काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउने भएको छ ।
सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए ।
शहीद स्मृति तथा समान्न कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको उनले जानकारी दिए । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने उनले बताए ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने निश्चित रहे पनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको छ । यद्यपि कार्यक्रम भने सल्लाह गरेरै राखिएको ढकालले बताए ।
काठमाडौं। देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो ।
कोरोना महामारीको जोखिमका कारण यस वर्ष विगतमा जस्तो टुँडिखेलमा संस्कृति झल्किने वृहत कार्यक्रम गरिएन । काठमाडौंको बौद्ध क्षेत्रमा भने केही चहलपहल देखियो ।
तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको यो ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाइँन्छ ।
यो दिन तामाङ समुदायको नयाँ वर्ष पनि हो । मन्जुश्री पात्रोअनुसार आजदेखि घोडा वर्ष शुरू भएको छ ।
सोनाम ल्होसारका लागि सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
काठमाडौं । महिलाको बारेमा नकरात्मक टिप्पणी गरेको तीब्र आलोचनापछि टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख योशिरो मोरीले राजीनामा दिएका छन् ।
८३ वर्षीया योशिरीले ‘महिलाहरू धेरै बोल्छन् र लामो समय लिन्छन्’ भनेर बोर्ड डाइरेक्टरहरूबीचको बैठकमा बोलेका थिए ।
यसअघि आफ्नो अविव्यक्तिविरुद्धमा प्रदर्शन भएपछि योशिरीले माफी माग्ने तर राजीनामा नदिने बताएका थिए । शुक्रबार भने उनले आफ्नो अविव्यक्तिबारे माफी माग्दै राजीनामा दिएका हुन् ।
‘महत्त्वपूर्ण कुरा के हो भने, ओलम्पिक जुलाईमा हुनुपर्छ, जसमा मेरो उपस्थिति बाधक बन्नु हुँदैन,’ उनले शुक्रबार बसेको विशेष समितिको बैठकमा राजीनामाको घोषणा गर्दै भनेका छन् ।
काठमाडौं । नेपालमा राजनीतिज्ञहरूलाई लाग्ने गरेको एउटा सदाबहार आरोप हो, चुनाव आउन लागेपछि उनीहरू मतदाता खोज्दै घर-घर आउँछन्, चुनावपछि तिनै मतदातालाई चिन्दैनन् । हुन पनि भोट माग्न आउँदा जनताको धान काट्नेदेखि भैसी दुहनसम्म पछि नपर्ने नेताहरूले जितेपछि नमस्कार फर्काउन पनि झिँजो मान्ने गरेको देखिन्छ ।
चुनाव हार्नेसँग पनि आफ्नै कुण्ठा हुन्छ । आफूलाई भोट नदिने मतदाताको घरमा फर्केर किन जाने भन्ने मनोदशामा हुन्छन् प्राय । त्यसैले अर्को चुनाव नआउञ्जेल उनीहरूलाई पनि जनताको बीच्मा देख्न मुस्किल पर्छ । तर, कांग्रेस नेता नविन्द्रराज जोशी चाहिँ यो प्रवृत्तिमा अपवाद बन्न खोजिरहेका छन् । अघिल्लो संसदीय चुनावमा पराजित भएयता आफ्नो निर्वाचन क्षेत्रमा उनको निरन्तर घरदैलो चलिरहेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जोशी बिजयी भएका थिए । संविधान निर्माणका लागि उनले भूमिका खेले । उद्योगमन्त्री छँदा बन्द रहेको सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेड सुचारु गराए । लिमिटेडले जीवनजल र सिटामोलको उत्पादन सुरु गरेपछि मन्त्री जोशीको कामको प्रशंसा पनि भएको थियो ।
तर, गत संसदीय निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट पराजित भए जोशी । वाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतान्तरले हारेका थिए उनी । तर, चुनाव हारे पनि जोशीले जनताको मन जित्ने प्रयास जारी राखेका छन् ।
कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् उनी । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।
जोशीले अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा नियमित घरदैलो गरिरहेका छन् । काठमाडौं रहँदा र महत्वपूर्ण राजनीतिक कार्यक्रम नहुँदा आफ्नो क्षेत्रका मतदाताको घर-घर पुग्ने गर्छन् । विपक्षीहरूले चाहिँ उनले आगामी निर्वाचनको तयारी गरिरहेको भनेर अर्थ्याएका छन् । जोशी चाहिँ आफू चुनाव जित्न नभएर जनताको विश्वास जित्न प्रयासरत रहेको बताउँछन् ।
जोशीको क्षेत्रमा नागार्जुन नगरपालिकाको ४ र ५ नम्बर वडासँगै काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नम्बर वडा पर्छन् । पचास हजारभन्दा बढी मतदाता रहेको सो क्षेत्रका सबै घरमा पुग्ने उनको ईच्छा छ । कोरोना महामारीभन्दा अगाडि कहिलेकाहीँ मात्रै घरदैलो गर्दै आएका जोशीले लकडाउनपछि घरदैलोलाई तीव्रता दिएका हुन्
‘कोरोनाका कारण जनता घरबाट बाहिर निस्कने अवस्था थिएन । त्यसैले म आफैं जनताको घरमा जानुपर्छ भन्ने लागेर हिडेंको हुँ,’उनले भने ।
निर्वाचन हारेको व्यक्ति जनताकोमा जाँदा के सन्देश लिएर जानुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘कोरोनाको बेलामा अलि-अलि हिम्मत लिएर गएँ । कोरोनाबारे सन्देश लेखिएको पर्चा बनाएँ र मास्कको पोको पनि बोक्थेँ ।’
पछिल्लो समय हप्तामा ३-४ दिन उनी घरदैलोमै व्यस्त हुन थालेका छन् । कतै घरमा रहेका मानिसको हालखबर सोधेर फर्कन्छन् कतै कुरा गर्न चाहनेसँग आँगनमै बसेर गफिन्छन् । राजनीतिमा खास सरोकार नराख्ने युवादेखि राजनीतिबाट दिक्क मानेका ज्येष्ठ नागरिकसँग समेत उनले भलाकुसारी गर्ने गरेका छन्। सामाजिक विषयमा बोल्ने नेताप्रति जनताको सम्मान रहेको उनले बुझेका छन् ।
‘मलाई राजनीतिमा रुची छैन तर जनतालाई परेको समस्यामा हजुरले बोलेको नोटिस गरेको छु, चुनाव हारे पनि जनताको विषयमा बोल्न नछोड्नुहोला,’ घरदैलोका क्रममा बायो मेडिकल पढ्दै गरेकी एक विद्यार्थी जोशीलाई भन्दै थिइन् । आफूलाई कुनै राजनीतिक दलको कार्यकर्ता नठान्न आग्रह गर्दै ती युवतीले गरेको कुराले नवीन्द्रको हौसला बढेको छ ।
घरदैलोकै क्रममा कतिपयले ‘कांग्रेसले पनि गतिलो गरेन’ भनेर हकार्छन् भने कतिपयले ‘अब अन्याय गर्दैनौं’ भनेर हौस्याउँछन् । जनताको घरदैलोमा पुग्ने अभियानलाई उनले राजनीतिक रंग दिएका छैनन् । कांग्रेस, कम्युनिष्ट, राजावादी सबैको घर छिर्छन् । घरदैलो गरेको वडामा घरबेटी बाहिर गएको बाहेक अवस्थामा घर नछुटाएको उनको दावी छ ।
अहिले फेरि निर्वाचनको चर्चा सुरु भएको छ । तर, जोशी भने संसद विघटनपछि पार्टीले निर्वाचनमा जान हतारो नगरी आन्दोलनमा जोड दिनुपर्ने पक्षमा छन् ।
त्यसोभए उनले घरदैलोलाई किन तीव्रता दिइरहेका छन् त ?
‘राजनीति गर्नेका लागि त हरेक दिन चुनाव हो नि । भोट हाल्ने दिन मात्रै जनता खोज्नुहुँदैन भन्ने लागेकोले सधै घरदैलो गरेको हुँ”, उनी भन्छन् ।
२२ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेका जोशी २०४९ सालको स्थानीय चुनाव जितेर काठमाडौं महानगरपालिकाको उपमेयर बनेका थिए । तत्कालीन एमालेका उम्मेदवारलाई हराएर काठमाडौंको उपमेयर बन्दा जोशीको उमेर २८ वर्षको मात्रै थियो ।
पहिलो र दोस्रो संविधानसभामा जितको माला पहिरिएका जोशीले २०७४ को निर्वाचनमा हारको स्वाद चाखे । यसलाई सामान्य राजनीतिक घटना ठानेका छन् उनले ।
‘जनताको दुःखसुख बुझ्न पाइएको छ । आफूले सकेको सहयोग गर्न पाइएकै छ । चुनाव जित्ने कुरा मेरा लागि महत्वपूर्ण होइन, जनताले खोज्दा भेटिने कुरा महत्वपूर्ण हो,’ उनले भने ।
काठमाडौं । भागरथीलाई न्यायको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले बानेश्वरमा प्रदर्शन गरेको हो ।
बैतडीमा बलात्कारपछि हत्या भएको एक साता बित्दासम्म दोषीलाई पक्राउ नगरिएको, पीडित परिवारले न्याय नपाएको भन्दै प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।
काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं युवा इन्चार्ज इस्लाम हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।
वीरगञ्ज निवासी हवारीले जसपाका अन्य नेता/कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेको क्रममा रहेको जानकारी दिएका छन् ।
यसअघि जसपाकै केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।
काठमाडौं । मार्चमा ओमानमा हुने तय भएको नेपाल, ओमान र युएसएबीचको आईसीसी मेन्स क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज स्थगित भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२१ को अप्रिलमा हुने तय भएको पीएनजी, ओमान र स्कलटल्यान्डबीचको सिरिज र मेमा हुने भनिएको पीएनजी, युएसए र नामिबियाबीचको सिरिज पनि स्थगित भएको जानकारी दिएको छ ।
कोभिड-१९ को प्रभाव र क्वारेन्टिनको प्रावधानसँगै विभिन्न देशहरूबीच रहेको ट्राभल रेस्ट्रिक्सन आदि कारणहरूले तय भएका सिरिजहरू आधिकारिक रूपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थिगित गरिएको आईसीसीले जानकारी दिएको छ ।
काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार भएको तेस्रो चरणको खेलमा ओन्स जाबेरलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गर्दै २३ वर्षीया ओसाका चौथो चरणमा पुगेकी हुन् ।
ओसाकाले क्वार्टरफाइनल प्रवेशका लागि १४औं बरियताकी स्पेनिस खेलाडी गार्बिन मुगुरुजासँग प्रतिस्पर्धा गर्नेछिन् । पहिलो चरणमा एनेस्तेसिया पाभ्लुचेन्कोभालाई ६-१, ६-२ पराजित गरेकी ओसाकाले दोस्रो चरणमा क्यारोलिन गर्सियालाई ६-२, ६-३ को नतिजामा पराजित गरेकी थिइन् ।
जनकपुरधाम । प्रदेश मन्त्रीहरूको सुरक्षामा खटेका सशस्त्र प्रहरी तत्काल फिर्ता नगरिने भएको छ ।
मन्त्रीहरूको सुरक्षाको अर्को प्रबन्ध नमिलाएसम्म सशस्त्र प्रहरीले नै सुरक्षा दिने बिहिबार बसेको प्रदेश सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।
सशस्त्र प्रहरीलाई फिर्ता गर्न प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआइजी चन्द्रप्रकाश गौतम मन्त्रीहरूलाई बिहीवार नै पत्राचार गरे । त्यसलगत्तै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सुरक्षा समितिको बैठक बोलाउन लगाए । बैठकमा मन्त्री यादवले भीआईपीको सुरक्षामा खटेका सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयमा आपत्ति जनाएका थिए ।
बैठकमा भीआईपी सुरक्षाका लागि नेपाल प्रहरी नखटेसम्म सशस्त्र प्रहरीलाई फिर्ता बोलाउन नहुने निर्णय भएको यादवले बताए । ‘सुरक्षाका लागि हामीले कहिलेसम्म नेपाल प्रहरी आउने विषयमा समन्वय गर्न प्रहरीका प्रदेश प्रमुख डीआइजी धिरजप्रताप सिंह र सशस्त्रका प्रदेश प्रमुख डीआइजी गौतमलाई जिम्मेवारी सुम्पिएका छौं’, उनले नेपाल प्रेससँग भने ।
मन्त्री यादव भन्छन्, ‘सशस्त्र प्रहरी केन्द्र मातहतमा रहेको छ । त्यसैले फिर्ता बोलाउने निर्णय लिन सक्छ । तर, कम्तीमा समन्वय गर्नुपर्थ्यो । सुरक्षाको दोस्रो प्रबन्ध नगरी सशस्त्रलाई फिर्ता बोलाउन मिल्दैन ।’ नेपाल प्रहरीलाई नै पठाउनु छ भने पहिले पठाओस् । त्यसपछि सशस्त्रलाई फिर्ता बोलाउँदा हुन्छ । खाली राख्न त हुँदैन,’ उनले थपे ।
प्रदेश २ सरकारले प्रहरी ऐनसमेत बनाइसकेको छ । तर, प्रहरी समायोजन नभएकाले सो ऐन कार्यान्वयनमा आएको छैन । प्रहरी समायोजन गरी अधिकार नदिनु र सशस्त्रलाई फिर्ता बोलाउने संघीय सरकारको निर्णयलाई प्रदेशमाथि हस्तक्षेप भएको मन्त्रीहरूले टिप्पणी गरेका छन् ।
प्रदेशका मन्त्रीहरू र राज्यमन्त्रीहरूको सुरक्षाका लागि सशस्त्रका वरिष्ठ हवल्दार तथा हवल्दार गरी ३२ जना खटेका छन् । मन्त्री र राज्यमन्त्रीको सुरक्षमा २/२ जना र आन्तरिक मामिला तथा कानून मन्त्री यादवको सुरक्षामा ८ जना सशस्त्र छन् ।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले अन्तिम धक्काको लागि तयार रहन आव्हान गरेको छ ।
सोनाम ल्होसार पर्वको अवसरमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त शुभकामना वक्तव्य निकाल्दै जनताको बलिदान, संघर्ष र प्राप्त जनमतको उपहास गरी संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको’ उल्लेख गरेका छन् ।
‘समुदायको पहिचान र हक अधिकारका लागि नेपाली जनताले सयौं वर्षदेखि संघर्ष गर्दै आएका छन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र त्यागले नै नेपालमा धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिता, संघीयता र गणतन्त्रात्मक व्यवस्था कायम भएको हो’ शुभकामना वक्तव्यमा भनिएको छ, ‘पछिल्लो घटनाका रूपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरू भएको छ । प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहन हार्दिक आव्हान गर्दछौं ।’
काठमाडौं । शहरी विकास मन्त्रालय सम्हालेको डेढ महिनापछि मात्र मन्त्री प्रभु साहले आफूले शुरू गरेका र निरन्तरता दिएका कार्यक्रमबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । ‘तपाईंका नयाँ योजना के छन्’ भन्ने नेपाल प्रेसको प्रश्नमा उनले आफूले कुनै पनि नयाँ योजना अघि नसारेको बताए ।
सरकारको पहिलो प्राथमिकता अहिले चुनावकेन्द्रित कार्यक्रम र योजना रहेको साहको भनाइ छ ।
मन्त्रालयका उपलब्धि र योजना सुनाउने क्रममा मन्त्री साहले जनता सुरक्षित आवास कार्यक्रमलाई बढी जोड दिए ।
फुसको छानालाई विस्थापित गरेर जस्तापाताको छाना बनाउने गरी आर्थिक वर्ष २०७४/७५ देखि शुरू भएको सुरक्षित नागरिक आवास कार्यक्रमलाई मन्त्री साहले उपलब्धिको सूचीमा राखेका छन् ।
कार्यक्रममार्फत पहिलो आर्थिक वर्ष २०७४/७५ मा नै २० हजार आवास निर्माण गरिसक्नुपर्ने हो । तर, गत आर्थिक वर्षसम्ममा ३ हजार ३०० र चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ हजार ६६७ गरेर अहिलेसम्म ६ हजार ९६७ आवास निर्माण कार्य सम्पन्न हुनुलाई साहले मन्त्रालयको सफलता मानेका छन् ।
आगामी तीन वर्षभित्र ७ लाख ५० हजार फुसको छाना विस्थापन गर्ने लक्ष्य अघि सार्दै चालु आर्थिक वर्षमा मात्र १ लाख ५० हजार सुरक्षित नागरिक आवास निर्माण गर्ने योजना रहेको मन्त्रीले बताए ।
२०७५/७६ देखि सशर्त अनुदानसहित प्रदेश सरकारमा हस्तान्तरण भएको जनता आवास कार्यक्रम कार्यान्वयनका क्रममा कतिपय आवास निर्माणको काम अहिले पनि अधुरै रहेको र थप नयाँ कार्यक्रम छनोट गरी कार्यान्वयन भइरहेको मन्त्री साहले जानकारी गराए ।
सबै प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भएका आवास निर्माणका कार्य सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरी उपलब्ध बजेट बाँकी रहेमा मात्र नेपाल सरकारसँग समन्वय गरी थप कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको पनि उनले बताए ।
यसैगरी उपलब्ध स्रोतको उच्चतम प्रयोग गर्न प्रदेशमा सशर्त अनुदानका रूपमा उपलब्ध गराएको जनता आवास कार्यक्रमको रकम कार्य प्रगतिका आधारमा किस्ताबन्दीमा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय पनि भएको बताए ।
नयाँ शहर आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग र आसपासका १२ वटा, हुलाकी लोकमार्ग र तराई मधेशका १५ वटा गरी २७ वटा नयाँ शहरमा तीन वर्षमा २७९ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको मन्त्रीले सुनाए ।
सघन शहरी विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/७४ देखि तराईका १८ जिल्ला सदरमुकामसहित भित्री मधेशका तीन वटा नगरपालिकामा तीन वर्षमा ५०० किलोमिटर भन्दा बढी कालोपत्रे सडक र नाला निर्माण कार्य सम्पन्न गरेको उनको उपलब्धिमा छ ।
मन्त्री साहका अनुसार सघन शहरी विकास कार्यक्रमअन्तर्गत नै फुङलिङ, पशुपतिनगर, इनरुवा, उर्लाबारी, भैरहवा, भिंग्रीगाउँ, सन्धिखर्क, धनगढी र टीकापुरलगायत ९ वटा बसपार्क; धनगढी, रामपुर र इनरुवामा गरी तीन वटा हाटबजार; सिद्धार्थनगर, धनगढी र टीकापुरसमेत गरी तीन वटा मनोरञ्जन पोखरी र पार्कको निर्माण कार्य सम्पन्न भइसकेका छन् ।
कार्यक्रमअन्तर्गत ३० किलोमिटर सडक र नाली निर्माण भएको छ भने काठमाडौं उपत्यका विकास प्राधिकरणबाट सडक विस्तारअन्तर्गत २८ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको छ ।
हाल शहरी विकास मन्त्रालयबाट व्यवस्थित र योजनाबद्ध शहरीकरणका लागि देशभर ३०० किलोमिटर भन्दा बढी सडक कालोपत्रे, ४३ वटा ठूला सभाहल र सिटी हललगायत ५० वटा भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माण भइरहेको मन्त्रीले बताए । उनका अनुसार देशभरमा २७ वटा नयाँ शहर र १४ वटा स्मार्ट शहर निर्माण गर्न विस्तृत योजना तयारी अवस्थामा छ ।
काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन बञ्चरेडाँडास्थित स्यानिटेरी ल्याण्डफिल साइट फागुन मसान्तसम्ममा प्रयोगमा ल्याउने गरी काम भइरहेको पनि मन्त्रीले सुनाए ।
प्रधानमन्त्रीको सरकारी निवास परिसरमा एमआई-१७ हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड तयार भई सञ्चालनमा रहेको पनि उनले मन्त्रालयको सफलतामा राखेका छन् ।
मन्त्री साहका अनुसार सवारी जाम हुने बिजुलीबजारस्थित पक्की पुलमा अन्डरपासको काम सम्पन्न भएको छ भने धोबीखोला कोरिडोरअन्तर्गतका सबै पुलको अन्डरपासको काम भइरहेको छ ।
सूर्यविनायक र चाँगुनारायणको बाँकी भागमा नयाँ शहर विस्तारको डीपीआर तयारीको कार्य आरम्भ भएको छ भने काठमाडौं उपत्यकाको बृहत् गुरुयोजना तयारीको क्रममा छ ।
यसै वर्ष मन्त्रिपरिषद्बाट निर्णय भई राजपत्रमा प्रकाशित शहरी सडक मापदण्ड, २०७६ मा उल्लेख भएबमोजिम पैदल, साइकल यात्री, हरियाली क्षेत्र निर्माण आदि समेतलाई प्राथमिकतामा राखी साइकल लेन व्यवस्थापनसहित नयाँ सडकको डिजाइन तयार गरी सडक निर्माण कार्य अगाडि बढाउने मन्त्री साहको योजना छ ।
विकास निर्माणका काममा दोहोरोपना भई सरकारी खर्चमा समेत वृद्धि भएकोले युटिलिटी करिडोरसम्बन्धी कानूनी व्यवस्था गर्न आवश्यक भएकोले बहुप्रतीक्षित शहरी विकास विधेयकका सम्बन्धमा विभिन्न निकायबाट प्राप्त राय र सुझाव समावेश गरी संघीय संसदको आगामी अधिवेशनमा पेश गर्ने गरी तयारी भइरहेको पनि उनले बताए ।
उपत्यकाभित्रका भवन संहिताको पूर्ण पालना गरेका दुई नगरपालिका, आंशिक रूपमा संहिताको पालना गरेका दुई नगरपालिका र संहिताको पालना नगरेका दुई नगरपालिका गरी जम्मा ६ नगरपालिकामा स्वयंसेवक समूह परिचालन गरी परिमार्जित भवन संहिताको पालना सम्बन्धमा तालिम सञ्चालन तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने मन्त्रीको योजना छ ।
२०७७ माघ मसान्तभित्र ललितपुरको गोदावरीमा निर्माणाधीन ३ हजार सिट क्षमताको सभाहल निर्माण कार्य माघ मसान्तसम्ममा सम्पन्न गरी कार्य अघि बढेकोमा गोदावरी नगरपालिकाको सडक विस्तार कार्यक्रमले निर्माण कार्य प्रभावित हुन गएकोले चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले सुनाए ।
उनका अनुसार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन निर्माणको विभिन्न ब्लकको निर्माण कार्य जारी रहेको र उक्त भवनको अहिलेसम्मको भौतिक प्रगति २० प्रतिशत रहेको छ । ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालय निर्माण कार्यको हालसम्मको प्रगति ४२ प्रतिशत भएको छ ।
यसैगरी भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माण कार्यको ५० प्रतिशत र सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारी आवास निर्माण कार्यको ६३ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । उक्त भवनको निर्माण कार्य तोकिएको अवधिमै सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ ।
सातवटै प्रदेशमा एक/एक वटा सुविधासम्पन्न सभाहल निर्माण गर्ने सरकारको नीति अनुसार माघ १७ गते चितवनको भरतपुरमा निर्माण हुन लागेको दुई हजार सिट क्षमताको भरतपुर सिटी हल निर्माण कार्यको शिलान्यास भइसकेको छ ।
मुलुकका विभिन्न स्थानका स्वास्थ्य भवनअन्तर्गत निर्माण हुने ३०७ वटा स्वास्थ्य भवनमध्ये ७ वटा रुग्ण आयोजना र १३ वटा नियमित आयोजना गरी २० वटा भवनको निर्माण कार्य सम्पन्न भएको र चालु आर्थिक वर्षभित्र थप १३० वटा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य मन्त्रालयको रहेको उनले बताए ।
तर, चालु आर्थिक वर्षको सात महिना सकिनै लाग्दा यस वर्ष विनियोजित ३० अर्ब बजेटमध्येबाट चालुतर्फ विनियोजित ५ अर्ब ६ करोड रुपैयाँमा १ अर्ब ६६ करोड अर्थात् ३३ प्रतिशत र पूँजीगततर्फ विनियोजित २५ अर्ब ४ करोड रुपैयाँमा ६ अर्ब ३८ करोड अर्थात् २९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रचण्ड-माधव समूह निराश भएपछि पूर्वमाओवादीका मन्त्रीहरूले केपी ओलीको साथ छाड्न लागेको भनी कुप्रचारमा उत्रिएको टिप्पणी गरेका छन् ।
रायमाझीको सचिवालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत केही मिडिया र सामाजिक संजालमा गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री रायमाझीको सन्दर्भ जोडेर गरिएका प्रचारमा प्रचण्ड-माधव पक्षको हात रहेको आरोप लगाएको हो ।
विभाजित नेकपाका अध्यक्ष प्रचण्डले बुधवारको आमसभामा पूर्व माओवादी पक्षका दुई मन्त्री आफूसँग वार्तामा रहेको र उनीहरुले चाँडै ओली सरकार छाड्ने बताएका थिए । रायमाझीको सचिवालयले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएपछि पार्टीमा संकट पैदा भएको भन्दै यसबीचमा फैलाउन खोजिएका भ्रमको पछि नलाग्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्री टोपवहादुर रायमाझी प्रचण्ड-माधव समूहमा आउँदैछन् भनी गरिएको कु-प्रचार निराशा भएपछिको उपज हो भन्ने हामी ठान्दछौं । दूरदर्शी, लोकप्रिय कार्यहरूबाट आतालिएर मुलधारभन्दा बाहिर सडकमा रहेका र पदबिना रहनै नसक्ने केही नेताहरू र उहाँहरुबाट सञ्चालित केही मिडिया र सामाजिक संजालहरूमा आम जनतामा भ्रम फैलाउन गरी गरिएको दुस्प्रचारप्रति खेद व्यक्त गर्दछौं ।’
काठमाडौं । विश्व हिन्दू युवा संघले प्रचण्ड-माधव पक्षद्वारा बुधबार आयोजित आमसभामा नेता रघुजी पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाएको छ । उक्त टिप्पणीले पशुपतिनाथप्रति अनास्था फैलाउने भन्दै उनीमाथि कारवाहीको माग संघले गरेको छ ।
संघद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी विधर्मीको गोटी भएको पुष्टि गर्छ । यस्ता सबैखाले अनुहारको पहिचान गरी यिनीहरुलाई बहिष्कार र कारबाही गर्नुपर्छ ।’
केही समयदेखि नेपालको राष्ट्रिय एकतामाथि खलल पुर्याएर नेपाललाई कमजोर बनाउने षडयन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘ती षडयन्त्रकारीहरुले नेपालका विभिन्न क्षेत्रमा प्रलोभनमा पारेर उनीहरुमार्फत नै हाम्रो धर्म, सस्कृति र सभ्यतालाई नष्ट गर्ने प्रयास गर्दै आइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
रघुजी पन्तलाई नेपाल जनताले राजनीतिक बहिष्कार गर्नुपर्ने संघले आह्वान गरेको छ ।
पन्तले हिजो आफ्नो भाषणमा पशुपतिनाथले पूर्व राजा वीरेन्द्रको वंशनाश हुनबाट जोगाउन नसकेको टिप्पणी गरेका थिए ।
उनले भनेका थिए, ‘वीरेन्द्रले सँधै पशुपतिनाथले कल्याण गरुन् भन्थे, उनको वंश नाश भयो । ज्ञानेन्द्रले पनि त्यसै भन्थे, उनी नागार्जुनबाट लखेटिए । अब केपी ओलीले पशुपतिनाथको पुजा पाठ गर्दै हिँडेका छन्, उनका के हुने हो ।’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गरेका छन् ।
बिहिबार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन निरीक्षण गरेका हुन् । २०७२ वैशाख १२ गतेको महाभूकम्पमा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुन:निर्माण कार्य धमाधम भइरहेको छ ।
सिंहदरबारको पुनर्निर्माणको कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । सिंहदरबारको पुनर्निर्माण कार्य सकेर फागुन ३ गते उद्घाटन गरिने ज्ञवालीले बताए । ज्ञवालीका अनुसार धरहरा पुनर्निर्माणको काम पनि राम्रो भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन् ।
धरहराको २१ तलासम्म ढलान भइसकेको छ । बाँकी निर्माण कार्य फागुन महिनाभित्रै सम्पन्न गर्ने गरी काम अघि बढेको प्राधिकरणले जनाएको छ ।
काठमाडौं । अमेरिकी युवा खेलाडी कोको गौफ अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन् । गत वर्ष चौथो चरणसम्म पुगेकी गौफ बिहीबार पाँचौँ बरियताकी एलिना स्भिटोलिनासँग ६-४, ६-३ को सोझो सेटमा पराजित हुँदै सिजनको पहिलो ग्रान्डस्लामबाट बाहिरिएकी हुन् ।
पहिलो चरणमा स्विस खेलाडी जिल टेइचम्यानलाई ६-३, ६-२ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी १६ वर्षीया गौफ विश्व बरियताको ४८औं स्थानमा छिन् ।
गौफलाई पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेकी स्भिटोलिनाले पहिलो चरणमा चेक रिपब्लिककी म्यारी बोज्कोभालाई ६-३, ७-६ (५-७) को सोझो सेटमा पराजित गरेकी थिइन् । स्भिटोलिनाले चौथो चरण प्रवेशका लागि २६औं बरियताकी युलिया पुटिन्टसेभासँग प्रतिस्पर्धा गर्नेछिन् ।
काठमाडौं । प्रहरी हिरासतमा रहेकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।
प्रहरीले उनलाई राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ गरेलगत्तै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
अधिवक्ता गुणराज आचार्यले अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत प्रहरीले पक्राउ गरेको हुनाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्दै रिट हालेका हुन् ।
यसैबीच रिटको सुनुवाइ गर्न सर्वोच्चले आइतबारलाई पेसी तोकेको छ ।
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई आज पक्राउ गरेको थियो । उनीमाथि राज्यविरुद्धको कसुर गरेको आरोपसहित पक्राउ गरिएको हो ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा जारी बहस सकिएको छ । सरकारी वकिल र सभामुखको तर्फबाट आजदेखि बहस सकिएको हो ।
सर्वोच्च अदालतका अनुसार आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्यूरीले सुझाव दिनेछ ।
एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला आउनेछ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये थप एक सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएकी छिन् ।
मोरङबाट समानुपातिकतर्फकी प्रदेशसभा सदस्य वसन्तीदेवी यादवले अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएकी हुन् ।
हस्ताक्षर फिर्ताको यादवको निवेदन बिहीबार दिउँसो प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । उनले ‘नेकपाकै सरकारविरुद्ध म नेकपाकै सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेकोले हस्ताक्षर फिर्ता गरेको’ भन्दै निवेदनमा लेखेकी छिन् ।
योसँगै हस्ताक्षर फिर्ता लिने सांसदको संख्या ४ पुगेको छ ।
यसअघि जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।
भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३३ सांसद छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) ले नेता रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न माग गरेको छ।
झाँक्रीको पक्राउलाई लिएर नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यो अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने र नियन्त्रण गर्ने प्रयत्न भएको टिप्पणी गरे ।
‘यो अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्ने र त्यसलाई नियन्त्रण गर्ने सर्वसत्तावादी प्रयत्न हो’ श्रेष्ठले भने, ‘हामी यो गिरफ्तारीको भर्त्सना गर्दछौं र विनाशर्त रिहा गर्न माग गर्छौं ।’
केन्द्रीय संघर्ष समितिका संयोजकसमेत रहेका श्रेष्ठले पक्राउको विषयलाई लिएर आफूहरूको बैठक बसेको बताए ।
‘हामीले यसलाई त्यतिकै हेरेर चाहिं बस्दैनौं’ उनको भनाइ छ, ‘ यही विषयमा केन्द्रीय संघर्ष समितिको कार्यालय बैठक भयो । हामीले वक्तव्य जारी गर्ने निर्णय गरिसकेका छौं । अब के गर्नुपर्छ हामी सल्लाह गर्छौं।’
काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउको नेपाली कांग्रेसका नेता गगन थापाले भर्त्सना गरेका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत कर्तव्य निर्वाह गर्न छोडेर, संवैधानिक र अलोतान्त्रिक कार्य गर्नेलाई प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजिएको भन्दै विरोध गरेका हुन् ।
सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने थापाको भनाइ छ । उनले अहिले राष्ट्रपतिले उहिलेका महाराजाको व्यवहार देखाएको भन्दै झ्यालखानाको संख्या थप्न भनेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्दैछ ।
झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।
धारा ५७ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ । ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन नहुने’ उल्लेख छ ।
सो दफा अनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिताको दफा ५८ को २ मा उल्लेख छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीबाट पक्राउ पुर्जि पाएपछि आफू गिरफ्तारी दिन तयार भएको बताएकी छन् ।
उनले राज्यको कानूनको पालना गर्न आफू तयार रहेको बताइन् । कार्यकर्ताले भने उनको पक्षमा नारावाजी गरिरहेका छन् ।
समर्थनको नारावाजीका बीच निवास बाहिर निस्केकी झाँक्रीले छोटो सम्वोधन गरेकी थिइन् । उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भए क्षमायचना गर्ने बताइन् ।
काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता योगेश भट्टराईले नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास पुगेका प्रहरीलाई तत्काल फिर्ता हुन आग्रह गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले रामकुमारीको निवासबाट प्रहरीलाई तत्काल फिर्ता हुन अनुरोध गरेका छन् ।
‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । व्यक्तिगत रूपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होऊ’, भट्टराईले लेखेका छन् ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो । झाँक्रीलाई प्रहरीले राज्यविरुद्ध कसुर गरेको आरोपमा पक्राउ पुर्जी थमाइएको छ ।
उनको निवासबाहिर प्रहरी पुगेपछि कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ ।
राज्यविरुद्धको कसुर दफा ५८ अनुसार पक्राउ गर्न उनलाई पुर्जी दिइएको हो । रामकुमारीले पक्राउ पुर्जी विना गिरफ्तारी नदिने अडान लिएकी थिइन् । अहिले उनले गिरफ्तारी दिने विषयमा छलफल गरिरहेकी छन् ।
उनलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ पुर्जी थमाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरफ्तारी दिने बताएकी छन् । उनको निवासबाहिर प्रहरी पुगेपछि कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले जानकारी दिइन् । तर, पक्राउ पुर्जी अहिलेसम्म नपाएको उनले पत्रकारसँग बताइन् ।
‘मलाई फोन आएको थियो, मैले पक्राउ पुर्जी चाहिन्छ भनेकी छु’ उनले भनिन्, ‘राज्यले नागरिकलाई प्रक्रिया पुर्याएर पक्राउ गर्न पाउँछ । पुर्जी दियो भने जानैपर्छ ।’
उनले नन इस्यूलाई इस्यू बनाउन खोजिएको बताइन् ।
प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् ।
सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले गत पुस १४ गते मोर्चाबन्दीको सहमति गरेका थिए ।
यी चारै दलले आज दिउँसो साढे १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रणनैतिक संयुक्त मोर्चा घोषणाको कार्यक्रम राखिएको छ ।
विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै ती दलले मोर्चाबन्दीको सहमति गरेका थिए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली शंखमूलस्थित झाँक्रीको निवासमा पुगेको हो ।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले झाँक्रीलाई लिन टोली खटाइएको बताए ।
‘उहाँलाई केही सोधपुछका लागि बोलाउन लागेका हौं, हाम्रो टोली परिचालन भएको छ,’ उनले नेपाल प्रेससँग भने ।
झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । उनले सो भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृत्तिको समेत विरोध गरेकी थिइन् ।
धनगढी। भागरथीलाई न्यायको माग गर्दै धनगढीमा विद्यार्थीहरूले आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।
बैतडीमा बलात्कारपछि हत्या भएको एक साता पुग्न लाग्दासम्म पीडित परिवारले न्याय नपाएको भन्दै ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले बिहीबार बिहान धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि सडकमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै नाराबाजीसहित आँखामा कालो पट्टी बाँधेर उनीहरूले विद्यालयबाट मुख्यमन्त्री कार्यालय र त्यहाँ बाट पार्क मोडसम्म पुगेर विरोध प्रदर्शन गरेका थिए ।
उता हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले कायमै राखेको छ । सात दिनअघि बलात्कारपछि हत्या गरिएकी भट्टको शव अझै उठ्न नसकेको हो ।
काठमाडौं । कोरोनाका कारण नराम्ररी थलिएका पार्टी प्यालेसहरू अहिले पनि उक्सिन सकेका छैनन् । तर, पछिल्लो समय राजनीतिक पार्टीहरूले राजधानीमा ठूला आमसभा गर्ने प्रतिस्पर्धा चल्दा यी पार्टी प्यालेसमा भीडभाड देखिन थालेको छ ।
संसद विघटनपछि प्रमुख राजनीतिक दलले काठमाडौंमा एकपछि अर्को शक्ति प्रदर्शन गर्दा पार्टी प्यालेसलाई पनि राहत मिलेको हो । आमसभा आयोजना हुने अघिल्ला दुई/तीन दिन खासगरी बानेश्वर आसपासका ब्याङ्क्वैटहरूमा भीडभाड देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले राजधानीमा पछिल्लो केही दिनभित्र तीनवटा ठूला आमसभा आयोजना गरेका छन् । ती सभामा उपत्यका बाहिरबाट पनि ठूलो संख्यामा मान्छे ओसार्ने गरिएको छ । यसरी ओसारिएका मान्छेहरूलाई पार्टी प्यालेसमा खाने-बस्ने व्यवस्था मिलाइएको हुन्छ । यसले ब्याङ्क्वैटहरूको व्यापार चम्किएको छ ।
नेकपा प्रचण्ड-माधव पक्ष समूहले बुधबार राजधानीमा आमसभा गरेको छ । सभाका लागि तराईदेखिका मानिस ल्याइएका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वैटले आज मात्रै ३५०० जनालाई खाना खुवाएको थियो । यसरी खाना खुवाउँदा धेरै मुनाफा नराखिएको ब्याङ्क्वैटको दाबी छ ।
‘राजनैतिक पार्टीको भनसुनमा थोरै मूल्यमा खाना खुवाएका हौं’, कार्की ब्याङ्क्वैटका एक कर्मचारी भन्छन् ।
यसैगरी बानेश्वरस्थित अर्पण ब्याङ्क्वैटले पनि आज १५०० भन्दा बढी मानिसलाई खाना खुवाएको कर्मचारी रवीन्द्र हुमागाईंले बताए । उनका अनुसार प्रदर्शनमा आएका मानिसलाई ब्याङ्क्वैटले खाना खुवाएको यो दोस्रोपटक हो ।
एकैपटक हजारौंलाई खाना खुवाउँदा टन्नै फाइदा होला नि ! भन्ने प्रश्नमा उनी भन्छन्, ‘खै के नाफा भनौं ! १५० रुपैयाँमा खुवाएका छौं । गाउँका मान्छेलाई खाना खुवाउँदा लागत नै धेरै लाग्छ । यो त समाजसेवा जस्तो मात्र भएको छ ।’
राजनीतिक दलहरूले गरेको जुलूस तथा आन्दोलनमा आउनेलाई खाना खुवाउने तथा बस्ने ठाउँ उपलब्ध गराउनुको पीडा अर्कै भएको बताउँछन् बानेश्वरस्थित हीरा पार्टी प्यालेसका धनी रुद्र गिरी । उनका अनुसार २०६६ सालमा तत्कालीन माओवादीले गरेको आन्दोलनमा गाउँबाट धेरै मानिस राजधानी आएका थिए । उनको ब्याङ्क्वैटमा १३ दिनसम्म माओवादीका कार्यकर्ता बसेर खाना खाए । तर, पैसा तिरेनन् । खाना खुवाएको बिल बोकेर धेरै पटक उनी माओवादी पार्टी कार्यालय धाए, तर कसैले जिम्मेवारी लिन तयार भएन ।
आज बुधबार पनि उनलाई ३५०० मानिसलाई खाना खुवाउन आग्रह गरिएको थियो । तर खुवाउन इन्कार गरेको गिरीले बताए ।
बानेश्वरकै मुटुमा रहेको बानेश्वर ब्याङ्क्वैटलाई पनि ४ हजार मानिसका लागि खाना खुवाउन आग्रह गरिएको थियो । तर, मर्मतको कार्य भइरहेकाले आजको जुलूसमा आएका मानिसलाई खाना खुवाउन नसकिएको ब्याङ्क्वैटका म्यानेजरले बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रा दिमाग भएका सबै संविधानको पक्षमा रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्ना पूर्वसहकर्मी रामबहादुर थापा ‘बादल’प्रति पनि कटाक्ष गरे ।
लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्ने धम्की बादलले दिएको भन्दै उनीप्रति प्रचण्डले कटाक्ष पनि गरे।
प्रचण्डले भने, ‘संविधानका पक्षमा आवाज उठाउने ‘बेष्ट ब्रेन’। मैले भन्ने गरेको छु, बेस्ट ब्रेन । नेपालका सबै राम्रो दिमाग भएकाहरू हाम्रो साथमा छन् । नराम्रा दिमागहरू, म एक/दुईजनाको नाम पनि लिन चाहन्थें अहिले लिन्न । कति नराम्रा दिमाग । लोकतन्त्र र संविधानको पक्षमा लड्नेलाई चिडियाखानामा हाल्ने भन्ने दिमागहरू । बुझ्नुभयो नि ।’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान नबिर्सन नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले शान्ति, संविधान र लोकतन्त्रको अगुवाइ गरेको कांग्रेसले संविधानमाथि घात हुँदा संयुक्त आन्दोलनका लागि तयार हुनैपर्ने भन्दै आफूहरू हातेमालो गर्न तयार रहेको पनि प्रष्ट्याए ।
‘अहिले गिरिजाबाबु र सुशील कोइराला त हुनुहुन्न तर शेरबहादुरजी हुनुहुन्छ । शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेता देउवाजी पनि हो । संविधान र लोकतन्त्रमा घात हुँदा संयुक्त आन्दोलनमार्फत यो देशमा लोकतन्त्र अब चै खतरामा छैन भनेर पुष्टि गर्ने अवसर कांग्रेसलाई पनि छ’, उनले भने ।
दाहालले कांग्रेससँग हातेमालो गरेर अगाडि बढ्न आफू तयार रहेको बताए । कांग्रेस र जनता समाजवादी पार्टी दुवैले संसद विघटनलाई असंवैधानिक भनिसकेकोले संयुक्त आन्दोलनमा होमिन ढिलो गर्न नहुने प्रचण्डको भनाइ थियो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले नेकपा विवादलाई लिएर ‘लक्षण राम्रो नदेखाएको’ टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीले आयोगलाई धम्क्याएको आरोप पनि लगाए ।
‘मैले धेरै कुरा के भन्नु, झन् कुरा बिग्रिएला’ राजधानीमा आयोजित जनसभामा प्रचण्डले भने, ‘तर, आयोगले राम्रो लक्षण देखाएको छैन है ! केपीले अदालतलाई धम्क्याएका छन् । आयोग उनको काइते कुराको पछि नलाग, धम्कीसँग खुट्टा नकमाउ ।’
उनले धेरैलाई कुर्सीकै लागि आफूहरुले आन्दोलन गरेको भान परेको भन्दै त्यो गलत भएको स्पष्टीकरण दिए ।
‘हामीलाई चाहिएको छैन कुर्सी’ उनले भने, ‘तपाईंहरू भ्रममा नपर्नुस् ।’