने र विश्वका विभिन्न स्थानमा छायांकन गरिने जनाइएको छ । सन् २०२२ को सुरुआतमा फिल्म छायांकनमा जाने तयारीमा छ ।

  • निषेधाज्ञा खुकुलो भएपछि खोप लगाउन मुम्बई पुगिन् अदिती !

    निषेधाज्ञा खुकुलो भएपछि खोप लगाउन मुम्बई पुगिन् अदिती !

    काठमाडौं । नेपालमा खोप अभियान सुस्त बनेपछि कतिपय व्यक्ति अन्य मुलुकमा पुग्न थालेका छन् । आफ्नो समूहका लागि खोप लगाउन नेपालमा ढिलाइ हुने देखेपछि सेलेव्रिटी पनि दोस्रो मुलुक धाउन थालेको देखिएको छ ।

    काठमाडौंको निषेधाज्ञा खुकुलो बनेपछि अभिनेत्री अदिती बुढाथोकी मुम्बई फर्किएकी छिन् । जहाँ उनले बुधबार कोभिड–१९ विरुद्धको खोप लगाइन् । कोरोना महामारीको कारण फिल्म बाबरीको सुटिङ रोकिएपछि अदिती खोप लगाउन मुम्बई हानिएकी हुन् ।

    मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पताल पुगेर अदितीले कोभिसिल्ड खोप लगाएकी हुन् । आफूले पहिलो डोज खोप लगाएको उनले जनाएकी छिन् । उनले भारतीय खोप अभियानको प्रशंसा समेत गरेकी छिन् ।

    फिल्म क्रृ बाट नेपाली फिल्ममा डेब्यु गरेकी अदिती स्टारर बाबरी १० दिन छायांकन भएर रोकिएको थियो । उनी लामो समयदेखि मुम्बईमा रहेर मोडलिङ र अभिनयमा सक्रिय छिन् ।

  • युुसूफ खान कसरी बने दिलिप कुमार : जान्नूस रोचक किस्सा

    युुसूफ खान कसरी बने दिलिप कुमार : जान्नूस रोचक किस्सा

    मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलिप कुमारको आज ९८ वर्षको उमेरमा निधन भएको छ । ट्रेजेडी किङको रुपमा परिचित दिलिप कुमारको निधनसँगै उनीसँग जोडिएका केही किस्सालाई उनका फ्यानले भुल्न सक्नेछैनन् ।

    यस्तै एउटा किस्सा उनको नामसँग जोडिएको छ । दिलिपको जन्म ११ डिसेम्बर, १९२२ मा तत्कालिन ब्रिटिस इन्डियाको पेशावर (अहिलेको पाकिस्तान)मा भएको थियो ।

    उनका मातापिताले उनको नाम युसूफ खान राखेका थिए । सन् १९४४ मा रिलिज भएको फिल्म ‘ज्वाराभाटा’मा फिल्मकी पहिली स्टार देविका रानीले युसूफ खानको नाम दिलिप कुमार राखेकी थिइन् ।

    नाम बदल्नेबारे उनले आफ्नो किस्सा दिलिप कुमार : द सब्सटेन्स एन्ड द स्याडोमा उल्लेख गरेका छन् । उनले नाम बदल्नुको कारण भने निकै रोचक छ जुन सुनेर तपाईं मुस्कुराउन सक्नुहुन्छ । अवश्य पनि, पिटाइको डरको कारण उनले नाम बदलेका थिए ।

    एक इन्टरभ्यूमा दिलिपकुमारले यसबारे गजबको किस्सा सुनाएका छन् । आफ्नो वास्तविक नाम राखेर अभिनयमा आउँदा आफ्ना बुवाले पिट्न सक्ने भएकाले उनले नाम फेरेर दिलिप कुमार राखेको बताएका छन् । आफ्ना प्रशंसकले आफूलाई युसूफ खान, दिलिप कुमार र बासुदेव राख्न भनिएपनि आफूले मन परेर दिलिप कुमार राखेको उनले जनाए ।

  • मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतिस्पर्धी घोषणा (सूचीसहित)

    काठमाडौं । मिस नेपाल नर्थ अमेरिकाको उत्कृष्ट १९ जनाको अन्तिम सूची सार्वजनिक भएको छ । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र श्रृंखला खतिवडा लगायतको जुरीले नाम तय गरेको हो । आगामी अगस्ट ७ मा ग्रान्ड फिनाली हुने जनाइएको छ ।

    टप १९ प्रतिस्पर्धीको नाम यस्तो छ :
    एलिना राई -जर्जिया
    एलिसा गुरुङ- न्यूयोर्क
    चाँदनी लामा- नेभाडा
    डीना केसी- न्यूयोर्क
    फियोना शेर्पा- न्यूयोर्क
    गरिमा ज्ञवाली- न्यूयोर्क
    जेनी रावत- न्यूयोर्क
    मुना नेपाली- न्यूयोर्क
    नग्मा गुरुङ- मेरिल्यान्ड
    निमिका थापा- न्यूयोर्क
    पूजा खड्का- न्यूयोर्क
    रोशिका गजमेर- पेन्सिलभेनिया
    शेलिसा नेपाल- कोलोराडो
    सोनी हुमागाइँ- टेक्सस
    सिर्जना लामा- न्यूयोर्क
    शुभेच्छा निरौला- टेक्सस
    सुप्रिया फुयाँल- क्यानडा
    ऊर्जा केसी- टेक्सस
    याङछेन लामा- न्यूयोर्क

  • जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर, दुई महीनापछि आमा बनेको खबर बाहिरियो

    जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर, दुई महीनापछि आमा बनेको खबर बाहिरियो

    काठमाडौं । बीचमा कतै गायब थिइन् उनी । तर, यसपटक उनी एउटा सरप्राइज लिएर दर्शकसामु सार्वजनिक भएकी छिन् । उनी अर्थात अभिनेत्री रक्षा श्रेष्ठ ।

    आज जन्मदिन मनाउँदै गरेकी रक्षाले एउटा सरप्राइज खबर बहिर ल्याएकी छिन् । उनका प्रशंसकका लागि यो एउटा ठूलै खबर हुनुपर्छ । दुई महीना अघि जन्माएकी छोरीसँगको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।

    छोरीको नाम राखेकी छिन् : माहिरा गुरुङ । यो सरप्राइज आएलगत्तै उनलाई बधाइ दिनेको ओइरो लागेको छ । बधाइको दिनेको भीडमा उनीसँग अनस्क्रिन केमेस्ट्री मिल्ने जिग्री ब्रो अर्थात कुमार कट्टेल समेत छन् ।

    बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आफू आमाको खबरलाई गोप्य राखेकी थिइन् । बुधबार आफ्नो जन्मदिन पनि परेको र छोरी पनि दुई महीना पुगेकाले सार्वजनिक गरेको उनले जनाएकी छिन् ।

    मिडियामा आफूबारेका भ्रामक खबर आउन थालेपछि सत्यतथ्यका लागि छोरीको नामसहित बाहिर ल्याएको जनाएकी छिन् । कोभिडको कारण उनले जन्मदिन घरपरिवारसँगै मनाउन लागेकी छिन् । भद्रगोलसँगै रक्षाले अर्को सिरियल सक्किगो निमा अभिनय गरेकी छिन् ।

  • विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स सुरु, मास्कबिनै स्टारहरु रेडकार्पेटमा (तस्विरहरु)

    विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स सुरु, मास्कबिनै स्टारहरु रेडकार्पेटमा (तस्विरहरु)

    पेरिस । कोरोनाभाइरस महामारीकै बीच विश्वकै ठूलो फिल्म फेस्टिभल कान्स आजदेखि फ्रान्समा सुरु भएको छ । मास्कबिनै स्टारहरुले रेडकार्पेट नापे र महामारीले थलिएको विश्व फिल्मलाई लयमा फर्काउने सन्देश दिए ।

    ग्ल्यामर पहिरन र फोटोग्राफरहरुको भीडभाडसँगै सुरु भएको कान्सको माहौल यसपटक भिन्न देखियो । लियोस काक्र्स निर्देशित फिल्म ‘एनेट्टे’ प्रिमियरका लागि रेडकार्पेट आयोजना गरिएको थियो ।

    अभिनेता एडम ड्राइभर र मारियन कोर्टिलार्ड प्रिमियरमा उपस्थित रहे । एक सेलेव्रिटी जोडीको उत्थान र पतनको कथा भन्ने यो फिल्ममा हलिउड अभिनेता ड्राइभरले मुख्य भूमिका निर्वाह गरेका छन् । हलिउड निर्देशक स्पाइक ली यसपटक कान्सको मुख्य निर्णायक रहेका छन् । जुलाई १७ मा निर्णायकले विजेता फिल्महरुको सूची सार्वजनिक गर्ने भएका छन् ।

  • भारतीय अभिनेता दिलिप कुमारको निधन

    भारतीय अभिनेता दिलिप कुमारको निधन

    एजेन्सी । हिन्दी सिनेमाका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

    बलिउडमा ‘ट्रेजेडी किङ’को उपनामले चिनिने दिलिपकुमारले मुम्बईको खार हिन्दुजा अस्पतालमा आज विहान साढे सात बजे अन्तिम स्वास लिएको भारतीय सन्चारमाध्यमले उल्लेख गरेका छन् ।

    पछिल्लो समय उनी गम्भीर विरामी थिए । एक महिनाको बीचमा उनलाई दुईपल्ट अस्पताल भर्ना गर्नुपरेको थियो । दिलिप कुमारको निधनले हिन्दी सिनेमाका एउटा युगको अन्त्य भएको छ । उनको निधनको खवर उनकै ट्वीटर ह्याण्डिलबाट पुष्टि गरिएको थियो ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धीलगायतले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

    हाल पाकिस्तानमा पर्ने पेशावरमा सन् १९२२ डिसेम्बर ११ मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो । उनले २२ वर्षको उमेरमा चलचित्र क्षेत्रमा डेब्यू गरेका थिए । उनले सन् १९४४ मा रिलिज भएको ज्वारभाटा नामक चलचित्रमा उनले पहिलोपल्ट काम गरेका हुन् ।

    पाँच दशकको चलिचित्र करिअरमा उनले झण्डै पाँच दर्जन चलचित्रमा अभिनय गरे । उनले अभिनय गरेका शहीद, मेला, बाबुल, फुटपाथ, देवदास, मुगल ए आजम, गंगा जमुना लगायतका चलचित्र हिट भएका थिए । उनले सन् १९९८ मा किला नामक चलचित्रमा अभिनय गरेका थिए । त्यो नै उनले अभिनय गरेको अन्तिम चलचित्र हो ।

     

  • हेलिकप्टरबाट हेलम्बु पुगेर राजेश हमालले बाँडे राहत : हेर्नूस तस्बिरहरू

    हेलिकप्टरबाट हेलम्बु पुगेर राजेश हमालले बाँडे राहत : हेर्नूस तस्बिरहरू

    काठमाडौं । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन् ।

    सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो पनि प्रदान गरे। कतिपयलाइ उनले बिजुली चार्जर उपकरण समेत प्रदान गरे ।

    यस अघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई अन्य कलाकारहरुले राहत वितरण गरेका छन् । जसमा श्वेता खड्का, आँचल शर्मा , मिलन चाम्स, पुजा शर्माले प्रभावित स्थलमा पुगेर राहत वितरण गरेका थिए ।

    यसैबिच कलाकारहरुद्धारा संचालित सिन्धु कोषमा झन्डै ५० लाख रकम संकलन भएको छ । कलाकारहरुले सहयोग कोषको स्थापना गरी सहयोग गर्दे आएका छन् ।

    हेर्नुस तस्बिरहरू :

  • महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    महामारीमा पल शाहको ‘हिरोगिरी’- हुन् त उनी रियल हिरो ?

    काठमाडौं । कोरोनाभाइरस महामारीको बीचमा नायक पल शाह तीन कारणले ट्रेन्डिङमा छन् । पहिलो– उनी अभिनित म्युजिक भिडिओ ‘को होला त्यो’ यूट्युवको शीर्ष स्थानमा छ । दोस्रो– अक्सिजनका सिलिन्डर र खाना बोकेर उनी सुदूर भूगोलहरुमा पुगिरहेका छन् । तेस्रो– उनले हालै एक टेलिभिजन कार्यक्रमबाट रियल हिरोको उपाधि पाएका छन् ।

    दाङका पूर्णविक्रम शाह काठमाडौंको मायानगरीमा आउँदा कसरी पल शाहमा रुपान्तरण भए र मध्यमवर्गीय समाज किन उनलाई ‘आदर्श’ मान्छ भन्ने जान्न यी तीन ‘ट्रेन्डिङ टपिक’ भित्र पस्नुपर्ने हुन्छ । पलले एकैसाथ रिल, रियल र सेलेव्रिटीहुडको भूमिका निर्वाह गरिरहेका छन् ।

    सन् २०१२ मा सुनिल गिरीद्वारा स्वरबद्ध ‘को होला त्यो’ मेल भर्सनको म्युजिक भिडियोमा डेब्यु गरेका पल अहिलेसम्म आइपुग्दा नेपाली मनोरञ्जन ल्यान्डस्केपमा ठूलो परिवर्तनका साक्षी बने । त्यसयता म्युजिक भिडियो बजारमा उनले आफ्नो निकै ठूलो स्पेस बनाएका छन् । २०७३ सालमा रिलिज भएको विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट उनको फिल्मी करिअर सुरु भयो । केही हिट फिल्ममार्फत उनको स्टारडम थप मजबुत बन्दै थियो ।

    ‘म यस्तो गीत गाउँछुको रोमान्टिक चरित्रदेखि जोनी जेन्टलम्यानको लडाकु चरित्रलाई दर्शकले बिर्सेका छैनन् । तर, कोरोनाका कारण फिल्म क्षेत्र सुनसान बनेपछि फेरि उनी म्युजिक भिडियोमा केन्द्रित छन् । उनका धेरै म्युजिक भिडियोहरु ट्रेन्डिङमा आइरहेका छन् । महामारीपछि पनि व्यस्त हुने थोरै सेलिब्रिटीमा पर्छन् पल ।

    ३० वर्षिय पलको करिअरले बल्ल पालुवा हाल्दैछ । नेपाली फिल्ममा मल्टिप्लेक्स कल्चर विकास भएको र म्युजिक भिडिओमा भिडिओ साझेदारी साइट युट्युवको प्रभुत्व विकास सुरु हुने छेकोमा उदाएका हुन् उनी । महामारी सुरु भएयता उनको चर्चा यतिसम्म चुलिएको छ कि सामाजिक सञ्जालमा सर्वाधिक पछ्याइने सेलेव्रिटीमा उनी पर्छन् । पछिल्लो समय फिल्ममा उनको प्रतिस्पर्धा फिल्ममा अनमोल केसी र प्रदीप खड्कासँग थियो । म्युजिक भिडिओमा भने उनको एकछत्र राज छ । एउटा फिल्म खेलेबापत उनी १५ देखि १८ लाख रुपैयाँ लिन्छन् भने एउटा म्युजिक भिडियोमा ‘फिचर्ड’ गरेको डेढ लाखसम्म ।

    १० वर्षअघि तराई टेलिभिजनको भिजुअल एडिटरबाट काठमाडौंमा जागिर सुरु गरेको ठिटोले कलाकारितामा हासिल गरेको सफलता लोभलाग्दो नै छ । यसका अतिरिक्त उनले आफूलाई समाजसेवामा पनि चिनाउन खोजेका छन् । कोरोना महामारीमाले सबै सेलेव्रिटी फुर्सदिलो बनेको बेला पलले ‘हाम्रो टीम नेपाल’ र पल शाह फाउन्डेसनमार्फत समाजसेवामा सक्रियता देखाएका छन् । यही सक्रियतालाई ध्यानमा राख्दै गत सोमबार रजतपट नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘रियल हिरो’को उपाधि प्रदान ग¥यो ।

    के ‘रियल हिरो’ नै हुन् ?

    कोरोना महामारी सुरु भएपछि धेरै कलाकार घरमै सुतेर बसे । केही ख्यातिप्राप्त कलाकारहरुको निस्क्रियतालाई लिएर प्रश्न पनि उठ्यो । पल भने सुरुदेखि नै राहत वितरणमा जुर्मुराए ।

    कोरोनाको पहिलो लहरको लकडाउनमा रोजगारी गुमाएका फिल्म प्राविधिकलाई उनले ५ लाख बराबरको खाद्य तथा नगद सहयोग प्रदान गरे । दोस्रो लहरमा समेत उनले विपन्न फिल्म प्राविधिकलाई राहत र खाद्यान्न बाँडिरहेका छन् । काठमाडौंसहित तराईका विभिन्न जिल्ला पुगेर राहत लकडाउन र बाढीले थलिएका नागरिकलाई राहत वितरणमा सक्रिय भए ।

    हाम्रो टीम नेपाल र पल शाह फाउन्डेसन नामक सामाजिक संस्थाबाट उनले खाद्यन्नसहित अक्सिजन सिलिन्डर वितरण गरेका छन् । अक्सिजन सिलिन्डर बोकेर उनी केही साताअघि कर्णालीको कालिकोटस्थित रास्कोट सामुदायिक अस्पताल पुगेका थिए ।

    महामारीमा योगदान दिएको भन्दै गत सोमबार रजतपट टीमले उनलाई रियल हिरोको उपाधिले सम्मान गरेको हो । उनी यो उपाधिका लायक हुन् कि होइनन् भन्ने कोणबाट बहस भइरहेको छ । तर, जुन कार्यक्रमले उनलाई उपाधि दिए, त्यो पछिल्लो समय चलचित्रकर्मीका बीच निकै विवादित छ । रजतपट कार्यक्रम र यसका प्रस्तोता चलचित्र क्षेत्रमा अलोकप्रिय बनिरहेका छन् । त्यसले यो उपाधिलाई दर्शकले मात्र नभएर चलचित्रकर्मीले नै महत्व दिएका छैनन् । यद्यपि, चलचित्रकर्मीहरु यसबारे खुलेर भने बोल्दैनन् ।

    स्मरणीय के छ भने यही रजतपटले नै यसअघि राजेश हमाललाई ‘महानायक’ उपाधि दिएको थियो । त्यसबेला यो कार्यक्रम खासै विवादमा थिएन । त्यसैले राजेश हमाल महानायककै रुपमा दर्शकमाझ स्थापित भए । पल शाहलाई उपाधि दिनेबेलासम्म आइपुग्दा भने ‘रजतपट’को साख रसातलमा पुगिसकेको छ ।

    चलचित्रकर्मी के भन्छन् ?

    पललाई ‘रियल हिरो’ मान्ने वा नमान्नेबारे चलचित्रकर्मीको मत विभाजित छ । कतिपयले सेलेव्रिटी हुनुको दायित्व उनले महामारीको कालखण्डमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका छन् । कतिपयले अरुबाट उठाएको पैसा बाँडेर अभियन्ता बन्न खोजेको आरोप पनि लगाएका छन् ।

    हालैको एक टेलिभिजन अन्तर्वार्तामा पलसँग कुनैबेला नाम जोडिएकी अभिनेत्री आँचल शर्माले पल रियल हिरो नै भएको बताएकी थिइन् । साथै, उनले राजेश हमालको साटो पल महानायकभन्दा माथि रहेको भन्दै प्रशंसा गरेकी थिइन् । पलले जोखिम उठाएर महामारीमा काम गरेको भन्दै उनले प्रशंसा गुथेकी थिइन् । पललाई रियल हिरोको उपाधि दिने कार्यक्रममा समेत आँचलको उपस्थिती थियो ।

    फिल्म लेखक प्रदीप भारद्धाज अभिनयभन्दा पनि महामारीमा बाहिर निस्किएर समाजसेवामा सक्रिय भएकाले पललाई रियल हिरो भनिएको हुनसक्ने बताउँछन् ।

    ‘आफ्नै बलुबुतामा खटेका हुन् भने उनी रियल हुन् तर, अरु कसैको बलबुतामा सक्रिय भएका हुन् भने उनीमाथि प्रश्न उठाउने ठाउँ हुन्छ’ भारद्धाजले नेपाल प्रेसलाई भने, ‘कतिपयले सेलेव्रिटीले सहयोग गरेर पनि मिडियामा नआएका हुनसक्छन् ।’

    देश दुःखेको बेला मल्हम लगाउने जोसुकै पनि रियल हिरो हुने तर्क गर्दै भारद्धाज महामारीको बेला देखाएको सामाजिक योगदानको कारण उनलाई महामारीपछि पनि करिअरमा फाइदा पुग्ने बताउँछन् ।

    ‘उनको अहिलेको हिरोगिरी महामारीपछि उनको करियरमा लाभदायक हुनेछ’ भारद्धाजको विश्लेषण छ, ‘मान्छेको नजरमा देखिने गरी काम गरेको हुनाले पल हिरो बनेका हुनसक्छन् । उनी एक्टिङभन्दा पनि एक्टिभिज्म कार्यमा हिट भएका हुन् ।’

    पललाई विभिन्न फिल्ममा निर्देशन गरिसकेका निर्देशक सुदर्शन थापा पल रियल हिरोका लागि योग्य भएको दाबी गर्छन् ।

    ‘विरोधका लागि विरोध हुनु राम्रो होइन । तर, जुन इमान्दारितापूर्वक उनले महामारीको समयमा योगदान दिएका छन्, सोहीअनुसार उनी रियल हिरोका लागि योग्य छन्’ थापा भन्छन्, ‘फिल्म खेलेर मात्र भएन, कलाकारले सामाजिक दायित्व निर्वाह गर्न सक्नुपर्छ, जुन दायित्व पलले गरेका छन् । जसले समाजलाई योगदान दिन्छ, उसलाई उपाधि दिइनुलाई अन्यथा लिन मिल्दैन ।’

    समाजसेवामा अझै सक्रिय हुन्छु: पल

    रियल हिरोको उपाधि लिइसकेपछि पलले यसलाई लाइफटाइम अवार्डभन्दा पनि ठूलो सम्मान भएको बताएका छन् । आफू फिल्म करियरसँगै समाजसेवामा पनि उत्तिकै रुपमा सक्रिय हुने उनको प्रतिवद्धता छ ।

    ‘मैले अझै समाजसेवा गर्नुछ । मेरो खुशीको लागि पनि अझै धेरै जनतासँग नजिक हुनुछ । यसकारण यो सम्मान मेरा लागि लाइफटाइम अवार्डभन्दा पनि महत्वपूर्ण कुरा हो,’ उनले भने ।

    समाजसेवा व्यक्तिगत रुचिको कुरा भएकाले कसैले दबाब दिन नमिल्ने र फेसबुकमा फोटो राख्नको लागि समाजसेवा गर्न नहुने तर्क कतिपयको छ । अभिनेता प्रदीप खड्काले चर्चामा आउनैका लागि आफूले समाजसेवा नगर्ने टिप्पणी गत साता फेसबुकमा गरेका थिए । उनको यो टिप्पणीको कतिपयले समर्थन र कतिपयले विरोध गरे ।

    ‘कतिपयले मिडियामा नआएर पनि सहयोग गरेका हुनसक्छन्,’ फिल्म लेखक भारद्धाज भन्छन्, ‘सहयोग गर्ने भन्ने कुुरा नितान्त व्यक्तिगत रुचिको कुरा हो । कसैलाई दबाब दिन मिल्दैन ।’

    पल समाजसेवामा सक्रिय भएपछि उनका प्रतिस्पर्धी मानिने अभिनेताहरु अनमोल केसी र प्रदीप खड्कामाथि पनि पनि मानसिक दवाव परेको छ । महानायक भन्ने गरेका राजेश हमालले पनि महामारीमा कुनै योगदान नदिएको भन्दै विरोध समेत हुने गरेको छ । फिल्म लेखक भारद्धाज सेलेव्रिटी पर्दामा जस्तै सामाजिक रुपमा पनि आदर्शवान बन्नुपर्ने बताउँछन् ।

  • बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ

    बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ

    काठमाडौं । फिल्म निर्देशक एवं निर्माता शिशिर राणा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार उनलाई बिजुलीबजार काठमाडौंबाट पक्राउ गरेको हो ।

    ललितपुरको कुपण्डोलमा बसोबास गर्ने राणालाई यसअघि १० दिन कैद र ४५ लाख जरिवाना हुने ठहर भएपनि फरार भएको भन्दै पक्राउ गरिएको व्यूरोद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

    २०७६ सालमा उनले घरव्यवहार चलाउन तथा व्यवसायमा लगानी गर्न ऋण लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिहरुलाई रकम नभएको भन्ने जानी जानी झुक्याकनमा पारी नविल बैंकको चेक दिएको र चेक बाउन्स गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    हेर्नूस विज्ञप्ति :

  • टीका प्रसाईद्वारा संगीतबद्ध गीत ‘नतोडन’ रिलिज (भिडिओ)

    टीका प्रसाईद्वारा संगीतबद्ध गीत ‘नतोडन’ रिलिज (भिडिओ)

    काठमाडौं । १० करोड भ्यूजवाली गायिका टीका प्रसाईलाई ट्रेन्डिङ थाहा छैन । तरपनि संगीतप्रति उनको सक्रियता उस्तै छ ।

    यही मेसोमा टीकाकै संगीत, शब्द र स्वर रहेको गीत ‘नतोडन’को म्युजिक भिडिओ इन्टरनेट रिलिज भएको छ । ‘मेलोडी’ नामक एल्बममा संग्रहित गीतमा विछोडको पीडा चित्रण गरिएको छ ।

    अनन्त तिमल्सिनाको निर्देशन रहेको भिडिओमा एक साम्पाङ र सम्झना राईले अभिनय गरेका छन् । गायिका टीका स्वयम यसमा फिचर्ड छिन् । वास्तविक कथामा आधारित बताइएको गीतमा वैवाहिक सम्बन्धको अन्त्य हुँदा यसले सन्तानमा पार्ने प्रभाव प्रस्तुत गरिएको छ ।

    टीकाले गाएको ‘म पनि त दिन सक्छु, लुकी लुकी छायाँ’ गीतले युट्युवमा १० करोड ७६ लाख भ्यूजको कीर्तिमान राखेको छ । हेर्नूस टीकाको नयाँ गीत ‘नतोडन’ :

  • डिभोर्सपछि सँगै देखिएका आमिर र किरणले भने : हामी खुशि छौं !

    डिभोर्सपछि सँगै देखिएका आमिर र किरणले भने : हामी खुशि छौं !

    मुम्बई । वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेपछि पनि बलिउड अभिनेता आमिर खान र पत्नी किरण राव सँगै देखिएका छन् । भिडियो लाइभमार्फत उनीहरु एकसाथ प्रस्तुत भएका हुन् ।

    पानी फाउन्डेसनको कार्यक्रममा सँगै भेटिएका उनीहरुले डिभोर्सपछि पनि आफूहरु खुशि भएको बताएका छन् । शनिबार १५ वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याउने घोषणा उनीहरुले गरेका थिए ।

    ‘तपाईंहरुलाई चित्त दुःख होला । कतिपयलाई मन नपरेको पनि होला । तर, हामीहरु खुशि छौं । हाम्रो सम्बन्धमा केही परिवर्तन आएको हो तर, हामी दुई एकसाथ छौं । हाम्रो खुशिको लागि तपाईंहरुले प्रार्थना गर्नूहोस’ आमिरले भिडिओमा भनेका छन् ।

    किरणले भने भविष्यमा पनि आफूहरु मिलेर काम गर्ने बताएकी छिन् । ‘तपाईंहरुलाई आश्वासन दिन चाहन्छौं कि हामी दुईसँगै काम गर्न चाहन्छौं’ किरणले भनेकी छिन् । सन् २००५ मा विहे गरेको यो जोडीले शनिबार वैवाहिक सम्बन्धलाई टुंग्याउने घोषणा गरेको थियो ।

    वक्तव्यमा उनीहरुले आफूहरुको तर्फबाट सन्तानको रुपमा रहेका छोरा आजादलाई समान अभिभावकत्व दिने समेत जनाएका थिए । साथै, उनीहरुले दुई फिल्म र पानी फाउन्डेसनमा पनि मिलेर काम गर्ने उल्लेख गरेका थिए ।

    किरण र आमिरको भेट पहिलोपटक फिल्म लगानको सेटमा भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

  • कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु)

    कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु)

    काठमाडौं । ३७ वर्षको इतिहास बोकेको कुमारी फिल्म हल अन्ततः सँधैको लागि बन्द भएको छ । क्यूएफएक्सले सिनेमा घर नै बेचिदिएपछि अब पुनः फिल्म प्रदर्शन नहुने निश्चित भएको हो ।

    शनिबारदेखि कुमारी फिल्म हलभित्रका सबै सामानहरु हटाउन सुरु गरिएको छ । क्यूएफएक्स प्रमुख नकिम उद्दिनले पुनः फिल्म प्रदर्शनको प्रयोजनका लागि हल संचालनमा नआउने बताए । उक्त हललाई अब अन्य प्रयोजनका लागि उपयोग गरिनेछ ।

    कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । जयनेपाल दोस्रो लकडाउनअघि सँधैका लागि बन्द भएको थियो ।

    २०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०६२ सालमा क्यूएफएक्सले संचालनको स्वामित्व लिएको कुमारी निर्मातालाई नाफा दिने हलमध्ये एक थियो ।

    २०३६ सालमा रिलिज भएको फिल्म ‘सिन्दूर’ र ज्याकी श्राफको  फिल्म ‘हिरो’ले उधुम कमाइ गरेका थिए । पछिल्लो पटक हलिउड ब्लकबस्टर ‘एभेन्जर्स : एन्ड गेम’ले उछाल कमाइ गरेको थियो । २०७७ चैत ११ गते लकडाउन भएसँगै कुमारी बन्द भएको थियो ।

