नेकपासँग एकताबारे अशोक राईले भने- कुनै सहमति भएको छैन, विभाजन ल्याउने काम नगर्नू

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेपाली कम्युनिस्ट पार्टीसँग एकताको कुनै सहमति नभएको प्रष्टीकरण दिएका छन्।

संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरूले नेकपासँग एकता वार्ता अन्तिम चरणमा पुर्‍याएपछि अध्यक्ष राईले असहमति जनाएको हुन्।

उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टीका बिचमा सबै कुरा मिलेको र एकताका लागि हस्ताक्षर गर्न मात्र बाँकी छ भनेर केही नेताहरूबाट आएको अभिव्यक्तिप्रति मेरो ध्यानाकर्षण भएको छ। पार्टीको बैठकमा छलफल र निर्णय नगरी कसैलाई प्रवेश गर्न मन लागेकै भरमा पार्टी एकता हुन नसक्ने कुरा प्रस्ट पार्न चाहन्छु।’

औपचारिक बैठकमा निर्णय नभएको विषयमा भ्रम छरेर पार्टीभित्र विभाजन ल्याउने काम नगर्न आग्रह गर्दै पार्टी सदस्य र समर्थकहरूलाई पार्टीमा दृढताकारसाथ क्रियाशील रहन अनुरोध गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *