
दाङ । सुर्खेत प्रहरीको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ ।
लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-११ पिपिरा सुर्खेतका थुनुवा गंगे सुनार जिप्रकाको हिरासतमा आज बिहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए ।
प्रहरीका अनुसार उनको प्रदेश अस्पताल कालागाउँ उपचारका क्रममा मृत्यु भएको हो ।
हिरासत कक्षमा जडान गरिएको सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी बिहान नउठेको देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply