Category: प्रवास

  • अमेरिकामा प्रधानमन्त्रीलाई पानसको ज्ञापनपत्र- राजतन्त्र र हिन्दूराष्ट्रसहित संविधान संशोधनको माग

    अमेरिकामा प्रधानमन्त्रीलाई पानसको ज्ञापनपत्र- राजतन्त्र र हिन्दूराष्ट्रसहित संविधान संशोधनको माग

    काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । पानसका महासचिव डा. शंकर बिसुन्केले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, टेक्सासमा कन्सुलेट कार्यालयको स्थापनालगायतका विभिन्न ८ बुँदा समावेश गरिएको छ।

    पत्रमा भनिएको छ, ‘वर्तमान सरकार संविधान संशोधनको एजेण्डासहित बनेकाले राजतन्त्र र वैदिक सनातन हिन्दूराष्ट्र निर्माणमा जनताको जनभावनालाई सम्बोधन गरी सबै पक्षलाई स्वीकार्य र अपनत्व लिने संविधान पुर्नलेखन र देशले धान्ने नसक्ने संघीयता खारेजीतर्फ संशोधन गर्न माग गर्दछौं ।’

  • एमालेनिकट प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनको तयारी पूरा

    एमालेनिकट प्रवासी नेपाली मञ्च कोरियाको अधिवेशनको तयारी पूरा

    काठमाडौं । नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आसन्न अधिवेशनको तयारी पूरा भएको छ ।

    यही अक्टोबर ६ तारिखमा तय गरिएको ८औं राष्ट्रिय अधिवेशनबाट ७ सदस्यीय पदाधिकारीसहित नयाँ नेतृत्व चयन हुनेछ । हाल सृजना नेपालीको अध्यक्षतामा दक्षिण कोरिया प्रवासी नेपाली मञ्चमा २५ सदस्यीय कार्यसमिति रहेको छ ।

    अधिवेशनमा एमाले सचिव पद्माकुमारी अर्याल प्रमुख अतिथिको रूपमा जाँदैछिन् । त्यस्तै प्रवासी नेपाली मञ्च पूर्वी एसिया तथा ओसियाना इन्चार्ज डा. सूर्य पाठक विशेष अतिथिको रूपमा सहभागी हुने छन् ।

    अधिवेशनमा कोरियास्थित नेपाली कुटनैतिक नियोग, विभिन्न दलका भ्रातृ संगठन, सामाजिक तथा क्षेत्रीय संस्थाहरूलाई बोलाइएको सचिव अन्जान कुलुङ राईले जानकारी दिए ।

  • गैरआवासीय नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार

    गैरआवासीय नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार

    काठमाडौं । नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्यान्ड्समा स्टार्टअप पुरस्कार जितेका छन् । नेपालका एक विशेषज्ञको रुपमा चिनिएका पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजय हासिल गरी उक्त पुरस्कार जितेका हुन् ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीपछि नेदरल्यान्ड्सको गोइस मिरेन क्षेत्रमा पसल र व्यवसायमा निकै रिक्तता देखिएको र उक्त अवस्थाबाट छुटकारा पाउने अभिप्रायले स्थानीय सरकारद्वारा आयोजित प्रतियोगितामा नेदरल्यान्ड्समा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका पन्तले पनि सहभागिता जनाएका थिए ।

    राष्ट्रिय आर्थिक मेरुदण्डको रुपमा रहेको व्यवसाय क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक मन्दीबाट बच्ने दूरगामी योजनाअन्तर्गत स्थानीय सरकारले कार्यान्वयनमा ल्याएको उक्त प्रतियोगितामा सहभागिता जनाएका नयाँ व्यवसायिक योजनाहरुलाई मूल्यांकन गर्ने र विजेता छनोट गर्ने नीतिअन्तर्गत पन्तको नेपालमा उत्पादित चिया, कफी, हिमालयन मसला, ऊनबाट निर्मित कपडा र हस्तकलाका सामानहरुको नेदरल्यान्ड्समा बिक्री वितरण र विस्तार गर्दै आएको माउन्टेन मार्ट नेपाल ट्रेड हाउस नामक स्टार्टअप उद्यमशीलता योजना विजयी बनेको हो ।

    कुल २५ व्यवसायीले भाग लिएको उक्त प्रतियोगितामा छनोट भएका विजेताले पुरस्कार, व्यवस्थापन प्याकेजलगायतका लागि करिब ४० लाख नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका छन् ।

    नमस्ते को-अपरेटिभ यूए नामक सहकारी कम्पनीमार्फत नेपाली उत्पादनहरुको विदेशी भूमिमा बिक्री वितरण गर्दै आएका पन्तले आफ्नो जीतप्रति खुशी व्यक्त गर्दै पुरस्कार नेपाल र नेपालीको लागि समर्पण गरेको बताए ।

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का प्रवक्ता रहेका उनले नेपालको प्रवर्द्धन र नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार विस्तार गरी नेपालको आर्थिक उन्नतिमा टेवा दिने आफ्नो उद्देश्य रहेको र यसका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।

    उनले नेपाली उत्पादनहरुलाई नेदरल्यान्ड्सलगायत युरोपका अन्य मुलुकहरुमा विस्तार र बजारीकरण गर्न इच्छुक नेपाली तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुलाई माउन्टेन मार्ट नेपाल ट्रेड हाउसमार्फत खुला आह्वान गरेका छन् ।

  • आबुधाबीमा मिनी नेपाल देखेर यूएईकी विदेश राज्यमन्त्री कावीले भनिन्- छिट्टै नेपाल घुम्न जान्छु

    आबुधाबीमा मिनी नेपाल देखेर यूएईकी विदेश राज्यमन्त्री कावीले भनिन्- छिट्टै नेपाल घुम्न जान्छु

    आबुधाबी । झरनासँगै बगेको खोला । त्यही खोलामा र्‍याफ्टिङ । चुचुरोमा फहराएको नेपाली झण्डा, सेताम्य हिउँ र विभिन्न तालतलैया । प्याराग्लाइडिङ र विभिन्न जातजातिका झाँकी अन्कित डिजिटल डिस्प्लेहरु । आबुधावीको पाँच तारे होटल शेराटन रिसोर्टमा सजीसजावटका साथ नेपाली कूटनीतिज्ञले विदेशी पाहुनालाई स्वागत गरिरहेका थिए ।

    वरपर नेपाल र नेपालीकै बारेमा कुरा गरिरहेका विभिन्न विदेशी कूटनीतिज्ञको भीड । यूएईमा रहेका झण्डै १३० भन्दा धेरै देशका नियोग प्रमुख तथा कूटनीतिज्ञ कानेखुसीमात्रै होइन, नेपाल र नेपालीका बारे खुलेरै कुरा गरिरहेका थिए ।

    यो चाँजोपाँजो नेपालको संविधान जारी भई नवौं वर्ष पुगेको अवसरमा सोमबार नेपाली दूतावास आबुधाबीले मिलाएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा यूएईकी विदेश राज्यमन्त्री नुरा बिन्त मोहम्मद अल कावीको उपस्थिति थियो । मन्त्री कावीले नेपाल र नेपालीको प्रशंसा गर्दै समुन्नत नेपालको कामनासमेत गरिन् ।

    विभिन्न देशका कूटनीतिज्ञहरुसँग खुलेर बोलेकी विदेश राज्यमन्त्री कावीले आबुधाबीमा मिनी नेपाल देख्न पाएकोमा खुशी लागेको भन्दै छिट्टै नेपाल घुम्न जाने चाहना व्यक्त गरिन् । मन्त्री कावीलाई यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री तथा उनकी धर्मपत्नी रीता क्षेत्रीले नेपाल भ्रमणको निम्तो पनि दिए ।

    नेपाली दूतावास आबुधाबीले आयोजना गरेको कार्यक्रममा यूएई सरकारको तर्फबाट सम्भवतः यो पहिलो उच्चस्तरीय सहभागिता हो ।

    कार्यक्रममा सम्बोधन गर्दै राजदूत क्षेत्रीले नेपालले संविधानसभाबाट प्राप्त गरेको उपलब्धि, संविधानमा उल्लेख गरिएको अधिकार र नेपालको पर्यटन एवम् जलवायु परिवर्तनलगायतको विषयमा चर्चा गरेका थिए । राजदूत क्षेत्रीले सहभागी विदेशी पाहुनाहरुलाई नेपाल भ्रमण गर्नसमेत निमन्त्रणा गरे । कतिपय कूटनीतिज्ञले नेपाल भ्रमण गरिसकेको र कतिपयले भविष्यमा गर्ने प्रतिबद्धता जनाए ।

    विदेशी पाहुनाहरुका बीच नेपाली कला-संस्कृति झल्कने नृत्य तथा वाद्यवादन प्रस्तुत गरिएको थियो । कास्कीको पोखराका नीलबहादुर गुरुङले बजाएको बाँसुरीको धुनलाई विदेशी पाहुनाहरुले चासोपूर्वक श्रवण गरे ।

    सहभागीहरुले नेपालप्रेससँग कुरा गर्दै भने, ‘नेपाल कला र संस्कृतिको धनी देश हो ।’

    यूएईका लागि अर्जेन्टिनाका राजदूत जोर्ज अगस्टिनन मोलिना अराम्बरीले नेपालको कला-संस्कृतिको प्रशंसा गरे । गएको वर्ष नेपाल भ्रमणका बेला आफूले होली पर्वमा सहभागी हुने मौका पाएको उनले सुनाए ।

    कार्यक्रमस्थलमा राखिएको एभरेष्ट मम अजमानको स्वाद लिँदै देशी-विदेशी पाहुनाले नेपाली परिकारको समेत चर्चा गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाली समाज, विभिन्न जिल्लागत समाज, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न पेशा व्यवसायमा आवद्ध नेपालीको सहभागिता थियो ।

    कार्यक्रममा एयर अरबियाको सौजन्यमा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रहसहित लक्की ड्र गरिएको थियो । विदेशी अतिथिहरुलाई मात्र समावेश गरिएको सो चिट्ठामा अस्ट्रेलिया, पाकिस्तान, बाङ्लादेश र अजरबैजानका कूटनीतिज्ञहरुलाई दुईतर्फी हवाई टिकट प्रदान गरिएको थियो ।

  • प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रकाे अध्यक्षता, आजै महासभामा सम्बाेधन गर्दै

    प्रधानमन्त्री ओलीबाट ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रकाे अध्यक्षता, आजै महासभामा सम्बाेधन गर्दै

    न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा आयोजित ‘समिट अफ द फ्युचर’को अन्तरक्रियात्मक सत्रलाई अध्यक्षता गरेका छन् ।

    महासभाको उक्त समटिको उद्घाटन सत्रमा भाग लिएपछि प्रधानमन्त्री ओलीले राष्ट्र संघको मुख्यालयस्थित ट्रष्टी काउन्सिलमा आयोजित छलफलसत्रको अध्यक्षता गरेका हुन् ।

    यस सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी बाटोबारे सदस्य राष्ट्रका सम्बन्धित मन्त्री र प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

    राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले महासभाको समिट अफ द फ्युचरलाई सम्बोधन गरेका समयमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रमण्डलले महासभामा भाग लिएका थिए ।

    प्रधानमन्त्री ओलीले आजै महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै, प्रधानमन्त्री ओलीले आज विभिन्न देशका प्रधानमन्त्री र समकक्षीसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

  • ओमानमा आँफैले चलाएको कार दुर्घटना हुँदा रुपन्देहीका नरबहादुर र झापाकी समिताको मृत्‍यु

    ओमानमा आँफैले चलाएको कार दुर्घटना हुँदा रुपन्देहीका नरबहादुर र झापाकी समिताको मृत्‍यु

    युएई । ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो ।

    तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ ।

    ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

    नरबहादुरकी श्रीमती पनि ओमानमै रहेकोले कानुनी प्रक्रिया पूरा गरी दुतावासकै समन्वयमा शनिबार शव नेपाल पठाइएको तर समिताको शव हालसम्म ओमानकै नीज्वा अस्पतालमा रहेको नेपाली दुतावास ओमानका द्वितिय सचिव विशेष कुमार झाले नेपाल प्रेसलाई बताए ।

    एनआरएन ओमानका पूर्व अध्यक्ष दिपक श्रेष्ठका अनुसार मृतक सारु त्यहाँ रहेको नीज्वा फुटबल क्लबको क्याटेनको रुपमा खेल्दै आएका थिए ।

     

  • ममता भट्टलाई श्रीमानले आततायी हत्या गरेको स्पष्ट, आङै जिरिङ्ग पार्ने प्रमाणहरु अदालतमा

    ममता भट्टलाई श्रीमानले आततायी हत्या गरेको स्पष्ट, आङै जिरिङ्ग पार्ने प्रमाणहरु अदालतमा

    काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाल चेली ममता भट्टको उनको श्रीमान नरेश भट्टले हत्या गरेको लगभग छर्लंग भएको छ । हत्या पश्चात शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।

    नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि अस्ति ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर उनका वकिलहरुले गरे । कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने उनीहरुको तर्क थियो । तर, सरकारी वकिलहरुले भने नरेशले हत्या गरेको बलिया प्रमाणहरु पेश गरेका छन् ।

