
विराटनगर । एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत विघटित नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय तहका नेताहरूसहित ५० जना मूलघर फर्किएका छन् ।
पूर्व केन्द्रीय परिषद् सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष डा. उद्वव पोखरेल, पूर्व केन्द्रीय परिषद् सदस्य वीरेन्द्र यादव, खेलकुद महासंघ (समाजवादी) का केन्द्रीय सल्लाहकार किशोर शाही, प्रदेश कमिटी सदस्यहरू नौसा परवेज, योगेशराज भण्डारी, जुनु पोखरेललगायत एमालेमा भित्रिएका हुन् ।
त्यसैगरी नेकपा एसको मोरङ जिल्ला कमिटी सदस्यहरूसहित ५० भन्दा बढीको संख्यामा नेता कार्यकर्ता एमालेमा फर्किएको केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले बताए ।
उनीहरूलाई प्रदेश कमिटीको बैठकमा एमाले नेता कार्यकर्ताहरूले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
पार्टीमा फर्किएका नेता कार्यकर्ताहरूलाई केन्द्रीय संगठन कमिटीसँगको परामर्शमा उचित जिम्मेवारी दिइने प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

Leave a Reply