महानगरको भवन चाँडो बनाउँ भन्ने वडाध्यक्षलाई बालेनको जवाफः तिहारलाई चाँडो सकिन भन्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको  भवन निर्माणको विषयमा मेयर र वडाध्यक्षबीच ठाकठुक परेको छ ।

आज बसेको ४३ औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाका वडाध्यक्ष हिरालाल तण्डुकारबीच ठाकठुक भएको हो ।

वडाध्यक्ष तण्डुकारले काठमाडौं महानगरपालिकाको भवन निर्माण तत्काल सुरु गर्नुपर्ने भनेपछि मेयर शाहले तिहारपछि थाल्ने जानकारी गराएका थिए । तर तण्डुकारले त्यसमा चित्त बुझाएनन् ।

‘तिहारपछि होइन अहिले नै गरिहालौं’ भनेपछि मेयर चिढिए । उनीहरुबीच भएको सवालजवाफ यस्तो थियो :

वडाध्यक्ष तण्डुकारः हाम्रो महानगरपालिकाले आफ्नै भवन बनाउन सकेको छैन । भाडा तिरेर बस्नुपरेको छ । पहिला त हाम्रो महानगरपालिका बनाउनुपर्यो । सँगसँगै नगरप्रहरी राखेको छ । उनीहरु कुन अवस्थामा बसेका छन् ? प्रहरीलाई बस्न घर चाहिन्छ कि चाहिँदैन ? त्यतातिर नगईकन हामीले खाली काल्पनिक कुरा गरेर अहिले हस्पिटल बनाउने त्यो बनाउने भनेर हुन्छ ? पहिला आफ्नाे घर बनाउँ न । त्यसपछि मात्र अरु कुरा गरौं ।

मेयर साहः महानगरपालिकाको भवन तिहारपछि बनाउन सुरु हुन्छ ।

वडाध्यक्ष तण्डुकारः कुन बेला सुरु हुन्छ ? जहिले पनि यो भनेर हिजो पनि भएन ।

मेयर साह: तिहारपछि सुरु हुन्छ भनिसकेँ त ।

तण्डुकारः आश्वासनले मात्र भएन के ।

मेयर साहः तपाईंले तिहारपछि सुरु होस भन्न खोज्नुभएको हो कि नहोस भन्नुभएको हो रु तिहारपछि सुरु हुन्छ भनिसकेपछि त्यसमा आश्वासन होइन के यो । ’

वडाध्यक्ष तण्डुकारः छिटो बनोस् भन्न खोजेको हो । छिटो खुलाउनु पर्यो ।

मेयर साहः तिहार छिटै सकाइदिनु त मैले ? १० दिनको तिहार आज मैले कसरी सक्नु ।

वडाध्यक्ष तण्डुकारः हत्तेरिका, त्यो भएन भने तपाई जिम्मा लिनु । आजभन्दा २ वर्षअघि नै जिम्मा लिनुभएको थियो ।

मेयर साहः आजै सकाउन मिल्छ त तिहार रु सुरुवात त गर्नुपर्यो नि । ल।।। ल।।। तिहारलाई चाँडो सकिनु भन्छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *