Category: कर्पोरेट प्रेस

  • एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

    एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

    काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा अनुसार शैक्षिक सामग्री वितरण थालेको छ। यसै क्रममा मंगलबार लुम्बिनी प्रदेशका तीन विद्यालयका ४४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

    क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बराबर चार शैक्षिक सामग्री वितरण गर्ने योजना गत मंसिरमा घोषणा गरेको थियो। यस पहलले शिक्षामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

    मंगलबार कपिलवस्तु नगरपालिका–१० को श्री राष्ट्रिय माध्यमिक विद्यालय र मदरसा वहरुल उलूमका २६० विद्यार्थीलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले शैक्षिक सामग्री वितरण गरेका छन्।

    त्यसैगरी, राप्ती सोनारी गाउँपालिका–४ को श्री बालकशान्ति प्राथमिक विद्यालयका १८६ विद्यार्थीलाई एनसेलका चीफ अफ स्टाफ स्टिभन रोड्रिगेजले शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत कायुमोभले शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै भने, “गुणस्तरीय शिक्षा प्रत्येक बालबालिकाको अधिकार हो। हामी विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन पाउँदा खुसी छौं।”

    विद्यार्थीहरूले प्राप्त गरेका सामग्रीहरूमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामग्री समावेश छन्। क्यानका सचिव पारस खड्काले एनसेलको यस सामाजिक उत्तरदायित्व कार्यक्रम शिक्षालाई सशक्त बनाउन महत्वपूर्ण रहेको बताए।

    एनसेल फाउन्डेसनले एनपीएलमा हानिएका ६५३ चौकाको आधारमा २६१२ शैक्षिक सामग्री वितरण गर्नेछ। कपिलवस्तुका विद्यालयहरूले एनसेल फाउन्डेसनको फेसबुक पेज र नेपालगञ्ज कार्यालयमार्फत सहयोग अनुरोध गरेका थिए।

    एनसेलकी मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी अन्तरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्काले “शैक्षिक सामग्री वितरणको यो अभियानलाई निरन्तरता दिनेछौं” भन्दै अन्य विद्यार्थीहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

    एनसेलको ‘हामी तपाईंकै लागि’ अभियानअन्तर्गत शिक्षाको प्रवर्द्धन गर्दै क्रिकेट र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्य रहेको छ। एनसेल फाउन्डेसनले भविष्यमा पनि प्रभावकारी सामाजिक कार्यमार्फत समुदायहरूको समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

  • ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

    ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश २०८२ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिरहरू समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

    क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्बिरहरू समावेश गरिएको छ ।

    तस्बिरहरूले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरूलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

    क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।

    विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरू प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वाङ्गीण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

    कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १, १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • प्रभु बैंकको गण्डकी प्रदेशले बुर्तिबाङमा निकाल्यो वित्तीय जनचेतनामूलक र्‍याली

    प्रभु बैंकको गण्डकी प्रदेशले बुर्तिबाङमा निकाल्यो वित्तीय जनचेतनामूलक र्‍याली

    काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङको पश्चिम भेगस्थित बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर मंगलबार वित्तीय जनचेतनामूलक र्‍याली गरेको छ ।

    ‘अनुशरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं, तर आधिकारिक कुरा सुनी निर्णय गरौं’ भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

    र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

    कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञानबहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारेका थिए ।

    उनले बालबालिका, वृद्घ तथा युवा पुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    जनचेतनामूलक र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु रहेको उनको भनाइ छ ।

    बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे ।

    र्‍यालीमा सहभागी सम्पूर्णलाई प्रभु बैंक बुर्तिबाङ शाखाले धन्यवादज्ञापनसमेत गरेको छ ।

  • एनएमबी बैंकले सञ्चालनमा ल्यायाे हरित बचत खाता

    एनएमबी बैंकले सञ्चालनमा ल्यायाे हरित बचत खाता

    काठमाडौं । एनएमबी बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको विश्वास छ ।

    बैंकका अनुसार यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनुमात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।

    एनएमबी बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सकिनेछ । बैंकले एनएमबी पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

    एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

  • नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, वित्त निगम र युरोपियन युनियनको साझेदारी

    नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, वित्त निगम र युरोपियन युनियनको साझेदारी

    काठमाडौं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य र युरोपियन युनियनको ACSIIS कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गर्‍याे । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र सान तथा मझैला उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो ।

    नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (ईएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दियो, जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउँछ । आईएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे गहिरो ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यवसायिक टोली, E&S तथा जोखिम अधिकृतहरू तथा ग्राहकहरू गरी ९० जना सहभागी भएका थिए ।

    उच्च सहभागितामूलक यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (ESDD), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनःस्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गर्यो । यस पहलले ईएसजी तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै बैंक र यसका ग्राहकहरूको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको छ ।

    एनएमबी बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सदस्यले गरे पदबहाली

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक सदस्यले गरे पदबहाली

    काठमार्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक सदस्यको पदमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

    कम्पनीको २५ औं वार्षिक साधारण सभा स्थगन रहेको सर्वसाधारण सेयर धनीहरू (समूह ख) को सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको छ ।

    साथै, निर्वाचन सम्पन्न भए पश्चात् कम्पनी सञ्चालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना सञ्चालक सदस्यहरुले अध्यक्ष गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेका छन् ।

  • बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम

    बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम

    काठमाडौं । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्रामलाई कार्यान्वयन गरेको छ । यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । विश्व नै हाल इलेक्ट्रिक मोबिलिटीतिर लागिरहेको समयमा वास्तविक रुपमा दिगो ईभी इकोसिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ । बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ ।

    सो पहलको एक भागको रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक (IT Assers Partners Inc.) र चीनको वुहुमा अवस्थित एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी (Anhui Lecheng Lithum Ion Technology) कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ ।

    ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच

    दुवै सेवा प्रदायक कम्पनीहरु आरटु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड (R2 (Responsible Recycler) Certified) हुन्, जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पुरा गर्छन् । रिसाइक्लिङ प्रक्रिया अन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ । प्रयोग भइसकेको ब्याट्रीको पुनः प्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ । प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ (safe dismantaling) त्यसपछि गरिन्छ । त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरी अन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरु अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ ।

    ब्याट्री उत्पादन देखि रिसाइक्लिङ सम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बन फुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ ।

    हरित भविष्यको नेतृत्व लिदै

    सो पहल वारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भन्नुभयो, ‘ग्लोबल रिसाइक्लिङ डे मनाइरहदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नु मात्र होइन, वास्तविक रुपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना हो भन्ने कुराको पहिचान ग-यौ । जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादन देखि नष्ट गर्ने कार्य सम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ ।’

    नेपालमा प्रभाव

    विश्वका धेरै ईभी प्रयोगकर्ता देशको रुपमा नेपाल समेत परिचित भइरहेको समयमा जिम्मेवार ब्याट्री डिस्पोजल र रिसाइक्लिङ प्रमुख प्राथमिकता हुनुपर्ने आवश्यकता छ । इलेक्ट्रिक मोबिलिटीतिर देश रुपान्तरण भइरहेको र यसको वातावरणीय प्रभाव न्यून भएको अवस्थामा नेपालको दिगो लक्ष्यसँग बीवाईडीको पहलले एकरुपता लिएको छ ।

    दिगो यातायात, नवीकरणीय उर्जा एकीकरण र जिम्मेवार ब्याट्री व्यवस्थापन जस्ता कार्यको प्रवर्धन गर्दै नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकमार्फत बीवाईडीले हरित भविष्यका लागि सक्रिय रुपमा कार्य गरिरहेको छ ।

    ग्लोबल रिसाइक्लिङ डेको यो अवसरमा बीवाईडीले अर्को महत्वपूर्ण कदम चालेको छ, जसले दिगोपना भनेको, एक भिजन मात्र नभई: ईभी इकोसिस्टमको प्रत्येक भागलाई ड्राइभ गर्ने एक प्रतिबद्धता समेत हो, भन्ने तथ्यलाई सुनिश्चित गरेको छ ।

  • नेपाली बजार भित्रिए बर्लीका १७ एयर कूलर 

    नेपाली बजार भित्रिए बर्लीका १७ एयर कूलर 

    काठमाडौं । भारतको ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिकरूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। सोमबार एक कार्यक्रमको आयोजना गर्दै उक्त एयर कुलरहरू नेपाली बजार भित्र्याइएको जानकारी दिइएको हो ।

    नेपाली बजारका लागि बर्लीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स रहेको छ । कार्यक्रममा बर्लीका कुलरहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले गरेका हुन् । उक्त कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले बर्लीका एयर कुलरहरु नेपाली ग्राहकहरूको रोजाइमा पर्ने बताए ।

    कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजना रहेको बताए । ग्राहकका लागि बर्लीका उत्पादनहरू सरल, सुलभ मूल्यमा उपलब्ध गराइने उनले दाबी गरे ।

    त्यस्तै, नेपाली ग्राहकको माग अनुसार बर्लीका उत्पादन नेपाली बजारमा ल्याएको कम्पनीका सेल्स हेड मनोज झाले बताए । बर्लीलाइ एउटा उचाइमा पनि पुर्‍याउने उनले दाबी गरे ।

  • विदेशमा रहेका योगदानकर्ताको रकम जम्माको सहजताका लागि हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

    विदेशमा रहेका योगदानकर्ताको रकम जम्माको सहजताका लागि हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच सम्झौता

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहजरुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।

    बैंक तथा कोषबीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्ड मार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ ।

    यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

  • नेपाल बैंक र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.बिच सम्झौता

    नेपाल बैंक र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.बिच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरुलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म र आई.भि.एफ प्याकेजमा कर्मचारीहरुलाई रु. १५,००० र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई रु. १०,००० छुट हुने भएकोे छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आई.भि.एफ प्रा.लि. को तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक श्री नविन विष्टले हस्ताक्षर गरेका हुन् ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का अस्पताल र क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

  • सिटिजन्स बैंकका ७९ कर्मचारीलाई दीर्घ सेवा सम्मान पदक

    सिटिजन्स बैंकका ७९ कर्मचारीलाई दीर्घ सेवा सम्मान पदक

    काठमाडौं । सिटिजन्स बैंकले ‘दीर्घ सेवा सम्मान पदक वितरण गरेको छ । बैंकले १८ वर्ष अघि अर्थात् २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको थियो ।

    त्यस यता बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । शुक्रबार ९चैत १ गते० बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ ।

    बैंकले अठारौँ वर्ष पुरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

    बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गरेका ६१ जना र १५ वर्ष सेवा प्रवाह गरेका १८ जना गरि जम्मा ७९ जना कर्मचारीलाई प्रमाणपत्र सहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका छन् ।

    बैंकमा हाल १८ सय कर्मचारीहरु कार्यरत रहेका छन् । समारोहलाई सम्बोधन गर्दै सीइओ पोखरेलले बैंक अहिलेको अवस्थासम्म आइपुग्नको लागि कर्मचारीको मिहिनेत, लगनशिलता, प्रतिबद्धता र जिम्मेवारीले महत्वपूर्ण भूमिका निर्वाह गरको बताए । उनले आगामी दिनमा पनि आफ्नाे तर्फबाट सत प्रतिशत योगदान दिन आग्रह गरे ।

    सोही समारोहमा बैंकले २०८२ सालको क्यालेण्डर पनि सार्वजनिक गरेको छ । विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” ९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    हाल बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

    एनसेल नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने

    काठमाडौं।  प्रतीक्षित एनसेल नेपाल सुपर लिग (NSL) २०२५ ले नेपाली फुटबलप्रेमीहरूलाई रोमाञ्चित पार्ने गरी तेश्रो सिजनको खेलतालिका सार्वजनिक गरेको छ ।

    चैत्र , १६ २०८१ मा सुरु हुने यो सिजन एक महिना लामो कडा प्रतिस्पर्धाको फाइनल खेल भने बैशाख १३ २०८२ मा महा भिडन्तका साथ समापन हुनेछ। एनसेल शीर्ष प्रायोजक रहेको यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात उत्कृष्ट टोलीहरू एनसेल एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

    एनसेल एनएसएल २०२५ को पहिलो खेल सिजन १ को बिजेता काठमाडौं रेजर्स एफसी र सिजन २ को बिजेता ललितपुर सिटी एफसी बीचको भ्याली डर्बी रहनेछ। यो बहुप्रतीक्षित खेलले फुटबलप्रेमीहरूलाई रोमाञ्चित बनाउनेछ, यो भिडन्तले थप उत्साह र प्रतिस्पर्धात्मक भावना सिर्जना गर्नेछ र सिजन भर नै यो उत्साहलाई कायम राख्नेछ ।

    यो रोमाञ्चक खेलसँगै सिजनको यात्रा सुरु हुनेछ, जहाँ प्रत्येक टोलीले च्याम्पियन बन्ने लक्ष्य राख्नेछ। अप्रिल २६, २०२५ को फाइनल खेलमा यस सिजनको विजेता घोषणा गरिनेछ।

    नेपालको अग्रणी फुटबल मञ्च
    नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) द्वारा आयोजित र अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा सञ्चालित एनसेल एनएसएल नेपालको प्रमुख व्यावसायिक फुटबल लिग बनिसकेको छ। यो लिगले नेपाली फुटबलको स्तर उकास्ने, नयाँ प्रतिभा निखार्ने र दर्शकहरूलाई अविस्मरणीय क्षणहरू प्रदान गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

     

  • जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

    जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

    काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।

    स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, साेह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दूबै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधानमार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

    उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथिमेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिती रहेको थियो । हस्तान्तरण गरिएका यी विशेष स्कुटरहरू मार्फत उनीहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ ।

    अपांगता भएका व्यक्तिहरूका लागि गतिशिलता ठूलो चुनौती हुने गर्दछ । यस पहलले विश्वसनीय, उच्चप्रदर्शन क्षमतायुक्त, सुविधा सम्पन्न स्कुटरहरू प्रदान गरेर उक्त चुनौतीलाई समाधान गर्न केही हदसम्म भएपनि सघाउने उद्देश्य बोकेको छ ।

    टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीहरूका लागिआत्मविश्वासमा बृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

    जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।

    ‘हाम्रो मान्यता छ कि गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिकअधिकार हो। प्रत्येक व्यक्तिलाई, आफ्नो शारीरिक क्षमताको पर्वाह नगरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्नो सपना पुरा गर्ने स्वतन्त्रताको हकदार छ। आज, हामी अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्तावगर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्त्वपूर्ण कदम चाल्न पाउँदा हामी गर्वित छौं।’जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भने ।

    यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीहरूलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो । यसले उहाँहरूको जीवनमानयाँ सुरुवातको संकेत गरेको आयोजकको विश्वास छ ।

     

  • पश्चिमी नेपालका डिलरहरूसँग टीसीएल नेपालको छलफल 

    पश्चिमी नेपालका डिलरहरूसँग टीसीएल नेपालको छलफल 

    काठमाडौं । टीसीएल नेपालले पश्चिम नेपालका डिलरहरूसँगको सहकार्यलाई अझ बलियो बनाउन बर्दियामा डिलर मिट सम्पन्न गरेको छ । यस कार्यक्रममा नवीनतम उत्पादनहरूको प्रदर्शनी, बजार प्रवृत्तिहरूको विश्लेषण, र डिलरहरूसँग दीर्घकालीन साझेदारीको रणनीतिहरू छलफल गरिएको थियो।

    कार्यक्रममा TCL नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरूबारे विस्तृत प्रस्तुती दिएका थिए। पश्चिम नेपालका डिलरहरूले पनि व्यावसायिक अनुभव, चुनौतीहरू, र अवसरहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सक्रिय सहभागीता जनाएका थिए।

    प्रदर्शनीमा प्रदर्शित उत्पादनहरू Television, Residential Air Conditioner, Washing Machine, Refrigerator, Cassette AC, Soundbar, Water Dispenser यसैसँग, QLED टिभीहरूको 4K रिजोल्युशन, इन्भर्टर एयर कन्डिसनरको उर्जा-सक्षम प्रविधि, र अन्य उत्पादनहरूको उच्च गुणस्तरीय विशेषताहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो। ग्राहक सन्तुष्टि र टिकाउ प्रविधिमा आधारित सेवाहरू पनि कार्यक्रमको केन्द्रबिन्दु बनेका थिए।

    TCL नेपालका व्यापार इकाई प्रमुख धर्मेन्द्र जोशीले भने, ‘यो मिटले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क ग्राहकहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने ऐतिहासिक पहल हो। हामीले यहाँका साझेदारहरूको विश्वास समर्थनलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएका छौं।’

    कार्यक्रमको समापनमा डिलरहरूको सहयोगलाई सम्मान गर्दै एक भव्य रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा विभिन्न श्रेणीमा उत्कृष्टता हासिल गर्ने डिलरहरूलाई पुरस्कृत गरिएको थियो। पुरस्कार विजेताहरू यसप्रकार छन्:

    • Highest Turnover Award – Gaurab Suppliers, Tulsipur
    • Loyalty Excellence Award – Suvekhsya Trade & Suppliers, Dhangadhi
    • Emerging Dealer of the Year – Siddhi Binayak Electronics, Butwal
    • Longest Associate Award – Godawari Enterprises, Bhairahawa
    • Best Transaction Award – Kedar Telecom, Mahendranagar

    TCL नेपालले डिलरहरूलाई प्राविधिक प्रशिक्षण, विपणन सहयोग, र गुणस्तरीय सेवा प्रवाह जारी राख्ने बताएको छ।

  • हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

    हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो।

    साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

    उक्त साधारणसभाबाट आ.व. ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आ.व. को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ८.७५ का दरले हुन आउने रकम रु.२१,८७,६३,७७३।- बराबरको नगद लाभांश समेत पारित गरियो । यसै साधारणसभाबाट आ.व.०८१/८२ को लागि कम्पनीको बाह्रय लेखापरीक्षकको नियुक्ती र पारीश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरिए बमोजिम अनुमोदन गरियो ।

    उक्त साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालिन रुपमा श्रोतहरुको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । साथै उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रुपमा स्थापित हुनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

    त्यसैगरि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरुलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताए ।

    त्यस्तै साधारण सभामा सेयरहरुका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठ लगायतका शेयरधनीहरुले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले ८.७५ नगद लाभांस प्रदान गरेकोमा अधिकांश सेयरधनीहरुले खुशी व्यक्त गरेका थिए ।

    साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

  •  बीको ब्रान्डले ल्यायो निःशुल्क एसी सेवा शिविर

     बीको ब्रान्डले ल्यायो निःशुल्क एसी सेवा शिविर

    काठमाडौं । सीजी चौधरी ग्रुप अन्तर्गत रहेको BEKO ब्रान्डले निःशुल्क AC सेवा शिविर २०२५ को आयोजना गरेको छ |

    यो सेवा शिविर अवधिभरि ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्डको AC को जाँच र मर्मत कार्य निःशुल्क रूपमा गराउन सक्नेछन् । सर्भिसिङ मात्र नभएर, यदि ग्राहकहरूले आफ्नो पुरानो AC परिवर्तन गर्न चाहन्छन् भने, उनीहरूलाई उत्कृष्ट मूल्यांकन प्रदान गरिनेछ, जसअन्तर्गत ५०% सम्मको अतिरिक्त मूल्यांकन समेत पाउन सक्नेछन् वा नयाँ BEKO को AC सँग साट्न  सक्नेछन् । त्यसैगरी नयाँ AC खरिदमा विशेष २०% सम्मको छुट र AC को स्पेयर पार्ट्स आवश्यक परेमा, ५०% सम्मको छुट को व्यवस्था गरिएको छ ।

    यस विशेष सेवाको अर्को आकर्षक पक्ष AC एक्सचेन्ज गर्दा प्राप्त हुने विशेष कुपन सुविधा हो। ग्राहकहरूले AC एक्सचेन्ज गर्दा रु. ३,००० मूल्य बराबरका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरूले १६६-००-१०२-२११ वा ०१-५९७०१२२ मा फोन गरेर निःशुल्क सेवा लिन सक्नेछन् । साथै, CGXElex को आधिकारिक वेबसाइटमार्फत पनि स्व-मूल्यांकन र एक्सचेन्ज सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय नारी दिवसमा नबिल बैंकद्वारा एकै पटक ८ ठाउँमा वाकाथन

    अन्तर्राष्ट्रिय नारी दिवसमा नबिल बैंकद्वारा एकै पटक ८ ठाउँमा वाकाथन

    काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वाकाथन गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन गरिएको बैंकले जनाएको छ ।

    बैंकको केन्द्रीय कार्यालयमा वाकाथन सुरु गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आजमात्रै नभई मार्च महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए ।

    ‘महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरु उपलब्ध गराउन सदैव तयार छ’, उनले भने ।

    बैंकका अनुसार नजारी दिवसको अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १ हजार २०० भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो ।

    उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।
    पुरुषहरुको सहभागितासँगै हिँड्नुमात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्य गर्न पनि जरुरी रहेको वाकाथनका सहभागीहरुले बताए ।

    नबिल नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरू सुरु गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

  • एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

    एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

    काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) ले नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। NSL नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो।

    शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो। यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोससँग पनि मेल खाने निश्चित छ।

    सन् २०२१ मा स्थापना भएको NSL लाई NSEM ले अखिल नेपाल फुटबल संघ (ANFA) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ। यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियो बनाएको छ।

    नेपाल सुपर लिग (NSL) को आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन् ।

    पत्रकारहरूसँग कुरा गर्दै नेपाल सुपर लिग (NSL) का म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीले भने, “हामी एनसेललाई NSL को टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौँ। यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने छ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ।”

    त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर (CCO) उमैर मोहसिनले भने, “हाम्रो NSL सँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं। NSL लाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौँ। यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्साउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ।”

    एनसेलले अघिल्लो वर्षदेखि नै NSL सँग निकट सहकार्य गर्दै आएको छ। यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्छ। यस लिग मार्फत एनसेलले फुटबल प्रतिभा प्रवर्द्धन गर्नुका साथै नेपालमा खेल पूर्वाधार सुधार गर्न प्रतिबद्धता दोहोर्‍याएको छ।

    यस संस्करणमा रोमाञ्चक प्रतिस्पर्धा, नयाँ प्रतिभाहरू र नेपाली फुटबलको वास्तविक स्वाद अनुभव गर्न पाइने छ। एनसेलको निरन्तर समर्थन खेल विकास, युवा सशक्तीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा केन्द्रित छ। खेल मात्र होइन, यो नेपालसँगको सम्बन्धको पनि कुरा हो।

    यो लगानी नेपाली खेल प्रतिभाको प्रवर्द्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन्। जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रही एनसेल फाउन्डेसनमार्फत पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ।

  • ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक

    ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।
    यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिई कर्जा प्रदान गर्नेछ ।
    यस योजनाअन्तर्गत आकर्षक सुविधाहरू सहित न्यूनतम ब्याजदरमा महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ ।
    महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरुकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।
    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।
    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
  • लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

    लक्ष्मी सनराइज बैंकको अगुवाईमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लि को अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि. बिच सो कम्पनीले मुस्ताङ्ग तथा म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मे.वा. क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

    कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले फागुण २७, २०७५ मा विद्युत विकास विभागबाट विद्युत उत्पादनको अनुमति लिनुका साथै फागुण १७, २०७९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको मुख्य प्रवद्र्धकको रुपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्र लाल प्रधान रहेका छन् ।

    सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता रु. ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरुको रुपमा रहेका ग्लोबल आईएमई बैंकको रु. ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको रु. ५ अर्ब रहेको छ । अन्य सहभागी बैंकहरु हिमालयन बैंकको रु. ३ अर्ब, नेपाल एस.बि.आई. बैंकको रु. ३ अर्ब र एभरेष्ट बैंकको रु. २ अर्ब ५० करोड समेत गरी कूल प्रोजेक्ट फाइनान्स रु. २९ अर्ब ६२ करोड ६० लाख रहेको छ ।

    सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब १०५६ मेगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठुलो स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने छ ।

  • तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर बन्यो एनसेल  

    तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर बन्यो एनसेल  

    काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि टाइटल स्पोन्सर एनसेल आजियाटा लिमिटेडलाई बनाएको छ । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो ।

    एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।  यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबल प्रेमीहरूको मन पर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ ।

    सन् २०२१ मा स्थापना भएको एनएसएलले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ । थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ ।

    नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमहरूबिच कडा प्रतिस्पर्धा हुनेछ ।

    नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांस कार्कीका अनुसार यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने छ । बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ ।

    त्यस्तै, एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।  फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास लिएको उनले बताए ।

     

  • एमजी एस ५ ईभी सार्वजनिकः विद्युतीय एसयुभि सेग्मेन्टमा नयाँ युगको सुरुवात (भिडिओ)

    एमजी एस ५ ईभी सार्वजनिकः विद्युतीय एसयुभि सेग्मेन्टमा नयाँ युगको सुरुवात (भिडिओ)

    काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ । लोकप्रिय एमजी जेडएस ईभी को उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको छ । उक्त सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथिहरू लगायत बैंकका प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिसहित सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रति घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।

    समर्पित शुद्ध ईभी प्लेटफर्ममा निर्मित, एमजी एस५ ईभी को सेगमेन्टमा अग्रणी नवीनताहरू प्रस्तुत गर्दछ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ । यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङ्ग प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछ । यी विशेषताहरूले एमजी एस ५ ईभीलाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयुभि  बनाएको छ ।

    सार्वजनिक कार्यक्रममा बोल्दै, एमजी मोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, ‘एमजी एस ५ ईभी नवीनता, सुरक्षामा सुधार, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ ईभी ले नेपालको इभि बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ ।’

    दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा सीमा पार गर्दै आएको छ, जसले उपभोक्ताहरूको मागलाई पूरा गर्नेछ ।

  • टीसीएल नेपालले सुरु गर्‍यो निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

    टीसीएल नेपालले सुरु गर्‍यो निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

    काठमाडौं । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै TCL नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ। यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ।

    योजनाका प्रमुख सेवा र सुविधाहरू:

    1. नि:शुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित*)।
    2. एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा विगतभन्दा ५०% सम्म बढी मूल्याङ्कन। साथै, नयाँ TCL एसी खरिद गर्दा २०% सम्मको ग्रान्ड छुट।
    3. नि:शुल्क इन्स्टलेशन: नयाँ एसीमा रु. ४,००० बराबरको नि:शुल्क स्थापना सेवा।
    4. २ वटा नि:शुल्क सेवा कुपन: मूल्य रु. ३,००० सम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

    रजिस्ट्रेशन प्रक्रिया:

    ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशन पछि TCL को टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।

    अतिरिक्त लाभ:

    एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५०% सम्म छुट।

    सूचना र सर्तहरू:

    सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ। अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ।

    TCL नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्‍याउन सदैव अग्रसर रहेको छ। यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

  • एनआईसी एसीया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

    एनआईसी एसीया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । एनआईसी एसीया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

    बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्र्ने प्रस्ताव समेत पारित गरेको छ ।

    साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

     

  • खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

    खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

    काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्राएको छ ।

    ‘स्टे कुल स्टे कम्फर्र्ट’भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । ग्रहकहरुले कुलरहरु आफ्नै रोजे जस्तो मूल्यमा पाउनेछन् । कम्पनीले यी कुलरहरुमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।

    जापनिज प्रविधिबाट निर्र्मित कुलरहरुमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरुले भरिपूर्ण छन् । ईन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्दछ ।

    यिनीहरुमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । तेस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरुले ५००० m3/hr सम्म हावा प्रवाह गर्ने हुनाले यसले तपाईहरुलाई थोरै समयमा नै कुल बनाउछ ।

  • एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रियो (भिडिओ)

    एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रियो (भिडिओ)

    काठमाडाैं । एल एस अटोले एलइभी जिरो वन इलेक्ट्रिक एस यु भी गाडी नेपालमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमा नेपालमा यो गाडी बिक्रीमा ल्याइएको आधिकारित विक्रेताले जनाएको छ । चिनियाँ कम्पनी सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी प्राइभेट लिमिटेडले यो गाडी उत्पादन गरेको हो ।नेपालको लागि नेकान भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटीको एसईभी ०१ नेपाल भित्रिएको हो।

    एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ।

    कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ।

    यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।

    एलईभी सिरिज कम्पनीले पहिलो मोडेलको रूपमा एलईभी ०१ क्रसओभर इलेक्ट्रिक एसयूभी ल्याएको हो। एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ। यी कारहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुबै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत आउनेछन्। एलईभी ०३ एक प्रिमियम क्रसओभर इलेक्ट्रिक एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो।

    एलएस अटोले बनाएको पहिलो मोडेल एलईभी ०१ नेपाल भित्रिसकेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटोको एलईभी ०१ नेपाल भित्रिएको हो। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो इभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ। यो मोटरले ३०० न्यूटन मिटरको टर्क उत्पन्न गर्छ।

    एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ। प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो इभीमा ब्याट्री प्याक पोजिसन साइड बडिभन्दा अझै माथि रहेको छ। यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ।

    एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ। यसको ब्याट्री प्याक अन्य इभीहरूमा जस्तो बाहिरबाट झुन्डिएको देखिदैन। ब्याट्री प्रविधिमा एसभोल्टको ब्याट्री एनसीएम तथा ब्लेड ब्याट्री भन्दा ८ प्रतिशतले बढी दक्ष रहेको ग्लोबल समीक्षाले जनाएको छ।

    चीनको प्रमुख डिजाइन हाउस एलएस अटोले बनाएको यो एसयूभी निकै एरोडाइनामिक रहेको छ। यसको ड्र्याग कोएफिसियेन्ट इलेक्ट्रिक एसयूभीहरूमा सबैभन्दा कम ०.२६८ मात्र रहेको छ। यो इभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ।

    प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन रहेको छ। लेदरेट स्टेरिङ ह्वील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू रहेको छ। सुरक्षाका लागि यो इभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू रहेको छ।

    युरो एनक्यापबाट क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ। नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसन (SE) को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको(CE) मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।

    आफैँ डिजाइन हाउस समेत भएकाले यो कम्पनीले बनाएका गाडीहरू राइट ह्यान्ड ड्राइभ (RHD) र लेफ्ट ह्यान्ड ड्राइभ (LHD) दुबै अप्सनमा एकैसाथ उत्पादन गर्छ। देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाण्डौ बालुवाटार स्थित चिनियाँ दूतावास नजिकै शोरुम सञ्चालन गरिसकेको छ र अर्को साता भित्र ललितपुरको बालकुमारी बाट पनि शोरूम सञ्चालन गर्दैछ,भने काठमाण्डौको मनमैजुमा सर्भिस सेन्टर समेत स्थापना गरेको छ।

  • एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प 

    एलजीको नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प 

    काठमाडौं । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै, LG ले ग्राहकहरूलाई विशेष सेवा प्रदान गर्न “FREE AC SERVICE CAMP” सञ्चालनमा ल्याएको छ।

    सबै मौसमका लागि एलजी ए.सी. नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढे सँगै यही फाल्गुन  २० गते देखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण ए.सी.का ग्राहकबर्गहरुलाई लक्षित गरी “नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको छ। यस योजना अन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय ए.सी. सँग साट्न सक्नेछन् । ग्राहकबर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

    यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सञ्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ। रजिस्टर पश्चात् एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन्। यस याेजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा २०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकबर्गहरुले नयाँ ए.सी.मा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन। यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले 2 वटा निःशुल्क सेवा कुपन (Service Coupon) पाउनेछन्, जसको मूल्य रु. ३०००सम्म हुनेछ।

    चौधरी ग्रुप अन्तर्गत सी. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

    एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो। यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० + देशमा उपलब्ध छन्।

  • स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविनकुमार नेपाल

    काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविनकुमार नेपाललाई नियुक्त गरेको हो ।

    नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट फाल्गुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

  • रियलमी सी ६३ को नयाँ भेरिएन्ट सार्वजनिक, यस्ता छन् फीचरहरु

    रियलमी सी ६३ को नयाँ भेरिएन्ट सार्वजनिक, यस्ता छन् फीचरहरु

    काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी ६३ को ८+१२८ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन फिनिसका साथ आएको यस रियलमी सी ६३को ८+१२८ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

    यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भने, “हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहक वर्गको चाहनालाई मध्यनजर गर्दै हामीले सी ६३ को ८+१२८ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौँ ।”

    फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री

    ४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सी ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सी ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टा सम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।

    ३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ । विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।

    आकर्षक डिजाइन र उच्चतम अडियो

    ७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाऊन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपल इफेक्ट पनि प्रदान गर्दछ ।

    टिकाउ एवम् उत्कृष्ट प्रदर्शन

    रियलमी सी ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ जसले ४ वर्षसम्म बिना कुनै रोकावट र ल्याग–फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निमार्ण भएको छ जसमा ८+१२८ जीबीको डाइनामिक ¥याम र १२८ जिबीसम्मकोे स्टोरेज अप्सन रहेको छ जुन ग्राहक वर्गको लागि अधिकतम हुन्छ ।

    रियलमी सी ६३ मा एआई बुस्ट प्रविधि रहेको छ जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउँछ । स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ भने गेम बुस्टले गेमिङको स्थिरतामा १०% सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।

    आई कम्फर्ट डिस्प्ले र उत्कृष्ट अडियो अनुभव 

    रियलमी सी ६३ को ६.७४५ इन्च डिस्प्लेमा जीवन्त दृश्यहरू देख्न पाइन्छ । यसमा ५६० निट्स (एचबिएम) सम्मको ब्राइटनेस पनि समेटिएकोले सबै खाले लाइटिङ कन्डिसनमा यसको प्रयोग मजाले गर्न सकिन्छ । स्कृन टु बडी ९०.३ प्रतिशतको साथमा १६००८७२० को एचडी रिजोलुसन र ९० हर्जको रिफ्रेस रेटको साथ रियलमी सी ६३ ले इमर्सिभ डिस्प्ले अनुभव प्रदान गर्दछ । साथै यसको डिस्प्लेले १८० हर्जसम्मको टच स्याम्प्लिङ रेटलाई पनि सपोर्ट गर्दछ । उत्कृष्ट अडियो अनुभवका लागि २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध रहेको छ ।

    मेमोरी र स्टोरेज 

    एडभान्स क्यामेरा सिस्टम 

    रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआइ क्यामेरा रहेको छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरु पनि समावेश रहेको छ ।  साथै ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । त्यसैगरी स्ट्रिट फोटोग्राफी फिल्टरले सहरका उत्कृष्ट दृश्य खिच्छ ।

    आधुनिक जीवनशैलीका लागि नवीनतम विशेषताहरू

    रियलमी सी ६३ मा एयर जेस्चर प्रविधि रहेको छ जसले प्रयोगकर्ताहरूलाई फोन नछोईकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । डायनामिक बटनले थप सहजता दिनका लागि अनुकूलन गर्न मिल्ने सर्टकट उपलब्ध गराउँछ भने राइडिङ मोडले यात्राको क्रममा थप सुरक्षित बनाउँछ ।

    एआई न्वाइज रिडक्सन कल फिचरको माध्यमबाट रियलमी सी ६३ ले वरपरको अवाञ्छित आवाजलाई दबाएर नोइजी वातावरणमा पनि स्पष्ट र क्लीयर कलको अनुभव दिन्छ ।

    दैनिक जीवनका चुनौतीहरू सामना गर्न तयार

    आइपि ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सी ६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । रियलमी सी ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परिक्षण र ड्रप टेस्ट जस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ । यसको बलियो बनावटले लामो समयसम्म टिकाउपन  सुनिश्चित गर्दछ ।

    कनेक्टिभिटी र नेभिगेसन 

    रियलमी सी ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ । साथै ५ गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जिपिएस, ग्लोनास, बिडिएस र ग्यालिलिओ लगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् ।

    पृथक युजर एक्स्पेरियन्स

    एन्ड्रोइड १४ मा आधारित रियलमी सी ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेशन र प्राईभेसि अप्शनहरूका सुविधाको साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ ।

    मूल्य र उपलब्धता

    रियलमी सी ६३को ८+१२८ जीबी स्टोरेज भेरिएन्ट रु.२०,९९९ मा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।

    सबैभन्दा छिटो चार्जिङ हुने क्षमता, सबैभन्दा स्लिम डिजाइन, सबैभन्दा स्मूथ टच र लामो समय टिक्ने उत्कृष्ट प्रदर्शनको साथ रियलमी सी ६३ स्मार्टफोनको बजारमा एक गेम चेन्जर हो ।

  • नेपाल टेलिकमकाे ‘ब्रान्ड एम्बेसडर’ बनिन् स्वस्तिमा

    नेपाल टेलिकमकाे ‘ब्रान्ड एम्बेसडर’ बनिन् स्वस्तिमा

    काठमाडौं । नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा  आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरे ।

    कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

    यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।

    नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवा सुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिने र आफ्ना सेवाहरुको प्रवर्द्धन मार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

  • नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता

    नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।

    २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त  भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ ।

    यही मिति २०८१ कार्त्तिक १२ गते नेपाल बैक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महावीर पुनका बिच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

    उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे ।

    त्यसै गरी प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए साथै डा. पुनले नेपाल बैंक छनौट गरेकोमा उनीप्रति हार्दिक आभार समेत व्यक्त गरे ।

  • ग्लोबल आईएमई बैंकले ह्याकाथन आयोजना गर्ने

    ग्लोबल आईएमई बैंकले ह्याकाथन आयोजना गर्ने

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।

    बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको हो ।

    यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवाहरु र यसको चुनौतिहरुको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
    प्रतियोगितामा सहभागि प्रतिस्पर्धीहरुले बैंकले तोकेका विभिन्न विषयहरुमा केन्द्रित रही आफ्ना धारणाहरु प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।

    ग्लोबल आईएमई बैंक प्रविधि अनुकूल वित्तीय सेवाहरु प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ । डिजिटल बैंकिङ सेवाहरुलाई थप प्रभावकारी बनाउन नविनतम् धारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

    प्रतियोगितामा सहभागिता हुन इच्छुकहरुले बैंकको वेवसाइट मार्फत दर्ता गर्नुपर्ने छ । यस ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुती र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ ।

    पहिलो चरणको लागि प्रतियोगिहरुले अप्रिल ४, २०२५ सम्ममा अनलाइन पेपर प्रस्तुती गर्नुपर्ने छ । साथै, दोस्रो चरणअन्तर्गत मे १, २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • बीवाईडी हाई-टेक विक सम्पन्न, १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

    बीवाईडी हाई-टेक विक सम्पन्न, १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले सफलतापूर्वक बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ । चीन वाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए ।

    ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौं बीवाईडी एट्टो

    बीवाईडी हाई–टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्र्शाएको छ ।

    बीवाईडी हाईटेक विक एक्सक्लुसिभ अफर विस्तार

    यो महत्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ । सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बीवाईडीको अटुट प्रतिबद्धतालाई दर्शाउँछ ।

    दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै

    हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरुले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाए, जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरु लाइभ शोकेस गरिएको थियो ।

    इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रा.लि. की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले भन्नुभयो, ‘चीन वाहिर पहिलो पटक आयोजना गरिएको बीवाईडी हाई–टेक विक अभुतपूर्व रुपमा सफलतापूर्वक सम्पन्न भएको छ । अवलोकनकर्ताहरुबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रुपमा भइरहेको ईभी रुपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौ । १० लाख १० हजारौं बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

    नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक प्रा.लि. सदैव प्रतिबद्ध छ ।

  • कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

    कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental Orthopantomogram (OPG)  and Cone Beam Computed Tomography (CBCT), Echo Cardiography, Electro Cardiogram मा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • कजारियाको नयाँ सोरुम काठमाडौँको सतुंगलमा उद्घाटन

    कजारियाको नयाँ सोरुम काठमाडौँको सतुंगलमा उद्घाटन

    काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै सतुंगल, काठमाडौँमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । साई इन्टरप्राइजेज द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष नरेद्र राज श्रेष्ठको उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, दुबै अतिथिहरूले रिबन काटेर यो महत्वपूर्ण शोरुम विस्तारको आरम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंह ले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “काठमाडौँ कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ । हामी आफ्ना नवीनतम र मजबुत उत्पादनहरूलाई ग्राहकहरूसम्म नजिक ल्याउन पाउँदा खुशी छौं।”

    काठमाडौँको महत्वपूर्ण क्षेत्र रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।
    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

    नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।