Category: कर्पोरेट प्रेस

  • प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

    प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३१२ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा कार्यालय सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ ।

    बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेकोे छ ।

    बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

    बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।

  • पश्चिम नेपालका डिलरहरूसँग गोदरेज नेपालको भेट, नवीन उत्पादनको प्रदर्शनी

    पश्चिम नेपालका डिलरहरूसँग गोदरेज नेपालको भेट, नवीन उत्पादनको प्रदर्शनी

    काठमाडौं । गोदरेज नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो।

    कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे। डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए।

    Refrigerator, Chest Freezer, Washing Machine, Air Conditioner, Air Cooler, Microwave Oven र Medical Refrigerator साथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा-सक्षम प्रविधि, र ग्राहक-मुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो।

    गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, ‘यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ। हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौं।’

    कार्यक्रमको अन्त्यमा डिलरहरूलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

    ७० वर्षदेखि विश्वसनीय ब्रान्ड, गोदरेज एप्लायन्सेजले नवीनता, गुणस्तर र पर्यावरणीय जिम्मेवारीमा आधारित उत्पादनहरू प्रदान गर्दै आएको छ। यसले परिवारहरूलाई उच्च प्रदर्शन र सहज जीवनशैली प्रदान गर्दछ।

  • दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा बचत गर्ने अवसर

    दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन अन्तर्गत किनमेलमा बचत गर्ने अवसर

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् ।

    फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

    क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्याश सेल मार्फत दैनिक रूपमा आकर्षक छुटहरुको लाभलिन सक्नेछन् । यस अन्तर्गत, ग्राहकहरूले सिताफिल, अइविबी, डा. केयर लगायतका विभिन्न ब्रान्डहरूमा ६०% सम्मको आकर्षक छुट पाउनेछन् ।

    सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकहरूलाई दराज एपको “फ्ल्याश सेल“ सेक्शन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।

    त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रम अन्तर्गत ग्राहकहरूले थप आकर्षक अफरहरुको अनुभव प्राप्त गर्न सक्नेछन् । यस कार्यक्रम अन्तर्गत, यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकमफिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दावी योग्यतार मापदण्ड अनुरूप हुनु पर्नेछ ।

    ३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधारहेको छ । यस अन्तर्गत ग्राहकहरूले कम्तीमा रु. ४९९ को खरिद गर्दा चुनिएका विक्रेताहरूबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्ने छन् । निःशुल्क डेलिभरीका भाउचरहरू प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानर माक्लिक गरी निर्धारित पृष्ठमा जान सक्ने दराजले जानकारी दिएको छ ।

    ३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र भनइ, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिदै आइ रहेको कम्पनीको भनाइ छ । क्याम्पेन अन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनहरूमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।

    दराज नेपालदद्वारा आयोजना हुनलागेको ३.३ क्याम्पेनबारे थप जानकारीका लागि www.daraz.com.np, दराज नेपालको फेसबुक पेज वा दराज एपब्राउज गर्न कम्पनीका कम्युनिकेशन म्यानेजर प्रारम्भ दाहालले जनानकारी दिएका छन् ।

  • एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’बोनस अफर; ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

    एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’बोनस अफर; ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

    काठमाडौं। एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स—डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन् । ‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअलप्याकतथाअन्यप्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन–नेट टक टाइम बोनसका रूपमाप्राप्त गर्न सक्छन्।

    यो अफर बिहीबार (फागुन १५) देखि लागू भएको छ। अनलिमिटेड सेवा र झन्झटरहितमोबाइल कनेक्टिभिटी सुनिश्चितगर्ने सधैं अन रिन्यू अल प्याक हालै मात्र संचालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो । यो बोनस अफर एष्ट्रिक्स १२३ह्यास डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूको लागिमात्र मान्य हुनेछ।

    ‘म्याजिक रिसोर्सेज’बोनस अफरअन्तर्गत, सधैं अन रिन्यूअलप्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटा लगायत १५ विभिन्नप्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, रु. ७९९ को होम एन्ड अवे रिन्यूअलप्याकलिने ग्राहकहरूले प्याकमापाइने २८ दिनको समयावधिभएको मुख्य सेवा६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २०० मिनेट अन–नेट टक टाइम वा २०० अन–नेट एसएमएस बोनस रूपमाप्राप्तगर्दछन्।

    यस अफरअन्तर्गत समावेश सधैं अन रिन्यू अल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटावा२० मिनेटदेखि ८० मिनेटसम्म अन–नेट टक टाइम, वा १० देखि २०० अन–नेट एसएमएस बोनसका रूपमा पाउँछन् ।

    त्यसैगरी सात दिन समयसीमा रहेको रु. २०० को कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत२ जीबी डेटावा५० मिनेट अन–नेट टक टाइम, वा १० अन–नेट एसएमएस प्राप्तगर्दछन् । त्यस्तै, रु. ४९९ को अनलिमिटेड भ्वाइस रिन्यूअलप्याकमा, ग्राहकहरूले ५ जीबी डेटावा१०० मिनेट अल नेट टक टाइम, वा १०० अन–नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन् ।

    बोनस स्वरुपपाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवाखरिदमाग्राहकहरुलाई थपलाभमिल्ने एनसेलले जनाएको छ ।

  • सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै यसरी भर्न सकिन्छ शेयर 

    सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपबाटै यसरी भर्न सकिन्छ शेयर 

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ एपबाटै शेयर भर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस्तो सुविधा नेपालमै पहिलो पटक सिटिजन्स बैंकले ल्याएको हो ।

    बैंकको डिम्याट तथा सी–आस्बा विभाग प्रमुख रोजिना तिवारीका अनुसार सिटिजन्स बैंकले मोबाइल बैंकिङ एपबाट नै सी–आस्बा तथा सीआरएनको सुविधा उपलब्ध गराइरहेको छ । यससँगै एप प्रयोगकर्ताहरूले शेयर भर्नका लागि छुट्टै माध्यमको प्रयोग गर्नु नपर्ने भएको छ ।

    आफ्ना ग्राहकहरूलाई शेयर कारोबारमा थप सहज बनाउनका लागि बैंकले यस्तो सुविधा ल्याएको उनले जानकारी दिइन् । यस बैंकका ग्राहकहरूले मोबाइल बैंकिङमार्फत नै आईपीओ, एफपीओ, राइट शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

    सी–आस्बा नम्बर र सीआरएन नम्बरका लागि यस बैंकका ग्राहकले बैंकमै धाउनु नपर्ने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङबाटै सिटिजन्स बैंकका ग्राहकहरूले सीआरएन लगइन गरेर शेयर अप्लाइ गर्न सक्ने व्यवस्था गरिएको छ ।

    उनका अनुसार यसरी शेयर भर्नका लागि डिम्याट खाता, मेरो शेयर खाता र बैंकमा खाता खोलेको हुनुपर्छ । डिम्याट खाता र मेरो शेयर खाता जुनसुकै स्थानबाट खोलेको भएपनि यसबाट भर्न मिल्ने सुविधा बनाइएको छ । यदि खाता नै खोलिएको छैन भने बैंकबाटै खोलेर पनि भर्न सकिने व्यवस्था मिलाइएको छ ।

