चैतभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन पूर्णबहादुरलाई गोपालमानको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले फागुन २१ को चुनावलगत्तै चैतभित्र नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई चैतभित्र १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन माग गरे ।

उनले मंसिरमा नियमित महाधिवेशन गर्न सम्भव नहुने बताए । विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशतभन्दा धेरै प्रतिनिधिले हस्ताक्षरसहित बुझाएकाले त्यसलाई पनि ख्याल गर्नुपर्ने बताए ।

उनले भने, ‘उहाँले सबैलाई समेटेर अगाडि बढ्नुभयो भने कांग्रेस एक भएर अघि बढ्यो भने जनताको नजरबाट कांग्रेस कहिल्यै कमजोर हुँदैन । हामी एक ढिक्का भएर अघि बढ्नुपर्छ ।’

उनले गुट, उपगुटभन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई बचाउन एक हुनुपर्ने बताए ।

उनले अहिलेको परिस्थिति जटिल रहेको भन्दै फागुन २१ मै निर्वाचन हुन्छ भन्नेमा पनि शंका रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *