अभियन्तासँग विवादपछि बग्गीखाना तानिएका असई झा फेरि महाराजगञ्ज फिर्ता

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जबाट काज सरुवा गरिएका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झा पुनः पुरानै ठाउँमा फर्केका छन् । सामाजिक अभियन्ताहरुसँग विवादको भिडियो भाइरल भएपछि उनी चर्चामा आएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा तानिएका झा काज सरुवा फिर्ता भएपछि फेरि महाराजगञ्ज प्रभागमा फर्केका हुन् । उनले आज बेलुका उनी हाजिरसमेत भइसकेको प्रहरी स्रोतले बतायो ।

‘उहाँ आफ्नै इच्छाले सरुवा हुनुभएको थियो, आफ्नै इच्छाले फर्किनुभएको हो,’ स्रोतले भन्यो ।

ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ताले असई झालाई ‘एनि हाउ सरुवा गराइदिने’ चेतावनी दिएका थिए । उक्त भिडियो भाइरल भएपछि प्रहरीलाई झाको सरुवा फिर्ता गर्न दवाव परेको बुझिएको छ ।

 

Comments

One response to “अभियन्तासँग विवादपछि बग्गीखाना तानिएका असई झा फेरि महाराजगञ्ज फिर्ता”

  1. रामलखन यादव Avatar
    रामलखन यादव

    “ज्वाला संग्रौला लगायतका सामाजिक अभियन्ता” कसरी???
    मेडियाले जोसुकैलाइ अभियन्ता भनि प्रचार गर्छ ? केे हो अभियन्ता भनेकाे?
    कि यिनिहरू रंगभेदवादी अभियन्ता भन्नु पर्यो ।
    ज्वाला संग्राैलालाइ निषेधाज्ञा तोडेेको र रंगभेदी अभिव्यक्ती दिएकोमा तुरून्त कारवाही गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *