यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति (तथ्यांकसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२–८३ को देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना (२०८२ भदौ) को तथ्याङ्कमा आधारित स्थिति सार्वजनिक गरेको हो ।

उक्त तथ्यांक अनुसार वाार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु. २८८१ अर्ब ३५ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २० अर्ब ४१ करोड पुगेको छ । यो सञ्चिति १६ महिनाको वस्तु तथा सेवा आयात
धान्न पर्याप्त छ ।

चालु खाता रु. १३० अर्ब ६९ करोड र शोधनान्तर स्थिति रु. १५३ अर्ब ६८ करोडले बचतमा रहेको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा ३३.१ प्रतिशतले र अमेरिकी डलरमा २७.६
प्रतिशतले बढेको छ । २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड रहेको छ ।

सरकारको खर्च रु.१८० अर्ब १७ करोड र राजस्व परिचालन रु.१५७ अर्ब ५३ करोड रहको छ । विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.८ प्रतिशतले रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.१३ प्रतिशत
रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *