
चितवन । उद्योग वाणिज्य संघ चितवनको अधिवेशन आउन दुई महिना बाँकी हुँदैदेखि चुनावी अभियान सुरु हुन थालेको हो ।
संघ अधिवेशन आउँदो पुस महिनामा हुँदैछ । यसअघि पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका शिरिष पन्तले सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेसँगै चुनावी चहलपहल सुरु हुन थालेको हो ।
संघको उपाध्यक्ष भइसकेका पन्तले अहिले उद्योगी व्यवसायीले थकित बजारको पीडा सुनेर समाधान खोज्ने साहस गर्ने नेतृत्व खोजेको दाबी गर्दै आफूले उद्योग वाणिज्य संघको अध्यक्ष बनेको उक्त काम गर्न सक्ने भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।
‘म मात्र होइन, सशक्त युवा व्यवसायी टिमसहित हामी अघि बढ्नेछौं, हाम्रो टीम युवा ऊर्जा, अनुभव र जिम्मेवारीको संगम हो। हामीले योजना बनाएका छौं’, संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै पन्तले भनेका छन्, ‘बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता, र स्थानीय उत्पादन प्रवद्र्धन, हामी कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइ।टी। जस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्यमा छौं ।’
उद्योग वाणिज्य संघ चितवनमा यहाँका उद्योगी व्यवसायी सदस्य रहेका छन् । अघिल्लो वर्ष भएको ५७ औँ साधारणसभा तथा अधिवेशनमा पन्त अहिलेका अध्यक्ष सुमनकुमार श्रेष्ठसँग पराजित भएका थिए । चितवनका व्यवसायी पन्तले लामो समयदेखि हार्डवेयर व्यवसायमा आवद्ध छन् ।
उनले विगत केही वर्षयता, हाम्रो बजारहरू अव्यवस्थित र असन्तुलित हुँदै गएको अवस्थामा आफूले संघलाई हामी पारदर्शी, समावेशी र नतिजामुखी बनाएर व्यवसायीका समस्या समाधानमा काम गर्ने दाबी गरेका छन् ।

Leave a Reply