राप्रपाले भोलि जेनजी प्रदर्शन गर्दै, माइतीघर मण्डलामा पायो अनुमति

काठमाडौं । राप्रपाले आफू समर्थक जेनजी पुस्ताका कार्यकर्तालाई बिहीबार सडकमा उतार्दै छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई बिहान १० बजेदेखि प्रदर्शन गर्न अनुमति दिएको उक्त कार्यालय स्रोतले जनाएको छ ।

राजनीतिक अस्थिरताको अन्त्यका निम्ति संवैधानिक राजसंस्थाको अपरिहार्यता भन्ने नाराका साथ प्रदर्शन गर्नका निम्ति राप्रपा केन्द्रीय कार्यालयले जिल्ला प्रशासनमा निवेदन दिएको छ ।

No description available.

प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाहेकका स्थानमा प्रदर्शन गर्न छुट दिइएको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *