
काठमाडौं । पोखरामा विदेशी पर्यटकले भाइटिका ग्रहण गरेका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजना गरेको भाइटिका महोत्सवमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटिका लगाइएको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। भाइटिका लगाउने कार्यक्रममा उत्साहपूर्ण रुपमा विदेशी पर्यटक सहभागी भएको सुवेदी बताए ।
महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिराइएको थियो ।


Leave a Reply