    शेयर भर्नका लागि ग्राहकले सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङमा रहेको माईआस्बामा जानुपर्ने हुन्छ । माईआस्बामा सीआरएन नम्बर रजिस्ट्रेसन वा लिंक गर्नुपर्ने हुन्छ । उक्त रजिस्ट्रेसन गरिसकेपछि त्यहाँबाट जुन कम्पनीको शेयर खुलेको छ त्यसमा आवेदन दिन सकिने व्यवस्था मिलाइको बैंकले जनाएको छ ।

    शेयर अप्लाइ गरेको केहीबेरमै अप्लाइ भए/नभएको जानकारीसमेत प्राप्त गर्न सकिन्छ । शेयर बाँडफाँटपछि शेयर परेको छ या छैन भनेर माईआस्बामार्फत जानकारी पाउन सकिन्छ ।

    गएको मङ्सिरबाट शुरु गरिएको यो सुविधा छोटो समयमै लोकप्रिय बन्न सफल भएको तिवारीको दाबी छ । यस बैंकले शेयर आवेदनमा लागि थप सजिलो बनाइदिएकोले पनि यो सुविधालाई धेरैले मन पराएको उनले जानकारी दिइन् ।

     

     

  • त्रिशक्ति सेक्युरिटिज लिमिटेडकाे ललितपुर शाखा कार्यालय उद्घाटन

    त्रिशक्ति सेक्युरिटिज लिमिटेडकाे ललितपुर शाखा कार्यालय उद्घाटन

    काठमाडौं । ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लि.ले आफ्नो ५औँ शाखा कार्यालय  ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा न. ०५, जावलाखेलमा आज एक विशेष कार्यक्रम गरी शुभारम्भ गरेको छ । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्टक एक्सचेन्ज लि.का अध्यक्ष शोभाकान्त पौडेल रहेका थिए भने विशेष  अतिथिमा ललितपुर म.ना.पा वडा .न. ०५ का वडा अध्यक्ष विकाश मान श्रेष्ठ उपस्थितको उपस्थीति रहेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथिमा शोभाकान्त पौडेलले सेयर बजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भई लगानी गर्नुपर्ने बताए साथै नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराहरूको विकास  भइरहेको समेत जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी पौडेलले हालै पूँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको योगदान उल्लेखनिय रहेको बताउँदै, त्रिशक्ती सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे ।
    विशेष अतिथि वडा न. ०५ का अध्यक्ष विकाश मान श्रेष्ठले कम्पनीको प्रगतीको शुभकामना दिदैं आवश्यक सहयोगको लागि तत्पर रहेको बताए ।
    कार्यक्रममा लगानिकर्ताहरुको तर्फबाट अतिथिको रुपमा रहेका दीपक रिमालले सेयर बजारको महत्व तथा औचित्यता माथि प्रकाश पारेका थिए ।
    कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका मेनेजिङ्गी डाइरेक्टर गोविन्द दाहालले गरेका थिए भने कार्यक्रममा दहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।
    कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंक प्रसाद गौतमले गरेका थिए ।
    कम्पनीले यस अघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौडाबाट डिम्याट, टी.एम.एस. लगायतमा शेयर कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
  • ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा शाओमी

    ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा शाओमी

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही फागुन २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ ।

    त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा प्रस्तुत गरेको थियो । शाओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।

    सङ्गीत र प्रविधिलाई जोड्ने साझा विचार सहित बनेको शाओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र शाओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।

    शाओमीले सबै सङ्गीतप्रेमीहरूलाई ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ मा सहभागी भई यो अद्भुत सहकार्यलाई समर्थन गर्न आमन्त्रण गर्दछ । आगामी दिनमा शाओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि–सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

  • एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

    एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

    काठमाडौं । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ ।

    मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।

    यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरतका कार्यहरु र अथक समर्पणलाई दर्साउँछ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

    यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । एनसेल सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यावसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गर्दछ ।

    एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ सम्ममा रु. ३२० अर्ब भन्दा बढी राजश्व राज्यलाई योगदान गरेको छ र यसै गरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरु सञ्चालन गरी आर्थिक सामाजिक विकासमा योगदान गरेको छ । यी कार्यहरूले एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको कुरालाई स्पष्ट पार्दछ ।

  • नेपाली बजारमा भित्रियो प्यूजोका दुई स्कुटर, यस्ता छन् मूल्य र विशेषता (भिडिओ)

    नेपाली बजारमा भित्रियो प्यूजोका दुई स्कुटर, यस्ता छन् मूल्य र विशेषता (भिडिओ)

    काठमाडौं । नेपाली बजारमा १२५ वर्षको इतिहास भएको फ्रेन्च ब्राण्ड प्यूजोको स्कुटर भित्रिएको छ । अग्नी ग्रुपको सहायक कम्पनी अग्नी मोटोइंकले प्यूजोको जङ्गो र स्पीडफाइट ४ फ्रेन्च ब्रान्डको अल्ट्रा प्रिमियम स्कुटर नेपाली बजारमा ल्याएको हो ।

    अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रका अनुसार यो १२५ सीसी स्कुटरमा रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरिएको छ । जङ्गो स्कुटरको नेपाली बजारमा पाँच लाख ७१ हजार रुपैयाँ मूल्य तोकिएको छ । जङ्गो नीलो/सेतो, फ्लेमिङ्गो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरि चार रङमा उपलब्ध छन् ।

    जङ्गोले फराकिलो बनावट, ठूला पानाहरू र युरो मापदण्डहरू पूरा गर्ने १०.६ एचपी इन्जिनले आरामदायी यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ । इजि मोसन भएको यसमा साइड स्ट्यान्ड इन्जिन सुरक्षा र ब्रेकिङ प्रणाली, एलसीडी ड्यासबोर्ड, चार्ज गर्ने सुविधा लगायत फिचरहरू रहेका छन् ।

    त्यस्तै, स्पीडफाइट ४ मा १५० सीसी इन्जिनसहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ रहेको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । यसमा खैरो/कालो र नीलो/पहेँलो गरी दुई रङहरूमा उपलब्ध छ ।

    स्पीडफाइट ४ मा शक्तिशाली इन्जिनका साथ परिष्कृत टर्क र सहज प्रवेशका लागि ९.३ किलोवाट भएको स्मार्ट मोसन इन्जिन उपलब्ध छ । यसले सुरक्षित ह्याण्डलिङ प्रदान गर्ने कम्पनीको दाबी छ ।

    ‘प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो । प्यूजो मोटोसाइकल्सको नेपाल प्रवेशले दुई पाङ्गे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको संकेत गर्छ । आगामी दिनहरूमा प्यूजो मोटरसाइकल अन्य मोडलहरू पनि ल्याउने योजनामा छौं’, महाप्रबन्धक मिश्रले भने ।

     

  • बास्किन रोबिन्सको ३४औँ शाखा वसन्तपुरमा

    बास्किन रोबिन्सको ३४औँ शाखा वसन्तपुरमा

    काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौंको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

    नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो। यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने यात्रामा अर्को महत्वपूर्ण कदम चालेको छ ।

    सहरको मुटुमा रहेको वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू नेपालकै ऐतिहासिक र जीवन्त स्थानहरु मध्ये एकमा ल्याएको छ । उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरियो।

    उक्त उद्घाटन कार्यक्रममा प्रख्यात नेपाली इनफ्लुएन्सरहरू र प्रमुख अतिथिमा नेपालको लागि अमेरिकी राजदूत डीन आर. थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    बास्किन रोबिन्स आफ्नो ग्राहकहरूलाई उच्च गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ। यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराईएका फ्लेबरहरु र गुणस्तरीय आइसक्रिमहरुको स्वाद दिँदै अघि बढिरहेको छ।

    ग्राहकहरूलाई उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्न वसन्तपुरको नयाँशाखा अब खुलिसकेको छ । चाहे त्यो मनपर्ने प्रचलित फ्लेबर होस् वानयाँ फ्लेबर, बास्किन रोबिन्स नेपालकाआइसक्रिम प्रेमीहरूको पहिलो रोजाइ बनेको छ।

  • टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ? (भिडिओ)

    टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ? (भिडिओ)

    काठमाडौं । टाटाको कर्भ इभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आइतबार टाटाको एसयूभी कर्भ इभी सार्वजनिक गरेको हो ।

    सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठका अनुसार ४.३ मिटर लम्बाइ भएको कुप एसयूभी रहेको कर्भ इभीमा १९३ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । आकर्षक डिजाइन रहेको यस कर्भ ईभी दुई वटा रङमा नेपाली बजारमा भित्रिएका छन् । टाटा कर्भ ईभी सेतो र खैरो रङमा उपलब्ध छन् ।

    यस इभीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री छन् । यसमा ७.२ किलोवाटको एसी फास्ट चार्जर पनि उपलब्ध छ । सिट क्षमता ५ जनाको रहेको छ । कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    त्यस्तै, नेक्सन के थ्री पनि नेपाली बजारमा सार्वजनिक गरिएको छ । जसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    आइतबार नै टाटा टियोगा ईभी पनि सार्वजनिक गरिएको छ । जसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

     

  • एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

    एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

    काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरु किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनिजित्न सक्छन् ।

    आज आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरुमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् ।

    यसरी छानिएका प्याकहरुमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरुका प्याक अनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबीवा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबीवा ७जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्तगर्दछन् ।

    सुरुवातमा एनसेल एपको विषेश अफरका रुपमा संचालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएसबाहेक ग्राहकहरुले अब थप ५ जीबीबोनस डेटा प्राप्त गर्न सक्छन् ।

    खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरुका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ ।

    यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा संचालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवाखरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २०प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

  • पूर्वी नेपालमा सीजी ब्रान्डको सीजी मेरिडिया लेभल अप डिलर मिट सम्पन्न

    पूर्वी नेपालमा सीजी ब्रान्डको सीजी मेरिडिया लेभल अप डिलर मिट सम्पन्न

    काठमाडौं । चौधरी समूहको एक प्रमुख डिभिजन सीजी इलेक्ट्रोनिक्सले हालै कम्पनीको प्रमुख ब्रान्ड सीजीको लागि पूर्वी नेपालमा सीजी मेरिडिया लेभल अप विषयवस्तुमा आधारित डिलर मिट सम्पन्न भएकाे छ । शुक्रबार  विराटचोकस्थित होटल नेपालीरिकामा आयोजित सो कार्यक्रम मूलतः नवप्रवर्तनमा केन्द्रित भएकाे हाे ।

    सर्लाहीदेखि काँकडभिट्टासम्मका क्षेत्रका आफ्नो डिलरहरूलाई व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिहरूबारे छलफल गर्न एकसाथ ल्याएको थियो।

    कम्पनीका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले कार्यक्रमको सम्बोधन प्रेरणादायी सन्देशबाट सुरु गरेका थिए । उनले प्रतिस्पर्धी इलेक्ट्रोनिक्स बजारमा वृद्धि र सफलता हासिल गर्न बलियो साझेदारी र सहकार्यको महत्त्वमा जोड दिए जसले नवप्रवर्तन र ग्राहक सन्तुष्टि कम्पनीको पहिलो प्राथमिकता र प्रतिबद्धतालाई प्रकाश पारेको थिए ।

    मिटका सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरूमा भाग लिने अवसर पाएको थिए, जहाँ उनीहरूले ऋन्को उत्पादन लाइनअपमा भएका पछिल्ला प्रगतिहरूबारे छलफल गरे र त्यसका साथसाथै ग्राहकहरूको सन्देश भिडियोहरू पनि प्रस्तुत गरेको थियो।

    कार्यक्रममा कम्पनीले सीजी मेरिडियाअन्तर्गत अत्याधुनिक प्रविधि र उच्च-गुणस्तर मापदण्डका नयाँ उत्पादनहरू प्रदर्शन पनि प्रस्तुत गरिएको थियो, जसमा कार्यक्रमको प्रमुख आकर्षणहरू नेपालको सबैभन्दा ठुलो र पहिलो सीजी मेरिडियाCG Meridia QLED + इन्च मेगा स्क्रिन टेलिभिजन, नेपालको पहिलोCG Meridia QLED + ५५ इन्च CG Meridia QLED+ 4K ओके टिभी, ८ किलोग्रामको सीजी मेरिडिया नाइट सिरिज DD मोटर वाशिङ मेसिन, IOT CG मेरिडिया इन्भर्टर सिरिज १ टन १.५ टन एयर कन्डिसनर, ३० लिटर कन्भेक्सन माइक्रोवेभ ओभन र ३५ लिटर कन्भेक्सन विथ रोटेसेरी माइक्रोवेभ ओभनको आधिकारिक लन्च गरेको थियो ।

    व्यापारिक छलफलका अतिरिक्त, कार्यक्रमले डिलरहरूको उपलब्धि र योगदानको उत्सव मनाउँदै, बैठक एक भव्य रात्रिभोजको साथ समाप्त गरेको थियो।।

    कम्पनीको अनुसार CG आफ्ना ग्राहकहरूलाई असाधारण उत्पादनहरू र सेवाहरू प्रदान गर्न र आफ्ना डिलरहरूसँग सधैं बलियो सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन भविष्यमा यस्तै कार्यक्रमहरू आयोजना गर्न जानकारी दिएको छ ।

  • सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

    सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

    काठमाडौं। सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरु र बागमती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन्।

    हरिसिद्धीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भने,‘ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदै उनीहरुको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको र यस नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने छौं ।’

    सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    सुविधा सम्पन्न यो शाखा मार्पmत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

    नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो बर्ष लकर शुुल्कमा ५०५ छुट उपलब्ध रहेको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”(भर्चुअलक्रेडिट कार्ड)सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवालिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

  • महाशिवरात्रीमा चन्द्रागिरिमा भक्तिमय उत्सव तथा महाआरती हुने

    महाशिवरात्रीमा चन्द्रागिरिमा भक्तिमय उत्सव तथा महाआरती हुने

    काठमाडौं । चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ ।

    महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

    महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

    चन्द्रागिरी हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत छुट दिने भएको छ ।

