
काठमाडौं । सुकेधारामा जारी नेकपा एसको केन्द्रीय कमिटी बैठकमा पार्टीका पदाधिकारीले प्रतिनिधिमूलक रूपमा आआफ्नो धारणा राखेपछि केन्द्रीय सदस्यले बोल्न पाउने भएका छन् ।
बुधबारदेखि जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता डा. बेदुराम भुसालले पेश गरेको एकता प्रगतिमा केन्द्रित भई पदाधिकारीले धारणा राख्ने भएका हुन् । प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार सबैले आआफ्ना धारणा राख्न पाउने गरी कार्यसूची बनाइएको छ ।
आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता वामदेव गौतम, डा.बेदुराम भुसाल, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र जगन्नाथ खतिवडाले क्रमशः आफ्ना धारणा राख्दैछन् । उनीहरूले बोलेपछि एकताको पक्ष र विपक्ष छुट्टिने छ ।

Leave a Reply