Author: Manila

  • विश्वकप: स्विट्जरल्यान्डविरुद्ध बेन्चमा राेनाल्डाे

    विश्वकप: स्विट्जरल्यान्डविरुद्ध बेन्चमा राेनाल्डाे

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा कप्तान क्रिस्टियानाे राेनाल्डाे सुरुआती ११ मा पर्न असफल भएका छन् ।

    लुसेल रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन् ।

    समूह चरण अन्तर्गत दक्षिण कोरियाविरुद्धको खेलमा सब्सिट्युट गर्दा असन्तुष्ट देखिएका रोनाल्डोलाई प्लेइङ सेटमा राख्ने नराख्ने विषयमा स्यान्तोसले खुलेर प्रतिक्रिया दिएका थिएनन् । त्यसैले उनी रोनाल्टोको व्यवहारपति रुष्ट रहेको बताएका थिए ।

    पोर्चुगलको सुरुआती ११ः
    डिएगो कोस्टा, डिएगाृ डालोट, पेपे, रुबिन डाइस, राफायल ग्युरेरो, ओटाभियो, विलियम कार्भालो, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, गोनकालो रामोस र जाओ फ्लेक्स

  • विश्वकपः पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

    विश्वकपः पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा

    काठमाडौं । पेनाल्टी सुटआउटमा स्पेनलाई हराउँदै मोरक्को कतारमा जारी विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    एजुकेसन सिटी रंगशालमा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोलको नतिजमा पराजित गर्दै मोरक्कोले इतिहासमा पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएकाे हाे।

    निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो ।

    पहिला पेनाल्टिमार्फत अबदेलहामिद साबिरिले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि बाडा बेनाउनले पेनाल्टि मिस गर्दा आस्राफ हाकिमी र हाकिम जियाचले गोल गर्दै मोरक्कोकोलाई सानदार जित दिलाए ।

    स्पेनका पाब्लो साराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केटको पेनाल्टी मोरक्कोका गोलकिपर बोनोेले उत्कृष्ट बचाउ गरेका थिए ।

    समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई २–० गोलको नतिजमा हराएको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ को नतिजमा पराजित गर्दे समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

    यस्तै, पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलको नतिजमा पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा जापानसँग पराजित स्पेन समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।

    मोरक्को र स्पेन विश्वकपमा दोस्रो पटक आमनेसमाने भएका हुन् । सन् २०१८को समूह चरणमा भेट हुँदै दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।
    सन् २०१० मा विश्वकप जिते यता स्पेन अन्तिम १६ बाट माथि पुगेको छैन । २०१८ विश्वकपको अन्तिम १६मा आयोजक रुससँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बहिरिएको थियो ।
    सन् १९८६ को विश्वकपको अन्तिम १६मा जर्मनीसँग १–० गोलको नतिजमा पराजित हुँदै बाहिरिएपछि मोरक्को पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

    मोरक्कोले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

  • विश्वकपः पहिलो हाफमा स्पेन र मोरक्कोको बराबरी 

    विश्वकपः पहिलो हाफमा स्पेन र मोरक्कोको बराबरी 

    काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत जारी खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

    एजुकेसन सिटी रंगशालमा जारी खेलमा दुवै टिमले गोल गर्ने केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् ।

    समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई २–० गोलको नतिजमा हराएको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ को नतिजमा पराजित गर्दे  समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

    यस्तै, पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलको नतिजमा पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा जापानसँग पराजित स्पेन समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।

    मोरक्को र स्पेन विश्वकपमा दोस्रो पटक आमनेसमाने भएका हुन् । सन् २०१८को समूह चरणमा भेट हुँदै दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।

    सन् २०१० मा विश्वकप जिते यता स्पेन अन्तिम १६ बाट माथि पुगेको छैन । २०१८ विश्वकपको अन्तिम १६मा आयोजक रुससँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बहिरिएको थियो ।

    सन् १९८६ को विश्वकपको अन्तिम १६मा जर्मनीसँग १–० गोलको नतिजमा पराजित हुँदै बाहिरिएपछि मोरक्को पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

    यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

  • विश्वकपः दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा  

    विश्वकपः दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा  

    काठमाडौं । दक्षिण कोरियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    स्टेडियम नाइन फोर सेभेनमा सोमबार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले गोल गरे ।

    खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।

    दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।

    एसियाली टिममाथि हावि भएको ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए ।

    त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे ।

    दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।

    पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकाल्यो ।

    जितसँगै दक्षिण अमेरिकी टिमले सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्राेएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

    सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।

    सन् २००२ मा घरमै आयोजना भएको विश्वकपमा चौथो भएको दक्षिण कोरिया त्यसपछि २००६ मा दक्षिण अफ्रिकामा अन्तिम १६ बाटै बाहिरिएको थियो । त्यसपछिका दुई संस्करण समूह चरणबाटै बाहिरिएको दक्षिण कोरियाले यसपटक पनि अन्तिम १६ भन्दा माथिकाे यात्रा तय गर्न सकेन ।

     

     

     

     

     

     

     

     

     

     

  • विश्वकपः पहिलो हाफमा दक्षिण कोरियाविरुद्ध ब्राजिल ४–० ले अघि

    विश्वकपः पहिलो हाफमा दक्षिण कोरियाविरुद्ध ब्राजिल ४–० ले अघि

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको छ ।

    स्टेडियम नाइन सेभेन फोरमा जारी खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

    त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।
    दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियाे । सोही पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।

    निरन्तर दक्षिण कोरियामाथि दबाव बनाएको ब्राजिलका रिचार्लिसनले २९औं मिनेटमा थिएगो सिल्भाको पासमा गोल गर्दै अग्रता ३–० बनाए ।

    निरन्तर एसयाली टिममाथि दबाव बनाएको ब्राजिलका रिचार्लिसनले २९औं मिनेटमा थिएगो सिल्भाको पासमा गोल गर्दै अग्रता ३–० बनाए ।

    त्यसको सात मिनेट नबित्दै लुकास पिकेटाले ब्राजिलका लागि चौथोे गोल गर्दै अग्रता फराकिलो पारे ।

    यस खेलको विजेताले क्वार्टरफाइनलमा क्राएसियासँग खेल्नेछ । क्रोएसिया आजै सम्पन्न खेलमा जापानलाई पेनाल्टि सुटआउटमा ३–१ गोलको नतिजमा पराजित गर्दै क्वार्टरफाइनल पुगेको थियो ।

  • विश्वकपः पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

    विश्वकपः पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

    काठमाडौं । जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    अल जानोब रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा ३–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनल पुगेको हो ।

    खेलको ४३औं मिनेटमा जावानका डाइजेन माइदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

    इभान पेरिसिचले ५५औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

    पेनाल्टी सुटआउटमा जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाले हानेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए ।

    क्रोएसियाका मार्को लिभाजाले पेनाल्टिमा चुक्दा निकोला भ्लासिधच, मार्सेलो ब्रोेजोभिच र मारियो प्लासिचले गोल गर्दै क्राएसियालाई ३–१ गोलको नतिजमा जित दिलाए ।

    जितसँगै क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ ।
    हालसम्म क्रोएसियाले खेलेका मुख्य प्रतियोगिताको पछिल्ला ८ मध्य ७ खेल अतिरिक्त समयसम्म पुगेका छन् ।

    सन् २०१८ मा उपविजेता बनेको क्रोएसिया यससँगै विश्वकप इतिहासमा तेस्रो पटक क्वार्टरफाइनल पुगेको हो ।

     

     

  • विश्वकपः साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा

    विश्वकपः साविक विजेता फ्रान्स क्वार्टरफाइनलमा

    काठमाडौं । किलियान एम्बाप्पेको दुई गोल प्रेरित पोल्यान्डलाई ३–१ गाेलकाे नतिजमा हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    अल थुमामा रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले दुई र ओलिभर जिरुडले एक गोल गरे ।
    खेलको ४४औं मिनेटमा जिरुडले कीर्तिमानी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    जिरुड थिएरी अनरीको ५१ गोलको रेकर्ड तोड्दै फ्रान्सका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । उनले १ सय १६ खेल खेल्दै ५२ गोल गरेका छन् ।


    पहिलो हाफमा जेरुडको कीर्तिमानी गोलसँगै १–० गोलको अग्रता बनाएको फ्रान्सको ७४औं मिनेटमा एम्बाप्पेले अग्रता दोब्बर पारे ।

    एम्बाप्पेले खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सका लागि तेस्रो गोल गरे । उनले यस विश्वकपमा अहिले सम्म ४ खेलबाट सबैभन्दा धेरै ५ गोल गरेका छन् । पाँच गोलसँगै एम्बाप्पे गोल्डेन बुट दौडमा अगाडी बढेका छन् ।

    इन्जुरी समयमै रोवर्ट लेवान्ड्वस्कीले पेनाल्टिमार्फत पोल्यान्डका लागि पहिलो गोल गरे । पोल्यान्ड सन् १९८६ देखि पहिलो पटक विश्वकपको नकआउट चरण पुगेको हो ।

    जितसँगै फ्रान्सले क्वार्टरफाइनलमा इङल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ ।

  • विश्वकपः जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता

    विश्वकपः जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता

    काठमाडौं । ओलिभर जिरुडको कीर्तिमानी गोलमा पोल्यानडविरुद्ध पहिलो हाफमा फ्रान्सले १–० गोलको अग्रता बनाएको छ ।

    अल थुममा रंगशालामा जारी कतारमा जारी विश्वकप अन्तिम १६ अन्तर्गत खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका जिरुड सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । फ्रान्सका लागि उनले १ सय १६ खेल खेल्दै ५२ गोल गरेका छन् ।

    यसअघि समूह चरण अन्तर्गत खेलमा अस्ट्रेलियाविरुद्धको खेलमा दुई गोल गर्दै जिरुडले थिएरी अनरीको सर्वाधिक ५१ गोलको कीर्तिमान बराबरी गरेका थिए । पोल्यान्डविरुद्ध गोल गर्दै जिरुडले विश्वकपमा चार गोल गरेका छन् ।

  • विश्वकप: इङ्ल्यान्डविरुद्ध किन निडर छ सेनेगल ?

    विश्वकप: इङ्ल्यान्डविरुद्ध किन निडर छ सेनेगल ?

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन आइतबार राति अफ्रिकन च्याम्पियन सेनेगल र इङल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् ।

    सेनेगलसँग प्रतिभावान् खेलाडी छन् । तर, बलियो इङ्लिस टिमविरुद्ध सेनेगलको प्रमुख हतिबार उच्च मानसिकता हुनेछ ।

    अलियु सिसेको सेनेगलले यही वर्ष दुई ठूला सफलता हात पारेको छ । गत फेब्रुअरीमा आफ्नो महाद्वीपको च्याम्पियन बनेको सेनेगलले प्लेअफमा इजिप्टलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो ।

    अफ्रिका कप अफ नेसन्सको फाइनलमा उत्तर अफ्रिकी टिम इजिप्टलाई पराजित गरेको सेनेगलले उही इजिप्टलाई स्तब्ध पार्दै कतारको टिकट काटेको थियो ।

    यी दुई सफलताकै आधारमा आइतबार राति विश्वकपको अन्तिम १६ मा इङ्ल्यान्डलाई सेनगलले बलियो चुनौती दिनेमा प्रशिक्षक सिसे विश्वस्त छन् ।

    सन् २००२ पछि दोस्रो पटक विश्वकप खेलिरहेको सेनेगल चार वर्षअघि समूह चरणबाटै बाहिरिएको थियो । सन् २००२ मा जापान–कोरियामा भएको विश्वकपपछि पहिलो पटक नकआउटमा पुगेको सेनेगलका लागि यो नै ठूलो सफलता हो । तर, उच्च मनोबल र आत्मविश्वास बोकेको सिसेको टिम यतीमै चित्त बुझाउन तयार छैन ।

    क्वार्टरफाइनल प्रवेशका लागि इङ्ल्यान्डविरुद्ध सेनेगल निडर भएर अल बायट रंगशालामा उत्रिने छ । इङल्यान्डलाई हराउन सके २० वर्षपछि क्वार्टरफाइनलमा पुग्ने सेनेगललाई हारे पनि केही गुमाउने डर छैन । विश्वकपको क्वार्टरफाइनमा पुग्ने पछिल्लो अफ्रिकी टिम घाना हो । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा घाना क्वार्टरफाइनसम्म पुगेर उरुग्वेसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

    आज राति ग्यारेथ साउथगेटको टिमलाई पराजित गर्नसके सिसेको टिम पछिल्ला तीन विश्वकप क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी मुलुक बन्ने छ ।

    विश्वकपमा छनोट हुँदा र अफ्रिकी च्याम्पियन बन्दाका मुख्य खेलाडी सडियो माने चोटका कारण टिममा छैनन् । उनको उपस्थितिले सिसेको टिम अझै बलियो हुने थियो । माने बिनाको‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ सेनेगल विश्वकपको समूह चरणमा आयोजक कतार र इक्वेडरलाई हराउँदै समूह उपविजेताको हैसियतले अन्तिम १६ पुगेको थियो । नेदरल्यान्ड्ससँग् २–० को नतिजामा परातिज भएको सेनेगलको बास्तविक परीक्षा अल बायट रंगशालामा हुनेछ ।

    अर्कातिर गत वर्ष युरो २०२० को फाइनलमा पुगेर इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको इङ्ल्यान्ड सेनेगलविरुद्ध दबाबमा हुनेछ । जारी विश्वकपमा समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको साउथगेटको टिमको पराजय मुख्य प्रशिक्षकको अन्तिम खेल हुने करिब निश्चित छ ।

    इङल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ गोलको नतिजामा हराएको थियो । अमेरिकासँग गोलरहित बराबरी खेलेको इङल्यान्डले वेल्सलाई ३–० को नतिजामा पराजित गर्दै अन्तिम १६ यात्रा तय गरेको थियो ।

    कुनै पनि प्रतियोगितामा यी दुई टिम पहिलो पटक आमनेसामने हुन लागेका हुन् । सेनेगलसँग उच्च मनोबल छ भने इङ्ल्यान्डको पक्षमा विगत छ । सन् १९६६ मा विश्वकप विजेता बनेको इङ्ल्यान्ड पछिल्ला सात खेलमा अफ्रिकी मुलुकसँग पराजित भएको छैन ।

    अल बायट रंगशालामा नेपाली समयअनुसार १२: ४५ बजे सुरु हुने यो खेलको विजेताले फ्रान्स र पोल्यान्डबीचको विजेतासँग खेल्ने छ ।

     

  • लिग-२: स्क्टल्यान्डसँग ३ विकेटले हार्यो नेपाल

    लिग-२: स्क्टल्यान्डसँग ३ विकेटले हार्यो नेपाल

    काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृ‌ंखलाको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको छ ।

    युनाइटेड क्रिकेट क्लब मैदान, विनडकमा नेपालले दिएको १ सय ३८ रनको लक्ष्य  ३२‍‌‍‍‍.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्दै  १ सय  ४३ रन बनाउँदै स्कटल्यान्डले उत्कृष्ट जित निकाल्यो ।

    स्कटल्यान्डका लागि ओपनर क्रिस्टोफेर म्याकब्राइड सबैभन्दा धेरै ४३ रनको योगदान गरे ।

    मिचेल लिस्कले २२ रन जोड्दा जोर्ज मुनसेले १७ रन बनाए। ब्रान्डन म्युलेन ३२ रनमा अविजित रहे ।

    नेपालको बलिङमा सागर ढकाल, गुलसन झा, ललित राजवंशीले समान दुई\दुई विकेट लिँदा
    दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ थालेकाे नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ३७ रनको योगफल तयार पारेकाे थियाे।

    नेपालको ब्याटिङमा सबैभन्दा धेरै गुलसन झाले २९ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए ।

    ओपनर अर्जुन साउद १८ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १७ रन, आरिफ शेख १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    स्कटल्यान्डको बलिङमा क्रिस सोलेले सर्वाधिक ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिए । मार्क वाटले दुई विकेट लिए भने,ब्रानडन मुलेन, सफयान सर्फी र मिचेल लिएस्कले समान एक विकेट लिए ।

    शृ‍ंङखलाकाे पहिलो खेल वर्षाका कारण नतिजाविहिन बनेपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।

    चार खेलकाे शृ‍ंङखलामा नेपालले तेस्राे खेल नमिबियासँग बिहिबार खेल्नेछ ।

  • खराब ब्याटिङपछि नेपाल १३७ रनमा अलआउट

    खराब ब्याटिङपछि नेपाल १३७ रनमा अलआउट

    काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय श्रृङखलाको दोस्रो खेलमा खराब ब्याटिङले निरन्तरता पाउँदा नेपालले स्कटल्यान्डलाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।

    युनाइटेड क्रिकेट क्लब मैदान, विनडकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १ सय ३७ रनको योगफल तयार पार्यो ।

    नेपालको ब्याटिङमा सबैभन्दा धेरै गुलसा झाले २९ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ल २५ रनमा आउट भए ।
    ओपनर अर्जुन साउद १८ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १७ रन, आरिफ शेख १० रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    स्कटल्यान्डको बलिङमा क्रिस सोलेले सर्वाधिक ३ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिए । मार्क वाट ले दुई विकेट लिए भने,ब्रानडन मुलेन, सफयान सर्फी र मिचेल लिएस्कले समान एक विकेट लिए ।

    शृङखलाको पहिलो खेल वर्षाका कारण नतिजाविहिन बनेपछि नेपालले नामिबियासँग अंक बाँडेको थियो ।

  • विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

    विश्वकपः अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा

    काठमाडौं । अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गर्दै नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल पुग्ने गरेको छ ।

    अन्तिम १६ अन्तर्गत खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपाए, डेली ब्लिन्ड र डेन्जल डम्फ्रिजले एक-एक गोल गरे । जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपमा क्वार्टरफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

    खेलको १०औं मिनेटमा डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे ।

    पहिलो हाफमा २–० गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा पनि अमेरिकामाथि दबाब कायम राखेको थियो ।
    अमेरिकाका हाजी राइटले ७६औं मिनेटमा गोल गर्दै स्कोरलाइन २-१ मा छोट्याएका थिए ।

     

    अमेरिकाविरुद्ध सुरुआती दुई गोलका लागि असिस्ट दिएका डम्फ्रिजले ८१औं मिनेटमा आफैं गोल गर्दै नेदरल्यान्ड्का लागि जित ३–१ को जित सुनिश्चित गरे ।

    सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदररल्यान्ड्स रुसमा भएको २०१८ को विश्वकपमा छनोट हुन सकेको थिएन ।

    सन् २००२ मा क्वार्टरफाइनल सम्म पुगेको अमेरिकाले त्यसबाहेक कुनैपनि विश्वकपमा प्रि–क्वार्टरफाइनल भन्दा माथिको यात्रा तय गर्न सकेको छैन।

    नेदरल्यान्ड्सले क्वार्टरफाइनलमा दोस्रो अर्जेन्टिना र अस्ट्रेलियाबीचको विजेता सँग खेल्नेछ ।

  • विश्वकपः समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हार्‍याे ब्राजिल, स्वीट्जरल्यान्ड नकआउट चरणमा

    विश्वकपः समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हार्‍याे ब्राजिल, स्वीट्जरल्यान्ड नकआउट चरणमा

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्व नम्बर १ ब्राजिल क्यामरुनसँग पराजित भएको छ ।

    क्यामरुनसँग पराजित भएपनि ब्राजिल एक खेल अगावै लगातार दुई खेल जितेर नकआउट चरण प्रवेश गरिसकेको छ । तीन खेलमा ६ अंक जोड्दै ब्राजिल समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको हो ।

    खेलको ९० मिनेट गोलरहित बराबरी भएपनि इन्जुरी समयको दोस्रो मिनेटमा क्यामरुनका भिनसेन्ट एबोउबाकेरले गोल गर्दै क्यामरुनको जित शुनिस्चित गरेका थिए ।

    तर, गोल गरेको एक मिनेट नबित्दै उनी दोहोरो एल्लो कार्ड बेहोर्दै मैदान बाहिरिए । उनको उघ्र सेलिब्रेसन शैली प्रति असन्तुष्ट रेफ्रिले भिनलेनटलाई एल्लो कार्ड देखाएका थिए ।

    यस्तै, समूह ‘जी’को अर्को खेलमा सर्बियामाथि नाटकीय जित दर्ता गर्दै स्विजरल्यान्ड अन्तिम १६ पुगेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको स्विट्जरल्यान्ड ब्राजिल सँग समान ६ अंक भएपनि गोल अन्तरमा पछाडी रहँदै समूह उपविजेता बन्यो ।

    अन्तिम १६मा ब्राजिलले दक्षिण कोरियासँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । यस्तै, स्विजरल्यान्डले बुधबार पोर्चुगलको समना गर्नेछ ।