
चितवन । तुइनखोला पहिरोले करिब एक घण्टा रोकिएको नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।
डिभिजन कार्यालयको तयारी अवस्थामा रहेको सडक सफा गर्ने मेसिनले पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जनाइएको छ ।
पहिरो पन्छाइए पनि पानी परेकोले पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासन पालना गरि सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

Leave a Reply