    साङ्लो, ब्लडसट र आमा कुमारीमा रिलिज हुने अन्तिम फिल्म बने ।

    क्यूएफएक्सको आउटलेट संख्या १२ पुग्यो

    जयनेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ हल स्थापना गरेको छ । महमारी सामान्य भएपछि यी दुई फ्रेन्चाइजलाई संचालनमा ल्याउने तयारी छ ।

    क्यूएफएक्स प्रमुख उद्दिनले अहिले तत्काल नाफा नहुने हललाई बन्द गरेर आफूहरु मोफसलमा फ्रेन्चाइज विस्तारमा लागिपरेको नेपाल प्रेसलाई बताए । सोहीअनुसार वीरगञ्ज र दमौलीमा आउटलेट खुल्न लागेका हुन् ।

  • गुरुङ फिल्महरु अब म्याक्स टिभीमा हेर्न पाइने, साउन १ गते मैंरिमो’ रिलिज हुँदै

    गुरुङ फिल्महरु अब म्याक्स टिभीमा हेर्न पाइने, साउन १ गते मैंरिमो’ रिलिज हुँदै

    काठमाडौं । मेगा म्याक्स टेलिभिजन प्रालि र गुरुङ फिल्म वितरण कम्पनी मुनाल फिल्म्स प्रालिबीच फिल्म प्रदर्शन सम्झौता भएको छ ।

    सम्झौताअनुसार साउन १ गतेदेखि गुरुङ फिल्महरु मेगा म्याक्स टेलिभिजन नेटवर्कको च्यानलमा हेर्न पाइने भएको छ । दर्शकले म्याक्स टिभीको च्यानल नम्बर ७७७ मा फिल्म हेर्न पाउनेछन् ।

    मुनाल फिल्म्स प्रालिका अध्यक्ष भोजबहादुर गुरुङ र टिभीका तर्फबाट कानूनी अधिकृत शम्भुकुमार आचार्यले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । पे-पर-भ्यूको आधारमा दर्शकले फिल्म हेर्न पाउने भएका छन् ।

    साउन १ गते भोजबहादुर गुरुङ निर्देशित फिल्म मैरिमो म्याक्स च्यानलमा प्रदर्शन हुनेछ । कोरोना महामारी अघि फिल्म हलमा रिलिज भएको यो रोमान्टिक ड्रामाले बक्सअफिस सफलता प्राप्त गरेको थियो ।

    ‘मैरिमोको सफलताका आधारमा हामीले अन्य गुरुङ फिल्मलाई पनि प्रदर्शन गर्ने तयारी गरेका छौं’ गुरुङ फिल्म एसोसिएसन (जिफान) अध्यक्ष समेत रहेका भोजले भने, ‘महामारीको समयमा दर्शकसामु फिल्मको पहुँच पुर्‍याउन यो उपयुक्त माध्यम ठानेका छौं ।’

    मुलुकभर मेगा म्याक्स टिभीका पाँचलाख ग्राहक छन् ।

  • यो साता युट्युवमा धेरै हेरिएका दश नेपाली गीत (सूचीसहित)

    यो साता युट्युवमा धेरै हेरिएका दश नेपाली गीत (सूचीसहित)

    काठमाडौं । स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनय रहेको ‘माया बिरानी २ : तातो गोली’ बोलको गीतलाई पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएको छ ।

    यो साता उक्त गीतलाई १६ लाख पटक हेरिएको छ भने यसको कुल भ्यूज संख्या २ करोड २१ लाख पुगेको छ ।

    पल शाह र प्रकृति श्रेष्ठको अभिनयमा रहेको अर्को चर्चित गीत ‘को होला त्यो’ बोलको गीतलाई सर्वाधिक दोस्रो पटक हेरिएको छ । यो सातामा १५ लाख पटक हेरिएको छ भने कुल भ्यूज संख्या २९ लाखभन्दा बढी छ ।

    बीबी अनुरागीको संगीत रहेको गीत ‘धादिङ गजुरी’ युट्युवमा तेस्रो स्थानमा छ । उक्त गीतलाई योे सातामा ९ लाखले हेरेका छन् भने कुल भ्यूज २५ लाख पटक हेरेका छन् । रुटिन अफ नेपाल बन्दले तयार पारेको साप्ताहिक सूचीको पुछारमा घुम्तीमा रेल रहेको छ ।
    हेर्नूस सूची :

  • आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा

    आमिर खान र पत्नी किरणद्वारा वैवाहिक सम्बन्ध अन्त्यको घोषणा

    मुम्बई । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरुको वैवाहिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले १५ वर्षको सम्बन्धलाई आधिकारिकरुपमा टुंग्याएको जनाएका छन् ।

    बलिउडमा निकै उदाहरणीय मानिएको यो जोडीले जीवनको नयाँ अध्यायको सुरुआत भएको समेत बताएका छन् । ‘सम्बन्ध विच्छेद जीवनको अन्त्य होइन, बरु जीवनको नयाँ यात्राको शुभारम्भ हो’ आमिर र किरणले विज्ञप्तिमा भनेका छन् ।

    छोरा आजादलाई मिलेर हुर्काउने र अभिभावकत्व लिने समेत उनीहरुले जनाएका छन् । आमिर र किरण दुबैले आफ्ना प्रशंसकलाई यो कठिन घडीमा साथ दिन समेत भनेका छन् । आफूहरु भविष्यमा पति र पत्नी नभएर को–प्यारेन्ट र व्यवसायिकरुपमा अघि बढ्ने पनि उनीहरुले जनाएका छन् ।

  • फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन

    फिल्म निर्देशक एवं अभिनेता बिशारद बस्नेतको कोभिड संक्रमणले निधन

    काठमाडौं । फिल्म निर्देशक एवं अभिनेता विशारद बस्नेतको कोभिड-१९ संक्रमणले निधन भएको छ । शुक्रबार बेलुका ६ बजे उनको निधन भएको पारिवारले जनाएको छ ।

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ । बस्नेतले चार महीनाअघि मात्र बुबा र हजुरआमा पनि कोभिडकै कारण गुमाएका थिए ।

    भारतबाट फिल्म करियर सुरु गरेका विशारद पछिल्लो समय नेपाली फिल्ममा निर्देशन, अभिनय र अध्यापनमा व्यस्त थिए । मिस्टर भर्जिन उनले निर्देशन गरेका थिए । फिल्म यता न उतामा उनको सह निर्देशन थियो ।

    फिल्म २ रुपैयाँमा समेत उनले अभिनय गरेका थिए । उनको निधनको खबरपछि फिल्मकर्मीले स्तब्ध भएको जनाएका छन् । कोरोना महामारी साम्य भएपछि मिस्टर भर्जिनको सिक्वेल बनाउने उनको तयारी थियो । शुक्रबार नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।

  • मेलिना र आरसीको ‘ठूल्दाईको फुलमाला’ रिलिज (भिडिओ)

    मेलिना र आरसीको ‘ठूल्दाईको फुलमाला’ रिलिज (भिडिओ)

    काठमाडौं । मेलिना राई र आरसी रिमालको स्वरमा रहेको गीत ‘ठूल्दाईको फुलमाला’ बोलको शुक्रबार इन्टरनेटमा सार्वजनिक भएको छ ।

    उक्त सांगीतिक भिडिओ एमएन टिभी अष्ट्रेलियाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

    उक्त गीतमा सरोज अधिकारी, आस्मा विश्वकर्मा, शिशिर भण्डारी, रीता कट्टेल र किन्जल रसाइलीको अभिनय छ ।

    गीतमा दीपक सिलवालले संगीत भरेका छन् । शब्द पनि उनकै छ । म्युजिक भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् ।
    हेर्नूस गीत :

  • अन्तरीक्षमा फिल्म सुटिङको होड : टम क्रुजपछि रुसी अभिनेत्रीले गरिन् छायांकन घोषणा

    अन्तरीक्षमा फिल्म सुटिङको होड : टम क्रुजपछि रुसी अभिनेत्रीले गरिन् छायांकन घोषणा

    मस्को । यस्तो लाग्छ राजनीतिसँगै अन्तरीक्ष क्षेत्रमा पनि अमेरिका र रुसबीच प्रतिस्पर्धा चलिरहेको छ । मिसन इम्पोसिबल स्टार हलिउड अभिनेता टम क्रुजले गतवर्ष आफ्नो आगामी फिल्म अन्तरीक्षमा गर्ने घोषणा गरेका थिए ।

    यस्तोमा रुसी अभिनेत्री युरिया पेरेसिल्ड पनि आफूले अन्तरीक्षमा फिल्म छायांकन गर्ने बताएकी छिन् । उनले आफू प्रतिस्पर्धामा पहिलोभन्दा पनि उत्कृष्ट बन्न चाहेको बताएकी छिन् ।

    ३६ वर्षे अभिनेत्री युलिया निर्देशक क्लिम सिपेँसँग रुसी रकेटमार्फत अन्तरीक्ष प्रस्थान गर्नेछिन् । उक्त रकेटले ५ अक्टोबरमा कजाकिस्तानको बाइकोनुर कस्मोड्रोमबाट प्रक्षेपण गर्नेछ ।

    फिल्मको शीर्षक तय नभएपनि यो फिल्म एक चिकित्सकको कथामा आधारित हुनेछ जो एक अन्तरीक्ष यात्रीको जीवन बचाउन स्पेसमा जान्छ । बजेट नखुलाइएपनि स्पेसमा सुटिङ हुने भएपछि महंगो नै हुने ठानिएको छ ।

    रकेटमा जानुपूर्व अहिले अभिनेत्री युलिया र निर्देशक क्लिमको मेडिकल, स्पेस फ्लाइट सेसन र क्रिएटिभ सेलेक्सन प्रोसेसको सुरुआत भएको छ । अर्कोतर्फ, आगामी फिल्मका लागि टम क्रुजले हलिउड कम्पनी युनिभर्सल पिक्चर्ससँग सहकार्य गर्ने भएका छन् । यसको बजेट १५०० करोड भारु हुने जनाइएको छ ।