    प्रमाणहरु हेरिसकेपपिछ न्यायाधीशले ४५ मिनेटभित्र धरौटी अपिल सिधै खारेज गरिदिइन् । नरेशले ममताको हत्या गरेकोमा न्यायाधीश पनि विश्वस्त देखिइन् । यद्यपि, नरेशविरुद्ध हत्याको मुद्दा भने दायर भइसकेको छैन ।

    अहिले चलिरहेको मुद्दा लाश लुकाएको अभियोगमा हो । न्यायाधीशले नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन् ।

    मोसन हियरिङमा इजालसभित्र ममताका समर्थकहरु खचाखच थिए । सरकारी वकिलहरुले दिएका प्रमाण र भिडियो फुटेजहरु अदालतमा देखाइँदा इजलासभित्र स्तब्धता छाएको थियो । इजलासमा उपस्थित ममता भट्टका दाइ धुरुधुरु रोए । अरुको पनि आँखा ओभनो रहन सकेन । नरेशका वकिलहरुले दाबी गरेजस्तो ममता कतै जीवित नै पो छिन् कि भन्ने झिनो आशा पनि समाप्त भएको नेपाली समुदायका अगूवाहरुले बताएका छन् ।

    ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो कारमा ठूल्ठूला झोला (ट्र्यास ब्याग) हरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ । उनले कारबाट थैलोहरु झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो ।

    बताइएअनुसार नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरु कारमा हालेर टाढा टाढा लगि व्यवस्थापन गरेका छन् । एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो । ट्रयास ब्यागहरु फ्याकेपश्चात उनले ती कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर समेत सोधेका थिए ।

    यी कामहरु नरेशले जुलाई २९ र ३० मा गरेका हुन् । आफ्नी छोरीलाई एकजना बेबीसिटर कहाँ छोडेर नरेश दिनभर व्यस्त बनेका थिए । उनले आफनो घरको बेसमेन्टमा बहालमा बस्नेलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि पाइएको छ । नरेशले आफ्नो घर नजिकै कुखुरा फार्म कहाँ छ भनेर पनि गुगलमा सर्च गरेका छन् । यस्तै, मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर सर्च गरेको पनि भेटिएको छ ।

    नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरु नभेटिउन् । प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै लाशको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए । हरेकपटक उनले थैलो समात्दाखेरि आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका छन् । घटनापछि उनले आफ्नो टेस्ला कारसमेत बिक्री गर्न भ्याइसकेका थिए । प्रहरीले यो कार फेला पारेपछि यही नै सबैभन्दा ठूलो सुराक बन्यो ।

    यसअघि खानतलासीका क्रममा प्रहरीले शव पहिचान गर्ने कुकुर समेत लगेको थियो । उक्त कुकुर ममताको बेडरुम र वाथरुममा भुकेको थियो । ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन् । घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए । अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेका थिए ।

    ‘श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ?’ भनेर गुगल सर्च गरेबाट नरेशले केही महिनाबाटै योजना बनाएको अनुमान गरिएको छ । ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।

  • ममता काफ्लेका श्रीमान भट्ट अदालत हाजिर भएपछि अमेरिकी साथीहरुको प्रदर्शन, कसले के भने ?

    ममता काफ्लेका श्रीमान भट्ट अदालत हाजिर भएपछि अमेरिकी साथीहरुको प्रदर्शन, कसले के भने ?

    काठमाडौं । हत्या गरेर लाश बेपत्ता गरिएको भनिएकी अमेरिका निवासी नेपाली नर्स ममता काफ्लेका श्रीमान नरेश भट्ट अदालतमा हाजिर हुँदा प्रदर्शन भएको छ । प्रदर्शनको अमेरकी मिडियाहरुले पनि लाइभ दिएर कभर गरेका छन् । प्रदर्शन गर्नेहरुमा नेपाली मूलका भन्दा धेरै अमेरिकीहरुको उपस्थिति देखिएको छ ।

    विभिन्न ब्यानर बोकेर आएका उनीहरुले भट्टलाई ‘विभत्स हत्यारा’ भन्दै ममतालाई न्यायको माग गरेका छन् । वुसा ९ नामक अमेरिकी समाचार च्यानलमा प्रकाशन भएको भिडिओअनुसार प्रदर्शनकारीहरुले ममताको पक्षमा बोलेर अमेरिकी सेनामा जागिरसमेत गरेका भट्टलाई कडा सजायको माग गरेका छन् ।

    भिडिओमा देखाइएअनुसार उनीहरुले नरेश भट्टले धरौटीमा रिहाइ हुन नपाएकोमा खुशी व्यक्त गरेका छन् र न्यायाधीशलाई धन्यवाद भनेका छन् । ममताकी एक अमेरिकी साथीले सुनुवाइमा बताइएअनुसार उनलाई टुक्राटुक्रा पारेर हत्या गरिएको र फोहोर जस्तो गरेर फालिएको बताएकी छन् ।

    उनले भनेकी छन्, ‘फोहोर जस्तै फालिए पनि ममता फोहोर होइनन् ।’

    २० वर्षयता घरेलु हिंसाकी सर्भाइभर एक महिलाले पनि ममताको पक्षमा बोलेकी छन् । उनले नरेश भट्टले योजनाबद्ध रुपमा ममताको हत्या गरेको आरोप लगाएकी छन् । हरेक दुई सेकेन्डमा अमेरिकामा महिला हिंसा हुने भन्दै उनले सबैलाई त्यसमा लाग्न आग्रह गरेकी छन् ।

    अर्की एक घरेलु हिंसाकी सर्भाइभरले पनि आफूले जीवनमा आएर अहिले मात्रै आफ्नो कथा भनेको बताउँदै ममताको पक्षमा बोलेकी छन् ।

    वक्ताहरुमा एक जना नेपाली मूलकी महिला छिन् । उनले अन्तिममा बोल्दै धरौटीमा रिहा नभएकोमा खुशी व्यक्त गर्दै साथीहरुलाई धन्यवाद भनेकी छन् ।

  • युएईमा नेपाली समुदायसँग यसरी मनाइयो संविधान दिवस (तस्वीरहरु)

    युएईमा नेपाली समुदायसँग यसरी मनाइयो संविधान दिवस (तस्वीरहरु)

    आबुधावी। संयुक्त अरब इमिरेट्स युएईको आबुधावीमा रहेको नेपाली दुतावासले यहाँ रहेका नेपाली समुदाय सँग सविधान दिवस मनाएको छ ।

    दुतावासकै अग्रस्थानमा नेपालको राष्ट्रिय झन्डालाई युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्रिले झन्डोत्तलन गरी दिवसको औपचारिक उद्घाटन गरेको नेपाली दुतावास आबुधावीले जनाएको छ । कार्यक्रममा राजदुतसहित नेपाली दुतावासकी नवनियुक्त उपनियोग प्रमुख रन्जिता दाहाल, र दुतावासका अन्य उच्च अधिकारीहरुको उपस्थिति थियो ।

    संविधान दिवसको दिन विदेशस्थित नियोगहरु बन्द हुने भएपनि १० औं संविंधान दिवसको अवसर पारेर नेपाली दुतावास आबुधावीले यहाँ रहेका नेपाली संघसस्थाका प्रतिनिधिको उपस्थितिमा दुतावास परिसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो ।

    यसैबीच दुतावासले आफ्नै परिसरमा यहाँ रहेका सक्रिय सामाजिक संघसस्था, गैर आवसिय नेपाली, विभिन्न राजनितिक दलका भातृ संगठनका प्रतिनिधि,पत्रकार, तथा समाजका अगुवाहरुको उपस्थितीमा दिवस मनाएको  थियाे।

    आप्रवासी कामदारका विषयमा कार्यरत समाजशास्त्री डा. मीना पौडेल, नेपालको पहिलो महिला रेसलर भगवती खड्का युनिकालगायतको आतिथ्यता रहेको कार्यक्रमको सन्चालन दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गरेका थिए ।

    कार्यक्रममा बोल्ने अधिकाशंले संविधान जारी भएको १० औं वर्ष पुगेपनि संविधानमा सबैले अपनत्व गर्न नसकेकोले संशाेधनसहित सविधानलाई प्रगतिशिल बनाउँदै कार्यन्वयनमा जोड दिएका थिए ।

    नेपाली दुतवासले संविधान दिवसकै दिन बिहीवार नेपाली समुदायसँग र आगामी सोमबार विभिन्न १ सय ३० भन्दा धेरै देशका नियोग प्रमुख, तथा युएईका उच्च अधिकारिहरुको उपस्थितिमा समेत विशेष कार्यक्रम गरेर संविधान तथा राष्ट्रिय दिवस मनाउन लागेको जनाएको छ ।

    दिवसकै अवसरमा दुतावासले साताब्यापी दीप प्रज्वलन गरिरहेको छ ।

     

  • अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

    अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस

    काठमाडौं । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।

    अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।

    अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु भएको कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री, राजदूतावासका कूटनीतिक कर्मचारी र तिनका परिवार र संयुक्त अरब इमिरेट्समा रहेका विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि तथा कामको सिलसिलामा त्यहाँ रहेका नेपालीको उपस्थिति थियो ।

    त्यस अवसरमा राजदूत क्षेत्रीले नेपाली जनताको ठूलो सङ्घर्ष र बलिदानपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका जनताका हक, अधिकार, मूल्य मान्यता र लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व भएको बताए ।

    यसैगरी बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्रकुमार यादवले संविधान दिवसको महत्वबारे चर्चा गर्दै नयाँ संविधानले मुलुकमा समानता, समावेशिता, एवं प्रजातान्त्रिक मूल्य, मान्यता स्थापनामा योगदान गरेको बताए ।

    चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङको प्रमुख आतिथ्यमा भएको समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । समारोहमा बेइजिङस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि, चिनियाँ उद्यमी–व्यवसायी, सञ्चारकर्मीलगायत दुई सय ५० जनाको सहभागिता थियो । त्यसअघि दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

    यसैगरी इजिप्टको राजधानी कायरोमा बिहीबार नै इजिप्टको परराष्ट्र मन्त्रालयका एसिया–प्रशान्त तथा अष्ट्रेलिया र न्यूजील्याण्ड मामिलासम्बन्धी सहायक विदेशमन्त्री अहमद शाहिनको उपस्थितिमा संविधान दिवस समारोह आयोजना गरियो ।

    सहायक विदेशमन्त्री शाहीनले दुई देशबीच व्यापार, पर्यटन र शिक्षालगायत क्षेत्रमा आपसी सहयोग विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

    इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले नेपालको संविधान देशको आधुनिक इतिहासमा कोशेढुङ्गाका रूपमा रहेको बताउँदै नेपाल र इजिप्टबीचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    त्यस अवसरमा इजिप्टमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको थियो । समारोहमा इजिप्टका फोटो पत्रकार यासेर आला मुबारकले गत वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर परिसरमा खिचेका तस्बिरहरूको प्रदर्शनी पनि गरिएको दूतावासले जनाएको छ ।

    यसैगरी, कोपेनहेगनस्थित नेपाली नियोगमा आयोजित कार्यक्रममा नियोग प्रमुख सावित्रा ओलीले सात दशक लामो सङ्घर्षपछि जनताद्वारा निर्वाचित प्रतिनिधिले नेपालको संविधान बनाएको ऐतिहासिक दिनको सम्झना गर्दै लोकतन्त्रको संस्थागत विकासमा संविधानले योगदान गरेको बताए ।

    नेपाल–डेनमार्क सम्बन्धबारे चर्चा गर्दै उहाँले व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध वृद्धिमा जोड दिएका थिए । त्यस अवसरमा डेनमार्क सरकारका वरिष्ठ अधिकारी, कोपनहेगन नगरका प्रमुख, त्यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवं तिनका प्रतिनिधि, प्राध्यापक, नेपालका मित्र, डेनमार्कमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली तथा सञ्चारकर्मीसहित एक सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो ।

  • नरेशको पक्षमा थप निर्णय : धरौटीमा छुट्न पाउनेबारे फेरि सुनुवाइ हुने, अन्तिम ट्रायल डिसेम्बरमै

    नरेशको पक्षमा थप निर्णय : धरौटीमा छुट्न पाउनेबारे फेरि सुनुवाइ हुने, अन्तिम ट्रायल डिसेम्बरमै

    काठमाडौं । अमेरिकी अदालतले ममता काफ्लेको मुद्दामा प्रतिवादीप्रति सदाशयता देखाउने सिलसिला जारी राखेको छ । ममताको हत्याका आरोपी नरेश भट्टलाई अनुकूल हुने गरी एकपछि अर्को निर्णयहरू भइरहेका छन् ।

    नरेश पक्षको माग अनुसार यो मुद्दा ‘स्पिडी ट्रायल’ को प्रक्रियामा गइसकेको छ । यो प्रक्रियामा जाँदा ५ महिनाभित्रै मुद्दाको छिनोफानो भइसक्नु पर्छ । प्रमाण जुटाउन बाँकी रहेकाले सरकारी वकिलहरू मुद्दालाई लम्ब्याउन चाहन्थे ।

    नरेशका वकिलहरू भने छिटो फैसला होस भन्ने पक्षमा थिए । अदालतले नरेशका वकिलहरूको माग बमोजिम निर्णय लिएको छ ।

    अन्तिम सुनवाइ कहिले गर्ने भनेर अस्ति १६ तारिखमा एउटा मोसन हियरिङ राखिएको थियो । उक्त सुनवाइमा सरकारी वकिलले जनवरीको अन्तिम वा फेब्रुअरीमा राख्न माग गरे ।

    ५ महिने डेडलाइनको अन्तिमतिर सुनवाइ राख्दा सबै प्रमाणहरू संकलन गर्न आफूहरूलाई सहज हुने उनीहरूको भनाइ थियो ।

    यता नरेश भट्टका वकिलहरूले भने नोभेम्बर वा डिसेम्बरभित्रै सुनवाइ हुनुपर्नेमा जोड दिएका थिए । अभियोग पुष्टि हुने ठोस प्रमाण नभएकाले नरेशलाई धेरै थुनामा राखिरहन नहुने उनीहरूको तर्क छ । उनीहरूले ममता ज्यूँदै रहेको समेत अदालतमा दाबी गरेका थिए ।

    प्रिन्स विलियम काउन्टी कोर्टका न्यायाधीशले नरेशका वकिलको माग अनुसार निर्णय लिएका छन् । डिसेम्बर ९,१०,११, १६, १७ र १८ तारिखमा मुद्दाको अन्तिम सुनवाइ हुने भएको छ । यो मितिप्रति ममताका वकिलहरू मात्र नभएर नेपाली समुदाय समेत सन्तुष्ट छैनन् ।

    यो मुद्दालाई निरन्तर फलोअप गरिरहेका अमेरिका निवासी ‘लुइँटेलजी’ ले अदालतको दृश्य वर्णन गर्दै भनेका छन्, ‘अन्तिम सुनवाइको मिति निर्धारणको प्रक्रिया पनि रोचक थियो । न्यायाधीशले एउटा मिति प्रस्ताव गर्थे । नरेशका वकिलले त्यो दिन आफूले नभ्याउने बताउँथे । फेरि न्यायाधीशले अर्को मिति भन्थे । जनवरीको जुनसुकै दिन प्रस्ताव गर्दा पनि नरेशका वकिलले समय छैन भन्दै पन्छाए । र, उनीहरूकै माग बमोजिम डिसेम्बरको मिति तोकियो ।’

    उनको भनाइ अनुसार नरेशका वकिलहरूकै अडानले गर्दा यो मुद्दा अहिले पुरुष न्यायाधीशहरुले मात्रै हेरिरहेका छन् ।

    नरेशका वकिलहरूले राखेको अर्को माग पनि अदालतले पूरा गरिदिएको छ । उनीहरूको नयाँ माग थियो, नरेशलाई धरौटीमा छोड्ने विषयमा फेरि सुनवाइ राख्नुपर्ने । अदालतले उनीहरूको मागेबमोजिम ममता कार्यालयबाट निस्किँदै गर्दाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको थियो । त्यस आधारमा नरेश भट्टका वकिलले ममता ज्यूँदै रहेको भन्दै नरेश धरौटीमा छुट्नुपर्ने माग राखेका हुन् । यो मागलाई सदर गर्दै अदालतले २९ तारिखमा अर्को मोसन हियरिङ बोलाएको छ ।

    यसअघि अदालतले नरेशको बोन्ड अपिल खारेज गरेको थियो । उनीबाट भाग्न सक्ने र अरूलाई जोखिममा पार्न सक्ने भन्दै न्यायाधीशले धरौटीमा छोड्न अस्वीकार गरेका थिए । तर, फेरि एक पटक यही विषयमा सुनवाइ हुने भएको छ ।

    स्मरण रहोस् कि अहिलेसम्म नरेशविरुद्ध हत्याको मुद्दा हालिएको छैन । उनले ममताको हत्या गरेकोमा प्रहरी विश्वस्त रहेका पनि प्रमाण नपुगेको भन्दै मुद्दा नहालिएको हो ।

    अहिले चलिरहेको मुद्दा लास बेपत्ता पारेको सम्बन्ध हो । यो अमेरिकी अपराध कानूनमा क्लास ६ फेलोनि अन्तरगत पर्छ । अभियोग प्रमाणित भएको खण्डमा एक देखि ५ वर्ष जेल र २५ सय डलर जरिवाना हुनसक्ने जानकारहरूले बताएका छन् ।

  • एमाले निकट प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा बाबुराम सापकोटा चयन

    एमाले निकट प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा बाबुराम सापकोटा चयन

    आबुधावी । नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च यूएईको नयाँ नेतृत्व चयन भएको छ । मञ्चको आइतबार आबुधावीमा सम्पन्न सातौं महाधिवेशनले लमजुङका बाबुराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

    २९ सदस्यीय नवगठित कार्यसमितिको उपाध्यक्षमा बाराका गोकुल कुइँकेल, लमजुङका विष्णुलाल श्रेष्ठ, सचिवमा रुकुम पूर्वका नारायण केसी, उपसचिवमा काठमाडौंका रमुना बस्नेत र सुमन भण्डारी तथा बाग्लुङका विज्ञान रेग्मी निर्वाचित भएको मञ्चले जनाएको छ ।

    सदस्यहरुमा शिवजङ गुरुङ, कमल सुब्बा, नवतारा खरेल, मुक्ति गुरुङ, अर्जुन गौली, धर्मराज पाण्डे, टीकाराम थापा चुनिएका छन् । त्यस्तै सदस्यहरुमै दीपक थापा, मञ्जु शाही, चिन केसी, सुशीला भट्टराई, सुरज भुसाल, कमल लामा, विपीन ढकाल, आइता गुरुङ, द्रोणराज ढकाल, प्रेमबहादुर अधिकारी, कविता पुन, मेघराज कँडेल, घनश्याम भण्डारी, सुन्दर पाठक र सविन बराल रहेका छन् ।

    प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा भएको यूएई मञ्चको सातौं अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिमा मञ्चकै अर्को समूहले असन्तुष्टि जनाएको छ । सो समूहले सामाजिक सञ्जालमार्फत महाधिवेशनलाई पारिवारिक क्लबको संज्ञा दिँदै आपत्ति जनाएको हो ।

    यूएईमा रहेको प्रवासी मञ्चमा एउटा समूह नेकपा फुट अघिदेखि असन्तुष्ट देखिएको थियो । उक्त समूहको असन्तुष्टिकै बीच यसअघि निर्धारण गरिएको महाधिवेशनसमेत स्थगन भएको थियो ।

    पार्टीको संस्थापन पक्ष तथा इतर समूहबीचको बेमैलका कारण प्रवासी मञ्च यूएई लामो समयदेखि नेतृत्वविहीन अवस्थामा थियो ।

  • एनआरएन विवादमा मिसिल झिकाउने आदेश

    एनआरएन विवादमा मिसिल झिकाउने आदेश

    काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ ।

    न्यायाधीश बालकृष्ण ढकालको इजलासले सोमबार एनआरएनको महाधिवेशनका सम्बन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ ।

    एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएको थियो । उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइसकेको छ । – रासस

  • माल्टामा कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली

    माल्टामा कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली

    माल्टा । नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् ।

    सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले १८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख चर्चित लोक गायक विष्णु खत्रीले युरोप साँगितिक टुरका बेला विदेशमा संगठन विस्तार अभियान चलाएका थिए ।

    उनकै पहलमा माल्टामा रहेका नेपालीहरुले कार्यसमिति गठन गरेका हुन् । बरिष्ठ उपाध्यक्षमा याम प्रसाद निउरे, महिला उपाध्यक्षमा अनुजा खनाल, उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा प्रकाश ढकाल चयन भएका छन् ।

    यस्तै सचिवमा विष्णु चापागाँई, सहसचिवमा सुनिता घिमिरे, कोषाध्यक्षमा राजन चापागाँई चयन भएका छन् । सदस्यहरुहरुमा जगत तामाङ, कोपीला तिवारी, सौगात पाण्डे, तबिता क्षेत्री, अनिश सुनार, पवन भण्डारी, विजय तामाङ्ग, सन्ध्या अधिकारी, सागर बस्याल, सन्दिप सुवेदी चयन भएका छन् । नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा चिनाउने गरि माल्टामा काम गर्ने गरि परिषद् विस्तार गरिएको लोकगायक विष्णु खत्रीले जानकारी दिए । उनका अनुसार युरोपका धेरै देशमा विदेश समन्वय परिषद गठनको अन्तिम तयारी छ ।

  • नरेश भट्टलाई एकपछि अर्को सहुलियत, नेपाली समुदायको असन्तुष्टि बढ्दै

    नरेश भट्टलाई एकपछि अर्को सहुलियत, नेपाली समुदायको असन्तुष्टि बढ्दै

    काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्ले बेपत्ता भएको प्रकरणलाई लिएर त्यहाँको न्याय प्रणालीमाथि नै प्रश्न उठ्न थालेको छ । घटनाका मुख्य आरोपी ममताका श्रीमान नरेश भट्टप्रति अदालतले देखाइरहेको सदासयतालाई लिएर नेपाली समुदाय सन्तुष्ट छैन ।

    ममता बेपत्ता भएको दिनदेखि नै श्रीमान नरेश शंकाको घेरामा थिए । नेपाली समूदायले दबाब दिएपछि प्रहरीले २२ अगष्टमा नरेशलाई पक्राउ गरेर लग्यो । तर, उनीमाथि हत्या अभियोग दर्ता भएको छैन । ‘लाश लुकाएको’ कमजोर मुद्दा लगाएर नरेशलाई हिरासतमा राखिएको हो ।

    ममताको शव नभेटिएका कारण हत्याको अभियोग लगाउन नसकेको प्रहरीको भनाइ छ । प्रहरीले अहिलेसम्म ममताको हत्या भएको भनेर पनि आधिकारिक रूपमा भनेको छैन । यद्यपि, ममताको शवको खोजीमा कयौंपटक घरभित्र र बाहिर प्रहरीहरू परिचालन भइसकेका छन् । मनासस प्रहरी प्रमुख मारियो लुगोले आफूलाई ममता जिवित छिन् भन्ने विश्वास नरहेको मिडियासँग बताएका छन् । यद्यपि, प्रहरीसँग हत्याका प्रमाणहरू नभएको होइन ।

    नरेश भट्टले ‘श्रीमती मृत्यु भएको कति समयमा अर्को बिहे गर्न मिल्छ ?’ भनेर गरेको गुगल सर्च, मार्टमा गएर दुईवटा चक्कु किनेको फुटेज, कोठाभरि रगतका टाटा, शौचालयल ढलमा रगतको भेल जस्ता प्रमाणहरू ममता जीवित छैनन् भन्ने आँकलन गर्न पर्याप्त छन् । तर, लाश नभेटिएसम्म हत्याको मुद्दा दायर गर्न प्रहरी हिच्किचाइरहेको छ ।

    अहिले दायर भएको लाश लुकाएको सम्बन्धी मुद्दा अमेरिकाको अपराध सम्वन्धी कानूनमा फेलोनी ६ अन्तरगत पर्छ । यसमा धेरै ठूलो सजाय हुँदैन । हत्याको मुद्दा (क्यापिटल मर्डर) फेलोनी १ अन्तरगत पर्छ र त्यसमा आजीवन कारावास हुन सक्छ । नरेशले नै श्रीमतीको हत्या गरेको तथ्यमा नेपाली समुदायमात्र नभएर प्रहरीसमेत विश्वस्त छ ।

    यता नरेशप्रति सुरूदेखि नै अदालतले सदासयता देखाइरहेको महसुस नेपाली समुदायले गरेका छन् । नरेश आर्थिकरूपमा सक्षम व्यक्ति हुन् । तर, उनले आफ्नो आम्दानी ‘शून्य’ रहेको दाबी गरेपछि त्यसैका आधारमा उनका लागि ‘पब्लिक डिफेन्डर’ नियुक्त गरिएको छ । जबकि पब्लिक डिफेन्डेर भनेको आफैं वकिल राख्ने हैसियत नभएकाहरूका लागि अदालतले दिने सुविधा हो ।

    नरेशलाई दिइएको अर्को सहुलियत भनेको दोभाषेको सुविधा हो । नरेश अंग्रजी मज्जाले बोल्न सक्छन् । पक्राउ पर्नु अगाडि आफ्नै घरबाट स्थानीय मिडियालाई अंग्रेजीमै भटाभट अन्तर्वार्ता दिएका थिए । तर, अदालतमा उनले आफू राम्ररी अंग्रेजी बोल्न नसक्ने भन्दै सीधै बयान नदिने अडान लिए । न्यायाधीशले पनि उनको भनाइमा विश्वास गरे दोभासे राख्न अनुमति दिएको छ । नरेश आफ्ना वकिलहरूसँग मज्जाले अंग्रेजीमा कुरा गरिरहेका हुन्छन् । तर, न्यायाधीशले भने उनीसँग दोभाषेमार्फत प्रश्नोत्तर गर्नुपर्छ । उनले सोझै जवाफ दिँदैनन् ।

    नरेशले वकिलहरूमार्फत राखेका सबैजसो मागहरू अदालतले पूरा गरिरहेको छ । नरेशका वकिलले तीन पटक मोसन हियरिङ बोलाए । अदालतले सुनवाइको मिति तोकेको भन्दा अगाडि नै एउटा पक्षले कुनै विषयमा अदालतमा छलफल गराउन चाहेमा मोसन हियरिङको माग गर्न सक्छ । त्यसअनुसार तीनपटक भएका मोसन हियरिङमा तीनैपटक न्यायाधीशले नरेशका वकिलको माग पूरा गरिदिएका छन् ।

    नरेशका वकिलको मागअनुसार पछिल्लो मोसन हियरिङ गत शुक्रबार भएको थियो । यसमा नरेशका वकिलले ममता बेपत्ता भएपछि प्रहरीले संकलन गरेका प्रमाणहरू आफूले पनि पाउनुपर्ने माग गरेका थिए । त्यसअनुसार ममता आफ्नो कार्यालयबाट २७ अगष्टमा निस्किएको सीसीटीभी फुटेज नरेशका वकिललाई उपलब्ध गराउन न्यायाधीसले आदेश दिएका छन् । यसैगरी प्रहरीले नरेशसँग पहिलोपटक घरमा गएर सोधपुछ गरेको फुटेज पनि दिन भनिएको छ ।

    नरेशका वकिलहरूले ममता हराएकी मात्र हुन्, उनको मृत्यु भएको छैन भनेर सावित गर्न चाहिरहेका छन् । २७ जुलाईमा ममता आफू काम गर्ने युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक पुगेकी थिइन् । कार्यबाट निस्किएर उनले पहिल्यै बुक गरेको उबर क्यान्सिल गरी एउटा कालो कारमा चढेको अनुसन्धानबाट देखिएको छ । कार चढ्नुअघि उनले कार्यालयबाहिर एक सहकर्मीसँग कुराकानी समेत गरेकी थिइन् ।

    नरेशका वकिलले ममताले सहकर्मीसँग कुरा गरेको तथा कारमा चढेको फुटेज मागेका हुन्, जुन उनीहरूलाई उपलब्ध भइसकेको छ । उनीहरूले ती सहकर्मी र कारका ड्राइभरसँग समेत आफूहरूले कुरा गर्न पाउनुपर्ने थप माग राखेका छन् । सरकारी वकिलले प्रहरीसँग रहेका कुनै पनि प्रमाणहरू प्रतिवादीलाई उपलब्ध गराउन नमिल्ने तर्क गरेका थिए ।

    सरकारी वकिलको भनाइमा ममता कार चढेको फुटेजले खासै अर्थ राख्दैन, किनभने नरेश आफैंले ३१ तारिखको रातिबाट मात्रै ममता बेपत्ता भएको बताएका छन् । त्यस राति आफूहरूले सँगै बसेर खोलेसँग खाएको र भोलिपल्ट बिहान काममा हिँडेपछि मात्रै बेपत्ता भएको भनेर उनले मिडियामा अन्तर्वार्तासमेत दिएका थिए ।

    ममता बेपत्ता भएपछि प्रहरीले अगष्ट २ मा पहिलोपटक घरमा गएर नरेशसँग गरेको सोधपुछको भिडिओ पनि नरेशका वकिललाई उपलब्ध गराइएको छ । नरेशले उजुरी गर्न ढिलाइ गरेको आरोप लागेको हुँदा यो भिडिओले उक्त आरोप चिर्ने उनका वकिलको विश्वास छ । प्रहरीले नै आफूलाई केही दिन उजुरी नगरी आफैं श्रीमतीको खोजी गर्न सुझाव दिएको बताउँदै आएका छन् ।

    नरेशका वकिलले प्रहरीले जफत गरेको टेस्ला कारमा भेटिएका प्रमाणहरू पनि मागेका थिए । तर, त्यो भने न्यायाधीशले अस्वीकार गरे । नरेशले ममता बेपत्ता भएपछि विक्री गरेको टेस्ला कार फेला पारेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले नरेशको कोठाभित्र बगेको रगतको फरेन्सीक टेस्ट गर्ने बताएको थियो । उक्त टेस्टबाट त्यो रगत ममताको हो वा होइन भन्ने पुष्टि हुने प्रहरीको भनाइ छ । तर, एक महिना बितिसक्दा पनि उक्त परीक्षणको नतिजा के आयो भनेर प्रहरीले बताएको छैन ।

    अर्कोतर्फ ममताकी छोरीको कस्टडी ब्याटलका लागि पनि नरेशले अधिकार पाएका छन् । उनलाई आजीवन जेल सजाय भएको खण्डमा छोरीको संरक्षण कसलाई दिने भन्ने विवाद छ । नरेश आफ्नै परिवारको जिम्मामा पठाउन चाहन्छन् । यसका लागि उनले जेलबाटै मुद्दा लड्न सक्नेछन् ।

    तत्कालका लागि भने ममताकी छोरीलाई हजुरआमाको जिम्मा लगाइएको छ । ममताकी हजुरआमा र दाइ केही दिन अगाडि अमेरिका पुगेका थिए । उनीहरूले हिजोमात्रै बच्चाको हेरचाह गर्ने जिम्मा पाएका हुन् । स्थायी रूपमा भने अदालतले नै निर्णय लिने छ । त्यतिञ्जेल चाइल्ड प्रोटेक्टिभ सर्भिसको स्वीकृतिबाट हेर्ने हजुआमालाई केयरिङको अधिकार दिइएको हो ।

    अहिले हजुरआमा र मामा छुट्टै अपार्टमेन्टमा बस्न थालेका छन् । उनीहरूलाई नेपाली समुदायबाट सहयोगको वर्षा भइरहेको छ ।

    यो पनि पढ्नुहोस्- नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी

  • अमेरिकी प्रहरीले भन्यो- ममता काफ्लेको केसमा नयाँ ‘क्लु’ पायौं, एक व्यक्ति सम्पर्कमा

    अमेरिकी प्रहरीले भन्यो- ममता काफ्लेको केसमा नयाँ ‘क्लु’ पायौं, एक व्यक्ति सम्पर्कमा

    काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता काफ्लेको अनुसन्धान प्रगतिबारे अमेरिकी प्रहरीले सार्वजनिकरुपमा जानकारी गराएको छ । सिटी अफ मनासस पार्क पुलिस डिपार्टमेन्टले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समूदायलाई पछिल्लो अपडेट दिएको हो ।

    विज्ञप्तिमा ममता काफ्लेको अनुसन्धानमा प्रहरीले विभिन्न सूचना र प्रमाणहरु प्राप्त गरिरहेको उल्लेख छ । साथै, घटनाको विषयमा सूचना भएका एकजना व्यक्ति प्रहरीको सम्पर्कमा आएको पनि जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘हालै एकजना व्यक्ति सूचना सहित आएका छन्, जुन यो केसमा सहयोगी हुन सक्छ ।’

    प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ । विज्ञप्तिमा जुलाइ २८ देखि अगष्ट ५ भित्र नरेश भट्टसँग भेटघाट वा कुराकानी भएका व्यक्तिहरुलाई सम्पर्कमा आउन आह्वानसमेत गरिएको छ । जुलाइ २८ बाट ममता बेपत्ता भएकी थिइन् भने अगष्ट ५ मा नरेशले श्रीमती हराएको उजुरी दर्ता गरेका थिए ।

    ‘हामी अहिलेसम्म अनुसन्धानकर्ताहरुले नभेटेका वा बयान नलिएका व्यक्तिहरु खोजिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

    मनाससका प्रहरी प्रमुख मारियो लुगोले एक व्यक्ति नाम नखोल्ने शर्तमा आफूहरुको सम्पर्कमा आएको र केही सूचना दिएको बताएका छन् ।

    उनले डब्लुयूएसए ९ च्यानलसित कुरा गर्दै भने, ‘उनले दिएका सूचनाहरुमा हामी काम गरिरहेका छौं । घटनासँग सम्वन्धित हुन् कि होइनन् भनेर हेरिरहेका छौं ।’

    प्रहरीले ममताको घर परीसरमा खोजतलास जारी राखेको छ । पछिल्लो पटक बुधबार गरिएको खोजतलासमा केही पनि नयाँ प्रमाण नभेटिएको लुगोले बताए । तर, अघिल्ला खोजतलासहरुमा घटनासँग सम्वन्धित हुनसक्ने केही प्रमाणहरु फेला परेको उनको भनाइ छ । ती प्रमाणहरुको फरेन्सिक परिक्षण भइरहेको उनले जानकारी दिए ।

    नेपाली समूदायलाई सम्वोधन गर्दै लुगोले भने, ‘हामी अहिले पनि ममताको खोजी गरिरहेका छौं । सानो–सानो कुराहरुलाई एक ठाउँमा राखेर ममतालाई न्याय दिनुपर्ने छ ।’

    प्रहरीले ममताका श्रीमान नरेशविरुद्ध लाश वेपत्ता पारेको मुद्दा मात्र दायर गरेको छ । त्यसको अर्को एउटा मोसन हियरिङ आज हुँदैछ । आज पनि नरेशकै वकिलका मागअनुसार मोसन राखिएको हो । उनीहरुले ममता कार्यालयबाट निस्किएको र कालो कारभित्र चढेको सीसीटीभी फुटेज तथा उनको फोनभित्रका डाटाहरुको सूचना आफूहरुलाई पनि शेयर गर्नुपर्ने माग राखेका छन् । यही विषयमा आजको सुनवाइमा न्यायाधीशले निर्णय दिनेछन् ।

    फक्स ५ वासिंटन डिसी च्यानलले अदालतको डकुमेन्टलाई उध्दृत गर्दै नरेशले आफ्नो आम्दानी शून्य देखाएको जनाएको छ । जबकी उनी कामकाजी व्यक्ति हुन् ।

    प्रहरी नरेशलाई फेलोनी १ अन्तर्गत हत्याको मुद्दा दायर गर्ने प्रयासमा छ, तर प्रमाण पुगेको छैन । अहिले दायर भएको मुद्दा फेलोनी ६ अन्तर्गत लाश लुकाएको सम्बन्धी हो । आउँदो १६ तारिखबाट ५ महिनाभित्र यो अभियोग प्रमाणित भएन भने नरेशले सफाइ पाउन सक्छन् । तर, त्योभन्दा अगाडि नै प्रहरीले हत्याको मुद्दा दायर गरिने सम्भावना छ ।

     

     

  • डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो, १३ हजार माथिका नम्बरवालाले नपाउने

    डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो, १३ हजार माथिका नम्बरवालाले नपाउने

    काठमाडौं । पछिल्लो दश महिनामा २५०५ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) अन्तर्गतको प्रकृया पूरा गरेका छन् ।

    अरु विजेताहरुको प्रकृया पूरा हुने क्रममा रहेको छ । अमेरिकाबाट संचालित नेपयोर्क समाचार पोर्टलका अनुसार जुलाई महिनामा मात्रै २७२ जनाले भिसा पाएका छन् । अगस्टको भने सूचना सार्वजनिक भएको छैन ।

    सन २०२४ को डिभीको प्रकृयाको समयसीमा सेप्टेम्बर ३० मा भएको बताइएको छ । १३ हजार भन्दा माथिको नम्बरको डिभी परेकाहरुको भने भिसा नहुने भएको छ किनभने यो वर्षको क्याप १३ हजार छ ।

    अहिले भिसा दिइएकाहरुमा सन २०२२ को लटको भएको बताइएको छ । सन २०२३ मा विजेता भएकाहरुले यहि अक्टोबरबाट भिसा पाउन सुरु गर्नेछन् । सन २०२४ को लागि ३८६३ जना नेपालीको डिभी परेको छ ।

     

  • ममताकी छोरीको ‘कस्टडी’ विवाद : ‘गो फन्ड मी’ मा उठेको सवा तीन करोड कसको हातमा ?

    ममताकी छोरीको ‘कस्टडी’ विवाद : ‘गो फन्ड मी’ मा उठेको सवा तीन करोड कसको हातमा ?

    काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली चेली ममता भट्टकी नाबालिग छोरीको कस्टडी (संरक्षण अधिकार) लाई लिएर विवाद उत्पन्न भएको छ । आमा ममता जीवित हुन सक्ने सम्भावना नगण्य रहेको तथा बुवा आजीवन जेल जानुपर्ने हुन सक्ने सम्भावना रहेकाले कस्टडीको विवाद उब्जेको हो ।

    ममता बेपत्ता भएको केही दिनसम्म बुवा नरेशले एक वर्षिया छोरीको हेरचाह गरिरहेका थिए । तर, उनलाई नै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । नरेशलाई पक्राउ गर्दा उनकी छोरी पनि प्रहरीले ब्ल्यांकेटमा छोपेर लगेका थिए । त्यसपछि ममताकी पारिवारिक साथी सरिता न्यौपानेले उनलाई हेरचाह गरिरहेकी छन् । त्यसबेला ममताको परिवारका कोही पनि अमेरिकामा उपलब्ध नभएकाले सरितालाई अस्थायी कस्टडी दिइएको थियो ।

    गत साता ममताकी आमा र दाजुसमेत अमेरिका पुगिसकेका छन् । उनीहरु गएपछि सबैले ठानेका थिए कि अब हजुरआमालाई नै बच्चाको जिम्मा लगाइनेछ । तर, कानूनीरुपमा यो त्यति सरल छैन । हजुरआमाले नातिनी हेर्न त पाएकी छिन्, तर कानूनीरुपमा नातिनीको संरक्षण गर्ने हक उनलाई प्राप्त भएको छैन ।

    यो विषय जटिल बन्नुको कारण हो ममताका बुवा नरेशको रणनीति । उनी कुनै पनि हालतमा आफ्नी छोरीको कस्टडी ससुराली परिवारलाई दिने पक्षमा छैनन् । आमा यदि बितिसकेको भए बाबुले जेलमै रहेर पनि कस्टडीका लागि कानूनी लडाईं लड्न सक्ने व्यवस्था छ । नरेशले ममताको माइतीको साटो आफ्नो परिवारमा कस्टडी ल्याउनका लागि जोडबल गरिरहेका छन् । यसका लागि उनले कारागारभित्रैबाट आफ्नो वकिलहरुलाई परिचालन गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    नरेशले नै श्रीमती ममताको हत्या गरेको अहिलेसम्म प्राप्त प्रमाणहरुले देखाउँछन् । यद्यपि, लाश नभेटिएकाले प्रहरीले हत्या मुद्दा लगाउन सकेको छैन । लाश लुकाएको अभियोगमा उनलाई हिरासत राखिएको हो । तर, ठोस प्रमाण भेटिनासाथ नरेशमाथि हत्या मुद्दा नै लाग्ने छ र उनले कठोर जेल सजाय भोग्नुपर्ने हुन सक्छ । त्यो भनेको आजीवन कारावास हो । भर्जिनियामा मृत्यूदण्डको कानून भने छैन ।

    यो घटनामा ममताकी आमा पनि ‘भिलेन’ का रुपमा प्रस्तुत भइरहेकी छन् । नरेशले एक अन्तरवार्तामा ममताले आमालाई आफूहरुसँगै राख्न नचाहेको दावी गरेका थिए । ममताको माइतीपक्षले पनि नरेशकी आमा अमेरिका गएपछि नै समस्या उत्पन्न भएको बताएका छन् । यद्यपि, टिकटकमा थुप्रै भिडिओहरु भेट्न सकिन्छ, जसमा ममता आफ्नी सासुसँग रमाइलो गरिरहेकी देखिन्छिन् ।

    अमेरिकाको कानूनले बाबु र आमाको अनुपस्थितिमा बच्चाको कस्टडी दुवैको परिवारलाई समानरुपमा हुन व्यवस्था गरेको छ । अर्थात्, कानूनीरुपमा नरेशको परिवार र ममताको परिवार बराबर हकदार छन् । तर, अर्को जटिलता चाहीँ के हो भने अमेरिकामा जन्मेकी बालिका अमेरिकी नागरिक हुन् । आफ्नो देशको नागरिकलाई अर्को देशको परिवारलाई जिम्मा लगाउनका लागि कानूनी समस्या हुन सक्ने कतिपयको भनाइ छ ।

    जर्ज वासिङ्टन युनिभर्सिटीकी ल प्रोफेसर जोन मरिससले एबीसी सेभन न्यूजसँग भनेकी छन्, ‘कानूनी रुपमा अन्तिम निरुपण नहुँदासम्म ममताकी आमाले अस्थाइ कस्टडी पाउन सक्छिन्, तर दिर्घकालमा यो कानूनी लडाईं पेचिलो बन्न सक्नेछ । यदि ममताका श्रीमानले हिरासतबाटै कस्टडीको लागि लडेको खण्डमा न्यायालयले यसलाई सल्टाउन सहज छैन । कानूनतः हजुरआमा–हजुरबा भन्दा पनि बुबाको निर्णयलाई अदालतले ध्यानमा राख्नुपर्ने हुन्छ ।’

    उनी थप्छिन्, ‘यदि हजुरआमा हजुरबाले नेपाल छोडेर अमेरिका बस्ने निर्णय गरे भने उनीहरुको हकदावी बलियो हुन सक्छ । तर, यदि उनीहरुले बालिकालाई नेपालमै लैजाने भने चाहीँ अदालतले निर्णय लिन कठिन छ । त्यस्तोमा अदालतले ममताकी पारिवारिक साथी (जसले अहिले हेरिरहेकी छन्) लाई नै कस्टडी दिने निर्णय पनि लिन सक्छ । तर म चाहीँ जुनसुकै अवस्थामा पनि ममताका आमाबुबाले नै यो अधिकार पाउनुपर्छ भन्ने ठान्छु ।’

    यसमा आर्थिक पाटो पनि गाँसिएको छ । ममताकी साथी सरिताले नरेश पक्राउ परेपछि ‘गो फन्ड मी’ मा सहयोग आह्वान गरेकी थिइन् । ‘ममताका लागि न्यायः उनको छोरीलाई बाँच्न सहयोग गरौं’ शीर्षकमा उनले आह्वान गरेकोमा अहिलेसम्म करिब २ लाख ४२ हजार डलर (करिब २ करोड २४ लाख रुपैयाँ) संकलन भइसकेको छ ।

    २ लाख ५० हजारको लक्ष्य नजिक संकलन भइसकेको छ । अब यो रकममाथिको अधिकार उसैलाई दिनुपर्ने हुन्छ, जसले ममताको कस्टडी प्राप्त गर्छ । ममताकी छोरी बालिग भइसकेपछि भने उनैले यो हक प्राप्त गर्छिन् । यो रकम एउटा ट्रस्टमा जाने र ममताकी छोरीका लागि मात्र खर्च हुने सरीताले बताएकी थिइन् ।

  • पोर्चुगलमा घुम्ती सेवाबाट २४ सय बढी नेपालीले लिए सेवा

    पोर्चुगलमा घुम्ती सेवाबाट २४ सय बढी नेपालीले लिए सेवा

    पोर्चुगल । पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिएका हुन् ।

    घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिए ।

    शिविरबाट दुई लाख ४६ हजार छ सय ४० युरो अर्थात् रु तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले बताए ।

    घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिएका थिए । दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

    घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट)लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ । घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताए। आगामी दिनमा पनि राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्या देखा परेको खण्डमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि पुनः घुम्ती टोलीको व्यवस्था गरिने उनले बताए ।

    यसअघि पोर्चुगलमा रहेका नेपालीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा नपाउँदा सास्ती खेप्नुपरेको समाचार राससमार्फत् संप्रेषण भएको थियो ।

    गत महिना पनि राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।
    रासस

  • प्रवासी नेपाली मञ्च यूकेको दक्षिणपूर्व इलाका कमिटी अध्यक्षमा राममाया बिष्ट निर्वाचित

    प्रवासी नेपाली मञ्च यूकेको दक्षिणपूर्व इलाका कमिटी अध्यक्षमा राममाया बिष्ट निर्वाचित

    लण्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिण पूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया बिष्ट निर्वाचित भएकी छन् । आइतबार साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैठौ अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

    साउथ इस्टमा बिष्ट पहिलो महिला अध्यक्ष हुन । यसअघि पुरुषहरु नै अध्यक्ष भएका थिए । उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीबिका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिस थपलिया, नवीन भट्ट, थर्क सिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन् ।

    तीनजना सदस्य पछि कार्यसमितिले थप गर्नेछ । नव निर्वाचित अध्यक्ष बिष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तरराष्ट्रिय कमिटिका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले सपथ ग्रहण गराएका थिए ।

    निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पुर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराए । निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिव पुण्य रेग्मी भएको समित गठन गरिएको थियो ।

    यसैबीच, अध्यक्ष बिष्टले निर्वाचित भए लगत्तै सबै सँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाइन् । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिएका थिए ।

    यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाब दिए । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए ।

    उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो । अधिवेशनमा पुर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तरराष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेश जंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो ।

     

  • बेलायतका नेपाली इन्जिनियरहरुको संस्थामा तिमिल्सिनाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

    बेलायतका नेपाली इन्जिनियरहरुको संस्थामा तिमिल्सिनाकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

    लन्डन । बेलायतस्थित नेपाली इन्जिनियरहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स इन यूके’ मा नयाँ कार्यसमिति चयन भएको छ ।

    ७ सेप्टेम्बर शनिबार लन्डनमा सम्पन्न वार्षिक साधारणसभाले इन्जिनियर सुवोध तिमिल्सिनाको अध्यक्षतामा छैठौं कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    साधारणसभाले उपाध्यक्षमा डा. रुद्र पौडेल, महासचिव मनोज पुन, सचिव संगीता पोखरेल र कोषाध्यक्षमा सुमन चालिसेलाई निर्वाचित गरेको छ ।

    त्यसैगरी, सदस्यहरुमा डा. ब्रम्हानन्द सापकोटा, पुकार सिवाकोटी, डा. सूर्यनाथ घिमिरे, सुजन शर्मा र सुजित शर्मा निर्वाचित भएका सोसाइटीले जनाएको छ ।

    सोसाइटीले गत २३ अगष्टदेखि ७ सेप्टेम्बरसम्म निर्वाचन कार्यक्रम गरेको थियो ।

    नवनिर्वाचित अध्यक्ष तिमिल्सिनाले आफ्नो ’भिजन’ प्रस्तुत गर्दै बेलायतका नेपाली इन्जिनियरहरुको पेशागत हक हित एवं नेपालमा आफूहरुको सीप र ज्ञान हस्तान्तरण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    यसअघि निवर्तमान अध्यक्ष रुद्र कोइरालाको अध्यक्षतामा सचिव सज्ञान खरेलले सञ्चालन गरेको साधारणसभामा पांचौं कार्यसमितिको वार्षिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।

    सन् २००७ मा स्थापित सोसाइटीले आफ्ना सदस्यरुको हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।

     

  • ममता काफ्ले बेपत्ता प्रकरण- ‘गो फन्ड मी’ बाट २० हजार डलर उठाएकी नाडिया विवादमा

    ममता काफ्ले बेपत्ता प्रकरण- ‘गो फन्ड मी’ बाट २० हजार डलर उठाएकी नाडिया विवादमा

    काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्ले बेपत्ता भएको डेढ महिना बितिसक्दा पनि उनको सास वा लास फेला परेको छैन । प्रहरीले खोजतलास जारी राख्दा नेपाली समुदायले निरन्तर प्रभावकारी अनुसन्धानका लागि दबाब दिइरहेका छन् ।

    अहिले यो प्रकरणमा एक अमेरिकी युवतीको नाम चर्चामा आएको छ । उनी हुन्, नाडिया नभारो । उनका पछिल्ला गतिविधिहरूलाई लिएर नेपाली समुदायबीच विभिन्न प्रश्नहरू उठिरहेका छन् । प्रहरीले समेत उनलाई बोलाएर बयान लिएको थियो ।

    खासमा नाडिया ममताकै मिल्ने साथी हुन् । ममता बेपत्ता भएपश्चात् उनले खोजी अभियान सञ्चालन गर्दै आएकी छन् । नाडियाले ममताको खोजीका लागि भनेर गो फन्ड मीमा सहायता आह्वानसमेत गरिन् ।

    अहिलेसम्म २० हजार ३३५ डलर गो फन्ड मीबाट संकलन भएको छ । ममताकी छोरीका नेपाली समुदायले सञ्चालन गरेको गो फन्ड मी अभियान यो भन्दा फाल्टै हो । ममताको लिगेसीका लागि भनेर सञ्चालन गरिएको उक्त गो फन्ड मीबाट साढे ३ करोड रुपैयाँ संकलन भएको थियो ।

    ममताका श्रीमान् नरेश भट्ट पक्राउ परेपछि उनकी एक वर्षीया छोरीको कस्टडी समेत आफूले लिन चाहन्थिन् नाडिया । तर, त्यसका लागि उनले अनुमति पाइनन् । प्रहरीले नेपाली समुदायबाटै एक युवतीलाई बच्चाको हेरचाह गर्ने जिम्मा दिएको छ । बच्चाको संरक्षण र रेखदेख सरकारले नै गर्छ ।

    अहिले ममताकी आमा र दाइसमेत अमेरिका पुगिसकेका छन् । उनीहरूले बच्चाको कस्टडीका लागि अनुमति माग्ने तयारी गरे पनि प्रक्रिया पूरा भइसकेको छैन ।

    अर्कोतर्फ कारागारमा नरेश भने ममताकी आमालाई कस्टडी नदिने पक्षमा छैनन् । यसका लागि उनी कारागारबाटै वकिलहरू परिचालन गरिरहेका छन् । उनी बच्चालाई आफ्नै बुवाआमाको जिम्मामा पठाउन चाहन्छन् ।

    नाडियामाथि प्रश्न उठ्नुका विभिन्न कारण छन् । उनी ममताको खोजी अभियानमा सक्रिय रहे पनि नेपाली समुदायसँग उनले राम्रो समन्वय गर्न चाहिरहेकी छैनन् । उनी अदालतमा हुने सुनवाइमा उपस्थित हुन्नन् । नेपाली समुदायको आह्वानमा हुने द्वीप प्रज्वलनदेखि अन्य गतिविधिहरूमा अनुपस्थित रहन्छिन् ।

    ममताका श्रीमान् नरेशसँग नाडियाको सम्बन्धलाई लिएर पनि विभिन्न आशंकाहरु उब्जिन थालेका छन् । नरेशले लामो समयदेखि एउटा गोप्य फेसबुक अकाउन्ट चलाउँदै आएको प्रहरीले पत्ता लगाएको छ । उक्त फेसबुक अकाउन्ट सीमित व्यक्तिहरू मात्रै नरेशसँग जोडिएका छन् ।

    नाडिया पनि त्यो एकाउन्टमा नरेशको साथी रहेको खुलेको छ । प्रहरीले नाडियाको बयान लिने क्रममा उक्त अकाउन्टबारे सोधिएको थियो । उनले आफूले ममतालाई सोधेर नै उक्त अकाउन्टबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको दाबी गरिन् ।

    यस विषयमा उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै भनेकी छन्, ‘धेरै समय अगाडि मलाई फ्रेन्ड रिक्वेस्ट आएको थियो । सुरुमा मैले चिनिनँ । भित्र हेर्दा ममताको फोटो देखेँ । त्यसपछि उनलाई सोधेँ । उनले मेरो श्रीमानको हो एड गर्दा हुन्छ भनेपछि फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको हुँ । अरू साथीहरू पनि त्यसमा जोडिएका थिए । तर, ममता बेपत्ता भएपछि सबैले अनफ्रेन्ड गरेछन् क्यार । मैले चाहिँ त्यो बिर्सिसकेको थिएँ ।’

    आफूले बर्षौंदेखि एक पटक पनि नरेशसँग एक्ला एक्लै कुराकानी नगरेको नाडियाको भनाइ छ । नाडिया भन्छिन्, ‘मैले हरेक पटक ममतामार्फत मात्रै उसित कुराकानी गरेको छु । छुट्टै कुराकानी कहिले पनि गरेको छैन ।’

    त्यसो त एक कुराकानीमा नाडियाले आफूलाई नरेशले फलो गरेको संकेत समेत गरेकी थिइन् । ‘उसले मलाई पटक-पटक फोन गरेको थियो । म आफ्नो कारमा कतै जाँदै थिएँ, उसले फर्किन भन्यो । मैले अस्वीकार गरेँ । त्यसपछि उ रिसले चुर भएर चिच्याएको थियो,’ नाडिया भन्छिन् ।

    ममताको नाममा गो फन्ड मीबाट संकलित रकमको विषयमा पनि नाडियामाथि प्रश्न उठेका छन् । अहिलेसम्म उठेको २० हजार डलर उनकै नियन्त्रणमा छ । यो पैसा कहाँ र कसरी खर्च भइरहेको छ भन्ने उनले विवरण सार्वजनिक गरेकी छैनन् । ममताको खोजीमै खर्च भइरहेको भन्दै पन्छिएकी छन् ।

    उनी भन्छिन्, ‘मैले एक पेनी पनि आफ्नो व्यक्तिगत काममा खर्च गरेको छैन । सबै खोजी अभियानमा नै जान्छ । यो पैसा उनको बच्चाका लागि होइन । खोजीका लागि हो । बच्चाका लागि सहयोग गर्न चाहनेले नेपाली समुदायले सञ्चालन गरेको गो फन्ड मीमा दिन सक्नुहुन्छ ।’

    सहयोग गर्ने कसैलाई आफूमाथि शंका भएमा रकम फिर्ताका लागि अनुरोध गर्न सक्ने पनि उनले बताएकी छन् ।

    नाडियाले केही दिन अगाडि आफ्नो कारमा आक्रमण भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनको गाडीको सिसा फुटेको र अरू क्षति पुगेको देखिएको छ । तर, पछि उनले सो तस्बिर र पोस्ट हटाइन् ।

    आफूले आवेशमा आरोप लगाएर लेखेको र पछि प्रमाणबिना लेख्नु उचित नहुने महसुस गरेर हटाएको नाडियाको तर्क छ । आफ्नो गाडी बनाउन गो फन्ड मीको पैसा दुरुपयोग नगरेको पनि उनले बताइन् ।

  • नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी

    नरेश भट्टका वकिलको मागअनुसार मुद्दा ‘स्पिडी ट्रायल’ मा, ममताको शव खोजेको खोज्यै प्रहरी

    काठमाडौं । अमेरिकामा हराएकी नेपाली चेली ममता भट्टको मुद्दामा हिजो भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा लगिएको हो ।

    प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाइमा पहिलोपटक ममताकी आमा र भाइ पनि उपस्थित भएका थिए । उनीहरूकै आँखाअगाडि प्रहरीले ज्वाइँ नरेशलाई हत्कडी लगाएर इजलासमा ल्याए । तर, ‘इन्टरप्रिटर’ को अभावका कारण सुनुवाइमा विलम्ब भयो । बाक्लो संख्यामा रहेका नेपालीहरूले हल्लाखल्ला गरेपछि सेक्यूरिटीले चेतावनी दिनु परेको थियो ।

    न्यायाधीशले सुनुवाइ प्रक्रिया सुरू गरेपछि इन्टरप्रिटरको खोजी भयो । नरेश भट्टका वकिलहरूले इन्टरप्रिटर नभेटिएको बताए । सरकारी वकिलले भर्जिनियाको अदालती प्रणालीमा नै २-३ जनामात्रै इन्टरप्रिटर भएकाले पाउन गाह्रो हुने भन्दै बहस सुचारु गर्न आग्रह गरे । तर, नरेशका वकिलले मानेनन् । जसोतसो एक घन्टापछि एकजना इन्टरप्रिटर झिकाएर बल्ल सुनवाइ आरम्भ भएको थियो ।

    हिजोको ‘मोसन हियरिङ’ खासमा नरेशकै वकिलहरूको माग अनुसार राखिएको हो । यसअघिको सुनुवाइमा अदालतले मुद्दा ग्राण्ड जुरीमा पठाउने निर्णय लिएका थिए । उक्त निर्णय खारेजीको माग गर्दै नरेशका वकिलले स्पिडी ट्रायलमा लैजान न्यायाधीशलाई दबाब दिए । स्पिडी ट्रायलमा लैजाँदा मुद्दाको अभियोजन ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । अन्यथा मुद्दा लाग्दैन ।

    अहिले नरेशविरुद्ध शव लुकाएकोमात्रै अभियोग लगाइएको छ । हत्या अभियोग छैन । आफैंले हत्या गरेको ठोस प्रमाण नभेटिएकाले प्रहरी हत्यारा भन्न नसकेको हो । मुद्दालाई जति छिटो प्रक्रियामा लग्यो, प्रहरी उति दबाबमा पर्ने नरेशका वकिलहरूको बुझाइ छ । यदि प्रहरीले हत्याको प्रमाण नभेटेमा शव लुकाएको मुद्दाम‍ात्र लाग्ने र सामान्य सजाय हुन सक्ने भएकाले उनीहरूले स्पिडी ट्रायलका लागि दबाब दिएका हुन् । उनीहरूको अहिलेसम्म ममताको शव नै नभेटिएको हुँदा अभियोग पुष्टि हुने आधारभूत प्रमाणसमेत प्रहरीसँग नभएको तर्क गरेका थिए ।

    यसअघिको मोसन हियरिङमा जस्तै हिजो पनि न्यायाधीशले नरेशका वकिलको माग स्वीकार गरे । जसअनुसार मुद्दा ग्राण्ड जुरीको साटो स्पिडी ट्रायलमा जाने भएको छ । तर, ट्रायल कहिले सुरू हुने भन्ने निधो भएको छैन । नरेशका वकिलहरू छिटो छिनोफानो गर्न चाहन्छन् । सरकारी वकिलहरू समय लिन चाहन्छन् । नरेशका वकिलले डिसेम्बरमा र सरकारी वकिलले जनवरी अन्तिम वा फेब्रुअरीमा ट्रयल राख्न माग गरेका थिए । न्यायाधीशले कुनै निर्णय दिन नसकेको न्यूज डब्लुयुएसएले जनाएको छ । समाचारमा जनाइएअनुसार सम्भवत: फेरि अर्को मोसन हियरिङ हुन सक्छ ।

    शवको खोजी जारी

    मनासस प्रहरीले ममता भट्टको शव खोजी जारी राखेको छ । मनासस पार्क र प्रिन्स विलियम काउन्टी पुलिसले हिजो पनि तीन घन्टासम्म ममताको घर नजिक खोजतलास गरेको थियो । तर, कुनै पनि प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

    मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले नरेश भट्टको घर पछाडि ब्लुम्स पार्क र काठ ओछ्याइएको ठाउँमा सर्च गरिएको बताए । डब्लुयूएसएकी संवाददाता केटी लुसोसँग कुरा गर्दै त्यहाँ केही पनि प्रमाण नभेटिएको उनले जानकारी दिए । नेपाली समूदायबाट पाएको सूचना र जानकारीका आधारमा खोजतलास भइरहेको लुगोको भनाइ छ ।

    गत शुक्रबार पनि प्रहरीले नरेश भट्टको घर वरपर सघन खोजतलास गरेको थिए । त्यसबेला केही प्रमाणहरु भेटिएको र त्यसको अध्ययनका लागि फरेन्सीक ल्याबमा पठाइएको जानकारी लुगोले दिएका छन् । भेटिएको प्रमाण के हो भन्ने उनले बताउन चाहेनन् ।

    ममता अझै पनि जिवित भेटिन सक्ने सम्भावना देख्नुहुन्छ ? भन्ने संवाददताको प्रश्नमा उनले जवाफ दिए, ‘मलाई लाग्दैन कि उनी जिवित छिन् । त्यस्तो कुनै पनि संकेत छैन ।’

    आगामी दिनमा पनि शवको खाजतलास जारी राखिने लुगोले बताए ।

  • युएईमा आममाफी : दुबईमा ‘नेपाल हेल्प डेस्क’, अवैधानिक रहेकालाई सम्पर्कमा आउन दूतावासको आग्रह

    युएईमा आममाफी : दुबईमा ‘नेपाल हेल्प डेस्क’, अवैधानिक रहेकालाई सम्पर्कमा आउन दूतावासको आग्रह

    युएई । अवैधानिक रूपमा युएईमा रहेका आप्रवासी कामदारका लागि युएईले दुई महिना समय तोकेर आममाफी (एमनेष्टी) योजना सुरु गरेको छ ।

    गत १ सेप्टेम्बर आइतबारदेखि लागू हुने गरी कुनै कारणले गैरकानुनी तवरले बसोबास गरिरहेका आप्रवासी कामदारलाई कानुनी दायरामा ल्याउन समय सीमा तोकी आममाफी घोषणा गरिएको हो ।

    यस योजना मार्फत विभिन्न कारणले यूएईमा अलपत्र परेका नेपालीहरूले लाभ लिन सक्नेछन् । तर, फौजदारी मुद्दा लागेका वा भिसासँग सम्बन्धितबाहेक अन्य कुनै पनि मुद्दा लागेकाहरूले भने आममाफी योजनामा सहभागी हुन पाउने छैनन् ।

    आममाफी योजनामा सहभागी भई युएई छाड्नेहरूले भविष्यमा पुनः यूएई फर्किन पाउने यूएईको अध्यागमन प्राधिकरणका कार्यवाहक महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले गत साता पत्रकार सम्मेलनमा बताएका थिए ।

    अवैध नेपालीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

    नेपालीहरूलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधाबीले अनुरोध गरेको छ । युएई सरकारले आइतबारदेखि सुरु गरेको आममाफी प्रक्रियामा स्वदेश फर्किन वा पुनः युएईमा वैधानिक बनेर बस्न चाहने नेपालीलाई समयमै सम्पर्कमा आएर अवसरको फाइदा उठाउन दूतावासले आग्रह गरेको हो । आममाफी प्रक्रियामा सहभागी हुने सम्बन्धमा दूतावासले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

    युएईले यहाँ रहेका खास गरी कामदार प्रदान गर्दै आएका देशहरूका राजदूतहरू मार्फत समेत अवैधानिक रूपमा बस्दै आएका सम्पूर्ण आफ्ना नागरिकलाई आममाफी प्रक्रियामा सहभागी गराउन अनुरोध गरेको छ । सोही अनुसार नेपाली दूतावास आबुधावीले एक प्रेस विज्ञप्तिमार्फत भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका , अध्यागमन नियम उल्लङ्घन गरी धेरै रकम जरिवानामा परेकाहरूलाई आममाफी प्रक्रियामा सहभागी भई युएई छोड्न वा वैधानिक भएर बस्न अनुरोध गरेको छ ।

    राहदानी नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात पुर्‍याएर नेपाल फर्कन पाउनेछन् । त्यसका लागि आफू नजिकको अध्यागमन कार्यालयमा जाने र त्यहाँबाट पाएको यात्रा अनुमति पत्र सहित दूतावासमा आई ट्राभल डकुमेन्ट (एक तर्फी यात्रा अनुमति पत्र) बनाएर १४ दिन भित्र युएई छोडिसक्नु पर्ने दूतावासले जनाएको छ ।

    यूएईमा वैधानिक भएर रहनका लागि यहाँको श्रम संसाधन मन्त्रालयले प्रमाणित गरेको ‘जब अफर लेटर’ आवश्यक पर्नेछ । त्यसका लागि पनि २ महिनाको समय सीमा भित्र काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ।

    राहदानी नभएका तर भिसा लगाएर वैधानिक भई काम गर्न चाहने नेपालीको हकमा दूतावास मार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूतावासले जनाएको छ ।

    दूतावासले परराष्ट्र मन्त्रालय तथा राहदानी विभाग सँगको समन्वयमा युएईबाट आवेदन दिएका राहदानी फास्टट्र्याकबाट दूतावासमा आउने गरी काम गर्ने तयारी गरेको युएईका लागी नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।

    आममाफी योजना मार्फत आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरू भविष्यमा पुनः यूएई आउन पाउने छन् । तर यूएईको अदालतमा मुद्दा लागिरहेका नागरिकको हकमा भने यो सुविधा लागु नहुने युएईले जनाएको छ । यो प्रक्रियामा हवाई टिकट भने व्यक्ति आफैँले जुटाउनु पर्नेछ ।

    युएई सरकारले यस अघि सन् २००८,२०१३ र २०१८ मा गरी तीन पटक आममाफी अभियान चलाएको थियो । पछिल्लो पटक सन् २०१८ को आममाफी प्रक्रिया मार्फत जम्मा १ हजार ९० जना नेपाली स्वदेश फर्किएका थिए ।

    युएईमा कति नेपाली गैरकानुनी रूपमा छन् भन्ने यकिन तथ्याकं नभए पनि यस अभियानपछि युएईले कडाइका साथ पक्राउ पनि गर्न सक्ने भएकाले अवसरको फाइदा उठाउनुपर्ने जानकारको भनाइ छ ।

    दुबईमा दूतावासको ‘नेपाल हेल्प डेस्क’

    आममाफी प्रक्रियामा सहभागी हुने नेपालीको सेवाका लागि नेपाली दूतावासले दुबईमा नेपाल हेल्प डेस्क राखेको छ । दुबईको केन्द्रीय अध्यागमन कार्यालय सँगको समन्वयमा युएईमा सबैभन्दा धेरै नेपाली रहँदै आएको दुबई र उत्तर पूर्वी राज्यहरूका नेपालीका लागि दुबईको केन्द्रीय अध्यागमन कार्यालय अल अविरमा एउटा स्टल राखेर सेवा सुरु गरेको नेपाली दूतावास आबुधावीका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए ।

    ‘यस् आममाफी प्रक्रियामा सहभागी हुन चाहने नेपालीका लागी हामीले दिनुपर्ने सेवा सुविधा समयमै उपलब्ध गराउन चाहन्छौ,’ कोही पनि समस्यामा पर्नुभएको छ भने समयमै सम्पर्कमा आउन काउन्सिलर सुवेदीको अनुरोध छ ।

    कानूनी रुपमा यूएईमै बस्न वा नेपाल फर्कन सहायता प्रदान गर्ने उद्देश्यले दुबईमा दूतावासले स्थापना गरेको नेपाल हेल्प डेस्ककाको युएई सरकार तथा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायत उच्च अधिकारीहरूले अवलोकन समेत गरेको दूतावासले जनाएको छ ।

  • ममता काफ्लेका श्रीमान् नरेश भट्ट आज अदालतमा हाजिर हुँदै

    ममता काफ्लेका श्रीमान् नरेश भट्ट आज अदालतमा हाजिर हुँदै

    काठमाडौं । अमेरिकामा श्रीमतीको हत्या गरेर लास बेपत्ता गरेको आरोप लागेका श्रीमान् नरेश भट्ट आज अदालत हाजिर हुने भएका छन्।

    पूर्व अमेरिकी सैनिक भट्टले नर्स पत्नी ममता काफ्लेलाई हत्या गरेर लास बेपत्ता गरेको आरोप छ ।

    अमेरिकी अधिकारीहरूले मुद्दा भने लास बेपत्ता पारेको मात्र लगाइएको छ ।

    अमेरिकी समय अनुसार बिहीबार बिहान १० बजे भट्ट अदालत हाजिर हुनेछन्।

    यसअगाडि भट्टका वकिलले धरौटी तिरेर तारिखमा धाएर मुद्दा लड्ने माग गर्दा अस्वीकार भएको थियो।

  • दुबईको अस्पतालमा शिशुको जन्म दिई नेपाली महिला सम्पर्कविहीन

    दुबईको अस्पतालमा शिशुको जन्म दिई नेपाली महिला सम्पर्कविहीन

    दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा शिशुलाई जन्म दिएर नेपाली महिला अस्पतालबाट फरार भएकी छन् ।

    लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी ललितपुरकी २८ वर्षीया रेनुका पहारीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेको अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ ।

    रेनुका एम्बुलेन्समार्फत १६ अगस्तमा अस्पताल आएकी र इमरजे न्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिएर ३ दिनपछि अस्पतालबाट फरार भएको सूचना प्राप्त भएको दूतावासका एक उच्च अधिकारीले नेपालप्रेससँग बताए ।

    रेनुकालाई अस्पताल आफैंले पनि सम्पर्क गरेको तर सम्पर्कमा नआएको र छोरीलाई अस्पातलले हेरिरहेको नेपाली दूतावासले जनाएको छ । अस्पतालले स्थानीय प्रशासनको सहयोगमा रेनुकालाई पक्राउ गर्न वा थप कानूनी प्रक्रिया गर्नेबारे नेपाली दूतावासलाई सुझाएको छ ।

    यसरी परदेशमा बच्चाको जन्म दिएर छोडिहिंड्नु कुनै बाध्यता भए नेपाली दूतावासमा सक्दो छिटो सम्पर्कमा आएमा सहजीकरण गर्ने दूतावासले जनाएको छ । फरार सुत्केरी महिलालाई आर्थिक वा अन्य केही समस्या भए अस्पतालसँग समन्वय गरी लागेको रकम मिनाहा गर्न पनि दूतावास तयार भएको भन्दै त्यसका लागि महिलालाई दूतावास वा अस्पतालको सम्पर्कमा आउन नेपाली दूतावासले आग्रह गरेको छ ।

    दूतावास कानूनी रुपमा आफ्नो नागरिकको संरक्षण गर्न सदैव तयार रहेको, तर नागरिकले पनि कुनै समस्या भए अनिवार्य दूतावासलाई जानकारी गराउन सबैमा अनुरोध गरेको छ । पछि यस्तो प्रवृत्तिले आमालाई थप कानूनी समस्या आउने दूतावासको भनाइ छ ।

     

  • मुना हत्याका अभियुक्तलाई अदालतबाट मिलेन जमानत, आमालाई मिल्यो अमेरिकाको भिसा

    मुना हत्याका अभियुक्तलाई अदालतबाट मिलेन जमानत, आमालाई मिल्यो अमेरिकाको भिसा

    काठमाडौं । अमेरिकामा नेपाली चेली मुना पाण्डेको हत्या आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो ।

    ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् ।

    सिंहलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशले अनुमति दिइन् । सुनवाइ १० मिनेटमै सकियो ।

    सिंह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सर्भिलियन्स क्यामरा फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । यसै गरी, हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा उनी पक्राउ परेका थिए । उनको कारबाट हतियार बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेश भएको छ ।

    सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

    यता नेपालमा मुनाकी आमा अनिता पाण्डेले अमेरिकाको भिसा प्राप्त गरेकी छिन् । अमेरिकी दूतावासले उनलाई हिजो भिसा दिएको हो । आमा अनिता एक-दुई दिनमा अमेरिका प्रस्थान गर्ने बुझिएको छ । उनी पुगेपछि मुनाको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । अहिले उनको शव फ्यूनरल हाउसमा राखिएको छ ।

  • अदालती तथ्य : मुना पाण्डेलाई किनमेल गरेर आउँदा पेस्तोल लिएर पच्छाइएको थियो

    अदालती तथ्य : मुना पाण्डेलाई किनमेल गरेर आउँदा पेस्तोल लिएर पच्छाइएको थियो

    काठमाडौं । अमेरिकाको टेक्सस राज्यको हस्टनमा हत्या गरिएकि नेपाली विद्याथी मुना पाण्डेबारेमा अदालतले केहि तथ्य सार्वजनिक गरेको छ ।

    त्यो तथ्य अनुसार मुनाको अपार्टमेन्टको सीसीटिभी फूटेजमा बबीसिंह साह देखिएका छन् । साहको हातमा पेस्तोल छ । भने मुनाको साथमा किनमेल गरेर ल्याइएको जुत्ताको बक्स, पर्स, कालो ज्याकेट र किनमेल झोला थियो ।

    फूटेज अनुसार पाण्डेले तोस्तोल बोकेका साहलाई सोधेकी छिन्, ‘के गर्न लागेको ?’ जवाफमा साहले पेस्तोल देखाएर ढोका खोल्न जबरजस्ती गरेको देखिइएको छ ।

    केहि समयपछि साहले पाण्डेलाई भित्र ठेलेर चाबी लाएको र एक घण्टापछि उनको पर्स हातमा लिएर निस्किएको देखिएको छ ।

  • मुना पाण्डेका नेपाली साथी दीपेन्द्र, जसको सल्लाहले पक्राउ परे हत्यारा

    मुना पाण्डेका नेपाली साथी दीपेन्द्र, जसको सल्लाहले पक्राउ परे हत्यारा

    काठमाडौं । अमेरिकाको टेक्सस राज्यको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको हत्याराको सबुत पत्ता लगाउन नेपाली साथीले सहयोग गरेको खुलेको छ ।

    मुनाका साथी दीपेन्द्र कुँवरले मुनालाई सीसीटीभी क्यामेरा जडान गर्न सल्लाह गरेका थिए । उनैको सल्लाह मानेर उनले जडान गरेकि थिइन् ।

    हस्टनको समाचार पोर्टल क्लिक टू हस्टनका अनुसार दीपेन्द्र र मुना नेपाल एकै ठाउँका हुन् र उनीहरू सँगै अमेरिका पुगेका थिए ।

    आफ्नी बैनी नभएका दीपेन्द्रले मुनालाई बैनी मान्दै आएको क्लिक टू हस्टनलाई बताएका छन् ।

    कुँवरले मुना पाण्डे र उनका हत्यारा बबी सिंह साहको सम्बन्ध कुनै रेष्टुरेन्टमा भएको हुनसक्ने बताएका छन् ।

    उनले मुना उक्त रेष्टुरेन्टको कर्मचारी र साह ग्राहक भएको बताएका छन् ।

    दीपेन्द्रले मुनाको उद्देश्य नर्स बन्ने र आमाको हेरचार गर्ने भएको क्लिक टू हस्टनलाई बताएका छन् ।

  • अमेरिकामा मुनाको शव एक हप्तादेखि फ्यूनरल होममा, नेपालमा आमा भिसाको पर्खाइमा

    अमेरिकामा मुनाको शव एक हप्तादेखि फ्यूनरल होममा, नेपालमा आमा भिसाको पर्खाइमा

    काठमाडौं । अमेरिकामा हत्या गरिएकी नेपाली छात्रा मुना पाण्डेको ९ दिनसम्म दाहसंस्कार हुन सकेको छैन । गत मंगलबार ह्यूस्टनस्थित आफ्नै अपार्टमेन्टभित्र उनको शव फेला परेको थियो ।

    भारतीय मुलका बबी सिंह साह नामक व्यक्तिले मुनालाई गोली हानेर मारेका थिए । हत्याको वास्तविक कारण खुलिसकेको छैन । प्रहरीले लुटपाटका लागि हत्या गरिएको प्रारम्भिकरुपमा बताए पनि भित्रि कारण अरु पनि हुन सक्ने अनुमान गरिएको छ ।

    सिंहलाई आज अमेरिकी अदालतमा पेश गरिँदैछ । यसअघि उनलाई अवैध हातहतियार बोकेको अभियोगमा अदालतमा पहिलोपटक उपस्थित गराइएको थियो । आज भने हत्या अभियोगमा उनलाई उपस्थित गराइन लागेको हो । यो अभियोग प्रमाणित भएको खण्डमा साह आजीवन कारावासमा जान सक्नेछन् ।

    आज स्थानीय समय अनुसार ९ बजे मुद्दाको सुनवाइ हुँदैछ । उक्त समयमा नेपाली समूदाय अदालतमा भेला भएर शान्तिपूर्ण प्रदर्शनको तयारी गरेका छन् । ह्यूस्टन नेपाल समाजले मुनाको न्यायका लागि अदालतमा आउन सबै नेपालीहरुलाई अपिल गरेको छ । अदालत बाहिर प्ले कार्ड प्रदर्शन गर्ने तयारी पनि गरिएको छ ।

    मुनाको शव भने अहिले फ्यूनरल होममा रहेको छ । शव नेपाल पठाउन सकिने अवस्था नरहेपछि नेपाली समुदायको समूदायमा फ्यूनरल होममा राखिएको हो । नेपालमा रहेकी मुनाकी आमा अनिता पाण्डे छोरीलाई अन्तिम श्रद्धान्जली दिन अमेरिका जाने प्रक्रियामा रहेकी छन् । उनलाई इमर्जेन्सी भिसा दिन काठमाडौंस्थित अमेरिकी दूतावासमा आवेदन गरिएको छ । एक–दुई दिनभित्र भिसा प्राप्त हुने अपेक्षा छ । टेक्ससको सिनेटर अफिसबाट कन्सुलर अफिसमा फोन गरेर भिसाका लागि अनुरोध भएको थियो ।

    मुनाकी एकल आमा अनिता पाण्डेलाई आर्थिक सहायताका लागि नेपाली समूदायले अभियान चलाइरहेका छन् । गो फन्डमीबाट गरिएको आह्वानमा अहिलेसम्म ३४ हजार डलर संकलन भएको छ । श्रीमानसँग अलग भएकी मुनाले एक्लै संघर्ष गरेर मुनालाई अमेरिकासम्म पठाएकी थिइन् । छोरीको निधनले उनी सहाराबिहिन बनेकी छन् ।

    यसैबीच मुनाका प्रेमी भनिएका अमेरिकी युवा पनि प्रहरीका सम्पर्कमा आएका छन् । प्रहरीले उनीसँग पनि बयान लिएको समाचारमा जनाइएको छ । सुरुमा मुनाको हत्यामा उनको हात रहेको हुनसक्ने आशंका गरिएको भए पनि त्यसमा सत्यता देखिएन । उनी स्वयम् पनि घटनाबाट आहत बनेका छन् ।

  • खड्काको नेतृत्वमा इन्स पोर्चुगलको नयाँ कार्यसमिति चयन

    खड्काको नेतृत्वमा इन्स पोर्चुगलको नयाँ कार्यसमिति चयन

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, पोर्चुगल राष्ट्रिय समितिको विशेष अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको अध्यक्षता समाजका अध्यक्ष कमल खड्काले गरेका थिए भने प्रमुख अतिथिका रुपमा समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे रहेका थिए ।

    केन्द्रीय अध्यक्ष घिमिरेले नेपाल र नेपालीको लागि छ वटा महादेश र १२३ देशमा रहेर इन्सले विभिन्न क्षेत्रमा गरेको सहयोगी कार्यको छोटकरीमा प्रस्तुत गरेका थिए ।

    अधिवेशनले समाजसेवी तथा सामाजिक अभियान्ता सूर्य खड्काको नेतृत्वमा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै, सुरज पौड्यालको नेतृत्वमा ७ जनाको सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यसमितिको पहिलो बैठकले पोर्चुगलमा सक्रिय सम्पूर्ण संघसंस्थाका अध्यक्षहरूको पनि एउटा समिति हुने परिकल्पना गरेको छ ।

    कार्यक्रममा आसिसि सदस्य द्वय राजकुमार थापा र बिनु बस्नेत, जनप्रगतिशील मञ्चका अध्यक्ष सीता ढकाल सुवेदी, जनसम्पर्क मञ्च पोर्चुगलका अध्यक्ष युवराज पन्थि, प्रवासी नेपाली मञ्चका अध्यक्ष दिपक खत्री, तमु समाजका अध्यक्ष मिलन गुरूङ, तामाङ समजका अध्यक्ष गोपाल योन्जनलगायत सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    कार्यक्रममा उपस्थित पर्यवेक्षकले उल्लेख्य सख्यामा सक्रिय युवा सहभागी भएर शान्त, सौम्य, सालीन तथा सहमतिगरी पोर्चुगलमा समापन यो पहिलो कार्यक्रम भएको बताए ।

    अधिवेशन पोर्चुगलको राजधानी लिस्बनस्थित हाम्रो चौतारी नामक रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।

  • १० महिनामा झण्डै एघार हजार नेपाली विद्यार्थी अमेरिका उडे

    १० महिनामा झण्डै एघार हजार नेपाली विद्यार्थी अमेरिका उडे

    काठमाडौं । पछिल्ला दश महिनामा झण्डै एघार हजार नेपालीहरू अमेरिका पुगेका छन् ।

    अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टको कन्सुलर विभागका अनुसार सबैभन्दा धेरै विद्यार्थीहरू जुलाई महिनामा पुगेका थिए । उक्त महिनामा १७८८ नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् ।

    अरू महिनाहरूमा जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, म, जुनमा क्रमशः ११०१ जना, २०१ जना, ३९५ जना, १३९९ जना, १५०८ जना र १७०० जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् ।

    सन २०२३ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा क्रमशः ५०८ जना, ७८४ जना र १६०४ जना नेपाली विद्यार्थीहरू अमेरिका पुगेका थिए ।

    अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार अमेरिकामा हुने नेपाली विद्यार्थीहरूले आर्थिक तथा मनोवैज्ञानिक दबाबहरू महसुस गरिरहेका छन् ।

    नेपयोर्कसँग कुरा गरेका एक नेपालीले अमेरिकामा जागिर पाउन सकस भएकोले पढाएको शुल्क तिर्न गाह्रो भएको गुनासो गरेका छन् ।

  • अमेरिकाको मेरिल्याण्डमा एक नेपाली पुरुष मृत फेला

    अमेरिकाको मेरिल्याण्डमा एक नेपाली पुरुष मृत फेला

    काठमाडौं । अमेरिकामा फेरि अर्का एक नेपालीको हत्या भएको छ ।

    अमेरिकाको मेरिल्याण्डको अपर माल्बोरो क्षेत्रमा बस्ने नेपाली सन्तलाल प्रधान मङ्गलवार उनी मृत भेटिएको नेपयोर्कले उल्लेख गरेको छ ।

    टेक्ससमा केहि वर्ष बन्दुक तेर्स्याएर उनलाई लुटपाट गरिएको थियो ।

    उनलाई त्यो घटनाले ठूलो आघात पुगेको नेपयोर्कले उल्लेख गरेको छ । सन २०१५ मा मात्रै अमेरिका आएका थिए प्रधान ।

    उनलाई सन २०१९ बाट न्यूरोसम्बन्धी रोगले च्यापेर उनी आधा वर्ष ओछ्यानमा परेका थिए । गो फण्ड मीबाट रकम उठाएर प्रधानको लास नेपालमा लान अभियान चलाइएको छ ।

    अभियान चलाउने उनका साथी छन् । प्रधानकी श्रीमती छन् । एक छोरी विद्यालयमै छिन् भने छोराले बल्ल करिअर बनाउने तयारीमा छन् ।

  • मुना पाण्डेको हत्याका नयाँ तथ्य : हत्यारा बबी साह को हुन् ?

    मुना पाण्डेको हत्याका नयाँ तथ्य : हत्यारा बबी साह को हुन् ?

    काठमाडौं । अमेरिकाको ह्यूस्टनमा २१ वर्षिया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएपश्चात प्रहरी अनुसन्धान जारी छ । हत्यारा बबी सिंह साह पक्राउ परिसकेका छन् ।

    साहलाई शुक्रबार अदालतमा पेश गरिएको थियो । उनीमाथि दुईवटा अभियोग छन् । पहिलो अवैधरुपमा हातहतियार बोकेको र दोस्रो हत्या गरेको । अवैध हातहतियारको अभियोगमा शुक्रबार पहिलो सुनवाइ भएको हो । हत्या अभियोगको सुनवाइ मंगलबारका लागि तोकिएको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो हत्या डकैति वा लुटपाटका लागि भएको देखिएको थियो । यद्यपि, अदालतमा पेश गरिएका कागजातहरुमा बबी साह मुनासँग पहिल्यैदेखि परिचित रहेको दाबी गरिएको छ । यसलाई मुनाका निकटस्थले पनि पुष्टि गरेका छन् ।

    मुना विगतमा काठमाडौं करी रेस्टुरेन्टमा काम गर्दा साहले उनलाई देखेका थिए । साह बारम्बार त्यस रेस्टुरेन्टमा आउने र लामो समय बिताउने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । ‘साह बारम्बार आउँथे र महिला कामदारसँग कुरा गर्ने गर्थे । उनीहरुलाई टिप्स पनि दिन्थे’, रेस्टुरेन्टका म्यानेजरलाई उदृत गर्दै समाचारमा जनाइएको छ ।

    मुनासँगै एउटा मोबाइल स्टोरमा काम गर्ने र आफूलाई मुनाको दाइजस्तै मान्ने एक पुरुष साथीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुना शनिबार राति ८ः ०५ बजे स्टोरबाट निस्किएको बताए ।

    ‘उनी कलेज पढ्थिन् र मसँगै काम पनि गर्थिन् । काममा एकदमै मेहनेती थिइन् । सबैले उनलाई मन पराउँथे’, उनी भन्छन्, ‘शनिबार राति ८ः०५ बजे कामबाट निस्केकी थिइन् ।’

    त्यस रात आफूले बारम्बार गरेको टेक्स्ट म्यासेजको जवाफ नदिएको उनले बताए । मुना स्टोरबाट निस्किएको दुई घन्टापछि बबी साह मुनाको अपार्टमेन्टबाट निस्किएको दृष्य सीसीटीभी क्यामरामा कैद भएको थियो । निस्किनुअघि साहले मुनालाई चार गोली हानेका थिए, जसमध्ये एउटा गोली टाउकोमा लागेको थियो ।

    केही सञ्चारमाध्यममा दाबी गरिएअनुसार अपार्टमेन्टमा पस्दै गर्दा मुनाको हातमा झोला र सामानहरु थिए । ढोकामा पस्ने बेला बबी र मुनाको वादविवाद भएको थियो । बबी जबरजस्ति भित्र पसेर ढोका लगाएका थिए । त्यसको केही समयमै गोली प्रहार भएको थियो ।

    बबीले मुनालाई दुर्व्यवहार गर्न खोजेको र प्रतिवाद गर्दा गोली चलाएको हुनसक्ने आशंका पनि कतिपयले गरेका छन् । तर, प्रहरीले यसबारे केही बताएको छैन । कलेज पढ्ने विद्यार्थीमाथि लुटपाटका लागि मात्रै हत्या गरेको नहुनसक्ने विश्लेषण नेपाली समूदायले गरेका छन् ।

    बबी साह भारतीय मुलका अमेरिकी नागरिक भएको समाचारहरुमा जनाएको छ । केही चाहिँ उनी विगतमा काठमाडौंमा समेत बसोबास गरेको र नेपाली नागरिकता पनि लिएको हुनसक्ने आशंका गरेका छन् ।

    साह आपराधिक मात्र नभएर चारित्रकरुपमा पनि पतित व्यक्ति भएको पाइएको छ । उनी ‘सुगर ड्याडी’ नामक डेटिङ एपमा दर्ता रहेका र राम्री–राम्री युवतीहरुको खोजीमा रहने गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । उनको तस्बिर सार्वजनिक गरिएलगत्तै एक महिलाले निज व्यक्तिलाई आफूले सुगर ड्याडी एपमा भेटेको सूचना प्रहरीलाई दिएकी थिइन् ।

    साहले मुनासँग नजिकिने प्रयास गरिरहे पनि उनीहरु आपसी सम्बन्धमा रहेको कुनै संकेत देखिएको छैन । मुना एक २५ वर्षीय अमेरिकी युवकसँग प्रेममा थिइन् । गत पुस महिनामा आफ्नो जन्मदिनको पार्टीका क्रममा पल्लो टेबलमा खाइरहेका ती युवकले मुनालाई मन पराएका थिए ।

    पछि उनले प्रपोज गरेको र मुनाले पनि स्वीकारेको उनकी आमा अनिता पाण्डेल बताएकी छन् । यद्यपि, पछिल्लो समय प्रेमीसँग मुनाको सम्वन्ध बिग्रको उनको भनाइ छ ।

    ‘सुरुमा बिहेको कुरा गर्थी, मैले हेराएर मात्र गर्नुपर्छ है नानी भनेकी थिएँ’, सञ्चारकर्मीसँग कुरा गर्दै अनिताले भनिन्, ‘दुई–तीन महिना अगाडि त्यो केटाको व्यवहार मलाई त्यति ठिक लागेन मामु भनेकी थिइ ।’

    दुबइबाट मुनाका बाबुले भने– म पनि छोरीसँग सम्पर्कमा थिएँ

    मुनाका आमा र बुबाको केही वर्ष अगाडि अदालति सम्बन्धविच्छेद भएको थियो । मुनाकी आमा अनिताले श्रीमानले आफू र छोरीलाई चरम यातना दिने गरेको विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

    ‘हामीले राम्रो लाएको–खाएको उसलार्ई सैह्य हुँदैनथ्यो, मिठो मसिनो खाएको देख्यो कि कुटपिट गर्थ्यो’, उनले भनेकी छन् । आफूले दुःख गरेर थानकोटमा बनाएको घरबाट लखेटिनुपरेको र एक्लै संघर्ष गरेर छोरीलाई अमेरिकासम्म पुर्याएको उनको भनाइ छ ।

    मुनाका बुबा श्याम पाण्डे भुपु सैनिक हुन् । उनी अहिले दुबइमा छन् । अमेरिकामा रहेका एक नेपाली युट्यूबरसँग कुरा गर्दै उनले आफू छोरीको घटनाबाट आफू पिडामा रहेको बताएका छन् ।

    श्याम भन्छन्, ‘छोरीसँग मेरो सम्पर्क भइराख्थ्यो । ४–५ महिना अगाडि कुरा गर्दा छोरीले म विदेशमै बिहे गर्छु होला बुवा, नरिसाउनु भनेकी थिइन् । मैले निर्णय लिन हतार नगर भनेको थिएँ ।’

    उनले आफू सेनाको जागीरबाट अवकाश पाएपछि २०१७ मा विदेशिएको बताए ।

    ‘रिटायर्ड भएपछि डेढ वर्ष घरमै बसेँ । त्यसपछि दुबइ आएको हुँ । मलाई बिदा गर्न छोरी र आमा एयरपोर्टमै आएका थिए’, उनले भने । आफूले श्रीमती र छोरीलाई अदालतले भनेअनुसार रकम दिएर सम्बन्धबिच्छेद गरेको उनको भनाइ छ ।

     

  • अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

    अमेरिकामा मुनालाई डकैतीको क्रममा बबीले गोली हानेको खुलासा

    काठमाडौं । अमेरिकाको टेक्ससको ह्यूस्टनमा लुटपाटको क्रममा नेपाली विद्यार्थी मुना पाण्डेकाे हत्या भएको सार्वजनिक भएको छ ।

    नियतवश घातक हतियारले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधबार पक्राउ परेका आरोपी ५१ वर्षका बबीसिंह शाहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले उल्लेख गरेको छ ।

    २६२ औ राज्य जिल्ला अदालतमा शाहलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटकपटक जेल परेको खुलेको छ ।

    अदालतको अर्को सुनुवाइ यही सेप्टेम्बर ५ अर्थात् भदौ २० मा हुने भएको छ ।