
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउनेको ‘टप ५’ मा कुमारी बैंक परेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस बैंकले एक अर्ब माथि नाफा कमाएर अर्ब क्लबमा पुगेको हो ।
कुमारी बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुमारी बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने २.०१ प्रतिशत कम हो । गत आवको सोही अवधिमा यस बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालू आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी गत आवको सोही अवधिमा बैंकले २ अर्ब ८० करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
चालू आवको असोज मसान्तसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ३९.६३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ८.११ प्रतिशत घटेको छ भने प्रतिशेयर आम्दानी १६ रुपैयाँ ११ पैसा रहेको छ ।
बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply