
काठमाडौं । जेनजी आन्दोलनका क्रममा पक्राउ समेत परेका एकजना अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन थाल्न प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् ।
राप्रपानिकट भनेर आन्दोलनका बेला विवादमा समेत परेका हमालले प्रधानमन्त्रीविरुद्ध दिएको निवेदन आफ्नै सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।
ह्मालले प्रधानमन्त्री कार्कीमाथि जेनजी विद्रोहका क्रममा शहीद भएका युवाको रगतमाथि सत्ता कु गरेको र असंवैधानिक तरिकाले सत्ता कब्जा गरेको आरोप लगाएका छन् ।
हमालले कार्की नेतृत्वको सरकारमा रहेका व्यक्तिहरु पनि देशविरुद्ध गतिविधि गरेका र राज्यका विभिन्न निकायमा छानविनको क्रममा रहेका पात्रहरु रहेको आरोप लगाएका छन् । उनले जेन्जी आन्दोलनमा आएर कार्कीले प्रायोजितरुपमा आमहत्या भएको भन्दै आन्दोलनकारीलाई उक्साएर द्धन्द्धमा लगेको आरोप लगाएका छन् ।
निर्दोष युवाको हत्या र दमनमा संलग्न व्यक्तिहरुलाई कार्कीले प्रोत्साहन गरेर निर्वाचनका नाममा तीनै व्यक्तिहरुलाई बोलाएर वार्ता गरेको भन्दै उनलाई पक्राउ गरेर छानविन गर्न माग गरेका छन् ।

Leave a Reply