  • वाइवाइको पहिलो फ्याक्ट्री सिजी आईपीमा स्थानान्तरण

    वाइवाइको पहिलो फ्याक्ट्री सिजी आईपीमा स्थानान्तरण

    काठमाडौं । नेपालको तयारी चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैंसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्क (सिजिआईपी) मा सारिएको छ ।

    वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको ससम्मान व्यवस्थापन र अन्य सरोकारवाला बीच आपसी समझदारी र लिखित सहमतिमा सम्पन्न गरिएको हो ।

    सन् १९८४ मा स्थापना भएको भैंसेपाटीको वाइवाइ फ्याक्ट्री नेपालको तयारी चाउचाउ उत्पादन केन्द्रहरू मध्ये एक हो । स्थापना भएको समयमा भैंसेपाटी खुला क्षेत्र थियो । जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो ।

    समय क्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो । जसले औद्योगिक उत्पादनलाई निरन्तरता दिन कठिन भएर फ्याक्ट्रीलाई स्थानान्तरण भएको पुडासैनीले बताए ।

    साथै, केही समयदेखि स्थानीय बासिन्दा तथा सामाजिक क्षेत्रबाट वातावरणीय प्रदूषण, ध्वनि प्रदूषण, तथा औद्योगिक गतिविधिहरूको प्रभाव सम्बन्धी चिन्ताहरू पनि प्रकट भएका थिए । यी सरोकारहरूलाई गम्भीर रूपमा लिँदै र वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धताका साथ वाइवाइ व्यवस्थापनले स्थानान्तरणको निर्णय लिएको हो ।

    फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरेको थियो । साथै, इच्छुक कर्मचारीहरूका लागि वाइवाइका काठमाडौंबाहिर रहेका अन्य प्लान्ट तथा अफिसहरूमा स्थानान्तरणको अवसर खुला गरिएको छ ।

    नवलपरासीमा स्थानान्तरण भएको नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरी सञ्चालनमा ल्याइएको छ । चौधरी ग्रुपले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ ।

    यो स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ ।

  • कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन अस्पतालमा विशेष छुट

    कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन अस्पतालमा विशेष छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक-१०, मिलनचोकस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवामामा विशेष छुट दिनेबारे सम्झौता भएको छ ।

    यस सम्झौताबमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा कुमारी बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स-रे, USG तथा OPD टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

    आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिवद्धता छ ।

  • नेपालकै पहिलो १००” मेगास्क्रिन टिभी अब नेपाली बजारमा

    नेपालकै पहिलो १००” मेगास्क्रिन टिभी अब नेपाली बजारमा

    काठमाडौं। विश्वप्रख्यात एवं नेपालकै सबैभन्दा ठुलो एवं १ नं. कम्पनी चौधरी ग्रुप(सि.जि)ले इतिहासमै पहिलोपटक १००” मेगास्क्रिन टिभि नेपाली बजारमा भित्र्याएको छ ।

    4K QLED+ टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ। ९०% DCI-P3 कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल डिमिङ जोन रहेको र ११४ Hz रिफ्रेस रेटमा ६४ बिलियन कलर सम्मको डल्बी भिजन रहेको छ ।

    कम्पनीका अनुसार सि.जी ब्राण्डको टि.भि नेपालकै पहिलो गुगल प्रमाणित टिभी हो र सो टि.भि नेपालकै सबैभन्दा ठुलो र पहिलो १००” मेगास्क्रिन टि.भि हो। कम्पनीका अनुसार टि.भिको पिक प्रोफोर्मेन्स कायम राख्न नयाँ Quad Core A73 प्रोसेसर जडान गरिएको छ त्यसका साथै 3 GB DDR4 RAM+ 32 GB storage पनि छ ।

    कोठामा होस् या लिभिङ रुममा, एन्टि ग्लेर स्क्रिनको मदतले ५०% सम्म रिफ्लेक्सन रोकिन्छ जसले गर्दा १७८ डिग्रिको भियुइङ एङ्गल प्रदान गर्छ। यसमा 60Wको २.१.२ साउन्ड सिस्टम जडान गरिएको छ जसमा ५ वाटको २ वटा टप फायरिङ स्पिकर, एउटा २० वाटको सबवुफर अनि २ वटा १५ वाटको डाउन फायरिङ स्पिकर रहेको छ ।

    साथै Hands Free Voice Control भएको सो टि.भीमा रहेको डोल्बि एटमोस सिनेम्याटिक साउन्डको प्रयोगले ग्राहकहरुलाई मल्टि डाइमेन्सनल साउन्डको अनुभुति गराउँछ। जसले टेलिभिजनमा चलचित्र, खेल हेर्दा वास्तविक रोमाञ्चक अनुभव दिनेछ साथै निर्बाध गेमिङ प्रोफोर्मेन्स, जस्मा गेम पिक्चर मोड र एमिङ एड जस्ता सुविधाहरूले अद्भुत गेमिङ अनुभव प्रदान गर्नेछ ।

    नेपालको इलेक्ट्रोनिक्स बजारमा गुणस्तरीय उत्पादन र सेवा प्रदान गर्ने प्रतिष्ठाका साथ, सीजी इलेक्ट्रोनिक्सले विगत ४० वर्षदेखि नेपाली जनताको जीवनलाई छुँदै र सुधार गर्दै आएको छ। Full Metal design ले बनेको सो टि.भी तपाईले घरै बसि–बसि cgdigital.com.np बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

  • एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर, न्यूम्यू सनग्लास जित्ने मौका

    एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर, न्यूम्यू सनग्लास जित्ने मौका

    काठमाडौं ।  भ्यालेन्टाइन डेअर्थात प्रणय दिवशको अवसरमा, एनसेलले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर ल्याएको छ। यस विशेष योजनामाग्राहकहरूले डेटा प्याककिन्दाबोनस डाटा प्राप्तगर्दछन् र साथै २५ जना भाग्यशाली ग्राहकहरूले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन्।

    यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध विशेष अफर हो । यस नयाँ अफरअन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याक अनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्नेछन्। साथै, फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २०प्रतिशत छुट पाउनेछन्।

    अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो मोबाइलमा एनसेल एप राखेको हुनुपर्दछ । यदि एनसेलएप नभएमा, उनीहरूले एप स्टोरबाट डाउनलोड गर्न सक्छन्।एप डाउनलोड गरेपछि, एनसेल नम्बर प्रयोग गरी लगइनवा साइन अप गर्न पर्दछ ।

    अफरको दिन, अर्थात् फेब्रुअरी १४माग्राहकहरूले एनसेल एपको फ्ल्यास सेलमागईत्यहाँ रहेका आठ प्याकहरू मध्ये आफ्नो डेटा आवश्यकताअनुसार कुनै पनि प्याक खरिद गर्न सक्छन्। सुचीमा १ दिन समयावधि रहेको ५० को अनलिमिटेड डेटा देखि ३०दिन समय सीमा रहेको  १,४९९ सम्मको प्याकहरु रहेका छन्।

    उदाहरणका लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकहरूले बोनस रूपमा ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्छन्, भने  १५० को ७ जीबी पाइने डबल मज्जा प्याकमा थप२ जीबी बोनस डेटा पाइन्छ । त्यस्तै, ५९९ पर्ने २८ दिनको समयवधि भएको ४२ जीबीको होम एन्ड अवे प्याकमा ग्राहकहरूले थप ५ जीबी बोनस पाउँछन्।

    यो फ्ल्यास सेलअन्तर्गत,  ५९९ देखि रु. १४९९ सम्मका सधैं अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्छन्, जसले उनीहरूलाई अनलाइन पहुँचको भरपुर फाइदा प्रदान गर्नुका साथै सधै अन रही सम्पर्कमा रहन मद्दत गदैछ ।

    भ्यालेन्टाइन डे फ्ल्यास सेल अफरले ग्राहकहरूलाई अझ सुलभ शुल्कमा डेटा कनेक्टिभिटीको फाइदा दिने र आफूले माया गर्ने व्यक्तिका साथै आफ्ना प्रियजनहरूसँग सम्पर्कमा रहीरहन महत्वपूर्ण भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।

    यो भ्यालेन्टाइन डे विशेष अफरका अतिरिक्त, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर त्यहाँ उपलब्ध हुने प्याकहरू लिई र बोनस डेटा तथा टक टाइमको फाइदा लिन सक्छन् ।

  • एनसेल भोवाईफाई सेवा सुरू, आईफोनबाट थालनी

    एनसेल भोवाईफाई सेवा सुरू, आईफोनबाट थालनी

    काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयासस्वरूप यो सेवा सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

    यो सेवाले ग्राहकलर् कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सहज हुने बताइएको छ । वाईफाई कलिङ नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका ठूला विल्डिङका बेसमेन्ट र दुर्गम स्थानमा पनि सेवा लिन प्रयोग गर्न सकिने छ । एनसेलका अनुसार हाललाई, एनसेलको यो सेवा आइफोन ८ र त्यसमाथिका आइफोन मोडेलहरूमा उपलब्ध छ ।

    यो सेवाबाट फाइदा लिन अतिरिक्त शुल्क लाग्दैन । अहिले भइरहेकै भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।

    भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सनको आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको ठाउँमा पुगे भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्वीच हुने यो प्रविधिको विशेषता भएको एनसेलले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

    भोवाईफाई सेवाका साथ ग्राहकलाई मोवाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरुमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।

    चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको रहेको छ । यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको भन्दै एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको बताएको छ ।

    भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् ।

    सेवा एक्टिभेट गर्नुअघि, ग्राहकले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ दुवै आफ्नो मोवाइलमा सक्रिय अर्थात स्वीच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोवाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोहि अनुसार छानेर सक्रिय गर्नु पर्दछ । यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङ्मा भोवाईफाई, वाईफाई कलिङ् सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।

  • फागुन ६ देखि १८ गते सम्म तेस्रो दोलखा महोत्सव हुँदै

    फागुन ६ देखि १८ गते सम्म तेस्रो दोलखा महोत्सव हुँदै

    काठमाडौं । दोलखा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन ६ गतेदेखि १८ गतेसम्म १३ दिने तेस्रो बृहत् दोलखा महोत्सव-२०८१ हुने भएको छ ।

    दोलखा जिल्लाको खस्किँदो व्यापार, व्यवसाय र सुनसान बजारलाई चलायमान बनाउन र जिल्लाको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्र, पौराणिक भेसभुसा, खानाको परीकार, रैथाने उत्पादन, कृषिजन्य, खनिज जन्य तथा वनजन्य उद्योगी व्यवसायीबाट उत्पादित वस्तुहरू यस महोत्सवमा बिक्री-वितरण, प्रदर्शनी तथा परिकार प्रदर्शन गरी प्रचार प्रसार गर्ने मुख्य उद्देश्य दोलखा महोत्सव- २०८१ हुन गएको आयोजकले जनाएको छ ।

    जिल्लाका उद्यमीहरूबाट उत्पादित बस्तुहरूको प्रदर्शनी, बजारीकरण र बिक्री गरी जिल्लाको आर्थिक कारोबारलाई क्रियाशील गराउने, दिगो आर्थिक विकासबारे सरोकारवालाहरू बीच साझा धारणा र तत्परता विकास गर्ने, साथै दिगो आर्थिक विकासको लक्ष्यमा संघको संस्थागत क्षमता विकास गर्ने दोलखा उद्योग वाणिज्य संघको मुख्य उद्देश्य रहेको छ ।

    महोत्सवको आकर्षणहरू:

    जिल्लाका समग्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक झाँकीहरूको प्रदर्शनी

    राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति

    स्थानीय उत्पादन तथा जिल्लाका धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थलहरूको डिजिटल डिस्प्लेमार्फत वृत्तचित्र प्रदर्शनी

    महोत्सव स्थलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचढी सञ्चालन

    बालबालिकाका लागि आकर्षक खेलहरू सञ्चालन

    बागमती प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिता

    विद्यालय स्तरीय नृत्य प्रतियोगिता आयोजना

    क्याम्पस स्तरीय नृत्य प्रतियोगिता आयोजना

    विभिन्न खेलकुद प्रतियोगिता

    उत्कृष्ट कृषक तथा उद्यमी सम्मान तथा पुरस्कार वितरण

  • काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

    काठमाडौं र ललितपुरमा टोटल लुब्रिकेन्ट्सको सर्भिस क्याम्प सम्पन्न

    काठमाडौं । टोटल इनर्जीजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्यूब आयल प्रालिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

    गत जनवरीमा कम्पनीले बालकुमारीस्थित वर्कशप साथी, पेप्सीकोलास्थित दि बाइकस्मिथ, गुड्डु रिपेयर सेन्टर टेकु र टिकटक वर्कशप-जरङ्कुमा सर्भिस क्याम्प सम्पन्न गरेको हो ।

    यी चारवटै सर्भिस सेन्टरमा राइडरको उपस्थिती निकै राम्रो रहेको कम्पनीले जनाएको छ । राइडरलाई उच्च गुणस्तरको इन्जिन आयल प्रयोग गर्दा हुने फाइदाबारे जानकारी दिन क्याम्प आयोजना गरिएको हो ।

    क्याम्पमा सहभागी राइडरलाई बाइकको सर्भिसिङ तथा हेल्थ चेक अप निशुल्क प्रदान गरिएको कम्पनी भनाई छ । साथै, टोटल लुब्रिकेन्ट्सको प्रयोग पश्चात बाइकको पर्फमेन्स बढेको अनुभुती गराउनुको साथै बिज्ञमार्फन मेन्टिनेन्स टिप्स र गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको थियो ।

    क्याम्पमा सहभागी राइडरले टोटल लुब्रिकेन्ट्स प्रायोग पश्चात आफ्नो बाइकको पर्फमेन्स बढेको र इन्जिनबाट निस्कने अनावश्यक आवज समेत हटेको प्रतिक्रिया दिए । साथै उनीहरुले यस लुब्रिकेन्ट्सको प्रयोगले माइलेज समेत बढेको अनुभव गरे भने इन्जिनको आयू बढाउन समेत यसले भुमिका निर्वाह गरेको प्रतिक्रिया दिए ।

    नेपालको भुगोल र सडकको अवस्थाले गर्दा पनि यहाँ गुड्ने सवारीसाधनमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स प्रयोग गर्नु अनिबार्य जस्तै हुने देखिन्छ । यसका लागी टोटल लुब्रिकेन्ट्स एउटा बलियो विकल्प हुने कम्पनी दाबी छ ।

    टोटल इनर्जीजद्धारा उत्पादित इन्जिन आयलले चिसो र उच्च तापमानमा समेत इन्जिनलाई सजिलै स्टार्ट गराउन मद्धत गर्नुको साथै सिटी र अफ-रोड दुबै राइडिङमा उच्च पर्फमेन्स प्रदान गर्दछ । सो कार्यक्रम निकै सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने कम्पनीका सेल्स हेड सुबोध थापाले बताए ।

  • आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

    आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ ।

    आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जितेको छ ।

    यी प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यी पुरस्कारले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ ।

    नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई पुरस्कारले थप प्रोत्साहित गरेको आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ ।

    कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।

  • एलओडीले ६ दिनै वार्षिकोत्सव मनाउने, को-को कलाकार आउँदैछन् ?

    एलओडीले ६ दिनै वार्षिकोत्सव मनाउने, को-को कलाकार आउँदैछन् ?

    काठमाडौं । ठमेलस्थित एलओडी क्लबले छैटौँ वार्षिकोत्सव ६ दिन मनाउने भएको छ । स्थापना भएको ६ वर्ष पुगेकाले क्लबले ६ दिनसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको उपस्थितिमा वार्षिकोत्सव मनाउन लागेको हो ।

    क्लबका अनुसार माघ २६, २८ फागुन १, २ ८ र ९ गते गरी ६ दिन मनाउने भएको हो । पहिलो दिन अर्थात् माघ २६ गते पुर्ण राई एण्ड दाजुभाई, श्रीगो एण्ड द गेन र लिसियस प्रस्तुति गर्ने छन् ।

    माघकै २८ गते कुमासागर एण्ड द ख्वापले प्रस्तुति गर्ने छन् । साथै फागुनको एक,दुई,आठ र नौ गते क्रमशः समीर श्रेष्ठ (एफटी गुड ब्वाईज), दोङ, टप हन्डेट डिजे क्यूब्रीक्स र कर्मा ब्यान्डसँगै कुटुम्बले पनि प्रस्तुति दिने भएका छन् ।

    एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औँ स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

    डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।

  • टेलिकमको २१औं वार्षिकोत्सव- सहज र सरल दूरसञ्चार सेवा प्रवाहको प्रण

    टेलिकमको २१औं वार्षिकोत्सव- सहज र सरल दूरसञ्चार सेवा प्रवाहको प्रण

    काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयमा वार्षिकोत्सव विशेष कार्यक्रम गरिएको थियो ।

    केन्द्रीय कार्यालयमा आयोजित समारोह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा भएको थियो ।

    प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे । मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको बताएका थिए ।

    सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गरिन् । समस्त देशवासीलाई दूरसञ्चार सेवाको सहज उपभोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा अझै योगदान गर्न कम्पनी सफल हुने उनको विश्वास थियो ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

    सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले आम कर्मचारी वृत्तिविकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्रहसहित प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरेका थिए ।

    नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन् ।

    4G डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९०% भन्दा बढी हिस्सा 4G सेवाले ओगटेको उनले जानकारी गराइन् । ग्रामीण दूरसञ्चार विकास कोष मार्फत जडान भएका Optical Fiber Network हरुको सह-प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउने तर्फ प्राथमिकताका साथ कार्य भइरहेको समेत बताउनुभयो . साथसाथै वार्षिकोत्सवको अवसरमा आजकै दिन देखि VoWiFi सेवा व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको र नेपाल टेलिकम एप र वेबसाइट मार्फत eSIM सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोले ग्राहकले अब eSIM लिनको को लागि काउन्टरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको पहाडीको भनाइ थियो ।

    कम्पनीले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिवी निवारण, उद्यमशीलता र खेलकुदका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै प्रबन्ध निर्देशक पहाडीले सोही अन्तर्गत २०८१ सालको SEE परीक्षामा सहभागी हुने विकट क्षेत्रका सरकारी र सामुदायिक विद्यालयका २ लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट नि:शुल्क शिक्षा सेवा उपलब्ध गराउन सहयोग गरेको बताइएको थियो ।

    त्यस्तै आगामी दिनमा देशका ३ अन्तर्राष्ट्रिय र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क Wi-Fi सेवा उपलब्ध गराउने, विभिन्न सामुदायिक पुस्तकालयहरूमा इ-लाइब्रेरी सेवा उपलब्ध गराउने, दृष्टिविहीन र वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी र थर्मस जस्ता उपयोगी सामग्री उपलब्ध गराउने, विगतमा जस्तै बाढी, पहिरो र भूकम्प आदि प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने पहाडीले बताइन् ।

  • फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

    फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

    काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने भएको छ ।

    सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो । अब ललितपुरको सानेपाबाट ४ किलोमिटरको क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् । यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् ।

    फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले यस अवसरमा बोल्दै भने, “हामी सधैँ आफ्ना ग्राहकहरूको जीवनलाई अझ सहज बनाउने उपायको खोजीमा छौँ । ललितपुरमा फुडमाण्डु वानमार्टको सेवा विस्तार गर्नु हाम्रो लागि थप अर्को एक सिँढी हो जसले अब त्यस क्षेत्रका ग्राहक वर्गको दैनिक किनमेललाई पनि खाना अर्डर गरे जस्तै सजिलो बनाउनेछ ।”

    यस विस्तारसँगै फुडमाण्डु वानमार्टले गुणस्तरीय सामानको तुरुन्त डेलिभरीका साथ साथै झन्झटमुक्त किनमेलको अनुभव प्रदान गर्दै ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी दिनहरूमा अन्य धेरै क्षेत्रहरूमा सेवा विस्तार गर्दै अनलाइन ग्रोसरी किनमेलको बढ्दो मागलाई पूरा गर्ने योजना बनाएको छ ।

  • नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

    नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (एनएडिए) बीच सहमति भएको छ ।

    नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमती भएको हो ।

    सहमति भएका बुँदाहरू निम्न छन् ।

    १. त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरू सृजना गरी आवश्यक सुधार समेत गर्ने ।

    २. दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने ।

    ३.यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पूरा गर्ने ।

    ४. लेबल एकबाट तालिमको शुरुआत गर्ने र क्रमशः लेबल दुईमा जाने ।

    ५. आवश्यकता अनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने ।

    ६ तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसँग सहमतीगरी (एमओयु) अघि बढ्ने ।

  • तातेताते नेपालले पहिलो वार्षिक अभिभावक दिवस मनायो

    तातेताते नेपालले पहिलो वार्षिक अभिभावक दिवस मनायो

    काठमाडौं । ताते ताते नेपालले आफ्नो पहिलो वार्षिक अभिभावक दिवस मनाएको छ । ताते ताते नेपाल अटिज्म सहितको न्यूरोडेभलपमेन्टल समस्या भएका बालबालिकाप्रति समर्पित संस्थान हो ।

    ताते ताते नेपालले १५ बालबालिकालाई डे केयर सेवा प्रदान गर्दै आएको छ, जसले उनीहरूको विशेष आवश्यकताहरूलाई ध्यानमा राखेर विभिन्न प्रकारका थेरापीहरू उपलब्ध गराउँछ। यी थेरापीहरूमा Speech therapy, Occupational therapy, Behavior therapy, र फिजियोथेरापी समावेश छन्।

    संस्थानमा बाल चिकित्सा र मनोचिकित्सा डाक्टरहरूको परामर्श सेवाहरू पनि उपलब्ध छन्, जसले प्रत्येक बालबालिकाको लागि समग्र हेरचाह सुनिश्चित गर्दछ। विशेष शिक्षक र पर्याप्त देखभाल गर्ने व्यक्तिहरूसँगै, ताते ताते नेपालले विकास र सिकाइको लागि उचित वातावरण सिर्जना गर्न प्रयास गर्दैछ।

    संस्थाका अध्यक्ष भरत पोखरेल सभापति रहेको कार्यक्रममा कागेश्वरी नगरपालिकाका उपमेयर शान्ता थापा प्रमुख अतिथि थिइन् ।

  • ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

    ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै श्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पु¥याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

    इन्फोडेभलपर्स प्रा.लि. का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्‍याउने समेत जानकारी दिए ।

    ‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङ लगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।

    यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ । उक्त कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत, सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत, चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रा.लि. को तर्फबाट कर्पोरेट म्यानेजर, सुबास पौडेलको समेत उपस्थिति रहेको थियो ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • दुल्लाको नयाँ शोरुम अब ललितपुरमा (भिडिओ)

    दुल्लाको नयाँ शोरुम अब ललितपुरमा (भिडिओ)

    ललितपुर । जुत्ता बजारमा एकदमै छोटो समयमा ‘ब्रान्ड’ बनिसकेको दुल्लाले आफ्नो नयाँ शोरुम ललितपुरको झम्सिखेलमा खोलेको छ ।

    नायिका राउतको हातबाट रिबन काटेर आज शोरुमको औपचारिक शुभारम्भ गरिएको हो ।

    काठमाडौँ कमलपोखरी को एउटा सानो शोरुम बाट सुरु गरिएको दुलाको अहिले काठमाडौँसहित दमक, धरान, चितवन, पोखरा र बुटवल मा आउट लेट रहेको छ ।

    विदेशी ब्रान्डलाई चुनौती दिन सक्ने डिजाइन र मूल्यको ‘फुटवेयर’ उत्पादन गर्ने लक्ष्य लिएर सुरु भएको दुल्लाले अहिले जुत्ता मात्र नभई छालाका ब्याग, बेल्ट (पेटी) र अन्य सामग्री उत्पादन गर्दै आएको छ ।

    सुरुमा जुत्ता–चप्पलबाट थालिएको दुल्लाको व्यापार यति बेला महिला र पुरुष दुवैका लागि ‘बेल्ट’, ‘वालेट’ र ब्यागसम्म आइपुगेको छ ।

    दुल्ला ब्रान्डका सामान अमेरिका, न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलिया, जापान, दुबई, बेलायतसहित केही युरोपेली देशबाट अर्डर आउने गरेको छ ।

    दुल्लाले आफ्ना उत्पादन विभिन्न देशमा निर्यात पनि गर्दै आएको छ ।

  • ललितपुरको यूएन पार्कमा सञ्चालनमा आयो सफायर एस्थेटिक

    ललितपुरको यूएन पार्कमा सञ्चालनमा आयो सफायर एस्थेटिक

    ललितपुर । ललितपुरको यूएन पार्क नजिकै सफायर एस्थेटिक सञ्चालनमा आएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, प्रियंका कार्की र आयुष्मान देशराज जोशीले उक्त सफायर एस्थेटिकको उ‌द्घाटन गरेका हुन् ।

    सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पीआरपी थेरापी, कस्टेमिक डर्माटोलोजी, सौन्दर्य सर्जिकल सुविधा, कस्टोमाइज्ड स्किन केयर प्लानहरु प्राप्त गर्न सकिनेछ ।

    यहाँ डर्माटोलोजिस्ट एन्ड फेसियल प्लास्टिक सर्जन, इएनटी एन्ड फेसियल प्लास्टिक सर्जन, अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जनलगायत दक्ष विशेषज्ञ टीमबाट सेवा प्राप्त गर्न सकिनेछ । जहाँ नयाँ टेक्नोलोजीमा आधारित अत्याधुनिक मेडिकल उपकरणहरुको व्यवस्था गरिएको छ । यसबाट फेसियल एनलाइसिस, वडी कम्पोजिसन एनालाइसिसको सुविधा प्राप्त गर्न सकिन्छ ।

    क्रायोलाइपोलाईसिस (चिसोबाट सेकेर बोसो पगाल्ने), ईएनटी स्लिमिङ (यसबाट बोसो पगालेर मसल्स स्टेन्थिङ) गर्ने जसका लागि अब विदेश जानुनपर्ने र धेरै खर्च नहुने भएको छ । धेरै सरल र सुविधाका साथ नेपालमै सम्भव गराउन सफल भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. पूजा राजभण्डारीले जानकारी दिइन् ।

    यसबाहेक सफायर एस्थेटिकमा फेसियल कन्टोरिङ गर्ने हाइफु प्रविधिको सुविधा छ, जसबाट ठूलो अनुहार र डबल चिउँडो, गालामा बोसो भएकाहरुको सेप निकाल्न महत्वपूर्ण हुनेछ । यसबाहेक कार्बन डाइअक्साइड लेजर जसमा कार्बन फिलिङ, स्कार रिमुभर, ट्याटु हटाउने, किलोइटको उपचार, स्किनलाई अझ रिमोडल रिसर्फेस गर्न हाइडाफेसियललगायत नयाँ टेक्निकका धेरै प्रविधिहरु उपलब्ध छन् । यसले तपाईंलाई सुन्दर बनाउनुका साथै तपाईंको आत्मबल र आत्मविश्वास बढाउन मद्दत गर्ने छाला तथा सौन्दर्य विशेषज्ञ सेली राजभण्डारीको भनाइ छ ।

    विगत १० वषदेखि ललितपुरको पुल्चोकस्थित नेशल आई एन्ड कस्मेटिक सर्जरी सेन्टर सञ्चालन गर्दै आएकोमा यसलाई अझ विस्तारका रुपमा विगर र वेटर रुपमा अघि बढाउन हामी नयाँ ठाउँमा सिफ्ट भएको अकुलोप्लास्टी एन्ड फेसियल प्लास्टिक सर्जन डा. राजभण्डारीले बताइन् ।

    विगत करिब ५ वर्षदेखि ननसर्जिकल प्रोस्युडर पनि अहिले बुभिङ विषय भएर निस्किएको छ । अहिले ननसर्जिकल मेथडहरुमा विश्वव्यापी रुपमा सौन्दर्यलाई कसरी राम्रो बनाउने भन्नेबारे रिभोलुसन नै आएको छ । उनी भन्छिन्, ‘आफ्‌नो सौन्दर्य राम्रो भएपछि सेल्फ कन्फिडेन्स बढेको र भित्रैदेखि खुशी हुने गरेको पाइएको छ । यसले काम गर्ने ठाउँमा इफिसियन्सी बढेको देखिन्छ ।’

  • कीर्तिपुर अस्पतालमा ‘डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग

    कीर्तिपुर अस्पतालमा ‘डेडिकेटेड बर्न अस्पताल’ निर्माणमा चौधरी ग्रुपको सहयोग

    काठमाडौं । कीर्तिपुर अस्पतालमा रहेको बर्न सेन्टरलाई देशकै जलन उपचारको प्रमुख अस्पतालका रुपमा विस्तार गर्ने सरकारको योजनामा चौधरी ग्रुपले सहकार्य गर्ने भएको छ ।

    बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी, सांसद चन्द्र भण्डारी, कीर्तिपुर अस्पतालका प्रतिनिधि, वर्न सेन्टरका चिकित्सकसहित सरोकारवालासँगको बैठकमा जलन उपचारको डेडिकेटेड अस्पताल निर्माण गर्ने सरकारको योजना अन्तर्गत चौधरी ग्रुपसँगको सहकार्यमा पहिलो चरणको काम अगाडि बढाउने समझदारी भएको हो ।

    कीर्तिपुर नगरपालिका र फेक्ट नेपालद्वारा संयुक्त रुपमा सञ्चालित कीर्तिपुर अस्पतालमा चौधरी ग्रुपको सहयोगमा बर्न अस्पताल निर्माण कार्य अगाडि बढ्ने भएको हो ।

    मन्त्री पौडेलले मुलुकमा विशिष्टिकृत सेवासहितको जलन उपचार केन्द्र निर्माण गर्ने सरकारको योजनामा चौधरी ग्रुपसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

    उनले भने, ‘माननीय विनोद चौधरीज्यूले जसरी डेडिकेटेड बर्न सेन्टर निर्माणका लागि चासो राख्नुभयो र आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो, यसले सरकारको लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुगेको छ ।’

    उनले चौधरी ग्रुपसँगको सहकार्यमा कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको जलन अस्पताल निर्माण हुने विश्वास व्यक्त गरे ।

    कीर्तिपुरलाई जलन उपचारमा देशकै विशिष्टिकृत अस्पताल बनाउने र बाँकी ६ वटा प्रदेशमा रहेका जलन वार्ड विस्तार कार्य पनि सँगैसंगै भइरहेको मन्त्री पौडेलले जनाए ।

    सांसद चौधरीले नेपालमा सुविधासम्पन्न जलन उपचार केन्द्रको अभाव भएकाले आफूले यसलाई प्राथमिकतामा राखेको बताए ।

    कांग्रेस नेता चन्द्र भण्डारीसँगको कुराकानीपछि नेपालमा विशिष्टकृत सुविधासहितको जलन अस्पताल स्थापना गर्ने लक्ष्य लिएको सांसद चौधरीले बताए ।

    ‘माननीय चन्द्रजीको जुन दुर्घटना भयो, उहाँले नेपालमा डेडिकेटेड बर्न अस्पतालका लागि सरकारसँग निरन्तर पहल गरिरहनुभएको थियो, त्यसमा खासै प्रगति नभएको मैले पाए । उहाँसँगको कुराकानीपछि मैले यसको आवश्यकता नेपालमा महसुस गरे’, उनले भने, त्यहाँ काम गर्दै आउनुभएको चिकित्सकहरुसँग कुराकानी भयो । मन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभयो । करिव तीन महिनाको हाम्रो पहलले अब सार्थकता पाउँदैछ ।’

    काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस लिक भएर आगलागी हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते भएका थिए । नेपालमा उपचार सम्भव नभएपछि उनको भारतमा उपचार भएको थियो । सांसद भण्डारीले नेपालमा डेडिकेटेड जलन अस्पताल निर्माणका लागि सरकारसँग माग गर्दै आएका छन् ।

    अघिल्लो वर्ष सरकारले कीर्तिपुरको बर्न अस्पताललाई देशकै प्रमुख जलन उपचार केन्द्रका रुपमा विस्तार गर्ने घोषणा गरेपनि काम अगाडि बढ्न सकेको थिएन । नयाँ सरकार निर्माण भएसँगै कांग्रेस सांसद पौडेल स्वास्थ्यमन्त्री बनेपछि उनले अघिल्लो सरकारको योजनालाई अगाडि बढाएका हुन् ।

    स्वास्थ्यमन्त्रालयसँगको समन्वयमा चौधरी ग्रुपले राष्ट्रिय जलन उपचार केन्द्र निर्माणका लागि सहयोग गर्न लागेको हो ।

    सांसद चौधरीले सरकारसँगको समन्वयनमा केन्द्रको भवन निर्माणका लागि छिट्टै काम सुरु गरिने जानकारी दिए ।

    फेक्ट नेपालका अध्यक्ष डा भरत प्रधानसहित उपस्थित छलफलमा चौधरी फाउण्डेसनले बर्न अस्पताल निर्माणबारे आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो ।

    ‘हामीले सरकारसँगको समझदारी अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्नेछौं’, फाउण्डेसनले भनेको छ ।

     

  • शिखर इन्स्योरेन्सको लाभांश घोषणा 

    शिखर इन्स्योरेन्सको लाभांश घोषणा 

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८०/८१ को सञ्चित मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीको उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि लगानीकर्तालाई वितरण गरिने कम्पनीले जनाएको छ ।

     

  • माघ १७ गतेदेखि आठौँ चेम्बर एक्स्पो हुने 

    माघ १७ गतेदेखि आठौँ चेम्बर एक्स्पो हुने 

    काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एआई प्रोजेक्टसहित आठौँ  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

    चेम्बर मेलामा स्थानीय उत्पादनहरूको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला गर्न लागेको हो ।

    नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाई छ ।

    चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया,  मलेसिया, पाकिस्तान लगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् ।

    स्वदेशी र विदेशी गरी १ सय २५ भन्दा बढी स्टलहरू एक्स्पोमा राखिने छन् । ५ दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए । चेम्बर मेलामा ब्युटी पार्टनरको रूपमा डीएचसी, इन्स्योरेन्स पार्टनरको रूपमा प्रभु इन्स्योरेन्स, इन्टरनेट पार्टनरको रूपमा वल्र्ड लिङक, तथा एजुकेशन पार्टनरका रूपमा सफ्टवेरिका कलेज सनवे कलेज रहेका छन् ।

    अटो पेवेलियन, स्वदेशी खानाको परिकार र बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले उल्लेख गरेको छ ।

     

  • माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

    माछापुच्छ्रे क्यापिटलले गर्‍यो वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ ।

    मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

    क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

    उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका साथै कलेजका कर्मचारीहरू तथा शिक्षक वर्गलाई शेयर बजारको शिक्षाको बारेमा जानकारी दिएको हो ।

    शेयरको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषण सम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताको बारेमा जानकारी प्रदान गरेको थियो ।

    ५औँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले रक्तदान, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरूलाई विभिन्न सहयोग गरेको छ ।

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो ।