
काभ्रे । यति बेला पनौती नगरपालिका-९ सुन्थान क्षेत्रका किसान आलु भित्र्याउन व्यस्त देखिन्छन् ।
असोजको पहिलो हप्ता रोप्न सुरू गरेर अहिले आलु अहिले भित्र्याउने गरिन्छ । यहाँका किसानहरूले वर्षमा दुई पटकसम्म आलु उत्पादन गर्ने गर्दछन् ।
पछिल्लो ५ वर्षको तथ्यांक अनुसार वर्षेनी ६ देखि ८ अर्ब रूपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १० करोड ४२ लाख रूपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको थियो ।

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको तथ्यांकको तथ्याङ्क देखिन्छ, यो उत्पादनले नेपाललाई ११ महिनाका लागि आत्मनिर्भर बनाएको देखाउँछ भने बाँकी १ महिनाका लागि आयात गर्नुपर्न अवस्था छ ।
नेपालमा उत्पादित अधिकांश आलु घरेलु रूपमा खपतमा प्रयोग हुन्छ । पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ । औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ ।

तस्बिर : विजेन अमात्य/ NPL

Leave a Reply